• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भैरहवा, भदौ २३ ।  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएका थारुलाई कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न लागीएको प्रहरीले जनाएको छ ।

थारुलाई कैलाली प्रहरीको अनुरोधमा भैरहवा प्रहरीले नियन्त्रणमा लिएर कैलाली चलान गरिएको स्रोतको भनाइ छ । भैरहवास्थित फोरम लोकतान्त्रिकको कार्यालयबाटै थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

थरुहट आन्दोलनका क्रममा उनले कैलाली जिल्लाको कमाण्ड सम्हालेको आरोपमा टिकापुर घटनाका विषयमा अनुसन्धान गनए सोधपुछका लागी उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोत बताउँछ । थारु पूर्व माओवादी कमाण्डर समेत हुन् ।
www.etajakhabar.com
२३ भदौ, काठमाडौं । नेपालका चन्द्रबहादुर डाँगीको निधन भएपछि यतिबेला बिश्वकै जिवित होचो ब्यक्तिको ताज पनि अलपत्र परेको छ ।
गिनिज बुक अफ वल्र्ड रेकर्डमा चन्द्रबहादुर जिवितमध्ये सवैभन्दा होचा ब्यक्तिका रुपमा सूचीकृत थिए । तर, उनको निधनपछि बिश्वका होचा ब्यक्तिको ताज कसको टाउकोमा जाला त ?

होचा ब्यक्तिको रुपमा आधाकारिकता प्रदान गर्ने गिनिज बुक यतिबेलासम्म मौन छ ।
हालसम्म सर्वाजनिक तथ्यहरुलाई हेर्ने हो भने यो उपाधिको दावेदार हुनेछन् फिलिपिन्सका जून्री बालाविङ । यसअघि बालाविङको रेकर्ड खोसेर चन्द्रबहादुर विश्वको सबैभन्दा होचो व्यक्ति बनेका थिए ।
चन्द्रबहादुरले सन् २०१२ मा एकपटक दुई किर्तिमान राखे । पहिलो सबैभन्दा होचो जिवित व्यक्ति र इतिहासकै सबैभन्दा होचो मानिस । पछिल्लो रेकर्ड भने डाँगीको नाममा अझै रहनेछ ।
गिनिजबुकको मापनअनुसार चन्द्रबहादुरको उचाई ५४.६ सेन्टीमिटर (२१.५ इन्च) छ । जबकी फिलिपिन्सका बालाविङको उचाई ५९.९ सेन्टिमिटर (२३.५ इन्च) थियो । बालाविङभन्दा पहिले सर्वाधिक होचाको रेकर्ड नेपालकै खगेन्द्र थापामगरको नाममा थियो । उनको उचाई ६७.०८ सेन्टिमिटर रहेको छ ।
को हुन् बालाविङ ?

फिलिपिन्सको जाम्बोआन्गा भन्ने स्थानमा पर्ने सानो गाउँमा बस्छन् २१ वषिर्य बालाविङ । परिवारका अनुसार एक वर्षको भएपछि उनको शारिरीक वृद्धि रोकिएको थियो । आमा कन्सेप्सियनका अनुसार दुई वर्षको भएपछि उनीहरुले उचाई नबढेको महसुस गर्दै डाक्टरकहाँ पुर्‍याएका थिए । तर, केहि फाइदा भएन ।
उनी भन्छिन्, ‘उ सँधै बिरामी हुन्थ्यो । डाक्टरले भिटामिन खुवाउन सल्लाह दिएका थिए । तर हामीले सकेनौं ।
www.onlinekhabar.com
प्रहरीद्वारा ११ राउन्ड हवाई फायर
बिराटनगर : मधेसी मोर्चाका कार्यकर्ताले बिराटनगर भन्सार कार्यालय सुरक्षार्थ खटिएका प्रहरीलाई जिउँदै जलाउन खोजेपछि झडप भएको छ ।

सीमार्ती भन्सार कार्यालय नजिकै रहेको प्रहरी बिट जलाउन गएका मधेसी मोर्चा कार्यकर्ताले ड्युटीमा रहेका तीनजना प्रहरीलाई समेत पेट्रोल खन्याएर जिउँदै जलाउन खोजेका थिए ।

आफूहरुमाथि प्रहरीमाथि आक्रमण भएपछि भन्सार कार्यालय सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र जनपथ प्रहरीले हवाई फायर गरेका छन् ।

उग्र प्रदर्शन गरेका मोर्चाका कार्यकर्ताले हानेको ढुंगाले लागेर ३ जना प्रहरी घाइते भएका छन् । झडपका क्रममा सशस्त्रले १० र जनपथ प्रहरीले १ राउन्ड हवाई फायर गरिएको बिराटनगर भन्सार कार्यालय सरक्षार्थ खटिएका इन्स्पेक्टर गंगाप्रसाद पौडेलले जानकारी दिए ।

अराजक शैलीमा प्रस्तुत भएका मधेसी मोर्चाका कार्यकर्ताले भन्सार कार्यालय नजिक रहेका मानब बेचबिखनविरुद्ध सक्रिय माइती नेपाल र केआई नेपालको कार्यालय पनि तोडफोड गरेका छन् ।

ती कार्यालय तोडफोड गरी बोर्ड समेत निकालेर फ्यालिएको हो । झडपछि अहिले बिराटनगर भन्सारक्षेत्र तनावग्रस्त छ ।
annapurnapost.com
पोखरा: सामाजिक सञ्जालमार्फत चिनिएका साथीहरूलाई तपाईं कति विश्वास गर्नुहुन्छ ? उनीहरूका मीठा कुरामा मक्ख परेर विश्वास गर्दा ठूलो धोका हुनसक्छ। तपाईंको विश्वासको फाइदा उठाउँदै कतिपयले मन र धन मात्रै होइन, ज्यानै लिनसक्छन्।

फेसबुक, ट्विटर, इमेल, इन्टरनेट र मोबाइलको दुरुपयोग गरेर धेरैको जिउ, धन लुटेका घटना सार्वजनिक भइरहेको बेला पर्यटकीय नगरी पोखरामा जघन्य अपराध भएको छ।नेपालमा भूकम्पले लाखौं नेपालीको बिचल्ली भएको सुनेर राहत दिन आएकी २५ वर्षीया अमेरिकी युवती डालिया याहियाले सामाजिक सञ्जालमा चिनिएको युवकलाई धेरै विश्वास गर्दा ज्यान गएको छ।



विश्वभरका मानिसबीच मित्रता फैलाउने उद्देश्यले बनाइएको 'काउच सर्फिङ' सामाजिक सञ्जालमा चिनिएको पुरुषको भर पर्दा डालियाले ज्यान गुमाएकी हुन्। गोरखाका भूकम्पपीडितलाई राहत दिएर काउच सर्फिङमा आबद्ध कास्कीको धिताल ३ का ३२ वर्षीय नारायणप्रसाद पौडेलले डालियालाई पोखरा १ सिम्पानीस्थित डेरामा लगेर गत साउन २२ गते राति हत्या गरेका हुन्।


सर्फिङमार्फत परिचित पौडेललाई भेट्न डालिया साउन १९ गते पोखरा आइपुगेकी थिइन्। पौडेलसँगै पोखराका विभिन्न स्थानमा घुमफिर गरी तीन रात एउटै कोठामा बसेकी उनलाई चौथो दिन साउन २२ गते मध्यराति पौडेलले घन र गजबारले टाउकोमा हानेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन्। 'धेरै नै पैसा होला भनेर हत्या गरेको बयान दिएको छ', कास्कीका प्रहरीउपरीक्षक हरिबहादुर पालले भने, ‘के कारणले हत्या गरेको हो, त्यसबारे अनुसन्धान भइरहेको छ।'

धितालस्थित कैलाख टेन्सु प्राविका शिक्षक पौडेल र डालिया साउन २२ गते शुक्रबार दिनभर लेकसाइडमा घुमफिर गरेर कोठामा फर्केका थिए। अभियुक्त पौडेलले पैसाका लागि हत्या गरेको बयान दिए पनि अनुसन्धान टोलीले राति सुत्ने क्रममा डालियासँग यौनसम्पर्क राख्न खोजेको र अस्वीकार गर्दा रिसको झोकमा हत्या गरेको हुनसक्ने अनुमान गरेको छ।


'पैसाका लागि हत्या गरेको भने पनि डालियासँग लाखौं रुपैयाँ थिएन। जम्मा पाँच हजार रुपयाँ मात्रै रहेछ', प्रहरीस्रोतले भन्यो, ‘राति डेरामा एउटै कोठामा सँगै सुत्दा पौडेल उत्तेजित भएर करणी गर्न खोज्दा नमानेपछि आक्रोशित भएर मारेको हुनसक्छ।'

हत्यापछि पौडेलले डालियको शव तन्नाले बेरेर बोराभित्र हाली मोटरसाइकलमा डेरादेखि करिब पाँच सय मिटर पर सेती नदीमा फालेको बयान दिएका छन्। घटनास्थल र शव फालिएको स्थानमा रगताम्मे कपडा, तन्ना, युवतीको कपडा प्रहरीले फेलापारे पनि शव भने एक महिना बित्दासमेत भेटिएको छैन।

'प्रहरीको टोलीले कुकुरको सहायतामा सेतीका खोचहरूमा खोजी जारी राखे पनि भेटेको छैन', प्रहरीउपरीक्षक पालले भने, ‘सामाजिक सञ्जालमा भेटिएको मान्छेलाई आँखा चिम्लेर विश्वास गर्दा विदेशी युवतीले ज्यान गुमाइन्। यो घटनालाई अन्तर्राष्ट्रिय निकाय र मिडियाले निकै चासो दिइरहेका छन्। एकजनाको कुकर्मले सिंगो देशकै बदनाम गराएको छ। अभियुक्तविरुद्ध कडा कारबाही गर्न प्रहरीले कुनै कसर बाँकी राख्नेछैन।'

अभियुक्तद्वारा आत्महत्याको प्रयास
हत्याको करिब चार सातापछि पक्राउ परेका पौडेलले भदौ १८ गते जिल्ला प्रहरी कार्यालय कास्कीको दोस्रो तलाबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन्। सोधपुछ कक्षबाट शौचालय जान्छु भन्दै हतकडी खोल्न लगाएर पौडेल एक्कासि छतबाट हामफालेको प्रहरीले जनाएको छ।

'सबैलाई झुक्याएर अप्रत्याशित ढंगले छतबाट हामफालेर आत्महत्या गर्न खोज्यो', प्रहरी नायबउपरीक्षक गोविन्द अधिकारीले भने, 'हामफाल्दा टाउकोमा गम्भीर चोट लागेको र दुवै खुट्टा भाँच्चिएको अभियुक्त अहिले खतरामुक्त छ।' पौडेलको मणिपाल शिक्षण अस्पतालमा टाउको र खुट्टाको शल्यक्रिया गरिएको थियो। अभियुक्त गम्भीर घाइते भएकाले अनुसन्धानमा बाधा पुगेको प्रहरीले जनाएको छ।

आईफोनले पत्ता लाग्यो अभियुक्त
आफूलाई विश्वास गरेर आएकी युवतीको हत्यापछि आईफोन र रकम लिएका पौडेलले सुरुमा प्रहरीलाई दुईचार दिन भेटेर छुटेपछि कहाँ गइन्, थाहा नभएको बयान दिएका थिए। तर प्रहरीले अनुसन्धानका क्रममा डालियाको आईफोनमा पौडेलले आफ्नो सिमकार्ड हालेर मोबाइल चलाएको पत्ता लगाएपछि शंकाको घेरामा राखेको थियो।

डालियाले पनि आफू नेपालमा पौडेलसँगै रहेको जानकारी साउन २२ गते अमेरिकामा रहेको केटा साथीलाई दिएलगत्तै बेपत्ता भएकाले प्रहरीको अनुसन्धान पौडेलमाथि केन्द्रित थियो। 'दुई दिन भेटेर कहाँ गई, थाहा छैन भनेर ढाँटेको थियो', पालले भने, ‘डालिया बेपत्ता भएपछि उनको आईफोनमा पौडेलको सिमकार्ड प्रयोग गरेको देखेपछि गहन ढंगले अनुसन्धान गर्दा उसले हत्या गरेको स्वीकार गर्‍यो।'

डालियाको केटा साथीले नेपालमा उनी बेपत्ता भएको खबर अमेरिकी राजदूतावासलाई दिएपछि खोजीकार्य सुरु भएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधिसमेत पोखरा आएर खोजीमा जुटेका थिए।

'काउच सर्फिङ'का नेपालस्थित अर्का सदस्य डा. मुकेशकुमार मल्लिकले डालियाको हत्याले सबै नेपालीको शिर झुकाउने काम भएको बताए। 'नेपाल आएपछि डालियाले मेरो साथीलाई सम्पर्क गरेर बास बस्न आउने बताएकी रहिछन्', उनले भने, 'त्यो बेला उसको घरमा पाहुना भएकाले मलाई राखिदिन आग्रह गरेका थिए। तर मसँग सम्पर्क नहुँदै उनी पौडेलको घरमा पुगिछन्। त्यहाँ उनको हत्या भएको खबर सुन्दा हामी सबै मर्माहत भएका छौं।'

'काउच सर्फिङ' का सदस्यहरू साथीको घरमा जाने, बस्ने, खाने र त्यहाँको परिवेशको अध्ययन गर्ने चलन छ। त्यही क्रममा डालिया पनि पौडेलको घरमा पुगेकी थिइन्।
www.annapurnapost.com
एजेन्सी : १७२ जना यात्रु बोकेर अमेरिकाको लस भेगसबाट बेलायतको लण्डनका लागि उड्न लागेको जहाजमा धावनमार्गमै आगो लागेको छ ।

अमेरिकाको लस भेगसस्थित म्क्रान विमानस्थलबाट मंगलबार राति उड्नै लागेको ब्रिटिस एयरवेजको बोइङ ७७७ जहाजको दायाँ इन्जिनबाट शुरु भएको आगोले विमान जल्न पुगेको हो ।
सन् १९९८ मा बनेको जहाज विमानस्थलबाट उड्नुअघि बाक्लो धुवाँसहित जहाजमा आगो लागेको हो ।

जहाजमा आगलागी भएपनि कसैको हताहती भएको छ । उद्धारका क्रममा घाइते भएका १४ जना यात्रुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिको छ । जहाजमा १५९ यात्रु र पाइलट सहित १३ जना कर्मचारी सवार थिए ।

अहिलेसम्म सुरक्षाका हिसावमा उत्कृष्ट सूचीमा रहेको जहाजमा आगो लागेपछि ब्रिटिस एयरवेजका सञ्चालक पनि आश्चर्यमा परेका छन्।

जहाजमा आगो लागेपछि ब्रिटिस एयरवेजले तत्काल छानविन थालेको जनाउँदै उच्च सुरक्षाविधि अपनाउँदा अपनाउँदै आगो लाग्नुको कारण बुझ्न नसकिएको जनाएको छ ।

जहाजमा आगो लागेपछि सबै इमरजेन्सी ढोका खोलेर यात्रु र चालक दलका सदस्यहरुलाई बाहिर निकालिएको छ ।
annapurnapost.com
हेल्लो शुभप्रभात आज वि.सं. २०७२ भाद्र २३ गते बुधबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०९ तारिख भाद्रपद कृष्ण एकादशी, पुनर्वसु नक्षत्र, कर्कट राशिको चन्द्रमा, वरीयान् योग, तैतिल करण आजको व्रत/पर्व : अजा एकादशी व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), भोलिको व्रत/पर्व : प्रदोष व्रत, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), शिलान्यास(जग राख्ने), दैलो राख्ने, पुराणश्रवण,

आजको राशिफल

Aries Rashifal मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ, ख्याति कमाइने छ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउनसक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आर्थिक दृष्टिले मध्यमफल प्राप्त हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ, सचेत रहनु होला । उमंग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आजको तपाईंको निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ । कुनै नयाँ काममा मन जानेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ । कृषिक्षेत्र र पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आफन्तबाट सहयोग प्राप्त हुने छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक बन्नसक्छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर फुत्काउन सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मातापिताका चाहाना पूरा गनै आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नसक्छ । करकुटुम्बको आगमन हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि रहेकाले आफूले गरेका मिहिनेत र परिश्रमको प्रतिफल प्राप्त हुनेछ । पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



Aquarius Rashifal   कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ तर बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।

सेक्स के हो ?

सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम हो ।

प्रेममा सेक्स कति आवश्यक छ ?

प्रेमलाई सेक्सले पूर्णता दिन्छ ।

सेक्समा तपाईंलाई मन पर्ने क्रियाकलाप के हो ?

म ‘फोरप्ले’ धेरै इन्जोय गर्छु ।

 ब्लू फिल्म खेल्न सुझाव पाएकी ज्योति मगरको फिल्म ‘भाँडो’ सार्वजनिक (भिडियो सहित)

कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ ?

त्यो मेरो मुडमा भर पर्ने कुरा हो । जुनसुकै बेला पनि हुन सक्छ ।


सेक्सलाई राम्रोसँग प्रस्तुत गर्नु पर्छः ज्योति मगर

कुनै क्रेजी फ्यानले तपाईंसँग सेक्सको प्रपोज गर्‍यो भने ?

म रिलेसनमा छु भने ‘नो’ भन्छु, सिंगल छु भने ‘एस’ भन्छु ।

तपाईं कुन सेलिब्रिटीदेखि भुतुक्कै हुनुहुन्छ ?

भीजे सुरजसिंह ठकुरी भनेपछि भुतुक्कै हुन्छु । उहाँको व्यक्तित्व पनि भव्य छ । उहाँको भिजेइङ स्टाइल एकदम सेक्सी लाग्छ ।

ज्योति थापा मगरलाई ब्लू फिल्म खेल्न सुझाव

शुक्रबार साप्ताहिकबाट साभारepaliheadlines.com
 इन्डोनेसिया :  पूर्वी इन्डोनेसियाको एक पहाडमा मङ्गलबार गामालामा नामक ज्वालामुखी विस्फोट भएको यहाँका अधिकारीले बताएका छन् ।

ज्वालामुखी विस्फोट हुँदा करिब १ हजार मिटरमाथिसम्म खरानी र लाभाका अवशेष पुगेको राष्ट्रिय दैवीप्रकोप समितिका प्रवक्ता सुटोपो पुखो नुग्रोहोले बताए ।


उच्च पहाडमा विस्फोट भएको उक्त ज्वालामुखी पछि कैयौँ वरपरका गाउँमा यसका अवशेष पुगेको भए पनि स्थानीय बासिन्दालाई गाउँबाट अन्यत्र लैजानु नपरेको बताइएको छ ।


गएको जुलाईमा उक्त पहाडको नजिकै गएको एक शक्तिशाली ज्वालामुखी विस्फोट पछि करिब १ हजार ५०० स्थानीयवासीलाई बस्तीबाट अन्यत्र सारिएको थियो ।
annapurnapost.comf
   
काठमाडौं, भदौ २२ । मंगलबार सुनको मूल्य सामान्यदरले ओरालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक सयले घटेर ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सय रुपैयाँ नै बढेर ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ६ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस ११ सय २० डलरको हाराहारीमा कारोबार भएको थियो ।
अर्घाखाँची: अर्घाखाँचीको असुरकोट गाविसमा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन ।

   अर्घाखाँचीबाट प्युठान लैजादै गरेको अबस्थामा  असुरकोट गाविस वाडन . ४ आरनामा  राँगाले हानेर प्युठान जिल्ला खलंगा ४ का गणेशबहादुर कसाईको

मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक युबराज तिमिल्सिनाले बताए ।


  संगै रहेका केसब बिक गम्भीर घाईते भएका छन । उनलाई उपचारका लागी प्युठानको खलंगा पठाइएको प्रहरीले बताएको छ । मान्छे मार्ने राँगालाई प्रहरीले गोली हानेर मारेको छ ।
annapurnapost.com
एजेन्सी– श्रीमानको थुप्रै महिलासँग सम्बन्ध थियो । उनी पार्लरमा काम गर्ने युवतीसँग पनि दुष्कर्म गर्थे । यसको चिन्ताले सताएपछि प्रमाणका लागि श्रीमतीले पार्लरमा भाई र नोकरको सहयोगमा गोप्य क्यामेरा लगाइन् । केही समयपछि उनको अश्लिल भिडियो पनि बन्यो । तर, त्यो भिडियो तब उल्टो बन्यो जब भिडियोमा देखिएकी युवती प्रहरी चौकी गइन् र बलात्कारको मुद्धा दर्ता गरिन् ।
प्रहरीले भारतमा ति १९  वर्षीय युवतीको वयानमा पार्लर संचालिका रिन्कु वर्मा, श्रीमान उमेश, भाई सुरज र नोकर राजलाई चौकी लगेर गयो । पीडितका अनुसार उनी सात महिना पहिले उक्त पार्लरमा जाने गर्थिन् । उमेशले मसाज गर्दाको भिडियो बनाएर बदनाम गर्ने धम्की दिदै आफूलाई बलात्कार गरेको ति महिलाले आरोप लगाइन् ।

प्रहरीको पुछताछका क्रममा उमेशको थुप्रै महिलासँग सम्बन्ध भएको खुल्यो । रिन्कुलाई यो सबै पहिले नै थाहा थियो । त्यसको बिरोध गर्दा रक्सी खाएर आफूलाई पिट्ने गरेको उनले बताइन् ।
श्रीमान्लाई रंगेहात पकड्नका लागि भिडियो बनाउन श्रीमतीले क्यामेरा जोडिन् । त्यसपछि प्रहरीले श्रीमानलाई पकड्यो पनि तर श्रीमती आफैले कारवाही रोकेर सम्झौता गरिन् ।
kathmandutoday.com
जनकपुरधाम, २२ भदौ । जिल्ला प्रशासन कार्यालय धनुषाले मङ्गलबारदेखि जनकपुरका केही भागलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
पछिल्लो २५ दिनदेखि जारी आन्दोलन भड्किन नदिन स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि केही भागलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
जिप्रका धनुषाले स्थानीय मुरली चोकदेखि कदम चोक, स्वर्गद्वारीदेखि जिल्ला अदालत जाने बाटो, उत्तिमपुरस्थित कोलेनिका कार्यालयदेखि आन्तरिक राजस्व कार्यालय जाने बाटो र भानु चोकदेखि रेलवे स्टेसनसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
निषेधित क्षेत्रभित्र कुनै प्रकारको नारा, जुलुस, विरोध प्रदर्शन, सभालगायतका कार्यक्रम गर्न नपाइने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
स्थानीय प्रशासनले जनकपुरका केही भागमा विगत केही दिन अघिदेखि निषेधित क्षेत्र घोषणा गर्दै आएकामा कृष्णाष्टमीलाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषणा हटाएको थियो । रासस
dainiknepal.com
सिरहा, २२ भदौ । मिर्चैया नगरपालिकामा केहीबेर अगाडि बम विस्फोट भएको छ ।
मिर्चैया नगरपालिका–५ स्थित विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का केन्द्रीय सदस्य वीरेन्द्र साहको घर अगाडि बम विस्फोट भएको हो ।
विस्फोटबाट कुुनै किसिमको क्षति भने नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बम विस्फोटपछि नगरपालिकाका स्थानीयको भागाभाग भएको छ । बम कसले विस्फोट गरायो भन्ने बारेमा खुल्न सकेको छैन् ।
फोरम लोकतान्त्रिका नेताहरुले भने, उपेन्द्र, राजेन्द्र र महन्थ ठाकूर नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बम विस्फोट गराएको आंशका गरेको छ ।
dainiknepal.com
आङ्कारा, २२ भदौ । पूर्वी टर्कीमा प्रहरीको मिनी बसलाई लक्ष्यगरी गरिएको बम आक्रमणमा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ ।

कुर्दिस्तान वर्कर पार्टी (पिकेके)का आतङ्ककारीहरु सो आक्रमण गरेको डोगान समाचार समितिले मङ्गलबार जानकारी दिएको छ ।

पूर्वी टर्कीको इग्दीर प्रान्तमा प्रहरीको सवारी साधानलाई लक्ष्यगरी सो आक्रमण गरिएको जनाइएको छ ।

गत जुलाईदेखि टर्कीज सेना र पिकेकेको आतङ्ककारी समूहबीच झडप सुरु भएको जनाइएको छ । सो झडपमा दर्जनौँ सुरक्षाबलको ज्यान गएको पिकेकेले दाबी गरेका छन् ।

टर्कीको दक्षिणपूर्वी प्रान्त हक्कारीमो दगलिका जिल्लामा सोमबार भएको एक झडपमा १६ सैनिकको मृत्यु भएको सेनाद्वारा प्रंकाशित एक विज्ञप्तिमा जनाइएको छ । रासस/सिन्ह्वा

काठमाडौं–सामाखुशीका कहलिएका गुण्डा साजन महर्जन रकम असुलीको आरोपमा पक्राउ परेका छन्।

विभिन्न व्यापारीलाई फोनमार्फत धम्क्याएर रकम मागेको आरोपमा महानगरीय प्रहरी अपराध अनुसन्धान माहाखाशाले उनलाई मंगलबार गोंगबुमा पक्राउ गरेको हो। महाखाशा प्रमुख एसएसपी सर्वेन्द्र खनालले धम्क्याएर रकम माग्ने गरेको गुनासो र उजुरीको आधारमा अनुसन्धानका लागि महर्जनलाई पक्राउ गरिएको जानकारी दिए। महर्जन सामाखुशी एरियाका गुण्डा हुन्।

विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ पर्दै छुट्दै आएका उनी सामाखुशी नयाँ बजार क्षेत्रमा दिनेश अधिकारी चरी र कुमार घैंटेको प्रभाव बढेपछि निश्क्रिय थिए। गतवर्ष चरी प्रहरी इन्काउन्टरमा मारिएपछि उनी अर्का गुण्डा नाइके घैंटेसँग मिलेका थिए।   रात्रीकालीन व्यवशाय, ठेक्का पट्टा, बालुवा ढुंगाखानी संचालन गर्ने उनी उसअघि कुमार घैंटेसँग सहकार्य गर्दै आएका थिए। प्रहरी इन्काउन्टरमा घैंटे मारिएपछि साजन सो क्षेत्रमा सक्रिय भएका थिए। Source : Nagarik
/www.dcnepal.com
२२ भदौ, एजेन्सी ।

पृथ्वीमा विशाल चट्टान ठोक्किएर प्रलय हुन सक्ने भन्दै गरिएको भविष्यवाणीलाई विषययमा अमेरिकी अन्तरिक्ष अध्यन संस्था नाशाले खण्डन गरेको छ । आगामी सेप्टेम्बर २८ मा पृथ्वीमा एस्टेरोइड भनिने विशाल चट्टान ठोक्किने र पृथ्वी ध्वस्त समेत हुन सक्ने भन्दै भविष्यवाणी गरिएपछि मानिसहरु डराइरहेको समयमा नाशाले यस्तो सम्भावना नरहेको स्पष्ट पारेको हो ।

अटोमेटिक प्रणालीबाट भैरहेको अनुगमनबाट पृथ्वीमा कुनै ठूलो बस्तु ठोक्किने सम्भावना नदेखिएको भन्दै नाशाले हल्लाहरु गलत भएको बताएको हो । नाशाका प्रवक्ताले आगामी केही सय वर्ष सम्म यस्तो सम्भावना नै नरहेको बताएका छन् ।

आफूलाई भविष्यबक्ता दावी गर्ने एफ्रेन रोड्रिगेज नामका एक ब्यक्तिले एस्टेरोइड भनिने उक्त चट्टान सेप्टेम्बरमा पृथ्वीमा ठोकिन्ने र २१ सेप्टेम्बर देखि २८ सेप्टेम्बरकोबीचमा यस्तो घटना हुँदा पृथ्वी ध्वस्त हुने अवस्था समेत आउने दावी गर्दै आफुले गरेको अध्यन अमेरिकाको अन्तरिक्ष अध्यन संस्था नाशालाई पठाएका थिए ।

विशाल चट्टान पृथ्वीमा ठोकिँदै, सेप्टेम्बरमा संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी

रोड्रिगेजले ब्लड मुन प्रोफेसी भनिने भविष्यवाणीको धारामा आधारित रहेको र उनको भविष्यवाणी अनुसार २८ सेप्टेम्बर उनले भन्ने गरेको ४ ब्लड मुनको अन्तिम साता रहेको बताइएको छ ।

चन्द्र ग्रहणको समय पारेर यस्तो घटना हुने दावी उनको छ । सेप्टेम्बर २८ मा चन्द्र ग्रहण परेको छ ।

नाशाले भने यो दावीलाई हावादारी भन्दै विज्ञप्ति जारी गरेको छ ।

के संसारको साँच्चिकै अन्त्य हुँदैछः के के हुन कारण ?nepaliheadlines.com
इराक : उत्तरी इराकमा मङ्गलबार बिहानदेखि कुर्दिसतान वर्कर पार्टी (पिकेके)विरुद्ध टर्कीज युद्धक विमानबाट आक्रमण भएको जनाइएको छ ।

सो आक्रमणमा परी ३५ देखि ४० विद्रोही मारिएका राज्यद्धारा सञ्चालित आनाटोलिया समाचार समितिले मङ्गलबार जानकारी दिएको छ ।

मङ्गलबार बिहान करिब छ घण्टासम्म जारी रहेको यस हवाई आक्रमणमा ५० भन्दा बढी टर्किज युद्धक विमानको प्रयोग भएको जनाइएको छ ।


त्यसैगरी जारी सो हवाई आक्रमणमा ३५ देखि ४० जना आतङ्ककारी मारिएको आनाटोलियाले जानकारी दिएको छ । रातभर जारी रहेको यस कारबाहीमा १६ जना टर्कीज सैनिकले पनि ज्यान गएको पनि बताइएको छ ।

दक्षिण पश्चिम टर्कीमा कुर्दिसहरुको बलियो प्रभाव रहेको बताइएको छ । त्यसैले सो क्षेत्रमा बिगतका केही दिनदेखि टर्किज सेनाले कारबाही जारी राखेको छ । रासस /एएफपी
annapurnapost.com
काठमाडौं : प्रहरीसँगको इनकाउन्टरमा चर्चित गुन्डा नाइके कुमार घैंटे मारिएको केही दिनपछि नै सामाखुसी क्षेत्रका अर्का गुन्डा नाइके साजन महर्जन पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले उनलाई मंगलबार उनलाई पक्राउ गरेको हो।

सामाखुसी क्षेत्रमा उनले रकम असुली तथा ठेक्कापट्टा कब्जा गर्नेलगायतका गैरकानुनी काम गर्दै आएका थिए। ठूला व्यापारिक घरानियासँग

जबरजस्ती चन्दा असुली गर्दै आएको उजुरी दर्ता भएको छ। घैंटेसँग पनि उनको निकटको सम्बन्ध भएको बताइएको छ।


साजनलाई पक्राउ गरेर अनुसन्धानका लागि हिराशतमा राखिएको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।
annapurnapost.com
एजेन्सी ।

सेप्टेम्बर महिनामा २ वटा ग्रहण परेका छन् । यस्तो संयोग कमै पर्छ । १३ सेप्टेम्बर २०१५ औंशीको दिन सूर्य ग्रहण लाग्दैछ । तर यो ग्रहण नेपालमा भने देखिने छैन । यसलाई नेपालमा मानिने पनि छैन । तर संसारभरी रहेका नेपालीका लागि भने यो ग्रहणले अर्थ राख्छ ।

हिन्द महासागरका दक्षिणमा पर्ने अधिकाँश भाग र अफ्रिकी राष्ट्रहरु सहित संसारका विभिन्न भागमा यी २ ग्रहण देखिने छ ।

त्यसैगरी २८ सेप्टेम्बर २०१५ भाद्र शुक्ल पूर्णिमाको दिन चन्द्र ग्रहण लाग्दैछ । यो ग्रहण नेपालका कतिपय स्थानबाट देखिने विश्वास गरिएको छ ।

ग्रहणले शुभ र अशुभ फल दिने विश्वास ज्योतिष शास्त्रको छ । ग्रहणको समयमा विभिन्न काम गर्न नहुने समेत धार्मिक विश्वास छ ।



यी ग्रहणको कुन राशिमा के प्रभाव पर्ला त?

– मेष, कर्कट, वृश्चिक र धुन राशिलाई ग्रहणले शुभ फल दिनेछ ।

– वृष, सिंह, मकर र मीन राशिलाई मिश्रित प्रभाव हुनेछ ।

– मिथुन, कन्या, तुला र कुम्भ राशिलाई यो ग्रहणको अशुभ असर पर्ने छ ।
इटहरी : सर्पले टोकेर मोरङको सलकपुरका २३ बर्षिय सन्दिप ढकालको मृत्यु भएको छ । सोमबार राति घरमै बसेर टीभी हेरिरहेको अवस्थामा गोमन सर्पले टोकेर घाइते भएका सन्दिपको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमै  निधन भएको हो ।

सर्पले टोकेर गम्भीर घाइते भएका सन्दिपलाई सुरुमा नेपाली सेनाको इटहरीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना गरिए पनि उनको त्यहाँ उपचार सम्भव नभएपछि बीपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा निधन भएको थियो । सन्दिपको निधनले सिंगो सलकपुर सोकमा डुबेको स्थानिय ललित श्रेष्ठले बताएका छन् ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home