• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौँ । गत फागुन १० गते राजधानीको वसन्तपुरमा ट्युसन सेन्टरमा घटेको एसिड आक्रमणका पिडित युवतीहरुले आफ्ना सबै सपनाहरु चक्नाचुर भएको बताएका छन् । संचारकर्मी शुभक महतोसँग कुराकानी गर्दै उनीहरुले आफ्ना सबै सपनाहरु तेजाबले भष्म पारेको भन्दै अब राजनीति र समाजसेवा गरेर बाँकी दिन बिताउने बताएका छन् ।

३७ दिनको उपचारपछि घाइते मध्येकी एक सिमा घर फर्किसकेकी छिन् भने संगीता अझै पनि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकी छिन्। बिहीबार जिल्ला अदालत काठमाडौंले तेजाब आक्रमणका आरोपी जीवन बिकलाई पुर्पक्षका लागि जेल चलान गरेपछि उनीहरुको मनमा एउटा प्रश्न खडा भएको छ ।

जीवन विक केही वर्ष पछि जेलबाट छुट्छ र आएर फेरी दुख दिन्छ की भन्ने । जेल चलान गर्नु पूर्व अदालतमा सिमालाई देखेर पहिले हाई गरेका जिवनले पछि नमस्कार गरेछन् । तर रिसले आगो भएकी सिमाले किन मलाई एसिड हानेको भनेपछि उनले माफी मागे पनि जेलबाट छुटेपछि नछोड्ने बताएको सिमाले उल्लेख गरिन ।

उनले भनिन् ‘मलाई भेट्ने बितिकै जीवन बिकले हाई गरे। मलाई धेरै रिस उठिरहेको थियो। तैपनि मैले केही भनिनँ। त्यसपछि फेरि नमस्ते गर्‍यो। अनि मैले तपाईँले मलाई किन एसिड प्रहार गरेको भनेर सोध्दा, त्यसले तिमीलाई होइन अर्कैलाई थियो भन्यो। फेरि एकै छिनमा त्यसले मलाई धम्की दियो। उसले सबैको सामुन्ने काठमाडौं जिल्ला अदालत परिसरमै मलाई ज्यान मार्ने धम्की दियो। जेलबाट निस्किने बितिकै तिमीलाई के के गर्छु, मार्छु नि मार्छु। मलाई कसैको पनि डर लाग्दैन भन्यो।’

त्यस्तै एसिड आक्रमणबाट गम्भिर घाइते भएकी संगीता मगरलाई पनि त्यही पिरले सताइरहन्छ । नभन्दै बिहीबार जीवन बिकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत ल्याउँदा उसले आफ्ना आमा बुवालाई गाली गर्दै मार्ने धम्की दिएको बताइन् । जीवनले जेलबाट बाहिर आएपछि आफ्नो परिवारका सबै जनालाई मार्ने धम्की दिएको उनले दुखेको गरिन् । संगीता र सिमाले जीवनलाई फाँसीको सजाय माग गरेका छन् । tajaonlinenews.blogspot.co.i
गौशाला, २३ जेठ । आफ्ना दुई केटी साथीसँग महोत्तरीको सदरमुकाम जलेश्वरको आरएस होटल एन्ड लाजमा बसेको एक युवकको आज बिहान रहस्यमय मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको दुलारी–६ का सञ्जीव क्षेत्री चौहान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तीन दिनदेखि जलेश्वर नगरपालिका–५ स्थित उक्त होटलमा पोखराको मधेरी पाठक गाउँकी कल्पना तामाङ र सर्लाही जिल्ला धनकौल–९ की सुभद्रा सिंहसँग बस्दै आएका युवक क्षेत्रीको आज बिहान ४ बजे सो होटलमा रहस्यमय मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
लजको कोठा नम्बर १०२ मा बसेका क्षेत्रीलाई आज बिहान ४ बजे श्वासप्रश्वासमा समस्या भएको र जीउ टर्रो पर्न थालेपछि उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कल्पनाले बताएकी छिन् ।
यता युवक क्षेत्रीको मुख कुल्चिएको र रगत निस्केको खुट्टाको औंलाहरु र पैतालाबाट पनि रगत निस्केको तथा शरीर पहेलो परेको र पहिले नै मृत्यु भएको अवस्थामा अस्पतालमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गर्न मृतकसँग आएको दुवै केटीलाई नियन्त्रणमा लिएको छ भने होटलमा पनि सिलबन्दी गरेको छ । रासस
dainiknepal.com
कुनै पनि मान्छेलाई आफूतर्फ आकर्षित गर्ने काम निक्कै जटिल काम हो । यहाँ कुनै पनि ब्यक्तिलाई आफू तर्फ आकर्षित गर्ने ७ स्टेपको चर्चा गरिएको छ ।

१ आँखामा हेर्नुस्

कुनै पनि ब्यक्तिसँग पहिलो पटक भेट्दा आँखामा आँखा राखेर कुरा गर्नुस् । यसले सम्बन्ध स्थापित गर्न ठूलो भूमिका खेल्छ । यसबाट तपाइँको ब्यक्तित्व देखिन्छ ।

२ आफूलाई चिनाउनुस्
कुनै पनि ब्यक्तिसँग पहिलो पटक भेट्दा आफूलाई चिनाउनका लागि केही कुरा गर्नुस् । कमसेकम पहिलो भेटमा तपाइँ उनीप्रति कति चासो राख्नु हुन्छ वा कति विशेष मान्नु हुन्छ भन्ने कुरा बुझाउनुस् ।




३ अनलाइन कनेक्सन
पछिल्लो समयमा सम्बन्ध स्थापित गर्नका लागि समय नभएपनि विभिन्न माध्यमबाट सम्बन्धमा रहन सकिन्छ । फेसबुक, ट्विटर, वाट्सऐप जस्ता माध्यमबाट पनि सम्बन्धमा रहन सकिन्छ जसले सम्बन्धलाई गाढा बनाउन मद्दत गर्छ ।



४ उसलाई मन पर्ने कुरा थाहा पाउनुस्
कुनै पनि ब्यक्तिलाई आकर्षित गर्नका लागि सबै भन्दा प्रभावकारी उपाय हो एक अर्काको इच्छा र चाहानाबारे जानकारी राख्नु हो । एक अर्कालाई मन पर्ने कुरा थाहा पउन सके र ख्याल गर्न सके सम्बन्ध सहजै गाढा हुन्छ ।


५ निमन्त्रणा दिनुस्
कुनै पनि मान्छेसँग नजिक हुनु छ भने त्यस्तो ब्यक्तिसँग समय विताउनु पर्छ । ब्यस्तताकाबीच पनि समय निकालेर केही समय विताउँदा सम्बन्ध आफै गाढा हुन्छ । एक अर्कालाई बोलाउनु भेटघाट गर्नु सम्बन्ध विस्तार गर्ने प्रभावकारी तर पहिलो चरण हो ।
६ आफ्नो बारेमा जान्ने मौका दिनुस्

यदि तपाइँले चाहेको मान्छेकोबारेमा सबैजसो जानकारी पाइ सक्नु भएको छ र आकर्षित गर्ने चरणमा पुग्नु भएको छ भने आफ्नोबारेमा पनि थाहा पाउने मौका दिनुस् । उसलाई पनि तपाइँको बारेमा खोजि गर्ने मौका दिनुस् । कहिले काँहि आफूले कल नगरेर उताबाट कल आउन दिनुस् ।


७ अन्त्यमा डेटिङ
अव एक अर्कासँग अन्तरंग गफ हुन्छ र सबै कुरा शेयर हुन थालेको छ भने अवको स्टेप हो डेटिङ । यदि उताबाट प्रस्ताव आयो भने पनि सामान्यरुपमा लिनुस् आफूले प्रस्ताव राख्न पनि नहिच्किचाउनुस् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नूनको ठूलो महत्व छ हाम्रो जीवनमा । नून मात्र भएन भने भान्सा चल्न सक्दैन । नूनले खानाको स्वाद बढाउन मात्र होइन तपाइँको भाग्य पनि चम्काउन सक्छ भन्ने चाँहि थाह नहुन सक्छ ।

bathroom salt

नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ । बास्तु शास्त्रमा जीवनलाई सुखी र समृद्धशाली बनाउने अचूक उपायहरुको उल्लेख गरिएको छ । तपाइँको घरमा बास्तुदोष छ भने त्यसको उपचार केवल केही कचौरा नूनले गर्न सकिन्छ । तर यस्तो नून भने समुन्द्री नून नै हुनु पर्छ । बाथरुममा केही कचौरा नून राख्नुस् तपाइँको घरमा रहेको बास्तु दोष मेटिन्छ । तर हरेक महिना कचौरामा रहेको नून परिवर्तन गर्नु पर्छ ।

हाम्रो वरपर सकारात्मक र नकारात्मक गरी २ प्रकारका शक्ति हुन्छन् । यसको प्रभाव हाम्रो जीवनमा सिधा पर्छ । बास्तु शास्त्र यही सिद्धान्तमा आधारित छ । घरमा धेरै सदस्यको सोंच नकारात्मक छ भने सो घरमा शान्ति हुन कठिन हुन्छ ।

bathroom salt 1

नूनमा यस्तो अदभुत शक्ति हुन्छ जसले त्यस्ता नकारात्मक शक्ति नष्ट गरिदिन्छ । त्यसका साथै घरको दरिद्रता नष्ट हुने र लक्ष्मी प्रशन्न हुने समेत बास्तु शास्त्रको दावी छ । बाथरुममा नून राख्दा असफलताको अन्त्य हुने र सफलता शुरु हुने समेत विश्वास छ ।




नून पोखिनु अशुभ

हाम्रो परंपरागत मान्यतामा नून पोखिनु राम्रो मानिँदैन । त्यसैकारण नून प्रयोग गर्दा सचेत भएर गर्नु पर्छ । नून पोखिनु नेपाल र भारतमा मात्र होइन युरोपेली देशमा समेत नराम्रो संकेत मानिन्छ ।



खासकुरा के हो भने प्राचिन समयमा नून दुर्लभ हुने गर्थ्यो । रोमान साम्राज्यमा सैनिकहरुलाई तलवको साटो नून दिने गरिन्थ्यो । तलवलाई अंग्रेजीमा स्यालरी भनिन्छ जुन स्याल र सल्टको अपभ्रंस हो । त्यसैले नून खस्नु भनेको भाग्य वा समृद्धीको पतन जस्तै मानिएको हो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
४ लाख ७१ हजारदेखि २० लाख रुपैयाँसम्मका

२३ जेठ, काठमाडौं ।
सरकारले १० प्रकारका भूकम्पप्रतिरोधी घरका डिजाइन तयार पारेको छ। सहरी विकास तथा भवन निर्माण विभागले देशका जुनसुकै क्षेत्र तथा भूबनोटमा बनाउन सकिने गरी परम्परागत तथा आधुनिक १० थरी प्रविधि सर्वसाधारणमा लैजान लागेको हो।

विभागले तयार पारेको डिजाइनसहित प्राविधिक पक्ष सहरी विकास मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ। यो प्रविधि र डिजाइन अनुमोदन भएपछि घर बनाउनेले यीमध्ये एक प्रविधि अनिवार्य रूपमा लागू गर्नुपर्नेछ।

विभागले न्यूनतम चार लाख ७१ हजारदेखि २० लाख रुपैयाँसम्मको लागतमा बनाउन मिल्ने घरका डिजाइन तयार गरेको हो। डिजाइनभन्दा प्रविधिमा केन्द्रित रही नमुना बनाइएकाले भूकम्प प्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चापदार्थ तथा निर्माण सामग्रीको प्रयोग अनिवार्य हुने विभागले उल्लेख गरेको छ।

घरका अधिकांश डिजाइन र प्रविधि ग्रामीण क्षेत्रलाई केन्द्रित गरिएका छन्। विभागले दिएको प्राविधिक पक्ष पालना गरेमा गाउँमा तीन तलासम्मका घर बनाउँदा इन्जिनियरको सहयोग नलिए पनि हुन्छ। विभागका अनुसार त्यसभन्दा अग्ला भवन बनाउन अनिवार्य रूपमा इन्जिनियरले नक्सा, डिजाइन तयार पार्नुसाथै माटो परीक्षणसमेत अनिवार्य गर्नुपर्नेछ।

अहिले तयार पारिएका घरको डिजाइन र प्रविधि स्वीकृत भएपछि डकर्मी, सिकर्मी तथा ठेकेदारलाई तालिम दिने योजना पनि सँगसँगै कार्यान्वयन गर्ने सहरी विकास मन्त्रालयले जनाएको छ।

गाउँका जनताले आफ्नो आर्थिक क्षमताअनुसार घर बनाउनुपर्ने भएकाले न्यूनतम लागतमा सजिलै उपलब्ध हुनसक्ने प्रविधिलाई सरकारले जोड दिएको हो।

गाउँमा धेरैको माटो परीक्षण गराएर घर बनाउन सक्ने क्षमता नहुने भएकाले जुनसुकै किसिमका माटोमा पनि टिक्न सक्ने प्रविधि तथा निर्माण सामग्रीको संयोजन गरिएको विभागले जानकारी दिएको छ।

माटो परीक्षण गर्न एक लाख रुपैयाँभन्दा बढी खर्च हुने भएकाले गाउँका अधिकांश व्यक्तिको आर्थिक क्षमताले भ्याउँदैन। सहरी विभाग तथा भवन निर्माण विभागका उपमहानिर्देशक राजुमान मानन्धरले गाउँका जनताको आर्थिक क्षमता तथा सहजै उपलब्ध हुनसक्ने सामग्रीसमेतलाई ध्यान दिएर भूकम्प प्रतिरोधात्मक प्रविधिका घर बनाउन आवश्यक रहेको बताए।

‘व्यक्तिको आर्थिक अवस्था, जग्गाको किसिम, सांस्कृतिक पक्षलाई समेत ध्यान दिनुपर्ने भएकाले सोहीअनुसारका घरका नमुना र प्रविधि तयार पारिएको हो’, उनले भने। सहरी विकास मन्त्रालयले प्रस्तावित प्रविधि र डिजाइन स्वीकृत गरेपछि सोहीअनुसार नक्सा पास गरी घर बनाउने बाटो खुला हुनेछ।

भूकम्पले घर ध्वस्त भएका व्यक्ति तथा परिवारलाई दुई प्रतिशत ब्याजदरमा ऋण दिने भएकाले मन्त्रालयले केही दिनभित्रै प्रस्तावित प्रविधिलाई स्वीकृति दिने तयारी गरेको छ। असार १० मा हुने दाता सम्मेलनमा घरका डिजाइन तथा प्रयोग हुने प्रविधिका नमुना देखाउने सरकारको योजना छ। आजको अण्नपूर्ण पोस्टमा खबर छ ।

डिजाइनभन्दा प्रविधिमा केन्द्रित रही नमुना बनाइएकाले भूकम्प प्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चापदार्थ तथा निर्माण सामग्रीको प्रयोग अनिवार्य हुन्छ।www.nepaliheadlines.com
२३ जेठ, काठमाडौं ।

शनिबार बिहान २ बजेर ३३ मिनेट जाँदा भूकम्पको पराकम्पन गएको छ । तिब्बत र सिन्धुपाल्चोक केन्द्र रहेको सो भूकम्प ४ दशमलव २ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।



गत बैशाख १२ मा गएको भूकम्प पछि यसको पराकम्पन जाने क्रम अझै रोकिएको छैन । शुक्रबार पनि दुई पटक पराकम्पन गएका थिए ।
निद्रा नलागेर के तपाईं कोल्टे फेरेर नै रात कटाउनु हुन्छ ? यदि रातभरी निदाउन सक्नुहुन्न भने यसले तपाईंको शरिरमा नकारात्मक असर पुर्याउन थाल्दछ । थोरै निन्द्राले तपाईंको तौल बढाउने गर्दछ भने तपाईंको प्रतिरक्षा प्रणालीलाई पनि बिस्तारै कम बनाउँदै लान्छ । थाकेको र कमजोर शरिरले काम गर्न सक्दैन । यसले तपाईंको शरिरलाई मिठो निन्द्रा पनि दिन सक्दैन ।

 १. धेरै फ्याट भएको खानेकुरा नखानुहोस्ः धेरै फ्याट भएको खानेकुराहरु तपाईंको पेटमा जम्मा भएर बस्ने गर्दछ । धेरै फ्याट भएको खानेकुरा पच्न समय लाग्ने हुँदा यसलाई सुत्ने समयमा सकभर नखाँदा नै राम्रो । फ्याट भएको खानेकुरा पचाउनलाई तपाईंको शरिरले धेरै शक्ति प्रदान गर्नुपर्छ । सुत्नुभन्दा अगाडि आइसक्रिम र फास्ट फुडहरु खाँदै नखानुहोस् ।
२. स्क्रिन र मोनिटरमा नहेर्नुहोस्ः 
धेरैजसो मानिसहरुलाई आफ्नो बेडमा बसेर मनपरेको टिभी सो र फिल्म हेर्न मनपराउँछन् । स्क्रिन र मोनिटरबाट आउने निलो प्रकाशले तपाईंको दिमागमा असर पुर्याउने गर्दछ । तपाईंको दिमागले आराम पाउँदैन र सुत्ने समय भएको कुरा पनि थाहा पाउन सक्दैन । जसकारण तपाईंलाई राम्रोसँग निन्द्रा लाग्दैन । यसको सट्टा किताब पढ्नुहोस् । यसले तपाईंको दिमागलाई आराम राख्न मद्दत गर्छ भने तपाईंको सपनालाई सहि दिशा दिन मद्दत गर्दछ ।
 ३. कार्डियो लोडः 
जिममा जानु र व्यायाम गर्नु शरिरको लागि राम्रो हो तर सुत्नुभन्दा अघि होइन । जिम जाँदा तपाईंको मुटुको धड्कन तेज भइरहेको हुन्छ र यसलाई शान्त हुन समय लाग्छ जसका कारण तपाईंलाई निन्द्रा लाग्दैन । सुत्नुभन्दा तीन घण्टा अघि जिमको कामहरु सिद्धाउनुहोस् । बेलुकीको समयमा प्रायः गाह्रो र लामो वर्कआउट नगर्दा नै राम्रो ।
४. ढिलासम्म काम :
 यदि अर्को बिहान तपाईंको मिटिङ छ वा एकहप्तासम्मको लागि थुप्रै काम सिद्धाउनुपर्ने छ भने आफ्नो कामहरुको योजना निकै चाँडैदेखि बनाउन सुरु गर्नुहोस् । सुत्ने समयसम्म काम नगर्नुहोस् । आफूले गर्नुपर्ने कामहरु गर्नुहोस् तर सुत्नुभन्दा अघि दिमागलाई पनि केहि आराम दिनुहोस् । एकछिन आराम पछि तपाईं मज्जाले निदाउन सक्नुहुन्छ ।
 ५. क्याफेनः
क्याफेनले तपाईंलाई खुसी बनाउँछ । यो कफी, चिया र चकलेटमा पनि पाइने गरिन्छ । रक्सीजन्य पदार्थले पनि हाम्रो शरिरको यस्तो प्रभाव पार्ने गर्दछ । यस्ता सबै पेय पदार्थले तपाईंलाई उत्साहित बनाउने गर्दछ । हुन त तपाईंको शरिरले क्याफेनलाई कतिसम्म सहन सक्छ त्यसमा पनि भर पर्दछ । सुत्नुभन्दा केहि घण्टा अगाडि क्याफेनयुक्त पेय पदार्थको सेवन नगर्नुहोस् । शरिरलाई आराम र शान्त पार्ने बेलामामात्र शरिरलाई क्याफेनको आवश्यकता पर्ने गर्दछ ।
 ६. भावनात्मक रुपमा उत्साहितः
सुत्नुभन्दा अघि भावनात्मक रुपमा उत्साहित हुनाले तपाईंलाई कदापि पनि निन्द्रा लाग्दैन । बेलुकीको समयमा भावनात्मक फिल्महरु नहेर्नुहोस् । फिल्महरुभन्दा नोभल पढ्नुहोस् अथवा तातो पानीले नुहाउनुहोस् वा हर्बल टी पिउनुहोस् । यसले तपाईंलाई मिठो निन्द्राको लागि सहयोग गर्दछ ।www.ratopati.comf
अहिलेसम्म अविवाहित छोरी मात्र अंशियार

बाबुआमाले छोरीलाई छोरा सरह स्वभाविक हिसावले अंशवण्डा गरि दिन हाम्रो समाजले अझै कति समय कुर्नु पर्ने होला ? २०६३ सालको संविधानमै पैतृक सम्पत्तिबाट छोरीले पनि अंश पाउने व्यवस्था छ। तर, छोरीलाई अंश दिने मामलामा अन्य कानुन हरु संविधान जस्तो उदार छैनन्। अहिलेको कानुनले विवाहित छोरीलाई अंश दिन नपर्ने भनेको छ। कानुन मात्रै होइन समाजले पनि छोरीलाई अंश दिने विषय सजिलो ठान्दैन। दाइजो दिन जति नै सम्पत्ति खर्च गरेपनि छोरीलाई अंश दिने मामलामा समाज उदार देखिदैन। संविधानमा लेखिए अनुसारको हक दावी गर्दै अंश लिने छोरीहरु पनि ज्यादै कम छन्। एकाध बाहेक कुनै बाबुआमाले छोरीलाई अंश दिने चलन छैन।

 न त छोरीहरुले अंश खोज्दै नालिस दिन्छन्। संविधानमै लेखिएपनि र उजुरी नै दिएपनि आजसम्म छोरीलाई अंश दिलाउने कानुन भने पर्याप्त छैनन्। महिला कानुन र विकास मञ्चकी अधिवक्ता मिरा ढुंगाना भन्छिन, 'उल्टो संविधानले दिएको हक कार्यान्वयन गर्न प्रचलिन कानुनहरुले बाधा खडा गर्छन्।' छोरीलाई कहिले उमेर र कहिले बिवाहको आधारमा विभेद गरेर कानुनहरु बनेको उनको बुझाई छ। २०२० सालमा बनेको मुलुकी ऐनले  पनि ३५ वर्षको उमेरसम्म विहे नगरेका छोरीलाई छोरा सरह अंश दिने व्यवस्था गरेको थियो।

त्यसलाई २०५९ सालमा संशोधन गरेर छोरा र छोरीलाई अंश दिने व्यवस्था गरेपनि विवाहितले अंश नपाउने व्यवस्था गरेको छ। यस्ता विभेदलाई हटाएर, २०६३ सालमा अन्तरिम संविधानले पैतृक सम्पत्तिमा छोराछोरीको बराबर हक लाग्ने व्यवस्था गरेको हो। नयाँ संविधानको मर्म अनुसार प्रचलित कानुनहरु संसोधन नभएकाले छोरिले छोरा सरह अंश पाउने स्थिति छैन। तर, अब पुराना कानुनमा भएका बाधाहरु सल्टीने भएका छन्। सरकारले छोरा र छोरीलाई कुनै विभेद नगरी पैतृक सम्पत्तिमा बराबर अंश दिलाउने कानुन तर्जुमा गरेको छ। लैङिगक समानता कायम गर्न तथा लैङिगक हिंसा अन्त्य गर्न' भन्दै सरकारले यस्ता विभेदपूर्ण केही ऐनलाई संसोधन गर्ने विधेयक ल्याएको छ।

विधेयकलाई संसदले पास गरेमा, विवाहिता छोरीले पनि अंश पाउने छन्। जेठ २६ मा सरकारले संसदमा पेश गरेको विधेयकले अन्य कानुन लगायत अंशवण्डा सम्बन्धी कानुन पनि संशोधन गरि छोराछोरीलाई पैतृक सम्पत्तिमा बराबर हक दिलाउन लागेको छ। प्रचलनमा रहेको मुलुकी ऐनमा 'विवाह गरिसकेकी छोरीको अंश बण्डा गर्नुपर्ने छैन'  प्रावधानलाई खारेज गर्ने प्रस्ताव ल्याएको छ।  'विवाहित छोरीको पनि अंशबण्डा हुन तथा जस्तोसुकै अवस्थामा पनि छोराछोरीले अंश पाउने व्यवस्था गर्न,' भन्दै सरकारले मुलुकी ऐनको संसोधन गर्नु परेको उल्लेख गरेको छ।

मुलुकी ऐनमा भएका अन्य ३२ विभेदपूर्ण कानुन पनि सरकारले सच्याएको छ। ऐनले छोरालाई मात्रै अधिकार दिने व्यवस्था गरेका ठाँउमा  विधेयकले 'छोरी' शब्द पनि थपेको छ। ऐनमा भएको 'अविवाहिता छोरी' भन्ने शब्द हटाएर सगोलकी छोरी (अंशियार) भन्ने शब्द राखिएको छ। अविवाहित र विवाहित छोरीमा रहेको विभेद् हटाउन'  ऐनका यस्ता शब्दहरु फेर्नुपरेको सरकारको जवाफ छ। २०४७ सालपछि छोरीलाई पनि समान अंश दिनुपर्छ भनेर आवाज उठ्दै आएका थिए।

सर्वोच्च अदालतले छोरीलाई पनि अंश दिन मिल्ने गरी कानुन बनाउन पटकपटक गरेका निर्देशन,फैसला समेतलाई सम्बोधन गर्न पनि यो विधेयक ल्याएको सरकारले जनाएको छ।पारिवारिक कानूनका जानकार लवप्रसाद मैनालीले यस्तो कानून आउनु स्वागतयोग्य भएपनि तुरुन्त कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन्। 'अहिलेसम्म छोरीलाई अंश दिने र लिने भन्ने सोच अझै हाम्रो समाजमा आम रुपमा स्थापित हुन सकेको छैन,' उनले भने, 'यो कानुन पुरापुर लागू हुन एक दुई पुस्ता कुर्नुपर्छ।' स्रोत # सेतो पाटी
२२ जेठ, एजेन्सी ।

तपाइँलाई थाहा छ संसारका सबैभन्दा धनी खेलाडी को हुन् ? करोडपतिका पनि करोडपति यस्ता खेलाडी हुने अमेरिकाका बक्सर फ्लोयड मेवेडर ।



उनका गाडीको सूचीबारे थाहा पाउँदा तपाइँलाई अचम्म लाग्न सक्छ । संसारकै सबैभन्दा धनड्य यी खेलाडीसँग ४ दशमलव ५८ मिलियन पाउण्ड अर्थात ७१ करोड ६५ लाख भन्दा बढीका त कार मात्र छन् ।

उनले गत महिना ‘फाइट अफ दि सेन्चुरी’ अर्थात शताब्दीको लडाइँ भन्ने प्रतियोगिताबाट मात्र १ सय २० मिलियन पाउण्ड कमाएका थिए ।

फ्लोयड मेवेडर सबैभन्दा धनी खेलाडी भएको कुरा उनले आफ्ना गाडीबारे जानकारी दिएपछि झनै खुलस्त भएको हो ।

फ्लोयड मेवेडरको साथमा संसारकै सर्वाधिक महंगो मानिएका २ बुगाटी गाडी, २ रोल्स रोयस, १ मर्सिडीज मेब्याच, २ मर्सिडीज G63 AMG V8 Biturbo, १ लाम्बोर्घिनी Aventador LP700-4 Roadster जस्ता गाडी छन् ।


उनले पछिल्लो महिना लास भेगासमा MGM ग्रण्ड मरीनामा फिलिपिन्सका म्यानी प्याक्वेलाई हराएर ‘फाइट अफ द सेन्चुरी’ जितेका थिए ।

डेली मेलले जनाए अनुसार उनीसँग १०० कार छन् । उनका कार सबै सेतो रंगका छन् ।
काठमाडौँ, २२ जेठ । काठमाडौँका डन चक्रे मिलन (मिलन गुरुङ) का मुख्य सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ ।
चक्रे मिलनसँगै राजधानीमा अपराधिक क्रियाकलापमा संलग्न रहेका लमजुङको मालिङ गाविसका बिशाल गुरुङ (छोटा) लाई काठमाडौँको चाबहिल सरस्वतीनगरस्थित डेराबाट नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो । सर्वोच्च अदालतले लागुऔषध मुद्दामा १० बर्षको जेल सजाय सुनाए पनि उनी काठमाडौँमा लुकीछिपी गतिविधि संचालन गरिरहेका थिए ।
२०६० साल असोज ३० गते काठमाडौँको चप्पलकारखानाबाट २७ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका गुरुङ काठमाडौं जिल्ला अदातलको २०६१ मंसिर १४ गतेको फैसलाले ५ वर्ष जेल सजाय भुक्तान गरी २०६५ असार ३० गते छुटेका थिए ।
तर, काठमाडौँ जिल्ला अदालतको फैसलालाई उल्टाउँदै सर्वोच्च अदालतले २०६७ कात्तिक २९ गते सोही मुद्दामा गुरुङलाई १० वर्ष जेल सजाय तोकेको थियो । सर्वोच्चको फैसलापछि फरार रहेका उनलाई बुधबार प्रहरीले काठमाडौँको सरस्वतीनगरबाट पक्राउ गरेको थियो ।
उनलाई प्रहरीले पटकपटक पक्राउ गर्दै आएको थियो । २०६६ साल असार २८ गते रुपन्देही प्रहरीले चक्रे मिलनसँगै पक्राउ गरे पनि हातहतियार खरखजाना मुद्दामा ती महिना जेल बसी उनी ७५ हजार रुपैँया धरौटीमा छुटेका थिए ।
उनी विगतमा चक्रे मिलनको समूहमा रही मुख्य सहयोगीका रुपमा अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको अभियोग छ ।
dainiknepal.com
काठमाडौं । एभिन्यूज टेलिभिजनको समाचार कक्षमा शुक्रबार बिहान आगलागी भएको छ । हाई भोल्टेजका कारण आगलागी भएको टेलिभिजनले जनाएको छ । आगलागीबाट समाचार कक्षमा रहेका कम्प्युटरलगायतका सामग्रीमा क्षति पुगेको छ ।


अागलागीबाट लाखाैंको क्षति भएको टेलिभिजनले जनाएको छ । समाचार कक्षमा लागेको आगोलाई टेलिभिजनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।npnewsline.blogspot.com
एजेन्सी : शक्रबार बिहान गएको शक्तिशाली भूकम्पबाट मलेसियाको माउन किनाबालु पहाडमा ५ जनाको ज्यान गएको छ ।

४ हजार ९५ मिटर अग्लो यो पहाड चढ्न गएका आरोहीमध्ये ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोही पहाडक्षेत्र नजिकैको समुद्री तट केन्द्रबिन्दु भएको सो भूकम्पपछि किनाबालु पहाडमा अझै पनि ८९ जना आरोही फसेका छन् ।

माउन्ट किनाबालु पहाडमा आरोहीहरु
समाचार अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्पले हल्लाउने क्रममा पहाडमाथिबाट खसेका ढुंगाले लागेर ती पाँच आरोहीको ज्यान गएको हो । तर, त्यहाँस्थित सरकारी अधिकारीले यो घटनाको पुष्टि गरिसकेका छैनन् ।

भूकम्पपछि सो पहाडीक्षेत्रमा फसेकाहरुलाई उद्धार गर्न त्यहाँस्थित प्रहरी तालिम प्राप्त कुकुरसहित परिचालित भएको छ । हेलिकोप्टरले पनि भूकम्पपछि फसेकाहरुको खोजी थालेको छ ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home