• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
एजेन्सी–बलिउडकी अभिनेतृ तथा आइटम गर्ल राखी सावन्तले चर्चामा आउनका लागि जुनसुकै हत्कण्डा पनि अपनाउन तयार हुन्छिन् । यसपटक पनि उनले त्यस्तै एउटा हत्कण्डा अपनाएर चर्चाको शिखरमा छाइन् । उनले भरखरै युटुवमा एउटा भिडियो राखेर योग गुरु बाबा रामदेवका बारेमा बयान दिएकी छन् ।
यस भिडियोमा राखीलाई उसको सुन्दर मुहारबा बारेमा गरिएको प्रश्नको जपवाफमा उनले आफ्नो सुन्दरताको राज योगा भएको बताएकी छन् । तर त्यो योगा रामदेवको नभएर मन्दीपको भएको पनि उनले खुलसा गरेकी छन् ।
रामदेवको योगाको बारेमा चर्चा गर्दै राखीले भनेकी छन्, ‘बाबा रामदेवसँग जानका लागि अव मान्छेमा समय छैन् यसकारण मसँग पनि उनीसँग गएर योगा सिक्ने फुर्सद छैन ।’
kathmandutoday.com

काठमाण्डु, २१ जेठ– गत १२ वैशाखमा गएको भूकम्प र त्यसयता पटकपटक आएको पराकम्पनबीच सबैका परिवार एकै ठाउँमा जम्मा भएर बसे ।
वर्षौंसम्म बोलचाल बन्द भएकाहरुको सम्बन्ध भूकम्पपछि नवीकरण भयो । तर, यति ठूलो विपत्तिका बेलासमेत पत्नि हिमानीले वास्ता नगरेपछि पूर्वयुवराज पारस साह तनावमा छन् । तवान मात्र होइन, पासरको मुटुको व्यवासमेत बल्झिएको छ ।
पारसले अहिले नियमित रुपमा नर्भिक अस्पतालमा मुटुको स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । यसअघि हृयदघात भइसकेका पारसले ‘खानपानमा ख्याल गर्न’ चिकित्सकले दिएको सझुाव नमान्दा समस्या बल्झिएको हो । हिमानी भूकम्पपीडितका लागि राहत वितरण गर्न प्रभावित जिल्लाहरुमा पुगिन् ।
तर नन्द प्रेरणाको छाउनीस्थित घरमा रहेका पति पारसलाई भेट्न गएकी छैनन् । थाइल्याण्डले भिसा थप्न नमानेपछि दुई महिनाअघि नेपाल आएका पारस चण्डौलस्थित कुण्डलिनी रिसोर्टको सुधार गृहमा थिए । भूकम्पले उक्त भवन कोल्टिएपछि पारस बहिनीको घरमा बस्न थालेका हुन् ।
यसबीचमा छोरा छोरीले फुपुको घर पुगेर बाबुलाई भेटे । आफन्तको साथ लागेर उनीहरु कहिलेकाहीं पारस भेट्न जाने गरेका छन् । तर, पासरले पटकपटक आउन खबरपठाए पनि हिमानीले टेरेकी छैनन् । थाइल्याण्डबाट फर्केपछि पारस निर्मल निवास जान खोजेका थिए ।
तर दुव्र्यसनीमा फसेका छोरालाई घरमा राख्दा राजतन्त्र पुनस्र्थापनाको अभियानमा धक्का लाग्ने ठानेर ज्ञानेन्द्रले निर्मल निवासको ढोका बन्द गरिदिए । विपतका बेलासमेत परिवारको माया नपाएपछि पारस थप बिरिक्तिएको श्रोतले जनायो ।
ज्ञानेन्द्र पुत्री प्रेरणा र ज्वाईं राजबहादुृर सिंहले पारस–हिमानी सम्बन्ध सुधारको प्रयास जारी राखेका छन् । यद्यपि ज्ञानेन्द्र स्वयंले छोराबुहारीको सम्बन्ध सुधार्न चासो दिएका छैनन् ।
पारस बैंककबाट फर्केको केही दिनमै ज्ञानेन्द्र हिमानीलाई लिएर उपचारका लागि दिल्ली उडेका थिए । दिल्लीमा झण्डै एक महिना बिताएर उनी नेपाल फर्केका हुन् ।
kathmandutoday.com
काठमाडौं, २१ जेठ । महाभूकम्पपछिका परकम्पहरु पातलिएका छन् । छिटफुट आइरहेका साना धक्काले पनि सर्वसाधारण आतंकित हुने क्रम बढेको छ । वैशाख १२ गतेअघिका भूकम्प कमै थाहा पाउने सर्वसाधारण अहिले साना धक्काबाट समेत तर्सिरहेका छन् ।
तर, विगत दश वर्षमा नेपाल केन्द्र बिन्दु भएर गएका भूकम्पको तथ्यांक हेर्दा लाग्छ – साना चारदेखि ६ रेक्टर स्केलसम्मका भूकम्प वैशाख १२ अघि पनि हरेक महिना गइरहेकै थिए । यो भूकम्प वैशाख १२ गते पछि मात्रै जान थालेका होइनन्, वर्सौदेखि निरन्तर गइरहेका छन् ।
१० वर्षमा चार रेक्टर स्केलभन्दा माथिका मात्रै एक सय १ सय ८० वटा भूकम्प गइसकेका छन् । वैशाख १२ गतेको महाभूकम्पअघिका ११ दिनमा मात्रै चारवटा भूकम्प गइसकेका थिए । सर्वसाधारणबीच यसको कुनै चासो र चर्चै भएन ।
तीमध्ये एउटा ५.१ रेक्टर स्केलको थियो भने बाँकी ४ भन्दा बढीका थिए । त्यस्तै सन २०१४ भरिमा ११ वटा भूकम्प गए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

काठमाडौं, जेष्ठ २१ - ‘उनी भान्सामा मेरै लागि केही परिकार बनाउँदै थिइन्। मचाहिँ आफ्नो रुममा थिएँ।

अचानक सामानहरू काम्न थाले। बिस्तारै भुइँ नै पिङझैं मच्चिन लाग्यो। अनि चाल पाएँ, धर्तीमाता पो हल्लिएकी रहिछन्।

‘भान्सामा परिकार बनाउँदै गरेकी पत्नी (मधु) को समेत ख्याल नगरी भागेर बाहिर खुला चौरमा पुगेछु। केही बेरमै मधु बच्चाजस्तै चिच्याउँदै बाहिर आइपुगिन्। पृथ्वीको भुइँचालो त एकैछिनमा गइहाल्यो तर पत्नीको भुइँचालो भने सुरु भयो। र, अहिलेसम्म पनि जारी छ।

 ‘नबोलाई भाग्ने? एक चोटि त सम्झिनुपर्छ नि?’ अभिनेता राजेश हमाल २९ गतेको भूकम्पपछि पत्नी मधुबाट यो गुनासो प्राय: सुनिरहेका हुन्छन्। राजेश दोस्रो भूकम्प आएका बेला नेपालमै थिए। त्यो पनि आफ्नै घरमा। धर्ती हल्लिन थालेपछि पत्नी मधुको पनि याद गर्न भ्याएनन उनले। उनको ठाउँमा अरू पुरुष या महिला हुन्थे भने पनि उस्तै हुन्थ्यो होला। ‘विपत्मा सबैभन्दा आफ्नै ध्यान हँुदो रहेछ,’ राजेशले खुलेर हाँस्दै भने, ‘यसको अर्थ उनको माया लाग्दैन भन्ने होइन नि।’

उसबेला यो घटना जति गम्भीर थियो, अहिले उति रमाइलो बनेको छ उनलाई। उनी र पत्नी मधु यिनै प्रसंग उठ्दा मज्जाले हाँस्ने पनि गर्छन्। ‘बितेका कुरा भुल्नुपर्छ र नयाँ बाटो पहिल्याउनुपर्छ,’ राजेश बुधबार वनस्थली ढुंगेधारास्थित कोरोना स्कुलमा अनुभवसँगै आत्मबल बढाउन बालबालिकालाई प्रेरणा दिँदै थिए।

उनले बाल्यकालदेखि भूकम्पको बारेमा सुनेको भए पनि प्रत्यक्ष अनुभव भने गर्न पाएका थिएनन्। वैशाख १२ गते विदेशमै थिए। २९ गते चाहिँ सामाखुसीस्थत घरमै राजेशले भूकम्पको राम्रै महसुस गरे। उनी यसबाट डराएका छैनन्, बरु जीवनकै पहिलो अनुभवका रूपमा स्विकारेका छन्। प्राकृतिक प्रकोपबाट नडराई सुरक्षा अपनाउनुपर्ने उनले बताए। ‘जब मान्छे सुरक्षित हुन्छ अनि जस्तोसुकै प्रकोपमा पनि इन्टरटेन्ट गर्न सकिन्छ,’ राजेशले भने, ‘पाठ सिकौं आफ्नो सुरक्षा आफैं गरौं।’

पत्नी मधु अहिले पनि पीडाबाट निस्किन नसकेको उनले बताए। जति बेला पनि आयो र हल्लियो भन्ने बानी नै भइसक्यो उनलाई। त्यही डरले गर्दा ‘तपाईं एक्लै छाडेर भाग्ने है मलाई’ भन्दै मधुले प्रसंग कोट्याउँदा राजेश मुस्कुराएर मौन जावफ दिने गर्छन्। राजेशले बुधबार नै कोरोना स्कुलको निर्माणको शिलान्यास पनि गरे।

जिरो फ्लोर प्रोजेक्ट अन्तर्गत एकतले कक्षाकोठाहरू बनाउन लागिएको कोरोना स्कुलका निर्देशक रञ्जनराज सुवेदीले बताए। स्कुल भवन भत्किएको वा चर्किएको छैन। तर, आगामी प्रकोपको रिक्स लिन नसकेर जिरो फ्लोर स्कुल निर्माण गर्न थालिएको सुवेदीले सुनाए।

‘शिक्षक, विद्यार्थी र अभिभावकको मनोभाव बुझेर यसो गर्न लागेका हौं,’ उनले भने, ‘त्रासमा बस्दा पढाइ डिस्टर्व हुन्छ।’ सुवेदीका अनुसार, एक महिनाभित्रमा करिब ४ रोपनी जग्गामा तीन ब्लगका ३० कोठा निर्माण गरिनेछन्। राजेश मंगलबार भने बिहान बौद्धनाथ स्तुपामा थिए, शान्तिका लागि दीप बाल्दै।www.ekantipur.com
काठमाडौं, जेठ २१ । विभिन्न ठाउँमा निर्माण गरिएका सयौं वर्ष पुरनाना चैत्यभित्र के होला ? सबैमा उत्सुकता हुन्छ तर त्यो रहस्यमै रहन्छ ।

वैशाख १२ को भूकम्पले भने स्वयम्भू क्षेत्रको मंगलद्धार चैत्यको रहस्य खोलिदिएको छ । भूकम्प गएको केही सेकेन्डमै भत्किएको स्वयम्भू महाचैत्यको दक्षिण–पश्चिमको मंगलद्धार चैत्य (तिब्बती भाषामा टासी गोर्मा) मा नयाँ तथ्य भेटिएको छ ।

विभिन्न कालखण्डमा गरी तीन पटकसम्म लेयर थपिएर निर्मित यो चैत्यभित्र धातुको बक्समा मान्छेको अस्तु भेटिएको पुरातत्व विभागका अधिकृत देवेन्द्र भट्टराईले बताए ।

सामान्य रुपमा ठूला धर्मगुरु (सिद्धपुरुष) को मृत्युपछि उनीहरुको अस्तु राखेर यस्ता चैत्य निर्माण गर्ने प्रचलन छ ।

‘भगवान बुद्धले पनि आफ्नो अस्तु राखेर यस्तै चैत्य बनाउन लगाएको इतिहासमा पढ्न पाइन्छ,’ उनले थपे,‘त्यस्तै स्वरुपमा कुनै सिद्धपुरुषको अस्तु भेटिएको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।
आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।
आइतबारः
पुरु
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका षसदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।


सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः
पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।
स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः
पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।
week days birth meaning 2
स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः
पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।
स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।
शनिबारः
पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री
शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।भिडियो हेर्न तल क्लिक गर्नुहोस :
मृत्युको बिचार सबैका लागि निकै भयानक हुने गर्दछ । मानिसहरुको अन्तिम यथार्थ भनेको मृत्यु नै हो । जो जन्मन्छ उसको मृत्यु निश्चित छ । मृत्युको बारेमा सबैभन्दा तनावपूर्ण कुरा भनेको मृत्यु पछि के हुन्छ भन्ने विषय हो । यहि कारणहरुले गर्दा मानिसहरु मृत्युदेखि निकै डराउने गर्दछन् । तर यसो भन्दैमा मृत्युमाथि विजय पाउन सकिँदैन । मृत्यु कसैलाई पनि खबर नगरी आउँछ र जब तपाईंको मृत्यु हुन्छ, तपाईंलाई यसको बारेमा थाहा नै हुँदैन । तर हिन्दु धर्मग्रन्थहरुमा यस्ता थुप्रै संकेतहरुलाई सूचिबद्ध गरिएका छन् जसबाट मृत्युले ढोका ढक्ढकाइरहेको बारेमा थाहा हुन्छ ।

मृत्युको संकेतहरुको प्रथम उल्लेख शिव पुरााणमा पाइन्छ । शिव पुराणका अनुसार एकपटक देवी पार्वतीले भगवान शिवसँग कसैको मृत्यु हुँदै छ भन्ने कुरा कसरी थाहा पाउन सकिन्छ भनेर प्रश्न गरिन् । उनको प्रश्नको उत्तर दिँदै भगवान शिवले मृत्युका १० संकेतहरुको बारेमा बताएका छन् ।

१. मृत्युको संकेत नम्बर १
जब छालाको रङ पहेँलो अथाव सेतो हुन्छ जसमा हल्का रातो रङ देखिन्छ भने उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुनेछ ।
२. मृत्युको संकेत नम्बर २
जब व्यक्तिले आफ्नो प्रतिबिम्ब ऐना अथाव पानीमा देख्न छाड्छ उक्त व्यक्तिको मृत्यु ६ महिनाभित्र हुने बताइएको छ ।
३. मृत्युको संकेत नम्बर ३
जब कुनै व्यक्तिले सबै कुरा कालो देख्न थाल्छ यो संकेतलाई व्यक्तिको मृत्यु नजिक भइरहेको भन्ने बुझ्नुपर्छ ।
४. मृत्युको संकेत नम्बर ४
यदि व्यक्तिको बाँया हात एक हप्तासम्म लगातार फर्फराइरहेको छ भने यसको अर्थ उक्त व्यक्ति एक महिनाको पाहुना भन्ने बुझिन्छ ।
५. मृत्युको संकेत नम्बर ५
यदि कोही व्यक्तिको संवेदनशील अंग ढुङ्गाजस्ता कठोर हुने गरेको छ भने उक्त व्यक्ति ६ महिनाभित्र मर्दैछ भन्ने संकेत हो ।
६. मृत्युको संकेत नम्बर ६
जब कोही व्यक्तिले चन्द्र, सूर्य र आगोबाट निस्कने प्रकाश देख्न छाड्छ भने उसको मृत्यु निकट छ ।
७. मृत्युको संकेत नम्बर ७
यदि कुनै व्यक्तिको जिब्रो अचानक सुन्निन थाल्यो भने पनि त्यस्ता व्यक्तिहरु केहि दिनका लागि मात्र जीवित हुने बताइएको छ ।
८. मृत्युको संकेत नम्बर ८
यदि मानिसले आकाशमा ध्रुव तारा देख्न छाडेमा यसको अर्थ उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुने बताइएको छ ।
९. मृत्युको संकेत नम्बर ९
जब कुनै व्यक्तिले सूर्य, चन्द्र र आकाशलाई रातो देख्न थाल्छ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुने बताइएको छ ।
१०. मृत्युको संकेत नम्बर १०
जब कसैले सपनामा उल्लु अथवा खाली वा नष्ट भएको गाउँ देख्छ भने उसको मृत्यु निकट छ भन्ने बुझ्नुपर्छ । (एजेन्सी)
काठमाण्डौ । अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर  हैरान भएका एक व्यक्तिले सम्बन्ध बिच्छेद  गरेको घटना  हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामी  यस घटना सुनाएर  तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ ।


 हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट  गर्न  नसकेर निरास भएका छन् । यँहा हामी  यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।


पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:

 पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:




जाँड रक्सी र सुर्तिजन्य बस्तुको  प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको  अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

डिप्रेशन: धेरै तनाबले हार्मोनमा  परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

बिरामी : डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।

खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :

सेतो मुसली
यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।

अदुवा
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई  खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।

खजूर
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

लसुन
काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।

ताजा फल
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ ।
                                                  भिडियो हेर्न तल क्लिक गर्नुस
यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई २० मिनेट लाग्छ भने कुनै पुरुषको कल्पना र फोरप्लेबाट उत्तेजित हुन उनीहरूलाई मात्र १० मिनेट लाग्छ ।


२. फ्यामिली प्लानिङ एसोसिएसनले गरेको सर्वेक्षण अनुसार कन्डम असफल हुनुको कारण यो लुज हुनु वा बढी टाइट हुनु हो । टाइट भए कण्डम फुट्छ र लुज भए बाहिर निस्कन्छ । अतः उचित आकारको कन्डम छनौट गर्नुपर्छ ।
३. एक सर्वेक्षणअनुसार गि्रकहरू अन्य देशका नागरिकको तुलनामा यौनसम्पर्कमा बढी संलग्न हुन्छन् ।
४. पुरुष एवं महिला दुवैले एकै दिनमा कैयन पटक आर्गेज्म अनुभव गर्छन् ।
५. के तपाईं यौनसम्पर्कका लागि उत्तेजित हुनुहुन्न ?
 त्यसो हो भने एक पटक बर्थ कन्ट्रोल पिल्स परिवर्तन गरेर हेर्नु उचित हुन्छ र कैयन अवस्थामा अलग-अलग पिल्समा पाइने हार्मोनले उत्तेजनालाई प्रभावित गर्छ ।

यसको परिवर्तनबाट समस्या समाधान हुन सक्छ ।
६. कतिपय अवस्थामा वीर्यबाट ब्लिचको गन्ध आउँछ । यसबाट कुनै हानि भने हुँदैन । यसको कारण त्यसमा पाइने रसायन हो । यो प्राकृतिक डिसइन्फेक्टेन्ट हो र यसले वीर्यलाई योनिमा पाइने एसिडको प्रभावबाट जोगाउँछ ।
७. ७५ प्रतिशत पुरुष आफ्नो पार्टनरसित आर्गेज्मको अनुभव गर्छन् ।
८. शारीरिक सम्बन्धपश्चात अधिकांश पुरुष सुत्छन् जुन प्रायः महिलालाई मन पर्दैन । यस्तो व्यवहार पुरुषले जानेर-बुझेर गरेको हुँदैन । आर्गेज्मले पुरुषको नर्वस सिस्टमलाई लो गर्छ जसको रासायनिक प्रभावबाट उनीहरूलाई निद्रा लाग्छ sourcetajaakhabar
१. बेलुकीको खाना धेरै ढिला खानुः बेलुकीको खाना धेरै ढिला खाने गर्नाले तपाईंको तौल मात्र बढ्ने होइन कि तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउने गर्दछ । बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु जरुरी छ । खाना खाएको दुई घण्टापछि मात्र पार्टनरसँग बेडमा जाने तरखर गर्नुहोला ।

२. बिदाको समयमा धेरैबेरसम्म सुत्नु हप्ताभरीको सबै निन्द्रा बिदाको दिन पारेर पुर्याउने सोच राखेर शनिबार धेरैबेरसम्म सुतिरहनाले पनि तपाईंको सेक्स मुड शिथिल हुनपुग्छ । बिदाको दिन धेरैबेर सुत्नाले प्राकृतिक साइकलमा हानी पुग्ने भएका कारण तपाईंलाई अल्छी, शिथिल र सेक्सका लागि मुड नै नहुने समस्यामा पर्नुहुनेछ । बिदाभन्दा बाहेक अरु समयमा जतिबेला उठ्नुहुन्थ्यो त्यहि समयमा नै उठ्ने प्रयास गर्नुहोस् र त्यहि बानी बसाल्नुहोस् ।

 ३. तपाईं हप्ताको सातै दिन सँगै हुनुहुन्छः यदि तपाईं र तपाईंको पार्टनर एउटै अफिसमा काम गर्नुहुन्छ र अफिसबाट सँगै घर जानुहुन्छ भने केहि समयपछि तपाईंलाई बोर लाग्नसक्छ । सधैंभरि एकअर्काको साथमा नै हुनुहुन्छ भने त्यसले केहि जलवा नदेखाउन सक्छ । आफ्नो पार्टनरसँग सेक्सुयल इन्टिमेसी जगाउन चाहनुहुन्छ भने केहि समयको लागि एकअर्काबाट टाढा रहनुहोस् र तपाईंले आफू फ्रेस भएको महसुस गर्नुहुनेछ र बेडरुममा केहि वाइल्ड गर्न इच्छुक हुनुहुनेछ ।

४. तपाईंले पिल्स खाइरहनुभएको छ भनेः के तपाईं टाउको दुख्नासाथ औषधी खाने गर्नुहुन्छ रु सर्वेक्षणका अनुसार हाइ ब्लड प्रेसर पिल्स र अरु साधारण औषधीहरुले सेक्सुयल डिजायर कम गर्ने गर्दछन् र टेस्टोस्टेरोन लेभल पनि घटाउने गर्दछ । धेरैजसो महिलाहरुले गर्भ नरहोस् भनेर गर्भनिरोधक औषधीहरु दैनिकजसो खाने गर्दछन् । यदि बिरामी हुनुहुन्छ भने पिल्स खानु केहि गलत हुँदैन तर डाक्टरको सल्लाह अनुसार मात्र औषधी खाने गर्नुहोस् । यदि डाक्टरहरुले कुनै औषधीले तपाईंको सेक्स ड्राइभलाई प्रभाव पार्छ भने उनले केहि वैकल्पिक उपायहरु प्रदान गर्नेछन् ।
 ५. निरन्तर व्यायाम नगर्नालेः अनुसन्धानका अनुसार निरन्तरको व्यायामले तपाईंको सेक्स लाइफमा रौनकता थप्ने कामका साथसाथै कार्डियोभास्कुलरको काम र सर्कुलेसन पनि बढाउने कार्य गर्दछ । व्यायामको लागि जिममा जानुस् अथवा आफ्नो बगैँचा वा अपार्टमेन्टमा डुल्नु भयो भने पनि यसले तपाईंलाई तनावबाट मुक्ति दिएर सेक्सको लागि मुड अन नै राख्न मद्दत गर्छ । तर, अधिक व्यायाम पनि हानि हुन्छ भन्ने कुरा याद राख्नुहोस् ।
 ६. सुत्ने बेलामा समाचार पढ्नुहुन्छ भनेः हामीलाई चाहिने सबै खबर, समाचार जतिबेला मन लाग्यो त्यतिबेला उपलब्ध गराउने एक्काइसौँ शतिाब्दिको उपकरणलाई हामीले धन्यबाद दिनै पर्छ । यति सहज उपलब्ध हुने कुराहरुलाई हामीले किन दिनको अन्त्यमा खोज खबर गर्ने रु सुत्ने बेलामा अपराध, सेयर मार्केटको उतार–चढाव, प्राकृतिक प्रकोपका समाचारहरु मोबाइल, टिभी अथवा अनलाईनमा पढ्नुहुन्छ भने यसले तपाईंको दिमागमा तनाव पैदा गर्छ जसले बेडमा सेक्सी फिल गर्न अलि गाह्रो हुन्छ । तनावले टेस्टोस्टेरोन लेभल घटाउँछ जसले तपाईंलाई सेक्समा मन नगएको महसुस गराउँछ


। यसका साथसाथै ल्यापटप र मोबाइलमा ध्यान दिनु भनेको आफ्नो पार्टनरमा मन नजानु हो । सुत्नुभन्दा पहिले इन्टरनेटमा ब्राउजिङ्ग गर्नुभन्दा मनतातो पानीले नुहाउनु अथवा रोमान्टिक गीतहरु सुन्दा राम्रो हुन्छ । सुत्नुपूर्व आफ्नो पार्टनरसँग कुरा गर्ने बानी बसाल्नु भयो भने पनि यसले एकअर्कामा राम्रो सम्बन्ध स्थापित गर्न सहयोग गर्दछ ।
 ७. पोर्न फिल्म तपाईंको प्रेरणा हो भनेः 
आफ्नो पार्टनरसँग बेडमा केहि वाइल्ड गर्नु भनेको राम्रै हो तर त्यसलाई साँचो र प्राकृतिक बनाउन पनि निकै जरुरी छ । पोर्न फिल्मले तपाईंलाई धेरै आशा गर्ने बानी बसालिदिन्छ । ‘आफूले कुनै फिल्ममा सेक्सुयल र सिडक्सन कार्यहरु देखेकै भरमा यसले तपाईंको पार्टनरलाई सन्तुष्टि दिन्छ भन्ने छैन,’ डा।

 राजन भोस्लेले बताए । माया र आदर हराउन नदिनुहोस् । सेक्सको भरिपूर्ण आनन्द लिन आफूले हेरेका भिडियोभन्दा आफ्नै शैली प्रयोग गर्नुहोस् । ‘दिनदिनै आत्मियताका लागि गरिने कार्यहरु जस्तै किसिङ्ग र अंगालोले बेहेर्नेजस्ता कार्य गर्नाले पनि तपाईंको पार्टनरलाई केहि रमाइलो गर्न मन हुन्छ, ’ भोस्लेले जानकारी दिए । www.hamrosandesh.com
काठमाडौं । सफल वैवाहिक जीवनका लागि केही मानिसहरु केटी मान्छेको भर्जिनिटीलाई महत्वपूर्ण मान्छन् । तर मेडिकल विशेषज्ञहरु विवाह अघि नै गरेको सेक्सले विवाहपछिको सम्बन्धमा कुनै असर गर्दैन ।
सदियौदेखि महिलाको भर्जिनिटी उसको इज्जतसँग जोड्ने गरिएको छ । आज मानिसहरु चन्द्रमा र मंगल ग्रहमा पुगिसकेका छन् तर पनि महिलाको भर्जिनिटीका बारेमा संकुचित विचार राख्छौं ।

अहिलेसम्म पनि कुनै पनि पुरुषले विवाहपछि महिलाको भर्जिनिटी कसरी जाँच्ने भन्ने बारेमा सोधेका छैनन् । गाइनोलोजिस्ट र सेक्स काउन्सलरहरुले कसैले पनि महिलाको भर्जिनिटी कसरी थाहा पाउने भनेर सोधेमा दिने यकिन उत्तर पनि छैन ।
अधिकांश पुरुषहरु महिलासँगको यौन सम्बन्धपश्चात रगत बग्यो भने भर्जिन भएको भन्ठान्छन् तर यो सही होइन । मानिसहरुको आम धाराणा पहिलो पटक रगत बग्दा भर्जिनिटी तोडिन्छ भन्ने भएपनि केही महिलाहरुको त्यसभन्दा अघि नै विभिन्न शारीरिक कामकै क्रममा भर्जिनिटी तोडि सकिएको हुन्छ ।
विवाहपछि हुने यौन सम्बन्धका समयमा रगत नबगेमा ऊ भर्जिन होइन भन्न मिल्दैन र यसैका कारण विवाह पछिको सम्बन्ध नराम्रो बनाउनुपर्ने कुनै कारण छैन ।
गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि पछि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् ।

यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ ।





१ पानी र मह
विहानको समयमा उठ्ना साथ पानीमा मह राखेर पिउनुस् । यसले पेटका विकारलाई कम गर्छ र अनुहारमा चमक ल्याउँछ ।





२ बेसन र बेसार

२ चम्चा बेसन र आधा चम्चा बेसार मिसाएर खुव फिट्नुस् अनि गुलाव जल मिसाएर अनुहारमा लगाउनुस् । यसो गर्दा अनुहारमा चमक आउँछ ।

३ पानी प्रयाप्त पिउनुस्
गर्मीमा शरीरलाई पानीको आवश्यकता अघि पछि भन्दा बढी पर्छ । गर्मीमा प्रयाप्त पानी पिउनुस् । यसले शरीरमा भएका विषाक्त पदार्थ बाहिर निकाल्छ । त्वचामा निखार ल्याउँछ ।



४ केरा सेवन

गर्मी मौषममा केराको सेवन निक्कै राम्रो मानिन्छ । केरा सेवन मात्र होइन केराको लेपमा नुन मिसाएर अनुहारमा १० मिनेट लगाउनुस् र सफा गर्नुस् अनुहार चम्किन्छ ।



५ सुन्तालका बोक्रा

सुन्तालाका बोक्रालाई पिसेर पाउडर बनाउनुस अनि काँचो दुधमा लेप बनाउनुस् । यो अनुहारमा लगाउँदा त्वचामा चमक आउँछ ।

६ मलाइ र केसर
अनुहारमा भएको सुख्खापन हटाउन मलाइ र केसरको मिश्रणले अनुहारमा मालिस गर्नु उत्तम मानिन्छ । यसो गर्दा अनुहारको रुखो पन हटेर चमक आउँछ ।

७ मह र पानी

एक चम्चा महमा पानी मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको फोहोर निस्किन्छ । अनि सफा गर्दा अनुहारमा चमक आउँछ ।
८ काजु र दुध

काजु अनुहारको च्वचाका लागि राम्रो मानिन्छ । काजु र दुध मिसाएर खँदा अनुहारमा चमक आउँछ । छालाको सुख्खापन हटाउन काजु र दुधको लेप अनुहारमा लगाउन सकिन्छ ।

९ कागती र सुन्तालाको रस

आधा चम्चा सुन्तालाको रसमा केही थोपा कागतीको रस मिसाएर गुलाव जलसँग केहीबेर फ्रिजमा राख्नुस् । २० मिनेटपछि यसले अनुहार धुनुस् ।

१० दही र पुदिना

दही र पुदिनाको पातको पाउडर मिसाएर अनुहारमा लगाउनुस् अनि आधा घण्टा कुर्नुस् । सुख्खाभएपछि सफा पानीले धुनुस् । यसो गर्दा अनुहार चम्किन्छ ।
नयाँदिल्ली : म्यागी चाउचाउमा असुरक्षित मात्रामा सिसाको मात्रा देखिएपछि नेस्लेको तयारी चाउचाउ म्यागीलाई भारतका पसलेहरूले बिक्रीबाट हटाएका छन्।
भारतका राज्यहरूले कि त म्यागीलाई पसलबाट हटाउन वा संघीय सरकारसँग मिलेर यसमाथि कारबाही गर्नुपूर्व अनुसन्धान गर्न आदेश दिएका छन्।

प्रयोगशाला परीक्षणमा म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि यस उत्पादनको बिक्री घटेको छ। यी परीक्षणमा म्यागी चाउचाउमा राखिएको भनी उल्लेख नगरिएको तथा स्वाद मिठो बनाउने रासायनिक पदार्थ मोनोसोडियम ग्लुटामेट (एमएसजी) राखिएको फेला परेको छ।

मंगलबार दिल्लीको नगर प्रशासनले म्यागीका १३ वटा नमुनामा परीक्षण गरेको थियो। तीमध्ये १० वटामा सिसाको मात्रा तोकिएको भन्दा बढी भई खान असुरक्षित हुने देखिएको थियो। यसअघि उत्तर प्रदेशको खाद्य सुरक्षा अधिकारीहरूले गरेको परीक्षणमा पनि सिसाको मात्रा तोकिएको भन्दा निकै बढी भएको फेला परेको थियो।

दिलली सरकारले स्विजरल्यान्डमा केन्द्रीय कार्यालय रहेको नेस्ले एसएको सहायक संस्था नेस्ले इन्डियामाथि कानुनी कारबाही गर्ने जानकारी दिएको छ। त्यहाँका अधिकारीहरूले बुधबार यस कम्पनीका अधिकारीसँग भेट गरेका छन्। दिलली सरकारले आफ्नो क्षेत्रका पसलमा म्यागी चाउचाउ बिक्री गर्न प्रतिबन्ध लगाएको छ। यस नगरका प्रमुख पसलले पनि यो चाउचाउ बिक्री नगर्ने बताएका छन्।

म्यागीले 'दुई मिनेट' को विज्ञापन अभियान सञ्चालन गरेको छ र यो सजिलो तयारी चाउचाउ भएकाले स्कुल तथा कलेजका विद्यार्थीका लागि यो मन पर्ने खाद्यपदार्थ बनेको छ। चाउचाउ नेस्लेको सबैभन्दा छिटो बिक्री हुने खाद्य सामग्री बनेको छ। यसले प्रतिवर्ष १५ अर्ब रुपैयाँको चाउचाउ बिक्री गर्ने गरेको छ।

भारतीय चलचित्रका केही ठूला कलाकारले टेलिभिजनको विज्ञापनमा म्यागीका लागि भूमिका खेलेका छन्। उनीहरूले आमा तथा बालबालिकामा यो चाउचाउ प्रवर्धन गरेका छन्। बिहारको एक अदालतले मंगलबार बलिउडका ठूला चलचित्रकर्मी अमिताभ बच्चन, माधुरी दीक्षित तथा प्रीती जिन्टाले म्यागीको ब्रान्ड दूत बनेको भनी उनीहरूमाथि मुद्दा दायर गर्न आदेश दिएको छ।

भारतको संघीय सरकारले गलत सूचनामार्फत अत्यावश्यक उत्पादन तथा खाद्य सामग्री उपभोक्तालाई बिक्री गर्ने घटना नियन्त्रण गर्न नयाँ कानुन तयार गरेको छ।

भारतको संघीय खाद्यमन्त्री रामविलास पासवानले यो कानुन तोड्ने व्यक्तिलाई आजीवन कारावास सजायसम्म हुने व्यवस्था गरिएको बताए। यसै साताको आरम्भमा नेस्ले इन्डियाले विज्ञप्ति प्रकाशन गरी आफ्नो चाउचाउ खानका लागि सुरक्षित भएको दाबी गरेको थियो।

अत्यधिक मात्रामा सिसा सेवन भए त्यसले मिर्गौला, हड्डी तथा स्नायु प्रणालीमा क्षति पुर्‍याउन सक्छ। यो विशेष गरी बालबालिकाका लागि नकारात्मक हुने देखिएको छ। एमएसजीको अत्यधिक सेवनले स्नायु प्रणालीमा क्षति पुर्‍याउन सक्ने बताइएको छ।

केरला सरकारले म्यागी चाउचाउ बिक्रीमा प्रतिबन्ध लगाएको छ। हरियाणा, पश्चिम बंगाल तथा महाराष्ट्र सरकारले पनि म्यागी चाउचाउको नमुनामा परीक्षण गर्न थालेका छन्। भारतको खाद्य नियामक संस्थाले २९ राज्यलाई म्यागी चाउचाउको नमुनामा परीक्षण गर्न भनेको छ।
annapurnapost.com
२० जेठ, काठमाडौं ।


बुधबार ५ बजेर ३८ मिनेटमा फेरि अर्को भुकम्पको धक्का गएको छ । दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।


विनाशकारी भूकम्प गएको १ महिना भन्दा बढी भयो । पराकम्पन कम हुदै गएका थिए तर बुधबार भने अहिलेसम्म ४ पटक गईसकेका छन । आज पनि दिउसो १ घण्टाको फरकमा २ पराकम्पन र बिहान १ गरी ३ पटक गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  २ बजेर ३९ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको मापन गरिएको छ । यस अघि १ बजेर ३७ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यस्तै बिहान २ बजेर ४५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सपनालाई मानिसहरुले विभिन्न ढंगले ब्याख्या गर्छन् । पूर्वीय दर्शनमा सपनाको पनि अर्थ रहेको बताइन्छ । यहाँ त्यस्ता १० सपनाको चर्चा गरिएको छ जुन देखेपछि धन प्राप्तीको विश्वास गरिन्छ ।

१ सपनामा औंठी लगाएको देख्नु भो भने धन प्राप्त हुन्छ ।





२ सपनामा घर बनाएको देख्दा पनि धन हात लाग्छ ।


३ कमलको फूल देखेमा पनि धन प्राप्तीको संकेत मानिन्छ ।



४ तरभुजा देख्नु भो भने बुझ्नुस् धनलाभ हुँदैछ ।

५ सपनामा लाश देख्नु पनि शुभ मानिन्छ । सपनामा लाश देख्दा पैसा प्राप्त हुने विश्वास गरिन्छ ।

६ सपनामा गरिवी विपन्नता देखिनु शुभ हो । यसले विपनामा समृद्धी दिलाउँछ ।

७ सपनामा सुगाको तोता देख्नु निक्कै शुभ मानिन्छ । यसले धनप्राप्तिको संकेत गर्छ ।



८ सपनामा गाइ वा भैसीको थुन छोएको देखे निक्कै राम्रो मानिन्छ ।

९ सपनामा तराजु देखियो भने विपनामा धन मिल्छ ।



१० तास खेलेको सपना देख्दा ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत मिल्छ ।
काठमाणडाै । गत वैशख १२, १३ र २९ गते अाएकाे महाभूकम्पले थातथलो गुम्यो, अन्नपात पनि माटोमा मिल्यो। भएका पशु चौपाया पनि मरे।

 बस्ने घर छैन, खानलाई अन्न छैन, परिवारका सदस्य गुमेका छन् यस्तो बेला सोझासाझा युवतीलाई ललाइफकाइ पार्ने बेला यही हो भन्दै दलालहरू गाउँ पस्न थालेका छन्, तपाइँहरू यस्ताका पछि नलाग्नुस् होसियार रहनुस्।

 मानव बेचबिखनविरुद्ध क्रियाशील सामाजिक संस्था माइती नेपालका निर्देशक विश्वराम खड्काले यसो भनिरहँदा सिन्धुपाल्चोक महाँकाल-७ का युवतीहरू झसङ्ग भए।

माइती नेपालले बेचबिखनबाट अति नै प्रभावित क्षेत्रमा अस्थायी बासस्थान निर्माणका लागि जस्ताको पाता वितरणसँगै बेचबिखनविरुद्ध परामर्श दिन सुरु गरेको हो।npnewsline.blogspot.com
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य नेतृ सुजाता कोइरालाले बर्तमान सरकार परिवर्तन आवस्यक नरहेको भन्दै सरकारको नेतृत्व परिवर्त भएमा आफु पनि प्रधानमन्त्री चलाउन सक्षम रहेको बताएकी छन् । महिला प्रधानमन्त्री भएमा मुलुकमा समानता छाउने पनि उनको भनाई छ ।

आज भक्तपुरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय सरकार गठनको प्रस्ताव राम्रो नियतले नआएको बताएकी छन् । ‘अब प्रधानमन्त्री बन्न उसले कति सयम जेल बस्यो भन्ने कुरालाई आधार मान्न हुँदैन’ उनले भनिन, ‘धानमन्त्रीका लागि नयाँ पुस्तामा धेरै व्यक्ति सक्षम छन्, त्यस मध्येमा म पनि हुँ ।’

 अहिले समयमा सरकार परिवर्तन गर्ने खेलमा लागे संविधान नबन्ने, पुनःनिर्माणको काम ओझेलमा पर्ने र रानीतिक भूकम्प आउने उनको दाबी थियो । यही सरकारलाई सहयोग गर्दै राष्ट्रिय सरकार निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।

वर्तमान मन्त्रीहरुले सकारात्मक काम गर्न नसकेको भन्दै उनेल मन्त्रीहरु भने परिवर्तन गर्नुपर्ने सुजाता कोइरालाको भनाई छ । यदि सरकार परिवर्तन गर्ने भए प्रधानमन्त्री कुर्सीका लागि मात्र नभएर परिवर्तनका लागि बन्न पर्ने भन्दै उनले आफू पनि परिवर्तन गर्न सक्षम रहेको बताइन् ।npnewsline.blogspot.com
काठमाडौं, २० जेठ । बैशाख १२ गतेको शक्तिशाली भूकम्पको पराकम्पन जारी क्रम बुधबार सम्म जारी छ । बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको ७.६ म्याग्नेच्युकम्पको पराकम्पन जाने क्रममा बुधबार समम जारी रहेको हो ।
बुधबारमात्रै तीन वटा पराकम्पन गइसकेको छ । अहिले भर्खरै २ बजेर ४९ मिनेटमा दोलखा केन्द्र भएर ४.२ म्याग्नेच्युडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


यसअघि बुधबार बिहान २ बजेर ४५ मिनेटमा गएको ४.१ म्याग्नेच्युडको पराकम्पनको केन्द्र भएको सिन्धुपाल्चोकमा दिउँसो १ बजेर ३७ मिनेटमा अर्को ४.५ म्याग्नेच्युडको भूकम्पको पराकम्पन गएको थियो ।
शक्तिशाली भूकम्प गएपछि पराकम्पन गइरहने भएकाले नआत्तिन तर सचेत रहन विज्ञहरुले सुझाव दिएका छन् । केही दिनयता पराकम्पन कम संख्यामा जान थालेपछि राजधानीसहितको जनजीवन सामान्य बन्दै गएको छ ।

काठमाडौं : बुधबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो १ बजेर ३७ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिदेसी केटाहरुलाई मोठाे बोली बोलेर पोईसा रिचाज हालि मङ्ने गरेकोछ यो केटिको घर सर्लाई नेपाल

हो नाम सबिना तामाङ एउटा केटालाई २साल सम्म माया गर्नु भनेर।बिस्वास दिलाएर पोईसा हाली माङ्ने गरेको थियो एउटा केटाले यो केटिलाई ३लाख सम्म हालिदियको थियो पछि यो केटि को त बिहे भएर नि यस्को बुडोले छोडेको रहिछ घर न थर भएर केटाहरुलाई फेसबुक बाट फसाउने काम गरेको रहिछ याे केटाे काे बिदेस मा दु;ख गरेको पाइसाे फन गरेर रिचा...ज हालेर यो केटिलाई नै सकेको भनाई छ यो केटो बिदेस बाट नेपाल गएर बिहे गर्छु भनेर बिदेस बाट नेपाल जान तयारी भको थियो प छि पो मेरो।बिहे भको।भनेर भनिछे याे केटिले अनि बिचराको सपना फेसबुक ले उडायो अहिले सम्म घर गको छईन केटो को भनाई छ यो केटिलाई नेपाल गएर यो केटिलाइ जिउदो चोड्दिन योसियर तपाइहरु त यस्तो भएको छैन अहिले अब भनुहोस यो केटिलाई के भन्नु हुन्छ source tajakhabar
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home