• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, २ साउन । छिमेकी देश चीनमा शनिबार भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक संस्थाका अनुसार चीनको छिङज्याङ प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको आसपासका प्रान्तमा पनि ठूलो धक्का महसुस गरिएको हो ।
नेपाली समय अनुसार विहान ११ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । उक्त भूकम्पको धक्का ५ दशमलब १ रेक्टर स्केलको हो । भूकम्प पश्चिम उत्तरी पहाडी क्षेत्रमा गएको हो । पहाडी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भएको चीनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसलगत्तै चीनमा पाँच रेक्टर स्केलको अर्काे भूकम्प पनि गएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ । यसअघि हप्ता दिन पहिले पनि चीनमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । एजेन्सी
dainiknepal.com
साउन २ गते ६
काठमाडौं । यदि तपार्इंको फेसबुकमा मनिषा कोइरालाको एकाउन्टबाट कुनै म्यासेज आयो भने मक्ख नपर्नु होला । यो कुरा अरूले होइन स्वयं मनिषाले ट्विटरबाट जानकारी गराएकी छन् । यस्तो म्यासेज नखोल्न पनि उनले अनुरोध गरेकी छन् । किन भने यो भाइरस मात्र हो ।

बलिउड अभिनेत्री मनिषा कोइरालाको फेसबुक एकाउन्ट ह्याक गरिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । जसका कारण उनको एकाउन्टबाट जहाँतहीँ म्यासेज गइरहेका छन् । सोसियल नेटवर्किङमा निक्कै सक्रिय मनिषाले आप्नो फेसबुक एकाउण्ट ह्याक भएको ट्विटरमार्पmत जानकारी दिएकी छन् ।
मनिषाले ट्विटरमा लेखेकी छन्, ‘यदि तपाईंलाई मेरोबाट कुनै म्यासेज आयो भने कृपया त्यसलाई नखोल्नु होला । मैले तपाईंहरू कसैलाई पनि कुनै किसिमको म्यासेज पठाएको छैन, यो एक भाइरस हो, कसैले ह्याक गरेका छन् ।’
पछिल्लो समय रामगोपाल बर्माको थ्रिडी हरर चलचित्र ‘भूत रिटन्र्स’ मा देखिएकी मनिषा हाल नेपालमै छिन् । हिजोआज उनी भूकम्पपीडितको राहत कार्यमा व्यस्त छिन् । (सौस)
सुनसरी, २ साउन । आयस्रोत कम भएकाको पहुँचभन्दा बाहिर हो एमबीबीएस पढाइ । यहाँका पान पसले महेश्वर ठाकुरले भने त्यही व्यवसायले छोरालाई डाक्टर बनाउन सके । एक वर्षपछि उनका जेठा छोरा जितेन्द्र बिरामी जाँचिरहेका हुने छन् ।
इनरुवाको कमल टाँकिजअगाडि २८ वर्षदेखि पानको पत्तामा चुना र कथ्था रगड्दै आएका महेश्वरलाई भित्रबाटैअठोट जागेर आयो तीन भाई छोरा र एउटी छोरी मध्ये एउटा सन्तान डाक्टर बनाउने । पढाइमा निकै तेज जितेन्द्रलाई उनले कक्षा ७ पढ्दै गर्दा भने, ‘बाबु तँ राम्रोसँग पढ्, डाक्टर बन्नुपर्छ ।’
सानो मान्छे हुँदा समाजको मै हुँ भन्न् हेपाहा प्रवृत्ति खेपेका महेश्वरले छोरालाई ठूलो मानिस बनाउने सपना सजाए ।  नभन्दै ०६८ मा जितेन्द्रले एमबीबीएस प्रवेश परीक्षा पास गरे । त्यसपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा २४ लाख तिरेर भर्ना गराए । कान्तिपुर दैनिकमा समाचार छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

बर्षको पुर्वाधमा अनावश्यक झैझगडा आइलाग्ने तथा स्वास्थ्यमा प्रतिकुलता आउन सक्नेछ,आर्थिक क्षेत्रमा गिरावट आउनुका साथै लगानी गरे अनुरुप फल पाउन गाह्रो पर्नेछ,सवारी साधन तथा जग्गा जमिनका क्षेत्रबाट सोचेअनुसार फाइदा हुदैन,उत्तरार्धमा काममा सफलता मिल्ने,सुखको अनुभूति हुनुको साथै बहुमुल्य रत्नको लाभ हुनेछ,मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ,दाजुभाई तथा इष्टमित्रको सम्बन्धमा आत्मियता बढ्नेछ,नव दम्पतिको लागि सु-लक्षण युक्त सन्तान प्राप्तिको समय छ,शत्रु परास्त गर्न सकिनेछ,दाम्पत्य सम्बन्धमा उतार चढावको सामना गर्नु पर्ला,धर्म-कर्ममा लगाव बढ्नुका साथै मानसम्मान प्राप्त हुनेछ,सरकारी सेवामा रहने व्यक्ति हरुलाई वर्ष सामान्य छ,अधैयाशनि र छैठौ भावबाट पंचमभाव तर्फ बढने राहुको प्रभावले दुर्घटना बढाउने तथा साथीभाईमा वैमनस्यता बढाउन सक्नेछ, शनिग्रहकोको शान्ति गराउनाले राम्रो हुनेछ,श्रावण,कार्तिक,मङ्सिर र चैत महिना आर्थिक तथा पारिवारिक रुपमा खराब रहनेछन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

वर्ष सामान्य छ,पराक्रम बढने तथा नयाँ लगानी गर्ने अवसर मिल्नेछ,आफन्त तथा मित्रजनको सम्बन्धमा प्रतिकुलता आउन सक्छ,पारिवारिक झमेलाको सामना गर्नुपर्नेछ,स्वास्थ्य सम्बन्धी कमजोरी आउन सक्छ,खानपानमा चनाखो रहनु होला,झुटा आरोपहरु लाग्ने तथा अनाबस्यक बिबादको सामना गर्नु पर्ने सम्भाबना देखिन्छ,दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्छ,गुप्तरोगको भय तथा नशा सम्बन्धि समस्या आउन सक्छ,शत्रु पक्ष भने कमजोर रहनाले बिबाद र कानुनी झमेलामा अल्झिनु परे पनि अन्तत: जित तपाइको नै हुनेछ,सवारी साधनमा यात्रा गर्दा बिशेष चनाखो रहनुहोला,बर्षको उत्तरार्ध पढाई–लेखाइ र साहित्यिक क्षेत्रमा फलदायी समय रहनेछ,बैदेशिक यात्राबाट प्रशस्त सफलता मिल्नेछ,नोकरी गर्ने व्यक्तिहरुलाई समय केहि खराब देखिएपानी,व्यापारिक बर्गलाई भने उन्नतिप्रद समय रहनेछ,राज्य पक्षबाट नोक्सानी मिल्न सक्छ,जग्गा जमिन र पशु चौपाय क्षेत्रबाट लाभ मिल्नेछ,धार्मिकभावमा कमी आउनाले काममा अबरोध आउनेछन्,बैशाख,मङ्सिर,पौष,र चैत्र महिना केहि खराब देखिएकोले चनाखो रहनु होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

समय उन्नतिप्रद रहनेछ,दाम्पत्य सम्बन्धमा सुमधुरता छाउनेछ,सामाजिक मान प्रतिष्ठामा बृद्धि हुनेछ,रोकिएका कामहरु बन्ने छन ,धन संचय गर्ने अबसर मिल्नेछ,पारिबारिक अस्वस्थताले मनमा अशान्ति छाउनेछ,सन्तान क्षेत्रबाट उल्लेख्य सुख मिल्नेछ,नवदम्पतिको लागि भविष्यको लागि राम्रो योजना बनाउने तथा नंया कामको थालनी हुने समय छ,वैदेशिक क्षेत्रमा रहनेहरुका लागि आयआर्जनमा उत्तम समय छ,सरकारी क्षेत्रबाट सहयोग मिल्ने छ,कृषि तथा पशुपालन र प्रकृतिजन्य व्याबसायबाट उन्नति हुनेछ ,मेसिन औजार र सवारी साधनबाट नोक्सान व्यहोर्नुपर्ला,व्यापार व्यवसायबाट सोचेअनुरूप प्रतिफल पाउन नसकेतापनि निराश हुनु पर्नेछैन, जेष्ठ,आश्विन,माघ र चैत्र महिना प्रतिकुल समय छ,बिष्णु भगवानको पुजा आराधनामा मन लगाउदा बर्ष फलदायी रहने देखिन्छ।


कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
मान सम्मानमा वृद्धि हुने समय छ,उच्च पद प्रतिष्ठा पाउन सकिनेछ,कुल कुटुम्बमा सुमधुरता छाउनेछ,राजनीतिक क्षेत्रमा सफलता हाशिल गर्न सकिनेछ,शैक्षिक क्षेत्र प्रगत्यी जन्य देखिन्छ,खेलकुद र कलाकारिता संग सम्बन्धित व्यक्तिहरुलाई समय ले निकै साथ दिनेछ,स्वास्थ्यमा भने केहि प्रतिकूलताको सामना गर्नु पर्ला,खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,सन्तान पक्षबाट केहि बढी खर्च हुन सक्ने देखिन्छ,धर्म कर्ममा रुचि घट्न सक्ने देखिन्छ,दाम्पत्य सम्बन्ध सामान्य रहनेछ,ब्यापारिक व्यक्तिहरुलाई समय सामान्य रहनेछ,स्वास्थ्य र शैक्षिक क्षेत्रमा गरिएको लगानीले उच्चतम प्रतिफल दिनेछ,जग्गा जमिन तथा त्यस सम्बन्धि क्षेत्रबाट खासै उपलब्धि हासिल हुन सक्ने देखिन्न,आषाढ,कार्तिक र फाल्गुन महिनामा बिशेष चनाखो रहनु पर्ने देखिन्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
निर्णयहरु बिबादित रहनेछन्,बिचार पूर्बक निर्णय लिनु उपयुक्त हुनेछ,अधैया शनिको प्रभाब वर्ष भरि नै रहने हुदा,मान सम्मानमा आँचआउने,पारिवारिक स्वास्थ्यमा कमजोरी,सवारी साधनबाट नोक्सानी तथा शारीरिक तथा आर्थिक क्षति जस्ता समस्या आउन सक्छ,शनि देबको शान्ति गर्नु पर्ने देखिन्छ,ब्यापार ब्यबासयामा उतारचढाव आउनेछ,बर्षको अन्त्यमा पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ,पशुपक्षीबाट खासै लाभ हुने देखिन्न,कृषि पदार्थमा भने लाभ मिल्नेछ,नोकरीमा अपजस आउन सक्ने तथा अनाबस्यक झमेला आउन सक्ने देखिन्छ,बैदेशिक क्षेत्रबाट सोचे अनुरुप सफलता नपाइएला,राजिनितिमा अपबाद लाग्न सक्छ,आफन्त तथा साथीभाई संगको सम्बन्धमा तिक्तता आउन सक्छ,सन्तान प्राप्तिको उत्तम समय छ,श्रावण,मंसिर र चैत्र महिना अलिक खराब देखिन्छ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

बर्षको पूर्बार्धमा पढाई लेखाई को क्षेत्रमा प्रगति हुनेछ,स्वदेश तथा विदेश बात पनि लाभ मिल्ने देखिन्छ,सम्मानित पद-प्रतिष्ठा पाइनेछ,पशु ब्यबसाय तथा कृषि जन्य पदार्थ बाट लाभ मिल्नेछ,दाजु भाई संग को सम्बन्धमा कमजोरी आउनेछ,कानुनि अड्चनहरु आइलाग्नेछन्,नोकरीमा लाभ मिल्नुको साथै पदोन्नतिको हुने देखिन्छ,नंया कामको थालनी हुनेछ,सहयोगी मित्रहरु बढ्नेछन्,सन्तान पक्षबाट सुख को अनुभूति हुनेछ,तीर्थयात्रा तथा मनोरन्जनात्मक यात्राको अवसर मिल्नेछ,परिवारमा मांगलिक कार्य हुनेछ,दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्ने देखिन्छ गोचारमा द्वादश भावमा प्रवेश गर्ने गुरुले बर्षको उत्तरार्धमा बिबाद,आन्तरिक झमेला,स्वास्थ्यमा प्रतिकुलता,र अनाबस्यक खर्च जस्ता फल दिनेछ,नंया कामको थालनी बर्षको पूर्बार्धमा नै गर्दा उत्तम हुनेछ,बैशाख,भाद्र,आश्विन र पौष महिना आर्थिक तथा स्वास्थ्यगत दृष्टिमा कमजोर देखिन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :

शरीरमा अस्वस्थता बढ्नाले काममा अबरोध आउनेछ,सरकारी पक्षबाट क्षति बहोर्नु पर्ने देखिन्छ,दैविक बिपत्तिहरु आइलाग्न सक्नेछन्,पिता पुत्रको सम्बन्धमा क्रमिक सुधार आउनेछ,जग्गा जमिन तथा बैदेशिक क्षेत्रमा लगानी गर्ने ब्यबसायीलाई सुखद समय रहनेछ,पढाई लेखाईको क्षेत्रमा सुधार देखिएता पनि निर्णय क्षमतामा ह्रास आउनाले बिबादित रहनु पर्ला,रोकिएका कामहरु पूरा हुनेछन,पुरस्कार तथा उपहार प्राप्ति हुनेछन्,बिज्ञान तथा अनुसन्धान क्षेत्रमा रहनेहरुको लागि नंया प्रतिफल मिल्ने समय छ,सवारीसाधन सम्बन्धि ब्यबसायमा घाटा बहोर्नु पर्ला,यात्रा फलदायी रहनेछ,अन्त्य साढेसातिको प्रभावले शीर,नशा,जोर्नी सम्बन्धि समस्याले सताउने,संचित धनको नोक्सानी,बोलीमा प्रतिकुलता जस्ता दुष्फल दिलाउनेछ, कुण्डलीमा खराब स्थानमा शनि भएका व्यक्तिहरुले शनि ग्रहको शान्ति गर्नु पर्ने देखिन्छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

भाग्यले साथ दिनेछ,पारिवारिक सामिप्यता बढ्नेछ,दाम्पत्य सम्बन्ध रोमान्चित रहनेछ,स्वास्थ्यमा प्रतिकुलता देखिन सक्छ,ब्यापार ब्यबसायमा उन्नति हुनेछ,नोकरी बाट भने अपेक्षा गरे अनुरुप सन्तुष्टि पाउन नसकिएला,त्रिकोणबाट केन्द्र तर्फ बढ्ने गुरु को प्रभावले धार्मिक तथा मनोरन्जनात्मक यात्रा गर्ने अवसर जुटाउनेछ,मान्यजन संगको सम्बन्धमा उल्लेख्य प्रगति हुनेछ,ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ,राजनीतिक क्षेत्र सफल रहनेछ,मध्ये शाढेसातिको प्रभावले शरीरमा स्वास्थ्यगत समस्या आउन सक्ने देखिन्छ,रिस बढ्ने,आफन्त संगको सम्बन्धमा कमजोरी आउने तथा मनमुटाब गराउन सक्ने सम्भाव्यता देखिएकोले बिशेष चनाखो रहनु पर्ने देखिन्छ,शनि जन्य शान्ति गर्दा शुभफल प्राप्ति हुनेछ,बैदेशिक रोजगारमा रहने र जाने हरुको लागि बर्ष मध्यम रहनेछ,अध्ययन अध्यापन क्षेत्रमा सफलता मिल्ने समय रहनेछ,आषाढ,कार्तिक,र फाल्गुन महिना कमजोरी रहनेछ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius:

सुरुवाती समयहरुमा खर्च,बिबाद र झैँ-झागडमा बृध्दि हुने देखिन्छ,आफै संयमित रहनु होला,त्रिक स्थान बाट त्रिकोण तर्फ प्रवेश गर्ने गुरुको प्रभावले आषाढ पछी बिशेष भाग्योदय गराउनेछ, नंया सन्तान प्राप्तिको योग देखिन्छ, प्राबिधिक क्षेत्रमा कार्यरत र लगानी गर्ने व्यक्तिहरुलाई उच्चतम सफलता मिल्ने देखिन्छ,पारिवारिक क्षेत्रमा केहि कमजोरी आउनेछ,,कानुनी झमेला बाट मुक्ति पाइनेछ,दाजु भाई तथा इष्ट मित्र आफन्तबाट अपेक्षाकृत सहयोग पाउन गार्हो पर्नेछ,खानपिन,सार-सज्जा जस्ता काम र मनोरन्जनात्मक यात्रामा संचित धनको खर्च हुने देखिन्छ,नंया साथीहरु संगको चिनजानले दिर्घकालिन परिवर्तनको संकेत देखिनेछन्,यज्ञ-अनुष्ठान र धार्मिक कार्यहरुमा सरिक हुने अबसर मिल्नेछ,जग्गा जमिन र पशु पालनको क्षेत्रमा सफलता मिल्नेछ,आद्य साढेसाती दशाको प्रभाब वर्ष भरिनै रहनाले जन्म कुण्डलीमा खराब स्थानमा शनि हुने व्यक्तिहरुलाई खराब फल दिने छ,शरीरमा क्लेश,धनको क्षति,आफन्तमा मन-मुटाब,संचित धनको नोक्सानी जस्ता फल दिनेछ,बैदेशिक यात्रा सामान्य रहनेछ,व्यापारिक बर्गलाई खराब समय रहनेछ,मान्यजनको सल्लाह,सुझाब र आशिर्बाद लिएर गरेका काममा बिशेष सफलता मिल्नेछ, श्रावन,मंसिर,र चैत्र महिना केहि खराब रहनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)Capricorn :

मकर राशी हुनेहरुको लागि बर्ष २०७२ सामान्य रहनेछ,दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्छ,अबिबाहितहरुको लागि बिपरित लिंगीबाट अकल्पनीय आरोप आउन सक्ने देखिन्छ,प्रेम सम्बन्धमा कमजोरी आउनाले चिन्ता बढ्नेछ,मान प्रतिष्ठामा आंच आउन सक्छ,बोल्दा निर्णय लिदा र सलाह दिदा बिशेष चनाखो रहनु होला,रोग ब्याधिले गर्दा खर्च बढाउनेछ,आफन्त संगको सम्बन्धमा सुधार आउनेछ,सन्तानबाट सन्तुष्टि मिल्ने तथा आनन्दको अनुभूति मिल्नेछ,कृषि तथा पशुपालन बाट मनग्य लाभ मिल्नेछ,राजनीतिमा आफ्नै जिद्दीपन र घमण्डले गर्दा पछी परिएला,पढाई लेखाईमा प्रगति हुनेछ,बैंकिंग तथा सेयर बजारमा जस्ता क्षेत्र बाट लाभ मिल्नेछ,विदेश तथा बैदेशिक ब्यबसायमा सन्तोषजनक फल पाउन कठिन देखिन्छ,धार्मिक कार्यमा समय व्यतीत हुने र ठुला व्यक्ति संगको सम्बन्ध विस्तारले प्रगतिका बाटाहरु बढ्नेछन,बैशाख,भाद्र,पौष र माघ महिना आर्थिक तथा स्वास्थ्यगत दृष्टिले कमजोर देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :

बर्षको पूर्बार्धमा खर्च विवाद तथा आफन्त संगको सम्बन्धमा कमजोरी बढ्नाले झंझटिलोरहनेछ,काम बिगार्ने तत्वहरु निकै सक्रिय रहनेछन,दुर्घटनाको सम्भाबना रहनु को साथै पशु बाहनादीबाट घात हुनेछ,गोचरमा त्रिक स्थानबाट केन्द्र तर्फ बढेको बृहस्पती को प्रभावले बर्षको उत्तरार्ध शुभफल प्रदान गरेता पनि द्वितीय स्थानमा रहेको केतु र केन्द्रमा रहेको शनिको प्रभावले पूर्ण फल प्रदान गर्न नदिदा वर्षसामान्य रहनेछ,गत्यावरोध आएको सम्बन्धमा स्थाईत्व प्राप्ति हुनेछ,दिर्घकालिन प्रभाब पार्ने कामको थालनीहुनेछ,बोलीमा आउने सकारात्मक भावले काममा सफलता प्रदान गर्नेछ,स्वास्थ्यमा क्रमिक सुधारको संकेतदेखिनेछ,पारिवारिक सम्बन्धमा निकै सुधार आउनेछ,दाजु भाइको सम्बन्धमा भने कमजोरी यथावत रहला,नोकरिमाशुभ संकेतहरु देखा पर्नेछन,नंया रोजगारी मिल्ने तथा स्थानान्तरण हुन सक्ने समय रहेकोछ,ब्यापारी बर्गलाई बर्ष निकैउन्नति दायक रहनेछ,दैविक प्रकोप र अस्वाभाविक दुर्घटनाले धन जनको क्षति साथै अंग भंग हुन सक्छ,चनाखोरहनुहोला,पढाइ लेखाइ को क्षेत्रमा प्रगति हुनाको साथै बौधिकतामा बृध्दि हुनेछ,लामोदुरिको यात्राको अवसर मिल्नेदेखिन्छतथापि बिशेष चनाखो भई यात्रा गर्नुहोला,सन्तान तथा नोकर बर्ग बाट खर्चमा बृध्दि हुनेछ,भाग्यले निकै साथदिनेछ,काममा लगाब बढ्ने तथा फसेका धन उठ्नेछन,धार्मिक भावमा कमी आउन सक्ने देखिन्छ,साझेदारीको काममाखासै उपलब्धि हुन सक्ने देखिन्न,ज्येष्ठ,आषाढ,असोज र माघ महिना बिशेष चनाखो रहनु पर्ला।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
मीन राशीका व्यक्ति हरुलाई यस बर्ष नंया बाहन र जग्गा जमिन प्राप्ति हुने समय देखिन्छ,आफ्नोकाममा सफलता मिल्दा मन हर्षित रहनेछ,धार्मिक भावमा कमी आउनाले काममा सफलता पाउनकेहि बिलम्ब हुन सक्छ,रोकिएका कामहरु पुरा गरिनेछन,कृषि पशुपालन र त्यस संग सम्बन्धित ब्यापार बाट लाभमिल्नेछ,मनमा आँट र भरोसा बढ्नाले काममा सफलता मिल्नेछ,आकस्मिक धन प्राप्ति तथा मान पदवी पाउने अवसरमिल्ला,आफ्नै घरमा रहेको केतुले महत्वाकांक्षी योजना हरु बन्ने तर पूरा गर्न गाह्रो पर्ने देखिन्छ,दाम्पत्य सम्बन्धमाकमजोरी ल्याउन सक्छ,ब्यापार व्यवसायमा प्रतिफल पाउन कठिन मेहनत गर्नु पर्नेछ,नोकरीमा अनाबस्यक झैँ झमेलाआउने तथा स्थानान्तरण हुन सक्छ,बर्षको उत्तरार्धमा शत्रु सक्रिय रहनाले काममा बिध्नबाधाको सामना गर्नुपर्ला,आफन्त तथा मान्यजन संग बैर भाब उत्पन्न हुन सक्ला,दैविक विपति आइलाग्दा नोक्सानी व्यहोर्नु पर्न सक्छ,भौतिक शुख सुविधामा कमी आउने तथा राज्य पक्षबाट जरिबाना को सम्भाबना पनि देखिन्छ,बैदेशिक क्षेत्र बाट भनेप्रशस्त सफलता मिल्नेछ,आषाढ,श्रावण,कार्तिक रफाल्गुन महिना खराब हुन सक्छ।  nepalesefolkdance.blogspot.
काठमाडौं: भूकम्प प्रभावितको लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने अभियानमा लागेका सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली) को जोडीलाई नेपाल कर सहयोग श्रमिक संगठनका संस्थापक सदस्‍य डिल्लीराम खनालले ५० हजार रुपैयाँ सहयोग सहयोग गरेका छन्। शुक्रबार खनालले अन्नपूर्ण पोस्ट्को कार्यालयमा सहयोग रकम हस्तान्तरण गरे।

'भूकम्पमा परेकालाई धुर्मुस-सुन्तलीले विद्यालय, चर्पी र अन्य राहत सामग्री निस्वार्थ भावले सहयोग गरिरहेको समाचार प्रकाशित भएपछि सहयोग गर्ने इच्छा जाग्यो', उनले भने।


आफूहरूले थालेको अभियानलाई सहयोगी हातहरूले निरन्तर सहयोग गरिरहेकोमा खुसी लागेको बताइन्।

धुर्मुस-सुन्तलीले काभ्रेको डाँडागाउँ पहारी बस्तीमा २० वटा सुविधासम्पन्न घर बनाउँदैछन् भने नुवाकोटमा एउटा विद्यालय, ४० वटा चर्पी, सिन्धुपाल्चोकको पीपलडाँडामा १० वटा चर्पी तथा अन्य जिल्लामा पनि राहतको क्रियाकलाप सञ्चालन गरिरहेका छन्।
www.annapurnapost.com
२ साउन, काठमाडौं । यस हप्ता नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । चाँदीको भाउ भने साताको अन्त्यमा सामान्य उकालो लागेको छ ।
यस हप्ता सुनको भाउ अन्तर्राष्ट्रिय मूल्यका कारणमात्र नभई सरकारले बजेटमार्फत आयात भन्सार दर घटाएपछि आरालो लागेको हो । असार ३१ गते तोलाको ५० हजार २ सयमा किनबेच भएको सुन साउन १ गते ४९ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरी आयात भन्सार दर प्रतिशत ग्राम ५ हजार २ सयबाट ४ हजार २ सयमा झारेपछि ठूलो अन्तरले सुनको भाउ ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर, चाँदीमा भने प्रतिकिलो ४ हजार ६ सयबाट बढाएर ५ हजार ६ सय भन्सारदर कायम गरेपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागेपनि नेपाली बजारमा सामान्य बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा विगत आठ महिनाकै न्यून विन्दूमा सुनको भाउ पुगेपछि नेपालमा पनि त्यसको प्रभाव पर्न गएको हो । विशेषगरी अमेरिकाको संघीय बैंक यो वर्षको अन्त्यतिर बचत ब्याज बढाउने नीतिमा अडिग देखिनु र अमेरिकी आर्थिक सूचकांक मजबुत देखिएपछि डलर अन्य देशको मुद्राको तुलनामा बलियो हुँदै गइरहेको छ ।
जसले गर्दा सुनमा हुने लगानी प्रभावित भएको छ । अमेरिकामा औद्योगिक उत्पादनमा भएको वृद्धिसँगै गैह्र कृषि क्षेत्रको रोजगारीमा भएको सुधारले पनि अर्थतन्त्र सवल हुँदै गएको छ । अर्कोतिर सुनसँग समानान्तर सम्बन्ध रहने तेलको मूल्यमा गिरावट कायम नै रहनुले पनि सुनको मूल्यमा सुधार आउन सकेन ।

ग्रीसको संसदले अन्तर्राष्ट्रिय मुद्राकोष र युरोपेली संघीय बैंकको सर्तका पक्षमा मतदान गरेपछि हाललाई ग्रीस युरोजोनबाट बाहिरिने खतरा टरेको छ भने ऋण योरोजोनले चाहेजस्तै समाधान उन्मूख भएकाले शेयर बजार सकरात्मक दिशातिर बढेको हुनाले सुनमा हुने लगानी खुम्चिएको हो ।
यही क्रम जारी रहेमा आगामी हप्ता सुनको भाउ ४९ हजारको हाराहारीमा कायम रहने आँकलन गरिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
संखुवासभा: चैनपुर बजारको एक घरमा नागरिक अगुवाहरू भएको भेलामा पाँच लाखभन्दा कममा हुँदैन भन्दै मोलमोलाइ हुँदै थियो। एक १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई सामसुम पार्न पाँच लाखको कुरा चल्यो, एक घन्टा 'बार्गेनिङ' चलेपछि दुई लाख ७५ हजारमा कुरा मिल्यो। उनीहरूले एक लाख रुपैयाँ लेनदेन गरेर बाँकीको तमसुक बनाए।

संखुवासभाकै शीतलपाटीमा एक वर्षअघि करिब ३० जनाको समूह भेला भएर औषधिउपचार गरिदिनुपर्छ भनेर कागज गर्दै थिए। ६ वर्षीया बालिकाको बलात्कारपछि उनको योनी १.५ सेन्टिमिटर च्यातिएपछि औषधिउपचार गर्ने सर्तमा कागज गरियो।


१२ वर्षीया बालिका बलात्कार भएपछि प्रहरीमा जाहेरी दिइन्। प्रहरीले आरोपीलाई गिरफ्तार गर्‍यो। दुई दिनपछि जाहेरी फिर्ता लिन लगाई चार लाख २५ हजारमा मिलापत्र भयो। स्वास्थ्य परीक्षणमा बलात्कृत भएको प्रमाणित भयो तर पीडितले उजुरी नदिएपछि प्रहरीले मुद्दा दर्ता गरेन।

तेह्रथुममा फागुन १७ गते मोबाइल चार्ज गर्न गएकी ६ वर्षीया बालिका बलात्कृत भइन् । घटना दुई हजार रुपैयाँमा मिलापत्र भयो । १० दिनपछि घटना सार्वजनिक भयो र आरोपी थोक्लुङ-२ तेह्रथुमका १८ वर्षीय प्रेमकुमार श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरी कारबाही थाल्यो।

बिचौलिया पीडितसँग भन्छन्, ‘मुद्दा लडेर के गर्छौ? दुई वर्षमा छुटिहाल्छ, बरु पैसा लिए एक काम टर्छ। तिनै बिचौलिया फेरि आरोपीसँग भन्छन्, ‘कानुन बलियो छ जेल खेप्नुभन्दा दुईचार लाख दिएकै राम्रो। पैसाको बन्दोबस्त गर्न सुरु गर मिलाउने जिम्मा मेरो।'

अर्को एउटा घटनामा पीडककी पत्नी पीडितसँग केही रकम थापेर ‘एक पटकलाई माफी दिन' बिलौना गरिरहेकी छन्। उनी बेलाबेला रकम घटाइदिन पनि बिन्ती बिसाउँदैछन्। अलि पर रहेका उनका पति बलात्कारजस्तो 'जघन्य' मानिने अपराध पैसाले ढाकछोप हुन लाग्दा खुसी भएका छन्।
संखुवासभा, तेह्रथुमजस्ता पूर्वी पहाडका जिल्लामा बलात्कारका घटना मोलमोलाइ भएर पसामा मिल्ने गरेका कयां उदाहरण छन्।पीडित र पीडकलाई बिचालियाले बाध्य बनाएर घटना मिलापत्र गर्ने गरेको खुल्न आएको छ।
संखुवासभा, तेह्रथुमजस्ता पूर्वी पहाडका जिल्लामा बलात्कारका घटना मोलमोलाइ भएर पैसामा मिल्ने गरेका कयौं उदाहरण छन्। पीडित र पीडकलाई बिचौलियाले बाध्य बनाएर घटना मिलापत्र गर्ने गरेको खुल्न आएको छ।

बलात्कारका थुपै घटनामा पैसाको लेनदेन हुन्छ। कतिपय घटनाले चर्चा पाउँछ, कतिपय भित्रै सामसुम हुन्छ। समाजकै अगुवाहरू कानुनको संरक्षण गर्नुभन्दा केही पैसाको लोभमा बिचौलियाको भूमिकामा ओर्लन्छन्।

पीडकलाई कानुनी दायरा बताउँदै रकम कवोलाउने र पीडितलाई कानुन फितलो छ भन्दै पैसामा मिल्न बाध्य पार्छन् । बलात्कृतहरू र उनीहरूका आफन्त क्षतिपूर्तिबापतको रकम असुलेरै अपराधीलाई छुटकारा दिन बाध्य हुन्छन्।

बिचौलियाले प्रहरीको भाग, वकिलको भाग, नेताको भाग र अरूको खाजानास्तासमेत भनेर ठूलो रकम पीडकबाट असुल्छन् भने पीडितलाई सानो रकममात्र दिन्छन्। पीडकलाई कानुनी सजाय पाउनुभन्दा रकम तिर्नु बेस, पीडितलाई मुद्दाभन्दा पैसा लिन सजिलो । बिचौलियाको भूमिकामा अधिकांश घटना मिलापत्रमै सामसुम हुन्छन्।

मुलुकी ऐनले २० वर्षमाथिका महिलालाई जबरजस्ती करणी गरे ५ देखि ७ वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था गरेको छ । पीडित कम उमेरको भए सजाय बढी हुँदै जाने र १० वर्षभन्दा कम उमेरको नाबालिकालाई करणी गरे १० देखि १५ वर्षसम्म कैद हुने व्यवस्था ऐनमा छ । सामूहिक बलात्कार, अपांग महिला, गर्भवती र हाडनातामा पाँच वर्षसम्म कैद थप हुने व्यवस्था कानुनमा छ।

कानुनको धज्जी उडाउँदै बलात्कारजस्तो जघन्य अपराधमा मोलमोलाइ गरेर घटना दबाउने क्रम बढेको छ । स्थानीय स्रोतअनुसार एउटा घटनामा पाँच लाख रुपैयाँसम्म लेनदेन हुने गरेको छ।

बिचौलियाकै कारण बलात्कारको अभियोग लागेका कतिपय व्यक्ति गल्ती नगरे पनि समाजमा बेइज्जत हुने डरले पैसा तिर्न बाध्य भएको घटना पनि जिल्लामा देखिएको छ।

जिल्ला प्रहरी प्रमुख डीएसपी कमल थापाले भने आफूकहाँ आइपुगेका यस्ता घटनाहरूमा अनुसन्धान र कारबाहीमा कुनै कन्जुस्याइँ नगरेको बताए। बलात्कारका घटना आर्थिक लेनदेनबाट मिलाइएको पाए पीडित, पीडक र बिचौलियालाई समेत कानुनी कठघरामा ल्याउने उनले बताए।

उनले औपचारिक रूपमा यस्तो अभिव्यक्ति दिए पनि गाउँमै मिलापत्र हुने घटना न प्रहरीकहाँ आइपुग्छन्, न प्रहरी नै यसको अनुसन्धानमा रुचि देखाउँछ।
महिला अधिकारकर्मी केशकुमारी कार्कीले यस्ता घटनामा प्रहरीसमेत कडा रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाइन्।

'प्रहरीमा जाहेरी पुगिसकेको घटना पनि मुद्दा दर्ता नगरी लाखौं रुपैयाँमा मिलाइने गरेको छ,' उनले भनिन्। पीडित पक्षलाई अनेक धाकधम्की र त्रास देखाएर मिल्न बाध्य पारिने उनले बताइन्।

नारी एकता अभियान सञ्जाल, चैनपुरकी अध्यक्ष मनमाया तामाङले पनि महिला हिंसाजन्य मुद्दाहरूमा प्रशासन उदासीन हुने गरेको आरोप लगाइन्। यस्ता घटनामा राजनीतिक दलका नेता तथा समाजका अगुवाहरूसमेत पीडकलाई बचाउन लाग्ने गरेको उनको अनुभव छ।

राजनीतिक दल, सामाजिक अगुवा, प्रहरी प्रशासन सबै लागिपरे यस्ता घटना समाप्त हुने महिला अधिकारकर्मी सुनिता काफ्लेले बताइन्। दोषीलाई कारबाही र उजुरी आएका घटनामा मिलापत्र हुनुअघि प्रहरीले कडाइ गरेर उदाहरण प्रस्तुत गर्ने हो भने त्यस्ता आपराधिक नियत भएकाहरू स्वतः निरुत्साहित हुने उनको तर्र्क छ।

महिला तथा बालबालिका अधिकृत मीना पौडेलले भने मिलापत्रको संस्कारले घटना लुकाइने, कानुनी कठघरामा आएका घटना पनि मिलापत्र हुने, महिला र बालिका बोल्न नसक्ने भएकाले समाजले मिलापत्र गर्न दबाब दिने गरेकाले घटना फस्टाएको दाबी गरिन्।
annapurnapost.com
काठमाडौं : जनताबाट आएका सुझावलाई मस्यौदामा परिमार्जन गर्ने जिम्मा पाएको संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले आन्दोलनका उपलब्धिविरोधी सुझावको अर्थ नभएको बताएका छन्।

'धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबाट देश पछि फर्कन सक्दैन। यिनीहरूको विपक्षमा सुझाव दिनु नै उपयुक्त छैन'- डा.बाबुराम भट्टराई, सभापति,संवाद समिति 'एउटा विषयमा एकजनाले सुझाव दिनु र एक सयजनाले सुझाव दिनुको खासै अर्थ छैन,' भट्टराईले शुक्रबार सञ्चारकर्मीसँग भने, ‘धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबाट देश पछि फर्कन सक्दैन। यिनीहरूको विपक्षमा सुझाव दिनु नै उपयुक्त छैन।'


मस्यौदामाथिका जनताका सुझावलाई जनमत संग्रहका रूपमा लिन नहुने तर्क गर्दै भट्टराईले भने,‘संघीयता, गणतन्त्र र धर्म निरपेक्षता उल्टिन सक्दैनन्। त्यसैले यी विषयमा जनताका कति सुझाव आए भन्ने अर्थ छैन।' धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता पनि हुन नसक्ने भट्टराईले बताए।

'धर्म निरपेक्षता राख्नुको उद्देश्य नै राज्यको धर्म हुँदैन भन्ने हो। त्यसैले धर्म निरपेक्ष शब्द उल्टिन सक्दैन।' जनताबाट आएका सुझावलाई जनमत संकलन समितिले संविधानसभामा पेस गरेपछि ती विषय संवाद समितिमा पुग्नेछन्।

'आन्दोलनका उपलब्धिविरुद्ध आउने सुझावलाई नयाँ विषयका रूपमा संवादमा आउन सक्छन्। तर त्यसको अर्थ मैले देखेको छैन,' भट्टराईले भने। साउन ४ र ५ गते सभासद्हरूले जिल्लामा संकलन गरेका सुझाव साउन ७ गते नै संविधानसभामा पेस गर्ने तयारी भइरहेकाले सुझावहरूलाई ‘कागजी रूपमा' मात्र मिलाउने प्रयास भइरहेको छ।

संवाद समितिका सभापति डा. भट्टराईले सीमांकनसहितका विवादित विषयलाई टुंग्याएर संविधान जारी गर्नु उत्तम हुने बताए। 'संविधानमा अधिकतम शक्ति र समूहलाई समेट्नुपर्छ,' भट्टराईले भने, ‘जनमत संकलन भइरहेका बेला सहमति गरौं। तर सहमतिमा नाममा एक दिन त के एक घन्टा पनि लम्ब्याउनुहुन्न भन्ने पक्षमा म छु।'

अघिल्लो संविधानसभा र संवाद समितिले सहमति गरेका विषयलाई समेत मस्यौदा समितिले तोडमोड गरेको उल्लेख गर्दै भट्टराईले भने, ‘नागरिकता, मौलिक हक, समानुपातिक समावेशीलगायतका विषयमा विगतमा भएका सहमतिमा अडिनुपर्छ।

प्रक्रियागत त्रुटि सच्याउनुपर्छ।' पार्टी अध्यक्ष पुष्पकमल दाहाल संविधानकै वातावरण बनाउन भारत भ्रमणमा गएको हुनसक्ने भट्टराईले बताए। 'नेताहरू विधि र प्रक्रिया पूरा गरेरै विदेश जानुभएको होला। उहाँहरूको भ्रमण संविधानकै वातावरण बनाउन सहयोग गर्नलाई नै होला,' भट्टराईले भने।
annapurnapost.com
durga_jyotish वि.सं.२०७२ साल साउन २ गते शनिबार,
इ स २०१५ जुलाई १८ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्ल पक्षको द्वितीया तिथि, बिहान ७:५३ बजेसम्म उप्रान्त तृतीया,
अश्लेषा नक्षत्र साँझ ६:२० बजेसम्म उप्रान्त मघा,
सिद्धि योग रात्रि १०:२८ बजेसम्म उप्रान्त व्यतीपात,
कौलव करण बिहान ७:५३ बजेसम्म,तैतिल बेलुकी ८:३३ बजेसम्म उप्रान्त गर,
आनन्दादियोगमा मानस योग,
चन्द्रमा कर्कट राशिमा साँझ ६:२० बजेउप्रान्त सिंह,
काठमाडौंमा सूर्योदय ५:२० बजे, सूर्यास्त ६:५९ बजे
दिनमान ३४ घडी ७ पला।
 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आफनै बाहुबलले काम फत्ते गर्न सकिनेछ,,पारिवारिक झैझमेला आइलाग्नेछन,साथि भाइको सहयोग केहि ढिलाइका साथ मिल्नेछ,हतारको निर्णय आफ्नै लागि घातक हुन सक्छ,सवारी साधनको प्रयोग निकै घाटादायक बन्नसक्छ चनाखो रहनुपर्ला।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
पराक्रम बढ्नेछ,आजको दिन मान सम्मान प्रशस्त पाइनेछ,घुमफिर र मनोरंजनमा समय बित्नेछ, नंया साथिको सहयोग निकै फलिफाप पूर्ण रहनेछ,दाजु भाइको सम्बन्धमा भने केहि कमजोरी आउने देखिएता पनि आफन्त संगको सम्बन्ध मजबुत बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
संचित धनको नोक्सानी हुन सक्छ,लगानी गरेको धनले उचित प्रतिफल दिनेछ,बहुमुल्य रत्न तथा धातुको कारोबार फस्टाउनेछ,मनमा आनन्दको अनुभूति हुनेछ,बिदेशमा रहनु हुनेहरुको लागि भने चिन्ताकारक समय रहनेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
शरीरमा स्फूर्ति बढेसगै काम गर्ने जागर बढ्नेछ,आफन्त तथा साथीभाई संगको सम्बन्ध सुमधुर बन्नेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ,मांगलिक कार्यहरुमा सरिक हुने अवसर मिल्नेछ, मनोरन्जनात्मक र सफल दिन रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
आम्दानिको तुलनामा खर्चको बृध्दि हुनेछ,काम गर्ने जाँगर घट्नेछ,कष्टकर यात्राको सम्भाबना रहनाले अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु नै बुध्दिमानी हुने देखिन्छ,चोटपटक र दुर्घटनाको भय देखिन्छ,सामाजिक मान प्रतिष्ठामा कमि आउनसक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
आम्दानीको नया बाटो भेटिनेछ,नोकरीमा केहि सहजताको अनुभूति हुनेछ, प्रतिष्ठित व्यक्ति संगको सामिप्यता बढ्नेछ,मिष्ठान्न भोजन र मनोरन्जनात्मक भेटघाट गर्ने अवसर मिल्नेछ,पढाई लेखाइमा सुधारको संकेत देखिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
ब्यबसायिक पाटो सफलता मुखी हुनेछ,धार्मिक कार्यमा रुची बढे संगै रमाइलो यात्राको सम्भाबना देखिन्छ,नेतृत्वदायी भूमिका निर्बाह गरि दिर्घकालिन योजनाको तयारि गरिनेछ,पशु पंक्षी र कृषिजन्य व्यवसायमा फाइदाको समय देखिन्छ।



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
धार्मिक यात्रा हुनेछ भने सेवामुलक काममा रुची बढ्नेछ,मान्यजनको सहयोग मिल्नाले काममा सफलताको फड्को मारिनेछ,कानुनि अड्चन आइलाग्न सक्ने देखिन्छ, आकस्मिक रुपमा जरिवानाको सम्भाबना देखिन्छ,स्वास्थ्यमा गडबडी हुन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
मनमा बिभिन्न किसिमका चिन्ता आइलाग्नेछ,रिस बढ्नाले सल्लाह र सहकार्यमा कमि आउने देखिन्छ,आर्थिक लेनदेन गर्न खासै उत्तम समय देखिन्न,सवारी साधनको प्रयोग घातक बन्न सक्छ निकै चनाखो रहनुहोला,प्रेम पीडाको सम्भाबना देखिन्छ।


मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
प्रणय सुत्र अत्यन्त मिठासपूर्ण रहनेछ, व्यवसायमा उच्चतम सफलता मिल्नेछ,आजको दिन कामबाट केहि फुर्सद मिल्नेछ,वाहन तथा मनोरन्जनात्मक क्षेत्रबाट सुख मिल्नेछ,पढाइ लेखाइमा केहि सुधारको संकेत देखिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
अरुको लागि समय खर्चिनु पर्नेछ भने अन्तमा तपाइको सहयोगको उचित मुल्यांकन हुनेछ,शत्रु पक्ष सबल रहेता पनि सजिलै परास्त गर्न सकिनेछ,कुरा काट्नेहरु बढ्नेछन,स्वास्थ्यमा केहि कमजोरी देखिएता पनि साझपखबाट  सुधार आउनेछ,यात्रा सम्भाबना देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
सन्तानसुख प्राप्त हुनेछ,साहित्यिक र रचनात्मक कार्यमा रुची बढ्नेछ,नोकरीमा केहि सहजताको अनुभूति हुनेछ,रमाइलो भेटघाटमा सरिक भइनेछ,बौध्दिकता अझै बढ्ने समय छ,पेटमा समस्या आउन सक्छ,खानपानमा चनाखो रहनु पर्ला।
गुमेको श्रवण शक्ति पुनप्राप्त गर्न प्राकृतिक उपचार बिधि अपनाउनुहोस्

गुमेको श्रवण शक्ति फिर्ता ल्याउन तथा श्रवण शक्ति क्षमता विकाशका लागि घरेलु प्राकृतिक उपचार बिधि अति लाभदायक छ । आज हामी श्रवण शक्ति बलियो बनाउन अपनाउनुपर्ने प्राक्रितिक उपचारका बारेमा जानकारी गराउँदै छौं । त्यसका लागि तल उल्लेखित उपचार बिधि अपनाउनुहुन अनुरोध गर्दछौं ।

१. ग्रिन टी र रेड वाइन

रेड वाइन मश्तिष्क, मुटु, पाचन शक्ति, इम्युनिटि लगायतका लागि अति लाभदायक हुनुका साथै तपाईलाई तालुखुइले समेत हुन दिदैन भन्ने सत्य तथ्य बैज्ञानिकहरुले पत्तो लगाएका छन् । तर जब मानिसको कानले सुन्ने तथा श्रवण शक्तिको कुरा आउँछ, यो रेड वाइनमा आबद्ध किटाणु नाशक गुणले कानको भित्र रहेको रौंको रक्षा गर्छ जसका कारण कानभित्र हुन सक्ने संक्रमण हुन पाउँदैन ।

यो रातो वाइनले कानभित्र हुनसक्ने बाहिरी प्रभावलाई पनि सजिलै रोक्छ । रेड वाइन जस्तै ग्रीन टीले पनि उस्तै काम गर्छ । तसर्थ दैनिक एक कप ग्रीन टी पिउनाले श्रवण शक्ति राम्रो हुन्छ  अनि राती एक कप रेड वाइन पिउनाले पनि कान संबन्धी समस्याहरु हराएर जान्छ ।

२. रेड वाइन र लसुनको रस

जब कानको श्रवण शक्ति नष्ट भएको कुरा अगाडी आउछ, अनि यो रातो वाइन र लसुनको रसको मीश्रणलाई गुमेको श्रवण शक्ति पुन प्राप्त गर्न अचुक ओखतीको रुपमा लिइन्छ । ३० एमएल लसुनको जुस र ३० एमएल रातो वाइन मिसाएर दैनिक रुपमा सेवन गर्नाले गुमेको श्रवण शक्ति पुन प्राप्त गर्न सकिन्छ ।

२. लसुनको रसको थोपा

लसुनलाई अति महत्वपूर्ण र मनपर्ने सरदामका रुपमा लिइन्छ । उदाहरणका लागि, सिसिली बासीहरु लसुनको प्रयोग बिभिन्न रोग रोकथामका लागि प्रयोग गर्छन् । अनि तल उल्लेखित सरदाम श्रवण शक्ति मजबुत बनाउनका लागि अति महत्वपूर्ण मानिन्छ स्

जैतुनको तेलमा केही लसुनका केस्राहरु मसिनो हुनेगरि मिच्नुहोस् । लसुनको केस्राबाट जुस निस्किएको हुनै पर्छ । अनि मीश्रणलाई सफा कपडा तथा छान्नेले छान्नुहोस् । मीश्रणको केही थोपा कानमा हाल्नुहोस् र कानलाई कपासले थुन्नुहोस् ।

३. मह र दालचिनी

केही दालचिनीलाई मसिनो पारेर पिन्नुहोस् । अव यसलाई महमा मिसाउनुहोस् । मीश्रणलाई सफा कपडा तथा छान्नेले छान्नुहोस् । केही थोपा कानमा चुहाउनुहोस् । यसले श्रवण शक्ति गुम्न दिदैन र गुमेको श्रवण शक्ति पुन ल्याउन मद्धत पुर्याउछ । ओखती दिनको दुई पटक, बिहान र बेलुका, तयार पार्नुहोस् ।
मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य मानिन्छ भने दोश्रो महत्वपूर्ण कुरा धन । त्यसैले स्वास्थ्यलाई पनि धन नै भन्ने गरिएको हो । तर पहिलो धन भएन भने दोश्रो धनले काम दिँदैन । जतिसुकै कमाए पनि स्वास्थ्यमा समस्या छ भने मानिसले जीवनमा शान्ति अनुभव गर्दैन ।

बरु अभावमा खुसी रहन सकिन्छ तर रोगी शरीर भयो भने खुसी दुर्लभ हुन्छ । शास्त्रमा स्वास्थ्य धनको विषयमा निक्कै महत्वका साथ चर्चा गरिएको छ ।

स्वास्थ्यका लागि अनुशासित जीवनशैली अनिवार्य मानिएको छ । यहाँ यस्ता कुराको चर्चा गरिएको छ जुन काम गर्दा मानिस् छिटो बुढो हुन्छ ।

गरुड पुराणको आचारखण्डमा भनिएको छः

अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगा:।।

अर्थात आहार विहारमा गरिएको लापरवाहीले मानिसलाई छिटै गम्भिर रोग बनेर बुढेशकाल तर्फ धकेलिदिन्छ
यो शुत्र अनुसार यी ६ काम भुलेर पनि गर्नु हुँदैनः

१- चाहिने भन्दा बढी मात्रामा पानी पिउनु

२- भारी अर्थात गरिष्ठ भोजन गर्नु

३- अत्याधिक बीर्य स्खलन

४- दिसा पिसाव रोक्नु

५- दिउसै सुत्नु

६- रातिमा जागिरहनु

त्यसैगरी गरुण पुराणमा यी कुरा पनि स्वास्थ्यको लागि घातक मानिएको छ ।

- काँचो वा सुख्खा मासु सेवन

- सू्र्योदयको समयमा मैथुन वा निद्रा

- वृद्ध महिलासँग यौन सम्पर्क
चीन: गोडामा जोडेर एक महिना बढीसम्म जीवितै राखिएको हत्केलालाई पुर्नः हातमै जोड्न चिनियाँ चिकित्सक टोली सफल भएको छ । दुर्घटनामा छिनेको हत्केलालाई पुर्न: पहिलेकै ठाउँमा जोड्न चिकित्सकको टोली शुक्रबार सफल भएको समाचारमा जनाइएको छ ।

‘मध्यचीनको हुनान प्रान्तका आला झोउले नयाँ जीवन पाएका छन्’, साङ्या अस्पतालका माइक्रो सर्जरीका विभाग प्रमुखले भने , ‘तर उनले अझै आराम गनुपर्ने छ ।’


सिङ्टोन शहर स्थित दुर्घटनामा परेका झोउको दाहिने हातको हत्केला छिनेको थियो । झोउले भनेका छन्, 'दुर्घटनाले मेरो दिमाख खाली बनाएको थियो, त्यो बेला हात छिनेको मात्र मलाई याद छ ।'

छिनेको हातमा गम्भीर असर पुग्नुका साथै नसामा समस्या देखिएपछि हात जोड्न चिकित्सक टोलीले एक महिना महिना बढीको समय पर्खनु परेको थियो ।  करिब १० घण्टा लामो सर्जरीपछि पहिलेकै अवस्थामा हात जोड्न चिकित्सकको टोली सफल भएको हो ।

तर यो सर्जरी भने पहिलो होइन । सन् २०१३ मा नै सोही चिकित्सकको टोलीले छिनेको हत्केलालाई गोडामा राखेर पुर्नः हात जोड्न सफल भइसकेको छ ।
annapurnapost.com
काठमाडौं । आज पपुवा न्यूगिनीसँग भएको आफ्नो पाँचौ खेलमा पनि नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले पराजित भएको छ । नेपालले १९.४ ओभर खेलेर अलआउट हुदै पपुवा न्युगिनीलाई ९४ रनको लक्ष्य दिएको थियो।सो टार्गेट पपुवा न्युगिनीले सजिलै संग भेटायो । आजको यो पराजयसँगै नेपालको विश्वकप यात्रा लगभग समाप्त भएको छ ।

 खेल हारेपछि नेपाली टिमका कप्तान पारस खड्काले आफूहरुले राम्रो शुरुवात गरेपनि मिडल ओभरमा समस्याग्रस्त बनेको बताए । आफुले सोचे अनुसार खेल हुन नसकेको उनको भनाइ छ । अब आगामी आफुहरुले खेल्ने खेलमा गल्तीबाट पाठ सिकेर पुनरागमन गर्ने पारसले बताएका छन् । आजको खेल हारिसके पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यसो भनेका हुन् ।
१ साउन, काठमाडौं ।

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई सेवा दस्तुर बढेको जानकारी दिएको छ । साउन १ अर्थात आज देखि नेपाल टेलिकमका सेवामा सेवा दस्तुर बढेको जानकारी टेलिकमले दिएको छ ।

पाल सरकार, अर्थ मन्त्रालयको आर्थिक विधेयक २०७२ को दफा १५(१) अनुसार आर्थिक वर्ष २०७२/७३ मा दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलमा १ प्रतिशतले दूरसञ्चार सेवा दस्तुर वृद्धी गरेका कारण सेवा दस्तुर बढेको टेलिकमको भनाइ छ ।

दूरसञ्चार सेवामा लाग्दै आएको दूरसञ्चार सेवा दस्तुर २०७२ श्रावण १ गते देखि ११ प्रतिशत कायम गरिएको नेपाल टेलिकमले जनाएको छ ।nepaliheadlines.com
सूचना हेर्नुस्
काठमाण्डौ ।  मोडल सबिना बिकको दिल्लीमा भिडीयो छायांकन गर्दै गर्दा म्रुत्यु भएको छ । म्युजिक भिडियोको सुटिङका लागि भारतको नयाँ दिल्लीमा रहेको छायांकन टोली शोकमा परेको छ ।

भिडियोकी मोडल सविना विकलाई रेलले ठक्कर दिँदा उनको मृत्यु भएको हो । भिडीयो खिच्ने क्रममा रेलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छायांकार मुकेस हुमागाइले जानकारी दीए ।


चलचित्र ‘टाइम नेभर कम ब्याक’मा समेत सहनायिका भएर काम गरेकी सविना नयाँ दिल्लीमै बस्ने गर्थीन् । ‘सातवटा म्युजीक भिडीयो खिच्न दिल्ली पुगेको टोलीले पाँच वटा गीतको सुटिङ भने सकिइसकेको थियो ।


भिडीयो छायांकनको लागी नेपाल बाट निर्देशक नवीन पन्त, छायाकार मुकेश हुमागाइँ, मेकअप आर्टिस्ट उर्मिला राई लगायतको टोली भारतको नयाँ दिल्ली पुगेका थिए ।
www.newsabhiyan.com
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
मेष राशि हुनेहरुको लागि माता पिताको स्वास्थ्यमा प्रतिकुलता आउन सक्छ,पारिवारिक समस्याले थप सताउनेछ,समयमा सहि निर्णय लिन नसक्दा हात आईलागेका अवसरहरु खेर जान सक्छन,मित्रता स्थापित गर्दा ख्याल राख्नुहोला खराब व्यक्तिहरु संग मित्रता गास्न सकिने सम्भावना रहेको छ,व्यापारिक साझेदारी गर्नको लागि यो महिना खासै सुखद नहुन सक्छ,राजनीतिमा आफ्नो प्रभुत्व घटन सक्छ,स्वास्थ्यमा केहि जटिलाता आउन सक्छ,देश बाहिर बस्नेहरुको लागि त्यति धरै उचित समय देखिन्न,जग्गा जमिन र पशु जन्य व्यवसायमा भने ठुलो सफलता हात लाग्नेछ,घरबाहिर बसेर गरेका काममा केहि सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
वृष राशि हुनेहरुको लागि यो महिना निकै सफल रहनेछ,मनमा रहेका डरहरु हट्नेछन,सामाजिक र राजनैतिक क्षेत्रमा पनि तपाईको बर्चस्व बढ्नेछ,स्वास्थ्यमा सुधार आउनेछ, विशिष्ट मान सम्मान पाइनेछ,तपाईले गरेका कामको सहि मुल्यांकन हुनेछ,राज्यकोतबरबाट पुरस्कृत र सम्मानित भइनेछ,पराक्रम बढ्नाले जटिल कामहरु पुरा गर्ने शक्ति बढ्नेछ,लेनदेनमा चनाखो रहनु होला, बिस्वासिला भनिएका आफन्तहरुबाट अन्तर्घात हुन सक्ने देखिन्छ,सरकारी सेवामा प्रवेश गर्ने सु-अवसर पनि मिल्न सक्ने देखिन्छ,बिद्यार्थी बर्गको लागि सामान्य फलदायी महिना बन्नेछ,यात्रामा खासै सफलता देखिन्न।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
महिना भरनै पारिवारिक समस्याले सताउनेछ,आफ्नै स्वास्थ्यमा आउने प्रतिकुलताले काममा समय दिन नसकिने अबस्था आउन सक्छ,बिशेषत नाम कान घाटी सम्बन्धि समस्याले पिरोल्न सक्ने देखिन्छ,धनमाल चोरि हुन सक्ने सम्भाबना देखिन्छ,बहुमुल्य बस्तुहरु टुट-फुट हुन सक्छ, सामाजिक मान प्रतिष्ठा बढ्नेछ,बोलीको प्राभाब घटनेछ,निर्णय शक्तिमा आउने कमजोरीले आफन्त तथा साथीभाई टाढिन सक्छन,सवारी साधनले सामान्य भन्दा केहि बढीनै खर्च गराउनेछ,पढाइमा रुची बढ्नेछ भने गरिरहेको
कामलाई सुचारु गराउन कठिनाइ आउनेछ, ब्यबसायिक रुपमा भने महिना उन्नति दायक हुने देखिन्छ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ,टाढिएका प्रियसीहरुसंग पुनर्मिलन हुनेछ,खेलकुद र कलाकारिताको क्षेत्रमा प्रगति हुनेछ,आत्मबलमा कमि आउनाले काममा सक्रिय सहभागिता बढाउन सकिने छैन,समयमा सहि निर्णय लिन नसक्दा हात लागेको सफलता फुत्कन सक्नेछ,पारिवारिक सम्बन्धमा कमजोरी देखिएता पनि दाम्पत्य सम्बन्ध अझै सुमधुर बन्नेछ,पढाई लेखाइमा मन लाग्नेछ,स्मरण शक्तिमा भने कमि आउन सक्छ,नोकरीमा रहनेहरुको लागि महिना सुखद रहने देखिन्छ,पदोन्नतिको अवसर मिल्नेछ भने नया स्थानमा रही सेवा गर्ने अवसर मिल्नेछ,महिनाको अन्त्य तिर विदेश यात्राको सम्भाबना पनि देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
सिंह राशिका व्यक्तिहरुको लागि श्रावण महिना सामान्य रहनेछ,स्वास्थ्यमा कमजोरी आउनेछ भने सवारी साधनप्रयोग गर्नेको लागि दुर्घटना र चोटपटकको भय देखिन्छ,साबधानी पुर्बक यात्रामा निस्कनुहोला,बैदेशिक यात्रामा सफलता मिल्नेछ,बौधिकतामा निखारता आउनाले दिर्घकालिन प्रभाब पार्ने किसिमका काममा सफलता हात लाग्नेछ,पढाइ लेखाइ र साहित्यिक पाटो सफल रहने देखिन्छ,प्रतिस्पर्धा गर्नु परेता पनि जित हाशिल गर्न सकिनेछ,दाम्पत्य सम्बन्धमा कटुता आउने महिना रहेको छ,सामाजिक कामबाट सम्मान र पुरस्कार प्राप्तिको अवसर मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
आकस्मिक लाभ मिल्नेछ,नोकरीमा प्रगतिको शुभ संकेत देखा पर्नेछ,बिशिष्ट कामको दायित्व निर्बाह गर्नु पर्ने अवसर जुट्नेछ,आफन्त तथा साथिभाइको सहयोग प्रशस्त मिल्नेछ, सामाजिक र राजनैतिक रुपमा यो महिना निकै महत्वपूर्ण रहनेछ,राजनीतिमा रहनु हुनेको लागि उच्चपद्को प्राप्ति हुने समय देखिन्छ,पढाई लेखाईमा सफलता मिल्नेछ,सन्तानबाट सन्तोषजनक सुख प्राप्ति हुने समय रहेको छ, मनोरन्जानात्मक भेटघाटमा रमाउने समय देखिन्छ,बुध्दिपुर्बक निर्णय लिएर अगी बढ्न सके यो महिनामा ठुलो सफलता हात लाग्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
राज्यले तपाइको उचित सम्मान गर्नेछ,नोकरीमा पदोन्नती हुनेछ,सहयोगी र अनुयायीहरुबाट सकारात्मक सहयोग मिल्नेछ, ब्यापार तथा व्यवसायमा उल्लेख्य सफलता हात लाग्नेछ,मान सम्मानमा वृद्धि हुनेछ भने तपाइले गरेका निर्णयहरु सामाजिक रुपमा दरिलो रहनेछ, दिन दुखिलाई सहयोग गर्न पाउदा मनमा आनन्दको आभास हुनेछ,सफल विदेश यात्राको सम्भाबना देखिन्छ, मनोरंजन र विलासिताको क्षेत्रमा मन रमाउनेछ,पढाइ लेखाईमा उच्चतम सफलता आउनेछ,स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनाले शारीरिक क्षमता बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
मान्य जनसंगको सम्बन्धमा कमजोरी देखिनेछ, सल्लाह सुझाब र आशिर्बाद लिएर अगाडी बढ्नु हितकर हुनेछ,दुर्घटनाको योग पनि देखिन्छ सवारी साधनको प्रयोगमा सजग रहनु पर्ला,संचित धनको नोकसानी हुनेछ भने प्राप्त धनको उचित प्रयोग नहुन सक्ने अबस्था छ, धैर्यता टुट्नाले काममा असफल हुनु पर्ने देखिन्छ,मनलाई दरिलो बनाएर अगी बढनुहोला,गलत निर्णयले गर्दा सामाजिक बिस्वास गुमाउनु पर्ने तर्फ होसियार रहनुहोला,शैक्षिक क्षेत्रमा भने सोचे अनुरुप सफलता हात लाग्नेछ,धार्मिक यात्रा संगै समाज सेवामा लाग्ने अवसर मिल्नेछ,खानपानमा बिशेष चनाखो रहनु पर्नेछ, ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
आफन्त संगको सम्बन्धमा तिक्तता आउनेछ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ, निर्णायक भूमिकामा कमजोरी देखिनाले आलोचना आउन सक्ने अबस्था छ,आर्थीक अभाबले पिरोल्न सक्छ,सरकारी काममा हैरानी व्यहोर्नु पर्नेछ,दुर्घटनाको सम्भाबना अधिक रहेकोले बिशेष जरुरि काम बाहेक यात्रामा ननिस्कनु राम्रो हुनेछ,दाम्पत्य तथा प्रेम सम्बन्धमा कमजोरी आउनेछ,सहनशिलताको शक्ति घट्नाले दुखको अनुभूति बढी भएजस्तो लाग्नेछ, ब्यबसायिक रुपमा लगानी गर्दा निकै सुझबुझ पुर्बक गर्नुहोला,विशिष्ट व्यक्ति संगको बिस्वसनियता गुमाउनु पर्ने हुन सक्छ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
सन्तानको प्रगतिले मनमा सुखको अनुभूति दिलाउनेछ, नोकर तथा सहयोगीको साथमा परिपक्कता आउनेछ,कलाकारिता र खेलकुद क्षेत्रमा पदक र प्रतिष्ठा मिल्नेछ,पेट सम्बन्धि समस्याले सताउन सक्छ,खानपानमा आउने असावधानी कै कारण बिबिध प्रकारका शारीरिक समस्याहरु देखिन सक्छन,गुप्त रोगको भय देखिन्छ, पारिवारिक स्वास्थ्यमा पनि कमजोरी आउन सक्ने देखिन्छ,आफन्त संगको सहकार्यमा ब्यबसायिक क्षेत्रमा भने ठुलो छलांग मार्न सकिनेछ, कृषि तथा पशु चौपायामा गरेका लगानीले अपेक्षा कृत शुभ फल दिलाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
कुम्भ राशिका व्यक्तिहरुको लागि समय निकै फलिफाप पूर्ण रहनेछ,रोकिएका कामहरुमा सफलता मिल्नेछ भने ऋणबाट केहि हद सम्म छुटकारा पाइनेछ,शत्रु बढेता पनि समाजमा तपाइको सकारात्मक प्रभाब बढ्नाले सहजै परास्त गर्न सकिनेछ,शरीरमा स्फूर्ति बढ्नेछ भने रोग ब्याधिमा कमि आएको महसुस गर्नुहुनेछ,मुद्दा मामिलाको झन्झट आइलाग्नाले कममा बिलम्ब गराउन सक्नेछ,तथापि कानुनि पाटोमा सफलता पाउन समय बलियो देखिन्छ,पारिवारिक र दाम्पत्य सम्बन्धमा भने कमजोरी आउने देखिन्छ,तपाईको बौद्धिकताको अरुले खुलेर प्रशंशा गर्नेछन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
सामाजिक र राजनैतिक झैँ-झमेलामा फसिनेछ,आफन्तले गरेका दुष्कर्मको शिकार भइएला, अस्वस्थताले सताउन सक्ने देखिन्छ,समयानुकुल परिवर्तन हुन नसक्दा काममा बिध्न आउन सक्छ,हतारो पनले काममा भद्रगोलको स्थिति नआउला भन्न सकिन्न,आफन्त तथा साथीभाइको सहयोग प्रशस्त मिल्नेछ,पढाइ लेखाइको क्षेत्रमा उल्लेख्य सफलता हात लाग्नेछ,सन्तानको सहयोग र साथ पाइनेछ,प्रेम प्रशंगमा खल्लोपनको आभास हुनेछ,महिनाको अन्त्य तिर आर्थिक अबस्थामा सुधार आउनेछ,गर-गहना तथा अचल सम्पति जोडिनेछ।onlinejyotishnepal.blogspot.co.il
काठमाडौँ , १ श्रावण । संविधानको मस्यौदामा जनताको सुझाव र राय संकलनका लागि सरकारले साउन ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले साउन ४ र ५ गते अति आवश्यक सरकारी अड्डाबाहेका कार्यलयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। संविधानको मस्यौदामा आम जनताबाट सुझाव लिने काममा सहयोग पुगोस् भनेर सरकारले यस्तो निर्णय गरेको हो।त्यस्तै सरकारले मुस्लिमहरूको चाड इदका अवसरमा साउन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ।
ज्योतिष शास्त्रले भविष्यमा हुने घटनामा वर्तमान क्रियाकलाप र घटनाले समेत प्रभाव पार्ने बताउँछ । कतिपय भविष्यमा हुने घटनाका लक्षणहरु अहिले नै देखिने समेत ज्योतिष शास्त्रको दावी छ ।

भविष्यमा ठूला घटना हुँदा देखिने संकेत कस्ता कस्ता ?

१ दुध
विहानकै दुध देख्नु शुभ मानिन्छ । दुध उम्लेर भने झनै राम्रो मानिन्छ । तर दुध उम्लेर पोखिनु चाँहि नराम्रो मानिन्छ । विहानै दुध उम्लेर पोखिएको देखियो भने दुर्घटना हुन सक्ने संकेत मानिने ज्योतिष शास्त्रीको भनाइ छ । दुधलाई भाँडोमा राखेर हल्लाउनु पनि अशुभ मानिन्छ यसले घरमा झगडा हुन सक्छ ।

२ ऐना

घरमा ऐनाको ठूलो महत्व छ । ऐना हातबाट खसेर फुट्यो भने अशुभ मानिन्छ । फुटेको ऐनामा अनुहार हेर्नु अझै नराम्रो मानिन्छ । खासमा ऐना फुट्नु अशुभ घटनाको संकेत हो ।

३ चक्कु

यदि तपाइँको हातबाट चक्कु खस्यो भने बुझ्नुस् केही अशुभ घटना हुँदैछ । तर नवजात शिशुको शिरानी नजिकै चक्कु राख्नु भने शुभ मानिन्छ । यस्तो गर्दा बच्चा निद्रामा रुँदैनन् भन्ने ज्योतिषशास्त्रीको दावी छ ।

४ कुचो

घरमा कुचोलाई लक्ष्मी मानिन्छ । किन भने यसले दरिद्रतालाई घरबाट बाहिर निकाल्छ भन्ने विश्वास छ । नयाँ घरमा प्रवेश गर्नु अघी पनि कुचो लगाउनु शुभ मानिन्छ । तर सूर्यास्तपछि कुचो लगाउनु भनेको अशुभ हो । यसले नराम्रो घटना हुन सक्ने विश्वास छ ।


५ कालो पोषाक
कुनै पनि ब्यक्ति कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यो अशुभ मानिन्छ । यसले दुर्घटना वा अप्रिय घटनाको संकेत गर्छ । यदि कतै टाढा जान लाग्नु भएको छ र कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यात्रा स्थगित गर्नुस् ।

६ चाँवी

चाँवीलाई सम्पूर्णताको प्रतिक मानिन्छ । यदी तपाइँको चावी सफा गर्दा पनि पटक पटक फोहोर नै भएको पाउनु हुन्छ भने यो शुभ मानिन्छ । चावीलाई बच्चाको शिरानीको तल राख्दा शुभ हुने मानिन्छ ।
एजेन्सी : एक १४ वर्षीय बालक ४५ वर्षीया महिलाका छोराका बाबु बनेका छन् । भारतको मध्यप्रदेशस्थित सहडोल जिल्लामा एउटा आश्चर्यमा पार्ने घटना बाहिर आएको छ ।

त्यहाँकी एक ४५ वर्षीया महिलाले १४ वर्षीय बालकमाथि आफ्नो सन्तानको पिता भएको आरोप लगाएकी हुन् । अर्कातिर आफूलार्इ आरोप लगाउने महिलाविरुद्ध ती बालकले आफ्नो यौन शोषण गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

 महिलाले केही महिनादेखि आफूमाथि लगातार आरोप लगाएपछि ती बालकले घटबारे सहडोल जिल्लाका एएसपीकहाँ उजुरी दिएका हुन् । स्कुल पढ्दै गरेका ती बालकमाथि यो आरोप लागेको समाचारले भारतका मिडियामा चर्चा पाएको छ ।

ती बालकले महिलालार्इ चिन्ने बताएपनि उनीसँग कुनै किसिमको शारीरिक सम्बन्ध रहेको कुरालार्इ सरासर गलत भएको जनाएका छन् ।

ती बालकले पुलिसलार्इ बताएअनुसार महिलाको आफ्नो पतिका तर्फबाट यसअघि नै बच्चो रहेको छ । बच्चाको जन्म भएपछि उनका पतिको निधन भएको ती बालकको दाबीऊ छ ।

बालकले आफूमाथि गलत आरोप लगाएर ती महिलाले गाउँमा आफ्नो चरित्र हत्या गरेको दाबी गरेका छन् ।

करिब २ महिनाअघि पनि यिनै बालकले महिलाविरुद्ध गोहपारू पुलिस स्टेशनमा निवेदन दिएका थिए । त्यो बेला छलफल गरेर विवाद मिलाइएको थियो । यो पटक पनि विवाद गाउँमै मिलाउन खोजिएपनि सम्भव नभएपछि कुरा प्रहरीसम्म पुगेको हो ।annapurnapost.com
एजेन्सी–पचासको दशककी चर्चित बलिउड अभिनेतृ शीला रमानीको गुमनाम मृत्यु भएको छ ।
सुन्दरी नायिका शीलाले विभिन्न देश घुम्दै अन्तिम अवस्थामा भने आफ्नै जन्मघरमा प्राण त्याग्न आइपुगेकी थिइन् । उनको मृत्यु मध्येप्रदेशको मउ जिल्लाको आफ्नै घरमा बुधबार भएको खबरमा बताइएको छ ।
एक समय फिल्मकर्मी र दर्शकको दिलको धडकन बन्न सफल यी नायिकाको मृत्युमा बलिउडमा कुनै ठाउँ नपाउनु भने आश्चर्यको विषय बनेको छ । बलिउडका हस्ति देखि सामान्य कलाकारले समेत उनलाईसम्झने कष्ट गरेनन् ।
‘ट्याक्सी ड्राइभर’मा देवानन्दसँग अभियन गरेर आफ्नो करिअरको सुरुवात गरेकी यी नायिका उनसँगै प्रेममा फस्न पुगेकी थिइन् ।
१४ वटा हिट फिल्ममा अभिनय गरेकी यी नायिका बलिउडपछि पाकिस्तानी फिल्म क्षेत्रमा पुगेर पनि आफ्नो अभिनय र सौन्दर्यको जादू प्रस्तुत गरेकी थिइन् । पाकिस्तानबाट भारत फर्केर ‘फन्टुस’ नामक फिल्ममा काम गरेपछि रातारात सेलिब्रेटी बनेकी थिइन् ।
विवाहपछि अस्ट्रेलिया, कोलम्बिया, दक्षिण अफ्रिकालगायतका देशमा समय बिताएपनि अन्तिम स्वास लिन भने आफ्नै जन्म ठाउँमा फर्किएकी थिइन् ।
एसडी मुनी नेपालको राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धबारे लामो समयदेखि लेख्दैरबोल्दै आएका भारतीय प्रोफेसर र पूर्वकूटनीतिज्ञ हुन् । भारतको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए)मा गत साता नेपाल–भारत सम्बन्धको पछिल्लो आयामसहित भारत र चीनले नेपाली भूमि लिपुलेकबारे गरेको सहमतिलगायतका विषयमा  एसडी मुनीसँग भएको कुराकानीः

मोदी सरकारको नेपालमा सबैभन्दा बढ्ता चासो वा विषय विकास हो कि सुरक्षा ?
भारतीय जनता पार्टीले सरकार बन्नुभन्दा पहिले विदेश नीतिसम्बन्धी एक कार्यक्रम पारित गरेको थियो । जसमा सम्मान, संवाद, समृद्धि, सुरक्षा र संस्कृति थिए । सम्मानको अर्थ तपाईं पनि सम्मान गर्नुस्, हामी पनि सम्मान गर्छौं । संवादको अर्थ, हरेक मामला वार्ता संवादबाट हल गर्छौं । समृद्धिको मतलब विकास, त्यसपछि बल्ल सुरक्षा । त्यसकारण सुरक्षाभन्दा अगाडि समृद्धिको एजेन्डा छ । समृद्धि भनेको विकास । भाजपाले विकासलाई सुरक्षाभन्दा बढ्ता महत्त्व दिएको छ । मोदी सरकारले त्यसैलाई कार्यान्वयन गरिरहेको छ ।
नेपाल र भारतबीच ‘विशेष’ कूटनीतिक सम्बन्ध छ । तर, त्यही तहको विश्वासको संकट पनि छ ।

पछिल्लोपटक भारत र चीनबीच लिपुलेक नाका खोल्ने सहमतिले त्यसलाई थप स्पष्ट र्पायो हैन ?

तपाईं यो भन्दै हुनुहुन्छ कि, लिपुलेक पासको विषयमा भारतले चीनसँग सम्झौता गर्न नेपालको इजाजत माग्नुपर्ने थियो । नेपालले पाकिस्तान, चीनसँग सम्बन्ध राख्ने वेलामा भारतसँग सोध्नु जरुरी छ ? निश्चय पनि छैन । विशेष सम्बन्धको मतलब यो हो कि, नेपालको सुरक्षामा भारत सामेल छ, भारतको सुरक्षामा नेपाल । विशेष सम्बन्धको अर्थ तपाईंले तेस्रो मुलुकसँग दुईपक्षीय मामलामा वार्ता वा सहमति गर्न एकअर्काको इजाजत लिनुपर्ने भन्ने हुँदैन । लिपुलेकको जे प्रश्न हो, यो त्रिदेशीय बिन्दुको छेउमा छ । जुन हिस्सा भारत र चीनसँग छ, त्यसमा दुवै मुलुकले सहमति गरे । यसमा नेपाललाई केही असर नै पर्दैन, किन नेपाललाई सोध्नुपर्ने ?
त्यो त विवादित ठाउँ हो, जहाँ नेपाल र भारतको लामो समयदेखि वार्ता भइरहेको छ नि ! विवादित ठाउँ त कालापानी हो, लिपुलेक कसरी हो ? लिपुलेक त चीनमा छ । नेपालको दाबी त कालीनदीको मुहान लिम्पियाधुरासम्म छ र यसबारे वार्तामा पनि नेपालले कुरा राखिरहेको छ ।

नेपालले आफ्नो भनिरहेको, भारतले वार्ता गरौँ भनिरहेको जमिनमा भारत र चीनले सम्झौता गर्न मिल्छ ? 

लिपुलेकमा कहाँ जमिन लेनदेनको सम्झौता भएको छ ? कसैलाई जमिन दिएको छैन । त्यो सम्झौता त सिर्फ यात्रीहरूको आवतजावतका लागि भएको हो । कैलाश मानसरोवर जाने यात्रीहरूलाई जानका लागि बाटो खुलाइएको मात्रै हो । त्यहाँ कसैले एक इन्च जमिन लेनदेन गरेको छैन, जस्ताको तस्तै छ । यो दाबी चीनसँग पनि गर्नुर्पयो नि नेपालले ? चीनसँग किन सोध्नुहुन्न यही कुरा तपाईंहरू ? तपाईं दाबी त जहाँको पनि गर्न सक्नुहुन्छ नि । हाम्रो कास्मिरमा दाबी छ । चीनले पाकिस्तानसँग सम्झौता गरेर जमिन लियो ।

 यो विश्वासको सवाल होइन । तपाईंहरूको विरोध मात्रै हो । नेपाल अहिले विरोध गर्ने मुडमा छ । हरेक चिजमा आरोपित गर्नुहुन्छ । भूकम्पमा मद्दत र्गयौँ, त्यसको पनि विरोध गर्नुहुन्छ । पहिला त विरोध थियो कि मनमोहन सिंह आउनुहुन्न, कुरै गर्नुहुन्न । मोदीले सल्लाह सुझाब गर्न सुरु गर्नुभयो, त्यसमा पनि नेपालले विरोध गर्न थालेको छ । यो समस्या हिन्दुस्तानका तर्फबाट छैन, नेपालको तर्फबाट छ । यो सबै कुरा मिडियामा चलिरहेको छ । नेपालले भारत सरकारसँग कुरा गरेर टुंग्याए भइहाल्यो नि ।

हामी लिपुलेकको विषयमा थियौँ । तपाईंले नै भनेजस्तो त्रिदेशीय बिन्दु हो भने पनि तीन देशको बीचमा कुराकानी हुनुपर्छ कि पर्दैन ?

सुन्नुस् न, जमिन बाँडफाँड भएको हो र ? यात्रीहरूको ओहोरदोहोर लिपुलेक पासबाट हुँदा नेपाललाई के नोक्सान हुन्छ ? अर्को कुरा बेनिफिट बाँडफाँडको जुन प्रश्न छ, त्यो त परियोजनाहरूमा हुन्छ । । जस्तो, जलविद्युत् परियोजना बनाउनुस, पूर्वाधार बनाउनुस, यसमा त बेनिफिट सेयरिङ भइरहेको छ । यसमा थप सम्भावना पनि छ । भारतका तर्फबाट यो भनिँदै छ कि, हामी लगानी गर्छौं । यसबाट फाइदा त नेपाललाई पनि हुन्छ नि । अर्को कुरा, लिपुलेक सम्झौताबाट हिन्दुस्तान र चीनलाई के लाभ भइरहेको छ ? यात्री त पहिलेदेखि नै गइरहेका छन् । नयाँ मामला होइन । मलाई लाग्छ, लिपुलेक तपाईंहरूको भावनाको प्रश्न हो । कालापानीको मसला आजदेखि चलिरहेको हो र ? त्रिदेशीय विषयको कुरा त पुरानै समयदेखि चलिरहेको हो । तपाईंहरू ज्यादा संवेदनशील हुनुहुन्छ, कुरा यही हो । भूकम्पपछि सहयोग गर्न भारत गयो । तपाईंहरूले भन्नुभयो, मिति गुज्रेको परौठा भारतले पठायो । परौठाको डेट त भारतमा पनि हुँदैन । तपाईंहरू केवल भारतका लागि बढी सेन्सिटिभ हुनुहुन्छ । दोस्रो देशका लागि हुनुहुन्न । चीनका लागि त तपाईंहरू संवेदनशील हुनुहुन्न । तपाईंहरूलाई के गर्दा खुसी पार्न सकिन्छ, भारतले बुझ्न सकेन । त्यत्रो सहयोग गर्दा पनि नेपाल खुसी छैन । सायद मोदीजी पनि सोचिरहनुभएको होला कि नेपाललाई कसरी खुसी पार्ने ? दुई अर्ब डलरको सहयोग दिँदा पनि नेपालबाट कसैले राम्रो भन्दैन ।

नेपाल र भारतको खुला सिमाना छ, गतिशील आर्थिक सहकार्य पनि छ, सुरक्षाकर्मीको पनि दुईपक्षीय रूपमा नै सहकार्य छ । तर, भारतका तर्फबाट सुरक्षा चासो थपिएको थपिएकै छ । यो विरोधाभास किन ? 

यसमा विरोधाभास के छ ? तपाईंहरूको कोही मानिस बदमासी गरेर भारत आउँछ भने भारत सरकारलाई भन्नुस् कि फलानो मानिसलाई पक्राउ गरिदिनुस् । हाम्रा मान्छे गल्ती गरेर नेपाल जान्छ भने हामी तपाईंहरूलाई बताउँछौँ । यसका लागि भारत सुपुर्दगी सन्धि गर्न चाहन्छ, नेपालले चाहेकै छैन । सन्धि भयो भने एक हदसम्म हाम्रो सुरक्षा चासो सम्बोधन हुन्छ । यो नयाँ कुरा पनि होइन । खुला सिमाना चाहिँदैन भन्नुहुन्छ भने १९५० को सन्धि बदल्नुस् । १९५० को सन्धिअन्तर्गत नेपाल–भारत खुला सिमाना छ । कसरी बदल्ने, भारतलाई भन्नुस् । सिमाना बन्द गर्न तपाईंहरू चाहनुहुन्न, विशेष सम्बन्ध बदल्न तपाईंहरू चाहनुहुन्न । भारतमा लाखौँ नेपालीहरू छन् । विशेष सम्बन्ध नरहनेबित्तिकै उनीहरू त फिर्ता जान्छन् नै ।

ताली दुई हातले बज्छ, एक हातले मात्र होइन । खुला सिमाना चाहन्नुहुन्न भने बन्द गर्नुस्, चाहनुहुन्छ भने हाम्रा चासो सम्बोधन गर्नुस्, हामी तपाईंहरूको चासो सम्बोधन गर्छौं । हामीलाई कोही आइएसआईको एजेन्ट शंका लाग्छ भने भन्छौँ, तपाईंहरू पनि कोही त्यस्ता मान्छे भारतमा छन् भने भन्नुस् । सिमानामा हाम्रा एसएसबी छन्, तर आउने–जानेमा त कहीँ समस्या छैन । एसएसबीले कहीँ कसैलाई रोकेको छैन । काठमाडौं–दिल्ली, पोखरा–दिल्ली सुचारु छ । आवतजावत भइरहेको छ । त्यसकारण १९५० को सन्धिपछि दुवै देशबीच विशेष सम्बन्ध रहेको र खुला सिमाना कायम भएको हो । त्योभन्दा अघि हिन्दुस्तानमा अंग्रेज थिए ।

त्योभन्दा अगाडि नजाऊँ । मेरो भनाइ के हो भने विशेष सम्बन्धको मामला १९५० को सन्धिदेखि चलिरहेको छ । अहिले तपाईंहरू सन्धि बदल्न चाहनुहुन्छ । नेपालका कतिपय मानिस भनिरहेका छन् सीमा बन्द गरौँ । यदि तपाईंहरू खुला सिमाना चाहनुहुन्न भने बन्द गरिदिनुस् न । दुई छिमेकीको बीचमा झगडा हुन्छ र एउटाले पर्खाल लगाउन चाहन्छ भने लगाइदिए हुन्छ ।

सन्धि बदल्नका लागि २००२ मा नेपालका तर्फबाट परराष्ट्रमन्त्री कमल थापाले प्रस्ताव गर्नुभएको थियो, भारत त्यसमा सकारात्मक भएन । त्यसयता भारत सकारात्मक नहुँदा यो टुंगोमा पुगेको छैन नि ? 

एउटा प्रस्ताव मैले तपाईंलाई दिएँ र तपाईंलाई मन परेन भने भन्नुहुन्छ कि अर्को ल्याउनुस् । कमल थापाले के प्रस्ताव ल्याउनुभयो, मलाई याद भएन । तर, सायद प्रस्तावमा केही त्यस्ता विषय थिए जसलाई हिन्दुस्तानले स्वीकार गर्ने अवस्था थिएन । हिन्दुस्तानले त्यही भन्यो । यो त धेरै पहिलाको कुरा हो । तर, त्यसपछि हामीले कति समयदेखि भन्दै आएका छौँ कि सन्धि बदल्न चाहनुहुन्छ भने प्रस्ताव गरौँ । प्रचण्ड र बाबुरामलाई पनि हामीले भन्यौँ किनभने सन्धि पुनरावलोकन वा खारेजी गर्न उनीहरूले नै सबैभन्दा बढी जोड दिइरहेका थिए । हामीले मनमोहन अधिकारीजीलाई पनि यही कुरा भन्यौँ । हिन्दुस्तानले एउटा प्रस्ताव मानेन भने दोस्रो प्रस्ताव दिनुस्, त्यो पनि मानेन भने अर्को दिनुस् ।

सन्धिका बारेमा तपाईंको धारणा चाहिँ के छ ?

यो दुईपक्षीय मामला हो । दुवै राजीखुसी हुनुपर्छ । जस्तो, तपाईंले मलाई भेट्ने चाहना राख्नुभयो । मैले स्वीकार गरेँ । अहिले मसँग कुरा गर्दै हुनुहुन्छ । यदि मलाई अनुकूल थिएन भने बोलाउँदिनथेँ होला । त्यसकारण दुवै पक्षले मानेपछि न सम्झौता वा सन्धि हुन्छ, एकपक्षीय चाहनाले मात्रै कहाँ हुन्छ ? दुईमध्ये एउटाको सुविधा हुँदैन भने किन गर्ने ? नेपाललाई कुन–कुन क्षेत्रमा यो सन्धि सुविधाजनक लाग्दैन, त्यो बताओस् । कहाँ–कहाँ सुविधा छ, त्यो बताओस् । हामी पनि त्यहीअनुसार आफ्ना प्रस्ताव राखौँला । दुवैको सुविधाजनक अवस्थामा सन्धि पुनरावलोकन गरौँ । खारेज गर्न चाहनुहुन्छ भने सन्धिको अन्तिम धाराअनुसार चिठी लेख्नुस् । पुनरावलोकन गर्न चाहनुहुन्छ भने वार्तामा बस्नुस् । अरू उपाय केही छैन ।
१९५० को सन्धिकै कारण नेपालले तेस्रो देशबाट हतियार ल्याउँदा भारतले विरोध गर्ने गरेको छ । भारतीय एउटा तप्काले त भारतमा नेपालीहरूलाई भारतका नागरिकसरह व्यवहार भएको तर नेपालमा भारतीयहरूलाई त्यस्तो नभएकाले सन्धि असमान छ भन्ने तर्क गरेको छ । तपाईंको विचारमा यसको समाधान कसरी हुनुपर्ला ?
हामी भनिरहेका छौँ, नेपालले हतियार खरिद गर्नुछ त गर्नुस् । यदि हाम्रो भूभागबाट तपाईंले हतियार लैजानुहुन्छ भने हामीलाई सूचना दिनुपर्छ । किनभने तपाईंकहाँ आएको हतियार हाम्रो पृथकतावादी समूह, हतियारधारी समूहले दुरुपयोग नगरोस् ।

१९८९ मा नेपालले चीनबाट हतियार ल्याउँदा भारतीय भूमि प्रयोग गरेको थिएन । तर, तपाईंहरूको तर्फबाट त्यो कदम १९५० को सन्धिविपरीत भयो भनेर नेपालमाथि नाकाबन्दी नै लाग्यो । सन्धिले नेपाललाई तेस्रो देशबाट हतियार ल्याउन रोकेको छैन । तर, भारतले किन यसलाई इस्यु बनायो ? 

हेर्नुस, सरकारी तवरमा यस्तो सहमति भएको छ कि जब नेपालले हतियार हामीलाई सोधेर मगाओस्, हामी हतियार दिन्छौँ । नेपालमा सुरक्षाकर्मीले प्रयोग गर्ने जति पनि हतियार भारतले लगभग निःशुल्क दिएको छ । अथवा अत्यन्तै थोरै मूल्यमा दिएको छ । यसैकारण हाम्रा आर्मीहरू (नेपाली सेना र भारतीय सेना) भाइभाइजस्ता छन् । नेपाल र भारतका आर्मी चिफ एकअर्काका मानार्थ चिफ यही कारण न छन् । तपाईं यसलाई बन्द गर्न चाहनुहुन्छ भने बन्द गर्नुस् । तर, जबसम्म यो सम्बन्ध कायम हुन्छ, हामी भन्छौँ कि, तपाईं हतियार ल्याउने विषयमा हामीलाई भन्नुस् । हामीले दिन सक्ने दिन्छौँ, नसक्नेजति बाहिरबाट ल्याउन भन्छौँ । किनभने, हतियारसँग सम्बन्धित जे सम्झौता भएको छ, त्यो मान्नुपर्छ भन्ने हो हाम्रो । यो

चीनसँगको मात्रै मामला होइन । चीनसँग त राजा वीरेन्द्रले गडबड गरे । यो छाडिदिनुस् । तपाईं अमेरिका, युरोप, रुससँग हतियार लिनुहुन्छ र भारत हुँदै लानुहुन्छ भने भारतसँग त सोध्नुपर्छ नि । यो स्पष्ट सम्झौता छ । बंगलादेशबाट भारतका विद्रोही ग्रुपलाई कति हतियार आइरहेको छ ? एक–अर्कालाई सुरक्षा खतरा नहोस् भन्ने कुरा न हो । तपाईं हरेक दफामा नजानुस, तर सन्धि रुचिकर छैन भने खारेज गर्न सक्नुहुन्छ । पुनरावलोकन गर्नुहुन्छ भने वार्ता गर्नुस् । सन्धिमा केही यस्ता विषय छन्, जसमा नेपालीलाई बेफाइदा छ । तपाईं आफूलाई जे फाइदा सोच्नुहुन्छ, भारतलाई त्यसमा फाइदा हुँदैन भने सन्धि हुँदैन । भारत र नेपाल दुवैलाई फाइदा हुने गरी मात्रै सन्धि हुने हो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल, भारत र चीनबीच गतिशील पुल बन्न सक्ने अवधारणा राखेपछि त्यसबारे नेपालको बौद्धिक वृत्तमा काफी छलफल भइरहेको छ । तपाईं यो अवधारणाबारे के भन्नुहुन्छ ?

भारत र चीनबीच अहिले करिब सय अर्ब डलरबराबर दुईपक्षीय व्यापार भइरहेको छ । योभन्दा पनि बढ्छ । हामी सिक्किम, बर्मा, बन्दरगाहबाट चीनमा जान सक्छौँ, उनीहरू पनि त्यहाँबाट आउन सक्छन् । नेपाललाई व्यापार गर्नुछ भने चीनसँग कुरा गर्नुस् । सडक यातायात बनाउनुस् । अघि बढ्नुस् । तपाईं यति राम्रो बाटो बनाउनुस् कि मानिसहरू सिक्किमबाट हैन, नेपालबाट चीन जान सकून् । तर, डा. बाबुरामजीले भनेजस्तो नेपालले जुन पुल बनाउन चाहन्छ, त्यसमा चीनको रुचि छैन ।
नेपाल र चीनबीचको यातायात तिब्बत हुँदै जाने हो । तर, चीनले तिब्बतमा नाका खोल्न चाहन्छ भन्ने सोच्नुभएको छ ? तिब्बतलाई चीनले खोल्न चाहँदैन भने सामान्य रूपले चीनमा आवतजावत सम्भव छैन । सामान्य रूपमा आवतजावत हुन सक्दैन भने कसरी व्यापार हुन सक्छ ? त्यसमा कसलाई कहाँ फाइदा हुन्छ ? पुरानो जमाना थियो, जतिवेला नेपालले तिब्बत वा हिन्दुस्तानमा सामान किनेर एक–अर्कालाई बेच्ने गथ्र्यो । त्यो वेला विकल्प पनि थिएन । अहिले त्यो जमाना छैन । तर, तपाईंहरू चाहनुहुन्छ भने बाटो बनाउनुस, व्यापार गर्नुस, हाम्रो भन्नु केही छैन । जहाँसम्म भारतको प्रश्न छ, हामी चीनसँग सोझै व्यापार गरिरहेका छौँ भने तेस्रो देश (नेपाल)सँग किन भर गर्ने ? यसको के जरुरी छ ?
तर, डा. भट्टराईले भन्नुभएको थियो कि, गतिशील पुलसम्बन्धी अवधारणामा चीन सकारात्मक छ, भारत सशंकित छ । तपाईंले त चीन चाहँदैन भन्नुभयो ।
चीनले सकारात्मक जवाफ दियो, किनभने उसलाई थाहा छ कि यो अवधारणा भारतले मान्नेवाला छैन । तपाईंको चीनसँग सीमा खुला छैन । चीनमा त खुला रूपमा तपाईंहरूको सामान जान सम्भव छैन । तर, हामीसँग तपाईंको सिमाना खुला छ । चीनबाट तस्करी गरेर आएका सामान भारतीय बजारमा त जान सम्भव छ । जब सिमाना खुला गर्नु नै छैन भने चीनले कसरी भट्टराईजीको अवधारणालाई मान्नेवाला छ ? जहाँसम्म हाम्रो प्रश्न छ, यो अवधारणा भारतका लागि कुनै पनि हिसाबले फाइदाजनक छैन । त्यसकारण हामीले किन मान्ने ? भारत र चीनबीच झगडा भएको अवस्थामा गतिशील पुलको काम आउने हो नेपालमार्फत् । झगडा नै छैन भने किन यो बाटो अपनाउने ? तपाईंहरू पुल बन्न चाहनुहुन्छ भने बन्नुस् । तर, हामी त्यतिवेला यसबारे छलफल गर्छौं, जतिवेला हामीलाई जरुरी हुन्छ । अहिले हामीलाई यो जरुरी छैन ।

त्यसो भए भारत र चीनबीच मजबुत आर्थिक सम्बन्धबाट बीचमा रहेको नेपाललाई चाहिँ फाइदा के हुन्छ त ?
तपाईंहरू दुवै देशसँग सम्बन्ध मजबुत पार्नुस् । त्यो नेपालले चाहँदैन । बाबुरामजीले भारतसँग गरेको बिप्पा सम्झौतामा उनकै पार्टीले विरोध गर्याे । हामी भन्दाभन्दै थाकिसक्यौँ । जलविद्युत्को विकास गर्नुस्, लगानी ल्याउनुस्, बेच्नुस् । चीनबाट लगानी लिनुस्, भारतमा बेच्नुस् । फाइदा छ नि नेपाललाई । तपाईंहरू हिन्दुस्तानको अर्थतन्त्रसँग जोड्नुस् । मोदीजीले लगानी गर्छु भन्नुभएको छ, लगानी लिनुस, पूर्वाधार बनाउनुस, सडक रेल बनाउनुस् । चीनसँग पनि यही गर्नुस् । भारत र चीनलाई सन्तुलित बनाउने नेपाली मानसिकताले काम गर्दैन । कतिपय मामलामा चीनले यसलाई सहज मान्नेछैन, कतिपय मामलामा भारतले मान्नेछैन ।

नेपालमा चीनको प्रभाव बढेको छ भन्ने भारतीय बुद्धिजीवी वृत्तमा साह्रै नै चर्चा सुनियो । यदि यो सही हो भने भारतको प्रतिक्रिया के हुन सक्छ ?

नेपालमा चीनको प्रभाव बढेको हुन सक्छ । यसमा हाम्रो खास चासो छैन । हाम्रो चासो यति मात्रै हो कि, त्यो प्रभाव भारतको हितविपरीत नहोस् । नेपालमा भारतको हितविपरीत चिनियाँ प्रभाव बढ्यो भने भारतले यसको प्रतिकार गर्छ । तपाईंहरू चिनियाँ प्रभाव बढाउन चाहनुहुन्छ भने बढाउनुस् । अर्को कुरा, तपाईंहरूकहाँ चिनियाँ प्रभाव के बढेको छ र, हिन्दुस्तानमा पो चीनको उपस्थिति बढेको छ, प्रभाव बढेको छ । व्यापार ज्यादै छ, ज्यादा आवतजावत छ । सैन्य अभ्यास भइरहेको छ । ब्रिक्सको सदस्य छौँ । हाम्रो चीनसँग जति सम्बन्ध छ, त्यो स्तरमा नेपालको चीनसँग के सम्बन्ध छ ? नेपाल र भारतको सांस्कृतिक सम्बन्ध यति गहिरो छ कि कसैको प्रभावले त्यसलाई केही फरक पर्दैन । तपाईं जति दोस्ती गर्नुहुन्छ, गर्नुस् । केवल चिन्ता हो कि नेपालमा चीनको प्रभाव भारतको नोक्सानका लागि नहोस् ।
–नयाँ पत्रिकाबाट
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home