• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
धनगढी, असार ५ । २०७१ साल चैत ७ गते सानीआमासँग काठमाडौं बसेर व्युटीपार्लरमा काम सिक्छु भनेर हिँडेकी कैलालीको प्रतापपुर गाविस खरौलाकी २४ वर्षीया दुर्गाकुमारी खनाल कुवेत पुर्याइएकी छिन् । एक महिनापछि कुवेत पुगेर बन्धक जस्तै भएकी दुर्गाले बुबा छविलाल खनाललाई फोन गरेर आफू बेचिएको बताएकी हुन् ।

‘मलाई बॉकेको रॉझा चौराहा नजिक घर भएका मोहनलाल विकले झापा, भारतको बैङलोर एयरपोर्ट हुँदै कुवेत पुर्याएका छन्,’ खनालले फोनमा भनेको कुरा उद्धृत गर्दै बुबा छविलालले भन्नुभयो, ‘कुवेतको फण्डल अहमद व्लक नम्बर १, गल्ली नम्बर १२३, घर नम्बर ८ मा छु भनेकी छ ।’ दुर्गाको फोनका आधारमा मोहनलालको फोन नम्बर ९८११६७१४१ मा कुरा गर्दा एभरेष्ट बैंक नेपालगंज शाखामा रहेको खाता नम्बर ०१९००५०१००००३० मा ३५ हजार रुपैया पठाई दिए फिर्ता बोलाई दिने भनेपनि पछिल्लो समय त्यो फोन बन्द रहेको छविलालले बताउनुभयो ।

छोरी बेचिएको शंका लागेर खनालले विक विरुद्ध २०७२ बैशाख २७ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएपनि केही नभएपछि जेठ १५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा पनि उजुरी दिएका छन् । तर विकलार्य पक्राउ गरिएको छैन । एकहप्ता अघि आफूलाई माया नाम बताउने नेपाली युवतीले कुवेतको फोन नम्बर २३९२८८०८ बाट फोन गरी तीनलाख रुपैया पठाए दुर्गालाई फिर्ता गरिदिने बताएकी उहाँका भाइ आत्माराम खनालले बताउनुभयो ।

खनालका अनुसार मोहनलालले दमक नगरपालिका–१० झापाका मिलन बुढाथोकीलाई पठाउने गरेको र उनले काठमाडौंमा होटल चलाउँदै बसेकी कल्पनासँगको सॉठगॉठमा भारतको बाटो कुवेत पुर्याउने गरेका छन् । अहिले बुढाथोकी र कल्पनाले प्रयोग गर्ने नम्बर पनि बन्द छन् । आठ कक्षा मात्र पढेकी आफ्नी छोरी एकाएक कुवेतमा पुगेको खबरले आमा देवीकला पनि चिन्तित छिन ।

 ‘केही महिनाअघि बुबासँग पैसा त मागेकी थिई, त्यसैबेला पासपोर्ट बनाइ होली,’ व्युटीपार्लर सिक्छु भनेर हिँडेकी छोरी कुवेत पुगिछ,’ देवीकलाको चिन्ता छ, ‘छोरीको ज्यान फर्किएला कि नफिर्किएला ? मोहनलाललाई प्रहरीले किन नपक्रेको होला ?’

स्रोत : एकिन्द्र तिमिल्सिना/ उज्यालो अनलाइन बाट लिएको सामग्री ।
June 20, 2015  
शनिबार 5 आषाढ, 2072


काठमाडौं, आषाढ ५ । अमेरिकाका तीन विश्वविद्यालयले पृथ्वी ‘नयाँ चरणको संकटतर्फ’ प्रवेश गरेको डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् ।

पछिल्ला वर्षहरुमा देखिएका संकट ६ करोड वर्ष अगाडिकोझैं रहेको निष्कर्ष निकाल्दै प्रतिवेदनमा भनिएको छ–‘पहिलो बाटो मानव विनाशको हुनेछ ।’

स्टानफोर्ड विश्वविद्यालयको नेतृत्वमा प्रिन्सटन र बर्कले जस्ता ख्यातीप्राप्त विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनले सामान्य अवस्थाभन्दा अहिले ११४ गुणा छिटो क्षति हुन थालेको उल्लेख गरेको हो ।

छैटौं चरणको ठूलो विनाशतर्फ अघि बढेको अनुसन्धानकर्तामध्येका एकले जनाएका छन् ।

यस्तैखाले डरलाग्दो अवस्था साँढे ६ करोड वर्ष अगाडि देखापरेको र त्यसबेला डायनोसर जस्ता जनावर लुप्त भएको थियो । पृथ्वी अत्यधिक तात्दा जीवन भएका सबैखाले प्राणी सखाप भएका थिए ।

अनुसन्धानको नेतृत्व गरेका गेरारडो सेबालोस भन्छन्–‘अहिलेकै अव्यवस्थालाई छाडिदिने हो भने हाम्रा थुप्रै प्रजातिलाई पुनर्जीवन पाउन लाखौं वर्ष लाग्नसक्छ ।’

सन् १९०० यता मात्र चार सयभन्दा बढी त्यस्ता प्रजातीहरु हराएको दाबी गरिएको छ ।

जलवायु परिवर्तन, बढ्दो प्रदुषण र चर्को खडेरी जस्ता कारणले यो संकट निम्तिन थालेको विज्ञान जर्नलमा छापिएको अनुसन्धान रिपोर्टमा उल्लेख छ । (एजेन्सी)

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
रुपन्देहीको सामुदायिक विद्यालयकी एक छात्राले एसएलसीमा ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी छन् ।


शान्ति नमुना उच्चमावि मणिग्रामकी छात्रा भावना अर्यालले ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी हुन् । उनी जिल्लामा प्रथम र सम्भवत सामुदायिक विद्यालयबाट देशमै प्रथम बनेकी छिन् ।

उनले कक्षा ६ सम्म न्यु इन्भारामेन्ट बोर्डिड. स्कूलमा पढेकी थिइन् । कक्षा ७ बाट उक्त सामुदायिक विद्यालयमा आएपनि उनी अंग्रेजी माध्यममा पढेकी थिइन् ।

भावनासँगै शान्ति नमूनाबाट अर्का २ छात्राले पनि उत्कृष्ट अंक ल्याएका छन् ।
जसमा विपना कुँवर र संस्कृति भट्टराईले ९२ प्रतिशत ल्याएका हुन् ।यो खबर कान्तिपुर दैनिकका लागि अमृता अनमोलले लेख्नु भएको हो  । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भक्तपुर : प्रवेशिका परीक्षा (एसएलसी) मा उत्तीर्ण हुँदा खुसीयाली मनाउने सायदै नहोलान्। त्यसमाथि प्रथम श्रेणीमा उत्तीर्ण हुँदा विद्यार्थीमात्रै होइन अभिभावकमा समेत खुसीको सीमा हुँदैन।

परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार २०७१ सालको प्रवेशिका परीक्षा सार्वजनिक गरेपछि उत्तीर्ण सबै विद्यार्थी र अभिभावक खुसी नै देखिन्थे।

उनीहरू एकापसमा बधाईसमेत साटासाट गरिरहेका देखिन्थे। तर भक्त पुर नगरपालिका-१ च्याम्हासिंहस्थित कृष्णप्रसाद ग्वाछाको घरमा छोरी एलिसा प्रथम श्रेणीमा उत्तीर्ण भए पनि खुसी छाउन सकेन।

वागीश्वरी उच्चमाविबाट परीक्षा दिएकी एलिसाले ६५.८० प्रतिशत अंक प्राप्त गरेकी छन्। तर उनी एसएलसी उत्तीर्ण हुँदा उनका आमाबुबालाई पीडा महसुस भयो।

०२८०८०३ 'सी' सिम्बोल नम्बर रहेकी एलिसाले अंग्रेजीमा ५८, नेपालीमा ६४, विज्ञानमा ६७, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ५१, लेखामा ६६ र वातावरण विज्ञानमा ८९ अंक ल्याएकी छिन्।

तर नियतिले एलिसालाई यस्तो अभागी बनाइदियो कि उनले आफ्नो परीक्षाको परिणाम थाहा पाउन पाइनन्। वैशाख १२ गतेको भूकम्पले एलिसालाई निलिसकेको थियो।

भूकम्पले भत्काएको घरमा पुरिएकी एलिसालाई २२ घन्टापछि सुरक्षाकर्मीले जीवितै उद्धार गरे पनि उनी बाँच्न सकिनन्। उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा राखिएकी उनलाई कुनै औषधिले बचाउन सकेन।

भूकम्पकै कारण एलिसाको समाजमा राम्रो काम गर्ने सपना पनि अधुरै रह्यो। 'एलिसा एसएलसी उत्तीर्ण भएपछि उच्चशिक्षा पढेर समाजका लागि राम्रो काम गर्ने सोच लिएको बताउँथिन्', विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले भने।

उनी बुबालाई औधी माया गर्थिन्। एलिसालाई गुमाएका बुबा कृष्णप्रसादलाई एसएलसी परीक्षाले थप पीडा दिएको सहप्राचार्य प्रजापतिले बताए।
annapurnapost.com
असार, काठमाडौं ।


शनिबार बिहानै भूकम्प गएको छ ।


बिहान २ बजेर ४० मिनेटमा धादिङ र गोरखा भएर

४.२ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ ।


यसअघि शुक्रबार पनि धादिङ केन्द्र भएर पराकम्पन गएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी । भारतमा भीषण बर्षापछि आएको बाढीका कारण जनजीवन प्रभवित भएको छ । महाराष्ट्रमा रातभर परेको पानीका कारण जलमग्न भएको छ ।
पानीको प्रवाह अत्याधिक भएपछि महाराष्ट्र सरकारले सर्वसाधारणलाई घरबाट बाहिन ननिस्कन आग्रह समेत गरेको छ ।
अत्याधिक बर्षाका कारण शहरमा यातायात प्रभावित भएको छ भने मानिसहरु साइकलको प्रयोग गरिरहेका छन् । स्थानिय प्रशासनले नागरिकहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
महाराष्ट्रका मुख्य मन्त्री देवेन्द्र फणनवीसले मानिसलार्ई घरबाट बाहिर ननिसकन आग्रह गर्नुभएको छ । मुम्वइमा २४ घण्टाम ५०० मिलिलीटर भन्दा धेरै बर्षा भइसकेको छ ।
भारतीय मौसम विभागले अझै २४ घण्टा पानी पर्न सक्ने भन्दै सजग रहन आग्रह गरेको छ । सरकारले समुन्द्रि किनार छेउछाउ ननिस्कन पनि नगरिकमा अनुरोध गरेके छ ।
बाढीमा परि कम्तीमा दुई जना सर्वसाधारणको मृत्यु भएको छ भने मुम्बइका कतिपय स्थान पुर्ण रुपमा डुबेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नेपाली कलाकार जसवन्तदेव श्रेष्ठ यतिबेला फेसबुकमा निकै हिट भइरहेका छन् । कारण हो- उनले खेलेको बिज्ञापन निकै लोकप्रिय भइरहेको छ ।
एक साताअघि फेसबुकमा अपलोड भएको यो भिडियो नेपाली समयअनुसार शुक्रबार साँझसम्म झण्डै ४ करोड ३८ लाखले हेरिसकेका छन् ।

यो बिज्ञापनमा उनी भिन्न भिन्न पोशाक लगाएर आफ्नो ब्यक्तित्व आफैले परिक्षण गरिरहेका छन् । बिज्ञापनमा देखिने महिला कलाकार पनि त्यसै गर्छिन् । तर, जब उनीहरुले तस्वीर फेसबुकमा अपलोड गर्छन र साथीभाईको फिडब्याक लिन्छन् ।
बिज्ञापनमा भनिएको छ- अन्तिम समयमा पोशाकबारे सुझाव दिन साथीहरु सवैभन्दा अब्बल हुन्छन् । फेसबुकले आफ्नो लाइक बटनको प्रचारका लागि निर्माण गरेको अफिसियल बिज्ञापनमा श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका हुन् ।
यसअघि फेसबुकले बनाएको विज्ञापन २ करोड सात लाखसम्मले हेरेको रेकर्ड छ । तर, श्रेष्ठले खेलेको बिज्ञापनले फेसबुकको रेकर्डसमेत तोडिदियो ।
‘अहो ४ करोडभन्दा धेरै हेरियो मेरो भिडियो’ उनले फेसबुकमा खुसी साट्दै लेखेका छन- ‘एउटा कलाकारका लागि यो भन्दा ठूलो कुरा के हुनसक्छ ?’
अमेरिकाको लस एन्जलसमा बस्दै आएका श्रेष्ठले फेसबुकको अडिसनबाट छानिएर अभिनय गर्ने मौका पाएका हुन् ।
उनी नेपालमा समेत कलाकारितामा संलग्न थिए । लस एन्जलसमा उनी फिल्म निर्माणमा समेत संलग्न छन् । उनी हाइवे टु धुम्पुस फिल्मका समेत निर्माता हुन् ।
जसवन्तले हालै निर्माण भएको चलचित्र ‘द टि्रजन’ले हलिउडको बिल्स फिल्म फेस्टिभलमा वेष्ट एक्टरको अवार्ड समेत जितेका थिए ।
www.onlinekhabar.com
सुमन घिमिरे, मोरङ , ४ असार - एसएलसीमा अनुतिर्ण भएपछि मोरङमा एक छात्राले आत्महत्या गरेकी छन् । शुक्रबार दिउँसो सार्जजनिक एसएलसीको नतिजामा अनुतिर्ण भएपछि मोरङको उर्लाबारी ७ मंगलबारेकी १७ वर्षिया छात्रा लक्ष्मी खड्काले शुक्रबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उनले उर्लाबारी ७ को सुनपकुवा उच्च माबिबाट एसएलसी दिएकी थिईन् । एसएलसीको नतिजामा बिज्ञान विषयमा अनुतिर्ण भएपछि उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
काठमाडौं । राम्रो अंक ल्याएर एलएलसी पास गर्ने सपना मनभरी साँचेर सिमा बस्नेतले ट्युसन पढ्ने निधो गरिन् । विद्यालयको पढाइको अलवा विहानको समयमा बसन्तपुर नजिकै रहेको ट्युसन सेन्टरमा सीमा नियमित पढ्न जान थालिन् । ट्युसन सेन्टरमा नयाँ साथी चिनजान भयो संगीता पुलामी मगर ।

संगीतासँगको यारीको सम्बन्ध बढ्दै थियो । तर, त्यो सम्बन्ध परिपक्व हुन नपाउँदै उनीहरु दुवैको जीन्दगीमा एउटा कालो दिन आयो । २०७१ साल फागुन १० गते आइतबार ट्युसन सेन्टरमा बसिरहेका सिमा र संगीता गणितको अभ्यास गर्दै थिए । एक्कासी मुहार छोपेर आएका रामेछापका जीवन विकले उनीहरुतिर एसिडको बोतल फ्याँकेर भागे । आफन्तको सहयोगमा सीमा र संगीता राजधानीको वीर अस्पताल पुगे ।

पछि संगीता केएमसी रिफर भइन सीमाको भने वीरमै उपचार जारी थियो । सीमालाई अस्पताल पुगेपछि मात्रै थाहा भयो उनीमाथि एसिड आक्रमण भएको रहेछ । सीमाको अनुहारमा कहिल्यै नमेटिने गरी एसिडको दाग बस्यो । एसएलसीमा राम्रो अंक ल्याएर पास हुने आशा मनभरी साँचेर बिहानै ट्युसन सेन्टर पुगेका ती छात्राको दैनिकी त्यस दिनदेखि बदलियो । कक्षामा हुनुपर्ने बेला उनीहरु अस्पतालको बेडमा रहे ।

 एसिड प्रहार गर्ने जिवन विकलाई प्रहरीले केही समयपछि सार्वजनिक गर्यो । त्यतिकैमा एलएलसी आयो । सीमाले वीर अस्पतालको बेडबाटै एसएलसी दिइन भने संगीताले काठमाडौं मेडिकल कलेज सिनामंगलबाट । अस्पतालको शैयाबाट परीक्षा दिएको ८० औं दिनपछि आएको नतिजामा सीमा बस्नेत फेल भइन् । एसिड प्रहारको पीडा भुल्न उनले सकेसम्म मेहनत गरिन् । दुखिरहेको घाउको पर्वाह नगरी उनले सकेसम्म राम्रो लेखिन् । तर, अनिवार्य गणितमा ८ नम्बर नपुग्दा उत्तिर्ण हुन सकिनन् ।

कान्तिश्वरी राज्यलक्ष्मी माविमा अध्ययनरत सिमा सो विद्यालयमा सात कक्षामा भर्ना भएकी हुन् । रौतहट जिल्ला घर भएकी सीमा कक्षा ६ सम्म गाउँकै एक स्कुलमा अध्ययनरत थिइन् । ‘आफ्नै कमीकमजोरीको कारणले पनि म परीक्षामा फेल भएँ होला’ उनले भनिन्, ‘ तर पनि म कोसिस गर्छु ।’

 गणितमा कम्तिमा चालिस नम्बर होप गरेकी सिमाले २४ नम्बर मात्र प्राप्त गरिन् । ‘पत्याउनै गाह्रो भइरहेको छ, एकचोटी कपी रिचेक गर्छु’ उनले भनिन्, ‘एसएलसीको परीक्षा दिएपछि धेरै कुराहरु सोचेकी थिइँ । तर, मेरो सबै सोचाई चक्नाचुर भैसकेका छैनन्, अझैं कोसिस गर्छु ।’
काठमाडौं, ४ असार । काठमाडौँका दीक्षित पौडेलले एसएलसी परिक्षामा ९४ प्रतिशत अंक ल्याएका छन् । अहिलेसम्मको घोषित अंक अनुसार, उनले सबैभन्दा धेरै प्रतिशत अंक ल्याएका छन् ।
काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुलका छात्र दीक्षितले ९४ प्रतिशत अर्थात ७ सय ५२ नम्बर ल्याएका छन् । विद्यालयका अनुसार, अहिलेसम्म सार्वजनिक नम्बर बमोजिम उनको सबैभन्दा धेरै देखिएको छ ।
दीक्षितले कम्प्युटर विज्ञानमा सबैभन्दा बढी १०० नम्बर पाएका छन् भने सबैभन्दा कम भनेको सामाजिक शिक्षामा ८३ नम्बर पाएका छन् । यसैगरी, अंग्रेजीमा ९५, नेपालीमा ८६, गणितमा ९८, विज्ञानमा ९८, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९३ र अतिरिक्त गणितमा ९९ अंक ल्याएका छन् ।
२०५७ साल वैशाख २१ गते जन्मिएका दीक्षितले मुटूरोग विशेषज्ञ चिकित्सक बन्ने आफ्नो सपना रहेको बताएका छन् ।
त्रि–चन्द्र क्याम्पसका प्राध्यापक रहेका उनका कृष्णप्रसाद पौडेलले छोराको सफलताले गर्व लागेको बताए ।
अघिल्लो वर्षको एसएलसीमा भने अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरकी दृष्टि गिरी र रिलायन्स एकेडेमी, कपनका संजोग कार्कीले समान ९४ दशमलव १२ प्रतिशत अंक पाएका थिए ।

यता, रुपन्देहीको मणिग्रामस्थित शान्ति नमुना उच्चमाविकी सामुदायिक विद्यालयकी छात्रा भावना अर्यालले ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी छिन् । भावनालाई सामुदायिक विद्यालयतर्फबाट नेपालटप दाबी गरिएको छ । शान्ति नमुनाबाटै विपना कुँवर र संस्कृति भट्टराईले पनि ९२ प्रतिशत ल्याएका छन् ।
एसएलसीको नतिजा सार्वजनिक हुनासाथ विभिन्न विद्यालयले दाबी पेश गर्न थालेका छन् ।

यसअघि भक्तपुरको मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन अंग्रेजी विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आफ्नी छात्रा रुवी श्रेष्ठ ‘नेपालटप’ भएको दाबी गरेका थिए ।

०२८३०२७ सिम्बोल नम्बर भएकी रुबीले ७ सय ४३ अर्थात ९२.८७ प्रतिशत अंक प्राप्त गरेकी छिन् । रुवीले अनिवार्य गणितमा ९९, ऐच्छिक गणितमा ९८, कम्प्युटर विज्ञानमा ९७, विज्ञानमा ९६, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९४, अनिवार्य अंग्रेजीमा ९०, नेपालीमा ८५ र सामाजिकमा ८४ अंक ल्याएकी छिन् ।
dainiknepal.com
काठमाडौँ, ४ असार । जमीनबाट ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ। प्राविधिकहरू यी टुक्रालाई ‘टेक्टोनिक प्लेट’भन्छन्। यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहेजस्तो एस्थेनोस्फेएर मा तैरिएर निश्चित दिशामा हिँडिरहेका छन्। यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजीक आएर ठोक्किन्छन्।

 यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ। केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्टानले थाम्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्कन्छ। यसरी सयौँ वर्षदेखि सञ्चित ऊर्जा एक्कासि निस्कँदा भूकम्प जान्छ।


टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भूकम्प जाने गर्छ। यस्ता सिमानाहरूमा प्लेटहरू एकआपसमा ठोकिने, एक प्लेट अर्कोमा घोटिएर तेर्सो गरी चिप्लिने, दुई प्लेट टाढा जाने र एक प्लेट अर्कोमुनि घुस्ने क्षेत्र पर्दछन्। जसमा नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ। त्यसैले यहाँ नियमितजसो कहीँ न कहीँ थाहै नपाइने, साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भूकम्प गइरहन्छन्।

 करिब पाँच करोड वर्ष पहिले दक्षिणतर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोक्किन पुगेको विश्वास प्राविधिकहरूको छ। उक्त ठोक्काइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन। इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम तिब्बत र नेपालबीचमा भने प्रतिवर्ष एक इन्चका दरले चालू छ।
नेपालमा भूकम्प जानुका कारण
नेपालमा भूकम्प जानुका प्रमुख कारण भारतीय भू-खण्डको उत्तरतिर भइरहेको विस्थापन हो। भारतीय भू-खण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ हिँडिराखेको छ र करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ। यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भौगर्भिक दरारहरूमा अकस्मात विस्थापन हुन्छ र भूकम्पका तरंगहरूको चारैतिर प्रसारण हुन थाल्छ।

भूकम्पले सधैं र सबै स्थानमा एकैकिसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्छ। काठमाडौँदेखि पूर्वको क्षेत्रमा गएका ठूला भूकम्पमा विसं  १९९०को महाभूकम्प (८.२ रेक्टर), विसं २०४५को उदयपुर केन्द्रविन्दु रहेको भूकम्प (६.५ रेक्टर) हुन् भने त्यसपछिका भूकम्पमा असोज एक गते आइतबार गएको भूकम्प (६.९ रेक्टर) पर्छ। यसबाहेक साना भूकम्पहरू दिनहुँ गइराखेका हुन्छन्।

 असोज एक गते गएको भूकम्प विसं २०४५मा गएको भूकम्पभन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्‍याएको पाइएन जो एक चासोको विषय भएको छ। १९९० सालमा गएको महाभूकम्पबाट नेपालमा मात्र सात हजारभन्दा बढीले ज्यान गुमाएका थिए। त्यसैगरी २०४५ सालमा गएको भूकम्पबाट सात सयभन्दा बढी मानिसको ज्यान गएको थियो भने २०६७ साल असोज १को भूकम्पबाट हालसम्म नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गएको थियो ।
dainiknepal.com
समय फेरिएको छ। पहिले झै एसएलसी पछि काम पाइने अवस्था देशमा छैन। एसएलसीमा पास भएका सबै विद्यार्थीको अब नयाँ जीवन सुरु भएको छ, शैक्षिक यात्राको नयाँ ढोकाहरु खुलेका छन्, उच्च शिक्षाको लागि अब समय आएको छ। ‘आइरन गेट’ भनिने एसएलसी त एउटा कडी मात्र हो, एसएलसी सुनौलो भविष्यको सपना पुरा गर्न एउटा बाटो मात्र बनाइदिन्छ । बरु अब के पढ्ने, अनि कहाँ पढ्ने भन्ने प्रश्नहरु उब्जने गर्दछन्।

एसएलसी परिक्षा पछि अधिकांसले ‘ब्रिज कोर्स’ पनि गर्ने गरेका छन्। ‘ब्रिज कोर्स’ले ११-१२ कक्षाका वातावरणमा घुलमिल हुन मद्धत पनि पुर्याउँछ।


 तर रिजल्ट पछि भने कलेज र विषय छान्नमै विद्यार्थीहरु हिच्किचाइरहेका हुन्छन्। यो जीवनको महत्वपुर्ण निर्णय हो। अहिले छान्ने विषय र कलेजले जीवनको बाटो नै परिवर्तन गर्ने हुँदा बढो सोचविचार गरेर निर्णय लिनु पर्ने हुन्छ।

कसरी छान्ने ११-१२ को लागि पढ्ने विषय?

– कुनै पनि विषय आफैमा राम्रो या नराम्रो हुदैनन्। डिस्टिंङसन र फर्स्ट डिभिजन आयो भन्दैमा साइन्सनै पढ्नु पर्छ भने हल्लाको पछि नलागग्नुहोस्। साइन्समात्र राम्रो अरु विषय पढेर काम छैन भनेर मन नलागि-नलागि साइन्स पढ्दा बिचैमा पढाइ छोड्ने वा विषय परिवर्तन गर्ने पनि धेरै हुने गर्छन।

-प्रत्येक विषयको आफ्नै गुण हुन्छ। अरुको लहै-लहैमा लागेर विषय छनोट नगर्नुहोस्। तपाईँलाई के पढ्नमन छ? के पढेर राम्रो गर्छु जस्तो लाग्छ? के पढ्दा आफ्नो क्षमता र ईच्छाशक्तिको राम्रो उपयोग गर्न सक्छु जस्तो लाग्छ? राम्रोसंग बुझेर मात्र विषय रोज्नुहोस।

-कसैको बहकाउ, लहै-लहै अनि देखासिकीमा लागेर जीवनको महत्वपुर्ण निर्यण नलिनुहोस्।

-आफुले पढ्न लागेको विषयको बारेमा राम्रोसंग बुझ्नुहोस्। तपाईँको शैक्षिक तथा व्यावसायिक सफलताको लागि उक्त विषयको पढेर आफुले के गर्न सकिन्छ बसेर छलफल गर्नुहोस्।

– अरुको सल्लाह सुन्नुहोस, तर पढ्ने तपाईँले हो, आफुलाइ ईच्छा लागेको विषय रोज्नुहोस्।

कसरी छान्ने कलेज?

– महंगो कलेज हुँदैमा राम्रो हुने नसोच्नुहोस्।

– कलेज राम्रो नराम्रो छुट्याउनको लागि उक्त कलेजमै पढ्दै गरेका विद्यार्थी तथा शिक्षकहरुसंग अनौपचारिक कुरा गर्न सकिन्छ।

– केलजको अघिल्ला नतिजाले पनि कलेजको पढाइको स्तर कस्तो छ थाह पाउन सकिन्छ।

– कलेजको वातावरण शान्त हुन जरुरी हुन्छ।

कलेज र राम्रो विषयको छनोटले मात्र तपाइको पढाई राम्रो हुदैन। पढ्ने तपाई आफैले हो, कलेज र शिक्षकहरु त केवल तपाईका पथप्रदर्शक मात्र हुन। समय सबैभन्दा मुल्यवान हुन्छ, समयको सही उपयोग गरौं।www.nepaliheadlines.com
काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षापछि सिन्धुपाल्चोकको जुरेमा पहिरो गएको छ । कुनै मानवीय क्षती भने भएको छैन ।

गत वर्ष २ सय भन्दा बढीको मृत्यु हुने गरी पहिरो गएको ठाउँमा यो वर्ष पनि पहिरो गएको हो । माङ्खा र राम्चे गविसको सीमामा गएको पहिरोमा परेर तीन बस परेको थियो। बाह्रविसेबाट काठमाडौं आउँदै गरेको बा २ ख २०२१, ५६५ र १६३६ नम्बरको बस पहिरोसँगै आएको लेदोमा परेको हो ।


लेदोले बसको आंशक भाग पुगिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोक प्रहरी नायव उपरीक्षक सुनिलकेशरी भण्डारीको कमाण्डमा टोली खटिएको छ ।

सशस्त्र प्रहरीको टोलीले तीन वटै गाडीलाई पहिरो स्थलबाट निकालेको छ । पहिरोका कारण बाटो अवरुद्ध छ ।तस्बिर/अनलाइन खबर
४ असार, काठमाडौं । एसिड आक्रमणमा परेकी सीमा बस्नेतको धोको थियो, एसएलसी पास गरेर कलेज जाने र राजनीतिमा सहभागी हुने ।
तर, परीक्षाको तयारी गरिरहेका बेला उनीमाथि भएको एसिड आक्रमणको मानसिक प्रभावस्वरुप सीमाले यस वर्ष आफ्नो सपना पूरा गर्न पाइनन् । तैपनि आउँदो साउन २० गते नै पूरक परीक्षा हुने भएकाले सीमाको सपना साकार हुने सम्भावना अझै ज्युँदैछ ।
सीमा बस्नेतको एसएलसीको सिम्बोल नम्बर ०२९५४५९ ‘यू’ हो । नतिजा प्रकाशित भएपछि यो नम्बरमा सर्च गर्दा फेला पर्न सकेन ।
वैद्य पत्नी सुष्मा पनि अनुत्तीर्ण
मोहन वैद्य पत्नी सुषमा
मोहन वैद्य पत्नी सुषमा
माओवादी नेता मोहन वैद्यकी पत्नी सुष्मा वैद्यले पनि यस वर्ष नियमिततर्फ एसएलसी दिएकी थिइन् । तर, उनले पनि परीक्षा पार लगाउन सकिनन् ।
उमेरले ६८ वर्षको नेटो काटिसके पनि पढ्ने अभ्यास गरेर उदाहरणीय बनेकी वैद्य पत्नीको सिम्बोल नम्बर ०९००२७९ ‘सी’ हो । उनको नम्बर पनि उत्तीर्णको सूचीमा अटाउन सकेन ।
www.onlinekhabar.com
२०७२ आशाद ४ शुक्रबार


काठमाडौं : २०७१ को एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष  ४७.४३  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी (प्रवेशिका) परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा  थाहा पाउन सकिने जानकारी दिए ।

परीक्षा नियन्त्रक द्वारेले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताए । 'नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी  १६००,५००१, ५२२५, ५५६६, ४९४९ र  ७६७६ मा एसएमएस गर्नुहोला', द्वारेले भने, 'नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सक्नुहुन्छ ।'

एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मार्फत पनि थाहा पाउन सकिने सुविधा छ । त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट www.soce.gov.np बाट पनि नतिजा जान्न सकिने छ ।

त्यसैगरी नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np मा गएर पनि एसएलसीको नतिजा थाहा पाउन सकिनेछ ।

प्राविधिकको एक सातापछि आउने
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको  छ । श्रेणीकरण पद्धतिबाट प्राविधिक तर्फको नतिजा निकालिने द्वारेले बताए ।

यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

चैत ५ गतेबाट भएको प्रवेशिका (एसएलसी) परीक्षामा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आम्सिकतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी सहभागी भएका थिए ।

कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौँमा ३४ हजार ४२१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी ।

सामसङका उत्पादन प्रयोगकर्ताहरुलाई नराम्रो खवर छ । स्मार्ट फोन उत्पादनको दुनियाँमा सबैभन्दा ठूलो कम्पनी सामसङका उत्पादनमा ह्याकर्सको आक्रमण हुन सक्ने एक रिपोर्टले चेतावनी दिएको छ ।

उक्त रिपोर्टका अनुसार सामसङ एण्ड्रोइड भर्सनका उपकरणमा किबोर्ड एपमा एक बग आएको र यसले कम्तिमा ६० करोड प्रयोगकर्ता प्रभावित हुन सक्नेछन् ।
मोबाइल सुरक्षा कम्पनी NowSecure का अनुसार यो बग निक्कै खतरनाक छ । यसले युजर्सका सबै डिटेल ह्याकर्सको हातमा पुर्‍याउन सक्छ ।



यो एप पहिले देखि नै इन्स्टल्ड रहेका कारण अनइन्स्टल गर्न नसकिने समेत उक्त कम्पनीले जानकारी दिएको छ ।

के हो त समस्या ?

खासमा यो एक सफ्टवेयर एरर हो । सफ्टवेयरमा केही समस्या वा फल्ट भएपछि यस्तो हुन्छ । यस्तो एरर हुँदा सफ्टवेयरले काम गर्दैन र फरक काम गर्न सक्छ । यो समस्या सामसङ ग्यालेक्सी S6, S5, S4 र S4 मिनी सम्मका हाइ एडभान्स डिभाइसमा खतरा रहेको बताइएको छ ।



NowSecure ले यो समस्याबाट बँच्नका लागि इन्सिक्योर वाई-फाई नेटवर्कबाट टाढै रहनु पर्छ । त्यसैगरी डिभाइसमा स्वीफ्टका एप चलाउनु हुँदैन ।www.nepaliheadlines.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home