• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
एजेन्सी, मुम्बई, साउन

फिल्मको सुरूमै 'धुम्रपान' स्वास्थ्यको लागि हानिकारक छ' भनेर लेखिएको हुन्छ। यतिमात्र है बलिउड कलाकारहरु खुलेरै धुम्रपानको विरोध गर्ने पनि गर्छन्। यस्तो भएपनि बलिउडमा धुम्रपान गर्ने अभिनेता-अभिनेत्रीहरुको कुनै कमी छैन्। शाहरूख खान, संजय दत्त, अजय देवगन, रणवीर कपुर जस्ता थुप्रै अभिनेता यस सूचिमा पर्छन।
अभिनेत्रीहरुको पनि सुचि अभिनेताहरुको भन्दा कम छैनन्। फिल्मको पर्दामात्र नभई वास्तविक जीवनमा पनि चुरोट सेवन गर्ने अभिनेत्रीहरु छन्। वास्तविक जीवनमा चुरोट सेवन गरिरहेको अवस्थामा बलिउड अभिनेत्रीहरु क्यामरामा कैद भएका छन्। यसमा 'क्वीन' अभिनेत्री कंगना रनौट, रानी मुखर्जी, करिश्मा तन्ना, किम शर्मा, सबाना आजमी, मनिषा कोइराला, सुस्मिता सेन आदि पर्छन्।
काठमाण्डु, १० साउन– १२ वैशाखको भूकम्पले पार्टी कार्यालय भत्केका कारण एमाले पोलिटब्युरो बैठक शनिबार मुख्यालय परिसरको चौरमा पालमुनि बस्यो ।

बैठकमा सदस्यहरूलाई खाजा कुखुराको मासु, चिउरा र अचार थियो । तर, खानेवेला पानी परेपछि खाजा भिजेको थियो । पानीले बैठकसमेत प्रभावित पारेको थियो ।
एमाले पार्टी कार्यालय ७ साउनमै धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको भवनमा सारेर पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बस्ने तयारी थियो ।
तर, नयाँ कार्यालयअगाडि मेलम्ची खानेपानी आयोजनाले पाइप गाड्न बाटो भत्काएकाले कार्यालय सार्न नसकिएको र बैठक बल्खुकै चौरमा राखिएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
नयाँ पत्रिकाबाट
१० साउन, काठमाडौं ।

आइतबार बिहान ९ बजेर ३० मिनेट फेरि भूकम्पको धक्का महसुस भएको छ । ४ दशमलब १ रेक्टर स्केलको भूकम्प दोलखा केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



यसअघि शनिबार राति ८ बजेर ४ मिनेटमा  भूकम्प गएको थियो  । दोलखा केन्द्बिन्दु भएर गएको भूकम्प ४ दशमलब ५ रेक्टर स्केलको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै शनिबार राति नै १२ बजेर ५ मिनेट जाँदा दोलखा नै केन्द्रबिन्दु पारेर अर्को भूकम्प गएको थियो ।
‘छोरी पाउनु थियो त पहिल्यै जाँच गरेर फाल्नु पर्थेन ?’

काठमाडौं/ नौं महिना व्यग्र प्रतिक्षापछि त्रिवि शिक्षण अस्पतालको प्रसुती वार्डमा छोरी जन्मिदा सिन्धुलीकी  तिर्सना  कार्की (नाम परिबर्तन )  कम्ता खुसी थिइनन् । सुत्केरी पीडालाई भुल्दै सकिनसकी छोरीलाई काँखमा राखेर रमाइरहँदा एकाएक एउटा फोनको घण्टीले भने उनमा छाएको खुसीयाली एकाएक निराशामा बदलियो ।


चिकित्सकबाट सामान्य शल्यक्रियाबाट जन्मिएकी छोरीका साथ त्रिवि शिक्षण अस्पतालको बर्थिङ सेन्टरको वार्डमा भर्ना भएकी उनलाई वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका उनका श्रीमानले फोन त गरे तर उनलाई उत्साह र हौसला दिनुको साटो हतोत्साहित र निरास बनाए ।

शिशुको जन्मसँगै प्रसुति वार्डबाट बर्थिङ सेन्टरमा सारिएकी उनले शिशु जन्माएको मात्रै केहि घण्टा बितेको अवस्थामै श्रीमानले विदेशबाट फोन गरेर हतोत्साहित बनाउने काम गरेका हुन् । ‘छोरी पाउनु थियो त पहिल्यै जाँच गरेर फाल्नु पर्थेन त’ आक्रोशित मुद्रामा श्रीमानले फोनमा भनेको सोहि वार्डमा पुगेको संवाददाताले सुनेको थियो । लाउड स्पीकर बनाइएको उक्त फोनमा उनले कुराकानीका क्रममा छोरी जन्मिनुले आफ्नो सम्पूर्ण गुमेको गलत मनसाय समेत राखेका थिए ।

श्रीमानसँग खुसीयाली बाँड्ने आशाका साथ कार्कीकी आफन्तको सहयोगमा भएको उक्त कुराकानीमा उनलाई श्रीमान प्रदीपले यस्तो गाली गरेका हुन् । प्रदीप झण्डै ७ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेको बताइएको छ ।

श्रीमानसँगको कुराकानीपछि भाबुक बनेकी उनी तनाव मुक्त हुनुको साटो चुपचाप छोरीतर्फ हेरेर बसिरहेकी थिइन् । बरु श्रीमानले हतोत्साहित बनाउने काम गरेपनि कुरुवाको रुपमा आएकी जेठानीले भने उनलाई उत्साह दिँदै सबै ठिक हुने भन्दै सुझाइरहेकी थिइन् ।

‘सन्तान जन्मिदा खुसीको हुनुपर्ने उल्टै गालीको गर्नुहुन्छ’, कार्कीकी जेठानीले फोन कुराकानीपछि गुनासो गर्दै भनिन्, ‘आशाका साथ फोन गरेकी थिइन् तर निराश भइन् ।’

छोराछोरी बराबरी हुनुपर्ने भन्दै समानताको नारा घन्किरहेको तथा समाज आधुनिकतातर्फ उन्मुख भएको भनिइरहेको बेला प्रदीपले फोनमार्फत श्रीमतिले छोरी जन्माएकै आधारमा गाली गर्नुलाई अझैंपनि समाज कहाँ छ भन्ने प्रष्ट भएको छ ।

हुन त कार्की एक उदाहरणमात्रै भएपनि यस्तै समस्या समाजमा व्यप्त रहेकाले यसलाई चिर्न आवश्यक रहेको जानकारहरुको जोड रहेको छ । छोराछोरी बराबरी हुन् र छोरी पनि छोरा सरहनै सक्षम छन् भन्ने सन्देश फैलाउन सकेको अवस्थामा यस्ता समस्यालाई स्वत चिर्न सकिने जानकारहरुको भनाई छ ।
यस्तो हुन सकेको अवस्थामा कयौं कार्कीहरुले श्रीमान र परिवारबाट पनि मानसिक यातना खेप्नु नपर्ने र परिवारमा खुसीयाली कायमै रहने पक्का छ ।

यसैबीच श्रीमानको फोनपछि निराश बनेकी कार्की शनिबार डिस्चार्ज भइसकेकी छन् । दुई दिन अस्पताल बसेर डिस्चार्ज हुँदासम्म उनको मुहारमा खुसीको भन्दा चिन्ताको भाव प्रष्ट देखिन्थ्यो ।

१० साउन, काठमाण्डौं ।

२० दिन यता बन्द रहेका देशभरका म्यानपावर कम्पनीहरु आजदेखि खुल्ने भएका छन् । श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघबीच गएराती अबेरसम्म चलेको वार्तामा ३१ बुँदे सहमती भएपछि बन्द रहेका म्यानपावर कार्यालय आजदेखि खुल्न लागेका ह्न् ।

गत असार २१ गतेदेखि मलेसिया र खाडीका छ मुलुकमा निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा व्यवस्था गरेपछि आफ्ना कार्यालय नै बन्द गरी व्यबसायी आन्दोलनमा उत्रिएका थिए ।


श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा व्यवसायी र मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी कार्यदलले दुई महिनाभित्र प्रतिवेदन तयार पारी त्यसले दिएका सुझावका आधारमा निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा विषय टुङ्ग्याउने लगायतका ३१ बुँदामा सहमति भएको वार्तामा सहभागी संघका महासचिव रोहन गुरुङले जानकारी दिए ।

कार्यदलको प्रतिवेदन नआउँदासम्म मन्त्रालयले गरेको निःशुल्कको निर्णय यथावत रहने र प्रतिवेदन आएपछि आवश्यकतानुसार परिमार्जन गर्न सकिने सहमति दुबै पक्षबीच भएको छ ।

कार्यदलका प्रतिनिधि कामदार जाने गन्तव्य मुलुकमा समेत गएर अध्ययन गर्ने सहमतिमा उल्लेख छ । व्यवसायीले निःशुल्कको निर्णय स्थगन गर्नुपर्ने, कार्यालयमा अनावश्यक छापा मार्न नहुने, भिएलएन नेपालमार्फत मलेसियाको प्रवेशाज्ञा प्रक्रिया बन्द गर्नुपर्ने, स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गर्न नहुनेलगायत माग राखी आन्दोलनमा उत्रिएका थिए ।

यसअघि, हिजो मन्त्रालयले तीन दिनभित्र म्यानपावर नखोले कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि व्यवसायीहरु झुक्न बाध्य भएका हुन् ।

यो २० दिनको अवधिमा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेको कामदारको टिकेट र भिषा रद्ध गर्नुपर्दा ३ करोड जति घाटा परेको संघले जनाएको छ ।nepaliheadlines.com
शुभप्रभात आज वि.सं. २०७२ श्रावण १० गते आइतबार तदनुसार ई. सं. २०१५ जुलाई २६ तारिख
आषाढ शुक्ल दशमी, विशाखा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, शुक्ल योग, वणिज करण
आजको व्रत/पर्व : मन्वादि,
आजको मूहुर्त : अग्निवास(होमादि),
भोलिको व्रत/पर्व : हरिशयनी एकादशी व्रत, तुलसी रोप्ने दिन, चतुर्मासा व्रत प्रारम्भ,
भोलिको मूहुर्त : गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, पुरानो घर वा डेरा सर्ने, पुराणश्रवण, दीक्षाग्रहण,

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुहोला ।घरायसी कामधन्दामा केन्द्रित हुनुपर्छ । पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यले चिन्तित तुल्याउने छ । विवाद, झैझगडामा समय र धन नष्ट हुनेछ, तर वैदेशिक क्षेत्रबाट लाभ मिल्नसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज कल्पनाको संसारमा रुमल्लिएर दिन बित्नसक्छ । दाम्पत्य जीवन र प्रेमप्रसङ्गको निरसताले दुःखी र चिन्तित तुल्याउन सक्छ । तर्कवितर्क र विवाद वा झैझगडामा सतर्क रहनु बेस हुन्छ । सामाजिक क्षेत्रमा गएको धनबाट प्रतिफल नआए पनि सुखसुविधा बढाउन र धनप्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बौद्धिक क्षेत्र राम्रो देखिन्छ । बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एकाबिहानै ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सुखभावमा बसेको चन्द्रमाका कारण आज कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन । शरीरमा आलस्यले डेरा जमाउने छ । घरायसी समस्यामा समय बित्नसक्छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । कामको अनावश्यक चाप बढ्ने छ ।  आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
उत्साहमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै काम नगर्नु होला । खानपान र मनोरञ्जनको आशा जाग्नेछ, मित्रवर्गको साथ प्राप्त गर्न कठिनाइ हुनेछ । तर्क, बहस र वादविवादमा समेत आफ्नो पकड देखिंदैन । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको लेखाजोखा गरिने छ र तिनलाई परास्त तुल्याउने उपायको खोजी हुनसक्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । पशुपालन र कृषिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ । दानपुण्यमा मन आकर्षित हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । नोकरी र सामाजिक क्षेत्रमा आफ्नो साख रहनसक्छ, तर चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ । ठूलाबडाले सहयोग गरेमा राज्यपक्ष र प्रशासनिक काममा सफलता पाउन सकिन्छ । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ ।  आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । धार्मिक, सामाजिक गतिविधिमा भुलिन सक्नुहुन्छ, मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । पारिवारिक समस्याहरू हल हुनेछन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
परासी, ९ साउन । १० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्तलाई नवलपरासी प्रहरीले सार्वजनिक गरेको छ ।
नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि दिने हरिजनसहित सोही स्थान बस्ने ५५ वर्षीया गङ्गा हरिजन, ५० वर्षीय रुदल हरिजन र ३२ वर्षीय सूर्यमान हरिजन र १८ वर्षीय विजय हरिजनलाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत साउन ५ गते बालकलाई गाउँको मन्दिरनजिक लगेर बलि दिएको उनीहरुले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
प्रहरीले बालकलाई आफ्नो १८ वर्षीय छोरा विजय हरिजन बेलाबेलामा बिरामी हुने गरेको र बालकको बलि दिएमा निको हुने धामीको विश्वासमा छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई कोदई हरिजनसहितले मिलेर बलि दिएको प्रहरीसमक्ष स्वीकारेका छन् ।
कोदईले आफ्नो छोरालाई निको पार्न कुडिया गाविस रेता नजिकैको मन्दिर छेउमा बालक जीवन कोहारलाई बलि दिएको प्रहरीसमक्ष बताएका छन् । कोदईसहितका सहयोगीले मिलेर साउन ५ गते बालकको बलि दिए पनि शुक्रबार मात्र बालकको शब गाउँनजिकै फेला परेपछि प्रहरीले अनुसन्धान गरी सो रहस्य पत्ता लगाएको हो ।
१० बर्षिय बालक जिवन कोहारलाई बली दिने घटनामा सङ्लग्न ५ जना अभियुक्तहरुलाई नवलपरासी प्रहरीद्धारा पक्राऊ गरी सार्वजनिक ।
१० बर्षिय बालक जिवन कोहारलाई बली दिने घटनामा सङ्लग्न ५ जना अभियुक्तहरुलाई नवलपरासी प्रहरीद्धारा पक्राऊ गरी सार्वजनिक ।
बालक जीवन हरिजनलाई बिस्कुट दिएर पछि अरू पैसा दिने लोभ देखाई गाउँको सिमाना मन्दिरनजिक लगेर तीनजनाले समातेको र कोदईले घरेलु हतियारको प्रयोग गरी बालकको घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो ।
लामा धामी गङ्गा हरिजनले बालकको बलि दिएमा तिम्रो छोरा निको हने बारम्बार बताएपछि कोदई हरिजनले छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि चढाएको खुल्न आएको छ ।
कोदईले हत्या गर्न सघाउनेलाई रु ५० हजार दिने भनी वचन दिएको हत्यामा संलग्नले बताएका छन् । बालकलाई बलि दिने सबै अभियुक्तलाई पक्राउ गरिएकाले कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । रासस
dainiknepal.com
काठमान्डौ  । साईड डान्सर हुँदै नेपाली चलचित्रमा आएका  दीलिप रायमाँझीले आज नेपाल् छाड्दैछन् । उनी छोरी र श्रीमतीका साथ अमेरिका उड्न लागेका हुन् ।

 नेपालमै रहेर अमेरिकी ग्रिन कार्ड हात परेपछि छोरीको भबिष्य बनाउँने भन्दै उनी अमेरिका बसाई सर्ने निर्णयमा पुगेका हुन ।

दीलिप कुशल डान्ससंगै कुशल अभिनय गर्ने एक मात्र नेपाली अभिनेता मानिन्छन् ।  दर्जनौ हिट चलचित्रमा अभिनय गरेका दीलीप पछिल्लो समय नेपाली  चलचित्रमा सक्रीय छैनन् ।


उनले केही बर्ष अघी मिस यू नामक चलचित्र निर्माण समेत गरेका थिए । तर त्यो चलचित्र सफल हुन सकेन यस्तै उनले केही समय अघी लोग्ने मान्छे नामक चलचित्रमा समेत अभिनय गरेका थिए ।


उनको चलचित्र करिअरमा सबैभन्दा सफल भएको चलचित्र दर्पण छाँया हो । यो चलचित्रको यतीबेला सिक्वेल निर्माणको काम चलीरहेको छ ।  आज राति साँढे ९ बजेको फ्लाईटबाट दीलिप अमेरिका उड्दैछन्  ।


पछिल्लो समय अमेरिकामा निशा अधिकारी , नन्दिता केसी,राजबल्लभ कोइँराला कृष्टी मैनाली, सारंगा श्रेष्ठ, पूजा चन्द ,मुकेस ढकाल लगायतका कलाकारहरु छन्। भने रेखा थापा आज अमेरिका बाट नेपाल फर्कदै छिन्।
सबैजसो महिला एकै खालका हुन्छन् ? धेरैसँग यौनसम्पर्क गर्दा के फरक पर्छ ? जातिअनुसार फरक हुन्छ कि ? मैले बुझ्न सकेको छैन । खुलस्त पारी दिनुहोला ।
के एकै खाले हुन्छ ?

तपाईंले महिलामा के एकै खालको हुन्छ भनेर सोध्नुभएको हो, थाहा भएन । व्यक्तिको अनुहार, नाक, आँखा, केशजस्ता कुरा होस् वा उचाइ, हात–खुट्टामा आधारभूत समानता भए पनि भिन्नता पनि हुन्छ नै । तपाईंले पक्कै पनि यौनसँग सम्बन्ध राख्ने अङ्गका बारेमा सोध्नुभएको होला भन्ने अनुमानका आधारमा जवाफ दिने प्रयास गरेको छु ।

भगक्षेत्र : पुरुषको तुलनामा महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा त्यति स्पष्ट देखिँदैन । झट्ट हेर्दा छालाको दुई पत्र एक–अर्कामा टाँसिएको जस्तो मात्र देखिन्छ । यसैलाई हामी समग्रमा भग भन्छौं । यही भगको माथिपट्टि बोसोयुक्त तन्तुले बनेको केही उठेको भागलाई भनिन्छ । भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्कायौं भने भित्रतिर ठूलो र सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ ।

भगोष्ठ : यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो । यसको दायाँ र बायाँतर्फ बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन् । हामीले यी ठूला भगोष्ठलाई बाहिर फर्कायौं भने दुवैतिर एक–एक साना भगोष्ठ देख्न सक्छौं । यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ । यी ठूला तथा साना भगोष्ठको छेउ माथि र तलतिर एक–अर्कासँग जोडिएको हुन्छ । यी भगोष्ठको आकृति र नाप व्यक्तिअनुसार फरक हुन्छ ।

भंगाकुर : यो महिला शरीरमा भएको महत्वपूर्ण यौनअङ्ग हो । यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँ भगोष्ठ दुवैतिरबाट एक–आपसमा जोडिन्छन् । यसको काम भनेकै महिलालाई यौन सुख दिनु हो । भगाङ्कुरको टुप्पोलाई अंग्रेजीमा नबिलक भनिन्छ । व्यक्तिअनुसार यसको आकार फरक भए पनि सामान्यत: यो केराउको दानाजत्रो हुन्छ । यसको कजबात शरीरसँग जोडिएको हुन्छ । भगाङ्कुर लामो–छोटो हुनुमा कजबात को विशेष भूमिका हुन्छ । निकै सानो भए पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ ।

योनि : भगक्षेत्रमा दुईवटा द्वार हुन्छन् । त्यसमध्ये पिसाब आउने द्वारलाई मूत्रद्वार भनिन्छ भने त्यसको ठीक तल रहेको अर्को द्वारलाई योनिद्वार भनिन्छ । योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ । यो मांसपेशीले बनेको एकदमै लचिलो यस्तै ३–४ इन्च लामो मार्ग हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग टाँसिएको अवस्थामा हुन्छ, तैपनि योनिको लम्बाइ र चौडाइ व्यक्तिपिच्छे फरक–फरक हुन्छ । योनिद्वारको गोलाइ पनि फरक–फरक हुन्छ । योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद भनिन्छ ।

योनिको आकृतिको विविधतालाई अनुसन्धानकर्ताहरूले समानान्तर, सोली, पान, चिप्लेकिरा तथा फर्सीको बियाँजस्ता विभिन्न आकारको हुने कुरा बताएका छन् । यौन उत्तेजनाका बेला योनिको भित्तावाट विशेष रस निस्कन्छ, जसले योनिलाई चिप्लो बनाई यौनसम्पर्क गर्दा लिङ्गलाई भित्र–बाहिर गर्न सजिलो बनाउँछ । लचिलो हुने भएकाले यसको आकृति यौनसम्पर्कका बेला आवश्यकताअनुसार ठूलो वा सानो हुन्छ ।

योनिच्छद : योनिद्वारको ठीक भित्रपट्टि हुने गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्लीलाई योनिच्छद भनिन्छ । यौनसम्पर्कका बेला झिल्लीको आफ्नै कुनै निश्चित भूमिका हुँदैन, तर यसले महिनावारी हुँदा निस्कने रगतका लागि बाटो बनाइदिन्छ । धेरैजसो महिलामा यो झिल्ली योनिद्वारको भित्तावाट अलिकति मात्र बाहिर निस्किएको हुन्छ, अर्थात् यसले योनिद्वारलाई पूरै ढाकेको हुँदैन । यस्तै १० हजार महिलामध्ये एक जना यो झिल्ली नभएकै अवस्थामा जन्मन्छन् । योनिच्छदको आकार, बनावट तथा मोटाई व्यक्तिअनुसार फरक–फरक हुन्छ । योनिद्वारको वरिपरी घेरा हालेजस्तो भए त्यसलाई  योनिच्छद भनिन्छ भने झिल्लीको विचमा पट्टीजस्तो भए त्यसलाई योनिच्छद भनिन्छ । कुनै योनिच्छद चाल्नीजस्तै प्वालैप्वाल परेका पनि हुन्छन् जसलाईयोनिच्छद भनिन्छ । शिशु जन्माइसकेका महिलाहरूमा भने यसको केही अंशमा घेरा भएको पाइन्छ, जसलाई उबचयगक योनिच्छद भनिन्छ । विरलै स्थितिमा योनिच्छदमा प्वाल नै नहुन सक्छ, यस्तो स्थितिमा सजिलै उपचार गर्न सकिन्छ ।

स्तन : व्यक्तिअनुसार स्तनको आकार तथा नापमा धेरै भिन्नता पाइन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला, त्यसैगरी स्तनको आकृति पनि कुनै गोलाकार, कुनै अलि चुच्चो परेको हुन्छ भने कुनै झोल्लिएको सम्म हुन्छ । गर्भावस्था र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । स्तनको आकृति तथा नाप अनुसार थुनचोली बन्ने गरेका छन् ।

स्तन तथा थुन चोलीका आकारलाई आधार मान्ने हो भने आकारका  भएका भनेर वर्गीकरण गरिएको पाइन्छ ।

अन्तमा, तपाईंले धेरै जनासँग वा एकै व्यक्तिसँग धेरै यौनसम्पर्क राखेको कुरा योनिच्छद, योनि वा स्तनबाट पत्ता लाग्छ भन्ने कुरा सोच्नुभएको हो भने त्यो पूर्णत: गलत हो ।
९ साउन, एजेन्सी।

भारतीय जनता पार्टीका सांसद आदित्यनाथले नेपालले ‘हिन्दु राष्ट्र’ घोषणा गर्नुपर्ने तर्क सहित प्रधानमन्त्री सुशिल कोइराला र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई पत्र लेखेको जनाइएको छ। साथै गौ हत्या र धर्म सम्बन्धि वादविवादमा प्रतिबन्ध लगाइनुपर्ने माग पेश गरेको बताइन्छ।

राजतन्त्रको पाला देखि चलिआएको ‘हिन्दु राष्ट्र’ कायम हुनुपर्नेमा जोड दिदै यी मुद्धाहरु आइतबार हुने पत्रकार सम्मेलनमा उठाउन आदित्यनाथ काठमाडौं आउने भारतीय मिडियाले जनाउँछन्।


पार्टीको अनुमतिमा काठमाडौं जान लागेको हो? भन्ने प्रश्नमा उनले सबै राजनीतिक पार्टी र विभिन्न सामाजिक संघसस्थाको उपस्थितिमा आइतबार काठमाडौमा हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा जाने बताएका छन्।

साथै कार्यक्रम पश्चात पार्टीका नेताहरुलाई भेटी हिन्दु राष्ट्र राख्न माग गर्ने बताएको जनाइन्छ।

उनले नेपालको नयाँ संविधानको मस्यौदामा जनताबाट सुझाव संकलन भएसंगै प्रधानमन्त्री र सभामुखलाई आफ्ना मागहरु सहित पत्र पठाएको जनाइएको छ।nepaliheadlines.com
९ साउन, काठमाडौं । पाकिस्तानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा ३ जनाको मृत्यु भएको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षणले ५.१ रेक्टर स्केलको भूकम्प भनेपनि पाकिस्तानी मौसम विभागले ५.५ रेक्टर भनेको छ । भूकम्पको केन्द्र पूर्वी इस्लामाबादबाट १५ किलोमिटरको दूरीमा रहेको थियो ।
भूकम्पको धक्का खैबर पख्तुनऋवा, इस्लामाबाद, रावलपिण्डी लगायतका क्षेत्रमा महसुस भएको थियो ।
सन् २००५ अक्टोबर ८ मा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा पाकिस्तानमा ७३ हजार बढीको मृत्यु भएको थियो भने लाखौ मानिस घरबारबिहीन भएका थिए ।

काठमाण्डौ साउन ९ मधेशी दलित जातिको बाहुल्यता रहेको नवलपरासीको कुडिया ४ मर्चहवा। ठाकुर, कोईरी, पासी, बढई, दुसाद, हरिजन, कोहार, चमार लगायतका समुदायका डेढ सय बढी घरपरिवार मिलेर बसेको उक्त गाउँ विगत ४ दिनयता उराठ जस्तै छ।

अधिकांश खर र झिंगटीबाट बनाईएका घर टहराहरुको बिचका केहि घर गोठहरु भत्कार्ईएका छन्। दुई दिन भयो कसैका घरमा चुलो बलेको छैन। बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धा समेत त्रसितसँगै आक्रोशित छन्।

गत मंगलबारदेखि हराएका स्थानीय १० वर्षीय बालक ४ दिनपछि घाँटी रेटि हत्या गरिएको अवस्थामा भेटिएपछि झारफुकको नाममा उनको बलि चढाईएको भन्दै स्थानीयवासी घटनाका दोषिप्रति आक्रोशित छन्।

घटना नवलपरासी जिल्लाको कुडिया ४ मर्चहवा गाउँको हो। शुक्रवार साँझ करिब साढे पाँच बजेको थियो। नवलपरासीका पत्रकार हरि शर्माको समाचार आयो बलि दिने भन्दै १० वर्षिय बालकको घाँटी रेटि हत्या।

स्थानीय स्तरमा मैले काम गर्ने लुम्बिनी सामुदायिक टेलिभिजनको साँझ सवा सात बजेको समाचार सम्पादन गर्दै थिएँ। समाचार हेरेँ तर पत्यार लागेन। हरिलाई फोन गर्दा ‘घटना सत्य हो मलाई पनि सुरूमा पत्यार लागेन धेरै समयपछि एक बोतल पानी खाएर बल्ल समाचार लेख्न सकेँ’, भन्ने जवाफ दिए। उनको जवाफ पछि म स्तब्ध भएँ। हरीसँगै घटनास्थलमा रहेका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलको मोबाईल नं. लिई फोन गरेर घटनाबारे अझ प्रष्ट भएँ।

हरीसँगै प्रहरी निरीक्षक पोखरेलसँगको कुराकानीको आधारमा झारफुकको नाममा बालकको बली भन्ने समाचार लेखेर घर गएँ। रातभर निद्रा लागेन। सोचे घटनास्थल बुटवलबाट टाढा भएपनि भोलि बिहानै जानुपर्ला भन्ने लाग्यो। घटनाको वास्तविकता र त्यहाँको पछिल्लो अवस्थाबारे बुझ्नुपर्छ भन्ने लाग्यो।

बुटवलदेखि घटनास्थल रहेको नवलपरासीको कुडिया ६० किलोमिटर टाढा थियो। भौगोलिक हिसाबले नयाँ ठाउँ त थियो नै स्थानीय भाषा बुझ्न र बोल्न समेत समस्या हुने भएपछि एक्लै जान सक्ने सम्भावना थिएन। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी र पत्रकार दिनेश पाण्डेलाई घटनास्थल जान आग्रह गरेँ। दुवैजनाले आफूहरू पनि जाने बताएपछि सनिबार बिहानै बुटवलबाट घटनास्थल नवलपरासीतर्फ लागेकि थिएँ।

घटनास्थल मर्चहवा पुग्दा बिहानको ८ बजेको थियो। खर र झिंगटीले बारेका र टिन, टायल तथा खरले छाएका झुरुप्प घरहरुको बस्ती। हामीलाई देख्नेवित्तिकै पूर्व वडासदस्य समेत रहेका स्थानीय हरिलाल गुप्ताले घटनाबारे बुझ्न आउनु भएको हो भन्दै घटनास्थल देखाउँदै उक्त त्रासदीपूर्ण घटनाबारे बताउन थाले।

गुप्ताका अनुसार गत मंगलबार स्थानीय खुदई चमारका छोरा विजय हरिजन विरामी भए। सामान्य ज्वरो आएका उनलाई बुवा खुदई र धामी झांक्रीको काम गर्ने सर्यभान हरिजन र रुद्धल हरिजनले झारफुक गरे। झारफुकको क्रममा विजय हरिजनले आफूलाई मान्छेको मासु खान मन लागेको र बली दिनुपर्ने बताए । बिहान झारफुकको क्रममा विजयले मान्छेको बली दिन भनेको र सोहि दिन दिउँसो ४ बजेदेखि स्थानीय शिवमंगल कोहार र निर्मला कोहारका १० वर्षिय छोरा सोनी भन्ने जीवन कोहार हराएका थिए।

विजयले झारफुकको क्रममा बली दिन भनेको र सोहि दिन हराएका बालक ४ दिनपछि शुक्रबार दिउँसो घर नजिकैको झाडीमा घाँटी रेटिएको अवस्थामा फेला परेपछि बलीको नाममा चमार परिवारले बालकको हत्या गरेको स्थानीयको दाबी छ।

हत्या गरिएका बालक जीवनका काका लालबहादुर कोहारले घर बाहिर खेल्दै गरेका भतिजालाई चमार परिवारले अनार खान दिने भन्दै फकाएर घर लगेर हत्या गरेको आरोप लगाए।

‘बिहान खुदईको छोराले बली चाहियो भनेको थियो सोहि दिन जीवन हराएपछि उनीहरूको परिवारप्रति शंका लागेको थियो। तर प्रमाण केहि नभएपछि भन्न सकेनौं शुक्रबार हत्या गरिएको अवस्थामा फेला परेपछि सोध्दा बली दिएको स्वीकार गरे,’ उनले भने।

बालकको शव भेटिएपछि खुदई चमारको श्रीमती शान्ति चमारलाई सोध्दा आफूले खुट्टा समातेको र श्रीमानले घांटी रेटेर हत्या गरेको बताएको उनले बताए। लालबहादुर सँगै स्थानीय तुलसीप्रसाद शर्मा, सन्दीप यादव, राम प्रवेश लगायतले समेत बालकको बलीको नाममा चमार परिवारले घरभित्र पूजा गरी हत्या गरेको र हत्यापछि घरभित्र रहेको टिनको बाकस, शौचालय हुँदै झाडीमा लगेर फालेको दावी गर्छन्।

घटनापछि हत्या गरिएका बालकका पुरै परिवार विक्षिप्त छन्। बालकका बुवा आमा सँगै ६२ वर्षिय हजुरबुवा परमानन्द र हजुरआमा सुभावती कोहार, काका काकी, ठूलो बुवा ठूलो आमा, भाई बहिनी सबै शोकमग्न छन्।

हत्या गरिएका बालक कोहार दम्पतिका चार सन्तान मध्ये जेठो छोरा हुन्। उनीमाथि एक दिदी र एकएक जना भाई बहिनी छन्। जीवन स्थानीय शिवसम्भु प्राविमा कक्षा ३ मा पढ्ने उनकी दिदी प्रिती कोहारले बताईन्।

आक्रोशित स्थानीयले घटनामा संलग्न भनिएका खुदई चमार, रुद्धल चमार लगायतका आरोपितका घरगोठ तोडफोड गरेका छन्। रुद्धलको घरभित्र विभिन्न देवी देवताका फोटोहरु झुण्डाईएको र पूजा गरेका सामाग्रीहरु छरिएका थिए।

प्रहरीले घटनामा संलग्न भनिएका लुधिया चमार, चिनक चमार, दिनानाथ चमार, रुद्धल चमार, शान्ति चमार, विजय चमार लगायत ८ जनालाई शुक्रबार नै पक्राउ गरेपनि घटनाका मुख्य आरोपी खुदई चमारलाई सनिबार पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले बालकको हत्या भएपनि कारण भने अनुसन्धानपछि मात्र खुल्नसक्ने बताएका छन्। घटनाका मुख्य आरोपी खुदई चमारलाई जिल्ला प्रहरी कार्यालय परासी लगेपछि हामी पनि बुटवल फर्कियौं।

घटनास्थलबाट फर्किदै गर्दा मेरो मनमा एउटा प्रश्न तेर्सियो। संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन भईरहँदा केहि सहभागिले सभासदलाई सुझाव दिँदै भनेका थिए, ‘बाल बालिका अपहरण, हत्या, बलात्कार, देशद्रोह जस्ता जघन्य प्रकारका घटनाका दोषिलाई मृत्युदण्ड दिनसक्ने कानुन बनाउने बहशको थालनी गरियोस्।’

देश अहिले नयाँ संविधानको संघारमा उभिएको छ । संविधान जारी हुँदै गर्दा के साच्चै नेपालमा नभएको मृत्युदण्डको व्यवस्थामा पुनर्विचार गर्नुपर्ने समय आएको हो त?

भाग्दाभाग्दै समातिए खुदई

मोटरसाईकलमा लैजानु प्रहरीको कमजोरी

मंगलबार बालक हराएको खबर गाउँभरी फैलिएपछि बालकको खोजी गर्ने बहानामा फरार घटनाका मुख्य आरोपि खुदई चमारलाई शनिबार स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बालकको हत्या गरेको आरोपमा परिवारका सबै सदस्य पक्राउ परेपछि खुदई गाउँटोलको अवस्था बुझ्न सुटुक्क घर आएका थिए। प्रहरीले स्थानीयले खुदईलाई फेला पारे अर्को घटना घट्न सक्ने अनुमान गरी मोटरसाईकलमा सुटुक्कै प्रहरी चौकी लैजादै थिए। स्थानीयले देखेपछि लखेटेर कुटपिट गरेका थिए।
प्रहरी भ्यान घटनास्थलमा भएपनि मोटरसाईकलमा प्रहरी चौकी लैजान प्रहरीले गरेको कमजोरीका कारण पक्राउ परेका आरोपित झण्डै फेरि फरार भएका थिए। मोटरसाईकललाई बाटो छेकी कुटपिट गर्दै गरेका आरोपित खुदईलाई प्रहरी निरीक्षक पोखरेलले छेकेर ईलाका प्रहरी कार्यालय बेलाटारी पुर्‍याएका थिए।

जघन्य अपराधको आरोपी व्यक्तिलाई स्थानीय व्यक्तिको विश्वासमा मोटरसाईकलमा प्रहरी चौकी लैजान भनी पठाउनु प्रहरीको आत्मघाती निर्णय थियो। जुन निर्णयले आरोपित भाग्न सक्नुको साथै स्थानीयको आक्रमणबाट थप घटना समेत घट्न सक्थ्यो। यद्दपी ईलाका प्रहरी कार्यालयबाट बोलाईएको प्रहरीको मोटरसाईकलले उद्धार गरी आरोपित व्यक्तिलाई सकुशल प्रहरी चौकी पुर्‍याइयो।
एजेन्सी । भारतको नयाँदिल्ली स्थित जोधपुरको बावड़ी गाउँमा एक अनौठो घटना सार्वजनिक भएको छ । उक्त गाउँमा केही मानिसले पानी ल्याउनका लागि ट्यूबवेल खनिरहेका बेला एउटा आश्चर्यलाग्दो वस्तु भेटिएको हो ।
ट्यूबवेल खन्ने क्रममा एक परिवारले एक अनौठो मानिसको स्वरुप भएको वस्तु भेट्टाएका हुन् । खन्ने क्रममा भेटिएको यो सानो प्रजातिको मानवलाई हात समातेर एक जनाले तस्वीर पनि खिचेका छन् । जसले अहिले सामाजिक सञ्जालहरुमा व्यापक चर्चा पाइरहेको छ ।
तर यो कसरी भयो र के हो भन्नेबारेमा भने केही खुलेको छैन । यसबारेमा सर्वसाधारणहरुले समेत चासो राखेका छन् । जमिनका भेटिएको यस्तो मानबबारे भने अनुसन्धान भइरहेको छ ।
www.nepalsandesh.com
-कुशल श्रेष्ठ

शुक्रवार नासामा भएको पत्रकार सम्मेलनमा गत दुई वर्ष यता प्लुटोको वायुमण्डलको तौल आधा भन्दा बढी घटेको तथ्यको खुलासा गरेको थियो।

न्यू होराइजन्स अनुसन्धान समूहका सदस्य ‘माइकल समर्स’ भन्छन्, “वायुमण्डल वैज्ञानिकहरूको लागि यो एकदम आश्चर्यजनक खबर हो। यसले त्यहाँ केहि न केहि भइरहेको छ भन्ने जनाउँदछ।”

प्लुटो ग्रह आफ्नो अर्बिटमा घुम्दा सन् १९८९मा सूर्यबाट सबैभन्दा नजिक पुगेको थियो। यसैबाट वैज्ञानिकहरूले के आशा गरेका थिए भन्दा ‘जब प्लुटो आफ्नो दीर्घवृत्ताकार अर्बिटमा सूर्यबाट टाढिँदै जान्छ, तब यसको तापक्रम घट्दै जान्छ अनि यसको वायुमण्डलमा भएको नाइट्रोजन बिस्तारै जम्दै जान्छ र अन्ततः बिलाएर जान्छ।’

यहि तथ्यले गर्दा नै नासाका वैज्ञानिकहरूले प्लुटोमा ‘न्यू होराइजन्स’लाई सकेसम्म चाँढै पठाएका हुन्। मूख्य अनुसन्धानकर्ता ‘एलन स्टर्न’ भन्छन्, “हामी त्यहाँ खोज गर्नको लागि वायुमण्डल सिद्धिनुभन्दा अगाडि नै पुग्न चाहन्थ्यौँ।”

पृथ्वीका खगोलविदहरूले प्लुटोको वायुमण्डलको झलक देख्न सफल भएकोका छन। जब प्लुटो कुनै उज्यालो ताराको अगाडि जान्छ अनि उक्त ताराको प्रकाशलाई प्लुटोले बिस्तारै ढाक्दछ, तब वायुमण्डलमा भएका अणुहरूले ताराको प्रकाशलाई प्रतिबिम्बित गर्दछ। यस प्रक्रियाबाट वैज्ञानिकहरूले प्लुटोको वायुमण्डललाई देख्न सकेका हुन्।

यसरी अनुसन्धान गर्दा पहिले वैज्ञानिकहरूले पछिल्लो २६ वर्षमा वायुमण्डलको आकार बढेको पाएका थिए र धेरै वैज्ञानिकहरूले आफ्नो विचारलाई परिवर्तन पनि गरिसकेका थिए। सुर्यको  एक फन्को मार्नको लागि २४८ वर्ष लगाउने प्लुटोको वायुमण्डल त्यसरी नै बढ्दै जान्छ भन्ने वैज्ञानिकहरूको धारणा थियो।

तर अहिले त्यो धारणा फेरी परिवर्तन भएको छ। पृथ्वीबाट पठाइएको रेडियो सिग्नलले प्लुटोको वायुमण्डललाई छुँदा भएको प्रक्रियालाई बुझेर न्यू होराइजन्सले उक्त वायुमण्डलको तस्विर खिच्न सफल भएको थियो।

अहिले नयाँ मापनको अनुसार न्यू होराइजन्स प्लुटोमा पुग्ने बेलाबाट नै यसको वायुमण्डलमा यस्तो परिवर्तन देखिएको कुरा पत्ता लागेको छ। एलन स्टर्न भन्छन्, “यो अति नै रोचक संयोग भएको छ र यहाँ यस्ता पनि वैज्ञानिकहरू छन् जसले ‘मैले त पहिल्यै भनेको थिएँ’ भनिरहेका पनि छन्।”

“वायुमण्डल टुक्रिँदै गइरहेको भएपनि प्लुटोको रात्री भागबाट तस्विर लिँदा धमिलो देखिएको छ। सो तस्विरमा सूर्यको धमिलो किरणले प्लुटोलाई घेरेको देख्दा वायुमण्डलीय वैज्ञानिकहरूको आँखामा झन्डै आँसु आइसकेको थियो।”‍- डा. समर्स भन्छन्। सूर्यको प्रकाशलाई वायुमण्डलमा भएका साना साना अणुहरूले जमीनबाट करीब १०० माइलको उचाईमा फैलाइरहेको तस्विर देखाउँदै डा. समर्सले त्यसो भनेका थिए। “प्लुटोको वायुमण्डलमा यो हाम्रो पहिलो दृष्टि हो।”, उनले भने।
काठमाडौं, श्रावण ९ । ‘उपचारार्थ म हजुरहरुबाट टाढा केही समयको लागि जाँदैछु, फर्की आउँदा देशमा दिगो शान्ति सहित क्रान्तिकारी अमूल परिवर्तन हुने छ भन्ने अपेक्षा गर्दछु ।’ गुगल व्वाइ आदित्यले उपचारका लागि अमेरिका जानुअघि आफ्ना शुभचिन्तकहरुकालागि लेखिदिएको वाक्य हो यो ।
जाँदा जाँदै गुगल ब्वाइले नेपाल सरकारलाइ सहयोगका लागि बिशेष धन्यवाद दिएका छन । गुगल ब्वाइले एक महिनापछि अनिष्ट हुने भविष्यबाणी गरेको गलत समाचार समेत सामाजिक सञ्जालमा आए । गुगल ब्वाइलाई जोडेर सस्तो लोकप्रियताका लागि भ्रामक समाचार सम्प्रेषण गर्ने काम समेत भए ।
२०६७ साउन ७ गते जन्मिएका उनी आफ्नो जन्मदिनकै समय अमेरिका लागेका हुन । आदित्यमा २०७१ साल असारमा २५ गते अलौकिक शक्ति प्रवेश भएको थियो । सो दिनलाइ आदित्यले निंद्राबाट ब्यूझिएको दिन भनेका छन् । यस्तो छ आदित्य ब्यूझिएदेखि अमेरिका सम्मको जिवनबृतान्त...
को हुन आदित्य ?
गुगल ब्वाइका नामले परिचीत पाँच बर्षिय अदभुतबालक आदित्य दाहाल आफ्नो चामत्कारिक क्षमताले चर्चित छन् । २०६७ साउन ७ गते साधारण वालकका रुपमा जन्मिएका उनमा २०७१  असार २५ गते अचानक अलौकिक शक्ति देखिएको थियो ।
अलौकिक शक्ति देखिनु भन्दा ११ महिना अघि देखि उनको स्वास्थ्य स्थिति खस्कन थाल्यो । यतिबेला उनी नत बोल्न सक्छन न त हिडडुल गर्न नै । कहिल्यै स्कुल सम्म नटेकेका आदित्यले कसैले सोधेको जुनसुकै प्रश्नको जवाफ हातले लेखेर दिने गरेका छन ।
कसैले सहारा दिएको भरमा अडिने उनमा शारिरीक क्षमता निष्कृय भएपनि मानसिक क्षमता भने चामत्कारिक छ । उनको अलौकिक शक्ति सर्वत्र चर्चाको बिषय बनेपछि सरकारका मुख्य सचिव देखि प्रधानमन्त्री सम्मले उनलाइ भेटेका छन ।
कसैले सोधेको जुनसुकै प्रश्नको जवाफ हातले लेखेर दिने आदित्यमा बिश्वका हरेक कुराको ज्ञान छ । बेद र उपनिषदका श्लोक कन्ठै भएका आदित्यले जापानी, चीनिया, कोरियन, अंग्रेजी संस्कृत लगायतका भाषामा लेखिसकेका छन् । आफुमा दैविक शक्ति भएको बताउने आदित्यले बाल गूरुका रुपमा दिव्योपदेश दिदै आएका छन् ।

आदित्यका दिव्योपदेशहरु
–‘कुकर्म गरि याचनाका लागि ईश्वर खोज्दै हिंडेको देख्दा दया जाग्छ, सत्कर्म गरी परमात्मालाई आफ्नै हृदयमा सजाउन सकिन्छ ।’
–‘धन प्राप्तीमा भन्दा ज्ञान प्राप्तीमा समय व्यतित गरौं ।’
–‘लोभ र मोह त्याग, मेरो होइन हाम्रो भन, प्राप्तीमा होइन कर्ममा बिश्वास गर, दया र धर्म नछोड ।’
–‘अरुको सेवामा आफूलाई समर्पित गर ।’
–‘भक्ति गरौ, श्रद्धा गरौं,हृदयमा करुणामय प्रेम श्रृजना गरी एकचोटी आफ्नो मुल्यांकन आफैं गरी हेरौं,  आफुलाइ परमात्माको सानिध्यमा अवश्य पाउने छौं ।’
–‘बाध्यताभित्र लुकेको यथार्थ सत्य नबुझी मनोभावनाका भरमा कोही कसैलाई कहिल्यै शंका नगर्नु ।’
देशको परिस्थितीबारे
–‘देशको विडम्बना श्रोत र साधनको अभावमा मुकदर्शक बनेको राज्यको लाचारता देख्दा मन रुन्छ नेपालीको ।’
–‘दाताहरुबाट प्राप्त सहयोगलाइ सही सदुपयोग गरि असहाय जनतालाइ न्याय दिने चुनौति सहितको जिम्मेवारी राज्यको काँधमा आएको छ । ध्यान पुगोस ।’
–‘आर्थिक प्रगतीका सम्भावनालाइ पहिचान गरी सदुपयोग नगर्दा राष्ट्र गरिबीको चक्रभित्र झन झन रुमल्लिदै छ । ध्यान पुगोस ।’
–‘गाँस बास र कपासबाट वन्चित बालबालिकाको हक अधिकार सुनिश्चित गरी व्यवहारिक कार्यान्वयन गरे राष्ट्र र नयाँ पिडीका साथ परिवर्तनतिर उन्मुख बन्न सक्छ ।’
भूकम्पका समयमा
–तत्काल प्रलयमानको अवस्था निम्त्याउने प्रकृतिको भूकम्प नआएपनि त्रसित अझै बनाउने छ । देशको ग्रहदशा बिग्रेको छ, यो बर्ष धेरै विपत्ति आउनेछन् तापनि देशले केहि बर्षभित्र काँचुलि फेर्ने छ ।’
–‘धर्ती माँतासंग एकता सहितको शान्ति स्थापना गर्नेछौं भनि शपथ खाऔं । प्रतिज्ञा गरौं । अवश्य यो अनिष्ट टर्ने छ,त्रास हट्नेछ, ताण्डव रोकिनेछ ।’
–‘संयमता, धैयर्ता भएमा सहर्षसँगै प्राकृतिक प्रकोपलाई अंकमाल गरी सत्य स्वीकार्न सकिन्छ ।’
–‘मानव सेवानै सबैभन्दा ठूलो सेवा हो धर्म हो ।  सबैले जिम्मेवारी सम्झी पिडीतको सेवामा समर्पित भइ लागौं, जुटौं सहयोग गरौं ।’
आदित्यका अद्भूत कृत्य
औपचारिक अध्ययन सम्म नगरेका पाँच वर्षिय बालक आदित्यले विश्वका जुनसुकै भाषामा जवाफ फर्काउनु आफैमा अद्भूत कृत्य हो । अझ उनले भूत, वर्तमान र भविष्यबारे विश्वसनीय ढंगले वताउने गरेका छन् । उनले विश्वका अनेकौ विषय र भाषामा राखिएका प्रश्नको विश्वसनिय जवाफ दिएका छन् ।
आदित्यले एक बर्ष अघि नै नेपालको संबिधान २०७२ मा बन्ने र नया सरकारको प्रधानमन्त्री केपी ओली बन्ने भविष्यवाणी गरेका थिए ।
यस्तै आदित्यले २०७१ श्रावणमै दीप कुमार उपाध्याय भारतको राजदुत बन्ने भविष्यवाणी गरिसकेका थिए । सरकारका मुख्यसचिव देखि प्रधानमन्त्री सम्मको जिज्ञासा उनले मेटाएका छन् ।
प्रधानमन्त्री सुशिल कोइरालाले आदित्यलाइ आफ्नो नेतृत्वमा मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकास कायम होस् भन्ने इच्छा रहेको बताएपछि आदित्यले लेखिदिए–‘नआत्तिनू । यो अनिष्ट केही समयमा टर्नेछ, अनि मुलुकले काँचुली फेर्नेछ, हजूरका इच्छा पूरा हुने छ, पीएम ज्यू ।’
उनलाइ भेटन जाने सयौं जिज्ञासुको जिज्ञासा उनले मेटाइसकेका छन् । सामान्य परिवारमा जन्मिएका आदित्य आफ्नो भविष्वाणी अनुरुप अमेरिकाको क्यालिफोर्निया स्थित स्टेनफोर्ड हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका लागि गएका छन् ।
आदित्य संरक्षण प्रतिष्ठानको भूमिका

आदित्यको संरक्षण, स्वास्थ्य उपचार र अलौकिक क्षमताको संरक्षण एवम् सदुपयोगका लागि समाजसेवी लक्ष्मी प्रसाइको अगुवाइमा २०७१ मंसिर २९ गते आदित्य संरक्षण प्रतिष्ठान दर्ता भयो । प्रतिष्ठानको दुरुपयोग नहोस भनेर आदित्य आफैले प्रतिष्ठानको नाम देखि पदाधिकारी चयन सम्म सिफारिस गरिदिए ।
प्रतिष्ठान गठनका लागि कहिल्यै नभेटेका व्यक्तिको नाम र टेलिफोन नम्बर लेखिदिएपछि पदाधिकारीहरु समेत आश्चार्यमा परेका थिए । प्रतिष्ठानले शुभेच्छुकहरुका लागि  नामक प्रतिष्ठानको वेभसाइटमा आदित्यसँग सम्बन्धित जानकारी राख्दै आएको छ ।
यस्तै आदित्यको आग्रहमा प्रतिष्ठानले विभिन्न स्थानका भूकम्पपीडितहरुको सहयोग समेत गरेको छ । प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत भूकम्पपीडितको सहयोगार्थ २ लाख ७ हजार प्रदान गर्‍यो । आदित्य फाउण्डेसन आदित्यको इच्छानुसार योग, ध्यान तथा आध्यात्मिक चेतना फैलाउने कार्यमा सक्रिय छ ।
सरकारी चासो
सरकारका मुख्यसचिव लिलामणी पौडेल, स्वास्थ्य मन्त्री खगराज अधिकारी, पुर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रधानमन्त्री सुशिल कोइराला लगायतका नेताहरुले आदित्यको स्वास्थ्य स्थिती बुझिसकेका छन् ।
स्वास्थ्मन्त्री अधिकारी समक्ष आदित्यले आफनो रोग अमेरिकामै निको हुने लेखेर दिएका थिए । २८ महिना देखि दुर्वल भएको उनको शरिर उचारको पर्खाइमा थियो । सरकारले सहयोगको प्रतिबद्धता जनाएपनि बजेट निकासामा भएको अलमलले आदित्यको स्वास्थ्य उपचारमा ढिलाइ भयो ।

उपचारमा भएको ढिलाइप्रति पटक पटक सन्चारमाध्यमबाट समाचार सम्प्रेषण हुनथालेपछि सरकारले आदित्यको उपचारका लागि २५ लाख सहयोग गर्‍यो । सो पश्चात भने सरकारले आदित्यलाइ उपचारका लागि सुविधा सम्पन्न अमेरिकि अस्पताल पुर्‍याउन अभिभावकत्व ग्रहण गर्‍यो ।
आदित्यको अलौकिक प्रतिभालाइ जोगाइ राख्न भन्दै उनको स्वास्थोपचारका लागि नेपाल सरकारको पहलमा अमेरिकामा उपचारको व्यवस्था मिलाइएको हो । सरकारले उपचारमा लाग्ने सबै खर्च ब्यहोर्ने निर्णय गरेको छ ।
यसरी हुँदैछ उपचार
आदित्यले आफु असार ३१ गते आफु हिडने भनेका थिए । सो दिन आदित्य पुर्ण रुपमा स्वस्थ नभएपनि कसैको भरविना पलेटी कसेर केही समय बस्ने तथा हात पक्डिदिंदा खुट्टामा थिग्रीने सम्म भएका छन् । सोहि दिन  उपचारका लागि अमेरिकाको भिसा लागेको उनको परिवारले बताएको छ ।
नेपाल र भारतका बिभिन्न अस्पतालमा उपचार गराउँदा समेत उनको उपचार असफल भएपछि आदित्य आफंैले पटक–पटक अमेरिकाको क्यालिफोर्निया स्थित स्टेनफोर्ड हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार सम्भव हुने भविष्यवाणी गरेका थिए ।
आदित्यको रोगको निदानका लागि अब उनको भविष्यबाणी अनुरुप उनलाई अमेरिका पुर्‍याइएको छ । उपचारका लागि श्रावण ११ गते सम्बन्धित अस्पतालमा बोलाइएको परिवारले जनाएको छ । अमेरिका जानुअघि आदित्यलाइ हामीले प्रश्न राख्यौंः ‘उपचारका लागि आफूले भनेको मुलुक जाँदै हुनुहुन्छ फर्कदा पुरै निको भएर आउनेमा विश्वस्त हो ?
उनले लेखे ‘पुरै विश्वस्त छैन '
के चाहान्छन आदित्य ?
‘म निंद्राबाट व्यूँझिएको आज एकबर्ष बितेछ । समय र परिस्थितिले खासै साथ दिएन त्यसैले निश्चित तोकेका उद्देश्य पुरा गर्न बाँकी रहे । क्षमाप्रार्थी छु । मलाई यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद’ ।
जसरी बुद्ध पुरुषहरुबाट लामो समयको ध्यान र तपस्यापछि प्रकट भएको शक्तिलाइ बुद्धत्व भनिन्छ आदित्यले आफुमा प्रकट भएको अद्भूत शक्तिलाइ ब्युझिएको दिनको उपमा दिए । आदित्यलाइ भेट्ने धेरैले आफ्ना जिवनका स–सना समस्याबारे प्रश्न राख्ने गरेका छन । आदित्यले सबैका जिज्ञासा मेट्ने गरेपनि उनको आकांक्षा त्यतिमा मात्र सिमित छैन ।
आदित्यले अहिलेसम्म लेखेका दिव्योपदेशमा समग्र मानव जिवनकोे सार झल्किन्छ । बालज्ञानीगूरुको सम्बोधन गर्न आदित्यले गरेको आग्रहले उनमा ज्ञान बाँडेर अध्यात्मिक चेतना फैलाउने इच्छा देखिन्छ । उनकै आग्रहमा आदित्य प्रतिष्ठानले प्रत्येक शुक्रबार बेलुकी सत्संगको कार्यक्रम गर्दै आएको छ ।
उनले पछिल्लो पटक लेखिदिएको दिव्योपदेश यस्तो छ । ‘सकारात्मक विचारले मात्र शरिरलाइ तरंगित बनाइराख्न मनमस्तिष्कलाइ एकाग्रले बाँधी ध्यानमा आफुलाइ लिन राख्न सक्नुपर्छ ।’
आदित्यका दिव्योपदेशहरुबाट के प्रष्ट हुन्छ भने मानव जिवनको उद्देश्य बुझ्न तथा ज्ञान प्राप्ती तर्फ लाग्नु नै जिवनको सार्थकता हो । अतः समग्र जिवनलाइ फलदायी बनाउने जिवनज्ञानवारे जिज्ञासा राखि उनका दिव्योपदेशहरुको मनन गर्नुनै आदित्यको चाहना हो ।
imagekhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home