• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
एजेन्सी ।

केही खगोलविदहरुले आगामी ४ साताभित्र पृथ्वीमा एक भयानक खगोलीय चट्टान ठोक्किने र त्यो संसारकै अन्त्यको कारण बन्न सक्ने दावी गरेका छन् ।

एस्टेरोइड भनिने उक्त चट्टान सेप्टेम्बरमा पृथ्वीमा ठोकिन्ने र २१ सेप्टेम्बर देखि २८ सेप्टेम्बरकोबीचमा यस्तो घटना हुँदा पृथ्वी ध्वस्त हुने अवस्था समेत आउने कतिपय शंकाबादी खगोलवीदको दावी छ ।

आफूलाई भविष्यबक्ता दावी गर्ने एफ्रेन रोड्रिगेज नामका एक ब्यक्तिले आफुले गरेको अध्यन अमेरिकाको अन्तरिक्ष अध्यन संस्था नाशालाई पठाएका थिए ।

रोड्रिगेजले ब्लड मुन प्रोफेसी भनिने भविष्यवाणीको धारामा आधारित रहेको र उनको भविष्यवाणी अनुसार २८ सेप्टेम्बर उनले भन्ने गरेको ४ ब्लड मुनको अन्तिम साता रहेको बताइएको छ ।

यो पनि हेर्नुस्

भविष्यवाणी मिल्दैः यसै वर्ष तेश्रो विश्व युद्ध शुरु हुने ? 

चन्द्र ग्रहणको समय पारेर यस्तो घटना हुने दावी उनको छ । अन्तिम पटक सन् २०१४ को एप्रिलमा चन्द्रग्रहण भएको थियो । अव त्यसपछि ५ वटा पूर्णिमा पछि यस्तो हुन सक्ने बताइन्छ ।


आफ्नो दिब्य दृष्टिले अमेरिकाको नियन्त्रणमा रहेको क्यारेबियन टापु पुर्टोरिकोको एक क्षेत्रमा विशाल खगोलिय चट्टान ठोक्किने छ । यसले कम्तिमा १२ रेक्टर स्केलको भूकम्प बराबरको धक्का पैदा गर्ने उनको दावी छ ।

नाशाले भने यो दावीलाई हावादारी भन्दै विज्ञप्ति जारी गरेको छ । यो दावीमा कुनै सत्यता नरहेको नाशाका पाउलो सोडासले बताएका छन् । क्यालिफोर्नियामा बोल्दै पाउलो सोडासले कुनै खाले खगोलीय पिण्ड वा चट्टानले तत्काल पृथ्वीमा असर गर्ने नदेखिएको बताए ।

अहिले सम्म जानकारीमा रहेका कुनै पनि खगोलीय पिण्ड पृथ्वीमामा ठोक्किने अवस्थामा रहेको र पृथ्वी ध्वस्त हुने गरी चट्टान ठोक्किने दावीमा कुनै आधार नरहेको उनको भनाइ छ ।

यो पनि हेर्नुस्

के संसारको साँच्चिकै अन्त्य हुँदैछः के के हुन कारण ?

यस अघि पनि पटक पटक संसार ध्वस्त हुने भविष्यवाणी गरिएका थिए । तर ती सबै भविष्यवाणी हावादारी सावित भएका छन् । पछिल्लो भविष्यवाणीले धेरै मानिसलाई चिन्तित तुल्याएपछि नाशाले यस्तो दावीमा सत्यता नभएको स्पष्ट पारेको हो ।nepaliheadlines.com
महिला ३.४५ प्रतिशत मात्र
काठमाडौं: वैदेशिक रोजगारीमा सरकारी अनुमति लिएर जाने कामदारको संख्या ४० लाख पुगेको छ। सरकारले पछिल्लो समय विदेसिने युवाको संख्या घटाउने नीति ल्याए पनि व्यवहारमा लागू हुन सकेको छैन।


साउनमामात्रै ३८ हजार ८१ जना युवा विदेसिएका छन्। श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुक र मलेसियामा निःशुल्क टिकट र भिसा प्राप्त भएका कामदारलाई मात्र जान दिने निर्णय गरेको छ। यो निर्णयसँगै विदेसिने कामदारको संख्या ह्वात्तै घट्न सक्ने अनुमान गरिएको थियो। तर साउनको तथ्यांकले संख्या खासै नघटेको देखाएको छ।


श्रम तथा रोजगार मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउन महिनासम्ममा सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदार ३९ लाख ९८ हजार २४ जना पुगेका छन्। यसबाहेक अवैध तरिकाले भारतीय मार्ग हुँदै जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान छ।

आन्तरिक बजारमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको हो।विदेसिनेको कुल संख्या बढे पनि देश तथा क्षेत्रगत आधारमा भने विविधता हुन सकेको छैन।

वैदेशिक रोजगारीमा जानेमध्ये दुई तिहाइभन्दा बढीको गन्तव्य खाडी मुलुक र मलेसिया हुने गरेको छ। देशगत आधारमा हेर्दा मलेसियामा जानेको संख्या सबैभन्दा बढी छ । आकर्षक कमाइ हुने पश्चिमा तथा अन्य मुलुकमा कामदार पठाउन सरकारले पहल गरेको छैन।


परम्परागत गन्तव्यमा मात्र सीमित हुँदा जाने संख्या बढे अनुपातमा नेपाली कामदारको सीप र कमाइमा भने गुणात्मक वृद्धि हुन सकेको छैन। अहिलेसम्म वैदेशिक रोजगारीमा जानेमा ९० प्रतिशतभन्दा अदक्ष र अर्धदक्षमात्र छन्। अदक्ष कामदारको बाहुल्य रहेकाले कमाई थोरै र काम जोखिमयुक्त भएको हो।

वैदेशिक रोजगारीमा जानेमा लैंगिक आधारमा ठूलो अन्तर देखिएको छ। सरकारको आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म वैदेशिक रोजगारीमा जानेमा महिलाको संख्या जम्मा एक लाख ३७ हजार सात सय ५२ जना मात्र छ।

पुरुषको संख्या ३८ लाख ६० हजार दुई सय ७२ पुगेको छ। प्रतिशतका आधारमा हिसाब गर्दा औपचारिकरूपमा वैदेशिक रोजगारीमा जानेमध्ये पुरुष ९६.५५ प्रतिशत र महिला ३.४५ प्रतिशत छन्।

अधिकांश परिवारमा पुरुष कमाउन बाहिर जाने र महिलाले घरको काम गर्ने प्रवृत्ति रहेकाले महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक धेरै भएको हो।
देशगत आधारमा अध्ययन गर्दा मलेसियामा सबैभन्दा धेरै नेपाली कामदार गएका छन्।

हालसम्म १० लाख ५३ हजार ९७ जना नेपाली काम गर्न मलेसिया पुगेका छन्। मिल्दोजुल्दो हावापानी, तुलनात्मक रूपमा खुला समाज भएकाले त्यहाँ जान चाहनेको संख्या धेरै भएको हो। यसबाहेक मलेसियाले सन् २०१८ भित्र आफूलाई विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा पुर्‍याउने योजना बनाएको छ ।

यसका लागि पूर्वाधार, पर्यटनलगायतका क्षेत्रमा अत्याधिक लगानी बढाएकाले विदेशी कामदारको माग बढ्दो छ। सजिलै जान सकिने भएकाले नेपालका म्यानपावर कम्पनीले त्यहाँ कामदार पठाउन प्राथमिकता दिएका हुन्।

नेपाली कामदारको रोजाइको दोस्रो मुलुक कतार परेको छ। कतारमा आठ लाख ४२ हजार ६ सय ३७ जना नेपाली काम गर्न पुगेका छन्।

कतारपछि तेस्रो स्थानमा साउदी अरब परेको छ। साउदीमा अहिलेसम्म ६ लाख २७ हजार पाँच सय १० जना नेपालीले काम गरिरहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
www.annapurnapost.com
शुक्रबार ११ भाद्र, २०७२

टीकापुर (कैलाली)- 'त्यत्रो एसएसपी मार्नेले हामीलाई बाँकी राख्लान्?'
नेपाल मानवअधिकार आयोगको टोलीसँग गाउँलेहरू मुख खोल्न मानिरहेका थिएनन्।


भयमिश्रित स्वरमा सकेसम्म प्रश्न पन्छाउन खोज्दै थिए, 'तपाईंहरू गएपछि हाम्रो हालत के हुन्छ, त्यसैले हामीलाई केही नसोध्नुस्।'


सोमबारदेखि टीकापुर नगरपालिका–६, शंकरपुरका स्थानीय त्रासैत्रासमा दिन कटाइरहेछन्। आधाजति गाउँले घरमा ताला ठोकेर आफन्तकहाँ शरण लिन पुगेका छन्। गाउँमै रहेकाहरू पनि झुरुप्प एकै ठाउँ बस्छन्।

छुट्टै राज्य माग्दै आन्दोलन थालेका थरुहट पक्षधरले वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको ज्यान लिएपछि उनीहरू तीव्र असुरक्षा महसुस गरिरहेछन्। पछिल्ला दिन सुरक्षाकर्मीको बाक्लो गस्तीले पनि स्थानीयको भय घटाउन सकेको छैन। बिहीबार घटना अनुसन्धानका लागि पुगेको आयोग टोलीसँग उनीहरू हम्मेसि खुलिनहाल्नुको कारण पनि यही हो। आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोली शंकरपुर पुगेको थियो।

टोली सदस्य र सञ्चारकर्मीले नाम उल्लेख नगर्ने प्रतिबद्धता जनाएपछि मात्र स्थानीयले मुख खोले। उनीहरूका अनुसार सयौंको संख्यामा रहेका व्यक्तिले सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए। तिनै व्यक्तिले एसएसपी न्यौपानेलाई घरभित्रबाट आँगनमा ल्याई हत्या गरे। त्यही घरको छेउमै सशस्त्र प्रहरी उपरीक्षक लक्ष्मण सिंहका अंगरक्षक रामबिहारी चौधरी र नेपाल प्रहरीका जवान जिउँदै जलाइए।

सिंहलाई जोगाइसकेपछि प्रदर्शनकारीको घेराउमा परेका न्यौपानेलाई बचाउन जाने क्रममा चौधरीमाथि आक्रमण भएको स्थानीयले जानकारी दिए। 'सिंहलाई सुरक्षित स्थानमा पुर्यााइसकेपछि उनी फर्किएर एसएसपी न्यौपाने लुकेर बसेको घरतर्फ आउँदै थिए, त्यहीँ समातिहाले,' प्रत्यक्षदर्शीले आयोग टोलीसँग भने, 'उनले म पनि थारू हुँ, मलाई नमार भनेका थिए।'

प्रहरी निरीक्षक बलराम बिष्ट र केशव बोहरालाई प्रदर्शनकारीले लखेटी–लखेटी मारेको स्थानीयको भनाइ छ। 'लगातार प्रहार सहन नसकेपछि दुवै जना ढले, हात जोडेर नमार्नुस् भन्दै थिए,' एक प्रत्यक्षदर्शीले भने, 'तर, आक्रमणकारीले सुनेनन्, फरुवाले हानेर मारिछाडे।'

उग्रतारा सशस्त्र प्रहरी गणका गणपति प्रहरी उपरीक्षक सिंहले आयोग टोलीलाई घरेलु हतियारसहित आएका व्यक्तिले चारैतिरबाट आक्रमण गरेपछि ज्यान जोगाउन भाग्नुपरेको बताए। 'चारैतिरबाट यसरी घेरिएका थियौं, भाग्नुको विकल्प थिएन। हतियार चलाउन सक्ने अवस्था पनि थिएन,' उनले भने, 'सबैलाई लखेटीलखेटी मारे।'

आक्रमणकारीले गुलेली, रड, भाला, बन्चरो, फरुवालगायत घरेलु हतियार प्रयोग गरेको सिंहको भनाइ छ। 'उनीहरू तालिमप्राप्त थिए, अश्रुग्यास उठाएर सुरक्षाकर्मीतिरै फर्काउन सक्ने व्यक्ति सामान्य होइनन्,' उनले भने।

स्थानीय भने आक्रमणकारीले बन्दुकसमेत बोकेको बताउँछन्। तर, उक्त बन्दुक आक्रमणकारीले पहिल्यै ल्याएका हुन् वा प्रहरीको खोसेका हुन्, उनीहरू यकिन गर्न सकिरहेका छैनन्।

घटनामा टीकापुरस्थित उग्रतारा गणमा कार्यरत नेत्र साउदका अढाई वर्षे छोरा बालक टेकबहादुरको पनि ज्यान गएको छ। प्रहरी टोलीमाथि आक्रमणको एक घन्टापछि आएका व्यक्तिले आँगनमा खेलिरहेका बालकलाई गोली हानेको स्थानीयले आयोग टोलीलाई जानकारी दिए। आक्रमणपछि भागेका सुरक्षाकर्मी उक्त घरमा बसेको देखेपछि आक्रमणकारीले गोली हानेको उनीहरूको भनाइ छ।
nagariknews

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं: तीन वर्षदेखिको अवैध सम्बन्ध सार्वजनिक हुने डरले एक युवकले किशोरीको हत्या गरेका छन्।

सिन्धुली महाकाली घर भई सर्लाही पत्थरकोटमा बस्दै आएका २७ वर्षीय अविनास थिङले पत्थरकोटकै १८ वर्षीया सोनिया श्रेष्ठको हत्या गरेका हुन्।


श्रेष्ठ सिन्धुली झोडामा हजुरबुबाको घरमा बस्दै आएकी थिइन् भने थिङ श्रेष्ठकै हजुरबुबाको घरमा ज्यामी काम गर्थे। बिहीबार बिहान गौशालास्थित गौशाला गेस्ट हाउसको कोठा नम्बर ११८ मा श्रेष्ठ मृत फेलापरेपछि प्रहरी वृत्त गौशलाले अनुसन्धान गरेको थियो।


घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसर टेकुले बिहीबार आयोजना गरेको पत्रकारसम्मेलनमा परिसर प्रमुख एसएसपी उत्तम कार्कीले भने, 'अवैध सम्बन्ध बाहिर आउने डरले थिङले श्रेष्ठको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। थिङले पनि हत्या स्वीकार गरेका छन्।'

रुमालले घाँटी बेरेर श्रेष्ठको हत्या गरेको थिङले स्वीकार गरेका छन्। प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी सुरेन्द्रप्रसाद मैनालीका अनुसार उनीहरू भदौ ७ मा सिन्धुलीबाट रात्रीबसमा काठमाडौं आएका थिए।


काठमाडौं आएर स्वयम्भूमा बसेका उनीहरू केही दिन घुमघाम गरी बिहीबार घर फर्कने तयारीमा थिए। बुधबार राति श्रेष्ठले ‘हामी अब काठमाडौंमै लुकेर बस्ने, तिमी परिवार छाडिदेऊ' भनेपछि आफ्नो अवैध सम्बन्ध सार्वजनिक हुने डरले हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।

चुरोटको खोलभित्र डलर
काठमाडौं: अवैध रूपमा विदेशी मुद्रा लुकाएर लैजान खोज्ने चिनियाँ नागरिक यी वाङलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले यीलाई बिहीबार सुरक्षा जाँचका क्रममा पक्राउ गरेको हो।

विमानस्थल सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थका अनुसार वाङबाट चुरोटको सुर्ती राख्ने ठाउँमा लुकाई ६० हजार अमेरिकी डलर र २० हजार ४८ चिनियाँ युआन तथा चप्पलको सोलभित्र लुकाएर लैजान लागेको १४ हजार अमेरिकी डलर, ७६ हजार युरो र ४८ हजार स्विस फ्रेंक बरामद गरिएको छ।

चाइना एयरको उडान नम्बर ४०८ बाट ल्हासा जान लागेकी वाङलाई प्रहरीले जाँच गर्दा चुरोटकै स्वरूपमा २० वटा बट्टाभित्र डलर लैजान लागेकी थिइन्।यसैबीच गौशाला प्रहरीले नक्कली अमेरिकी डलरसहित धादिङ केवलपुर घर भएर तिलगंगा बस्ने जितेन्द्र तामाङलाई पक्राउ गरेको छ।

अमेरिकी डलर साट्न हिँडेको सूचनाका आधारमा प्रहरीले तिलगंगाबाट तामाङलाई ५० दरका सातवटा नक्कली डलर फेलापारेको हो।
annapurnapost.com
गौशाला: महोत्तरी जिल्लाको बर्दिबासमा गएराति पार्किङ गरी राखिएको तीनवटा रात्रिबसमा अज्ञात समूहले आगजनी गरेको छ।

बर्दिबास नगरपालिका-१ मा विगत पाँच दिनदेखि पार्किङ गरी राखिएको जनकपुर-जलेश्वर-काठमाडौँ चल्ने ना.५ख४९९४, गौशाला-सम्सी-काठमाडौँ चल्ने ना.५ख२६९४ नम्बरको बस र एउटा अनटेस्ट बस गरी तीनवटा बसमा गएराति ११ : २० बजे अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए।



बर्दिबासको भोला वसन्त चौकदेखि (हाईवे) भन्दा तीन सय मिटर उत्तरमा पार्किङ गरी राखिएको ती बसमा आगजनी भएपछि ना.५ख ४९९४ र अनटेस्ट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ना.५ख२६९४ नम्बरको बसमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।


आगजनी गरिएका तीनवटै बस महोत्तरीको औरही गाविस निवासी मुकेश चौधरीको रहेको प्रहरी निरीक्षक यादवले बताए। बर्दिबासस्थित आफ्नो डेरामा सुतिरहेका गाडी धनी चौधरीले अचानक डेरा अगाडि आगोको मुस्लो देख्दा बाहिर आएर हेर्दा गाडी जलिरहेको पाएपछि प्रहरीलाई खबर गरेको बताए।

खबरपछि तत्काल त्यहाँ पुगेका प्रहरी र स्थानीयवासीले गाडीको आगो नियन्त्रणमा लिए पनि त्यतिबेलासम्म बस क्षतिग्रस्त भइसकेको थियो। इलाका प्रहरी कार्यालय बर्दिबासले बसमा आगजनी गर्ने समूहको खोजीका लागि गएरातिदेखि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको जनाएको छ। रासस
annapurnapost.com
काठमाडौं,  भदौ– क्यान्सरको उपचारपछि बचेको रकम पूर्वसभासद शान्ता चौधरीले सरकारलाई नै फिर्ता गरेकी छन् । उनले उपचार गरेर बचेको २ लाख २ हजार रुपैयाँ सरकारलाई फिर्ता गरिदिएकी हुन् ।

उनलाई सरकारले एक बर्षअघि क्यान्सरको उपचारका लागि पाँच लाख दिएको थियो ।

सरकारबाट लगेको पैसाले आफ्नो उद्धेश्य पुरा भएको र बचेको पैसा राख्न मन नलागेको भन्दै अरु गरिब दुःखीलाई सपचार गर्न मिलोस भनेर पैसा फिर्ता गरेको चौधरीको भनाई छ ।

कम्लहरी भएर पहिलो संविधानसभामा सभासदसमेत बनेकी चौधरी क्यान्सर रोगबाट पीडित थिइन् । उनले नेपाल र नयाँदिल्लीमा आफ्नो उपचार गराएकी थिइन् । अहिले उनको स्वास्थ्य राम्रो रहेको छ ।

दाङ स्थायी घर भएकी चौधरी पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद थिइन् । दोस्रो संविधानसभामा दाङ क्षेत्र नंम्बर ३ बाट प्रत्यक्षमा चुनाव लडेकि उनी पराजय भोगेकी थिइन् ।
काठमाडौं, १० भदौ । नेपाली कांग्रेसले सभासद् अमरेशकुमार सिंहलाई कारवाहीको तयारी थालेको छ ।
कांग्रेसको अनुशासन समितिले पार्टीको विधानअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो । प्रक्रियाको सुरुआतमा कांग्रेसले सभासद् सिंहलाई स्पष्टिकरण सोधेको छ । यदि स्पष्टिकरण नदिए अथवा चित्तबुझ्दो जवाफ नआए पार्टीले विधान अनुसार अनुशासनको कारवाही गर्ने तयारी गरिरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारी बताउनुभयो ।
मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरणसहित कारवाही गर्न लागेको हो ।
कांग्रेसको विधान र नियमावली अनुसार अनुशासन समितिले कसूर हेरी सम्झाउने, चेतावनी दिने, निलम्बन वा पार्टी सदस्यताबाट निष्काशन समेत गर्ने व्यवस्था छ । विधानको दफा ३४ को उपदफा १ (ख) अनुसार अनुशासन समितिले अनुशासनको कारबाही गर्नुपूर्व आफ्नो सफाइ दिने मौका अभियोग लागेका व्यक्तिलाई दिनुपर्छ ।
सोही दफाको उपदफा २ अनुसार, निलम्बन गर्दा बढीमा ६ महिना र निष्काशन गर्दा बढीमा तीन वर्षका लागि गर्न सक्छ । त्यस्तै पछिल्लो दल त्याग एेन अन्तर्गत संसदीय दलको नेताले सभामुखलाई अनुरोध गरे उनको सांसद पद पनि निलम्बन हुनसक्छ ।
यसै प्रक्रिया अनुसार अमेरशले पार्टीलाई नटेरी स्पष्किरण नदिए पार्टी र संसदबाट निष्काशित गर्न कांग्रेसको अनुशासन समितिले तयारी थालेको स्रोतले जनायो । यसअघि बुधबार कांग्रेसले सभासद् सिंहलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफ अहिलेसम्म अमरेशकुमारले दिएका छैनन् ।
dainiknepal.com
काठमाडौं, १० भदौ । काठमाडौं आएकी प्रेमिकालाई एक युवकले गेष्ट हाउसमा लगेर हत्या गरेका छन् ।
प्रेमिकाको हत्याकोे अभियोगमा सिन्धुलीका २७ वर्षीय अविनाश थिङलाई प्रहरीले पक्राउ गरेको छ ।
अविनाशले विहीबार बिहान काठमाडौंको गौशालास्थित ‘होटल गौशाला’को कोठामा १८ वर्षीया प्रेमिका सोनिया श्रेष्ठलाई रुमालले घाँटी बाँधेर मारेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
थिङले सर्लाही पथ्थरकोटकस्थित श्रेष्ठकै घरमा ज्यामी काम गर्दै आएको र उनीहरुबीच तीन वर्षयता सम्बन्ध रहँदै आएको प्रहरीले जनाएको छ ।
उनीहरु सर्लाहीबाट गत विहीबार काठमाडौं आएका थिए । श्रेष्ठले थिङलाई पहिलो श्रीमती छोडेर आफूसँग विवाह गरी काठमाडौंमा बस्न दबाब दिएपछि झगडा हुँदा थिङले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।
तत्काल फरार थिङलाई प्रहरीले काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com
काठमाडौ, १० भदौ ।
प्रस्तावित ७ प्रदेश र त्यसको सीमाकंनविरुद्ध आन्दोलनरत चार दलीय मधेसी मोर्चाका नेताले तराईमा भइरहेको आन्दोलनमा सहयोग गर्न भारत सरकारलाई आग्रह गरेका छन् ।

गत मंगलबार भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टीका लोकसभा सदस्य एवं पूर्व मुख्यमन्त्री जगदम्बिका पालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका हुन् ।
गत मंगलबार संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं सभासद अभिशेक प्रताप शाह, तमलोपा नेता बृजेशकुमार गुप्ता र सद्भावना नेता नरसिंह चौधरीले लोकसभा सदस्य पालमार्फत प्रधानमन्त्री मोदीलाई पठाएका हुन् ।

विजेपी नेता तथा लोकसेवा सदस्य जगदम्बिका पालसँग सहयोगका लागि अपिल गरेपछि सामूहिक तस्विर खिचाउँदै सद्भावना पार्टीका नर्सिङ चौधरी, तमलोपाका बृजेशकुमार गुप्ता, संघीय समाजवादी फोरम नेपालका अभिशेकप्रताप शाह
आफूहरुले आन्दोलन केका लागि र किन आवश्यक पर्यो भन्ने दस्तावेज नेता पालमार्फत मोदीलाई पठाएको संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिशेख प्रताप शाहले टेलिफोनमा बताए । ‘कांग्रेस, एमाले माओवादीका नेता आर्शिवादका लागि गएका थिए भने हामी पनि आर्शिवादकै लागि गएको हो, शाहले भारत जानुको उद्देश्य खुलाउँदै नागरिकन्युजसँग भने ।
‘हामीले आन्दोलन किन र के लागि भन्ने दस्तावेज उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई पठाएका छौं, उनले भने । आन्दोलनमा भारतबाट घुसपैठ भयो भन्ने गृहमन्त्री बामदेव गौतमको टिप्पणीप्रति साहले आक्रोश पोखे । बामदेव पागल होु, उनले भने । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१० भदौ, काठमाडौं ।

कांग्रेस नेतृ सुजाता कोइरालाले हत्या हिंसा लगायतका मानवता विरुद्धको अपराधमा संलग्न भएको पाइए प्रधानमन्त्री नै भएपनि हदैसम्मको कारबाही गरिनु पर्ने बताएकी छिन् ।

संविधानसभाको बैठकमा बोल्दै कांग्रेस नेतृ कोइरालाले कौलालीको टिकापुरमा भएको हिंसात्मक घटनालाई लिएर त्यस्ता खाले अमानबीय घटना घटाउन संम्लग्न हुने व्यत्ति चाहे त्यो साधारण मानीहोस् चाहे त्यो मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री नै किन नहोस कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनु पर्ने धारणा राखिन् ।

सभासदहरु पनि पदिय मर्यादा र अनुशासनमा रहनु पर्ने भन्दै कोइरालाले पदिय मर्यादा र अनुशासन बिपरित साम्प्रदायीक कुरा गर्दै हिड्ने र सामाजीक सद्भाव खल्बल्याउन भुमिका खेल्ने सभासदलाई समेत कारबाहीको दायरामा ल्याउन नेतृ कोइरालाले आग्रह गरिन् ।

नेतृ कोइरालाले जनआन्दोलनका उपलब्धीहरु गणतन्त्र, संघियता समानुपातीक समावेशी लोकतान्त्रीक मुल्य र मान्यता जस्ता विषय संविधानमा असंसोधनीय हुनु पर्ने जिकिर गरिन् ।

लोकतान्त्रीक मुल्य र मान्यतामा कुनै किसिमको संझौता हुन नसक्ने समेत कोइरालाले स्पष्ट पारिन् । उनले भनिन्, दलित समुदायका स्थानीय तहदेखि केन्द्र सम्म हरेक क्षेत्रमा १४ प्रतिशत बिशेष अधिकार हुनुपर्छ । जनजाती, आदीवासी, मुस्लीम र मधेशी समुदायका लागी संवैधानीक आयोग गठन हुनुपर्छ । आयोग गठन भए पछि मात्रै सबैका अधिकार सुनिश्चित हुन्छ । अहिले देखिएका समस्या समाधान गर्ने यो नै उपयुक्त विकल्प रहेको नेतृ कोइरालाको भनाइ छ ।


कोइरालाले पाँच बिकास क्षेत्रलाइ पाँच प्रदेश बनाउदा सबैले स्वीकार गर्न पनि सक्ने स्पष्ट पारिन् ।
nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस
प्रचण्ड. शेरबहादुर र प्रधानमन्त्रीलाई प्रश्न: "थारुले हतियार उठाए के होला ?''

काठमाडौँ, १० भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हिम्मत भए आफुलाई मारेर देखाउन सरकारलाई ठाडो चुनौती दिएका छन् । उनले आज फेसबुकमार्फत ‘थारु सर्वसाधारणलाई कुट्ने र घरमा आगो लगाउने’ काम भएको भन्दै यस्तो चुनौती दिएका हुन् ।

‘टीकापुरमै छु, हिम्मत छ भने मार हामीलाई। किन सर्वसाधारण जनतालाई कुट्छौ, किन थारुको घरमा आगो लगाउँछौं,’ उनले फेसबुकमा लेखेका छन्।  उनले टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको शान्तिपुर्ण प्रतिरोध भएको उल्लेख गरेका छन्। ‘आन्दोलनमा कुनै घुसपैठ भएको छैन, थारु आन्दोलन जनताको शान्तिपूर्ण प्रतिरोध हो । उनले लेखकका छन् ।


साथै थारुले आफुहरुले हतियार उठाउन बाध्य नपार्न समेत चेतावनी दिएका छन् । आक्रोशित भावमा उनले प्रधानमन्त्री सुशील कोइराला, एमाओबदी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता शेर बहादुर देउवालाई ‘थारुले साच्चै हतियार उठाए के होला, याद गर ? भनेर आक्रोश पोखेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सुनसरी : सुनसरीको इटहरीस्थित एक होटलबाट प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न होटल संचालिकाहसहित दुई जोडीलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाएको छ।

यौनजन्य क्रियाकलापमा संलग्न इटहरी नगरपालिका-५ स्थित सपना होटलकी सञ्चालिका सपना श्रेष्ठसहित चार जनालाई इलाका प्रहरी कार्यालय इटहरीले सार्वजनिक ऐेन अन्तरगत मुद्दा दर्ता गरी कारवाही शुरु गरेको हो।


इलाका प्रहरी कार्यालय इटहरीले विशेष सुराकीको आधारमा होटलहरुमा छापा मार्ने क्रममा दुई महिला तथा दुई पुरुषलाई आपत्तीजनक अवस्थामा फेला पारेको थियो।
इटहरीका केही होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको स्थानीयबाट गुनासो आउन थालेपछि प्रहरीले त्यस्ता होटलहरुमा निगरानी तथा चेकजाँच गर्न थालेको हो।
annapurnapost.com
गृहमन्त्रीले जेल हाल्नछन् भने तयार छौं
जनकपुरधाम : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता राजेन्द्र महतोले मधेसमा अब ‘गर या मर’को अवस्था रहेकोले जस्तोसुकै आन्दोलनका लागि पनि तयार रहन मधेसी जनतासमक्ष आह्वान गरेका छन् ।

विहीबार जनकपुरमा मोर्चाको नेतृत्वमा विभिन्न राजनीतिक दलहरुको सहकार्यमा भएको लाठी जुलुश प्रर्दशनमा सहभागी सद्भावना पार्टीका अध्यक्ष महतोले आक्रोशित हुदैं भने, ‘अहिले आन्दोलनमा पछि हट्यो भने कहिल्यै अधिकार पाइँदैन । त्यसैले अब वारपारको आन्दोलनमा लागौं ।’


मधेसका अन्य जिल्लाहरुको तुलनामा शान्तिपूर्ण रुपमा आन्दोलन भइरहेको जनकपुरमा मोर्चाका नेताहरु केन्द्रित भएपछि आन्दोलन आक्रामक बन्दै गएको छ ।

विहीबार हजारौंको संख्यामा गाउँगाउँबाट आएका सर्वसाधारणले पिडारी चोकबाट लाठी जुलुश प्रर्दशन गरेका थिए । जुलुशमा सहभागीको हौसला बढाउन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सयौं कार्यकर्तासहित मोटरसाइकलमा नारा जुलुश लगाउँदै सहभागी भएका थिए ।


यता, विहीबारै जनकपुरमा उपेन्द्र यादवले पत्रकार सम्मेलनको गरी राज्यले आफुहरुलाई आतंककारी भनेकाले पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीलाई चेतावनी दिएका छन् ।

‘गृहमन्त्री गौतमले कुरा गर्नुको साटो मलाई समातेर जुन जेलमा राख्न चाहन्छन् भने त्यसको व्यवस्थामा लाग्दा हुन्छ’, उनले भने, ‘त्यसका लागि म तयार छु ।’

अहिलेको आन्दोलन कुनै सम्झौता वा वार्ताले समाप्त नहुने भन्दै यादवले अब आफूहरुले मुक्ति वा मृत्युको बाटो रोजिसकेको र मधेससँग भएको सम्झौता कार्यान्वयन नभए यो आन्दोलन निर्णायक हुने बताए ।

सरकारले वार्ताका लागि आह्वान गरेर नाटक गर्नुको साटो मधेसबाट सेनालाई ब्यारेकमा फिर्ता पठाएर विगतमा मधेसी, आदिवासी, जनजातिसँग गरिएका सम्झौता कार्यान्वयनको प्रतिबद्धता गरे आन्दोलन स्वतः थामिने नेता यादवको भनाइ थियो ।


राज्यले मधेसी, थारु, जनजाति, आदिवासीसहित पछाडि पारिएका वर्गलाई आफ्नो जनता नठानेकै कारण आन्तरिक मामिलामा सेना परिचालन गरी  निन्दनीय काम गरेको यादवले बताए ।

मधेशलाई उपनिवेश बनाउने प्रयासलाई निरन्तरता दिन संघीयता विरोधी मस्यौदा ल्याइएकाले अब जनताले यसलाई बर्खास्त नगर्ने यादवको भनाइे थियो ।

यसै क्रममा मोर्चाका अर्का घटक तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संघीयता र पहिचानलाई थाती राखी मनोमानीरुपमा ढंगबाट संविधान जारी भए देशमा छुट्टै शक्तिको जन्म भइ गृहयुद्धमा जाने चेतावनी दिएका छन् ।
annapurnapost.com
बैंकका कर्मचारीहरूकै मिलेमतोमा कृषि विकास बैंक स्वयम्भू शाखाबाट झण्डै ३४ करोड रुपैयाँ हिनामिना भएको खुलासा भएको छ।
रकम हिनामिनाको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार बैंकका ९ जना कर्मचारी पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंकको स्वयम्भू शाखाका प्रमुख सुमन भुजेल, लेखापाल गीता पन्त र शाखा अधिकृत केदारप्रसाद गौतम, सम्झना पोखरेल जेनी श्रेष्ठ, भरत बहादुर बाँनिया, सूर्य ब.लिम्बु, सन्दीप गुप्ता र राम कुमार कुम्हार छन्।
पन्त र गौतमले कोर बैंकिङ सिस्टम लागू नभएका शाखाहरुमा रेमिट्यान्सबाट रकम आएको देखाएर आफ्नो समूहले खोलेको नक्कली खातामा रकम जम्मा गरेका थिए। उनीहरुले २०७१ असारदेखि एक वर्षमा ५५ पटकमा गरी ३३ करोढ ८२ लाख ५ सय ७८ रुपैयाँ निकालेका सिआइबीले जनाएको छ।
कृषि बिकास बैंक, बैंकिङ कार्यालय स्वयम्भूमा २०७१ असोजमा ४ जना मानिसहरुले काल्पनिक नाममा कीर्ते कागजात पेश गरी रेमिट खाता खोलेका थिए।
लेखापाल गीता पन्त र शाखा अधिकृत केदार प्रसाद गौतमको क्रमश: In putter र Authorizer को पासवर्ड प्रयोग गरी रेमिटेन्सको रुपमा देश भित्रका विभिन्न १७ वटा Core Banking System (CBS) लागू नभएका कृषि विकास बैंकका शाखाहरुबाट रकम आएको देखाएका थिए।

अनियमित तरिकाले रकम जम्मा गर्ने तथा जम्मा भएको रकम कृषि विकास बैंकको उपत्यकाका विभिन्न ७ शाखामा त्यसैगरी काल्पनिक नाममा कीर्ते नागरिकता प्रमाण-पत्र पेश १० वटा खाता खोलेका थिए।
कृषि विकास बैंक बाहेकका अन्य ७ वटा बैंकहरुमा त्यसैगरी खोलिएका नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक-पटक कुल ५५ कारोबार गरेको अनुसन्धानबाट थाहा भएको सिआईबीले जनाएको छ।

बैंकलाई तेत्तीस करोड बयासी लाख पाँच सय अठहत्तर रुपैंया बयालीस पैसा हानी-नोक्सानी पुर्‍याएको सिआईबीले ठहर गरेको छ।

पक्राउ परेका मध्ये जेनी श्रेष्ठ र सम्झना पोखरेल प्रतिवादी केदार प्रसाद गौतमका श्रीमतीहरु, गीता पन्त स्वयम्भू शाखाकी लेखापाल, भरत बहादुर बानियाँ सोही शाखाका शाखा प्रबन्धक, सुमन भुजेल प्रतिवादी केदार प्रसाद गौतमले कसूर गरी प्राप्त गरेको मध्येको रकम लुकाउन-छिपाउन सहयोग गर्ने सहयोगी, सूर्यबहादुर लिम्बु नक्कली खातावाल बनी ६ करोडभन्दा बढी भुक्तानी लिएका व्यक्ति, सन्दिप गुप्ता र राम कुमार कुम्हार प्रतिवादी केदार प्रसाद, गौतमले कसूर गरी प्राप्त गरेको मध्येको रकम हुण्डी मार्फत भारत पठाउन सहयोग गर्ने सहयोगीहरु रहेको प्रहरीले जनाएको छ।

प्रतिवादीहरु केदार प्रसाद गौतम, जेनी श्रेष्ठ, सम्झना पोखरेल र सुर्य बहादुर लिम्बुलाई जिल्ला झापा, काकडभित्ता स्थित नेपाल-भारत सीमा इलाकाबाट तथा अन्य प्रतिवादीहरुलाई उपत्यकाका विभिन्न ठाउँहरुबाट पक्राउ गरेको बताएको छ।

अनुसन्धानबाट खुलेका तथ्यहरु:
क. नक्कली खाताहरु, खातावाल तथा रकम भुक्तानी सम्बन्धी
• कृषि विकास बैंक, बैंकिङ कार्यालय स्वयम्भूमा कार्यरत शाखा अधिकृत केदार प्रसाद गौतम र रामेछाप जिल्ला डडुवा गा.वि.स.वडा नं. १ घर भई हाल भारत बस्ने राजिब थापा भन्ने कृष्णहरि थापाको आपराधिक योजना अनुसार केदार प्रसाद गौतम कार्यरत रहेको स्वयम्भू शाखामा २०७१ असोज महिनामा केही दिनको अन्तरालमा ४ वटा नक्कली खाता खोलिएको ।
• योजना अनुसार उल्लेखित खाताहरुमा अनियमित तवरले रकम जम्मा गर्ने, ट्रान्सफर गर्ने जिम्मेवारी केदार प्रसाद गौतमले तथा खातावालहरुको बन्दोबस्त गर्ने जिम्मेवारी कृष्णहरि थापाले एकापसमा बाँडफाड गरेको ।
• कृष्णहरि थापा विगत १४ बर्षदेखि भारतमा बसोबास गरी त्यहींको रासनकार्ड धारी समेत भएकाले निजैले भारतमा बसोबास गर्ने गरेका नेपाली मूलका व्यक्तिहरु पहिचान गरी खातावाल बन्न प्रेरित गरेको ।
• पछि अनुसन्धानको क्रममा खातावालहरु Trace नहुन् भन्नका लागि सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी नक्कली नागरिकता प्रमाण-पत्र खडा गरी KYC Form मा झूठो विवरण भरी भराई बैंकमा खाता खोलाएको ।
• KYC Form मा प्रयोग भएको हस्तलेखन प्राय एउटै व्यक्तिको रहेको, सम्पर्क नंबर र अस्थायी ठेगाना समेत एउटै रहेको, लगभग एकै समयमा खाता खोलिएको ।
• नागरिकता प्रमाण-पत्रमा सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी बाँकी सबै विवरण झूठो देखिएको, केही नागरिकता प्रमाण-पत्रको जारी मिति समेत मिल्न गएको, नागरिकतामा उल्लेखित गा.वि.स. वास्तविक रुपमा अस्तित्व मै नरहेको, जारी भएको भनिएको सम्बन्धि जिल्ला प्रशासन कार्यालयसँग बुझ्दा तहाँबाट जारी नभएको पाइएको ।
• केदार प्रसाद गौतम र गीता पन्तको पासवर्ड प्रयोग गरी उल्लेखित खाताहरुमा देश भित्रकै विभिन्न १७ वटा Core Banking System (CBS) लागू नभएका कृषि विकास बैंकका शाखाहरुबाट रकम आएको देखाई बदनियत तवरले रकम जम्मा गर्ने तथा जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मंगलबजार, न्यूरोड, रत्नपार्क लगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रे लगायतका अन्य ७ वटा बैंकहरुमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक-पटक कुल ५५ कारोबार गरी चेक मार्फत रकम भुक्तानी लिई बैंकलाई कुल रु. ३३,८२,००,५७८/४२ ( तेत्तीस करोड बयासी लाख पाँच सय अठहत्तर रुपैंया बयालीस पैसा) भुक्तानी लिई बैंकलाई हानी-नोक्सानी पुर्‍याएको ।
• स्वयम्भू शाखामा खोलिएका ४ वटा नक्कली खाताका अतिरिक्त कृषि विकास बैंक कै उपत्यकाका रत्नपार्क, पुतलीसडक, मंगलबजार, सातदोबाटो लगायतका ७ वटा शाखाहरुमा विभिन्न १० वटा नक्कली खाताहरु खोलिएको ।
• यसैगरी मेगा, सिभिल, नेपाल इन्भेष्टमेन्ट, लुम्बिनी, माछापुच्छ्रे लगायतका ७ वटा बैंकहरुमा पनि नक्कली खाताहरु खोली कृषि विकास बैंकबाट जारी भएको चेक ECC (Electronic Cheque Clearance) मार्फत रकम भुक्तानी लिएको
• खातावालले रकम भुक्तानी लिइसकेपछि समझदारी अनुरुपको केही रकम खातावाललाई दिई केदार प्रसाद गौतम र कृष्णहरि थापाले बाँकी रकम आफुहरुले बाँडफाड गर्ने गरेको ।
• २०७२ असार १० गते प्रतिवादीहरु केदार प्रसाद गौतम, राजिब थापा भन्ने कृष्णहरि थापा, विभिन्न खातावालहरु बैंकलाई लगभग रु. ३४ करोड नोक्सानी गराई फरार भएको ।


ख.  अनुसन्धानलाई Mislead गर्न प्रतिवादी केदार प्रसाद गौतमले अबलम्बन गरेका उपायहरु
• केदार प्रसाद गौतमले आफ्नी श्रीमती सम्झना पोखरेललाई अमेरिकी डि.भी. चिठ्ठा परेको र केही समयपछि कार्यालयबाट राजिनामा गरी सपरिवार अमेरिका जाँदैछौं भनी आफु कार्यरत स्वयम्भू शाखा, कृषि विकास बैंकको मुख्य कार्यालयका सहकर्मी तथा आफ्ना नजिकका आफन्तहरुलाई जानकारी गराएको ।
• योजना मुताबिक नै २०७१ चैत्रमा श्रीमती सम्झना पोखरेल र छोराछोरी समेत अमेरिका तर्फ उडेको भनी हल्ला चलाई भारतको पश्चिम बंगाल राज्यको दार्जलिङ जिल्लाको सिलिगुढीमा अपार्टमेन्ट भाडामा लिई छोरालाई त्यहींको स्कूलमा भर्ना गरी बसोबासको व्यवस्था मिलाएको ।
• राजिव थापा भन्ने कृष्णहरि थापाको सहयोगमा आफुले प्रेम शर्माको नाममा तथा श्रीमती सम्झना पोखरेलले सुनिता शर्माको नाममा भारतीय राशनकार्ड बनाएको  र त्यसैको आधारमा बैंक खाता समेत खोलेको तथा जग्गा जमिन समेत खरीद गरेको हुनसक्ने ।
• श्रीमतीलाई भारतमा पठाएपछि आफु लाजिम्पाट, काठमाडौंमा अपार्टमेन्ट भाडामा लिई कान्छी श्रीमती जेनी श्रेष्ठसँग बसोबास गर्ने गरेको ।
• पोर्चुगलको Resident Card धारी झापाकी जेनी श्रेष्ठसँग विवाह गरी तेज बहादुर थापा कै नामको राहदानी मार्फत युरोप जाने तयारीमा रहेको तर आफन्तजन र साथीहरुलाई आफु अमेरिका जाँदैछु भन्ने सन्देश दिन आफ्नो तथा श्रीमतीको नाममा रहेको चल, अचल सम्पत्ति बिक्री गरेको, सापटी लिएको रकम केही फिर्ता गरेको ।
• जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु तथा लेखनदास समेतको कीर्ते कागजात खडा गरी तेज बहादुर थापाको नाममा नागरिकता प्रमाण-पत्र र राहदानी प्राप्त गरी आफुलाई केदार प्रसाद गौतमबाट तेज बहादुर थापामा परिणत गरेको ।
• तेज बहादुर थापा कै नाममा प्रतिवादी केदार प्रसाद गौतमले सेन्चुरी बैंक, भक्तपुर शाखामा खाता खोली रु. ३५ लाख भन्दा बढी रकम जम्मा गरेको ।

ग.    कसूर गरी आर्जन गरेको रकम व्यवस्थापन
• खातावालले भुक्तानी लिएको रकमको व्यवस्थापन गर्न केदार प्रसाद गौतम निरन्तर जसो काठमाडौं-भद्रपुरको उडान मार्फत पूर्व जाने तथा त्यहींबाट भारत, सिलिगुढी जाने गरेको ।
• राजिब थापा भन्ने कृष्णहरि थापा पनि रकमको व्यवसस्थापन गर्न राम कार्कीको नाममा नियमित जसो नै काठमाडौं-भद्रपुरको उडानबाट पूर्व गई त्यहीबाट भारत, सिलिगुढी जाने गरेको ।
• प्रतिवादी केदार प्रसाद गौतम तथा निजकी श्रीमती सम्झना पोखरेलले केही जग्गा-जमिन सुमन भुजेलको नाममा पास गरिदिएको, ठूलो रकम सापटी दिएको तथा आफ्नो गाडी समेत निजै प्रतिवादी सुमन भुजेलको नाममा नामसारी गरिदिएर निज सुमन भुजेल मार्फत कसूर गरेको सम्पत्ति लुकाउने-छिपाउने गरेको ।
• प्रतिवादी केदार प्रसाद गौतमले विशालबजार स्थित ओम गोल्ड हाउस, पसल नं १४, का प्रोप्राइटर सन्दिप गुप्ता तथा भारत राजस्थान निवासी राम कुमार कुम्हार मार्फत पटक-पटक गरी रु. ३ करोड हुण्डी गरी भारत, सिलिगुढी पठाएको ।
• प्रतिवादी सन्दिप गुप्ताले रु. ३५ लाख भन्दा बढी रकम तेज बहादुर थापाको नामको सेन्चुरी बैंकमा जम्मा गरी कसूरबाट प्राप्त सम्पत्ति लुकाउन-छिपाउन सहयोग गरेको ।
• यसका अतिरिक्त प्रतिवादी केदार प्रसाद गौतमको खर्चालु जीवनशैली, गरगहना खरीद, सापटी लिएकाहरुलाई फिर्ता गरेको, कर्जा तिरेको आदि कारणबाट केही रकम मासिसकेको अनुमान गरिएको ।setopati.com
जनकपुरधाम, भदौ १० ।  आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई सरकारले वार्ताका लागि पहल गरिरहेका बेला सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको कुनै औचित्य नरहेको बताएका छन् । आफूहरुले कुनै नयाँ मागका लागि आन्दोलन नगरेको बताउँदै उहाँले विगतमा भएको आठ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आफूहरुसँग भएको २२ बुँदे र आठ बुँदे मागलाई संविधानमा ठाउँ दिए तत्काल आन्दोलन रोकिने बताए । अहिले जारी आन्दोलन रोकिन तत्कालीन सरकारले आफूहरुसित गरेको सम्झौता आगामी संविधानमा सुनिश्चित हुनुपर्ने ‘बटमलाइन’ रहेको उनको भनाई छ ।

चार दलका केही नेताले व्यक्तिगत स्वार्थका लागि प्रस्तुत गरेको सङ्घीय संरचनाको खाका अन्तरिम संविधान तथा विगतका आन्दोलनहरुको भावना विपरीत रहेको उनको भनाइ छ ।

यसैगरी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अर्को घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले छुट्टै पत्रकार सम्मेलन गरी विगतको आन्दोलनका उपलब्धि र सम्झौताहरु संविधानमा सम्बोधन गरिएमात्र आन्दोलन रोकिने बताएका छन् ।

www.etajakhabar.com
नयाँ दिल्ली: उपचाररत रहेका एक जना १० दिनको शिशुको मुसाले टोकेर ज्यान गएपछि दक्षिणी भारतको एक अस्पतालमा ठूलो हङ्गामा भएको  छ ।

उपचारका क्रममा दक्षिणी भारतको आन्ध्र प्रदेशस्थित एक सरकारी अस्पतालमा राखिएका ती शिशुलाई अस्पतालको श्ययामा नै मुसाले टोकेको थियो ।


ती शिशुकी आमाका अनुसार मुसाले टोकेर नै उनको ज्यान गएको थियो । पिसावसम्बन्धी समस्याको उपचार गराइरहेका ती शिशुको मृत्यु मुसाले टोकेकै कारण भएको प्रमाणित भएको छ ।


सो घटनापछि सरकारी अस्पतालमा हुने गरेको चरम लापरबाहीका विरुद्धमा व्यापकमात्रामा अस्पताल प्रशासनको विरोध भएको छ ।

आन्ध्र प्रदेशको गुन्टुर सरकारी अस्पतालमा सो घटना भएको थियो । उक्त घटनापछि सो अस्पतालका तीन जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरी कारबाही सुरु गरिएको बताइएको छ ।


सरकारी अस्पतालमा यसअघि पनि व्यापकमात्रामा लापरबाही हुने गरेका गुनासाहरु आउने गरेका थिए । यस्तै समाचारहरुकै बीचमा दुई दिनअघि यो घटनाको समाचार आएको छ ।

त्यसैले यस पटक पनि त्यहाँ व्यवस्थापनपक्षबाटै लापरबाही भएकाले अस्पतालमा भर्ना भएका बिरामीका आफन्तले व्यापक विरोध गरेका थिए ।

ती शिशुकी आमा चवली लक्ष्मीले नवजात शिशुको उपचार कक्षमा नै रहेका बेला उनको शिशुका हातका औँला गायब भएका र मुसाले नै खाइदिएकाले औँला हराएको जानकारी आफूले अस्पतालका कर्मचारीलाई दिएको बताएका थिए ।

उनले भने – मैले पटक–पटक अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदा पनि कसैले वास्ता नगरेपछि मुसाको टोकाइकै कारण मेरो बच्चाको निधन भएको हो ।

टेलिभिजन सम्वाददाताहरुलाई उनले भने – मेरो छोराको ज्यान यही अस्पतालकै कर्मचारीका कारण गएको हो, यहाँको लापरबाही डरलाग्दो रहेछ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन् चन्द्रबाबु नाइडुले आफूले सो अस्पतालका तीन जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरेको र कारबाहीका लागि अनुसन्धान समिति पनि गठन गरेको जानकारी दिए ।

मुसाले नै टोकेर यसरी अस्पतालमा रहेका शिशुको ज्यान गएको जानकारी पाउँदा आफूलाई निकै दुःख लागेको मुख्यमन्त्री नाइडुले ट्वीटरमा पोष्ट गरेका छन् । साथै उनले अबदेखि त्यस अस्पतालमा यस्तो दुर्घटना कहिल्यै नदोहोरिसो भनेका छन् ।

सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा आउन नचाहेको समाचारमा जनाइएको छ ।
annapurnapost.com
कैलाली : कैलालीको टीकापुरमा प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

कर्फ्यूकोसमयमा मोटरसाइकलमा गइरहेका सुगरखाल गाविस–१ फलेबिसौनी निबासी २० वर्षीय जगतराम देबकोटा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका हुन् ।

कर्फ्यूमा मोटरसाइकल चलाइरहेका उनलाई रोकिन दिएको आदेश नमानी भाग्न खोज्दा सशस्त्रले गोली हानेको थियो ।

सशस्त्रले हानेको गोली पेटमा र खुट्टामा लागेका उनको अवस्था चिन्ताजनक रहेको छ । टीकापुर अस्पतालमा भर्ना गरिएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेजमा रेफर गरिएको छ ।
annapurnapost.com
प्रेमिकालाई भेट्न आउँदा प्रहरीको फन्दामा
पोखराः नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेल बादलका हत्याका अभियुक्तहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।

कास्कीको लेखनाथ नगरपालिका १ का ५२ वर्षीय पौडेलको हत्या भएको दुई सातापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । (कांग्रेस कास्कीका नेता रामजी पौडेलको हत्‍या)


प्रहरीले घटनामा प्रत्यक्ष संलग्न भएको अभियोगमा लेखनाथ १६ का कांग्रेस ईकाइ सभापति ३० वर्षीय राजु रानाभाट, तल्लो गगनगौडाका नेपाल आदिबासी जनजाति संघ लेखनाथका सभापति प्रकाश गुरुङ, तरुण दलका १२ वडाका सभापति विश्वास गौत्तम र सातमुहानका बले भन्ने अशोक गुरुङलाई समातेको हो ।

यसैगरी अभियुक्तहरुलाई भगाउन र लुकाउन सहयोग गरेको अभियोगमा तनहुँ दुलेगौडाका ३५ वर्षीय चन्द्रबहादुर थापामगर, नवलपरासी–१ सुनवलका २५ वर्षीय भरत पौडेल, गैडाकोट–२ का ३४ वर्षीय मिनबहादुर घले, गैडाकोट पुलचोकका २३ वर्षीय रविन क्षेत्री र रुपन्देही बेलहियाका ३४ वर्षीय वीरेन्द्रकुमार रानामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

छुट्टाछुट्टै स्थानबाट पक्राउ अभियुक्तविरुद्व कसुर अनुसार सजायका लागि कारबाही अघि बढाइएको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले बताए ।


प्रेमिकालाई भेट्न आउँदा प्रहरीको फन्दामा
घटनाका मुख्य अभियुक्त प्रकाश गुरुङकी प्रेमिकालाई पछ्याएर मोबाइल ट्रेस गर्दै जाँदा समात्न सकिएको प्रहरीले जनाएको छ ।

घटनापछि भागेका अर्का अभियुक्त विश्वाससँगै देहरादून पुगे पनि प्रेमिकाकै लागि पोखरा फर्किएका गुरुङलाई लुकेको अबस्थामा पोखराको काजिपोखरीबाट प्रहरीले समातेको थियो ।

अर्का अभियुक्त गौतमलाई भारतको देहरादूनबाट समातेर ल्याइएको हो ।  अर्का अभियुक्त लेखनाथ–१२ का २४ वर्षीय रविन केसी भने फरार छन् ।

गौतम र गुरुङलाई भाग्नमा दुलेगौडा, नारायणगढ र भैरहवाका गुण्डाहरुले सहयोग गरेका अनुसन्धानमा खुलेको स्रोतले बतायो ।
‘गुण्डाहरुको जालो निकै ठुलो रहेछ, तिनीहरुले नै भाग्न मद्दत गरेका रहेछन,’ प्रहरी उपरीक्षक पालले भने ‘दोषीहरुलाई हदैसम्मको कार्वाहीको लागि प्रकृया अघि बढाइनेछ ।’

पालले अभियुक्तहरु छुटाउन कतैबाट दवाव नआएको जानकारी दिँदै कसैलाई पनि नछाड्ने बताए । ‘मुद्दा कमजोर पार्न, अभियुक्त छुटाउन अहिलेसम्म कसैले दबाब दिएको छैन,’ उनले भने ‘यदि कसैले दिन्छ भनेपनि त्यो बेकार हुनेछ । प्रहरीले कुनै हालतमा दोषीहरुलाई छाड्ने छैन ।’

नगर सभापतिलाई सार्वजनिक गरिएन
पीडितपक्षले घटनाका मुख्य योजनाकार भएको आरोप लगाउँदै आएका कांग्रेसका लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेलाई पक्राउ गरेपनि प्रहरीले सार्वजनिक गरेको छैन ।

‘लामिछानेविरुद्व अनुसन्धान भइरहेकोले सार्वजनिक नगरेका हौं,’ प्रहरी उपरीक्षक पालले भने ‘दोषी भेट्टिए कुनै हालतमा छुट पाउने छैनन् ।’

मृतक पौडेलका आफन्तले सभापति लामिछानेको उक्साहटमा हत्या भएको भन्दै पार्टीभित्र र सार्वजनिकरुपमा दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् । घटनापछि सम्पर्कबिहीन लामिछानेलाई प्रहरीले लुकेर बसेको अबस्थामा पक्राउ गरेको थियो ।

कांग्रेस लेखनाथमा इमान्दार र सक्रिय नेताको छवि बनाएका ५२ वर्षीय रामजीको साउन २८ गते आफ्नै कार्यकर्ताले हत्या गरेका थिए । पार्टीमा संस्थापन र देउवापक्षधरको विवाद चर्केपछि देउवापक्षधर रामजीको हत्या भएको थियो ।

देउवा पक्षधर पौडेलको हत्यारालाई खोजी गरी कारबाही गर्नेतर्फ पार्टी र प्रहरीले चासो नदिएको भन्दै पीडितहरुले कांग्रेसको कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेका छन ।
annapurnapost.com
कैलाली, १० भदौ– बिहीबार जिल्लाको टिकापुरमा निषेधाज्ञा जारी गरेको स्थानमा जबर्जस्ती देखा परेका एक पूरुषमाथि प्रहरीले गोली चलाएको छ ।
निषेधाज्ञा जारी गरिएको स्थानमा एक्कासि देखापरेका जगत देवकोटामाथि प्रहरीले गोली चलाएको हो । सो घटनामा प्रहरीले एकजना सुरक्षाकर्मीलाई पनि सामान्य घाइते भएका छन् ।
निषेधाज्ञा जारी गरेको ठाउँमा जर्बजस्ती देखिएका देवकोटालाई पटक–पटक सम्झाउँदा पनि नटेरेपछि उनलाई वाध्य भएर गोली प्रहार भएको प्रहरीको भनाई छ । घाइते देवकोटाको टिकापुर अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भैरहेको बताइएको छ । सो घटनापछि टिकापुर क्षेत्रमा फेरि सन्त्रास फैलिएको छ ।
अहिले टिकापुर क्षेत्र आसपास नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले कडा निगरानी गरिरहेको बताइएको छ ।
kathmandutoday.com
भक्तपुर, भदौ १० ।   आज बिहान परेको भीषण पानीका कारण आएको बाढीले भक्तपुर र मध्यपुर थिमि पूरै डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण खोला आसपासका क्षेत्रहरुको जनजीवन निकै प्रभावित भएको छ ।

भक्तपुरको बस्तीमा बिहान ५ बजेदेखि र मध्यपुर थिमिमा बिहान नौ बजेदेखि बाढीको पानी पसेपछि धेरैले भागेरै ज्यान जोगाएका छन् । बाढी बस्तीभित्र पसेपछि अरनिको राजमार्ग, अस्पताल, विद्यालय, भूकम्पपीडितका अस्थायी शिविर, जगाती–च्याम्हासिंह क्षेत्र, भेलुखेल, राममन्दिर, बाराहीस्थानका घरहरु डुबानमा परेका छन् ।

भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा रहेको भूकम्पपीडितको ८५० जना बस्दै आएको शिविर पूरै डुबानमा परेपछि बिहानैदेखि भागदौड मच्चिएको थियो ।

“बिहान ५ बजे सुतिरहेको शिविरमा एक्कासि पानी पसेपछि भूकम्पपीडितबीच भागदौड मच्चियो”, शिविरमा बस्दै आएकी राधिका त्वातीले भन्नुभयो – “कोही बच्चा बोकेर दौडिए, बूढाबूढीलाई कसैले घिसार्दै दौडिए, शिविरका केही सामान झिक्न पाइएन, ज्यान जोगाउनै मुस्किल प¥यो ।”

शिविरको बस्तीमा बसेका भूकम्पपीडितले कुनै सामान झिक्न पाएनन् भने नेपाली सेना र प्रहरीले शिविरका धेरैलाई उद्धार गरेका थिए । खोलाको बाढी सडक हुँदै बस्तीमा पसेपछि यस क्षेत्रका घरहरु एकतलासम्म डुबानमा परेका थिए । लत्ता कपडा र ओछ्यान डुबेपछि शिविरका बासिन्दाको बिचल्ली भएको छ ।

भक्तपुर नगरपालिका भएर बग्ने हनुमन्ते खोला क्षेत्र आसपासमा जगाते– च्यामासिंह सडकखण्डका दायाँबायाँका बस्ती, महेश्वरी क्षेत्र, हनुमानघाट, भेलुखेल, राम मन्दिर क्षेत्र, बाराही स्थान, सल्लाघारी, सिर्जनानगरका सयौँ घर, पसल एवम् कारखाना डुबानमा परेका छन् ।

भक्तपुरको शान्ति निकेतन मावि, शारदा प्रावि, बालसेवक निमावि, ब्राइटस्टार, परोपकारको भवन डुबेपछि पढाइसमेत अवरुद्ध भएको छ भने बाढीले सडक अवरुद्ध बनाएपछि धेरै विद्यालयको पढाइ प्रभावित भएको छ ।

भक्तपुरकै सिद्धिस्मृति अस्पताल, इवामूरा अस्पताल डुबानमा परेपछि बिरामीको उपचार समेत प्रभावित भएको छ । इवामुरा अस्पतालमा पानी पसेर डुबानमा परेपछि आकस्मिक सेवा र ओपिडी सेवा र कलेज नै बन्द गर्नुपरेको अस्पतालका प्रबन्धक रञ्जीत मारिकुले जानकारी दिनुभयो ।

त्यसैगरी, सिद्धिस्मृति अस्पताल पौडी पोखरीमा परिणत भएपछि उपचार प्रभावित भएको छ । अस्पतालको एम्बुलेन्सदेखि इमर्जेन्सीसम्म डुबानमा परेको छ भने, अस्पतालको भुइँतला सबै डुबानमा परेपछि उपचारसमेत प्रभावित भएको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिनुभयो । अस्पतालको जेनेरेटरदेखि प्राविधिक सामग्रीहरु डुबानमा परेपछि रु दुई करोड बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

यता बिहान ९ बजे मध्यपुर थिमिमा बाढी पसेपछि यहाँका तीन सय ५० घर डुबानमा परेका छन् । बिहान ९ बजे बस्तीमा बाढी पसेपछि यहाँका बासिन्दा ज्यान जोगाउँदै भागेका छन् भने धेरै मानिस माथिल्लो तलामा गएर बसेका छन् ।

मध्यपुर थिमि नगरपालिका क्षेत्रको निकोसेरा, राधेराधे, चक्रवर्ती मार्ग पूरै डुबानमा परेको छ । चक्रवर्ती मार्गका स्थानीय बासिन्दा राधिका थापाले खाना खाएर बच्चालाई विद्यालय पु¥याउन जाँदासम्म केही नभएको तर बच्चालाई स्कुल पु¥याएर आउँदा घर एक तला डुबिसकेको बताउनुभयो ।

राधेराधे बस्ने दुर्गा खड्काले बस्तीको पहिलो तला पूरै डुबानमा परेपछि धेरैले घर छाडेर निस्केको, केही घरको माथिल्लो तलामा गएर बसेको बताउनुभयो । बस्तीमा घरभित्र परेका बच्चालाई प्रहरी वृत्त थिमिका प्रहरीले उद्धार गरेर बाहिर निकालेका थिए । बिहान ११ बजेसम्म मध्यपुर थिमि क्षेत्रमा पानीको सतह बढ्दै गएको थियो ।

वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा पहिरो जाँदा करिब पाँच घन्टा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उपत्यकाबाट रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्ला जाने सवारी साधन र उताबाट उपत्यका आउने सवारी साधन बीचमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए । डोजरले पहिरो पन्छाएपछि सडक ९ बजे खुलेको थियो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
अनिल बस्नेत
अध्यक्ष  
शिवसेना नेपाल
लामो समयदेखि यहाँहरु हिन्दुराष्ट्रको माग गर्दे आउनु भएको छ तर हिन्दुराष्ट नहुँने छाँट देखियो नी ?
हामी नेपाली हौ । हाम्रो धर्म र संस्कार छुट्टै छ । जस्तो हामी नेपालीको संस्कार छ, त्यही प्रकारको विधि र ब्यक्तिको स्वार्थका लागि हामीले यो माग गरेका

कानुन निर्माण गर्नु राज्य संचालकको दायित्व हुन्छ । नेपाली समाजको चरित्र हिन्दुधर्म ग्रन्थमा आधारित छ । तर दुर्भाग्य आज त्यही चरित्रको हत्या गरिदैछ । नेपाल सदियौ देखि हिन्दु दर्शनबाट चलेको छ । रिति रिवाज यस्तै छ । नेपाल एउटा स्वर्गभूमी हो । नेपाली समाजको चरित्र नै हिन्दुधर्मसँग गाँसिएको हुनाले शिवसेना नेपालले हिन्दु राष्ट्रको माग गरेको हो । हामी नेपालबाट विश्वलाई शान्तिको मार्गमा हिडाउने प्रयत्नमा छौ ।
होइनौ । दिर्घकालिनरुपमा नेपालीको हित होस भन्ने हाम्रो चाहाना हो । तर यहाँका राज्य सञ्चालकहरु केही विदेशीको स्वार्थमा हिडेर हिन्दु संस्कार नष्ट गर्ने प्रयत्नमा छन् । एउटा सानो कुरा माओवादीले १३ हजार मान्छे मारेर सत्तामा आयो । यदि हिन्दु राष्ट्रका लागि हामीले आन्दोलन र हतियारको आडमा लड्ने हो भने कति विनाश हुन्छ त्यसको आकलन अहिलेका राज्य सञ्चालन गरिरहेका दलहरुले सोच्न पनि सक्दैनन् ।

अब के गर्नु हुन्छ यहाँहरुले ?
हिन्दु राष्ट्र अब शिवसेना नेपालको मात्र मुद्दा रहेन । ९० प्रतिसत भन्दा बढि नेपालीको साझा मुद्दा भइसकेको छ  । नेपालीको मागलाई यदि बेवास्था गर्ने हो भने हामी चुप लागेर बस्दैनौ । अहिले देश चलाइरहेकाहरुलाई ठुलो घातक हुन सक्छ । जनताको चाहाना कदर नगरे त्यसको परिणाम भोग्न दलका नेताहरु तयार रहन म चेतावनी दिन चाहान्छु । तर हाम्रो काम र कर्तब्य विनाश होइन ।
राज्य सञ्चालकका गतिविधि नेपालीको हितमा हुनु पर्दथ्यो । हाम्रो शक्तिपनि नेपालीकै हितमा छ । हामीले अहिले धैर्य गरिरहेका छौ । अरु पार्टी जस्तो हामीले आफ्नो स्वार्थका लागि जनता मार्ने काम गर्दैनौ । तर एउटा यस्तो समय आउँछ त्यो बेला यी विदेशी दलालले कारवाही पाउँछन् । अहिले नै उनीहरुको बुद्धि विर्काे उघारे राम्रो होला । शिव सेना नेपाल आज रगतको आँशु बगाएर बसेको छ । संविधानका नाममा नेपालीको पहिचान मेटिदैछ, हामी सहेर बसेका छौ । राष्ट्र विदेशीको इसारामा चलेको हामीले थाहा पाउँदा पनि चुप लागेर बसेका छौ । जनतालाई लडाई रहेका छन् तर पनि हामी चुप लागेर बसेका छौ । कति दिन अब रगतको आँशु बगाउने र चुप लागेर बस्ने ? अव चुप लागेर हामी बस्दैनौ, दलालहरुलाई कारवाही गरेरै छाड्छौ ।
कसरी दलहरु दलाल भए के प्रमाण छ ?
प्रमाण छ, जो हरेक नेपालीलाई थाहा भइसकेको छ । राजनीतिक दलका नेताहरु नेता होइनन् दलाल हुन् । विदेशीहरुको केही पैसामा उनीहरु बिक्रि भइसेका छन् । केही देशका केही ब्यक्तिबाट रकम खाएर उनीहरुले देश र नेपालीको पहिचान बेचिरहेको छन् । उनीहरुलाई एउटा कुरा थाहा रहेनछ, नेपालमा नेपाली आमालाई माया गर्ने धेरै छन् । जुन दिन नेपाली आमालाई माया गर्ने सपुतहरु आउँछन् त्यो दिन विदेशीको पैसा पचाउनु त परको कुरा उनीहरुले आफ्नो दाहसंस्कारको नशिव पनि पाउने छैनन् ।

तपाईहरुले जति भनेपनि धर्मनिरपेक्षता शब्द त संविधानबाट नहट्ने भयो ?

संविधान बन्ने नवन्ने कुरा हाम्रो महत्वको कुरा होइन । महत्वको कुरा त नेपालीको पहिचान बच्यो या बचेन भन्ने हो । हिन्दुराष्ट्र विनाको संविधान आएमा शिवसेना नेपालले टिक्न दिँदैन । हिन्दु राष्ट्र चाहने ९० प्रतिसतले सडकबाट आफ्नो संविधान लेख्छन् । अर्काे कुरा हामीलाई अब ज्यानको माया पनि छैन । जसले ज्यानको माया गर्छ उसलाई मर्नको डर हुन्छ  । शिवसेना नेपालले मृत्यु जितिसकेको छ । मृत्युसँग डर छैन । यसको आबास केही समयपछि राजनीतिक दलका दलालहरुले थाहा पाउनेछन् ।

तपाइहरुको संगठन कति ठुलो छ र ?

हाम्रो संगठन कति ठुलो छ भन्ने कुरा निकट भविश्यमै थाहा हुन्छ । नेपालमा मात्र हैन हाम्रा शाखाहरु विदेशमा पनि छन् । कतार, अस्टेलिया, अमेरिका केही दिनअघि भारतमा पनि विस्तार गरेका छौँ । नेपालीको पहिचान हिन्दुराष्ट बनाउन विदेशबाट पनि कम्मर कसीसकेको अवस्था छ ।

केही दलका नेताहरुले देश टुक्राउने अभिब्यक्ति दिइरहेका छन नी ?

मैले पनि मिडिया मार्फत थाहा पाएँ । नेपाली कांग्रेस र मधेशबादी दलका केही विदेशी दलालहरुले यस्तो भनेको थाहा पायौै । देश ट्क्राउने अभिब्यक्ति दिनेलाई तत्काल कारवाही गर्नु पर्दछ । उनीहरुलाई अहिले सडकमा जनताका अगाडी कारवाही गरिएन भने भोली हामी सडकमै उनीहरुलाई फाँसी दिन्छौ । नेपाली दाजुभाईहरुमा फाटो ल्याउने काम भइरहेको छ । दाजुभाइहरुलाई आपसमा भिडाउनेलाई तत्काल जनताले चिन्न जरुरी छ । उनीहरुले जुन ठाउँमा देश ट्ुक्राउने अभिब्यक्ति दिन्छन् सोही ठाउँमा फाँसीसम्मको सजाय दिन शिवसेना नेपाल अब तयार छ । हामीलाई जनताको साथ रहनेछ । हरेक दलभित्र दलाल छन् । कोही युरोयिनको दलाल छन् । कोही नजिकका छिमेकी देशका दलाल छन् । राज्य नै दलाल छ । यस्तो बेला देश बचाउनु हाम्रो कर्तब्य हो । जनता सचेत हुन जरुरी छ ।
yeskathmandu भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १० भदौ । इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’का व्यावसायिक पार्टनरलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको एक टोलीले घैँटेको सम्पत्ति अनुसन्धानका लागि भन्दै सहयोगी राजेश कार्कीलाई सोमबार पक्राउ गरेको हो । घैंटेको सहयोगमा कार्कीले ट्राभल एजेन्सी खोलेर १० देखि १२ करोड सम्मको अवैध कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेका कार्की लाजिम्पाटको फ्राइडे रेस्टुरेन्टका सञ्चालक हुन् ।

उनले घैँटेको आर्थिक कारोबार सम्हाल्दै आएको सूचना पाएपछि महाशाखाको टोली सोमबार होटल पुगेको थियो । प्रहरी अनुसन्धान अनुसार कार्कीको रेस्टुरेन्टमा ठेकदारहरूलाई बोलाएर घैँटेले धम्क्याउँदै असुली गर्दथे । धम्की आएपछि केही व्यापारीले त महाशाखामा उजुरी समेत दिएका थिए । त्यही उजुरीका आधारमा पनि प्रहरीले घैंटेका सहयोगी कार्कीलाई नियन्त्रणमा लिएको हो ।
करिब १० वर्षअघि सामान्य जागिरे रहेका कार्कीको नाममा हाल करोडौँको सम्पत्ति पनि भेटिएको छ । घैंटेको सम्पत्तिको अपराध महाशाखाले नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घैँटेसँग करोडौँको सम्पत्ति भएको भनिएपनि उनको नाममा थोरै मात्र भेटिएको छ । सहयोगी र आफन्तका नाममा पनि गुन्डागर्दीबाट कमाएको रकम जम्मा गरेको हुन सक्ने भन्दै महाशाखाले घैंटेको सम्पत्तिको छानबिन थालेको हो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
फोटो :रासस
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सहर पसेर बगाउँदै गरेका एक व्यक्तिलार्इ बचाउँदै स्थानीयबासी

फोटो :सौजन्‍य: सिद्धि प्रधानाङग
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको सिद्धि अस्पताल परिसरमा रहेको कार।
www.annapurnapost.com
काठमाडौं, १० भदौ । नेपाली बजारमा बुधबार ८ रुपैयाँले घटेको सुनको भाउमा विहीबार पनि गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार मूल्य घटेसँगै बिहीबारका सुन तोलाको ५० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार सुन तोलाको ५१ हजारमा कारोवार भएको थियो भने मंगलबार ५१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । दुई दिनको अन्तरमा सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो ।
चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार बजारमा चाँदी तोलाको ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ८१ रुपैयाँमा किनबेच भएको थियो ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home