• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
अहिलेको तनावले नेपाल र नेपालीको हित हुँदैन
काठमाडौं : एकीकृत माओवादीले संविधान आएपछि पनि देशमा जारी तनावले राष्ट्रिय स्वाधिनता जोखिममा परेको जनाउँदै वार्तामा आएर निकास खोज्न मधेसवादी दललाई आग्रह गरेको छ ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई राष्ट्रिय स्वाधिनताको पक्षमा दृढतापूर्वक उभ्याएको जनाउँदै मधेसको समस्याको समाधान वार्ताबाटै खोजिनुपर्ने जनाएका हुन् ।

‘नयाँ संविधानलाई ऐतिहासिक उपलब्धिका रुपमा स्वागत गरिरहँदा हामीले केही गम्भीर कमी कमजोरी र गलत विषयहरुप्रति विरोध, असहमति र मतभेद राख्दै आएका छौं’, विज्ञप्तीमा भनिएको छ, ‘संविधानसभाका मधेश केन्द्रित पार्टीहरु संविधान निर्माणको अन्तिम प्रक्रियाबाटै अलग भई आन्दोलित भएको अवस्थामा त्यसलाई राजनीतिक रुपमा समाधान खोजिनुपर्छ ।’

थारु लगायत उत्पीडित वर्ग एवम् समुदायप्रति नयाँ संविधानले पहिचान र आफ्नो हक अधिकारको मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै सघर्षमा रहेको जनाउँदै प्रचण्डले अहिलेको आन्दोलनले देश अस्तव्यस्त भएकोमा दुःख जनाएका छन् ।

‘तराई मधेशमा ४० भन्दा बढी आन्दोलनकारी र केही प्रहरीसुरक्षाकर्मीको मृत्यु भइसकेको छ’, प्रचण्डले भनेका छन्, ‘जनजीवन र आर्थिक क्रियाकलाप अस्त–व्यस्त छन् । यो ज्यादै दुःखको विषय हो । यसबाट हाम्रो पार्टी मर्माहत भएको छ ।’

प्रचण्डले अन्दोलनकारी शक्तिहरु र उत्पीडित समुदायसँग इमान्दार एवम् गम्भीर वार्ता र राजनीतिक समाधानको सक्रिय पहल गरिनुपर्नेमा जोड दिएका छन् ।

‘बल प्रयोगमा आधारित भएर समस्याको समाधान नहुने भएकाले वार्ता एवम् राजनैतिक सम्बोधनमा जोड दिनु पर्दछ’, उनले भनेका छन्, ‘सरकार र प्रमुख पार्टीहरुले यसमा ध्यान दिउन् । आन्दोलनकारीले पनि संविधानमा संस्थागत हुन सकेका विषयहरुको महत्व एवम् उपलब्धिलाई आत्मसाथ गर्दै अहिलेका संघर्षका जायज मुद्दाहरुलाई पूरा गर्न वार्तामा बस्न जरुरी छ ।’

प्रचण्डले आन्दोलनलाई शान्तिपूर्ण बनाइ देशभक्तिपूर्ण भूमिकाका निम्ति सधैँ अग्रपंक्तिमा स्थापित मधेसी जनसमुदायलाई लान्छित गर्ने गरी विरोधी प्रवृत्तिले लाभ लिन नपाओस् भन्नेतर्फ पनि सतर्क रहन आन्दोलनरत शक्ति र जनसमुदायसँग अपिल गरेका छन् ।

‘हाम्रो पार्टीले प्रमुख पार्टीबीचमा संविधान घोषणा अघि र पछि लगातार यसको राजनैतिक सम्बोधन र समाधानको पक्षमा जोड गर्दै आएको छ’, प्रचण्डले भनेका छन्, ‘यी कुरामा सहमति नजुटी संविधान घोषणा गर्दा संविधानसभाका सबै शक्तिहरुको सहभागिता र स्वामित्व कायम हुन सकेन । सोही कारण संविधानको घोषणापछि देशमा तनाब र द्वन्दजडित स्थितिले नेपाल र नेपालीको हितमा हुँदैन ।’
annapurnapost.com
हालैको एक सर्भेक्षणबाट के पत्ता लागेको छ भने महिलाहरुको तुलनामा पुरुषले बढि झुटो बोल्दछन् । यो नतिजाले आफ्नो पार्टनरप्रति बढि शंका गर्ने महिलाको बानीलाई बल पूराउँछ । आखिर शंका नगरुन् पनि किन जब आफुले सोधेको कुनै कुराको सिधा तथा प्रष्ट जवाफ पार्टनरले दिन सक्दैन ।
तथापि झुट कस्तो हो र कुन कारणले पुरुषले झुट बोलिरहेको छ भन्ने कुरा व्यक्ति विशेषमा निर्भर गर्दछ । तर यो कुरालाई इन्कार गर्न सकिन्न की कुनै झुटले आपसी सम्बन्धमा झनै मिठास थप्दछ भने कतिपय झुटले सम्बन्ध नै तोडिदिनछ ।
पुरुषहरु कैयन् पटक आफ्नो पार्टनरलाई खुसी तुल्याउनका लागि झुट बोल्दछन्, जसलाई झ्वाट्ट हेर्दा गलत भन्न सकिँदैन । वास्तवमा यो प्रेमको एउटा रुप नै हो । तरकतिपय अवस्थामा भने आफ्नो कमजोरी तथा गल्ती लुकाउनका लागि पनि पुरुषहरु झुटको सहारा लिन्छन् । जसलाई कुनैपनि रुपमा स्विकार गर्न सकिँदैन । पुरुषले बोल्ने सबैभन्दा चल्तीका ५ झुट यस्ता छन् :
१. मैले त्यो केटीलाई हेरेकै थिइन :
बाटोमा हिँड्दा वा कुनै पार्क, रेष्टुरेन्ट तथा अन्य कुनैपनि स्थानमा आफ्नो गर्लफ्रेण्ड वा श्रीमती सँग हिँडिरहेको अवस्थामै किन नहोस् यदि कुनै सुन्दरी युवती देखेमा पुरुषको आँखा उतैतर्फ दौडिहाल्छ । पटक पटक युवतीको सुन्दरताको दृश्यपान गर्नका लागि आँखा गाडेको भएपनि पुरुष आफ्नो पार्टनरसँग त्यो सत्य लुकाउन चाहन्छ । श्रीमती वा गर्लफ्रेण्ड साथमा छँदै आफुले अरु कुनै केटीलाई हेरेको भन्ने कुरा उसले देखावटी रुपमै भएपनि स्विकार गर्न चाहँदैन ।
२. मैले चुरोट पिउन छाडिदिएँ :
सफा गर्ने वा धुने क्रममा यदि तपाइँले आफ्नो ब्वायफ्रेण्ड तथा पतिको ब्याग वा गोजीमा चुरोटको खिल्ली, ठुटो वा खाली प्याकेट फेला पार्नुभयो भने तपाइँले अवश्यपनि ऊसँग केरकार गर्नुहुन्छ । तर यसरी केरकार गर्नु व्यर्थ छ । अझ खल्ती वा झोलामा भेटिने चुरोटका खाली प्याकेटहरुको बारेमा पुरुषहरु प्रायः झुटो बोल्दछन् । उक्त प्याकेटका चुरोट आफुले खाएर रित्याएको भन्ने कुरा कहिल्यैपनि स्विकार्न तयार हुँदैनन् पुरुषहरु आफ्नो पार्टनरसँग । भलै चुरोटको ताजाँ धुवाँ जिउमा गन्हाइरहेको किन नहोस् तपाइँको पार्टनरले बेलुकी सोधेपनि एउटै जवाफ दिनेछ की मैले विहान देखि केवल एउटा मात्र चुरोटको खिल्ली तानेको हुँ । अझ रंगेहात फेला परेन भने त उसको दाबी सधै रहिरहन्छ की मैले चुरोट तान्न छाडिसकेँ ।
३. तिमीसँग बाहेक अरु कसैसँग सम्बन्ध गाँस्ने बारेमा सोँच्न पनि सक्दिन :
 यो विषय पनि पुरुषले प्रायः बोल्ने मुख्य झुट हो । भलै उसले आफ्नो विद्यमान महिला पार्टनरको अलावा अरु कुनै दोश्रो महिलासँग सम्बन्ध गाँस्ने विषयमा नसोँचेको होस् तर कुनैपनि पुरुष कोही दोश्रो महिलाको बारेमा सोँचिरहेको हुन्छ र उक्त महिलासँगको अन्तरँग सम्बन्धका विषयमा कल्पना गरी आनन्द लिइरहेको हुन्छ । कुनै सुन्दरी मोडल तथा अभिनेत्रीहरुको विषयमा अधिकांस पुरुषको मनमा यस्तै फन्टासी रहन्छ तर पार्टनरको अगाडि पुरुषहरु यो कुरा कहिल्यै बताउँदैनन् ।
४. म तिमीविना एकदिन भन्दा बढि बस्न सक्दिन :
यदि तपाइँ विवाहित हुनुहुन्छ भने त तपाइँले आफ्नो लोग्नेको मुखबाट यो कुरा सुन्ने बानी नै परिसकेको हुनुपर्छ । अझ जब तपाइँ माइती जाने कुरा गर्दै हुनुहुन्छ भने त तपाइँको पतिको मुखबाट यो दिव्य वाणी आइरहेको हुन्छ । तर खासकुरा भने अर्कै हुनसक्छ । अध्ययनले के कुरा पत्ता लगाएको छ भने धेरै पुरुषहरु आफ्नी श्रीमती केही दिनकै लागि भएपनि घरबाट टाढा होस् र आफुले एक्लै मनमौजी तथा अविवाहित एकल जिवनमा जस्तो मोजमस्ती गर्न पाइयोस् भन्ने चाहन्छन् ।
५. म सुतेको होइन, सोँच्दै थिएँ :
तपाइँ जब आफ्नो पति वा ब्वायफ्रेण्डलाई दिउसै वा साँझमा निदाइरहेको अवस्थामा रंगेहात फेला पार्नुहुन्छ तब उसलाई झक्झाउँदा अनौठो जवाफ पाउनुहुन्छ । ऊ निदाएर मज्जाले घुरेको तपाइँले देख्नु सुन्नु भएको छ, तर उसले जिकिर गरिरहेको हुन्छ की म निदाएको होइन, आँखा चिम्लेको सोँचिरहेको थिएँ ।
www.onlinekhabar.com
चार नेतालाई चार नाका ठप्प पार्ने जिम्मेवारी
काठमाडौँ – आन्दोलनकारीले चीनको झण्डा जलाएकोमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकमा विवाद भएको छ ।
सप्तरीमा दुई दिनसम्म बसेको मधेशी मोर्चाको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एउटा देशको समर्थन र अर्को देशको विरोध गर्दै झण्डा जलाए आन्दोलन विवादस्पद हुने भन्दै आन्दोलनकारीले चीनको झण्डा जलाएकोमा आपत्ति जनाएका छन् । उनले बैठकमा भनेका थिए, ‘सबै देशसँग हामीले सम्बन्ध राख्नुपर्छ । आन्दोलनलाई छिमेकी देशको समर्थन चाहिन्छ । त्यसैले कुनै देशको झण्डा र उसको विरोधमा नाराबाजी वा नकारात्मक क्रियाकलाप गर्नु हुँदैन ।’
बैठकमा सहभागि एक नेताका अनुसार हिजो सुनसरीमा आन्दोलनकारीहरुले चीनको झण्डा जलाएका थिए । चीनको सहयोगमा सविधान निर्माण भएको भन्दै आक्रोशित समूहले चीनको झण्डा जलाएको थियो ।
झण्डा जलाउने निर्देशन कसले दियो भन्ने कुरा पनि बैठकमा खोजी भएको थियो । तर, बैठकमा कसैले पनि त्यसको जिम्मेवारी नलिएको बताइएको छ । चीनको झण्डा सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताले नै जलाउन लगाएको चर्चा छ तर उनले झण्डा जलाएको बारेमा आफूलाई थाहा नभएको बैठकमा भनेको स्रोतले जनाएको छ । सो विषयलाई लिएर बैठकमा नेताहरुबीच चर्काचर्की नै भएको बताइएको छ ।

भारतको  मधेसी दल  खुसी

भारतले पछिल्लो समय लिएको स्ट्याण्डलाई मधेशी मोर्चाको बैठकले स्वागत गरेको छ । मधेशी मोर्चाले उठाउँदै आएको मागलाई भारतले समर्थन गर्दै ती मागहरु पूरा गर्न नेपाल सरकारलाई दवाव दिएको प्रति मधेशी मोर्चाका नेताहरु खुशी देखिएका हुन् ।

भारतले तराई मधेशको आन्दोलन सम्बोधन गरेर सहमतिमा संविधान ल्याउन दवाव दिँदै आएको छ । पछिल्लो समय त भारतले सीमा क्षेत्रहरुमा सुरक्षा अवस्था कडा पार्नुको साथै नाकाबन्दीको धम्की समेत दिएको थियो ।
नाका र राजमार्ग ठप्प पार्ने मोर्चाको निर्णय

मधेशी मोर्चाको बैठकले भारतबाट नेपाल भित्रिने नाका ठप्प पार्ने निर्णय गरेको छ । भारत सीमासँग जोडिएका बिराटनगर, विरगञ्ज, भैरहवा, नेपालगञ्जलाई ठप्प पार्ने निर्णय गरेको छ । त्यसका लागि जिम्मेवारी पनि बाँडफाँड गरिएको छ । विराटनगरको जोगवनी नाकामा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बस्नेछन् भने विरगञ्जको रक्सौल नाकामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, भैरहवा नाकामा तमलोपाका अध्यक्ष महन्थ ठाकुर र नेपालगञ्ज नाकालाई संयुक्त रुपमा ठप्प पार्ने निर्णय भएको छ ।
त्यस्तै छोटी भन्सारलाई ठप्प गर्ने जिम्मेवारी तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई दिइएको छ ।

कार्यगत एकताका लागि कार्यदललाई जिम्मेवारी

बैठकले तराई मधेशमा आन्दोलित रहेका अन्य मोर्चा र गठबन्धनसँग कार्यगत एकता गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि मधेशी मोर्चाका सचिवालयलार्य जिम्मेवारी दिएको छ । सचिवालयमा फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठी, तमसपाका वरिष्ठ नेता रामनरेश राय यादव र सद्भावना पार्टीका महासचिव मनिष सुमन रहेका छन् ।
तराई मधेशमा रहेका मोर्चा तथा गठबन्धनलाई मोर्चा नमिलाउने बरु आन्दोलन अवधिका लागि कार्यगत एकता गर्न सकिने छलफल गरेको स्रोतले जनाएको छ । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्तिकका अध्यक्ष विजयकुमार गच्छदार, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेश राष्ट्रिय अभियानका अध्यक्ष जयप्रकाश गुप्ता, नेकपा माओवादीका अध्यक्ष मातृका यादवको छुट्टा छुट्टै मोर्चा रहेको छ । यी सबै मोर्चालाई एउटै बृहत मधेशी मोर्चा बनाउने दवाव बढ्दै गएको छ ।

वार्ताका लागि सरकार तयार नभएको गुनासो

सरकारको तर्फबाट दुई पटक मात्र औपचारिक रुपमा वार्ताका लागि आह्वान भएको र त्यसबाहेक पत्रकार सम्मेलन, विज्ञप्ति र अपिल मार्फत मात्र आह्वान गरिएको ठहर गर्दै मधेशी मोर्चाले सरकारले ठोस रुपमा वार्ताको वातावरण बनाएर वार्ताका लागि पहल गरे मात्र वार्तामा बस्ने निर्णय गरेको छ। अहिलेसम्म जे जति भएका छन् ती सबै अनौपचारिक भएको दाबी गर्दै मोर्चाले औपचारिक रुपमा वार्ताका लागि सरकार तयार नभएको गुनासो समेत गरेको छ।

www.ratopati.com
भारतीय भन्सारबाट जाँचपास दिन आनाकानी
वीरगन्ज : भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकहरुले भारतबाट हुने इन्धनको ढुवानी बुधबारदेखि ठप्प पारेका छन् ।

मंगलबार साँझ रक्सौलस्थित भारतीय आयल निगम (आइओसी) को डिप्पो परिसरबाट इन्धन लिएर निस्किएको ना ५ ख ३४११ को ट्याङ्करका चालक पशुपति पाठकलाई भारतीय सुरक्षाकर्मीले कुटेर घाइते बनाएका थिए । भारतीय प्रहरीको कुटपिटबाट  उनको हातमा गम्भीर चोट लागेको छ ।

तेल भरेर डिप्पो बाहिर निस्किएको ट्याङकरलाई भारतीय प्रहरीले फेरि पछाडि फर्काउन भन्दै धम्की दिएपछि नमान्दा चालक पाठक कुटिएको ना ५ ख ३२८१ नम्बरको ट्याङ्करका चालक वसीर हवारीले बताए ।

सहकर्मी कुटिएपछि असुरक्षाको कारण देखाउँदै चालकहरुले बुधबारदेखि वीरगन्ज भन्सार नाकामै खाली ट्याङ्करहरु थन्काएका छन् ।

भारतीय कस्टमले जाँचपास दिन पनि आनाकानी गरेको ट्याङ्कर चालकहरुले बताएका छन् । रक्सौलको भारतीय भन्सार कार्यालयले जाँचपास दिन नमानेकाले तेल भर्न रक्सौल हिँडेका ट्याङ्करहरु वीरगन्ज नाकामै रोकिएका हुन् ।

खाली टयाङकरहरु रक्सौल नगएका कारण भारतबाट नेपालमा हुने इन्धनको ढुवानी बुधबारदेखि ठप्प भएको छ ।

खाली ट्याङ्करहरु रक्सौल नगएका कारण बुधबार उताबाट एउटा पनि इन्धन लोड भएका गाडी नेपाल आउने सम्भावना नरहेको वीरगन्ज भन्सार कार्यालयका एक अधिकृतले बताएका छन । ‘यताबाट खाली ट्याङ्कर एउटा पनि गएको छैन’, उनले भने, ‘उताबाट तेल कसरी तेल आउँछ त ?’ उनले भने ।

नेपाल आयल निगमले तेल भर्न पठाए पनि असुरक्षा र भारतीय कस्टमले जाँचपास दिने ग्यारेन्टी नभएकाले आफुहरुले वीरगन्ज नाकामै ट्याङ्करहरु थन्काएको चालक हवारीले बताए  ।

‘आइओसीले तेल लोड गर्न आउ त भनेको छ, तर कस्टम पासको ग्यारेन्टी हामी दिन सक्दैनौ भन्छ’ , उनले भने, ‘अनि कसरी जानु त ? लोड गरेर उता अलपत्र परी कुटिनु भन्दा यतै खाली बसेको ठीक ।’

नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष रवी गुरुङले भारतीय प्रहरीले  चालक पाठकलाई कुटेपछि बुधबार खाली ट्याङ्करहरु तेल भर्न रक्सौल नगएको बताए ।

उनका अनुसार असुरक्षाका चालकहरु रक्सौल जान नमानेका कारण वीरगन्जदेखि पथलैयासम्मको क्षेत्रमा करिब दुई सय ५०  खाली ट्याङ्करहरु रोकिएका छन् ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख मित्रलाल रेग्मीले पनि बुधबार एउटा पनि खाली ट्याङ्कर रक्सौल नगएको बताए ।

भारतीय प्रहरीले चालक कुटेको विरोधमा खाली ट्याङ्करहरु इन्धन भर्न रक्सौल नगएको खबर आफुले पाएको उनले बताए ।

चालक कुटिएको जानकारी आफुलाइ नभएको बताए पनि भन्सार प्रमुख रेग्मी भारतीय भन्सार कार्यालयका अधिकारीलाई भेट्न बुधबार दिउँसो रक्सौल गएका थिए ।

रक्सौलबाट फर्किए पछि अन्नपूर्ण पोस्ट्सँग कुरा गर्दै उनले भने, ‘भारतीय कस्टमबाट कुनै समस्या छैन, आवश्यक कागजात पेश गरेपछि कुनै समस्या सिर्जना नहुने भारतीय कस्टमले बताएको छ ।’

तर ट्याङ्कर चाकलहरुले भने भारतीय भन्सारका अधिकारीहरुले केहि दिनदेखि कागजात मागेर अनावश्यक दुःख दिने गरेको बताएका छन् ।

संविधान निर्माण प्रति असन्तुष्टी जनाउँदै भारतको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेपछि भारतबाट नेपालमा हुने इन्धनको ढुवानीमा भारतीय भन्सार कार्यालयले अनेक बहानामा अवोध पुर्‍याउँदै आएको छ । रक्सौलस्थित आइओसीको डिप्पोमा तेल भरेका ट्याङ्करहरु सोमबार साँझदेखि नै रोकिएका थिए ।

नेपाल आयल निगम र वीरगन्ज भन्सार कार्यालयका अधिकारीहरुले मंगलबार दिउँसो भारतीय भन्सार कार्यालयका अधिकारीसँग भेटेर कुरा गरेपछि रक्सौलामा रोकिएका ३२ वटा टयाङकर मंगलवार साँझमात्रै वीरगन्ज भित्रिएका थिए ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्माले रक्सौलमा रोकिएका ३२ वटा ट्याङ्कर मंगलवार साँझ वीरगन्ज भित्रिएको बताए ।
www.annapurnapost.com
बुधबार, ६ असोज
काठमाडौं । लामो समयसम्म भारतको यस्तो गतिविधिबाट आजित भएका आम जनता अब भने भारतका सबै कर्तुतका विरुद्ध उत्रन थालेका छन् ।
नेपाली सोझा जनतालाई विभिन्न प्रलोभनमा पार्दै आएको भारतका कर्तुतका विरुद्धमा नेपाली जनता एकजुट हुन थालेका हुन् । नेपालको कुनै पनि शैक्षिक संस्थासँग आवद्धता नलिई भारतले चोभारमा १०० रोपनी सरकारी जग्गा कब्जामा लिएर भारत सरकारले मोर्डन इण्डियन नामक विद्यालय सञ्चालन गरिरहेको छ ।
यो विद्यालयले न त नेपाल सरकारको नियम कानुन नै मान्दछ, न त, नेपालमा दर्ता नै भएको छ । यो विद्यालयका नाममा दैनिक दर्जनौं गाडीहरु सडक जाम पार्दै दौडिरहेका छन् । तर, न तिनले नेपाल सरकारलाई कर तिर्छन्, न सरकारलाई कती संख्यामा यस्ता बसहरु छन् भन्ने यकीन डाटा नै उपलब्ध गराएको छ ।
खाली सडक जाम गराउन सहयोग मात्र गरेका छ । कतीपयले त भारतीय बुटले नेपालको छातीमा हानीरहँदा सित्तैमा सहेको भन्दै यसको आलोचना गर्दै आएका छन् ।
सरकारी बन क्षेत्रको जग्गा हडपेर चलाइएको यो विद्यालयले नेपालका उच्च तहका कर्मचारीहरुका छोराछोरी सित्तैमा पढाइदिन्छ र यसको विरोध हुँदैन ।
अझ यो विद्यालयमा हाम्रो देशको राजधानी दिल्ली हो, राष्ट्रिय जनावर बाघ लगायतका विषयहरु, जुन भारतीय पाठ्यक्रम छन्, त्यही पढाइन्छ । यो विद्यालय सन् १९७८ मा भारतीय कुटनीतिक नियोगका कर्मचारीका छोराछोरी पढाउनकालागि खोलिएको हो । प्राथमिक तह सम्मकालागि भनेर खोलीएको यो विद्यालयले अहिले विना स्विकृति कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको छ ।
भारतीय शिक्षा बोर्ड मातहत सञ्चालीत यो विद्यालय नेपालको कानुन अनुसार गैर कानुनी हो । नेपाललाई नयाँ संविधानमा यो राख र उ राख भनेर सिकाउने भारतले गैर कानुनी रुपमा खोलेको यो विद्यालयका बारेमा के जवाफ दिन्छ ?
www.nepalsandesh.com
काठमाडौं : संविधान जारी भएपछि भारतले नेपालमा गरेको हस्तक्षेपविरुद्ध युवाहरुले बुधबार काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् ।

'ब्याक अफ इण्डिया' लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका  दुई सयजना युवाहरु भृकुटीमण्डपस्थित सडकमा उत्रेका हुन् ।

प्रदर्शनपछि भएको कोणसभामा बोल्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेपालको आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेप गरेर भारतले आफ्नै लागि खतरा मोलेको बताए ।

‘हाम्रो संविधान मान्ने नमान्नेमा हामी स्वतन्त्र छौं, यो हाम्रो अन्तरिक मामिला हो’, उनले भने ‘कुनै पनि बहानमा हामी भारतीय हस्तक्षेप स्विकार्दैनौं ।’

एमाओवादीका युवा नेता जागृत रायमाझीले राष्ट्रियताको रक्षा गर्न आवश्यक परे नेपाली युवाहरु युद्ध लड्न तयार रहेको चेतावनी दिए ।

उनले वर्षौं अमेरिकी नाकाबन्दीमा परेको भियतनामाबाट सिकेर राष्ट्रिय प्रतिरोध युद्धको तयारी र अर्को मुलुक क्युवाबाट सिकेर आत्मनिर्भर हुने अर्थतन्त्र बनाउन लाग्नुपर्नेमा जोड दिए ।

रायमाझीले नेपाल आफ्नो खुट्टामा नउभिएसम्म भारतीय दादागिरी सहिरहनुपर्ने बताउँदै राष्ट्रिय स्वाधिनताका लागि आत्मनिर्भर हुनुको विकल्प नरहेकोमा जोड दिड दिए

रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति राजकुमार राईले भारतीय हस्तक्षेपविरुद्ध एकजुट भएर लड्नुपर्ने बेला भइसकेकोमा जोड दिए ।

एमाओवादी निकट अखिल क्रान्तिकारीका नेता रञ्जीत तामाङले शरीरमा थोपा रगत बाँकी हुन्जेल राष्ट्रियताको लडाइँ लड्न तयार रहेको उल्लेख गरे ।

नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष वीरेन्द्र बस्नेतले राष्ट्रिय अस्मिता संकटमा पर्दा विचार आस्था फरक भएपनि एक भएर लड्न तयार हुनुपर्नेमा जोड दिए । annapurnapost.com
नेपाल सानो र गरिब छ भनेर छिमेकीले नहेपुन्
काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले नेपालले आफ्नो हितमा संविधान बनाउँदा अरुले टाउको दुःखाउन आवश्यक नरहेको बताएका छन् ।


'हामीले हाम्रो हितमा संविधान बनाएको छौं । यसले हाम्रो भलो हुन्छ। अरुलाई पनि कुभलो हुँदैन' राजधानीमा बुधबार आयोजित साहना प्रधानको प्रथम वार्षिक स्मृतिसभामा बोल्दै ओलीले भने, 'यसमा अरुले टाउको दुःखाउन आवश्यक छैन।'

उनले अझै पनि केही समस्या र गुनास भए त्यसलाई सम्वादबाट सम्बोधन गर्न सकिने बताए ।


अंगीकृत नागरिकता लिएर राष्ट्रपति प्रधानमन्त्री हुन पाउनु पर्छ भन्ने माग जोसुकैले राखे पनि स्वीकार गर्न नसकिने बताए। उनले भने, 'यस्तो माग कुनै पनि नेपालीले स्वीकार्न सक्दैन।'

'नेपालमा कसैले आएर बसेर अंगिकृत नागरिकता पायो, घरजग्गा किन्न पायो, यो दिइएकै छ', उनले भने, 'अब त्यसले नेपालको राष्ट्रपति नै बन्न पाउनुपर्ने प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री नै बन्न पाउनु पर्ने किन ? संसारमा यस्तो प्रचलन कहीँ पनि छैन ।'

नेपाली कोही पनि दुःखी हुनु पर्नेगरी संविधान नबनाइएको ओलीको भनाइ थियो । 'नेपाली खुसी भएको बेला अरु दुःखी हुनु पनि जरुरी छैन, हामीले हाम्रा लागि बनाएको संविधान हो', उनले भने, 'नेपाल सानो छ, गरिब छ भनेर छिमेकीले यसमाथि जे गरे पनि हुन्छ भनेर सोच्नु हुँदैन र सोच्दैनन् भन्ने पनि हामीलाई विश्वास छ।'


उनले नेपालले विश्वमै सबैभन्दा बढी लोकतान्त्रिक विधिबाट संविधान बनाएको बताए। 'यस्तो लोकतान्त्रिक विधि कुन् देशमा कसले अपनाउन सक्यो ?', उनले प्रश्‍न गरे, 'जहाँसुकैको लोकतान्त्रिक अभ्याससँग तुलना गर्न हामी तयार छौं ।'

झापा, मोरङ र सुनसरीका जनता र त्यहाँका जनप्रतिनिधिले १ नम्बर प्रदेशमै राख्‍नुपर्छ भनेर दिएको सुझावका आधारमा सीमाङ्कन गरिएको उनले स्पष्ट पारे।
annapurnapost.com
काठमाडौं, ६ असोज । तराई मधेसको आन्दोलन राजनीतिक नियन्त्रण भन्दा बाहिर गइसकेको सुरक्षा निकायले सरकारलाई जानकारी गराएका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागले मधेस आन्दोलनबारे गरेको सुक्ष्म अनुसन्धान रिपोर्टमा राजनीतिक तथा संगसगठन बाहिरबाटै आन्दोलनको नेतृत्व भइरहेको विश्‍लेषण गरिएको हो ।
सुरक्षा निकायले सरकारलाई बुझाएको उक्त रिपोर्टमा तराईका राजनीतिक दल र तिनको नेतृत्वको नियन्त्रणमा आन्दोलन नरहेको निश्कर्ष निकाल्दै राजनीतिक समाधान खोज्न सुझाएको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराइको रिपोर्टमा पहाडी समुदायको मात्रै होइन मधेसी नेतृत्वकै विरुद्ध पनि हिंसाको बिउ रोपिन लागेको, आन्दोलन चर्किंदा केही मधेसी नेता भाग्न खोज्नु र तिनलाई समाएर जबरजस्ती जुलुसमा हिँडाउनु, सद्भावना पार्टीका नेता राजेन्द्र महतो वीरगन्जको आरामदायी होटलमा बसेको भन्दै उनीविरुद्ध नारा लाग्नुजस्ता घटनाले घटनाले गम्भीर संकेत गरेको उल्लेख छ ।
त्यस्तै, संविधानमा हस्ताक्षर गर्ने दल र तिनका स्थानीय नेताहरू गाउँगाउँ गएर सर्वसाधारणलाई संविधान जनपक्षीय छ भन्ने विश्वास तत्काल दिलाउन सकेमा स्थिति अनुकूल बन्न सक्ने सुझाव पनि रिपोर्टमा प्रस्तुत गरिएको छ ।
dainiknepal.com
असोज, काठमाडौं । नेपालको संविधानमा गर्नुपर्ने संशोधन भन्दै भारतले सात बुँदे सुझाव सार्वजनिक गरेपछि ‘प्राइमिनिष्टर इन वेटिङ’ मानिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा जवाफ दिएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले बुँदागत रुपमा नै भारतलाई जवाफ दिएका हुन् । हालै घोषणा भएको नयाँ संविधान नेपालीका लागि बनाएको भन्दै ओलीले यसलाई लिएर कसैले टाउको दुखाउनुभन्दा फराकिलो छाति बनाएर स्वागत गर्न भारतलाई सुझाव दिएका छन् ।

आन्दोलनरत मधेसी र जनजातिलाई सम्बोधन गर्न भन्दै छिमेकी मुलुक भारतले नेपालको संविधानमा सात बुँदे संशोधन गर्न सुझाव दिएको थियो ।

एमाले अध्यक्ष ओलीले सानो देश र संक्रमणकालमा छ भन्दैमा पेल्न नपाइने बताए ।

भारतको नाम नलिई एमाले अध्यक्ष ओलीले भारतले अघि सारेको सात बुँदेका जवाफ दिए ।

नागरिकताको अंगीकृत प्रावधान र राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीसहितका पदमा वंशजका नागरिक मात्र हुन सक्ने व्यवस्था हटाउनुपर्ने सुझावलाई ओलीले अस्वीकार गरेका छन् ।

उनले भने, ‘आज अंगीकृत नागरिकता लिएर भोलि नै राष्ट्रपति, मुख्यमन्त्री हुनुपर्ने किन ?’

ओलीले जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण सम्भव नभएको बताए । त्यसो गर्ने हो भने कर्णालीमा एउटा निर्वाचन क्षेत्र पनि नहरने भन्दै ओलीले प्रश्न गरे-के कर्णालीका जनता, जनता होइनन् ?

उनले हाल कायम जिल्लाको भूगोलमा कम्तिमा एक निर्वाचन क्षेत्र रहने गरी बाँकी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने बताए ।

समानुपातिक समावेशीलाई सामाजिक न्यायको सिद्धान्तमा राखिने भन्दै ओलीले भने, ‘अन्यत्र थप्नुपर्ने भए हामी हाम्रा जनतासँग छलफल र सम्वाद गर्छौं ।’www.onlinekhabar.com
काठमाडौँ: रत्‍नपार्कभित्र अवलोकन गर्ने अवलोकनर्ताले असोज अन्तिम सातासम्म निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्न सक्नेछन्।

रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको छ।

एक वर्षसम्म बन्द रहेर पुनः निर्माणपछि सञ्चालनमा आएको उक्त पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन्।

इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्‍ने एकाइको अपेक्षा रहेको छ।

एकाइको अनुसार इन्टरनेटसँगै अवलोकनकर्ताले खाजा घर र व्यवस्थित किसिमको शौचालयको समेत माग गरेका छन्।

यस पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ। रासस
www.annapurnapost.com
बुधबार, ६ असोज
काठमाडौं । भारतले नाकावन्दी गर्ने धम्कियुक्त वक्तव्य दिइरहँदा चीनले भने नेपालको नयाँ संविधानलाई स्वागत र समर्थन गरेको छ र भारतले नाकावन्दी गरेमा चीनले नेपाललाइ आवश्यक सबै सहयोग गर्न तयार रहेको जनाएको छ ।
एक चिनियाँ अधिकारीले नेपाल चीनको असल छिमेकी भएकोले नेपालका सबै दुःखमा चीनको साथ र सहयोग रहने जनाएको छ । भारतले नाकावन्दी गर्ने कुरा देखि लिएर भारतका सबै वक्तव्यहरु र गतिविधिहरुलाइ चीन सरकारले नजिकवाट अध्ययन गरिरहेको पनि सो समाचार श्रोतले जनाएको छ ।
भारतले नाकावन्दी गरिहालेमा चीनले नेपालको लागि चाहिने आवश्यक खाद्यान्न औषधी लगाएतका सामाग्रीहरु सजीलै संग उपलव्ध गराउने र पेट्रोल डिजेल ग्याँस लगाएतका चीजहरु भने अलि कठिन र तिव्वतवाट ल्याउँदा अलि महंगो हुने भएपनि चाहिने मात्रामा उपलव्ध गराउने वताए ।
उनका अनुसार तिव्वतवाट ल्याउँदा पेट्रोल डिजेलमा दुई देखि पाँच रुपैया सम्म महंगो हुन सक्ने वताए । नेपाल सरकारको आपूर्ति मन्त्रालय श्रोतले भने यदि भारतले ०४५ सालको जस्तो नाकावन्दी गरेमा तिव्वतवाट ल्याइने पेट्रोल डिजेलमा सरकारले केही समयका लागि पाँच रुपैयाँ सम्म अनुदान दिएर जनतालाइ राहत दिन सक्ने वताए ।
चिनियाँ अधिकारीका अनुसार भारतले नाकावन्दी गर्ने कुरामा चीन सरकार त्यति विश्वस्त छैन र कथंकदाचित नाकावन्दी गरिहाल्यो भने तातोपानी नाकाको वाटो र रसुवाको वाटो यथाशिघ्र मरमत गरि यातायात सुचारु गर्न पनि चीनले सबै खाले सहयोग गर्नेछ ।
www.nepalsandesh.com
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ सुविधा थप गरेको छ।
यो सुविधा अन्तरगत नेपाल टेलिकमका ग्राहकहरुले अब आफ्ना हराएका वा विग्रिएका सिमहरु नेपालभरीका जुनसुकै टेलिकमका कार्यलहरुबाट लिन वा साट्न सकिने छ।
ग्राहकहरुको समस्यालाई ध्यानमा राख्दै टेलिकमले यो सुविधा ल्याएको हो।
यो भन्दा पहिले हराएको वा बिग्रिएको सिम लिनका लागि सिम जारी भएकै जिल्लाबाट लिनुपर्ने थियो।
चिरञ्जीवी पौडेल
प्रखर राष्ट्रवादी धारका लेखक हुन् सौरभ । राजनीतिदेखि कुटनीतिसम्म, विज्ञानदेखि अध्यात्मसम्म सौरभको ज्ञानले नभेटेका क्षेत्र सायदै होलान् । यद्यपि उनी कमै लेख्छन् । जब लेख्छन्, एक किसिमको तरंग

ल्याइदिन्छन् । खोला कतातिर बगेको छ भन्नेतिर चासो दिँदैनन् । आफू त्यतै बग्छन्, जता उनलाई बग्नु छ ।
भारतले नेपालको संविधान निर्माणका विषयमा चेतावनीपूर्ण विज्ञप्ति जारी गरेपछि अन्तरवार्ताका लागि सौरभको घरमा पुगियो । उनी अखबारहरुबाट घेरिएर बसेका थिए । ‘नेताहरुले के गर्लान् त अब ?’ उत्तरको खोजीमा गएको पंतिकारलाई उल्टै प्रश्न सोधे । भारतविरोधी भनेर चिनिने सौरभ अन्तरवार्ताका क्रममा भारतीय शैलीको खरोरुपमा प्रस्तुत भए ।
छिमेकी देश भारत नेपालप्रति अहिले जून शैलीमा प्रस्तुत भइरहेको छ, तपाईंको दृष्टिमा यो कति प्रतिशत कुटनीतिक र कति प्रतिशत गैरकुटनीतिक हो ?
सत्प्रतिशत गैरकुटनीतिक र तुच्छ व्यवहार हो यो । कुनै पनि देशले संविधान बनाउँदा आफ्नो राष्ट्रिय हित र अखण्डतालाई विचार गर्छ । आफ्नो स्वविवेक, स्वनिर्णयमा संविधान बनाउने हो । संविधान यस्तो बनाउ, उस्तो बनाउ, फलानोसित वार्ता गर, ढिस्कानोलाई सहमतिमा ल्याउ भनेर आदेशको शैलीमा बोलिरहनु भारतको हेपाहा प्रवृत्ती हो । भारतको संविधान बन्दा नेपाल एक स्वतन्त्र देश थियो । तर नयाँ बनिरहेको भारत नामक देशको संविधानमा यस्तो हुनुपर्छ र यस्तो हुँदैन भनेर नेपालले भनेको थियो र ?
यसो सोच्दा, नेपालको संविधानलाई भारतले खुला दिलले स्वागत गर्न नसकेको चाहिँ किन होला जस्तो लाग्छ ? यो नेपालका मधेसी जनताप्रति उसको मायाप्रेम मात्रै हो कि अरु पनि केहि हो ?
भारतले तराईमा बस्ने भारतीय मूलका नागरिकको चिन्ता लिएकोभन्दा पनि तराईंको उर्बर जमीनमा आँखा गाडेको हो जस्तो लाग्छ । चुरेभन्दा तलको भूभागमा आफ्नो वर्चश्व जमाउने उसको पहिलेदेखिकै मनशाय हो । नाम नेपालको भए पनि यस क्षेत्रमा नियन्त्रण आफ्नो होस् र त्यसमार्फत चुरेभन्दा माथिको भागलाई पनि अँचेटीराख्न सकियोस् भन्ने उसको अभिष्ट छर्लङ्गै छ । तराईको भूभागमा भारतले आँखा गाड्नुका धेरै कारण छन् । त्यहाँ पानी छ, रोडा, बालुवा छ । खेतियोग्य जमीन छ । पेट्रोलको सम्भावना छ । तराईमा खनिज पदार्थको सम्भावना केके छन् हामीलाई भन्दा उसलाई धेरै ज्ञान छ । उसित प्रविधि छ, पैसा छ । यो सबै उसलाई भोग गर्नुछ ।
तर, नेपालको संविधानमा पनि भारतका चासो र स्वार्थका विषयहरु होलान् नी ?
छन् । उसको सबैभन्दा ठूलो स्वार्थ संघीयता नै हो । नेपालमा संघीयता भित्र्याउने नै भारत हो । त्यतिबेला गिरिजाप्रसादले साना पार्टीसित तीन रामहरु (रामवरण, रामचन्द्र र रामशरण)लाई छलफल गर्न लगाएका थिए । त्यो छलफलमा अहिलेका राष्ट्रपति राववरणले नै खुलासा गरेका थिए, भारतले संघीयताका लागि थाम्नै नसक्ने दवाव दिइरहेको छ भन्ने कुरा ।
भारतले नेपाललाई संघीयतामा जान दवाव दिनुको मूल उद्देश्य तराईलाई स्वायत्त बनाउनु थियो । सप्तरीदेखि पर्सासम्मको क्षेत्रलाई स्वायत्त मधेस प्रदेश बनाउने र त्यहाँ आफ्नो पूर्ण वर्चश्व कायम गर्ने उसको योजना पूरा भएन । संविधानमा उसले चाहेको जस्तो संघीयता आइदिएन । त्यसैको झट्का लागेको होला भन्ने लाग्छ मलाई । उसको पहिलो विज्ञप्तिमै आशय प्रष्ट थियो । तर नेपालीले बुझेनन् भनेर होला दोस्रो विज्ञप्ति जारी गरेर बुझ्ने भाषामा भनिदियो ।
रिसाएको भारतले अब के-के गर्न सक्छ भन्ने लाग्छ तपाईंलाई ?
प्रष्टै छ, अत्यावश्यक वस्तुहरुमा नाकाबन्दी गर्न सक्छ । उसले नाकाबन्दी घोषित रुपमा होइन, अघोषित रुपमा गर्ने छ । बिहारमा दुई-तीन हप्ताको चुनाव छ । चुनावको बेला नेपालको तर्फबाट अशान्ती हुन सक्छ भनेर बहाना बनाइरहेको त्यसैका लागि हो । जबसम्म नेपालले घुँडा टेकेर उसका कुरा मान्दैन, संविधानमा संसोधन गर्दैन, तबसम्म नाकाबन्दी जारी राख्न सक्छ ।
दोस्रो कुरा, अन्तर्राष्ट्रिय स्तरमा नेपालको कुटनीतिक पहुँच र उपस्थिति असाध्य कमजोर छ । यसको फाइदा उठाउँदै भारतले विश्वव्पापी रुपमा ‘डिप्लोम्याटिक म्यानुपुलेसन’ गरेर नेपाल नै अर्घेलो हो भन्ने दुष्प्रचार गर्न सक्छ । त्यसको डिफेन्स गर्न सक्ने शशक्त च्यानल नेपालसित छैन् । पाकिस्तानलाई त अप्ठेरो पारिरहेको छ ।
यदि भारतले नाकाबन्दी लगायो भने नेपाली कसरी बाँच्ने ?
इन्डियाले कुटनीति खेलेर खाना पकाउने ग्यासमा नेपाललाई आफूमाथी डिपेन्डेन्ट गरायो । नेपालमा जलविद्युत विकास गर्न नदिने पनि इन्डिया नै हो । तर, यसको अर्थ नाकाबन्दी गर्‍यो भने हामी बाच्दैनौं भन्ने होइन । सोलारले पकाउँछौं वा केले पकाउछौं हामी खाना पकाएरै खान्छौं । साइकल चढ्छौं वा पैदल हिँड्छौं हामी आफ्नो यात्रा जारी राख्छौं । पेट्रोल त हर्कुलस प्लेनमा हालेर बंगलादेशबाट ल्याउन पनि सकिन्छ । हर्कुलस प्लेनमा हालेर अमेरिकाले अलास्कामा पेट्रोल पुर्‍याउँछ । जून देशमा हिमाल छ, १३ वटा मौसम छ, साहसिक पर्यटनको यत्रो स्कोप छ भने, त्यो देशले आफैं बाँच्न किन सक्दैन ?
विगतमा पनि त दुई-दुई पटक इन्डियाले नेपालमा नाकावन्दी लगाएकै हो । सन् १९६९ मा राजबाबु भन्ने कुटनीतिज्ञ थिए नेपालमा । त्यतिबेला लगाइएको नाकाबन्दी अन्तमा भारत आफैंले वाध्य भएर खोलेको हो । नेपालीलाई आफूले सामान नदिँदा चीनबाट ल्याउला भनेर पछि हटेको हो । १९८९ मा पनि हामी दुई महिना अडेको भए इन्डियाले घुँडा टेक्ने स्थिति थियो ।
केहि दिन, केहि महिना र केहि वर्ष दुःख हुन सक्छ । दुःख झेल्नुपर्छ । त्यसपछि हामी स्वाबलम्बि बन्नेतर्फ लम्किन्छौं । विकल्पहरु खोज्छौं । देशभित्रै उद्योगधन्दाहरु निर्माण हुन्छन् । रोजगारी सिर्जना हुन्छन् । विदेशमा मजदुरी गर्न गएका नेपाली फर्किन्छन् । १० वर्ष, २० वर्षमा हामी त्यो ठाउँमा पुग्छौं कि भारतले हामीलाई हेर्न टाउको माथि उठाउनुपर्छ । म त भन्छु, नेपाली नेताहरुले अब आइन्दा विश्वको नक्शामा भारत भन्ने देशै छैन भनेर सम्झिए समस्या समाधान हुन्छ ।
भारतसित तनाव बढ्दा त्यहाँ रहेका लाखौं नेपालीहरुले दुःख पाउने दिन त आउदैन ? सिमाक्षेत्रमा दैनिक आवतजावत् गर्ने नेपालीहरुमाथी ज्यादति अझै बढ्ने त होइन ?
त्यो खतरा छ । त्यसैले मैले बारम्बार वकालत गर्दै आएको छु कि नेपाल र भारतबीचको बोर्डर सँधैका लागि सिल गर्नुपर्छ ।
तर, नेपाल र भारतबीच रोटीबेटीको सम्वन्ध छ भन्ने गरिन्छ । धेरै ठाउँहरुमा नुनतेल किन्न पनि नेपालीहरु भारतको बजारमा जानुपर्ने अवस्था अझै छ । बोर्डर बन्द गर्दा नेपाललाई पनि त नोक्सान होला ?
हिजोको दिनसम्म डुमिनिकल रिपब्लिकका ५० हजार मान्छे सिजनमा हाइटीमा उखु काट्न जान्थे । तर, हाइटी र डुमिनिकाको बोर्डर बन्द छैन र ? अहिले नर्थ अफ्रिकाको सहारामा साल्ट रुट भन्ने छ ।
त्यो साल्ट रुट माथि नाइजरदेखि सुरु भएर मोरक्को ट्यूनिसियामा आएर टुंगिन्छ । कयौं देश पार गरेर त्यहाँ नूनका ढिक्का ल्याउँछन् । तर, मोरटानीया, मोरक्को, ट्यूनिशीया, लिबियाको बोर्डर बन्द छैन र ? सहारा मरुभूमिमा पनि बोर्डर बन्द छ । मंगोलिया पुरै मरुभूमि छ तर चीनबाट कति सामान लिएर जान्छ ? तर मंगोलिया र चाइनाको बोर्डर बन्द छैन र ?
संसारमा सीमा जोडिएका मुलुक नेपाल र भारत मात्रै हुन् त ? अरु कसैलाई खुला सिमा आवश्यक नपर्ने, हामीलाई मात्रै आवश्यक पर्ने किन ? यो त नेहरुले ‘इम्पोज’ गरेको न बोर्डर हो । बोर्डर बन्द गर्न नसक्नु नेपालको कमजोरी छ । उनीहरुलाई त खुला हुँदैमा स्वर्ग छ नी । तराईमा राज गर्न पाएका छन् । तर, नेपाललाई यसले हानी मात्रै गरेको छ ।
जहाँसम्म रोटीबेटीको सम्वन्धको कुरा छ, यो पनि भारतले जबरजस्ति थोपरेको हो । भौगोलिक रुपमा नजिक र संस्कृति पनि मिल्ने भएकाले बिहेबारी हुनु स्वभाविकै हो । तर समग्र भारतीय जनता नेपाली जनताप्रति सद्भावना राख्दैनन् । सिमाक्षेत्रका भारतीयको व्यवहार हेर्दा त नेपालीलाई दुःख दिनलाई नै जन्मेका हुन् कि भन्ने पनि लाग्छ । म फेरि पनि भन्छु, बोर्डर बन्द गरेको दिन नेपालका आधा समस्या हल हुन्छन् । विगतमा भारत र बंगलादेशको सिमाना खुला थियो । दुई देशबीच गोली हानाहान भएपछि काँढेतार लागेको हो ।
नेपालका नेताहरुले हिम्मत देखाउनुपर्छ । भारतले मानेन भने यो इस्यूलाई अन्तर्राष्ट्रियकरण गर्न पनि हिच्किचाउनुहुन्न । नेपाले विगतमा अन्तर्राष्ट्रियकरण गर्न नसकेर धेरै ठाउँमा धोका पाएको छ । अन्तर्राष्ट्रिय जगत भारतलाई नंग्याउने किन हिच्किचाउने ? छुद्रसित सँधै भलाद्मी व्यवहार गरेर साध्य हुँदैन । भारतसित एक न एक दिन हामीले लडेरै जानुपर्छ । त्यो लडाई लड्का लागि अहिले उपयुक्त मौका छ ।
तपाईंले भनेजस्तो भारतसित नेपालले सोझै टक्कर लिन सम्भव छ ? उसको सामरिक क्षमताको हामीसित तुलनै हुँदैन । साढे र बाछोको लडाई जस्तो त नहोला ?
सुरुमै भौतिक लडाई लड्ने कुरा गरेको होइन मैले । कुटनीतिक रुपमा लड्ने हो । यो अत्यन्त सम्भव छ । एउटा उदाहरण हेर्नुस, रुस र जर्मनीले पोल्याण्डलाई काटाकाट गरेर बाँडेर लिए । आफ्नो भुभाग दिन्न भनेर सातपल्ट मुर्छा परे पोल्याण्डका प्रधानमन्त्री । आठौं पटकमा पानी छ्यापेर सहि गर्न लगाइयो । पछि पोल्याण्ड यसरी म्यापमा फर्केर आयो कि पहिले जर्मन एकिकरण गर्ने बेलामा सिलेसियन पार्टमा दावी गर्दिन भनेर कबुल गरेपछि मात्र पश्चिम जर्मनी पूर्वी जर्मनीसित मिल्न पायो ।
संसारमा साना देश थुप्रै छन्, जसले ठूला महाशक्तिसित नझुकिकन आफ्नो सम्प्रभूता रक्षा गरेका छन् । कुटनीतिक रुपमा लडेर आफूलाई जोगाएका छन् । नेपाल यूएनको सदस्य र यत्रो इतिहास भएको देश हो । विश्वकै पुरानो झण्डा भएको देश हो । इन्डिया त अस्ति भर्खर जन्मेको नेपालको कान्छो भाई होइन र ? उसित कति झुक्ने ? कति हेपिने ? कति लत्रिने ? हाम्रा पुर्खाहरुले ठूला महाशक्तिहरुसित लडेर जोगाएको देशलाई हामीले यति सजिलै इन्डियाको पाउमा चढाउनु हुँदैन । आवश्यक पयो भने भौतिक लडाई पनि लड्नु पर्छ । भारतजस्तो सहमतिमा बनेको देश होइन हाम्रो । हामी त लडेरै बनेको देश हो । लडेर जोगाएको देश हो ।
नरेन्द्र मोदी नेपाल आउँदा निकै मिठा गफ गरेर नेपालीहरुको प्रशंसा लुटेका थिए । तीनै मोदीको पालामा भारत यसरी कठोर रुपमा प्रस्तुत भएको छ । तपाईंलाई के लाग्छ, मोदीलाई भारतको प्रशासनयन्त्रले नचाइरहेका हुन् कि मोदी स्वयम् कुटिल चरित्रका नेता हुन् ?
मोदी भनेको पनि एक भारतीय नै हुन् । उनी नेपाल आउँदाको भाषण भनेको पाठोको ज्यान लिन ब्वाँसोले मिठो बोली गरेजस्तो मात्रै हो । भारतको वैदेशिक नीति र व्यवहार राजनीतिक दल वा नेताले भन्दा सुरक्षा अंगहरुले निर्धारण गर्छन् । मोदी एक्लैले यसलाई परिवर्तन गर्न सक्ने कुरा थिएन । गोठालो फेरियो भन्दैमा गोरु गाइमा रुपान्तरण हुँदैन् ।
विश्वका शक्तिशाली भनिने देशहरु अझै पनि भारतको आँखाबाट नेपाललाई हेर्छन् भनिन्छ । के यो संविधानले अन्तर्राष्ट्रिय मान्यता पाउन कठिन छ ?
त्यस्तो पनि होइन । अन्तर्राष्टिय मान्यता त नपाउनुपर्ने कारण छैन । यद्यपि भारतलाई खुशी पार्न खोज्ने देशहरुले खुलेर समर्थन नगर्न सक्छन् । किनभने उनीहरुका लागि भारत एउटा ठूलो बजार पनि हो । भारतलाई चिढ्याउँदा उनीहरुलाई बेफाइदा हुन्छ । यतिबेला नेपालले अन्तर्राष्ट्रिय मञ्चहरु प्रयोग गरेर आफ्नो नयाँ संविधानलाई चाँडोभन्दा चाँडो स्थापित गर्न प्रयत्न गर्नुपर्छ । प्रधानमन्त्री आज यूएन जानुपर्थ्यो  र त्यहाँको मञ्च प्रयोग गरेर अन्तर्राष्ट्रिय समुदायको अगाडी भारतलाई नंग्याउनु पर्थ्यो ।
अहिले मधेसमा जारी आन्दोलनलाई कति स्वतस्फुर्त र कति प्रायोजित मान्नुहुन्छ ? के मधेसी जनताले नै यसरी हिंसात्मक प्रदर्शन गरिरहेका हुन् त ?
मेरो विचारमा १० प्रतिशत स्वतस्फुर्त र ९० प्रतिशत प्रायोजित आन्दोलन हो । तराई आन्दोलनको नेतृत्व नै पारीबाट आएका मान्छेले गरिरहेका छन् । राजेन्द्र महतोले २०२७ सालमा र उनका बाबुले २८ सालमा नेपाली नागरिकता लिएका हुन् कि होइनन् ? उनलाई कति नेपाली मान्ने ? उनले खुलेरै आफूलाई भारतवादी भन्ने गरेका छन् । भारतीय गृहमन्त्रीले सार्वजनिक रुपमै भने नेपालमा १ करोड भारतीय छन् । पछि विरोध आएपछि खण्डन गरे ।
खुल्ला बोर्डरबाट छिर्ने र नेपालको नागरिकता किन्ने अनि ठूलो मान्छे बन्नेहरु धेरै छन् । किनकी बिहारमा उनीहरुलाई कसैले गन्दैनन् । भारतमै भएको भए राजेन्द्र महतो बढिमा एउटा अड्डाको चप्रासी हुन्थे होला । नेपालमा इन्डियाको आड लिएर अवसर लुटेका छन्, पैसा कमाएका छन्, धाकधम्की गरेका छन् । मैले के सुनेको छु भने हिजो तस्करी गर्न नदिने प्रहरीलाई अहिले तराईमा छानिछानि मारिएको छ । व्यक्तिगत दागा धरेर गरिने हिंसा पनि कुनै आन्दोलन हो ? मेरो दृष्टिमा त यो आन्दोलन होइन अपराध मात्रै हो ।
खुला सीमाले गर्दा तराईमा को वारीको र को पारीको चिन्नै नसकिने अवस्था छ । इन्डियाले बोर्डर खुला राखेर चिन्नै दिँदैन । यसको बेफाइदा मधेसी जनतालाई नै भइरहेको छ । उनीहरुलाई पहिचानको संकट परेको पनि खुला सीमाले गर्दा नै हो । तर मधेसी दलहरु सीमा बन्द गरिदेउ भनेर कहिल्यै भन्दैनन् । यदी सीमा बन्द गरिदियो भने १० वर्षपछि तराईमा बसेका नागरिक सबै मुलधारमा मिसिन्छन् । उनीहरुलाई कसैले पनि भारतीय ठान्दैनन् । सबै नेपाली एकनास हुन्छन् ।
आन्दोलन उठाउन नसकेपछि मधेसवादी पार्टीले भारत गुहारेका हुन् । खुला सीमाबाट हजारौं भारतीयहरु नेपालभित्र पसेर मधेसी आवरण उपद्रव मच्चाइरहेका छन् । थारुहरुलाई पनि यसमा मिसाउने प्रयास गरिएको छ । विजय गच्छेदारको पार्टीभित्र जितेन्द्र देवलाई यसै घुसाइएको थिएन । तराईको विखण्डनको एकजना आर्किटेक्ट उनी हुन् ।
सद्भावना पार्टीको झण्डा हेर्नुस्, ठ्याक्कै भारतको राष्ट्रिय झण्डा जस्तो छ । यस्तो कुनै राष्ट्रवादी नेपालीले पचाउन सक्छ ? भारतको झण्डा बोकेर नेपालमा राजनीति गर्ने ?
तराईमा जारी तनावलाई चाहिँ कसरी हल गर्ने ?
आफ्नो सुविधा अनुसार, सोचअनुसार र नीति अनुसार हल गर्ने हो । भारतले दवाव दियो भन्दैमा मधेसी नेताहरुका घरघरमा चहारेर रोइकराई गर्नुपर्ने केही थिएन । नेताहरु चिप्लिदाचिप्लिदै एउटा विन्दूमा टक्क अडेका छन् । संयोगले अडिएका पनि हुन सक्छन् । तर यति नअडेको भए संविधान कदापि बन्दैनथ्यो । अब फेरि चिप्लिएर रसातलमा पुग्ने कि यहि बिन्दूमा अडिएर बस्ने भन्ने प्रश्न छ । यो हाम्रा नेताहरुको गम्भीर परिक्षाको घडी हो । जनताको पनि परिक्षाको घडी हो ।
तैपनि, देशमा शान्ति आउँछ र भारतसित सम्वन्ध पनि सुध्रिन्छ भने आन्दोलनकारीका माग पूरा गर्नमै कल्याण छ कि त ?
यो माग पूरा गर्ने नगर्ने भन्दा पनि देश रहने वा नरहने भन्ने प्रश्न हो । यदि नेपाल भन्ने देश भाडमा जाओस भन्ने हो भने जसका जे-जे माग पूरा गरिदिँदा पनि भयो । नेताहरु अहिलेको कुरामा अडेनन् भने संविधानलाई रद्दीको टोकरीमा फ्याकिदए हुन्छ ।
झापादेखि कञ्चनपूरसम्म एक मधेस नदिएर दलहरुले राम्रो गरेका छन् । यसबाट पछि हट्नै हुँदैन । । राडीमा पिठो नमुछ्नु मुछेपछि खान नहिच्किचाउनु भनेजस्तै हो । पाकिसकेको संविधान खान हिच्किचाए भने अहिलेको नेतृत्वपंक्ति रहँदैन् । थारुहरु पनि त थरुहट मागेका थिए । तर, बिस्तारै चित्त बुझाइरहेका छन् । मधेसी जनतालाई सम्झाउनुपर्‍यो । आयातितहरुलाई लखेट्नुपर्‍यो ।
तपाईं यसो भन्नुहुन्छ, तर अहिले त तराईमा खटिएका सेना फिर्ता गर्नुपर्छ समेत भन्दैछ त भारतले ?
सरकारले सेना फिर्ता गर्नुपर्छ भन्ने कुरा वाहियात हो । अहिले राज्यले फौजी परिचालन गरेको होइन । सिडिओको अधिकारभित्रै पर्छ सेनालाई खटाउने कार्य । प्रहरीले शान्ति कायम गर्न सकेन भने सिडिओले सेना परिचालन गर्न पाउछ । यो माओवादीको युद्धमा परिचालन गरिएको जस्तो होइन ।
‘तैंले तेरो देशमा जनधनको सुरक्षा गर्न पाउदैनस्, हाम्रा मान्छेले उपद्रव गर्न पाउनुपर्छ भन्ने कस्तो खालको माग हो ? अनि सरकारले त्यसलाई मान्ने ? एम्बुलेन्सबाट निहत्था प्रहरीलाई थुतेर मार्नेलाई सरकारले पदक दिने ? आफ्नो देशका जनतालाई सुरक्षा दिउँ कि नदिउँ भनेर भारतलाई सोध्न जाने ?
तैपनि, छिमेकीसित सम्वन्ध बिगार्नुभन्दा अलिकति लचिलो भएर सुधार्नतिरै जोड दिँदा राम्रो हो कि ?
सम्वन्ध बिगार्नै पर्छ भनेर म भनिरहेको छैन । मेरो भनाई ‘टिट फर ट्याट’ गर्नुपर्छ भन्ने हो । नेपाल र भारतको द्विपक्षीय सम्वन्ध समानताका आधारमा हुनुपर्छ भन्ने मान्यता हो । उसले चित्त दुखाउला, नराम्रो मान्ला वा रिसाउला भनेर हामी कहिलेसम्म निरिह बनिरहने ? कहिलेसम्म उसको गोडा मिचिरहने ? अलि दिन, रिसाउला, फन्किएला तर, अन्तमा खुइयय गर्दै मित्रताको हात लम्काउन बाध्य हुनेछ । वाध्य पार्नुपर्छ । क्यूवा जति ओरालो लागे पनि अमेरिका र क्यूवाको दौत्य सम्वन्ध बराबरीकै आधारमा हुने हो । नर्थ कोरिया र अमेरिकाको जति झगडा परे पनि अमेरिकाले यूएन जान लागेको नर्थ कोरियन डेलिगेसनलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार नै सानफ्रान्सिस्कोमा ओराल्ने हो । देश ठूलो-सानो वा बलियो-कमजोर जे भए पनि बराबरीकै आधारमा सम्वन्ध राख्नुपर्छ ।
कत्तिको आशावादी हुनुहुन्छ नेतृत्वले अहिलेको भारतीय दवाव झेल्न सक्लान् भन्ने ?
कमै आशा छ । तर यदी अडे भने सुखद आश्चर्य हुने छ । त्यसपछि हामी सुल्टो बाटो लाग्छौं । भारतको दवावमा आफ्नो सल्लाहरकारलाई राजीनामा दिन लगाउने, भारतले विज्ञप्ति जारी गर्नासाथ दौडेर महन्थ ठाकुरकहाँ पुग्ने सुशील कोइरालाबाट चाहिँ केहि आशा छैन ।
भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका ओलीले सक्लान् त ?
ओलीको स्वभाव अडिने देखिन्छ । तर उनको अघिपछि र दायाँबायाँ को छन् त्यो पनि हेर्नुपर्छ ? दाइने गोडामा छिर्के हान्न माधव नेपाल तयार छन्, देब्रेमा छिर्के हान्न देउवा तयार छन् । त्यसकारण सम्भावना कम देख्छु ।
के अब भारतले नेपालमा नयाँ संविधान लागू हुन देला त ? लक्षण त खराब देखियो ।
दवावलाई झेलेर, आन्दोलनलाई दवाएर जान नसक्ने हो भने संविधान कार्यान्वयनमा चुनौतिपूर्ण हुने देख्छु । यो एकदमै संवेदनशील समय हो । नेताहरुले भारतीय दवावसित झुकेर, लत्रिएर उसले भनेजस्तो, चाहेजस्तो गरी मधेसवादीसित सम्झौता गरे भने यो संविधानलाई रद्दीको टोकरीमा फ्याकिदिए हुन्छ । राष्ट्रिय अखण्डताविरुद्ध हुने कुनै सम्झौतालाई जनताले मान्दैनन् ।
भारतले हेप्नुमा नेपाली नेता र राजनीतिक दलको कमजोरी केहि देख्नुहुन्न ?
नेताहरुले कमजोरीले त यो अवस्था आएको हो । नेताहरु मन्त्र, राज्यमन्त्री र सहायकमन्त्री हुनलाई पनि विदेशी शक्तिकहाँ धाउनछन् । नेताहरुलाई मात्रै के भन्ने, मुख्यसिचिव, सचिव हुँदै सिडिओ, एसपी, डिएसपी, प्राध्यापक, डिपार्टमेन्ट चिफ हुन समेत भारतको गुलामी गर्नेहरु छन् ।
कुन देशका राष्ट्रपति साँझ बिहान बिदेशी कुटनीतिज्ञहरुबाट घेरिएर बस्छन् बताइदिनुस् त ? भारतबाट आएको एउटा उपसचिव स्तरको कर्मचारी सोझै शीतल निवास छिर्छ र राष्ट्रपतिलाई आदेश दिन्छ । राष्ट्रपति आदेश शिरोपर गर्दै तुरुन्त वक्तव्य जारी गर्छन् । जब राष्ट्रपति नै दास मानसिकतामा छन् भने अरुले के गरुन् ?
बरु राजतन्त्रकालमा भारत एउटा सीमामा बस्थ्यो । भारतीय राजदूत सोझै नारायणहिटी छिरेर राजालाई हप्काउने हिम्मत गर्दैनथे । अहिले त तराई मुलको राष्ट्रपति भारतलाई घरकी मुर्गी दाल बराबर भएको छ । राष्ट्रपति आफ्नो हैसियतमा बसेको भए यसरी हेप्न सक्ने थिएन ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
राजविराज, असोज ६ ।

नेपाली झण्डा राष्ट्रियता हो । जहाँ जस्तो विरोध र प्रदर्शन भएपनि राष्ट्रियतालाई खल्वल पुराउनु उचित मानिदैन । तर अहिले संविधानको विषयलाई लिएर मदेशबादी दलहरुले विरोध गरिरहेका छन् । यस अवस्थामा भारतको जयपुरमा रहेका मधेशी विद्यार्थीहरुले नेपालको संविधान २०७२ जलाउने क्रममा नेपालको झण्डालाई कालो पारी प्रदर्शन गरेका छन् खबर बानीमा समाचार छ ।

जयपुर स्थित ज्ञान बिहार युनिर्भसिटीबाट सयौको सहभागितामा निकालिएको विरोध र्‍यालीमा नेपालको कालो झण्डा प्रदर्शन गरिएको सहभागी विद्यार्थीहरुले फोनमार्फत् बताएका छन् ।

www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home