• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं । क्रिस्यिन धर्मका गुरु पास्टरले बालिकालाई किस गर्दा एकदमै महंगो मुल्य चुकाउनु परेको छ ।
दक्षिण कोरियाको राजधानीस्थित एक अदालतले बालिकालाई किस गरेको आरोपमा एक पास्टरलाई १ करोड ५० लाख कोरियन वन जरिवाना तिराएको हो ।
ली थर भएका ७३ वर्षिय पास्टरविरुद्ध गतवर्ष १० वर्षिय बालिकाको गालामा किस गरेको उ«जुरी परेको थियो । उक्त उजुरी सोल सर्वोच्च अदालतद्धारा शनिबार पुष्टि भएपछि वृद्ध लीलाई अदालतले उक्त जरिवाना तिराएको हो ।
पास्टर लीले बालिकाको हात समाई गालामा किस गरेका थिए । लीले अदालतमा वालिकालाई किस गर्नु यौन दुराचार नभएको भन्दै उजुरी खारेज गर्न अनुरोध गरेका थिए । तर अदालतले उनको अपिल अनुचित भन्दै बालिका पक्षलाई न्याय दिलाएको हो । एजेन्सी
dainiknepal.com
मुम्बई । बलिउडका केही फिल्म पण्डितहरुले सन् २०१६ मा शाहरुख खान र सलमान खानको बोलचाल बन्द हुनसक्ने अनुमान गरेका छन् ।
बलिउड यस्तो ठाउँ हो जहाँ एक अर्कासँग नबोल्नका लागि खास कारण चाहिंदैन । शाहरुख, सलमान, ऋतिक सबैले सामान्य कारणमै केही वर्ष बोलचाल बन्द गरेको इतिहास साक्षी छ ।
भारतीय समाचार एजेन्सीले उल्लेख गरे अनुसार सन् २०१६ मा शाहरुख र सलमानले अभिनय गरेको फिल्म एउटै मितिमा प्रदर्शन हुने सम्भावना छ ।
आदित्य चोपडाको लगानी, अलि अब्बास जफर निर्देशित ‘सुल्तान’ मा सलमानले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् ।
एक्सेल इन्टरटेनमेन्ट र रेड चिल्लीज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘रईस’ मा शाहरुखले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । यी दुबै फिल्मको रिलिज मिति पनि एकै दिन हुने बलिउडकर्मीको अनुमान रहेको छ ।
बर्षौंपछि दोस्तीको हात बढाएका यी दुई हस्तीवीच फिल्मी टकरावले फेरि बोलचाल बन्द हुनसक्ने बलिउड पण्डितहरुको अनुमान छ । बहिनीको बिबाह र सलमानको जेल प्रकरणपछि यी दुई हस्तीवीच यतिबेला सम्बन्ध सुमधुर बनेको छ ।
www.onlinekhabar.com
घरमा सजाउनका लागि भित्तामा मनी प्लाष्ट वा लहरे फुल जस्ता कुनै विरुवा राख्नु भएको छ भने तपाइँ गल्ति गर्दै हुनुहन्छ । वास्तु विज्ञानका अनुसार यस्तो गर्दा तपाइँका शत्रु मात्र बढ्छन् ।



वास्तु विज्ञानका अनुसार घरको भित्तामा लहरा भएका बोट विरुवा लगाहुनु अशुभ मानिन्छ । यस्तो गर्दा तपाइँका शत्रु बलबान हुन्छन र तपाइँलाई नोकसान पुर्‍याउन सक्छन् ।

घरको ढोकामा लहरा भएका विरुवा लगाउनु पनि वास्तुशास्त्र अनुसार अशुभ मानिन्छ ।

मत्स्य पुराणमा वास्तु विज्ञानको प्रभाव उल्लेख छ । जसका अनुसार लहरा भएका बोट विरुवाबाट शुक्र ग्रहमा प्रभाव पर्छ र यसले घरको दक्षिण भाग वा खाली भागमा मात्र यस्ता विरुवा लगाउनु पर्छ ।

कुनै रुखको साहारामा माथि जाने यस्ता विरुवा लगाउँदा सँधै ध्यान दिनु पर्छ ।
सुन्दै अनौठो तथा अपत्यारिलो लाग्ने एक समाचार अनुसार दक्षिण अमेरिकी देश चिलीकी एक वयोवृद्धा महिलाको पेटभित्र ५० वर्ष पुरानो ‘बच्चा’ फेला परेको छ । ९२ वर्षकी ती महिलाको पेटमा झण्डै दुइकिलो तौलको भ्रुण फेला परेको हो । त्यो बच्चा ५० वर्ष पुरानो रहेको डाक्टरहरुले बताएका छन् ।
चिलीको सान एन्टोनियो सहरस्थित एक अस्पतालमा डाक्टरहरुले ती महिलाको एक्सरे रिपोर्ट हेरेपछि पेटभित्र भ्रुण रहेको यस्तो तथ्य पत्ता लगाए ।
गर्भ रहेपनि राम्रोसँग भ्रुणको विकाश हुन नसकेको र सो भ्रुण तुहिनु वा जन्मिनुको साटो पाठघेर बाहिर रहेपछि क्याल्सियमको कडा पत्रले छोपेपछि यस्तो अवस्था हुने डाक्टरहरुले बताएका छन् । त्यस्तो प्रक्रियालाई चिकित्सा भाषामा लिथोपेडियन अर्थात् स्टोन बेबी भनिन्छ । त्यसक्रममा पाठेघर भन्दा बाहिर विकशित भएको भ्रुण जन्मिन सक्दैन र त्यो अन्ततः क्याल्सियमको कडा पत्रले घेरिएर डल्लो बन्दछ । त्यसलाई ढुंगे बच्चा भन्न सकिन्छ ।
चिकित्सा इतिहासमा विश्वमा अहिलेसम्म ३ सय वटा यस्ता घटना फेला पारिएको छ । ती महिलाको उपचार गर्ने अस्पतालका डाक्टर मार्को भर्गास लाजोले घटनालाई असाधारण दुर्लभ घटना भनेका छन् । भ्रुण निकै विकशित तथा ठूलो आकारको रहेको र त्यसले महिलाको भुँडीक्षेत्र अर्थात् एब्डोमिनल क्याभिटीको अधिकांस भाग ओगटेर रहेको डाक्टरहरुको भनाइ छ ।

महिलाको उमेर निकै पाको रहेको र त्यस उमेरकी महिलामा शल्यक्रिया गर्नु जोखिमपूर्ण हुने हुँदा उक्त भ्रुणलाई महिलाको पेटभित्रै जस्ताको तस्तै छाडिएको छ । त्यसैले अस्पतालले उनलाई उपचार विना नै घर पठाएको छ ।
स्मरण रहोस् गएको वर्ष ब्राजिलमा एक ८४ वर्षकी महिलाको पेटभित्र ४४ वर्षको भ्रुण फेला परेको थियो । त्यस्तै सन् २०१३ मा एक ८२ वर्षे वृद्धाको पेटमा पनि यस्तै स्टोन बेबी फेला परेको थियो भने सन् २००९ मा एक ९२ वर्षे चिनिया महिलाको पेटमा ६० वर्षको ढुंगे बच्चा फेला परेको थियो ।
विश्वको चिकित्सा इतिहासमा महिलाको पेटमा ढुंगे बच्चा भेटिएको सबैभन्दा पहिलो घटना भने सन् १५८२ मा भएको थियो । प|mान्सकी ६८ वर्षीया म्याडम कोलोम्ब चट्रीको मृत्युपछि उनको शवको पोष्टमार्टम गर्दा उनको पेटमा २८ वर्ष पुरानो यस्तै भ्रुण फेला परेको थियो ।
www.onlinekhabar.com
अवसर पाउनासाथ विदेश सयर गर्ने, रमाइलो गर्ने अनि फर्कने । हातमा शून्य । प्रायः नेपाली कलाकारको अवस्था यस्तै हो । तर, केही कलाकार यस्ता पनि छन् जो विदेश पुगेको अवसर पारेर आफ्ना लागि होइन कि अरुका लागि पनि केही गरौं भन्ने सोचमा हुन्छन् र त्यसबारे सोचिरहन्छन् ।
पछिल्लोपटक अभिनेत्री रेखा थापाले पनि अमेरिकाको बसाईमा नेपाली चलचित्र र नेपाली कलाकारका लागि राम्रै, गतिलै र उल्लेखनीय कार्य गर्ने भएकी छन् । ‘त्यसैका लागि म अमेरिका आएकी हुँ । तर उता नेपालमा मेरोबारेमा गलत हल्ला चलाइएको छ,’ उनले गुनासो पोखिन् । नेपाली चलचित्र र नेपाली कलाकारहरुको हितका लागि आफू अमेरिकामा विभिन्न कार्यक्रममा सहभागी भइरहेको कुरा रेखाले बताइन् र उनलाई त्यस कार्यमा विश्वचर्चित व्यक्तित्व सुदर्शन गौतमले साथ दिएका छन् । बजारमा सुदर्शन र उनका बारेमा आएका अफबाहहरुलाई रेखा गलत र भूमपूर्ण भन्छिन् । ‘त्यो सब समयले बताउनेछ । केही समयपछि म नेपाल आउँदै छु र त्यसपछि सबै कुरा घामजस्तै छर्लङग हुनेछ । अहिले नबोलौं,’ रेखाले भनिन् । आजको घटना र विचार साप्ताहिकमा खबर छ । www.ratopati.com
काठमाडौं, ९ असार । एकातिर भीरबाट लडेर हातखुट्ट भाँचिएकी ७८ वर्षीया आमाको भरे हो की भोलिको अवस्था, अर्कोतिर सारा जीवन समर्पण गरेको पार्टीाट कारवाहीको निर्णय– एमाओवादी नेता हेमन्तप्रकाश ओली बडो तनावमा छन् ।
तैपनि आफूलाई खेदो खन्नेहरुको पर्दाफास गर्ने र पार्टीभित्रका नवधनाढ्य तथा यौनाशक्ताई जनतामाझ नंग्याउने अठोट कायमै छ । ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी अम्बिका चन्द गर्भवती भएपछि उनीमाथि पार्टीले कारवाहीको निर्णय गर्यो ।
हेमन्तका अनुसार त्यसैबेलादेखि पारिवारिक रुपमा र पार्टी नेतृत्वसमक्ष समेत कुरा गरेका थिए । विषयको बिट मारिएको थियो । तर, जब वैशाख २ गते प्रचण्डको पार्टी लाइनलाई खण्डन गर्दै आफनो मत हेडक्वाटर समक्ष लिखित रुपमै राखे त्यही दिनदेखि उनी पराई भए ।
आफ्नो रेखदेखमा पार्टीभित्र हुर्किएका जनार्दन शर्माले पेरिसडाँडाको गोटमै धावा बोले । त्यसो त उनीविरुद्ध प्रभाकर चुनावदेखि नै थिए । दाङको क्षेत्र नम्बर ३ मा हेमन्तको सिट पक्का भइसकेको थियो ।
प्रचण्डबाटसमेत तर, प्रभाकर र पोष्टबहादुरले भाँजो हाले । उनले गत शुक्रबार एक पदाधिकारीलाई टेलिफोन गरेर पहिल्यै टुंगो लागिसकेको र अम्बिकाबीचको सम्बन्धलाई अहिले उछालेकोमा दुःख व्यक्त गर्दै अरुले समेत यौन सम्बन्धको पोल खोल्ने धम्की दिएको जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
dainiknepal.com
मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?


यौनइच्छा किन ? यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको


विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ। यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर

वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।

कसरी सञ्चालित हुन्छ ? मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका

निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि

टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ। इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच

इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो। मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई 'शारीरिक सम्बन्ध' भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ।

वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ।

के गर्ने होला ? यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ। किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ। कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा

चिन्ता नलिनु बेस हुन्छ। पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन। आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त

गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन। यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ। यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी

बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।
औँला पड्काउँदा, ज्यान तन्काएर कम्मर पड्काउँदा, अनि घाँटीलाई मर्याकमुरुक पार्दा कस्तो आनन्द हुन्छ है?

तर कसै-कसैले आनन्दको लागि भन्दा पनि बानीले गर्दा पनि औँला पड्काउने गर्दछन्। उनिहरूलाई त्यो गरेको महसुस हुँदैन तर गरिरहने बानी हुन्छ।

हामीलाई त यो कुनै ठूलो समस्या अथवा अचम्म नलाग्न सक्छ तर क्यालिफोर्नियाको एक डक्टर, डोनाल्ड उन्जर, ले भने औँला कसरी पड्किन्छ अनि औँला पड्काउँदा शरीरमा के असर गरिरहेको हुन्छ भनेर ६० वर्ष सम्म अनुसन्धान गरेका रहेछन्। ६० वर्ष सम्म कसरी अनुसन्धान गर्यो भनेर सोध्नुहोला! अरु के हुन्थ्यो र? डोनाल्डले ६० वर्षसम्म आफ्नो एक हातको औँला पड्काउँथे भने अर्को हातको पड्काउँदैनथे। अनि हरेक महिनामा हरेक किसिमबाट आफ्नो दुवै हातको जाँच गरिरहन्थे।



६० वर्ष पछि उनले के पत्ता लगाए भन्दा औँला पड्काएको हातमा र नपड्काएको हातमा कुनै पनि भिन्नता हुँदैन तर पछि गएर जोर्नीमा हलुका दुखाइ महसुस हुने रहस्य पत्ता लगाएका थिए।


उनको अनुसन्धानको अनुसार, ‘हाम्रो शरीरको जोर्नीहरूमा एक किसिमको तरल पदार्थ हुन्छ जसलाई ‘साइनोभियल फ्ल्युड’ भनिन्छ। जब हामीले जोर्नीहरू पड्काउनको लागि तन्काइन्छ, त्यतिबेला जोर्नीको बिचमा उक्त तरल पदार्थ आएर बस्दछ र त्यहाँ हावाका फोकाहरू पैदा हुने गर्दछ। अनि जब फेरी हामी औँलालाई खुम्च्याउँदछौँ, त्यतिबेला त्यो फोका फुट्दछ र पड्केको आवाज आउँदछ।”



यदि एउटै औँलालाई दुईचोटि पड्काउन चाहनुहुन्छ भने २० मिनेट जति कुर्नुहोस् अनि फेरी पड्काउनुहोस्। तर डोनाल्ड भन्छन्, “औँला पड्काउने बानी भइसकेको छ भने बिस्तारै हटाउँदा नै राम्रो हुन्छ, किनभने अहिले एकछिनको आनन्दले पछि बूढो भइसकेपछि दुःख पाइन सकिन्छ।”

डोनाल्डले उक्त अनुसन्धान गरेपछि नोबेल पुरस्कार पनि पाएका थिए।
काठमाडौँ, ८ असार ।
अदालतले ३३ लाख रुपैयाँ बिगो भर्न आदेश दिए पनि काठमाडौँमा लुकेर बस्दै कान्तिपुर दैनिकमा लेख लेख्ने तथा विभिन्न टेलिभिजनमा समाचार शाखामा काम गर्दै आएकी मकवानपुरकी तुलसा बस्नेत पक्राउ परेकी छन् । उनीसँगै प्रहरीको सिआइबीले मकवानपुर, पालुङ–९ का ५८ वर्षीय हरि बस्नेतलाई पनि पक्राउ गरेको छ ।
बस्नेतलाई मकवानपुर जिल्ला अदालतको २७ जेठ ०७१ मा ३२ लाख ९३ हजार ८ साय २४ रुपैयाँ १८ पैसा जरिवाना र तीन वर्ष कैद फैसला गरेको थियो । तुलसी कुमारी बस्नेत लाई सोमबार अनामनगरबाट र हरि बस्नेतलाई मंगलबार नयाँ नैकापबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।
बस्नेतल ०६२ देखि मकवानपुर दामन–५ मा पालुङ बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरी संचालक समितिको पदाधिकारीको रुपमा रहेर एक हजार एक सर्वसाधारणाई विभिन्न प्रलोभन देखाई ठगी गरेका थिए । उनीहरु बचतकर्ताको तीन करोड ६२ लाख ३२ हजार छैसट्ठी रुपैयाँ ठगी गरेर फरार भएका थिए । सहकारीले पैसा फिर्ता दिन नसकेपछि २० पुस ०६९ मा मकवानपुर जिल्ला अदालतमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरमार्फत सञ्चालक समितिका पदाधिकारीउपर ठगी मुद्दा दायर भएको थियो ।

काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार सजाय भुक्तानका लागि बस्नेतलाई मंगलबार केन्द्रीय कारागार चलान गरिएको छ । तुलसा बस्नेत कान्तिपुरमा बेलाबखत लेख लेख्थिन भने पछिल्लो समय उनी सगरमाथा टेलिभिजनमा कार्यरत रहेको बताइएको छ ।
उसो त मकवानपुरको प्रतिध्वनि एफएममा स्टेसन म्यानेजर रहेका उनी सहकारी ठगीमा फरार भनेर मिसन न्युज बनाइएको माउन्टेन टेलिभिजनमा समाचार शाखामा काम गर्ने बलशाली पत्रकार पनि बनिन् । रेडियो नेपाल, नेपाल टेलिभिजनमा पनि काम गर्ने भन्दै परिचय पत्र देखाउने उनी गायिकाको परिचय पनि दिन्थिन् । उनका दाजु तथा प्रतिध्वनि एफएमका अध्यक्ष एवम सहकारी अध्यक्ष रामबहादुर बस्नेत अहिले पनि फरार छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
असार ८ गते
काठमाडौं । सुरक्षार्थ खटिएको प्रहरीका इन्स्पेक्टरले प्रहरी चौकीमै मोडलको बलात्कार गरेका छन् ।
सेक्स गर्न खोज्दा नमानेपछि जबरजस्ती बलात्कार गर्ने क्रममा इन्स्पेक्टरले दाँतले स्तन काटेको समाचारमा जनाइएको छ । मुम्बईकी एक १९ वर्षीय मोडललाई होटलबाट उठाएर चौकीमा ल्याएर इन्स्पेक्टर सुनील खाटपे जबरजस्ती शारीरिक सम्पर्क राख्ने क्रममा दाँतले स्तन काटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुम्बई क्राइम ब्राञ्चले सोमवार मुम्बईको मजिस्ट्रेट अदालतमा मोडल बलात्कार घटनाको अनुसन्धान रिपोर्टसहित ८ जना विरुद्ध मुद्दा दायर गरेको छ । अदालतमा पेस गरिएको अनुसन्धान रिपोर्टमा आठ जनालाई घटनाको आरोपी बनाइएको छ । जसमा तीन जना प्रहरी अधिकारी पनि संलग्न छन् ।
खबर अनुसार सबै आरोपीमाथि जबरजस्ती शारीरिक सम्बन्ध राखेको, अपहरण गरेको लगायतका विभिन्न अपराध गरेको आरोप लगाएर अदालतमा मुद्दा हालिएको हो ।

यो घटनामा सबैभन्दा गम्भीर आरोप पुलिस इन्स्पेक्टर सुनील खाटपेमाथि लगाइएको छ । खाटपेमाथि एक पुलिस अफिसर भएर पनि बलात्कार गरेको भनी आरोपपत्र पनि दालिखा गरिएको छ ।

आरोपपत्रमा अस्पतालको मेडिकल रिपोर्ट पनि समावेश गरिएको छ, जसमा यो पुष्टि हुन्छ कि मोडलसँग अप्राकृतिक यौन सम्पर्क राखिएको थियो । जसमा दाँतले स्तन काटेको घाउलाई देखाएर पुष्टि समेत भएको छ ।
घटनाका मुख्य योजनाकार असिस्टेन्ट पुलिस इन्स्पेक्टर सुनील खाटपेले मोडललाई होटलमा गलत कार्य गरेको आरोप लगाउँदै पक्राउको वहानामा प्रहरी हिरासतमा राखेर बलात्कार गरेका थिए । उनलाई दुई प्रहरीले सहयोग गरेका थिए ।
क्राइम ब्राञ्चका अनुसार होटलको बाहिर मोडल र उनका केटा साथीलाई इन्स्पेक्टर खाटपेले आफ्नो प्राइभेट गाडिमा राखेर लगेका थिए । त्यसपछि प्रहरी चौकी लगेर दुई प्रहरी निरीक्षकले मोडललाई हिरासतमा राखे ।
त्यसपछि इन्स्पेक्टर खाटपेले मोडलसँग जबरस्ती शारीरिक सम्बन्ध राखेका थिए । ती मोडल १९ वर्षकी हुन् । घटना संलग्न इन्स्पेक्टर खाटपे सहित तीन प्रहरी अधिकारीलाई पक्राउ गरीएको बताइएको छ । एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
कानपुर । भारतको देहात जिल्लामा एक बेहुली बिहेको दोस्रो दिनमै सुत्केरी भएकी छन् । बिहेको दुई दिनपछि नै उनले छोरी जन्माएपछि  डेरापुर इलाकाभर सनसनी फैलियो ।

गाउँ पञ्चायतले तुरुन्तै बेहुली पक्षलाई बोलाएर बिहे रद्द गरिदियो । दाइजोमा आएका सामान र बेहुली फिर्ता पठाइदियो । समाचारहरुमा बताइए अनुसार उनीहरुको विवाह ३१ मे मा भएको थियो । बिहेको भोलिपल्टै २० वर्षीया बेहुलीले आफ्नो पेट दुखेको बताएकी थिइन् । तेस्रो दिन अस्पताल लैजाँदै गर्दा बाटैमा उनी सुत्केरी भएकी थिइन् । नवविवाहित श्रीमतीले दुई दिनमै चमत्कार गरेपछि बेहुला बेहोस भएका थिए ।yeskathmandu.com
भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।

कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।

शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।

चाणक्य नीति भन्छः

वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।।

यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।



शत्रुको हातमा परेको धन

चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।



अरुको घरमा गुलाम

कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन । यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।

अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।
काठमाडौं । प्रेम गरेर गाउँबाट भागेका एक जोडिलाई यस्तो सजाय सुनाइएको छ कि त्यो कुनै पनि प्रेमी जोडिले कल्पना नै गर्न सक्दैन् । चाँहे धनी होस्, चाँहे गरिब ।
तर, मुरादाबाद जिल्लाको ठाकुरद्वारा कोतवालीको एक गाउँमा डेढ महिनादेखि फरार प्रेमी जोडिलाई गाउँलेले खोजेर घर ल्याएका छन् । गाउँको पञ्चायतमा दुबै जनालाई सबै गाउँलेले सजायँ स्वरुप पिट्नुपर्ने फैसला सुनाइयो । उनीहरुलाई गाउँ पञ्चायतको आदेश अनुसार गाउँको सार्वजनिक ठाउमा बाँधेर सबै गाउँलेले कुटपिट गरेका छन् ।
आगामी दिनमा दोस्रो पटक यसरी प्रेम गरेर गाउँकी विवाहित महिलालाई भगाएर लगे दुबै जनालाई कडा सजायँ दिने चेतावनी पनि दिइएको छ । गाउँकी एक महिलाका दुई बच्चा छन् । उनको गाउँकै दोस्रो जातिको अविवाहित युवकको प्रेम सम्बन्धमा परिन ।
दुबैले प्रेमको उत्कर्षमा पुगेर शारीरिक सम्बन्ध पनि राखे, जसको खुलासा भएपछि महिलाका पति र अन्य पविारका सदस्यले उनीमाथि चरित्रहिनको आरोप लगाएर यातना दिन थाले । तब ती महिला आफ्नो प्रेमीसँग बच्चा छाडेर भागेर गइन् ।

उनी आफ्नो प्रेमीसँग उत्तराखण्ड बोर्डर स्थित महुआखेड़ा बस्दै आएकी थिईन् । उनका प्रेमी एक कम्पनीमा मजदुरी गर्थे । दुबैलाई ती महिलाका नातेदारले त्यहाँ देखे । जसको जानकारी उनीहरुले ती महिलाका पतिलाई पठाए । जानकारी पाएपछि पति गाउँलेलाई ल्याएर त्यहाँ पुगे । महिला र उनका प्रेमीलाई समातेर गाउँ लगेर गए ।
त्यसपछि सोमबार बेलुका गाउँमा एक पञ्चायतको बैठक बस्यो, जसमा दुबैलाई पेस गरियो । पञ्चहरुले उनीहरुको यो हर्कतलाई गम्भीर अपराध र समाजमा गलत परम्परा चलाउन खोजेको आरोप लगायो । गम्भीर अपराध ठहर गर्दै पञ्चायतले दुबैलाई रुखमा डोरीले बाधेर पिट्नुपर्ने सजायँ सुनायो ।
पञ्चायतको फैसलापछि दुबैलाई रुखमा बाँधेर पञ्चायतको बैठकमा सहभागी गाउँलेले निकै बेरसम्म कुटपिट गरे । पिटाई खाएपछि दुबैले अब देखि नभेट्ने प्रतिबद्धता जनाए ।

पिटाईपछि दुबैलाई रुखबाट खोलेर घर पठाइएको छ । यो घटनाको प्रहरीलाई कुनै जानकारी नै छैन् । भारतका अधिकांश गाउँमा सबै फैसला पञ्चायतले गर्छन् । एजेन्सी
dainiknepal.com
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले चाडै नै संविधान पाउने र विकासले गति लिने बताएका छन्।
 
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका विभिन्न संस्थाका प्रतिनिधिसँग मंगलबार प्रधानमन्त्रीले भने, संविधान अब चाडै बन्छ । मुलुक विकासको गतिमा लम्किन्छ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार प्रधानमन्त्रीले नयाँ संविधान जारी भएपछि आधुनिक र विकसित नेपाल बन्ने विश्वास  गरे । उनले भने, “हिजोका कमी कमजोरीलाई हटाएर आधुनिक नेपाल बनाउन भनेर लागेको छु। म यसमा प्रतिबद्ध छु । आधुनिक नेपाल बन्छ । हामी अभियानमा सफल हुनेछौ ।”

प्रधानमन्त्री कोइरालाले नेपाल संविधानको साथसाथै पुनर्निर्माणको मार्गमा पनि हिडिरहेको बताए। उनले हालैको भूकम्पमा भएको खोजी,उद्धार,राहत र पुनस्थापनाका प्रयासहरुको विदेशीहरुले सराहना गरेको बताए।

आफूलाई भेट्न आएका कुटनीतिक नियोगका प्रमुख र विदेशी प्रतिनिधिमण्डलका नेताहरुलाई उघृत गर्दै उनले सीमित स्रोत, साधन, जनशक्तिका बावजूद पनि नेपालमा भूकम्प पछिका खोजी,उद्धार,राहत र पुनस्थापनाका कार्य प्रभावकारी रुपमा भएको स्पष्ट पारे।

कोइरालाले नेपालमा लोकतन्त्र,शान्ति,स्थायित्व र विकासका अभावमा संस्थाहरुको विकास नै हुन नपाएको उल्लेख गरे। “झण्डै एक शताब्दी त हामीले लोकतान्त्रिक शासन पद्धतिको स्थापना र पुनस्थापनाको संघर्षमा नै वितायौं,”प्रधानमन्त्री कोइरालाले भने,“हामीले विकासको त मुखै देख्न पाएनौ ।लोकतान्त्रिक व्यवस्थाले मात्र स्थायित्व पाएको हुन्थ्यो भने यो मुलुक कहाँ पुगी सक्ने थियो ।”

प्रधानमन्त्री कोइरालाले संविधानको निर्माण पछि मुलुक राजनीतिक स्थायित्व र शान्तिको मार्गमा पुग्ने भएकोले विकासले गति लिने पनि स्पष्ट पार्दै भने, 'विदेशिएका नेपालीलाई पनि स्वदेशमा नै रोजगारी दिन सकिने छ।'
annapurnapost.com
हामीले फेर्ने हावा अक्सिजन हो। अक्सिजन एउटा तत्वको नाम हो। दुई वटा अक्सिजनका अणु मिले पछि अक्सिजन ग्याँस बन्छ, जुन हामीलाई हरपल आवश्यक पर्छ। अक्सिजनको तीनवटा अणु मिलेर ओजोन बन्छ। सुर्यबाट आउने अधिकांश विकिरण सोस्न सक्ने हुन्छ ओजोन। वायुमण्डलको माथील्लो तह (थर्मोस्फेयर/एक्जोस्फेयर)मा हुने ओजोनको रंग निलो हुन्छ। दिउँसो सुर्यको किरणलाई यसले परावर्तन गर्ने हुँदा हामीले आकाश निलो देख्छौं।

तर पृथ्वीमा यस्ता ठाँउहरु पनि छन् जहाँ आकाशमा सधै निलो रंग मात्र देखिदैन। खगोलिय विकिरण, सौर्य बतास, तथा पृथ्वीको चुम्बकिय गुण आदिको कारणले आकाशमा विभिन्न रंगका प्रकाश देखिन्छन्।


चार्ज सहितका प्रोटोन, इलेक्ट्रोन वायुमण्डलमा प्रवेश गर्दा वायुमण्डलका विभिन्न पदार्थसंग प्रतिक्रिया गरि यस्ता विभिन्न रंगका प्रकाश निस्कने हुन्छ। साथै वायुमण्डलमा हुने पानी तथा स-साना हिँउका कणहरुले पनि सुर्यको प्रकाशलाई बिभिन्न रंगमा छुट्याइदिने गर्दछन्।

यस्तो रंगीचगीं आकाश मुख्यतः पृथ्वीको ध्रुवीय क्षेत्रमा देखिन्छ। पृथ्वीको ध्रुव बाहेक अन्य ठाँउमा पनि यस्तो अलौकिक प्राकृतिक दृश्य भने देखिने गरेको छ।

रातीको समय ताराहरुको प्रकाश पनि त्यतिकै आकर्षक हुन्छ। तर यसको लागि सफा वायुमण्डल हुन आवश्यक छ। दुर्भाग्य, राजधानी काठमाडौं अनि देशका व्यस्त सहरको धुलो र धुवाबाट यस्ता अलौकिक प्राकृतिक सुन्दरता हेर्न सकिदैन। हिमाली अनि उपल्ला पहाडी क्षेत्रबाट भने राती आकाशगंगाको साथै अन्त तारामण्डलका धपक्क प्रकाश अवलोकन गर्न सकिन्छ।www.nepaliheadlines.com
काठमाडौं ।

समय समयमा यो संसार समाप्त हुने चर्चा चलिरहन्छन् । कहिले सूर्य फूट्न लागेको त कहिले संसार नै अध्यारो हुने चर्चाले ब्यापक आतंक सृजना गर्ने गरेको छ । अव यो विश्लेषणको विषय बनेको छ आखिर संसारको अन्त्य हुने दिन आउन लागेको हो त ?

शोधकर्ता बैज्ञानिकहरुका अनुसार धर्तीमा छैठौं पटक जीवहरु तिव्रगतिमा लोप भैरहेका छन् । प्रतिवेदन भन्छः “जीवका प्रजातिको तिव्र गतिमा भैरहेको लोप हुने क्रमले पृथ्वीमा मानिसको अस्तित्व संकटमा परेको छ।”
कलियुगको अन्त्यमा प्रलय हुने शास्त्रहरुमा पनि उल्लेख छ । तर संसारको अन्त्य हुने चर्चा पछिल्लो समय बढेर गएको छ । तर यो कुनै धर्म शास्त्रीय ब्याख्या नभएर बैज्ञानिकहरुको दिएको चेतावनी हो ।


हजारौं वर्ष अघि पृथ्वीबाट लोप भएका डाइनोसरका काल्पनिक तस्विर
बैज्ञानिकहरुले संसारमा रहेका मानव बाहेकका मेरुदण्ड हुने प्रजातिहरु तीव्रगतिमा लोप हुँदै गएको र यी प्रजातीको अस्तित्व समाप्त हुने गतिले संसार साँच्चिकै प्रलयोन्मुख भएको हो कि भन्ने प्रश्न बैज्ञानिकहरुले समेत स्वीका गरेका छन् ।

धेरै समय भएको छैन खगोल शास्त्रीहरुले धुम्रकेतु अर्थात पुछ्रे ताराका कारण संसारमा प्रलयको खतरा बढेको बताएका थिए । पुच्छ्रे तारा पृथ्वीसँग ठोक्किएमा पृथ्वीमा प्रलयको अवस्था सृजना हुने उनीहरुको भनाइ थियो । गत वर्ष मात्र टाइम पत्रिकाले पुच्छ्रे तारा अर्थात छुद्र ग्रह द्रुत गतिमा पृथ्वी तर्फ बढ्दै गरेको समाचार प्रकाशित गरेको थियो ।
केही दिन अघि अमेरिकी बैज्ञानिकहरुको एक टोलीले संसारका प्रजातिहरु विस्तारै लोप हुने दिशामा गैरहेको र संसारमा प्रलयका संकेत देखिन सक्ने चेतावनी सहितको प्रतिबेदन जारी गरेपछि संसारभरी यो विषयमा चर्चा परिचर्चा चलिरहेका छन् ।

शोधकर्ता बैज्ञानिकहरुका अनुसार धर्तीमा छैठौं पटक जीवहरु तिव्रगतिमा लोप भैरहेका छन् । प्रतिवेदन भन्छः “जीवका प्रजातिको तिव्र गतिमा भैरहेको लोप हुने क्रमले पृथ्वीमा मानिसको अस्तित्व संकटमा परेको छ।”

कुन कुन जीवन लोप भए ?



लोपोन्मुख प्रजातिमा परेको गोरिल्ला


संसारबाट लोप भएको कछुवाको एक प्रजाति

संसारबाट अस्तित्व समाप्त हुन लागेको भनिएको ध्रुवीय भालु
यो अध्यनका अनुसार संसारका विभिन्न प्रजातिको लोप हुने दर १०० गुणाले बढेको छ जुन बैज्ञानिकहरुका लागि सबैभन्दा ठूलो प्रश्न बनेको छ । उक्त रिपोर्टले धर्तीमा रहेका मेरुदण्डधारी १५०० जीवका प्रजाति मध्ये ३२० प्रजाति तै लोप भैसकेका छन् । र बँचेका प्रजातिमा पनि औषत २५ प्रतिशतको दरमा घटिरहेका छन् । मेरुदण्ड भएका जीवन प्रजातिमा १६ देखि ३३ प्रतिशत प्रजातिको अस्तित्व संसारबाट लोप हुने खतरा छ ।


संसारले गुमाएको कछुवाको अर्को प्रजाति
यस अघि अर्कै चर्चाः संसारकै अन्त्यको बहस

धेरै समय भएको छैन खगोल शास्त्रीहरुले धुम्रकेतु अर्थात पुछ्रे ताराका कारण संसारमा प्रलयको खतरा बढेको बताएका थिए । पुच्छ्रे तारा पृथ्वीसँग ठोक्किएमा पृथ्वीमा प्रलयको अवस्था सृजना हुने उनीहरुको भनाइ थियो । गत वर्ष मात्र टाइम पत्रिकाले पुच्छ्रे तारा अर्थात छुद्र ग्रह द्रुत गतिमा पृथ्वी तर्फ बढ्दै गरेको समाचार प्रकाशित गरेको थियो । यो तारा एकदम शक्तिशाली हुने बताइन्छ । यो पृथ्वीमा ठोक्किएमा ५० वटा परमाणु बम विष्फोट भए जत्तिकै विनाश हुने बैज्ञानिकहरु बताउँछन् ।


टाइमका अनुसार यो छुद्र ग्रह आगामी १८ वर्षभित्र पृथ्वीमा ठोक्किने सम्भावना छ । र यसबाट हुने विनाश कल्पना बाहिरको कुरा रहेको बैज्ञानिकहरुको भनाइ छ ।

बैज्ञानिकहरुले अर्को पुच्छ्रे तारा पनि पृथ्वी तर्फ अघि बढिरहेको छ । यसको नाम १९५० डिए हो । हालको गति कायम रहेमा सन २०८० मा यो तारा पृथ्वीमा ठोक्किने छ । यसको ब्यास १ हजार मिटर छ र यो पृथ्वीमा ठोक्किँदा ३८ हजार किलोमिटरको गतिमा ठोक्किने छ । तर यो अहिलेको गतिमा घुमिरहेमा भने पृथ्वीमा आउनु अघी नै गुरुत्वाकर्षणका कारण टुक्रा टुक्रा भैसक्ने छ ।
युक्रेनका एक खगोलशास्त्रीले एक विशाल पुच्छ्रे तारा पृथ्वीतर्फ आइरहेको टाइमलाई बताएका थिए । टिबी १३५ नाम दिइएको यो पुच्छ्रे तारा सन् २०३२ अगष्ट २६ मा पृथ्वीसँग ठोक्किने उनको दावी छ ।



अन्य देशका खगोलविद्हरुले पनि यो भनाइलाई समर्थन गरेका छन् । तर बैज्ञानिकहरुबीच भने यो विषयमा एक मत छैन । १३ सय ५० फुट लामो यो चट्टानी पुच्छ्रेतारा एक दिन न एक दिन पृथ्वीमा ठोक्किने र यसबाट २५ सय मेगाटन टिएएनटी बराबर शक्ति पैदा हुने उनीहरु बताउँछन् । सन् २०१३ मा रुसको चेलिबिन्स्कमा एक पुच्छ्रे तारा खसेको थियो । १९ किलोमिटरको गतिमा उक्त तारा खसेको स्थानमा निक्कै ठूलो क्षति भएको थियो ।



हजारौं घरका झ्याल फुटे भने घरहरु समेत हल्लिएर नोकशानी भयो । यो विष्फोट हिरसिमामा अमेरिकाले खसालेको परमाणु बम भन्दा ३० गुना शक्तिशाली थियो । यो घटनामा सयौं मानिस घाइते भएका थिए । यद्यपी यो निक्कै सानो टुक्रा मात्र थियो । यसको लम्बाइ १ हजार मिटर थियो । बैज्ञानिकहरुलाई यसको खोजी गर्न भ्याइ नभ्याइ भएको थियो ।

सन् २०८० मा पनि यस्तै खतरा

बैज्ञानिकहरुले अर्को पुच्छ्रे तारा पनि पृथ्वी तर्फ अघि बढिरहेको छ । यसको नाम १९५० डिए हो । हालको गति कायम रहेमा सन २०८० मा यो तारा पृथ्वीमा ठोक्किने छ । यसको ब्यास १ हजार मिटर छ र यो पृथ्वीमा ठोक्किँदा ३८ हजार किलोमिटरको गतिमा ठोक्किने छ । तर यो अहिलेको गतिमा घुमिरहेमा भने पृथ्वीमा आउनु अघी नै गुरुत्वाकर्षणका कारण टुक्रा टुक्रा भैसक्ने छ । अधिकाँश बैज्ञानिकहरु यस्ता ताराहरु सूर्यको किरणका कारणको प्रभावले नष्ट हुन्छन् र पृथ्वीमा पुग्नु अघि नै विनष्ट भैसक्छन् ।

एजेन्सीको सहयोगमा ।www.nepaliheadlines.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home