• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
सोमबार, भाद्र ७,
कांग्रेस युवा नेता तथा सभासद् गगन थापाविरूद्ध ट्वीटर प्रयोगकर्ता आक्रोशित भएका छन् । ‘गुन्डा नाइके’ कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएको घटनाको निष्पक्ष छानविनको माग गर्दै थापा राष्ट्रिय मानव अधिकार आयोग पुगेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरूद्ध निर्मम खनिएका हुन् ।

थापाले आइतबार आयोग कार्यालय पुल्चोक पुगेर प्रहरी ज्यादतीको छानविन गर्न माग गरेका थिए । थापा आयोग कार्यालय पुगेर ‘कुख्यात अपराधीको बचाउमा’ लागेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘थापा शान्ति र अमनचयनको विरोधी रहेको र गुण्डागर्दीको संरक्षणमा लागेकोले उनीपनि उही ड्यांगको मुला भएको’ तर्क गरेका छन ।

आइतबार थापाको साथमा सभासद जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधान पनि आयोग कार्यालय पुगेका थिए । मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले कुमार घैंटेको परिवारलाई सहयोग गर्न थापासहित सभासदहरुले आग्रह गरेको बताएकी छिन् ।

थापासहित कांग्रेस सभासदहरु घैंटेको लविङमा मानवअधिकार आयोग पुगेको विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ । ट्वीटर प्रयोगकर्ताले त ‘गगन थापा ब्लक’ अभियान समेत चललाएका छन ।

हेरौँ केही प्रतिकृयाहरूः

‘घैंटेको कुरा लिएर मानवअधिकारमा जाने मान्छे हिजो ज्युँदै बालक रेटिँदा, महिलालाई आगो लगाईंदा किन मौन ? आखिर अधिकार सबैको हैन र बाँच्न पाउने ?–ठूला मुखे

गगनको के बाध्यता थियो थाहा भएन, म पनि छक्क परेँ ! यो राजनीतिमा भित्र भित्र के पाक्दो रहेछ बास्ना बाहिरै पो आयो त ! –द सर्कल

खासमा चरी मरेकै बेला राजेन्द्र पाण्डेहरूलाई गगन थापाहरूले सघाएको भए अहिले घैंटेको ज्यान जाने अवस्था आउने थिएन  । –रोशन साँवा

यो मान्छे युवा अनि राम्रो भनेको त पापिहरूको संगतले पतित भैसके छ । बल्ल त्यो असल हुनुको मुखुण्डो खोलेछन् । सही अनुहार त यो पो रै छ ! –मिस्टर नेपाल

कांग्रेसः कुमार घैँटेलाइ सहिद घोषणा गर सरकार ।
सरकारः सहिद घोषणा गर्दा बिरोध हुन्छ..राष्ट्रिय बिभुति घोषणा गरौँ । –घनश्याम बाबु

घैंटेको अवसानले नेकाका दुइजना होनहार कहलिएका घैंटेका अनन्यमित्र सभासदद्वय युवानेता गगन थापा र धनराज गुरुङको पनि अवसान गराए जस्तो छ । –भीम उपाध्याय

नेपाली जनताको गगन थापाप्रती रहेको आस र भरोसा पनि भत्कियो अब । धन्यवाद गगन थापा बेलैमा आफ्नो सक्कली अनुहार देखाइदिएकोमा । –दीपा

यदि घैँटेको बिषय लिएर गगन मानव अधिकार आयोग धाएकै हुन भने के नै भन्न छ र ‘थुक्क’ बाहेक । –गोरे सुरज ।

फुटिसकेको घैँटेको पछि लागेर गगनले आफ्नो कद घटाउनु हुँदैनथ्यो । यदी उनी घैँटेप्रवृत्तिको संरक्षकनै हुन भने ‘गगन’ शान्ति र अमनचयनका खलपात्र हुन। –अक्षर काका

गगन थापा ! सुर्खेत मा ४ जना मर्दा मानवअधिकार छाबिन आयोग कता थियो? एउटा समाजको किरा मर्दा येति धेरै पिर ! –ठाकुर

गगन थापा एउटा आशा लाग्दा नेता हुन् जस्तो लाग्थ्यो तर होइन रहेछ यो मुला पनि उही ड्याङ्ग कै परेछ,घैँटे इन्काउण्टरको  छानबिन गर पो भन्छ गाँठे !–सुइखुट्टे

आस लागेको मान्छे  जेठा जु पर्यो  भनेझैँ भयो ।  गगन  भन्ने मान्छे लाई सबै पार्टीको  युवा देखि वृद्धसम्मकोले  मानेको  ।  उल्टो भो! –गुरिल्ला इज योर फादर

गगन थापाले नभाको इज्जत नि डुबायो युवा नेता रे छि ! –रोशन बराल

डियर गगन सर ! घैँटेको समर्थन गरेर, जनताले हजुरप्रतिको विश्वास गुमाए ! अब  जनताले गगन थापा भन्ने छैनन, त्यै ‘गगने’ भन्ने छन् ! –मेनका घिमिरे

गगन थापा अहिलेपनि काठमाडौको ठेक्कापट्टा डन हुन, काठमाडौंमा धेरै गुण्डा गगनबाट संरक्षित छन । गगनले राजनीतिको खोल ओढेर परिचय लुकाएका थिए । –निर्मल नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ७ भदौ । रसुवा जिल्लाको धैबुङ–७ मा भूकम्पले चर्केको जमिन आइतबार साँझ अविरल वर्षाका कारण पहिरो जाँदा पूरै गाउँ नै जोखिममा परेको छ ।

निरन्तर वर्षाले घुम्ती बजारको माथिको ढिस्को र ठूलो ढुङ्गा खस्न गई ठूलो पहिरोका रुपमा परिणत भएको छ । ढुङ्गाले बिजुलीको पोल पनि भाँचेको छ ।

पहिरोका कारण मानवीय क्षति केही नभए पनि निरन्तर रुपमा पहिरो गइरहेकाले तलको करिब १०० घर गाउँ उच्च जोखिममा पर्नुका साथै पासाङ ल्हामु राजमार्गसमेत अवरुद्ध भएको छ ।

भूकम्पले जमिन फाटेको स्थानमा निरन्तर पानी छिर्दा पहिरोको जोखिम बढिरहेको स्थानीय कृष्ण लामिछानेले बताउनुभयो । पहिरोले गर्दा पानीको मुहानसमेत सुकेकाले खानेपानीको समेत समस्या भएको छ ।

जनैपूर्णिमाको अवसर पारेर गोसाइँकुण्ड जाने भक्तजनका लागि पनि पहिरोले बाटो बन्द भएकाले गाडी जान नपाउने भएकाले असुविधा भएको गोसाइँकुण्ड मेलामा जाने भक्तजनले बताए ।

पहिरो निरन्तर बगिरहेकाले स्थानीय बासिन्दा घरमा बस्न नसक्ने भएका छन्, भने पहिरोले जोखिमरुप लिएको छ । गाउँलेले अब सुरक्षित स्थान खोज्नुपर्ने बाध्यता भएको छ ।

काठमाडौँ, भदौ ७ । व्यबस्थापिका संसदको आजको बैठकमा विनियोजन विद्येयकमाथिको पछि आर्थिक वर्ष २०७२र७३ को बजेट आज पारित हुदैछ । गृह, अर्थ, भौतिक योजना तथा यातायात, कानुन, शान्ति, कृषि लगायत बाँकी रहेका मन्त्रालयको छलफल सकेर सम्बन्धित विभागीय मन्त्रीहरुको जवाफपछि बजेट पारित हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७२ र ७३ का लागि अर्थमन्त्री रामशरण महतले गत असारमा ८ खर्ब १९ अर्ब बराबरको बजेट संसदमा पेश गर्नुभएको थियो । प्रवक्ता शर्माका अनुसार आज मन्त्रालयगत छलफल सकिएपछि अर्थमन्त्रीले बजेट पारितको प्रस्ताव निर्णायर्थ पेश गर्नुहुने कार्यसुची रहेको छ । संसद बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।

www.etajakhabar.com
सोलुखुम्बु, ७ भदौ । कागेल–७ सोलुखुम्बु निवासी कुलकुमार बस्नेतको घरमा आइतबार साँझ आगलागी हँुदा करिब रु २५ लाख बराबरको क्षति भएको छ ।

अचानक आगलागी हुँदा घर पूरै जलेको छ । तीन तले घरसँगै रु १३ लाख ५० हजार बराबरको सुनचाँदी, लत्ताकपडा, अन्न र नगद रु एक लाख ५० हजार जल्दा करिब रु २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिनुभयो ।

कागेलका स्थानीयवासी, कागेल विमानस्थलका सुरक्षाकर्मीले साँझ ७ बजे आगो नियन्त्रणमा लिएका थिए । अगेनाको माथिल्लो भागमा दाउरा सुकाई राखिएको र त्यहीँबाट आगो सल्किएको अनुमान गरिएको छ । बस्नेत जीवनज्योति उच्च मावि कागेलमा कार्यरत शिक्षक हुनुहुन्छ ।

काठमाडौँ, भदौ ७ ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आज हामी नेपाली जनताकोे बलिदानीपूर्ण आन्दोलनहरुको परिणामस्वरुप गठित दोस्रो संविधानसभाबाट शासनको सम्पूर्ण अधिकार जनतामा निहीत हुने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने ऐतिहासिक घडीमा आइपुगेका छौँ ।

संविधान बनाउन पहिलो संविधानसभा असफल भए तापनि जनता आफैले आफ्ना अधिकार स्थापित गर्ने अभिलाषाको अन्त्य भएको थिएन । दोस्रो संविधान सभाको निर्वाचनमा जनताद्वारा देखाइएको अभूतपूर्व उत्साह र संलग्नताले यही सत्यलाई प्रकट गरेको थियो । यसर्थ संविधान निर्माणको यो ऐतिहासिक दायित्वबाट यो संविधान सभा विचलिन हुन सक्दैन । यसलाई विचलित हुन नदिन म दृढ सङ्कल्पित छु ।

देशको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, सार्वभौमिकताको रक्षाका लागि यस्तो संवेदनशील घडीमा राष्ट्रिय एकता र मेलमिलापको भावना निरन्तर अभिवृद्धि गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो ।

संविधान निर्माणका विभिन्न वैधानिक र प्रक्रियागत चरण पार गरेको अवस्थामा संविधान निर्माण प्रक्रियाबाट बाहिरिँदा समग्र नेपालको शान्ति, स्थायित्व र समृद्धिलाई समेत असर पर्दछ । यसलाई देश र जनताको हितका लागि समर्पित हामी सबैले आत्मसात गर्नैपर्दछ ।

सङ्घीयता, समावेशिता र समानुपातिक निर्वाचन प्रणालीसहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हाम्रो प्रतिबद्धता हो । संविधानमा आफ्नो सम्पुर्ण चाहना र ईच्छा प्रतिविम्बित होस् भन्ने अभिलाषा सबैमा चुलिनु स्वभाविकै पनि हो । नेपाली जनताको सही भावनालाई संविधानमा प्रतिबिम्बित गर्ने राष्ट्रिय दायित्व र कर्तव्य पूरा गर्न हामी शतत् प्रयत्नशील छौँ ।

नेपाली जनताको आस्थापुञ्ज संविधानसभालाई सफल बनाउनु हामी सबैको राष्ट्रिय जिम्मेवारी हो । संविधानको निर्माण पश्चात मुलुकको विकास तथा जनताको सुख, शान्ति र समृद्धिका लागि हामीले गर्नुपर्ने कार्यको सूची लामो छ । यसर्थ मुलुकमा शान्ति र स्थिरता कायम गर्दै विकासलाई गति दिन पनि हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान यथाशीघ्र जारी गरी विधिको शासन, प्रेस स्वतन्त्रता, जनताको मौलिक अधिकारको प्रत्याभूतिलाई संस्थागत गर्नुपरेको छ ।

संविधान आफैमा एक गतिशील दस्तावेज हो । जनताले चाहेको अवस्थामा र समयले मागेको बेलामा जनताका मूलभूत मौलिक अधिकार, राष्ट्रिय स्वतन्त्रता, अखण्डता, सार्वभौमसत्ता अकाट्य रहनेगरी संविधानमा समयानुकूल संशोधन गर्ने प्रक्रिया खुला रहन्छ ।

यो मान्यतालाई आत्मसात गरी मुलुकको भूराजनीतिक संवेदनशीलता र धरातलीय यथार्थतालाई मनन गर्दै हामी सबै संयमित र एकताबद्ध हुन आवश्यक छ । शान्तिपूर्ण, सुस्थिर र समृद्ध नेपाल नै क्षेत्रीय र विश्व शान्तिको लागि सहयोगी हुने हामी सबैको अटल विश्वास छ ।

संविधान सबैको साझा दस्तावेज हो । यसले सबैको आस्था र विचारलाई प्रतिबिम्बित गर्नुपर्दछ । संविधान निर्माणका क्रममा पहिलो मस्यौदामा देशभरबाट प्राप्त सुझावहरुलाई संशोधित मस्यौदामा समेटिएको छ । संविधानसभा, संवाद समिति र मस्यौदा समितिमा आएका सुझावहरुलाई समेट्दै संविधानलाई पूर्णता दिन संविधानसभा कार्यरत छ ।

संविधान निर्माण प्रक्रिया जारी रहेकोले अझै पनि उपयुक्त सुझावहरुलाई प्रक्रियागत रुपमा नै क्रमशः संविधानमा समेट्ने संभावना टरेको छैन । यसर्थ संवैधानिक हक अधिकारका लागि बहस गर्ने स्थल संविधानसभामा उपस्थित भएर आफ्ना मागहरु राख्न संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई म हार्दिक आग्रह गर्दछु । त्यस्तै संविधानसभा बाहिर रहनु भएका दलहरुलाई आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा पु¥याउन हार्दिक अपिल गर्दछु । हामी अहिले यस्तो जटील र संवेदनशील अवस्थामा छौँ कि एकातिर आफ्ना सबै मागहरु संविधानमा नै समेटिन पर्ने अडान छ भने अर्कोतिर नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको मुलुकमा आपसी एकता, सद्भाव र सौहार्दताको संस्कृतिको जगेर्ना गर्नु पनि उत्तिकै जरुरी छ । परिस्थितिको गाम्भिर्यतालाई सबैले बुझिदिनु हुने मैले विश्वास लिएको छु ।

विशाल विविधतामा अनुपम एकता हाम्रो राष्ट्रिय पहिचान हो । आपसी सहयोग र सद्भावबाट नेपाली समाजमा शदियौँदेखि सामाजिक सामञ्जस्यता र सहिष्णुता कायम हुँदै आएको छ । सहमति, सहकार्य, एकता र मेलमिलापका माध्यमबाटै हामीले मुलुकका सामु उपस्थित जटील समस्याहरुको सामना र समाधान गर्दै पनि आएका छौँ ।

यसै सन्दर्भमा हामी सबैले आफ्ना अधिकार र विचार अगाडि राख्दा अरुको अधिकारको पनि संरक्षण र सम्मानको ख्याल गर्नुपर्ने अनिवार्यता छ ।

यसै परिप्रेक्ष्यमा महिला, मधेशी, दलित, आदिवासी, थारु, जनजाति, मुस्लिम, पिछडावर्ग, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायसहित संविधानमा आफ्नो हकहित संरक्षणका लागि आन्दोलनरत समस्त राजनीतिक दल, समुदाय र सबै पक्षलाई देश र जनताको बृहत्तर हकहितका लागि संविधान निर्माण प्रक्रियामा सहभागी हुन र आफ्ना मागहरूको शान्तिपूर्ण तरिकाबाट समाधानका लागि वार्तामा संलग्न हुन म हार्दिक आग्रह गर्दछु । संवाद र वार्ताका माध्यमबाट समाधान नहुने कुनै पनि समस्या छैन भन्ने कुरामा म विश्वस्त छु ।

राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता, सहमति, सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दैै जनताका मौलिक अधिकार स्थापित गरी आफ्नो भाग्य आफैविश्वस्त छु ।

राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता, सहमति, सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दैै जनताका मौलिक अधिकार स्थापित गरी आफ्नो भाग्य आफै निर्धारण गर्न निर्वाचित सविधानसभा मार्फत संविधान निर्माणको यस महाअभियानमा सरिक हुन म संविधानसभा भित्र र बाहिर रहनु भएका समस्त राजनीतिक दल, जागरुक नागरिक समाज, विद्वत् समुदाय, पेसाकर्मी, व्यापारिक समुदायसहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान राष्ट्रिय एकताको गाँठो बलियो पार्ने, लोकतन्त्रलाई सुदृढीकरण गर्ने र आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्ने ऐतिहासिक र महत्वपूर्ण दस्तावेज हुनेमा म दृढ विश्वस्त छु ।

राष्ट्र हामी सबैको साझा हो । राष्ट्रको कुनै अङ्ग दुख्दा राष्ट्रिय पीडा बन्दछ । यो मर्मलाई आत्मसात गरी सम्पूर्ण नेपाली जनता शान्तिपूर्ण रुपमा मिलेर संविधान निर्माण र देश विकासको कार्यमा एकजुट भएमा मात्रै हामीले भावी सन्ततिका लागि शान्तिपूर्ण, सुस्थिर, लोकतान्त्रिक, समुन्नत र समृद्ध नेपालको सुन्दर भविष्यको निर्माण गर्न सक्दछौँ । धन्यवाद
जय नेपाल
www.etajakhabar.com
काठमाडौं, भदौ ७ । प्रमुख प्रतिपक्षी दल एमाओवादीले सात प्रदेशको मस्यौदाले मुलुकभर देखिएको समस्या समाधान हुन नसक्ने निष्कर्ष निकाल्दै आठ प्रदेशमा समझदारीका लागि सत्ता पक्षलाई आग्रह गरेको छ। चार दलका नेताहरुको आइतवार बालुवाटारमा बसेको बैठकमा थारु,मगर र गुरुङको संयुक्त पहिचान स्थापित हुने गरी आठ प्रदेश बनाएर समस्याको समाधान खोज्न सकिने प्रस्ताव एमाओवादीले अगाडि सारेको छ । आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

आठ प्रदेश बनाउने एमाओवादीको प्रस्तावमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको समर्थन रहे पनि प्रदेशको सिमाङकनमा उनीहरु वीच पनि मतभेद देखिएको छ। फोरम लोकतान्त्रिक झापा,मोरङ,सुनसरी,सप्तरी र उदयपुरलाई मिलाएर एउटा प्रदेश बनाउन चाहन्छ भने एमाओवादीले नवलपरासीदेखि कैलालीसम्म थारुको पहिचान स्थापित हुने गरी प्रदेश बनाउन चाहन्छ।

फोरम लोकतान्त्रिकले तराई मधेश र पहाडी समुदायको मनोबिज्ञान मिलाउने गरी तराई मधेशमा तीन प्रदेशको प्रस्ताव अगाडि सारेको छ।काँग्रेस र एमालेले संयुक्त रुपमा सम्वाद समितिमा पेश गरेको प्रस्तावमा मिलाएको क्लष्टर पनि अहिले नमिलाएकोमा एमाओवादीले आक्रोश व्यक्त गरेको छ।

बैठकमा सात प्रदेशको सिमाङकनलाई सच्याउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस र एमालेका नेताहरु माथि दबाब दिएका थिए। दाहालले नवलपरासीदेखि कैलालीसम्मको थारु बाहुल्य क्षेत्र समेटेर आठ प्रदेश बनाइ थारु आन्दोलन सम्बोधन गर्नु पर्नेमा जोड दिएका थिए। ‘सात प्रदेशसहितको मस्यौदाले समस्याको सम्बोधन र समाधान हुँदैन।

www.etajakhabar.com
काठमाडौँ, भदौ ७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद चित्रबहादुर केसीले २ वर्षमा बन्ने संविधानलाई ८ वर्ष लगाउनुमा सबै राजनीतिक दलहरुको कमजोरी भएको बताएका छन् । जसको पूर्ण जिम्मा ६०१ सभासदले निर्सत लिनुपर्ने उनले बताए । बिबिसी नेपाली सेवाको साप्ताहिक शृखला साझा सवालमा प्रमुख वक्ताका रुपमा बोल्दै संघियता बिरोधी यि नेताले चर्काचर्की नै गरे ।

सो अवसरमा संविधान जारी हुँदैछ, हुँदैछ भन्न लागेको पनि १ दशक भइ सक्यो, तपाइ जनताको सेवक भएका नाताले अब भनिदिनुस् संविधान कहिले आउँछद त भन्ने प्रश्नमा नेता केसीले संविधानको मिति तोकेर मलाई उल्लु बन्नु छैन भन्दा कार्यक्रम स्थल हाँसोले गुञ्जीएको थियो । उनले आफु संविधानसभामा सानो दलको हैसीयतमा रहेको र आफुले आफ्ना तर्फबाट आवाज उठाइरहेको समेत जिकिर गरे ।

तर संविधान प्राविकधिक विषय भएकाले यसको कुनै समय र सिमा आफुले तोकेर उल्लु हुन नचाहेको बताए । एक फरक प्रशंगमा नेता केसीले चौतारीमा बर हैन स्वामी छ,संघीयताले बनायो रमीता भन्ने उखानलाई आफुले संविधानसभामा भन्दा नेताहरुले अटेर गरेको र अहिले आएर यो चरीतार्थ भएको बताए ।

www.etajakhabar.com
काठमाडौं, भदौ ७ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा  गोविन्द केसी आज अपराह्न्न पछि आमरण अनशन बस्ने भएका छन् । यो उनको छैटौँ आमरण अनशन हुनेछ । चिकित्सा शिक्षा नीतिसम्बन्धी डा. केदारभक्त माथेमा नेतृत्वको कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनको माग गर्दै उनी अनशन बस्न लागेका हुन् ।

इमान्दारीता र नैतिकता कतै पनि नबचेकाले फेरी आमरण अनशनमा जानुको विकल्प नरहेकाले अनशन थालेको उनले ताजा खबरलाई बताए । प्रतिवेदन कार्यान्वयनका लागि पटक–पटक दिएको समयसीमा भित्र पनि सरकारले प्रतिवेदन कार्यान्वयनमा चासो नदेखाएको भन्दै उनी अनशन बस्ने भएका हुन् ।

केसीले गत साउन ८ गते सरकारलाई ६ सूत्रीय मागसहित अल्टिमेटम दिएका थिए । तर उनका माग पुरा नभएपछि फेरी यस्तो अप्रिय निर्णय लिन बाध्य भएको जनाएका छन् ।

www.etajakhabar.com
काठमाडौँ ७ भदौं । सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने अभियुक्त सञ्जय इस्माली मगरलाई साउदीबाट नेपाल ल्याइएको छ । मन्त्री बन्ने सपनामा आफूले बमलाई गोली हानेको उनले बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले खबर लेख्नुभएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मगरलाई साउदी अरेबियाबाट पक्राउ गरी आइतबार नेपाल ल्याएको हो । उनले प्रहरीसँग न्यायाधीशको हत्या गरेपछि चुरे भावर पार्टी सरकारमा जाने र त्यसपछि मन्त्री बन्न पाइने आश्वासनमा बमलाई गोली हानेको बताएका छन् । ‘बाबु थापाले न्यायाधीशलाई मारेपछि म ठूलो मन्त्री हुन्छु, तँलाई मन्त्री बनाउँछु भनेको थियो,’ पक्राउ गरेर ल्याएपछि मगरले भने, ‘मन्त्री बनेपछि प्रशस्तै पैसा पनि कमाइने प्रलोभनमा परेर गोली हानेको हुँ ।’ चुरे भावर पार्टीका नेता बाबु थापा भनिने मेघबहादुर थापाको योजनामा न्यायाधीश बमको १८ जेठ ०६९ मा ललितपुरको युएनपार्कनजिकै गोली हानेर हत्या भएको थियो । बंगलामुखी मन्दिर दर्शन गरी कार्यालयतर्फ जानेक्रममा उनी चढेको गाडी रोकेर गोली हानिएको थियो । बमलाई गोली हान्नेमध्ये प्रमुख व्यक्ति मगर भएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लले बताए । ‘गाडी रोकेपछि पिएसओले छेक्न खोज्दा पिएसओलाई नै गोली हानी घाइते बनाएर न्यायाधीशमाथि सञ्जयले गोली हानेका थिए,’ डिआइजी मल्लले भने । चुरे भावर पार्टीको आधिकारिता विवादमा न्यायाधीश बमले आफूलाई हराएको प्रतिशोध लिन थापाले उनको हत्या गर्ने योजना बनाएका थिए । बमको हत्या गरेपछि पार्टी चर्चित हुने र आफूहरू मन्त्री बन्ने योजना थापाले बनाएको र त्यही योजनामा लागेर बमलाई गोली हानेको मगरले बताएका छन् । तर, बमको हत्यापछि मगरले जागिरसमेत नपाएपछि वैदेशिक रोजगारीमा २८ मंसिरमा साउदी अरेबिया गएका थिए । त्यहाँ ट्रकड्राइभर भएर उनले काम गर्दै आएका थिए । नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा कूटनीतिक पहल गरी मगरलाई साउदीबाट नेपाल ल्याएको हो । नेपाल प्रहरीको आग्रहमा साउदी प्रहरीले गत चैतमा मगरलाई पक्राउ गरेको थियो । त्यहाँको अदालतले डिपोर्ट गर्न अनुमति दिएपछि नेपाल प्रहरीको टोली साउदी गएर उनलाई ल्याएको हो । विदेशमा भएकाले आफूलाई प्रहरीले पक्राउ गर्न नसक्ने भन्दै मगर ढुक्क थिए । पक्राउ गरेर नेपाल ल्याउँदा पनि उनी दु:खी देखिएनन् । प्रहरी कार्यालयमा हाँसी–हाँसी नै उनले आफ्नो अपराधको नालीबेली खुलाए । घटनाबारे प्रमुख अभियुक्त थापाले भनेको कुरासँग उनले भनेको कुरा मिलेको सिआइबीका इन्स्पेक्टर दधि न्यौपानेले बताए ।ww.etajakhabar.com
काठमाडौँ, भदौ ७ । यौन मानिसको नैसर्गीक आवश्यकता हो । यौनलाई छुटाएर मानिसको जिवनको कल्पना पनि गर्न सकिदैन । तर आफ्नो पार्टनरसँग यौन सम्बन्ध राख्ने सही समय र वातावरणले यौनलाई थप रोचक र उत्साहित बनाउँछ । त्यतिबेला यौनका फाइदै फाइदा हुन्छन् । तर कहीले काँही यौनको प्यासमा हतारीदा यौन जोडीले ज्यान समेत गुमाउनु परेका उदाहरणहरु प्रशस्तै छन् ।

जसको पछिल्लो उदाहरण बनेको छ फ्रान्सको एक यौन जोडी । उक्त जोडीले एक ऐतिहासिक किल्लामा सेक्स गर्ने क्रममा  पर्खालबाट चिप्लिँदा ज्यान गुमाउनु परेको द इंडिपेंडेनले लेखेको छ ।  उक्त पत्रिकाका अनुसार उक्त जोडीले  आर्किपेलागो द्वीपमा रहेको वॉबान किलाको वलमा बसेर सेक्स गर्ने क्रममा झन्डै ४० फुट गहिरो खाडलमा खसेको उल्लेख गरेको छ ।

भक्तपुर : भक्तपुरको हनुमन्ते खोलाले आइतबार साँझ १० वर्षीय एक बालकलाई बगाएको छ ।

भक्तपुरको बङ्शगोपालबाट बाराही हुँदै सूर्यविनायक जाने सडकमा रहेको हनुमन्ते खोला किनारामा खेल्दै गरेको भक्तपुर नगरपालिका–१६ बङ्शगोपालका भानुभक्त शिवाचार्यका १० वर्षका छोरा ईशान शिवाचार्यलाई खोलामा आएको बाढीले बगाएको हो ।

खोलाको बाढी बढेर सडक किनारासम्म आइपुगेको र खेल्दै गरेको बच्चा लडेर खोलामा खस्दा बगाएको अर्को बालकले बताएपछि घटनाका बारेमा परिवारले थाहा पाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिए ।

बालकको खोजी गरेपनि हालसम्म नभेटिएको उनले जानकारी दिए । राससwww.annapurnapost.com
काठमाडौं । छोरीको विवाहको खर्च भन्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारी प्राधिकरणमा विभिन्न आयोजनामा काम गर्ने ठेकेदारहरुसँग पैसा मागेर हैरान पार्ने गरेकी उर्जामन्त्री राधा ज्ञवालीले एउटै ठेक्काबाट २६ करोड पचाउने डरलाग्दो निर्णय गराएकी छिन् ।
आजको देशान्तर साप्ताहिकमा खबर छ गत शुक्रबार नेपाल विद्युत प्राधिकरणको बसेको ७१८ औं बैठकबाट मन्त्री ज्ञवालीले सोलु करिडोरको प्रसारण लाइन निर्माणको ठेक्का सबैभन्दा सस्तोमा बोलपत्र पेश गरेको कम्पनीलाई छोडेर दोस्रो नम्बरमा रहेको पहिलोभन्दा २६ करोड बढी रकम प्रस्तावन गर्ने कम्पनीलाई दिने विवादास्पद निर्णय गराएकी छन् ।
वुधबार बसेको प्राधिकरणको बैठकमा यस विषयलाई उर्जा मन्त्री राधा ज्ञवालीले प्रवेश गराउँदा लामो विवाद भएको थियो ।
पहिलो स्थानमा रहेको ज्यागुर ओभरसिज एण्ड बिएस लिमिटेडले टेन्डर डकुमेन्टमा उल्लिखित सम्पूर्ण विधि र प्रक्रिया गर्दा पनि उसलाई अयोग्य ठहर्याएर २६ करोड महंगो प्रस्ताव गर्ने मोहन इनर्जीलाई दिंदा अख्तियार धाउनुपर्ने भन्दै संचालक समितिका सदस्यद्धय उर्जासचिव राजेन्दकिशोर क्षेत्री र सन्तोषनारायण श्रेष्ठले बैठक पुस्तिमा नोट अफ डिसेन्ट नै लेखेका छन् ।
भारतको लाइनअफ क्रेडिट अन्तर्गत सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको टिंगलासम्म १३२ केभी करिब ९० किलोमिटर डबल प्रसारण लाइन र टिंगलामा १३२/३३/११ केभिएको सबस्टेसन निर्माणको सो आयोजनाको ठेक्कापट्टामा चयन भएको परामर्शदाता ल्यामेहर इण्डियाले टेन्डरको मूल्यांकनमा सबैभन्दा कम मूल्य प्रस्ताव गरेको ज्यागुअर ओभरसिज एण्ड बिएस लिमिटेलाई नियोजित रुपले सारभूत प्रभावकारी नबनाइएको संचालकहरुको दाबी छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको विषयलाई लिएर गगन थापासहितका नेपाली कांग्रेसका सभासदहरु राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् ।
कांग्रेस सभासदहरु गगन थापा, जगदिशनरसिंह केसी, भीमसेन दास प्रधान र धनराज गुरुङ शुक्रबार नै मानवअधिकार आयोगमा पुगेका थिए । आइतबार घैंटेका आफन्तले घटनाको छानविन गर्न माग गर्दै अयोगमा पुगेका छन् ।
गुण्डा नाइके घैंटे बिहीबार प्रहरी इन्काउन्टरमा मारिएका थिए । घटना लगतै कांग्रेस सभासद केसीले प्रहरीले मारेको भन्दै जुलुस लिएर शिक्षण अस्पताल पुगेका थिए ।
घैंटेको नियोजित रुपमा हत्या गरेर इन्काउन्टरको नाम दिएको भन्दै घटनाको छानविन गर्नु पर्ने सभासद भीमसेनदास प्रधानले अनलाइनखबरले बताए । ‘हामीले आयोगमा कुमारले सुरक्षा माग गरेकोबारे बुझ्न गएका थियौं’ सभासद प्रधानले भने-‘आज परिवारले छानविनको माग गर्दै निवेदन दिएको छ ।’
सभासद र कुमारको परिवारले छानविनको माग गरेकोबारे बुझ्न खोज्दा मानवअधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले यसबारे अध्यक्षसँगै बुझ्न आग्रह गरिन् ।
www.onlinekhabar.com
भदौ
पटक–पटकको पक्राउ र रिहाईको लुकामारीपछि ‘इन्काउन्टर’
ठ्याक्कै १० वर्षअघि काठमाडौं सहरको मध्यभागमा अवस्थित बागबजारको सो गर्ल नामक रेस्टुराँको छतबाट बाटोमा रोकिराखेको प्रहरीको गाडीमा बियरको बोतल र इँटा प्रहार भयो । गाडीको सिसा फुट्यो र अन्यत्र सामान्य क्षति भयो ।

प्रहरीको गाडीमा आक्रमण गर्ने त्यतिबेला भर्खरै जन्मिएको कुमार श्रेष्ठ घैटेको आपराधिक समूह थियो । खासमा अर्को अर्थात प्रतिस्पर्धी समूह काभ्रेलीका केटाहरु ठानेर घैटेको समूहले माथिबाट आक्रमण गरेको थियो । तर, त्याहा प्रहरी अपराध महाशाखा (केरकार) का निमित्त प्रमुख प्रहरी नायम उपरीक्षक (डीएसपी) सर्वेन्द्र खनालको टोली थियो ।
प्रहरी भएको सुईको पाएपछि घैंटेको समूह भाग्यो । पछि घैंटे समूहले केस सामसुम पार्‍यो । १२ वर्षमा खोलो फर्किन्छ भनेजस्तै प्रहरीमाथि आक्रमण गर्ने तिनै घैंटे महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीकै गोलीले मारिए, ३ भदौमा । संयोग कस्तो प¥यो भने उतिबेला महाशाखाका निमित्त प्रमुख रहेका खनाल अहिले त्यसका प्रमुख छन् ।
प्रहरीमाथि नै आक्रमण गरेर चर्चामा आएको घैंटेको समूह त्यसयताको एक दशक अपराधको दुनियाँमा जगजगी मच्चाउन सफल भयो । बाँच्दा अपराध कर्मबाट जसरी चर्चामा रहे, प्रहरी भिडन्तमा मारिएपछि पनि गुमनाम भएनन् ।
एक वर्षअघि महाशाखाकै टोलीसँगको इन्काउन्टरमा नेकपा एमालेनिकट गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ मारिएपछि नै घैंटेले आफूलाई असुरक्षित महसुस गरिरहेका थिए । त्यही भएर उनी चरी मारिए लगत्तै मलेसिया हानिए ।
त्यसपछि भारतको नयाँ दिल्लीमा काँग्रेस आईका स्थानीय नेताको संरक्षणमा बिताए । गत बैशाखको महाभूकम्पका बेला घैंटे भूकम्पपीपिडतलाई राहत दिन समाजसेवीको आवरणमा नेपाल आएका थिए । तर, उनले राहत होइन आहत दिए ।
घैटेले व्यवसायीसँग राहतका लागि भनेर जबरजस्ती रकम असुलेका थिए । पेस्तोल देखाएर राहत माग्ने र गाउँगाउँ पुगेर बाँड्ने गरेको प्रहरीको भनाई छ । महाशाखाका एसएसपी खनाल भन्छन्, ‘समाजसेवाको आवरणमा धेरै मानिसलाई दुःख दिएको रहेछ ।’
निर्माण व्यवसायी, अस्पताल सञ्चालक, म्यानपावर र घरजग्गा व्यवसायीलाई घैंटेले धम्क्याएर रकम असुल्ने गरेका उजुरी समेत महाशाखामा आउन थालेका छन् ।
केही समयअघि मात्रै घैंटेको समूहले गजुरमुखी कन्स्ट्रक्सनमार्फट वीरगञ्जमा एक करोड रुपैयाँको ठेक्का हात पारेको थियो । उक्त ठेक्का घैंटेले धम्क्याएर आफ्नो फर्मलाई पारेको प्रहरी बताउँछ । घैंटेले सामाखुसी र गोंगबु क्षेत्रमा व्यवसायीबाट असुली गर्थे ।
एक वर्षअघि चरी मारिएपछि नयाँबजार क्षेत्रमा समेत असुली क्षेत्र विस्तार गरेका थिए उनले । प्रहरी विवरण अनुसार घैंटेले सामाखुसी र गोंगबु क्षेत्रका हरेक विद्यालय, कलेज, म्यानपावर, तरकारी पसल र कवाडी गोदामहरुबाट मासिक १० प्रतिशत रकम संकलन गर्न केटाहरु परिचालन गरेका थिए ।
जसमध्ये सात प्रतिशत घैंटे आफैले राख्थे भने बाँकी परिचालित केटाहरुलाई बाँड्थे । ‘धेरै मान्छे मुख खोल्न डराउँछन्, तर उनीहरुबाट रोएर बाँचेकाको संख्या ठूलो छ,’ खनाल भन्छन् । घैंटेले निर्माण व्यवसायी महासंघ र निर्माण कम्पनीबाट छुट्टाछुट्टै कुल ठेक्कापट्टाको ०.२५ प्रतिशत हिस्सा लिने गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कन्स्ट्रक्सनले बाग्मती करिडोर निर्माण, गोंगबु–गल्कोपाखा सडक, कालीमाटी–कीर्तिपुर सडक पिच गर्ने, बबई सिँचाई आयोजना र जनकपुर–बर्दिबास रेलवे निर्माणको ठेक्का लिएको छ ।
प्रहरी अनुसन्धानबाट यी ठेक्का लिन घैंटेको समूहले अन्य प्रतिस्पर्धी कम्पनीलाई ठेक्कामा भाग लिने प्रक्रियाबाटै रोकेको पत्ता लागेको थियो ।
‘सके प्रतिस्पर्धामा आउनै नदिने, त्यहाँसमेत रोक्न नसके ठेक्का पाएका कम्पनीबाट प्रतिशत लिने गरेको देखियो,’ खनालले अनुसन्धानबाट निस्केको निश्कर्ष सुनाए ।
घैंटे मारिएको भोलिपल्ट ४ भदौमा टेकुस्थित महानगरीय प्रहरी परिसरमा गोंगबुका एक होटल व्यवसायी प्रहरीले दुई हात जोडेर धन्यवाद दिइरहेका थिए । उनी भनिरहेका थिए, ‘पेस्तोल ताकेर पैसा मागेपछि नदिएर के गर्ने ? कसलाई भन्ने ? कसले दिन्छ सुरक्षा ?’
यस्ता गुनासा धेरै भएपनि व्यवसायी प्रहरीकहाँ उजुरी दिन जाँदैनन, कुनै पनि बेला निसानामा परिने डरले । घैंटे मारिएपछि भने केही लिखित उजुरी आएका छन् तर नाम गोप्य राख्ने सर्तमा ।
‘अझैपनि उसका केटाहरु छन् । हामीलाई भोलि अप्ठ्यारो पर्न सक्छ’ त्यस्ता व्यवसायीको भनाई उदृत गर्दै खनाल भन्छन् । जबरजस्ती रकम असुल्न थालेपछि प्रहरीले राजधानीका गुण्डा समूहविरुद्ध विशेष टोली परिचालन गरेको थियो । हतियारसहित घुमेर यस्ता समूहले व्यवसायीलाई टार्गेट गरेको सुराक महाशाखामा दुई महिनाअघि नै पुगेको थियो ।
त्यही अप्रेसनको सिलसिलामा घैंटेसँग इन्काउन्टर भएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले नियमित चेकजाँचका क्रममा घैंटेले फायरिङ खोलेपछि जवाफी कारबाहीमा मारिएको स्रोतले दावी गरेको छ ।
तर, घैंटेकाम आफन्त र नेपाली काँग्रेसका उनीनिकट सभासदहरुले भने त्यसलाई हत्याको संज्ञा दिएका छन् । जसले गर्दा घैंटेको मृत्यु यसअघि इन्काउन्टरमै मारिएका भनिएका दिनेश अधिकारी चरी काण्डजस्तै विवाद र बहसमा तानिएको छ ।
अपराधको संसारमा निर्धक्क सयर गर्दासमेत राजनीतिक नेता र प्रहरीकै कतिपय उपल्ला अधिकारीको संरक्षणका कारण घैंटेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको थिएन प्रहरीले ।
पटक पटक पक्राउ र रिहाईको लुकामारीले खाजित भइसकेको थियो प्रहरी । त्यसैले प्रहरी कुख्यात अपराधीहरुलाई इन्काउन्टर गर्ने निर्णयमा पुगेको हुनसक्छ ।
तर, यसले इन्काउन्टरका नाममा प्रहरीले जोसुकैलाई गोली हान्न सक्ने खतरा रहेको अपराधशास्त्रमा दक्खल राख्ने अधिवक्ता रजितभक्त प्रधानांग बताउँछन् । भन्छन्, ‘कानुनभन्दा प्रहरीमाथि छ भन्ने सन्देश गएमा त्यसले अर्को संकट निम्त्याउन सक्छ ।’
आफ्नो फेसबुक स्टाटसमा कुमार घैंटेले लेखेका छन्, ‘भूकम्पपछिको नयाँ जीवन । नयाँ सोच, नयाँ जोसका साथ अब बाँकी भएको जिन्दगी यो मेरो देशका लागि । जय नेपाल ।’
तर उनलको नयाँ सोच र जोस पुरानै स्वरुपमा दोहोरिएकाले हुनसक्छ, देशका लागि भन्दा पनि आपराधिक कर्मका लागि बढी उर्जाशील बन्यो र अन्ततः प्रहरीको गोलीको सिकार भए । नेपाल साप्ताहिकबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं ।
नेपालमा राजनीतिमा अपराधीकरण र अपराधीको राजनीतिक करण कति विघ्न स्तरमा छ भन्ने कुरा त विगत १ वर्षको अवधीमा प्रहरीले २ चर्चित गुण्डा नाइकेको इन्काउन्टर गरेपछि सतहमा आएको छ । यति हुँदा हुँदै पनि राजनीतिक संरक्षणकै भरमा गुण्डाहरु बँच्न सक्दैनन् भन्ने पुष्टी चाँही प्रहरीको कारवाहीले गरेको छ । गत वर्ष एमाले निकट डन दिनेश अधिकारी ‘चरी’ प्रहरीसँग मुठभेडमा मारिएपछि कम भएको गुन्डागर्दी फेरि मौलाउन खोजेको समयमा प्रहरीले अर्का कांग्रेस निकट डन कुमार लामा घैंटेलाई तह लगाइदियो ।


घैंटेलाई प्रहरीले राजधानीमै शिकार बनाएपछि यहाँ राजनीतिक आड लिएर गुण्डागर्दी गर्दै आएका अन्य डनहरु पनि भागाभाग हुने संकेत देखिएको छ । तर कतिपयलाई भने उच्चस्तरको राजनीतिक संरक्षणको भरोसा रहेको पनि देखिन्छ । राजनीतिक संरक्षणमा पनि सुरक्षित हुने सुनिश्चित नभएपछि कतिपय डनहरुले देश छोड्ने तयारी गरेका चर्चा पनि चलेका छन् ।


सम्पति सुद्धीकरण विभागबाट मुद्धा परेर अकुत सम्पति कमाउने सूचीमा परेका डनहरु

लामो समयदेखि ठूला व्यापारिक घराना, निर्माण व्यवसायीदेखि विभिन्न व्यवसायमा संलग्न रहेका व्यक्तिहरूलाई तर्साएर आफ्नो धन्दा चलाउँदै आएका डनहरू प्रहरी आफूहरूमाथि आक्रामक ढंगले प्रस्तुत भएपछि नेपाल छोड्ने तयारीमा लागेका हुन् । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले घैंटे मारिएपछि कुनै पनि गुण्डाले दुःख दिएको भए आफूहरुलाई खवर गर्न आग्रह गरेका थिए । प्रहरी श्रोत भन्छ- ‘प्रहरीले जुनसुकै पार्टीको संरक्षणमा रहेको भए पनि समाजमा आतंक मच्चाउने डनहरूलाई अब पालैपालो इन्काउन्टर गर्ने रणनीति बनाएपछि गुण्डाहरू पलायन हुने अवस्थामा पुगेका छन्’ । गुण्डाहरुको सम्पर्क राजनीतिक शीर्ष तहमा मात्र होइन कतिपय प्रहरी अधिकारीहरुसँग समेत रहेको भन्ने तथ्यबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गुण्डा सञ्जाल
अहिले राजधानीमा गुण्डा गर्दी गर्ने ठूला डनहरुमा दीपक मनाङे, गणेश लामा, राजु गोर्खाली, मिलन चक्रे, साजन महर्जन, बाघे लामा, माइला लामा, रोज राणा, मिनकृष्ण महर्जन, बिश्वक्रान्तिहरु मानिन्छन् । काठमाडौं उपत्यकामा प्रहरी तथ्यांकले गुण्डाहरुको संख्या करिव दुई सय देखाएको छ । प्रहरीका अनुसार उनीहरु विभिन्न समूहमा आबद्ध रहेर आपराधिक गतिविधिमा संलग्न छन् । हत्या अभियोगमा दुई बर्ष कैद भुक्तान गरी छुटेका राजु गोर्खालीमातहत सबैभन्दा बढी तीन दर्जन गुण्डा संगठित छन् ।

विजय कुमार गच्छदारको राजनीतिक संरक्षण पाएका काभ्रेली समूहका नाइके गणेश लामा सदस्यका आधारमा दोस्रो नम्बरमा छन् । उनको नेतृत्वमा पनि करिव तीन दर्जन गुण्डा सक्रिय रहेका छन् । चक्रे भनिने मिलन गुरुङको समूहमा करिव ३५ गुण्डाहरु सक्रिय छन् । त्यस्तै संख्याका आधारमा बाघे लामा चौथौ नम्बरको नेतृत्वकर्ता देखिन्छन् । उनको समूहमा ११ सदस्य छन् । पाँचौ नम्बरको नेतृत्वकर्ता डाक्टर भनिने प्रवीण प्रधान छन् । उनको समूहमा निरज चित्रकार, रोमिन श्रेष्ठ, रघु राजभण्डारी, प्राचीन श्रेष्ठ, काजीमान श्रेष्ठ, पूर्ण गुरुङ, राजन लामा, निरज श्रेष्ठ, सन्जु श्रेष्ठ र महेन्द्र रन्त शाक्य गरी १० सदस्य छन् ।

छैटौ नम्बरको नेतृत्वकर्ता मिननकृष्ण महर्जन हुन् । उनको क्षेत्र पाटन हो । त्यसपछि चरीकै नामले चिनिने अर्का गुण्डा हुन्, विज्ञान श्रेष्ठ । त्यसपछि मनोज तुलाधर, महारानी डंगोल, मनोज श्रेष्ठ, सोल्टी गुरुङ, भरत श्रेष्ठ, सुनील कामी, दीपेन्द्र अधिकारी, आकाश श्रेष्ठ, सुमनरत्न शाक्य, समिर बस्नेत, सुदर्शन थापामगर, सुजन गुरुङ, सागर श्रेष्ठ, सुदीप थुलुङलगायत छन् ।

चर्चामा रहेका गुण्डासँग कुन राजनीतिक पार्टीको साइनो ?

चरी एमाले, घैंटे कांग्रेस

नेपाली राजनीतिमा गुण्डा र राजनीतिज्ञहरुको सम्बन्ध बुझिनसक्नु गहिरो छ । कुख्यात गुण्डाहरु कुनै न कुनै राजनीतिक नेताको संरक्षणमा छन् । गत वर्ष चरी मारिएपछि नेकपा एमाले धादिङका सभासदहरु संसदमा उफ्रिए । किन भने चरी गुण्डा मात्र होइन एमालेका जिल्ला नेता नै थिए । कुख्यात गुण्डा भनेर प्रहरी इन्काउन्टरमा परेका दिनेश अधिकारी चरीलाई एमालेले झण्डा ओडाएर विदाइ गरेको थियो । एमाले अध्यक्ष केपी ओलीले चरीलाई गोली लाग्दा उनलाई गोली हान्ने कुनै सन्त नभएको भन्दै चरीको बचाउ गरेका थिए । तर ओली निकट बामदेव गृहमन्त्री भएकै समयमा चरीको अन्त्य हुनुलाई अनौठो संयोग मानिएको थियो ।



कुमार घैंटे मर्दा सबैभन्दा बढी तनाव नुवाकोटमा राजनीति गर्ने नेपाली कांग्रेसका अर्जुननर सिंह केसी र उनका दाजु जगदिशश्वरनरसिंह केसीलाई भएको देखियो । उनीहरुले गृहमन्त्री बामदेव देखि प्रहरीलाई हत्यारा भन्ने समेतका तथानाम टिप्पणी गरे । कांग्रेसका २ सभाषद भीमसेन दास प्रधानले उनलाई सहिद घोषणा गर्न संसदमै समेत माग गरे । घैटेको मृत्युपछि कांग्रेसका नेता तथा कार्यकर्ता ठूलो संख्यामा महाराजगन्जस्थिति शिक्षण अस्पतामा पुगेर प्रदर्शन गरे । उनीहरुले प्रहरीलाई हत्यारा भन्दै नारावाजी पनि गरे ।

कुमार घैटेँ - घटनास्थल



घैंटेसँगै शिक्षामन्त्री चित्रलेखा याादव र सभाषद जगदिश्वरनरसिंह केसी

दिपक मनाङे
राजधानीका पुराना गुण्डा नाइके दिपक मनाङेका चेलाहरुले उनलाई उछिनेको चर्चा पुरानो भैसक्यो । २ दशक अघि देखि नै राजधानीको ठमेल क्षेत्रवर पर पकड क्षेत्र बनाएर काम गर्ने दिपक मनाङ्गेको क्षेत्रमा अन्य डनहरुले भागबण्डा गरिसकेका छन् । मनाङेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको संरक्षण प्राप्त थियो ।



उनीमाथि पनि सम्पत्ति शुद्धीकरण विभागले गुन्डागर्दीमार्फत १४ करोड ७४ लाख ३१ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति जोडेको भन्दै मुद्धा दायर गरेको थियो । तर उनी तीन महिना जेल बसेपछि २ करोड ९० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । पछिल्लो समयमा मनाङे संघीय लोकतान्त्रिक पार्टीमा आवद्ध रहेको बताइन्छ ।

गणेश लामाः विजय कुमार गच्छदार
सिन्धु पाल्चोक देखि काभ्रे सम्मलाई आफ्नो कार्यक्षेत्र बनाएर रक्त चन्दनको कारोबारबाट चम्किएका गणेश लामा कुनै बेला अर्का डन दिपक मनाङेका सहयोगी मात्र थिए । रक्तचन्दन र रात्रीकालीन व्यवसायबाट आर्थिक रुपमा बलियो बनेका गणेश लामाले विस्तारै दिपकलाई छोडे र राजनीतिक संरक्षण लिए । उनी तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारसँग हिमचिम बढाउँदै उनकै पार्टीको नेता बनेर चुनावमा उम्मेदवार समेत बने ।

राजनीतिक बैठकमा सहभागी हुँदै कुमार लामा

विजय कुमार गच्छदारको संरक्षणमा रहेका लामा सँग सम्पत्ति शुद्धीकरण विभागले २७ करोड अवैध सम्पत्ति जोडेको भन्दै विशेष अदालतमा मुद्धा हालेको थियो । उनी उक्त मुद्धामा ३ करोड धरौटी बुझाएर रिहा भएका हुन् ।

मिलन चक्रेः एमाले
चक्रे मिलनलाई एमाले निकट नेताहरुको संरक्षण रहेको बताइन्छ । उनको एमालेका पूर्व मन्त्री प्रदिप नेपालसँग विशेष साइनो छ । पछिल्लो समयमा उनले राजनीतिमा आउन चाहेको बताएका थिए ।

एमालेको चुनावी कार्यक्रममा अतिथि बन्दा उनले २ लाख तिरेको चर्चा चलेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले ७ करोड ८ लाख रुपैंया अवैध सम्पत्ति जोडेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो । तर उनले १ करोढड धरौटी तिरे जेलमुक्त भए ।

सुजन पौडेल ‘बाहुन डन': एमाले
बाहुन डन भनेर चिनिने सुजन पौडेल एमालेको जिल्ला राजनीति गर्ने ब्यक्ति हुन् । उन त उनी अहिले जेलमा छन् तर पनि उनको चर्चा सेलाएको छैन । उननलाई गत वर्ष गत असारमा भारतको लखनउबाट महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले लागूऔषधसहित पक्राउ गरेर थुनामा पठाएको थियो ।

परशुराम बस्नेतः एमाले
सम्पति सुद्धीकरण विभागले गुण्डागर्दीबाट पैसा कमाएको भनेर छानविन गर्नेमा परेका विराटनगरका डन परशुराम बस्नेत एमालेका नेता नै हुन् । उनी युवासंघका केन्द्रीय सदस्य मात्र होइन अध्यक्ष ओली र उद्योग मन्त्री महेश बस्नेतका प्रिय पात्र हुन् ।


बस्नेत पूर्वाञ्चल क्षेत्रका चर्चित गुन्डा नाइके हुन् । गुण्डा गर्दी गरी ११ करोड ६१ लाख ४१ हजार बराबरको सम्पत्ति कमाएको मुद्धा परेपछि उनले विशेष अदालतमा दुई करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं - ओरालो लागेको हरिणलाई सबैले खेद्छन् भने जस्तै भएको छ अहिले गायिका ज्योति मगरलाई । पछिल्लो समयमा विभिन्न कारणले चर्चामा आएकी ज्योतिमाथि प्रहार गर्नेको संख्या पनि बढ्दो छ । ज्योतिको स्वरमा भद्धा अश्लील तीज गीत आएपछि ज्योतिको सर्वत्र आलोचना शुरु भएको हो ।

तीजको नाममा यसरी विकृति ल्याउँनेहरुप्रति अर्की नायिका झरना थापाले कडा टिप्पणी गरेकी छिन् । ज्योति मगरको प्रस्तुतिबारे प्रतिक्रिया दिदै नायिका थापाले भनिन्–भद्धा दृश्यहरु प्रस्तुत गरेर मात्र पनि नयाँपन दिन्छु भन्नु मुर्खता मात्रै हो । अहिले नेपाली तिज गीत संगीतमा नयाँपन ल्याउने हिसाबले थालिएको प्रयास एक हिसाबले सकारात्मक भएतापनि त्यसलाई ‘युनिकनेस’ दिन कला आवश्यक पर्ने उनको धारणा छ ।

त्यसैले गीतको भावअनुसार दृश्य, शब्द छनौट र त्यसले भोलिका दिनमा के कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरालाई निर्माता निर्देशक, अभिनय गर्ने कलाकार सबैले ख्याल गर्नु जरुरी रहेको नायिका थापाको सुझाव छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, भदौ ६– कर्णाली विशेष स्वायत्त प्रदेशको माग गर्दै भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएका आन्दोलनकारीलाई सहिद घोषणा गर्न मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले माग गरेको छ
यही श्रावण ३१ गते जुम्ला जिल्लाको सदरमुकाममा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि घाइते भएका उनको उपचारको क्रमा काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
माओवादी महासचिव रामबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तीमा मृतकको मृतकलाई सहिद घोषणाको माग सहित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बिराटनगर ६ भदौ, । म आज यहीँबाट गृहमन्त्री बामदेवलाई चुनौति दिन्छु, मलाई आतंककारी सावित गर, जे पनि सजाय भोग्न तयार छु, नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आइतवार विराटनगरमा भने म होइन आतंकबादी, बरु मान्छेको टाउकोमा बन्चरो हान्ने बामदेव आतंककारी हुन् । आफ्नो आन्दोलनमा मरे ५० लाख दिने संयुक्त मधेशी मोर्चाको निर्णयलाई ब्यवस्थापिका संसदको बैठकमा गृहमन्त्री गौतमले अन्तराष्टिय आतंकबादी संस्थाको जस्तो निर्णय बताएपछि आक्रोसित बनेका महतोले यस्तो अभिब्यक्ति दिएका हुन् ।

गृहमन्त्री गौतमलाई आतंककारी प्रमाणति गर्न चुनौति दिदै उनले भने जसले जीवनभर कुनै हत्या र हिंसाको बाटो रोजेको छैन उसैलाई आतंकारीको बिल्ला भिराइदैछ । बरु म सोध्न चाहान्छु बामदेवले कति मान्छे मारे ।
बिराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा महतोले सम्प्रदायिकताको कुरा आफुहरुले सुदुर पश्चिममा गएर नगरेको बताए । उनले भने टीकापुरको टेप सुनेर हामीलाई आतंकवादी हुन्, सम्प्रादायिकता फैलाए भन्छन् भने म चुनौती दिन्छु, प्रमाणित गरियोस्, राजेन्द्र महतोले कहाँ आतकवादी कुरा गर्‍यो ? कहाँ सम्प्रदायिकताको कुरा गर्‍यो ?’
अधिकारका लागि लड्न आग्रह गर्नु अपराध हो भने त्यो स्वीकार्य भएको उनले बताए । महतोले भने यदि अधिकारका लागि लड्न आग्रह गर्नु अपराध हो भने २५ वर्षदेखि यस्तो अपराध गरिरहेको छु, जीवन भर गरिरहन्छु ।’
पैसासँग जीवनलाई तौलन नहुने भन्दै महतोले मधेसी मोर्चाको निर्णयको बचाउ गरेका छन् ।  उनले भने(‘५० लाख त के, ५० करोडमा पनि कुनै पनि नागरिक साहदत हुन सक्दैन ।’ उनले थपे ‘पैसालाई जीवनसँग तौलन हुँदैन । यो मान्यतालाई सबैले बुझ्नुपर्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
राजधानीको भृकुटीमण्डपमा चलिरहेको १९ औं अन्तर्राष्ट्रिय पुस्तक मेलामा महेश पौड्यालकृत उपन्यास ‘तादी किनारको गीत’ को विमोचन गरिएको छ । मुलतः साहित्यिक समिक्षक तथा अनुवादकको रुपमा

चिनिएका पौडेलको पहिलो उपन्यास अभिनेत्री रेखा थापाले शनिबार विमोचन गरेकी हुन् ।

कृति विमोचनपछि लेखकलाई शुभकामना दिँदै थापाले भनिन्,‘किशोर अवस्थामा खासै साहित्य नपढ्ने स्वभावको म अचेल खुब पढ्ने भएको छु । म तादी किनारको गीत घर गएर पढ्नेछु । मैले किशोर अवस्थामा किताब नपढेर गल्ती गरेँ । तपाईंहरु मैले जस्तो गल्ती नगर्नुहोस् । किताब खुब पढ्नुस् ।’ रेखाले पछिल्लो समय आफू साहित्यतिर निकै आकृष्ट भएको बताउँदै तथा साहित्य र चलचित्र एकै ठाउँमा ल्याउँदा उत्कृष्ट काम हुन सक्ने विचार राखिन् ।

त्यस्तै, यसअघि ६ वटा अंग्रेजी उपन्यास लेखिसकेका लेखक पौडेलका नाटकमा समेत आवद्ध भएका लेखक पौडेलको कृतिलाई माझी समुदायको कथा भनिएको छ । २०७१ सालको ‘गोठाले किशोर साहित्य पाण्डुलिपी पुरस्कार’ पाएको कृति ‘तादी किनारको गीत’ ले काभ्रेको दोलालघाट र नुवाकोटको तादी नदीको किनार वरिपरिको परिवेशमा काभ्रे र सिन्धुपाल्चोकका माझीको कथाव्यथा, रीति र परम्परा, बसाइँ सराईं र बालविवाहको प्रचलनले ल्याएको मनोवैज्ञानिक असर तथा समयसँगै उनीहरूको जीवनमा आएको परिवर्तनलाई विषयवस्तु बनाएको बताइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भदौ ६ आइतबार

काठमान्डौ ।   राजधानीको विभिन्न स्थानमा ब्यबसाही, ठेकेदार लगाएत सँग हप्ता असुल्दै  आएका गुण्डा पक्राउमा परेका छन् ।  बर्ष ३० का आसिब गुरुङ नाम गरेका गुण्डा प्रहरीको फन्दामा परेका हुन् ।


बेला- बेलामा रकम असुल्दै  केहि ब्यबसाही, ठेकेदारहरुलाई  थर्काउने, धम्काउने  गर्दै हिडेका अबस्थामा गौशाला प्रहरीले पक्रेको स्रोतले बताएको छ । डीएसपी सुरेन्द्र मैनालीको नेतृत्तमा खटिएको टोलीले गुरुङलाई पक्रिएको हो ।

यस अगी चर्चित गुण्डा नाइके दिनेश अधिकारी प्रहरीको इन्काउन्टरमा मारिएको एक वर्ष विते लगत्तै बिहीबार फेरि अर्का गुण्डा नाइके कुमार घैंटे भनिने कुमार श्रेष्ठको पनि गोली प्रहारबाटै ज्यान गएको छ ।

सामाखुशीको कपुरधारास्थित आफ्नै निवास अगाडि प्रहरीको गोली प्रहारबाट घैंटेको ज्यान गएको हो । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि घैंटेले गोली चलाएपछि प्रतिकारमा गोली चलाएको प्रहरीको भनाइ छ ।

पछिल्लो समय यस्ता गुण्ड गर्धि  गर्नेलाई प्रहरीले बिसेष निगरानीमा राख्दै आई  रहेको  छ  ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
 ६ भदौ– अधिकारकर्मीहरुले पुलिसको ईन्काउण्टरमा मारिएका कपुरधाराका कुमार श्रेष्ठ (कुमार घैटे) प्रकरणको न्यायिक छानविन गर्नुपर्ने माग गरेका छन ।
आईतबार राजधानीमा सामखुसी यूवा क्लबले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रम बोल्दै अधिकारकर्मी एवम
कानून व्यावसायी दिनेश त्रिपाठीले नेपालमा अदालतले समेत मृत्यूदण्ड दिन नसक्ने अवस्थामा प्रहरीले यो मुलुकलाई प्रजातान्त्रिक मुलुकबाट पुलिस राज्य बनाउन लागेको दावी गरे ।
उनले भने–‘पुलिसले कानून हातमा लिन मिल्दैन । उसलाई हत्या गर्ने अधिकार कानूनले दिएको छैन । प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने हो । न्यायलयको स्थान प्रहरीले लिन पाउँदैन ।’
त्रिपाठीले घैटे प्रकरण फेक ईन्काउण्टर भएको भनि आवाज उठेकोले यसको न्यायिक छानविन गरेर सत्य बाहिर ल्याउनुपर्ने भन्दै घैटेको शवको भिडियोग्राफी सहित दुईपटक पोष्टमार्टम गरिनुपर्नेमा जोड दिए ।
उनले भुकम्पको बेला स्वयम् सेवामा लागेको बेला पक्राउ नगर्नु अनि अहिले इन्काउन्ट गर्नुले पनि आशंका उत्पन्न भएको भन्दै प्रहरी प्रमुखले नै यसको छानविनमा सहयोग पु¥याउनुपर्ने बताए ।
अधिकारकर्मी चरण प्रसाईले निहत्थालाई गोली हान्न नपाईने भन्दै घटनाप्रति प्रश्न उठेकोले यसको निष्पक्ष छानविन हुनुपर्ने बताए ।
उनले मान्छे मरेको विषयमा वधाई दिएको समाचार आउनु गम्भीर भएको भन्दै घटनाको सत्यतथ्य बाहिर आएको दिन प्रधानमन्त्री र गृहमन्त्री नै दोषी ठहर हुने धारणा राखे ।
प्रसाईले प्रहरीको अनुसन्धानले मात्रै नपुग्ने भएकोले राष्ट्रिय मानवअधिकार आयोगले नै छानविन गर्नुपर्ने बताए ।
अर्का अधिकारकर्मी गोविन्द बन्दीले घैटे प्रकरणमा प्रहरीले आवश्यक बल प्रयोग नगरी गोली हानेको घटना उल्लेख गर्दै भने– ‘कुमार प्रकरणमा मात्रै होइन देशका विभिन्न भागमा भइरहेको आन्दोलनको क्रममा पहिला घुडाभन्दा तल गोली हान्नुपर्नेमा छाति र टाउकोमा ताकेर गोली हानिएको छ । यसले आशंका उत्पन्न भएकोले यसको निष्पक्ष छानविन हुनु पर्छ ।’
उनले छानबिनबाट दोषी ठहरे संलग्न प्रहरीहरुमाथि पनि कारवाही हुनुपर्ने भन्दै नेपालीले तिरेको करको पैसाबाट नेपालीलाई नै मार्न नपाउने बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : आइतबार दिउँसो काठमाडौंसहित मध्य नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।  दिउँसो २
बजेर ४७ मिनेटमा दोलखाको गौरीशंकर संरक्षण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
धरान : सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा धरानमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

बालिका बलत्कार गरेको अभियोगमा भारतको पश्चिमबंगाल घर भइ धरान–१५ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय फटिक शेखलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार घरमा बसिरहेकी ती बालिकालाई खानेकुरा र ५ रुपैयाँ दिएर फटिकले बलत्कार गरेको पीडित परिवारले बताएको छ ।

बालिका बलत्कारमा परेको थाहा भएपछि  अभिभावकले प्रहरीमा उजुरी दिएलगत्तै बलत्कारीलाई पक्राउ गरिएको छ ।

घटनापछि फरार रहेका फटिकलाई तत्काल प्रहरी परिचालन गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले बताए ।

अभियुक्त फटिकलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । बलत्कृत बालिका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किएकी छिन् ।

पक्राउ फरेका फटिकविरुद्ध जबरजस्ती करणी ऐनअन्र्तगत मुदा दर्ता गरी कारबाही गर्ने डिएसपी सिजापतीले बताएका छन् ।

डेढ महिनामा ५ बालिका बलात्कृत
डेढ महिनायता धरानमा पाँच बालिका बलात्कारको शिकार भएका छन् । प्रहरीले घटनाका सबै अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीमा बुझाएपछि बलत्कारीहरु पूर्वपक्षका लागि झुम्का कारागारमा जेल चलान भएका छन् ।

बलत्कार क्याप्सन ः सात बर्षिया बालीकालाई बलत्कार गरेको अभियोगमा पक्राउ भरेका भारतिय नागरिक फटिक शेखलाई इप्रका धरानमा सर्बजनिक गर्दै प्रहरी । तस्विर ः रत्नप्रसाद आचार्य । www.annapurnapost.com
नयाँ दिल्ली (भारत), ६ भदौ । भारतले पाकिस्तानद्वारा शनिबार राति दुई देशका राष्ट्रिय सुरक्षा सल्लाहाकारको आइतबार बस्ने भनेको बैठक रद्द गर्ने निर्णय ‘दुर्भाग्यपूर्ण’ भनेको छ ।

भारतीय विदेश मामिला सम्बद्ध मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले आफ्नो ट्वीटर एकाउन्टमा लेख्नु भएको छ ‘पाकिस्तानको यो निर्णय दुर्भाग्यपूर्ण भएको छ । भारतले सुरक्षा वार्ताका लागि कुनै पूर्व शर्तहरू राखेको थिएन’ ।

‘भारतले, भारत–पाकिस्तानबीच भएको सिम्ला तथा उफा सहमतिलाई सम्मान गर्नुपर्ने बताएको थियो । यो यसभन्दा पहिले नै गरिएको प्रतिबद्धता थियो ।’ एक अर्को ट्वीटमा उहाँले बताउनु भएको छ ।

पाकिस्तानले आज हुने भनिएको उक्त वार्तामा भारत नियन्त्रित काश्मिरका पृथकतावादी तथा पाकिस्तानी अधिकारी समेतको टोली सम्मिलित हुनुपर्ने अडान राखेको थियो यो नयाँ दिल्लीले अस्वीकार गर्दै आएको थियो ।

यसैबीच, भारतले पाकिस्तानका उच्च सुरक्षा अधिकारीलाई भेट्न आएको केही काश्मिर क्षेत्रका नेताहरूलाई समेत नियन्त्रणमा लिएको छ ।

www.etajakhabar.com
काठमाण्डु, ६ साउन– नेपाली टेलिश्रृखला क्षेत्रमा चर्चित नाम हो दीपकराज गिरी र दिपा श्री निरौला । विशेषगरी करिब एक दशकदेखि हास्य टेलिश्रृखला ‘तितो सत्य’ मा धेरैले मन पराएको जोडि पनि हो यी दुईको ।

बेलाबेलामा यी दुबैलाई लिएर सामाजिक सजालमा विभिन्न टिका–टीप्पणी पनि हुने गर्छ । यस्ता टिका–टीप्पणीलाई चिर्दै दुबैजनाले आफूहरुको असल मित्रताको परिचय दिदै आएका छन् ।
तर, पत्रकार ऋषि धमलाको कार्यक्रम धमलाको हमलामा दीपकले दीपासँग बिहेको मिति तोकेरै भनेका छन् । पटक–पटक बिहेको मिति तोक्न भनेपछि दबाबमा रहेका दीपकले धमलालाई राम्रो जवाफ फर्काउँदै बिहेको मिति नै तोकेर भने । दीपकले धमलाको प्रश्नमा भने, ‘म यसको मिति ठ्याक्कै घोषणा गर्छु, २१ सय ३८..’ ।
कार्यक्रममा दीपक र धमलाबीच निकै हाँसो मजाक चलेको थियो । दीपासँग धमलाले आफूलाई जोडेपछि दीपकले कमडी नगर्नु कलाकार त तपाई हो भन्दै धमलाको जवाफ टार्न खोजेका थिए । तर, धमलाले मिति तय नगर्दै नछाडने भएपछि उनले मिति नै तय गरेका हुन् । हेरौँ शो ।kathmandutoday.com
मेथीका दानाले पुरुषको यौन शक्ति बढाउने
यस्तो रहेछ यौन जीवन र मेथीको सम्बन्ध

एजेन्सी ।

अष्ट्रेलियाको ब्रिसबेनमा गरिएको एक अध्यनले मेथीका दानाको सेवनबाट यौन शक्तिमा अत्याधिक वृद्धी हुने र कामेच्छा पनि बढ्ने तथ्य बाहिर आएको छ ।

ब्रिसबेनस्थित आणविक चिकित्सा केन्द्रका अनुसन्धानकर्ताले मेथीमा पुरुषका लागि कामेच्छा र यौन शक्ति बढाउने तत्व पाइने खुलासा गरेका हुन् ।



मेथी नेपाल र भारतमा मसलाकोरुपमा नियमित प्रयोग हुने खाद्य हो । मेथीका दानामा हामीले सोंचेको भन्दा कैयौ धेरै फाइदा हुने अध्यनका क्रममा पाइएको छ ।

यौन क्रिडाको अवधी लम्ब्याउनका लागि पश्चिमा औषधीहरु प्रयोग भैरहेको समयमा पश्चिममा नै गरिएको अध्यनमा भने मेथी यसका लागि प्रभावकारी रहेको तथ्य बाहिर आएको हो ।

मेथीको विउमा पाइने स्यापोनीन नामको तत्व पुरुषमा पाइने टेस्टोस्टेरोन हरमोनमा उत्तेजना पैदा गर्न प्रभावकारी मानिन्छ । स्वस्थ सेक्स लाइफका लागि नियमित मेथी सेवन गर्नु राम्रो भएको अनुसन्धानकर्ताले बताएका छन्

मेथी गर्मी गराउने भएकाले अत्याधिकमात्रामा मेथी सेवन गर्नु भने त्वचाका लागि घातक हुन सक्ने उनीहरुले बताएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सुर्खेत : स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको ज्यान गएको छ ।

साउन ३१ गते जुम्ला सदरमुकाम खलंगामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा गम्भिर घाइते भएका हरिबहादुर कुँवरको उपचारका क्रममा ज्यान गएको हो ।

जुम्लाको ताम्ती गाविसमा घर भएका २४ वर्षीय कुँवरको शिक्षण अस्पताल काठमाडौंमा आइतबार निधन भएको हो ।

घाँटीमा गोली लागेका उनको आइतबार विहान उपचारकै क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

जुम्लामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कुँवरसँगै अन्य चारजना पनि गम्भीर घाइते भएका थिए । अन्य घाइतेको नेपालगञ्ज र काठमाडांैमा उपचार भइरहेको छ ।

यसैबीच सरकारले मृतकलाई सहिद घोषणा नगर्दासम्म शव नबुझ्ने अडान आफन्त र कर्णालीबासीले लिएका छन् ।

कँवरको शव शिक्षण अस्पतालमा रहेको छ । मृतक कुँवरका दाजु राजबहादुर कुँवरले सहिद घोषणा र उचित क्षतिपूितर्त नदिँदासम्म शव नबुझ्ने बताए ।

स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर आधा दर्जन भन्दा बढी आन्दोलनकारीहरु घाइते भएका छन् । सीमांकनको विरोधमा भएको प्रदर्शनमा यसअघी सुर्खेतमा तीन जनाले ज्यान गुमाएका थिए । nnapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home