• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
एजेन्सी । पत्नीलाई औषधी किन्नको लागि एक आदिवासीले आफ्नो दुई महिनाको बच्चा बेच्नुपरेको छ । उनले बच्चाको ७०० भारुमा एक महिलालाई बेचेका हुन् ।

कोरकुँडा ब्लकको चित्तापल्ली २ निवासी सुकुरा मुदुली र उसको पत्नी धुमुसी मुदुलीले आफ्नो बच्चालाई गत डेढ महिनाअघि छिमेकी चित्तापल्ली ३ गाउँकी आशा कार्यकर्तालाई सुम्पिएका थिए ।

उक्त गरिब दम्पत्तिले कुनै पनि सरकारी सुविधा नलिएको पाइएको छ । आफ्नी श्रीमती बिरामी हुँदा औषधी त परै जाओस् रोटी पनि किन्न नसकेपछि दुई महिनाको छोरालाई सुम्पिएर श्रीमतीको लागि औषधी र ५० किलो चामल किनेका थिए ।


उनीहरु अझै पनि बच्चाको लालनपालन गर्न सक्ने अवस्थामा छैनन् र सन्तान फिर्ता गर्न सकेका छैनन् ।

उनीहरुलाई सरकारी सेवा सुविधा उपलब्ध गराउन गृहकार्य भइरहेको एक सरकारी अधिकारीले बताए । एजेन्सीको सहयोगमा
मीनप्रकाश उप्रेती
सोल । दक्षिण कोरियामा एक नेपाली आफू काम गर्ने कम्पनीको मेशिनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बागलुङका तेजराज कंडेल मृत फेला परेका हुन् ।
शनिबार बिहान आफ्नै कम्पनीको मेशिनमा झुण्डिएका कंडेलले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
कंडेल कोरियाको ख्यङनाम वोइरोङ मा रहेको कंक्रिट कम्पनीमा कार्यरत थिए ।
कंडेल ९ महिनाअघि कोरिया आएका लोकनाथ भट्टले बताए । भट्टका अनुसार बिवाहित कंडेलका एक छोरा र श्रीमती रहेका छन् ।
अहिले कडेलको शव प्रहरीको जिम्मामा रहेको छ । ५ दिनअघि मात्र कास्कीका रामहरी बरालले आत्महत्या गरेका थिए ।
www.onlinekhabar.com
आजको दिनमा कुन राशिका ब्यक्तिलाई प्रेम योग कस्तो छ भनेर यहाँ प्रस्तुत गरिएको छः
मेष राशि
प्रेम वा सम्बन्धका विषयमा अचम्मित तुल्याउने कुरा हुन सक्ने छ । हुन त प्रेम यस्तो कुरा रमाइलो हुनेछ तर सोंच्दै नसोंचेको कुरा हुँदा भने अनौठो लाग्ने छ ।

वृष राशि
यो राशिका ब्यक्तिलाई अचानक प्रेम प्रस्ताव आउन सक्छ । यस्ता प्रेप प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भन्ने द्विदा हुनसक्छ । आफ्नो मनको आवाज सुन्नुस् ।


मिथुन राशि
आज यो राशिका ब्यक्तिका लागि प्रेम प्रसंग अनुकुल छैन । आज मानसिक तनाव हुन सक्छ । मुड खराव हुने हुँदा नयाँ काम वा नयाँ सम्बन्धमा हात नहालेको राम्रो ।
कर्कट राशि
यदि विवाहको कुरा चलेको छ भने प्रेमको कुरा खुलस्त भन्दिनुस् । आज भन्नु भएन भने तपाइँको प्रेम खतरामा पर्न सक्छ । बोलेर मात्र समाधान हुने हुँदा सके सम्म कुरा लुकाएर नराख्नुस ।
सिंह राशि
तपाइँले आरुको कुरामा लागेर कुनै कदम चाल्नु भो भने परिणाम गम्भिर पनि आउन सक्छ । सके सम्म मनलाई काबुमा राख्नुस् । मन चन्चल हुँदा गरिएका कदमले समस्यामा पार्न सक्छ ।
कन्या राशि
आजको दिन यो राशिका ब्यक्तिलाई प्रेम सम्बन्धका लागि राम्रो छ । आजको दिनले जीवन नै रंगिन बनाउन सक्छ । रोमान्टिक बन्नुस् मनको कुरा भन्नुस् ।

तुला राशि
आज तपाइको मन अलि तनावमा रहने छ । तपाइँको जीवनमा कुनै आफू भन्दा मान्यजन महिलाको हस्तक्षेप हुन सक्छ । यस्तो कुराले तपाइलाई निराश बनाउन सक्छ । परिवारका लागि प्रेम छोड्नु पर्ने धर्म संकट आइलाग्छ ।

वृश्चिक राशि
तपाइँ कसैको दवावमा बस्न सक्नु हुन्न । प्रेमि वा प्रेमिका नै भएपनि यसो गर्न नसक्ने बानीले हानी पुग्न सक्छ । आज अलिकति बानी परिवर्तन गर्नुस ।

धनु राशि
आज तपाइँ घरमै ब्यस्त रहने योग छ । पाहुनाको सत्कार वा अन्य कसैलाई समय दिनु पर्ने हुन सक्छ । प्रेम वा रोमान्टिक सम्बन्ध आजका लागि अनुकुल छैन ।

मकर राशि
तपाइँले जति नै कोशिस गर्दा पनि प्रेमि वा प्रेमीकाको मुड सुधार्न सक्नु हुन्न । तपाइँलाई आज प्रेमिकाको उदाश अनुहार हेर्नु पर्ने छ ।

कुम्भ राशि
आज प्रेमिल बन्न खोज्दा समस्यामा पर्ने योग छ । तपाइँलाई आफ्नो प्रेम झुठो भएको महसुस हुन पनि सक्छ । अविश्वासको वातावरण बन्ने योग छ ।
मीन राशि
तपाइँले आज प्रेम ब्यक्त गर्न सक्नु हुनेछैन । जति गर्दा पनि प्रेमिल शब्दको अभाव हुने देखिन्छ । आज रोमान्टिक हुनबाट टाढै बसेको राम्रो भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं,जेठ ९ – वैशाख १२ गते नेपालमा महाभूकम्प गएपछि लगातार पराकम्पन महसुस भइरहेका बेलामा नेपालमा फेरि महाभूकम्प जान्छ भन्ने हल्ला हावागारी गफ भएको राष्ट्रिय भूकम्पमापन केन्द्रका निर्देशक लोकविजय अधिकरीले बताएका छन् ।
भूकम्पका बारेमा शक्तिशाली देशहरुले अहिलेसम्म पूर्वानुमान गर्न नसकेको उल्लेख गर्दै यो गर्न पनि नसकिने बताए ।
उनले अहिले भएको हल्ला निराधार भएको बताउँदै ठूलो भूकम्प गएकाले पराकम्पन अझै केही समयसम्म जान सक्ने बताए । निर्देशक अधिकारीले विगतमा चिली, हाइटी, इन्डोनेसियालगायतका देशमा गएको भूकम्पपछि लामो समयसम्म पराकम्पन गएकाले नेपालमा अझै केही समय पराकम्पन जान सक्ने बताएको समाचारपत्रमा खबर छ ।
www.ratopati.com
२०७२ जेठ ९ गते


शुक्रबार ४ रेक्टरमाथिका ५ वटा भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार २ बजेर ४५ मिनेटमा धादिङ र नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ।


यसैगरी धादिङ र नुवाकोट नै केन्द्रविन्दु भएर ४ बजेर ४४ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको, ५ बजेर ३० मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केल , ६ बजेर ४९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको र ८ बजेर ४४ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो।
यसबाहेक ४ रेक्टर स्केलभन्दा कमका पराकम्प अझै आइरहेकाले सचेत हुन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आग्रह गरेका छन्। ठूलो भूकम्पपछि सना पराकम्पन आउनु सामान्य भएको उनको भनाई छ।
स्रोत - purbelinews.com
-कथा

झमक्क साँझ पर्न थालिसकेको छ । अस्ताउनै लागेको घामको किरण पारी सेतो हिमालमा परेको दृश्य ज्यादै मनमोहक छ । जिन्दगीका आरोह–अवरोहका बीच ५० औं वसन्त पार गरिरहँदा जिन्दगीप्रति गुनासोका पोकाहरु प्रशस्त हुँदाहुँदैं बाँच्नुको विकल्प नै रहेनछ र त बाँचिरहेछु । हिजोसम्म संसार नै आफ्नो ठानी अनवरत संघर्ष गर्ने मान्छेलाई आज आफ्नै घरको भ¥याङ पनि डरलाग्दो पहाड बनेको छ । मानिसलाई ढाँटिरहेको छु, चोट लागेर मेरो दुवै खुट्टा नचलेको हो भनेर । तर आफूले आफैंलाई ढाँट्न नसकिँदोरहेछ, र त त्यो रातको सम्झनाले सधैं पोलिरहन्छ ।

विवाह गरेको वर्षौ भइसकेको थियो, सामान्य पारिवारिक खटपटबाहेक अन्य केही ठूलो पारिवारिक झगडा थिएन । परिवार सानो, सुखी र खुशी थियो । कहिलेकाहीँ छोराकै कारणले उनी र मेरोबीच विवाद भएपनि खासै ठूलो रुप लिँदैंनथ्यो । मेरो अफिस नियमित रुपमा चलिरहन्थ्यो । पढेलेखेकी भएपनि उनलाई घरमै बस्न मन पथ्र्यो र उनी आफनै दैनिक जीवनमा खुशी थिइन् । प्रेम सम्बन्धलाई पछि विवाहमा परिणत गरेको दिन उनी र म संसार नै जितेसरह खुशी भएका थियौं र त्यो क्रम जारी रह्यो । छिमेकीहरु हाम्रो परिवार र माया देखेर डाहाको आँखाले हेरिरहन्थे ।
एकदिन अफिसको कामले गर्दा घरमा आउन ढिला हुन्छ भनेर उनलाई जानकारी दिइसकेको थिएँ र कहिलकाही ढिला हुँदा अफिसमा नै सुत्ने गर्दथें । तर, त्यो दिन राती भए पनि घर जान मन लाग्यो र गएँ । बाहिरको गेट खुल्लै थियो । मनमनै सोचें । म आउने भएर नै गेट खुल्लै राखिएको होला । माथि उक्लें र ढोका पनि नढक्ढकाई झ्यालबाट गएर आज उनलाई सरप्राइज दिन्छु भनेर झ्यालमा गएँ । जुनको उज्यालोमा उनी कुनै पुरुषसंग अंगालो मारेर सुतिरहेको देखें । विश्वास लागेन । धेरैबेर घोरिएर हेरें । तर अवस्था त्यही नै थियो । पुरुष को थियो, चिनिनँ, चिन्ने कोशिस पनि गरिन । त्यतिखेर मेरो अवस्था कस्तो थियो, वर्णन गर्न सक्दिन, फरक्क फर्कें र अफिस गएर रात कटाएँ ।
भोलिपल्ट घरमा गएँ, उनी र म सामान्य थियौं, जसरी पहिला हुन्थ्यौं । मानौं कि त्यो रात केही भएको थिएन । सामान्य बित्यो  । त्यो दिन र रातको खाना खाई सकेर सुत्यौं   । रातभरि निद्रा नलागेर छट्पटाइरहेको थिएँ । घडीले रातको दुई बजेको देखाएको थियो । बिस्तारै उनीतिर फर्केंं । उन मस्तले निदाएकी थिइन् । मनमा के भयो, एक्कासी मेरा दुवै हातले उनको घाँटी बेस्सरी थिचें । थिचिरहँदा उनले कुनै खालको प्रतिक्रिया जनाइनन् र मलाईमात्र हेरिरहिन् । एकछिनपछि उनको मुखबाट एक थोपा रगत निस्कियो । त्यो रगत मेरो पेटमा प¥यो  । एकछिनपछि उनी यस संसारबाट बिदा भइन् र उनलाई छाडिदिएँ ।
त्यसपछिका दिनमा जुन ठाउँमा उनको रगत परेको थियो, त्यस ठाउँदेखि बिस्तारै शरीरले काम गर्न छाड्यो र आज मेरा दुवै खुट्टा नचल्ने भएका छन् । विभिन्न अस्पताल गएर उपचार गराउँ । न त रोग पत्ता लाग्छ, न त ठिक नै हुन्छ । पश्चातापको भमुरिीमा जिीवनलाई डो¥याउँदा आज आफ्नै शरीर बोझ लागिरहेछ । रात परिसकेको छ । आकारमा अनगिन्ती ताराहरु देखनि थालेका छन् । यत्तिकैमा एकवर्षपछि उच्च अध्ययनको लागि विदेशमा गएको छोरो टुप्लुक्क घरमा आउछ र सोध्छ, ‘बाबा आमा खोई ?’
swasthyakhabar- बाट
रियाद : साउदी अरबको एक सिया मस्जिदमा शुक्रबार अपरान्ह आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा कम्तिमा ३० जना मारिएका छन् ।


साउदी अरबको पूर्वी प्रानत कातिफको अल कदिह गाउँस्थित इमाम अली मस्जिदमा शक्तिशाली धमाका भएको हो । मुस्लिमहरुले मष्जिदमा नमाज पढिरहेको समयमा हमलाकारीले आफूलार्इ विस्फोट गरी उडाएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलार्इ उधृत गर्दै उल्लेख गरेअनुसार यो घटनामा कम्तिमा पनि ३० जनाको ज्यान गएको छ ।
साउदी अरब सरकारले पनि यो विस्फोटको पुष्टि गरेको छ । अहिलेसम्म यो घटनाको जिम्मेवारी कुने संगठनले लिएको छैन । साउदी अरबमा कुनै पनि सिया मस्जिदमा पहिलो पटक आक्रमण भएको हो ।

एक प्रत्यक्षदर्शीका अनुसार विष्फोटका बेला डेढ सय बढी मानिस मष्जिदमा नमाज पढिरहेका थिए ।  साउदी अरबमा शिया मुसलमानको जनसंख्या १० देखि १५ प्रतिशत रहेको छ ।

धेरैजसो सिया मुसलमानको बसोबास पूर्वी प्रान्त कातिफ प्रान्तीय राजधानी अल खोबरको दक्षिण-पश्चिमस्थित अलअहसामा रहेको  छ ।
marriage
ज्योतिष डा. सुनिल सिटौला
काठमाडौँ । जो मानिसका नङ, चरण, हात,जिब्रो , ओठ, तालु तथा नेत्रान्त यी सात भाग रातो, काखि, वक्षस्थल, गर्दनको पछिल्लो भाग, नाक, नङ तथा मुख यी छ अंग उठेका, दाँत छाला, केश, अंगुलीपर्व, नङ यी पाँच पातला, आँखा, स्तन, जिब्रो , चिउँडो, पाखुरी यी पाँच दीर्घ, निधार,छाती, मुख यी तीन अंग विशाल, घाँटी , जंघा र शिस्न यी तीन छोटा तथा स्वर, नाभि, बल यी तीन विषयहरू गंभीर भएमा त्यो मानिस बत्तीस लक्षणले युक्त भएको भनिन्छ  ।
यस्तै कुरा सामुद्रिक शास्त्रमा बताएको पनि छ —
इह भवति सप्तरक्तः षडुन्नतःपञ्चसूक्ष्मदीर्घो यः ।
त्रिविपुललघुगम्भीरो द्वात्रिशल्लक्षणः स पुमान्    ।।
यी बत्तीस लक्षणले युक्त भएको मानिस नै वास्तवमा महापुरुष हुन्छ । त्यसको जीवनमा सबै सफलताहरू प्राप्त हुन्छन् ।
काठमाडौं, ८ जेठ ।


सिन्धुपाल्चोकमा केही बेर अगाडी भूकम्पको धक्का महसुस गरिएको छ ।
शुक्रबार साँझ ६ बजेर ४९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युटको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको कम्पनले सिन्धुपाल्चोकमा चर्किएका केही टहरा भत्किएको स्थानीय निरञ्जन थापामगरले जानकारी दिएका छन् । टहरा भत्किएपछि त्यहाँका जनता झनै त्रसित बनेका छन् ।
एजेन्सी । अमिताभ बच्चनको फिल्म सुटिङ भईरहेको स्थानमा गोली चल्यो ।

एकको मृत्यु बलिउडका माहानायक अमिताभ बच्चनको फिल्म सुटिङ गरिरहेको स्थानमा गोली चलेको खबर अमिताभ बच्चनले नै दिएका छ्न ।


 सुटिङ गरिरहेको स्थानमा बाइकमा आएका २ ब्यक्तिले गोली चलाएको र एक ब्यक्तिको घटनास्थलमै ज्यान गएको जानकारी अभिताभ बच्चनले आफ्नो ट्वीटमा मर्फत गराएका छन् ।

 गोली लागेका अर्का ब्यक्तिलाई अस्पताल भर्ना गरिएको खबर छ । गोली चलाउने ब्यक्ति भने फरार रहेको समचारमा जनाइएको छ ।
काठमाडौँ: गत वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ ।

गत चैतमा ५२ हजार २१० जना वैदेशिक रोजगारीमा गएकामा वैशाखमा सो सङ्ख्या करिब २० हजारले घटेको छ । वैशाखमा ३० हजार ५० पुरुष र एक हजार ३२५ महिला गरी ३१ हजार ३७५ जनामात्रै वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ ।

सबैभन्दा बढी मलेसियामा आठ हजार ८४७, कतारमा आठ हजार १३०, साउदी अरबमा सात हजार ४१२, दुबइमा तीन हजार ७९२ र दक्षिण कोरियामा एक हजार १९५ जना रोजगारीमा गएका छन् ।

गत वैशाख ११ गतेसम्म उल्लेख्यमात्रामा रोजगारीमा जान श्रम स्वीकृति लिनेहरुको भीड वैदेशिक रोजगार विभागमा लाग्ने गरे पनि त्यसपछिका दिनमा सो सङ्ख्या घटेको विभागका निर्देशक बद्रीकुमार कार्की बताए ।

घरायसी कारण र हवाइजहाज स्थगित हुँदा निश्चित भइसकेको यात्रासमेत स्थगित गरेको वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव कमल तामाङले बताए ।

 विदेशबाट नेपाली कामदारको ठूलो माग आए पनि भूकम्पपछि पर्याप्तमात्रामा वैदेशिक रोजगारीमा जानेहरु म्यानपावरको सम्पर्कमा नआउँदा समस्या भइरहेको छ ।

भूकम्पपछि पुनःनिर्माणको क्रममा देशमै पर्याप्तमात्रामा युवाको आवश्यकता पर्ने र उनीहरुले स्वदेशमै रोजगारी पाउने सम्भावना बढेकाले पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दै जाने अनुमान गरिएको छ ।

चालु आवको साउनमा ४२ हजार ३०९, भदौमा ५१ हजार ५५१, असोजमा ३५ हजार ५५०, कात्तिकमा ४३ हजार २१३, मङ्सिरमा ५३ हजार ३५४, पुसमा ४५ हजार ३६२, माघमा ४८ हजार ९४१ र फागुनमा ४४ हजार ४६० जना वैदेशिक रोजगारीमा गएका छन् ।

यो आवको १० महिनामा हालसम्म चार लाख ४८ हजार ३२५ जना वैदेशिक रोजगारीमा गइसकेका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा चार लाख ११ हजार ५८९ जना रोजगारीमा गएका थिए ।


पछिल्लो समय भूकम्पपछि वैदेशिक रोजगारीमा गएकाहरु नेपाल फर्किने क्रम बढेको छ । परिवार गुमाएका र घर भत्किएका अहिले ठूलो सङ्ख्यामा घर फर्किएका छन् ।
वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवार भूकम्पका कारण मृत्यु भएमा उसलाई स्वदेश फर्किन र फेरि वैदेशिक रोजगारीमा जान लाग्ने टिकट निःशुल्क गर्ने निर्णय गत वैशाख २४ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार कामदारको पति, पत्नी, छोराछोरी, आमाबुबा, तथा महिलाको हकमा सासूससुरासम्मको मृत्यु भएका अवस्थामा वैदेशिक रोजगारीमा गएका व्यक्ति नेपाल फर्किन चाहेमा जेठ महिनाभरका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको छ ।
annapurnapost.com
काठमाडौं : नेपालमा सातायताकै ठूलो भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार अपरान्ह धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर फेरि पनि अर्को भूकम्प गएको हो ।

अपरान्ह ४ बजेर ४४ मिनेटमा ४.८ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यो साताकै सबैभन्दा ठुलो धक्का हो । आजै दिउँसो २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुश भएका थियो ।

बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो । साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ ।
annapurnapost.com
काठमाडौं, जेठ ८। नेपालमा भूकम्प गएपछि सबैभन्दा बढी राहत पठाउने देश भारत हो । भारतबाट दाल चामल देखि चाउचाउ दालमोट सम्मका सामग्री नेपाल भित्रिएका छन् । भाारतबाट दशौं हजार प्याकेट चाउचाउ राहतका लागि भन्दैबारतबाट भित्रिएको सरकारी तथ्याङ्कले नै देखाउँछ ।

 जसमा म्यागी पनि उच्च मात्रामा छ । यसबीच भारतको चर्चित म्यागी चाउचाउ भारतमै भने विवादमा परेको छ । म्यागी चाउचाउमा मिसावट भएको तत्वका कारण यसले मानव स्वास्थ्यमा गम्भिर समस्या पर्ने भन्दै भारतमा सनसनी मच्चिएको छ । म्यागी चाउचाउमा रहेको लेड र एमएसजी जस्ता अखाद्य तत्वका कारण मानव मृगौलामा खतरनाक असर पर्ने र मृगौला काम नगर्ने अवस्थामा पुग्न सक्ने भारतका चर्चित सञ्चार मध्यामहरुले जनाएका छन् ।


विविसी हिन्दीका अनुसार यो खुलासापछि म्यागीले लाखौं प्याकेट चाउचाउ बजारबाट फिर्ता बोलाएको छ भने उत्तर प्रदेश सरकारले म्यागीमाथि कानूनी कारवाहीको माग गरेको छ । इण्डियन फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)का इन्स्पेक्टरहरुले लखनऊबाट म्यागीका प्याकेट जफत गरेका छन् जसमा मोनोसोडियम ग्लूटामेट (एमएसजी) र लेड जस्ता घातक तत्व पाइएको छ । म्यागीलाई प्रतिबन्ध लगाउने चर्चा यो खुलासापछि भारतमा चर्चित म्यागी प्रतिबन्धित हुन सक्ने सञ्चार माध्यमले जनाएका छन् ।

म्यागीमा लेडको मात्रा १७ दशमलव २ पाइएको छ तर सामान्यत शुन्य दशमलव शुन्य १ मात्र खाद्य मानिन्छ । डाक्टरहरुले म्यागीमा भेटिएको त्तवले जीवनभरका लागि मृगौलाको रोग हुन सक्ने र यसका अन्य खतरनाक असर देखिन सक्ने जनाएको छ ।

यसले रक्त सञ्चार तथा पेटमा समेत समस्या हुन सक्छ । म्यागीले भने आफूले यस विषयमा जाँच गरिरहेको स्पष्टोक्ति दिएको छ । भूकम्प पीडितलाई राहतका लागि भन्दै नेपाल भित्रिएको म्यागीले समेत गम्भिर स्वास्थ्य समस्या निम्तिन सक्ने देखाएको छ । एजेन्सीको सहयोगमा ।npnewsline.blogspot.com
काठमाडौं, जेठ ८ । लागुऔषध कारोबार अभियोगमा कुवेतको जेलमा परेकी नवलपरासीकी गोमा दराईलाई आममाफी दिलाउन दूतावासले पहल सुरु गरेको छ । कावासोती नगरपालिका ८ नवलपरासीकी गोमा ०७० असोजमा घरेलु कामदारको रुपमा कुवेत गएकी थिइन् ।


लागु औषध कारोबारको अभियोगमा पक्राउ परेकी उनलाई एक साताअघि अदालतले २५ वर्ष जेल सजायँ तोकेको हो । ‘अदालतमा उनले लागुऔषध कारोबार गरेको प्रमाण भन्दै भिडियो डकुमेन्ट देखाइएको थियो । त्यसबारे उनले एस/नो केहि नभनेपछि अदालतले २५ वर्ष जेल सजायँ सुनायो,’ कुबेतस्थित नेपाली दूतावासमा कार्यरत श्रम सहचारी गोमा ढकालको भनाइ उद्धृत गर्दै पीएनसीसीका एक कर्मचारीले भने । निरक्षर गोमाको सजायँ माफ गरी नेपाल फर्काउन कुटनीतिक पहल सुरु गरिएको छ ।

आफू निर्दोष भएको दाबी
तर एक हप्ता अघि घरमा फोन गरेकी गोमाले आफूले त्यस्तो काम नगरेको बताएकी पारिवारिक स्रोतले जनाएको छ । अदालतमा भने उनी आफूमाथि लागेको अभियोगबारे मौन रहिन् । ‘मलाई घरबेटीले फसाँयो, यस्तो काम मैले गरेकै होइन,’ गोमाका परिवारका सदस्यले नवलपरासीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका कर्मचारीहरुसँग भनेका थिए । गोमा पक्राउ परेको खबर पाएलगत्तै परिवारका सदस्यहरुले नवलपरासीको कावासोतीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा सम्पर्क गरी उद्धारको पहल गरिदिन आग्रह गरेका थिए ।

 त्यसपछि काठमाडौंस्थित प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले वैदेशिक रोजगार विभाग र कुवेतस्थित नेपाली दूतावासमार्फत् उद्धारको पहल सुरु गरेको थियो । पीएनसीसीले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकाहरुलाई उद्धारको काम गर्दै आएको छ । उनको कोठाबाट लागु औषध फेला परेको दाबी गरिएको छ । गोमा लागुऔषध कारोबारमा संलग्न भएको दाबीसहित उनकै घर मालिकले भिडियो दृष्य प्रहरीमा बुझाएका थिए ।

भिडियो पाइसकेपछि प्रहरीले उनको ‘कल डिटेल’ अध्ययन गरेको थियो । एक शंकास्पद बंगलादेशी महिलासँग धेरैपटक फोन सम्पर्क भएको पाइएपछि गोमालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । घर चलाउन गाह्रो भएकोले पैसा कमाउन भन्दै २ छोरा र २ छोरीलाई श्रीमानको जिम्मामा छोडेर गोमा ०७० असोजमा कुवेत गएकी थिइन् ।-स्रोत /अनलाइन खबर बाट
एजेन्सी । हामी सबैलाई थाहा छ कि महिला गर्भवती हुनका लागि एक जना पुरुषसँग यौन सम्पर्क हुनै पर्छ । तर अमेरिकामा गरिएको अध्ययनमा महिलाहरुले चमत्कार जस्तो अनुभव सुनाएका छन् ।

आफूले यौन सम्पर्क विना नै गर्भधारण गरेको उनीहरुको दावी छ । पत्याउन समेत गाह्रो पर्ने कुरा त के भने अमेरिकी चिकित्सकहरुले समेत यो कुरालाई स्वीकार गरेका छन् ।


मेट्रो नामक पत्रिकाले प्रकाशित गरेको समाचारमा अमेरिकामा २०० महिलामा एक महिलाले यौन सम्पर्क नै नराखी बच्चा जन्माउने गरेको दावी गर्छन् । यो विषयमा अध्ययन गर्न अमेरिकाका शोधकर्ताहरुले १४ वर्ष उमेरका करिव ८ हजार महिलासँग साक्षात्कार गरेका थिए ।

उनीहरुले ति महिलासँग यौन सम्बन्ध तथा गर्भावस्था र प्रजनन बारे कुरा गरेका थिए । यसका साथै उनीहरुले महिलाहरुको धर्म र उमेर पनि संकलन गरेका थिए । हजारौं महिलासँग गरिएको सो अन्तर्वार्ताका क्रममा करिव शुन्य दशमवलव पाँच प्रतिशत महिलाले आफू भर्जिनिटी आर्थात कौमार्य नगुमाइकन आमा नबनेको दावी गरे ।

 तर यसका लागि कुनै कृत्रिम तरिका पनि नअपनाएको समेत दावी उनीहरुको छ । बेलायतको मेडिकल जर्नलमा प्रकाशित परिणाममा अर्को के तथ्य पनि समावेश गरिएको छ भने यि महिला मध्ये ३१ प्रतिशतले त सतित्व अर्थात यौन सम्बन्ध नराख्ने कसम समेत खाएका थिए ।npnewsline.blogspot.com
८ जेठ, सिड्नी ।

शुक्रबार सोलोमोन द्वीपमा पुनः ६. रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

तर यस भूकम्पपछि सुनामीको चेतावनी नदिइएको र यसबाट कुनै ठूलो क्षति पनि नभएको जनाइएको छ ।



सोलोमोन द्वीपमा ६.९ रिक्टर स्केलको भूकम्प गएको एक दिन पछाडी पुनः ६ रिक्टर स्केलको भूकम्प आएको सो संस्थाले जानकारी दिएको छ ।

सो भूकम्पको केन्द्रविन्दु सोलोमोन द्वीपको राजधानी होनिआरादेखि ५६ किलोमिटर टाढा १० किलोमिटर गहिराइमा रहेको पनि सो संस्थाले जनाएको छ ।

गत बिहीबार गएको ६.९ रिक्टर स्केलको शक्तिशाली भूकम्पपछि ४.९ रिक्टर स्केलको पराकम्पन आएको पनि समाचारमा जनााइएको छ ।

हालसम्म प्राप्त तथ्याङ्कअनुसार सो शक्तिशाली भूकम्पहरुपछि पनि सुनामी चेतावनी भने नदिएको प्रशान्तमहासागरीय सुनामी चेतावनी केन्द्रले जनाएको छ ।
सोलोमोन द्वीप अग्निचक्रभित्र पर्ने देश भएको हुनाले यहाँ भूकम्प र ज्वालामुखी विस्फोटजस्ता घटना भइरहने गर्दछ ।

सोलोमोन विश्वको तुलानामा नै एक भूकम्पीय जोखिममा रहेको क्षेत्र भएको हुनाले यहाँ तीन वर्षयता ६.० रिक्टर स्केलभन्दा बढीको ३० भन्दा बढी भूकम्प आइसकेको अस्ट्रेलियाली भूकम्प विज्ञ मार्को मालडोनीले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।

यसै महिनाको सुरुमा पनि छिमेकमा पर्ने पपुवा न्यू गिनीमा ७.१ रिक्टर स्केलको भूकम्प गएको र सुनामी चेतावनी दिइएको थियो । तर यस भूकम्पबाट ठूलो क्षति भने नभएको जनाइएको थियो ।

सोलोमोन द्वीपमा सन् २०१३ मा ८.० रिक्टर स्केलको भूकम्प गएको र यसबाट कम्तीमा १० व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पबाट हजाराँै व्यक्ति घरवारविहीन भएका थिए । रासस ÷एएफपीwww.nepaliheadlines.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home