• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
सामाजिक सञ्जालले मानिहरुलाई फाइदा त पु¥एकै छ । मानिसहरुले यसको सही हिसाबले पनि प्रयोग गरेका छन् र दुरुपयोग पनि गरिरहेका छन् । फेसबुक तथा ट्वीटरका प्रयोगकर्ता बढेसँगै मानिसहरुको अश्लिलता पनि बढेको छ ।

फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने मानिसहरु सावधान हुन जरुरी छ । सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका र अपराध पनि बढ्दै गएकाले यसबारे विभिन्न कानुन बन्दै गएका छन् । केही समय पहिले भन्दा अहिले मानिसहरु सचेत पनि भएका देखिन्छन् ।

नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने, आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले । आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ ।

जोशमा होश नगुमाउनुस्

कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।

नक्कली अकाण्टबाट बँच्नुस्

कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।

अश्लिल सामग्रीबाट टाढै रहनुस्

सामाजिक सञ्जालमा अश्लिल सामग्री आदान प्रदान गर्ने वा कुनै अश्लिल कमेन्ट वा कुराकानी गर्ने बानी छ भने आजै देखि छोड्नुस् । अझ कुनै केटा केटीलाई यस्तो गर्नै हुँदैन । यसो गर्दा अनलाइन यौन दुर्व्यवहार वा शोषणको मुद्धामा जेल जान सक्ने खतरा हुन्छ ।

कमेन्ट गर्दा ध्यान दिनुस्

सामाजिक सञ्जालमा कुनै पनि पोष्ट देख्नु भो भने त्यसलाई लाइक गर्नु वा कमेन्ट गर्नु अघि एक पटक राम्ररी पढ्नुस् । कुनै पनि कन्टेन्ट आपत्तिजनक छ भने त्यसलाई लाइक वा कमेन्ट नगर्नुस् । कुनै पनि ब्यक्तिले राखेको आपत्तिजनक पोष्ट वा सामग्रीमा तपाइँले लाइक वा कमेन्ट गर्नु भो भने साइवर कानूनले तपाइँलाई समेत जेलको हावा खुवाउन सक्छ ।

पोष्ट गर्नु अघि सोंच्नुस्

कुनै पनि सामग्री वा स्ट्याटस फेसबुकमा वा ट्वीटरमा राख्नु अघि एक पटक विचार गर्नुस् । तपाइँको पोष्ट अश्लिल वा भडकाउ अथवा मानहानी गर्ने खालको छ वा कसैको मानमर्दन र निजि कुराको खुलासा गर्ने किसिमको छ भने तपाइँ समस्यामा पर्न सक्नु हुन्छ । त्यसैगरी कसैको पोष्टमा अश्लिल सामग्री राखिदिनु वा अश्लिल कमेन्ट गर्दा पनि समस्या आउन सक्छ ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस
ब्राजील ४ आसार सुन्दा पनि अचम्म लाग्ने घटना तर यो बास्तबिक घटना हो यो घटना ब्राज़ील को हो दश बर्ष की एक बच्ची ले बच्चा जन्माएकि छीन । स्कूलमा पेट दुखे पछि शिक्षक ले उनलाई अस्पताल लगेका थिए । जब त्यहाँ गए पछि चेक अप भयो रिपोर्ट सुन्दा सब चकित भए किनकी
उनको पेट माँ सात महिनाको बच्चा रहेछ ।  डॉक्टर हरुको उचित सम्भार ले उक्त बच्चीले सुरक्षित तरिकाले बच्चा जन्माएकी छीन । यो सबै हुनुमा उनका सौतेला  चालीस बर्षीय बुवा रहेको बताइएको छ । पिताको धम्कीको कारण यो घटना लुकाएको बच्ची ले बताएकी छीन ।। एजेन्सी
काठमाडौँ । शरीरमा हुने साना कालो थोप्लोलाई कोठी भनिने गरिन्छ । जसबारेमा विभिन्न विश्वासहरु रहेको छ ।
शरीरका जुन स्थानमा कोठीहरु रहेका छन् त्यसको छुट्टै महत्व रहने विश्वास मानिने गरिन्छ । शरीरका कुन स्थानमा कोठी हुदा कस्तो प्रभाव पर्छ त ?
दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ । आँशु झर्ने ठाउँमा कोठी हुने मानिस भने भाग्यमानी नभएको ज्योतिषहरुले पनि भन्ने गरेका छन् । त्यस्तै निधारमा कोठीहुनेहरु वलवान मानिन्छन् ।
जो पुरुषको चिउडोमा कोठी छ उसले श्रीमतीले भन्दा बढी माया नगर्ने विश्वास मानिएको छ ।

 बाँया आखाको ढकनिमा कोठीहुनेको दाम्पत्य जीवन सुखी नहुने विश्वास गरिन्छ । त्यस्तै दाहिने गालामा कोठी हुने मान्छे धनी हुने, वाँया गालामा कोठी हुने खर्चालु हुने विश्वास छ ।

त्यस्तै ओठमा कोठी भएका मानिस यौनका प्यासी हुने विश्वास गर्ने गरिएको छ । त्यस्तै नाकमा कोठीहुनेहरु फिरन्ते खालका हुन्छन् । कानमा कोठी हुनेहरुको आयु छोटो भएको विश्वास लिइन्छ ।
www.nepalsandesh.com
४ साउन, काठमाडौं ।

संविधानको मस्यौदा बोकेर गाउँ गाउँमा मानिसहरुको प्रतिक्रिया लिन गएका सभाषद तथा मन्त्री एवं नेताहरु आक्रमणमा परेका छन् । रौतहटमा माधव नेपालमाथि कुर्सी प्रहार भएको भने नुवाकोटमा अर्थमन्त्री डा रामशरण महत चढेको गाडीमा पेट्रोल बम हानिएको छ ।

नुवाकोटको गणेशस्थानस्थित छेदीखोलामा महतको गाडीमा पेट्रोल बम प्रहार भएको हो । बम प्रहारबाट गाडीमा हल्का क्षति भएपनि मन्त्री महत सकुशल छन् ।



कसले के उद्देश्यले बम हानेको भन्ने खुल्न सकेको छैन । मन्त्रीनै असुरक्षित भएपछि नुवाकोटमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।nepaliheadlines.com
काठमाडौं । सैनिक सचिव विभागले सबै उच्च सैनिक अधिकृत (जर्नेल, कर्णेल) को शैक्षिक प्रमाणपत्र र नागरिकतामाथि अनुसन्धान गर्ने भएको छ। विभागले प्रमुख सेनानीदेखि माथिल्लो तहका सम्पूर्ण सैनिक उच्च अधिकृतलाई परिपत्र जारी गर्दै सक्कली शैक्षिक प्रमाणपत्र र नागरिकता मागेको छ।
जंगी अड्डाले पठाएको फाइल रक्षा मन्त्रालयले कडाइका साथ जाँच गर्न थालेपछि विभागले आफैं अनुसन्धान गर्न सैनिक उच्च अधिकृतको शैक्षिक प्रमाणपत्र र नागरिकता मागेको नागरिक दैनिकमा खबर छ ।
प्रधानसेनापति गौरवशमशेर जबराले केही समयअघि बढुवाका निम्ति सिफारिस गरी पठाएका सैनिक अधिकृतहरूको शैक्षिक प्रमाणपत्र नक्कली र नागरिकतामा जन्ममिति सच्याएको भेेटिएपछि रक्षाले नाम फिर्ता गरेको थियो।
नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले भने ‘सक्कली कागजात बुझाउन’ जारी गरेको विभागको परिपत्रलाई सेनाको नियमित कार्य बताए। सैनिक स्रोतका अनुसार यसअघि सम्पूर्ण उच्च सैनिक अधिकृतसँग यसरी एकसाथ सक्कली कागजात मागिएको थिएन।
‘कागजात (शैक्षिक प्रमाणपत्र, नागरिकता) नबुझाएका र कागजात अध्यावधिक गर्नुपर्ने सैनिक उच्च अधिकृतसँग विभागले कागजात मागेको हो,’ सैनिक प्रवक्ता पोखरेलले नागरिकसँग भने, ‘बढुवाका बेला यस्तो कागजात आवश्यक पर्छ।’
विभागले गत साता मात्र सम्पूर्ण सैनिक निकायलाई परिपत्र जारी गर्दै प्रमुख सेनानीदेखि रथीसम्मको सक्कली कागजात मागेको हो। प्रमुख सेनानीदेखि रथीसम्म ४ सय हाराहारीमा उच्च सैनिक अधिृकत छन्। विभागले जारी गरेको परिपत्रमा ‘भर्ना मिति र जन्म मिति फरक भए सम्बन्धित निकायबाट प्रमाणीकरण गरी पेस गर्न’ भनिएको छ।epahiilodainik.blogspot.

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
४ साउन, काठमाडौं । स्वामी कमल नयनचार्यले नेपाललाई हिन्दु राष्ट्र बनाइदिने भम्की दिएका छन्  ।
आज प्रकाशित साँघु साप्ताहिकमा अन्तर्वार्ता दिदैं नयनचार्यले भनेका छन् – मैले अब प्रष्टै भनेको छु, मलाई जिस्क्याउने काम नगर । मैले एकपटकभन्दा पचासौं सभाषद हिन्दु राज्यका लागि संविधानसभाबाट राजिनामा दिएर आउन तयार छन् । हिन्दु धर्म विरुद्ध नियोजित षड्यन्त्र भएकाले अब हिन्दु राज्य स्थापना गराउने कर्ताव्य मेरो पनि भएको छ ।
अब हामी हिन्दु राज्य बनाउन तिर लाग्छौं । हामी हिन्दुत्वमाथि लगाइएको आरोप र लान्छना सहन सक्दैनौं । हाम्रो सघर्ष समिति बनिसकेको छ । सम्पुर्ण ओमकार परिवारलाई अपिल गरिएको छ । धर्म नष्ट गनेृ र नेपालको अस्तित्व मेटाउन खोज्नेसँग अब सम्झौता हुँदैन । हिन्दु राष्ट्र अभियानको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक ढंगले अघि बढ्छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
४ साउन, रौतहट । रौतहटको गौरमा संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको छ ।
भीड नियन्त्रणका लागि प्रहरीले ६ सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
 प्रदर्शनकारीले माधव नेपाल चढ्ने गरेको बा १३ च १४९१ नम्बरको गाडी तथा अन्य आधा दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेपछि प्रहरीले हवाइ फायर गरिएको हो ।

गौर नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा आफूहरु पनि पस्न पाउनुपर्ने माग गर्दै स्थानीयबासी प्रदर्शन गरेपछि झडप भएको थियो । स्थानीयवासीको प्रदर्शनमा मधेसवादी दलका कार्यकर्ताहरु मिसिएपछि यसले हुलदंगाको रुप लिएको छ ।
सभाहलभित्र पसेपछि सदभावना नेता अनिल झाले बाहिर सर्वसाधारणलाई किन रोकेको भन्दै आपत्ति जनाएका थिए ।
त्यसपछि हलमा रहेका पूर्वसभासद् बबन सिंह समेत उत्तेजित बनेपछि तनाव सुरु भयो । प्रहरीले सिंहलाई बल प्रयोग गरी बाहिर निकालेको थियो ।
www.onlinekhabar.com
काठमाडौं – एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बन्न नदिन अन्तर्राष्ट्रिय शक्तिहरु संगठित रुपमै सल्बलाउन थालेका छन् । नेपालमा सबैभन्दा बलियो जनाधार भएको पार्टीले सरकारको नेतृत्व गर्दा आफ्ना स्वार्थहरु नमिल्ने ठहर गरेपछि विदेशी शक्तिहरुले चलखेल तीव्र बनाएको टिप्पणी उच्च राजनीतिक, कूटनीतिक क्षेत्रमा हुन थालेको थाहा भएको छ । स्रोत भन्छ – एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधिनताको पक्षमा लिएको अडानका कारण देशी–विदेशी शत्तिःहरु ओलीविरुद्द एकजुट हुन थालेका छन् ।
 दलहरुबीच १६ बुँदे सहमति हुनुभन्दा अघि नै संविधान जारी भएपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर संविधान लागू गर्ने र मुलुक पुननिर्माण गर्दै स्थानीय निर्वाचनमा जाने सहमति भएको थियो ।

सोही अनुसार एमाले संविधानका मस्यौदामा कतिपय ठाउँमा लचिलो भएको थियो । दलहरुबीच कांग्रेसले राष्ट्रपति, एमालेले प्रधानमन्त्री, एमाओवादीले सभामुख र मधेसी मोर्चाले उपराष्ट्रपति पाउने भद्र सहमति अनुसार नै संविधान मस्यौदाको काम अघि बढेको स्रोतहरु बताउँछन् ।

कांग्रेस नेता तथा भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधिले केही दिनअघि कांग्रेस कार्यकताहरुको अनौपचारिक जमघटमा कुनै हालतमा एमालेलाई सरकारको नेतृत्व नदिइने बताएका थिए । उनको भनाइ थियो – कांग्रेसलाई अब कुनै पार्टीबाट चुनौती छ भने त्यो एमाले हो, गाउँ –गाउँमा एमालेले कब्जा गरिसक्यो, नयाँदिल्लीवाला पनि एमालेलार्य कुनै पनि हालतमा सरकारको नेतृत्व दिनुहुँदैन भन्दैछन् ।

 अब स्थानीय चुनावको बेला एमालेले नेतृत्व पायो भने त कांग्रेस काशी पसे हुन्छ ।’ कांग्रेसका केही नेताले १६ बुँदे सहमति गर्ने र अर्काथरी नेताहरुले त्यसको बिरोधमा मधेसवादी र केही जनजातिहरुलाई उकास्ने काम गरिरहेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ । www.ratopati.com
काठमाडौं । बजारमा मंहगो धातु सुनको मूल्य पछिल्लो ८ महिनायताकै सबैभन्दा सस्तो भएको छ ।
आइतबार तोलाको ४९,५०० रुपैयामा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रति १० ग्रामको मूल्य ४९ हजार ५ सय कायम भएको जनाएको छ ।
पछिल्लो ८ महिनामध्ये माघमा सूनको मूल्य ५३ हजार ७५० पुगेको थियो । त्यसपछि केही समय तलमाथि भएको भएको मूल्य पछिल्लो समय लगातार घटिरहेको छ ।
सून सस्तिनुमा अन्तराष्ट्रिय बजार र नेपालको बजेट मुख्य कारण भएको महासंघले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
www.nepalsandesh.com
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरायसी समस्या बढ्नेछ । अरूको विश्वास घट्नेछ। खर्च एवं विवाद बढ्नेछ ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मन प्रसन्न रहनेछ । अध्ययनमा आंशिक सुधार आउनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
अधुरा कार्य बन्नेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ। लक्ष्मी प्राप्त हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनमा द्विविधा बढ्नेछ । अनावश्यक चिन्ताले सताउन सक्छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्यमा प्रगति हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
मानसिक चिन्तन एवं पराक्रम बढ्नेछ । कृषिकार्य प्रभावित हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आत्मशक्ति बढ्नेछ । खान पिनमा ध्यान दिनुहोला । न्याय प्राप्ति हुनेछ ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विद्यामा प्रगति हुनेछ । चिन्ता बढ्नेछ । वैदेशिक यात्रा हुनसक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अधुरा कार्य पूरा हुनेछ । मानसिक प्रसन्नता छाउनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
समय अनुकूल रहनेछ । दैनिक कार्यमा सुधार आउनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
व्यवसायमा परिवर्तन हुनेछ । कार्यमा उत्साह बढ्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
प्राविधिक क्षेत्र सबल रहनेछ । स्थानान्तरणको योग रहेको हुँदा नयाँ योजना बन्नेछन् ।
मानिसहरु पछिल्लो समय सबैभन्दा धेरै कम्प्युटरको अगाडी बस्छन् । धेरैको काम त कम्प्युटरमा नै हुन्छ ।
घर देखि कार्यालय सम्म कम्प्युटरको अगाडी लामो समय बस्नु पर्नेहरुले खास ख्याल गर्नु पर्छ अन्यथा त्यसक‌ै कारण शारीरिक समस्याहरु हुन  सक्छन् ।


यहाँ हामीले कम्प्युटरमा बस्दा ध्यान दिनु पर्ने ५ कुराको चर्चा गरेका छौं ।

१ कम्प्युटर अगाडी कुर्सीमा बस्दा तपाइँको शरीरको पछाडीको भाग र बस्ने भाग जति सक्यो त्यति पछि सम्म लैजानुस् ।

२ जति सक्यो सिधा बस्नुस् । सिधा बस्दा पछाडीको भागले तपाइँको ढाडलाई केही आधार दिन्छ र यसले स्वास्थ्यमा असर गर्दैन ।

३ कुर्सीलाई अग्लो पार्दा ख्याल गर्नुस् ताकि तपाइँको आँखा स्क्रिनमा सिधा परोस् र घुँडा तपाइँको पछाडीको भाग भन्दा तल होस् ।

४ तपाइँको नारीलाई टेवलमा राख्नुस् र माउस पनि टाढा तन्किन पर्ने गरि नराख्नुस् ।

५ कम्प्युटर टेवल अगाडी कुर्सीमा बस्दा तपाइँको खुट्टा या भुइँमा छुने गरी या काठको टुलमा पर्ने गरी राख्नुस् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
३ साउन, काँकडभिट्टा (झापा) ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको प्रारम्भिक मस्यौदामा उल्लेख भएको ‘धर्म परित्याग गर्न पाइनेछ’ भन्ने वाक्याङ्श हटाइने बताएका छन ।

आज झापा जिल्ला पार्टी कार्यालय विर्तामोडमा आयोजित कार्यक्रममा नेता ओलीले भने, “यो वाक्याङ्शले गलत अर्थ दिने भएकाले संविधान घोषणा अगावै यो शब्द हटाइने छ ।”

नेपाल बहुसंस्कृति, बहुधार्मिक र बहुभाषी देश भएको उल्लेख गर्दै उनले यहाँ धार्मिक स्वतन्त्रता छ, राज्यले सबै धर्मप्रति सद्भाव राख्ने बताए ।

“देश बनाउने कुरा कोही गर्दैन, सबैलाई भाग मात्र चाहिएको छ”–उनले भने, “अहिले बढी प्रदेश बनाउँदा देशलाई आर्थिक भार पर्छ, त्यही अनुसार सुझाव पठाउनुहोस् ।”

नेता ओलीले सीमाङ्कनका विषयमा अहिले सहमति हुन नसके आयोगको सिफारिसका आधारमा रुपान्तरित संसद्ले संविधान जारी भएपछि त्यसको टुङ्गो लगाउने बताए । राससnepaliheadlines.com
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनावारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।
त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँन्नन् । मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ ।

तर चिकित्सा शास्त्रले महिनावारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।

महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन् :
१. महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

३.यदि महिला वा पुरुषमध्ये एकजना एचआईभी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासँग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

२.महिनावारी हुँदा बग्ने रगत खराब हुन्छ भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४.महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

५. महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

६. महिनावारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७. महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले तल्लो पेट दुख्न कम हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन (डेन्टल डाम) लगाउनुपर्छ । किनभने यतिबेला महिलाको शरीर अरु बेला भन्दा कोमल भएको हुन्छ ।

१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पुर्याउने खतरा रहन्छ ।
आज आइतबारको दिन मुलत: बैज्ञानिकहरुको लागि तथा पृथ्बीका सम्पूर्ण मानिसहरुको लागि महत्वपूर्ण हुनेछ ।  लन्डनको समय अनुसार आज राति ११ बजे  एउटा विशाल क्षुद्रग्रह (एस्टेरोईड) पृथ्वीको एकदम नजिक भएर जाने छ ।

नेपालमा बिहान ४ : १५ बजे 

यो  खगोलिय घटना नेपाली समय अनुसार भोलि सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा  इंटरनेटमा हेर्न सकिन्छ ।

खनिजले भरिएको समाचार वेबसाइट द मिररको रिपोर्ट अनुसार उक्त क्षुद्रग्रह (एस्टेरोईड) को तौल  नौ करोड़ टनको हुने छ।  यूडब्ल्यू-158 नाम भएको सो  क्षुद्रग्रह पांच खरब डलर बराबरको मूल्य पर्ने प्लाटिनम हुन सक्छ । हिन्दी अनलाइन  पत्रिका डट कमका अनुसार केनेरी द्वीपमा रहेको प्रयोगशालाबाट यसको तस्बिर इन्टरनेटमा सार्बजनिक गरिनेछ । त्यहाँ टेलीस्कोपलाई इंटरनेटमा जोड्ने प्रबिधि जडान गरिएको छ ।
onlinepatrika.com
३ साउन, काठमाडौं ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ५ वर्षको सबैभन्दा कम भएको छ । यसको असर नेपालमा पनि देखिने निश्चित छ ।

भारतीय बजारमा सुनको मूल्य ४ महिनाको सबैभन्दा तल्लो बिन्दुमा पुगेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।



लण्डनमा गत साता सुन २ दशमलव ७ प्रतिशत गिरावट हुँदै ११३० दशमलव ८० डलर प्रति औंस विक्री भएको छ । यो सन् २०१० एप्रिल यताको सबैभन्दा तल्लो विन्दु हो ।

अमेरिकी फेडरल रिजर्भले ब्याज बढाउने घोषणा गरेपछि महंगो धातुको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।



ग्रिसको कर्जा संकटले समेत अन्तराष्ट्रिय बजारलाई प्रभावित गरेको छ ।

काठमाडौं । हरेक बच्‍चाको जन्म हुँदा आमासँग जोडिएको सालनाल काटिन्छ । यस्तो यसकारण हुन्छ की बच्चा आमाको शरीरबाट अलग हुन सकोस र बच्चाको आफ्नो नाभीको विकास होस् ।
मिररका अनुसार यो घटना मेक्सिको देशको हो । जहाँ सैलटिलो अस्पतालका केही मेडिकल सिस्टरहरुले एक नवजात शिशुको गर्भनाल सट्टा उनको गुप्तांग काटिदिएका छन् ।

यी बच्चाका पिता डियैगो रैंजल इजागुर र उनकी पत्नी भन्छन्-‘अस्पताल प्रशासनले हामीसँग धोखा गरेको छ । जसका कारण हामीले बच्चाको गुप्ताङ्ग गुमाएका छौं ।’
बाबु डियैगोले भनेका छन्-‘बच्चा जन्मिने वित्तिकै डाक्टरको टीमले एक सर्जरीका लागि लिएर गए । उनलाई केही थाहा थिएन् कि डाक्टहरुले बच्चासँग जोडिएको सालनाल काट्नुको सट्टा गुप्तांग काटे ।’

डाक्टरको टिमले घटना लुकाउन सर्जरीको वहानामा भित्र लगेर ‌फटाफट विना जानकारी अभिभावकको जिम्मा लगाए ।
डियैगोले भनेका छन् कि- डाक्टरका टिम रहेका व्यक्तिहरुले बच्चाको गुप्तांगमा गैर-जिम्मेदारी तरिकाले दुई सेन्टीमीटर गहिरो कट लगाए र बच्चाको लिङ्ग काटे । त्यसपछि बच्चालाई सी भी दिईयो ।
केही समयपछि थाहा भयो कि जसलाई उनीहरु डाक्टर मान्थे, उनीहरु मेडिकल विद्यार्थी थिए । अस्पतालले गैर-जिम्मेदारी तरिकाले बच्चाको गर्भनाल काट्ने जस्तो जटिल शल्क्रिया छात्राहरुबाट गरायो ।  बच्चाका अभिभावकहरुले डाक्टर छात्रालाई कारवाहीको माग गरेका छन् ।
अस्पतालले यो घटनामा मुख खोल्दै घटनाको आन्तरिक जाँच गर्न प्रशासनलाई निर्देशन दिएको छ । बच्चा अहिले पूर्ण रुपमा स्वस्थ छ । एजेन्सी
dainiknepal.com
काठमाडौं, ३ साउन । कस्बेको वार्ड २० मा शुक्रवार पति ले पत्नीको दर्दनाक हत्या गरेर आफूलाई पुलिसको जिम्मा लगाएका छन् ।
खबर अनुसार शुक्रवार राति श्रीराम र उनकी पत्नी चन्दा आफ्नो कोठामा र सास ससुरा घरको आंगनमा सुतेका थिए । शनिवार सवान बुहारी धेरै बेरसम्म कोठाबाट तल आइनन् । त्यसपछि सासु मूली देवीले उनलाई आवाज दिएर बोलाए । तर उनले बालेपछि भित्रबाट कुनै प्रतिक्रिया आएन् ।
बुहारी नआएपछि जब सासुले छतमा गएर हेरि तब बुहारी चन्दाको लास देखिन् । बुहारीलाई यस्तो हालतमा देखेपछि सासुको छांगाबाट खसेजस्तै भईन । उनले तुरुन्त आफ्ना परिवारलाई यो घटनाबारे जानकारी दिईन् । घटना भारतको राजधानी नयाँदिल्लीको हो ।
उता पति श्रीराम ६.३० बजे पुलिस थानाभित्र गएर आफूलाई आत्मसमर्पण गरे । उनले पुलिसलाई चन्दाको हत्या आफूले गरेको बताए । त्यसपछि पुलिसले श्रीरामलाई पत्नी हत्याको आरोपमा गिरफ्तार ग¥यो । पुुलिस अहिले पत्निको हत्याको कारणबारे गहिरो अनुसन्धानमा छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पति श्रीरामले परपुरुषसँग नजिकिन खोजेको शंका लागेर प्रश्न गर्दा विवाद भएपछि आवेगमा आएर हत्या गरेको खुलेको छ । एजेन्सी
dainiknepal.com
लुम्बिनी : लुम्बिनीस्थित मनाङ मन्दिरको छेउ नजिक रहेको एक रुखबाट लगातार रुपमा पानी झरिरहेको छ ।

स्थानीय भाषामा फडेल भनिने उक्त रुखबाट विगत आठ दिनदेखि निरन्तर रुपमा पानी वर्षा झैँ झरिरहेको एक प्रत्यक्षदर्शीले जानकारी दिए।
निरन्तर पानी झरेको देखेपछि स्थानीय जनता छक्क परेका छन् । उक्त रुखबाट झरेको पानीले रुखको वरिपरिको भाग पूर्णरुपमा भिजेर पानी जमेको छ ।


लुम्बिनी विकास कोषले भने आज बिहानमात्रै यो घटना थाहा पाएको थियो । पानी झरेको थाहा पाएलगत्तै कोषका सदस्य सचिव अजितमान तामाङ, वनस्पति शाखा प्रमुख सब्बीर अहमद खानसहित कोषमा कार्यरत कर्मचारीलगायत अन्य थुप्रै स्थानीयवासी अवलोकनका लागि पुगेका थिए ।

कोषका सदस्य सचिव तामाङले कोष अधीनमा रहेको क्षेत्रमा अहिलेसम्म यसरी कुनै पनि रुखबाट पानी नझरेको बताए । कोषले उक्त रुखबाट पानी झरेको तथ्यबारे अध्ययन गर्ने पनि उनले जानकारी दिए।कोषका वनस्पति शाखा प्रमुख खानले फडेल प्रजातिको रुखको हाँगाबाट कहिलेकाहीँ सामान्य रुपमा पानी रसाउने गर्छ भन्ने सुने पनि आफूले भने पहिलो पटक देखेको उल्लेख गरे ।

रुखबाट पानी झरेको हेर्न रुपन्देहीलगायतका स्थानबाट सयौँ मानिस लुम्बिनी पुगेका छन् । उक्त रुख कोषले जग्गा अधिग्रहण गर्नु पूर्वको रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । रासस
annapurnapost.com
खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

कुनै खानेकुरा अर्को खानेकुरासँग मिसाएर खानु घातक हुन सक्छ । यहाँ मिसाएर खान नहुने १० खाने कुराको चर्चा गरिएको छ ।

१ दुध र दही

दुधसँग दही मिसाएर खानु स्वास्थ्यका लागि घातक मानिन्छ । दुध र दहीमा हुने तत्वको प्रतिक्रिया शरीरमा नराम्रो हुन सक्छ । दही र दुध सँगै खाँदा पेटमा समेत समस्या हुने विज्ञहरु बताउँछन् ।


२ मासु र मिठाइ

कुखुराको मासु खानु भएको छ भने सके सम्म दुधका पदार्थहरु नखानुस् । मिठाइसँग मासु खानु नराम्रो मानिन्छ । यसले पनि पेटमा समस्या ल्याउन सक्छ ।

३ कोल्डड्रिङ्क्सपछि गुटका वा पान मसला

यदि तपाइँले कोक फान्टा वा अन्य कोल्ड ड्रिङ्क्स सेवन गर्नु भएको छ भने पान मसला वा गुट्का सेवन नगर्नुस् । पेपरमिन्ट भएको पान मसलासँग कोल्ड ड्रिङ्क्स सेवन गर्नु घातक मानिन्छ । यी दुईको मिश्रण विषाक्त हुने विज्ञहरु बताउँछन् ।

४ आलु र भात

हुन त हाम्रो हरेक तरकारीमा आलु हुन्छ र भातसँग खाने तरकारीमा पनि आलु हुन्छ । तर आलु र भातको मिश्रण पेटका लागि भने समस्या हुने विज्ञहरु बताउँछन् । यी दुवै कुरा एकै पटक सेवन गर्दा पेटमा कब्जियतको समस्या हुने बताइन्छ ।

५ प्याज र दुध

प्याज र दुध पनि सँगै सेवन गर्नु हुँदैन । प्याजसँग दुध पिउँदा छालामा समस्या आउन सक्छ । यसले दाद, चिलाउने, एग्जिमा सोराइसिस जस्ता रोग लाग्ने खतरा हुन्छ ।

६ माछा र दही
दही र माछाको मिश्रण पनि शरीरका लागि घातक मानिन्छ । माछाले पेटमा निक्कै गर्मी गर्ने हुँदा चिसो मानिएको दहीसँग खानु हुँदैन । यसले तपाइँलाई छालाको रोग लाग्ने र एलर्ली हुने खतरा समेत बढाउँछ ।

७ खाना र फल

खाना खाने समयमा फलफूल सेवन नगर्नुस् । फल सेवन गरेपछि कम्तिमा २ घण्टा पछि मात्र खाना खानु राम्रो हुन्छ । खानामा कार्वोहाइड्रेट बढी हुने र फलमा प्रोटीनको मात्र बढी हुने हुँदा यसले पेटमा सँगै खाँदा एसिडिटी बढाउन सक्छ । यसले अपच हुने वा अन्य रोगका खतरा जन्माउँछ ।


८ दध र कागती

दुधसँग कागती मिसाएर सेवन नगर्नुस् । यसले तपाइँको स्वास्थ्यमा धेरै हानी गर्छ । किन भने यी दुवै एकैपटक सेवन गर्दा एसिडिटी हुने खतरा हुनंछ ।

९ मासको दाल र दही

मासको दाल खाएको समयमा दही खानु नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा नराम्रो असर गर्ने विज्ञहरु बताउँछन् । यसबाट मुटुसम्बन्धी विरामी हुन सक्छ ।


१० दही र परौठा

यदि तपाइँ परौठा खाँदै हुनुहुन्छ भने दही नखानुस् । किन भने यी दुवैको मिश्रणमा शरीरमा नकारात्मक तत्व पैदा हुन सक्छ । यसले तपाइँको शरीरको उर्जा समेत घटाइदिने विज्ञहरु बताउँछन् ।
मुम्बई । आफैंले अभिनय र लगानी गरेको चलचित्र ‘बजरंगी भाइजान’ को प्रचार प्रसारमा जुटेका अभिनेता सलमान खानले ट्वीटर मार्फत शाहरुख खानको फिल्म ‘रइस’ को प्रचार गरेका छन् ।
सलमानले शाहरुखको फिल्मको प्रचार गरेको यो पहिलो पटक भने होइन । केही महिना भयो शाहरुख सलमान एक अर्काको प्रचार र प्रसंसामा जुटेका छन् । कतिपयले उनीहरुको यो चाललाई ‘पब्लिसीटि स्टन्ड’ पनि भनेका छन् ।
‘रईस’ को टिचर सार्वजनिक भए लगत्तै सलमानले ट्वीटरमा चार पटक ट्वीट गरे । ‘आउँदैछ ।’ पाँचौ ट्वीटमा लेखे ‘रइस आउँदैछ । टिजर हेर्नुस र मनोरञ्जन लिनुस् ।’
आउँदो वर्ष ईदमा शाहरुखको रईस र सलमानको सुल्तान प्रदर्शन हुने हल्ला छ । सलमान खानको ट्वीट पछि शाहरुखे पनि ट्वीटमै लेखेका छन् ।
‘अहिले म बुल्गेरियामा छु, तत्काल घर आउन सक्दिन । अलिकति बिरयानी मेरो घरमा पठाईदिनु बच्चाहरुका लागि । इद मुबारक एण्ड लभ यु टु फेमीली ।’
www.onlinekhabar.com
काठमाडौँ, ३ साउन । नेपाल प्रहरीले नयाँ संविधानमा सशस्त्र प्रहरी बलको नाम परिवर्तन गर्न सुझाव दिएको छ ।  नयाँ बन्ने संविधानको प्रारम्भिक मस्यौदामा सुझाब दिँदै नेपाल प्रहरीले अर्धसैन्य बल सशस्त्र प्रहरी बलको ‘प्रहरी’ शब्द हटाउन आग्रह गरेको हो । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहितका ८ प्रहरी अत्तिरिक्त महानिरीक्षकले शनिबार संवैधानिक, राजनैतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई भेटेर लिखित रुपमै सशस्त्रको ‘प्रहरी’ शब्द हटाउन सुझाब दिएका हुन् ।

केही समयअघि सरकारले नियमावली संशोधन गरी सशस्त्र प्रहरी बललाई ब्यक्ति पक्राउको अधिकार दिएपछि गृह मातहतका यी दुई संगठनबीच सम्बन्ध चिसिएको छ । अर्धसैनिक बलको स्वरुपमा रहेको सशस्त्रलाई ‘प्रहरी’ नाम राख्दा विवाद सिर्जना भएको भन्दै नेपाल प्रहरीले शब्द नै हटाउन प्रस्ताव गरेको हो । प्रहरीको महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीसहितको समूहले मातहतका अधिकृतसित छलफल गरेर सुझाब तयार पारेको थियो ।

नेपाल प्रहरीले सशस्त्र प्रहरी बलको नाम हटाउनेलगायत अरु बिषयमा दिएको सुझाब गोप्य राख्न खोजेको थियो । सशस्त्र प्रहरीले अर्को चाल चल्ने भन्दै सुझावका विषयमा गोप्यता राख्ने प्रयास गरेको हो । तर समितिका सभापति भट्टराईको आधिकारिक फेसबुक पेजमा आइजिपी र एआइजिपीलाई भेटेको तस्बिर सार्वजानिक भएको थियो । त्यसको लगभग एक घण्टापछि नै तस्बिर हटाइएको छ ।
सानेपास्थित भट्टराई निवासमा अर्यालसहित अत्तिरिक्त महानिरीक्षकले भेटेर संविधानमा केन्द्र र प्रदेश प्रहरीको समन्वय रहने गरी संरचना निर्माण गर्नसमेत सुझाव दिएका हुन् । प्रारम्भिक मस्यौदाको धारा २६३ मा नेपाल प्रहरी, अर्धसैनिक बल र गुप्तचर संगठनसम्बन्धी व्यवस्था राखिएको छ ।

नयाँ संविधानको प्रारम्भिक मस्यौदामा नेपाल प्रहरीसहित अर्धसैनिक बल सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको अलग्गै संगठन रहने व्यवस्था गरिएको छ । त्यसमा प्रत्येक प्रदेशमा छुट्टै प्रहरी संगठन रहने ब्यवस्था गरिएको छ । उनीहरुको परिचालनलगायतको अन्य कानुनी व्यवस्था संघीय कानुनबमोजिम हुने उल्लेख छ ।
कतिपय गम्भीर प्रकृतिका अपराध अनुसन्धान र अन्तर्राष्ट्रिय अपराधको नियन्त्रणमा केन्द्रीय र प्रदेश प्रहरीबीच समन्वय आवश्यक हुने सुझाव नेपाल प्रहरीले दिएको छ । ‘माथिबाट निर्देशन मात्र होइन, तल्लो तहमा भएका आपराधिक घटनाको अनुसन्धानका लागि समेत केन्द्रीय प्रहरीको मदत चाहिन्छ,’ मुख्यालयका एक प्रहरी अधिकृतले भने, ‘प्राविधिकलगायतका सहयोग प्रादेशिक प्रहरीले केन्द्रबाट नै लिनु पर्छ ।’

केन्द्रमा अपराध अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्युरो, अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी अनुसन्धान गर्ने बिशेष ब्युरो, अन्तर्राष्ट्रिय प्रहरीसँग सम्न्वय गर्ने इन्टरपोल र केन्द्रीय विधि बिज्ञान प्रयोगशाला रहेका कारण केन्द्र र प्रादेशिक प्रहरीबीच अन्तरसम्बन्ध आवश्यक रहेको उल्लेख छ । उसले प्रहरी निरीक्षक भन्दा माथिल्लो दर्जाको भर्ना, सरुवा र बढुवा जस्ता गतिविधिमा समेत केन्द्रीय प्रहरीको भूमिका महत्वपूर्ण हुने सुझाएको छ ।
तर नेपाली सेनाको भने एउटा मात्र संगठन रहने व्यवस्था गरिएको छ । मस्यौदाको धारा २६२ मा सेनामा महिला, दलित, आदिवासी, जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडा बर्गका नागरिकको प्रवेश सुनिश्चित गरिने उल्लेख छ । सेनालाई केन्द्रीय सरकारले बिकास निर्माण, र बिपद् ब्यवस्थापन लगायतका काममा परिचालन गर्नसक्ने ब्यवस्था मस्यौदामा गरिएको छ ।

बिपद ब्यवस्थापनमा बाहेक नेपाली सेना राष्ट्रिय सुरक्षा परिषदको सिफारिसबमोजिम परिचालन हुने उल्लेख छ । तर केन्द्रीय सरकारबाट निर्णय भएको एक महिनाभित्र प्रादेशिक संसदको विशेष सुरक्षा समितिमा प्रस्तुत गरेर अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
dainiknepal.com
गायिका कोमल ओलीको परिचय फरक छ । उनी नायिका हुन्, समाचारवाचिका हुन् । गायनमा अब्बल छिन् । सामाजिक काममा पनि उनको उस्तै परिचय छ । यिनै गायिकाको साउने योजना के छ ? हरिया चुरा, व्रत र अरु साउनसँग जोडिएका विषयमा नयाँ पत्रिकाले उनीसँग गरेको कुराकानीः
हिन्दू नारीहरू साउनमा हरियै बन्ने, मेहन्दी लगाउने भन्छन् । साउन लाग्यो, तपाईंले हरियो चुरा र लुगा लगाउनुभयो ?
हो नि । चलिआएको संस्कार हो । तर, आज मैले भने लगाउन भ्याएको छैन । बिहानैदेखि निकै व्यस्त हुनुपर्‍यो । घरमा भाउजूले हरियो चुरा किनेर ल्याइदिएकी छिन् रे । मेरी मिल्ने साथीले पनि भोलि चुरा गिफ्ट ल्याइदिन्छु भनेकी छिन् । भोलि नै लगाउने हो ।
हिन्दू नारीहरू साउनमा हरियै बन्ने कारण थाहा छ ?
साउन आयो, हरियो लगाउने भनेपछि त्यसै पनि एउटा ऊर्जा प्राप्त हुँदो रहेछ । यसले सुन्दरता पनि दिन्छ । पछिल्लो समय केहीले फेसनका रूपमा पनि प्रयोग गरेका छन् । खासमा विवाहिताले श्रीमान्को दीर्घायु र र अविवाहिताले सुयोग्य पति पाऊँ भनी साउनमा हरियो चुरा, लुगा र मेहन्दी लगाउँछन् । हिन्दू धर्मग्रन्थले नै यस्तो व्याख्या गरेको छ ।
तपाईंलाई चाहिँ ‘शिव’ चाहिएन अब ?
होइन । नचाहिएर त होइन । शिवको अनुयायी नै हुँ । शिवको आत्मीयता सबैले बुझ्नुपर्छ । आफ्नो शिव खोज्दै छु । तिज पनि आउन लाग्यो ।
यो वर्ष कस्तो गीत निकाल्नुहुन्छ ?
सबैसँग क्षमा माग्छु । यो वर्ष तिजको गीत गाउँदिनँ । भावनात्मक रूपमै यो वर्ष गीत गाउने चाहना छैन । यो वर्ष मेरो समय भूकम्पपीडित दिदीबहिनीप्रति समर्पित गर्न चाहन्छु । धेरै काम गरियो, अझै गर्न बाँकी छ ।
तिजमा व्रत पनि नबस्ने ? किन नबस्ने नि ?
व्रत त बस्छु । गोजीमा गाँठ, मनमा आँट भा’को पाऊँ भनेर शिवसँग आशीर्वाद माग्छु ।
कुनै वर्षको साउन महिना तपाईंका लागि एकदमै खुसी या एकदमै दु:खी भयो ?
त्यस्तो त छैन । सामान्यतया: साउन महिना मन पर्छ । पानी परेको मनपर्छ । मकैका पातमा परेको पानीको आवाजले मेरो मन तान्छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भूतपूर्व नेपालीबाट देशको विकास हुन नसक्ने बताएका छन्। कर्मचारी, मन्त्री, सांसदजस्तो जिम्मेवार व्यक्तिसमेत मुलुकप्रति जिम्मेवार नरहेको उनको भनाइ छ। स्वदेशमा जनताको करबाट दानापानी खाने र विदेश पुगेका बेला उतै डिभी, पिआर, ग्रिनकार्ड लिएर बस्ने व्यक्तिहरू देशप्रति उत्तरदायी हुन नसक्ने दाबी गर्दै उनले त्यस्ता व्यक्तिबाट केही हुन्छ भन्ने आशा गर्नै नसकिने बताए।

‘नागरिकता लिँदैमा कर्तव्य पूरा हुँदैन,’ नागरिकसँगको अन्तर्वार्तामा मन्त्री पण्डितले भने, ‘कसैले आफू नेपाली हुँ भन्छ भने उसले नेपाली हुनुको कर्तव्य पनि पूरा गर्नुपर्छ। मैले भन्ने गरेको छु, भूपू नेपालीबाट देश चल्दैन।’

देशलाई अविश्वास गरेर विदेशी नागरिकता, डिभी, पिआर ताक्ने व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिइन्छ भने त्यसबाट केही आशा गर्न नहुने उनले बताए। ‘विदेशी नागरिकता, पिआर लिएको व्यक्ति नेपालप्रति होइन, त्यही देशप्रति उत्तरदायी हुन्छ,’ उनले भने।

नेपालले विभिन्न देशमा पठाएका राजदूत, सचिव, पूर्व मुख्य सचिव, मन्त्री, सांसदलगायत महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्तिले नै विदेशी डिभी, पिआर लिँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत भएको मन्त्री पण्डितले बताए। सधैं अर्काको मुख ताक्ने, हात थाप्ने र आफूचाहिँ केही नगर्ने प्रवृत्ति देखिएकाले नेपाल पछाडि परेको उनको भनाइ छ। उनले सपनामा पनि विदेश देख्ने, विपनामा पनि विदेश देख्ने र विदेशमा रहेका बेला सपना–विपनामा पनि नेपाललाई सराप्ने व्यक्ति नेपालका लागि प्यारासाइट भएको बताए।

मन्त्री पण्डितले कर्मचारीपछि सांसद, मन्त्री र सरकारबाट तलब–सुविधा लिने अन्यलाई समेत डिभी, पिआर लिन प्रतिबन्ध लगाउने गरी कानुन बनाउने तयारी भइरहेको जानकारी दिए। निजामती कर्मचारीलाई डिभी, पिआर लिन रोक लगाउने गरी ऐन परिमार्जनमा सफलता पाएका मन्त्री पण्डितले अब आफू अर्काे नीति निर्माणको तयारीमा रहेको बताए। उनले हुन्डीबाट पैसा पठाउनेलाई अपराध मानेर दण्डित गर्ने गरी ऐन बनाइने जानकारीसमेत दिए। साउदी–कतारलगायत खाडी देशमा ५० डिग्रीको तापक्रममा श्रम बेच्नेहरूले एक रुपैयाँ कमाए पनि देशमै पठाउने गरेको तर अमेरिका, युरोपलगायत देशमा पुग्ने मान्छेचाहिँ उतै डिभी, पिआर लिएर नेपालमा भएको सम्पत्ति पनि बेचेर हुन्डीमार्फत अवैध रूपमा उता लाने गरेको पण्डितको आरोप छ। ‘जो युवा घरखेत बन्धक राखेर साउदी, कतार पुगेर ५० डिग्री सेल्सियसमा श्रम बेच्छन्, उनीहरुले एक रुपैयाँ बचाए पनि राष्ट्रमै आउँछ,’ पण्डितले नागरिकसँग भने, ‘तर गरिब जनताको करबाट सरकारले दानापानी खुवाएर पालेका उच्चपदस्थ व्यक्ति भने विदेश पुगेर डिभी, पिआर लिन्छन् र यहाँबाट हुन्डीमार्फत राष्ट्रको सम्पत्ति ओसार्छन्, राष्ट्रलाई कंगाल बनाउँछन्, तिनीहरु अपराधी हुन्।’ उनले श्रमिकको हितका लागि श्रमिक बैंकको अवधारणा ल्याइएको पनि बताए।

निजामती सेवा सुधारका लागि गलत काम गर्नेलाई कडा कारबाही गर्न आफू पछि नहट्ने पण्डितले बताए। उनले राम्रो काम गर्ने कर्मचारीको मनोबल बढाउन अनुमानयोग्य सरुवा प्रणाली ल्याउने, आधिकारिक ट्रेड युनियनको निर्वाचन गरेर कर्मचारीतन्त्रलाई सुदृढ गर्नेतर्फ आफू लागिपरेको जानकारी दिए। स्टाफ कलेजमार्फत सबै स्तरका कर्मचारीलाई तालिमको व्यवस्था गर्ने र जोश, जाँगर नभएका कर्मचारीलाई हटाएर नयाँ युवा र विज्ञको भर्नामा आफूले जोड दिएको पण्डितले बताए।

निजामती ऐन संशोधनका क्रममा आफूलाई थुप्रैपटक ज्यान मार्ने धम्की आएको र झन्डै पाँचपटक मन्त्री पदबाट राजीनामा दिनुपर्ने स्थिति सिर्जना भएको उनले खुलासा गरेका छन्। ‘मलाई पटक–पटक ज्यान मार्ने धम्की र पदबाट राजीनामा दिनुपर्ने स्थिति आयो,’ उनले भने, ‘राष्ट्रपतिबाट लालमोहर लगाउने दिनसम्म त्यसलाई फेल गराउन थुप्रै शक्ति लागे तर म पछाडि फर्कनु आत्महत्या गर्नु हो, आत्महत्याका लागि म अगाडि बढेको होइन। मेरो ज्यान गयो र झन्डा ओढाउने कसैको हिम्मत आएन भने कमसेकम खोलाकिनारमा लास त फाल्दिनुहोला भनेर संसदीय समितिमै भनेको थिएँ।’

डिभी, पिआर लिएका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने अभियान सुरु भइसकेको जनाउँदै उनले कसैले लिएको जानकारी पाए सामान्य प्रशासन मन्त्रालय वा सम्बन्धित कार्यालयमा उजुरी गर्न अपिलसमेत गरेका छन्।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित वर्तमान मन्त्रीपरिषदका सवैभन्दा सफल र चर्चित मन्त्री मानिन्छन्। उनकै अग्रसरता र झण्डै डेढ बर्षको संघर्षपछि व्यवस्थापिका संसदले निजामति कर्मचारीले विदेशी नागरिकता, डिभी, पिआर, ग्रिनकार्ड लिन नपाउने लगायतका थुप्रै व्यवस्था रहेको निजामति सेवा ऐनको चौंथो संशोधन विधेयक पारित भएर लागु भैसकेको छ। यसपछि मन्त्री र सांसदलाई विदेशी नागरिकता पिआर लिन प्रतिवन्ध लगाउने कानुन पनि निर्माणको प्रक्रियामा छ। निजामति कर्मचारीले कि विदेशको डिभि पिआर, कि स्वदेशको जागिर छाडनुपर्ने कानुनी व्यवस्थाका लागि संघर्ष गर्दै आएका मन्त्री पण्डित थुप्रै कर्मचारी, मन्त्री, सांसद तथा उच्चपदाधिकारीहरुकै तारो बनेका छन्। यिनै समसामयिक विषयमा मन्त्री पण्डितसँग नागरिकका गुणराज लुइँटेल र अर्जुन सुवेदीले गरेको कुराकानीको सारसंक्षेप।

तपाईं मन्त्री बनेपछि यति महत्वपूर्ण निजामति सेवा ऐन पारित गराउनुभयो। अव यसको कार्यान्वयन कसरी हुन्छ?
झण्डै छ सय जनाको उजुरी आएको छ। ती उजुरी राष्ट्रसेवक कर्मचारीले र विदेशमा रहेका नेपालीहरुले दिएका हुन्। एसएमएस, इमेल र बन्दीखामबाट पनि उजुरी आएका छन्। उनीहरुलाई पहिल्यै कारवाही गर्नुपर्थ्याे। मैले बारम्वार कारवाही गर्नुपर्छ भनेको थिएँ। म गृहमन्त्री भएको भए पर्खिने थिइन। तर सामान्य प्रशासन परेको हुनाले मैले प्रशासनीक रुपमा मिलाइन भने यिनिहरुले सवै छुट पाउने थिए।

त्यसकारण म ऐन संशोधनतिर लागें। प्रशासनवीद्हरूसँग सल्लाह लिएँ। झण्डै चार सय भन्दा बढी वकिलहरुको सल्लाह लिएको छु। प्रशासनमा प्राध्यापन गर्नेदेखि लिएर इतिहासमा रहेका पूर्व मुख्य सचिवहरु, सचिवहरु, विज्ञहरु जे जति जतिछन् उनीहरुको सल्लाह लिएर यो ऐन आफैले ड्राफ्ट गरेको हुँ। धेरैले ऐन कन्सलट्यान्सी मार्फत अरुलाई ड्राफ्ट गर्न दिन्छन्, मैले त्यो गरिन। म आफ्नै च्याम्वरमा बसेर डाफ्ट गरें। त्यो बनाउने क्रममा कानून सचिव, महान्यायाधिवक्तादेखि लिएर नेपालमा मुद्धा लडने जति पनि वरिष्ठ वकिलहरु छन् उनीहरुलाई कसैलाई मन्त्रालयमा कसैले निवासमा राखेर छलफल गरेँ। उनीहरूलाई भनेँ– ‘भोलीपर्सी ऐनमा प्वाल छुट्यो भने तिमिहरुप्रति मेरो नजर खराव हुनेछ।’

सोही अनुसार ऐन ड्राफ्ट भयो। त्यसैले त्यसमा सवैको व्यापक समर्थन र सहयोग छ। तर कतिपय तात्तिएर मसँग आए। यो असम्भव हो भन्दै कतिपय पूर्व मुख्यसचिव पनि तातिए। कतिपय सचिव पनि तातिए। मैले क्याविनेटमै भनेको थिएँ– ‘डिभि, पिआर चाहिन्छ, यो देशको हितमा छ भन्ने को को हुनुहुन्छ? एकतिर हुनुहोस्। म चाँही एक्लै एकतिर हुन्छु। मन्त्रीज्यूहरु कोही चाहनुहुन्छ भने टुँडिखेलमा दुईतिर माइक लगाउँ, एकतिर तपाईंहरु सवै एक समूह भएर बस्नुहोला, अर्काेतिर म एक्लै बस्छु। मलाई कसैको सहयोग चाहिँदैन। तर म हारेँ भने सवैका अगाडि हात जोडेर राजनीतिबाट त्यही दिन सन्यास लिन्छु। तपाईंहरु हार्नुभयो भने त्यही दिन देखि सन्यास लिनुपर्ने हुन्छ। स्विकार्य छ? टुँडिखेलमा ढुंगा हान्ने डर छ भने बन्द हलमा सवै मिडियालाई बोलाउँ।

लाईभ बहस गरौं। तपाईरु एकतिर म अर्काेतिर बहस गरौं। म हारें भने त्यहिदिन देखि हात उठाउँछु। कोही तयार हुनुहुन्छ?’ साढे ५ घण्टाको क्याविनेटमा साढे तीन घण्टा म एक्लै बहस गर्थें। यो विषय आएपछि डेढ महिना त क्याविनेटमा छलफल भयो। तातो छलफल भयो। मैले जनप्रशासन संघ (पान)को मञ्चमा प्रमुख अतिथिको रुपमा बोल्दा भनेको थिएँ– ‘मलाई संसारको कुनै पनि ठाउँमा स्टेज तयार गर्नुहोस् म यसमा बहस गर्न तयार छु।’ धेरैलाई थाहा नभएको यो विषयमा मैले तपाईं सन्चारकर्मीहरुको पनि सहयोग लिएर काम थालेँ। जनतादेखि राष्ट्रपतिसम्म मैले कन्भिन्स गराएँ। राष्ट्रपतिज्यूले त भन्नुभयो– ‘मेरो छोरा त मैले फर्काएँ भने तपाईं अगाडी बढनोस् म छँदैछु।’ उहाँले म तपाईंको साथमा छु प्रधानमन्त्रीलाई पनि म भन्छु भन्नुभयो। जुनवेला मलाई संकट उत्पन्न भएको थियो। त्यो बेला झण्डै मेरो मन्त्रीपद बाट राजीनामा दिनुपर्ने स्थिती आएको थियो।

यही कारण राजीनामा दिनुपर्ने स्थिती आएको?
हो, झण्डै पाँच पटक मैले मन्त्री छाडनुपर्ने स्थिती आएको थियो। म विभिन्न ठाउँबाट यस्तो दवावमा परेको थिएँ। तर सवै संकटहरु मैले पार गरें। मैले राज्य व्यवस्था समितिको बैठकमा र एमालेको सवै केन्द्रिय सदस्य सहितका देशभरका नेताहरु भएको ठाउँमा भनेको हो। लिडरहरुलेनै यसले तपाईको ज्यानमा खतरा भयो भन्दा हिम्मत हुनेले झण्डा ओढाउनुहोला।

हिम्मत नहुने कायरहरुले मेरा लागि केही पनि गर्नुपर्दैन भनेको थिएँ। पछि यो प्रश्न राज्य व्यवस्था समितिमा उठ्यो। मैले त्यतिवेला पनि भनेको थिएँ– हिम्मत हुनेले झण्डा ओढाउनुहोला। म त अगाडी बढें। पछाडी हटनु भनेको आत्महत्या गर्नु हो। म आत्महत्या गर्नका लागि अगाडी बढेको होइन। मेरो ज्यान गयो र झण्डा ओढाउने कसैको हिम्मत आएन भने कमसेकम खोलाको किनारमा त फाल्दिनुहोला लास। आखिर त्यतिवेला जनताले मुल्यांकन गर्थे। मैले यसरी नै अगाडी बढेको हुँ। त्यसकारणले अन्तिम सहि गर्ने दिनसम्म पनि त्यसलाई फेल गराउन लाग्ने शक्ति लागे। तर ती सवै शक्ति अहिले परास्त भएका छन्। नेपाली जनतामा खुसीयाली छाएकोछ। सन्चारकर्मी साथीहरु, राष्ट्रसेवकहरु, तल्लो तहका जनताले गर्व गरिरहनुभाछ।

कमसेकम शिर ठाडो पारिदिने त मन्त्री आउनुभयो भन्नुहुन्छ। त्यसकारण सिमित मान्छे जसले सिमित स्वार्थका लागि राष्ट्र र नेपाली जनतालाई धरौटीमा राखेर दुनियाँको सामु नेपाललाई अपमानित गर्ने गरि, विदेशमा स्वदेशमा नेपाली जनताको ट्याक्सबाट दानापानी खान्छ उसले नेपाल र नेपालीलाई अपमानित गर्ने काम अव रोकिन्छ। कसैले आफु नेपाली हुँ भन्छ भने उसले नेपाली हुनुको कर्तव्य पनि पुरा गर्नुपर्छ। नागरिकता लिएँ त्यतिले मेरो कर्तव्य पुरा भयो भन्ने होइन। भूपू नेपालीबाट नेपाल चल्दैन। त्यसकारण म नेपाली हुँ भनेर गर्व पनि गर्नुपर्र्यो। नेपाल बनाउने मेरो कर्तव्य हो, मेरो जिम्मेवारी हो। मेरो जिम्मेवारीबाट मैले भाग्नुहुँदैन। इतिहासको कालखण्डमा प्रकृतीले सगरमाथा दियो।

त्यसलाई दुनियाँका सामु हामीले हाम्रो पहिचान गराउँदैछौं। इतिहासको कालखण्डमा गौतमबुद्ध त्याग र सर्मपणको कारण संसारलाई सन्देश दिए। उनको नाम अहिले हामी भजाउँदैछौं। अहिलेको नेपालीले राष्ट्रको समृद्धी, उन्नती, विकास र गौरवका निम्ती त्याग र समर्पण गर्नुपर्दैन? नयाँ पहिचान बनाउनुपर्दैन? समृद्धीको बाटोमा नेपाललाई हिँडाउनु पर्दैन? हामी सँधै अर्काको सामु मुख ताक्ने, हात थाप्ने, आफुचाहीं केही नगर्ने? यहाँ भएको वेला सपना विपनामा पनि विदेश देख्ने। विदेशमा भएको वेलामा पनि सपनामा पनि नेपाललाई सराप्ने विपनामा पनि नेपाललाई सराप्ने? यस्तो नेपालीबाट नेपाल बन्छ? परजीविबाट नेपाल बन्दैन। प्यारासाइटहरुको नेपालमा कुनै कामै छैन। मलाई जापानी प्रधानमन्त्रीले उहाँको निवासमा जाँदा भन्नुभएको थियो– नेपालीलाई धनी हुने मनै छैन। नेपाल बनाउँछु भन्ने आत्म गौरव नै छैन। डिउटी भन्ने चिन्नै छाडिसके। समय भनेको बुझ्दै बुझ्दैनन्। तपाईंले यति कुरा नेपालीलाई भन्नुस् त। यसलाई मन्त्र मानेर अगाडी हिँडनुस् त। जापानमा के छ? सवै मेनमेड छ।

नेपालमा के छैन? गर्न बाँकी सवथोक छ। नेपालीले गर्ने हो भने बुझ्दीने हो भने नेपालीसामु जापानीले हात थाप्नु पर्ने हुन्छ। यहाँहरुले सुन्नुभएकै होला जापानमा घर बनाउँदा हरिसिद्धीको इँटा लगेर घर बनाइन्थ्यो। नेपालबाट इट्टा लगेर घर बनाउँदा कति खर्च भयो होला? हामीसँग के छैन? त्यसकारण म भन्छु सवथोक नेपालमा छ। नेपालीले नेपाल बनाउने हो भने संसारको कुनैपनि ठाउँ जानैपर्दैन। मलाई यही कुरा उठाएपछि सिंगापुर युनिभर्सिटीले पढन बोलायो। म गएँ। दुईजना डिनहरुले म र मेरो टिमलाई क्लास लिए। तिमि जुन बाटोमा छौ प्रोग्रेसीभ बाटो हो। सिंगापुरसँग त केही पनि छैन। गेगरो माटो छ। मलेसियाबाट पानी लिएर खान्छ। इन्डोनेसियाबाट माटो लिएर घर बनाउँदै विकास गर्दै गएको हो। हिजो के थियो सिंगापुरसँग? आज के छैन सिंगापुरसँग? सवै हामी आफै गरेर भएको हो। तिमिहरुसँग के छैन? मिठो पानी खोज्ने हो भने दुनियाँमा मिठो पानी छ, हिमाल छ, क्षणक्षणमा परिवर्तन हुने मौसम छ। केहीकुरा विदेशबाट ल्याउनुपर्छ? तर जोश र जाँगर भने चाहिन्छ।

जुन डिभी पिआर सम्वन्धि जुन व्यवस्था आयो यो निजामति तहमा मात्रै लागु हुन्छ भन्ने छ। राजनीति तहमा पनि लागु हुन्छ कि?
राजनीतिक तह निम्ती केही नेपाल ऐन संशोधन विधेयक आउँदैछ त्यसले यो सम्वोधन गर्छ। राजनीतिक दलसम्वन्धि ऐनमा पनि यो हाल्नुपर्छ। त्यसपछि संस्थान, सुरक्षा अंग, विद्यालय, अर्धसरकारी संस्था, बैंकहरु लगायतका जति छन् ति सवैमा लागु हुनेगरि केही नेपाल ऐन संशोधन हुन्छ। प्रधानमन्त्री कार्यालयबाट त्यसका लागि विहीबार परिपत्र भैसक्यो। कार्यान्वयन कसरी हुन्छ भने ऐनले बाटो राखिदिएकै छ। ३० दिनमा स्विकार गर्नुस्, बाँकी ३० दिनमा डिभी छोडन्स् वा जागिर। नभए ६० दिनपछि भविष्यमा अयोग्य ठहरिने गरि वर्खास्त गर्ने र कुनै सुविधा पनि नदिने भनिसकेको छ। र उजुरी परेको तीन दिनभित्र कारवाही सुरु गर्नुपर्छ। कारवाही नगर्ने अधिकारीनै कारवाहीमा पर्छ। अव सरकारी कर्मचारीले निजी क्षेत्रको काम पनि गर्न पाइँदैन। अव कन्सल्टेन्सी, आइएनजीओ, एनजिओ खोज्ने, कलेज, ट्युसन सेन्टर, युनिभर्सिटीमा पढाउन जाने, बोर्डिङस्कुल धाउने र निजी लाभको निम्ति कुदने, सरकारी टेवुलमा टोपी र कुर्सीमा कोट झुण्ड्याएर हिँडनेले अव जागिर खान सक्तैन।

तर तलव थोरै छ, यो नगर उ नगर भन्दा समस्या हुँदैन?
ऐनमै व्यवस्था छ, २४ घन्टामा जुनसुकै वेला राष्ट्रले खटाउन सक्छ। विदा सुविधा हो, अधिकार होइन। तपाईंले सुविधालाई अधिकारको रुपमा परिभाषीत गर्नुभयो भने दण्डित हुनुहुन्छ। अव तपाईंको गाउँ टोल, समुदायमा त्यस्तो मान्छे छ भने तपाईंले उजुरी दिन सक्नुहुन्छ। कार्यालयमा कोही मान्छे छ भने त्यहीकै कर्मचारीले पनि उजुरी दिन सक्छ। मैले सवैलाई आह्वान गरिसकेको छु। सम्वन्धित मन्त्रालयमा भएन भने सामान्य प्रशासन मन्त्रालयमा उजुरी दिनु भनेर ऐनमै व्यवस्था गरिएको छ। अस्तीभर्खरै एयरपोर्टमा ग्रिनकार्ड लिएको मान्छेलाई कार्यालयमै प्रवेश गर्न दिएनन्। कि ग्रिनकार्ड छाडनुस् कि जागिर छाडनुस् भनेर कर्मचारीले कामै गर्न नदिएपछि ती उपसचिवले त्यही दिन राजीनामा दिए। कस्तो लाजमर्दाे?

अहिलेसम्म यसरी राजीनामा दिनेको संख्या कति पुग्यो?
अहिलेसम्म राजीनामा दिनेहरुले पारिवारिक र स्वास्थ्यको कारण देखाएका छन्। तर भित्री कारण चाहिँ तिनले डिभि, पिआर लिएका छन्। सवैमाथि अनुसन्धान भैरहेको छ। आखिर सवै रेकर्ड निजामति कितावखानामै पुग्ने हो। पेन्सनपट्टा त्यही बन्ने हो। सवै तथ्यांक त्यहीबाट लिएर अघि बढछौं। हामीले राजीनामा देऊ भनेको होइन, राष्ट्रको निम्ती सर्मपित होउ भनेको हो। तर ऊ राष्ट्रको निम्ती समर्पित हुन चाहेन, छाडेर भाग्न चाह्यो भने त हामीले डोरीले तानेर राख्दैमा पनि राष्ट्र बन्दैन। हामीले अव ३० दिन आफुसँग छ/छैन भन्न, बाँकी ३० दिन रोज्न र बाँकी समय दण्ड गर्नका लागि समय दिएका छौं।

तीस दिनको गणना कहिलेदेखि सुरु हुन्छ?
राष्ट्रपतिज्यूले प्रमाणीकरण गरेकै दिन अर्थात गत आइतबारदेखिनै लागु भैसक्यो।

तपाईं मन्त्री बनेर आउनेवित्तिकै यो विषय उठाउनुभयो। यसले तपाईंलाई कसरी तान्यो? कसरी यसबारेमा अध्ययन गर्नुभयो?
मलाई २०४८ सालमा त्यतिवेला बहालवाला प्रधानन्यायाधिशले भन्नुभएको थियो– अव म जतिदिन प्रधानन्यायाधिश रहन्छु नेपालमै रहन्छु। मेरो परिवारका सवै मान्छेहरुलाई अमेरिका पठाइसकें। मैले पनि रिटायर्ड लाइफ अमेरिकामै विताउँछु। पछि बस्नुभएन एउटा कुरा हो। तर उहाँले आफुले लिएकेा त स्विकार गर्नुभयो नि त! त्यसदिन मलाई सवैभन्दा ठुलो हिट भयो।

जापानमा म लगायत जुन संसदीय टोलीले प्रधानमन्त्री भेट्यो। फर्कदाखेरि काठमाडौं एयरपोर्टमा मेरो टाउको दुख्छ तत्कालीन सभामुखले भने। नेपाल आफ्नो मातृभूमिमा ल्याण्ड गर्दा टाउको दुख्छ भने त्यो मान्छेलाई देश कति प्यारो रहेछ? वेलायतका लागि नेपाली राजदुत मुरारी शर्माले वेलायतमा मेरो देशबाट यो राजदुत पठाइदेऊ भनेर बेलायतको परराष्ट्र मन्त्रालयबाट चिठी लेखाउने हो भने त्यो चिठीबाट नेपालीहरु अपमानित हुन्छन् कि हुँदैनन्? नेपाल सरकारले उसलाई फेरी नियुक्त गरेन। नगरेपछी उतै पिआर लिएका थिए उनी उतै बसे। राष्ट्रको स्वाभिमान वेच्दा, राष्ट्रको अपमान हुँदा राष्ट्रवादी मान्छेको मन रुन्छ कि रुँदैन? एकजना पूर्व मुख्यसचिवले आफु मुख्यसचिव रहेकै वेला पिआर लिएका थिए। पछि मुख्यसचिवबाट रिटायर्ड भएपछि उनी त्यहिदेशका लागि राजदुत भएर गए।

उनी नेपालको भनेर गएपनि जहाँको पिआर लिएका थिए त्यही देशको राजदुत भए नेपालको अपमान भयो कि भएन? एकजना सहसचिवलाई अमेरिका पठाउन खोज्दा मन्त्रालयले अमेरिकी दुतावासमा भिषा दिनका लागि पत्र लेख्यो। पछि अमेरिकी दुतावासले जवाफमा के पठायो भने यसको ग्रिनकार्ड भएको हुँदा भिषा दिन नपर्ने भनेर लेख्यो। यो नेपालीको अपमान हो कि होइन? कुमार लामा पिआर नलिएको भए आज पक्राउ पर्थे? जान पाउँथे? सुरक्षाको संवेदनशिल ठाउँमा रहेका मान्छेले पनि लिएपछि देशको अपमान भयो कि भएन? जसले नीति निर्माण गर्छ, जसले राष्ट्रनिर्माणको जिम्मेवारी बोकेको छ, अगुवाइ गर्छ, उसले यो देश बनाउने मेरो जिम्मेवारी होइन भन्छ।

सडकमा चनाचटपटे, चिया वेचेर, मजदुर भएर गुजारा गर्ने, खेतमा कृषी श्रमीक, गरिव कृषक भएर गुजारा गर्नेलाई देश तिमिहरुले विगारेको भनेर दोष लगाइदिने हो भने देश कसले विगारेको हुन्छ? नीति निर्माण गर्नेले विगारेको हुन्छ कि जसको जति जिम्मेवारी छ उसले त्यतिनै जिम्मेवारी लिनुपर्छ। उसले आफुले अपराध गर्ने अनि अरुतिर देखाउने? त्यसकारणले गर्दा मैले साँच्चीकै देशका दोषीहरु को हुन? भनेरै यो अभियान चलाएको हुँ। देशका बाधा अवरोध को हुन? चिन्न खोजिएको हो। अव अर्काे नीति आउँछ। हुण्डीबाट पैसा पठाउनेलाई अपराध मानेर दण्डित गर्ने। श्रमिक बैंकको अवधारणा उठाएको छु मैले। श्रमिक युवा अरवको भुमिमा ५० डिग्री सेल्सीयसमा अहिले काम गरिरहेका छन्। दिनको सरदरमा चार वटा लास आइरहेको छ। ति युवाहरुलाई सेल्युट गर्छु। उनीहरुले एक रुपैयाँ बचाउँछन् भने पनि त्यो राष्ट्रमै आउँछ।

तर म तिन्लाई जसले पिआर, डिभी, ग्रिनकार्ड लिएर यहाँबाट हुन्डी मार्फत राष्ट्रको सम्पत्ति ओसार्नेहरु राष्ट्रका निर्माता होइनन् अपराधीहरु ह्न। जसले नेपालबाट सम्पत्ति ओसार्छ, ति अपराधीहरुलाई कारवाही नगरे कसलाई कारवाही गर्ने? त्यसकारणले यो अपराधपूर्ण काम हुन दिन्न। र राष्ट्रनिर्माणमा बाँचुन्जेल लाग्नुपर्छ। साँच्चीकै राष्ट्रभक्त, सेवकले बाँचुन्जेल राष्ट्रका निम्ती सेवा गर्नुपर्छ। किनभने देशका हरेक नागरिकलाई बाँचुन्जेलको लगानी राष्ट्रले लगाएको छ। त्यसकारण विशिष्ट श्रेणीका पूर्व राष्ट्रसेवकको कार्यकारी परिषद पनि गठन गरेर उहाँहरुलाई सरकारको प्रमुख सल्लाहकारको रुपमा भूमिका खेल्न आह्वान गरिएको छ।

अवकास पाएर पेन्सन लिइरहेका मान्छेहरु, जसले डिभी पिआर लिएका छन् उनीहरुलाई के हुन्छ?
मैले सुरुमा यिनिहरुलाई पनि कारवाहीको दायराभित्र लगौं भनेको थिएँ। तर यसमा सहमती भएन। त्यसकारणले हाललाई कारवाहीको दायराभित्र पर्दैनन्। भविष्यमा यतातर्फ पनि सोच्नुपर्छ।

जस्तो अहिले तपाईं मन्त्री हुँदा यसलाई कडाई साथ लागु गर्नुहुन्छ। तर भोली सरकार परिवर्तन हुँदा के हुन्छ? संशोधन गरेर फितलो बनाइन्छ कि?
ऐन संसदले संशोधन नगरी हुँदैन। नेपालका जनप्रतिनिधिहरु त्यस्तो काम गर्लान भन्ने मलाई लाग्दैन। अर्काे कुरा मलाई सँधैका लागि सामान्य प्रशासन मन्त्री बनाएको हो भन्ने म ठान्दिन। त्यसकारण जो जहाँबाट आ आफ्नो ठाउँबाट सवैले कार्यान्वयनमा सहयोग गर्नुपर्छ। म पछि पनि आउने मन्त्री जो हो उहाँले यो बाटो अवरोध गर्न सक्नुहुन्न। फराकिलो बनाएर लैजानु भयो भने म अझै खुसी हुन्छु।

यो ऐनको दिर्घकालिन प्रभाव कस्तो देखिएला?
राम्रा राम्रा विज्ञहरु ठाउँ नपाएर सडकमा भौतारिरहेका छन्। कतिपय बाहिर पनि गैरहेका छन्। व्रेनडेनको समस्या पनि छ। अव यो समस्या हटछ। युवाहरुको रोजगारी बढछ। र त्यसपछि नेपाली बरिष्ठ पदाधिकारीहरुले डिभि, पिआरको लोभमा विदेशीहरुले सक्षम जनशक्ति लैजाने जुन क्रम थियो अव त्यो रोकिन्छ। नेपालका महत्वपूर्ण सूचना सहज रुपले एनजीओ आइएनजीओ मार्फत पनि यिनिहरुले लगिरहेका थिए। ति सवै कुरा रोकिन्छन्। यसले राष्ट्र निर्माणमा मद्धत पुग्छ।

हाम्रो नेपालको कर्मचारीतन्त्रमा कामचलाउ ‘माडसाप’ प्रवृत्ती छ। यसलाई कसरी सुधार गर्नुहुन्छ?
राष्ट्रसेवकको मनोवल बढाउन पनि म लागिरहेको छु। अनुमानयोग्य सरुवा प्रणाली पनि मैले ल्याउने तयारी गरिरहेको छु। आधिकारीक टेड युनियनको निर्वाचन मार्फत पनि कर्मचारीतन्त्रलाई सुदृढ गर्नेतर्फ धेय छ। सकभर यहि महिनाको मन्त्रीपरिषद बैठकमा कर्मचारी कल्याणकारी कोषको व्यवस्था गर्न प्रस्ताव लैजान्छु। सामान्य प्रशासन मन्त्रालयलेनै सम्हालेको स्टाफ कलेज छ।

स्टाफ कलेजको पनि समयानुकुल स्तर विकास गर्नका लागि लागिरहेको छु। सवैकर्मचारीहरुलाई यसमार्फत तालिमको व्यवस्था गर्दैछु। परिवर्तन हुन नसक्ने कर्मचारीलाई खाली गरेर भएपनि नयाँ जोश जाँगर भएका युवा र विज्ञहरुको भर्नालाई पनि मैले जोड दिइराखेछु। एकदिन राती मलाई एउटा फोन आयो– भेट्न सक्छु कि सक्दिन भनेर। पूर्वमन्त्री गोविन्दराज जोशीको छोरा दिपकराज जोशीको छोरा आउनुभयो। म तपाईंदेखि एकदमै प्रभावित भएर आएको हुँ। अमेरिकामा इन्जीनियर थिएँ। मैले त्यागेको ग्रिनकार्ड यहीँ छ। त्यो क्यान्सिल गराएको पत्र यही हो भनेर मलाई देखाउनुभयो। तपाईंबाट प्रभावित भएर फकिएँ भन्नुभयो। यो सुन्दा मलाई खुसी लाग्छ। अहिले पनि संसारका विभिन्न युनिसर्भिटी टप गरेका १४ हजारमा स्वयंसेवी विद्यार्थी यहाँ काम गरिरहेका छन्। उनीहरु त्यहाँ बसेको भए लाखौं कमाउन सक्थे।

त्यसकारण राष्ट्रप्रति केही गरौं भन्ने भावना भएका पनि थुपै छन्। यही भुइँचालोमा पनि संकट परेका वेलामा युवा शक्ति, राजनीतिक शक्ति कसरी परिचालित भयो। यसलाई पनि ख्याल गरौं। त्यसकारण मातृभूमिलाई संकट पर्दा आमाले दुध बगाएको इतिहास पनि छ। वीर बलभद्रले ‘म कुकुरको बच्चा होइन बाघको डमरु हो’ भनेको इतिहास छ। त्यतिवेला नेपालले कसरी युद्ध लड्यो। सार्वभौमिकताको रक्षा भयो। सिन्धुलीगढीको लडाईंँमा तोपसँग गुलेलीले लडेर जितेको होइन? रुपन्देहीमा के ले लडेर जिते? ठुला ठुला गाईगोरुको सिङमा आगो बालेर देवी देउता आयो भनेर सारा भागेको होइन? नालापानीको लडार्इं कसरी लडियो? अहिलेजस्तो मिनिरल वाटरको बोतल पनि थिएन, चाउचाउ पनि थिएन। पुर्खाले कसरी नेपाल बचाए हामीले गौरव गर्नुपर्छ कि पर्दैन? नयाँ इतिहास रच्नुपर्छ कि पर्दैन? हाम्रो जिम्मेवारी र दायित्वभित्र पर्छ कि पर्दैन यो पनि ख्याल गर्नुपर्छ। कि भाग्नेमात्रै जिम्मेवारी हो?

यो ऐन पास गराउने तपाईंको यात्रा कस्तो रह्यो?
यात्रा खुसी, संकट र तनावपूर्ण सवै भयो। तर अस्ती म सर्लाहीमा थिएँ। त्यतिवेला संसदबाट पास भयो भन्दा म गाडीमा लिफ्ट लिइरहेको थिएँ। मेरो गाडी चलाउने डाइभरसँगको त्यो पहिलो दिन चिनजान थियो। ती डाइभरले भने– ‘धेरै बोल्नु त हुँदैन, सिनेमामा हिरोले मार खान्छ, दुख कष्ट हुन्छ। भिलेनको दादागिरी हुन्छ। तर अन्तिममा हिरो चम्कन्छ। भिलेन मर्छ।’ उनले भनेको सुनेपछि म असाध्यै मार्मिक भएँ।

ति भिलेनहरु को को हुन? भन्न मिल्छ?
तपाईंहरुको अगाडी कुनै कुरा लुकेको छैन। यसलाई रोक्न अन्तिमसम्म मरिमेटने कति थिए ति सवै भिलेन हुन्। नबुझ्नेहरु अनविज्ञ हुन पाइन्छ। तर बुझिसकेपछि सहयोग र समर्थन गर्नेलाई म भिलेन मान्दिन।

डिभी, पिआर लिएका कर्मचारी कति होलान्?
मेरो अनुमानमा हजार १२ सय कर्मचारी निजामति सेवामा होलान्। देशभरका सवै सरकारी सेवाको कुरा गर्ने हो भने १० हजार भन्दा बढी छन्। जसमा अधिकांश माथिल्लो तहका छन्। कुन कार्यालय सहयोगीले डिभी भर्छ,? मुखियाले भर्छ? कमसेकम शाखा अधिकृत भन्दा तलकाले भर्दैन। गाउँमा गयो भने पनि प्रावि शिक्षकले भर्दैन। भर्न त मावि शिक्षकले भर्छ। क्याम्पसको प्राध्यापकले भर्छ।

निजामति कर्मचारीमा व्यापक भ्रष्टाचारको समस्या छ। त्यसलाई नियन्त्रण नगरी डिभी, पिआरलाई मात्रै कसेर हुन्छ? भन्ने पनि छ नि।
एकरुपैयाँ चोरे पनि चोर हो। पाँच चोरे पनि चोर। लाखौं चोरेपनि चोर। अर्काे कुरा मन्त्रीपरिषदको कार्यसम्पादन नियमावली छ। त्यसले विभिन्न मन्त्रालयहरुलाई विभिन्न अधिकार दिएको छ। अख्तियार किन बनाएको छ? राष्ट्रिय सतर्कता केन्द्र किन बनाएको? सवै कुरा सामान्य प्रशासन मन्त्रालयले गर्ने भए अख्तियारको आवश्यकता त पर्ने थिएन।

पुलीस पनि म आफैले चलाउन थालें भने गृहमन्त्रीको काम कसरी हुन्छ? वैंकमा गडवडी देख्दा वा डाँका पक्रन पनि सामान्य प्रशासन मन्त्रालय चाहियो भन्ने हो भने के हुन्छ? मलाई अस्ती मुग्लीनतिरबाट फोन आएको थियो। फोन गर्नेले भन्यो : हजुर ६० रुपैयाँको कोकाकोलालाई ८० भन्यो के गर्ने? अव मैले ६० रुपैयाँको कोकाकोलाई ८० किन लिएको भन्ने हो भने त भएन नि! म अघि बाटोमा आउँदै गर्दा एकजनाले फोन गर्नुभएको थियो। सन्चयकोषमा फारम भराएको पनि ५० रुपैयाँ लिँदोरहेछ। उहाँले सोध्नुभयो– तपाईले कहिले नियन्त्रण गर्नुहुन्छ? जसले पनि फोन गरेर मलाईनै सुनाउँछन्।

अस्ती भुइँचालोको वेला राहत चाहियो। खान पाइएन भनेर फोन आयो। कहाँ हो भनेको महाराजगन्ज छु भन्यो। मैले ल राहत पठाइदिन्छु भनेँ। अनि त उसले कहाँ खाना मात्रै भएर हुन्छ मलाई पेट्रोल पनि चाहियो। मोटरसाइकलमा पेट्रोल पनि छैन पो भन्यो, अनि फोन राखिदिएँ। भुईँचालोको वेलामा राहत पाइन भन्यो ल राहत पठाइदिन्छु भन्दा मोटरसाइकलको तेल पनि पठाइदिनुपर्ने? केही दिन अघि म पूर्व जाँदै थिएँ, एकजनाले फोन गरेर भन्योः म कन्चनपुरमा छु। मेरो आमा मर्नुभयो। मसंग पैसा जतिपनि छ। हेलिकप्टर भनिदिनुपरो।

मैले भने राज्यले नीजि कामका लागि हेलिकप्टर पठाउँदैन। बरु निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्नु नि भनेर भनेँ। विहान साढे पाँच बजे फेरी फोन गरेर अझै हेलिकप्टर आएन भन्छ। एयरपोर्टमा त सवैको फोन नम्वर हुन्छ, लिनुस् न भनेँ। फेरी साढे १२ बजे फोन गरेर होइन हेलिकप्टर अझै आएन। मेरो आमा मरेकोमा तपाईंलाई दुख लाग्दैन? भन्यो। धेरै लियो भने १५ सयमा त्यहाँबाट गाडी लिएर रोल्पा पुग्न सकिन्छ। पैसा जतिपनि छ भन्छ। तर उसलाई आमा मरेकोमा हेलिकप्टर चाहियो भन्छ। मैले भनें तपाईको आमा मरेको होइन ढाँट कुरा नगर्नुस। उसले फोन राख्यो। यस्तो छ यहाँका मान्छेहरुको ताल। गलत मान्छे रहेछ भने मैले त्यसलाई पन्छाइहाल्छु नत्र जो सुकै होओस फोन गरेर समस्या, आपतमा परेका वेला मैले सकेसम्म सहयोग गर्छु। म गत संविधानसभामा हुँदाखेरी सुझाव संकलनका क्रममा ज–जसले सुझाव राखेका थिए मैले ति सवैलाई फोन गरेर धन्यवाद भनें।

डिभि पिआर लिनेलाई कारवाही गर्ने त भनियो। कसले लिएको छ, कसले छैन कसरी पत्ता लगाउने?
अव जनताले सूचना दिन्छन्। एउटा पद खाली भयो भने अर्काले जागिर पाउँछ, आफ्नो समकक्षी कहाँ जाँदैछ भन्ने त्यही काम गर्ने अर्काेले सूचना पाउँदैन? आशंंका हुनेहरुलाई सरकारले पत्ता लगाउँछ। मैले एउटा चिठी एयरपोर्टमा लेखें भने कर्मचारीको पासपोर्ट त छुट्टै हुन्छ। अध्यागमनमा यो कुन किसिमको भिसाबाट जाँदैछ। सवै रेकर्ड राखेर मलाई जानकारी गराउनु भनेपछि त सवैको एकैठाउँबाट आइहाल्छ। कोही लुकेर दिल्लीबाट जान खोज्ला कति दिन जान्छ। आउँदा त यहीँ आउनुपर्ला। हाम्रा विभिन्न नियोगहरु विभिन्न देशमा रहेका छन्। विभिन्न देशका कुटनीतिक नियोगहरु यहाँ रहेका छन्।उनीहरुबाट पनि सहयोग लिउँला। परराष्ट्रकाले पनि केहीले लिएका छन् भन्ने जानकारी पाएपछि सम्पूर्ण लिष्ट मलाई पठाउनु भनेको छु। सवै प्राप्त सुचना भेरिफाइ गर्छु। कोही छुटदैन।

अहिलेको कानून अनुसार त कसैले डिभी पिआर लिएर सूचना लुकाएपनि त्यसलाई पनि कारवाही हुन्छ नि?
त्यसको पनि जागिर जान्छ। अव युवा कति आउँछन् हेर्नुस न। ६० दिनभित्र उता त्याग्यो भने यता काम गर्न पाउँछ।

नेपालमा भएका विभिन्न देशका नियोगहरुले तपाईंसँग चासो दिएर भेटेका थिए। उनीहरुको प्रतिक्रिया कस्तो रह्यो?
राम्रो रह्यो। अमेरिकी राजदुतले हाम्रो देशमा यस्तो त राष्ट्र्रघात हुन्छ भने। त्यत्रो ऐन कानून बनाइयो पुलिस छ, प्रशासन छ तर पनि अलिकलि चोर त हुन्छन् नि। चोरहरुको नयाँ नयाँ बाटो निस्कियो भने समात्नेबाटो पनि नयाँ नयाँ निस्कन्छ। पहिला सिसि क्यामेरा थिएन। आजकल त सिसिक्यामेरा हुँदा पनि अझै छल्छन्।

पछिल्लो समय नेपालीको औसत आयु बढेको हुनाले कर्मचारीको उमेरहद बढाउनुपर्छ भन्ने कुरा आइरहेको छ। तपाईंको धारणा के छ?
छलफल चलिरहेको कुरा हो। ५८ बाट ६० पुराउनुपर्छ भन्ने कुरा आइरहेको छ। म भने युवाहरुलाई प्राथमिकता दिनुपर्छ भन्ने पक्षमा छु।

ऐन जारीभएपछि प्राविधिकतर्फका कर्मचारीहरुले विरोध गरिरहेका छन्। उनीहरुको व्यवस्थापन कसरी हुन्छ? माग पुरा गरिदिएर वा कारवाही गरेर?
हामीले यो मन्त्रालय प्राविधिक हो। यो प्रशासनको हो भनेर छुट्याएका छैनौं। नियमावली बनाएर समन्वय गरेर लिएर जान्छौं। तर विशिष्टीकरणको युग सुरु भैसकेकाले त्यसबाट पछाडी हटिदैन। कानून नमान्नेलाई कारवाही हुन्छ।
यो खबर नागरिक दैनिकको हो |
एजेन्सी, मुम्बई, साउन ३

बाहुबलीले बक्सअफिसमा तहल्का पिट्दै भातको सबैभन्दा र विश्वकै दश बढी पैसा बटुल्ने फिल्मभित्र पर्न सफल भएको छ। बलिउडलाई पनि टक्कर दिँदै विश्व बजारमै आक्रामक देखिएको सो फिल्म चल्नुमा फिल्मको प्रस्तुति र विषय मात्र काफी थिएन। दर्शकलाई हलसम्म तान्ने बजार रणनीति पनि फिल्म चल्नुको प्रमुख कारण हो।

एस.एस राजमौली निर्देशित फिल्मले पैसा बटुल्ने फिल्ममा मात्र आफ्नो नाम दर्ता गराएको छैन अब उसले ‘गिनिज अफ वल्र्ड रेकर्ड’ मा समेत नाम दर्ता गराएको छ। अहिलेसम्म विश्व फिल्म इतिहासमै सबैभन्दा ठूलो पोष्टर बनाएका कारण गिनिज बुकमा नाम दर्ता गर्ने अवसर पाएको हो।

फिल्मको सो पोष्टरको आयतन नै पचास हजार वर्गफिट रहेको छ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home