• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
बनेपा, वैशाख १४– विनासकारी भूकम्पका कारण काभ्रेपलाञ्चोकमा मृत्यु हुनेको संख्या १९३ पुगेको छ भने ७०० को हाराहारीमा घाइते भएका छन् ।
मृत्यु हुनेमध्ये धेरैजसो महिला र बालबालिका भएको अनुमान गरिएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जिल्लामा २५ हजार घर क्षतिग्रस्त भएको, एक लाख बासिन्दा  विस्थापित भएको जानकारी दिए । उहाँले अझैपनि केही गाविसमा उद्धारकार्य जारी रहेको उल्लेख गर्दै विस्थापित भएकालाई बस्ने खाने ठाउँको अभाव देखिएको छ भने विस्थापित भएकामध्ये केही आफन्तको शरणमा र केही खुला चौरमा नै बसेको प्रजिअ ढकालले बताए ।

काठमाडौँ, वैशाख १४ – विनासकारी भूकम्पका कारण काठमाडौँ उपत्यकाबासीले निकै सास्ती बेहोर्नु परेको छ ।
शनिबार गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पले उपत्यकाका पुराना अधिकांश घर भत्कदा सयौँको ज्यान गएको छ भने हजारौँ विस्थापित भएका छन् ।
दिनमा भोक छैन, रातमा निद छैन, बेचेन मनले उपत्यकाबासीमा भूकम्पको त्रासदी अझै कायमै छ ।
पटक–पटक भूकम्पको धक्काले उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका जनतामा त्रास फैलिएको छ । उनीहरु खुल्ला र सुरक्षित स्थानमा पाल टाँगेर तथा कतिपय खुल्ला आकासमुनि नै रात बिताउन बाध्य छन् ।
भूकम्पको त्रासदीसँगै गएराति परेको पानीले पालमुनि बसेका सर्वसाधरणले थप सास्ती बेहोर्नुप¥यो । दिउँसो केही राहतको महसुस भएपनि रातमा पानी परेपछि महाआपत्तिमा परे उपत्यकाबासी । तीन दिनदेखि खाने, बस्नेको बेटुङ्गोमा रहेका जनताले रातिको वर्षाले अर्को विपत्ति बेहोर्नु प¥यो । त्यसमा पनि पटकपटकको भूकम्पको झटकाले अझ आतंकित बनाएको थियो ।
काठमाडौँ कपनका अनिमेश दाहालले आफूहरुको करिब ८० जनाको समूह पालमुनी बसेकामा रातिको वर्षाले निकै सास्ती दिएको बताए ।
दाहालजस्तै कपन आसपासका दर्जन बढी क्षेत्रमा सामूहिक रुपमा पालमुनी सर्वसाधारणले निकै सास्तीकासाथ रात बिताए । आलु, चिउरा, चाउचाउका भरमा तीन दिनदेखि जीवन गुजारा गर्दै आएको दाहालले बताए ।
कतिपयले खुल्ला चौरमै खाना पकाउने सिलिन्डर ग्यास जोडेर सामूहिक भोजन गरिरहेका छन् ।
नयाँ वानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेका हजारौँ सर्वसाधारण रातभर जागराम बसेको नयाँबानेश्वरका एकीन्द्र अधिकारीले बताए । चाउचाउ, विस्कुटजस्ता खानेकुरा र पानीको अभाव रहेको उनले उल्लेख गरे ।
सिंहदरबारको नेपाल टेलिभिजन अगाडि खुल्ला स्थानमा बसेका करिब ५०० जनाले पानीका कारण निकै कठिनाइ बेहोर्नुपरेको अनामनगरकी शान्ता अधिकारीले बताए ।
कीर्तिपुर क्षेत्रमा पाँगा दोबाटो क्षेत्रमा सर्वसाधारणले कुनै राहत नपाएको गुनासा गरेका छन् । स्थानीय अरुणा अधिकारीले त्रिवि,परिसरमा पाललगायतका राहत सामग्री भण्डारण गरिएको भएपनि कुनै पनि निकायबाट अहिलेसम्म वितरण नभएको गुनासो गरे ।
यता भक्तपुरका अधिकांश सर्वसाधारणले खुल्ला चौर तथा बारिका पाटा र खेतमा कष्टकर रात बिताए । ठिमी क्षेत्रका सर्वसाधारण कमेरोटाउन प्लानिङ्मा हजारौंको संख्यामा पाल टाँगेर बसेकामा पानीले रातभर हैरानी बनाएको स्थानीय गोकुल बस्नेतले बताए ।
दधिकोटका अधिकांश जनता खेतका गह्रामा रात दिन बिताइरहेका छन् । त्यहाँ सामूहिक भोजन पनि चलिरहेको छ ।
यता ललितपुरको सबैभन्दा बढी भूकम्प प्रभावित चापागाउँ क्षेत्रका बासिन्दाको रातभर भागदौड मच्चिएको छ । स्थानीय चन्द्रबहादुर तामाङका अनुसार चापागाउँ क्षेत्रमा खानेकुरा र पिउने पानीको निकै समस्या भएको छ । ललितपुरका जावलाखेल, बालकुमारी, कुशुलेचौर, बज्रबाराही, गोदावरीलगायत खुला स्थानमा हजारौँको संख्यामा सर्वसाधारण पालमुनी बसेका छन् । राति परेको पानीले उनीहरुलाई निकै सास्ती दिएको थियो ।
चापाँगाउका अधिकांस पुराना घर ध्वस्त भएको छ भने केही पक्की घरमा पनि क्षति पुगेको छ । पुरातात्विक क्षेत्र पाटन दरबार स्क्वायरमा भौतिक संरचनाको ठूलो क्षति भएको छ ।
काठमाडौँको टुँडिखेल, खुल्लामञ्च, दशरथ रङ्गशालालगायत क्षेत्रमा हजारौंको संख्यामा सर्वसाधारण पालमुनि बसेका छन् ।

काठमाडौं, वैशाख १४–कोटेश्वरकी कल्पना दाहाललाई आफ्नो ज्यान अहिलेसम्म पनि हल्लिइरहेझैं लाग्छ । एकातिर छिनछिनको कम्पन, अर्कातिर त्यति नै मात्रामा चल्ने अफबाह ।
घाइते छोरा दीपक र सिंगो परिवारसहित निजामति अस्पतालको चउरमा उनी भयग्रस्त उनी बसिरहेकी छिन् । ‘भूकम्प भरे फेरि जान्छ, भोली फेरि जान्छ जस्ता हल्ला सुनेर म हैरान भइसकें,’ कल्पना आक्रोश पोख्छिन्, ‘त्यस्ता जान्ने विज्ञहरु रहेछन् । अस्तिचाहिँ किन नभनेका हुन् ?’ काठमाडौं अति सीमित खुला ठाउँमा रात काट्ने कल्पना एक्ली पीडित होइनन् । असंख्य घाइते, बालबालिका र वृद्धवृद्धाहरुले यसरी नै भूकम्पको त्रास बेहोरिरहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ
आर्यघाटका दुवैतर्फ लाइनमा राखिएका शव जलाउने पालोका लागि मृतकका आफन्तले घन्टौंसम्म पर्खिनुपरेको छ।

काठमाडौं: पशुपति आर्यघाटमा आइतबार दिनभर दर्जनौं शव थुप्रिरहे । आर्यघाटका दुवैतर्फ लाइनमा राखिएका शव जलाउने पालोका लागि मृतकका आफन्तले घन्टौंसम्म पर्खिनुपरेको छ।

बागमतीको वारिपारि दुवैतिर शव थुपारिएको छ। शव जलाउन बनाइएका ठाउँमा नअटेपछि खोला किनारा र बीचमा पनि चिता बनाइएका छन् ।

अन्नपूर्णकर्मीले केही घन्टा आर्यघाटमा बिताउँदा ५० भन्दा बढी शव आइपुगे । दायाँबायाँ कम्तीमा २० शव थुपारिएका थिए । एम्बुलेन्स तथा शववाहन आउने–जाने क्रम पनि रोकिएको थिएन।

अधिकांश शव हरियो बाँसमा ल्याइएका थिए भने केही स्टेचरमा । शव ल्याउने, चिता बनाउने र जलाउने क्रम शनिबारदेखि आइतबार रातिसम्मै जारी थियो ।

आर्यघाटको मूल पुलभन्दा माथि पनि शव जलिरहेका थिए । भुइँमा थुपारिएका धेरै लास वृद्ध, बालबालिका तथा महिलाका छन् ।

 यहाँ ल्याइएका अधिकांश शव माटोले पुरेर बाहिर निकालिएको अवस्थाका छन् । ठाउँ अभावले चिता  तिलगंगा पुल नजिकसम्म बनिरहेका छन् ।

शनिबारको बिनाशकारी भूकम्पमा परी ज्यान गुमाएका काठमाडौं, ललितपुर, भक्तपुर तथा आसपासबाट शव आर्यघाट ल्याइएका हुन् ।

आर्यघाट किनारमा मृतकका आफन्त र परिवारका सदस्यको रुवाबासी थियो । सानासाना समूहमा जम्मा भएका मृतकका आफन्त बेहोस हुने र अस्पताल लैजाने क्रम पनि चलिरहेको थियो ।

शव ल्याउने र जलाउन दाउरा ल्याउने काममा मृतकका आफन्तलाई केही स्थानीय बासिन्दाले सघाइरहेका थिए । दैनिक औसत १० शव जलाउने आर्यघाटले आइतबार दबाब खेप्न सकेको छैन ।

पशुपति आर्यघाटका कर्मचारी शम्भु पौडेलका अनुसार आइतबार साँझ सात बजेसम्म दुई सय ४० शव  जलाइएका छन् । शनिबार रातभरिमा ५३ शव जलाइएका थिए । बाँंकी सबै आइतबार बिहानदेखि ल्याइएका हुन् ।

कतिपय शव विभिन्न अस्पताल तथा कतिपय पुरिएका घरबाट आफन्तले निकालेर सीधै आर्यघाट ल्याइएका पनि थिए । ६ महिनादेखि डेढ वर्षसम्मका बालबालिकाका १० भन्दा बढी शव श्लेषमान्तक वनमा पुरिएका छन् ।

घाटका कर्मचारी शवको संख्या देखेर अत्तालिरहेका थिए । ‘हामी त खोई के गर्ने हो केही पत्तो पाइरहेका छैनौं ।  जो जता खाली छ त्यतै लाँदै चिता बनाउँदैछौं’, शव जलाउने आर्यघाटका एक कर्मचारीले भने । उनी शनिबार रातिदेखि नै शव जलाउन खटिरहेका छन् ।

आर्यघाटमा शव लिएर आउने आफन्तको नाम दर्ता गरेर डिपोबाट काठ लैजाने प्रक्रिया चलिरहेको थियो । शव जलाउन दाउरा उपलब्ध गराउने द टिम्बर कर्पोरेसन अफ नेपाल पशुपति आर्यघाट डिपोले मात्रै करिब पाँच लाख किलोग्राम दाउरा वितरण गरिसकेको छ ।

डिपोका कर्मचारी सुरेश रिजालका अनुसार एउटा शवका लागि औसत दुई सय ५० किलो दाउरा दिइएको छ ।

शव जलाउने दाउरा वितरणका लागि टिम्बर कर्पोरेसनका कर्मचारी पनि २४ सै घन्टा खटिएका छन् । त्यहाँको डिपोमा राखिएको दाउरा सकिएपछि विभिन्न डिपोबाट ल्याउने क्रम पनि जारी छ । कर्पोरेसनले आइतबारका लागि भने निःशुल्क दाउरा वितरण गरेको छ ।

घाटबाट कर्मचारीले पठाएको चिटका आधारमा दाउरा दिइएको छ । सरकारले मृत शरीर लामो समय अस्पताल तथा खुला ठाउँमा राख्दा महामारी फैलिन सक्ने खतरालाई ध्यानमा राख्दै सक्दो चाँंडो आर्यघाट पुर्याउने व्यवस्था मिलाउन अस्पतालहरूलाई निर्देशन दिएको छ ।

बिजुलीको अभावमा विभिन्न डिपोमा राखिएका दाउरा चिर्न पाइएको छैन । दाउरा चिर्न नपाएपछि सिंगै रुखको मुडा प्रयोग भइरहेको छ । भुइँचालोका शक्ति समेत आएका छैनन् ।
Photo Onlinekhabar.com
News: Annapurnapost.com
काठमाडौ, वैशाख १४ – शनिबारको महाभूकम्पमा क्षतिग्रस्त भएका ऐतिहासिक सम्पदाहरू जीर्णोद्धार र पुननिर्माण हुन कम्तीमा १० वर्ष लाग्ने पुरातत्त्व विभागले जनाएको छ।

क्षति पुगेका सम्पदाहरू कति हुन् भन्ने आइतबार साँझसम्म पनि पूर्ण विवरण आइनसकेको विभागका इन्जिनियर सम्पत घिमिरेले जानकारी दिए। महाभूकम्पमा सुनधाराको धरहरा, राष्ट्रिय संग्रहालय छाउनी, भक्तपुरस्थित राष्ट्रिय कला संग्रहालय, दरबार हेरचाह कार्यालय, पाटन दरबार, वसन्तपुर दरबार स्क्वायर र चाँगुनारायण मन्दिरमा बढी क्षति पुगेको छ। उपत्यकाबाहिर जानकी मन्दिरलगायत थुप्रै सम्पदाहरू पनि क्षतिग्रस्त भएका छन्।


‘१९९० सालको भूकम्पभन्दा यस पटकको क्षति बढी देखिएको छ, त्यो बेला सामान्य घरको संख्या धेरै थियो, अहिले आधुनिक घरमा कम असर छ,’ घिमिरेले भने, ‘सम्पदाका लागि पर्याप्त बजेट छुटयाएर काम थाल्दा पनि पुनर्निर्माणका लागि कम्तीमा १० वर्ष लाग्छ।’

अधिकांश भवन र सम्पदा निर्माण गर्न काठ, गुणस्तरीय सुर्खी (इँटाको धूलो), स्थानीय नेवारी इँटा, चुनजस्ता सामग्री आवश्यक पर्छ। चाँगुनारायणलगायत शिलालेखहरू यस बीचमा पटक पटक जीर्णोद्धार हुँदै आए पनि यस पटकको क्षतिले पुननिर्माण गनुपर्ने भएको छ। पुरातत्त्व विभागका प्राविधिक गोविन्द न्यौपानेले मानिसको बिमा गराउने व्यवस्थाझैं यस्ता सम्पदाको समेत बिमा गर्न सके विपत्तिका बेला जीर्णोद्धार कसरी गर्ने भन्ने समस्या उत्पन्न नहुने जिकिर गरे।

पुरातत्त्व विभागले छ महिनाअघि भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी एक कार्यक्रम आयोजना गरेको थियो। यसपटक महाभूकम्पका बेला भएको क्षतिको आकलन गर्दै सम्पदा निर्माणका क्रममा भूकम्प प्रतिरोधी प्रविधि अपनाएर योजना बनाउने विभागले जानकारी दिएको छ।इकान्तिपुर

काठमाडौ, वैशाख १३ - आइतबार मध्यान्ह गएको भूइचालोको धक्कापछि विस्तारै धक्का कम हुँदै गएको छ । अमेरिकी भुगर्भ अनुसन्धान केन्द्र (युएसजिएस) का अनुसार नेपाली समय मध्यान्ह १२ बजेर ५६ मिनेटमा ६ दशमलव ७ रेक्टर स्केलको भूइँचालो गएको भूइचालोको धक्काहरु विस्तारै कम हुँदै गएको छ ।

कोदारीलाई मुख्य केन्द्रविन्दु बनाएर ६ दशमलव ७
रेक्टर स्केल मापन गरिएको सो भूइचालोपछि नेपालका विभिन्न ठाउँलाई केन्द्रविन्दु बनाएर ५ पटक धक्काहरु गएको थियो । तर ती सबै भूइचालोको धक्का भने कम हुँदै गएको युएसजिएसले उल्लेख गरेको छ । ६ दशमलव ७ रेक्टर स्केलको भूइचालो गएपछि कोदारीलाई नै केन्द्रविन्दु बनाएर क्रमश: ५ र ४ दशमलव ७ रेक्टर स्केलका दुईपटक भूइचालो गएको छ ।

त्यसपछि पनौती, नगरकोट र काठमाडौंलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पको मापन क्रमश ४ दशमलव ६ र ४ दशमलव ५ रेक्टर स्केलको गरिएको थियो ।
चितवन, १३ वैशाख । भूकम्पबाट चितवनमा पछिल्लो खबरअनुसार चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगरका दामोदर मिश्र, काउलेकी सोमद्रा विक, चण्डीभञ्ज्याङकी मंगली चेपाङ र खैरहनी नगरपालिकास्थित सिमलटाँडीका डोलराज परियार रहेका छन् । त्यस्तै, भूकम्पबाट १२ जना घाइते भएका छन् भने घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आज दिउँसो आएको भूकम्पले चितवनमा फेरि केही स्थानमा क्षति पुर्याएको छ ।





दिउँसो १२ बजेर ५६ मिनेटमा आएको भूकम्पले भरतपुर उपमहानगरपालिका–२२ स्थित इन्द्रपुरी माविका सबै भवन चर्किएका छन् । चितवन जिल्ला दैविक प्रकोप उद्दार समितिले भूकम्पबाट हुन पुगेको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण संकलनका लागि पाँच टोली परिचालन गर्ने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकेका अनुसार क्षति पुगेका पाँच क्षेत्रमा टोली परिचालन गरिनेछ । भूकम्पबाट जोखिममा परेका लोथर, सिद्धि, कठार, काउले र चण्डीभञ्ज्याङलगायत स्थानमा टोली जानेछन् । प्रहरी प्रमुख सहकुल बहादुर थापाका अनुसार चितवनमा एक सय भन्दा बढी घरहरुमा क्षति पुगेको छ ।

सबैभन्दा बढी सिद्धिमा ५० भन्दाबढी घरहरु भत्किएका छन् । यसैगरी काउलेमा २५ भन्दा बढी घरहरु भत्किएका छन् । भूकम्पको त्रासका कारण आइतबार पनि चितवनका मुख्य बजार नारायणगढ़, भरतपुरलगायत अधिकांश बजार बन्द रहेका छन् । सडकमा सवारी साधन थोरै गुडेका छन् । सुरक्षाका लागि मानिसहरु खुला चौरमा जम्मा भएका छन् । नारायणगढ़को क्याम्पा चौर, नारायणी नदी किनारलगायत जिल्लाका अन्य खाली ठाउँहरुमा सर्वसाधारण भरिभराउ छन् । – रातोपाटी डटकम

वैशाख १३,  धनगढी हिजो गएको विनाशकारी भूकम्पबाट मृत्यु भएका घर परिवारका लागि नेपाल मधेसी निजामति कर्मचारी मञ्च कैलालीले आर्थिक सहयोग गरेको छ । पीडित परिवारको राहतका लागि आज सो मञ्चले रु. ५० हजार प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई हस्तान्तरण गरेको हो । नेपाल मधेशी निजामती कर्मचारी मञ्चका केन्द्रीय उपाध्यक्ष पूर्ण शंकर यादबले रकम हस्तान्तरण गर्दै यस्तो दुःखद घडीमा आ–आफ्नो ठाउँबाट सहयोगको हात बढाउनुपर्ने बताए ।





आफूहरुले दिएको आर्थिक सहयोग थोरै भएपनि यस्तो विपदको बेला सबैले यसप्रकारको सहयोग गर्दा केही राहत पुग्ने बताए । मञ्चले सम्पूर्ण निजामती कर्मचारीहरुलाई तत्काल उद्धार कार्यमा लगाउन नेपाल सरकारसँग अनुरोध गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले राहत रकम बुझ्दै भने आजै सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने छ । त्यसै गरी आजै एलाइन्स इन्टर नेशनल मोडेल स्कुल कैलालीले पनि ८ हजार रकम आर्थिक सहयोग गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । विनाशकारी भुकम्पबाट अंगभंग र घाइते भएकाहरुका लागि उपचारमा सहयोग पुग्ने उद्देश्यले कैलालीका विभिन्न स्थानमा रगत संकलन कार्य जारी रहेको छ ।

अखिल क्रान्तिकारी नेत्र विक्रम चन्द निकटको विद्यार्थी संगठनले महा भुकम्पबाट घाइते भएकाहरुलाई रगतको अभाव हुन नदिन ४० पोका रगत संकलन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विमल धामीले बताए । – Rato Pat

भुकम्पमा परेकाको उद्धारमा खटेका ६ जना नेपाली सेना र ३ जना नेपाल प्रहरीका जवानहरुको मृत्यु भएको छ।
हिजोदेखि आज साँझसम्म भएको उद्धारमा उनीहरुको मृत्यु भएको रक्षा र गृह मन्त्रालयले जनाएको छ। सबैको उपत्यकामा नै उद्धारका क्रममा ज्यान गएको हो।
नेपाल प्रहरीका ३ जना जवानको उद्धारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता कमलसिंह बमले पुष्टि गरे।
आज नेपाली सेनाको तथा मित्रराष्ट्र भारतीय वायु सेनाको हेलिकप्टरहरु प्रयोग गरी गोरखाको वारपाकबाट ९ जना, धादिङ, सल्यानटार र गजुरीबाट गरी ५८ जना यसैगरी धुन्चेबाट १४ जना विदेशी सहित १८ जना नेपालीहरुलाई उद्धार गरी काठमाडौं ल्याईएको छ भने चिसापानीबाट ५ जना बिरामी सहित १ जनाको शव र मेलम्चीबाट १८ जना वीरामीलाई वीरेन्द्र अस्पताल ल्याईएको छ।
यसैगरी लामाबगरबाट ४ जना र चरिकोटबाट १६ जना वीरामीलाई उद्धार गरिएको छ भने झार्लिङबाट ३८ जना र आरुघाटबाट २६ जनालाई धादिङबेशी ल्याईएको र सो मध्ये १ जना बिरामीलाई वीरेन्द्र अस्पताल छाउनी पुर्‍याईएको छ। यसैगरी पोखराबाट ४०० थान पाल र ४०० थान मण्डी वारपाक पुर्‍याईनुका साथै ११९० के.जि. राहत सामाग्री समेत गोरखा पुर्‍याईएको छ ।
शनिबार मुलुकमा आएको भयानक भुकम्पमा परी ठूलो धनजनको क्षति भएको छ। यस्तै हजारै मानिसहरू घाइते भएका छन्।
आइतबार प्रधानमन्त्री स्वदेश फर्किएसँगै मन्त्रिपरिषदको बैठक बसेको छ।
आज बसको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गर्‍यो
-प्रभावित क्षेत्रमा हेलिकप्टर पठाएर हवाइ निरीक्षण गर्ने
-सबैभन्दा बढी प्रभावित भएको गोरखा वारपाकमा अत्यावस्यक सामाग्रीसहित रेश्क्यू ६ली पठाउने
-अस्पतालको छेउछेउमा रहेका औषधि पसल बन्द नगर्न। यदी गरेको खण्डमा सरकारले कारबाही गर्नेछ। यस्तै ठूला सुपरमार्केट, सपिङ सेन्टहरू पनि खुला राख्न भनेको छ। यदि नखोलेमा कारबाही गर्ने भनेको छ। सरकारले सुरक्षाको सम्पूर्ण जिम्मा लिनेछ।
-यस्तै ड्राइफुट बाहिर निकाल्नुपर्ने र सहज रूपमा वितरण गर्नुपर्ने।
-सरकारी कर्मचारीलाई अनिवार्य कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। यस्तै अत्यावस्यक सेवामा काम गर्ने कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
-प्रभावित क्षेत्रमा भएका विभिन्न समस्या पहिचानका लागि समिति गठन गरेको छ।
-भारतबाट आएको टोलीले रेश्क्यू अपरेशन गर्ने जानकारी दिएको छ।
- यस्तै बंगलादेश मलेसिया र न्यूजिल्याण्डले थप सहायता दिएको बारे जानकारी
- भुकम्पमा परेका घाइतेको अस्पतालमा निशुल्क औषधोपचार हुने
-यस्तै ज्यान गुमाएकाहरूको सामुहिक रूपमा अन्त्येष्टी गरिने। शव कुहिने भएर थप माहामारी निम्तिने डरले फोटो खिचेर शवको सामूहिक दाहसंस्कार गर्ने भएको छ। यदि कोही आफन्त दाबी गर्न आए दिने अन्यथा सामूहिक दाहसंस्कार गरिने भएको छ।
एनटिसी र एनसेललाई निशुल्क सेवा दिन आग्रह गरेको छ।
-विश्व बैंकले सहयता दिएको बारे जानकारी गराइयो।
- प्रभावित क्षेत्रमा कम्बल, टेन्ट, खाना, औषधिहरूको मात्रा बढाउने।
- तत्काल ५ हजार टेन्ट मगाउने
काठमाडौं : शनिबार दिउँसो आएको भूकम्पका कारण नेपाली सेनाका प्रधान सेनापति गौरव समशेर जंगबहादुर राणा १५ मिनेटसम्म शौचालयमा थुनिएका छन् ।

प्रधान सेनापति राणा उनको निवास शशिभवनस्थित शौचालयमा पसेका बेला अचानक ठूलो भुइँचालो गएपछि उनी त्यहीँ फसेका थिए ।

भुइँचालो गएपछि करिब १५ मिनेटसम्म सेनापति राणा शौचालयमा अड्केमा प्रसे राणालार्इ नेपाली सेनाको विशेष टोलीले उद्धार गरेको स्रोतले जनाएको छ ।
१३ बैशाख, काठमाडौं ।
सरकारले सोमबार दिउसो सम्म सतर्क रहन सबैलाई आग्रह गरेको छ । शनिबार गएको महाभूकम्पपछि निरन्तर भूकम्पका धक्का आइरहेका कारण खतरा कायमै रहेको भन्दै सरकारले सोमबार दिउसो सम्म शतर्क रहन आग्रह गरेको हो ।

तर सरकारले हल्लाका भरमा भूकम्पका विषयमा चिन्तित नहुन पनि आग्रह गरेको छ ।

सरकारले कुनै पनि औषधी पसल र सुपर मार्केट बन्द नगर्न सबैसँग आग्रह गरेको छ । औषधी पसललाई बन्द नगर्न उर्दी जारी गर्दै सरकारले औषधी पसल बन्द गरिएमा आफै खोल्ने चेतावनी दिएको छ ।



सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले औषधी पसल बन्द गरे सरकारले मुचुल्का उठाएर आफै खोल्ने बताए ।

सरकारले फोहोर हटाउन र उद्दार र राहतका लागि निक्कै समस्या भैरहेको र उद्दारमा भारतीय सेनाका ६ वटा हेलिकोप्टर र नेपालका सेना र निजी गरी सबै हेलिकोप्टर भूकम्प प्रभावित क्षेत्रमा पठाइएको जानकारी पनि दिएको छ ।

सरकारले अत्याधिक घाइतेका लागि रगत अभाव भएका कारण रक्तदान गर्न सबैमा आग्रह गरेको छ ।

सरकारले सहयोगका लागि अन्तराष्ट्रिय समुदायले हात बढाइरहेको जानकारी दिँदै भारत चीन बंगलादेश र इजरायलको टोली आएर फर्किसकेको जानकारी दिएको छ । त्यसैगरी मलेसिया लगायतका देशले सहयोग गर्न इच्छा देखाएको पनि सरकारले जानकारी दिएको छ ।



अन्तराष्ट्रिय समुदायबाट के के सहयोग चाहिन्छ भन्ने जिम्मा सेनालाई दिइएको र नेपाल टेलिकम र एनसेललाई थप फ्रिक्वेन्सी दिएको जानकारी पनि उनले दिए ।

पछिल्लो भूकम्पको झट्कापछि धनकुटाको भेडेटार सडक खण्ड अवरुद्ध हुन पुगेको समेत सरकारले जानकारी दिएको छ ।
१३ बैशाख, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीहरुको आँशु भारत सरकारले पुछ्ने बताएका छन् । भारतको चर्चित आकाशवाणीमा ‘मनकी वात’ भन्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपालमा भूकम्पका कारण भएको भयावह क्षतिका कारण आफू दुःखी भएको बताउँदै नेपालको आँशु पुछ्न आफ्नो सरकार तत्पर रहेको बताएका हुन् ।



नेपालमा राहतका लागि लामो समय सम्म चल्ने र त्यसमा आफूहरुले प्रभावकारी भूमिका खेल्ने मोदीले बताए ।

नेपालीको मनमा के भैरहेको छ भन्ने आफूलाई अनुभव रहेको भन्दै मोदीले भारतका सवा सय करोड जनताका लागि नेपाली आफ्ना भएको समेत बताएका छन् ।

नेपालको दुःख आफ्नो दुख भएको समेत उनले बताएका छन् ।



अझै ठूलो भूकम्प आउने बैज्ञानिकहरुको चेतावनी
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home