• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
२०७२ असार ७ गते


मुम्बई । बलिउड नायिका सेलीना जेट्लीको घरमा बस्दै आएकी सन्नी लियोनीलाई केही दिन पहिले जर्वजस्ती निकालियो ।
त्यसबाट दुखित सन्नीले आफुसँग नडराउन सेलीनालाई आग्रह गरेकी छिन् । ‘तपाईका श्रीमानले मसँग फिल्म खेले भन्दैमा नडराउनुस् ।’ सन्नीले जेट्लीलाई भनिन् ।
बलिउडका स्थापित नायकसँग फिल्म खेल्न चाहे पनि तिनले आफुसँग काम गर्न नमानेको उनको भनाई छ । नायकको आफ्नै इच्छा भन्दा पनि नायकका श्रीमानले आफुसँग काम नगर्न दवाव दिएको आरोप लगाईन् उनले ।
‘मलाई लाग्छ नायकहरुले मसँग काम गर्न नमानेका होईनन्, उनीहरुका श्रीमतिले सन्नीसँग काम नगर भनेर दबाब दिएका छन् ।’ सन्नीले भनिन् ।
आफ्नो श्रीमान डेनियल निकै मायालु भएको बताउने सन्नीले दोस्रो पुरुषको वारेमा चासो नराख्ने गरेको दाबी गरेकी छिन् । उनले यो पनि भनिन् ‘म मायालु श्रीमान हुँदा हुँदै दोस्रो पुरुषलाई आँखा लगाउँदिन ।’

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ७ असार । गोरखा जिल्लाको साम्दोमा आज सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
केहीबेर अघि चरासँग ठोक्किएर हेलिकप्टर दुर्घटनामा परेको सिम्रिक एयरले जनाएको छ । थप विवरण केहीबेरमा दिनेछौँ ।
dainiknepal.com
विश्वमा १ अर्ब ४० करोड मानिसले अहिले फेसबुक चलाउँछन् । यति वृहत प्रयोगकर्ताको संजालका कारण फेसबुक विश्वको सबैभन्दा ठूलो सोसल मिडिया साइट बनेको छ र सोही कारण फेसबुकले विज्ञापनमार्फत ठूलो धनराशी आर्जन समेत गर्दै आएको छ । स्थापनाको ११ वर्षमै फेसबुक अबौँँको कम्पनी बनेको छ र यसका संस्थापक मार्क जुकरबर्ग विश्वका कम उमेरका अर्बपतिमध्ये एक बन्न सफल भएका छन् ।
हार्वर्ड विश्वविद्यालयबाट पढाइ छाडेका (हार्वर्ड ड्रपआउट) जुकरबर्गको वर्तमानको खुद सम्पत्ति ३३ अर्ब ४० करोड डलर रहेकेा छ र उनी विश्वका अर्बपतिको सूचिमा १६ औँ नम्बरमा रहेका छन् ।

आखिर यति सानै उमेरमा विश्वकै टप ट्वान्टी अर्बपतिको सूचिमा पर्न तथा विश्वका सर्वाधिक सफल सिइओ बन्न कसरी सफल भए छ जुकरवर्ग ? उनको जिवनका केही रोचक तथा प्रेरक प्रसँगहरु छन् । जुन यस्ता छन्-
· बुवा दन्तचिकित्सक इडवार्ड र आमा मनोविज्ञ करेनका चार सन्तानमध्ये कान्छा हुन् मार्क जुकरबर्ग। जसको जन्म न्युयोर्कको डब्स फेरीमा भएको थियो । उनी सानैदेखि विलक्षण प्रतिभाका धनी थिए र १२ वर्षको उमेरमै अटारी बेसिकको प्रयोग गरी मेसेजिङ प्रोग्राम जकनेट निर्माण गरेका थिए । बाल्यकालमै उनले आफ्ना साथीहरुका लागि कम्प्युटर गेम बनाइदिएका थिए ।

· न्यु ह्याम्पसाएको चर्चित फिलिप्स एक्जेटर एकेडेमीमा माध्यामिक शिक्षा अध्ययन गर्दागर्दै उनले म्युजिक स्टि्रमिङ प्लेटर्फम निर्माण गरेका थिए । उनले बनाएको त्यो अनलाइन म्युजिक स्टि्रमिङ प्लेटर्फमप्रति माइक्रोसफ्ट तथा अमेरिका अनलाइन लगायतका कम्पनीले चासो देखाएका थिए । किशोरावस्थामा उनले आफुले निर्माण गरेका प्रविधि कसैलाई बेच्न तथा कुनै कम्पनीमा गएर जागिर खान अस्विकार गरे ।

· जुकरबर्ग केवल कम्प्युटरका किरो मात्र थिएनन् । उनले दी ओडिसी महाकाव्य जस्ता क्लालिस कलामात्र होइन खेलकुदमा पनि रुची राख्दथे । उनी आफ्नो स्कुल पढ्दा फेन्सिङ टीमको कप्तान नै थिए ।
· सन् २००२ मा हार्वर्ड विश्वविद्यालयमा पढाइ सुरु गरेलगत्तै उनले सीपालु कम्प्युटर प्रोग्राम निर्माताको रुपमा ख्याति कमाउन थाले । उनले आफ्ना धेरै साथीहरुसँग मिलेर फेसबुक सुरु सरे । पछि फेसबुकमा फुलटाइम खर्चिनका लागि उनले हार्वर्ड विश्वविद्यालयको पढाइ नै छाडे ।

· हार्वर्ड विश्वविद्यालय ड्रप आउट गर्नुअघि उनको भेट भएकेा थियो हालकी श्रीमती प्रिसिला चानसँग । उनीहरुबीच एउटा पार्टीमा भेट भएको थियो । पहिलो डेटिङको रोचक प्रसँगका बारेमा चानले भनेकी छिन्, ‘हाम्रो पहिलो डेटिङमै उसले भनेको थियो की अर्धवाषिर्क परीक्षाको प्रोजेक्ट सकाउनु भन्दा तिमीसँग डेटिङ जान मनपर्छ ।’
· जुकरबर्ग अल्लारे उमेरमै रहँदा जुकरबर्गले फेसबुकमा महत्वपूर्ण साझेदार भित्राए र थप लगानीकर्तामार्फत १ करोड २७ लाख डलर रकम उठाउन सफल भए । सन् २०१० मा उनलाई टाइम म्यागेजिनले विश्व वर्षव्यक्ति घोषणा गर्यो ।
· प्रविधि जगतका कममात्रै सिइओहरुलाई ठूलो पर्दाको फिल्मी दुनियामा अजर अमर बन्ने सौभाग्य प्राप्त हुन्छ । जुकरबर्ग त्यसमध्येका एक हुन् । दी सोसल नेटवर्क नामक हलिउड फिल्म जुकरबर्ग र फेसबुककै कथामा आधारित छ । यो फिल्मले विभिन्न ८ विधामा एकेडेमी अवार्ड प्राप्त गर्यो । तथापि जुकरबर्गले यो फिल्मका कतिपय तथ्यहरु गलत रहेको अडान छाडेनन् ।
· दी सोसल नेटवर्क फिल्मको कथा आरोन सर्किनले लेखेका हुन् । भलै जुकरबर्गलाई यो चलचित्र मन नपर्ला तथा आरोनको बहुचर्चित टेलिभिजन शो दी वेष्ट विंगका सबैभन्दा ठूला फ्यानमध्ये जुकरबर्ग पनि एक हुन् ।
· जुकरबर्गले सन् २०१२ को मे १८ मा फेसबुक कम्पनीलाई सार्वजनिक कम्पनीको रुपमा ल्याए । शेयर बजारमा आएकै दिन फेसबुकको शेयर मूल्य आकाशियो । कम्पनीले शेयरधनीबाट १६ अर्ब डलर उठाउन सफल भयो । यो प्रविधि कम्पनीको इतिहासमा सबैभन्दा ठूलो आइपिओ थियो । अलिबाबा कम्पनीले गतवर्ष मात्र फेसबुकको यो इतिहास तोडेको थियो

· फेसबुकले उचाइ लिइरहँदा चान र जुकरबर्ग अफेयरमै रमाइरहे । फेसबुक सार्वजनिक कम्पनीको रुपमा गएको अर्को दिनमात्रै यी दुइले विवाह गरे । तर उनीहरुको विवाह सुटुक्क भयो भन्दा पनि हुन्छ । धेरैको अपेक्षा भन्दा विपरित निकै सामान्य खालको विवाह भयो । पालो अल्टोस्थित घरमा विवाह सम्पन्न भयो । निकै कममात्र पाहुना उपस्थित थिए र त्यो विवाह जस्तो पनि लाग्दैनथ्यो । चानले माध्यामिक विद्यालय उत्तीर्ण गर्दा ताकाको सामान्य पार्टी पो हो की जस्तो लाग्थ्यो त्यो विवाह समारोह ।
· विवाह समारोहमा ग्री डेका बिली जोए आर्मस्ट्रङले प्रस्तुती दि एभने बेहुली प्रिसिलाको लागि जुकरबर्गले आफै औँठीको डिजाइन गरेका थिए ।
· उनीहरुले आफ्नै निजि हवाइजहाजमा इटालीमा गएर हनिमुन मनाए । पाँचतारे होटेल पोट्रेट सुइट्समा बसे, जहाँ एक रात बसाइको प्रतिकोठाको शुल्क ८ सय युरो थियो । पापाराजीहरुले त्यहाँपनि छाडेनन् त्यो जोडीलाई । अनि म्याकडोनाल्ड खाइरहेको अवस्थामा फेला पारेर क्लिक गरिहाले ।
· जुकरबर्ग दम्पती हरेक वर्षको डिसेम्बरमा छुट्टी मनाउन दुइ हप्ताजति बाहिर जाने गरेको छ र कहिलेकाहीँ चानको परिवारलाई भेट्न चीन समेत आउने गरेका छन् ।

· जुकरबर्गले चिनिया भाषा पनि सिकेका छन् । उनको मन्दारिन भाषा अब्बल बन्दै गएको छ । उनले सन् २०१४ मा झण्डै आधा घण्टाको प्रश्नोत्तर सत्र मन्दारिन भाषामै चलाएका थिए ।
· जुकरबर्ग र चानले घरमा बिस्ट नामको हंगेरियन कुकुर पालेका छन् । यो कुकुरको आफ्नै फेसबुक पेज छ ।

· बेलाबखतमा फेसबुकको शेयर बेचेरै जुकरबर्गलाई मनग्गे पैसा आउँछ, त्यसैले उनलाई तलब चाहिँदैन । जुकरबर्गले वर्षको १ डलर तलब थाप्छन् । तर उनको निजी चाटर्ड जहाजका लागि मात्र सन् २०१४ मा ६ लाख १० हजार डलर भन्दा बढि खर्च भएको थियो ।
· विश्वका १६ औँ ठूला अर्वपति भएपनि जुकरबर्ग कन्जुस छन् भन्ने आरोप लाग्छ । अर्थात् उनले फजुल खर्च गर्दैनन् । टेलर विन्कलेभोसले एक अन्तरवार्तामा भनेका छन्, ‘मैले जिवनमा देखेका मध्ये उनी सबैभन्दा गरीब धनीमान्छे हुन् ।’
· पोषाकमा खासै चुजी छैनन् जुकरबर्ग । उनले कुनै डिजाइनर सुट लगाउदैनन् । प्रायः हुड वा खैरो टिसर्टमा देखा पर्छन् ।
· जुकरबर्गको कालो भक्सवागन जिटिआइ कार छ । जसको मूल्य ३० हजार डलर भन्दा बढि पर्दछ ।
· जुकरबर्गले आफ्नो गोपनीयता तथा एकान्तबासका लागि भने खर्चिन्छन् । सन् २०१४ को अक्टोबरमा उनले हवाइको काउइ टापुमा ७५० एक्कड जमिन १० करोड डलरमा किनेका छन् । त्यहाँ उनले आफ्नो निजी आवास बनाउने योजना बनाएका छन् ।
· पालो अल्टोमा उनको ५ हजार वर्गफुटमा फैलिएको निजी घर छ । जसलाई उनले साढे ४ करोड डलरमा किनेका हुन् ।
· उनले सनफ्रान्सिस्कोमा पनि १ करोड डलरमा बंगला किनेका छन् र सो घरको सिंगारपटार तथा थपथापका लागि १० लाख डलर थप खर्चिएका छन् । सनफ्रान्सिस्कोका आफ्नो घरको मर्मत गर्ने क्रममा उनले कामदारहरुलाई घरको कार पार्किङमा कारभित्रै रातमा सुत्न बाध्य पारे ।
· जुकरबर्ग दानी पनि छन् । उनले सिलिकन भ्याली कम्युनिटी फाउन्डेसनलाई ९९ करोड २० लाख दान गरेका छन् । त्यस्तै सनफ्रान्सिस्को जनरल अस्पताललाई साढे ७ करोड आर्थिक सहयोग प्रदान गरेका छन् ।

· जुकरबर्गले फेसबुकको पैसा पनि निकै खर्च गरिदिन्छन्, तर उत्पादनमूलक कामका लागि । जुकरबर्ग फेसबुकको हाकिम हुँदा नै इन्टाग्राम खरीद गर्न १ अर्ब डलर, वाट्सएप खरीद गर्न १९ अर्ब डलर तथा ओकुलस खरीद गर्न २ अर्ब डलर खर्चिइसकेका छन् । तर ३ अर्ब डलरमा स्नापच्याट किन्ने उनको धोको भने पूरा हुन पाएन ।
· जुकरबर्गले प्रविधि उद्योगका समकक्षीहरुसँग मात्र होइन अन्य क्षेत्रका विशेष व्यक्तिसँग पनि भेट गर्दछन् । उनले प्रायः भेट्ने मध्येकी एक हुन् ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफ । र्यापर स्नूप डग तथा व्यवसायी सीन पार्कर मात्र होइन राष्ट्रपति बाराक ओबामासँग पनि उनको भेट हुने गरेको छ ।
· सिंगापुरका एक कलाकार झु जियाले एउटा कला प्रदर्शनी उनकै नाममा समर्पित गरे र त्यसको नाम दिए दी फेस अफ फेसबुक ।
· यो वर्षको सुरुमा न्युयोर्कका एकजना कलाकारले दिसाको प्रयोग गरी जुकरबर्गको चित्र बनाए ।
· जुकरबर्ग विश्वका सबैभन्दा कम उमेरमा अर्बपति हुनेमध्येका एक हुन् । उनी आफुलाई भुइँमान्छे ठान्छन् । तर उनमा धनाढ्यमा जस्तो रवाफ छैन र निकै सामान्य जिवनशैली जिउँछन् । उनले नियमित रुपमा प्रश्नोत्तर सत्र चलाउँछन् जसलाई उनले टाउनहल नाम दिएका छन् । त्यसक्रममा उनले विश्वभरका सर्वसाधारणसँग कुराकानी तथा प्रश्नोत्तर गर्दछन्, भलाकुसारी गर्दछन् ।
www.onlinekhabar.com
काठमाडौं । पत्रकार श्यामसुन्दर गिरीलाई ज्यान मार्ने धम्कि दिने हिम्मतवालीका नायक सुदर्शन गौतम बिरुद्ध चलचित्रपत्रकार संघले खेद ब्यक्त गरेको छ ।
समाचार लेखेकै कारण धम्क्याउन नपाईने भन्दै संघले गौतमलाई माफी माग्न १५ दिनको अल्टीमेटम दिएको छ । उनले माफी नमागेमा वहिस्कार गर्ने संघले जनाएको छ ।
‘भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा एक अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर गौतमले पत्रकार गिरीलाई मारेर चोभारमा फाल्ने धम्की दिएका थिए ।
पटक-पकट अपशब्द बोलेका गौतमले गिरीलाई चलचित्र पत्रकार संघको सदस्यवाट समेतबाट निस्काशन गरीदिने धम्की दिएका थिए ।
www.onlinekhabar.com
पृथ्वीमा महाप्रलयको नयाँ युग सुरु भएको वैज्ञानिकहरुले बताएका छन् । मानव जातिको अस्तित्वमै खतरा उत्पन्न गराउने आम विलोपनको युगमा प्रवेश गरिएको घोषणा शोधकर्ताहरुले दाबी गरेका हुन् ।


शोधकर्ताहरु भन्छन्, ‘हामीहरु पृथ्वीमा हुने छैटौँ आम विलोपन युगमा प्रवेश गर्दैछौँ र यसमा कुनै शंका छैन।’ वैज्ञानिकहरुका अनुसार संकटापन्न प्रजातिहरुको संरक्षणको ढोका तिव्र गतिमा बन्द भैरहेको छ ।
स्टानफोर्ड उड्स इन्स्टिच्यूट फर इन्भारोमेन्टका प्राध्यापक समेत रहेका शोधकर्ता टोलीका प्रमुख पाउल इर्लिचले पृथ्वीमा मास एक्स्िटन्सन (आम विलोपन) को छैठाैं संस्करण सुरु भएको दाबी गरेका छन् ।
साइन्स एडभान्सेस जर्नलमा छापिएको शोध अनुसार यो आम विलोपनको समयमा पृथ्वीमा भएका प्रजातिहरु सामान्य भन्दा १ सय गुणा तिब्र गतिमा लोप हुँदै जान्छन् ।
अर्का शोधकर्ता तथा अटोनोमा युनिभर्सिटी मेक्सिकोका प्राध्यापक गेरार्डो सेबालोसका अनुसार यदि यो विलोपनले निरन्तरता पाइरह्यो भने पृथ्वीमा फेरि जीवहरु पुनस्र्थापित हुन करोडौँ वर्ष लाग्छ र मानिस पनि छिट्टै नै लोप हुने खतरा रहन्छ ।
जीवाशेषहरुको अनुसन्धान तथा ऐतिहासिक तथ्यहरुको विश्लेषणका आधारमा शोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
विश्वका लोपोन्मुख तथा संकटापन्न प्रजातिहरुको तथ्यांक राख्ने संगठन आइयुसीएनका अनुसार पृथ्वीका ४१ प्रतिशत उभयचर तथा २६ प्रतिशत स्तनधारी जनावरहरु लोप हुने खतरामा पुगेका छन् ।
यसरी प्रजातिहरु लोप हुँदै जाँदा पृथ्वीको अत्यावश्यकीय पर्यावरण चक्र खल्बलिने र त्यसले अन्य प्रजातिहरुको समेत अस्तित्व खतरामा पार्दछ । जस्तै माहुरीहरु लोप भई बालीनालीको परागशेचन कार्य कम हुँदा खाद्यान्न उत्पादन घट्छ र यसले मानवजातिको अस्तित्वमै खतरा उत्पन्न गराउँछ ।
अहिलेको प्रजातिको विलोपन दरका आधारमा मानिसले आगामी तीन पुस्ताभित्रै जैविक विविधताबाट प्राप्त हुने विभिन्न लाभहरु गुमाउने अवस्था रहेको शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ता इर्लिचका अनुसार हामीले आफ्नै खुट्टामा बन्चरो हानिरहेका छौँ । शोधकर्ताहरुका अनुसार विश्वमा औद्योगिक क्रान्तिपछि जैविक विविधताको विनाश अत्यन्तै उच्च गतिमा भैरहेको छ ।
सन् १८०० देखि सन् १९०० को अवधिमा १ सय ४४ प्रजातिका ढाड भएको जीवको विनाश भएकोमा सन् १९०० पछि सन् २०१० को अवधिसम्म ३ सय ९६ प्रजातिका ढाड भएका जीव लोप भएका छन् ।
अनलाइन खबर डटकम बाट साभार गरियको भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ७ असार । नेपालमा मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ।
आइतबार मध्यराति १२ बजेर ४० मिनेटतिर भूकम्पको धक्का महसुस गरिएको हो । राजधानी काठमाडौँमा केहीबेर भूकम्पको धक्का महसुस गरिएको थियो ।
थप जानकारी आउन बाँकी छ ।
यसअघि आइतबार साँझ ७ बजेर २६ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।

प्याज भान्सामा नियमित तरकारी वा मसलाकोरुपमा प्रयोग हुने बस्तु हो । कतिपयलाई प्याज मन नपरेपनि अधिकाँशलाई यो मन पर्छ ।

प्याज सामान्य देखिने बस्तु भएपनि यसका दर्जनौं फाइदा छन् । प्याजले रोगसँग लढ्ने क्षमता बढाउँछ भने अनुहार पनि सफा पार्छ । आँखाको दृष्टी बढाउने प्याजले विभिन्न रोगबाट पनि बचाउँछ ।

यहाँ प्याजका १० फाइदाबारे चर्चा गरिएको छ ।


१ कोलेस्ट्रोल सन्तुलित राख्छ

प्याजमा पाइने एन्टी-ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोलको स्तर नियमितरुपमा कम राख्छ । प्याजमा हुने तत्वले पाँचन प्रणाली पनि सुधार गर्छ ।



२ मुटुलाई फाइदाजनक

काँचो प्याजले रक्तचापलाई सन्तुलित राख्छ । यसमा हुने मिथाइल सल्फाइड र एमीनो एसिडले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ मुटुमा हुने रोग लाग्न दिँदैन ।



३ कपालका लागि फाइदाजनक

प्याजले कपाललाई पनि स्वस्थ राख्छ । प्याजको रस लगाउँदा कपाल झर्न रोकिन्छ भने कालो पनि हुन्छ । यसले कपाललाई फुल्नबाट रोकेर कालो पार्ने काम समेत गर्छ ।




४ क्यान्सरबाट बचाउँछ

प्याजमा सल्फर तत्व अधिक हुन्छ । यो पेटमा हुने कोलोन, स्तन वा फोक्सोको क्यानसरबाट बचाउन उपयोगी हुन्छ । यसले पिसावमा हुने संक्रमण समेत रोक्छ ।



५ मधुमेहबाट बचाउँछ

नियमित प्याज सेवन गर्दा शरीरमा इन्सुलिनको मात्र सन्तुलित हुन्छ र मधुमेहबाट बचाउँछ । मधुमेह हुने ब्यक्तिले नियमित खानामा प्याज सलादकोरुपमा खानु राम्रो हुन्छ ।

६ पत्थर

पत्थर भएका ब्यक्तिलाई प्याजको सेवन निक्कै राम्रो हुन्छ । प्याजको रस चिनीसँग मिलाएर शरवत बनाएर सेवन गरेमा पत्थरीको समस्या रहँदैन । प्याजको रस सहितको पानी विहानमा सेवन गर्दा पत्थरी निस्कन्छ ।



७ कब्जियतको समस्या समाधान

प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । प्याजमा हुने रेशादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्छ ।



८ चिसोबाट बचाउँछ

प्याज गर्मी चिज हो । यसले चिसो हुनबाट बचाउँछ । चिसो लागेको समयमा वा रुघा खोकी लाग्दा प्याजको सेवन गर्दा फाइदा हुन्छ ।


९ लू बाट बचाउँछ

गर्मी मौषममा प्याज सेवन गर्दा लू लाग्ने खतरा हुँदैन । प्याजको एक चम्चा रस पानीमा मिसाएर छातीमा मालिस गर्दा फाइदाजनक हुन्छ ।

१० यौन शक्ति बढाउँछ

प्याजले यौन शक्ति पनि वृद्धी गर्छ । सुन्दर यौन जीवनका लागि प्याजको सेवन फाइदाजनक मानिन्छ । पुरुषले प्याजको सेवन गर्दा उनीहरुको यौन शक्ति बढ्छ ।
स्वेताले भनिन्-'पैसाले हुने भए म मेरो पतीलाई बचाउँथे'
२०७२ असार ६ गते


विजय थापा, वासिंगटन डीसी
अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा चलचित्र ‘कोहिनुर’ देखाइएको छ । सोही कार्यक्रममा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधीबाट सम्मान पनि गरिएको छ ।
श्रेष्ठलाई प्रदान गरिएको सम्मान उनकी धर्मपत्नी नायिका स्वेता खड्कालाई नेपाली राजदुत अर्जुन कुमार कार्कीले हस्तान्तरण गरेका थिए । रंगमञ्चसँगै चलचित्र क्षेत्रमा श्रीकृष्णले पुर्‍याएको योगदानको कदर गर्दै ‘अमर तारा’ सम्मान प्रदान गरिएको हो ।
अमेरिकामा स्थापना गरिएको अमेरिकन नेपाली टेलिभिजनले श्रेष्ठलाई यो सम्मान प्रदान गरेको हो । चलचित्र सुरु हुनु अगाडि नायिका स्वेता खड्काले भावुक मुद्रामा भनिन्-‘पैसाको घमण्ड मानिसमा हुन्छ ।
तर, यदि पैसाले नै हुने भएको भए म आफ्नो पतीलाई बचाउन सक्थे । यसैले पैसाले केही हुँदैन । म चलचित्रबाट  उठेको रकम नेपालका भूकम्प पीडितलाई दिने घोषणा गर्दछु ।’ सफल चलचित्र ‘कोहिनुर’ नायिका स्वेता खड्काले दर्शकसँगै बसेर हेरेकी थिइन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ६ असार । नेपालमा भूकम्प गएको दुई महिना नवित्दै चिलीमा अर्काे शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक संस्थाका अनुसार दक्षिणी चिलीको तटीय क्षेत्र नजिकैै केन्द्रविन्दु भएर आइतबार दिउँसो शक्तिशाली भूकम्प गएको समाचार एजेन्सीले जनाएका छन् । भूकम्पको शक्तिशाली झट्काले मानवीय क्षति भएको खबर सार्वजनिक भएको छैन् ।
समाचार अनुसार भूकम्पबाट केही घरहरु भत्किएका छन् ।
भूकम्पको कडा झट्काले चिलीमा हजारौं नागरिक घर बाहिर निस्किएर खुला चौरमा गएको बताइएको छ । अमेरिकी भूवैज्ञानिक सेवाका अनुसार शक्तिशाली भूकम्पको धक्का ६ दशमलब ४ रेक्टर स्केलको हो । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि नेपालमा गएको शक्तिशाली भूकम्पबाट ८ हजार मानिसको मृत्यु भइसकेको छ । यसअघि जापान र मलेसियामा पनि शक्तिशाली भूकम्प गएको थियो । एजेन्सी
dainiknepal.com
काठमाडौं । श्री दरबार साहिबको अगाडि शुक्रवार विष सेवन गरेर आत्महत्या गर्ने भिनाजू र सालीको एउटा यस्तो भिडियो सार्वजनिक भएको छ, जसमा दुबैले घटनाको सबै कारण खुलाएका छन् ।
उनीहरुले सँगै हुँदा गरेको कार्य र घर परिवारबाट उनीहरुसँग भएको व्यवहार, जसका कारण आत्महत्या गर्न बाध्य भए ।
दुबै जनाले आत्महत्या गर्नुपूर्व एउटा भिडियो बनाएका थिए, जसमा उनीहरुले भनेका छन् कि कसरी उनका घर परिवारले यस्तो हातलमा पु¥याए कि मर्नुको सट्टा उनीहरुसँग अर्काे कुनै विकल्प नै थिएन् ।
मृतक साली किरनदीपले भिडियोमा भनेकी छिन् कि–‘उनकी बहिनी र उनका परिवार मिलेर भिनाजूलाई कुटपिट गरेको आरोप लगाएर उनलाई दाइजो माग्न उत्प्रेरित गरेको र उनी आफ्नै दिदीको सौता बनेर भिनाजूसँग सल्किएको भन्ने आरोप लगाएपछि म यो अवस्थामा पुगे ।’

मृतक साली भिनाजू
यता किरनदीपका भिनाजू अमृतपाल सिंहले भनेका छन् कि–‘मेरी पत्नीको मेरा बुबा (पत्निका ससुरा)सँग नाजायज सम्बन्ध थियो, जसका कारण मलाई मार्न पहिला पनि कोशिश गरिएको थियो, र आत्महत्या गर्न खोजेको आरोपमा मलाई केही समय जेल पनि पठाइयो ।
भिनाजू र सालीले भनेका छन् कि–‘घरबाट बाहिर निस्क्दिाँ परिवारका कारण भौतारिरहेका थिए, किनकि एकतर्फबाट उनीहरुलाई परिवारबाटै मार्ने हुन कि भन्ने डर थियो भने, दोस्रो तर्फ उनीहरुलाई डर थियो कि कतै पुलिसले समातिहाल्छ कि किनकि पुलिसले उनीहरुका पारिवारका सदस्यको उजुरीमा पहिला पनि पक्राउ गरेर उनीहरुलाई यातना दिएको थियो ।
दुबै जनाले भिडियोमा भनेका छन् कि–‘परिवार, समाज र पुलिसको डरले हामीसँग अब आत्महत्या गर्नुभन्दा अर्काे कुनै विकल्प बचेको थिएन् । र हामी पारिवारका सदस्यहरुको व्यवहारबाट दुःखी भएर यो निर्णयमा पुगेका हौं । यद्यपी यो भिडियो अमृतपालले आत्महत्या गर्नुभन्दा पहिला फेसबुक र यूट्यूबमा अपलोड गरेका थिए । यो घटना भारतको अमृतपुरको हो । एजेन्सी
dainiknepal.com
पूर्वयुवराज पारस शाहको सेल्फी ।
थाइल्याण्डबाट फर्किपछि मोटाएका शाहले छोराछोरीसगँ प्रसन्न मुद्रामा सेल्फी खिचेर फेसबुकमा आज फोटो अपलोड गरेका छन् । annapurnapost.com
काठमाडौं, असार ६ – पूर्व यूवराज पारस साह विवाहित हुन्न् भन्ने आफूलाई थाहा नभएको पारसको थाई प्रेमिका कन्निका चाइयर्सनले बताएकी छन् । आफूलाई पारसबारे मात्रै थाहा भएको र नेपालीहरुसँग पनि चिनजान नभएकाले उनी विवाहित हुन् भन्नेसमेत आफूलाई थाहा नभएको उनको दाबी छ ।
केहि पहिलेमात्रै पारस आफ्नो श्रीमान भएको भन्दै फेसबुकमा लेख्ने चाइयर्सनले अहिले सबै कुरा थाहा भएको भन्दै नेपाली जनतासँग माफी मागेकी हुन् । उनले नेपालका युवराज जस्तो मान्छे र विवाहित भएको नेपालीहरुमार्फत थाहा पाएको जनाउँदै क्षमायाचनासमेत मागेकी हुन् । कन्निकाले शनिबार साँझ सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘नेपालमा कोही पनि चिनजानका मान्छेहरु नहुँदा पारस पूर्व युवराज र विवाहित हुन् भन्ने थाहा भएन, त्यसका लागि म सबैसँग माफी माग्न चाहन्छु ।’ कन्निकाले घुमाउरो शैलीमा सबै कुरा थाहा पाएपछि पारसलाई छाडेको समेत बताउँदै उनले आफू कसैको मजाकको मात्र नभई सिधा केटी भएको बताएकी छन् । ‘म सिधा केटी हुँ, अरुको लागि मजाक बन्न चाहन्न’, उनले भनेकी छन्, ‘पारस नाम गरेको व्यक्ति जो नेपालको हुनुहुन्छ, उनी तपाईहरुको पूर्व युवराज भन्ने सम्म पनि थाहा थिएन ।’ थाइल्यान्डमा हुँदा कन्निकासँगै बसेका पारस हाल स्वदेशमै छन् । केहि महिना पहिलेमात्रै थाइल्याण्डको लामो समयको बसाइपछि पारस काठमाडौं फकिर्एका थिए । नेपाल आए यता हाल उनी कुनैपनि औपचारिक कार्यक्रममा देखा परेका छैनन् । www.ratopati.com
रसुवा, ६ असार-घर नै नभएका तर घर भत्कियो भनी फर्जी विवरण दिने व्यक्तिमाथि कारबाही सुरु गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार घर भत्किएका व्यक्तिलाई तत्काल राहतस्वरुप पाँच हजार वितरण गर्ने नीतिभित्र आफूलाई पनि पार्न घर नै नभएका र डेरा गरी बसेकाले समेत झुठा विवरण दिई रकम बुझेको भन्ने गुनासो र उजुरी आउन थालेपछि असुलउपरका लागि कारबाही सुरु गरिएको हो ।

स्वतःस्फूर्त रुपमा फिर्ता गर्न पहिलो चरणमा गाउँरटोलमा आग्रह गर्ने र आलटाल गरेमा ठगी ऐन नियमानुसार कारबाही गरिने बताइएको छ ।

जिल्ला दैवी प्रकोप समितिले फर्जी विवरण लेखाइ लिएको राहत रकम इमान्दारपूर्वक फिर्ता गर्न सबैसँग आग्रह गरेको छ ।
kathmandutoday.com
आफूले आफूलाई जतिसुकै व्यस्त छु भने पनि मान्छे त्यतिसाह्रो व्यस्त कहिल्यै हुँदैन। वास्तवमा अधिकांश मानिस व्यस्त हैन, अस्तव्यस्त हुन्छन्। व्यस्त रहनु नराम्रो कुरा हैन, तर व्यस्तताको नाममा जीवनका लागि उपयोगी र अत्यावश्यक विषयकै अवहेलना गर्नुचाहिँ खतरनाक कुरा हो।

अन्धाधुन्ध व्यस्तता अन्तत: रोगग्रस्तता, अनिन्द्राग्रस्तता तथा मनोरोगग्रस्ततामा रूपान्तरण हुन थाल्छ। योग विज्ञानको भाषामा यसलाई अविद्या भनिन्छ। आधुनिक स्वास्थ्यविज्ञहरू यसलाई लाइफस्टाइल डिसअडर्स अर्थात् जीवनशैली विकृति भन्छन्। यस किसिमका समस्या र विकृति ठीक गर्ने आज पनि कुनै किसिमको औषधि उपचार छैन।

योगमात्रै एउटा त्यस्तो साधन हो, जसले जीवन र जीवनशैलीका सारा समस्याको समाधान गर्छ। मानव जीवनका सारा समस्याको समाधान गर्नसक्ने योगमा निहित सामथ्र्य उजागर गर्दै कुनै योगशास्त्रमा भनिएको छ, 'भवतापेन तप्तानां योगो हि परमौषधम्' अर्थात् योग नै त्यो औषधी हो, जसले मानव जीवनमा आइपर्ने समग्र सांसारिक तापहरूको समाधान गर्छ। आज अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा तपाईं-हामी प्रत्येकले एकपटक हाम्रै संस्कृतिबाट उत्पन्न भएको योग विज्ञान हाम्रो दैनिक जीवनमा कति लाभकारी छ भनी हृदयंगम गर्नुपर्ने बेला आएको छ।

'त्यस दिनदेखि हाम्रो अन्त्य सुरु हुन्छ, जुन दिन हामी ती विषयमा चुप रहन थाल्छौं जुन विषय जीवनमा सर्वाधिक महत्त्व राख्छन्।' मार्टिन लुथर किङको यो भनाइले योग विज्ञानप्रति हामी अझै बेखबर रह्यौं भने हाम्रो अधोपतन रोकिने छैन भन्ने बोध गराउँछ।

आज सिंगो विश्व योगप्रति आकर्षित छ। हाम्रै हिमालय सनातन परम्पराबाट प्रार्दुभाव भएको योग आज विश्वका सबैजसो देशमा विभिन्न स्वरूपमा अपनाइन्छ। करोडौं स्वास्थ्य अनुरागी आज योगको शरणमा पुगेका छन्। स्वास्थ्य, तन्दुरुस्ती, सौन्दर्य, मानसिक शान्ति र सामाजिक सामञ्जस्यताका लागि योग सर्वोपयोगी साधन हो भनेर संयुक्त राष्ट्रसंघले समेत योग विज्ञानलाई वैधानिक मान्यता प्रदान गरिसकेको छ।

छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्राष्ट्रिय योग दिवस मनाउनुपर्ने प्रस्ताव राष्ट्रसंघले सगौरव पारित गर्‍यो र आजका दिन विश्वका एक सय ७७ राष्ट्र एकसाथ योग-आसन, प्राणायाम र प्रार्थना गर्दै योग दिवस मनाउँदैछन्। यसरी योग विश्व परिदृश्यमा सम्मानपूर्वक प्रतिष्ठापित हुनु भनेको हामी सनातन संस्कृतिका अनुगामीहरूका लागि निश्चय पनि गौरवको कुरा हो।

विस्मृतिबाट स्मृतितर्फ
आजको मानिस अहोरात्र दौडधूपमा छ। आवश्यकता असंख्य छन्। इच्छा र कामना अनन्तहीन छन्। जमाना प्रतिस्पर्धा र अन्धानुकरणको छ। वैज्ञानिक प्रविधि र अत्याधुनिक उपकरणहरूको विकास त भएको छ, तर त्यसले मानिसलाई नै मेसिनको जस्तो रसहीन र एकहोरो बनाएको छ।

त्यति मात्र हैन, अहिले उपभोक्तावादको जमाना छ। व्यक्ति होस् या वस्तु त्यसलाई उपभोग गरेर तृप्त हुने आमप्रवृत्ति बढेको छ। 'खाऊ , पिऊ र मोज गर' को परिपाटीले लोक स्वीकृति पाउँदै गएको छ। अति भौतिकवादको यस्तो प्रवृत्ति केही क्षणका लागि त बडो मीठो प्रतीत हुन्छ, तर त्यसको दूरगामी परिणाम रोग, शोक र भोगको रूपमा अभिव्यक्त हुन्छ। यस्तो परिस्थिति आउनुको मूल कारण योग, उपयोग र सदुपयोगको कला विस्मृत हुँदै जानु हो।

यथार्थत: हामी ऋषिमुनिका सन्तान हौं। हाम्रो वंशाणुमा योग र ज्ञान सन्निहित छ। हाम्रो चित्तमा योगको संस्कार छ, भोगको हैन। हाम्रो हृदयमा श्रद्धा र भक्तिको बीज छ, स्वार्थ र निष्ठुरताको हैन। हाम्रो मष्तिस्कमा विवेक र अध्यात्मको प्रतिबिम्ब छ, अकर्मण्यता र कुतर्क हैन।

मानव जीवनका महान् अध्येता ऋषिमुनिहरूले प्रवर्तन गरेको योग वास्तवमा त्यो पद्धति हो, जसले हाम्रो मस्तिष्क, चित्त र हृदयको परिष्कार गर्छ। आजको मानिस बाहिर राम्रो-चिल्लो देखिए तापनि उसको मस्तिष्क दुषित छ। त्यसैले ऊ मनोकायिक रोगको आक्रमणमा पर्दै गएको छ। मान्छेको चित्त मैलो छ, त्यसैले उभित्र हरि छैन। मौका पाउनेबित्तिकै अधर्म, भ्रष्टाचार र दुराचार गर्न पछि पर्दैन। हृदयभरि कुण्ठा बोकेर हिँडेको व्यक्ति जतिसुकै भजनकीर्तन गरोस्, वैकुण्ठमा जाँदैन।

योग नै त्यस्तो कला र विज्ञान हो, जसले सन्तुलित र परिशुद्ध जीवन जिउन सिकाउँछ। एक उपनिषद्ले भनेको छ, 'मन: प्रश्मनोपायो योगइत्यभीधियते' अर्थात् मन (चित्त, हृदय, संस्कार) लाई परिशोधन गर्ने विधा नै योग हो। वास्तवमै वर्तमान समयमा प्रत्येक व्यक्तिलाई उसको अन्तर्मन परिशोधन गर्ने योग र यौगिक जीवनपद्धतिको ज्वलन्त खाँचो छ।

योगमा रोग निको पार्ने, शरीर तन्दुरुस्त राख्ने र सुन्दर बनाउने शक्ति त छँदै छ, यसले भोग गर्ने कला-कौशल पनि सिकाउँछ। कोरा भोग र मोजले मान्छेलाई थकाउँछ र अनन्त: डुबाउँछ। बुझ्नुपर्ने कुरा के हो भने आजको भोगवादी दुनियाँमा योगवादी हुन सक्यो भने रोगवादी जिन्दगी बाँच्नु पर्दैन। भोगमय दिनचर्यामा योगमय जीवनदृष्टि भएन भने रोगमय परिणाम निश्चित छ। त्यसैले योग आजको परम आवश्यक वस्तु हो।

योग त गर्ने, तर कसरी?
खानु, सुत्नु, सास फेर्नुभन्दा पनि सजिलो काम हो योग गर्नु। धेरैजसोको बुझाइमा हातखुट्टा तन्काएर आसन गर्नु र सास बाहिरभित्र गरेर प्राणयाम गर्नु नै योग हो। आसन र प्राणायाम योग त हो, तर त्यति मात्रैले योग पूर्ण हुँदैन। योगको अभिप्राय समग्र जीवनलाई सहज, सरस, आरोग्वान् र सुखदायक बनाउनु हो।

योग प्रत्येक क्षण र प्रत्येक स्वाससँगै गरिने सजगतापूर्ण अभ्यास हो। योग त्यो विद्या हो, जसले कसरी खाने, कसरी सोच्ने, कसरी हिँड्ने, कसरी बोल्ने, कसरी काम गर्ने, कसरी व्यवहार गर्ने, कसरी बाँच्ने भन्ने व्यवहारोपयोगी कला सिकाँउछ। नजानी खाँदा आहार रोग बन्छ, जानेर खायो भने आहार योग हुन्छ। शरीर दौडाउने, उफ्रने, तन्काउने मात्रैलाई कसरत भनिन्छ।

सजगतापूर्वक शरीरलाई प्रशिक्षित गर्नु आसन हो। सास फेर्ने तरिका सिकाउने प्राणायाम हो। सोच्ने, विचार गर्ने, निर्णय गर्ने, मनन गर्ने तरिका र कला सिकाउने पद्धति ध्यान हो। कामकर्तव्यलाई उत्कृष्ट किसिमले गर्न सिकाउने योग कर्मयोग हो। हृदयमा निस्वार्थ प्रेम, श्रद्धा र सत्यता स्थापित गर्न सिकाउने योग भक्तियोग हो।

योगका अनेकौं स्वरूप र आयाम मनन गर्दा वास्तवमै यो मानव जीवनलाई उत्कृष्ट जीवनशैली र जीवनदृष्टि प्रदान गर्ने प्राचीन उपहार हो भन्ने सिद्ध हुन्छ। त्यसैकारणले आज विश्व योगप्रति लालायित छ। जसलाई जुन योगक्रियाको आवश्यकता हुन्छ, उसले त्यही योगक्रिया प्रयोग गर्न सक्छ।किनकि योगविज्ञानभित्र अथाह गहिराइ छ।

वर्तमान समयमा योगलाई तीन उद्देश्यका साथ अभ्यासमा ल्याइएको छ। पहिलो चिकित्साका रूपमा, दोस्रो जीवन पद्धति तथा जीवन प्रबन्धनका रूपमा र तेस्रो आध्यात्मिक साधनाका रूपमा। पाश्चात्य देशहरू योगलाई चिकित्सा पद्धति र जीवन प्रबन्धनका रूपमा ग्रहण गरिरहेका छन्। अस्पताल, फिटनेस सेन्टर, स्पा, रिट्रिट सेन्टर, थेरापी सेन्टर, हिभिङ सेन्टर, स्पोट्र्स सेन्टर आदिले योगलाई स्वास्थ्य प्राप्ति, रोगोपचार र तन्दुरुस्तीको माध्यम बनाएका छन्। पाश्चात्य, जनजीवनको अत्यधिक प्रभावकै कारणले संस्कृत भाषाकोषको 'योग' शब्द 'योगा' बनेर पुन: उद्गम स्थलतर्फ फर्किएको छ।

'योग' शब्द 'योगा' भनेर विश्व चर्चित भएपछि तपाईं-हामी पनि योगसँग लोभिन थालेका छौं। पाश्चात्य जगत्का कतिपय देशका कतिपय ठूलाठूला औद्योगिक र व्यापारिक प्रतिष्ठानहरूले योगलाई प्रबन्धन र मानव संसाधनको साधनका रूपमा पनि प्रयोग गरेका छन्। आधुनिक म्यानेजमेन्ट साइन्सले खोजेको कार्यशैली आदि क्षमता अभिवद्र्धन गर्ने उद्देश्यले योगको प्रयोग प्रबन्धन क्षेत्रमा व्यापक रूपमा भइरहेको छ।

यद्यपि योगको मूल स्वरूपचाहिँ आध्यात्मिक विकास हो। योगलाई आध्यात्मिक उन्नयनका निमित्त अवलम्बन गर्ने परिपाटी आजको दिनमा निकै कम छ। यस्तो प्रयोग अब केवल केही योगी, तपस्वी, सन्त-महात्मामध्ये कुनै पनि उद्देश्य राखेर योगलाई आफ्नो जीवनशैलीको अपरिहार्य हिस्सा बनाउन सक्छौं।

योगकै उद्गमस्थल भए पनि हाम्रो देश तथा समाजमा भने योगले भर्खर-भर्खर आफ्नो पखेटा फैलाउँदै छ। तर तेस्रो विश्वको कुरा गर्दा आज अमेरिकाको राष्ट्रपतिदेखि लिएर हलिउड अभिनेत्री म्याडोनासम्मले योग गर्दैछन्। उच्च राजनेता, विश्वप्रतिष्ठित उद्योगपति, विश्व चर्चित सेलिब्रेटी तथा नाम चलेका खेलाडीले पनि योगलाई आफ्नो जीवनचर्याको अंग बनाएका छन्।

वास्तवमा योगमा रोग निको पार्ने, शरीर तन्दुरुस्त राख्ने र सुन्दर बनाउने शक्ति त छँदैछ, यसले भोग गर्ने कला-कौशल पनि सिकाउँछ। कोरा भोग र मोजले मान्छेलाई थकाउँछ र अनन्त: डुबाउँछ। बुझ्नुपर्ने कुरा के हो भने आजको भोगवादी दुनियाँमा योगवादी हुन सक्यो भने रोगवादी जिन्दगी बाँच्नु पर्दैन।

भोगमय दिनचर्यामा योगमय जीवनदृष्टि भएन भने रोगमय परिणाम निश्चित छ। त्यसैले योग आजको परम् आवश्यक वस्तु हो। योगमय जीवनदृष्टि राखेर जीवन व्यवहारका भोगहरू ग:यो भने गीताले भनेझैं त्यो योग हाम्रो दु:खकष्टको समाधान बन्दछ। गीता भन्छ- 'योगो भवति दु:खहा' अर्थात् योगले सबै दु:खकष्ट हरण गर्छ।
annapurnapost.com
हेटौडा । भूकम्पमा परी काठमाडौंमा ज्यान गुमाएका हेटौंडेली खेलपत्रकार सुमन भोम्जनको परिवारलाई साढे १२ लाख रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ ।

 नेपाल खेलकुद पत्रकार मञ्चको केन्द्रीय टोलीले हिजो भोम्जनको हेटौंडा–१० स्थित भुटनदेवीमा रहेको घरमा पुगी १२ लाख ५९ हजार तीनसय ९४ रुपैयाको चेक हस्तान्तरण गरेको हो ।


 मञ्च केन्द्रीय अध्यक्ष अजय फुयाँल, उपाध्यक्ष देवेन्द्र सुवेदी, महासचिव महेश आचार्य र सचिव तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, कोषाध्यक्ष प्रमोद पोखरेल तथा सदस्यद्वय निरञ्जन अधिकारी र प्रज्ज्वल ओली तथा मञ्च तालिम विभाग संयोजक पवन आचार्य लगायतको टोलीले सुमनका बुबा सुरेन्द्रबहादुर भोम्जन र आमा विमलालाई चेक हस्तान्तरण गरेको हो ।

 चेक हस्तान्तरण गर्दै अध्यक्ष फुयाँलले भोम्जन परिवारलाई आवश्यक परेका अन्य सहयोग गर्न मञ्च तयार रहेको बताउनु भएको छ । सचिव तिमल्सिनाले खेलसम्बद्ध विभिन्न संघसंस्था तथा स्वदेश र विदेशमा रहेको शुभेच्छुकहरुले उपलब्ध गराएको रकम हस्तान्तरण गरिएको बताउनु भयो ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home