• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाण्डु, २५ जेठ – मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्याधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउका उपाय अपनाउन आग्रह गरेका छन् । अत्यधिक गर्मीको समस्या अगामी दुई तीन सातासम्म जारी रहन सक्छ ।

गर्मीको दुष्प्रभाव बुढापाका, गर्भवती, वालवालिका, दिर्घरोगी, कामदारलगायतहरुमा बढी देखिने भएकोले उनिहरुलाइ थप सतर्कता आवश्यक रहेको विज्ञहरुले बताएका छन । अत्यधिक गर्मी र तातो हावाले शारिरमा नुन र पानीको कमी हुन गई समस्या उत्पन्न हुन्छ ।
‘बंगालको खाडीबाट मनसुन नआएसम्म गर्मीको मार जारी रहन्छ’, इपिडिमियालजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनि भन्छन्, ‘विरगंजदेखि पूर्व झापासम्म अत्यधिक गर्मीको दुष्प्रभाव संगै पश्चिम तिर तातो हावाले स्थानीयबासीलाई सताइरहेको छ ।’
गर्मी ठाउँमा दिउँसो काम नगरी शीतलमा बस्न र प्रशस्त पोषिलो तरल पदार्थ सेवनसँगै आराम गर्नुपर्ने औल्याउँदै डा. मरासिनी भन्छन्, ‘गर्मीले शरीरमा पानीको कमीको लक्षण देखिए तुरुन्त चिकित्सा सहयोग लिनुपर्छ ।’ source rochak khabar
काठमाडौं । चीनले नेपाल वायुसेवा निगमलाई बाँकी चारथान जहाज लिन आउन पत्राचार गरेको छ । निगमले चीनसँग लिनुपर्ने ६ थानमध्ये दुईवटा ल्याएर उडान गरिरहेको छ ।

 चिनियाँ जहाज उडाएर ठूलो परिमाणको घाटा व्यहोरिरहेको राष्ट्रिय ध्वजावाहक निगम बाँकी ज हाज ल्याउने कि नल्याउने भन्ने अन्यौलमा रहेको बेला चीनबाट बाँकी जहाज लिन आउन पत्र आएको हो । चीनले बाँकी जहाज असार १७ भित्र लैजान पत्राचार गरेपछि निगम थप असमञ्जसमा परेको छ ।


 ‘चिनियाँ जहाज निर्माता कम्पनी एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनले बाँकी चारथान जहाज लिन आउने पत्र पठाएको छ ।’ निमगमा कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बताए । नागरिक दैनिकमा खबर छ ।
२०७२ जेठ २५ गते


सिन्धुपाल्चोक, २५ जेठ । ‘बरु जागिर छाड्छु गाउँ जाँन्न । ज्यानभन्दा ठूलो जागिर होइन ।’ भागेर सदरमुकाम आएका सुनखानी गाविस सचिव प्रकाश चापागाईंले भने, काठमाडौंबाट आएका मान्छेहरुले खुकुरीले छिनाल्छु भनेपछि ज्यान जोगाउन भागें ।’
भूकम्पपीडितलाई परिचयपत्र बाँड्न आफू कुनै पनि हालतमा उक्त गाविसम जान नसक्ने उनले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
ठूलो सिरुबारीका स्थानीय राजनीतिक दलहरुले काठमाडौंमा घर भएकाले पनि १५ हजार पाउनुपर्छ भन्दै प्रेस विज्ञप्ति निकालेपछि परिचयपत्र वितरण रोकेर गाविस सचिव दुर्गाप्रसाद ढुंगेल पनि सदरमुकाम आउका छन् ।
‘निर्देशिकाविपरत सकिँदैन,’ उनले भने ।
राजधानी बस्दै आएकाले समेत धमाधम १५ हजार रुपैयाँ बुझ्न थालेपछि तौथली गाविस सचिव पशुपति गैंडा काम छाडेर सदरमुकाम गएका छन् ।
‘१२ सय परिवार बढेर १८ सय पुग्यो,’उनले भने, अझै बढ्दै छ । थेग्नै नसकेपछि गाउँ बस्नै सकिएन ।’
भूकम्पले घर भत्काएकालाई सरकारले घोषणा गरेको १५ हजार रुपैयाँ पाउन नक्कली अंशबन्डा गराउन र परिवार फाटेको प्रमाणित गर्न सचिवहरुलाई भौतिक रुपमै आक्रमण प्रयास भएपछि उनीहरु गाउँ छाडेर सदरमुकाम आउन थालेका छन् ।
स्रोत- दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२५ जेठ, काठमाडौ ।


नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरुले भूकम्पबाट प्रभावित जिल्लाका अस्थायी शिविरमा निःशुल्क वाईफाई जोन राख्ने भएका छन् ।

भूकम्पबाट बढी प्रभावित १४ जिल्लालाई लक्षित गरी कम्पनीहरुले वाईफाईमार्फत इन्टरनेट सेवा दिन लागेका हुन् । सञ्चारका साथै आफन्तसँग नजिक हुने माध्याम इन्टरनेट सुविधा अभावले भूकम्प प्रभावित क्षेत्रमा थप सास्ती भएको छ । कतिपय जिल्लामा सरकारी कामकाजसमेत ठप्प छ भने इन्टरनेटकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।

नेपाल टेलिकमले दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोटलगायत १४ जिल्लालाई वाईफाई सेवा दिने कार्यक्रम स्वीकृत गरेको छ । भूकम्प गएलगत्तै एक सातासम्म उसले आन्तरिक तथा बाहृय टेलिफोन/इन्टरनेट निःशुल्क गरेको थियो ।

कम्पनीले बढी प्रभावित जिल्लामा पीडितले इन्टरनेट सुविधाबाट बञ्चित हुनु नपरोस् र आफन्तसँग पहिलेजस्तो सम्पर्क कायम होस् भनेर यस्तो सुविधा ल्याइएको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन् । वाईफाई सेवा लिन सम्बन्धित स्थानमा कम्तीमा ५० घर परिवार वा १५० जनसंख्या हुनुपर्ने सर्त उनले सुनाइन् । आजको कारोबार दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कुनैपनि पुरुषमा पुरुषत्व कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका सरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् ।


अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो ।
अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट छर्किन नदिइ धूमपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन ।

 त्यसपछि ती पुरुषहरुको सरीरबाट उनीहरुले लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन पर्यो ? परेन ? भनेर सोधियो साथै उनीहरु रजस्वला चक्रको कुन अवस्थामा छन् भन्ने कुरा पनि सोधियो । शोधकर्ताहरुले टिसर्ट लगाउने पुरुषहरुको र्यालको नमूना लिएर हर्मोनको मात्रा समेत चेकजाँच गरे ।
नतिजाले के देखायो भने आफ्नो रजस्वला चक्रको पिक मा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, सेक्सी भएको जवाफ दिए ।
अर्पणाले आफू काम गर्ने कम्पनीका मालिकलाई फोन गरेर एक दिनको छुट्टीको माग गरिन् । किन ? आज उनको महिनावारीको पहिलो दिन थियो जसका कारण अरु महिलाजस्तै उनी पनि कमजोर र आलश्य महसुस गरिरहेकी छिन् । उनी घरबाट बाहिर निस्कन र कुनै पार्टीमा सरिक हुन चाहन्नन् ।

उनी सपिङ, कसरत र यस्ता सबै क्रियाकलापहरुबाट टाढै बसिरहेकी छिन् । तपाईंमध्ये थुप्रै महिलाहरुले महिनावारी भएको बेलामा यस्तै महसुस गर्नुहुन्छ होला । यहाँ महिनावारीसँग जोडिएका यस्ता भ्रमहरु दिइएका छन् जसलाई सम्पूर्ण

महिलाहरुले जान्नैपर्ने हुन्छः

   १. महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछः यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४–५ चम्चा हुने गर्दछ ।

   २. महिनावारी रगत फोहोर हुने गर्दछः महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन ।

 ३. व्यायाम गर्नु हुँदैनः यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ ।  

४. सेक्ससँग बच्नुहोस्ः यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ ।  
५. मासिक धर्मको पिडाः यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।  
 ६. चिन्ता नलिनुहोस्, तपाईं गर्भवती हुनुहुने छैनः यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।

  ७. कपाल नधुनुहोस्ः यस्तो कसले भन्यो ? महिनावारीको दौरान स्याम्पुको प्रयोग गर्न नहुने कुरामा केहि पनि वास्तविक कारण छैन । तपाईं कपाल धुन सक्नुहुन्छ, काट्न सक्नुहुन्छ, हेयर स्पा लिनसक्नुहुन्छ, कपालमा कलर गर्न सक्नुहुन्छ र कपाललाई स्ट्रेट पनि गर्न सक्नुहुन्छ ।

 ८. यो नखानुहोस्ः महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन ।   ९. २८ दिनको चक्रः मासिक धर्मको चक्र महिलाको शारिरिक स्वास्थ्यमा निर्भर हुने गर्दछ । २८ दिनको चक्र एक औसत समय मात्र हो । (एजेन्सी) www.ratopati.com
वास्तविक जिवनमा पाउन नसकेका वा दबाएर राखेका इच्छाहरु सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययनले अधिकांस युवायुवतिहरु यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो प्रियजन सँग भेट होस् र यौनक्रिडा गर्न पाइयोस् ।त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ

। हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ । तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न ५ वटा अवस्थाको यसरी व्याख्या गरेका छन् : यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा :

 यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ , या त तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ ।
यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुस् । आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमा


 यदि तपाइँ आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेकेा सपना देख्नुभयो

 भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइप|mेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनि अचेतन मनमा पूरानो प्रेेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ । यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथाल्यो भन्नेे प्रष्ट हुन्छ । कुनै चर्चित नायक सँग सम्भोग गरेको सपना देखेमा

 यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो

 भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।

 कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र सारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन्ा पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो ।

सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ । कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले आफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन् ।
जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतीसशास्त्रहरु बताउने गर्दछन् । त्यस्तै हाम्रो हातमा हुने भाग्य रेखाले सफलता र असफता निर्धारण गर्ने पनि बताउँछन् । जस्तै मानिसको हत्केलामा हुने

भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्दछ । कहाँ हुन्छ भाग्य रेखा ? तपाइको हत्केलाको मध्य– भागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ, भाग्य रेखा । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो । खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनि पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ । जुन व्यक्तिको हत्केलामा भाग्यरेखाको उदगम चन्द्र पर्वतमा हुन्छ, त्यस्ता ब्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ । कुनै स्त्री जीवनमा आउना साथ यस्ता ब्यक्तिको प्रगति हुन्छ । त्यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ । विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ । जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन् । त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नुपर्छ । युवा अवस्था पुगेपछि मात्र यिनीहरुलाई भाग्यले अलि साथ दिन्छ ।


www.ratopati.com
काठमाण्डौ, जेठ २४ - केहीबेर अगाडी मात्र दोलखा केन्द्र बिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । राती १० बजेर ३५ मिनेट जादा दोलखा केन्द्रबिन्दु बनाएर भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यससंगै आज अहिलेसम्म २ वटा परकम्प गएका छन् । यसअघि आज बिहान ११ बजेर २ मिनेट जादाँ ४.६ रेक्टर स्केलको परकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको थियो । जुन धक्का ठूलै रुपमा महसुस हुदा सिन्धुपाल्चोक आसपासका जिल्लामा भागदौड नै मच्चिएको थियो ।

यससंगै ४ रेक्टरमाथीका मात्र अहिलेसम्म ३ सय ४ वटा परकम्प गएका केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि यस्ता साना परकम्प गइरहने भन्दै त्यसबाट नआत्तिन तर सचेत रहन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

बैशाख १२ र त्यसपछि गएका शक्तिशाली पराकम्पका कारण अहिलेसम्म झन्डै ८ हजार ७ सय १५ भन्दा बढीको ज्यान गएको छ भने २२ हजार बढी घाइते छन्।
काठमाडौं । प्रविधिको विकासँगै अनेक कुराहरु पत्ता लगाउन सकिने भएको छ । भर्खरै वैज्ञानिकहरुले आफ्नो प्रेमी प्रेमिकाले माया गरेको नगरेको जाच्नका लागि नयाँ प्रविधि पत्ता लगाएका छन् ।
मुखले एक अर्कालाई माया गर्छु भने पनि मा भित्रको कुरा बुझ्न सार्है गाह्रो हुने हुँदा एक अध्यनले आफुलाई कसैले माया गर्छ कि गर्दैन भन्ने सजिलो शुत्र पत्ता लगाएको हो ।
तपाइँको जीवनसाथीले तपाइँलाई प्रेम गर्छ कि गर्दैन भन्ने कुरा सजिलै पत्ता लगाउन सकिने भएको हो । चीन र अमेरिकाको न्यूयोर्क युनिभर्सिटीका शोधकर्ताहरुले प्रेमी प्रेमिका वा पति पत्निबीच प्रेम भए नभएको पत्ता लगाउन सकिने प्रविधीको आविस्कार गरेको दावी गरेका हुन् ।
यस्तो प्रविधीबाट एक अर्काको प्रेम मापन गर्न सकिने उनीहरुको दावी छ । उनीहरुले एक एमआरआइ गरेर मानिसको दिमागको त्यो भागको जाँच गर्नेछन् जो प्रेमको समयमा अधिक सक्रिय हुन्छ ।
प्रेममा भएको समयमा सक्रिय हुने मस्तिस्कको उक्त भाग जाँच गरेर कसले कसलाई कति प्रेम गर्छ भन्ने जाँच्न सकिने शोधकर्ताहरुको दावी छ । एजेन्सी
dainiknepal.com
पुरुषहरु स्त्रीहरुसँग सम्बन्ध राख्न लालायित हुन्छन् । विवाहित र अविवाहित दुवै खाले पुरुषमा महिलाहरुको निकट हुने चाहाना उत्तिकै हुन्छ । तर सबै महिलासँग पुरुषले सम्बन्ध राख्नु उचित हुँदैन । यहाँ पुरुषले निकट संबन्ध राख्न नहुने स्त्रीहरुको बारेमा चर्चा गरिएको छ ।


पूर्व प्रेमिकाः

सके सम्म पुरानो सम्बन्धलाई नखोतलेकै राम्रो हुन्छ । किन भने प्रेमिका पूर्व प्रेमिका बन्नु भनेको सम्बन्ध राम्रो नभएर टुङ्गिएको अर्थ लाग्छ । कतिपय सन्दर्भमा तपाइँ र उनीबीच गम्भिर समस्या भएकै कारण सम्बन्ध टुटेको हो । कुनै समस्या पर्दा वा दुःख लाग्दा पूर्व प्रेमिकाको सम्झना आउनु फरक कुरा हो तर उनलाई पुनः जीवनमा तान्नु पश्चातपका कारण मात्र बन्न सक्छ ।

मिल्ने साथीकी बहिनीः

आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने भुल कहिले पनि नगर्नुस् । यसले तपाइँको साथीसँगको सम्बन्ध मात्र धरापमा पार्दैन यसले आफ्नी सानी बहिनीलाई धोका दिएको भन्दै अनुहारमा मुक्का खाने खतरा समेत बढाउँछ । बहिनीसँगको निकटताले तपाइँको साथीसँगको सम्बन्ध पनि फिका हुन्छ ।

कुख्यात महिलाः

कुनै पनि महिला जसको विषयमा तपाइँले निरन्तर नकारात्मक समाचार मात्र सुन्नु हुन्छ उनीसँग पनि नजिकको सम्बन्ध नराख्नुस् । सामान्य सम्बन्ध राख्न यस्ता महिला काम लागे पनि गम्भिर सम्बन्धले समस्या निम्त्याउन सक्छ ।


धनी खोज्दै हिँड्ने केटीः

धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि नजिक नभएकै राम्रो । धनी खोज्ने केटीसँग डेट जान रमाइलो भएपनि लामो सम्बन्ध बनाउनु आफूलाई समस्यामा पार्नु जस्तै हो ।



साथीकी पुर्व प्रेमिकाः

यदि तपाइँको साथीसँगको सम्बन्ध मूल्यवान छ भने उसकी पूर्व प्रेमिकासँग नजिकिनुस् । यो साथीसँगको सम्बन्धप्रतिको इमान्दारिता पनि हो । यसले तपाइँको छविमा पनि समस्या ल्याउन सक्छ भने साथीबीच नै दुस्मनी हुने खतरा समेत रहन्छ ।
काठमाडौं :  करोडौं पर्ने घर नै ठगी गरेर बेचेको अभियोगमा एक महिला प्रहरीको फन्दामा परेकी छन् । म्याग्दी अर्थुङ्ग गाविस घर भई काठमाडौंमा बस्दै आएका मनोज कुमार श्रेष्ठलाई करोडौं ठगेको अभियोगमा चितवनको गर्दी गाविस–६ की पुष्पा दाहाल आइतबार पक्राउ परेकी हुन् ।
रकमको आवश्यकता पूरा गर्न श्रेष्ठले डेढ करोड रुपैयाँ पर्ने घर दाहालसँग ६५ लाख रुपैयाँ ऋण लिई एक वर्षमा फिर्ता दिने शर्तमा पुष्पालाई राजीनामा पास गरिदिएका थिए । गर्दी गाविसका बसन्त शर्मा र उनकी पत्नी पुष्पाले श्रेष्ठलाई ६५ लाख रुपैयाँ ऋण दिई आफ्नो नाममा घर बनाएपछि बेपत्ता भएका थिए । लिएको ऋण फिर्ता गर्न घरधनी श्रेष्ठले दम्पत्तिको खोजी गर्ने क्रममा आफ्नो घर नै अर्कैलाई बेचिसकेको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । दम्पत्तिले काठमाडौं महानगरपालिका–३१ मा रहेको एक करोड ५० लाख मुल्य पर्ने साढे ४ तले घर एक करोड ८० लाख रुपैयाँमा अर्कैलाई बेचेको थाहा पाएपछि श्रेष्ठको होस उडेको थियो । त्यसैगरी तिनै दम्पत्तिले काठमाडौंको गोलढुङ्गा गाविस–३ का राम प्रसाद अर्याललाई २० लाख र पाचँथरको अमरपुर गाविस–१ घर हुने केशर बहादुर अधिकारीलाई अर्काको नामको जग्गा आफ्नै ५० लाख बैन लिएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दुबै घटनामा पुष्पाले ठगी गरेको पुष्टि भएपछि सुनसरी बक्लौरी गाविस–३ माइतीघर भएकी उनलाई महानगरी प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । www.annapurnapost.com
झुटो खबर फैल्याउने पत्रकारमाथि छानबिन
एजेन्सी । बीबीसीकी एक महिला पत्रकारले ट्विटरमा बेलायती महारानीको निधनको घोषणा गरेपछि त्यसले विश्वभर सनसनी मच्चाएको छ ।


महारानीको मृत्युको खबर फैल्याउनुअघि ती पत्रकारले महारानीको निधनको खबर प्रसारणको रिहर्सलमा भाग लिएकी थिइन । महारानीको मृत्युको खबरको रिहर्सललार्इ सत्य मान्दै बीबीसीकी पत्रकार अहमन ख्वाजाले ट्विट नै गर्न भ्याइन् । 'महारानी एलिजाबेथको निधन भएको छ', उनले ट्विट गरिन् ।

जुन ३ मा गरिएको उनको एक ट्विटले सनसनी भएपछि बेलायत सरकारले खण्डन नै गर्नुपर्‍यो ।

सार अहमन ख्वाजाविरुद्ध  अनुशासनात्मक जाँच थालिएको छ । बीबीसीका एक प्रवक्ताले यो जाँच बीबीसीको अनुशासनात्मक प्रक्रियाको एउटा हिस्सा भएको प्रतिक्रिया दिएका छन् ।
अहमनले ट्विट गरेपछि झुटो खबर फैल्याएको भन्दै बीबीसीको तीब्र आलोचना भयो । अन्त्यमा बीबीसले माफी नै माग्नुपर्‍यो ।

यो ट्विट महारानीको निधन भएमा समाचार संकलन गर्नका लागि गरिएको पूर्वाभ्यासका क्रममा गरिएको हो । समाचार अनुसार अहमन ख्वाजाले यो खबरलार्इ सत्य मानी ट्वीट गरिदिइन् । उनले यो घटनालार्इ ब्रेकिङ न्युजका रुपमा ट्विट गरेकी थिइन् ।

३१ वर्षीय ख्वाजाले ट्विटरमा यस्तो लेखेकी थिइन्, 'ब्रेकिङ : महारानी एलिजाबेथको किङ एड्वर्ड सप्तम अस्पतालमा उपचार भइरहेको छ । यसको विस्तृत समाचार बीबीसी वर्ल्डमा प्रसारण गरिने छ ।'
उनले ट्विट गरेका बेला संयोगवश महारानी त्यही अस्पतालमा आफ्नो वार्षिक स्वास्थ्य जाँचका लागि भर्ना भएकी थिइन् । समाचार अनुसार ख्वाजालार्इ महारानी सोही अस्पातलमा भर्ना भएको खबर भने थाहा थिएन ।

ख्वाजाको ट्वीटपछि उनका फलोअर्सले त्यसलार्इ साँच्चिकै समाचार ठानेर कयौं ट्विट र रिट्विट गरे  । तर जब उनलार्इ आफ्नो गल्तीको महसुस भयो तब उनले त्यो ट्विट हटाइन् ।

ख्वाजाले महारानीको निधनको खबरसम्बन्धी ट्विट हटार्इ अर्को ट्विट गरिन् । 'झूठो खबर थियो, मैले पुरानो ट्विट हटाइदिएकी छु ।'

उनले ट्विटमा माफी माग्दै मानिसलार्इ दु:ख पुर्‍याएकोमा माफी मागेकी छन् । ख्वाजाले ट्विट गरेर भाइरल भएपछि महारानीको निधन नभएको भन्दै बकिङ्घम प्यालेसले विज्ञप्ती नै निकाल्न बाध्य हुनुपर्‍यो ।

यसपछि बीबीसले पनि ट्वीट गर्दै महारानी निधन भएपछि गरिने रिपोर्टिङको पूर्वाभ्यासलार्इ पत्रकारले भुलवश ट्वीट गरेको स्पष्टिकरण दिएको छ ।

शाही परिवारका सदस्यको निधन भएको खबरसहितको ट्वीट हटाइएको जनाउँदै बीबीसीले यो अपराधका लागि माफी समेत मागेको छ ।npnewsline.blogspot.com
मुम्बई । बलिउड स्टार सलमान खान र अक्षय कुमारसँग समेत काम गरिसकेकी एक नायिका गोवाको पाँचतारे होटलबाट यौन क्रियाकलाप गर्दै गर्दा पक्राउ परेकोबारे नयाँ खुलासा भएको छ ।
प्रहरीले एक ग्राहकसँग रंगेहात पक्राउ गरेको उक्त घटनाबारे नायिकाकी आमाले नै बचाउ गरेकी हुन् । उनले त्यो सेक्स र्याकेट नभई हिरोइनको अडिशन भएको दावी गरेकी छन् ।
रिपोर्टका अनुसार यसका पछि मुम्बईकी आयशा सैयद लागेकी छिन् । उनले यो र्याकेट चलाएकी हुन् । पणजी प्रहरीले एक फर्जी ग्राहकका माध्यमबाट यस नेटवर्कको भण्डाफोर गरेको हो ।
आयशाले नक्कली ग्राहकसँग जोडिएर अभिनेत्रीका लागि तीन लाख भारतीय रुपैयाको सौदा गरेकी थिइन् र यसको ५० प्रतिशत पहिलै मागेकी थिइन् ।
सोही क्रममा प्रहरीले गोवा आइरहँदा एक आईएनजीओको सहयोगमा छापामारी गिरफ्तार गरेको थियो । प्रहरीले नायिकालाई सामान्य कानुनी कारबाही पछि राज्य सरकारको सुधारगृहमा पठाएको थियो ।
आयशा प्रहरी हिरासतमा रहेकी छन् । उनीमाथि अवैध तरिकाले तस्करी गरेको आरोप लागेको छ । सलमानको दबंग फिल्ममा समेत काम गरिसकेकी ती नायिकाकी आमाले आफ्नो छोरीलाई षढ्यन्त्र गरी फसाइएको बताएकी छन् ।
www.nepalsandesh.com
काठमाडौं, जेठ २४ । नेपालको भूमी र सिमा पर्ने क्षेत्रलाई ब्यापारिक नाका बनाउने सम्झौता चिनसँग गरेपछि नेत्रविक्रम चन्द माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठि लेखेको छ । चिन भ्रमणका समयमा महिनादिन अघि ४१ बुँदे सहमती गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिपुलेक कहाँ पर्छ भन्दै पत्र लेखेर प्रश्न सोधेको माओवादीले नेपालको सार्वभौमीकतामा हस्तक्षेप गर्न खोजेको उल्लेख गरेको छ ।

चिन भ्रमणका क्रममा गरिएको ४१ बुँदे ब्यापार सम्झौताको एक बुँदामा भारत र चीनबीच ४१ बुँदे व्यापार सम्झौता भएकोमा सो सम्झौतामा लिपुलेकलाई सम्झौताकारी पक्ष राष्ट्रहरुको व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने कुरा नेपाल र नेपालीको सार्वभौमिकतामा ठाडै धावा बोलेको पत्रमा उल्लेख छ । लिपुलेक लिम्पियाधुराभन्दा ५३ किलोमिटर पूर्वमा नेपालको दार्चुला जिल्लामा पर्ने र त्यो क्षेत्र अन्तर्गत गुन्जी लगायतका गाउँहरु नेपालका गाउँहरु रहेको पत्रमा छ ।

भारतीय प्रधानमन्त्री मोदीले गत वर्षमात्र त्यो क्षेत्रमा भ्रमण गरेर कालापानी क्षेत्रको समेत सम्झौताहरु हेर्न र नक्सासमेत अध्ययन गरी विवाद मिलाउन निर्देशन दिएको कुरालाई यतिछिट्टै बिर्सेको भन्दै त्यसलाई ध्यान दिन भनिएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका मुद्दाहरुमा सबैसँग मिलेर संघर्ष गर्न गठन भएको संघीय जनवादी मोर्चा, नेपालका नाममा अध्यक्ष तिलक परियाले हस्ताक्षर गरेको पत्र पत्र नेपालस्थित भारतीय दुतावासमार्फत मोदीलाई पठाइएको हो ।

पत्रको पूर्ण पाठ
सम्माननीय प्रधानमन्त्री गणतन्त्र भारत
मार्फत
नेपालस्थित भारतीय राजदूताबासको कार्यालय,

काठमाडौं विषयः ज्ञापन पत्र

भारतीय प्रधानमन्त्रीको हालैको चीनको भ्रमणको समयमा भारत र चीनबीच ४१ बुँदे व्यापार सम्झौता भएकोमा सो सम्झौतामा लिपुलेकलाई सम्झौताकारी पक्ष राष्ट्रहरुको व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने भन्ने उल्लेखित प्रावधानले नेपाल र नेपालीको सार्वभौमिकतामा ठाडै धावा बोलेको हुँदा यस तर्फ सम्पूर्ण राष्ट्रियता एवं सार्वभौमसत्तासम्पन्न नेपालका पक्षधर जो कोही नेपालीको गम्भीररुपमा ध्यानाकर्षण हुनु स्वाभाविकै हो ।

देशभक्त संघीय जनवादी मोर्चा नेपालको यसतर्फ ध्यानाकर्षण भएको छ । भारत र चीनबीच सम्पन्न उक्त सम्झौताको २८ औं बुँदामा सीमा–व्यापार क्षेत्र विस्तार गर्न, दुवै देशका तीर्थयात्रीहरु बीचको आपसी विश्वास प्रभावकारी बनाउन, सीमाक्षेत्रलाई पुलको रुपमा सहकार्य र आदानप्रदान (एक्स्चेञ्ज)को रुपमा प्रयोग गर्न लिपु–लेक समेतलाई व्यापारिक नाका बनाउने भनी नेपालको जानकारी बिना दुवै देशका सरकारप्रमुखले हस्ताक्षर गरी नेपालको अक्षुण्ण भूभागलाई सोझै हडप्ने गरी गरिएको उक्त सम्झौताले नेपाल र नेपालीको सार्वभौमिकतामाथि गम्भीर प्रहार गरेको ठहर देशभक्त संघीय जनवादी मोर्चा नेपालले गरेको छ ।

लिपुलेक नेपालको सुदूरपश्चिम क्षेत्रको दार्चुला जिल्लाको उत्तरी भूभागमा अवस्थित छ भन्ने तथ्य नेपालको राजनीतिक र भौगोलिक मान्यताप्राप्त नक्साबाट समेत देखिन्छ । लिपुलेक सुगौली सन्धिको धारा ३ को पहिलो उपधाराबाट निर्धारण गरिएको लिम्पियाधुराबाट करिब ५३ किलोमिटर पूर्वमा पर्दछ । गुन्जी लगायतका नेपालका केही गाउँहरु यस क्षेत्रमा पर्दछन् । यो लिपुगाड९लिपुनदी०को शिर पनि हो । परम्परागतरुपमा दार्चुला लगायतका नेपालीहरु तिब्बतको ताक्लाकोटको व्यापार गर्दथे । भारतीय व्यापारीहरुले भारतको धार्चुलाबाट नेपालको दार्चुलामा आई नेपालको मार्ग प्रयोग गरेर व्यापार गर्दै आएका थिए ।

 हाल यो नाकासम्म चीनले आफ्नो भूभागमा मोटरबाटो बनाइसकेको देखिन्छ । नेपालका दार्चुलाबासीले यही लिपुलेक क्षेत्रमा यार्सागुम्वा टिप्ने तथा परम्परागतरुपमा चौरी र भेडा गोठ राख्ने गरेका छन् । तिङ्करमा नेपाल सीमाप्रहरी समेत रहने गरेको छ । माओवादी जनयुद्धअघि यो ठाउँमा अस्थायी भन्सार कार्यालय थियो जुन अहिले दार्चुलामा सारिएको छ । नेपालको भूभागभित्रको यो क्षेत्रलाई अतिक्रमण हुनेगरी दुई ठूला देशले गरेको सम्झौताबाट राष्ट्रिय सार्वभौमिकसत्ता सम्बन्धी अन्तर्राष्ट्रिय कानुन एवं मान्यताको ठाडै उल्लङ्घन भएको छ । केही वर्ष अगाडि भारत र चीनबीच यसक्षेत्रमा सीमा सम्झौता सम्बन्धमा भएका गतिविधि नेपालबाट विरोध भएकाले तत्काल अगाडि बढ्न नसकेको देखिन्छ । यतिखेर नेपालमा विनाशकारी भूकम्पका कारण सिर्जित विपत्तितर्फ राष्ट्रिय ध्यान बढ्न नसकेको बेला यस किसिमको सम्झौता आफैमा गम्भीर र रहस्यमय देखिन्छ ।

विश्वकै उदयमान शक्तिको रुपमा देखापरेका नेपालका छिमेकी राष्ट्रहरु भारत र चीन जोसँग नेपालको मित्रवत् छिमेकी सम्बन्ध रहँदै आएको छ । नेपाल र यी दुवै देशबीच थुप्रै सन्धि–सम्झौताहरु भएका छन् । हामी एक–अर्काको सार्वभौमसत्ताको सम्मान गर्दछौं । एक–अर्काप्रति अतिक्रमणको कल्पना पनि गर्न सक्दैनौं । यस्तो परिप्रेक्षमा यतिखेर आएर नेपालको कुनै जानकारी बिनै भएको उक्त सम्झौताले नेपाल र भारतबीच भएको सुगौली सन्धिलगायतका सन्धि–सम्झौताहरु र नेपाल र चीनबीच भएका विभिन्न सन्धि–सम्झौता, सीमासम्बन्धी नाप–नक्सा समेतको विरुद्ध हुन गई गम्भीर प्रश्नहरु पैदा गरेको छ । गत वर्ष भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणका क्रममा कालापानी क्षेत्र, महाकाली नदीको स्तर र मुहान तथा अन्य विवाद समेतका बारेमा कागजप्रमाण हेरी निर्णय गर्न आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको भन्ने कुरा सार्वजनिक भएको थियो ।

तर यतिखेर उक्त निर्देशनसमेतलाई बिर्सेर नेपाल भूभागभित्रको लिपुलेकलाई नेपालको कुनै जानकारी र उपस्थितिबिना सम्झौताकारी दुवै देशको साझा नाकाको रुपमा सम्झौतामा उल्लेख गरिनुले छिमेकी राष्ट्रहरुको व्यवहारप्रति नै नेपाली जनताको गम्भीर आशंका पैदा भएको छ । अतः भारत र चीनबीच भएको उक्त सीमा व्यापार क्षेत्र विस्तार सम्झौताले नेपालको राष्ट्रियता र राष्ट्रिय अखण्डतामा गम्भीर आघात पुग्न गएकाले यस विषयमा सम्झौता गर्ने दुवै पक्ष भारत र चीन सरकारले तत्काल उक्त सम्झौता खारेज गरिनु पर्दछ । उक्त सम्झौताको २८ नम्बर बुँदामा उल्लेखित नाथु ला, क्वीङग्ला÷लिपुलेक पास, र शिप्कि लाबाट लिपुलेक पास हटाउन जोडदार माग गर्दछौं ।

नेपालका कैयौं नेपालका कैयौं स्थानका सीमानालाई लिएर विवादहरु देखिदैँ आएका छन् । ती सीमा क्षेत्रका विवादहरु पनि तत्काल समाधान हुन भन्ने अपेक्षा राखेका छौं । नेपाल र नेपाली जनता राष्ट्र र राष्ट्रियताप्रति ज्यादै नै संवेदनशिल छन् । तसर्थ नेपालको सार्वभौमिकता, अखण्डता र नेपाली जनताको सार्वभौमसत्ताको सम्मान गर्दै लिपुलेक लगायतका नेपालको मिचिएको सीमा क्षेत्र फिर्ता हुनेछ भन्ने अपेक्षा सहित यो ज्ञापन–पत्र प्रस्तुत गरेका छौं ।

२१ जेठ २०७२
तिलक परियार
अध्यक्षnpnewsline.blogspot.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home