• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
१ असार, काठमाडौ । विनाशकारी भूकम्प गएसँगै भूकम्पप्रभावित क्षेत्रहरु बाढीपहिरोको उच्च जोखिममा परेपछि सरकारले ती बस्तीलाई सार्ने योजना बनाएको छ । जीविकोपार्जन र जनजीवन सहज बनाउनदेखि लिएर खेतीपाती गर्नका लागि समेत मानिसहरु नदी किनारामा बस्ने गरेका छन् । नदी किनारा हुँदै सञ्चालन गरिएका राजमार्गका कारण पनि ब्यापार ब्यवसाय गर्नका लागि मानिसहरु नदी किनारामा बस्दै आएका छन् ।

भूकम्पबाट कतिपय बस्तीहरु सार्नुपर्ने भएकाले शहरी विकास मन्त्रालयले एकीकृत बस्ती विकासको अवधारणाअनुसार आगामी दिनमा नदी किनारामा बस्ती विकास गर्न नपाइने नीति ल्याउन लागेको समाचारपत्रमा खबर छ ।
शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रमेशप्रसाद सिंहले भूकम्प जाँदा नदी किनारामा तरलीकरण हुने हुँदा बस्ती बसालन दिन नहुने बताए । मानिसहरुलाई सुरक्षित राख्नका लागि नदी किनाराका कम्तीमा २० लाख मानिसहरुलाई सार्नुपर्ने उपमहानिर्देशक सिंह बताउँछन् ।
सुनकोशी, भोटेकोशी, सेती नदी, काली गण्डकी, सप्तकोशी लगायतका नदी किनाराका बिनायोजना विकास भएका बस्ती सार्ने विषयमा शहरी विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ ।
www.onlinekhabar.com
भारत र पाकिस्तानको सम्बन्ध ऐतिहासिक दुश्मनीमा आधारित छ । केही दिन अघि मात्र पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष तथा हत्या गरिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा विलावल भुट्टो भारतविरुद्ध कडा अभिब्यक्ति दिएर चर्चामा आए । कश्मिर भारतबाट छुट्ट्याएरै छोड्ने अभिब्यक्ति दिएपछि उनको भारतमा चर्को आलोचना भैरहेको छ ।

बेनजिर भुट्टोका छोराले भने- कश्मिर भारतबाट खोसेरै छोड्छु विलावलको भनाइबाट क्रुद्ध भारतीय सञ्चार माध्यमले विलावलको जीवनका विभिन्न घटनालाई जोडेर उनको ब्यङ्ग गरिरहेका छन् । उनको विगतमा तत्कालीन विदेश मन्त्री हिना रब्बानीसँग नाम जोडिएपछि पाकिस्तानमा हंगामा भएको थियो । २ हाइ प्रोफाइल ब्यक्तिको प्रेम सम्बन्ध रहेको र विलावललाई विवाहित तथा सन्तानकी आमा समेत रहेकी हिना रब्बानीसँग विवाह गर्न चाहेको भन्दै निक्कै चर्चा भएको थियो सन् २०१२ मा ।

बंगलादेशी पत्रिकाले उनीहरुको तत्कालीन राष्ट्रपति युसुफ रज्जा गिलानी र तत्कालीन विदेशमन्त्री हिना रब्बानीबीच प्रेम सम्बन्ध रहेको र यसकै विषयमा बाउ छोराको झगडा भएको भनेर खुलासा गरेपछि निक्कै हंगामा भएको थियो । कति सम्म भने यी २ जनालाई राष्ट्रपति जरदारीले आपत्ति जनक अवस्थामा फेला पारेपछि छोरालाई गाली गरेको समेत दावी उक्त पत्रिकाले गरेको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्यन गरेका विलावल भुट्टोकी एक प्रेमिका थिइन् । तर उनी पनि समलैङ्गीक भएको भन्दै भारतीय मिडियाले ब्यङ्ग कसेका छन् । तत्कालीन पाकिस्तानी विदेशमन्त्री हिना रब्बानी सुन्दरताका कारण पनि निक्कै चर्चामा आएकी थिइन् ।source taja khabar
बनेपा । भूकम्पपछि त्रिपाल र टहरामा बस्दै आएका असुरक्षित यौनसम्पर्कबाट रहनसक्ने गर्भ रोक्न आकस्मिक गर्भनिरोधक औषधि सेवन गर्ने बढेका छन् । यस्तो चक्कीको बिक्री बढ्दै गएको काभ्रेका स्वास्थ्यकर्मीले बताए ।

बनेपास्थित चण्डेश्वरी मेडिकल हलका असिन वैद्यले भने,‘भूकम्पअघिको तुलनामा अहिले आकस्मिक गर्भ रोक्न चक्कीको प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । परिवारनियोजनका अन्य साधनको तुलनामा गर्भनिरोधक चक्की बढी बिक्री हुने गरेको छ ।’


उनका अनुसार चक्की किन्न दैनिक १५ देखि २० जना आउने गरेका छन् । स्वास्थ्यकर्मीका अनुसार विशेषगरी उच्चमावि तथा क्याम्पस पढ्ने उमेरका युवतीले असुरक्षित सम्बन्धबाट गर्भ निरोधक चक्की प्रयोग गर्ने गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
एजेन्सी । कजाकास्तानमा एक जना युवाले आफ्नो केटी साथीको परीक्षा दिन केटीकै लुगा लगाएर परीक्षाहलमा पुगेपछि चौतर्फी चर्चा भएको छ । आयान जादमोभ नामक ती युवाले आफ्नी १७ बर्षीया प्रेमिकाको परीक्षामा सहभागि हुन यस्तो गरेको बताएका छन् ।

आयानकी प्रेमिका परीक्षामा निकै नै तनावमा थिइन । युनाइटेड नेशन टेस्टिङ जुन कजाकिस्तानमा कलेज भर्नाका लागि लिइन्छ, परीक्षमा सहभागी हुन उनले आफ्नी प्रेमिकालाई हौसाइरहेका थिए । तर सकारात्मक कुराले कुनै प्रभाव नपारेपछि उनले प्रेमिकाको परीक्षा आफैले दिन परीक्षा केन्द्रमा गएका थिए । ती युवाले फेसमा मेकअप गरी प्रेमिकाका लुगा लगाएर परीक्षा दिन गएका थिए । परीक्षा दिन हलभित्र छिर्नुभन्दा पहिले उनलाई परीक्षकले केही प्रश्न सोधेका थिए तर उनको आवाजका कारण परीक्षकले उनी वास्तविक परीक्षार्थी नभएको थाहा पाएका थिए ।

 उनले आवाज समेत केटीकै जस्तो बनाउन कोसिस गरेका थिए तर उनको यो योजना सफल हुन सकेन । परीक्षा बोर्डका प्रवक्ताले मिडियासँग कुरा गर्दै भने, ‘यदि कुनै अर्काे महिलाले उक्त युवतीको परीक्षा दिन आएको भए तत्कालै निलम्बन गर्ने थियाँै तर उसलाई हामीले निलम्बन गर्दैनाँै किनभने उसले प्रेमिकाका लागि परीक्षा दिने प्रयास गर्यो र आवाज समेत उस्तै बनाउने कोसिस गर्यो ।’ ती युवालाई परीक्षा बोर्डले दुई हजार डलर जरिमान भने तिराउने भएको छ ।


उनको यो कामका कारण उनी मुलुकका युवाहरुका माझमा सेलिब्रेटी बनेका छन् । उनलाई ‘रोमान्टीक अफ द इअर निक नाम दिइएको छ ।’ त्यहाँका युवतीहरुले समेत उनको निकै ठूलो प्रशंसा गरिरहेका छन् । साथै अधिकांश युवतीहरुले आफ्नो प्रेमी आयान जस्तै होस भन्ने चाहेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । ‘यो लगत काम हो तर निकै रमाईलो घटना हो ।’

 एक युवतीले भनिन, उनले आफ्नो प्रेमि समेत ऊ जस्तै होस भन्ने चाहेको बताइन् । एक जना स्थानीय व्यापारीले उनको काम बाट प्रभावित भएर उनको जरिमानाको ५० प्रतिशत रकम आफैले ब्योहोर्ने जनाएका छन् । साथै ती युवाकी प्रेमिकाले अर्काे वर्ष परीक्षा दिन पाउने भएकी छिन् ।
यस्तो सायद तपाईंले कहिले सुन्नुभएको छैन होला तर यो वास्तविक घटना हो । क्रिष्टिन नामकी एक महिला आफ्ना पति सीनका कारण बिरामी हुने भइन् । यदि स्पष्ट शब्दमा भन्ने हो भने क्रिष्टिन बिरामी हुनुका कारण उनको श्रीमान् नभई उनको विर्य भएको पत्ता लागेको छ । उनलाई वीर्यको अत्यधिक एलर्जी भएका कारण अस्पतालमा भर्ना नै गर्नुपर्ने स्थित आयो ।



यो घटनाको जानकारी टेलिभिजनको एक धारावाहिक श्रृङ्खला ‘सेक्स सेन्ट मी टू इआर’ मा दिइएको हो । यो धारावाहिकमा त्यस्ता घटनाहरु प्रसारित गरिन्छ जसमा सेक्सका कारण अस्पतालको इमर्जेन्सी रुम ( इआर) मा भर्ती गर्नुपर्ने स्थिती पैदा हुन्छ । उक्त कार्यक्रमका निर्माताहरुको भनाइ अनुसार महिला र उनको पतिको उपनाम, घरको ठेगाना र नामहरु गोप्य राखिएको छ । यद्यपी उनलाई पहिले कहिले पनि यस्तो नहुने महिलाले बताइन् ।

छोरालाई जन्म दिइसकेपछि क्रिष्टिनलाई निकै धेरै एलर्जी र स्वास्थ्य सम्बन्धि समस्याहरु भए जसका कारण दुबैले एक वर्षसम्म सहवास गरेनन् । तर, सीनको जन्मदिनमा क्रिष्टिनले सहवास गर्ने इच्छा देखाउँदै आफ्नो श्रीमानलाई ‘सरप्राइज’ दिइन्, तर यो घटना पछि उक्त दम्पत्तिलाई अर्को ठूलो ‘सरप्राइज’ मिल्यो ।

सेक्सपछि सामान्य रुपमा महिला र पुरुष लामो–लामो सास लिने गर्दछन् तर क्रिष्टिनको प्रतिक्रिया निकै गम्भीर थियो । उनले महसुस गरिन् कि आश्चर्यजनक रुपमा उनको शरिर सुन्निएको थियो, शरिरमा निकै तात्तिएको थियो र उनलाई सास लिन यति गाह्रो भयो कि अस्पताल लाने क्रममा उनी बेहोस नै भइन् ।
उपचार गर्ने क्रममा डाक्टरहरुले सुरुको अवस्थामा क्रिष्टिनलाई आफ्नो श्रीमानको गन्धको एलर्जी भएको अनुमान गरेका थिए तर पछि उनलाई श्रीमानको वीर्यको एलर्जी भएको पत्ता लगाए । यो कुरा सुनेर सीन निकै सोचमग्न भए । डाक्टरहरुले यी जोडिलाई सेक्स गर्दा कण्डमको प्रयोग गर्न सल्लाह दिए । (एजेन्सी)

काठमाण्डौ, ११ असार । लिंगको आकार सानो भयो भनेर धेरै पुरुषहरु चिन्ता लिने गर्छन् तर अब चिन्ता नलिनुहोस् । हालै गरिएको एक अध्ययनले लिंग ठुलो हुने भन्दा पनि लिंग सानो हुने घरबार नटुट्ने बताएको छ । अमेरिका र केन्याका अध्ययनकर्ताहरुले लिंगको आकार र वैवाहिक जीवनमा असरका बरेमा अध्ययन गरेका थिए । उक्त अध्ययनमा हामी धेरैले सोचेभन्दा विल्कुलै उल्टो नतिजा आएको छ ।

उक्त अध्ययनका अनुसार लिंगका आकार ठूलो भएका पुरुषका पत्नीहरुले उनीहरुलाई बढी धोका दिने देखाएको छ । ‘लिंगको आकार ठूलो भएका पुरुषसँग सहवास गर्दा महिलालाई बढी पीढा हुन्छ । त्यही भएर महिलाहरु आफूलाई कम पीडा हुने साथी खोज्न थाल्छन्,’ अध्ययनमा लेखिएको छ । उक्त अध्ययन केन्याको लेक भिक्टोरियाका मछ्वाराहरुबीच गरिएको थियो । अध्ययनका क्रममा एक महिलाले भनिन्, ‘आफूले भनेजसरी सहवास गर्नका लागि मैले अन्य पुरुष खोज्नुपरेको छ ।’

प्लस वान जर्नलमा प्रकाशित यस अध्ययनका अनुसार पुरुषले महिलाले भने जस्तो यौन आसन नमान्दा, घरेलु हिंसा र यौन सन्तुष्टि दिन नसक्दा वैवाहिक जीवनमा धोका पाउने गरेका छन् । महिलाहरु ज्यादा प्रताणित हुने हुदाँ अर्को यौनसाथी खोज्ने र पहिलो श्रीमानबाट उन्मुक्ति चाहाने अध्ययनले बताएको छ ।

सामन्यतया यौन मानिसको लागि उमेर अनुसार एउटा प्राकृतिक चाहाना हो । तर महिला र पुरुषको यौन चाहाना भने फरक फरक रहेको अनुसन्धानले देखाएको छ। टेक्सास यूनिवर्सिटीका प्रोफेसर सिंडी मेस्टन र डेविड बसले लेखेको बिताब ‘वाइ वुमन हेव सेक्स’ मा महिलाले सेक्स गर्ने करीब २०० कारणहरु उल्लेख गरेका छन् ।उनीहरुको यो अनुसन्धानले महिलाले सेक्स गर्ने २३७ वटा कारण रहेको निष्कर्स निकालेका छन् । सो अनुसन्धानमा महिलाले शारीरिक, भावनात्मक र बस्तुगत कारणले सेक्सका लागि पहल गर्छन् ।

केही महिलाले रेपको डरले त केही त माँया पाउन पनि आफुले सेक्सका लागि पहल गर्ने गरेको बताएका थिए । ‘पैसा, आफ्नो प्रवद्धर्न, लागूऔषध, बदला लिन, आफ्नो केटा साथीलाई जेलस बनाउन पनि महिला सेक्समा सहभागी हुने गरेको पाइयो,’ अनुसन्धानकर्ता मेस्टन भन्छन् ।एक महिलाले टाउको दुख्ने समस्याबाटछुटकारा पाउनका लागि सेक्स गर्ने गरेको बताएकी थिइन् ।अनुसन्धानका क्रममा एक महिलाले आफुले सेक्स गर्ने कारण आफ्नो लोग्नेको स्पर्म बाहीर निकाल्नु मात्र रहेको बताएकी छन् ।

अनुसन्धानमा सहभागी गराएका अधिकांश महिलाले पुरुष प्रति यौन आकर्षण नहुने बताएका थिए । अनुसन्धानका क्रममा मेस्टन र बसले बिभिन्न देशका एक हजार ६ महिलाको अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा महिलाले सेक्स गर्ने फरकरफरक कारणहरु बताएका थिए ।१० जना महिलाले गिफ्ट पाउने लोभमा सेक्स गर्ने गरेको बताएका थिए । केही महिलाले डिनरका लागि त केहीले सपिङका लागि सेक्स गर्ने गरेको खुलासा गरेका थिए ।

अनुसन्धानमा सहभागी भएका विश्वविद्यालयमा अध्ययनरत १० मध्ये ६ महिलाले ब्याफ्रेण्डभन्दा बाहीरका पुरुषसंग पनि सेक्स सम्बन्ध राख्ने गरेको बताएका थिए । यी मध्ये केहीले आफ्नो सेक्स परफमेन्स राम्रो बनाउन परपुरुषसंग सेक्स गर्ने गरेको बताएका थिए ।यो अध्ययनमा सहभागी महिलाले अग्लो पुरुष मन पर्ने अधिकांशको भनाई थियो ।

एक महिलाले आफ्नो यौन रोग सार्न पनि सेक्स गर्ने गरेको बताएकी थिइन् । केहीले पुरुषको सुगन्ध मनपराएर सेक्समा सहभागी हुने गरेको बताएका थिए । केही महिलाले पूर्ण मनोरञ्जनका लागि मात्र सेक्स गर्ने बताएका थिए ।अनुसन्धानले महिलाले मायाँका लागि र पुरुषले मनोरञ्जनका लागि सेक्स गर्ने निस्कर्ष निकालेको छ ।
कागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्बलता र टाउको दुखाईलाई कम गर्ने गर्दछ । कागतीलाई भिटामिन ‘सि’ को सबैभन्दा ठूलो भण्डारको रुपमा लिइने भएकाले यो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ । यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।


१. मसीको दाग हटाउनका लागिः कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ ।

२. नङलाई चम्काउँदछः नङलाई यदि चम्काउन चाहनुहुन्छ भने कागतीभन्दा अर्को विकल्प छैन । यसका लागि तपाईंले एउटा कचौरामा पानी लिनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । त्यो पानीमा केहि बेर आफ्नो हात डुबाएर बस्नुहोस् र पानीबाट हात निकालिसकेपछि कागतीले नङलाई रगड्नुहोस् । यसो गर्नाले तपाईंको नङ चम्किलो हुने गर्दछ । यस्तै तपाईंले यदि खुट्टाको नङलाई पनि गर्नुहुन्छ भने खुट्टाको नङ पनि त्यस्तै चम्किलो हुने गर्दछ ।

३. ब्ल्याकहेडबाट छुटकारा पाउनुहोस्ः सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा कागती लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस् । केहि दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् तपाईंको ब्ल्याकहेड गायब हुने गर्दछ ।

४. कपाल चम्किलो बनाउन: यदि गर्मी मौसममा कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसलाई हानिकारक केमिकलबाट बचाउनु होस् । पानीमा कागतीको रस मिलाएर लगाउनुहोस् र उसलाई घाममा सुकाएर चिसो पानीले पखाल्नुहोस् तपाईंको कपाल निकै चम्किलो देखिन्छ ।

५. चपिङ बोर्डको सफाईः हामी चपिङ बोर्डमा सबै कुराहरु काट्ने गछौँ त्यसकारण केहि समयमा नै यो फोहोर हुने गर्दछ । यसलाई सफा गर्नका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । एउटा कागती लिनुहोस्, त्यसलाई राम्रोसँग बोर्डमा रगड्नुहोस् र करिब २० मिनेट छोड्नुहोस् । सफा पानीले धोइसकेपछि यसबाट लसुन प्याजको दुर्घन्ध पनि हट्ने गर्दछ ।

६. सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछः के तपाईंको सेतो कपडाले आफ्नो सेतोपना गुमाइरहेको छ ? यदि हो भने कागतीको रसको प्रयोग गर्नुहोस् । आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्नुहोस् र त्यो पानीले आफ्नो सेतो कपडा भिजाउनुहोस् । यसले तपाईंको सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ ।

७. तपाईंको घाँटीको दुखाईलाई पनि टाढा राख्छः कागतीमा निकै धेरै चिकित्सकीय गुण पनि पाइने गर्दछ । एउटा कागतीको रसलाई मनतातो हुने गरि तताउनुहोस् । फेरी त्यसलाई महसँग मिसाउनुहोस् र पिउनुहोस् । तपाईंको समस्या चट हुनेछ ।

८. चाँयाः कागतीले चाँया पनि गायब हुने गर्दछ । एक चम्चा कागतीलाई चिसो कपालमा लगाउनुहोस् र फेरी श्याम्पुले धुनुहोस् । अथवा, दुई ठूलो चम्चा कागतीको रसलाई दुई कप पानीमा मिसाउनुहोस् र त्यसलाई चाँया नजाउन्जेलसम्म लगाउनुहोस् ।

९. स्टिल, पित्तल र तामाको भाँडाहरुलाई चम्काउनुहोस्ः कागतीको रससँग नुन मिसाएर भाँडामा लगाउनुहोस् र राम्रोसँग रगड्नुहोस् र पानीले धुनुहोस् । यसले तपाईंको पुरानो भाँडालाई नयाँ जस्तै चम्काउने गर्दछ ।

१०. खानालाई ताजा राख्न मद्दत गर्दछः तपाईं कति दुखले खाना बनाउनुहुन्छ तर पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन । त्यसकारण तपाईं थोरै कागतीको रस त्यसमा लगाउनुहोस्, खाना पहिलेको जस्तै ताजा देखिनेछ ।

११. कम खर्चमा घरलाई सजाउनुहोस्ः गर्मीमा घरलाई सजाउनु छ भने कागतीले सजाउनुहोस् । कागतीलाई एउटा भाँडोमा राख्नुहोस् अथवा ढोकाको किनारामा लगाउनुहोस् । कागतीको पहेँलो रङमा घामको किरण पर्दा निकै मनमोहक देखिन्छ ।

१२. माइक्रोवेभको सफाईः माइक्रोवेभको सफाई गर्नका लागि तपार्ईंले निकै खर्च गर्नुपर्ने हुन्छ तर अब होइन किनभने तपाईंले अब सस्तोमा यसलाई सफा गर्नसक्नुहुन्छ । चार ठूलो चम्चा कागतीको रसमा एक कप पानीलाई माइक्रोवेभमा पाँच मिनेट तताउनुहोस् र यसले माइक्रोवेभको ढोकाहरु सफा गर्नुहोस् ।

१३. दाग धब्बा हटाउनुहोस्ः खाना खाइसकेपछि हात धुनका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंको हात सफा र चमकदार हुने गर्दछ । (एजेन्सी)
तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्ः

१. बैशाख महिनाः
बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।
२. जेठ महिनाः
जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।
३. असार महिनाः
यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।
४. साउनः
साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।
५. भदौः
भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन्।
६. असोजः
यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।
७. कार्तिकः
यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।
८. मंसिरः
यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।
९. पुसः
यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।
१०. माघः
यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।
११. फागुन महिनाः
यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।
१२. चैतः
यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् । (एजेन्सी)
अधिकाँश जोडीको झगडा पर्छ । झगडाको समयमा एक अर्कालाई चित्त दुख्ने भाषा प्रयोग गर्न दुवै पक्ष उद्दत हुन्छन् । यहाँ त्यस्ता ५ शब्दावलीको चर्चा गरिएको छ जुन झगडाको समयमा कहिल्यै पनि प्रयोग गर्नु हुँदैन ।


जुनसुकै सम्बन्धमा पनि उतार चढाव आउँछन् नै । सकारात्मक र नकारात्क समय चलिरहन्छ । एउटा सुखद् र स्वस्थ सम्बन्ध त्यस्तो हो जहाँ सामान्य ठाक ठुक परिरहोस् तर रचनात्मक विचारको आदान प्रदानको सीमा सम्म मात्र ।

यो तिम्रो गल्ती हो

झगडा गरेर अन्त्यमा यो सबै तिमीले गर्दा भएको हो भन्ने बानी अधिकाँशमा हुन्छ । तर यसो कहिल्यै पनि नभन्नुस् । यसो गर्दा समस्याको समाधान आउनुको साटो एक अर्कालाई दोषारोपण गर्ने र बाझा बाझ बढ्ने खतरा हुन्छ । बरु यसरी दोषारोपण गर्नु भन्दा के कारणले आफूलाई नराम्रो लाग्यो वा मन परेन भन्ने कुरा खुलस्त भन्नुस् । त्यसो गर्दा तपाइँले जिम्मेवारी महसुस गरेको पनि देखिन्छ ।



पहिले पनि यस्तै गरेको थियौं

तिमीले यसो भनेको पहिलो पटक होइन पहिले पनि भनेका थियो । पहिले पनि गरेको थियौं । यो अधिकाँश झगडा पछि एक अर्कालाई भनिने शब्दावली हो । पुराना कुरा कोट्याउँदा समझदारी बढ्नुको साटो झन विग्रने हुन्छ । बरु अहिलेको समस्याको समाधान यसरी खोज्न सकिन्छ भनेर फरक विषय झिक्नुस् तर पुरानो कुरा कहिल्यै नकोट्टयानुस् ।

सम्बन्ध विच्छेद गरौं

सामान्यतया जोडीहरु एक आपसमा झगडा गरेर आवेगमा आएको बेला सम्बन्ध विच्छेदको कुरा झिक्छन् । तर ख्याल गर्नुस् एक पटक यस्तो पदावली प्रयोग गर्नु भो भने कहिल्यै फिर्ता गर्न मिल्दैन । यसको लागि जतिपटक कसम खाए पनि वा क्षमा याचना गरे पनि क्षमा पाहिँदैन । यदि यस्तो भनाइ फुस्किहाल्यो भने अव कहिल्यै नदोहोर्याउने कसम खानुस् विश्वस्त तुल्याउनुस् ।

तिमी काम नलाग्ने मान्छे हो

ब्यक्तिगतरुपमा होंच्याउने वा हेप्ने भाषा बोल्न थालियो भने झगडा हार जित तिर उन्मुख हुन्छ । नाम नै काडेर गाली गर्दा त झन यस्ले सम्बन्ध सुध्रन नसक्ने अवस्थामा समेत पुर्याउँछ । कहिल्यै पनि डर छेरुवा वा काम नलाग्ने मान्छे भनेर अर्कोलाई नहोच्याउनुस् । बरु मेरो सोंचाइ यस्तो छ । मलाई यस्तो लाग्छ जस्ता भाषा प्रयोग गर्नुस् ।

यसको छिनोफानो अहिल्यै गरौं 

झगडा भैरहेको समयमा म सँग यो विषयमा अहिल्यै छिनोफानो गर भनेर नभन्नुस् । त्यसो गर्दा यसै पनि विग्रिएको सञ्चार सम्बन्ध झनै विग्रिने डर हुन्छ । बरु भद्ररुपमा मेरो कुरा सुन । वा मेरो कुरा तिमीले सुनिराखेको छैनौं भनेर सम्झाउँदा रचनात्मक देखिन सक्छ ।
एजेन्सी । विश्वमा कहिलेकाहि अचम्मका घटना सार्वजनिक हुने गरेको छ ।
बंगलादेशको मंडी जनजातिमा आमा र छोरीको एउटै पति हुने अनौठो व्यवस्था रहेको द गार्डियन पत्रिकाले जनाएको छ । गार्डियनका अनुसार ३० बर्षकि ओरोला डालबोटको बुबाको मृत्यु उनी सानी छदानै भएको थियो ।
उनको आमाले दोस्रो बिबाह गरिन् । दोस्रो बुबाको नाम नाटेन थियो । नाटेन डालबोटलाई अत्यन्त मन पर्ने बाबु थिए । उनी कहिले काही आफ्नी आमाले राम्रो पति पाएकोमा खुसी हुन्थिन् ।
ओरोली जव किशोरावस्थामा पुगिन् त उनले थाहा पाइन् कि उनको दोस्रो बाबुनै उनको श्रीमान् हुन् । यस्तो सुनेर उनी अचम्ममा परिन् । जसलाई बाबुको रुपमा हेरीएको थियो उनै सँग उनको बिबाह तीन बर्षको उमेरमा भइसकेको थियो । यो त्यहाँको परम्परानै हो ।
जुन महिलाको श्रीमान कम उमेरमा वित्दछन् र विधवा महिलालाई जसले स्विकार गर्दछन् उनको छोरी दोस्रो बाबुको श्रीमती बन्ने । तर विवाह गर्नेको उमेर भने विधवा श्रीमतीको भन्दा कम हुनु आवस्यक मानिन्छ ।
विधवाको बिबाह गर्दा उनको छोरीको पनि एउटै मण्डपमा एकै पुरुष सँग विबाह गर्ने प्रचलन उक्त गाउमा रहेको छ ।
परम्परा अनुसार कम उमेरका पति नयाँ पत्नि र उनको छोरीको पति बनेर दुबैको सुरक्ष गर्न सक्ने छन् ।
ओरोला र उनको आमा एउटै पतिका साथ बसेका छन् र उनीहरुको संवन्धमा समेत कुनै समस्या छैन ।
www.nepalsandesh.com
भीमज्वाला राई
३२ जेठ, काठमाडौं । बंगलादेशको ढाका निवासी मिलन डी प्युरिफिकेशनसँग गत पुसमा विवाह गरेकी सर्लाही लालबन्दीकी कमलाकुमारी विकको रहस्यमय मृत्यु भएको छ । दाजु भुवनसँग गत बुधबार बंगलादेशबाट नेपाल आउन चाहेको बताएकी बिकको शुक्रबार साँझ मृत्युको खबर आएको हो ।
कमलालाई बंगलादेशमा सासू ससुरासँग राखेर उनका पति मिलन बैदेशिक रोजगारीका लागि कुवेत गएका थिए । मिलनले फेसबुक एसएमएस मार्फत कमलाले आत्महत्या गरेको जानकारी गरेको कमलाका दाजु भुवनले बताए ।
भुवनका अनुसार आफुसँग कुरा हुँदा आफु नेपाल आउन चाहेको भए पनि मिलनले पासपोर्ट लुकाइदिएर चैत्रमा (अप्रिल २४ मा) कुवेत गएकाले आउन नसकेको कमलाले बताएकी थिइन् ।
उनले फोनमा सासू ससुरा र देवरले मानसिक तनाब दिने गरेको बताएकी थिइन् । ‘जसरी भए पनि एक हप्ताभित्र नेपाल ल्याउँछु चिन्ता नगर भनेको थिएँ, कुरा गरेको दुई दिन नबित्दै शुक्रबार राति साढे ११ बजे बहिनीको मृत्युको खबर सुन्नुपर्‍यो’-भुवनले भने ।
‘मेरी बहिनी आत्महत्या गर्ने खालकी होइनन्, उनी हक्की र आँटी स्वभावकी थिइन्, त्यसैले यो आत्महत्या होइन, उनकै श्रीमानका परिवारको मिलेमतोमा हत्या भएको हो, भुवनले भने-‘न्यायका लागि म सबैसँग आग्रह गर्छु ।’
भुवनका अनुसार सुरुमा मिलनले तिमीे बहिनी दुर्घटनामा परेकी छ भन्दै अस्पताल भर्ना भएको बताएका थिए । त्यसपछि आत्महत्या गरेको बताएका थिए । ‘घटनाका विषयमा बंगलादेशस्थित बहिनीको घर रहेको ढाका कालीगञ्ज नगरी रोडमा रहेका परिवारका अन्य कसैले पनि कुरा गर्न चाहिरहेका छैनन्’ भुवन भन्छन्- ‘हामीले दाहसंस्कार नगर्नुस्, हामी आउँछौं भन्दाभन्दै जवरजस्ती दाहसंस्कार गरिएको छ ।’
मिलनका आफन्तले धम्कीपूर्ण भाषामा के गर्नसक्छस गर भनेकाले घटनामाथि झन शंका बढेको दाई भुवनले बताए । आफुहरुलाई बहिनीको शवको फोटो देखाउन भन्दा पनि नदेखाएको उनले बताए ।
‘घटना भएको १० दिन बितिसकेको छ, तर मृत्युको खबर सुनेका भुवनका परिवारले अन्य केही सूचना पाएका छैनन् । घटनाको भोलिपल्टै शनिबार कुवेतबाट बंगलादेश फर्किएका मिलनले बिक परिवारको फोन उठाएका छैनन् ।
बहिनीको मृत्युको कारण बुझ्न तथा न्याय खोज्न दाइ भुवन र दिदी रमिला कालीकोटे आठ दिनदेखि काठमाण्डौंमा भौंतारिइरहेका छन् । भुवनले भने-अझैसम्म तथ्य बुझ्न सकेका छैनौं, नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सहयोगमा परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित बंगलादेश दुतावासमा निवेदन दिएका छौं ।’
परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदीले भने बंगलादेशमा रहेको नेपाली दुतावास मार्फत बुझ्दा कमलाको मृत्युबारे अनुसन्धान भइरहेको र चाँडै तथ्य आउने जानकारी गराएको भुवनले बताए ।
कमला कसरी पुगिन् बंगलादेश ?

परिवारमा सात बहिनी र दुई दाजुभाइ रहेका कमलाका आमाबुबाको मृत्यु १५ वर्षअघि नै भइसकेको थियो । आर्थिक रुपमा कमजोर कालीकोटे परिवारकी तीक्ष्ण दिमागकी कमला आफै केही गर्नुपर्छ भन्ने स्वभावकी थिइन् । उनको त्यही भावनाका कारण उनी ०६७ सालमा बैदेशिक रोजगारीका लागि कुवेत पुगिन् ।
पाँच वर्षमा उनी दुईपटक नेपाल आएकी थिइन् । उनले भाइबहिनीको शिक्षा दीक्षादेखि घर सञ्चालनसम्म भरथेग गरिन् । दाइ भुवनसमेत कुवेतमै थिए । दाजु बहिनीको कमाइले उनीहरुले लालबन्दीमा घरसमेत बनाए ।
कुवेतमै रहँदा बंगलादेशी नागरिक मिलनसँग कमलाको भेट भयो । करिव दुई वर्षपछि उनीहरुको सम्बन्ध वैवाहिक जीवनमा परिवर्तन भयो । गत पुस १० गते नेपाल फर्किनुपर्ने कमलालाई मिलनले बंगलादेश लगेर ईसाई परम्पराअनुसार चर्चमा लगेर विवाह गरे । त्यसपछि कमलालाई बंगलादेशमै छाडेर मिलन चैत्रमा पुनः कुवेत फर्किएका थिए ।
www.onlinekhabar.com
काठमाडौं । मानव लगायतका संसारका जीवित प्राणीमा बंश परम्परा कायम गर्न सेक्स गर्नु अनिवार्य हुन्छ ।
प्राणीहरुमा सर्वश्रेष्ठ मानव प्राणीले सेक्सबाट भरपुर आनन्द खोज्दछ । सेक्सको समयमा कसरी बढीभन्दा बढी आनन्द लिने भन्ने जुक्ति खोज्दछ । त्यो बेला सहि उपायहरु नपाउँदा यौनजीवनमा निराश समेत हुने गर्छन् । हामीले यहाँ यौन जीवनमा चरमसुख प्राप्त गर्ने केही टिप्स प्रस्तुत गरेका छौं । थाहा पाउनुहोस् । प्रयोग गर्नुहोस् ।
अध्ययनले देखाएका केही उपायहरू । सेक्सको समयमा महिलाले आफ्नो पुरुष साथीलाई जोडले अंगालोमा कस्नु उत्तम हुन्छ ।
सेक्सका बेला गरिने त्यो आलिंगनले तपाइँको पार्टनरलाई लागोस ‘कि कति धेरै माया गर्छ ?’ यसो गर्नाले दुईजनाबीचको प्रेम अझ गहिरो र मधु बन्ने अध्ययनले देखाएको छ ।
तपाइँलाई तपाइँको सेक्स पार्टनर मुडमा छैन भन्ने लाग्यो भने उसलाई तुरुन्त अंगालोमा बेर्नु उत्तम हुन्छ । जसले पार्टनरको मनमा पनि प्रेम र उत्सुकता जगाउन मद्दत गर्छ ।
सेक्सका बेला बोल्नुको साँटो केही यस्तो हाउभाउ गर्नुस जसले तपाइँको भावना संप्रेसित होस र सेक्सका लागि पार्टनरलाई साउती गरोस ।
महिलाहरूले आफ्नो पुरुष साथीलाई सेक्सका लागि आकर्षित गर्न सजिलो उपाए पनि अध्ययनले पत्ता लगाएको छ ।
त्यसका लागि महिलाले पुरुषलाई कुनै रोमान्टिक वा सेक्सी वस्तु उपहार दिन सकिन्छिन, या कुनै रोमान्छिक भिडियो देखाएर पनि आफ्नो इच्छा प्रकट गर्न सकिन्छ ।
त्यसो भएमा जस्तोसुकै पुरुष साथीले पनि तपाइँको इच्छा परा गर्न चुक्ने छैन । एजेन्सी
dainiknepal.com
नेपालगन्ज, ३२ जेठ । अंश लिएर सम्बन्धविच्छेद गर्ने प्रक्रिया झन्झटिलो र समय बढी खर्चिनु पर्ने भएकाले आफ्ना पतिसँग अंश नलिएरै सम्बन्धविच्छेद गर्ने क्रम बढेको पाइन्छ ।
बाँके जिल्ला अदालतको तथ्याङ्कअनुसार, मेलमिलापका आधारमा अंश नलिएर सम्बन्धविच्छेद गर्ने करिब १७ देखि २५ वर्ष उमेर समूहका महिलाको सङ्ख्या अधिक रहेको छ ।
सो अदालतका न्यायाधीश अम्बरराज पौडेलले कामका लागि विदेश गएका पतिसँग सम्बन्ध बिग्रेको भनी पारपाचुके गर्न आउने महिलाको सङ्ख्या अधिक रहेको बताउनुभयो ।
“यसखाले सम्बन्धविच्छेदका मुद्दा दुवै पक्षको मेलमिलापबाट ‘फास्ट ट्रयाक’को व्यवस्थाअनुसार फैसला गर्ने गरेका छौँ” – न्यायाधीश पौडेलले भन्नुभयो ।
अंशसहित सम्बन्धविच्छेद गर्दा कम्तीमा एक वर्ष लाग्ने भएकाले पनि पतिसँग व्यवहार नमिलेका महिलाले ‘सम्बन्धविच्छेद मात्र गरी पाऊँ’ भनी मुद्दा हाल्ने गरेको न्यायाधीश पौडेलले बताउनुभयो ।
सो अदालतको तथ्याङ्कमा दुनियावादी फौजदारी मुद्दामा सबैभन्दा बढी ३१४ वटा सम्बन्धविच्छेदका मुद्दा रहेको उल्लेख छ । रासस
dainiknepal.com
म्यागी र केही स्थानीय चाउचाउमा मापदण्ड विपरीत हानिकारक मोनोसोडियम ग्लुटामेट एमएसजी भेटिएको छ। म्यागी चाउचाउको आयात र बिक्री–वितरण रोक्दै विभिन्न चाउचाउको परीक्षण गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रारम्भिक प्रतिवेदन अनुसार म्यागी र केही स्वदेशी ब्रान्डका चाउचाउमा एमएसजी भेटिएको हो। शून्य प्रतिशत एमएसजी प्रयोग गरेको भनेर दाबी गरिरहेका केही कम्पनीको चाउचाउमा समेत उक्त तत्व भेटिएको छ। स्रोतले हानिकारक तत्व मापदण्डभन्दा बढी भेटिएका स्वदेशी चाउचाउको नाम भने बताउन चाहेन।

देशका विभिन्न भागबाट म्यागी र नेपाली चाउचाउको नमूना लिएर परीक्षण गरिरहेको विभागले केहीमा मापदण्ड विपरीत एमएसजी भेटेको स्रोतले बतायो। मापदण्डविपरीत एमएसजी भेटिएका चाउचाउमा खाद्य ऐनअनुसार प्रतिबन्ध लगाउन सकिन्छ। खाद्य ऐनअनुसार कुनै पनि चाउचाउमा एक प्रतिशतभन्दा धेरै एमएसजी प्रयोग गर्न पाइँदैन। केही उद्योगले एमएसजी प्रयोगै नगरी उत्पादन गरिरहेको बताएका छन्। कुनैले एक प्रतिशतभन्दा तल प्रयोग गरेको जनाएका छन्। विभागको परीक्षणमा भने एमएसजी प्रयोग नै नगरेको भन्दै आएका चाउचाउमा समेत उक्त तत्व भेटिएको छ। कुनैमा कम्पनीले दाबी गरेभन्दा धेरै एमएसजी पाइएको छ। नागरिक दैनिकमा खबर छ ।

www.canadanepal.net
मुम्बई । श्रीमानलाई धोका दिएको भन्दै एक हिरोइनलाई प्रहरीले अदालतको आदेशमा पक्राउ गरेको छ ।
प्रहरीले पाकिस्तानकी अभिनेत्री मीरालाई आइतबार उनकै घरबाट पक्राउ गरी अदालतको आदेश अनुसार हिरासतमा राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मीराविरुद्ध लाहौरको कैण्ट अदालतका सिविल जजले प्रहरीलाई पक्राउ आदेश दिएका हुन ।
मीरामाथि आरोप छ कि उनले आफ्नै श्रीमानलाई धोका दिएकी छिन् । डेली टाइम्सका अनुसार (इर्तिजा रुबाब) उनलाई फिल्मी नाम मीरा भनेर चिनिन्छ । उनी विरुद्ध अतिकुर्रहमानले उजुरी दर्ता गरेका थिए ।
अतिकुर्रहमान मीराका श्रीमान हुन् । र उनको आरोप छ कि मीराले उनलाई धोका दिएकी छिन् । जजले आगामी सुनवाईमा मीरालाई अदालतमा पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

आफूलाई मीराको श्रीमान बताउने रहमानका अनुसार मीराले उनसँग विहे गरिन । तर फेरि उनले क्याप्टेन नवेद परवेज नामका व्यक्तिसँग गुपचुपमा दोस्रो विहे गरिन् ।
रहमान भन्छन्-‘मेरी श्रीमती हुँदाहुँदै मीरा दोस्रो विहे गर्नै सक्दिनन् ।’ यसैका कारण रहमानले लाहौर कोर्टमा मुद्दा दर्ता गरेका हुन् । कयौं पटक अदालतको पत्रलाई बेवास्ता गरी कोर्टमा हाजिर नभएको भन्दै मीराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको समाचारमा जनाइएको छ ।
मीराले बलिउड फिल्म ‘नजर’ र ‘कसक’ नामको दुई फिल्ममा काम गरिसकेकी छिन् । एजेन्सी
dainiknepal.com
थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।


भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले सोमबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
 १. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ । (एजेन्सी)

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home