• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
अश्वेत जातिबाट संसारकै शक्तिशाली मुलुक अमेरिकाको राष्ट्रपति बनेपछि बाराक ओबामामात्रै होइन, फस्ट लेडी मिसेल ओबामा र उनीहरूका दुई छोरी मालिया र सासा पनि हरेकका लागि चासो र चर्चाका पात्र बनेका छन्।



टाइम म्यागेजिनले गरेको अध्ययनअनुसार संसारका प्रतिभावान् २५ जना युवामा मालिया र सासा पनि पर्छन्।


ओबामा दम्पतीले मालिया र सासा दुवैलाई प्रतिभावान् र उत्प्रेरक भएको बताउने गरेका छन्।

हरेक अभिभावकले आफ्ना सन्ततीलाई त्यो दृष्टिले हेर्नु ठूलो कुरा भएन।

टाइम म्यागेजिनको सर्वेक्षणमा उनीहरू संसारका प्रतिभावान् २५ जना युवामध्येमा पर्नुले उनीहरूको चर्चा र आकर्षण उमेरसँगै बढ्दो छ।

ओबामा दम्पतीका जेठी छोरी हुन् मालिया। उनी अहिले १६ वर्षमा हिँड्दैछिन् भने कान्छी छोरी सासा १४ वर्ष लागेकी छन्।

 सासाको वास्तविक नाम नतासा हो । उनीहरू दुवैले वासिङ्टनस्थित क्वेकर सिडवेल स्कुलमा अध्ययन गरेका हुन्।

चलचित्र निर्माणमा निकै चासो राख्ने भएकाले मालियाले हेल बेरीको प्रोडक्सन कम्पनीमा प्रोडक्सन असिस्टेन्टका रूपमा काम पनि गरेकी छन्।

सासा भने टेनिस खेलकी सोखिन हुन् । डान्स, जिम्न्यास्टिक एवं पियानोमा पनि उनी रुचि राख्छिन्।

 आमा मिसेलको प्रभावका कारण दुवै दिदीबहिनी फेसननेबल पनि छन्।

तर कहिलेकाहीँ छोटो पहिरन लगाउने गरेकोमा विवादमा पनि आएका छन्।

ओबामा दम्पती छोरीका लागि असल अभिभावक मानिन्छन्।

विद्यालयमा हुने अभिभावकको बैठक तथा अन्य कार्यक्रममा उनीहरू प्रायः नियमित उपस्थित हुने गर्थे।

त्यस्तै मालिया र सासा पनि अधिकांश सार्वजनिक कार्यक्रममा बाबुआमाको साथमा देखिने गर्छन्।

सानै उमेरमा आफ्नै पहिचान बनाएका यी दिदीबहिनी संसारका युवामाझ उदाहरण मानिन्छन्। एजेन्सी
annapurnapost.com
२०७२ असार २२ गते


काठमाडौ । कहिले काँही धेरै माया पाउदा पनि तनाव हुने रहेछ । मंगलवार बिहान दीपकराज गीरिलाई यस्तै भयो । बिहानै कसैले फोन गरेर बधाइ छ भन्ने बित्तिकै छक्क पर्दै दीपकले प्रश्न गर्थे के को बधाई ?
प्रश्न गर्ने आफैंले उत्तर दिन्थे । ‘आज त तपाईँको म्यारिज एनिभर्सरी रहेछ नि ।’ बिहानभरि बधाई दिनेहरुको फोन रिसिभ गरेका दीपकराजले बधाई ग्रहण गर्दै स्पष्टीकरण पनि दिए ।
खासमा यो उनको दुईवर्ष अघि फेसबुकमा पोष्ट गरेको स्टाटस थियो तर, कुनै शुभचिन्तकले लाईक गरिदिएछन् । श्रीमती र छोरासहित बसेको अनि आज हाम्रो विवाह भएको २७ वर्ष पुग्यो भनेर लेखेको स्टाटस अगाडि आएछ ।
यस्ता घटना बेला बेलामा हुने गरेको सुनाउँदै दीपकले भने ‘मेरा शुभचिन्तक धेरै छन् । पुरानो तस्वीर र सामग्रीलाई लाईक गरिदिँदा यस्तो समस्या आएछ ।
मुम्बई । अभिनेता साहिद कपुरको मंगलबार दिल्लीकी मीरा राजपुतसाग विवाह हुँदैछ । साहिद ३४ वर्षका छन् भने उनको हुनेवाला श्रीमती मीरा २१ वर्षकी भईन् । साहिदको विवाहको कार्डको डिजाईन रवीस कपुरले गरेका थिए । कार्ड डिजाईनमा निकै ध्यान दिईएको रवीसको भनाई थियो ।
रवीसको भनाई अनुसार साहिद रंगमा विशेष ध्यान दिन्छन् । साहिदलाई मनपर्ने रंगको कार्ड डिजाइन गरिएको छ । बिबाहको कार्डको प्याकेज चियाको बक्स स्टाईलमा गरिएको थियो । किनकी साहिदका पीता पंकज कपुर चियाका सौखिन छन् ।
विवाह र रिसेप्सन पार्टीको कार्ड छुट्टाछुट्टै छ । ऋतिक रोशन र शील्पा शेट्टीको कार्ड पनि रवीसले बनाएका थिए । उनको भनाई अनुसार साहिदले रिसेप्सन पार्टीका लागि ५०० कार्ड अर्डर गरेका छन् ।
विवाहको केही दिनपछि रिसेप्सन पार्टी हुने भएको छ । साहिदकी आमा सुप्रिया पाठक छोराको विवाहप्रति असाध्यै उत्साहित छिन् । उनीहरुको रिसेप्सन पार्टी मुम्बईमा हुने भएको छ भने बलिउड स्टारको पनि उपस्थिति हुने भएको छ ।
उनीहरुको विवाहमा राधा स्वामी सत्संग ब्यास पनि सहभागी हुने भएका छन् । साहिद मीराका परिवार राधा स्वामी सत्संगमा आबद्ध छन् ।
उनीहरु शाकाहारी भएकाले पार्टीमा मासुका परिकार पाक्ने छैन । साहिदका लागि विवाहको पोशाक उनका साथी कुणाल रावलले डिजाईन गरेका छन् । मिराको डे्रसको डिजाईन अनामिका खन्नाले गरेकी थिईन् ।

आजकल फेसबुकमा चुटि्कला तथा जोकहरुका प्रसस्तै पेजहरु देख्न पाइन्छ । पेट मिचिमिची हँसाउने ती पेजमा प्रायः एकजना पात्र कहिल्यै छुट्दैन, त्यो हो शेरे । शेरे नामको पात्रको रुपमा जोक तथा चुटि्कलाहरुमा साँच्चीकै पेट दबाएरै हाँसको एउटा स्केच देखिन्छ । त्यो पात्र यति मज्जाले हाँसेको छ की अनुहारमा मनग्गे चाउरी परेका छन् र आँखा लुप्त नै हुनेगरी चिम्सिएका छन् । भलै फेसबुक पेजको जोक खासै हँसाउने किन नहोस् शेरेको त्यो अनुहारले भने मज्जाले हँसाउँछ ।


आखिर त्यो हँसाउने स्केचवाला पात्रको त्यो चित्र कसले बनायो होला ? त्यो साँच्चीकै मानिसको चित्र होला वा कसैकेा कल्पनाको खेति होला ? फेसबुकमा शेरेका जोक पढेर हाँस्ने हामी धेरैले यसमा खासै मतलब पनि गर्दैनौँ र जान्न चाहेपनि यसको उत्तर तत्कालै पाउन कठीन नै थियो । तर अन्ततः यो हँसिलो पात्रको पहिचान खुलेको छ अर्थात् फेसबुकमा जोकर बनिरहेको यो अनुहारको रहस्योद्घाटन भएको छ ।
नेपालमा मात्र होइन विश्वभर नै फेसबुकमा जोकर पात्रको रुपमा प्रयोग भएको यो चित्र वास्तवमा एक जना खेलाडिको वास्तविक तस्वीरको स्केच हो । यी हँसिला पात्र हुन् चिनिया बास्केटबल खेलाडि याओ मिङ ।
सन् २००९ मा एक पत्रकार सम्मेलनका क्रममा उनले हाँसको त्यो उन्मुक्त हाँसो यति लोकपि्रय बन्यो की अहिले ६ वर्षपछि सम्म पनि त्यो हाँसोको चित्र भाइरल बनिरहेको छ ।
कसरी बन्यो यो चित्र ?


सन् २००९ को मे महिनामा भएको बास्केटबल प्रतियोगिता पछाडि आयोजित पत्रकार सम्मेलनमा याओ र उनका साथी खेलाडि रोन आर्टेस्ट सहभागी थिए । रोन हँसिमजाक गर्दै बोलिरहेका थिए र याङ मुसुमुसु हाँसिरहेका थिए । तर रोनको कुरा यतिधेरै हाँसोलाग्दो भएछ की याओ टाउको माथि फैलाउँदै अट्टहास गर्न बाध्य भए । वास्तवमा उनको हाँसो निकै टिपिकल थियो । अझ भनौँ टिपिकल एसियाली हाँसो ।
याओको त्यो हाँसो सम्मिलित ३० सेकेण्डको भिडियो नै वास्तवमा कलाकारका लागि काफी थियो । एकजना कलाकारले त्यो भिडियोमा याओकेा हाँसोको सबैभन्दा चरम रुपलाई क्याप्चर गरे । साँच्चीकै अरुलाई हाँसो उठाउने खालको मुखाकृति बनेको थियो याओको ।

अन्ततः एकजना कलाकारले ‘डाउनलो’ को छद्म नामबाट याओको त्यो उन्मुक्त हाँसोको अवस्थाको तस्वीरबाट तयार पारेको स्केचलाई सोसल साइट रेडिटमा अपलोड गरे, सन् २०१० को जुलाई ११ मा । त्यो स्केच चित्र पत्रकार सम्मेलनमा मज्जाले हाँसेका याओको भिडियोको स्क्रिनसट भएको कुराको पनि उनले खुलासा गरे ।
भाइरल बन्यो

रेडिटमा अपलोड भएसँगै याओको त्यो स्केच एकाएक चर्चित बन्यो । सामान्य प्रयोगकर्ता देखि लिएर कलाकारहरुले उनको त्यो स्केचलाई विभिन्न नाम दिए । कतिले उक्त स्केचलाई आफ्नै ढंगले मोडिफाइ समेत गरेर झनै हाँसोउठ्दो पनि बनाउन भ्याए । त्यसपछि उनको त्यो अनुहार फेसबुक, टम्बलर, फन्नीजोक, मेमबेस जस्ता सोसल साइटमा पनि भाइरल बन्दै गयो । विभिन्न खाले जोक तथा चुटि्कलाका पेजहरुमा याओको त्यो मुखाकृति अभिन्न अंग बन्न थाल्यो र थप हँसाउने मसला बन्दै गएको छ । यतिमात्र होइन याओको त्यो स्केचको महिला संस्करण समेत तयार पारेर सोसल साइटमा अपलोड गर्न थालिएको छ ।
याओ मिङको जिवनी

सन् १९८० को सेप्टेम्बर १२ मा चीनको सांघाइमा जन्मिएका पूर्व चिनिया व्यवसायिक बास्केटबल खेलाडि याओ मिङ अमेरिकी बास्केटबल टिम हस्टन रकेट्सबाट समेत व्यवसायिक बास्केटबल खेले । आफ्नो करिअरको अन्त्यतिर उनी अमेरिकामा व्यवसायिक बास्केटबल खेल्नेमध्येका सबैभन्दा अग्ला खेलाडि समेत थिए । उनको उचाइ ७ फिट ६ इन्च थियो ।

खुट्टामा पटक पटकको चोटबाट पिरोलिएपछि याओले सन् २०११ मा बास्केटबलबाट सन्यासको घोषणा गरे । उनको नाममा एक दी इयर अफ याओ नामक डकुमेन्ट्री फिल्म समेत बनेको छ । त्यसका साथै उनको बायोग्राफी याओ ः अ लाइफ इन टु वर्ल्डस् पनि प्रकाशित छ ।
दाह्री नखौरिने घोषणा

याओेको मुखाकृति मात्र हँसिलो होइन, उनले कहिलेकाहीँ केही अनोठा फण्डा पनि गर्दा रहेछन् । सन् २००४ को एथेन्स ओलम्पिकका बेला पनि उनले यस्तै फण्डा गरे । ओलम्पिकमा चिनिया झण्डा बोकेका उनले आफ्नो टोली क्वाटरफाइनल सम्म नपुगेमा अढाइ वर्षसम्म आफुले दाह्री नखौरिने घोषणा गरे । अन्ततः चिनिया बास्केटबल टिम उक्त ओलम्पिक खेलको क्वाटरफाइनलमा पुग्यो र उनले दाह्री नखौरिइकन बस्नु परेन ।
याओले चीनलाई तिनपटक सम्म एसियाली बास्केटबल च्याम्पियनसीको उपाधि मात्र दिलाएनन् सन् २००६ मा विश्व बास्केटबल च्याम्पियनसीपकेा उपाधि पनि जिते । सन् २००८ मा चीनमै भएको ओलम्पिक प्रतियोगितामा चोटका बाबजुत पनि सहभागिता जनाएका याओले आफ्नो देशको टीमलाई क्वाटरफाइनल सम्म पूराए ।

याओ एक दानी करोडपति पनि हुन् । उनले सन् २००८ को सिचुआन भुकम्पको राहत र उद्धार कार्यमा २० लाख डलर सहयोग गरेका थिए भने भुकम्पले भत्काएका स्कुल पुनर्निर्माणका लागि एक फाउण्डेसनको स्थापना गरेका थिए ।
हात्ती र गैँडामा मन

सक्रिय खेलाडी जिवनबाट सन्यास लिएसँगै याओ अहिले वन्यजन्तु संरक्षणमा जुटेका छन् । उनी हात्ती संरक्षण दुत पनि हुन् । उनले उत्तरी सेतो गैडाँको संरक्षणको विषयमा एक डकुमेन्ट्री समेत तयार पारेका छन् । अफ्रिकन वाइल्डलाइफ फाउण्डेसन तथा वाइल्डएड संस्थासँगको सहकार्यमा संचालित गैँडा तथा हात्ती संरक्षण सम्बन्धि ‘से नो’ अभियानका लागि पनि उनले विभिन्न काम गर्दै आएका छन् ।
www.onlinekhabar.com
२०७२ असार २२ गते


काठमाडौं, २२ असार । महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डागर्दीविरुद्ध कडा अप्रेसन सुरु गर्न गइरहँदा एक मन्त्री भने डनकै कार्यक्रममा प्रमुख अतिथि बनेकी छन् ।
शिक्षामन्त्री चित्रलेखा यादव डन कुमार घैटेको कार्यक्रममा प्रमुख अतिथि बनेको समाचार दृष्टि साप्ताहिकले समाचार छापेको छ ।
घैटे आपराधिक गतिविधिबाट अकूत सम्पत्ति कमाएका व्यक्ति हुन् । त्यही पैसाबाट सामाखुशी क्लबवमार्फत केही विद्यार्थीलाहरुलाई पैसा बाँडेका थिए ।
गत १७ गते आयोजित कायृक्रममा घैंटेले मन्त्रीदेखि सभासद्लाई आफ्नो कार्यक्रममा बोलाएपछि सामाखुशीका सर्वसाधारण आश्चर्यमा परेका थिए ।
घैटेका प्रमुख संरक्षक रहेका कांग्रेस नेता जगदिश्वर नरसिंह केसी तथा सभासद् भिमसेनदास प्रधान समेत सो कार्यक्रममा उपस्थित थिए ।
स्रोत - दैनिक नेपाल

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
इलाम, २२ असार– सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि विभिन्न मस्यौदा र यसको स्वरुप कस्तो हुने सम्बन्धमा सरोकारवालासँग सुझाव सङ्कलन सुरु गरेको छ ।
राष्ट्रिय परिचयपत्रको अवधारणा र नेपालको सन्दर्भ तथा राष्ट्रिय परिचयपत्रको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि इलाममा कार्यालय प्रमुख, राजनीतिक दल, सञ्चारकर्मी, विद्यार्थी र सङ्घसंस्थाका प्रतिनिधिसँग सुझाव सङ्कलन सुरु गरेको हो ।
राष्ट्रिय परिचयपत्र के हो, यसको दीर्घकालीन सोच र फाइदा, उपयोगितालगायत विषयमा हालसम्म राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक डा कृष्णबहादुर घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए । सरकारले नागरिकलाई बहुउपयोगी बायोमेट्रिक स्मार्ट कार्ड उपलब्ध गराउन आव २०६६\०६७ को नीति तथा कार्यक्रमबाटै सम्बोधन गरिसकेकाले गृह मन्त्रालयमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना भई धेरै काम अघि बढाइसकेको उनले जानकारी दिए ।
उक्त व्यवस्थापन केन्द्रले व्यक्तिको बहुपहिचानका लागि छुट्टाछुट्टै परिचय नम्बर प्रदान गर्न आवश्यक पूर्वाधार तयार गर्ने, निर्वाचन आयोगबाट सङ्कलित मतदाता नामावली विवरण प्राप्त गरी परिचयपत्रका लागि उपयोग गर्ने, सरकारी सेवा र सुविधालाई एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्र प्राप्त हुने व्यवस्था मिलाउनेलगायत काम गर्ने निर्देशक घिमिरेले बताए ।
kathmandutoday.com
भक्तपुर । सासूससुरा र लोग्ने मिलेर बुहारीको हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिषर भक्तपुरले ज्वाइँससुरालाई सोमबार पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं ५ झौखेलकी सविता काफ्ले न्यौपानेको गत जेठ ३२ गते परिवारका सदस्यले हत्या गरेको आरोपमा माइती पक्षले किटानी जाहेरी घरका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।
घटनालगत्तै प्रहरीले सविताका लोग्ने सुरेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको थियो ।

मृतक सविताको किरिया सकिएपछि ससुरा शिव र ज्वाइँ रञ्जित खतिवडालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता श्याम ज्ञवालीले बताएका छन् ।

किटानी जोहरी दिइएकामध्ये सासू माइलीलाई सविताको २८ महिनाको छोरा रेखदेख गर्ने मानिस नभएपछि अदालतमा हाजिर गराउने गरी निगरानीमा घरमै राखिएको र मृतककी माइती बस्दै आएकी आमाजू सङ्गीता खतिवडा भने फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।

घटना भएपछि यही असार १ गते स्थानीय महिलावादी सङ्घसंस्था, छिमेकी र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– ३ नयाँबस्तीको माइती पक्षले महानगरीय प्रहरी परिषर भक्तपुरमा सविताको हत्या गरिएको भन्दै किटानी जाहेरी दिएको थियो ।
न्यौपाने परिवारले भने सविताको हत्या नभएको र आफूखुसी विष सेवनबाट मृत्यु भएको जिकिर गरेको छ ।
www.nepalsandesh.com
 असार, झापा ।

महिला शिक्षकले पाउँदै आएको सुत्केरी बिदाको तलब सुविधा पुरुष शिक्षकले लिएको खुलासा भएको छ ।

झापाको डाँगीबारी– ९ मा सञ्चालित गौरीशङ्कर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तिलरुपा अधिकारी निरौलाले पाउने सुत्केरी बिदाको तलब सोही विद्यालयमा कार्यरत शिक्षक नेत्रप्रसाद पौडेललाई दिएसँगै यस्तो रहस्यको खुलासा भएको हो । गत मङ्सिर २२ गते सुत्केरी भएकी शिक्षक तिलरुपा मङ्सिर ११ देखि माघ ११ गतेसम्म दुई महिना सुत्केरी बिदा बसेका थिए।

कक्षा ११ र १२ मा नेपाली विषय पठनपाठन गराउँदै आउनुभएकी शिक्षक तिलरुपाले बिदा अवधिको तलब नपाएपछि खोजी गर्दा विद्यालयका प्राचार्य लेखनाथ कटुवालले सो अवधिको तलब पौडेललाई दिलाई दिएपछि यस्तो अवस्था आएको हो ।
शिक्षा नियमावलीको परिच्छेद १९ मा शिक्षकले सुत्केरी बिदा सुत्केरी अघि वा पछि ६० दिन पाउने व्यवस्था छ ।


 सुत्केरी बिदा बढीमा दुई पटकसम्म मात्र पाइने व्यवस्था नियमावलीमा उल्लेख भए पनि आफूले पहिलो सन्तान जन्मनुअघि विद्यालयबाट सुत्केरी बिदा लिएको शिक्षक निरौलाले बताए । उनले भने – “म सुत्केरी बिदा लिएर बसेको समयमा विद्यालयका प्राचार्य कटुवाल सरले व्यवस्थापन समितिको बैठक राखेर मैले पाउने १२ हजार तलब पौडेल सरलाई दिलाई दिने निर्णय गरेको रहेछ ।”

गत फागुन ९ गते बसेको व्यवस्थापन समितिको बैठकले सुत्केरी बिदा अवधिको तलब पौडेललाई दिने निर्णय गरेको बताइएको छ ।

यस विषयमा विद्यालयका प्राचार्य लेखनाथ कटुवालसँग जिज्ञासा राख्दा उनले निजी स्रोतबाट उच्च मावि सञ्चालन गरेकाले शिक्षक तिलरुपा सुत्केरी बिदा बसेको समयमा उनको विषय पढाउने शिक्षक पौडेललाई रु १२ हजार दिलाइ दिएको स्वीकार गरे ।

यस विषयमा आफूलाई कुनै जानकारी नभएको र सुत्केरीलाई नै भनेर राज्यले उपलब्ध गराएको सेवा अरु कसैले लिन नहुने जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताए । सुत्केरीले पाउने सुविधा अरुले लिएको पाइए तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । राससnepaliheadlines.com
नयाँदिल्ली– एक युवकले आफूलाई लण्डन निवासी डाक्टर बताएर भारतमा रहेकी महिला डाक्टरको धन र मन दुइटै लुटेका छन् । सामाजिक सञ्जालमा भेटिएकी महिला डाक्टरलाई आफू बेलायतमा डाक्टरी गरिरहेको बताउँदै  च्याटिङ सुरु गरेका थिए ।
ठगिएकी महिला डाक्टरका अनुसार  उक्त युवकका कुराले डाक्टर रहेको उनलाई पूर्ण विश्वास भइसकेको थियो । भारतको हैदराबाद निवासी डाक्टर युवतीले प्रहरीलाई दिएको उजुरी अनुसार अभिषेक नाम बताउने ती युवकसँग लामो समय उनले च्याटिङका सहारामा व्यक्तिगत कुराकानी गरेकी थिइन् ।  त्यसपछि उनीहरु भाइबरमा जोडिएका थिए ।
आफू युएन अन्तर्गत रहेर काम गर्ने बताएका ती युवकले महिला डाक्टरलाई प्रेममा पारेर मन लुटेपछि धन लुट्ने योजना बनाए । युएन अन्तर्गत काम गर्ने डाक्टरलाई महंगा मेडिकल सामग्री खरिदमा भारी छुट मिल्ने बताएका थिए । केही महिनामै ती युवकले विवाहको प्रस्ताव राखे ।

प्रेममा पागल भइसकेकी ती महिला डाक्टरले उनको कुरा पत्याउदै विवाहको योजना बुनिरहिन् । यही बिचमा  ती युवकले चाँडै स–परिवार हात माग्न युवतीको घर आउन लागेको बताए । त्यसपछि एक पत्र पठाउँदै कस्टम फिका लागि २० लाख रुपैयाँ चाहिएको बताए । उनले पठाइदिइन् । अरु वैवाहिक औपचारिकताका लागि थप पैसा मागे । त्यो पनि साथीसँग ऋण काढेर पठाइदिइन् ।

त्यसपछि भने महिला डाक्टरलाई शंका लाग्न थाल्यो । प्रहरीलाई बताइदिइन् । प्रहरी सक्रिए भएपछि उनीसँग धन मन लुट्ने गिरोहका दुई पुरुष र एक महिला पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जालमा १ सय ९६ युवतीसँग सोही प्रकारको कुराकानी गरिरहेको भेटिएको छ ।
नवभारत टाइम्सबाट
काठमाडौं: आज पनि भूकम्पको धक्का रहित दिन हुन सकेन ।

बिहान १० बजेर ४८ मिनेट जाँदा दोलखा जुगु आसपास केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको छ ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ३४० भन्दा बढी परकम्प गइसकेको छ ।
annapurnapost.com
काठमाडौं, २१ असार । जागिरको प्रलोभन देखाएर आफ्नै भाञ्जालाई ठग्ने एक व्यक्ति पक्राउ परेका छन् ।
आफ्नै भान्जालाई अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भनि ठगी गरेको अभियोगमा ललितपुर कुसुन्ती–३ बस्ने सिन्धुपाल्चोक थकनी गाविस–३ का ३३ वर्षीय गणेशबहादुर खनाललाई महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ बस्ने ३० वर्षीय रामेश्वर चौलागाईलाई राष्ट्रिय अनुसन्धानको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिने भनि विभिन्न प्रलोभन देखाई नातामा मामा पर्ने खनालले चौलागाईबाट १६ लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
खनाललाई अनुसन्धान एवं कारवाहीकालागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
dainiknepal.com
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ कात्तिक/मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारबर्षे बिएफए प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

यसैगरी विश्वविद्यालयले २०७१ सालमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको चारबर्षे स्नातक तह बिबिएस प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरेको छ ।
annapurnapost.com
उदयपुर: उदयपुर जिल्लाको पहाडी गाविस बलाम्ता– ८ मा गएराति दाजुको कुटपिटबाट बहिनीको मृत्यु भएको छ ।

बलाम्ता निवासी सुनील राईका छोरा १७ वर्षीय रुदल राई र ११ वर्षीया छोरी निगिता राईबीच रातको १२ बजेतिर झगडा भएको र कुटपिटबाट निगिताको घटनास्थलमा नै मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।


बिहान ३ बजे निगिताको कुटपिटपछि मृत्यु भएको खबर आएपछि प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक डिल्ली चौहानले बताए।

यस्तै, प्रहरी चौकी रामपुर झिल्के पोखरीबाट समेत अर्को प्रहरी टोली घटनास्थलतर्फ गएको बुझिएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि ४० कोस उत्तरी पहाडी क्षेत्रमा पर्दछ । दाजु र बहिनीबीच के विषयमा झगडा भएको हो भन्ने कुरा खुल्न सकेको छैन ।
annapurnapost.com
एजेन्सी–बलिउडका दबंग नायक सलमान खानले अहिले पनि कैटरिना कैफलाई भूल्न सकेका छैनन् । आज पनि उनको दिलमा कैटरिनाका लागि ठाउँ सुरक्षित छ । यस्तो किन भनिएको हो भने अहिले पनि सलमानलाई कैटरिनाको धेरै चिन्ता लाग्छ ।
सलमानको होम प्रोडक्सनमा बनेको फिल्म ‘हिरो’यसै वर्ष चार सेप्टेम्बरमा रिलिज हुनेवाला छ । यस फिल्मबाट सुनिल सेट्टीकी छोरी अथिया र आदित्य पञ्चोलीको छोरा सुरजले फिल्म क्षेत्रमा प्रेश गरेका छन् । हालै सलमानले यस फिल्मको सुरजको पहिलो लुक आफ्नो ट्वीटर एकाउन्टमा सेयर गरेका छन् । यसै फिल्मसँग सलमानकी पूर्वप्रेमिका कैटरिना कैफको फिल्म ‘फेन्टम’ पनि रिलिज हुँदैछ ।

 बक्स अफिसमा यी दुई फिल्को टकरावबारेमा सलमानलाई सोधिएको प्रश्नमा उनले भनेका छन् कैटरिनाको फिल्म पनि हाम्रै फिल्म हो । यसबाट के प्रमाणित हुन्छ भने सलमानले अहिले पनि कैटरिनालाई आफ्नै खास मान्छे मान्छन् । उनलाई मन भित्रैबाट माया गर्ने गरेका छन् । त्यसैले उनलाई कैटरिनाको फिल्म असफल हुन्छ कि भन्ने चिन्ता लागिरहन्छ । केही समय पहिले सलमानले आफू कैटरिनाको प्रगति चाहने बताएका थिए । kathmandutoday.com
२०७२ असार २१ गते


भक्तपुर, २१ असार । स्वदेशमा रोजगारी नपाएर युवाहरु विदेश गइरहेका बेला भक्तपुरमा भने रोजगार दिँदा पनि गरिदिने मान्छे छैनन् ।
अहिले रोपाईको सिजन हो, तर, यहाँ ज्यामी नपाउँदा रोपाइँ खेती नै प्रभावित भएको छ । यहाँका जमिनदारहरुले ज्यामीका रुपमा दैनिक एक हजार रुपैयाँ पारिश्रमिक दिने गरी एक हजार कामदार माग गरेका छन् ।
महामञ्जुश्री नगरकोट नगरपालिका ताथली सौडोलका सानुभाइ गिरीले धान रोप्ने ज्यामी नपाए पछि खेतमा भएको पानी सुकेर गएको छ । दिनमा रु एक हजार ज्याला दिँदा पनि ज्यामी नपाए पछि यस वर्ष खेत बाझै हुने चिन्ताले उहाँलाई सताउन थालेको छ ।
भूकम्पले भएको दुईवटै घर भत्काएर पालको बास भएको उहाँको परिवारमा काम गर्न सक्ने दुईजना मात्रै भएकाले रोपाइँमा निकै समस्या परेको गिरी बताउनुहुन्छ । “एकातिर पालको बाँस छ, अर्कोतर्फ खेतमा टन्नै पानी हुँदा पनि धान रोप्न पाइएको छैन, खेत बाझै रहला भन्ने चिन्ता लाग्न थालेको छ ।” गिरीको मात्रै होइन अनन्तलिङ्गेश्वर नगरपालिका दधिकोटमा शिवराम खत्रीको समस्या पनि उस्तै नै छ ।

विगतका वर्षमा सहजै ज्यामी पाइने भए पनि यस वर्ष ज्यामी अभावमा रोपाइँ गर्न नपाएको उहाँ बताउनुहुन्छ ।
विगत वर्षमा रामेछाप, सिन्धुपाल्चोक, काभ्रेदेखि पुरुष ज्यामी गाउँमै आएर बस्ने र काम गर्ने गरेकाले सहज हुने गरे पनि यस वर्ष कतैबाट पनि ज्यामी नआएपछि रोपाइँ नै प्रभावित भएको हो ।

गाउँमा भएका धेरैजसो पुरुष विदेश जाने, विभिन्न निकायमा नोकरी गर्ने भएकाले पनि पुरुष ज्यामीको चरम अभाव भएको छ । अर्कोतर्फ महिला ज्यामी पनि आफ्नै खेतमा रोपाइँ गर्न थालेपछि ठूला खेती हुनेलाई निकै समस्या परेको छ ।
चाँगुनारायण नगरपालिका पिखेलका मैयादेवी श्रेष्ठले यस वर्ष पुरुष र महिला ज्यामीको अभावले पानी परे पनि बेलैमा रोपाइँ गर्न नपाएको बताउनुभयो । कुलो लाग्ने खेतमा जेठको अन्तिममै रोपाइँ सकेर टार खेतमा वर्षाको पानी भरिएपछि रोपाइँ हुने भक्तपुरका अधिकांश ठाउँमा यस वर्ष वर्षा ढिलो हुनाले जेठमा रोपाइँ हुन नसक्दा पनि ज्यामीको अभाव भएको हो ।

यस वर्ष पुरुष ज्यामीको खाजा खुवाएर दिनको रु एक हजार र महिला ज्यामीको रु ७०० मा काम भएको छ । बिहानको काममा भने पुरुष ज्यामीको रु ५०० र महिला ज्यामीको रु ३५० ज्यालामा काम भइरहेको छ । गत वर्षभन्दा यस वर्ष ज्यालामा ४० प्रतिशतले वृद्धि भए पनि ज्यामीको अभाव भएपछि जिल्लाभरि नै रोपाइँ प्रभावित भएको हो ।
जिल्ला कृषि विकास कार्यालयकी प्रमुख पूर्ण ढुङ्गानाले यस वर्ष काम गर्ने ज्यामी अभावमा रोपाइँ ढिला भएको बताउनुभयो । कुलो लाग्ने ठाउँमा ५० प्रतिशत रोपाइँ भए पनि अन्य क्षेत्रमा भने १० देखि १५ प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो ।
स्रोत - दैनिक नेपाल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२१ असार, काठमाडौं ।


नेपालको सबैभन्दा ठूलो दुरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाग्राही संख्या १ करोड २५ लाख पुगेको जानकारी दिएको छ । गत चैत महिनाको तथ्याङ्कले नै टेलिकमका सेवाग्राही संख्या १ करोड २४ लाख ६८ हजार पुगिसकेको जानकारी दिएको हो ।


टेलिकमका अनुसार जिएसएम मोबाइल सेवाका ग्राहक १ करोड ४ लाख ४८ हजार, सिडिएमए सेवाका ग्राहक १३ लाख ५५ हजार तथा पिएसटिएन टेलिफोन सेवाका ग्राहक ६ लाख ६४ हजार ५ सय रहेका छन् । चैत मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ६२ लाख २३ हजार पुगेका छन् ।

फागुनदेखि चैतसम्म एक महिनाको अवधिमा २ लाख ८४ हजार कुल टेलिफोन ग्राहक थपिएका छन् भने ८९ हजार डाटा सेवाका प्रयोगकर्ता थपिएका छन् ।

इन्टरनेट चलाउने भए टेलिकमको यो सूचना पढ्नुस्ः

WiFI Hotspots प्रयोग गरिरहनु भएको छ ?

विभिन्न स्थानमा वाइफाई हटस्पटमार्फत इन्टरनेट चलाउन सकिन्छ । ती स्थानमा WiFi मार्फत इन्टरनेट चलाउनको लागि GSM तथा CDMA पोष्टपेड÷प्रिपेड मोवाइलको म्यासेज बक्समा गई WiFi टाइप गरी १४१६ मा म्यासेज पठाएपछि प्राप्त हुने पासवर्ड प्रयोग गर्न सकिन्छ । उक्त पासवर्डबाट एक घण्टासम्म इन्टरनेट चलाउन सकिन्छ भने सो पासवर्डको भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहन्छ । साथै उक्त सेवा प्रयोग गरे वापत ग्राहकहरुको मोबाइलबाटै रु. १०।– कट्टा हुन्छ ।

नेपालभर रहेका WiFi Hotspots को जानकारी लिनका लागि NT Hotspot Locator नामक Mobile APP उपलब्ध छ । यसको प्रयोग गरेर आफु नजिक रहेका WiFi Hotspots बारेमा थाहा पाउनुका साथै WiFi Hotspots Service Subscribe समेत गर्न सकिन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी– श्रीमानको थुप्रै महिलासँग सम्बन्ध थियो । उनी पार्लरमा काम गर्ने युवतीसँग पनि दुष्कर्म गर्थे । यसको चिन्ताले सताएपछि प्रमाणका लागि श्रीमतीले पार्लरमा भाई र नोकरको सहयोगमा गोप्य क्यामेरा लगाइन् । केही समयपछि उनको अश्लिल भिडियो पनि बन्यो ।

तर, त्यो भिडियो तब उल्टो बन्यो जब भिडियोमा देखिएकी युवती प्रहरी चौकी गइन् र बलात्कारको मुद्धा दर्ता गरिन् ।
प्रहरीले ति १९  वर्षीय युवतीको वयानमा पार्लर संचालिका रिन्कु वर्मा, श्रीमान उमेश, भाई सुरज र नोकर राजलाई चौकी लगेर गयो । पीडितका अनुसार उनी सात महिना पहिले उक्त पार्लरमा जाने गर्थिन् । उमेशले मसाज गर्दाको भिडियो बनाएर बदनाम गर्ने धम्की दिदै आफूलाई बलात्कार गरेको ति महिलाले आरोप लगाइन् ।

प्रहरीको पुछताछका क्रममा उमेशको थुप्रै महिलासँग सम्बन्ध भएको खुल्यो । रिन्कुलाई यो सबै पहिले नै थाहा थियो । त्यसको बिरोध गर्दा रक्सी खाएर आफूलाई पिट्ने गरेको उनले बताइन् ।
श्रीमान्लाई रंगेहात पकड्नका लागि भिडियो बनाउन श्रीमतीले क्यामेरा जोडिन् । त्यसपछि प्रहरीले श्रीमानलाई पकड्यो पनि तर श्रीमती आफैले कारवाही रोकेर सम्झौता गरिन् ।
kathmandutoday.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home