मधेस आन्दोलन चर्किएका बेला चुरे भावर पनि उत्रियो सडकमा
रौतहट । मधेसमा दुई वटा राज्य हुनेगरी सीमांकन गर्नुपर्ने मागसहित आन्दोलन गरेर देश नै अस्तव्यस्त भइरहेका बेला चुरेभावर पार्टीले पनि चुरेभावर प्रदेश कायम गरिनुपर्ने माग सहित रौतहटको चन्द्रनिगाहापुरमा प्रदर्शन गरेको छ ।
चुरे भावर राष्ट्रिय एकता पार्टीले तत्कालीन गिरिजा प्रसाद कोइराला नेतृत्वको सकारसँग २०६४ सालमा भएको सहमति कार्यन्वयनको माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा ‘भारतीय नाकाबन्दी खारेज गर’, ‘जातीय सद्भाव कायम गर’, ‘चुरे भावर प्रदेश कायम गर’ लगायतका नारा लगाएका थिए । महोत्तरीको बर्दिबासदेखि बाराको पथलैयासम्म आन्दोलन गर्ने सो पार्टीले जनाएको छ ।
चेरे भावर क्षेत्रलाई समेटेर छुट्टै प्रदेश दिने पूर्व सहमति कार्यन्वयन गर्नुपर्ने र संविधान संशोधनमार्फत आफूहरुको माग सम्बोधन गर्नुपर्ने सो पार्टीका अध्यक्ष बद्री न्यौपानेले बताए ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses