• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भदौ ५ । फेसबुकका संस्थापक जुकरबर्गले सफलताका लागि दिएका टिप्स : सबैभन्दा महत्वपूर्ण आत्मविश्वास र दृढता हो । युवावस्थामा हामीले बारम्बार सुन्नुपर्छ –तपाईंसँग अनुभव छैन । हामीलाई पनि महसुस हुन्छ, हामीभन्दा अनभव भएका मानिस धेरै छन् तर, सबैसँग सुरुमै अनुभव हुँदैन । मैले फेसबुक बनाउन सुरु गरेको १९ वर्षको हुँदा हो । त्यतिबेला मलाई केही थाहा थिएन ।
आफ्नो अवमूल्यन नगर्नुहोस् , आफूले गरेको कामलाई कहिल्यै सानो नसोच्नुहोस् । संसारका सबै मानिस फरक छन्, तिनको चाहना पनि फरक छ । सबैका धारणा फरक छन्, सबैले विश्वका लागि नयाँ–नयाँ आविस्कार गर्न सक्छन् । आफ्नो कामलाई युनिक सोचेर अगाडि बढ्नुहोस् । मानिसहरु तपाईं के भन्नुहुन्छ भन्ने कुरालाई ध्यान दिँदैनन् । तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरालाई ध्यान दिन्छन् । तपाईंले बनाउने कुरामा उनीहरुको चासो हुन्छ । त्यसैले केही कुरा बनाउनतिर लाग्नुस्, भन्नेतिर होइन । आफूलाई प्रश्न सोध्नुहोस्, के म त्यो गरिरहेको छु, जुन मेरा लागि सबैभन्दा महत्त्वपूर्ण हो ? आफूलाई नै आफ्नो कामको महत्व थाहा छैन वा त्यो काम महत्वपूर्ण लागिरहेको छैन भने त्यो काम सफल हुन पनि सक्दैन । आफूलाई सन्तुष्ट बनाउने काम गर्नुहोस् । छिटो दौडनुहोस्, छिटो काम गर्ने सोच बनाउनुहोस् । जबसम्म तपाईं छिटो दौडनुहुन्न र काम गर्नुहुन्न, तपाईंले गरेका कामको कुनै महत्व नै हुँदैन । समयमै काम गर्नुहोस्, अन्यथा त्यसले समस्या पार्न सक्छ । चुनौतीहरु सामना गर्न नडराउनुहोस् । विश्व बदलिँदो छ, बदलिरहेको विश्वमा चुनौती भएनन् भने सफलताको त्यो बिन्दुमा पुग्न सकिँदैन, जहाँ तपाईं आफूलाई देख्न चाहननुहुन्छ । प्रतिवद्दताहरु बनाउनुहोस्, ती प्रतिवद्दता पूरा गरेरै छाड्नुहोस् । यसले तपाईंलाई सफल बनाउन सहयोग गर्छ । काम गर्न यो र त्यो ठाउँ नभन्नुहोस् । जहाँ बसेर काम गर्न सजिलो हुन्छ,त्यहीँ बसेर गर्नुहोस् । मैले फेसबुकबारे सोचेको एउटा सानो कोठामा हो । त्यहाँ सामानहरु यततत्र छरिएका थिए । मलाई त्यही ठाउँमा काम गर्दा आनन्द आउँथ्यो । आजको नयाँ पत्रिका दैनिकमा एक सामग्री प्रकाशित छ ।

काठमाडौं, ५ भदौ । करिव ४ महिनाअघि पूर्वयुवराज्ञी हिमानी शाहलाई भेट गर्दा तत्कालका लागि पति पारससँग नबस्न आग्रह गरेपछि चर्चामा आएकी कपन पंचकुमारी बस्दै आएकी मात सविता सरु शर्मा आचार्यले जीवनकुंजमा बस्दै आएका पारससँग भेट गरेकी छिन् ।

पारसले माता आर्चायलाई भेटन् आग्रह गरेपछि अस्ति बिहीबार घरमै भेटैको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
भेटका अबसरमा माताले उनको भविष्य र पारिवारिक अवस्थाका बारेमा जानकारी गराइएको बताइएको छ ।
दरबार स्रोतका अनुसार घरायसी समस्या बढ्न थालेपछि पारसले मातासँग भेट गरेकी हुन् । भेटमा बहिनी सिताष्माको पनि उपस्थिति थियो ।www.dainiknepal.com

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
के तपाइको टाउको दुखि राख्ने समस्या छ ? यहि समस्या ले गर्दा चिन्तित हुनुहुन्छ ? चिन्ता नगर्नुहोस, प्राय हाम्रो मुख्य समस्यानै टाउको दुख्ने हो । हामि यसबाट बाट दिनप्रतिदिन पीडित बनिरहेका छौ । कसैसंग रिस उठ्यो भने हाम्रो टाउको तातेर आउछ । कुनै समस्याले पिरोलिरहेको छ भने हामी भन्छौ एसले त मेरो टाउको नै दुखायो। टाउको दुख्ने समस्या हाम्रो नेपालमा मात्रै नभएर यो त विश्वभर नै छ ।‘टाउको दुखाइ’लाई व्यावहारिक समस्या र औडाहाको उखानको रुपमा समेत लिइन्छ । टाउको दुखेपछि कुनै काम गर्न मन नलाग्ने, वास्तविक अर्थमा काम गर्न अत्यन्त गाह्रो हुने बाधक पीडाका रूपमा लिइन्छ । धेरै मानिस टाउको दुखेको बुझ्छन् तर त्यसको कारण वा रहस्य जान्न सक्दैनन् । जथाभावी औषधि खाने गर्छन्, तर यो उचित उपचार होइन । टाउको दुख्नु आफैंमा रोग नभयर शारीरिक समस्या वा रोगको कारण हुन्छ ।

टाउको दुखाइबाट बच्ने केहि उपायहरु :


* निश्चित समयमा सुत्ने गर्नुहोस :
अनिदो रहने, जुन बेला मन लाग्यो त्यही बेला सुत्ने, उठ्ने गर्नाले पनि धेरैलाई टाउको दुखिरहेको हुन्छ वा अरु कारण (जस्तै माइग्रेनको टाउको दुखाइ) बढाइरहेको हुन्छ । त्यसैले सकेसम्म निन्द्रा नफालौ, सधैं एकै समयमा सुत्ने र उठ्ने बानी गरौ ।

* नियमित रुपमा व्यायाम गर्नुहोस् :
नियमित रुपमा व्यायाम गर्नाले शरीर स्फुर्त रहनाका साथै मन पनि चङ्गा रहन्छ। यस्ले शरीरमा इन्डोर्फिन नामक मस्तिस्कको प्राकृतिक पेनकिलर पनि उत्पादन गर्न मद्दत गर्छ । हफ्ताको ४–५ दिन करीब २०–३० मिनेट छिटो–छिटो हिंड्नु स्वास्थ्यकर हुन्छ ।

*मानसिक तनाव कम राख्ने
मानसिक तनाव सबैलाई पर्छ तर त्यससँग कसरी डिल गर्ने, समस्या कसरी समाधान गर्ने, आफुलाई कसरी कम तनाव पार्ने भन्ने उपायहरु हामीले जान्नुपर्छ। तनावको बेलामा आफ्ना रुचिका कामहरु जस्तै घुम्न जाने, साथीभाइसँग गफ गर्ने, म्युजिक सुन्ने, मुभी हेर्ने, रमाइला किताबहरु पढ्ने गर्न सकिन्छ । साथै ध्यान गर्ने, योगा गर्ने गर्नाले पनि तनावलाई धेरै कम गर्न सकिन्छ र टाउको दुखाइ पनि नियन्त्रण गर्न सकिन्छ ।

*चियाकफी, जाडरक्सी, चुरोट कम गर्ने
चियाकफी, जाडरक्सी, चुरोट आदीको अत्यधिक सेवनले माइग्रेन जस्ता टाउको दुखाइहरुलाई बढाउछ। त्यसैले त्यस्ता कुरा सकेसम्म कम गरेको नै बेस हुन्छ।

*चिसोले टाउको सेक्ने
चिसोले सेक्नाले पनि दुखाइमा केही आराम गर्छ, त्यसैले चिसो पानीमा रुमाल भिजाएर टाउकोमा राख्नाले टाउको दुखाइमा आराम मिल्छ।
(जनचेतनाका लागि शेयर गरिएको)

काठमाडौँ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुख्य सहरमा गुण्डाराज चलाउँदै आएका डन देश छाडेर भाग्ने तयारी गरेका छन् ।
राजनीतिक संरक्षणका आडमा गुण्डागर्दी गर्दै आएका डनहरुसमेत घैंटेको घटनापछि आफूहरु असुरक्षित महसुस गरी देशै छाड्ने तयारी गरिरहेका बेला महानगरीय अपराध महाशाखाले प्रहरी निगरानीमा रहेका गुण्डाका नाइकेहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी राख्न शुरु गरेको छ ।
प्रहरीहरु आफुहरुविरुद्ध आक्रामण भएपछि उनी भाग्ने तयारीमा रहेका हुन् । अरु केहीलाई पनि प्रहरीले निसानामा राखेको छ । घैँटेको इन्काउन्टर भएको करिब एक बर्ष पहिले राजनीतिक संरक्षणको आडमा गुन्डागर्दी गर्दे आएका दिनेश अधिकारी‘चरी’ प्रहरीको इन्काउन्टरमा मारिएका थिए । चरि पछि घैँटको इन्काउन्टरमा मृत्यु भएपछि डनहरु आत्तिएका हुन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
www.nepalsandesh.com
काठमाण्डु, ५ भदौ– इन्काउन्टरमा बिहीबार मारिएका डन कुमार घैंटे भनिने कुमार श्रेष्ठको प्रहरीले सम्पत्ति छानविन थालेको छ । गुन्डागर्दीलगायत अवैध गतिविधिबाट उनले करोडौं सम्पत्ति जम्मा गरेको सूचनाका आधारमा प्रहरीले छानबिन सुरु गरेको हो । घैंटेको अवैध सम्पत्तिको छानविन सुरु भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
प्रहरीले उनका सहयोगी र आफन्तको समेत सम्पत्ति छानबिन गरेर कारबाहीका लागि प्रतिवेदन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने भएको छ ।
प्रहरीलाई प्राप्त विवरणअनुसार घैंटेसँग २० करोड भन्दा धेरै सम्पत्ति छ । गजुरमुखी कन्सट्रक्सन नामक क वर्गको निर्माण कम्पनीका उनी मालिक हुन् । जसमा कांग्रेस सभासद् जगदीशनरसिंह केसी पनि साझेदार छन् । सोही कम्पनीबाट घैंटेले राजनीति पहुँच र गुन्डागर्दीको आधारमा ठूला–ठूला सरकारी ठेक्काहरु हात पार्दै आएका थिए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ ५ गते ६:५१
५ भदौ, सिरहा ।  ‘मधेस आन्दोलनबाट धेरै नेता जन्मिए, उनीहरू मन्त्री पनि भए तर मधेसी जनताले के पाए? ‘ २०६३ सालको मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोका बुबाको प्रश्न हो यो।

लहान बजारदेखि १८ किलोमिटर दक्षिण-पश्चिम सिरहाको फूलबरिया मझौरामा शुक्रबार पुग्दा घरमा ‘सहिद’ का बुवा रवि, आमा रानो र दाजु बालकृष्ण थिए। रविले निराश हुँदै भने, ‘सहिदको बलिदान खेर गयो। मेरो छोराको बलिदान केही मान्छेलाई मन्त्री, नेता र माननीय बनाउन मात्र थिएन।’
नौ वर्षअघिको मधेस आन्दोलन र छोरा रमेशका विषयमा कुरा सुरु गर्दा आमा रानो भक्कानिइन्। संविधानको विषयमा केही बताउन नजान्ने उनले भनिन्, ‘धेरै छोराका आमा यसरी नै रोइरहेका छन् । आँसु पुछ्ने नेता कोही भएनन्।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले अबको आन्दोलनमा सहिद हुनेका परिवारलाई ५० लाख नगद, नोकरी र शिक्षाको प्रबन्ध गर्ने घोषणा गरेको पनि रमेशका बाबुआमाले सुनेको अन्नपूर्ण पोस्टमा खबर छ ।
‘फोरमका अध्यक्ष उपेन्द्र यादवले घरमै आएर दिएको वचन त पूरा गरेनन्। अब के होला?’ रविले भने, ‘मधेसी जनताको अधिकार प्राप्तिका एउटा छोरा सहिद भयो, हामीजस्ता धेरै छोराले तपाईंलाई सहारा दिन्छौं भनेका थिए । खोइ, त्यसपछि कोही आएनन्।’
पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव तथा पूर्वमन्त्रीहरू राजेन्द्र महतो र महन्थ ठाकुरले बुधबार सार्वजनिक अपिलमार्फत मधेसी युवाहरूले आन्दोलनमा होमिएर ज्यान गुमाएको खण्डमा सहिद घोषणा गर्ने र उनीहरूका परिवारलाई प्रतिसहिद ५० लाख रुपैयाँ दिने घोषणा गरेपछि २०६३ मधेस आन्दोलनबाट प्रभावित परिवारबाट आक्रोशित भएका हुन्।
मधेस आन्दोलनका अर्का सहिद मोहम्मद अनिशकी आमा विल्तुन खातुन कति दिक्क छिन् भने उनी आन्दोलन र नेताका कुरा सुन्न पनि चाहन्नन्। ‘आन्दोलन गर्छन्, ठूल्ठूला कुरा गर्छन् । जनताका छोराछोरी मर्छन्, आफू मन्त्री बन्छन्’,उनले भनिन्, ‘त्यसपछि त छोरा गुमाउनेले उनीहरूलाई भेट्न पनि पाउँदैनौं । हाम्रो भोगाइ यस्तै छ।’

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, ५ भदौ – प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुद्यय सहरमा गुण्डाराज चलाउँदै आएका डन देश छाडेर भाग्ने तयारी गरेका छन् ।

राजनीतिक संरक्षणका आडमा गुण्डागर्दी गर्दै आएका डनहरुसमेत घैंटेको घटनापछि आफूहरु असुक्षित महसुस गरी देशै छाड्ने तयारी गरिरहेका बेला महानगरीय अपराध महाशाखाले प्रहरी निगरानीमा रहेका गुण्डाका नाइकेहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी राख्न शुरु गरेको छ ।
लामो समयदेखि ठूला व्यापारिक घराना, निर्माण व्यवसायीदेखि विभिन्न व्यवसायमा संलग्न रहेका व्यक्तिहरुलाई तर्साएर आफ्नो धन्दा चलाउँदै आएका डनहरु प्रहरी आफूमाथि आक्रामक ढगले प्रस्तुत भएको सुइँको पाएपछि नेपाल छाड्ने तयारीमा छन् । प्रहरीले एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा निगरानी गर्नुका साथै देशैभरका मुख्य नाकामा सतर्कता अपनाएको छ ।
नेपाल समाचारपत्र दैनिकबाट

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आफ्नै हजुरबुबाबाट नातिनी बलात्कृत भएपछि

हेटौँडा, भदौ ५ । पछिल्लो समय बालबालीका छर छिमेकबाट मात्रै नभई घर परिवारका सदस्यहरुबाट नै असुरक्षीत बन्दै जान थालेका छन् । परदेश गएका श्रीमानले विश्वासमा घरमा छोडेकी श्रीमती ससुराबाट बलात्कृत हुनु, देहोले भाउजुलाई आँखा लगाउँदै आएका खबरहरु बढीरहेका बेला हेटौँडा फेरी एक बालीका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् ।


हेटौँडा–११ थानाभर्याङकी यि बालीकालाई ५६ वर्षीय हजुरबुवा तेजबहादुर परियारले बलात्कार गरेको प्रहरीले जनाएको छ । खाना खाइ सकेर सँधै हजुरबुबाकहाँ गएर सुत्ने बालिका हजुरबुबाले यौनप्यासको सिकार भइरहेको तर धेरै पछि रहस्य खुलेको हो । विभिन्न डरधम्कीपूर्ण व्यवहार देखाउँदै यौनशोषण हुने गरेपछि बालिकामा फरक व्यवहार देखिएपछि घटनाको रहस्य पर्दाफास भएको हो । परियारलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरीएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं- प्रहरीले कपुरधारास्थित आफ्नै घरअगाडि 'इन्काउन्टर'मा बिहीबार मारिएका कुमार श्रेष्ठ (घैंटे) को हतियार, सहयोगी र सम्पत्तिको खोजी सुरु गरेको छ। घैंटेको कारोबारको जालो र लगानीका क्षेत्रको खोजीमा प्रहरी जुटेको हो।


घैंटेले एक वर्षअगाडि फेसबुकमार्फत सार्वजनिक गरेको पैसाको चाङसहित गलिल प्रकृतिको आधुनिक हतियार र पेस्तोलको तस्बिरलाई आधार बनाएर प्रहरीले घैंटे समूहले प्रयोग गर्ने हतियार खोजी सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा घैंटे समूहले आफ्नो प्रभाव क्षेत्रका विद्यालयमा दबाब दिएर समूहका सदस्यलाई डिसिप्लेन इन्चार्ज राखेको, रकम असुलीका लागि क्षेत्रअनुसार संयोजक तोकेर परिचालन गर्ने गरेको, विद्यालय, निर्माण व्यवसायलगायत क्षेत्रमा लगानी गरेको लगायत सूचना आएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए।

गत असोज २१ मा अर्का गुन्डा नाइके दिनेश अधिकारी चरी इन्काउन्टरमा मारिएपछि प्रहरीले उसको सम्पत्ति, लगानी र समूहका अन्य सदस्यबारे अनुसन्धान अगाडि बढाउने बताएको थियो। चरीकी प्रेमिका खुश्बु ओली, एमाले नेता राजेन्द्र पाण्डेलगायतले चरीलाई प्रहरीले जानाजान मारेको भन्दै विरोध गरेपछि महाशाखाका अधिकारीले चरीले अपराधबाट अर्जन गरेको सम्पत्ति र त्यसबाट फाइदा लिइरहेका समूहबारे समेत अनुसन्धान गर्ने दाबी गरेको थियो। तर, सो दाबी कार्यान्वयनमा आएन। प्रारम्भिक अनुसन्धानमा चरीले खरिद गरेको अर्पाटमेन्ट, लगानी रहेको हाइड्रोपावर लगायतको पहिचान भए पनि अनुसन्धानबाट कुनै निचोड निस्किएन।

घैंटे पनि चरीझैँ प्रहरी इन्काउन्टरमा मारिएपछि महाशाखाका अधिकारीले उही शैलीमा आपराधिक गतिविधिबाट जोडेको सम्पत्ति र लगानी क्षेत्रबारे अनुसन्धान गर्ने दाबी गरेका छन्। घैंटे संलग्न रहेको क्षेत्र, समूह, लगानीलगायत सबै पाटोबारे अनुसन्धान सुरु गरिसकेको बताउँदै महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले नतिजा नै सार्वजनिक गर्ने दाबी गरे।

'हिजोको घटनासँगै घैँटेसम्बन्धी अनुसन्धान सकिएको छैन,' महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, 'टोली नै बनाएर घैंटेको समूहका सदस्य र उनीहरुको संलग्नता, हतियार र सम्पत्तिबारे अनुसन्धान सुरु गरिसकेका छौं, नतिजा ल्याउने गरी काम हुन्छ।'

आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइकेको सम्पत्ति स्रोतबारे प्रहरीले २०६६ बाटै अनुसन्धान सुरु गर्दा घैंटेको नाममा ५ करोड बढीको सम्पत्ति पहिल्याएको थियो। उनको लगानी रहेको रेस्टुरेन्ट, बालुवाखानी, निर्माण कम्पनीलगायतको पहिचान भएको थियो।

सम्पत्ति शुद्दीकरण विभागको स्थापनासँगै शंकाको घेरामा रहेका १३ जनाको नाम पहिल्याइए पनि गणेश लामा, दीपक गुरुङ (मनाङे), मिलन गुरुङ (चक्रे), कृष्ण बस्नेत (पर्शुराम) र अभिशेक गिरीविरुद्ध मात्रै औपचारिक अनुसन्धान हुँदा घैंटे, चरीसँगै बलराम सापकोटालगायतले अनुसन्धानबाट उन्मुक्ति पाएका थिए।

पछिल्लो समय हङकङ र मलेसियामा लगानीबारे बुझ्न गएका उनले अधिकांश पैसा उतै पुर्यातएको सूचना आएको एक प्रहरी अधिकारी बताउँछन्। हप्ता असुली, गुन्डागर्दीसँगै प्रारम्भमा घैंटे विदेशबाट फोटोकपी मेसिन झिकाएर बिक्री गर्ने काममा समेत सक्रिय थिए। पछिल्लो समय भने गजुरमुखी निर्माण सेवामार्फत निर्माण व्यवसायमा सक्रिय रहेको जानकार स्रोतले बतायो।

'गजुरमुखीमा सेयर रहे पनि प्रहरीले गुन्डाको सम्पत्तिबारे अनुसन्धान सुरु गरेपछि उसले आफ्नो नाम भने राखेको थिएन,' जानकार स्रोतले भन्यो, 'रेस्टुरेन्ट र होटलमा समेत सहयोगीको नाममा लगानी गर्ने गरेको थियो।'

सामाखुसी क्षेत्रको अर्पाटमेन्ट किने पनि घैंटे कपुरधाराको बालकुमारीमार्गको घर नम्बर ९८–२० मा बस्दै आएका थिए। दुईतले टिनको छानाको उक्त घर उनको पुर्ख्यौली सम्पत्ति हो। पछिल्लो समय श्रीमतीसँग डिभोर्स भएपछि उनी छोरीसँग बस्दै आएका थिए।

एसएसपी खनालले घैंटेले दुःख दिएका व्यवसायी प्रहरीको सम्पर्कमा आइरहेको बताए। होटल, निर्माण कम्पनी, वैदेशिक रोजगार सबैतिर उसको प्रभाव देखिएको जानकारी दिँदै उनले सबै पाटोको अनुसन्धान भइरहेको बताए।

'उसको लगानी रहेको क्षेत्र, उसको समुहका सदस्य सबैको पहिचान अहिले हाम्रो प्राथमिकताको विषय हो,' खनालले भने, 'उसको आर्थिक स्रोत र सहयोगी खुलाउन सके अन्यको हकमा समेत अनुसन्धान सहज हुनसक्छ।'

खनालले घैंटेको समाप्तीसँगै उपत्यकाका संगठित अपराध र त्यसका संलग्न हुनसक्नेहरुको निगरानी र अनुगमन नसकिएको दाबीसमेत गरे। विगतको पृष्ठभूमि र व्यवसायीबाट आएको गुनासोका आधारमा महाशाखाले अन्यलाई समेत निगरानीमा राखेको बताए। महाशाखाका एक अधिकारीका अनुसार पृष्ठभूमि र सञ्जालका आधारमा दीपक मनाङे, चक्रे मिलन, गणेश लामा र जेलभित्र रहेका सुजन पौडेल (रमेश बाहुन) र अभिशेक गिरीको गतिविधि नियमित प्रहरी निगरानीमै छन्।

व्यवसायीबाट भक्तपुरका श्यामकृष्ण महर्जन, चक्रपथका तेजेन्द्र गुरुङ, सामाखुसी क्षेत्रका साजन महर्जन र बाघबहादुर लामाबारे गुनासो आएकाले उनीहरुलाई निगरानीमा राखिएको स्रोतले जानकारी दियो।

शव बुझ्न आएन परिवार

प्रहरीले जानजान घैंटेलाई मारेको भन्दै उनका समर्थकले शुक्रबार काठमाडौं क्षेत्र नम्बर ६ बन्द गराए। सो क्षेत्रका सभासद भीमसेनदास प्रधानको सक्रियतामा भएको बन्दमा कांग्रेस सभासद जगदिश्वरनरसिंह केसीसमेत सक्रिय थिए।

बिहीबार उपचारक्रममा शिक्षण अस्पताल महाराजगन्जमा घैंटेको मृत्यु भए पनि शवको पोस्टमार्टम भएको छैन। बिहीबारझैँ नाराबाजी हुने आशंकामा प्रहरी परिचालन बढाइए पनि शुक्रबार अस्पताल क्षेत्रमा उनका समर्थक देखिएनन्।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
हिमानी र पारसको सम्बन्धबारे यसो भनिन् माताले….

काठमाडौ । करिव ४ महिनाअघि पूर्वयुवराज्ञी हिमानी शाहलाई भेट गर्दा तत्कालका लागि पति पारससँग नबस्न आग्रह गरेपछि चर्चामा आएकी कपन पंचकुमारी बस्दै आएकी मात सविता सरु शर्मा आचार्यले जीवनकुंजमा बस्दै आएका पारससँग भेट गरेकी छिन् ।

पारसले माता आर्चायलाई भेटन् आग्रह गरेपछि अस्ति बिहीबार घरमै भेटैकी हुन् ।
भेटका अबसरमा माताले उनको भविष्य र पारिवारिक अवस्थाका बारेमा जानकारी गराइएको बताइएको छ ।
दरबारस्रोतका अनुसार घरायसी समस्या बढ्न थालेपछि पारसले मातासँग भेट गरेकी हुन् । भेटमा बहिनी सिताष्माको पनि उपस्थिति रहेको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
ब्याक्टेरिया मानिस, जनावर, खाना, माटो, पानी आदि जहाँ पनि पाउन सकिन्छ । धेरै ब्याक्टेरिया हानिकारक हुँदैनन्। केहीले त फाइदा पनि गर्छ।

दूध या चीज बनाउँदा ब्याक्टेरिया प्रयोग गरिन्छ। तर दुई किसिमको ब्याक्टेरियाले खाद्यमा प्रमुख असर गर्छ। ती हुन्-स्पोइलेज र प्याथेजेनिक जीवाणु। स्पोइलेज जीवाणुले प्रोटिनलाई तोड्छ, यसबाट ढुसी आउने या गन्हाउने हुन्छ । यसबाट खाद्य विषादि त्यति हुँदैन।


प्याथेजेनिक जीवाणुु धेरै परिमाणमा खानामा भएमा खाद्य विषादी बनाउँछ र खानाको रूप, स्वाद या गन्ध कमै रूपमा परिवर्तन गर्छ। यी जीवाणु फस्टाउन पोषण, तापक्रम, समय, ओसिलो वातावरणमा भर पर्छ।


त्यसैले ७ र ६३ डिग्रीबीचको तापक्रमलाई 'खतराको क्षेत्र' भनिन्छ, किनभने यी बीचको तापक्रममा प्याथेजेनिक जीवाणुले खानालाई संक्रमण गर्छ।

त्यसैले चिसो खाने खाना जस्तो सलाद, दही, स्यान्डविज आदि ७ डिग्रीभन्दा मुनि र तातो खाने भए आफूले खाने खाना घटीमा ६३ डिग्रीभन्दा माथिको हुनुपर्छ।
आइसक्रिमजस्ता फ्रोजन खानाको तापक्रम १८ डिग्री या कम हुनुपर्छ।

खाना पाक्न ८५ डिग्री तापक्रम चाहिन्छ। तीस सेकेन्डसम्म लगातार नाप्दा यति तापक्रम हुनुपर्छ। खानालाई फ्रोजन गर्नुअघि चाँडो चिस्याएरमात्र डी फ्रिजमा राख्‍नुपर्छ । फ्रोजन खानाहरू एकपल्ट मात्र तताएर खानुपर्छ।

त्यसैले स्वस्थकर खानाका लागि 'बारीदेखि थालीसम्म' को हाइजेनिक नियम सबैले मान्‍नु जरुरी हुन्छ। यसको अर्थ खाना उब्जिएको सुरुको बिन्दुदेखि नखाउन्जेलसम्म गर्नुपर्ने हाइजिनको तरिका सबै अवस्थामा गर्नुपर्ने हुन्छ।

राम्रो हाइजिन नियम पालना नगरेमा खाना विषादी हुने प्याथेजेनिक जीवाणु फैलिँदै जान्छ। यसले धेरै खाना विषाक्त बनाई मानिस बिरामी पर्ने, अस्पताल जाने या जीवन नै जाने बनाउनसक्ने प्याथेजेनिक ब्याक्टेरिया र भाइरस अनि परजीवी मुख्यतया निम्न हुन् :

साल्मनेला: साल्मनेला भनेको ब्याक्टेरियाको समूह हो जसले संक्रमण बढाउँछ । साल्मनेलाको कारणले धेरै मानिस बिरामी हुन्छन्। यसले मुख्य गरी झाडापखाला लगाउँछ । यसले खासगरी गर्भवती महिला, बूढापाका, बच्चा र कमजोर पाचनक्रिया भएकालाई धेरै आक्रमण गर्छ । यसले अस्पताल नै बस्नुपर्ने पनि बनाउनसक्छ ।

साल्मनेला ब्याक्टेरिया मानिस तथा जनावरको आन्द्राभुँडी र ढलमा बाँच्छ । यसैले राम्रो हाइजिन र पकाउनेको तरिका नअपनाए यो सजिलैसँग फैलिनसक्छ।यो ब्याक्टेरियाका मुख्य स्रोतहरू नपाकेको अन्डा र कुखुराको मासु, काँचो दूध र दूधका परिकार हुन्। यो ब्याक्टेरिया भएको मानिसले छुँदा पनि खानामा सर्छ। जस्तो चर्पीमा गएर हात नधुनेले साल्मनेला सार्नसक्छ।

यो ब्याक्टेरियाबाट बच्न अन्डा, कुखुरा, मासु राम्रोसँग उचित तापक्रममा पकाउनुपर्छ। फलफूल, साग, तरकारी काट्नु र पकाउनुअघि राम्रोसँग धुनुपर्छ। यस्तै काँचो मासु, काँचो दूध र अरू काँचो खाद्यान्न अरूतिर मिसाउँदा राम्रो होश गर्नुपर्छ। भान्सा सफा राख्‍नुका साथै काट्ने चक्‍कु र बोर्ड पनि अलगअलग ठाउँमा राख्‍नुपर्छ ।

बसिलियस सिरिउस: यो ब्याक्टेरियाले खानामा तापबाट पनि केही नहुने एक्सोटक्सिन उत्पादन गर्छ। यसले पेट दुख्‍ने, झाडापखाला र बान्ता हुने गर्छ। खाएको २४ घन्टाभित्र यसको लक्षण देखिन्छ। यसका मुख्य स्रोतहरू चामल, मकै, सोया तथा यसका परिकार हुन्।

राम्रोसँग उचित तापक्रममा पकाउनु, पकाएर फ्रिजमा राख्ने भए चाँडै चिस्याउने, पुनः नतताउने, अरू संक्रमणबाट मिश्रित नगरेमा यसबाट बच्न सकिन्छ।

क्लोस्ट्रिडियम बोटुलिनम: यो ब्याक्टेरिया खानामा परेमा यसले तापबाट नष्ट नहुने न्युरोटक्सिन उत्पादन गर्छ। यसले स्नायु प्रणालीलाई आक्रमण गर्छ । पाँचदेखि १० प्रतिशतमा मानिसको जीवन जानसक्ने कारण पनि हुनसक्छ । यो माटो, मासु र माछा, क्यानमा राखिएको तरकारी आदिमा पाइन्छ।

यो खाएको १२ देखि ३६ घन्टामा यसको लक्षण देखिन्छ। यसले टाउको दुख्‍ने , धेरै थकाइ लाग्ने, झाडाबान्ता हुने आदि हुन्छ। यस ब्याक्टेरियाले स्नायु प्रणालीलाई आक्रमण गरे दृष्टि र बोलीमा असर पुर्‍याउँछ। आठ दिनपछि पनि एन्टी न्युरोटक्सिन नदिएमा ज्यानै पनि जानसक्छ।

क्लोस्ट्रिडियम परफ्रिन्जिन्स: यो किसिमको ब्याक्टेरिया हाम्रो वातावरणमा धेरै पाइन्छ । यी ब्याक्टेरियाको संख्या उपयुक्त वातावरणमा धेरै चाँडै वृद्धि हुन्छ।
यसका मुख्य स्रोतहरू मानिसको आन्द्राभुँडीमा र काँचो मासुमा, मुला, आलु, गाजरजस्ता माटोमा गाडिएका तरकारीमा पाइन्छ।

धेरै परिमाणमा यी ब्याक्टेरिया खाएमा पेट दुख्ने र झाडापखाला हुने गर्छ। 'खतराको क्षेत्र’मा यो ब्याक्टेरिया चाँडै नै फैलिन्छ। त्यसैले खानालाई राम्रोसँग उपयुक्त तापक्रममा पकाएर खानुपर्छ।

फ्रिजमा या फ्रिजरमा राख्‍ने हो भने नब्बे मिनेटभित्र चिस्याएर राखिहाल्नुपर्छ। याद गरौं, फ्रिज पाँच डिग्रीभन्दा कम र फ्रिजर १८ डिग्रीभन्दा मुनि हुनुपर्छ।

काम्पालोब्याक्टर: यो झाडापखाला लाग्ने अर्को प्रमुख ब्याक्टेरिया हो। कम पाकेको कुकुराको तथा अन्य मासु अनि यी मासुले छोइएको अरू खाना, काँचो दूध र यसका परिकार, फोहर पानी आदि मुख्य स्रोत हुन्, यो ब्याक्टेरियाको।

फ्रोजन गरे यो ब्याक्टेरियाको संख्या कम हुन्छ तर ब्याक्टेरिया मर्दैन। उपयुक्त तापक्रममा पकाएमात्रै मर्छ।

स्ट्यापोलोकोस्सस औरिउस: यो किसिमको ब्याक्टेरिया खासगरी मानिस र जनावरको छाला, घाँटी, नाकमा पाइन्छ। त्यसकारण खानामा नपरुन्जेल यसले नोक्सान गर्दैन।

जब यो खानामा पर्छ वा पारिन्छ, यो ब्याक्टेरियाको संख्या चाँडै वृद्धि भई यसले हानिकारक टक्सिन उत्पादन गर्छ। यो ब्याक्टेरियाको संक्रमणबाट पेट दुख्ने, झाडाबान्ता हुने हुन्छ। यसबाट बन्ने टक्सिन ब्याक्टेरिया तातोले मर्दैन, पकाउँदा पनि यी नास हुँदैनन्।

जुन खाना हातले छोएर बनाइन्छ र पकाउन नपर्ने जस्तै सलाद, पाउरोटी, स्यान्डविज, उसिनेर चिस्याइएको आलुु, अन्डा आदि यस ब्याक्टेरियाका मुुख्य जोखिमका स्रोतहरू हुन्।

यो ब्याक्टेरियाबाट बच्न राम्रोसँग साबुनले हात धुनुपर्छ। रुघाखोकी र आँखा पाकेको बेलामा, हात या नाडीको छालामा संक्रमण भएको बेलामा खाना बनाउनुु हुँदैन । साथै भान्छा सफा र खानाहरू ‘खतराको क्षेत्रमा राख्‍नु हु्ँदैन।

ई सच्चेरिचिए कोली: यो किसिमको ब्याक्टेरियालाई ई. कोलाई पनि भनिन्छ। यद्यपि धेरै ई. कोलाई ब्याक्टेरियाले नोक्सान गर्दैन तर केहीले चाहिँ धेरै बिरामी बनाउन सक्छ।

प्रायः मिडियामा ई. कोलाईले खाना विषाक्त बनाएको चर्चा हुन्छ। किनकि यो ब्याक्टेरियाको असर भयो भने धेरै बिरामी बनाउने या ज्यानै जाने पनि हुनसक्छ।
यो ब्याक्टेरियाको मुख्य स्रोत काँचो या कम पाकेको मासु, काँचो दूध या यसका परिकार आदि हुन्। हात धुनु, मासु राम्रोसँग पकाउनु, काँचो दूध नखानु, भान्छा सफा राख्‍नु आदिले ई. कोलाईबाट बच्न सकिन्छ।

लिस्टेरिया मोनोसाइटोजेनिस: यो ब्याक्टेरियाले वृद्ध, गर्भवती महिला, बच्चा, कमजोर पाचनक्रिया भएकालाई बढी असर गर्छ। लिस्टेरिया फ्रिजको तापक्रममा बढ्नसक्छ, जहाँ अरू ब्याक्टेरिया बढ्न सक्दैन। यो किसिमको ब्याक्टेरिया तयारी खाना, काँचो मासु, दूध र यसका परिकार, सामुद्रिक खानामा पाइन्छ।

खाना सही तापक्रममा पकाउने, हात धुने, सही रुपले खानाहरू राख्ने, सफा भान्छा, काँचो र पाकेको मासु अलगअलग राख्ने, फ्रिज सफा राख्नेजस्ता क्रियाकलापले यो ब्याक्टेरिया कम गर्न सकिन्छ।

नोराभाइरस: नोराभाइरस अर्को धेरै खाना विषाक्त बनाउने ब्याक्टेरिया हो । यसको लक्षण अरूजस्तै पेट दुख्‍ने, झाडापखाला, बान्ता हुने हुन्छ। यो सजिलैसँग मान्छेबाट मान्छेमा सर्छ। धेरै मान्छेको जमघटमा एउटालाई नोराभाइरस छ भने अरूलाई चाँडै सर्नसक्छ।

ताजा खाना, सामुद्रिक खाना, बरफ, फलफूल, तयारी खाना र त्यसमा पनि सलाद र भान्छेसँग नोरा भाइरस छ भने खानामा सजिलैसँग जान्छ।हात धुने, न्याप्किन र तन्ना फेर्ने, नोरा भाइरस भएकोलाई पकाउन नदिने, फलफूल सब्जी राम्रोसँग धुने, भान्छा सफा राख्ने आदि गरेमा नोरा भाइरसबाट बच्न सकिन्छ।

टोक्क्षोप्लाज्मा गोन्डी: टोक्क्षोप्लाज्मा परजीवी हो जसले टोक्क्षोप्लामोसिस भन्ने रोग ल्याउँछ। यसको लक्षणमा जोर्नी दुख्ने, आँखा दुख्ने या अस्पष्ट देख्ने, आँखा रातो हुने आदि हुनसक्छ। यसले पनि वृद्ध, गर्भवती महिला, बच्चाहरू, कमजोर पाचनक्रिया भएकालाई बढी असर गर्छ।

काँचो मासु खाना, पशुको बिष्टामा, दुर्गन्धित पानीमा यो पाइन सक्छ। आमा गर्भवती हुँदा यो ब्याक्टेरियाको भएमा नवजात शिशुलाई पनि यसले असर पुर्‍याउँछ। सरसफाइ र उचित तापक्रममा पकाउनु, जनावरको मललाई उचित व्यवस्थापन गरे ब्याक्टेरियाबाट बच्न सकिन्छ।
annapurnapost.com
धनगढी, ४ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर नगरपालिका क्षेत्रमा आज राति ९ बजेदेखि शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

टीकापुर नगरपालिका क्षेत्र नजिकैको दुर्गौलीमा आज अपराह्न अखण्ड पक्षधर र थरुहट पक्षधरका कार्यकर्ताबीच झडप भएपछि उत्पन्न स्थितिलाई ध्यानमा राखी शान्ति सुरक्षा र अमनचयन कायम राख्न निषेधाज्ञा आदेश जारी गर्नुपरेको प्रजिअ राजकुमार श्रेष्ठले राससलाई बताउनुभयो ।

दलबीच आज प्रदेश सीमाङ्कनमा गरिएको नयांँ सहमतिपछि सुदूरपश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरलाई अलग गरी थरुहट वा थारुवान प्रदेश निर्माण गर्नुपर्ने माग गर्दै आएका थरुहट पक्षधर बढी आक्रोशित भएका छन् । रासस

www.etajakhabar.com
काठमाडौँ, भदौ ४ । शीर्ष राजनीतिक दलले प्रस्तुत गरेको संघीयताको नयाँ नक्सामा ६ बाट थपीएर सात प्रदेश बन्ने निश्चितप्राय भएको छ । जसमा ७५ जिल्ला मध्ये ४ जिल्ला टुक्रीने भएका छन् । बाग्लुङ, रुकुम, पर्सा र नवलपरासी जिल्लाका केही भु भाग मात्र टुक्रिएर अर्का प्रदेशमा पर्ने भएका हुन्।

नवलपरासीको दाउन्ने पूर्वको भागलाई छुट्याएर ४ नम्बर प्रदेशमा राखिएको छ भने पर्सा जिल्लाको ठोरी गाविस र केही भाग तीन नम्बर प्रदेशमा राखिएको छ। त्यस्तै परासी बजारसहितको पश्चिमको भाग प्रदेश नम्बर ५ मा राखिएको छ।

४ नम्बर प्रदेशमा राखिएको नवलपरासीको पूर्वी भागले ४ नम्बर प्रदेशलाई भारतसँग जोड्छ। त्यस्तै बाग्लुङ जिल्लालाई पनि लगभग आधा पारेर पूर्वी भाग ४ नम्बरमा प्रदेशमा र पश्चिमी भाग ५ नम्बर प्रदेशमा राखिएको छ। रुकुमलाई टुक्राएर ५ नम्बर प्रदेशमा राखिएको छ ।

www.etajakhabar.com
काठमाडौं, ४ भदौं । राजधानीमा एक पुरुष र महिला मृत अवस्थामा बन्द कोठाभित्र भेटिएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार शुक्रवार राजधानीको खुसीबु स्थित उत्तम चोकमा रहेको घर भित्र बन्द गरिएको कोठामा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन ।
कोठावाट दुर्गन्ध आउन थालेपछि घरधनीले प्रहरीलाई खवर गरेर बोलाएका थिए । प्रहरी घटना स्थलमा पुगेपछि कोठा खोल्दा दुबैजनाको शव झुन्डिएको अबस्थामा फेला परेको थियो । प्रहरीका अनुसार शवको प्रकृति हेर्दा आत्महत्या नै भएको र कोठा भित्रबाट वन्द रहेकाले हत्या हुन सक्ने आधार छैन् ।
घटनास्थलमा प्रहरीले मृतक महिलाको नागरिकताको प्रतिलिपि भेटेका थिए । प्रतिलिपि अनुसार मृतक महिला शारदासिंह ठकुरी र उनको स्थाई घर भीरकोट २ दोलखा रहेको छ । घर भाडामा दिने घर धनीले उनिहरुको पहिचान खुल्ने कुनै पनि कागज पत्र आफूसंग नभएको आफूले कागज पत्र माग्दा पछि दिन्छु भन्दै आलटाल गरेको ले उनिहरुको पूर्ण पहिचान आफु संग नभएको बताएका छन् ।
मृतक पुरुषको कुनै पनि पहिचान नखुलेको तर बा ४१ प ७०१२ नंबरको यामाहा कम्पनीको मोटर बाईकको ब्लुबुक भेटिएको र उक्त कोठामा पाईएको सो ब्लुबुकमा विनोद राई नाम रहेको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमको लागि त्रि वि शिक्षण अस्पतालमा राखिएको छ भने घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
dainiknepal.com
भदौ ४, काठमाडौँ । बलिउड फ्लिम क्षेत्रका बादशाह शाहरुख खानको फिल्म’दिलवाले’ ले रिलिज नै नहुदै २३० करोड कमाई गर्ने निश्चित भएको छ । आउदो क्रिश्मसमा रिलिज हुने उक्त फिल्मले रिलिज हुनुभन्दा पहिला नै २३० करोड कमाई गरेर नया रेकर्ड बनाउने भएको छ ।
छुट्टा छुट्टै राइट बाट फिल्मले २३० करोड को कमाई गर्ने भएको हो । भारतीय संचार मध्यमका अनुसार निर्माता शाहरुख खान र रोहित सेठ्ठीले भारतमा मात्र फिल्म १३० करोडमा बेचेका छन् । विदेशमा पनि फिल्म ४० करोडमा बेचिसकिएको छ । संगीतको अधिकार वापत १५ करोड र स्याटालाइट अधिकार वापत् ४५ करोड फिल्मले पाउने टुंगो भईसकेको छ । यसरी फिल्मले रिलिज हुनु अगावै २ अर्ब ३० करोड जम्मा गर्नेछ । यस फ्लिमको निर्माण लागत ७५ करोड रहेको छ । उक्त चलचित्रले अहिलेकै रकम हिसाब गर्ने हो भने पनि १५५ करोड खुद नाफा कमाइसकेको छ । रोहित सेठ्ठीको निर्देशन रहेको फिल्ममा शाहरुख, काजल, बरुण धवन र कृति सानोंनको मुख्य भूमिका रहनेछ । एजेन्सी ।
सलमान खान बलिउडका साँच्चिकै ‘हिरो’ छवि भएका अभिनेता हुन् । उनको जति चर्चा बलिउडमा कमै सेलिब्रेटीको हुन्छ ।

४९ वर्षका भैसक्दा पनि यी सेलिब्रेटी अभिनेता अविवाहित छन् । उनलाई भारतमा सबैभन्दा लायक अविवाहित समेत भन्ने गरिएको छ ।
सलमानको विवाहको विषयमा बलिउडमा सबैभन्दा बढी हेडलाइन बनेका हुन सक्छन् । सल्लुभाइ, भाइजान र दबङ हिरोकोरुपमा चिनिन्छन् सलमान । देख्दा ह्याण्डसम, धनाड्य र चर्चित यी अभिनेता किन यो उमेर सम्म अविवाहित छन् त ?

यी हुन् सलमान अविवाहित रहनुका ५ कारणः

१ मुद्धाको लफडा

सलमान खान जति सुकै चर्चित भएपनि विवादरहित छैनन् । उनीमाथि विभिन्न मुद्धा चलिरहेका छन् । गत मे महिनामा एउटा मुद्धामा उनलाई सफाइ मिले पनि अझै पनि उनीमाथि २ मुद्धा कायमै छन् । हालै मात्र एक अन्तवार्तामा सलमानले आफ्नो अनिश्चित भविष्यतर्फ इङ्गित गर्दै मुद्धा सल्टिएपछि मात्र विवाह गर्ने बताएका थिए ।

२ असुरक्षित भावना
सलमान खानको परिवार खान्दानी छ । पिता सलिम खान र आमा सल्मा देखि सौतेनी आमा हेलेन चिनिएका नाम हुन् । सलमानले आफू सुहाउँदो केटीको खोजी गरेको लुकाएका छैनन् । परिवार मिलाउन सक्ने केटीको खोजिमा सलमानको विवाह ढिला भैरहेको बताइन्छ ।

३ उत्कृष्ठ जोडीको खोजी

सलमान खान जीवन विताउने केटीको कल्पना गर्दा को हुने भनेर सँधै अलमलमा पर्ने गरेको बताउँछन् । उनले बलिउडका सबै जसो सुन्दरीसँग सम्बन्ध राखे र पनि सम्बन्ध विवाहमा पुगेन ।

४ लगनको पर्खाइ

भनिन्छ विवाह हुन लगन नै आउनु पर्छ । सलमानले एक अन्तवार्तामा भनेका थिए- म विवाह गर्न मन लागेको बेला मात्र गर्छू । अरुले विवाह गर्न चाहे भन्दैमा गर्दिन् । सलमानको मनले अहिले पनि विवाहित हुनु पर्छ भनेको छैन ।

५ स्वच्छन्द हुने चाहाना

सलमान खान बलिउडमा सबैभन्दा चाहिएका ब्यक्ति हुन् । हजारौं युवती मात्र होइन सेलिब्रेटी अभिनेत्री समेत सलमान भनेपछि भुतुक्कै हुन्छन् । उनका प्रेमिकाको संख्या नै गनेर नसकिने भैसक्यो तर पनि सलमानलाई विवाहको बन्धनमा बाँधिन मन लागेको छैन । सलमान जीवनमा स्वच्छन्द हुन चाहन्छन् जुन उनले विवाह नगर्नुको महत्वपूर्ण कारण मध्ये एक हो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, भदौ ४ । संघीय संरचनामा ७  वा ६ प्रदेशमा जाने भन्नेमा दलहरुबिच एकैमत भइनसकेका बेला प्रस्तावित सात प्रदेशको नयाँ सीमांकनमा समेत आफ्नो माग सम्बोधन नभएको भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले समिति बैठक बहिष्कार गरेका छन् ।


तराइ केन्द्रीत दलबाट छुट्टीएर शीर्ष ३ दलको खेमामा आइपुगेका गच्छादारले विशेष समितिबाट पनि बाहिरिने तयारी गरेको स्रोतले जनाएको छ । शीर्ष ३ दलहरुले आफ्ना मागमा कुनै चासो नदेखाएकाले आफुले यस्तो अप्रीय निर्णय लिनुपरेको उक्त दलका एक नेता राम जनम चौधरीले बताए ।

फोरम लोकतान्त्रिक झापा, मोरङ, सुनसरी तथा नवलपरासी र कञ्चनपुरका विषयमा असन्तुष्ट छ । यसैबिच अहिले साढे चार बजे फोरमले पत्रकार सम्मेलन गरेर औपचारिक निर्णय गर्दैछ । यसअघि ८ प्रदेशमा सहमति गरेको फोरम लोकतान्त्रिकले काँग्रेसको अडानमा ६ प्रदेश मान्न तयार देखिएको थियो । यसरी मधेसी र शीर्ष दलहरुबाट टाढीँदै गएको फोरम लोकतान्त्रिक कता जाँदैछ त्यो भने भविष्यले नै देखाउला ।

/www.etajakhabar.com
काठमाडौँ, भदौ ४ । सप्तकोशीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ ।

नदीमा पानीको बहाब प्रतिसेकेण्ड एक लाख ९७ हजार क्युसेक पुगेपछि नदीका २७ वटै ढोका खोलीएको छ ।

खतराको संकेत रातो बत्ती बालेर सर्तकता अपनाइएको छ ।

www.etajakhabar.com
सात प्रदेश बनाउने निर्णयमा गच्छदारको असहमति

काठमाडौं : शीर्ष नेताहरु सम्मिलित विशेष समितिको  आजको वैठकले सात संघीय प्रदेशहरु बनाउने निर्णय गरेको छ।

विशेष समितिमा रहेका सम्वाद समितिका सभापति बाबुराम भट्टराईले दिएको जानकारीअनुसार पहिलेका १,२,३,४,५ नं प्रदेशहरू यथावत् ( ३ नं प्रदेशमा ठोरी गाविस सहित) राखिएको छ। त्यसैगरी पहिलेको ६ नं प्रदेशलाई विभाजित गरी कर्णाली पूर्वका जिल्ला/भूभाग रहने गरी ६ नं प्रदेश र कर्णाली पश्चिमका जिल्ला रहने गरी ७ नं प्रदेश बनाइएको छ।

कर्णालीलाई सुदूरपश्‍चिममा गाभेकोमा स्थानीयबाट चर्को विरोध हुँदै आएको छ। त्यसैगरी मध्यपश्‍चिमलाई टुक्राएर दुईवटा प्रदेशमा मिसाएकोमा पनि आन्दोलन भइरहेको छ।

विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सात प्रदेशमा जाने तीन मुख्य दलहरुको प्रस्तावमा असहमत भएको छ। चार दलीय शीर्ष संयन्त्रको बैठकमा सात प्रदेशको खाका प्रस्तुत भएपछि गच्छदार बैठक बहिष्कार गर्दै बाहिरिएका थिए।

चार दलको बैठकमा आफ्ना माग र मुद्दाको सुनुवाई नभएको भन्दै फोरम (लोकतान्त्रिक) चार दलीय मोर्चाबाट अलग हुने संकेत दिएको छ। यसबारेमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न संसदीय दलको कार्यलयमा अपरान्ह पत्रकार सम्मेलनको आयोजना गरिएको छ।

शीर्ष तहबाट सहमति भएपछि संविधानको विधेयकलाई आजै पूर्णता दिने तयारीमा कार्यदल छ। मस्यौदा समितिको विशेष कार्यदल पनि सिंहदरबारमा बिहानदेखि बसिरहेको छ। कार्यदलका संयोजक तथा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले शीर्ष तहमा टुंगिनासाथ कार्यदलले विधेयकको मस्यौदालाई अन्तिम रुप दिने बताए।

कार्यदलले मोटामोटी रुपमा विधेयक तयार गरे पनि सिमांकनलगायतका केही विषयमा शीर्ष तहमा छलफल जारी रहेकोले कार्यदलको म्याद चार दिन थपिएको थियो । थपिएको चार दिनको म्याद आजै समाप्त हुँदैछ। आज बेलुकासम्ममा सहमति भए नभए पनि विधेयकसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारीमा कार्यदल छ।
annapurnapost.com
युद्धका लागि सडकमै बनाइयो जेटको धावनमार्ग
एजेन्सी : दक्षिण कोरिया र उत्तर कोरियाको सीमामा केही दिनयता तनाव बढ्दै गएको छ । तनाव बढेपछि उत्तर कोरियाका राष्ट्रपति किन जोङ्ग उनले आफ्ना सेनालार्इ दक्षिण कोरियासँग लडाइँका लागि तयार हुन आदेश दिएका छन् ।

दुबै देशबीचमा पछिल्ला केही दिनदेखि सीमामा निरन्तर फायरिङ चलिरहेको छ । यसैबीच केही दिनयता सार्वजनिक भएका स्याटलाइट म्यासेजका अनुसार उत्तर कोरियाले ठूला भवन अगाडिको सडकलार्इ युद्धक जहाज बस्ने धावन मार्गकारुपमा विकास गरेको भेटिएको छ ।

यी धावनमार्गमा लडाइँ या अन्य आपतकालिन अवस्थामा जेट प्लेन सजिलै अवतरण गर्न सक्नेछन् ।

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसिएनएका अनुसार बिहीबार किम जोङ्ग उनले सेनाका माथिल्ला अधिकृतको एक गोप्य र विशेष बैठक बोलाएका थिए ।


यो मिटिङमा दक्षिण कोरियाको सीमामा तैनाथ सैन्य टुकडीलार्इ स्थानीय समय अनुसार शुक्रबार बिहान पाँच बजेबाट युद्धको सामना गर्न तयार रहन आदेश दिइएको हो ।

दुबै देशबीचको सम्बन्ध पछिल्लो शनिबारबाट नराम्ररी बिग्रेको छ । उत्तर कोरियाको तर्फबाट  हटलाइनमा दक्षिण कोरियालार्इ अल्टिमेटम दिँदै सीमामा लगाइएको लाउड स्पिकर्स ४८ घन्टाभित्र हटाउन भनिएको छ ।

तर दक्षिण कोरियाले उत्तरको त्यो अल्टिमेटमलार्इ इन्कार गर्दै लाउड स्पिकर्स नहटाउने जनाइसकेको छ । यसैकारण दुबै देशका सेनाबीच सीमामा गोलाबारी शुरु भएको हो ।

किम जोङ्ग उनका बाबु किम जोङ्गलार्इ प्लेनमा उडान गर्न डर लाग्थ्यो । तर,  किम जोङ्ग उन भने जेटमा उड्न धेरै रहर गर्छन् ।

उत्तर कोरियाको राजधानी राजधानी प्योङ्गयाङ्गमा बनाइएको किम जोङ्ग उनको घर अगाडि जहाजको धावनमार्ग बनाइएको छ । यो धावनमार्गमा जेट प्लेन बस्न सक्ने क्षमता छ ।

स्याटलाइट तस्बिरमा देखिएअनुसार उत्तर कोरियामा रहेका सबैजसो ठूला भवन अगाडि विमानको धावनमार्ग बनाइएको छ ।

प्योङ्गयाङ्गको दरबारमा धावनमार्ग बनाउने काम सन् २०१४ मा शुरु भएको हो । केही महिनाअघि केसिएनएले किमको केही फोटो पनि सार्वजनिक गरेको थियो । त्यो बेला धावनमार्ग बन्दै गरेको देखिएको थियो ।
www.annapurnapost.com
२०७२ भदौ ४ गते १४:४५

गायिका, मोडेल र कार्यक्रम प्रस्तोताका तीनथरी परिचय बोकेर कुदिरहेकी छिन् शोभा त्रिपाठी । विगत १० वर्षदेखी टेलिभिजन च्यानलहरुमा मनोरञ्जनमूलक कार्यक्रम लिएर झुल्किँदै आएकी उनी हालसम्म अविवाहित छिन् ।  लोकगितमा विशेष दख्खल राख्ने शोभा फिल्म खेल्न पनि इच्छुक छिन्, तर गुन्यूचोली लगाएर ।

‘मलाई कसैले रुढीवादी भने पनि भनोस् म त गुन्यु लगाएरै फिल्म खेल्न चाहन्छु,’ उनी भन्छिन् । उनै गायिका त्रिपाठीसँग अनलाइनखबरले गरेको कुराकानीः
तपाई आफ्नो स्वरको प्रशंसा धेरै सुन्नुहुन्छ कि रुपको ?
रुपको तारिफ गर्नेहरु थुप्रै भेट्छु । ‘ओहो ! तपाईको कस्तो मिलेको फिगर’ भन्छन् । पुरुषहरुले धेरै रुपको तारिफ गर्नुहुन्छ भने महिलाहरुले स्वरको तारिफ गर्नु हुन्छ । मलाई महिलाको कुरामा बढि विश्वास लाग्छ ।
यति राम्री हुनुहुन्छ, कहिल्यै प्रेममा पर्नुभएको छ कि छैन ?
कलेज पढ्दा एकजनासँग लामै अफेयर चलेको थियो । मैले टेलिभिजनमा काम गर्न थालेपछि उहाँले बिहे गरौं भन्नु भयो । तर मैले आफ्नो करिअरको कुरा गरेँ । त्यसपछि हामी आ-आफ्नै बाटो लाग्यौं ।
जीवनमा प्रेमपत्रहरु कति आए ?
लभलेटरको मामलामा त म अलि फरवार्ड नै थिएँ । स्कुल पढ्दा म अलि बद्मास खालकी केटी थिएँ । क्लास भइरहेको बेला कागजमा प्रेमका कुरा लेखेर डल्लो पार्थें र केटाहरु बसेको बेन्चमा फाल्थेँ । कागज हेरेर उनीहरु कुत्कुतिन्थे । यस्ता प्रेमपत्र कति लेखेँ लेखेँ । केटाहरुले पनि मलाई प्रेमपत्र खुबै दिन्थे । म उनीहरुलाई मख्ख पार्ने गरी जवाफ पनि लेखिदिन्थेँ । दुई-चार चोटि जवाफ लेखेर केटाहरुलाई बरालेपछि म साइड लाग्थेँ ।
तपाईंलाई कस्ता पुरुषले भित्रैदेखि आकषिर्त गर्छन् त ?
म कुनै पनि केटाको रुप हेरेर आकषिर्त हुँदैहुन्न । ग्यारेन्टी हुन्न । मलाई त विचारले तान्छ । केटाहरुको गेटअपतिर कहिल्यै जान्नँ । उसको सोच कस्तो छ, त्यसमा ध्यान दिन्छु । मैले आत्मादेखि भन्दै छु, म कहिल्यै पनि ‘ओहो, कस्तो ह्याण्डम केटा’ भनेर भन्दिँन ।
नेपाली पुरुष कस्ता छन् ? तपाईंले खोजेजस्ता छन् कि छैनन् ?
सबैलाई एउटै डालोमा राखेर त हेर्नै मिल्दैन । केही पुरुषहरु वास्तवमै सज्जन छन् । मेरी आमा, बहिनी, श्रीमती पनि महिला नै हुन् र उनीहरुको सम्मान गर्नुपर्छ भन्ने भावना राख्छन् । अर्काथरी पुरुषहरु यस्ता पनि छन् कि, उनीहरुलाई केटीहरु देख्नै हुन्न । सुरुमा तलदेखि माथीसम्म हेर्छन् । अनि लाइन मार्छन् । आफ्नो बेहोरा देखाई हाल्छन् ।
तपाईं त स्कुटी चढ्नु हुन्छ । स्कुटर चढ्नेलाई पनि लाइन मार्छन् ?
केटीले स्कुटी चलाएर हिँडेको देख्नेबित्तिकै माइक्रो बसका ड्राइभरहरु जिकज्याक गरेर गाडी चलाइदिनुहुन्छ । एकदमै असभ्य शैलिमा । प्लस टु पढ्ने केटाहरु पनि उत्तिकै रफ चलाउनुहुन्छ । पानी छ्यापेर हिँड्ने त कति हो कति । बसका चालकलाई पनि केटीले स्कुटी चलएको देख्नै हुँदैन ।
ट्राफिकले चिट काटेका छन् कि छैनन् ?
एक पटक कोटेश्वर चोकैमा ट्राफिकले समात्यो । म बाइक चलाएर मोबाइलमा कुरा गर्दै आउदै थिए । अगाडी साइड लगाएर चिट लेख्ने काम हुँदै थियो । मैले मास्क खोलेपछि चिट काट्दै गर्नु भएकी महिला ट्राफिकले चिन्नु भो र त्यत्तिकै पठाइदिनु भयो ।
बाटैमा पेट्रोल सकिएर स्कुटी डोर्‍याउनु परेको छ कि छैन ?
छ नि किन नहुनु ? एकपटक ठीमी जाँदै थिए बाटैमा रोकियो । साथिलाई फोन गरेर तेल मगाएँ ।
म कुनै पनि केटाको रुप हेरेर आकषिर्त हुँदैहुन्न । मलाई त विचारले तान्छ । केटाहरुको गेटअपतिर कहिल्यै जान्नँ ।  मैले आत्मादेखि भन्दै छु, म कहिल्यै पनि ‘ओहो, कस्तो ह्याण्डम केटा’ भनेर भन्दिँन ।
तपाईं मोबाइलमा कत्तिको कुरा गर्नुहुन्छ ?
मलाई फोनमा धेरै कुरा गर्न मन पर्दैन । म त सकेसम्म छोटो कुरा गरेर फोन राख्छु । अरुले पनि लामो कुरा गरेको मन पर्दैन ।
जीन्दगीमा कत्तिको रुनु भएको छ ?
हत्पत्ति रुन्न । तर, ठूलै चोट पर्‍यो भने बाथरुममा गएर एक्लै रुन्छु ।
पछिल्लो पटक कहिले रुनुभएको थियो ?
एउटा संस्थामा ६/७ वर्षदेखी काम गरिरहेकी थिएँ । मैले चलाउने कार्यक्रम निकै हिट थियो । सायद त्यही कारण होला, मलाई विभिन्न खाले आरोप लगाईयो । मैले सहनै सकिन । अनि एक्लै बसेर रोएँ । ढोका थुनेंर रोएँ । म आफु रोएको कुरा म सकेसम्म कसैलाई थाहै दिन्न । धेरै रुँदा आँखा सुनिन्छ । साथीहरु सोध्छन् के भयो भनेर । राती निन्द्रा लागेन भनेर टारिदिन्छु ।
हाँस्न चाहिँ कत्तिको हास्नुहुन्छ ?
म प्राय हाँसिखुशी बस्न मन पराउँछु । प्रायः म रोमान्टिक नै हुन्छु । हाँस्ने र हँसाउने दुबै काममा सक्रिय छु । रुने भनेको त असाध्यै चित्त दुख्दा मात्रै हो ।
फिल्म खेल्ने प्रस्ताव आएका छन् कि छैनन् ?
एकपटक आएको थियो । म टिभीमा लोकगीत सम्बन्धी कार्यक्रम चलाउँदा गुन्युचोली लगाउथेँ । एक जना निर्देशकले आफ्नो फिल्ममा हिरोइन बन्ने प्रस्ताब राख्नु भयो । उहाँले भन्नुभयो, ‘शोभा जी, हाम्रो फिल्ममा त गुन्युचोली मात्रै हुन्न नि । स्कर्ट लाउनुपर्छ र बेडसिन पनि दिनु पर्छ ।’ बेडसिन भन्नासाथै म तर्सेँ ।
मैले भने, ‘घुँडासम्म छोप्ने लुगा लगाउन नपाउने हो भने म काम गर्दिन । बेडसिन त दिँदै दिन्नँ ।’ त्यसपछि उहाँले मलाई चुनौति नै दिनुभयो, ‘हेरौंला कतिदिन गुन्युचोली लगाएर हिँड्नुहुँदो रहेछ ।’ मैले ठूलो पर्दाको फिल्ममा काम नगर्नुको कारण यहि हो । ‘पुलिसकी स्वास्नी’ भन्ने छोटो फिल्ममा चाहिँ काम गरेको छु ।
तपाईं राजनीतिमा कति चासो राख्नुहुन्छ ? अहिले देशमा के भइरहेको छ भन्ने थाहा छ ?
किन थाहा नहुनु ? मलाई त लाग्छ अहिलेको विवाद भनेको संघीयताको कुरा हो । संघीयताको विषयमा अञ्चलहरुलाई नै स्वायत्त बनाइदिनुको विकल्पै छैन । यति गरेको भए विवादै आउदैन थियो । सबैजनाको माग त्यहि हो जस्तो लाग्छ ।
धेरै युवाहरु नेताले देश बिगारे भन्छन् । तपाईंलाई त्यस्तो लाग्दैन ?
सबैलाई एउटै कोटीमा राख्न मिल्दैन । केही नेताहरु असाध्यै राम्रो पनि हुनुहुन्छ । जो देशका लागि केही गर्नुपर्छ आफन्तलाई मात्रै अवसर दिन हुन्न भन्ने मान्यता राख्नुहुन्छ । थोरै ब्यक्ति यस्तो पनि हुनुहुन्छ, जो आफ्नो विषयमा मात्रै सोच्नुहुन्छ । उनीहरुकै कारण राजनीति बदनाम भएको हो ।
चरित्रगत रुपमा तपाई कस्तो मान्छे हो ?
एकदमै स्पष्ट मान्छे । म कुरा लुकाउन जान्दिन ।
तपाईंका कमजोरी के हुन् ?
म जोसुकैलाई छिट्टै विश्वास गर्छु । सबै कुरा भन्छु । अनि महिला साथीहरु नै मेरो बिरुद्धमा लाग्छन् । यतिसम्म कि साथीकै कारण मैले प्रोग्राम नै क्यान्सिल समेत गरेकी छु ।
भनेपछि महिलाको सत्रु महिला नै हुन्छन् भन्नेमा तपाईंलाई विश्वास लाग्छ ?
एकदमै । मैले विभिन्न टेलिभिजन र एफएमहरुमा १० वर्ष काम गरेँ । धेरै महिलाहरुले नै महिलाको खुट्टा तानेको भेटेँ । आफुमा क्षमता नहुनेहरु अरुको डाह गर्दा रहेछन् । यो विचमा कतिले मेरो कुर्सी खोसे, तर तिनले टिकाउन सकेनन् ।www.onlinekhabar.com
-

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : प्रहरीको इन्काउन्टरमा गुण्डा नाइके कुमार घैंटे मारिएको विरोधमा शुक्रबार सामाखुसी बजार क्षेत्र बन्द गरिएको छ ।

घैंटेका समर्थक युवा र कांग्रेसका कार्यकर्ताहरुले सामाखुसी बजार क्षेत्र बन्द गराएका हुन् । बन्दका कारण सार्वजनिक सवारी साधन, बजार र शैक्षिक संस्था ठप्प भएका छन् ।

उनका समर्थकहरुले शक्रबार बिहान सामाखुसीमा विरोध जुलुस पनि निकालेका छन् । प्रहरीले बाँच्न पाउने अधिकार खोसेको भन्दै युवाहरुले प्रहरी र गृहमन्त्रीविरुद्ध नाराबाजी समेत गरे ।

बन्दकर्ताले प्रहरीले अपराधीको शैलीमा कुमारको हत्या गरेर उनको बाँच्न पाउने अधिकार खोसेको बताए ।

उनीहरुले अपराध गरेको भए जेलमा हाल्नुपर्ने बताउँदै राज्यले नै कुमारको बाँच्न पाउने अधिकार खोसेर आतंककारीको शैली देखाएको दाबी गरे ।

बन्दका कारण सामाखुसीमा बजार फाट्टफुट्टमात्र खुलेका छन् । त्यस क्षेत्रमा माइक्रो बस चल्न सकेका छैनन् । साना सवारीसाधनहरुमात्र सञ्चालनमा आएका छन् ।

प्रहरीले बिहीबार बिहान सामाखुसीको बालकुमारीमा बस्दै आएका घैंटेलाई उनकै घर अगाडि गोली हानेपछि ज्यान गएको थियो । www.annapurnapost.com
काठमाडौं, ४ भदौ : सुनको मूल्य एकैदिन १ हजार ४ सयले बढेको छ । बिहिबार प्रतितोला ५० हजार २ सयमा कारोवार भएको सुनको मूल्य शुक्रबार ५१ हजार ६ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको
छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७ सय ५ मा कारोबार भएको चाँदी शुक्रबार(आज) प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो । www.etajakhabar.com
४ भदौ, एजेन्सी।

पाकिस्तानमा केहि अज्ञान आतङ्ककारीहरूले विहिबार अभिनेत्री ‘मुसरत शाहीन’लाई गोली हानेर हत्या गरेका छन्।
मसरन शाहीन आफ्नी आमासँग ‘नौसेरा’ जिल्लामा अवस्थित एक बजारमा सामान किन्न गएकी थिइन्। बजारमा समान किन्दै गर्दा केहि अज्ञात व्यक्तिहरू बाइकमा आएर उनीमाथि गोलीको बर्सात गराएको जनाइएको छ ।


गोली लागेपछि शाहीन नजिकको अस्पतालतिर भागेकी थिइन्, तर अस्पताल पुग्नुभन्दा अगाडि नै उनको मृत्यु भएको बताइन्छ।

गोली हान्ने आतङ्ककारी सबै त्यहाँबाट तुरुन्तै भागेका थिए। ती अज्ञात आतङ्ककारीहरू विरुद्ध मुद्धा पेस गरिएता पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन।

के कारणले अनि कसले उनको हत्या गर्यो खुलेको छैन। तर प्रहरीहरू भने ती हत्याराको खोजी गरिरहेको जनाइएको छ। बिच बजारमै एक अभिनेत्रीलाई गोली हानेको घटनाले त्यस क्षेत्रको वातावरण आतंकित भएको बताइन्छ।nepaliheadlines.com
भदौ ४ , काठमाडौँ । घैँटेलाई प्रहरीले इन्काउन्टरमा मारेको विषयबारे आज संसदमा चर्को बहस भएको छ।
संसद बैठकमा बोल्दै कांग्रेस सभासद कौशर साहले घैँटेलाई शहीद घोषणा गर्न माग गरिन्। शाहले विश्व मानवअधिकार दिवसको दिनमा कुमार श्रेष्ठलाई हत्या भएको भन्दै उनलाई सहिद घोषणा गर्न माग गरेकी हुन्। संसदमा बोल्दै उनले भनिन् ‘कुमार घैँटे देशको ठूलो मान्छे बन्न सक्थ्यो’, ‘प्रहरीले जानीजानी मार्‍यो। यसैगरि कांग्रेसकै काठमाडौं क्षेत्र नम्बर ६ का सभासद भीमसेनदास प्रधानले पनि घैँटे मारिएकोमा आपत्ति जनाएका छन्। www.etajakhabar.com
गत वर्षको श्रावणमा चर्चित डन दिनेश अधिकारी चरी मारीए । बिहिबार चरीकै शैलीमा अर्का डन घैंटेको पनि मृत्यु भयो । दुवै मृत्युलाई इनकाउन्टर पछिको मृत्यु भनिएको छ । मुलुकका कुख्यात गुण्डालाई समात्नु र सजाय दिनु पर्ने ठाउँमा प्रहरीले एक पछि अर्को गर्दै मार्न थालेपछि त्यसलाई मृत्यु भन्ने कि हत्या ? यतिबेला जन जनको प्रश्न बनेको छ । चरी र घैंटे दुबैको मृत्युको शैली एउटै भएपछि यसले मुलुकमा राजनीतिक उतारचढाब ल्याउने निश्चितप्राय नै छ । फरक यत्ति हो चरी एमालेका मान्छे थिए, उनको पक्षमा एमालेले वकालत गरे । घैँटे काँग्रेस भएकाले उनको पक्षमा काँग्रेसका मान्छेले वकालत गर्ने प्रस्ट चित्रहरु बिहिबार बाट नै सामाजिक संजाल तथा टेलीभिजनका बाइटमा दोहोरीन थालीसकेका छन् ।

प्रभा शर्मा
चरीको मृत्यु पछि मोडेल तथा कथित उनकी प्रमीका भनीएकी खुश्बू ओलीले चरी ‘नर्मल लाइफ’मा फर्कन चाहेको र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने तयारीमा रहेका बेला मारिएको भन्दै प्रहरी र गृहमन्त्री माथी नै चोर औला ठडाइन् । चरीको र्मत्यु भन्दा पनि खुश्बु र चरीको प्रेमले गर्मागर्मी रुप लियो । हट केक नै बनीन् खुश्बु त्यो समय । तर घैँटेको पक्षमा बोलीदिने त्यस्तै पात्र नभए पनि पछिल्लो समय देखिएको राजनीतिक उथलपुथलले घैँटे प्रकरणले पनी चरी कै शैलीमा संसदमा हंगामा मच्याउने निश्चित छ ।

खैर जे होस् आजका आम जनताको प्रश्न यो हो की प्रहरीले गिरफ्तार गरेर कारवाही चलाउन सक्ने अवस्था हुँदाहुँदै किन उनीहरुको हत्या गर्‍यो ? मृत्युदण्डलाई संविधानले नै बर्जित गरेका बेला के यसरी व्यक्तिलाई नक्कली मुठभेड सिर्जना गरेर दिन दहाडै मार्न पाइन्छ ? यस्तो गर्ने हो भने नागरिकको जीउधनको सुरक्षा कसरी हुन्छ ? प्रहरीले गरेको यस्तो कार्यलाई राज्यअपराध किन नभन्ने ? यस्ता प्रश्नहरु यतिबेला एक अर्थमा जायज पनि बनेका छन् ।

तर अकुत सम्पत्ती अबैध रुपमा कमाएर नेतासँग कुम जोडेर एउटै कार्यक्रममा बस्दैमा उनीहरुको सजाय मिनाहा हुन्छ भन्नु पनि कानुनी शासनको उपहास सिवाय केही होइन । र पनि चरी र घैंटेहरुका परिवारका सदस्यहरु त्यस्ता अपवादका पात्र बनेर आफ्नो परिवारको सदस्य गुमाउँदा एक्लो बन्नु परेको भने निश्चित हो । किनकी जिवन भनेको कर्मको फल हो । उनीहरुले जस्तो कर्म गरे उस्तै फल भोगे । परिवारका सदस्यले मानवीयताको हिसाबले चिन्ता गर्नु स्वाभाविकै हो ।www.etajakhabar.com

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
प्रयास पराजुली

समाजमा अपराध कर्ममा लाग्ने पात्र समाजमा जन्मे हुर्केका व्यक्ति हुन् । मानिस कि त धेरै कमाउने सपना देखेर लुटपाट चन्दा असुली, डर, धाक धम्की दिएर फिरौती उठाउने काममा लाग्छ कि त समाजबाट आर्थिक रुपमा अपहेलित भएर यो पेसामा लाग्छ । काम नगर्ने, डर र धम्की दिएर खाने हिम्मत एउटा व्यक्तिले गर्न सक्दैन ।

अपराधिक धन्दा चलाउनको लागि कि त प्रहरीकै साहरा लिएको हुन्छ । कि त ठूला राजनीतिक दलका नेताहरुको संरक्षण लिएको हुन्छ । मुख्यतः अहिलेसम्म गुण्डागर्दी गर्ने समाजमा दादागिरी देखाएर व्यवसाय चलाउनेहरुले राजनीतिक संरक्षण लिएको देखिन्छ ।

ठगठाग गरेको सम्पत्तिको केही हिस्सा राजनीतिक दलका नेताहरुलाई बुझाउने, राजनीतिक दलका नेताहरुले चुनावको बेलामा अपराधिक काममा संलग्नहरुसँग आर्थिक सहयोगदेखि लिएर भौतिक सहयोग पनि लिने गरेका छन् । अपराधिक क्रियाकपालमा संलग्न हुनेहरुलाई प्रहरीले चाहेको बखत सहजै नियन्त्रण र निर्मूल पार्न सक्छ । गुण्डा नाइकेलाई प्रहरीले पक्राउ गर्छ । तर चौकीमा पुर्याउन नपाउदै कि प्रधानमन्त्री, कि गृह मन्त्री, कि मन्त्री, कि सभासद कि राजनीतिक दलका नेताहरुको दबाब थेक्न सक्दैनन र बीच बाटो बाटै छोडन बाँध्य हुन्छ ।

चरी मारिदा एमालेको हारगुहार

टोले गुण्डा हुन्जेल कुनै पनि संरक्षणको आवश्यकता ठान्दैनन् । जब गुण्डागर्दीको नेतृत्व गर्ने तहमा पुग्छन, तब गुण्डाहरुले राजनीतिको आड लिन्छन । पार्टीलाई चन्दा दिन्छन, नेतालाई पैसा खुवाउंछन र आफ्नो धन्धालाई झण्डै वैधानिक रुपमा चलाउने वातावरण बनाउंछन । राजनीतिको आड लिएपछि ढुक्क । प्रहरीले पक्राउ गर्यो भनेपनि छोडी हाल्ले ।


दिनेश अधिकारी ‘चरी’
दिनेश अधिकारीको उर्फ ‘चरी’को नामले चिनिएका डनले थोरै समयमा अकुत सम्पत्ति कमाए । चन्दा असुली, हप्ता असुली, धम्कीजस्ता अपराधिक कामबाट धन त कमाए, तर सुरक्षित महशुस गरेनन । गुण्डाहरुबाटै असुरक्षित । प्रहरीले पक्राउ गर्ला भन्ने चिन्ता र छटपटी । त्यसपछि चरीले एमाले पार्टीको साहरा लिए । एमालेका हरेक गतिविधिमा संलग्न भए । ओलीले टिका लगाएर भित्र्याएपछि चरीको विषयलाई लिएर पार्टी निकै विवादि पनि भयो । तर पनि एमालेको आवरणमा चरीले आफ्नो अपराधिक क्रियाकलापलाई झन खुल्लखुल्ला ढंगबाट अगाडि बढाए ।

हप्ता असुली, धम्की लगायतका मुद्दाको आधारमा प्रहरीले चरीलाई पक्राउ गरेपनि प्रहरी कार्यालय नपुग्दै छोडने अवस्था प्रहरीले झेल्नु पर्यो । प्रहरीको लागि यो भन्दा लाजमर्दो विषय अरु के हुन सक्छ ? पक्राउ गरेर ल्यायो, छोडनु पर्ने भएपछि प्रहरी पनि वाक्कदिक्क भयो ।

प्रहरीले सुनारको सय चोट भन्दा लोहारको एकै चोट भन्ने उखान अनुसार काम गर्य। एक बर्ष अघि चरीलाई इन्काउन्टरमा मार्यो । चरीको मृत्युको विषयलाई लिएर एमाले अध्यक्ष ओली तातिए । एमालेका नेता राजेन्द्र पाण्डले संसदमा हंगमा मच्चकाउन खाजे। तर एमालेभित्र पनि डनको पक्ष लिएको भन्दै आलोचना भएपछि चरीको हत्या त्यतिकै सेलायो । अन्ततः एमालेको झण्डा ओढाएर चरीको दाहसंस्कार गरियो ।

घैटे मारिदा कांग्रेसमा कोकोहोलो

गुण्डागर्दी नियन्त्रण गर्ने काम अनुसार प्रहरीको इन्काउन्टरमा गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैटे’को मृत्यु भएपछि कांग्रेसका केही नेताहरुले कोकोहोलो मच्चाएका छन् । कांग्रेसको संरक्षणमा अवैध धन्दा चलाउदै पैसा कमाउदै आएका घैटेको मृत्यु भएपछि कांग्रेसका नेताहरुको चिच्याहट निकै देखिएको छ ।


कुमार ‘घैँटे’
अस्पतालमै गृहमन्त्री वामदेव गौतमको विरुद्ध नारावाजी गरे । गुण्डागर्दी गर्नेलाई प्रहरीले इन्काउन्टरमा मारिदा कांग्रेसका नेताहरु ठुलै नेताको हत्या भएकोजस्तो गरी उफ्रीपाफ्री गरिरहेका छन् । घैटेलाई कांग्रेसका नेता अर्जुननरसिंह केसी र जगदशिनरसिंह केसीले संरक्षण दिदै आएका थिए । अहिले उनीहरु विरोध गरिरहेका छन् ।

घैटेँ मारिएको विरोधमा शिक्षण अस्पताल पुगेका जगदशिनरसिंह केसी
घैटेँ मारिएको विरोधमा शिक्षण अस्पताल पुगेका जगदशिनरसिंह केसी
प्रहरीले सात वटा कारणले घैटेलाई खोजी रहेको थियो । आखिर अपराध त अपराध नै हुन्छ । तर कांग्रेसको दबाबको कारणले प्रहरीले पक्राउ गर्दै छोडदै आएको थियो । समाजमा अपराध गर्ने समाजमा आतकं मच्चाउने अपराधीलाई कानुनी दायरामा ल्याउने काम प्रहरीको हो । गुण्डा मारिदा कांग्रेस पदाधिकारीको बैठक बस्नु पर्ने यो कस्तो राजनीति हो । गुण्डागर्दी नियन्त्रण गर्नु र सभ्य समाजको निर्माण गर्नु राजनीतिक दलको पनि दायित्व र कर्तव्य हो । किन राजनीतिक गर्नेहरुले यो कुरा बुझेर पनि बुझ पचाइरहेका छन् । अब घैटेलाई पनि कांग्रेसको झण्डा ओढाएर अन्तिम संस्कार गरिने निश्चित् छ ।

प्रहरीले दिनुपर्ने अनुत्तरित प्रश्नको जवाफ

समाजमा अराजकता मच्चकाउने, पैसाको लागि जस्तोसुकै काम पनि गर्ने । दादागिरी देखाउने । राजनीतिको आडमा ठगी धन्दा गरेर अकुत सम्पत्ति कमाउने गुण्डा नाइके घैटेलाई मारेकोप्रति प्रहरीको सवत्र प्रशंसा छ । प्रशसासगै प्रहरीमाथि पनि गम्भीर खालका प्रश्न राजनीतिक दलहरुले तेर्स्याएका छन् ।

कुमार घैटेँ - घटनास्थल
कुमार घैटेँ – घटनास्थल
घैटेको हत्या थियो कि इन्काउन्टर ? भन्नेमा प्रहरीले आशंका गर्ने ठाउँ दिएको छ । गुण्डा नाइके मारिदा उसलाई संरक्षण दिने राजनीतिक दलले मात्र आपत्ति जनाएका छन् । तर भोली निर्दाेष मानिसलाई पनि प्रहरीले इन्काउन्टरको नाममा मार्यो भने के गर्ने ? यो गम्भीर प्रश्न हो । चरी मारिदा पनि प्रहरीले आशंका गर्ने ठाउँ दिएको थियो । अहिले घैटे मारिदा पनि आशंका गर्ने ठाउँ दिएको छ ।

यति मात्र होइन घटनाको विषयमा प्रहरीले पत्रकार सम्मेलन गरेर घटनाको विषयमा स्पष्ट पनि पारि सकेको छ । नागरिक चिन्ता यति हो,‘इन्काउन्टरको नाममा सोझासिधाले ज्यान गुमाउन नपरोस ।’

कांग्रेस–एमालेले जन्माएका घैटे र चरी

गुण्डाहरु जन्मिदैनन जन्माइन्छन् । आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नको लागि युवाहरुलाई राजनीतिक दलहरुले गतल काममा लगाउँछन । युवाहरु पैसाको लोभमा लाग्छन् र अन्ततः खुङखार गुण्डाको रुपमा आफू चिनिन्छन ।

गुण्डागर्दी नियन्त्रण गर्ने काम राजनीतिक दलहरुको हो । राजनीतिक दलहरुले नै सरकारको नेतृत्व गर्छन । आफ्नो स्वार्थ पूरा गर्नको लागि गुण्डागर्दीमा संलग्नलाई राजनीतिक संरक्षण दिन्छन । गुण्डागर्दीजस्तो सामाजिक अपराध र जघन्य अपराधमा संलग्नलाई बेलैमा कारवाही गर्ने हो भने गु्ण्डा उत्पादन हुने विऊ नै मासिन्छ । तर यहाँ देखासिखी र उपयोग गर र छोड भन्ने उदेश्यको साथ गुण्डा उत्पादन गर्ने कारखानालाई बढवा दिइदै आएको देखिन्छ ।

गुण्डाहरुले पैसा कमाए । तर सुखको मशसुश कहिल्यै गर्न सकेनन । पैसा भएर पनि सधैको त्रास, चिन्ता, कुण्ठाको जीवन बाच्दै आएका छन् । अन्तिममा प्रहरीको इन्काउन्टरमा नाममा मृत्यु । अनि मृत्युपछि पनि समाजमा छिछिर दुरदुर । एमालेले चरीलाई जन्मायो । कांग्रेसले घैटेलाई जन्मायो । अपराधिक कर्ममा लाग्नु चरी र घैटेको पनि दोष छ । त्यो भन्दा पनि बढी दोष अपराधीको संंरक्षण गर्ने कांग्रेस एमालेका नेताहरु बढी दोषी छन् ।nepaliheadlines.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home