• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
६ साउन, काठमाडौं । बुधबार स्थानिय बजारमा सुनको भाउ चार वर्ष यताकै कम मूल्यमा झरेर किनबेच भइरहेको छ । बुधबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेर ४८ हजारमा झरेको छ । आइतबार सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसअघि २०६८ साउन २३ गते सुन ४७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसयता सुनको भाउ ४८ हजार रुपैयाँ झरेको थिएन ।
यस बिचमा सुन २०७० असार १४ गते ४८ हजार एक सय रुपैयाँमा झरेपनि पछि विस्तारै उकालो लागेको थियो ।
सुनको भाउ अोरालो लाग्नुको मूख्य कारण अन्तर्राष्ट्रिय बजार भाउ घट्नुका साथै साउनदेखि नेपालमा अायात भन्सार दर एक हजार रूपैयाँले घटाइनु रहेको छ ।
सरकारले सुनको भन्सार घटाएपछि साउन महिनामा सुनको भाउ हृवात्तै घटेको छ । साउनअघि पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेपछि नेपाली बजारमा पनि सुनको भाउ विस्तारै अोरालो लागिरहेको थियो ।
अन्तर्राष्ट्रिय बजार भाउ र भन्सार दर एकैपटक घट्दा सुनकाे भाउ अोरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव दियेशरन्त शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ पाँच वर्षयताकै सबैभन्दा कम मूल्यमा झरेको बताइएको छ ।
सरकारले साउनदेखि लागू हुने गरी सुनको आयात भन्सार दर प्रतिदश ग्राम ४२ सयमा झारेको छ । यसअघि प्रतिदश ग्राम भन्सार दर ५२ सय कायम थियो ।
बजारमा सुनको अझै ओरालो लाग्ने देखिन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंश ११ सय डलर रहेको छ । विज्ञहरुले एक हजार डलरसम्म झर्ने अनुमान गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंश एक हजार डलरमा झरे नेपाली बजारमा प्रतितोला ४६ हजार रुपैयाँसम्म झर्ने शाक्यको भनाई छ ।
www.onlinekhabar.com
काठमाडौं – ठूला र ठगी सँगसँगै रहने नेपालमा मात्र होला कि अन्त पनि ? जाँदाजाँदै निवर्तमान प्रधानन्यायाधीशले गरेका बदमासीबारे नयाँ प्रधानन्यायाधीशले आउनासाथ छानबिन समिति नै गठन गर्नुपर्ने । पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहले क्यासिनो चलाउने नाममा सरकार र होटलाई मात्र करोडौं चुना लगाएर नपुगी एउटै कम्पनी ९ जनालाई बेचेर ५० करोड करोडभन्दा बढी बटुल्दा प िकुनै कारबाही नहुने ।
पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरले एउटा सामान्य कम्पनीको आडमा सरकारलाई ६ करोड होटल याक एन्ड यतिलाई १८ करोड र अन्य नौजना धनाढ्यलाई ५० करोडभन्दा अधिक ठगेका हुन् । क्यासिनोमा काम लगाएका मजदुरलाई दिनुपर्ने रकम १५ करोडभन्दा बढी छ । सन् २०१० मा दरबारमार्गस्थित होटल याक एन्ड यतिसँग गिल्ट इन्भेष्टमेन्ट प्रालिका नाममा सम्झौता गरी राजबहादुरले रोयल क्यासिनो चलाउने भए । भाडा र राजश्व बुझाउनु पर्ने कुरा लगातार उठेपछि राजबहादुरको दिमागले ग्राहक खोजेर क्यासिकनो बिक्री गर्ने जुक्ति निकाल्यो । यसक्रममै होटल र मजदुर कसैलाई थाहै नदिई क्यासिनो पालैपालो ९ जनालाई बेचे । यसमध्ये सबैभन्दा बढी ९ करोड चिनियाँ व्यपारीले बुझाएका छन् । अहिले उनी कहाँ छन् कसैलाई थाहा छैन, आजको जनआस्था साप्ताहिकमा खबर छ । /www.ratopati.com
एजेन्सी । चीनमा केहि दिन यता एउटा सेक्स भिडियो भाइरल भएको छ । उक्त भिडियोमा एक जोडिलाई ड्रेसिङ रुममा सेक्स गरिरहेका छन् ।
युनिक्लो नाम गरेको पसल राजधानी बेजिङमा रहेको छ । अहिले सम्म लाखौँ संख्यामा शेयर भइसकेको छ भिडियो । देशकै सबै भन्दा ठूला वेभ पोर्टलहरु सिना तथा टेनसेर्टले उक्त भिडियोलाई रोक्न सकिरहेका छैनन् ।
प्रहरीले भिडियो सार्वजनिक गरेको भन्दै ६ जनालाई पक्राउ गरे पनि समस्या समाधान भएको छन । उक्त भिडियोमा एक युवक टिसर्ट तथा जिन्समा छन् भने युवती पुरै नाङगो अवस्थामा छन् ।
उक्त भिडियोमा पछाडी महिलाको आवज सुनिन्छ जहाँ उनी भनिरहेकि छिन् युनिक्लोमा यहाँहरुलाई स्वागत छ । युनिक्लो जापानी मूलका व्यपारीको कपडा पसल हो ।
www.nepalsandesh.com
झापा । झापाको बिर्तामोडस्थित होटलहरुमा यौन धन्दा सञ्चालन हुने गरेको चर्चा यतिखेर पूर्वमा फैलिएको छ ।
हुन पनि पछिल्ला दिनहरुमा पूर्वका होटलहरु बिहान देखि वेलुका सम्म खचाखच हुने गरेका छन् । त्यो पसिन केहि घण्टाको लागि । त्यसोत प्रहरीले पनि छापा नमारेको हैन तर पनि प्रहरीलाई बारम्बार रित्तो हात फर्कनु पर्ने बाध्यता थियो । तर प्रहरीले पाएको पछिल्लो जानकारी अनुसार सवै कोठमामा बाहिरबाट ताल्तचा मारेर भित्र यौन व्यवसय सञ्चालन भइरहेको छ ।

प्रहरीले पाएको सूचना न गलत थियो, न त होटलका कोठा खाली थिए ।
दिउँसै यौन क्रियाकलाप गर्न चाहने ग्राहकको संख्या बढेपछि यतिवेला पूर्वका होटलले अपनाएको नयाँ उपाय प्रहरीले पत्तै पाएन । अहिले यो उपाय यौनधन्दा चलाउनेका लागि आम्दानीको दह्रिलो स्रोत भएको छ । ‘त्यो उपाय भनेको ग्राहकलाई एक वा दुई घन्टाका लागि कोठा भाडामा दिने र बाहिरबाट ताल्चा मारिदिने हो,’ बिर्तामोडको होटलका एकजना कर्मचारी भन्छन् , ‘होटलका कोठामा ताला लागेको देखेपछि आउने जाने सबैलाई कोठा खाली छन् भन्ने भान पर्छ ।’

‘रात परेपछि भन्दा पनि होटल चल्ने त दिउँसै हो,’ ती कर्मचारीले भने, ‘एक घन्टामा राम्रै आम्दानी हुन्छ ।’ उनका अनुसार, होटलका कोठा दिनभरि यौन क्रियाकलाप गर्न चाहने ग्राहकले खचाखच भरिने गर्छन् । ग्राहकले एक घन्टा कोठा लिएबापत बढीमा पाँच सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ । काउन्टरमा अग्रिम भुक्तानी गरेपछि कोठामा पसेका ग्राहकलाई बाहिरबाट ताल्चा लगाएर राखिन्छ । ग्राहकले मागेको समय पूरा भएपछि होटलका कर्मचारीले ताल्चा खोलिदिन्छन् । अधिकांश ग्राहकले साथमा युवती लिएर आउने गरेकाले खासै मोलमोलाई गरिरहनु नपर्ने ती कर्मचारीको अनुभव छ ।

‘हामीले लिने भनेको समयअनुसारको भाडा मात्रै हो,’ उनले भने,
 ‘युवतीसहित कोही एकरदुई घन्टा आएर बस्छ भने त्यसमा कसैले टाउको दुखाउनुहुँदैन ।’ होटलका कोठा पहिल्यै बुक गराएर मात्रै ग्राहक आउने गरेको बताउँदै झापा दमकका एकजना होटल सञ्चालक भन्छन् , ‘ग्राहकको इच्छाअनुसार चल्नु व्यवसायीको धर्म हो ।’ होटल व्यवसायी संघ मध्यपश्चिमका अध्यक्ष गंगाप्रसाद सिटौलाले विकृतिमुक्त होटल र गेस्टहाउस छन् भन्न सक्ने अवस्था नरहेको बताए । ‘प्रहरीसमेतको सहभागितामा व्यवसायलाई मर्या्दित बनाउने निर्णय भए पनि प्रभावकारी रूपमा लागू गर्न सकिएको छैन,’ उनले भने ।

होटलमा विकृति बढेपछि दुई वर्षपहिले झापाको दमकमा महिला संगठनका प्रतिनिधिले यौनकर्मी महिलालाई होटलबाट निकालेर कुटपिट गरेका थिए । झापाका सहर बजारमा स्थानीय मात्र होइन, शरणार्थी जीवन बिताइरहेका भुटानी युवती पनि प्रशस्तै भेटिन्छन् । बिर्तामोड, दमक, काँकडभिट्टालगायत स्थानमा शरणार्थी युवतीकै बाहुल्य छ । यौनजन्य क्रियाकलापमा शरणार्थी युवतीको संलग्नता पहिलो घटना भने होइन । यस्ता दर्जनाँै घटना छन्, जहाँ शरणार्थी युवतीको संलग्नता नभएको होस् । प्रहरीले छापा मार्दा होटलबाट शरणार्थी युवती समातिएका दर्जनौँ घटना रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
आफूखुसी यौन व्यवसायमा लागेका शरणार्थी युवती पूर्वका सहरपिच्छे भेटिन्छन् । उनीह

रू सबैभन्दा बढी सक्रिय रहने सहरचाहिँ झापाको दमक हो । यसबाहेक पूर्वको धरान, इटहरी, विराटनगर, इनरुवालगायत सहरमा पनि उनीहरू देहव्यापारका लागि जाने गरेका छन् । ‘झापाबाहिर धरानमा उनीहरूको माग बढी छ,’ शरणार्थी शिविरका एकजना अगुवाले भने, ‘तीन हजार बढी शरणार्थी युवती देहव्यापारमा लागेको अनुमान गरेका छौँ ।’ स्रोतका अनुसार, पूर्वी नेपालका शरणार्थी शिविरमा रहेका भुटानी युवतीलाई देहव्यापारमा संलग्न गराउन शिविरमा घुम्ती समूह खटिने गरेको छ ।
www.nepalsandesh.com
पूर्वी नेपालको धनकुटामा २३ वर्ष अघि जन्मिएर हाल जावलाखेल ललितपुरमा बस्ने युवा ज्योतिष सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन् । उनले अहिलेसम्म पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी नेतृ पम्फा भुषाल, नायीका रेखा थापा लगायतका चर्चित अनुहारको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन् ।
सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै ११ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् । प्रस्तुत छ उनै माताजीसंग हरेकपल डट कमको घुम्ने मेचमा गरिएको सवाल जवाफको सम्पादित अंश ।

तपाईलाई के भनेर सम्बोधन गरौं ?
जे भने पनि हुन्छ, भविष्यबाणी हेर्ने पेशा हो मेरो । मैले ज्योतिष विद्या अध्ययन गरेको होइन । मलाई स्वतः अलौकिक शक्ति आएको हो । मलाई यो सवै भगवानका कृपाले प्राप्त भएको हो । अध्ययनको कुरा गर्नुपर्दा मैले स्नातक तह अध्ययन गर्दै थिए । कारणबस म यही भविष्यबाणी हेर्ने क्रममै व्यस्त भएर पढाईलाई निरन्तरता दिन सकिन । तर अध्ययनलाई मैले पुरा गरेरै छाड्छु ।

ज्योतिष विद्या पढ्ने रहर छ की यसैले पुग्छ ?
ज्योतिष विद्या पढ्ने भन्दा पनि, मलाई अझै बढी अलौकिक शक्ति प्राप्त हुन्छ की भन्नेमा म छु ।
कसरी प्राप्त हुँदोरैछ अलौकिक शक्ति भन्न मिल्छ ?
मैले मिडियामा भने मात्र त हो मेरो बारेमा अरुले जान्ने । मैले यो कुरा नभन्नु भनेको म भित्र रहेको कललाई लुकाएर राख्नु जस्तै हो । मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । मैले हेर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ ।

 यो सबै पोजेटिभ थिङ्किङ् र पवित्र मन भयो भने आउने हो । पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो । बोलीकै भरमा मैले साढे ४ लाख बढी मान्छेको भविष्यबाणी गरिसकेको छु । आवाजबाटै मान्छे नदेखिकनै । यसैगरी ६ लाख जतिसँग मैले प्रत्यक्ष भेटिसकेकी छु । सबै कुरा अलौकिक शक्तिले पनि हो । ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु पनि मैले भेट्ने अवसर पाएँ ।

 उहाँहरु चाही जन्म कुण्डली नक्षेत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो । चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन । मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु ।

मैले यसैको माध्यमबाट धेरै  व्यक्तिहरुसँग भेट गर्ने अवसर पाए ।  म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु ।

अब राजनीतिका कुरा गरौँ है त ?
(हाँस्दै) हुन्छ ।
तपाईंले २०६४ को संविधानसभाले संविधान दिँदैन भनेको कुरा हामीले पहिलानै थाहाँ पाएका थियौँ अहिलेकोसंविधानसभाले संविधान दिन्छ कि दिँदैन ?
मैले २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । तर अहिलेको संविधानसभाबाट संविधान बन्ने संम्भावना भने म देख्दिन् । यो २०७२ साल सम्म यस्तै हुन्छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु । संविधान सभाका अध्यक्षको भविष्यबाणी गर्ने हो । अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ ।  त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन ।

त्यहाँ त बस्ने मात्रै हो अरु सबै काम त सिंहदरबारमा हुन्छ नी ?
कुनै पनि कामको निर्धारण गरिनुलाई महत्वपुर्ण मानिन्छ । त्यो स्थान त्यति राम्रो देखेको छैन । अफिस र घरमा धेरै फरक छ नी । अफिसमा आएर बिमको मुनि बस्नु भयो र नकारात्मक दोष रहेछ भने तपाई घर पुग्दा तनाबमा हुनुहुन्छ । त्यसैले कार्यालयको बास्तु मिलेको हुनुपर्छ । जुन अहिले रहेको संविधानसभा भवनमा छैन । जुन व्यक्ति जहाँ बसेर काम कुराको निर्धारण गर्छ त्यो नै प्रमुख रहन्छ ।

तपाईसँग त उग्र क्रान्तिकारिताका कुरा गर्ने नेता नेतृहरु पनि पुग्नु भएछ है ?
मेरो एउटा भावनाको नाताले मेरो निम्ति सबै मान्छे बराबर हो । मान्छे मार्ने व्यक्ति हुन चाहे गुण्डागर्दी गर्ने व्यक्ति हुन् । राजनीतिमा धेरै राम्रो नाम कमाउने व्यक्ति हुन् चाहे पूर्व राजा हुन् सबै मेरा भक्तजन हुन् । सबै क्षेत्रका व्यक्तिहरुको भविष्य फल हेर्दा सबैलाई समान ठान्छु । मेरो सबै जनालाई भेट्ने अबसर मिलेको हो मेरो पनि भाग्य हो । मसँग आउनेहरुले माताजी म यो बन्छु की बन्दैन भन्दै आउनु भने भएको छैन ।

पूर्व राजा ज्ञानेन्द्रको भविष्य फल हेर्दा के सोध्नुभयो त उहाँले ?
उहाँलाई मैले डेढ बर्षदेखि भेट्न चाहेको थिए । त्यसैक्रममा एक जना पत्रकारको सहायताले पूर्वराजाका सचिब फणिन्द्रराज पाठकसँग भेट भयो र उहाँले पूर्वराजासँग भेट्ने समय मिलाई दिनुभयो । पूर्व राजासँग निर्मल निवासमा भेट भएको हो । देशमा के कारणले यो भयो भन्ने कुरा मलाई थाहाँ छ तर अहिलेनै भने यो सार्वजनिक गर्दिन् । पूर्वराजा केही बोल्नु भएन मुसुमुसु मात्रै हाँसी राख्नुभयो । मैले के देखे भने अझै फेरि एक पटक देशमा राजसंस्था आयो भने देशमा शान्ति छाँउछ ।

ए राजतन्त्र फर्किन्छ भन्नेमा तपाईको भविष्यबाणी ?
हजुर हो । यो कुरा त मैले पहिला पनि भनिनै रहन्थे । हुन त पूर्व राजा ज्ञानेन्द्र शाहको योग भनेको तीन पटक राजा हुने योग हो । तर उहाँले म कहिले राजा हुन्छु भनेर भने सोध्नु भएन ।

तीन पटक राजा हुने योग भन्नुभयो ? एक पटक त्रिभुवनले राजगद्दि  छोडेर दिल्ली जाँदा, एक पटक दरवार हत्याकाण्ड पछाडि र अब फेरि राजा बन्दै हुनुहुन्छ भनेको ?
यो विषयमा एक जना पत्रकारले माताजी ज्ञानेन्द्र त तीन पटक राजा भइसक्नु भयो भनेर भन्नु भएको थियो उहाँ कतिपटक हुनुभयो भन्ने त मलाई थाहाँ भएन । तर बास्तबमा उहाँको  तीन पटक राजा बन्ने योग त मैले देखे ।

प्रधानमन्त्री सुशील कोइरालाको भविष्य हेर्नुभयो ?
उहाँलाई प्रत्यक्ष त भेट गर्न पाएको छैन, तर उहाँको भविष्य कसैको माध्यमबाट हेरेको छु ।

कोइरालाको नेतृत्वमा संविधान बन्छ ?
गाह्रो छ ।

कोइराला पछिको प्रधानमन्त्री को त ?
मेरो भविष्यबाणी अनुसार के.पी ओली प्रधानमन्त्री रहनै पर्छ । ओलीको प्रधानमन्त्री बन्ने योग छ ।

पछिल्लो समय दैबि प्रकोपका घटनाहरु भए यसमा पनि अलौकिक शक्ति हो त ?
सिन्धुपाल्चोकको पहिरोको कुरा हो । विभिन्न व्यक्तित्वको ज्यान गयो । मैले पनि हात हेरेका २ जना व्यक्तिहरु त्यसमा पर्नुभयो । उहाँहरुको मृत्यु भएको मैले सपनाको माध्यमबाट थाँहा पाए । कसैसँग बुझ्दा खेरि उहाँहरुको मृत्यु भइसकेको रहिछ । तर मैले आज भन्दा ४ महिना अगाडि भविष्यबाणी गर्दा तपाईलाई पूर्व दिशामा बस्दा राम्रो हुन्छ त्यहाँ तपाईलाई अफाप छ भनेकी थिएँ । त्यहाँ पनि नागले बास गरेको ठाँउ नाग पञ्चमीका दिनमा ठूलै अजिंगर मारिएको थियो भन्ने कुरा पनि छ ।

देशका अन्य ठाँउमा पनि दैवि प्रकोप आउँछ अँझै ?
२०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७१ साल देशकालागि एक दमै डरलाग्दो साल हो ।

साहित्यीक कुरा गरौं, त्यो र यो काम गर्न त अप्ठेरो होला नी त ?
भविष्य हेर्ने काम मेरो पेशा बनाएकी छु भने साहित्य भनेको कुनै बेला कसैलाई भेट्दाखेरि कुरा गर्दा मात्रै फुर्ने विधा हो मेरा लागि । म कहाँ हात हेराउन आउनेहरुको प्रेम देख्दा खेरि यो गजल भन्ने गर्छु ।

कति धेरै सम्झनाको तरेलीमा आयौ तिमी
निदाइन रातैभरी, परेलीमा आयौ तिमी ।।

घर परिवार तर्फ फर्कौ, घरमा को को हुनुहुन्छ ?
मेरो घरमा बुवा मम्मी हामी चार जना दिदी बहिनी र एक जना भाइ छौ । भाइ बिराटनगरमा पढ्दै छन् । बहिनीहरु तीन जना उतै धनकुटामै छन् । म घरेको जेठी छोरी हुँ । मेरो पेशाले नै गाँउमा बुवा मम्मीदेखि
 विराटनगरमा भाइ पढाउने गरेकी छु । मेरो मम्मी तीन बर्षदेखि विरामी हुनुहुन्छ उहाँको पनि उपचार गर्ने गर्छु ।

अरुको भाग्य हेर्ने मान्छे तपाई कसरी दुःखी ?
यसमा ज्योतिषका छोरी विधुवा भन्ने उखान जस्तै हो । यसरी बुझ्नुस् न तपाईको घरमा एकदमै धेरै साग टमाटर रोप्नुभयो भने ती चिजहरु त तपाईलाई विलकुलै मन पर्दैन । ती भन्दा फरक चिज खान मन लाग्छ नी । भनेपछि जुन छ त्यो चीजको वास्ता हुँदैन । मैले अरुको भविष्य हेर्दा आफ्नो बारेमा हेर्ने फुर्सद पनि हुँदैन । अझ कर्म भएपछि मात्रै भाग्यको कुरा हुन्छ । तपाई यस्तो हुनुहुन्छ भन्दा खेरि तपाईले त्यस्तो काम नगरी यस्तो हुन सक्नुहुन्न नी त ।

अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ । अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन ।

तपाईसँग दोहोरिएर आउने मान्छे कति छन् ?
म कहाँ दाहोरिएर आउने पनि हुनुहुन्छ । कतिले त माताजीलाई भेटेपछि मेरो बुढाले जाँड रक्सी छोड्नुभयो, मलाई यस्तो फलिफाप भयो भन्ने कुराहरु सुनाउनु हुन्छ । मेरो यस्तो प्रगती भयो भन्ने कुराहरु सुनेकी छु । अहिलेसम्म माताजीलाई भेटेर यस्तो गलत भयो भन्नेहरु छैनन् ।

तपाई कहाँ कसरी पुग्ने ?
म विजनेस गर्ने गरि बसेकी छैन । जे जति दिन चाहनुहुन्छ दिन सक्नुहुन्छ । नहुनेले नदिँदा पनि हुन्छ । मेरो मोवाईलमा फोन गरेर म रहेको ठाँउमा आएर भेट्न सक्नुहुन्छ । सामग्रीहरु केहि लिएर आउनुपर्ने हुन्छ । विधी पूजाका सामग्रीहरु । चाहिनकोलागि एक मानो चामल, एक बट्टा अबिर, पूजा गर्ने कपुर अनि फलफुल अनि आफ्नो इच्छाले भेटी । कसैको घरको माटो हेराउन चाहने हो भने माटो पनि लिएर आउनु पर्छ । तिलको तेल चाहिन्छ । मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
वैदेशिक रोजगारीमा निःशुल्क भिसा र टिकटको असर

काठमाडौं: वैदेशिक रोजगारको भरमा सञ्चालनमा रहेका दर्जनौं लामो दूरीका यातायातका साधन बन्द भएका छन्।


सरकारले वैदेशिक रोजगारीका लागि निःशुल्क टिकट र भिसाको लागू गरेपछि कामदार पठाउने कार्य ठप्प हुँदा त्यसको असर यातायात क्षेत्रमा परेको हो।  वैदेशिक रोजगारीमा जानकै लागि मुलुकभरबाट दैनिक ठूलो संख्यामा युवा राजधानी आउने गरेका थिए।

विदेश जाने तयारीमा रहेका कतिपय युवा गाउँमै छन् भने राजधानी आएका पनि यसै बसिरहेका छन्। यस कारण यात्रु नहुँदा लामो दूरीमा सञ्चालन हुने दर्जनौं बस बन्द भएको यातायात व्यवसायीले जानकारी दिएका छन्।

म्यानपावर व्यवसायीले सरकारी निर्णयको विरोध गर्दै आन्दोलन गरेका कारण पहिले नै निश्चित भइसकेका युवासमेत जान पाएका छैनन्। आन्दोलनका कारण मुलुकभर गरेर लामो दूरीका दिवा तथा रात्रिकालीन बस व्यवसायमा ५० प्रतिशतले प्रत्यक्ष प्रभाव परेको सरोकारवाला निकायले बताएका छन्।

वैदेशिक रोजगारमा बढी कामदार जाने सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, सुनसरी, झापा, मोरङलगायतका जिल्लाका लामो दूरीका बस व्यवसाय यतिबेला बढी प्रभावित बनेको छ। यी जिल्लाबाट राजधानीका लागि छुट्ने दिवा र यात्रुवाहक लामो दूरीका बसमा करिब ७० प्रतिशतसम्म वैदेशिक रोजगारमा जाने युवा यात्रुको रूपमा राजधानी भित्रिने गरेका छन्।
 यात्रुको चाप घटेपछि बैंकबाट फायन्‍स गरेर निकालिएका बसको ब्‍याज र किस्ता बुझाउन समेत धौधौ परेको छ।
नेपाल दिवा तथा रात्रि टिकट बुकिङ सञ्चालक मजदुर संघका अनुसार वैदेशिक रोजगारमा जाने अधिकांश तराईका जिल्लाबाट यात्रुको संख्यामा कमी आएको छ। 'सामान्य दिनमा एउटा जिल्लाबाट कम्तीमा पनि १० वटा लामो दूरीका बस घटेर अहिले तीनदेखि चारवटामा सीमित भएको छ', संघका अध्यक्ष चित्रकुमार प्रसाई (दीपक) ले भने, 'पछिल्लो समयमा वैदेशिक रोजगारको भरमा बसको संख्या थपेर राम्रो व्यवसायको रूपमा फस्टाएको यो व्यवसाय अहिले धराशायी हुन थालेको छ।'

संघका अनुसार कतिपय जिल्लामा बस संख्याअनुसार सञ्चालनमा रहे पनि ३० देखि ४० सिट क्षमताको बसमा १५ देखि १६ जनामात्रै यात्रु राजधानी भित्रिँदै आएका छन्।संघका अनुसार सिराहा सदरमुकामबाट छुट्ने ११ मध्ये अहिले रामजानकी, सिराहा सफारी, बलुवा टाइगर, मानव र अनमोलमात्रै सञ्चालनमा छन्।

अप्सरा, खोरिया, सुमित, सपना, मिनाक्षी र एन्जलले काठमाडौंको सेवा बन्द गरेका छन्। यसैगरी सिराहाको बरियारपट्टीबाट काठमाडौंका लागि छुट्ने तीनमध्ये अहिले सुपर सफारी सञ्चालनमा छ।

यसैगरी सिराहाकैं ठाडीबाट चल्ने अर्को एक बस पनि यतिबेला बन्द भएको छ। सिराहाबाट राजधानी आउने तर हाल बन्द भएको खोरिया ट्राभल्सका काठमाडौं इन्चार्ज महेन्द्र मण्डलले वैदेशिक रोजगारमा जाने जनशक्तिको अभावमा कतिपय बस सञ्चालक यो व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको बताए।

'म्यानपावरको आन्दोलन अघिसम्म वैदेशिक रोजगारमा जाने एकजना युवासँगै थप दुईदेखि तीन जनासम्म यात्रुको रूपमा राजधानी भित्रिन्थे', मण्डलले भने, 'तर अहिले वैदेशिक रोजगारमा जाने एकजना यात्रु पनि हुन्नन्।'

सरकारले असारदेखि कतार, मलेसिया, साउदी अरब, यूएई, ओमान, बहराइन र कुवेतमा काम गर्न जाने कामदारको हकमा निःशुल्क टिकट र निःशुल्क भिसासम्बन्धी निर्णय कार्यान्वयनमा ल्याएको हो। उज्यालो बस व्यवसायी संघका केन्द्रीय सदस्य सुवास खड्काका अनुसार यात्रुको चाप घटेपछि बैंकबाट फाइनान्स गरेर निकालिएका बसको ब्याज र किस्ता बुझाउनसमेत धौधौ परेको छ।

'कहाँसम्म समस्या परेको छ भने, बसमा काम गर्ने कर्मचारी र राजधानीमा काउन्टर खोलेका इन्चार्ज पनि काम छाडेर घर फर्केका छन्', खड्काले भने, ‘कतिपय कामदारलाई हातमुख जोर्न पनि समस्या भएको छ।' सुविधा हेरेर एउटा बसलाई ४५ लाखदेखि ६० लाख रुपैयाँ पर्छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले म्यानपावर व्यवसायीको आन्दोलनका कारण यातायात क्षेत्रमा प्रत्यक्ष रूपमा ५० प्रतिशत असर पुगेको जानकारी दिए। उनका अनुसार आन्दोलनका कारण यात्रुको अभावमा नियमित बस संख्यामा ४० प्रतिशतसम्म संख्या कटौती गर्नु परेको छ।

वैदेशिक रोजगारको भरमा सञ्चालनमा रहेका होटेल तथा लज व्यवसाय पनि अहिले धराशायी भएका छन्। सिटौलाले अन्नपूर्णसँग भने, ‘आन्दोलन अझ केही दिन चलिरहने हो भने यातायात क्षेत्र धराशायी हुन्छ।' महासंघले म्यानपावरले गरेको आन्दोलनलाई तत्कालै वार्ताको माध्यमबाट सम्बोधन गरेर निकास खोज्नसमेत सरकारसँग माग गरेको छ।
annapurnapost.com
काठमाडौं, साउन ६ – अज्ञात रोगले थलिएकी पूर्व जनमुक्ति सेना प्रविणा गोले ‘नमुना’ लाई भेट्न एमाओवादी अध्यक्ष प्रचण्ड बुधबार बिहान ललितपुरस्थित बि एण्ड बि अस्पताल पुगेका छन् । अस्पताल पुगेर प्रचण्डले गत वर्षको माघदेखि बिरामी रहेकी गोलेको स्वास्थ्यस्थिति बुझेका हुन् ।
गोलेको हाल कम्मरमुनिको भाग नचल्ने भएको छ । उनको रोग किटानका लागि नर्भिकदेखि बाँसबारीसम्म उपचार गरिएपनि कुनै प्रगति नभएपछि हाल उनको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको हो । शुरुमा ढाड र खुट्टामा समस्या देखिएकोले नसाको समस्या भन्दै उपचार गरिएपनि पछि हड्डीको समस्या भएको बताइएको थियो ।

उनको उपचार हाल डा. बाबुकाजी श्रेष्ठ र ओम प्रकास अधिकारीले गरिरहेका छन् ।
एमाओवादी सचिव वर्षमान पुन ‘अनन्त’ सँग अस्पताल पुगेका प्रचण्डले गोलेसँग उनको स्वास्थ्यस्थिति बुझ्नुको साथै डाक्टरहरुसँग उपचारको प्रगतिबारे जानकारी लिएका थिए ।

अध्यक्ष प्रचण्डले गोलेको स्वास्थ्य उपचारमा लाग्ने खर्च पार्टीले बेहोर्ने जानकारी गराउँदै उपचारमा कुनै पनि कमी नगर्न डाक्टरहरुलाई आग्रह गरेका थिए । गोलेसँग अस्पतालको शैय्यामा पुगेर गोलेलाई प्रचण्डले भने, ‘तपाईं चिन्ता नलिनुहोला । पार्टीेले तपाईंको उपचारको खर्च बेहोर्नेछ । सबै ठीक हुन्छ ।’ गोलेले पनि प्रचण्डसामु आफ्नो पीडाहरु बिसाएकी थिइन् ।

जनयुद्धका बेला सिन्धुपाल्चोकको भिडन्तमा देब्रे हात गुमाएकी गोले रेडियो गण्डकीमा रहेर पत्रकारका रुपमा कार्यरत थिइन् । उनको माइती ललितपुरको चन्दनपुर हो भने मकवानपुरमा उनको विवाह भएको थियो । विवाहपछि भने उनले पत्रकारिता छाडेकी थिइन् ।
उनको उपचारका लागि एमाओवादीका विद्यार्थी नेता दिपेश पुनलगायतले रकम संकलन अभियानसमेत थालेका छन् ।
www.ratopati.com
काठमाडौं: संगठित रूपमा स्थापना भएको कम्पनीले मात्र अब घरजग्गा कारोबार गर्न पाउने भएको छ। अहिले व्यक्ति र कानुनी मान्यता प्राप्त नगरेका संस्थाले पनि घरजग्गा कारोबार गर्दै आएका छन्।

जग्गा विकास (जग्गा प्लटिङ) गर्न सरकारले कानुनी व्यवस्था नै गर्न लागेको छ। व्यक्ति विशेषले आवासीय प्रयोजनका लागि भूमि खरिद गरी प्लटिङ गर्ने र बिक्रीवितरण गर्ने कार्य बढेपछि यस्तो व्यवस्था गर्न लागिएको हो।


चालू आर्थिक वर्ष २०७२/७३ को बजेट वक्तत्वमा जोकोहीले जथाभाबी जग्गा विकास गर्ने कार्यले व्यवस्थित सहरीकरणमा नकारात्मक प्रभाव पर्न थालेको भन्दै त्यस्तो गर्न नदिने उल्लेख छ। जोकोहीले जहाँतही जग्गा विकास गर्ने कार्य व्यवसायकै रूपमा फष्टाउँदै गएको र यसबाट अनियन्त्रित आवासको विस्तार भइरहेकोले चालू आर्थिक वर्षदेखि कानुनी रूपमा स्थापित योग्य र अनुभवी संस्थालाई मात्रै जग्गा विकास गर्न दिने कानुनी व्यवस्था गरिने बजेट वक्तत्वमा उल्लेख छ।

व्यक्ति वा कम्पनीले आवासका लागि जग्गा प्लटिङ गर्दा स्थानीय निकायको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था अनिवार्य गरिनेछ। अहिले दुई चार रोपनी जग्गा खरिद गर्ने अनि स्थानीय निकायसँंग अनुमति नलिई जथाभाबी जग्गा प्लाटिङ हुँदै आएको छ।

विशेष गरी प्लानिङ गरेर बिक्री गर्ने उद्देश्यका साथ सस्तोमा पाइने जंगल छेउछाउ जग्गाको खरिद गर्ने अनि प्लानिङ गरेर बिक्री गरिहाल्ने प्रचलन अत्यधिक छ। कृषियोज्य जमिन पनि धमाधम प्लटिङ भइरहेको छ।
जोकोहीले जहाँतही जग्गा विकास गर्ने कार्य व्यवसायकै रूपमा फष्टाउँदै गएको र यसबाट अनियन्त्रित आवासको विस्तार भइरहेकोले कानुनी मान्यता प्राप्त योग्य र अनुभवी संस्थालाई मात्रै जग्गा विकास गर्न दिने व्यवस्था गर्न लागिएको हो।
काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त डा. भाइकाजी तिवारीले यो व्यवस्था लागू भएपछि धेरै हिसावले व्यवस्थित सहरीकरणको विकासमा टेवा पुग्ने बताए।

'जोकोहीले जथाभाबी जग्गा विकास कार्यक्रम गर्दा मापदण्डभन्दा साँघुरो बाटो राखेर काम गर्ने गरेका छन्',उनले भने,‘ मापदण्डविपरित काम हुँदा विकासोन्मुख ठाउँमासमेत अव्यवस्थित सहरीकरणको विकास भइरहेको छ।' नयाँ व्यवस्थाले मापदण्डविपरितको जग्गा विकासका उपभोक्ता ठगिने क्रम रोकिनुका साथै व्यवसायी करको दायरामा आउने उनको भनाइ छ।

अहिले जग्गा विकासको काम उपत्यकामा काठमाडौं उपत्यका विकास प्राधिकरण र उपत्यका बाहिर सहरी विकास विभाग डिभिजन कार्यालले गर्दै आएका छन्।काठमाडौं उपत्यकामा विकास प्राधिकरणसँग अनुमति लिएर स्थानीय निकायबाट पनि काम हुँदै आएका छन्।

काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, मध्यपुर थिमी र कीर्तिपुर नगरपालिकाले पनि व्यवस्थित सहरीकरणका लागि भन्दै जग्गा विकास कार्यक्रम सञ्चालन गर्दै आएका छन्। काठमाडौं उपत्यकामा हालसम्म सरकारी तवरबाट ११ वटा जग्गा विकास आयोजना सम्पन्न भइसकेको विकास प्राधिकरणले जनाएको छ।

उपत्यकामा नौ वटा आयोजना सञ्चालनमा छन् भने दुई वटा सञ्चालनको तयारीमा छन्। काठमाडौं महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुख डा. उतमकृष्ण रेग्मी दुई चार आनामै पनि व्यक्तिले अनुमति नै नलिई जथाभावी प्लटिङ गर्दा नयाँ बनेको सहरसमेत कुरुप बनेको बताए।

प्लटिङ व्यवस्थित नहुँदा थोरै क्षेत्रफलमा पनि प्लटिङ गर्ने, मापदण्डभन्दा सानो बाटो राख्ने, खुला ठाउँ नै नराख्नेलगायतका समस्या आएको उनको अनुभव छ।
www.annapurnapost.com
काठमाण्डु, ६ साउन – पूर्वराजा ज्ञानेन्द्र शाहमार्फत समाज सेवामा लागेकी पूर्वयुवराज्ञी हिमानी शाहले आफू अध्यक्ष रहेको हिमानी ट्रस्ट र देशको पछिल्लो अवस्थाबारे जानकारी दिने भएकी छन् ।
बिहीबार छापा माध्यमकासञ्चारकर्मीलाई बोलाई उनले आफ्नो धारणा व्यक्त गर्न लागेकी हुन् ।  स्रोतका अनुसार शाहले भूकम्पपछि ट्रस्टले गरेका सहयोग र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा जानकारी दिनेबताईएको छ ।
नेपाल समाचारपत्र दैनिकले खबर लेखेको छ ।www.ratopati.com
आज वि.सं. २०७२ श्रावण ०६ गते बुधबार तदनुसार ई. सं. २०१५ जुलाई २२ तारिख
आषाढ शुक्ल षष्ठी, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, शिव योग, तैतिल करण
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), शिलान्यास(जग राख्ने), वस्त्राभरण(गुन्युचोलो), पुराणश्रवण,
भोलिको व्रत/पर्व : सूर्य पूजा,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, पुरानो घर वा डेरा सर्ने

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हो । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । समग्रमा बन्दव्यापारबाट फाइदा नै हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवाभगतमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पछाडि कुरा काट्ने शत्रुहरूको चलखेल बढ्नाले चिन्ता बढ्न सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुनछ तर सद्भाव र प्रेममा कमी आउने छ । प्रेमी/प्रेमिकाका भावना र धारणाका कारण खिन्नता हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
काठमाडौं: कीर्तिपुरमा विद्यार्थी लिन निस्केएको मोर्डन इन्डियन स्कुलको बसमा बुधबार बिहान आगजनी भएको छ। दुईजनाको समूहमा आएका युवाहले सुतली बालेर बसको सीटमा आगो लगाइदिएका हुन्।

कीर्तिपुरको ल्याआब्रोटरी स्कुलनजिक भएको आगजनीबाट बसको केही सिट जले पनि तत्काहलै निभाइहालेकोले ठूलो क्षति हुन नपाएको एसपी विश्वराज पोखरेलले बताए।
www.annapurnapost.com
साउन, काठमाडौं ।

सरकारले मलेसिया र साउदी अरबसँग श्रम संझौता गर्ने तयारी अन्तिम चरणमा पु¥याएको बताएको छ । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बिभिन्न ६ देशसँग श्रम संझौता गर्ने तयारी भैरहेको र त्यसमध्ये मलेसिया र साउदी अरबसँग श्रम संझौताको तयारी अन्तिम चरणमा पुगेको बताए ।

ति देशले श्रम संझौता र बैदेशीक राजगारीमा निःशुल्क भिषा र टिकेटको निर्णय प्रति सकारात्मक प्रतिक्रिया जनाउदै त्यसलाई अन्तिमरुप दिन आफुलाई भ्रमणको निम्तो दिएको समेत राज्यमन्त्री गुरुङले बताए ।

केहि दिन भित्रै भ्रमणको मिति तय गरेर ति देशमा जाने तयारी भैरहेको उनको भनाई छ । सरकारले हालसम्म कतार, युएई, बहराइन, जापान र दक्षिण कोरियासँग मात्र श्रम संझौता गरेको छ ।



संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निःशुल्क भिषा र टिकेटको निर्णय कार्यान्वयन गर्नु अघि ति देशमा श्रम संझौता गर्न सरकरलाई निर्देशन दिएको थियो ।

संझौता गर्ने तयारी भैरहेको भएपनि समितिको निर्देशन पछि त्यसलाई तिब्रता दइएको मन्त्री गुरुङले बताए । मलेसिया र साउदी अरबसँग श्रम संझौता भएपछि पनि निशुल्क भिषा र टिकेटको निर्णय लागु भएका दुई देश कुबेत र ओमान भने अझै श्रम संझौता गर्न बाँकी हुनेछन् । बाँकी देशसँग पनि संझौता गर्ने मन्त्रालयले जनाएको छ ।nepaliheadlines.com
वीरगन्ज : पर्साको निर्मलवस्ती गाविसका ५० वर्षिय पदमबहादुर स्याङ्तान असार १४ गते देखि  प्रहरी थुनामा छन् । आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पदमका जेठा छोरा रोजगारीका सिलसिलामा डेढ वर्षदेखि मलेशियामा छन् । घरमा कोही नभएको मौका छोपेर पदमले २४ वर्षिया बुहारीलाई पटक-पटक यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्रेको हो ।


आफुलाई ससुराले पटक-पटक बलात्कार गरेको बलात्कृत ती महिलाले प्रहरीसामु बताएकी छिन् । गएको असार १३ गते राती बुहारीलाई खुकुरी देखाएर जर्बरजस्ती गर्ने प्रयास गर्दैगर्दा गाँउलेले नियन्त्रणमा लिएर  पदमलाई प्रहरी चौकीमा बुझाएका थिए ।

प्रहरी चौकी ओडारले एक रात थुनामा राखेर उनलाइ असार १५ गते जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि उनि २० दिन देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले आरोपित पदम विरुद्ध सरकारी वकिल कार्यालय मार्फत जर्बजस्ती करणीको मुद्धा दर्ता गर्ने तयारी गरिरहेको प्रहरी निरीक्षक जिवालाल चुडालीलले जानकारी दिए ।

‘आरोपित पदम स्याङ्तान २० दिनदेखि हिरासतमा छन् , घटनाबारे अनुसन्धान भैरहेको छ, वुधबार अदालतमा मुद्धा पेश गर्ने तयारीमा छौं निरिक्षक जिवालालले बताए ।
annapurnapost.com
५ साउन । संविधानको मस्यौदामा सुझाव संकलन चलिरहेका बेला मोरङका महिलाहरुले अविवाहित युवतीले पनि बच्चा जन्माउन पाउनुपर्ने माग राखेका छन् ।
मोरङको क्षेत्र नम्बर १ बाट प्राप्त भएका सुझावमा महिलाले विहे नगरेरै पनि बच्चा जन्माउने अधिकारको सुनिश्चित गर्न माग गर्दै सुझाव दिएको सुझाव संकलनका खटिएका कर्मचारीले बताएका छन् ।


‘हामीले लिएका सुझाव मध्ये यो क्षेत्रमा १० प्रतिशतले विहे नगरीकनै बच्चा जन्माउन पाउनुपर्ने माग राखेका छन्’ सुझाव संकलनमा खटिएका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने-‘यो सुझाव एकदमै नौलो आयो ।’
महिलाहरुले महिला अधिकार भनेर ३३ प्रतिशत दिने तर, पर पुरुषसँगको सम्बन्धले बच्चा जन्माउँदा अधिकार नदिने कानुन खारेज हुनुपर्ने माग राखेका छन् । यो सुझाव पाएपछि सभासद नै छक्का परेका छन् ।

महिलाहरुले दिएको सुझावमा टिप्पणी गर्दै सभासदहरुले संविधानमा कायम राख्न पहल गरिने आश्वासन दिएको ती कर्मचारीले बताए । उसो त मोरङमा यौनधन्दादेखि अवैध सम्बन्धका थुप्रै घटना बेला बेला समाचार बनेर आइरहेका हुन्छन् ।
dainiknepal.com
एजेन्सी । संसारमा हुने अपराधमा आधाभन्दा बढी यौन अपराध हुने गरेको तथ्याङ्क पाईन्छ ।
यौन सन्तुष्टि लिन मानिस जस्तोसुकै अपराध गर्न तयार हुन्छ भन्ने घटना धेरै छन् । त्यस्तै, घटना भारतको राजधानी दिल्लीमा पनि सार्वजनिक भएको छ । नाबालिका युवतीसँग बलात्कार र हत्या गर्ने आरोपी रविन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको छ । र आरोपीले आफ्नो अपराध स्वीकार समेत गरेका छन् ।

सीरियल रेपिस्ट रविन्द्रले भनेका छन्–‘म मानसिक तनावका बेला नाबालिका युवतीलाई उठाएर कुनै अध्यारो कस्ट्रक्शन भवनमा लगेर जान्थे । त्यहाँ पुगेपछि रविन्द्र सबैभन्दा पहिला युवतीको घाटी थिचेर हत्या गर्थे र त्यसपछि उनीहरुको लाससँग सेक्स गर्थे । लाससँग सेक्स गर्दा आफू तनावबाट मुक्त भएर सन्तुष्ट हुने गरेको उनले प्रहरी वयानमा बोलेका छन् । आरोपीले स्वीकार गरेका छन् कि उनले सन् २००८ मा १७ वर्षकी युवतीलाई आफ्नो पहिलो सिकार बनाएका थिए ।
रविन्द्रले यो पनि स्वीकार गरेका छन् कि उनी जो पनि हत्या वा सेक्स मदिरा सेवन गरी नशामा आएर गर्थे । उत्तर प्रदेशको बदायूका रविन्द्रले कक्षा ६ सम्म पढेका छन् र त्यसपछि बस कडक्टरको काम गर्थे । रविन्द्रका अनुसार उनले अहिलेसम्म बदायूं, अलीगढ़, नोएडा र दिल्लीमा यस्तो क्रुर आपराध गरेका छन् ।
बयानमा आरोपीले यो पनि स्वीकार गरेका छन् कि उनी एक्लैले दिल्लीमा सात वटा युवतीलाई आफ्नो सिकार बनाई लाससँग सेक्स गरेका थिए । जबकि यूपी र हरियाणामा पनि उनले यस्तो प्रकारको अपराध गरेको
बताएका छन् । रविन्द्रले पछिल्लो दुई सिकार नोएडामा गरेका थिए । पुलिस सोधपुछमा आरोपीले २०१४ मा समयपुर बादली र बेगमपुरमा दुई थप युवतीलाई आफ्नो सिकार बनाएको बताएका छन् । रविन्द्रले भनेका छन्–‘उनी सबुत प्रमाण मेटाउन पहिला नै युवतीको हत्या गरिदिन्थे र त्यसपछि उनीहरुसँग बलात्कार गर्थे । रविन्द्रले अहिलेसम्म १५ युवतीलाई आफ्नो सिकार बनाइसकेका छन् । जसमा १४ जनाको हत्या गरेको उनले प्रहरीलाई बताए ।
dainiknepal.com
उत्तर गुर्मछान/सर्लाही । साउन ५ श्रीमान कतार गएको दुई वर्ष हुन लागेको थियो । सर्लाहीको लालबन्दी ५ कि रिमा आले दुई छोरीको स्याहार गरेर घरमै बस्नुहुन्थ्यो । मोरङ उर्लावारीका अशोक लामाले रिमालाई पनि कुवेत जान अनुरोध गरे । कुवेतसम्म पुग्ने व्यवस्था आफैं मिलाईदिने बचन दिए । रिमाले पनि परिवारमा सल्लाह गर्नुभयो तर सासु ससुराले नजाउ भने ।

सासु ससुराले जान नदिने भएपछि रिमाले ढाँटेर विदेश जाने तयारी गर्नुभयो । परिवारमा कसैले थाहा नपाई अशोकसँग कुरा गरेर उसकै भरमा कुवेत जान राजी हुनुभयो । अशोकले रिमालाई कुवेत पुर्‍याउन सुनसरीको इनरुवाका नविन सुवेदीलाई जिम्मा लगाए । नविनले नेपालको बाटोबाट पठाउन झन्झटिलो हुन्छ । उमेर पनि पुग्दैन । भारतबाट उडाउँछु भनेको थियो ।

विदेश जान खुट्टा उचालेकी रिमालाई भारतको बाटोहुँदै सिरिया पुर्‍याउँदैछ भन्ने पत्तो थिएन । रिमा पनि उमेर नपुगे जान पाउँदिन भन्ने चिन्ताले भारतबाटै जान राजी हुनुभयो । दलालले रिमालाई भारतको बाटोहुँदै सिरिया पुर्‍यायो र साहुलाई बुझायो । घरखेति र बालबच्चाको ख्याल गर्दै गर्नु भनेर विदेशिएका श्रीमान र नजाउ बुहारी भन्दा सासुससुरालाई छलेर विदेश गएकी रिमाले सिरिया पुगेपछि मात्र आफू बेचएको थाहा पाउनुभयो । त्यसपछि घरमा फोनमा रुँदै फोन गरेर दुःख बिसाईन्, ‘आमा मलाई त खान लाउन दिँदैन । तलब पनि दिएको छैन् । घर फर्काईदिनु म जसो तसो त्यहिँ गरेर खान्छु ।’ बुहारीले छाडेका दुईजना नातिनी स्याहारिरहनुभएकी बालकुमारीलाई जानेबेला छलेर गएको सम्झँदा रिस उठ्छ ।

तर नातिनीहरुको अनुहार हेर्दा कटक्क मन खान्छ । तर बुहारीको उद्धार कसरी हुन्छ केहि थाहा छैन् । ७ वर्ष र १० वर्षका नातीनीले आमा खोज्दा उहाँसँग जवाफ छैन् । १६ महिनादेखि सिरियामा बन्धक बेनेकी रिमाका परिवार अहिले उद्धार गर्ने सहयोगीको खोजीमा छटपटाई रहेका छन् । परिवारले सहयोगको अपील गरेका छन् । Source: Ujjalo FM
काठमाडौँ, ५ साउन ।
नेपाली युवतीलाई मोडलिङको बहानामा विदेशी मुलुकमा तस्करी गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरे पनि कमजोर अनुसन्धानका कारण अदालतबाट मुक्ति पाइरहेका छन् । अदालतबाट मुक्त भएलगत्तै गिरोहले पुनः सोही पेशा अंगालेपछि थप युवती बेचिने सम्भावना बढेको छ ।
गिरोह पक्राउपछि भागदौड गर्दै बाँकीले सुरक्षित स्थलको खोजी गर्दै भारतको सिक्किम र योवा पुगे पनि अहिले फेरि काठमाडौँ फर्केर तस्करी सुरु गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उनीविरुद्ध ‘अप्रेसन इगल’ कार
बाही सुरु गरेपछि युवती तस्करी गर्ने गिरोहका एक दर्जन पक्राउ परेका थिए ।

तीमध्य राजधानीका ठूलो नाइके नबीन दाहाललाई अदालतले धरौटीमा छाडेपछि उनी फेरि युवती तस्करी गर्न केटी खोज्दै डान्स र डिस्को धाउन थालेको पाइएको छ । उनको पक्राउसँगै युवती तस्करीमा संलग्न तथा उनका सहयोगी फरार भई राजधानी छोडेर गोवा र सिक्किम पुगेका थिए । युवती तस्करीमा संलग्न कालीमाटीस्थित एके डान्सबारका सञ्चालक ज्ञानु श्रेष्ठ, नयाँबस्तीका दीपक, नयाँबानेश्वरका नरेश, मैह्पीका गोपाल लामा, प्रकाश नामले चिनिने रेष्टुरेन्टका डान्सर दुई महिनाअघि फरार भएर गोवा र सिक्किम पुगेका थिए ।

 तर दाहाललाई अदालतले धरौटीमा छाड्ने आदेशलगत्तै उनस्हरु राजधानी आएर युवती तस्करीमा संलग्न हुन थालेको स्रोत बताउँछ । दुई महिनाअघि सिआइबीले डान्सबारका सञ्चालकसहित युवती तस्करीमा संलग्न १२ लाई पक्राउ गरी सार्वजनिक गरेपछि यसमा संलग्न बाँकी फरार थिए ।

सिआइबीले इमाडोलका ३४ वर्षीय राजन भनिने राजेन्द्र सुवेदी खत्री, कालोपुलका ३७ वर्षीय सविन श्रेष्ठ भनिने सविन राजा मानन्धर, भारत नयाँ दिल्ली घर भएका २७ वर्षीय रियान भनिने तरुण रोजना खनवाल, काठमाडौँ सानो भ¥याङगका ३२ वर्षीय ललितराज सिंह सुवाल, मोरङ विराटनगर–७ घर भई ललितपुर एकान्तकुना बस्ने ३२ वर्षीय सुनिल अधिकारी, सिनामंगलका ३४ वर्षीय केदारबहादुर खड्का र धनकुटाका घर भई मैतिदेवी बस्ने ३४ वर्षीय नविन दाहाललाई मानवतस्करी गरेको अभियोगमा मुद्दा चलाएको थियो । सिआइबीले मानवबेचबिखन तथा ओसारपसार र अकुत सम्पत्ति थुपारेको भन्दै सम्पत्ति शुद्धिकरण विभागलाई समेत मुद्दा चलाउन अनुरोध गरेको थियो ।
तर प्रहरी अनुसन्धान फितलो हुँदा पक्राउ परेका मध्य राजन केसी भनिने राजन सुवेदी, नबीन दाहाललगायतका गिरोह अदालतबाट छुट्न सफल भई पुनः सोही धन्दामा लागेका हुन् । गिरोहले नेपाली युवतीलाई विभिन्न प्रलोभन देखाई रेष्टुरेन्टमा काम गर्ने भन्दै तान्जानिया, केन्या, युएई, बहराईन, मेलशिया, युगान्डा, ओमानलगायतका मुलुकमा पठाउँदै आएको सिआइबीको अनुसन्धानबाट खुलासा भएको थियो । पछिल्लो समय फेरि राजधानीमा दुई दर्जन युवती तस्कर सक्रिय हुँदै आएका छन् ।

समाचार स्रोतका अनुसार जेल मुक्त भएका नबीन दाहाल, राजन केसीका साथै सुजन दाहाल, एके रेष्टुरेन्टका सञ्चालक ज्ञानु श्रेष्ठ, काले भनिने हिमाल, अनिल, शैलेन्द्र, शैलेस, दुर्लभ, ज्ञानुकै साला, दिनेश, नरेश, गोपाल गुरु, न्यूरोडको नटराज डान्सबारकी सञ्चालिका भावना, रोहित काले, क्यासिनोमा डान्स गुरुप सञ्चालन गर्ने मिलन लामा, कोटेश्वरको शेखर लामा, भक्तपुरका रमेश बुढाथोकी, चक्रपथका हेम लामा, सुरज लामाको आपराधिक समूह राजधानीमा सक्रिय रहेको अपराध खबर डटकमले समाचार दिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ५,


भिडियो हेर्न तल क्लिक गर्नुहोस :
साना, ५ साउन । यमनको राजधानी साना सहरको विद्रोहीको नियन्त्रणमा रहेको एक क्षेत्रमा अवस्थित एक सिया मस्जिदनजिकै कार बम विस्फोट भएको छ ।
बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) समूहले लिएको छ । सिया विद्रोहीहरुले सो कुरा मङ्गलबार जनाएका छन् । सो आक्रमणमा परी कयौँ व्यक्तिको मृत्यु भएको थियो ।
सोमबार साँझमा भएको यस विस्फोटमा बालबालिकासहित आठ व्यक्ति घाइते भएका विद्रोहीको नियन्त्रणमा रहेको त्यहाँको सबा समाचार समितिले जनाएको छ ।
यमनमा गत मार्चदेखि आइएससमूहसँग आवद्ध सुन्नी अतिवादीहरुले सिया विरुद्ध भीषण आक्रमण गर्दै आएका छन् । जिहादीहरूको एक वेभसाइटमा प्रकाशित विज्ञप्तिका अनुसार सिया हुथी विद्रोही विरुद्ध बदलाको भावनाले सो आक्रमण गरिएको बताइएको छ ।
गत सेप्टेम्बरको अन्त्यदेखि यमनको कयौं क्षेत्र नियन्त्रणमा लिएका हुथी समूहका विद्रोहीहरुहमा राजधानी सानामा रातभर भएको झडपमा परी ११ लडाकूहरुको ज्यान गएको बताइएको छ ।
तर अहिले भने यमन र साउदी अरेबियाका सेनाले सो सहर आफ्नो नियन्त्रणमा लिइसकेको छ । गत आइतबारदेखि नै यमनको विभिन्न क्षेत्रमा बमलागायतका आक्रमणहरुमा दर्जनौँ नागरिक मारिएका छन् । रासस/एफपी

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
हेटाैंडा । मस्याैदा संकलनमा विरोध गर्न जाने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि घाइते भएको छन् । प्रहरीसँगको झडपमा आफ्ना भाइ गणेश थापासहित कार्यकर्ता घाइते भएपछि आक्रोशित बन्दै कार्यक्रमस्थल पुगेका अध्यक्ष थापासहित १६ जना घाइते भएका हुन् । थापाको टाउकोमा चोट लागेको छ ।

बिहान वैद्य र चन्द माओवादी तथा संघीय समाजवादी फोरमका कार्यकर्ताले हेटौंडाको पल्पसा हलमा आयोजित कार्यक्रममा मञ्चमै मस्यौदा जलाएर कुर्ची तोडफोड गरेका थिए । उनीहरुको विरोध सकिनासाथ राप्रपा नेपालका सभासद् गणेश थापासहितका कार्यकर्ताले नाराबाजी गर्दै सुझाव संकलन विथोल्ने प्रयास गरेको थियो । प्रहरीसँगको झडपमा थापासहित १५ जना घाइते भएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
साउन ५ गते
कम्मर र पेटतिर बोसो जम्मा हुनु समस्या निकै बढ्दो छ । पेटमा वा कम्मरमा बोसोको मात्रो धेरै भयो भने धेरै प्रकारका रोग निम्तिन्छन् । सुन्दरतामा पनि कमी ल्याउँछ । पेट र कम्मरतिर लागेको बोसो घटाउने साता सजिला आइडिया निम्नप्रकार छन् ।
१) कम्मरमा रहेको बोसो घटाउन बोसोजन्य खानाको मात्रा बढाउनुपर्छ । तर, यसरी बढाइने फ्याटजन्य खानामा ‘मोनोअनस्याचुरेटेड फ्याट्टी एसिड (एमयूएफए) बाहेक अर्काे खालको फ्याट हुनु हुँदैन । क्यालोरी र एमयूएफए उच्च भएको खाना खाने महिलाको कम्मर एक महिनामै एकतिहाइले घटेको एउटा अनुसन्धानका क्रममा पाइएको थियो । भोजनमा एमयूएफए सुनिश्चित गर्न हरेक दिन एक अँजुली ड्राई फुडमा एक चम्चा जैतुनको तेल र अलिकति एभोकाडो हालेर खानुपर्छ ।

२) रस युनिभर्सिटी मेडिकल सेन्टरले गरेको अध्ययनले डिप्रेसन भएका अथवा हुन लागेका महिलाको कम्मरमा बोसो बढी लाग्ने तथ्य पत्ता लगाएको थियो । अप्रसन्न रहने महिलाले शारीरिक काम कम गर्छन् र उनीहरूको भोजन पनि सामान्य अवस्थामा जस्तो स्वास्थ्यकर र व्यवस्थित हुँदैन । जसले गर्दा कम्मरमा बढी बोसो जम्मा हुने गर्छ । बारुले कम्मर चाहने हो भने प्रसन्न रहनुपर्छ ।

३) नियमित व्यायाम गर्नाले मानिसको दिमागमा एकखालको रसायन उत्पन्न हुन्छ, जसले शरीरमा रहेको बोसोलाई अन्य ऊर्जामा रूपान्तरण गराउन मद्दत गर्छ । कम्मर छरितो बनाउने हो भने नियमित व्यायाम गर्नुपर्छ । ४) कार्बोहाइड्रेट बढी हुन्छ भने कोक, फ्यान्टाजस्ता पेय पदार्थमा चिनीको मात्रा बढी हुन्छ ।

 चिप्स, कोल्ड ड्रिंक्स खानाले रगतमा चिनीको मात्रा ह्वात्तै बढ्छ र सँगसँगै शरीरमा इन्सुलिनको मात्रा पनि बढ्न पुग्छ । इन्सुलिनले कलेजोलाई शरीरको मध्य भागमा बोसो जम्मा गराउन मद्दत गर्छ । तसर्थ कम्मरलाई छरितो र आकर्षक बनाउने हो भने जंकफुडको मात्रा घटाउनुपर्छ र भोजनमा हरियो तरकारी र सलादको मात्रा बढाउने गर्नुपर्छ ।

४) सन् २०१३ मा गरिएको एक अनुसन्धानले म्याग्नेसियमयुक्त खाना बढी खाने मानिसको रगतमा चिनी र इन्सुलिनको मात्रा कम हुने तथ्य फेला पारेको थियो । त्यसैले दिनमा दुईपटक हरियो सागसब्जी, केरा र सोयाबिन खाने गर्नुपर्छ । यी खानामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

५) पोलिअनस्याचुरेटेड फ्याट्टी एसिड (पीयूएफए) युक्त खाना खानाले कम्मरमा बढी बोसो लाग्दैन । सालमन, ट्राउट अथवा अन्य खाले माछामा पीयूएफए प्रशस्त पाइने भएकाले मांसाहारीले मासुको सट्टा माछा खानुपर्छ । मासु नखाई नहुने छ भने स्याचुरेटेड फ्याट प्रशस्त पाइने रातो मासुको सट्टा कुखुराको मासु खानुपर्छ । यसो गर्नाले कम्मरमा अनावश्यक बोसो लाग्न पाउँदैन र कम्मर छिनेको देखिँदै जान्छ ।

६) सन् २०१३ मा डेनमार्कमा गरिएको एउटा अध्ययनले महिलाले जति बढी मदिराजन्य पदार्थ सेवन गर्छन्, शरीरमा बोसो उति नै बढी लाग्ने तथ्य पत्ता लगाएको थियो । त्यसैले कम्मरको अनावश्यक बोसो हटाई आकर्षक देखिने हो भने मदिराजन्य पदार्थ सेवन छोड्नुपर्छ अथवा कम गर्नुपर्छ ।

७) पसिना निकाल्नेगरी काम अथवा व्यायाम गरेमा शरीरमा इन्सुलिन, ट्राइग्लाइसेराइड्स, कोर्टिसोल लगायतको मात्रा घट्न पुग्छ । साथै, शरीरमा रहेको क्यालोरी पनि बढी नै नष्ट हुन्छ । पसिना निकाल्ने सबैभन्दा उपयुक्त उपाय भनेको जगिङ हो । त्यसैले हरेक बिहान जगिङ गर्नुपर्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
हेटौंडा, साउन ५
कमल थापाका छोरा अभिषेक पनि घाइते
राप्रपा नेपालका सभासद गणेश थापामाथि संविधानको मस्यौदा सुझावका क्रममा हेटौडामा खुकुरी प्रहार भएको छ ।

सुझाव संकलनका क्रममा विरोध गर्न त्यहाँ पुग्दा आफूमाथि युवाहरुको एक समूहले खुकुरी र रड प्रहार गरेको थापाले जानकारी दिए। थापाको टाउकोमा चोट लागेको छ । सुझाव संकलनका क्रममा हिन्दु राष्ट्रको पक्षमा बोल्न लाग्दा उनीमाथि आक्रमण भएको राप्रपा नेपालले जनाएको छ ।

हिन्दु राष्ट्र कायम गर्ने सवालमा आफूले जस्तोसुकै परिणाम भोग्न तयार रहेको थापाले बताए । थापाको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । आफूमाथि नियोजित रुपमा नै आक्रमण भएको थापाले बताए । झडपमा कमल थापाका छोरा अभिषेक थापा पनि घाइते भएका छन् । कांग्रेस, एमाले र एकीकृत माओवादीका कार्यकर्ताहरुले आफूलाई आक्रमण गरेको अभिषेकले सेतोपाटीलाई बताए ।

मकवानपुर प्रहरीले भने थापामाथि खुकरी प्रहार भएको बारे थाहा नभएको बताएको छ । मकवानपुर एसपी प्रकाशजंग कार्कीले सुझाव संकलनका क्रममा कमल थापा र गणेश थापा लगायतका आएर अवरोध गरेका कारण झडप भएको बताए ।

अन्य दलका कार्यकर्ता र राप्रपा नेपालका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । हिजो मकवानपुरकै हटियामा भएको सुझाव संकलन कार्यक्रममा झडप हुदाँ अध्यक्ष कमल थापाकी पत्नी प्रलिता घाइते भएकी थिइन् । अखिल नेपाल फुटवल संघका अध्यक्ष समेत रहेका थापा कमल थापाका भाइ हुन् ।
news/ सेतोपाटी बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
मेष राशि 
मेष राशिका केटीहरुलाई उनिहरुको हरेक कुरामा ओके भन्ने केटाहरु मन पर्छ  भन्ने पनि छैन  । उनिरुलाई मनाउनको लागि ट्रिक चाहिन्छ । यसको मतलब मेष राशिका केटिहरुलाई आफ्नो प्रेममा पार्न आईडिया चाहिन्छ । त्यति सजिलो छैन।
बृष राशि
बृष राशिका केटिहरु सुन्दर हुन्छन् । यस राशिका केटिहरु साथमा रहन कुरा गर्न मन पराउँछन् र अनुभवी पनि हुन्छन् । तर उनिहरुलाई बुझ्न भने गार्हो पर्छ । यस राशिका केटिहरुलाई प्रेममा पार्न अलि मुस्किल हुन्छ ।
मिथुन राशि
मिथुन राशिका केटीहरु खुला ह्रृदयका हुन्छन् । यिनिहरुको कुरा गर्ने तरिका निकै नै राम्रो हुन्छ । यो राशिका केटिहरुलाई सबैले मन पराउँछन् । तपाँई मिथुन राशि भएकी केटिलाई मन पराउँदै हुनुहुन्छ वा प्रपोज गर्दै हुनुहुन्छ भने तपाँई पनि खुला मन भएको हुनुपर्छ ।
कर्कट राशि
कर्कट राशिका केटिहरु धेरैजसो घुलमिल गर्दैनन् । यिनीहरु आफैँ अनुमान लगाउने खालका हुन्छन । यदि आफुलाई मन पर्ने कुनै कर्कट राशिका केटी भए तपाईले होसियारी अपनाउनुपर्ने हुन्छ, यदि यसो भएन भने कुरो बिग्रिन सक्छ ।
सिंह राशि
सिंह राशिका केटीहरु जहिलेपनि अरुमाथि आफ्नो शासन चलाउन  चाहान्छन् । यिनीहरु अरुभन्दा अलि घमण्डी हुन्छन् । यिनीहरु हरेक ठाँउमा आफ्नो छुट्टै पहिचान बनाउँछन् र सबैको नजरमा परेका हुन्छन् । सिंह राशिका केटीहरुलाई ईम्प्रेस पार्न त्यति सजिलो छैन, यदि सिंह राशिका केटी तपाईको प्रेममा छन् भने उनिहरु सधैँ डिमान्डिङ्ग हुन्छन् ।
कन्या राशि
कन्या राशिका केटीहरु बढि सिद्धान्तबादी हुन्छन् । यस राशिका केटीहरु धेरै घरेलु हुन्छन्,  यिनीहरुलाई साथी बनाउन सजिलो छैन र यिनीहरुलाई बुझ्न पनि समय लाग्छ ।
तुला राशि
तुला राशिका केटीहरु सर्बगुण सम्पन्न हुन्छन् । ज्योतिषका अनुसार यिनीहरुलाई एक फरक किसिमको केटाहरु चाहिन्छ । यिनीहरुलाई तारिफ गरेको मनपर्छ । यो राशिका केटीमाथी प्रभाव पार्न तपाई एकदम समझदार हुनुपर्छ ।
बृश्चिक राशि
बृश्चिक राशिका केटीहरु त्यति रिसाहा हुदैनन् तर भावुक पनि हुदैनन् । यदि तपाई कोही बृश्चिक राशिको केटीलाई मनपराउनु हुन्छ भने उसलाई कहिल्यै बेवास्ता गर्नुहुदैन ।
धनु राशि
धनु राशिका केटीहरुलाई घुम्न एकदमै मनपर्छ । यस राशिका केटीहरुलाई हिम्मतवाला केटाहरु एकदम मनपर्छ र दिक्कलाग्दो मान्छेहरुसँग टाढा नै रहन चाहान्छन् । धनु राशिका केटीहरुमाथी प्रभाव पार्नको लागी तपाईको गोजीमा पैसैपैसा हुनुपर्छ ।
मकर राशि
मकर राशिका केटीहरु एकदमै स्वाभिमानी हुन्छन् । यिनीहरु आफ्नो काम आफैँ गर्न मन पराउँछन् । मकर राशिका केटीहरु सामान्यतया शान्त स्वभाबका हुन्छन् तर मायाप्रेमको मामलामा खासै चासो राख्दैनन् । उनीहरु कुनै प्रेमसम्बन्धमा पर्नुभन्दा पहिला आफ्नो र आफ्नो हुनेवालाको बारेमा एकदमै सोच्दछन् ।
कुम्भ राशि
कुम्भ राशिका केटीहरु समझदार हुन्छन् । यदि तपाई अलिकति समझदार हुनुभयो भने तपाईलाई कुम्भ राशिको केटीलाई ईम्पे्रस पार्न कुनै अप्ठ्यारो हुने छैन ।
मीन राशि
मीन राशिका केटीहरु एकदम रोमान्टिक हुन्छन् र छिट्टै मायापे्रममा पर्छन् । यस राशिका केटीहरुलाई ईम्पे्रस गर्न त्यति गाह्रो पर्दैन । मीन राशिका केटीहरुलाई सपनाजस्तो मायापे्रम मनपर्छ र केटाको लागी यस्तो मायाप्रेम कुनै ठुलो कुरै भएन होईन त !
एरेडियोअडियो डटकम बाट साभार गरिएको ।
‘यदि कोही केटाले कण्डम भन्दा आफ्नो निकै ठूलो छ भनेर भन्यो भने कृपया उसलाई यो पठाइदिनुहोस् ।’ एकजना युवतीले यहीँ भनाइ सहित गरेको एउटा टि्वट अहिले भाइरल बनेको छ । यो भनाइ सँगै उनले आफ्नो पाखुरालाई कण्डमभित्र घुसाएर एउटा तस्वीर खिचाएकी छिन् र सोही तस्वीरलाई पोष्ट गरेकी छिन् ।
अमेरिकाको उटाकी एक १८ वर्षकी युवतीले कण्डम नलगाइकन सेक्स गर्नका लागि अनेक बहाना गर्ने केटाहरुलाई सबक सिकाउनका लागि गरेको यो जुक्ति धेरैले मन पराएका छन् ।

उनले धेरै महिलाको भावना बुझेर यो कुरा प्रमाणित गर्ने प्रयास गरेकी छिन् की कोहीपनि पुरुषको यौनांगको आकार कण्डम नै नअट्ने भन्ने हुँदै हुँदैन, त्यो आकार त घोडाको मात्र हुन्छ

इमिली ह्वाइट नामकी ती युवतीले यसलाई प्रमाणित गर्नका लागि आफ्नो पूरै पाखुरा नै जोनी कण्डमभित्र छिराएर देखाइदिएकी छिन् र असुरक्षित सहवास विरुद्ध नयाँ खाले युद्ध छेडेकी छिन् ।

एम टि भी मा आफ्नो भाइरल भएको टि्वटका विषयमा प्रतिक्रिया दिँदै इमिलीले भनेकी छिन्, ‘मैले केवल हाँसोका लागि मात्र यो फोटो खिचेकी थिएँ, तर जब मैले एक मिनेटसम्म यो तस्वीरलाई हेरेँ तब मलाई केटाहरुले प्राय भन्ने गरेको ‘मेरो कण्डम भन्दा निकै ठूलो छ’ भन्ने भनाइ याद आयो र यो तस्वीरलाई सोही कथनलाई व्यंग्य गर्ने कुरामा प्रयोग गरेँ ।’

यद्यपि आफ्नो यौनांग निकै ठूलो छ र यसमा कण्डम अट्दैन भनेर कण्डम नै नलगाइकन यौन सम्पर्क गर्न कर गर्ने केटाहरुको घमण्डी पाराप्रति युवतीहरुले अनौठो पाराले विरोध जनाएको यो पहिलो पटक भने होइन । केही महिनाअघि स्विडेनकी गायिका जारा लार्सनले आफ्नो पूरै खुट्टा नै कण्डममा घुसारेर आफ्ना ठूलो छ भन्ने घमण्ड गर्ने केटाहरुलाई मुखैभरको जवाफ दिएकी थिइन् ।
www.onlinekhabar.com
काठमाडौं, ५ साउन ।राप्रपा नेपालले मकवानपुरको हेटौंडामा पार्टी अध्यक्ष कमल थापासहितका आफ्ना कार्यकर्तामा सुनियोजित रुपमा खुकुरी प्रहार भएको भन्दै अहिले २ बजेदेखि मुलुकभर एक घण्टा चक्काजामको आह्वान गरेको छ ।
पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष थापा सहित सभासद् गणेश थापा लगायतका २० जना कार्यकर्तामाथि भएको खुकुरी आक्रमण सरकारको सुनियोजित भएकाले चक्का जामको आह्वान गरेको बताए । मिडिया एनपीसँग कुरा गर्दै उनले भने, ‘यो सरकारका भाडाका गुण्डाले आक्रमण गरेका हुन् । यसर्थ यो आक्रमण सरकारको सुनियोजित हो ।
’
अध्यक्ष तथा सभासद र नेताहरुमाथि भइरहेका आक्रमण हिन्दूहरु माथि आक्रमण भएको उनको भनाइ छ । खुकुरी प्रहारबाट अध्यक्ष थापा, उनका भाइ तथा एन्फाका अध्यक्ष एंव सभासद् गणेश थापा, गणेशका छोरा अभिशेषक थापा लगायतका २० जना घाइते भएका अभिषेकले मिडिया एनपीलाई जानकारी दिए ।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको हेटौंडामा नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि भइरहेको सुझाव संकलनको विरोध कार्यक्रममा सहभागी भएका बेला उनीहरुमाथि खुकुरी प्रहार भएको हो ।
यसअघि सोमबार मकवानपुरकै हटियामा भएको सुझाव संकलन कार्यक्रममा झडप हँुदा पार्टी अध्यक्ष कमल थापाकी पत्नी प्रलिता घाइते भएकी थिइन् ।
यसैबीच मंगलबार पनि राप्रपा नेपालले हिन्दू राष्ट्रको माग गर्दै मुलुकभर संविधानको प्रारम्भिक मस्यौदा र १६ बुँदे दलीय सहमतिको विरोध जारी राखेको छ ।
medianp.com
सप्तरी, ५ साउन । सप्तरीको कोलाडीमा झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन् ।
कोलाडी-८ बस्ने पङ्कज यादवकी १८ वर्षीया श्रीमती सीता यादवले आफ्नो घरमा कोही नभएको बेला सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले भर्खरै विवाह गरेका थिए ।
नवविवाहित महिलाको आत्महत्याले परिवारको बदनाम भएको छ । महिलाको हत्यापछि प्रहरीले पनि उनका पतिलाई शंकाको घेरामा राखेर अनुसन्धान थालेको छ ।
यस्तै, सप्तरीमै सर्पको टोकाइबाट सप्तरीको बभन्नगामाकट्टी गाविस-२ मंसापर निवासी १३ वर्षीय विष्णुकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डललाई घरमा सुतेका बेला विषालु सर्पले टोकेको थियो ।
दुवैको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
dainiknepal.com
संभवत धेरै भारतीय नागरिक होलान्, जसले जिन्दगीभर पनि यती रकम कमाउँछु भन्ने सोचेका छैनन् होला । कतिपय नागरिकले जीवनभर मिहिनेत गर्दा पनि यती रकम कमाएका छैनन् होला जती बलिउडका चर्चित कलाकारले एक महिनाको बिजुलीको बिल नै तिर्छन् ।

दिल्लीका मुख्य मन्त्री अरविन्द केजरिवालले विजुलीमा आधा छुटको व्यवस्था गरिसकेका छन् । तर, बलिउड कलाकारको बिजुली खर्च हेर्ने हो भने दिल्लीका मुख्य मन्त्री नै अचम्ममा पर्न सक्छन् ।
बलिउडका धनाढ्य कलाकार, जसले आफ्नो घरमा बिजुलीको उपयोग यसरी गर्छन् कि, जुन सुनेर धेरै जना अचम्ममा पर्न सक्छन् । जसमध्ये केही बलिउड कलाकारको चर्चा यहाा गरिएको छ । जसको एक महिनामा लाखौ रकम विजुली उपयोग गरेवापत्त खर्च हुने गर्दछ ।
१. साहरुख खान : बलिउडका नम्बर १ नायकको सूचीमा रहेका साहरुख खान विश्वकै दोश्रा धनी कलाकार पनि हुन् । जसको सम्पत्ती ३६ अर्व भन्दा माथि छ । जसको बाषिर्क आम्दानी २ सय करोड भन्दा धेरै छ । उनै साहरुखले महिनामा ४३ लाख हारहारीको बिजुलीको बिल तिर्छन् । यो उनको घर मन्नतको मात्र बिल हो । साहरुखको आफ्नै प्रोडक्शन हाउस ‘रेड चिल्ली’ पनि छ ।
२. सलमान खान : बलिउडका अर्का चर्चित नायक सलमान खान आफ्नो घर ग्यालेक्सी अपार्टमेन्ट र उनको च्यारेटीवल संस्था ‘वीइङ ह्यूमन’को अफिसको गरेर करिब २९ लाख बराबरको बिजुलीको बिल तिर्छन् ।
३. आमिर खान : बलिउडका अर्का शक्तिशाली नायक आमिर खान आफ्नो मुम्बइको बान्द्रास्थित घरका लागि ९ लाख र ‘आमिर खान फिल्म’को अफिसका लागि १३ लाखको बिजुलीको बिल तिर्छन् ।
४.अमिताभ बच्चन : बलिउडका अर्का चर्चित नायक अमिताभ बच्चन आफ्नो मुम्बइस्थित जुहु हाउसमा महिनामा २२ लाख बराबरको बिजुलीको बिल तिर्छन् ।
५. सैफ अली खान : बलिउडका धनाढ्य नायक सैफ अली खान आफ्नो दिल्ली र मुम्बइको बंगालामा महिनामा करिब ३० लाख बराबरको बिजुली उपयोग गर्छन् ।
६. दीपिका पादुकोण : बलिउडमा प्रवेश गरेसागै एकाएक चर्चा कमाएकी नायिका दीपिका पादुकोणले महिनामा १३ लाख बराबरको बिजुली उपयोग गर्छिन् भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ ।
७. कट्रिना कैफ : बलिउडकी चर्चित सुन्दरी कटि्रनाले मुम्बइमा रहेको आफ्नो अपार्टमेन्टमा महिनामा १० लाख बराबरको बिजुलीको बिल तिर्ने गरेकी छिन् ।
www.onlinekhabar.com
काठमाडौं, ५ साउन । विनाशकारी भूकम्पपछि तातोपानी भन्सार कार्यालय बन्द भएकोले चीनतर्फ रोकिएका ३ सय ४० मालबाहक ट्रकका सामान अति न्यून भन्सार शुल्क लिएर छाडिएको छ । एक ट्रक बराबर ५ लाख रुपैयाँ शुल्क लिनुपर्नेमा भन्सार प्रमुख दिव्यराज पोखरेलले १ लाख रुपैयाँमात्र लिएर छाडेको खुलासा भएको छ ।
भन्सार प्रमुख पोखरेलले प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून मूल्यांकन गरी ती ट्रक छोडेर करोडौं रुपैयाँ राजस्व मार्ने काम गरेका छन् । ३४० ट्रकमा ३२२ मात्र चेकजाँच गरिएको थियो । १८ वटा ट्रक चेकजाँच नै नगरी छाडिएको स्रोतले बतायो । भन्नसार प्रमुख पोखरेलले १५६ वटा मालवाहक ट्रकमा सामान ल्याउने व्यापारीहरुलाई घरमै बोलाएर प्रतिगाडी घुसको दररेट तय गरी तोक आदेश गरेका थिए ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगले छानविन गर्ने हो भने एयरपोर्टस्थित भन्सार कार्यालयको रेकर्डमा १६६ वटा ट्रकको मात्र प्रज्ञानपत्रमा तोक लगाइएको फेला पर्नेछ । असार २७ गते घरमै व्यापारी बोलाएर अर्थमन्त्री डा. रामशरण महतको श्रीमतीलाई छुट्टै र कांग्रेसको महाधिवेशनको लागि सहयोग गर्नुपर्छ भनेर व्यापारीसँग प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून भन्सार शुल्क लिएर सामान छाडेको स्रोतको भनाई छ ।
मन्त्रीको श्रीमती र कांग्रेसको महाधिवेशनको लागि सहयोग भनेर दररेट तोकी घुस लिएर तोक लगाएका पोखरेलले आफू पानीमाथिको ओभानो बन्न दूधको साक्षी बिरालो भनेझैं राजस्व अनुसन्धान विभागका दुई निर्देशक मदन दाहाल र कमल राजलबटलाई पनि सामेल गराएका थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home