• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
महिलाका योनी बारे १० रोचक तथ्यहरु सम्भोगको सन्तुष्टि देखि,गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । योनी बारेका १० रोचक तथ्य यस्ता छन्-

१. योनीको औषत आकार ३-४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षकाबेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।
काठमाडौं, ७ साउन । प्रेम भन्ने रोग कस्तो-कस्तो बुझ्नै नसकिने, मान्छेलाई लागेपछि सबै कुरा विर्सिन्छ ।
दुई मनको मिलनलाई हाम्रो समाजमा प्रेम भन्ने गरिन्छ । प्रेमको उत्कर्ष विन्दु भनेको शारीरिक सम्बन्ध हो । झन प्रेमको उत्कर्षमा पुगेकाले शारीरिक सम्बन्ध स्वभाविक प्रक्रिया हुन्छ । प्रेमी होस् वा प्रेमिका जो सुकैले पनि निर्वाध रुपमा शारीरिक सम्बन्ध राखेर प्रेम साटासाट गर्छन् ।
त्यो प्रेम रोग कञ्चनपुरकी एक युवती गीता (नाम परिवर्तन)लाई पनि लागेको थियो । प्रेमको उत्कर्षमा उनी आफ्नो प्रेमीसँग शारीरिक सम्पर्क राख्न पुगिन् । उनका प्रेमी भारतमा रोजगारी गर्थे । नजिकै गाउँका प्रेमीसँग स्कुल पढ्दा आँखा जुधेर माया बसेको थियो उनको । त्यो बेला त्यती गहिरो प्रेम थिएन् ।
जब रोजगारीका लागि प्रेमी भारत गए । तब माया झन गाढा भयो । भनिन्छ, आफ्नो जति टाढा हुन्छ माया त्यती नै गाढा हुन्छ । यो उखान उनको जीवनमा पनि लागू भयो । तर, रोजगारीमा गएका प्रेमी भारतका कोठीमा गएर परस्त्रीसँग सम्बन्ध राख्थे । त्यो कुरा गीतालाई पहिला थाहा थिएन् । जब उनी विरामी भईन् तब उनले प्रेमीबाटै थाहा पाइन् यो कुरा ।
उनले आफ्नो प्रेमी का लागि तन मन र आफ्नो जीवन नै सुम्पेकी थिईन् । तर प्रेमी भने परस्त्रीसँग भारतका कोठीमा रासलीलामा मस्त हुन्थे । त्यही धोकाका कारण उनी एचआईभी जस्तोभयानक रोगको सिकार बनिन् । माया गाढा भइरहेको बेला भारतले उनको खुसी र जवानी लुट्यो ।
कोठीमा गएका प्रेमी एचआईभीको सिकार भएर घर फर्किए । घर फर्किदा गीता निकै खुसी थिईन् तर, जब एचआईभी लागेको थाहा पाईन् तब छाँगाबाट खसेजस्तै भईन् । प्रेमीले आफूलाई एचआईभी लागेको कुरा बताएनन् । गीतालाई थाहा थिएनन् ।
आफ्नो खुसी र दुख यसरी सुनाईन् ः सुरुका दिनमा उत्कर्षको प्रेम साटासाट गर्न शारीरिक सम्पर्क राखे, तर पछि उ अलि सिरियस हुन थालेको थियो, मैले सोध्दा जवाफ दिँदैनथ्यो, पछि मलाई त्यस्तो लक्षण देखिन थाल्यो, स्वास्थ्य अवस्था चेकजाँच गराउन मेडिकल गए, जहाँ डाक्टरले रगत परीक्षण गर्नुपर्छ भने, मैले हुन्छ भने । जब एक घण्टापछि रगत चेकजाँचको रिपोर्ट आयो । त्यसमा लेखिएको थियो एचआईभी पोजेटिभ । अर्थात एचआईभीले मेरो शरीरमा डेरा जमायो । त्यो पल मेरो संसारकै अति अप्ठेरो क्षण भयो । डाक्टरले समेत एचआईभी लागेको छ भन्न सकेनन् । मात्र रिपोर्ट मेरो हातमा थमाए ।

त्यसपछि घर आएर प्रेमीलाई भेटेर सोध्दा सबै कुरा थाहा पाए जुन किनै ढिला भइसकेको थियो । मैले आफ्नो प्रेमी भनेर विश्वास गरि उसलाई तन मन धन सबै सुम्पिएकी थिए । तर उसले मलाई मात्र धोका दियो । सुरुका केही दिन मलाई समाजमा बाँच्न निकै ग्राहो भयो । सबैले अपमान गर्न थाले । मलाई एचआईभी लागेको मेडिकलबाट गाउँभरी फैलिसकेको थियो । त्यसपछि म गाउँ छाड्न बाध्य भए । मलाई धोका दिने प्रेमी अहिले पनि भारतमै छ । म ठेला व्यवसाय गरी टाढाको सहरमा आफ्नो बाँचेको जीवन चलाउँदै छु ।

खै अब कति बाँचिन्छ थाहा छैन् तर बाँचुञ्जेल संघर्ष गर्छु । मैले त यसरी विश्वास गरेको आफ्नै प्रेमीबाट धोका पाए । म पछिका पुस्ताले पनि यस्तो समस्या भोग्न सक्छन् । तसर्थ म सबे युवा युवतीलाई यौन सम्बन्ध राख्दा एकदमै सजक रहनु भन्न चाहन्छु ।
(कञ्चनपुरको वादी समुदायकी एक युवतीसँग गरिएको कुराकानी)
आजको राशिफल

शुभप्रभात
आज वि.सं. २०७२ श्रावण ०७ गते बिहीबार तदनुसार ई. सं. २०१५ जुलाई २३ तारिख
आषाढ शुक्ल सप्तमी, चित्रा नक्षत्र, कन्या राशिको चन्द्रमा, सिद्धि योग, वणिज करण
आजको व्रत/पर्व : सूर्य पूजा,
आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, पुरानो घर वा डेरा सर्ने,
भोलिको व्रत/पर्व : अष्टमी व्रत, गोरखकाली पूजा,
भोलिको मूहुर्त : अग्निवास(होमादि), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, पुरानो घर वा डेरा सर्ने,

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सुरुवातमा मन खिन्न भए पनि आज गरिएको प्रयासमा ढिलो गरी सफलता पाउनु हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । खर्च बृद्धिको योग छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सानातिना कुरामा अल्मलिने समय छैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो छ । सामाजिक काममा भनेजस्तो जस र सम्मान प्राप्त हुनेछैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मिश्रित प्रभाव भएको दिन छ । आज दिउँसोबाट मनमा उत्साह र उमंगमा सकारात्मकता देखिन सक्छ, तर भनेजस्तो सफलता प्राप्त नहुन सक्छ । असन्तुष्टि बढ्ने छन् तर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले असर पार्नसक्छ । साँझपख अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पारमार्थिक काममा खटिनु पर्ने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी बढ्नसक्छ । झैझगडाबाट टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धनको उपयोग हुनसक्छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आलस्य र थकानको अनुभूति हुनेछ, उता झर्को लाग्दो यात्राको सम्भावना पनि छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । त्यसपछि व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु होला । बेलुका पारिवारिक जीवनमा असमझदारी वा चिसोपन बढ्न सक्छ । सन्ततिको चिन्ताले सताउने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
एजेन्सी । व्यक्तिको सुताईबाट धेरै कुरा थाहा पाउन सकिन्छ । केटीको सुताईको प्रकृति हेरी थाहा पाउन सकिन्छ कि उनी कस्तो जीवन साथी चाहन्छिन् भनेर । जसमध्ये सुताईका केहि प्रकार को व्याख्या गरिएको छ
बच्चाको जस्तो सुताई :  जुन केटी गर्भमा बढीरहेको शिशु जस्तो तरिकामा सुत्दछिन् उनले साधारण व्यक्ति वाला पुरुषको चयन गर्दछिन् । यस्ता महिला सन्तुलित सोचका हुने गरेका छन् । र आफु अनुसारकै केटा साथीको चयन गर्दछन् ।
सिधा सुताई : जो केटी सिधा सुत्दछन् उनीहरु आराम रुचाउने खालका हुन्छन् । जो सुत्दाको समयमा हात सिधा पारेर उत्तानो सुत्दछन् उनीहर बढी मात्रामा महत्वकांक्षी समेत हुने गर्दछन् । यस्ता केटीको सपना ठूलो हुने गर्दछ र चाढै निरास समेत हुने गरेका छन् । यस्ता महिलाले आफ्नो नियन्त्रणमा रहने खालको केटा को खोजी गर्दछन् ।
खुट्टा फालेर सुत्नु : यस्तो सुतार्य सुत्ने केटीहरु लापरवाहि किसिमका हुने गर्दछन् । सासथै उनीहरुको सोचाई खुलला प्रक्रितिको समेत हुने गरेको छ । यस्ता केटीहरु निर्भिक स्वभावको हुने गरेका छन् । साथै आफ्नो जीवन साथी पनि निर्भिक होस् भन्ने चाहन्छन् ।
देब्रे कोल्टो परेर सुत्नु :  यो सुताईको सवैभन्दा राम्रो पोजिसन मानिन्छ । यसरि सुत्ने केटीले जीवनमा टूलो किसिमको बदलावलाई स्किार गर्न गारो पर्दछ । यस्तो सुत्ने केटीहरुले नेतृत्वदायी केटा मन पराउछन् ।
फैलिएर घोप्टो सुत्नु : यस्तो सुताई सुत्ने केटीहरु प्राय माग धेरै राख्ने खनलको हुने गरेका छन् । उनीहरु कुने पनि जिम्मेवारीको सामना गर्न नसक्ने खालका हुन्छन् । बोरिङ खालका केटाहरुबाट यस्ता केटिहरु टाढा वस्ने गर्दछन् ।
हातलाई तकिया बनाएर सुत्नु : हातलाइ तकिया बनाएर सुत्ने खालका केटिहरु सञ्चित गर्ने खालका हुन्छन् । उनीहरु जे कुरा पनि चाढै विस्वास गरिहाल्छन् । उनीहरुलाई राम्रो रुप रंग भएको केटा प्रति बढी आकर्षण हुने गर्दछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी)– शेक्सपियरले एकपटक भनेका थिए, ‘नाममा के राखेको छ’ ? तर हाम्रो जिन्दगीमा नामले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । तपाईंको नामले तपाईंको व्यक्तित्वलाई परिभाषित गर्ने गर्दछ
। कहिले काँही त तपाईंको नामले तपाईंको भाग्यलाई प्रतिबिम्बित समेत गर्ने गर्दछ ।

नामले निकै प्रभावशाली ढङ्गले तपाईंको व्यक्तित्वलाई प्रभावित गर्ने गर्दछ । तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के – कस्ता कुराको सामना गर्नसक्नुहुन्छ । नाममा त्यो शक्ति हुन्छ जसले तपाईंको जीवनलाई आकार लिनमा मद्दत गर्दछ । आउनुहोस्, तपाईंको नामको पहिलो अक्षरको के अर्थ हुन्छ थाहा पाऔँ ।


 A यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष स्थानमा पुग्ने गर्दछन् ।

  B B अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन् त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् । यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् । उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर बस्ने गर्दछन् ।

 C यस्ता व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनिहरुलाई स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन् । यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ । हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै सफल हुने गर्दछन् ।

  D यी व्यक्तिहरु आफैँ बनेका मानिसमा गनिन्छन् । यिनीहरुमा सरस्वती र लक्ष्मी दुबैको कृपा परेको हुन्छ । यिनिहरुसँग यदि तपाईं बस्नुहुन्छ भने तपाईंले केहि नयाँ कुरा सिक्ने मौका पाउनुहुन्छ । तर आफ्नो जिद्दी प्रकृतिका कारण मानिसहरु यिनीहरुलाई घमण्डी भन्ने गर्दछन् ।

    E यस्ता व्यक्तिहरु निकै बोल्ने गर्दछन् र निकै रमाइलो व्यक्तित्वका हुन्छन् । जिन्दगीलाई निकै सजिलो तरिकाले जिउने मन पराउने यिनीहरु धेरै चिन्ता गर्दैनन् । यस्ता व्यक्तिहरुसँग आफूले चाहेको जत्तिकै शिक्षा, व्यवसाय र पैसा हुने गर्दछ । यिनिहरु सधैँ खुसी हुने गर्दछन् ।

   F नामको अगाडि यो अक्षर भएका मानिसहरु निकै दयालु हुने गर्दछन् । यिनीहरु आफ्नो सबै काम निकै मन लगाएर गर्ने गर्छन् । यिनिहरु निकै सहयोगी, आकर्षक र रोमान्टिक हुने गर्दछन् ।

   G यस्ता मानिसहरु सफा मनका र सिधा बिचारका हुने गर्दछन् त्यसकारण यिनीहरुलाई धेरै मानिसहरुले धोका दिने गर्दछन् । यिनिहरु कहिले पनि आफ्नो गल्ती दोहोराउँदैनन् बरु यसलाई लिएर अगाडि बढ्ने गर्दछन् र यसमा उनीहरु सफल पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुको धेरै साथी हुँदैनन् र यिनीहरुलाई शान्त ठाउँमा बस्न मनपर्छ । निकै आत्मविश्वासी हुने यिनिहरुलाई जब रिस उठ्छ तब उनीहरु के गर्छन्, उनीहरुलाई नै थाहा हुँदैन । यिनीहरुलाई कम बोल्ने मानिसहरु मनपर्छ ।

  H यस्ता व्यक्तिहरु संकोची र संवेदनशील हुने गर्दछन् । यिनीहरुलाई रहस्यमयी पनि भन्ने गरिन्छ किनभने यिनीहरु आफ्नो कुरा कसैलाई पनि बताउँदैनन् । यिनीहरुलाई आत्मसम्मानको निकै चिन्ता हुने गर्दछ र दिमाग निकै तेज हुने गर्दछ । यिनीहरु राजनितिक वा प्रशासनिक क्षेत्रमा देखा पर्ने गर्दछन् । यिनीहरु आफ्नो पैसा आफ्ना लागि मात्र खर्च गर्ने गर्दछन् ।

 I यस्ता व्यक्तिहरु निकै हिम्मती हुने गर्दछन् र साँचो कुरा भन्नलाई यिनीहरु कहिले पनि डराउँदैनन् । यिनीहरु निकै स्टाइलिस पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुले फेसन र रचनात्मक क्षेत्रमा निकै राम्रो काम गर्ने गर्दछन् ।

 J यस्ता व्यक्तिहरु बाहिर जति राम्रा देखिन्छन् भित्रि रुपमा पनि त्यति नै राम्रा हुन्छन् । यिनीहरु आफ्ना पार्टनरसँग निकै इमान्दार हुने गर्दछन् । आफूले भनेको कुरालाई जसरी पनि हाँसिल गर्ने यिनीहरुसँग पैसा, मायाजस्ता चिजहरु निकै धेरै मात्रामा हुने गर्दछ । जसले यी व्यक्तिहरुलाई जीवनसाथीको रुपमा पाउँछ, पाउने व्यक्तिले आफूलाई भाग्यमानी सम्झिँदा पनि हुन्छ किनभने ती व्यक्तिले यस्तो व्यक्ति पाउँदैछ जोसँग सबै कुरा छ ।

               K बोल्दा नसोची बोल्ने यिनिहरु आफ्नो फाइदाको लागि कुनै पनि हदसम्म जान सक्छन् । मानिसहरु यिनिहरुसँग डराउँछन् र आफ्नो कुरा भन्न डराउँछन् । यिनिहरुलाई जीवनमा जोखिम लिन आउँछ । हेर्दा यिनीहरु निकै राम्रा हुने गर्दछन् ।

                          L यस्ता व्यक्तिहरु कसैलाई पनि नराम्रो सोच्दैनन् । यिनीहरुलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । सानो सानो कुराहरुले नै यिनीहरुलाई खुसी बनाएको हुन्छ र यिनीहरु धेरैजसो खुसी नै हुने गर्दछन् । पैसाको कमी कहिले पनि नहुने यी व्यक्तिहरुलाई विशेष व्यक्तिको धड्कन बन्न मनपर्छ ।                        
    M यस्ता व्यक्तिहरु निकै जिद्दी हुने गर्दछन् । केहि कुरालाई यिनीहरुले समातेको छ भने कहिले पनि छोड्दैनन् । साधारणतया यस्ता व्यक्तिहरु राजनितिमा बढि देखिन्छन् । यिनीहरु राम्रो वक्ता र राम्रो लेखक हुन् । सधैँ गहिरो चिन्तनमा डुबिरहेने यस्ता व्यक्तिहरु र निकै भावुक हुने गर्दछन् ।
           
            N यिनीहरु कुनै पनि कुरासँग चाँडै नै बोर हुने गर्दछन् । स्वतन्त्र विचारधाराका यी व्यक्तिहरु सधैँ आफ्नो बारेमा मात्र सोच्ने गर्दछन् । संसारका सबै कुरा पाउने इच्छा भएका यस्ता व्यक्तिहरु निकै स्वार्थी पनि हुने गर्छन् ।
                            O यस्ता व्यक्तिहरु निकै धूर्त हुने गर्दछन् । यो नाम भएका व्यक्तिहरु निकै आकर्षक पनि हुने गर्दछन् । निकै उर्जावान् यी व्यक्तिहरुलाई धेरै मानिसहरुले मन पराउने गर्दछन् । प्रेम, भावना र सम्बन्धले यिनीहरुको जीवनमा निकै महत्वपूर्ण स्थान ओगटेको हुन्छ त्यसकारण यी व्यक्तिहरु धेरैजसो प्रेम विवाह नै गर्ने गर्दछन् ।
   
                          P यी व्यक्तिहरुलाई आफ्नो इज्जत र मानसम्मानको निकै ख्याल हुने गर्दछ । यिनीहरु निकै विवेकशील र रचनात्मक हुने गर्दछन् । यिनीहरु आफ्नो जीवनमा छुट्टै नियम लागु गर्दछन् र यसमा कुनै सम्झौता गर्दैनन् ।          

                 Q यी व्यक्तिहरु कहिले खाली बस्न सक्दैनन् । उनीहरुलाई केहि न केहि गर्नै पर्ने हुन्छ । सानो सानो कुराबाट खुसी हुने यी व्यक्तिहरु आफ्नो छुट्टै संसारमा रमाउने गर्दछन् । यिनीहरु राम्रो जीवनसाथी पनि हुन् । कहिलेकाँही मात्र रिसाउने यी व्यक्तिहरुलाई रिस उठ्यो भने निकै नराम्रो तरिकाले रिसाउने गर्दछन् ।                        
    R यो अक्षरबाट सुरु हुने नामका व्यक्तिहरु दिमागमा निकै तेज, मनका राम्रा र अरु मानिसहरुको मतलब नराख्ने र कम बोल्ने स्वभावका हुन्छन् । कसले के भनिरहेको छ, के गरिरहेको छ उनीहरुलाई यसमा केहि पनि मतलब हुँदैन त्यसैले यहि कुराले नै उनीहरुको वैवाहिक जीवनमा खटपट ल्याउने गर्दछ ।                      
    S यस्ता व्यक्तिहरु बहुमुखी प्रतिभाका धनी हुन्छन् । धेरै बोल्ने यी व्यक्तिहरु धेरै आलोचना पनि झेल्ने गर्दछन् । यिनीहरु रहस्यमयी हुने गर्दछन् र आफ्नो कुराहरुलाई स्पष्ट तरिकाले भन्ने गर्दैनन् । आफ्नो माया प्रति निकै सचेत हुने यिनीहरु केहि ठट्टा पनि गर्ने गर्दछन् । आफूसँग भएको पैसा र आफ्नो कुनैपनि सामानहरु कसैलाई पनि सजिलै सँग दिँदैनन् । यिनिहरु निकै कन्जुस हुने गर्दछन् र देखावटी उनीहरुलाई निकै मनपर्छ ।    
                 T यस्ता मानिसहरु बुद्धिमान हुने गर्दछन् र आफूले माया गर्ने व्यक्तिलाई माया देखाउन सक्दैनन् । आफू खुसी र दुखी भएको कुरा यिनीहरु कसैसँग पनि व्यक्त गर्दैनन् । यिनीहरुले नाम र दाम दुबै कमाउने गर्दछन् ।
                          U यी व्यक्तिहरु निकै होसियार र असल स्वभावका हुन्छन् जो अरुलाई खुसी दिने कुरामा विश्वास राख्छन् । यिनीहरु सधैँ हाँसिरहने स्वभावका हुन्छन् तर सफलता ढिलो पाउने गर्दछन् । यिनीहरु बिन्दास स्वभावका हुने गर्दछन् र बच्चाहरु यिनिहरुलाई निकै मनपर्छ ।

                             V कसैको रोक–टोक मन नपराउने यस्ता व्यक्तिहरु निकै स्वतन्त्र स्वभावका हुन्छन् । यिनीहरुको मन निकै सफा हुने गर्दछ र सबैको भावनालाई सम्मान पनि गर्ने गर्दछन् । आफ्नो कुराहरु हत्तपत्त यिनीहरु कसैलाई पनि बाँड्ने गर्दैनन् ।    

                         W यस्ता व्यक्तिहरु मनको सफा भएपनि मानिसहरुले यिनीहरुलाई चिन्न ढिलो गर्दछन् । धन सम्पत्ति धेरै हुने भएका कारण उनीहरुलाई मानिसहरुले घमण्डीको संज्ञा दिने गर्दछन् ।
                         
    X यिनीहरुलाई धैर्य गर्न मनपर्दैन त्यसकारण आफ्नो काम निकै हतारमा गर्ने गर्दछन् । यिनीहरु जे कुरा छिटो पाउन चाहन्छन् त्यति नै छिटो त्यो कुराबाट उनीहरुको मन हट्छ ।

यिनीहरुले कहिले के गर्छन् भन्ने कुराहरु उनीहरु आफैँलाई थाहा हुँदैन । आफूलाई मन परेको र चाहिएको कुरा जसरी पनि पाएरै छोड्छन् यिनीहरु त्यसकारण जीवनमा निकै सफल पनि हुने गर्दछन् ।                        

  Y यी व्यक्तिहरु धेरै बोल्दैनन् र एक्लै बस्न मन पराउँछन् । यिनीहरु स्पष्टवक्ता हुन्छन् त्यसकारण कसैसँग केहि बोल्न पनि डराउँदैनन् । यिनीहरु कुनै पनि कुरासँग सम्झौता गर्न सक्दैनन् । सम्झनाशक्ति र कल्पना गर्ने शक्ति उनहिरुको निकै तेज हुन्छ ।

                             Z यस्ता व्यक्तिहरुलाई देखावटी मनपर्दैन । यिनीहरु निकै सोझा र गम्भीर प्रकृतिका हुने गर्दछन् । आफ्नो कुरालाई स्पष्टसँग भन्ने यी व्यक्तिहरु कसैलाई पनि धोका दिन सक्दैनन् । देख्दा सोझा लाग्ने यी व्यक्तिहरु मूर्ख भने हुँदैनन् । यिनीहरु जहाँ पनि बस्छन् आफ्नो सरल छवीका लागि प्रख्यात हुने गर्दछन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
समान्यतः सबै मानिसले सपना देख्छन् । बच्चा देखि वृद्ध सम्म सपना देख्ने हुन्छ । सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । तर सपनाका विषयमा पनि विभिन्न थरी मत छन् । कतिपय सपनाविदहरुले सपनाले भविष्यको बारेमा सूचना दिने बताउँछन् । त्यस्ता सपना मध्ये कतिपय शुभ हुन्छन् भने कतिपय अशुभ ।


स्वप्न ज्योतिषका अनुसार सपना चार प्रकारका हुन्छन् । पहिलो दैविक, दोश्रो शुभ, तेश्रो अशुभ र चौथो मिश्रित ।

कस्तो सपना देख्दा के हुन्छ ?

दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्छन् । अशुभ सपनाले काम विगार्ने हुन्छ भने मिश्रित सपनाले मिश्रित नै फल दिन्छन् ।

स्वप्न ज्योतिषका अनुसार रातको पहिलो प्रहरमा देखिउको सपनाको फल १ वर्षभित्र मिल्न सक्छ । दोश्रो प्रहरमा देखिएको सपना ६ महिनामा र तेश्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनामै मिल्छ । चौथो प्रहर अर्थात विहानपख देखिएको सपनाको फल भने तत्काल मिल्ने हुन्छ ।

शास्त्र भन्छः खराव सपना देखेपनि विहान उठेर अरुलाई भन्दा त्यसको फल नाश हुन्छ । विहान उठेर भगवान शिवको नाम जप्दा पनि सपनाको फल नाश हुन्छ ।

२० सपनाका २० थरी फल के देख्दा कस्तो फलः



१ नदीः                  सौभाग्य वृद्धि

२ रक्सिः                धार्मिक कार्य हुने
३ नाच-गानः           अशुभ समाचार प्राप्ति
४ गाइ देख्दाः          भौतिक सुख हुने
४ टोपी देख्दाः          मान सम्मान वृद्धि
५ पुजा गरेको देखेमाः योजना सफल
६ विहीनीलाई देख्नुः   परिवारमा प्रेम
७ भाइलाई देख्नुः     नयाँ साथी बन्छन्
८ मागेको देख्नुः      धन हानी
९ मह देख्नुः         जीवन सहज बन्छ
१० पैसा देखियो भनेः धन लाभ
११ आफ्नै मृत्यु देख्नुः खराव रोगबाट मुक्ति
१२ रुद्राक्ष देखियो भनेः  शुभ समाचार मिल्छ
१३ पति वा पत्नि देख्दाः दाम्पत्य प्रेम बढ्छ
१४ स्वस्तिक चिन्हः   धन लाभ हुन्छ
१५ हथकडी देख्नुः   भविष्यमा संकट
१६ परेवा देखियो भनेः   रोगबाट मुक्ति
१७ सर्फ देख्नुः   ब्यापारमा घाटा
१८ काग देख्नुः  खराव सूचना
१९ माउसुली देखियो भनेः  घरमा चोरी
२० खाना देखियो भनेः  धन हानी हुन्छ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ६ साउन । नेपालको सरकारी सवामित्वको एकमात्र भूकम्प मापन केन्द्रले भूकम्पको सूचना गल्ती भएको भन्दै माफी मागेको छ ।


बुधबार राति अध्ययनका क्रममा सिन्धुपाल्चोकको सट्टा काठमाडौँमै केन्द्रबिन्दु देखिएपछि भूकम्प मापन केन्द्रले आफ्नो वेभसाइटमा सूचना निकाल्दै माफी मागेको हो । बुधबार राति १० बजेर १४ मिनेटमा काठमाडौँको सुन्दरीजल क्षेत्रलाई केन्द्रबिन्दुलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो । तर, भूकम्प मापन केन्द्रले भने यसअघि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बताउँदै आएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले प्राविधिक गढबढीका कारण गलत सूचना गएको बताउनुभयो । उहाँले भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको सिमानामा रहेको सुन्दरीजल क्षेत्रमा रहेको बताउनुभयो । भूकम्प मापन केन्द्रले यसअघि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको सूचना राखे पनि अहिले काठमाडौँ केन्द्रबिन्दु देखाएर नयाँ सूचना राखेको छ ।

नजिकै केन्द्रबिन्दु भएका कारण ४.६ रेक्टर स्केलले पनि काठमाडौँ उपत्यकामा कडा धक्का महसुस गराएको थियो । बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
६ साउन, काठमाडौं । बुधबार राति १०. १५ बजे काठमाडौंमा फेरीएकपटक ठुलो भूकम्पको धक्का महशुस
गरिएको छ । निकै दिनपछि महशुस हुनेगरी आएको भूकम्पले राजधानिवासीमा फेरी एकपटक त्रास फैलाएको छ । ५.१ रेक्टरस्केलको भूकम्पको केन्द्रबिन्दू ललितपुरको गोदावरी रहेको प्रारम्भीक खबर छ ।
६ साउन, काठमाडौं ।

काठमाडौंमा भूकम्पको ठूलै झट्का गएको छ । बेलुका १० बजेर १५ मिनेटमा गएको सो भूकम्पको कारण सुतिसकेका र सुत्ने तरखरमा रहेका मानिसहरु भूकम्पको धक्काको कारण सडकमा निस्किएका छन ।
एजेन्सी । अवैध सम्बन्धको खुलासा भएपछि आफ्नो टूटेको दाम्पत्य जीवन बचाउन एक महिलाले षडयन्त्र रचेर आफ्ना कथित प्रेमीलाई घरमा बोलाएर पतिको हातबाट हत्या गराएकी छिन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार प्रेमी मनोहरको इन्द्रा नामकी महिलासँग प्रेमचक्कर थियो । र उनी प्रेमिका घरमा आउने जाने गरिरहन्थे । प्रेमिकाले एक दिन पतिको दबावमा युवककलाई षड्यन्त्र पूर्वक आफ्नो घर बोलाईन् र त्यसपछि आफ्नै भाईसँग मिलेर प्रेमीको हत्या गराईन् ।

हत्यापछि डराएर आरोपीहरुले युवकको लासलाई घर भन्दा केही टाढाको दूरीको १०० फीट रोडस्थित सूचना केन्द्रको झाडिमा फालिदिए । राजनगर थाना पुलिसले घटनाको छानविन गर्दै हत्या आरोपी पत्नीसहित चार जनालाई गिरफ्तार गरेको छ ।

अतिरिक्त जिल्ला पुलिस अधीक्षक सुधीर जोशीले भनेका छन्–‘पत्नी इन्द्राको मनोहरसँग अवैध सम्बन्ध थियो । पत्नीको युवकसँग रहेको सम्बन्धको थाहा पाएपछि पतिले सम्झाएका थिए । पत्निले भविष्यमा यस्तो सम्बन्ध नराख्ने बाचा गरेकी थिईन् ।

तर, एकदिन पतिले युवकसँग बदला लिनका लागि पत्नीलाई एक पटक फेरि प्रेमीलाई घर बोलाउन निर्देशन दिए । त्यसपछि महिलाले पतिको निर्देशन अनुसार षडयन्त्र रचेर आफ्ना कथित प्रेमीलाई घर बोलाईन् त्यसपछि उनलाई पतिको जिम्मा लगाईन् । रिसाएका पतिले आफ्नो घरको इज्जतसँग खेलवाड गरेको भन्दै राम्ररी सम्झाउन भाईसँग मिलेर युवकलाई निर्घात कुटपिट गरे । निर्घात कुटपिटबाट ती युवकको प्रेमिकाको घरमै ज्यान गयो ।

पुलिसले यो मुद्दाको अनुसन्धान गर्दै आकोदियाको खेड़ाका कालूदास वैष्णवको हत्या आरोपमा गोवर्धन भील, उनका भाई रामलाल भील, काका भाई गोपाल पुत्र हरिकिशन र पत्नी इन्द्रालाई गिरफ्तार गरेको छ । घटनाको थप अनुसन्धान चलिरहेको र शुक्रबार अदालतमा मुद्दा दायर हुने रामनगर पुलिसले जनाएको छ ।
dainiknepal.com
इस्लामावाद: ईश्वर निन्दाको आरोप लागेकी एकजना क्रिश्चियन धर्ममा आस्था राख्ने महिलालाई पाकिस्तानमा मृत्युदण्ड नदिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

पाकिस्तानमा उनले इस्लाम धर्मका देवता मोहम्मदको निन्दा गरेको आरोपमा सन् २०१० देखि नै मुद्दा लगाइएको थियो । उनलाई मृत्युदण्ड दिइनुपर्ने भन्दै उनीबिरुद्ध अदालतमा मुद्दा परेको थियो । तर सो आरोप भने उनले अस्वीकार गर्दै आएकी थिइन् ।


पाकिस्तानको सर्वोच्च अदालतले बुधबार सो मुद्दामा प्रारम्भिक आदेश दिँदै उनलाई तत्कालै मृत्युदण्ड नदिन आदेश दिएको राजधानी इस्लामाबादबाट प्राप्त समाचारमा बताइएको छ । आसिया बिबी नाम गरेकी ५० वर्षीया महिलालाई सन् २००९ मा नै पाकिस्तानको पञ्जाव प्रान्तबाट सोही आरोपमा पक्राउ गरिएको थियो ।

पञ्जाव प्रान्तको नान्काना जिल्लाबाट पक्राउ परेकी उनले प्रोफेट मोहम्मदको निन्दा गरेको आरोप लगाइएको थियो । तर उनले आफुले त्यस्तो कहिल्यै नगरेको र आफूलाई छरछिमेकीहरुले यस विषयमा फसाएको दाबी गर्दै आएकि छिन् ।

नान्काना जिल्लाको जिल्ला अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछिको अपिल अदालत अर्थात पाकिस्तानको उच्च अदालतले पनि सोही फैसलालाई सदर गरेको थियो ।

त्यसका विरुद्ध उनी पाकिस्तानको सर्वोच्च अदालत पुगेकी थिइन् । सोही मुद्दामा बुधबार गरेको फैसलामा पाकिस्तानको सार्वोच्च अदालतले भने यसअघि दुवै अदालतको मुद्दालाई अध्ययन गर्ने भन्दै मृत्युदण्डको सजाय स्थगित गरिदिएको हो ।

पाँच सन्तानकी आमा आसिया सर्वोच्च अदालत पुगेकी थिइन् । उक्त अदालतको तीन सदस्यीय इजलासले सो सजाय अहिले नै दिन नमिल्ने भन्दै राकिदिएको हो ।

उनी पाकिस्तानको इतिहासमा नै ईश्वर निन्दामा मृत्युदण्डको माग गरिएकी पहिलो विदेशी महिला हुन् । अदालतले मुद्दाका सबै प्रमाणहरु झिकाएर अध्ययन गर्ने भन्दै त्यतिञ्जेलका लागि सो कारबाही स्थगित गर्नु भन्ने आदेश दिएको उनका अधिवक्ताले जनाएका छन् ।
www.annapurnapost.com
साउन ६ गते
पीरो मन पराउनेका लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । तर, खुर्सानीमा लाभकारी गुण भएको कमैलाई जानकारी होला ।
१. हरियो खुर्सानी मा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।
२. यो एन्टी–अक्सिीडेन्टका  राम्रो माध्यम हो ।
३. हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।
४. भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले  आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।
५. कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् ।
६. हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
७. यसमा रहेको तत्वले छाला सफ  बनिरहन्छ । जसलदे डन्डीफोर आउन दिँदैन
स्वास्थ्य खबरपत्रिका बाट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, श्रावण ६ । अन्तरिक्षबाट देखिने पृथ्वीको मानवनिर्मित संरचना चीनको ‘ग्रेटवाल’का बारेमा अन्वेषकहरुले नयाँ तथ्य फेला पारेका छन् ।

ग्रेटवालको लम्बाई पाँच हजार किलोमिटर भनी यसअघि नै अनुमान गरिएको थियो । तर, वैज्ञानिक ढंगले नापजाँच गरिएको थिएन । चीन सरकारले सन् २००५ देखि ग्रेटवालसम्बन्धी अध्ययन गर्न नयाँ दल गठन गरी अनुसन्धान गर्न पठाएको थियो । ग्रेटवालको वास्तविक लम्बाई ८ हजार ८ सय ८१ किलोमिटर लामो रहेको प्रमाणित भएको ‘चाइना डेली’ समाचारपत्रले जनाएको छ ।


विश्व सम्पदा सूचीमा परेको ग्रेटवाल बढ्दो भौतिक संरचनाहरुको विकास तथा मौसमका कारण भविश्यमा लोप हुनसक्ने अवस्थामा रहेको छ । ग्रेटवालको पहिलो खन्ड २ हजार वर्षभन्दा अघि निर्माण भएको थियो । ‘विदेशी शत्रुहरु आफ्नो मुलुकमा प्रवेश गर्न नसकुन्’ भनी तात्कालीन शासकले मानिस हतपत उक्लिन नसक्ने खालको पर्खाल ठड्याउन लगाएका थिए भन्ने तर्क छ ।

पर्खालमा शत्रुलाई नियाल्नका लागि सरक्षाकर्मीले पहरा दिने ठाउँ पनि पहिलो खन्ड निर्माणकै क्रममा बनाइएको थियो । सन् १३६८ देखि सन् १६४४ सम्म मिङ वंशको शासनकालमा ग्रेटवालको दोश्रो खन्ड निर्माण गरिएको बताइन्छ । त्यसबेला उत्तरी मंगोलिया क्षेत्रका आदिबासीको सम्भावित आक्रमणलाई रोक्न गे्रटवालको विकास र विस्तार गरिएको चाइना डेलीको वेबसाइटमा उल्लेख छ ।

ग्रेटवालको संरचनामा ६ हजार २ सय ५९ किलोमिटर वास्तविक पर्खाल, ३ सय ५९ किलोमिटर ट्रेन्च र २ हजार २ सय ३२ किलोमिटर पहाड र नदीजस्ता प्रतिरक्षात्मक प्राकृतिक अवरोधहरुका समेटिएका छन् । गे्रेटवालको दुई वर्षे नक्सांकन परियोजना चीनको ‘स्टेट हेरिटेच’ले गरेको थियो । उक्त नक्सांकनमा अन्तरिक्षबाट भू–उपग्रहद्धारा ‘इन्फ्रारेड’ प्रविधि तथा स्थल नक्सांकनमा ‘ग्लोबल पोजिसनिङ’ प्रणालीको प्रयोग गरिएको थियो ।

पहिलेको अनुमानमा प्रत्येक खन्डको भौतिक नापमा नभइ त्यहाँ पाइएका ऐतिहासिक अभिलेखको आधारमा गरिएको उल्लेख छ । अहिले सम्पन्न मापन विधिमा पर्वत र मरुभूमिमा गरिएको खोजीले अज्ञात स्थलहरु पत्ता लागेका हुन् भनी कल्चरल हेरिटेजका निर्देशक सान जिसिआङको हवाला दिँदै चाइना डेलीको वेबसाइटमा भनिएको छ ।

यो सर्वेक्षणले प्राचीन रहस्यको लम्बाइबारे स्पस्ट हुन सहयोग मात्र नगरे थुपै्र समस्याहरुमाथि प्रकाश पार्नुका साथै संरक्षणको प्रयास गरेको उल्लेख छ । चीनले सन् २०१५ भित्रमा ग्रेटवाल संरक्षण अभियान सम्पन्न गर्नेछ ।

यस योजनाअन्तर्गत् हालसम्म पर्खालको संरक्षण गर्नुपर्ने खन्डको नक्सांकन कार्य सम्पन्न भएको छ । २३ सय वर्ष अगाडिका चिनियाँ युद्धविज्ञ सुन सु नीति युद्ध कलालाई दर्शन मानेर शताब्दीऔंअघिका चिनियाँ शासकले निर्माण गर्न लगाएको ग्रेटवालको महत्व आधुनिक समयमा झन् बढेर गएको विश्लेषण चाइना डेलीले गरेको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
६ साउन, काठमाडौं । आश्चर्यजनक क्षमतायुक्त बालक आदित्य दाहाललाई उपचारका लागि भोलि (बिहिबार) अमेरिका लगिँदैछ । शारीरिक रुपमा अशक्त उनको उपचार नेपालमा सम्भव नभएपछि अमेरिका लैजान लागिएको हो ।

अमेरिकी दूतावासले आदित्य र उनका बुवा-आमाको पासपोर्टमा मंगलबार भिसा हानेको पारिवारिक स्रोतले अनलाइनखबरलाई जानकारी दियो । सरकारले आर्थिक सहयोग गर्ने भएपछि अमेरिका लैजान सम्भव भएको आदित्यका बुबा शेषराज दाहालले अनलाइनखबरलाई बताए ।
मन्त्रिपरिषदले आदित्यको उपचारका लागि १ करोड रुपैयाँ दिने निर्णय गरेको छ । सरकारी जागिरे आदित्यका बुवा र आमाले अमेरिका यात्राका लागि एक महिना बिदा लिएका छन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा आदित्यको उपचार हुनेछ
अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा आदित्यको उपचार हुनेछ । आगामी २७ जुलाइका लागि डाक्टरको अप्वाइन्टमेन्ट फिक्स भएको बुबा शेषराजले बताए । आदित्य आफैंले पहिलेदेखि अमेरिकामा उपचार गराउने इच्छा व्यक्त गर्दै आएका थिए । अस्पताल पनि उनी आफैंले छनोट गरेका हुन् ।
यद्यपि अमेरिकामा गएर आफू ठीक हुनेबारे उनी सत् प्रतिशत विश्वस्त भने छैनन् । अमेरिकामा उपचार गरेर स्वस्थ हुने कुरामा कति विश्वस्त हुनुहुन्छ भन्ने प्रश्न गर्दा उनले लेखे, ‘पूर्ण विश्वस्त छैन ।’ त्यसपछि उनले अंग्रेजी भाषामा थपे, ‘मेरो मानसिक क्षमताको अनुसन्धान नगर, खाली शारीरिक समस्याको कारण पत्ता लगाऊ । यदि उनीहरुले यो कुरालाई अनुशरण गरे भने म ठीक हुन सक्छु ।’
नेपालका थुप्रै चिकित्सकहरु कहाँ जचाउन लैजादा पनि आदित्यले यही कुरा राख्ने गरेका थिए । आमा ईश्वराका अनुसार डाक्टरले उपचार गर्दा आफ्नो मानसिक क्षमता गुम्ने त्रास उनमा पहिलेदेखि छ ।
भोलिबाट पाँच वर्षमा टेक्न लागेका आदित्य हिँडडुल गर्न र बोल्न सक्दैनन् । नेपालका थुप्रै चिकित्सकहरुलाई देखाउँदा पनि उनका बिमारी पहिचान हुन सकेको छैन । आदित्यको दिमागी क्षमता भने अचम्मको छ, जुन प्रत्यक्ष नदेखिकन विश्वास गर्न कठिन हुन्छ ।
कहिल्यै विद्यालयको मुख नदेखेका उनी कापीमा लेखेर जुनसुकै प्रश्नका जवाफ दिन्छन् । भविष्यवाणी पनि गर्छन् । उनले नेपाली मात्र होइन अंग्रेजी, हिन्दी, जापानिज, कोरियन, रसियन लगायतका भाषाहरुमा लेखेर आफ्नो अद्भूत क्षमता देखाइसकेका छन् ।
अमेरिका जाने सन्दर्भमै उनले लेखेका छन्, ‘उपचारार्थ म हजुरहरुबाट केही समयका लागि टाढा जाँदैछु । फर्की आउँदा देशमा आमूल परिवर्तन आउने छ भन्ने अपेक्षा गरेको छु ।’
www.onlinekhabar.com
बेलायत । प्रसिद्ध भौतिक बैज्ञानिक स्टीफन हकिगंका अनुसार एलियन्सले पृथ्बीमा रहेका मानिसहरुको पुरै ध्वस्त बनाउन सक्ने संभावना उच्च रहेको बताएका छन् ।
एलियन्सले मासिसले कमिलालाई जसरी मार्न सक्दछन् त्यसरी नै एलियन्सहरुले मानव सामानलाई ध्वस्त बनाउने बताएका छन् ।
७३ वर्षिय हकिंगले भने “मलाई यो बिश्वास छ पृथ्बीमा जीवन जसरी बनेको छ । त्यसरी अन्तरिक्ष ब्रह्मान्डमा पनि दोस्रो संसार छ । त्यहा हामी भन्दा राम्रो बैज्ञानिक जिवन पाएका एनियन्सहरु छन् । उनीहरुले ब्रह्मान्डबाट पृथ्वीमा हेरिरहका छन् ।
हकिंगले तिनै आधुनिक एनिएन्सले मानव समुदायलाई नष्ट गर्न सक्ने क्षमता भएको आशंका समेत व्यक्त गरेका छन्  ।
यसै अबसरमा बैज्ञानिक हकिंगले एलियन्सको अध्यनका लागी १० करोडको लागतमा साइन्स सर्च मिशन लन्च समेत गरेका छन् ।
यो मिशन अमेरिकी अरबपति नागरिक सिलिकन वैलीको साथमा इनवेस्टर र फिजिसिस्ट यूरी मिलनरले लागतमा बनाएका हुन ।
समाचार अनुसार यो अहिले सम्मको सबै भन्दा महंगो बिज्ञान अनुसन्धान कार्यक्रम हो ।यो प्रोजेक्ट लन्डनको रोयल सोसायटीमा लन्च गरिएको छ
www.nepalsandesh.com
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार बिहान वसन्तपुरको माखन गल्लीस्थित सानो पशुपति मन्दिरमा पुग्दा युवाको एउटा जमात निकै सतर्क अवस्थामा देखियो ।

भूकम्पमा ज्यान गुमाएकाहरुको शान्किा लागि आयोजित महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र पुग्दा युवाको एक समूह छापामार शैलीमा खटिएको थियो ।

टाउको राजतन्त्रको प्रतीक श्रीपेँच अंकित आरवाईपी लेखिएको रातो रिबन बाँधेका उनीहरुले वसन्तपुरमा राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।

एमाले र एमाओवादीका युवाहरुकै शैलीमा रिबन बाँधेर खटिएका उनीहरु पूर्वराजा शाहको सुरक्षामा समेत खटिएका थिए ।

राजतन्त्रको पक्षमा नारा लगाउँदै रातो रिबन बाँधेका युवा । तस्बिर : दिनेश विक्रम शाह
उनीहरुले आफूहरु राजतन्त्रको पक्षमा रहेको जनाउँदै स्वतःस्तफुर्तरुपमा आफूहरु यहाँ खटिएको बताए ।

स्रोतका अनुसार उनीहरुलाई राजतन्त्रका पक्षधर युवा पशुपति खड्काले खटाएका हुन् । उनैले श्रीपेँच अंकित रिबन निधारमा बाँड्न लगाएर ती युवालाई खटाएको स्रोतको भनाइ छ ।

‘उनीहरुले पूर्वराजा शाह उपस्थित हुने कार्यक्रममा पहिलेबाटै यस्ता गतिविधि गर्दै आएका छन्’, स्रोतले भन्यो, ‘दरबारबाट त्यस्ता गतिविधि नगर्न भन्दाभन्दै उनीहरुले विवादित गतिविधि गर्दै आएका छन् ।’

बुधबार बसन्तपुर पुगेको युवाको त्यो समूहको लागि रिबन बनाउने काम पनि पशुपति खड्काले नै गरेका हुन् । पूर्वराजा शाहका सहयोगी फणि पाठकले दरबारबाट त्यस्ता कुनै पनि युवाको समूह नखटाइएको जानकारी दिए ।

‘दरबारले युवाको समूहलाई त्यसरी परिचालन गरेको छैन’, पाठकले भने, ‘वसन्तपुरमा पनि उहाँहरु रिबन बाँधेर स्वतस्फुर्त आउनभएको हो ।’
annapurnapost.com
धरान, ६ साउन । नेपाल पत्रकार महासङ्घका सुनसरी अध्यक्ष केशव घिमिरेमाथि सुनसरीका एक वकिलसँग मिलेर मुद्दा मिलाइदिने भन्दै आफ्नै सहकर्मीसँग साढे ४ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।
लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा २०७१ साल माघ ४ गतेदेखि झुम्का कारागारमा रहेका पत्रकार महासङ्घका पूर्व केन्द्रीय पार्षद् तथा ‘एक्सन टाइम्स’ साप्ताहिकका प्रकाशक हिमाल राईकी श्रीमती कमला राईले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएकी हुन् ।

हिमालकी श्रीमती कमलाले आफ्नै निवासमा पत्रकार सम्मेलन गरी शुरुमा वकिलले ‘अदालतका पियनदेखि हाकिमसम्म मिलाउनुपर्छ’ भन्दै ३ लाख मागेको तर महासङ्घका अध्यक्ष घिमिरेले फोन गरेर ‘साढे ४ लाख चाहिने भयो’ भनेको जनाइन् । तर आफ्नै श्रीमान्ले आफू निर्दोष भएकाले रकम नबुझाउने अडान लिएपछि षड्यन्त्रपूर्वक फँसाइएको उनले जनाइन् ।
२०५७ सालमा लागूऔषधसहित पक्राउ तरहरानजिक पक्राउ परेका कृष्ण लिम्बूले बयानको क्रममा हिमाल राई र आफ्नै सँगै लागूऔषध सेवन गरेको बताएपछि दुवैविरुद्ध मुद्दा चलेको थियो ।
 सो मुद्दाको पैmसला सुनसरी जिल्ला अदालतले २०६१ मा गरेको थियो । तत्कालीन अवस्थामा फरार भनिएका हिमाललाई प्रहरीले गत माघमा पक्राउ गरेको थियो । सजाय सुनाइएका व्यक्ति आफ्ना श्रीमान् नभएको कमलाको जिकिर छ ।
घटना भएको दिन आफ्ना श्रीमान् हङकङबाट फर्किने क्रममा काठमाडौंमा भएको उनले जनाइन् । पासपोर्टबाट यो कुरा देखिने उनको भनाइ छ । ‘त्यस बेला उहाँ सक्रिय पत्रकारका रुपमा हुनुहुन्थ्यो भने लागूऔषध दुव्र्यसनविरुद्ध युथ एक्सन ग्रुपमार्फत् काम गरिरहनुभएको थियो’, कमलाले भनिन्, ‘कृष्णले भने पर्वत भनिने हिमाल राई भनेको रहेछ । मेरो श्रीमान्को नाम हिमाल राई हो, पर्वत उपनाम छैन ।’


उनले भनेको उमेर र हुलिया पनि केही नमिल्ने भएकाले श्रीमान् निर्दोष रहेको जिकीर गर्दै उनले फैसलामा आफ्ना श्रीमान्लाई फरार भनिएको जनाइन् । ‘२०५७ सालमा मुद्दा लागेको रहेछ तर हामी २०४२ सालदेखि यही घरमा बसेका छौं । मेरो श्रीमान् पत्रकारिता गरिरहनुभएको थियो । त्यस्तो मान्छेलाई फरार भन्न मिल्छ ?’ उनले प्रश्न गरिन् ।
उनका अनुसार महासङ्घका अध्यक्ष घिमिरेले ‘हामी पत्रकारहरुको मुद्दा हेर्ने वकिल उहाँ नै हो’ भनेपछि अन्य वकिल खोजिनन् । ‘तपाईंका श्रीमान्लाई फँसाउने षड्यन्त्र भयो भन्ने कसरी लाग्यो ?’ भन्ने जिज्ञासामा उनले भनिन्, ‘पहिलो कुरा त वकिलले ३ लाख र घिमिरेले साढे ४ लाख मागेको कुरा शंकास्पद छ ।’


आफ्ना श्रीमान्विरुद्ध बयान दिने धरान–७ का कृष्ण लिम्बूलाई विराटनगर पुनरावेदन अदालतमा उपस्थित गराउन आग्रह गर्दा केशवले ‘उनलाई पक्राउ गरिएको भए पनि दाइलाई छुटाउन सजिलो हुने भएकोले कोशी कटाउन लगाएको’ बताएपछि षड्यन्त्र भएको बुझेको उनले जवाफ दिइन् । ‘कृष्णलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ भन्ने सुनेकी थिएँ’, उनले भनिन्, ‘तर पछि बुझ्दा पक्राउ नै गरिएको रहेनछ ।’


अहिले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको जनाउँदै उनले सम्मानित अदालतबाट न्याय प्राप्त हुनेमा आफु ढुक्क रहेको उनले जनाइन् । उनले आफ्ना  श्रीमान् निर्दोष हुँदाहुँदै पैसा खुवाएर कुनै काम नगर्ने बताएपछि घिमिरे र वकिलले आफ्ननो सामान्य पेशागत धर्मसमेत बिर्सिएर निर्दोषलाई सजायको भागिदार बनाएको दुखेसो गरिन् ।
सुनसरीका सरकारी वकिल विजय श्रेष्ठले कानुनले व्यवस्था गरेबाहेकको अतिरिक्त रकम लिन नपाइने बताए । ‘कसैले पैसा दिएर केश मिलाउँछु भन्छ भने त्यो ठगी खाने मेलो मात्र हो’, उनले भने, ‘त्यस्तो गर्ने जो

कोहीलाई पनि कारवाही हुन्छ ।’ बार एसोसिएसनका सुनसरी अध्यक्ष राजु ढकालले पनि अतिरिक्त रकम लिन र दिन नपाइने बताए । कानुन व्यवसायी परिषद्मा उजुरी परे लाइसेन्ससम्म खारेज हुने व्यवस्था भएको भएको उनले जनाए । श्रीमती कमलाले मुद्दामा बहस गरेबापत वकिललाई ५० हजार रुपैयाँ बुझाएको सुनाइन् ।
पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले यस विषयमा यथार्थ जानकारी लिएर प्रतिक्रिया दिने बताए । महासङ्घका सुनसरी अध्यक्ष घिमिरेले भने वास्तविकता त्यस्तो नभएको बताए । ‘त्यो केही पनि हैन, उहाँहरुले बच्नका लागि आरोप लगाउनुभएको हो ।’ कृष्ण लिम्बूलाई भगाइएको विषयमा राखिएको

जिज्ञासामा उनले भने, ‘जिल्ला प्रहरी कार्यालयबाट फोन आएको थियो । कृष्ण लिम्बू हाम्रो सम्पर्कमा छ, के गरौं भन्दै थिए । मैले सम्पर्कमा छ भने उपस्थित गराइदिनू भनेको थिएँ ।’ पत्रकार सम्मेलनमा हिमालकी श्रीमती कमलाले आफ्ना  निर्दोष श्रीमान्लाई न्याय दिलाउनका लागि पहल गरिदिन पत्रकार तथा अधिकारकर्मीहरुसँग आग्रह गरेकी छन् ।
dainiknepal.com
६ साउन, काठमाडौं ।

देशभरी नयाँ संविधानको मस्यौदाबारे विवाद र बहस चलिरहेको समयमा पूर्व राजा ज्ञानेन्द्रले पनि मुख खोलेका छन् अहिलेको संविधानको मस्यौदामा सबैको भावना नसमेटिएको टिप्पणी गर्दै ज्ञानेन्द्रले यसलाई संसोधन गर्न माग गरेका हुन् ।

भूकम्पबाट ज्यान गुमाएकाहरुको शान्तिको कामना गर्दै वसन्तपुरस्थित सानो पशुपतिनाथको मन्दिरमा आयोजित महायज्ञमा सहभागी भएका ज्ञानेन्द्रले कसैलाई काखा र कसैलाई पाखा बनाउने संविधानले काम नगर्ने बताए ।

यस अघि पूर्वराजा ज्ञानेन्द्र शाहरुले आफूसँग तत्कालीन आन्दोलनरत दलले गरेको सहमतिबारे जिज्ञासा राखेका थिए । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले एक सन्देश दिँदै आफूसँग भएका सहमति कार्यन्वयन गर्न दलहरुलाई आग्रह गरेपछि उनलाई कारवाही गर्न समेत माग भएको थियो ।

आफ्नो हातमा सासन लिएर बसेका तत्कालीन राजा ज्ञानेन्द्रलाई ६२-६३ को आन्दोलनपछि बनेको अन्तरिम संविधानले शक्तिहिन तुल्याएको थियो भने संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गर्दै नागार्जुन पठाइदिएको थियो ।

दलहरुबीच किचलो र विभिन्न जाति समुदायबाट नयाँ संविधानको मस्यौदामाथि असन्तुष्टी आइरहेको समयमा पूर्वराजाको बोलीलाई महत्वका साथ हेरिएको छ ।nepaliheadlines.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home