• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चनले अभिनय गरेको एक गहनाको विज्ञापनका विषयमा ब्यापक विवाद भएपछि हटाएको छ ।
विज्ञापन नश्लीय सोँचवाट प्रेरित हुनुको अतिरिक्त वच्चालाई कामदारको रुपमा ब्याख्या गरे जस्तो बुझिएको भन्दै बिरोध हुँदै आएको थियो ।
विज्ञापनमा गहनाले सजिएकी ऐश्वर्या रायको पछाडी एकजना दुब्लो पातलो र कालो छाला भएको एक वालक बसिरहेको हुन्छ ।
सामाजिक कार्यकर्ताको एउटा समुहले लेखेको खुल्ला पत्रमा उक्त तस्बिरका विषयमा आपत्ति जनाएका थिए । तर, ऐश्वर्याका प्रवक्ताले विज्ञापनमा देखाईएको तस्बिरलाई अन्तिम रुपमा दिने काममा ऐश्वर्याको संलग्नता नभएको जनाएका छन् ।
यो विज्ञापन गएको हप्तादेखि पत्रिकामा छापिन सुरु भएको थियो । विज्ञापनको वारेमा विवाद भएपछि कल्याण ज्वेलर्सले पनि माफी मागेको छ ।

११ बैशाख, काठमाडौ ।

सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गरेको छ । मन्त्रिपरिषदको सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७२ गत मंगलबार स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रुपमा पठाउने बाटो खुला भएको हो ।
यसअघि गएकाहरु समस्यामा परेपछि दुई वर्षअघि सरकराले घरेलु कामदार पठाउन रोक्का गरेको थियो ।
विगतमा ब्यक्तिगत तवरबाट घरेलु कामदार पठाउने गरिएकामा अव ब्यक्तिले पठाउन पाउने छैनन् । अबदेखि म्यानपावर कम्पनीले मात्र घरेलु कामदार पठाउन पाउने भएका छन ।



ब्यक्तिगत रुपमा पठाउँदा समस्यामा परेमा जिम्मेवारी लिने कोही नहुने भएकाले त्यसरी पठाउन रोकिएको श्रम तथा रोजगार मन्त्रालयले जनाकारी दिएको छ । घरेलु कामदार पठाउने म्यापावरलाई वैदेशिक रोजगार विभागमार्फत छुट्टै सूचीकृत गरिनेछ ।

हाल सञ्चालनमा रहेका म्यानपावर कम्पनीले नै तोकिएका मापदण्ड पूरा गरी घरेलु कामदार पठाउन पुनः सूचीकृत गर्नुपर्ने ब्यवस्था निर्देशिकाले गरेको छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
(एजेन्सी)– राती नसुतेको भन्दै दिनमा सुत्ने मानिसहरु सावधान हुनुहोस् । एक तथ्यका आधारमा दिउँसो सुत्ने वयस्क र पाको मानिसहरुको चाँडै मृत्यु हुने सम्भावना हुन्छ । विशेष रुपमा, दिउँसोको निन्द्राले स्वासप्रश्वाससम्बन्धि रोगहरु बढाउने गर्दछ ।
४० देखि ६५ वर्षका उमेरसमूूहरुका मानिसहरु जो दिउँसो एक घण्टा वा त्योभन्दा बढि सुत्ने गर्दछन् उनीहरुको मृत्यु हुने सम्भावना दिउँसो नसुत्ने मानिसहरुको तुलनामा दोब्बर हुन्छ, युनिभर्सिटी अफ क्याब्रिजका अनुसन्धानकर्ताहरुले बताए । दिउँसो धेरै सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ विशेष गरि श्वासप्रश्वाससम्बन्धि रोगहरु, क्याम्ब्रिजका महामारीविद् यू लेंगले बताए । उक्त अनुसन्धानमा १६ हजार मानिस सामेल गराइएको थियो । सन् १९९८ देखि २००० सम्मको अन्तरालमा उनीहरुको सुत्ने बानीको बारेमा जानकारी लिइयो र उनीहरुलाई १३ वर्षसम्म पिछा गरियो ।
कोलेष्ट्रोल हाम्रो रगतमा पाइने एक तत्व हो । यसले हर्मोनको उत्पादन र झिल्लीको कार्यगत क्षमतासंग प्रत्यक्ष सम्वन्ध राख्छ । तर रगतमा कोलेष्ट्रोलको मात्रा सही भएमा मात्र यसको फाइदा पाउन सकिन्छ । यदी रगतमा कोलेष्ट्रोलको मात्रा बढी भएमा स्वास्थ्यसम्वन्धी विभिन्न समस्याहरु आउने गर्दछन् । खामीले आने खानेकुराहरुबाट नै हामीले शरिरमा कोलेष्ट्रोलको मात्र सही राखेर स्वस्थ बन्ने बाटोमा अग्रसर हुन सक्छौं ।
कोलेष्ट्रोलबाट बच्न कुन कुन खानेकुराहरुबाट तर्कनु राम्रो ?

फाष्ट फुड
छिटो र मीठो स्वादका लागि फाष्ट फुड सबैको प्रिय मानिन्छ । तर फाष्ट फुड जति सजिलो र मीठो हुन्छ स्वास्थ्यका लागि त्यति नै खराब पनि हुन्छ । हेल्थएलिसियसनेशका अनुसार फाष्ट फुडहरु नराम्रो कोलेष्ट्रोलका खानी हुन् । चिप्स, अण्डा र चीज बिस्कुटमा प्रति १०० ग्राम प्रतिसर्भिङ १ सय ७२ एमजी कोलेष्ट्रोल हुन्छ ।
फाष्ट फुडमा पाइने ट्रान्स फ्याटले यसलाई अझ उच्च कोलेष्ट्रोलयुक्त खानामा परिणत गरिदिन्छ । बनस्पति तेलमा हाइड्रोजन मिसाइदिएपछि ट्रान्स फ्याट बन्छ जुन हामीलाई स्वादिष्ट लाग्ने कुकीज, केक, फ्राइड खाना र आलुबाट बन्ने चिप्समा प्रशस्त पाइन्छन् ।
अण्डाको पहेंलो भाग
कुनै पनि खानेकुरा मध्ये अण्डाको पहेंलो भागमा सबैभन्दा बढी कोलेष्ट्रोल पाइन्छ । यसमा प्रति १०० ग्राम १ हजार २ सय ३४ एमजी कोलेष्ट्रोल पाइन्छ भने एक सिंगो पहेंलो भागमा २ सय १० एमजी कोलेष्ट्रोल हुन्छ । त्यसैले कोलेष्ट्रोलबात बच्नका लागि सेतो भागलाई प्राथमिकता दिनु राम्रो ।
कलेजो
कुनै पनि मासुको कलेजोको छुट्टै परिकार बनाएर खाने बानी छ भने त्यसलाई त्यागेकै राम्रो । किनकी कुनै पनि मासुको कलेजोमा प्रति सय ग्राममा ५ सय ६४ एमजी कोलेष्ट्रोल पाउन सकिन्छ ।
बटर
पाउरोटी होस् या घरमै बनेको सुक्खा रोटी, पराँठा होस् या केक, सबैको बटरको अत्यधिक प्रयोग हुन्छ । तर मात्र एक चम्चा बटरमा ३० एमजी कोलेष्ट्रोल पाइन्छ । त्यसैले खानेकुरामा बटरको प्रयोगलाई कम गरेकै राम्रो ।
कुखुराको मासु
त्यसो त रातो मासुको तुलनामा कुखुराको मासुलाई लो फ्याटयुक्त र तुलनात्मक रुपमा स्वस्थ मासु मानिन्छ । एक चिकनलेगमा मात्र एक कप आइसक्रिम वा एक बर्गरजत्ति कोलेष्ट्रोल हुन्छ ।
चीज
प्रोटीनको लागि शाकाहारी श्रोत र क्याल्सियमका लागि पनि धेरै राम्रो मानिने चीजले प्राय खानाको स्वादलाई बढाइदिन्छ । चीजमा प्रति १०० ग्राम सर्भिङमा १ सय २३ एमजी कोलेष्ट्रोल पाइन्छ , यो भनेको प्रतिएक इन्च चीज क्युबमा २१ एमजी कोलेष्ट्रोल बराबर हो ।
प्रशोधित मासु
कुनै पनि प्रशोधित मासुमा प्रशोधनका क्रममा मिसाइने घृतांशका माध्यमले मात्र कोलेष्ट्रोलको मात्रालाई निर्धारण गर्दछ । तर पनि रातो मासु र हाँसको मासुमा कोलेष्ट्रोलको मात्रा बढी पाइने पछिल्ला अध्ययनहरुले देखाएका छन् ।
चीज बर्गर
एक ठूलो साइजको चीज बर्गरमा करिब १ सय ७५ एमजी कोलेष्ट्रोल पाइन्छ । अफ फ्राइ र शेक नभएको सादा बर्गर मात्र खाँदा पनि शरिरले यत्ति धेरै कोलेष्ट्रोल प्राप्त गर्दछ । त्यसैले समयमै बिचार गर्ने की ?
आइसक्रिम
गर्मीमा आइसक्रिम धेरैको रोजाईमा पर्ने गर्दछ । आइसक्रिमको बारेमा संसारभर यौटा बाक्यांश प्रख्यात छ, (‘आई स्क्रिम, यू स्क्रिम, अल स्क्रिम फर आईसक्रिम । ’ अर्थात म, तिमी हामी सबै आइसक्रिमको लागि चिच्याउँछौ ं । तर एक कप मात्र आइसक्रिममा पनि हामीले एक ह्यामबर्गरमा भन्दा बढी कोलोष्ट्रोल पाउन सक्छौं, जुन स्वास्थ्यका लागि निकै घातक हुन्छ ।

कसलाई के भन्न नहुने के भन्न हुने भन्ने कुरा समय र परिस्थितिले निर्धारण गर्छ । तर कतिपय कुरा यस्ता छन् जुन महिलालाई कहिल्यै पनि भन्नु हुँदैन ।

यदी तपाइँले त्यस्ता कुरा भन्न थाल्नु भो भन् सम्झिनुस् तपाइँको सम्बन्धको आयु लामो छैन ।

थाहा पाइ राख्नुस् कुनै पनि स्त्रीलाई भन्न नहुने ३ कुराः


१ ‘आमाले भन्दा मिठो खाना त कसैले बनाउँदैन’ ।


खासगरी प्रेमिका वा पत्निले यस्तो कुरा सुन्न मन पराउँदैनन् । यस्तो भन्दा उनीहरुले आफू अपमानित भएको महसुस गर्छन् । आमाको प्रसंसा गर्नु एउटा कुरा हो तर प्रेमिका वा पत्नीको अगाडी निरन्तर आमाको प्रसंसा गर्न थाल्नु भो भने तपाइँ गलत गर्दै हुनु हुन्छ । यसको अर्थ तपाइँलाई प्रेमिका वा पत्नि साथमा हुँदा पनि खाली आमाको मात्र याद आउँछ उनीहरुको साथले सुरक्षित लाग्दैन भन्ने हो । यसको असर तपाइँको पार्टनरमा झनै नकारात्मक हुन्छ ।



२ यस्तो कपडा किन लगाएको ?

यदि तपाइँ प्रेमिका वा कुनै स्त्रीसँग पहिलो भेटमा जाँदै हुनु हुन्छ भने उसले लगाएको पहिरनको विषयमा नकारात्मक कुरा नगर्नुस् । प्रसंसा सुन्न सक्छन् तर स्त्रीले शुरुमै तपाइले पहिरनको विषयमा नकारात्मक टिप्पणी गरेको मन पराउँदैनन् । बरु तपाइँलाई उनको पहिरन मन परेन भने विकल्पमा यस्तो लगाउन सकिन्छ भनेर घुमाउरो भाषामा भन्नुस् तर सिँधै के यस्तो लगाएको वा यस्तो कपडा नलगाउ भन्ने जस्ता कमेन्ट नगर्नुस् । शुरुवाती भेटमा प्रसंसा नै उत्तम हो ।



३ ‘पैसा तिर’

कुनै पनि महिलासँग कतै जानु भो या रेष्टुरेन्टमा खानु भो भने कहिल्यै पनि पैसा तिर्न नलगाउनुस् । कमसेकम पहिलो भेटमा आफ्नो लागि खर्च गरोस् भन्ने स्त्रीको चाहाना हुन्छ । महिलाले तिर्न खोजे पनि आफू तिर्न तयार भएको सन्देश दिनुस् नत्र तपाइँको इज्जत माटोमा मिल्न सक्छ कम्तिमा ती स्त्रीको नजरमा । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१० बैशाख, काठमाडौं ।

सुनचाँदी खरिद गर्न चाहनेका लागि खुशीको खवर छ । विहीबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा विहीबार सून ३०० प्रतितोला र चाँदि ५ रुपैयाँ प्रतितोला घटेको नेपाल सुनचाँदी ब्यवसायी संघले जनाएको छ ।


बुधबार ५१ हजार ९ सय रुपैंयामा कारोबार भएको सुन विहीबार ५१ हजार ६ सय रुपैंया प्रतितोलामा विक्री भैरहेको छ । त्यसैगरी अघिल्लो दिन तोलाको ६ सय ९० रुपैंयामा कारोबार भएको चाँदी बिहीबार ६ सय ८५ रुपैंयामा कारोबार भैरहेको महासघंले जानकारी दिएको छ ।
 काठमाडौं । ‘तीतो सत्य’मा दीपकराज गिरीकी श्रीमतीको भूमिकामा देखिने चर्चित कलाकार दीपाश्री निरौलालाई सधैंजसो एउटै प्रश्नले पछ्याउन छाडेको छैन- विवाह कहिले गर्ने ?
रेडियो नेपालकी चर्चित धनियाँदेखि चलचित्रकी नायिकासम्म बनिसक्दा दीपाको पछिल्लो पहिचान थपिएको छ – फिल्म निर्माता । उनको लगानीमा बनेको ‘छ एकान छ’ ले दर्शकको माया र व्यवसायिक सफलता हात पारिसकेको छ । यद्यपि उनलाई विवाहको प्रश्नले लखेट्न छाडेको छैन । दीपाले आफ्नो सफलता, व्यवसाय र विवाहका बारेमा मनको रहस्य यसरी खोलिन् :
प्रेम र विवाह
मेरो जीवनमा धेरै युवा आए । तर, कोहीसँग पनि मेरो विवाह हुन सकेन । अहिले पनि रगतले कोरिएका प्रेमपत्रहरु आउँछन् ।
मेरो प्रेमलाई संख्यामा लैजान चाहन्न । जुनबेला मेरो जीवनमा मानिसहरु आए, म कलाको आशक्ति थिएँ । यो क्षेत्र नै छोड्नुपर्छ भन्नेहरु पनि धेरै आए, जसलाई मैले अपनाउन सकिँन ।
म एउटा घरमा गएपछि कसैकी बुहारी, कसैकी आमा बन्छु । मैले श्रीमानको मात्र होइन, सासू ससुरा सबैको दायरालाई काट्न मिल्दैन । मैले बिहेपछि कलामा दिएको आशक्ति पाउनै सक्दिँन ।
कुनै केटाको घर सम्हाल्न जानुछ भने मैले पनि सोच्नुपर्छ नि त्यो परिवारको विषयमा ।
जीवनमा एसएलसी दिने समयमा म पहिलोपटक प्रेममा चुर्लुम्म डुबेकी थिएँ । करिब ९ वर्ष हामी प्रेममा डुब्यांै । त्यतिबेला कसैले हेर्दा पनि माया गरेको आभाष हुन्थ्यो ।
म एसएलसीको तयारीका लागि घर नजिकै एक विद्धानसँग पढ्न जान्थें । एकदिन उहाँले मेरो कपीमा प्रेमपत्र छाडिदिनुभएछ । घरमा आमाले भेट्टाएर खुबै पिट्नुभयो । पछि आमालाई देखाउनैका लागि हामी ‘डेट’मा रमायौं ।
छठमा घुम्न जाने, प्रेममा मस्त हुने भइयो । हामीले बिहे नै गर्ने योजना पनि बनाएका थियांै, तर खै, भाग्यले दिएन । भगवानले साइत नजुराएपछि यस्तै हुँदो रहेछ ।
मलाई अहिले कुरा गर्दै जाँदा मेरो पहिलो प्रेमको याद आइरहेको छ । त्यही व्यक्तिको तस्वीर झल्झली याद आउँछ ।
म अहिले पनि एकजना व्यक्तिको प्रेममा छु । धेरै वर्ष भयो, हामीले एक अर्कालाई माया गर्न थालेको । एक अर्कालाई हामी धेरै नै केयर र माया गछौर्ं । विवाह गर्ने कुरा पनि खुबै आउँछन् । तर, खै साइत नजुरेपछि यस्तै हुँदोरहेछ ।
मेरो जीवनमा बिहे नलेखेको हो कि जस्तो पनि लाग्छ । फेरि म विवाहलाई महत्व दिने मानिस पनि होइन ।
मैले कहिले भनें ‘भर्जिन छु’ ?
जहाँसम्म मैले भर्जिन भनेको कुरा छ, मलाई थाहा छैन, मैले त्यो कहिले भनें । फेरि भनेकै रहेंछु भने पनि त्यो मेरो नितान्त व्यक्तिगत कुरा हो ।
पहिला-पहिला नायिकाहरुलाई निक्कै उत्ताउला प्रश्न सोध्ने चलन थियो । तर, अहिले यो कम भएको छ । यदि मिडियामा त्यस्तो जवाफ मैले दिएको हो भनेर आएको छ भने मैले हेर्नुपर्छ । म ‘सेक्स’को विषयलाई नितान्त व्यक्तिगत रुपमा राख्न चाहन्छु ।
स्रोत साभार/हाम्रो संदेश डट कम बाट : http://www.hamrosandesh.
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home