• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि बिहिबार एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने भएको छ ।

२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाको रुपमा गत साउन २० गतेबाट ३० गतेसम्म सञ्चालन भएको थियो ।

सो पूरक परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिए ।

'भोलि बिहान १० बजेभित्र एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेका छौँ', उनले भने ।

परीक्षामा कूल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेका छन् । रासस -
काठमाडौं : गणतन्त्र नेपालको नयाँ संविधान संविधानसभाबाट पारित हुँदै गर्दा काठमाडौं तथा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार राति ८ बजेर ३७ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको ठूलो पातल गाउँ विकास समिति केन्द्रबिन्दु भएको भूकम्पको धक्का गएको हो ।

यसअघि एक साताअघि दोलखा नै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । www.annapurnapost.com
काठमाडौं : नयाँ संविधानको खुसीयाली मनाउन सरकारले तीन दिन सार्वजनिक विदा दिने तयारी गरेको छ।

संविधानसभाले तीन विदाका लागि सुझाव दिइसकेको छ। मन्त्रिपरिषद्‍को बिहीबार बस्ने बैठकले यसबारेमा निर्णय लिनेछ।

असोज ३ र ४  गतेलाई सरकारले सार्वजनिक विदा दिन लागिएको छ।


निकै लामो संघर्ष र सकसपछि इतिहासमै पहिलोपटक जनताका प्रतिनिधि संविधान बनाएकोले यो विशेष अवसरलाई राष्ट्रिय चाडका रुपमा मनाउन सरकारले तीन दिन विदा दिन लागेको हो।
annapurnapost.com
काठमाडौं:  नयाँ संविधान असोज ३ गतेदेखि प्रारम्भ हुने छ। यसमा ३७ भाग तीन सय आठ धारा र ९ अनुसूची छन्। नयाँ संविधानले झन्डै अढाई सय वर्षपछिको परिवर्तलाई संस्थागत गरेको छ।

२०६३ परिवर्तनसँगै स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र विधिवत रुपमा सुनिश्चित भएको छ।


झण्डै २४० वर्षदेखि एकात्मक ढाँचामा चलेको शासन प्रणालीलाई नयाँ संविधानले परिवर्तन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मकमा रुपान्तरण गरेको छ। मुलुकमा पहिलो पटक सात प्रदेशको सङ्घीय खाकासहित समावेशी लोकतन्त्रको व्यवस्था गरेको छ।


केन्द्रीय, प्रान्तीय र स्थानीय गरी तीन तहका शासन प्रणालीको व्यवस्था गरिएको छ भने तीनै तहबीच समन्वयात्मकरुपमा शाक्ति, साधन स्रोतको बाँडफाँडको प्रावधान राखिएको छ।

लामो समयको बहस र छलफलपछि विधेयकले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक हुनुपर्ने व्यवस्थालाई पारित गरेको छ।


त्यस्तै गैरआवासीय नेपालीलाई सङ्घीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने विधेयकले सुनिश्चित गरेको छ।

धर्म निरपेक्षताको व्यवस्था अन्तर्गत धर्म निरपेक्षतालाई थप स्पष्ट पारिएको छ।‘धर्म निरपेक्षता भन्नाले सतानतदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, स्वतन्त्रता सम्झनुपर्छ’ भनी उल्लेख  छ ।

संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालगायतका व्यवस्था उल्लेख छन्।

नयाँ संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अटुट राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ ।

विधेयकले क्रान्तिकारीरुपमा जनताको अधिकार सुनिश्चित गर्न भाग ३ मा धारा १६ देखि ४८ सम्म मौलिक अधिकारको व्यवस्था गरेको छ ।

मौलिक अधिकारको संवैधानिक उपचारका साथै कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्ने प्रावधान विधेयकको महत्वपूर्ण पक्ष हो । यसमा मौलिक अधिकारसँगै नागरिकका कर्तव्यसमेत उल्लेख गर्नु हो ।

नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहीत हुनेछ भने राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ मन्त्री रहेको मन्त्रिपरिषद् गठन हुने प्रावधान छ । नयाँ संविधानमा केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक सङ्घीय व्यवस्थापिका हुनेछ ।

त्यसमध्ये प्रतिनिधिसभामा २७५ सदस्य र राष्ट्रियसभामा ५९ सदस्य रहनेछन् । त्यस्तै प्रदेशमा व्यवस्थापिका एक सदनात्मक हुनेछ, जसलाई प्रदेशसभा भनिनेछ।

स्थानीय तहको कार्यकारिणी अधिकार यो संविधान र सङ्घीय कानुनको अधीनमा रही गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निहीत रहनेछ। जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न जिल्लासभा रहनेछ ।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतको न्यायिक व्यवस्था गर्नुका साथै प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलास रहने प्रावधान छ। त्यस्तै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त २० जना न्यायाधीश रहने व्यवस्था कायम गरिएको छ।

अन्तरिम संविधानमा कायम रहेका संवैधानिक आयोगबाहेक नयाँ संविधानले थप राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुश्लिम आयोगको व्यवस्था गरेको छ। यसअघि गठित राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगलाई संवैधानिक आयोग बनाइएको छ ।
annapurnapost.com
काठमाडौं– नेपाली चेलीलाई साउदी अरेवियन कुटनितीज्ञ ‘मजिद’ सम्म पुर्याउने दुई दलाल पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेहरुमा कल्पना परियार भन्ने कल्पना लिम्वु र कृष्ण भन्ने जित बहादुर दर्जी रहेका छन् । बर्ष ३३ कि कल्पना लाई प्रहरीले मंगलबार पोखराको हस्पिटलचोकबाट पक्राउ गरेको हो भने, बर्ष ४२ का जित बहादुर दर्जी राजधानीको महाराजगंजबाट पक्राउ परेका हुन् ।
मोरङकी ५० बर्षिय र बाग्लुङका ३० बर्षिय नेपाली चेलीहरुलाई साउदी अरबमा घरेलु कामदारको रुपमा काम गर्दा राम्रो तलव हुन्छ भन्दै उनिहरुले सडकमार्ग हुँदै दिल्ली पुर्याएर भारतिय दलालहरुको गिरोहलाई बिक्री गरेका थिए ।

बिक्री पश्चात पिडीतहरुलाई बन्धक बनाई भारतको गुडगाउस्थित साउदी अरेवियका मजिद नामका कुटनितीज्ञको अपार्टमेन्टमा राखिएको थियो । साउदी कुटनितीज्ञ र उनका पाहुनाहरुले लगातार यौनशोषण गरेको खबर पाएपछी गएको भदौ २१ गते नेपाली चेलीहरुलाई भारतीय प्रहरीले गुडगाउँबाट उद्धार गरेको थियो । उद्धार पछी उनिहरुलाई नेपाल ल्याईएको थियो ।
पक्राउ परेका कल्पना र जित बहादुर विरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचविखन तथा ओरापसार मुद्धा दर्ता गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । यस गिरोहमा संग्लग्न अन्यको खोजी जारी रहेको बताईएको छ ।

नेपाली दलालहरुले पिडीतहरुलाई नयाँ दिल्ली पुर्याएर एक÷एक लाख लिइ भारतिय गिरोहलाई विक्री गरेका थिए । त्यसपछी भारतिय र दलालहरुले भारत स्थित साउदी अरेवियन राजदुतावासमा कार्यरत कर्मचारीलाई जिम्मा लगाएका थिए ।

पिडीतहरुलाई मुम्वइ, श्रिलंका हुँदै साउदी अरेविया पुर्याएर एक महिना होटलमा राखी पुन भारतको नयाँ दिल्ली ल्याएर गुडगाउँको अपार्टमेन्टमा राखिएको थियो । गुडगाउँको अपार्टमेन्टमा राखेर उनिहरुलाई यौन शोषण गर्दै राम्रो सँग खान समेत नदिई ३ महिनासम्म शरिर बन्धक बनाएर राखेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
पक्राउ परेकी कल्पनाको वाग्लुङको तारा गाविस र मोरङ बाहुनी–९ मा समेत घरजग्गा रहेको छ । हाल उनी काठमाडौंको कपन बस्दै आएकी थिइन् ।
अर्का दलाल जित बहादुर दर्जि पनि बाग्लुङ तारा गाविस–९ कै स्थायि बासिन्दा हुन् । उनी पोखरा उपमहानगरपालीकाको हस्पिटल चोक बस्दै आएका थिए ।www.ratopati.com
काठमाडौँ ,३० भाद्र । तीजको दिन धेरै महिलाहरुले पानी पनि नपिएर व्रत बस्छन् । तर केही नखाँदा स्वास्थ्यलाई बेफाइदा हुने भएकाले सचेत हुनुपर्ने डाक्टरले बताएका छन् । तीजमा व्रत बस्ने महिलालाई डाक्टर दिएको सल्लाह यस्तो छ :
* व्रत बसे पनि पानी, दूध लगायत पानीको मात्रा धेरै पाईने फलफूल खानु पर्छ ।
* व्रतालुले मिश्री पानी खाए स्वास्थ्यका लागि राम्रो हुन्छ ।
* केहि नखाई व्रत बस्दा रिंगटा, लाग्ने, टाउको दुख्ने र बेहोस हुने जस्ता समस्या देखिन सक्छ ।
* मधुमेह र रक्तचापमा समस्या भएका महिलाले व्रत नबस्दा राम्रो ।
* गर्भवती र बच्चालाई दूध चुसाउने आमाले झोलिलो खानेकुरा अनिवार्य खानुपर्छ ।
* नाचगान गर्दा र हिँड्दा सकेसम्म चुच्चो र अग्लो जुत्ता लगाउन हुँदैन । यस्तो जुत्ता लगाए कम्मर दुख्ने समस्या आउन सक्छ ।
डाक्टरका अनुसार केहि नखाइकन व्रत बस्दा शरीरमा पानीको मात्रा कम हुन्छ र रिंगटा लाग्ने, टाउको दुख्ने, बान्ता हुने र बेहोस हुने भएकाले शरीरलाई आवश्यक पर्ने पानी पिउनु पर्छ । खानपान नमिल्ना साथ रक्तचापमा उचारचढाव आउनुका साथै शरीरलाई चाहिने आवश्यक तत्व नपुग्ने हुँदा स्वास्थ्य समस्या देखिने डाक्टर अरुणा उप्रतीले बताउनुभयो । आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र व्रत बस्न उहाँको सल्लाह छ ।www.nayakhabar.com
काठमाडौं, ३० भदौ । संविधान निर्माणमा भरसक संविधान भरसक आलटाल गर्न पाए हुन्थ्यो भन्ने सोच राखेका सुशील कोइरालाले अन्ततः दलीय सहमति विपरीत प्रधानमन्त्रीकै हैसियतमा अमेरिका जाने सोच बनाएका छन् ।
असोज ६ देखि १८ गतेसम्म हुने प्रधानमन्त्रीको विदेश यात्राका निम्ति अर्थमन्त्रीले गत सोमबार २ करोड ३२ लाख खर्च स्वीकृतिको समर्थन क्याविनेटमा पठाइदिएका छन् ।   परराष्ट्रको माग बमोजिम अर्थले अघि बढाएको खर्च सूची अनुसार प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले विजनेश क्लासको सिटमा बसेर यात्रा गर्नेछन् । यसका लागि प्रतिव्यक्ति ५ हजार सात सय १५ अमेरिकी डलर तिरेर आतेजाते टिकट खरिद गरिदैंछ ।
त्यस्तै प्रतिनिधिमण्डलका अन्य १६ जनाको लागि इकोनोमी क्लासको टिकटका लागि जम्मा ४५ हजार दुई सय ८८ अमेरिकी डलर खर्च गरिंदैछ ।   टोलीको दैनिका भत्ताको लागि २१ हजा र दुई सय ८०, प्रधानमन्त्री बस्ने भिआइपी सुइटका लागि प्रतिदिन २५ सय डलरका हिसाबले ८ दिनको २० हजार डलर, मन्त्री बस्ने जुनियर सुइटका लागि १२ सय डलर गरी जम्मा ९६ सय डलर र बाँकी टोलीलाई चारवटा सिंगल र पाँचवटा डबलर रुमका लागि ४५ हजार डलर खर्च हुनेवाला छ ।
यसैबीच प्रधानमन्त्रीले दैनिक ३ सयडलर मन्त्रीले दुई सय डलर र अन्य सदस्यका लागि १५० डलरका दरले खाना तथा खाजा खर्च छुट्याइएको छ ।   दुबईमा राती बास बस्दै १६ सदस्यीय भ्रमण टोली संविधान घोषणा लगत्तै अमेरिका जान लागेको हो । बहालवालाकै हैसियतमा जाँदा उपचार खर्च दह्रो पाइने र संयुक्त राष्ट्रसंघको साधारणसभालाई सम्बोधन गर्ने अवसर पनि मिल्ने हुँदा सुशीलदाले यस्तो बाटो रोजेका हुन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal.com
-ज्योतिष विहङ्गमराज तिमल्सिना
मैले आजसम्म मुलुकका सम्बन्धमा गरेको कुनै पनि भविष्यवाणी गलत सावित भएका छैनन् । संविधानसभाको निर्वाचन, न्यायाधीश देशको कार्यकारी हुने, सुशील कोइराला प्रधानमन्त्री बन्ने भविष्यवाणी सत्य प्रमाणित भए ।
अब असोज ३ मा संविधान जारी गर्दा परिणाम के आउला ? यो प्रश्न धेरेको मनमा छ ।
२०७२ साल असोज ३ गते आइतबार अपरान्ह् पाँचबजे सप्तमी तिथी, प्रीति योग, जेष्ठ नक्षेत्र परेको छ । यो दिन सूर्य नारायणको तेजश्वी अंश पनि परेको छ । आइतबार सूर्यकै बार पनि हो ।
यो दिनको फल ज्योतिषको दृष्टिबाट नियाल्दा शुभ मंगलको दिन हो । यो दिन गरेका कामहरुले सुख, शान्ति, अमनचयन दिन्छन् । यो दिनलाई अशुभ भन्नु पर्ने कुनै कारण छैन ।
नेपालमा संविधान जारी गर्ने दिन असोज ३ गते नै तोकिएको छ । यो दिन संविधान जारी गर्दा के होला भन्ने आम चासो हुनु स्वाभाविक नै हो । तर आइतबारको ग्रह, नक्षेत्र आदिको विश्लेषण गर्दा यो दिन संविधान जारी गर्न शुभ मंगल छ ।
अब यो दिनको मात्रै होइन, देशकै अहिलेको अवस्था के छ भन्ने पनि बुझ्नु पर्छ । किनभने देशको अवस्थाले पनि देशभित्रका कार्यहरु प्रभावित हुन्छन् । नेपालमा अहिले वृहस्पति ग्रहको प्रभाव रहेको छ । त्यस्तै सूर्यको तेजश्वी अंश पनि नेपालमा अहिले परिरहेको छ । नेपालको राशी वृश्चिक हो । स्वामी मंगल हो । नक्षेत्र अनुराधा हो ।
यो वर्ष मुलुकको मंगल र शनिको अवस्था चाहिँ ठीक छैन । यी दुई ग्रह जब गलत स्थानमा बस्छन्, त्यो बेला अशान्ति, रक्तपात, दंगा हुने गर्छ । अहिले मंगल र शनिको अवस्थितिकै कारण मुलुकमा यस्तो भएको हो । तर शनि र मंगलको प्रभाव अहिले देखिए पनि यी दुई ग्रहको प्रभाव दीर्घकालीन हुन सक्दैन । किनभने वृहस्पति ग्रहको प्रभावले नेपाल शान्तितर्फ उन्मुख हुनै पर्छ । अमनचयन स्थापित हुनै पर्छ । मंगल र शनिको प्रभावलाई वृहस्पतिको प्रभावले उछिन्ने छ ।
डा. रामवरण यादबले संविधान जारी गर्ने कुरा छ । डा. यादवले संविधान जारी गर्दा पनि खास अनिष्ट हुने कुनै कारण देखिएको छैन । सुशील कोइरालाको चाहिँ कुण्डली नभएका कारण उहाँको प्रचलित नामबाटै भविष्यवाणी गर्नु पर्ने हुन्छ । प्रचलित नामकै आधारमा पनि कार्यकारी प्रमुखलाई यसपटक सफलताको योग परेको छ । सुरुमा बाधा र अड्चन आएपनि कोइराला असफल हुनेछैनन् । यहि अवसरमा म अर्को एक कुरा पनि सुनाउन चाहन्छु । मैले मुलुकको शान्ति, सुख र समृद्धिका लागि दश महाविद्याको साधना पनि गरेको थिएँ । जुन योगी नरहरि नाथ, धनशमशेरले मात्रै यस अघि गरेका थिए ।
(कुराकानीमा आधारित)
kathmandutoday.com
३० भदौ, सुनसरी । सुनसरीको भोक्राह गाविस ६ शिवगंजस्थित एक घरबाट अवैध हतियार, गोली तथा बम बनाउन प्रयोग हुने विभिन्न सामाग्री बरामद भएको छ ।

एपीएफ टोलीले एउटा कटुवा पेस्तोल, दुई राउण्ड गोली, सकेट बम बनाउन प्रयोग हुने जिआई पाईप चार थान र तार २५ मिटर बरामद गरेको हो ।

घरमा सिके राउतसँग सम्बन्धित दस्तावेज समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । घरधनी निज देवराम यादव भने फरार छन् ।

एपीएफ टोलीले बरामद हातहतियार तथा उक्त दस्तावेज आवश्यक कारवाहीको लागि तत्कालै स्थानीय प्रहरीमा बुझाएको छ ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नाका नाकामा सयाैं सुरक्षाकर्मी खटाइयो
विराटनगर : विराटनगरका सबै नाकामा बुधबारबाट खानतलासी र चेकजाँचलाई तिव्रता दिइएको छ । मधेस केन्द्रीत दलले बुधबार लाठी जुलुस प्रदर्शन गर्ने जनाउ दिएपछि सुरक्षा कडा पारिएको हो ।

बिहानैदेखि बरगाछी, घिनाघाट, रानी, कटहरी नाकामा सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । मोटरसाइकल, साइकल र शरीर तथा झोला खानतलासी गरेर मात्रै नगर प्रवेश गर्न दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रमोदकुमार खरेलले सुरक्षा संबेवदनशीलतालाई मध्यनजर गरी सुरक्षा कडा पारिएको जानकारी दिए ।

बुधबार राजवंशी समुदायले पनि विराटनगरमा राजधानी कायम हुनुपर्ने माग राख्दै जुलुस तथा सभा गर्ने तय गरेका छन् ।

कार्यक्रममा भाग लिन गाउँगाउँबाट मानिसहरु ट्याक्टरमा बसेर विराटनगर आइरहेका छन् ।

‘मोर्चालाई लाठी जुुलुस आयोजना नगर्न कडा निर्देशन दिइएको छ’, प्रहरी प्रवक्ता खरेलले भने, ‘यसको साटो झन्डा जुलुस निकाल्न आग्रह गरेका छौं ।’

खरेलले उत्तेजना भड्काउने किसिमका कुनैपनि कार्यक्रम गर्न नदिइने बताए । लाठी जुलुस निकालिए त्यसलाई कडा प्रतिवाद गरिने तयारी सुरक्षाकर्मीले गरेका छन् ।

यता, संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले पूर्व निर्धारित कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

‘हाम्रो पूर्वनिर्धारित कार्यक्रमलाई प्रहरीले दमन गर्ने तयारी गरेको छ’, उनले भने, ‘हामी पनि पछि हट्दैनौं ।’
www.annapurnapost.com
काठमाडौँ : एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले आफै संविधान लेख्‍ने ७० वर्षदेखिको सपना साकार हुन लागेको बताएका छन्।

उनले संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनभित्रै जारी हुने भएकाले आफ्नो ध्यान पार्टीलाई सुदृढ गर्नमा लाग्नेतर्फ केन्द्रित हुने बताएका छन्। एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित स्वर्गीय नेता पोष्टबहादुर बोगटीको पहिलो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगत ७० वर्षदेखि नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान लेख्ने चाहना पूरा भएको उल्लेख गरे।


अध्यक्ष दाहालले संविधान लेखन प्रक्रियाले पूर्णता पाएपछि पार्टीलाई एकीकृत र केन्द्रीकृत गर्ने अभियानमा पार्टीको सम्पूर्ण शक्ति लाग्ने बताउँदै हाल प्राप्त भएको उपलब्धीमा टेकेर थप उपलब्धीका लागि सङ्घर्ष गर्ने अध्यक्ष दाहालको कथन थियो ।


लामो समयदेखि संविधान लेखन प्रक्रियामा लाग्दा अन्य महत्वपूर्ण विषय छुटेको भन्दै उहाँले आगामी दिनमा जनताको एजेण्डामा झन् प्रतिबद्ध भएर लाग्ने विचार व्यक्त गरे।

अध्यक्ष दाहालले आफ्नो पार्टीले २०५७ सालमा सम्पन्न गरेको दोस्रो राष्ट्रिय सम्मेलनले संविधानसभामार्फत संविधान लेखनको कामलाई अगाडि बढाउने निर्णय गरेको स्मरण गर्दै संविधानसभाको महत्वपूर्ण कार्यभारबाट आफूहरू पछाडि हट्न नसक्ने तर्क गरे।

प्रचण्डले नेपाली राजनीतिक नेतृत्वमा इमान्दारिता र नैतिकताको खडेरी परेका बेला स्वर्गीय नेता बोगटीले देखाउनुभएको मार्गलाई आत्मसात् गर्दै अगाडि बढ्नु नै महत्वपूर्ण कार्यभार भएको बताए। सो अवसरमा उनले स्वर्गीय नेता इमान्दारिता र पारदर्शीताको प्रतीक रहनुभएकाले नेपाली राजनीतिमा उहाँको अभाव सधै खड्किरहने बताए।


कार्यक्रममा एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्वर्गीय नेता बोगटीले जनयुद्ध, जनआन्दोलन तथा नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याउनुभएको योगदानको चर्चा गरेका थिए। गत साल हृदयाघात भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा भदौ ३० गते नै एमाओवादीका उपाध्यक्षसमेत रहनुभएका बोगटीको निधन भएको थियो । रासस
annapurnapost.com
काठमाडौं, ३० भदौ । भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका नेपाली महिलालाई आफ्नै बुहारीले बिक्री गरेको खुलेको छ ।
प्रहरीले मंगलबार एक लाखमा बिक्री गर्ने कल्पना परियारलाई पक्राउ गरेको छ । परियार बलात्कारमा परेकी एक ५० वर्षीय महिलाकी आफ्नै बुहारी हुन् ।
साउदी अरबमा आकर्षक तलबमा हाउसमेडको जागिर लगाइीदने भन्दै परियारले आफ्नै सासूआमा र अर्की एक महिलालाई साउदी दूतावासका कर्मचारीलाई बिक्री गरेकी थिइन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home