• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काभ्रे, श्रावण १४ । चर्चित हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’का कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ टेलिभिजनका पर्दामा जति काला वर्णका छन्, वास्तविकतामा उनी त्यो भन्दा सुन्दर छन्। यिनै सुन्दर मान्छेको रुप अहिले ठ्याक्कै टेलिश्रृंखलाकै जस्तो बनेको छ। फरक यति हो, टेलिभिजनमा उनी दारीजुँगामा छ्रैनन्।
हालै काभ्रे जिल्लामा अवस्थित पलाञ्चोक भगवती मन्दिरदेखि केही दुरी तल रहेको पहरी बस्तीमा धुर्मुस भेटिँदा उनको रुप अजिबको थियो। कालो अनुहार, अनुहारमा दारीजुँगाको उपस्थिति, नमिलेको कपाल, अनि अलिक मैलो किसिमको पहिरन।

झण्डै एक महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी आजकल यही वस्तीमा यस्तै रुपमा भेटिन्छन्। ‘झण्डै  ५० दिन देखि म अहिले यही बस्तीमा छु, भूकम्पले घरबारविहिन बनेका यहाँका मानिसलाई घर बनाउन मै व्यस्त छु,’ अन्य श्रमिकसगै बिहान ५ बजे देखी साँझ नपरुन्जेल कुटो, कोदालो, गल बोकेर आफै खट्छु, उनले भन्दैथिए,‘ अब केही समय पछि घर बनाउने काम सकिन्छ, अनि मात्र सार्वजनिक रुपमा बाहिर आउनेछु।’
भूकम्प पछि धेरै कलाकारहरु राहत बाँड्न गाउँ–गाउँ र जिल्ला जिल्ला पुगे पनि धुर्मुस र उनकी श्रीमति कुञ्जना घिमिरे ‘सुन्तली’ दश जिल्लामा राहत बितरण सकेर पीडितलाई आश्रय दिने अभियानमा सक्रिय भए। दाल, चामल, म्याट, पाल र चाउँचाउँ बाडेर मात्र नहुने रहेछ भन्ने बोध भए पछि स्कूल तथा चर्पी निर्माण गर्दै वास्तविक पीडितको खोजी गरी छानोको व्यवस्था दिलाउने काममा दत्तचित्त भएर लागे। सगुनको साथले यी कार्य सहज बनाउँदै लाग्यो, धुर्मुसले भने।

‘भूँइचालो गएपछि सिन्धुपाल्चोकमा पीडितलाई घर बनाइदिनका लागि गयौं, तर खोजे जस्तो ठाउँ पाईएन, त्यसपछि गोरखा गयौं, त्यहाँका पीडितहरु आफै घर बनाउने हैसियतका पाइयो, त्यसपछि ठाउँ र पीडित खोज्दै जाँदा यो ठाउँमा आइपुग्यौं, ’धुर्मुस खुले,‘ यहाँ घर बनाउन आए पनि सहजको अवस्था रहेन, स्थानीयलाई सम्झाउन समय लाग्यो, जग्गाको मिलाउन पनि समस्या भयो, अन्य अवरोध छल्दै घर बनाउने अभियान सुरु गर्यौ । धुर्मुस-सुन्तलीले बनाईरहेको यो एकीकृत नमूना बस्तीमा सगुन डटकमले पनि ठूलो सहयोग गरेको छ । यो कामलाई ‘मेरी बास्सै’, ‘भद्रगोल’ टीमले पनि साथ दिएको छ ।

यहाँका बीस परिवारलाई लक्षित गरेर बनाइएका बीस घर हेर्दा सुन्दर कटेज जस्ता देखिन्छन्।
शौचालयसहित तीन कोठाको एक तले घरको छानो ग्यालवानाइज रातो रंगको टिनको छ भने भित्ता आधुनिक किसिमका सिमेन्टेट फाइवर बोर्डले बनाइएका छन्।

‘यो बोर्ड २० देखि ३० वर्षसम्म काम लाग्छन्, पानी पर्दा पनि केही हुँदैन र आगोले पनि छिट्टै जलाउदैन। भूइचालो मैत्री यी घरहरु भुकम्पबाट पुरै सुरक्षित रहेका छन्। ’धुर्मुस भन्दैथिए, ‘प्रत्येक घरका अगाडि एक एक वटा धारा हुन्छन्, यहाँको शौचालयको डम्पीङलाई सिधै गोबरग्याँसको खाल्डोमा लगेर ग्याँस उत्पादन गर्नेछौं।’ नेपाल सरकारबाट सरसफाईका दुत समेत रहेका उनीहरुको जोडीले वस्तीलाई पूर्ण रुपले फोहोरमुक्त राख्नका लागि वस्तीभित्र गाईबस्तु नपाल्न अनुरोधन गरेका छन।

साउन महिना भित्र निर्माण गरिसक्ने गरी द्रुत गतिमा काम गरिरहेका उनीहरुले घरको अगाडि सबै परिवारका लागि साझा रुपमा पुजा गर्ने गरी मन्दिर पनि बनाउदैछन्।कलाकारिताबाट समाजसेवातिर लागेका धुर्मुस आजकल बेलुका सुत्दा पनि पहरी बस्तीकै घर सम्झन्छन्। ‘बेलुका सुतिरहँदा निन्द्रा नै लाग्दैन, सामान चोरी भयो कि या कामदारलाई केही भयो कि भन्ने लागि रहन्छ,’उनले भने, ‘घर बनाउन थालेपछि निन्द्रा राम्ररी लाग्न सकेको छैन, समाज प्रति दायित्व वहन गर्न निकै गाह्रो हुँदो रहेछ।’
सगुन डटकमको खुलेर प्रशंसा :

धुर्मुसले सगुन डटकम  को कामको निकै तारिफ गरे। ’राहत देखि नै सगुनको साथले यहाँसम्म आइपुगेकाछौ। यो पहरी बस्तीमा बनिरहेको घरमा लगाइएका राता रंगका सबै टीनका जस्तापाता सगुन डटकमले नै व्यवस्था गरिदिएको हो। घर बनाउने सिमेन्टको ब्यवस्था, खानपान तथा श्रमिक ज्यालामा पनि साथ दिएर निर्माणको काममा सगुन डटकमले ठूलो योगदान गरेको छ, धुर्मुसले थपे,‘

अन्य धेरैले अस्थायी घर निर्माण गरेता पनि हालसम्म स्थायी घरहरु एकिकृत रुपमा कसैले निर्माण नगरिरहेको अवस्थामा धुर्मुस-सुन्तली सँगकोको सहकार्यमा बनिरहेको एकीकृत बस्ती नयाँ शैलीको विकास भएको सगुन डटकमका नेपाल प्रतिनिधि माधव चौलागाई बताउछन्। ‘धेरैका लागि पर्यटकीय दन्तव्य बन्ने र नेपाल सरकारको लागि यो स्थान उद्धारणको थलो बन्न सक्ने।’ चौलागाईले बताए।
‘धुर्मुस-सुन्तली भगवान’:

पहरी बस्तीका श्याम पहरी धुर्मुस-सुन्तलीलाई भगवान मान्न थालेका छन्। ‘भूकम्पले हाम्रो घर भत्काउँदा धुर्मुस-सुन्तली, सगुन डटकमका टोलीहरु घर बनाईदिन भगवान बनेर आउनु भएको रहेछ, हाम्रा लागि धुर्मुस-सुन्तली भगवान सरह हुनुहुन्छ, ’श्याम भन्छन्,‘ सधैं टेलिभिजनमा देखिने उहाँहरु एक्कासी हाम्रो घरमा आउँदा भगवान आए झै लाग्यो।’

श्याम पहरीका सम्धी वीरमान पहरी पनि धुर्मुस र सुन्तलीलाई भगवान झै मान्छन्। ‘विपत्तिले हामी बिजोग अवस्थामा रहँदा उहाँहरुले आएर अहिले घर बनाइदिनु भएको छ, यो भन्दा खुशीको कुरा हाम्रा लागि के हुन सक्ला र।’ यहाका २० परिवारका लागि त उहाँहरु भगवान सहर नै हुन्, उनले थपे।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी । जोसमा होस नपुर्‍याउदा कहिलेकाँही ठूलो आपत्तिको सामना गर्नुपर्छ । यस्तै भए जर्जियाको इफ्फिङघममा एक दाजुबहिनीलाई ।
उनीहरुलाई प्रहरीले चर्चको कार पार्किङस्थलमा आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो ।
ट्याक्टरमा सेक्स गरिरहेको अवस्थामा २५ वर्षीय टिम साभोए र २० वर्षीय क्रिष्टोफर बक्नरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई यस्तो अवस्थामा पक्राउ गरेको यो तेस्रो पटक भएको प्रहरीको भनाई छ ।
उक्त क्षेत्रमा एक शंकास्पद व्यक्तिको प्रबेश भएको खबर पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । ती शंकास्पद व्यक्तिको खोजीको क्रममा दाजुबहिनीलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मुम्बई: भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको निधन भएपछि बलिउडका हस्तीले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गरे।

त्यस क्रममा अभिनेत्री अनुष्का शर्माले पनि ट्विटरमार्फत कलामप्रति श्रद्धाञ्जलि दिइन्। अनुष्काको श्रद्धाञ्जलि भने चर्चाको विषय बन्यो। कारण थियो, उनले कलामको नाम अशुद्ध लेखिदिइन्।


उनको गल्तीलाई लिएर सामाजिक सञ्जालमा उनलाई हाँसोको पात्र बनाइयो। उनी तीनपटकमा मात्रै अब्दुल कलामको नाम शुद्ध लेख्न सफल भइन् ।
अनुष्काले पहिलो ट्विटमा 'एबिजे कलाम आजाद' लेखेकी थिइन्।

यस्तो ट्विटले उनलाई भारतकै पूर्वराष्ट्राध्यक्ष र चर्चित व्यक्तिलाई चिन्न नसकेको प्रतिक्रिया दिइयो। ट्विटको खिल्ली उडाइएपछि उनले ट्विट मेटाएकी थिइन्। दोस्रोपटक उनले ‘एपिजे कलाम आजाद' लेखेकी थिइन्।

यो नाम पनि सही थिएन। यसपछि पनि उनी आलोचित बनिन् र त्यो ट्विटसमेत मेटाइन्। तेस्रो ट्विटमा उनी बल्ल शुद्ध नाम लेख्न सफल भइन्।
अशुद्धिले अनुष्कालाई मात्र होइन, उनका प्रेमी क्रिकेटर विराट् कोहलीलाई पनि पिरल्यो।

विराट्का शुभचिन्तक र प्रशंसकले ‘अनपढ प्रेमिकाका प्रेमी' भन्दै जिस्क्याए। कलामको नाम गल्ती लेख्ने अनुष्कामात्र होइनन्, अर्का कलाकार फरहान अख्तरले पनि गलत नाम राखेर ट्विट गरे। उनले पूर्वराष्ट्रपतिको नाम ‘एपीजे अब्दुल कलाम आजाद' लेखिदिए।

उनीहरूले लेखेको नाम भएका अब्दुल कलाम आजादचाहिँ भारतको स्वतन्त्रता आन्दोलनका सेनानी हुन्। भारत स्वतन्त्र भएपछि उनी त्यहाँको पहिलो शिक्षामन्त्री बनेका थिए।
www.annapurnapost.com
१४ साउन, कलैया ।

जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्नेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

बाराको सिंहना गाविस–६ मा आज भएको जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्ने राजेश्वर यादव पक्राउ परेका हुन् । अभियुक्त यादवले आफ्नै छिमेकी शङ्कर यादवसँग भएको जग्गा विवादको झोकमा सात वर्षीया छोरी सोनीकुमारलाई कुटपिट गरी घाँटी थिचिरहेको अवस्थामा गाउँलेले देखेपछि उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीका अनुसार अभियुक्त राजेश्वरले छोरीको हत्या आफैँले गर्ने र झगडिया शङ्करलाई आरोप लगाउने मनसायले छोरीको हत्या गर्न खोजेको हो । घाइते बालिकाको कलैया अस्पतालमा उपचार भइरहेको छ । रासस
nepaliheadlines.com
काठमाडौं, १४ साउन । राजनीतिक आवरणमा एक दशकदेखि गुण्डागर्दीमा सक्रिय ललितपुरका गुण्डा नाइके मिनकृष्ण महर्जनले दुगड ग्रुपले सञ्चालन गरेको चुनढुंगा खानीमा गुण्डागर्दी गरी खानीका कर्मचारीमाथि आक्रमण गरेका छन् ।

ललितपुरको लेलेमा सञ्चालित उक्त खानीमा महर्जनको समूहले गत साउन २ गते बिहान दुगडका कर्मचारी श्याम गुप्ता र हरी उप्रेतीमाथि हातपात गर्दै आक्रमण गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

उक्त खानी युनाइटेड सिमेन्टका सञ्चालक कृष्णलाल दुगड समूहले सञ्चालन गर्दै आएको छ ।

स्थानिय व्यापारीका गाडीलाई दुगड समूहले ढुंगा ओसार्न दिएको भन्दै महर्जनको समूहले गाली गलौंज गरी कुटपिट गरेको एक स्थानिय व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा युनाईटेड पोष्टलाई बताए ।

महर्जन समूहले खानीमा ढुंगा लिन गएका स्थानिय व्यापारीको समूहलाई समेत तत्काल गाडी फर्काउन निर्देशन दिएका थिए । खानीमा महर्जन समूहको आधा दर्जन टिपर सञ्चालित छ ।

महर्जन समूहको दादागिरी पछि दुगडका कर्मचारीसमेत सुरक्षित नभएको महशुस गर्दै काम छाड्ने मनस्थितिमा पुगेको स्रोतले जनायो । तर महर्जन समूहको डरका कारण दुगड अहिलेसम्म प्रहरीसम्म उजुरी नगरेपनि प्रहरीले भने गोप्य रुपमा घटनाबारे नियालीरहेको छ ।

महर्जनको हरेक आपराधिक गतिबिधीमाथि निगरानी बढाएको महानगरिय प्रहरी अपराध महाशाखाले कुनै पनि दिन महर्जनलाई पक्राउ गरी अनुसन्धान गर्न सक्ने प्रहरी स्रोतको भनाई छ ।

महाशाखका एक अधिकारी भन्छन्–‘राजनीतिक आबरणमा गरेको कुनैपनि अपराध लुक्दैन, यस्ता आपराधिक समूह चााडै कानूनको दायरमा आउाछन् ।’

गुण्डा नाइके दिनेश अधिकारी चरी प्रहरी इन्काउन्टरमा मारिनु र अर्का डन रमेश बाहुन भनिने सुजन पौंडेल जेल चलान भएपछि महर्जनले ललितपुर क्षेत्रमा एकलौंटी रुपमा राज चलाउादै आएका छन् ।

बाहुन जेल चलान हुनु अघि यि सबै क्षेत्रमा बाहुनले नै भागबण्डा गर्दै आएका थिए ।

भागबण्डाको कुरा नमिल्दा बाहुन र महर्जन समूहबीच गोली हानाहान समेत भएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । ठेक्काको कमिशन बिबादमा महर्जन समूहले एकलौंटी गरेपछि बाहुनको समूहले महर्जनलाई गोली प्रहार गरेको थियो ।

बाहुनले गोली प्रहार गर्ने सक्ने सूचना पाएपछि चनाखो भएका महर्जन स्वमले पेस्तोल बोकेर हिड्न थालेका थिए । बाहुनले महर्जनलाई गोली प्रहार गर्नु अघि नै महर्जन समूहले बाहुनमाथि गोली प्रहार गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

एसएसपी पुष्कर कार्कीले बाहुनको तिघ्रामा गोलीको घाउ देखेपछि अनुसन्धान गर्दा मिनकृष्ण समूहले गोली प्रहार गरेको हुनसक्ने त्यतिखेर आशंका गरेका थिए ।

तर बाहुन ठूलो अभियुक्त भएका कारण बाहुनमाथिको गोली काण्ड छायाामा परेको थियो ।

ललितपुरमा गुण्डागर्दीमा सक्रिय रहेका महर्जनले केही कथित ठेकदारको मिलोमतोमा टेण्डरसमेत कब्जा गर्दै आएका छन् ।

ढुंगाखानी र क्रसर उद्योगले मासिक रकम नदिएको खण्डमा स्थानिय उचालेर क्रसर र खानी बन्द गराउने धन्दामा समेत महर्जन सक्रिय रहेको स्थानीय एक व्यवसायिले बताए ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आज वि.सं. २०७२ श्रावण १४ गते बिहीबार तदनुसार ई. सं. २०१५ जुलाई ३० तारिख
आषाढ शुक्ल चतुर्दशी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, विष्कुम्भ योग, विष्टि (भद्रा) करण
आजको व्रत/पर्व : पूर्णिमा व्रत,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
भोलिको व्रत/पर्व : गुरु पूर्णिमा, गुरु व्यास पूजा, दक्षिणामूर्ति पूजा, मन्वादि, नेवारी पर्व दिल्ला पुन्हि, खीर खाने दिन,
भोलिको मूहुर्त : वास्तुमुहूर्त, दैलो राख्ने,

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । कामको दायित्व थपिने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामान्य विवादले ठूलो रूप लिन सक्छ, प्रेमसम्बन्ध वा प्रणयप्रसंगमा तिक्तता आउन सक्छ, सचेत हुनुहोला । सरकारी जागिरेका लागि कामको चाप बढ्ने छ । आम्दानी राम्रै भए पनि मनोरञ्जनात्मक काम वा रमणीय यात्राको सम्भावना छ र रामरमाइलोका क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
काममा बाधाअडचन उत्पन्न हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या देखा पर्नेछ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा समेत बेफाइदा नै हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् । झैझगडा र विवादबाट टाढा बस्ने दिन हो । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको चित्त बुझाउन सकिंदैन । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बन्दव्यापारमा सामान्यतया राम्रै छ । घरमा आफूभन्दा मुनिका नातेदारको समस्यामा रुमल्लिनु पर्ने हुनसक्छ । झैझगडा र विवादमा मध्यस्थता गर्नु पर्नेछ । बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा खट्नु पर्ने छ । मनमा विरक्ति र निराशाका भावना मँडारिने सम्भावना छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानी गर्न बाध्य हुनुपर्छ । बोलीमा अंकुश लगाएको नै बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना देखिन्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । नचाहेको जिम्मेबारी आइलाग्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । पेसा, व्यवसाय वा नोकरीमा संलग्न व्यक्तिले भनेजस्तो सफलता नपाउन सक्छन्, तर निराश हुनुपर्दैन । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


अर्काकी श्रीमतीसँगको चक्करले एक करोड स्वाहा
क्रान्ति शाह |

फोटो :युरिकाको परिवारबाट ठगिएका आकाश सिकरिया । तस्बिर : क्रान्ति शाह
वीरगन्ज :  वीरगन्जका एक प्रतिष्ठित व्यवसायीका छोराले झुठो प्रेमको चक्करमा एक करोड रुपैयाँ बढीको सम्पति गुमाएका छन् ।

वीरगन्ज–१५ मुर्ली निवासी पेट्रोलियम पदार्थका व्यवसायी रामजी सिकारियाका छोरा २५ वर्षीय आकाश सिकारियाले माया प्रेमको झुठो आश्वासनमा परेर एक रोड ६ लाख रुपैयाँ गुमाएका हुन् ।


आफनो सर्वस्व नै ठानेर करोडौं रुपैयाँ खर्च गरेकी प्रेमिका अर्कैको श्रीमति भएको रहस्य खुलेपछि  आकाश अहिले घर न घाटको जस्तै भएका छन् ।

चार वर्षदेखिको प्रेमसम्बन्धलाई साकार पार्न आकाशले काठमाडौँमा रहेकी प्रेमिका युरिका दाहाललाई बिहे गर्न जेठ १० गते वीरगन्ज बोलाए । युरिका काठमाडौँबाट वीरगन्ज त आइन् तर उनले आफू अर्कैकी पत्नी भएकाले बिहे नगर्ने बताएपछि आकाश छाँगाबाट खसेझैँ भए ।

अविवाहित भनिएकी प्रेमिका विवाहित भएको थाहा पाएपछि आकाशले युरिकाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ठगीको मुद्धा दर्ता गरे । आकाशको उजुरीका आधारमा प्रहरीले असार २८ गते  युरिका, उनका बुबा हिक्मत ढकाल र भाइ मञ्जील ढकाललाई हिरासतमा राखेको छ ।

आकाशले आफुसँग पटक पटक पटक गरेर युरिका र उनका आफन्तले एक करोड ६ लाख रुपैयाँ ठगेको आरोप लगाएका छन् । ७० लाख ४० हजार रुपैयाँ युरिका र उनको दिदीको बैंक खातामा तथा बाँकी ३५ लाख ६० हजार रुपैयाँ नगद दिएको आकाशको उजुरीमा उल्लेख छ ।

‘उजुरीका आधारमा तीन जनालाई पक्रेर हिरासतमा राखेका छौं’, पर्साका प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’  

युरिका झापाको अर्जुधारा गाविस–२ स्थायी घर भइ हाल ललितपुर उपमहानगरपालिका–१४ निवासी हिक्मत ढाकालकी कान्छी छोरी हुन् । सात वर्षअघि लोकेन्द्र राजभण्डारीसँग बिहे भइसकेकी उनका ६ वर्षीया छोरा पनि छन् ।

वीरगन्जको लिंकरोडमा अवस्थित रानीपोखरी लजमा २०६८ सालमा आकाश र युरिकाको पहिलो पटक भेट भएको थियो । आफ्ना एक साथीले लजमा पहिलो पटक युरिकासँग परिचय गराएको आकाश बताउँछन् ।

 पहिलो भेटमा युरिकाले आफू अविवाहीत भएको बताएपछि दुवैबीच निकटता बढ्दै गयो । आकाशले राखेको प्रेम प्रस्ताव युरिकाले पनि सहजै स्वीकारिन् । त्यसपछि आकाश युरिकालाई भेटन पटक पटक ललितपुर जान थाले ।

युरिकाका बुबा , दिदी र भाइले पनि युरिका अविवाहित रहेको भन्दै विहे गराइदिने आश्वासन दिएकाले आफुले युरिकालाइ पैसा दिँदै आएको आकाश बताउँछन् ।

युरिकाले आफनो घरको आर्थिक अवस्था कमजोर रहेको बताएपछि आकाशले २०७१ सालमा ललितपुरको ढोलैटीमा अढाइ तल्ले घर भाडामा लिए । त्यही घरमा युरिकाका बुबा हिक्मत, भाइ मन्जील र जेठी दिदी अरिकासहित सपरिवार बस्न थाले ।

घरमा डेढ लाखको पलङ, टेलिभीजन, फर्निचर, कार्पेट, पर्दा, भाँडाकुँडा र फर्निचर सबै आफैँले खरिद गरेर दिएको आकाशको भनाइ छ । ‘आइफोन, आइप्याड, सुनको सिक्री र ब्रास्लेट पनि गिफट दिएँ’, उनले सुनाए, ‘यो सबै र नगद जोड्ने हो भने सवा करोड भन्दा पनि बढी पुग्छ ।’

ललितपुरमा रहेको कपडा पसलमा लगानी चाहिएको भनेपछि आफूले युरिकालाई पटक पटक रकम दिएको आकाश बताउँछन् । उनकै आग्रहमा आफूले उनकी दिदी अरिकाको बैंक खातामा रकम पठाउने गरेको आकाशले सुनाए । अरिकाको बैंक खातामा पाठएको रकम युरिकाले आफ्नो खातामा सार्ने गरेकी थिइन् ।

‘मैले जे जति रकम पठाएँ, त्यो सबैको बैंक डिटेल्सको कागजात मसँग छ । मसँग भएजति प्रमाणको कागजता प्रहरीलाई दिइसकेको छु’, ‘आकाशले भने, ‘युरिकाकै प्रेम चक्करमा परेर बुबासँग अंशबन्डा गरेर छुट्टिएँ । तर बुबा र काकाबीच पैतृक सम्पतिमा अंशबन्डा नभएकाले अदालतले त्यो बदर गरिदियो ।’

युरिकाबिना बाँच्नै नसक्ने बताएपछि बुबाआमा पनि बिहेका लागि राजी भएका उनी बताउँछन् । ‘बुबाआमालाई रिझाएर मैले जेठ १० गते उनलाई बिहेका लागि वीरगन्ज बोलाएको थिएँ’, उनले भने, ‘तर काठमाडौँबाट वीरगन्ज आएपछि युरिकाले आफु अर्कैको पत्नी भएको रहस्य खोलेपछि मर्नु न बाँच्नुको स्थितिमा पुगेको छु ।’

युरिकाको अर्को पनि प्रेमी रहेको आकाश बताउँछन् । ‘काठमाडौंका सतिष तण्डुकार नामका युवासँग पनि उसको चक्कर रहेछ’, उनले भने, ‘युरिकाको मोबाइलको कल डिटेलमा सतिषको मोबाइलमा धेरै पटक फोन गरेको देखियो । प्रेमको नाटक गरेर केटा लुट्ने युरिकाको धन्दा रहेछ ।’

आफुले प्रहरीमा उजुरी दिएपछि युरिकाका पति लोकेन्द्रले आफुलाई मार्ने धम्की पनि दिएको आकाशले बताए । ‘मलाई अरु केही चाहिएको छैन’ उनले भने, ‘मलाई मेरो पैसा फिर्ता गरिदिए पुग्छ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
चक्काजाममा प्रहरी मुकदर्शक। हिन्दू राष्ट्रबाट पछि नहट्ने हिन्दूवादीको उद्घोष

मंगलबार इटहरीमा संविधानमा हिन्दू राष्ट्र लेखिनुपर्ने माग राख्दै चक्काजाम गरेर आन्दोलित हिन्दूवादीलाई लखेटेको प्रहरी बुधबार भने मुकदर्शक बन्यो।
इटहरीमा श्री निवासाचार्य तथा वैदिक सनातन हिन्दू राष्ट्र नेपाल संयुक्त संघर्ष समितिको अगुवाईमा भइरहेको आन्दोलनमा बुधबार धार्मिक गुरु कमलनयनाचार्यसमेत सहभागि भएपछि मंगलबारको जस्तो प्रहरी हस्तक्षेप भएन।

सधैं झै इटहरी चौकमा सवारी आवागमन ठप्प पार्दै कार्यक्रम सुरु भएपछि प्रहरी चारैतर्फ राजमार्गमा सवारी डाइभर्ट गर्न खटिएको थियो। बुधबार पनि जुलुस निस्कने भनिएपछि सुरक्षा सक्रियतासँगै प्रहरी हस्तक्षेप हुने सर्वसाधारणको अनुमानविपरीत भाषण, नाचगान र र्‍यालीसहित कार्यक्रम गरिएको थियो।

जुलुसअघि पुराणस्थलमा भएको कार्यक्रममा बोल्दै कमलनयनाचार्यले इटहरीका प्रहरी प्रमुख डिएसपी विनोद शर्मालाई हस्तक्षेप नगर्न चेतावनी दिएका थिए। ‘आज पनि हस्तक्षेप भयो भने एक हप्ता पनि तिमी टिक्न पाउने छैनौ।' सर्वसाधारणले निर्ममतापूर्वक कुटिएको गुनासो गर्दै गर्दा उनले भने, ‘ल हेर्नुस् डाम छ भन्दै हुनुहुन्छ आमाहरुले। हैन भन्दै थियो अघि मलाई मैले निलम्बन गर अनि मात्र अरु बाचा गर्नेछु भनेर गृहमन्त्रालयका प्रवक्तासँग कुरा गरेको थिएँ।'
डलर खाएर धर्म निरपेक्ष :  कमलनयनाचार्य
कार्यक्रममा बोल्दै कमलनयनाचार्यले शान्तीपूर्ण आन्दोलनमा हस्तक्षेप भए धर्मयुद्ध हुने चेतावनी दिए। उनले नेपालका नेताहरुले देवभूमीहरुको विकास गर्नु त परै जाओस्, उल्टो उपेक्षा गरेको भन्दै नेपालका नेताहरुलाई ‘नालायक' भन्दै विरोध गरे।
‘विदेशीले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भनिरहँदा तिमीले बोल्न सकेनौं, मानसरोवर तिब्बतको हुँदा तिमी चुप लाग्यौ,' उनले भने, ‘संसारमा एकमात्र हिन्दू राष्ट्रको पहिचान पनि समाप्त पार्न लागेका छौ, तिमीहरुले के गर्न लागेको हो?'
उनले जनताका इच्छाविपरीत धर्म निरपेक्ष घोषणा गर्नेहरु नेपालबाट भाग्नुपर्ने अवस्था आउने चेतावनी समेत दिए। ‘जसलाई आफ्नी आमाको दूधमा गर्व छैन, नेपालमा बसेर अरुको वकालत गर्ने नालायकहरुले यहाँबाट भाग्नुपर्नेछ,' उनले भने।
उनले नेताहरु लर्खरिएको बोलीले धार्मिक स्वतन्त्रता भन्न थालेको बताउँदै धर्म निरपेक्ष भन्दा धार्मिक स्वतन्त्रता शब्द खतरनाक र दूधमा मिलाएर दिएको विष भएको बताए। उनले छँदाखाँदाको हिन्दू राष्ट्र बदल्नुमा नेताहरुले धेरै डलर र विदेशीको दूध खाएको आरोप लगाउँदै हिन्दू राष्ट्रका लागि मर्न पनि तयार रहेको बताए।
उनले इटहरीलाई धर्म नगरी बनाइने उद्घोष गर्दै गर्दा इटहरी को सिमानामा सुन्दर दुलारी नगरपालिकामा नयाँ वृन्दावन बनाइरहेका दीनबन्धु शास्त्रीजी महाराजले इटहरी चाँडै धार्मिक नगरी बन्ने बताए। उनले नेपालका साँसदहरुलाई जुम्राको संज्ञा दिँदै भने, ‘जुम्रा धेरै भयो भने आमा दिदीहरुले बाँसका काइयाले स्वाई स्वाई पार्दै निकाल्नुहुन्थ्यो, यी स्वामीहरु भनेका तिनै बाँसका काईया हुन्, खबरदार।'
उनले हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै गर्न नसक्ने भए धन सम्पत्तीको आडमा कमाएको पीआर लिएर विदेश जान चेतावनी दिएका थिए।
सद्भाव खल्बलिने चिन्ता
इटहरीमा हिन्दू राष्ट्रको आन्दोलन चर्किँदै जाँदा भएको प्रहरी हस्तक्षेपलाई लिएर सुनसरीका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले बुधबार संयुक्त वक्तव्य निकाल्दै सद्भाव भड्कन नदिन आग्रह गरेका छन्।
मानवअधिकार सञ्जाल सुनसरीको समन्वयमा बसेको बैठकले शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारलाई हस्तक्षेप नगर्नसमेत प्रशासनलाई आग्रह गरेको छ।
बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘आफ्ना मागहरु शान्तिपूर्ण ढंगले राख्न, जात, धर्म र सम्प्रदायका नाममा द्वेष नफैलाउन र अरुको विरोध नगरी आफ्ना माग राख्न, सबै जात, धर्म, भाषा, संस्कृतिको सम्मान गर्न, संघर्षका कार्यक्रम शान्तिपूर्ण बनाउन, राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न, राजनीतिक दल बिचको सम्बन्ध सुमधुर बनाउन र नागरिकको आफ्ना माग राख्न पाउने र असहमतिहरु सम्वादको विधि र प्रक्रियाबाट समाधान गर्न सबैलाई आग्रह गरिएको छ।' वक्तव्यमा सुनसरीका राजनीतिक दलका साथै महिला अगुवा तथा इन्सेकका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । सुरक्षाको हिसावले सवैभन्दा चुस्त र व्यवस्थीत स्थान नेपालका राष्ट्रपति निवास सितल निवासनै हो । तर, त्यही सितलनिवासबाट देशकै चल्तीकी नायिका गायब भएको भन्दा पत्याउन गाह्रो पला ।
त्यस्तै बन्यो । मंगलबार राष्ट्रपति निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहपछि एकाएक नायिका नम्रता श्रेष्ठ हराइन् ।
सबैले देख्नेगरि सितलनिवास पुगेकी नायिका कसैले पनि नदेख्नेगरि हिडेपछि उनी कहाँ गइन् भनेर सबैको ध्यान उनलाई खोज्नतीर केन्द्रीत बन्यो ।
अझ फोटो पत्रकारहरु उनको सबैभन्दा खोजि गरिरहेका थिए । फोटो पत्रकारहरुबाट गाँइगुँईं भएको हल्ला चलचित्रकर्मीसम्म पुग्यो ।
दर्शक दिर्घामा बसेकी नम्रताको एक दुई सत फोटो खिच्न पाएका फोटो पत्रकार उनको सामुहीक फोटो खिच्न खोज्दै थिए ।
तर, उनी आफन्त बिरामी भएकाले अस्पतालबाटै कार्यक्रममा सहभागि हुन आएकी थिइन् भने कार्यक्रम सकिनै लाग्दा हिडिसकेकी थिइन् ।
उनलाई खोजि गर्ने पत्रकारहरुले उनी अस्पताल हिँडेको थाहापाएपछि चुपचाप हिडेका थिए ।
www.nepalsandesh.com
प्रेमको उच्चतम रुप अर्थात् चुम्बन । तर यहीँ चुम्बन यतिधेरै घातक हुँदोरहेछ भन्ने सुन्दैमा डर लाग्छ । पछिल्लो अनुसन्धानले क्यान्सरको खतरा उत्पन्न गराउने मामिलामा धुमपान तथा मद्यपान भन्दा चुम्बन बढि खतरनाक रहेको देखाएको छ ।
अस्ट्रेलियाका डाक्टरहरुले गरेको अनुसन्धान अनुसार टाउको तथा घाँटीको क्यान्सरको जोखिम तत्वहरुमा धुमपान र मद्यमान भन्दा चुम्बन अगाडि रहेको छ ।
अस्ट्रेलियाको रोयल डार्विन अस्पतालका अनुहार, टाउको तथा घाँटीको सर्जन डाक्टर महिवान थोमसका अनुसार चुम्बनका बेला धेरै प्रकारका क्यान्सरको कारक तत्वको रुपमा रहेको हु्यम प्यापिलोमा भाइरस सर्ने खतरा हुन्छ ।

टाउको तथा घाँटीमा हुने क्यान्सर भन्दा ७० प्रतिशत यहीँ भाइरसका कारण हुने गरेको अमेरिकामा गरिएको अर्को अध्ययनले देखाएको छ ।
यो भाइरस महिलामा पाठेघरको क्यान्सरको समेत मुख्य कारकतत्वको रुपमा रहेको छ ।
ह्युम प्यापिलोमा भाइरसका कारण हुने क्यान्सरको घटनामा पछिल्लो समयमा वृद्धि हुँदै आएको र यसको मुख्य कारण मानिसको आनीबानीमा हुने परिवर्तन रहेको डाक्टरको भनाइ छ ।

खासगरी युवावर्गमा मुखमैथुन सुरक्षित रहेको र यसबाट पर्याप्त आनन्द प्राप्ति हुनुका साथै गर्भाधारणको जोखिम पनि नहुने सोँचका कारण मुखमैथुनको क्रममा वृद्धि भएको भन्दै उनले यसले सबैभन्दा धेरै जोखिम बढाएको बताउँछन् ।
 क्यान्सरको कारक तत्वको रुपमा रहेको भाइरस संक्रमणमा मुखमैथुनका साथै धेरै पार्टनरसँग चुम्बन गर्नुपनि रहेको छ । यौन सम्पर्क बाहेकका अन्य खाले यौन सम्बन्ध तथा व्यवहार अर्थात् पेटिङ पनि क्यान्सरको लागि जोखिमपूर्ण व्यवहारको रुपमा देखिने गरेको छ ।

शोधकर्ताका अनुसार यदि कसैले ६ जना भन्दा बढि मानिससँग नियमित चुम्बन गर्ने गरेको छ भने उसमा ह्युम प्यापिलोमा भाइरसको संक्रमण उच्च रहन्छ र ९ जनाभन्दा बढिलाई बारम्बार चुम्बन गर्ने मानिसमा त यसको जोखिम उल्लेखनीय रुपमा बढि हुन्छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
विश्वको चर्चित कम्पनि माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम ‘विन्डोज १०’ बुधबारबाट विश्वका १९० देशमाहरुमा रिलिज गरेको छ। विन्डोज १० सबैभन्दा पहिला कम्प्युटर त्यसपछि ट्याबलेट र अन्त्यमा स्मार्टफोनको लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ। लामो समयदेखि चर्चामा रहेको विन्डोज १० लाई विन्डोज ७ र विन्डोज ८ का उत्कृष्ट विशेषताहरु मा अझ सुधार ल्याई तयार पारिएको छ। आजका दिनदेखि ‘विन्डोज १०’ लाई १ वर्षसम्मका लागि निःशुल्क अपग्रेड गर्ने सुविधा दिइएको छ। विश्वभरीका १९० देशमा यो सुविधा दिइएको बताइएको छ।
१ वर्ष पछि भने ‘विन्डोज १०’ अपग्रेड गर्नेका लागि ११९ डलरमा किन्नु पर्ने हुन्छ। यस्ता छन् ‘विन्डोज १०’का नयाँ विशेषताहरुः – विन्डोज १० को मुख्य विशेषता कोर्टाना रहेको छ । यस सुविधा मार्फत भ्वाइस कमान्डका मदतले प्रयोगकर्ताहरु आफ्नो कम्प्युटरलाई चलाउन सक्नेछन्। – विन्डोज १० मा स्टार्ट मेनु बटन देख्न पाइनेछ जसलाई विन्डोज ८ मा हटाइएको थियो । – विन्डोज १० मा स्टार्ट स्क्रिनमा रहेको सर्च अझै राम्रो भएको छ। यस सुविधामा प्रयोगकर्ताहरुले सर्च गरेको फाईल वा शब्दलाई विन्डोज १० ले पहिले सिस्टममा खोज्ने छ। – विन्डोज १० मा नया ब्राउजर राखिएको छ, जसको नाम ‘एज’ छ। ‘एज’ ब्राउजर विन्डोज एक्सप्लोरर भन्दा धेरै फास्ट हुने छ ।नयाँ ब्राउजर एजको मदतले वेब पेजलाई एडिट गर्न पनि सकिनेछ।
काठमाडौं, १३ साउन । आजको सुनको मुल्य प्रतितोला ४८ हजार रुपैयाँ रहेको छ । सुनचादी ब्यवसायी महासघंको बेवसाइटका अनुसार छापावाला सुनको मुल्यमा केही दिनदेखी कुनै हेरफेर भएको छैन ।

त्यस्तै तेजाबी सुनको मुल्य ४७ हजार ७ सय ५० रुपैयाँ रहेको छ भने चादीँको मुल्य भने प्रतितोला ६ सय ६५ रुपैयाँ रहेको पनि महासघंको बेवसाइटमा उल्लेख छ ।

गएको ४ कै सबैभन्दा कम मुल्यमा सुनको मुल्य रहेपनि आम उपभोक्ताले खरिद गर्न भने पाएका छैनन् । केही पसलहरुले घटेको मुल्यमा सुन नपाइएको पनि उनिहरुले गुनासो गरेका छन् ।

२३ साउन, एजेन्सी ।

रुस सरकारले त्यहाँका जनतालाई देशको सुदुर पूर्वी क्षेत्रमा रहेको उब्जाउ जमिनमा १ हेक्टर निशुल्क दावी गर्न सक्ने कानून ल्याउने भएको छ । सरकारले प्रस्ताव गरेको विधेयक पास भएमा रुसी जनताले पूर्वी क्षेत्रको खेती योग्य जमिनमा १ हेक्टर निशुल्क पाउनेछन् ।

आलोचकले भने सरकारले सारेको नीतिले गम्भिर ब्यवहारिक समस्या ल्याउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । कम विकाशित क्षेत्रमा जनतालाई आकर्षित गर्न सरकारले यो नीति अघि सारेको रुसको पूर्वी क्षेत्र विकाश मन्त्री अलेक्जेण्डर गुलश्काल जानकारी दिए ।


उक्त क्षेत्रमा रहेका तीन प्रसिद्ध शहरबाट २० किलोमिटर टाढाको क्षेत्रमा जनताले निशुल्करुपमा जमिन दावी गर्न पाउने गरी विधेयकमा कानूनको प्रस्ताव गरिएको छ ।

प्रत्येक परिवारलाई यस्तो आवेदन दिन मौका दिइने छ र सबैले १ हेक्टर जमिन सित्तैमा पाउने छन् । वेबसाइटमा उक्त स्थानमा जग्गाको म्याप प्रकाशित गरेर सरकारले जग्गा अनुसार आवेदन दिन पाउने छन् ।

शुरुमा ५ वर्षका लागि प्राप्त हुने यस्तो जमिन राम्रोसँग हेरचाह गरेमा सँधैभरीका लागि प्राप्त गर्न सक्ने प्रावधान समेत सरकारले राखेको छ ।
यो विधेयक पास भएमा सरकारको यो योजना आगामी वर्षको जुलाइ देखि शुरु भएर सन् २०३५ सम्म जारी रहने छ ।nepaliheadlines.com
काठमाडौं : पूर्व युवराज पारस शाह मुटुको सफल उपचारपछि बुधबार दिउँसो नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पारसको मुटुमा पेस मेकर राखिएपछि डिस्चार्ज भएका हुन् ।

चार दिनसम्मको अस्पताल बसाइपछि पारस बुधबार मध्यान्ह आफैं कार चलाएर अस्पतालबाट बाहिरिएका हुन् ।

नर्भिकका चिकित्सक भरत रावतसहितको टोलीले पारसको मुटुको धड्कन सामन्य गतिमा चल्न दिनका लागि आइतबारै पेस मेकर राखिदिएका थिए ।annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home