• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, १२ साउन । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का गएको छ । बिहान ९:२१ बजे ४.१ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हिजोपनि नुवाकोट केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूड क्षमताको भूकम्पको धक्का गएको थियो । बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि ४ सय भन्दा बढी पटक भूकम्पको धक्का गइसकेको भूकम्प मापन केन्द्रको बेवसाइटले जनाएको छ ।

१२ साउन, काठमाडौं । नेपाली बजारमा बहुमुल्य पहेँलो धातु सुनको आयात ७५ प्रतिशतले घटेको छ । तर, चाँदीको आयात भने ८६.६ प्रतिशतले बढेको छ ।
भर्खरै सम्पन्न आर्थिक वर्ष २०७१/०७२ को ११ महिनामा ५ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ बराबरको Goldसुन आयात भएको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले कम हो । अघिल्लो वर्षको यही अवधिमा २३ अर्ब ९७ करोड ७ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो ।
यस अवधिमा २१ अर्ब १५ करोड ४२ लाख रुपैयाँ बराबरको आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८६.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ११ महिनामा ११ अर्ब ३३ करोड ४१ ल्ाख रुपैयाँ बराबरको चाँदी आयात भएको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सुनको मूल्य घटेपनि आयात हृवात्तै घटेको छ । पछिल्लो महिनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा सुनको मूल्य तोलाको ५० देखि ५० हजारभित्र किनबेच भएको छ । तर, अघिल्लो आर्थिक वर्षमा सुनको मूल्य ५५ माथि पुगेर किनेबच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ बताउँछ ।
नेपाली बजारमा चीनबाट अवैध रुपमा सुन भित्रिँदै आएको छ । पछिल्ला वर्षहरुमा यसले झनै तिब्रता पाएको व्यवसायीहरु बताउँछन । व्यवसायीका अनुसार भन्सार तिरेर नेपाल भित्रिने सुनभन्दा भन्सार छलेर भित्रिने सुनको परिमाण धेरै हुने गरेको छ ।
भन्सार तिरेर ल्याएको सुनभन्दा अवैध रुपमा ल्याएको सुन तुलनात्मक रुपमा सस्तो हुने हुँदा व्यवसायीहरु प्नि कालोबजारीमा संलग्न हुने गरेको प्रहरी बताउँछ । यही कारण पनि सुुनको मूल्य घट्दा घट्दै आयात ७५ प्रतिशतले घटेको हुनसक्ने आंकलन गर्न सकिन्छ ।
www.onlinekhabar.com
काठमाडौं, १२ साउन । अन्तर्राष्ट्रिय बजारमा आएको उच्च गिरावट र नेपालमा भन्सार दर घटेपछि सुनको भाउ चार वर्षयताकै सस्तो भएको छ । तर, उपभोक्ताले किन्न पाएका छैनन् । बजारमा सुनको कृत्रिम अभाव छ । बैंक र व्यवसायी बजारमा सुन अभाव हुनुको दोष एक–अर्कालाई लगाइरहेका छन् । बैंकले सुन बिक्री गर्न नमानेको आरोप सुनचाँदी व्यवसायीको छ । तर, बैंकहरूले भने नियमित रूपमा व्यवसायीलाई ढिक्का सुन बिक्री गरिरहेको दाबी गरेका छन् । उपभोक्ता भने मारमा छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला ४८ हजार रुपैयाँ तोकेको थियो । तर, बैंकरले प्रतितोला ४८ हजार चार सय रुपैयाँमा मात्रै उपलब्ध गराउन सक्ने बताएपछि व्यवसायीले सुन खरिद नगरेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘व्यवसायीले गएको चार दिनदेखि बैंकबाट सुन उठाउन सकेका छैनन्,’ उनले भने, ‘यसले गर्दा बजारमा सुनको अभाव देखिएको हो ।’

भन्सारदर र भाउ एकैचोटि घटेका कारण बैंकले आफूसँग मौज्दात सुन बिक्री गर्न नमानेको अध्यक्ष शाक्यले बताए । ‘भाउ घट्नुअघि आयात भएको सुन बैंकले आफूलाई नाफा कम हुने भएपछि बिक्री गर्न नमानेका हुन्, यसले गर्दा समस्या उत्पन्न भएको छ,’ उनले भने ।


नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले भने आयातको अनुमति लिएका बैंकले नियमित रूपमा सुन बिक्री गरिरहेको बताए । ‘बैंकिङ प्रणालीमा पर्याप्त सुन छ, जुन–जुन बैंकले अनुमति लिएका छन् त्यहाँ–त्यहाँ गएर मागे सुन पाइन्छ,’ उनले भने । मौज्दात भएका कारण बैंकहरूले अहिले थप सुन आयात गरेका छैनन् । स्टक रहेको सुन भन्सारदर तथा मूल्य घट्नुअघिको हो ।

बढी मूल्य तिरिएको सुन भएका कारण केही बैंकले आफ्नो लागत उठाउन खोजेको हुन सक्ने पौडेलले बताए । नियामक निकायबाट पनि आफ्नो लागत उठाउनु भन्ने निर्देशन आएकाले भाउमा तलमाथि भएको हुन सक्ने उनको अनुमान छ । अहिले बैंकसँग झन्डै पाँच सय ५० किलो सुन मौज्दात छ ।

सानिमा बैंकले बजारभाउभन्दा पाँच सय कममा व्यवसायीलाई सुन बिक्री गरेको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । आइतबार मात्रै करिब चार किलो सुन बिक्री गरेको उनले बताए । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले केही बैंकले मात्रै सुन बिक्री गरेको बताए । थुप्रै बैंकले सुन होल्ड गरेर राखेको उनको आरोप छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनको आयातमा भन्सारदर एक हजार रुपैयाँ प्रति १० ग्रामले घटाएको थियो । अहिले प्रति १० ग्राम सुन आयात गर्दा चार हजार दुई सय रुपैयाँ भन्सार लाग्छ । भन्सार घटे पनि आयात भने बढ्न सकेको छैन ।

नयाँ आर्थिक वर्ष सुरु भएयता सुनको आयात तुलनात्मक रूपमा न्यून छ । चालू आवको पहिलो १० दिनमा ५० केजी सुन मात्रै आयात भएको अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख भूपाल बरालले बताए । अघिल्लो आर्थिक वर्षमा करिब एक हजार पाँच सय ५० किलो सुन आयात भएको थियो ।
सुनको नियमित आयात तथा बिक्रीवितरण नहुँदा उपभोक्ता तथा साना व्यवसायी मारमा परेका छन् । चाबहिलस्थित सनराइज ज्वेलर्सका सञ्चालक सुमन लामिछानेले गएको पाँच दिनदेखि ढिक्का सुन पाउन नसकेको बताए । बैंकले ढिक्का सुन बिक्री नगरेको भन्दै व्यवसायीले आफूलाई फर्काएको उनले बताए । ‘ढिक्का सुन नपाएपछि गरगहनाको अर्डर लिन पनि समस्या परेको छ,’ उनले भने, ‘भाउ घटेका वेला सुनको अभाव हुँदा ग्राहकका साथै साना व्यवसायीलाई समेत समस्या हुने गरेको छ ।’

काँडाघारी पेप्सीकोलास्थित च्छोरोल्पा गोल्ड एन्ड सिल्भर ज्वेलर्सका सञ्चालक शिवबहादुर रिजालले आइतबार ढिक्का सुन किन्न नपाएको बताए । ‘सुनको भाउ घटेकाले होला, थुप्रै ग्राहक ढिक्का सुन खोज्छन्, तर दिन सकिएको छैन,’ उनले भने । नेपालमा अहिले दैनिक करिब ३० किलो सुन बिक्री हुने गरेको व्यवसायी बताउँछन् । बैंकमार्फत प्रतिदिन १५ किलो सुन आयात हुँदै आएको छ ।

नेपालमा सुन आयात गर्ने अनुमति बैंकहरूले मात्रै पाएका छन् । नेपाल राष्ट्र बैंकले २३ वटा वाणिज्य बैंकलाई सुन आयात गर्ने अनुमति दिएको छ । तीमध्ये ५–६ वटा बैंकले मात्रै अहिले सुन आयात गरिरहेका छन् । नेपाल बैंकर्स संघले भने २० बैंकले सुन कारोबार गरिरहेको जनाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

काठमाडौं, १२ साउन । प्रधानमन्त्री सुशील कोइराला सोझा भए पनि छट्टु सल्लाहकारहरुको घेरामा पर्दा उनी दिनप्रतिदिन बद्नाम हुँदै गएका छन् । सहयोगी र सल्लाहकारहरुले कोइरालाको नाम बेचेर मस्ती गर्दै आएका छन् । देशको नेतृत्व गरेका प्रधानमन्त्री कति कमजोर छन् भने उनले आफ्नै टिमलाई समेत राम्रोसँग नेतृत्व गर्न सकेका छैनन् ।
आफ्ना सल्लाहकारहरु समेतले के गर्दैछन् भन्ने थाहा हुन छोडेको छ । गतसाता प्रधानमन्त्री कोइरालाका एक सल्लाहकार बेपत्ता भएपछि बालुवाटारमा हल्लीखल्ली मच्चियो । तर प्रधानमन्त्रीले पछि मात्र उक्त कुरा थाहा पाए ।
कोइरालाका राजनीतिक सल्लाहकार सुबीर खनाल गत साता तीनदिनसम्म जानकारीविना नै हराएका थिए । जुन विषयलाई लिएर यतिबेला प्रधानमन्त्रीको सचिवालयमा हंगामा मच्चिएको छ । बालुवाटार स्रोतका अनुसार हराएको दोस्रो दिन पनि उनी सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गर्नुपरेको थियो । मोबाइलसमेत अफ गरेर उनी बेपत्ता भएका थिए ।
दोस्रो दिन पनि उनी बेपत्ता भएपछि प्रहरीलाई नै खबर गर्नुपर्ने अवस्था आएको थियो । प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसन हेर्दा गंगबु देखिएको थियो । त्सपछि उनी कान्छी श्रीमतीसँग रहेको आँकलन गरिएको थियो । बहुविवाहको कारण खनालको पारिवारिक जीवन अस्तव्यस्त छ ।
जेठी श्रीमतिसँग सम्बन्धविच्छेद नगरी दोस्रो बिहे गरेर गोप्य राखेका कारण उनी विवादमा तानिंदै आएका छन् । त्यही तनावमा उनी तीनसम्म बेपत्ता भएको स्रोत बताउँछ । उनी हराएको सुरुमा प्रधानमन्त्रीले थाहा नपाए पनि मृदुला कोइरालाले कुरा लगाइदिएकी थिइन् ।
त्यसपछि खनाल र मृदुलाबीच लडाई झन् चर्केको छ । सचिवालयकै बाबुराम आचार्य, दिनेश भट्टराई, अतुल कोइराला, रमेश भण्डारीसमेत सरुवा र ठेक्काको काम मिलाउनै व्यस्त छन् । दृष्टि साप्ताहिकमा खबर छ ।
dainiknepal.com
काठमाडौं, १२ साउन । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेललाई निकै इमान्दार अफिसर मान्ने गरिन्छ ।
पछिल्लो समय गुमनाम बनेका खरेल क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा तालिम दिएर बसिरहेका छन् । अपराधीको अखडा नै समाप्त पार्ने खरेलले नेतालाई पनि छाडेका छैनन् । केही दिनपहिले उनले नेपालका नेताहरुलाई जनताको भाषामा चेतावनी दिएको खबर दैनिक नेपालले प्रकाशित गरेको थियो । जुन १ लाख बढीले पढेका छन् । जसमा धेरै खरेललाई राजनीतिमा आउन सुझाव दिएका छन् ।
उनको त्यो चेतावनीपछि कतिपयले अबको नयाँ सरकारमा गृहमन्त्रीको रुपमा उनलाई प्रस्ताव गरेका छन् । देश संविधान निर्माण प्रक्रियामा रहेका बेला नेताहरुले आलटाल गर्न खोजेको भन्दै ‘अब नि जनताले हेरेर बस्ने छैनन्’ भनेर उनले जनताको भाषामा चेतावनी दिएका थिए ।
यो चेतावनीपछि उनका समर्थकहरुले नयाँ संविधानपछिको नयाँ सरकारमा रमेश खरेललाई गृहमन्त्री बनाउन सुझाव दिएका छन् । भने, कतिपयले जागिरबाट अवकाश पाएपछि राजनीति गर्न सुझाव दिएका छन् । केहीले त प्रहरी प्रमुख हुन आग्रह गरेका छन् ।
सुदाम थापा लेख्छन्-‘रिटायर पछि राजनीति गर्नुपर्छ सर, अनी गृहमन्त्री बनेर देशलार्इ चलाउनुपर्छ, अब सक्षम व्यक्तिहरु राजनीतिमा आउनुपर्छ, नेपाल आमा को जय होस्।’
नरबहादुर केसी लेख्छन्-‘देशभक्ति निष्ठावान निस्वार्थी क्रान्तिकारी विचारधारा भाको राष्ट्रसेवक यो देशका नेताको लागि सौताको छोरो मुटुको किलो भने जस्तै हुन्छ । रमेश खरेल एकपटक प्रहरी प्रमुख हुनुपर्छ तब सुध्रिन्छ देश ।’
विन्दास लेख्छन्-‘रमेश खरेल जस्तो देश भक्तहरु नेपाल आमाको लागि खाँचो छ ।’ अरुण पाण्डक लेख्छन्-‘नेपालको राजनीति क्षेत्रमा तपाईं जस्तो मानिसको ठूलो खाँचो छ । कृपया अवकाशपछि राजनीतिमा सक्रिय भई अहिलेका जस्ता विदेशी प्रभूहरूको ईशारामा नाच्ने नेता भनाउँदाहरूलाई पाखा लगाई देश र जनताको सेवा गर्नु होला । अग्रिम शुभकामना ।’
गुणा बर्मा लेख्छन्-‘हजारौं नेता होइन् १० रशेम खरेलको आवश्यकता छ नेपालमा ।’ धोज धानुक लेख्छन्-‘देशमा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति भए रमेश खरेललाई बनाउनुपर्छ ।’
छत्र श्रेष्ठ लेख्छन्-‘यहाँ हजुरको छ खाँचो खरेल जी जोगाउ यो देशको माटो । खोजी राछ हजुरलाई यो देश ले ।’ ऋषिकेश अधिकारी लेख्छन्-‘यस्ता भ्रस्टचारी नेताहरुलाई तह लगाउन को लागि तपाईं जस्तो स्वच्छ छवी भएको इमान्दार नेपालको सपूतको यो देशलाइ खाचो छ । तपाईं रिटायर भएपछि राजनीतिमा आएर यस्ता विदेशीको दलाललाई ठिक पार्नु पर्दछ । जय देश जय नेपाल ।’
सुरज बस्याल लेख्छन्-‘होसियार दलालहरु रमेश खरेलको फन्दाबाट । नेता होस् या आम् जनता । रिटायरपछि राजनीति गर्नुपर्छ सर, अनी गृहमन्त्री बनेर देशलार्इ चलाउनु पर्छ, अब सक्षम व्यक्तिहरु राजनीतिमा आउनुपर्छ, नेपाल आमा को जय होस् ।’
मिलन गुरुङ लेख्छन्-‘सलाम छ सर हजुरलाई । अब रिटाएर भएपछि राजनीतिमा आउनुहोस हामीलाई हजुर जस्तै कडा अनि देशभक्त नेताको खाँचो छ । गृहमन्त्रीको पदमा आउनुहोस चुनाव लड्नुहोस् ।’
टेकप्रसाद घिमिरे लेख्छन्-‘नियम र कानुन मिचेर मनोमानी गर्ने र देश टुक्रयाउने खेलमा लागेका अनि भ्रष्टाचारीमा लागेर राज्यको ढुकुटी स्वाहा पार्नमा लागेका भ्रष्ट र विखण्डनकारी नेपालमा वसेर खाएर अरु कसैको गुणगान गाउन पल्केका राष्ट्रघातीहरुलाई कारवाहीको दायरामा ल्याउनु यहाँ जस्तो इमान्दार कर्तब्यनिष्ट सक्षम देश र जनताका सेवामा अहोरात्र खट्ने राष्ट्र सेवकले अब केही गर्नै पर्ने वेला आएको छ यसमा हाम्रो पनि साथ रहने छ ।’
रमेश खरेलको समर्थनमा आएका यी सुझाव र विचार हेर्दा अब उनलाई प्रहरीको जागिर भन्दा पनि राजनीति गर्नु जरुरी छ । प्रहरीमा जागिर खाँदा अगाडि बढ्न नदिने भएकाले राजनीतिमा आएर देशको नेतृत्व लिन समेत समर्थकले सुझाव दिएका छन् ।
नयाँ संविधान बन्ने क्रममा अहिले प्रत्यक्ष कार्यकारी निर्वाचित प्रणालीका लागू गर्ने विषयमा बहसमै छ । यदी यो बहस सार्थक भए रमेश खरेल गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म बन्ने बाटो खुल्ने छ । देशको नेतृत्व दिएर भ्रष्टाचार र अपराधलाई सशक्तरुपमा नियन्त्रण गर्न सफल हुने समर्थकहरुको विश्वास छ ।
dainiknepal.com
१२ साउन, एजेन्सी ।

इण्डोनेशियाको पपुवा क्षेत्रमा मंगलबार विहानै ७ रेक्टर स्केलको भूकम्प भएको अमेरिकी भौगर्भिक विभाग युएसजिएसले दिएको छ । प्रान्तीय राजधानी जयापुराबाट २५० किलो मिटर क्षेत्रमा उक्त भुकम्पको केन्द्र रहेको समाचारमा जनाइएको छ ।

अहिले सम्म कुनै हताहतीको विवरण प्राप्त भएको छैन । सूनामीको चेतावनी जारी गरिएको छैन तर सुनामी र पहिरोको उच्च खतरा रहेको अधिकारीहरुले बताएका छन् ।



मानिसहरु भूकम्पपछि भागाभाग गरेको पनि समाचारमा उल्लेख छ । मानिसहरु पहिरो जाने क्षेत्रबाट अन्य क्षेत्रमा गइरहेका छन् ।

इण्डोनेशिया भूकम्पको उच्च जोखिम भएका क्षेत्रमा पर्छ ।
आज वि.सं. २०७२ श्रावण १२ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ जुलाई २८ तारिख
आषाढ शुक्ल द्वादशी, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, ऐन्द्र योग, कौलव करण
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
भोलिको व्रत/पर्व : प्रदोष व्रत,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पुराणश्रवण,

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन तपाईंले भाग्यबलमा कमी भएको अनुभूति गर्नुहुनेछ । बन्दव्यापारमा उतारचढाव आउने छ, एकाएक घाटा ब्यहोर्नु पर्ने अवस्थासमेत सिर्जना हुनसक्छ । तर साँझपख निराशा र तनावको अन्त्य हुनसक्छ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक जीवनमा सामान्य किचलो र विवाद हुने सम्भावना छ । दिनभरि तनावले मन रुमल्लिने समय छ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । घरायसी समस्याका कारण बेलुकाको बास घरबाहिर हुने सम्भावना समेत छ । रामरमाइलो गर्न मन हौसिने योग छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बेलुकाका तुलनामा बिहानको समय लाभदायक छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीले खुसी तुल्याउने छन् । अपराह्नपछि अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीरमा अचानक आलस्यपना देखापर्ने छ । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरपरिवारभित्र स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छन् । सम्पत्तिको विवाद छ भने त्यसका बारेमा छलफल हुनसक्छ । छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ । वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । यात्राको सम्भावना छ । साँझपख दार्शनिक वा बौद्धिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा देखिन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
तपाईंको काममा आज कसैले सहयोग गर्ने सम्भावना छैन । मित्रवर्ग र बन्धुवान्धवले आआफ्ना बाध्यता तेर्साउन सक्छन् । नियमित भोजनको समेत अनुकूलता हुँदैन । पछाडि बसेर तपाईंका कुरा काट्नेहरूले खिसीट्यौरी गर्न छाड्दैनन् । कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यय क्षेत्रमा चन्द्रमा रहेकाले सुरुमा मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मना अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी, पशुपालन र कृषिव्यवसायमा सफलता भए पनि बेलुकाबाट चिन्तनमूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । व्यापारमा मन्दी छाउनेछ, अनि आनन्दप्राप्ति र भोगविलासमा मन केन्द्रित हुनेछ । पारिवारिक रमझममा धनखर्च हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । बन्धुबान्धव र सन्ततिपक्षबाट सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पाइने छ । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


केही देशहरुमा निकै अचम्मका नियम कानूनहरु हुन्छन् । यस्ता कानूनहरुको बारेमा सुन्दा नै हाँसो उठ्ने मात्र होइन की त्यस्ता कानूनको पालना कसरी होला भन्ने प्रश्न पनि उठ्छ । यिनमा केही कानूनहरु त दशकौँ पूराना पनि छन् र आजसम्म पनि बदलिएका छैनन् । केही विचित्र कानून भएका ५ देश यस्ता छन्-

श्रीमतीको जन्मदिन भुल्नेलाई जेल- सामोआ भन्ने देशमा यस्तो अनौठो कानून छ । त्यहाँ पत्नीको जन्मदिन भुल्नुलाई अपराध ठहर गरिन्छ । कोही पुरुषले यदि पहिलोचोटि आफ्नी श्रीमतीको जन्मदिन भुलेको हो भने त्यसलाई चेतावनी दिइन्छ । यदि उसले यस्तो गल्ती फेरि दोहोरायो भने त्यसलाई जरिवाना वा जेल सजाय दिइन्छ । त्यसैले जो श्रीमतीहरु आफ्नो लोग्नेले बारम्बार जन्मदिन भुलेका कारण हैरान हुन्छन् उनीहरुले लोग्नेलाई लिएर सामोआ घुम्न जानुपर्ने देखिन्छ ।

रातको दशबजे पछि ट्वाइलेटमा फ्लस गर्न नपाइने- सुन्दैमा अनौठो, अपत्यारिलो तथा असम्भव लाग्नसक्छ । तर स्विजरल्याण्डको कानून अनुसार त्यहाँ रातको १० बजेपछि ट्वाइलेट फ्लस चलाउनु गैरकानूनी हुन्छ । रातको १० बजेपछि फ्लस चलाउँदा ध्वनी प्रदुषण हुने ठहर कानूनले गरेको छ जसका कारण छिमेकीलाई डिस्टर्ब हुन्छ । साँच्ची कसैलाई मध्यरातमा दिसाले चेँप्यो भने के गर्ने होला ? भलै यो कानूनको पालना सायदै होला ।
विजुलीको बल्ब फेर्न पनि अनुमति पत्र- घरमा विजुलीको चिम बिगि्रयो भने नयाँ किनेर आफैले ल्याएर फेर्छौँ हामीले । चिमको मात्र के कुरा, जाने र सकेसम्म सबैखाले विजुलीका काम गर्छौँ । विजुली मिस्त्री बोलाएर पैसा खर्च नगर्ने बानी हुन्छ सम्भव भएसम्म । तर अस्ट्रेलियामा भने अनौठो कानून छ । त्यहाँ फ्युज गएको विजुलीको बल्व फेर्न समेत लाइसेन्सवाला इलेक्टि्रसियन्स गुहार्नु पर्छ । लाइसेन्स नभएकाहरुले विजुलीको सामान्य भन्दा सामान्य काममा समेत हात हाल्ने अधिकार छैन ।

जहाँ डिभोर्स माग्ने अधिकार नै छैन – फिलिपिन्स दुनियाको एउटा यस्तो देश हो जहाँ अहिलेसम्म सम्बन्ध विच्छेदको लागि कुनै कानून छैन । विवाह पछि पति पत्नी अलग हुनसक्छन् तर डिभोर्सको कानूनी प्रावधान भने छैन । चाहे तपाइँ आफ्नो वैवाहिक सम्बन्धबाट धेरै पीडित किन नहुनुस् डिभोर्स लिनु असम्भव छ । भ्याटिकन सिटीमा पनि सम्बन्ध विच्छेदको कानूनको अभाव छ । त्यसैले दम्पतीहरुबीच कानूनी सम्बन्ध विच्छेद हुँदैन ।
संसदमा मर्नु गैरकानूनी- बेलायतको संसदमा मर्नु गैरकानूनी हो । संसदभित्र मर्ने मानिसको मृत्युपर्यन्त समेत सबै संसदीय अधिकार रद्ध हुन्छन् । यदि कोही व्यक्ति निकै विरामी छ र तत्कालै मर्ने सम्भावना छ भने उसलाई तुरुन्तै बाहिर निकालिन्छ । संसद राजकीय स्थान भएकाले त्यहाँ मर्ने व्यक्ति राजकीय अन्त्येष्टिको पात्र मात्र हुने ठम्याइ कानूनको छ । एजेन्सीको सहयोगमा
www.onlinekhabar.com
नयाँदिल्ली : भारतीय छात्राले बुर्का र क्रस लगाउन पाउनुपर्ने माग गर्दै अल इन्डिया प्रि—मेडिकल टेस्ट (एआइपिएमटी) बहिष्कार गरेका छन् । भारतीय सर्वोच्च अदालतको निर्देशनको उनीहरूले विरोध गरेका छन् ।

लखनउकी २० वर्षीया मुस्लिम छात्राले अदालतको निर्देशनको पालना नगर्दा आफूले मेडिकल डाक्टरको जाँच दिन नपाएको भन्दै आक्रोश व्यक्त गरिन् ।

सर्वोच्च अदालतले उक्त जाँचमा कुनै पनि विद्यार्थीले बुर्का र पूरा बाहुले कपडा लगाउन नपाइने आदेश दिएको छ । आफूले बुर्का खोल्न अस्वीकार गरेको उनले बताइन् ।

‘मैले बाल्यकालदेखि बुर्का लगाउँदै आएकी छु । परीक्षामा बस्ने बेला मलाई बुर्का खोल्न भनियो', रेहाना (नाम परिवर्तन) ले भनिन्, 'म आफ्नो धार्मिक भावनामा ठेस पुर्‍याएर डाक्टर बन्न चाहन्न । यसमा मलाई कुनै पछुतो छैन । धर्म भनेको धर्म हो ।’ आफ्नो समय खेर गएकोमा उनले कुनै पछुतो नभएको पनि बताइन् ।

यसैगर तिरुवन्नतपुरमकी १९ वर्षीया क्याथोलिककी महिला धर्मगुरु सिबाले पनि आफूले उक्त जाँच बहिष्कार गरेको बताइन् । सबै विद्यार्थीलाई जाँचमा सहभागी हुने बेला बुर्का, क्रस, कृपाण, बाली र टप नलगाउन भनियो ।

‘मैले उक्त कुराको विरोध गरें', सिबाले भनिन्, 'मलाई सर्वोच्च अदालतको नियम भने राम्ररी थाहा थियो ।’ उनले बिहान ८ बजे परीक्षा केन्द्रमा पुगेको बताइन् । जाँच सुरु हुने बेला उनलाई क्रस उतार्न भनिएपछि जाँच केन्द्रमा बसेका निरीक्षकसँग अनुरोध गरेको जानकारी दिइन् ।

निरीक्षकले उनको धार्मिक भावनाको सम्मान गरे पनि अदालतको आदेशको विरोधमा जान नसक्ने बताएको खुलासा गरिन् । आफ्नो धार्मिक भावनामा ठेस पुग्नुभन्दा चिकित्सकको प्रवेश परीक्षा नदिनु उचित लागेको बताइन् ।

‘परीक्षा गराउन दिइएका निर्देशन हामीले पालना गर्नैपर्थ्यो', उक्त केन्द्र रहेका संस्थाका प्राचार्यले भने, 'त्यसअनुसार उनीहरूले नमानेकाले अनुमति दिन सकेनौं ।’

सायरो मालंकारा गिर्जाघरका आधिकारिक प्रवक्ता बोवस म्याथ्युले उक्त घटना दुर्भाग्यपूर्ण भएको बताए । उनले अदालतको निर्देशनप्रति आक्रोश व्यक्त गरे ।

अदालतले डाक्टरको प्रवेश परीक्षामा कुनै पनि विद्यार्थीले बुर्का, क्रस, बाली, टप र पूरा बाहुले लुगा लगाउन नहुने बताएको छ ।

यसैगरी पञ्जाब, चण्डिगढ र जयपुरमा पनि कृपाण खोल्न भनिएको थियो । चण्डिगढका छात्र करणवीर सिंह र छात्राद्वय गुरप्रीत कौर एवं हरसिमरत कौरले पनि धार्मिक चिन्ह खोल्नुपरेको बताए । आफूलाई उक्त विषय चित्त नबुझे पनि निर्देशन पालना गरेको बताए ।

शिरोमणि गुरुद्वारा प्रबन्धक समितिका डिएस बेदीले भने, ‘हामीले आफ्ना धार्मिक चिन्ह लगाउन पाउनुपर्ने भन्दै माग गरिरहेका बेला यस्तो हुनु अशोभनीय हो ।’ www.annapurnapost.com
काठमाडौं, ११ साउन । नेपालमा भर्खरै भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ । केही बेर अगाडि महसुस गरिएको भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

२०७२ साउन ११ सोमबार
राजविराज : परिवार पाल्न छोरो विदेशिएका बेला परपुरुषसँगको सम्पर्कपछि गर्भवती भएकी बुहारीलाई सासूले प्रेमीको जिम्मा लगाएकी छन् ।

कञ्चनरुप नपा–९ धर्मपुरकी २० वर्षीया रेणुदेवी साह र छिमेककै सोल्टी नाता पर्ने १८ वर्षीय पुजन साहबीचको यौनसम्बन्धबाट गर्भ बसेको खुलेपछि आइतबार रेणुलाई गाउँलेले पुजनकै जिम्मा लगाएका हुन् ।

रेणुका पति फागु साह ०७१ साउन २२ गतेदेखि वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् ।

सुनसरीको गौतमपुर माइत भई धर्मपुरमा विवाह गरेर आएको वर्ष दिनमा पति विदेश गएपछि उनी पुजनसँग प्रेम सम्बन्ध रहेकी थिइन् । उनी अहिले सात महिनाको गर्भवती छिन् । रेणुको पेटमा हुर्कँदै गरेको गर्भ आफ्नो भएको पुजनले स्विकारेका छन् ।

छोरा विदेशमा रहेका बेला बुहारी गर्भवती रहेको थाहा पाएपछि गत असार २५ गते गाउँमा छलफल बोलाउँदा रेणुले गाउँलेसामुन्ने वास्तविक घटना बाहिर ल्याएकी थिइन् ।

गाउँलेहरुले उतिबेलै रेणुलाई पुजनको जिम्मा लगाउन खोज्दा पुजनका अभिभावकले अस्विकार गरेपछि सासु ५९ वर्षीया पानवतीदेवी साहले गत बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

दुबैलाई प्रहरीले झिकाएपछि गाँउलेसमेत आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । घरपरिवारले अस्वीकार गरेपछि उनले तिनै युवकसँग जीवन बिताउने बताइन् ।

रेणुकी दिदी र पुजनका ठूलोबुवा जगदीश साहका छोराबीच विवाह भएकाले उनीहरुबी सोल्टी नाता पर्छ । विवाह अघिबाटै एक अर्कालाई मन पराउने गरेको कुरा उनीहरुले प्रहरी कार्यालयमा बताए ।

हामी एक अर्कालाई माया गर्छाैं, जे हुनु थियो भयो’, सहमति पत्रमा हस्ताक्षर गर्दै युवकले भने, ‘अब हामी दाम्पत्य जीवनमा तयरा छौं ।’

आफूले प्रेम गरेकाले पत्नीकारुपमा स्वीकार्ने र युवतीले पनि आफूसँग बस्न चाहेको युवकले बताए । युवक अविवाहित हुन् भने युवतीका पहिलो पति फागुतर्फ एक वर्षीया छोरी छन् । एक वर्र्षीया नाबालिकाको पालनपोषणको जिम्मा भने हजुरआमा पानवतीले लिँदै घर लगिन् ।

‘समस्या आएपछि समाधान त गर्नै पर्‍यो’, घरपरिवार र गाउँलेले सहमति गरी दिएको जानकारी दिँदै स्थानीय हरिलाल साहले भने, ‘सुरुमा त केटाले मेरो गर्भ होइन भनेर डीएनए परीक्षण गर्छु भन्थ्यो, तर छलफलका क्रममा गर्भ आफ्नै रहेको स्वीकार्‍यो ।’

तथ्यांकअनुसार नेपालबाट दैनिक एक हजार पाँच सय बढी युवा वैदेशिक रोजगारीमाश जाने गर्छन् । सप्तरीमा अविवाहितभन्दा विवाहित युवा नै बढी विदेशिने गरेको आँकडाले देखाउँछ ।

सप्तरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले पत्नी, छोराछोरी र घरपरिवारको लागि विदेशिने युवाकै घरबार भने दिनदिनै भत्किँदै गएको बताए । एक महिनाको अवधिमा यस्तै प्रकारका चारवटा घटना प्रहरी कार्यालयमा आएको उनले जानकारी दिए ।

गाउँ, घरपरिवारको मोहमाया त्यागेर छोराछोरी र पत्नीका लागि श्रम गर्न विदेशिएका पतिले कमाएर पठाएको रकममा केहीले रजाइँ गर्न थालेपछि पुरुषहरु पीडामा पर्न थालेको महिला अधिकारकर्मी पनि बताउँछन् ।

मनोहरकुमार |
अन्नपूर्णपोस्ट  बाट
साउन ११ सोमबार

कुन्दुज : अफगानिस्तानको उत्तरी क्षेत्रमा आइतबार आयोजित एक विवाह समारोहमा भएको गोली हानाहानमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।

प्राप्त समाचारअनुसार उत्तरी अफगानिस्तानको देश सालेह जिल्लामा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।


विवाह समारोह चलि नै रहेका बेला सोही समारोहमा सहभागी व्यक्तिबीच नै गोली हानाहान सुरु भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आइतबार साँझ अबेरतिर सो घटना भएको बताइएको छ । उक्त दुर्घटना समारोहमा सहभागी भएका पाहुनाहरुबीच भएको हो ।

प्रहरीले उक्त दुर्घटनाको छानबीन सुरु भएको तर त्यहाँ सहभागी भएका पाहुनाबीचको विवादका कारण नै सो अवस्थाको सिर्जना भएको बताएको छ । उक्त क्षेत्रमा विगतदेखि नै सुरक्षा स्थिति कमजोर रही आएको छ । यसअघि पनि सो जिल्लामा पटक÷पटक यस्ता हिंसाका घटना भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता जावेद बसरतले भने– उक्त दुर्घटनाबाट २० जनाको ज्यान गएको छ भने अरु १० जना नराम्ररी घाइते भएका छन् । प्रहरीले सो स्थानमा स्थानीय रुपमा विवाद उत्पन्न भएको र आपसी रिसइबीका कारण उक्त दुर्घटना हुनपुगेको बताएको छ ।

मारिनेमा प्राय पुरुष पाहुना नै परेका छन् । मारिनेमा १४ देखि ६० वर्ष उमेरका व्यक्ति रहेका जानकारी दिइएको छ । उक्त समारोहमा भोज जारी रहेको समयमा अकस्मात एक अधवैंशेले गोली चलाएको र त्यसको जवाफी फायरका रुपमा अर्कातर्फबाट पनि गोली हानिएको बताइएको छ । प्रहरीले घटनाका दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, ११ साउन । भूकम्पमा परेर आश्चार्यजनक ढंगले बाँचेकाहरुको कथा समेटेर निर्माण गरिएको ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीले नेकपा एमालेका केन्द्रीय नेताहरुलाई रुवाएको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीको जारी बैठककै अवसर पारेर पार्टी मुख्यालय बल्खुमा आयोजना गरेको विशेष प्रदर्शनीमा एमाले नेताहरु भावुक बनेका हुन् । डकुमेन्ट्री हेर्दै गर्दा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्य, रामरति राम, बिना श्रेष्ठ, गोविन्द नेपाली लगायतका नेताको आँशु रोकिएन । उनीहरुले डकुमेन्ट्रीका पात्रहरुको दर्दले आँशु थाम्नै नसकेको प्रतिक्रिया दिए ।


डकुमेन्ट्री हेरेपछि नेकपा एमालेका महासचिव इश्वर पोखरेलले भावुक हुँदै भने, ‘डकुमेन्ट्रीका कतिपय दृश्यले मन नै भावुक बनायो, डकुमेन्ट्री निकै उत्कृष्ट छ ।’ डकुमेन्ट्रीमार्फत नेपाली युवा र सुरक्षा निकायले गरेको सराहनीय कामको खबर विश्वभर फैलने महासचिव पोखरेलले बताए । उनले भने, ‘हामीले धेरै काम गर्दागर्दै पनि अभिलेख राख्ने कुरामा चुकेका हुन्छौ । डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले नेपालको इतिहास बचाउने काम गर्नुभएको छ ।’

एमाले महासचिव पोखरेलले नेपाल सुरक्षित रहेको र नेपालमा अझै पर्यटकहरु आउन सक्छन् भन्ने आशयको शब्द डकुमेन्ट्रीमा समेट्न सुझाव समेत दिए । उनले भने, ‘डकुमेन्ट्रीमा राष्ट्रकविले भनेजस्तै भूकम्प पछिका पराकम्पन परिवर्तनका सूूचक हुन्, त्यसैले यसैको जगमा नव निर्माणमा जुट्नुपर्दछ ।’

डकुमेन्ट्री हेरिसकेपछि अर्का नेता प्रदीप ज्ञवालीले पनि डकुमेन्ट्रीको तारिफ गर्दै यसले भूकम्पको बिपत्तिलाई नबिर्सी पूर्वतयारीमा लाग्न सचेत गराउने बताए । डकुमेन्ट्रीमा मानिसको जीवनलाई सजीव ढंगले उतारेको उल्लेख गर्दै ज्ञवालीले भने, ‘मलाई एउटा खुट्टा गुमाएकी प्रिया बिकको कथाले सुरुमै छोयो, डकुमेन्ट्रीमा कारुणिक वेदनाहरुलाई पनि उतारिएको छ । राम्रो बनेको छ ।’

एमाले सचिव पृथ्बीसुब्बा गुरुङ, प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराई, स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटव्युरो सदस्य कृष्णगोपाल श्रेष्ठ, विष्णु रिमाल, अरुण नेपाल, केन्द्रीय सदस्यहरु सूर्य थापा, ठाकुर गैरे, गोविन्द नेपाली लगायतले डकुमेन्ट्री निर्माण टिमको प्रशंसा गरे ।

कठमाडौँमा शनिबारमात्रै भाग्यले बाँचेकाहरुको सार्वजनिक गरिएको थियो । त्यसको भोलिपल्टै केन्द्रीय नेताहरुको माग अनुसार एमालेले पार्टी मुख्यालय बल्खुमा विशेष प्रदर्शनी आयोजना गरेको हो । डकुमेन्ट्रीका निर्देशक पाण्डेले नेकपा एमालेले प्रदर्शनीको आयोजना गरी प्रोत्साहन गर्ने काम गरेकोमा आफूहरु निकै हर्षित भएको बताए । जिल्ला–जिल्लामा समेत यो डकुमेन्ट्री प्रदर्शन गर्ने योजना रहेको उनले बताए ।

काठमाडौं, ११ साउन । सोमबार सुनको मुल्यमा कुनै गिराबट आएको छैन । आज छापावाला सुनको मुल्य प्रतितोला ४८ हजार रुपैयाँ रहेको छ भने तेजाबी सुनको मुल्य ४७ हजार ७ सय ५० रुपैयाँ पुगेको सुन तथा चाँदी विक्रेता महासघं नेपालले जनाएको छ ।

त्यस्तै चादीँको मुल्य भने प्रतितोला ६ सय ६५ रुपैयाँ रहेको पनि महासघंको बेवसाइटमा उल्लेख छ । लगातार ओरालो लागेको सुनको मुल्य हिजोदेखी भने स्थिर भएको छ ।

साउन ११ गते
सुन्तला
सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ ।
सिस्नु
सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ ।
मकै
मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ ।
प्याज
प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो ।
अदुवा
अदुवाले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ । चियामा अदुवा हालेर खाने गर्नाले सास ताजा पनि बन्न पुग्छ ।
जरीबुटी
सुन्तलाको बोक्रा, युकालिप्टस (मसला), पुदिनाजस्ता जरीबुटीले फोक्सोलाई सफा राख्छन् ।
भिटामन सीयुक्त खाना
सुन्तला, कागती, निबुवा, मौसम, गोलभेँडाको जुस, स्ट्रबेरी, भुइँकटहर, आँप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन् ।
पिस्ता
पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्छ ।
लसुन
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ । लसुनले फोक्सोलाई फाइदा पु¥याउँछ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home