• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौँ, १२ असार ।







सन् १९८७ मा बराक ओवामा २६ वर्षका थिए । उनी आफ्नो पिताको गाउँ रहेको अफ्रिकी मुलुक केन्यामा घुमेर दाजुभाई, दिदिबहिनी र हजुरआमालाई भेटेका थिए । त्यतिवेलाका एक अपरिचित अफ्रिकन युवा, अहिले विश्वकै नेता भएका छन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बच्चा जन्माउँदा समेत महिलाहरुले सुरुवाल लगाउने ! यो कत्तिको सम्भव होला, आफ्नो ठाउँमा छ । तर मलेसियाको एक कम्पनीले भने बच्चा जन्माउने व्यथा लागेपछि महिलाले लगाउने सुरुवाल तयार पारेको छ ।
मले मेल नामक वेबसाइटका अनुसार यो ट्राउजर विशेष गरी मुस्लिम महिलाहरुप्रति लक्षित छ, किनकी मुस्लिम महिलाहरुमा आफ्नो सरीरको नांगो भाग अरुलाई देखाउनु हुँदैन भन्ने मान्यता छ, चाहे त्यो सुत्केरी हुने बेलामै पनि किन नहोस् ।
सोही कारणले बच्चा जन्माउने बेलामा समेत सरीरका तल्लो भागहरु छोपियोस् र बच्चा जन्माउनमा समेत कुनै बाधा नहोस् भनेर कम्पनीले बच्चा जन्माउने बेलामा महिलाले लगाउने ट्राउजरको उत्पादन गरेको हो ।
यो सुरुवाल झ्वाट्ट हेर्दा ट्रयाकसुटको ट्राउजर जस्तै देखिएपनि यसमा एउटा प्वाल हुन्छ, जसबाट बच्चा जन्मिएपछि बाहिर निस्किन सकोस् । मामा प्राइड कम्पनीले उत्पादन गरेको यो पूरै लामो बाउला भएको सुरुवाले सुत्केरीको पूरै खुट्टा ढाक्दछ । यसको मूल्य ११९ रिंगिट तोकिएको छ ।

कम्पनीले आफ्नो फेसबुक पेजमा भनेको छ, ‘बच्चा जन्माउँदा महिलाको आत्मसम्मान तथा अस्मितालाई कुनै ख्याल गरिँदैन । महिलाका पिँडौला, तिघ्रा, घुँडा लगायतका भागहरु आवश्यक नपरेपनि नांगै पारेर देखाइन्छ ।’
पछिल्लो समयमा महिलाको पहिरनको विषय मलेसियामा निकै बहस तथा विवादको विषय बन्दै आएको छ । कतिपय महिलालाई उनीहरुले लगाएको स्कर्ट छोटो भएको भन्दै सार्वजनिक भवन तथा स्थानहरुमा त्यहाँका सुरक्षागार्डले प्रवेश नदिने तथा पूरै जिउ ढाक्ने लुगा लगाउन निर्देशन दिने गरेका घटना समेत सार्वजनिक भएका छन् ।
यो महिनाको सुरुमा मलेसियाली स्वर्णपदक विजेता जिम्न्यास्टिक खेलाडि फराह आन हादीले पनि प्रतियोगिताका दौरान लगाएको लुगाकै कारण अनलाइन तथा इस्लामिक समूहहरुबाट आलोचना भोग्नुपर्यो । सिंगापुर सी गेम्सका क्रममा उनले लगाएको पहिरन निकै छोटो भएको र सरीरका संवेदनशील अंगहरु समेत देखाएको आरोप उनीमाथि लाग्यो ।
तर सेलेंगरका सुल्तानले भने उनलाई समर्थन गरे र उनको सफलतामा सबैले खुसी मनाउनुपर्ने र पहिरनका विषयमा आलोचना गर्न नहुने बताएपछि उनी केही मात्रामा ढुक्क भइन् ।
www.onlinekhabar.com
असार १२ गते सामान्यतया पहिले नै बनाएको खाना फेरि खानका लागि ताजा बनाउनु प¥यो भने तताउने गरिन्छ । तर, चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छन् ।
खानालाई पटक–पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभइ कतिपय अवस्थामा रसायनिक प्रतिक्रिया समेत भएर हानिकारक तत्वमा बदलिन सक्छन् ।
पालक– पालकमा नाइट्रेट नामक तत्व हुन्छ ।  जुन तताउँदा विषाक्त तत्वका रुपमा बदलिन सक्छ ।
सलगम– यसमा नाइट्रेटको मात्रै धेरै हुन्छ । जुन शरीरका लागि राम्रो मानिन्छ । तर, यसलाई फेरि तताउँदा यो हानिकारक तत्वमा बदलिने संभावना हुन्छ ।
अण्डा– अण्डालाई धेरै तापक्रममा ततायो भने विषालु पदार्थ भइदिन सक्छ । त्यसैले एकपल्ट गरम पानीमा उमालेको अण्डालाई फेरि ततोपानीमा उमालेर तताउनु हुँदैन । यसरी खाँदा पेट बिग्रिने संभावना अधिक रहन्छ ।
मसरुम– मसरुम लामो समय चिसोमा राखेको खाँदै नखाँदा राम्रो हुन्छ । यो धेरै सेन्सेटिभ तरकारी हो । यसमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भइसकेर फेरि तताउँदा बिग्रिने डर असाध्यै धेरै हुन्छ ।
चिकेन– मान्छेहरु चिकेन फेरि तताएर खान खुब रुचाउछन् तर, यसमा प्रोटिनको मात्रा धेरै हुने भएकाले चिसोबाट फेरि गरम बनाउँदा प्रोटिन टक्सिस नामक तत्वमा बदलिन सक्छ ।
आलु– आलु स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । तर, यसलाई पकाएर लामो समय फ्रिजमा राखेर फेरि तताउँदा भने हानिकारक हुन सक्छ ।  किनभने यसमा रहेको पोषक तत्व विषाक्त तत्वका रुपमा बदलिन सक्छ ।भिडियो हेर्न तल क्लिक गर्नुहोस :

वरिपरि पाईने कागती विभिन्न रोगको घरेलु उपचार हो । अझ तातो पानिमा कागतीको रस हाली सेवन गरेमा त्यसले हाम्रो स्वास्थ्यमा निक्कै फाईद गर्छ । हेर्नुस तातो पानीमा कागतीको रस मिसाएर सेवन गर्दा के के फाइदा हुन्छ । ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो ।
यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ । 1. भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ । 2. कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ । 3. पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ । 4. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ । 5. कागती पानीले पाचनमा सहयोग पुग्छ । 6. कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ । 7. कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । 8. रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ । 9. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ । 10. कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ । 11. एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ । 12. कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ । 13. हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । एजेन्सी -www.canadanepal.net
१२ असार, काठमाडौं । दक्षिणी भुटानबाट एक लाख बढी नेपालीभाषी भुटानी नागरिकलाई देश निकाला गरिएको दुई दशकपछि भारतको असम राज्यबाट नेपाली भाषीलाई निकाला गर्ने तयारी थालिएको भन्दै भारतमा रहेका गोर्खालीले चिन्ता व्यक्त गरेका छन् ।
असमका मुख्यमन्त्री तरुण गोगीले मतदातासम्बन्धी कानून सच्याउने नाममा नेपालीलाई देश निकाला गर्न लागेको गोर्खालीको गुनासो छ । असम सरकारको यो नीतिप्रति भारतीय जनता पार्टीले आपत्ति जनाइरहेको छ । यसबारे भारतबाट प्रकाशित हुने नेपालीभाषाको पत्रिका हिमालय दर्पणले यस्तो रिपोर्ट प्रकाशित गरेको छ :

असम सरकारको एउटा परिपत्र (नोटिफिकेसन) ले  गर्दा असममा बसोबास गरिरहेका नेपालीभाषी गोर्खाहरुमाथि पनि अन्य विदेशीहरुसँगै निस्काशनको खतरा बनिरहेको छ । असम सरकारको एउटा परिपत्रअनुसार जो मानिसहरु १९७० पछि असम पसेका छन्, तिनीहरुलाई असममा मतदानको अधिकार प्राप्त हुने छैन । अनि तिनीहरुको मतदाता परिचयपत्र पनि बनिने छैन । यसको अर्थ अन्य विदेशीहरुसँगै नेपालीभाषी गोर्खाहरुलाई पनि विदेशी मानिने छ अनि तिनीहरुलाई असम छोड्ने आदेश दिइन सक्छ । यस्तो परिपत्रपछि असममा बसोबास गरिरहेका नेपालीभाषी गोर्खाहरुमाथि निस्कासनको खतरा बन्न सक्छ अनि तिनीहरु विदेशी रहेको मोहर लाग्न सक्छ ।
असमको तेजपुरका भाजपा सांसद आरपी शर्माले यस नोटिफिकेसनको विरुद्ध लगातार आवाज उठाउँदै आइरहेका छन् । नेपालीभाषी सांसद शर्माले यसबारे केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेर ज्ञापनपत्र दिइसकेका छन् ।
सांसद शर्माले फोनमा भने, सन् १८१६ को सुगौली सन्धीअनुसार जब यो सम्पूर्ण क्षेत्र अंग्रेजहरुकै अधिनमा थियो, तब भारत र नेपालमा मानिसहरुको आउजाऊलाई स्वीकार गरिएको थियो ।
भारत-नेपाल माझको १९५० को सन्धी अनुसार दुबै देशका नागरिकहरुलाई एक अर्काको देशमा आवागमनको सुविधा दिइएको छ । दुबै देशका नागरिकहरुलाई एक अर्काको देशमा आउजाऊ गर्ने, नोकरी गर्ने, व्यापार गर्ने, सम्पत्ति थुपार्ने जस्ता सुविधाहरु प्राप्त छ ।
असम सरकारको परिपत्र लागू भए बंगलादेशीहरुसँगै जो हिन्दु बंगलादेश अथवा पाकिस्तानबाट आएका छन्, तिनीहरुमाथि पनि निष्कासनको खतरा बनिरहने छ ।
सांसद शर्माले भने, भाजपाले १९७० को नोटिफिकेसनको विरोध गर्ने छ अनि त्यसलाई कार्यान्वयन हुन दिनेछैन । यदि असम सरकारले कुनै कानून लागू गर्छ भने जो मानिसहरु नेपाल, बंगलादेश अथवा पाकिस्तानबाट आएका छन्, तिनीहरुको असमको नागरिकता १ डिसेम्बर १९१४ देखि बैध मानियोस् अनि तिनीहरुलाई मतदानको अधिकार दिइयोस् तथा तिनीहरुलाई मतदाता परिचयपत्र पनि दिइयोस् । भाजपा संासदले भने, हामी बंगलादेशीहरुलाई असमबाट निष्काशित गर्ने मागलाई सही ठहर्‍याउँछौं । तर, यस्तो नोटिफिकेसनको शिकार ती हिन्दुहरु हुनुहुँदैन, जो नेपाल, बंगलादेश अनि पाकिस्तानबाट आएका छन् । देशका विभिन्न भागमा प्रायः सय वर्षदेखि बसोबास गर्दै आइरहेका नेपालीभाषी गोर्खाहरुलाई कसरी निकास्ल सकिन्छ भनी तिनले प्रश्न गरे ।
आरपी शर्माले भने, हामी असम सरकारको यस नोटिफिकेसनको विरोध गर्छौं । अनि असाम सरकारले बंगलादेशीलाई निकाल्नको निम्ति गोर्खा तथा अन्य भारतीय समाजलाई तरो बनाउने काम नगरोस् भनी सतर्क गराउन चाहन्छौं ।
करिब ३ करोडभन्दा बढी जनसंख्या रहेको असाममा नेपाली भाषाीको संख्या २.१२ प्रतिशत छ । भारतको सिक्किम, दार्जीलिङ र असम नेपाली भाषीको बाहुल्य रहेका ठाउँहरु हुन् । त्यहाँबाट लोकसभा र विधानसभाहरुमा समेत नेपालीभाषीले चुनाव जितेर प्रतिनिधित्व गर्दै आए पनि उनीहरुलाई पटक पटक नेपाल धपाउने प्रयास हुने गरेको छ ।
यद्यपि असम सरकारका गभर्नर पीबी आचार्यले विदेशीलाई मतदाता अधिकारबाट हटाइए पनि सन् १९७१ पछि असम पसेका भारतको अन्य प्रान्तका नागरिकका सम्बन्धमा भने विचार गर्न सकिने बताएको असमका स्थानीय सञ्चारमाध्यले लेखेका छन् ।
www.onlinekhabar.com
टोरोन्टो । क्यानडा सरकारले आगामी २०१५ जनवरी १ देखि Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई यहाँको स्थायी बसोबास भिसा (Permanent Residence Visa) प्रदान गर्दैछ । उक्त Express Entry Program मा कुनै पनि उमेर, व्यवशाय, शैक्षिक योग्यताको व्यक्तिले आवेदन गर्न पाउने भएका छन् ।
क्यानडा सरकारद्धारा प्रकाशित विवरणअनुसार यसरी Express Entry मा आवेदन गर्दा आफ्नो योग्यताको प्रमाणपत्रहरुलाई क्यानेडिएन मान्यताप्राप्त एजेन्सीबाट Equivalency गराउनुपर्ने हुन्छ भने अंग्रेजी भाषाको ज्ञान पुष्टि गर्नका लागि IELTS (GT) समेत गरेको हुनुपर्छ । तर शैक्षिक योग्यता यती नै हुनेपर्छ वा IELTS मा
न्यूतमन स्कोर भने तोकिएको छैन ।




Expess Entry प्रणालीमा Canada का प्रचलित तिन immigration प्रमाणलीमध्ये एकको न्यूनतम criteria पुगेको हुनुपर्नेछ । जस्तो कि Federal Skilled Worker प्रणालीमा आवेदन गर्नका लागि विगत १० बर्ष भित्रमा न्यूनतम १ बर्षको full time कामको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

त्यसैगरी अन्तिम छनौटका लागि Comprehensive Ranking System अन्तर्गत highest mark प्राप्त गर्नुपर्नेहुन्छ जसलाई क्यानडा सरकारले Permanent Residence भिसा आवेदन गर्नका लागि आवेदन गर्नेछ । उक्त Comprehensive Ranking System मा बढीमा १२०० अंक प्राप्त गर्न सकिने छ जस मध्ये ६०० अंक उमेर, शैक्षिक योग्यता, भाषिक विवरण, कामको अनुभव, आदीबाट प्राप्त गर्न सकिनेछ भने बाँकी ६०० अंग Job Offer or Provincial Nominee Program बाट प्राप्त गर्न सकिनेछ ।
यदी माथि उल्लेखित न्यूनतम criteria पुगेमा निम्न तरिकाले Express Entry Program मा आवेदन गर्न सकिनेछः

First Step:
सबैभन्दा पहिले आफ्नो (र आफ्नो श्रीमान वा श्रीमतीको) व्यक्तिगत विवरण इन्टरनेटको प्रयोग गरी Online आवेदन आफाम भर्नुपर्नेहुन्छ । उक्त फाराम क्यानडा सरकारको वेभसाईट http://www.cic.gc.ca/ मा भर्नुपर्नेहुन्छ ।
यसरी अनलाईन आवेदन फाराम भर्दा आफ्नो भाषिक ज्ञान, योग्यताको विवरण, कामको अनुभव, पारिवारिक विवरण सबै भर्नुपर्नेहुन्छ ।
यसरी अनलाईन भरेको विवरण क्यानडा सरकारी अधिकारीले परिक्षण गरी Express Entry Pool मा राखिने छ । उक्त Express Entry Pool मा प्रकाशित विवरणलाई क्यानडाका कम्पनीहरुले हेर्न सक्नेछन् ।
त्यसैगरी आफ्नो व्यक्तिगत विवरणलाई क्यानडाको Job Bank (http://www.jobbank.gc.ca) लगाएत अन्य जव वेभ साइटमा समेत दर्ता गर्नुपर्ने हुन्छ ।

Second Step:
उक्त व्यक्तिगत विवरणको आधारमा क्यानडाका कम्पनीहरुले तपाईंलाई आफ्नो कम्पनीमा रोजगारीका लागि Job Offer दिने छन् । जुन Job offer लाई क्यानडा सरकारको Human Resource and Skilled Development Canada (HRSDC) ले मान्यता प्राप्त गर्नुपर्ने हुन्छ । यसरी जव अफर प्राप्त गरेपश्चात Comprehensive Ranking System मा ६०० अंक पाइनेछ ।

Third Step:
व्यक्तिगत विवरण एवं Job Offer लगाएतको विवरणको आधारमा Express Entry Pool मा Comprehensive Ranking System मा Maximum Mark दिइनेछ ।
उक्त Express Entry Pool मा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई क्यानडा सरकारले Permanent Residence भिसा आवेदन गर्नका लागि Invitation to Apply (IAT) प्रदान गर्नेछ । उदाहरणका लागि अधिकतम अंक प्राप्त गर्ने १०,००० व्यक्तिहरुलाई क्यानडा सरकारले एकैचोटी Invitation to Apply प्रदान गर्नेछ । यदी ९०० अंक प्राप्त गर्ने व्यक्ति पहिलो नम्बरमा परेमा त्यहि व्यक्तिलाई Invitation to Apply प्रदान गरिनेछ ।

Fourth Step:
यसरी Invitation to Apply प्राप्त गरेपश्चात क्यानडाको Permanent Residence भिसा आवेदन गर्न सकिनेछ । उक्त आवेदनलाई Canadian Visa Officer ले परिक्षण गरी सबै विवरणहरु verify गरेपश्चात क्यानडाको स्थायी भिसा (Permanent Residence Visa) प्रदान गरिनेछ । उक्त परिक्षणमा मेडिकल एवं प्रहरी रिपोर्टसमेत हेरिनेछ ।

प्रमूख कुरा के हो भने Express Entry मा सबै प्रकारका occupation हरुले आवेदन गर्न पाउने छन् । क्यानडामा हरेक व्यबशायमा कामदारहरु माग गरिएको भेटिन्छन् भने Job Bank को रेकर्डबमोजिम ९०,००० भन्दा बढी कामदारहरु माग भएको देखिन्छ । उदाहरणका लागि jobbank.gc.ca अनुसार २,३८६ जना Engineers को Job का लागि माग भएको देखिन्छ,” क्यानेडिएन इम्मिग्रेशन कन्सल्टेन्ट मिलन कार्कीले बताए ।

आवेदकहरुले Job Offer पाउने chances का बारेमा कार्कीले बताए, “जवसम्म आवेदन गरिन्न, तब सम्म अवसर पनि आउँदैन । Express Entry Pool मा आफ्नो विवरण पेश गरेपश्चात एक बर्षसम्म सो विवरण त्यहाँ रहन्छ जसलाई हजारौं क्यानडिएन कम्पनीहरुले examine गर्न सक्नेछन् । जसको मत्लव छनौट हुने chances पनि त्यति नै रहन्छ

Express मा जतिसुकै पनि आवेदकहरु रहन सकेपनि क्यानडा सरकारले हरेक बर्ष २५०,००० भन्दा बढी बिदेशीहरुलाई विभिन्न विधामा क्यानडाको स्थायी भिसा दिने गर्दछ । Express Entry बाट आवेदन गर्ने व्यक्तिहरुको आवेदन ६ महिना भित्रमा complete गरी स्थायी भिसा दिइने छ ।

क्यानडाको विभिन्न शहरमा १५,००० भन्दा बढी नेपालीहरु स्थायीरुपमा बसोवास गरेको आँकडा छ ।
के तपाईं विवाह गर्ने सोच बनाउँदै हुनुहुन्छ ? विवाहको लड्डु चाख्नुभन्दा पहिले तपाईंलाई खुसी र आनन्द दिने यी कुराहरुमा ध्यान दिनु आवश्यक छ । याद राख्नुहोस्, यदि तपाईं यी कुराहरु भविष्यमा गर्ने भन्दै पन्छाउनुहुन्छ भने शायद तपाईंले यी कुराहरुको अनुभव गर्ने मौका अर्को मौका पाउनुहुन्न । यहाँ हामी पुरुषहरुका लागि विवाहभन्दा पहिले गर्नुपर्ने कुराहरुको बारेमा जानकारी दिँदै छौँ ।
१. सबै ग्याजेटहरु किन्नुहोस्ः
विवाहभन्दा पहिले आफूलाई मनपरेको सबै ग्याजेटहरु किन्नुहोस् । के थाहा, तपाईंकी श्रीमतीले तपाईंलाई यत्तिको स्वतन्त्रता दिन्छिन् या दिँदिनन् ।
२. सबै एक्सन फिल्म हेर्नुहोस्ः
विवाहभन्दा पहिले आफूलाई मनपरेको सबै एक्सन फिल्महरु अवश्य पनि हेर्नुहोला किनभने विवाहपछि तपाईंको फिल्मको रुचीमा परिवर्तन आउनसक्छ ।
३. कहिले पनि कसम नखानुहोस्ः
यदि तपाईंमा कसम खाने बानी छ भने यो एक समस्या हुनसक्छ किनभने कुनै पनि महिला तपाईंको यो बानीलाई मन पराउँदिनन् ।
४. आफ्ना विशेष साथीहरुलाई भेट्नुहोस्ः
विवाह गर्नुपूर्व आफ्ना कलेज वा स्कुलका सबै साथीहरुलाई एकपटक भेट्नुहोस् । भेट्नुभन्दा पहिले उनीहरुलाई आफ्नो विवाहको बारेमा जानकारी दिनुहोस् र औपचारिकताका साथ उनीहरुलाई आफ्नो विवाहमा निम्तो गर्नुहोस् ।
५. पुरानो प्रेम याद गर्नुहोस्ः
यदि अरु पुरुषहरुलाई जस्तै तपाईंलाई पनि महिलालाई बुझ्न गाह्रो छ भने तपाईंको वैवाहिक जीवन खतरामा छ भन्ने बुझ्नुहोस् । त्यसकारण विवाहभन्दा पहिलाको प्रेमप्रसंग यहाँ सिद्ध हुनेछ ।
६. खाना बनाउन सिक्नुहोस्ः
यसबाट तपाईंको हुन लागेकी श्रीमती प्रभावित मात्र नभई यो कलाले तपाईंलाई अप्रत्याशित स्थितिहरुमा तपाईंको जीवन रक्षक पनि बन्न सक्छ ।
७. आफ्नो वित्तिय स्थितिमा सुधारः
तपाईंको वित्तिय स्थिति अहिले कमजोर भएपनि विवाहभन्दा पहिले तपाईंको बैंक ब्यालेन्स मोटो रकमले भरिएको हुनुपर्छ ।
८. पैसालाई व्यवस्थित गर्न सिक्नुहोस्ः
तपाईं आफ्नो पैसा निकै खर्च गर्न चाहनुहुन्छ होला तर तपाईंकी श्रीमती समस्यामा काम लाग्छ भन्दै बचाउन चाहन्छिन् । त्यसकारण पैसाको व्यवस्थापनसँग जोडिएको कुराहरुलाई पहिला नै स्पष्ट गर्नुहोस् ।
९. एक्लै घुम्नुहोस्ः
कुनै एकान्त ठाउँमा जानुहोस् र आफूमा लुकेको गुणहरुलाई खोज्नुहोस् । तपाईंलाई यो अनुभवले निकै खुसी दिनेछ ।
१०. चाहेको जति कोर्स पुरा गर्नुहोस्ः
चाहे तपाईंको इच्छा गिटार सिक्ने होस् वा स्पेनिस भाषा सिक्ने होस्, आफ्ना यी इच्छाहरुलाई विवाहभन्दा पहिला नै पुरा गर्नुहोस् किनभने अर्को पटक मौका नआउन पनि सक्छ ।
११. आफ्नो रुची अनुसार चल्नुहोस्ः
धेरै पटक हाम्रो रुची र काममा तालमेल मिल्दैन त्यसकारण आफ्नो रुचीलाई चिन्नुहोस् र त्यसमा सफल हुने कोसिस गर्नुहोस् चाहे त्यो काम सानो वा गाह्रो किन नहोस् ।
१२. सभ्य पुरुषको रुपमा बाँच्न सुरु गर्नुहोस्ः
यदि तपाईंको घरमा चुरोटको ठुटो र रक्सीका बोतलहरुले भरिएको छ भने तपाईंले धेरै कुरा सिक्न आवश्यक छ किनभने तपाईंको जीवन अब कुनै होस्टेल र डेरामा बस्ने पुरुषहरुको जस्तो हुनेछैन ।
१३. आफ्नो सिमाहरुलाई थाहा पाउनुहोस्ः
वैवाहिक जीवनलाई सफल बनाउनका लागि आफ्नो पार्टनरको सिमा थाहा पाउनुभन्दा पहिले आफ्नो सिमाको बारेमा जान्न आवश्यक छ । आफू र आफ्ना आशाहरुसँग इमान्दार रहन सिक्नुहोस् ।
भनिन्छ पहिलो भेटको प्रभाव जीवनभर रहिरहन्छ । खासगरी जव बयस्क केटा र केटीको भेट हुन्छ उनीहरु एक अर्काका सके सम्म धेरै कुराको बारेमा जानकारी लिन खोज्छन् ।
पहिलो भेटमा केटीका १० कुराको जानकारी लिने एक अध्यनले देखाएको छ ।
के हुन् त १० मिनेटमा हेरिने १० कुराः
१ मुस्कानः
तपाइँको मुस्कानले तपाइँको बारेमा धेरै कुरा भन्छ । यदि तपाइँ पहिलो पटक कुनै केटा भेट्दै हुनुहुन्छ भने मुस्कुराउनु सबै भन्दा उत्तम प्रभाव हो । धेरै हाँसेको वा घुम्म परेर बसेको दुवै केटाहरुलाई मन पर्दैन त्यसकारण मुस्कान दिँनु सबै भन्दा राम्रो विकल्प हो ।


२ पहिरनः
पक्कै पनि सबै भन्दा शूरुमा केटाको नजर केटीको पहिरनमा पर्छ । पहिरनको आधारमा पनि केटाले केटीप्रतिको धारणा बनाउँछन् । आगामी सम्बन्ध अघि बढ्ने कि नबढ्ने भन्ने निर्धारण समेत पहिरनले नै निर्धारण गर्ने विज्ञहरु बताउँछन् ।
३ पेय पदार्थको छनौटः
पहिलो भेटमा तपाइँ के पिउनु हुन्छ भन्ने कुरा केटाहरुले निक्कै ख्याल गर्छन् । यदि तपाइँ २१ देखि २४ वर्ष भित्र पर्ने महिला हो र तपाइँले रम वा कोक पिउनु भो भने तपाइँ खास रमाइलो महिला होइन भन्ने प्रभाव पर्न सक्छ ।
४ कुरा गर्ने शैलीः
केटासँग पहिलो भेटमा कुरा गर्दा नजानेको कुरा पनि जाने जस्तो गर्नु भूल हुन्छ । यदि केटाले फुटवलको कुरा गर्यो भने तपाइँलाई थाहा नभएपनि जान्ने पल्टेको केटालाई मन पर्दैन । बरु आफूलाई थाहा नभएको कुरा थाहा छैन भन्नुस् ।


५ हेयर स्टाइलः
हेयर स्टाइलले तपाइँको ब्यक्तित्व झल्काउँछ । पहिलो भेटमा जाँदा जहिले पनि हेयर स्टाइलमा ध्यान दिनुस् । पहिलो भेटमै तपाइँको कपाल झुत्रे वा विगारेर जानु भएको छ भने यसले खराव प्रभाव पार्न सक्छ ।
६ बक्षस्थलः
केटाको नजर केटीको बक्षस्थलमा जहिले पनि शुरुमा पर्छ । यदि तपाइँको बस्त्रबाट बक्षस्थलबीचको भाग देखिन्छ भने त्यसले सकारात्मक भूमिका खेल्छ । तर धेरै भागको प्रदर्शन गर्न खोज्नु भो भने चाँहि तपाइँको अपेक्षाको ठिक विपरित हुन सक्छ ।
७ ब्यागमा के छः
हुन त धेरै सामग्री साथमा लिएर हिँड्दा राम्रो हुँदैन । तर केटीहरुको साथमा सानो ब्याग भएको र त्यसमा अत्यावश्यक चिज बोकेर हिँडेको केटलाई मन पर्छ ।
८ मेकअपः
केटाहरुले सके सम्म सादा देखिने केटी मन पराउँछन् । अलि अलि मेकअपले पनि नकारात्मक प्रभाव पर्दैन । तर केटीले कफी खान जाँदा पार्टी गएको जस्तो वा मुख नै धुन नभ्याएको जस्तो गरेको चाँहि केटालाई मन पर्दैन ।
९ सफाइः
केटीहरु सादा देखिएको मन पराएपनि उनीहरुको अनुहार सफा र चम्किलो देखियोस् भन्ने चाहन्छन् । अनावश्यक क्रिम दल्नु भन्दा पनि अनुहार सफा पारेर डेटमा जानु उपयुक्त हुन्छ ।
१० आत्म विश्वासः

तपाइँको बोल्ने, बसाइ उठाइ लगायतका ब्यवहारले तपाइँको बारेमा धेरै कुरा भन्छ । निक्कै अत्तिएको वा कुनै प्रभाह नै नभएको जस्तो ब्यवहार देखाएको केटाहरुलाई मन पर्दैन । शान्त र आत्म विश्वासी केटीहरुले केटाको मन छुन्छन् ।
nepaliheadlines.comभिडियो हेर्न तल क्लिक गर्नुहोस :
कहिले कहिले कपाल झर्ने सामान्य नै हो तर पनि दैनिक अत्याधिक झर्न थाल्यो भने अब चिन्ता गर्ने बेला भयो भन्ने जान्नुहोस्। सोच्नुहोस् त, अत्याधिक कपाल झर्न थाल्यो भने केहि बर्षमा के दशा होला कपालको? यो एउटा यस्तो समस्या हो जसलाइ समयमा ध्यान दिइएन भने पछि ठुलो समस्या खडा गर्दछ।

कपाल नै झरेको त हो भनेर केही नगर्ने हो भने केही बर्षमा तपाइको रुपरंग नचिन्ने गरि परिवर्तन हुन सक्छ। यदि तपाइ पनि कपाल धेरै झर्यो भनेर चिन्ता गर्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्, सजिलै संग पाइने प्याज यो समस्याको लागि रामवाण सिद्ध हुनेछ।

किन गर्ने प्याँजको प्रयोग

प्याजमा हुने सल्फरले अत्याधिक कपाल झर्ने क्रम लाइ रोक्न मद्धत गर्दछ। यहि कारणले नै प्याजको रस कपालमा लगाउनाले यसमा पाइले सल्फरले रक्तसञ्चार पनि बढाउदछ। टाउकोको इन्फेक्समको कम गर्नको साथै कपाल पनि मजबुत बनाउछ प्याजले

कसरी गर्ने प्रयोग

प्याजलाइ मिक्सरमा थोरै पानी राखेर पिन्नुहोस्। त्यस पश्चात रस छान्नुहोस्। हातको औलाको सहयताले कपालमा उक्त रस लगाउनुहोस्। तीस मिनेटसम्म कपाल त्यत्तिकै छोडेर कुनै राम्रो श्याम्पुले धुनुहोस्। र यो काम हप्तामा कम्तिमा ३ पटक गर्नुहोस।

प्याजको रसमा मह मिलाएर लगाउन सकिन्छ।

एक चौथाइ कप प्याजको रसमा थोरै मह मिसाउनुहोस। यो मिश्रणलाइ कपालको जरामा लगाउनुहोस्, कपाल झर्ने कम हुन्छ।

यसरी पनि लगाउन सकिन्छ।

एउटा प्याज काटेर रमले भरिएको ग्लासमा राख्नुहोस्। रात भर त्यत्तिकै राखेपछि त्यो रमलाइ छानेर प्याजको टुक्रा निकाल्नुहोस् र त्यो रमले कपालमा मसाज गर्नुहोस्। हप्तामा २ चोटी यसो गर्नाले कपाल झर्न कम हुन्छ।
जब प्यानक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन वा शरिरले इन्सुलिनलाइ प्रभावकारी ढंगबाट प्रयोग गर्न सक्दैन, तब मधुमेह देखिन्छ शरिरमा। इन्सुलिनले रगतमा भएको ग्लुकोज (सुगर) लाइ नियन्त्रण गर्ने काम गर्छ।

सन् २०१४ मा विश्वका ९ प्रतिशत युवा मा मधुमेह देखिएको थियो, जो १८ अनि १८ वर्ष भन्दा माथीका छन। सन् २०१२ मा करिब १ करोड ५० लाख मानिसहरुको मृत्युको कारंण मधुमेह भएको बताइन्छ।

खानपान अनि जीवनशैलीकै असरले मधुमेह देखिन्छ। शारिरीक कसरतको कमी अनि अत्याधिक कार्बोहाइड्रेड युक्त खाना मधुमेहको प्रमुख कारणको रुपमा लिइन्छ। मधुमेह भए-नभएको थाहा पाउन रगतमा ग्लुकोजको मात्रा मापन गर्नुपर्छ। यहाँ केही सामान्य लक्षणहरु छन् जुन शरिरमा देखिएमा रगत परिक्षण गराइ उपचार गरिनु पर्छ।

तिर्खा बढी लाग्ने अनि पिसाब छिटो छिटो आउने




जब रगतमा ‘ग्लुकोज’ को मात्रा बढ्छ, किड्नीले रगतबाट ‘ग्लुकोज’ छान्न थाल्छ। जब ‘ग्लुकोज’ को मात्रा अत्याधिक हुन्छ किड्नीले छिटो छिटो पिसाबबाट बाहिर फाल्न थाल्छ। जसले गर्दा छिटो छिटो पिसाब लाग्ने हुन्छ अनि शरीरमा पानीको कमी हुन गरी तिर्खा बढी लाग्छ।

भोक बढ्ने



कोषहरुमा ग्लुकोजको मात्रा पुर्याउनको लागि शरिरलाइ इन्सुलिनको आवश्यकता पर्छ। कोषहरुलाइ शक्तिको लागि ग्लुकोजको आवश्यकरा पर्छ। मधुमेहले इन्सुलिनको पनि कमी हुने हुँदा पर्याप्त ग्लुकोज कोषसम्म पुग्न सक्दैन। फलस्वरुप शरिरमा शक्ति सञ्चय हुन पाउदैन अनि भोक बढी लाग्ने हुन्छ।

शक्तिमा कमी अनि थकाइ बढ्ने

भोक बढेसंगै शरिरको स्फुर्ती पनि घट्छ, थकाइ बढी लाग्ने हुन्छ। कोषहरुमा पर्याप्त ग्लुकोज नपुग्नाले यस्तो हुन जान्छ।

अस्वभाविक तोल घट्ने

कोषहरुम ग्लुकोज सञ्चय हुदैन। रगतमा अत्याधिक हुने ग्लुकोज अधिकांश पिसाब बाटै जाने हुनाले कोषहरुले लिने क्यालोरीमा कमी आउछ। खर्च हुने क्यालोरी परिपुर्ती नहुँदा अस्वभाविक तौल घट्ने हुन्छ।

अंग झनझन हुने वा निदाँउने



रगलमा अत्याधिक ग्लुकोजको हुने हुँदा स्नायु (नशा) बाट आएका सन्देशहरु अंगहरुले राम्रो संग ग्रहण गर्न सक्दैनन। बाधक बन्छ ग्लुकोज। सामन्यतया हात तथा खुट्टामा यस्तो समस्या देखिन्छ। साथै रक्तकोष कमजोर हुन गइ रक्तसञ्चारमै वाधा पनि आउने हुन्छ।

दृष्टी धमिलो हुने

रगतमा उच्च ग्लुकोज हुनाले असर पर्ने अर्को अंग भनेको आँखा पनि हो। धमिलो देखिने समस्या पनि बढ्न सक्छ मधुमेह देखिदा।

घाउ ढिलो बिसो हुने



रगतमा ग्लुकोज बढ्दा शरिरले घाउ तथा इन्फेक्ट ठाँउहरुको बारेमा जानकारी लिन गाह्रो मान्छ। उच्च ग्लुकोजले प्रतिरक्षा प्रणालीलाइ नै बाधा गर्छ। यसको प्रभावले सेतो रक्त कोषको काममा कमी आउछ फलस्वरुप घाउ बिसो हुने समयनै लामो हुन जान्छ।

बारंबार सक्रमण हुने

घाउ बिसो हुने समय ढिलो हुने झै शरिरमा विभिन्न सक्रमणहरु बारंबार देखिन सक्छन्। यो पनि रगतमा ग्लुकोजको मात्रा बढेर प्रतिरक्षा प्रणाली कमजोर हुनाले हुन्छ।

छाला सुख्खा हुने अनि चिलाउने



शरिरमा करिब ५० देखि ७८ प्रतिशतसम्म पानी हुन्छ। छिटो छिटो पिसाब लाग्नाले तिर्खा बढ्ने देखि शरिरमा पानीको मात्रामा पनि कमी आँउछ। जसको कारणले छाला सुख्खा हुने हुन्छ। सुख्खा छाला अनि चिलाउने मधुमेहको साधारण लक्षण नै हो।

चिढचिढापन

भोक लागिरहने, अनि शरिरमा पर्याप्त शक्ति पनि नहुनाले चिढाचिढापन पनि बढ्ने हुन्छ। दिक्क लाग्ने जस्तो पनि हुन्छ। यो सब शरिरमा पर्याप्त क्यालोरी नहुनाले हुन्छ।
११ असार, काठमाडौं ।

शुक्रबार साँझ ६ बजेर २ मिनेट जाँदा दोलखा गौरीशङ्कर संरक्षण केन्द्र केन्द्रविन्दु भएको ४.२ रेक्टर स्केलको परकम्प महसुस गरिएको छ ।



खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि आजै अपराह्न २ बजेर ४५ मिनेट जाँदा ललितपुर गोदावरी केन्द्रविन्दु भएको ४.१ रेक्टर स्केलको परकम्प गएको थियो । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि अहिलेसम्म चार रिक्टर स्केलमाथिका ३०० भन्दा बढी परकम्प गइसकेको छ ।
काठमाडौं । ‘सुहागरात’ भन्ने शब्द आफैमा रोमान्टिक छ । युवक-युवतीलाई यो शब्दले कल्पनामा डुवाइदिन्छ । किशोर अवस्था पार गर्दै गरेका युवाहरुलाई यो शब्दले काउकुती नै लगाउँछ ।

कतिपयले सुहागरातप्रतिको अधिक कल्पनाका कारण सुहागरातलाई रोमान्टिक भन्दा पनि तनावपूर्ण बनाउँछन् ।यहाँ सुहागरातमा गर्न नहुने १० गल्तीको चर्चा गरिएको छ । यी १० काम सुहागरातमा भुलेर पनि नगर्नुस् ।
१ पार्टनरको सहमति विना यौन सम्बन्ध नगर्नुस् 
अधिकाँश युवा युवतीलाई सुहागरात भनेको सेक्सकै लागि हो जस्तो लाग्छ । तर सुहागरातमा सेक्स अनिवार्य छैन । सेक्स सम्बन्धि नियम कानून नै नभएपनि पार्टनर तयार नभए सम्म सेक्सका लागि प्रयास गर्नु सुहागरातको मुड विगार्नु मात्र हुन सक्छ । सुहागरात भन्दैमा जवर्वस्ती सेक्स गर्नु त सम्बन्धलाई नकारात्मक बनाउनु मात्र हो ।
२ यौन कार्यमा हडबड नगर्नुस्
सुहागरातमा युवा युवतीले एक आपसको शरीरलाई राम्ररी बुझेका हुँदैनन् त्यसले गर्दा असहजता पैदा हुन सक्छ। कतिपयमा एक अर्काको नाङ्गो शरीर देख्ने बित्तिकै हडबड गर्ने समस्या समेत हुन्छ । सुहागरातमै पनि यौन क्रिडाका लागि पाकक्रिडाको भूमिका महत्वपूर्ण हुन्छ ।
३ रक्त श्रावको आशंका
अधिकाँश जोडीलाई भ्रम हुन्छ कि पहिलो यौन सम्बन्धमा स्त्रीलाई रक्तश्राव हुन्छ । रक्त श्राव नहुँदा केटीलाई मनमा डर हुने र केटालाई शंका हुने पनि हुन्छ । तर वास्तवमा पहिलो यौन सम्पर्कमा रक्त श्राव नहुन पनि सक्छ । किन भने स्त्रीको यौनाङ्गमा हुने झिल्ली अन्य कुनै कारणले टुट्यो भने यौन सम्पर्कमा रक्तश्राव हुँदैन।
४ जीवनसाथी प्रति शंका
कतिपय जोडी सुहागरातमा एक अर्कालाई शंकाको आँखाले हेरेर माहौल विगार्छन् । खासमा सुहागरातमा एक अर्काप्रतिको समर्पण र मायाँ बढाउने कोशिस गर्नु पर्छ नकि शंका । एक अर्काका विगतका कुरा नकोट्याउनुस् । एक अर्काप्रति यौन सम्बन्धबारे शंका भएमा सुहागरात सुहागरात जस्तो नबन्न पनि सक्छ ।
५ यौनाङ्गको आकार
कतिपय जोडीलाई यौनाङ्गको आकारले यौन आनन्दमा प्रभाव पर्छ भन्ने भ्रम हुन्छ । तर त्यो वास्तविकता होइन । पुरुषको लिङ्ग ठूलो आकारको भएमात्र मात्र यौन सन्तुष्टि दिन्छन् भन्ने भ्रम अनावश्यक मात्र हो । यौन सन्तुष्टि र लिङ्गको आकारको कुनै सम्बन्ध छैन ।
६ मदिरा सेवन नगर्नुस्
कतिपय युवाहरु सुहागरातमा मदिरा सेवन सम्त गर्छन् । यौनलाई जोशिलो बनाउनका लागि भन्दै सुहागरातमा नै मदिरा सेवन गर्नु असाध्यै गलत हुन्छ । जोश मानसिक अवस्थाबाट आउने हो अन्य पदार्थले होइन ।
७ कण्डोमको प्रयोग
सुहागरातमै कुनै पनि गर्भ निरोधक प्रयोग नगरी यौन सम्बन्ध राख्दा शुरुमै गर्भ रहने सम्भावना पनि हुन्छ । तसर्थ पार्टनरसँग सल्लाह गरेर कण्डोमको प्रयोगबारे विचार गर्नुस् ।
८ महिनाबारीको समय नभुल्नुस्
केटीहरुले महिनाबारीको समय भुले भने सुहागरात महंगो पनि पर्न सक्छ । सुहागरातका लागि हतार गर्नु अघि महिनाबारीको समय सम्झिनुस् र त्यसै अनुसार सावधान रहनुस् ।
९ शरीर सरसफाइ
सुहागरातलाई सेक्सको बारेमा मात्र बुझ्नु अघि शारीरिक सरसफाइ कायम राख्नुस् । अझ एक अर्कालाई आकर्षित गर्न विभिन्न पर्फ्युम वा बोडी स्प्रे समेत प्रयोग गर्नु राम्रो हुन्छ । शरीरबाट कुनै प्रकारको दुर्गन्ध पैदा भएमा वैवाहिक जीवनको शुरुवातमै एक अर्काप्रति अनाकर्षण हुन सक्छ ।
१० शरीरको मिलन मात्र होइन
सुहागरात केवल २ शरीरको मिलन मात्र होइन । यो मनको मिलन पनि हो र जीवनभरीको गाँठो कँस्ने दिन पनि हो । तसर्थ एक अर्काको भावना बुझेर मात्र शारीरिक कुरामा जानुस् । पहिलो रातको ब्यवहार जीवनभरी प्रभाव पार्ने हुन्छ ।
काठमान्डौ । सिन्दुर कसले र किन लगाउछन् भन्ने त हजुरहरुलाई थाहा होला । हरेक विवाहित महिलाले आफ्नो सिउँदोमा सिन्दुर लगाउने गर्छन् । यो सिन्दुर लगाउने हिन्दु परम्परा र मान्यता पनि हो ।

महिला विवाहित कि अविवाहित भनेर छुट्याउने पहिचान पनि हो सिन्दुर । महिलाहरुले सिन्दुरलाई सौभाग्यको प्रतिक पनि ठान्ने गर्छन् । आफ्नो कपाललाई दुई तिर फर्काएर सिउँदो बनाएर आफ्नो पतिको सौभाग्य र सम्मानको रुपमा सिन्दुर लगाउनै पर्ने बाध्यता छ हिन्दु संस्करणमा ।

महिलाले सिउँदोमा लगाउने सिन्दुर उनीहरुको सौभाग्यको प्रतिक पनि हो । हिन्दु एक प्राचिन मान्यताअनुसार देवी पार्वतीले आफ्नो पति महादेवको सम्मानको खातिर आफ्नो जीवन आहुती दिएकी थिइन् । जसले गर्दा हिन्दु परम्पराअनुसार लसिनदुर पार्वतीको प्रतिक पनि हो ।

 यसैले भनिन्छ, जो महिला आफ्नो सिउँदोमा सिन्दुर लगाउँछिन्देवी पार्वतीको हात उसको शीरमा सधैंभर रहन्छ । देवी पार्वती हरेक समय उनको पतिको रक्षा गर्छिन् । सिन्दुर शीरको मध्य भागमा लगाइन्छ । टाउकाको बीचमा बनाइने सिउँदोको बिन्दुलाई महत्वपूर्ण मानिन्छ । सिउँदोमा सिन्दुर लगाउँदा दिमाग सधैं सर्तक तथा सक्रिय रहन्छ । सिन्दुरमा मरकरी भातु पाइन्छ ।

यो धातु तरल रुपमा पनि पाइन्छ । त्यसैले सिउँदोमा सिन्दुर लगाउँदा दिमागमा शितलता मिल्ने पनि गर्छ । महिलाको दिमाग शान्त राख्न र व्यवस्थित राख्न अत्यन्तै जरुरी भएकोले सिन्दुर लगाउने प्रथा नै बनेको छ । हिन्दु मान्यताअनुसार बाङगो सिउँदो काढ्नु हुँदैन, सिन्दुर छरेर लगाउनु हुँदैन ।

सिउँदो जसले सिधा काढ्न जान्दछ त्यो राम्रो भन्ने जस्ता मान्यतालाई पनि माथिको कारणले पुष्टि गर्दछ । सिन्दुर भनेको एउटा यस्तो चिज हो जसले सुन्दरतामा एउटा चमक लिएर आउछ भने बुडाको राम्रोको लागि पनि यो लगाइने गरिन्छ । स्रोत : रातो पाटि
काठमाडौं । महिला र पुरूषबीच यदी पहिलो भेट भएको छ भने कुनै पनि महिलाले पुरूषको आँखामा सबैभन्दा पहिले आँखा पुर्याउने र त्यसपछी हाँसो र उचाईमा ध्यान दिने एक अध्ययनले जनाएको छ ।

अध्ययनका अनुसार पुरुषहरू भने पहिलो भेटमा महिलाको आँखा र हाँसोपछी छाती हेर्ने गर्छन् । यसपछी पुरूषले महिलाको कपाल र तौलका बारेमा पनि विचार गर्ने गर्छन् । बेलायतमा गरिएको अध्ययनमा यस्तो नतिजा बाहिर आएको हो ।


करिब १ हजार महिला र १ हजार पुरूषमा गरिएको अध्ययनबाट उक्त नतिजा निकालिएको रिपोर्टमा जनाइएको छ । उक्त क्रममा ७० प्रतिशत पुरूषले आफूहरूले पहिलो आँखा, हाँसो र छाती हेर्ने गरेको बताएका थिए । अध्ययनले दिएको रिपोर्टका अनुसार आँखा र हाँसोबाट मानिसको धेरै कुरा जान्न सकिन्छ ।

यही अध्ययनका क्रममा केही परूष तथा महिलाहरूले भने एक-अर्काका अन्य कुराहरू पनि विचार गरेको भेटिएको थियो ।

महिलाहरू पुरूषको आँखा, हाँसो, उचाईपछी कपाल, लगाई, छालाको रंग, अनुहारको आकार, हिप्सको आकार र नाक समेत ध्यान दिने गर्छन् । यस्तै, पुरूषले महिलाका आँखा, हासोँ, छातीका साथै कपाल, तौल, लुगा लगाई, छालाको रंग हेर्ने गर्छन् ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home