• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
गर्मी होस् या जाडो कपालको हेरचाह हर मौसममा गर्नुपर्ने हुन्छ। सानो लापरवाहीले पनि कपाल झर्ने, टुक्रने र कपालको चमक हराउने हुन्छ। अधिकांसको त युवा अवस्थामै कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ।



कपालको लागि सबैभन्दा राम्रो उपचार तेलले गर्छ। नुहाँउदा प्रयोग गरिने स्याम्पु अर्को कारण हो कपालको स्वास्थ्यको। सदियौं देखि कपालको सुन्दरताको लागि तेल प्रयोग गरिदैआएको छ। तेलले कपाल बाक्लो, कालो अनि लामो बनाउने गर्छ। तर तेलको प्रकार अनुसार त्यसका प्रभाव पनि फरक फरक नै छन्।

तिलको तेल

यसले कपालको रुखोपन र चाँया कम गर्छ। यसमा हुने भिटामिन बी, भिटामिन ई, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र प्रोटीनले टाउको को छालालाइ पनि राम्रो गर्छ। कपाल झर्ने समस्यामा पनि कमि ल्याउछ यसले।हप्तामा ३ पटक २० मिनेट यो तेल कपालमा लगाइसकेपछि स्याम्पुले कपाल धुने गर्दा कपालमा आएको फरक महसुस गर्न सकिन्छ।

जैतुनको तेल

कपालको लट्टा र हाँगा फाट्ने समस्या कम गर्छ जैतुनको तेलले। यो तेलमा हुने ओसिलोपनाले कपाल एक अर्कामा टाँसिन दिदैन। यसको नियमित प्रयोगले कपाल कोमल हुन्छ।

बदमको तेल



यो तेलले कपाल झर्ने र टुक्रने क्रम कम गर्छ। यसले खराब पानी, तनाब, चाँया अनि प्रदुषण आदि जस्ता कारणले अधिकांस मानिसमा देखिएको कपाल झर्ने समस्यामा कमी ल्याउछँ। यसमा म्याग्नेशियमको भरपुर पाइन्छ। केही बेर तताएर यो तेल लगाइएको १०-१५ मिनेटमा स्याम्पुले पखाल्नाले यसको राम्रो असर पर्ने हुन्छ।

वास्नादार तेल



बजारमा पाइने विभिन्न वास्नादार तेलहरु मध्ये केही बास्नादार तेलहरुले कपालको चमक बढाउँछन्। यस्तो तेल विशेषतः बास्नाकै लागि प्रयोग गरिन्छ। यस्तो तेलहरुमा कयौ प्रकारका फुल अनि फलका गुणहरु समावेश गरिएको हुन्छ।
काठमाडौं । पछिल्लो समय यौन शिक्षाको विषयमा चाँसो बढ्दै गइरहेको छ ।
यौन शिक्षासँगै विश्वका युवायुवतीहरुमा यौन चाँसो पनि बढीरहेको छ । त्यस्तो बेला पश्चिमी देशहरुमा जहाँ वयस्क युवकहरु अत्याधिक अनलाइन पोर्नको प्रभावलाई महसूस गर्छन् ।
प्रविधिको विकाससँगै नेपालमा पनि पछिल्लो समय अनलाईनमा पोर्न भिडियो हेर्नेको संख्या बढेको छ । यौन सम्बन्ध र व्यवहारिक विज्ञान विशेषज्ञका अनुसार सेक्स एउटा यस्तो समस्या होे, जसलाई लिएर किशोरहरुमा धेरै जान्ने इच्छा हुन्छ ।
त्यो जान्नका लागि अनलाईनमा सेक्स भिडियो हेर्छन् । आजभोली सोशल मीडिया र वेबसाइडले गर्दा यो बारेमा जान्न धेरै सजिलो भएको छ । तर अधिकांश जानकारी लिँदा यो पोर्नग्राफीको रुपमा देखा पर्छ ।
एण्ड्रोमेडा एण्ड्रोलजी सेण्टरका निर्देशक डा.सुधाकर कृष्णमूर्ति भन्छन्,-‘म सेक्सलाई लिएर अज्ञानता नै यसको दोषी मान्छु । मानिसहरुलाई पहिला स्वस्थ सेक्सको बारेमा जान्न जरुरी छ । पोर्न भनेको उसको स्वरुप मात्रै हो ।’
उनी यस्तो चिकित्सक हुन जो एण्ड्रोलोजीमा पहिलो पटक काम गरेर सफतला पाएका व्यक्ति हुन् । यो पुरुषको प्रजनन क्रियासँग सम्बन्धित गड़बड़ीलाई समाधान गर्ने चिकित्सा शाखा हो ।
उनी भन्छन्-‘एक शिक्षित महिला तथा पुरुषले पोर्न भिडियोलाई देह सुखको माध्यम मात्रै मान्दैनन्, बल्कि सँगै भएको र अझै नजिक छन् भन्ने प्रयासलाई देखाउँछ । यो किशोरहरुसँग मात्र होइन् हरकोहीसँग सेक्स गर्न मजा लिन हेर्ने गरिन्छ ।’
डर यो कुराको छ कि सजिलै उपलब्ध हुने अनलाइन पोर्नले खतरनाक यौन व्यवहारका लागि युवालाई उत्प्रेरित गर्छ, विशेषगरी यस्तो देश जहाँ युवाहरुको जनसंख्या विश्वमा सर्वाधिक हुन्छ ।
डाक्टर कृष्णमुर्तिका अनुसार सेक्स उत्तेजना बढाउने कामका साथै पोेर्न भिडियोले यौन जन्य अपराध समेत जन्माउने गरेको छ । युवाहरुको मस्तिष्कमा गहिरो प्रभाव पारेर उनीहरुलाई उत्तेजित पारेर यौन अपराधका लागि बाध्य पार्ने गरेको चिकित्सकहरुको निष्कर्ष छ ।
्
चिकित्सकका अनुसार नेपालमा मात्रै ८० लाख बढीले पोर्न भिडियो हेर्ने गर्छन् । पोर्न भिडियो हेर्नुको मुख्य उद्देश्य यौन उत्तेजना बढाउनु नै भएको उनीहरुको ठहर छ । पछिल्लो समय बढीहरेका बलात्कारका घटना पनि पोर्न भिडियोकै कारण भएको बताइएको छ ।
पोर्न भिडियो विशेषगरी युवापुस्ताले हेर्ने गर्छन् । डाक्टर कृष्णमुर्ति भन्छन्-‘युवा अवस्था भनेको जवानीको अवस्था हो । यो बेला जवानीको जोशलाई थप सक्रिया बनाउन युवायुवतीले पोर्न भिडियो हेर्छन् । तर यस्ले नकारात्मक असर पनि पार्छ ।’
उनका अनुसार हाम्रो समाजमा प्रायजसो १५ देखि ५० वर्षसम्मका व्यक्तिले पोर्न भिडियो हेर्ने गरेका छन् । नेपालमा महिला भन्दा पुरुषले बढी पोर्न भिडियो हेर्ने गर्छन् । एजेन्सी
dainiknepal.com
गाढा हरियो रंगको तुलसी जस्तै स-साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो। पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ। बाह्रै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ। अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ।

आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ। यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ।

विभिन्न रोगमा पुदिनाको प्रयोग

अपच
दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५-६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ।

पेट फुल्ने
पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १-२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ।

क्यान्सर
पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ। दिनको १०-१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २-३ पटक केही महिनासम्म खुवाउन सकिन्छ।

काटेको घाउमा
कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ।

मुर्छा
सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ।

ज्वरो
पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ।

पेट दुखाइ
पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ।

दम र खोकी
पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ। घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ।
सिन्धुपाल्चोक, जेठ ३० । भूकम्पपछि सदरमुकाममा रहेको जिल्ला अस्पतालमा अहिले सिटामोल पनि छैन । भूकम्पअघि स्टोरमा प्रशस्त औषधि नबाँडीकनै स्टोर रित्तिएको छ ।

अस्पतालका तीनवटै भवन भत्किएपछि अहिले बिरामीलाई टेन्टमा राखिएको छ । टेन्टमुनि अहिले ४५ बिरामी छन् । तिनीहरुलाई नर्वेबाट आएको टोलीले औषधि बाँडछ ।

तर, अस्पतालसँग भने सिटामोल पनि छैन । उपचारका लागि आएका बिरामीले नर्वेजिएन रेडक्रसले दिने केही औषधिबाहेक सबै निजी मेडिकलबाट किन्नु पर्छ ।

विनाशकारी भूकम्प्ले अस्पतालका तीन ठूला भवन क्षतिग्रस्त बनेपछि १५ वैशाखबाट स्वास्थ्यका सम्पूर्ण काम चौताराको टुँडिखेलबाट हुँदै आएको छ ।

विपद्को मौका छोपेर अस्पतालको स्टोरबाट औषधि हराउन थालेको कर्मचारीहरु नै बताउँछन् । नयाँ पत्रिकामा खबर छ ।
काठमाडौँ, ३० जेष्ठ - शनिबार बिहानै दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान सात बजेर ३ मिनेट जादा दोलखालाई केन्द्रविद्यनु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

शुक्रबार पनि विहान १०ः१९ मा दोलखालाई केन्द्रविद्यनु बनाएर ४ दशमलव ४ रेक्टरको भूकम्पको धक्का गएको थियो। वैशाख १२ गते ७ दशमलव ८ रेक्टरको भूकम्प गएयता सानासाना धक्का गैरहने भएकाले नआत्तिन र सचेत भने रहन विज्ञहरुको सुझाव छ।
ज्योतिष तान्त्रिक)
ज्योतिष तान्त्रिक विहङ्गमराज तिमिल्सिना पछिल्लो समयमा चर्चामा रहेका छन् । संसारमा धेरै मानिसहरुले ज्योतिष भविष्यफलबारे विश्वास नगरेपनि संसारका धेरै राजनेताहरु ज्योतिषीय विधितर्फ ढल्किएका पाइन्छन् ।


नेपालमा संविधानसभाको प्रक्रिया सुरु भएदेखि नै उनले गरेका अधिकांश भविष्यवाणी सत्य सावित भएका छन् । पहिलो संविधानसभाबाट संविधान नबन्नेदेखि शीर्ष नेताहरुकै कारण संविधानसभा विघटन हुन्छ र देशमा सरकारी कर्मचारीले शासन गर्छ भनेर उनले ९ महिनाअघि नै भविष्यवाणी गरेका थिए ।
यस्तै ज्योतिषी तिमिल्सीनाले रामचन्द्र पौडेल प्रधानमन्त्री बन्न नसक्ने र सुशील कोइराला प्रधानमन्त्री नबने बाहिरी मान्छे मुलुकको प्रधानमन्त्री बन्ने भनी दाबी गरेअनुसार खिलराज रेग्मी नेतृत्वको सरकार बनेपछि थुप्रै नेताले ज्योतिष तिमिल्सीनालाई भेट गरेका थिए ।
खिलराजको आगमनपश्चात एक टेलिभिजनमा मंसीरयता चुनाव हुन नसक्ने ठोकुवा गर्दै मंसीरको चुनावपछि नेपाली कांग्रेस पहिलो दल बन्ने र त्यसको प्रधानमन्त्री सुशील कोइराला बन्ने ठोकुवा गरेका ज्योतिषीले माओवादीको स्थिति कसैले नसोचेको व्यहोर्नुपर्ने र एमाले दोश्रो हुने भविष्यवाणी पनि गरेका थिए ।उनले दोस्रो संविधानसभाको निर्वाचनपछि माघ पहिलो सातामा सरकार बने सुशील कोइराला प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका थिए ।
वनारसबाट ज्योतिषशास्त्र र त्रन्त्रशास्त्रमा उच्च शिक्षा हासिल गरेका तिमिल्सिनाले यस्तै थुप्रै आश्चर्यलाग्दा भविष्यवाणी गरिसकेका छन् । ज्योतिष तिमिल्सिनाले एमालेमा केपी ओली अध्यक्ष हुने अधिबेशन उद्घाटनकै समयमा भनेका थिए । हाल काठमाडौंको बानियाटारमा बस्ने त्रान्त्रिक पण्डित तिमिल्सिनासँग ९८४१३१४१२० मा सम्पर्क गर्न सकिन्छ । उनै ज्योतिष तिमिल्सिनासँग नेपाल सन्देशकर्मी केशरमणि कटुवालले समसामयिक विषयमा गरेको कुराकानीः–
तपाइले विभिन्न समयमा नेपालको राजनीतिबारे भविष्वाणी गर्नुहुन्छ, त्यो कुन आधारमा गर्नुहुन्छ ?
– म एक ज्योतिषी तान्त्रिक हुँ । ज्योतिषीबाट भविश्यवाणी, जन्मकुण्डली, राशी कुण्डली निकालेको भन्दा तान्त्रिक विधिबाट करोडौं गुणा मिल्नेगर्छ । तान्त्रिक विधि भन्नाले मान्छेले अनेक सोच्ने र तर्सने गर्छन् । तान्त्रिक विधि पनि वैज्ञानिक विधि हो । म त्यसैका आधारमा भविष्यवाणी गर्ने गर्छु । तपाईहरुका अघि मैले कतिपय भविष्यवाणी गरेको छु, जु सत्य सावित भइसकेका छन् ।
अहिले दलहरुबीच १६ बुँदे सहमति भएको छ, यसले देशलाई निकास दिएला त ?
–दलहरुबीच अहिले जुन १६ बुँदे सहमति भएको छ । यो आफैमा पूर्ण होइन । यसलाई कार्यन्वयन गर्नका लागि सबै दलहरु तत्पर हुनुपर्छ । अहिले गुरु वृहस्पति बलियो भएका कारण दलहरु सहमतिमा पुगेका हुन् । यसलाई विथोलिन नदिन दलहरुले एउटा शक्तिशाली आयोग गठन गर्दा राम्रो हुन्छ । यसले नेताहरुलाई खुल्लमखुल्ला आरोप प्रत्यारोप गर्न दिँदैन र सहमतिले सार्थकता पाउँन सक्छ ।
पहिलो संविधानसभाबाट संविधान आउँदैन भन्नु भएको थियो ।
 यो सहमतिको आधारमा संविधान आउँला त ?

–अहिले संविधानका लागि आशलाग्दो अवस्था देखिएको छ । दलहरुले यसअघि पनि सही तरिकाले अघि बढेको भए संविधान आउँथ्यो तर वार्तालाई उनीहरुले पूरै लत्याए । अहिले केही शुभ संकेतहरु देखिएका छन् । तर, संविधानसभा बाहिर रहेका दलहरुलाई पनि संगै लिएर जाने उदारता भने देखाउन सक्नुपर्छ । बेलैमा दलहरु सचेत बन्नुपर्छ । असन्तुष्टहरुले अशान्ति मच्चाउन पनि सक्छन् ।

अहिले तपाई राष्ट्रिय सरकार बन्ने र दलहरुको सहकार्यले दीर्घकाल सम्म निरन्तरता पाउँने देख्नुहुन्छ ?
अहिले ठूला भनिएका दलहरुले बाहिर भएका दलहरुलाई पनि समेट्न सके भनेमात्र यसले मूर्त रुप प्राप्त गर्न सक्छ । दलहरुले यसो गर्न सके देशलाई अमृत फल मिल्छ । अहिले मुख्य दलहरुको सरकार बन्ने सम्भावना भने छ ।
तपाई राजावादी शक्ति अबको राजनीतिमा हाबी हुने सम्भावना देख्नुहुन्छ ?
राजावादी शक्तिको अवस्था के हुन्छ भन्ने कुरा अहिलेका राजनीतिक दलहरुको व्यवहारमा भर पर्छ । दलहरुले मिलाउँन सकेनन् भने जनताले विकल्प खोज्छन् त्यसबेला राजतन्त्र हाबी बन्न सक्छ । जनताले राम्रो विकल्प खोज्नु स्वभाविक हुन्छ । दलहरु बेलैमा सचेत बन्नुपर्छ । तत्काल राजसंस्था फर्किने सम्भावना छैन ।
अब अन्त्यमा, २०७३ सालसम्म नेपालका ग्रहदशा राम्रो छैन पाकृतिक विपत्ति आइरहन्छ भन्छन्, खासमा के हो ?
मैले यसअघि राष्ट्रमा विपत्ति आउँछ भनेर ४ वर्षदेखि नै भन्दै आएको हो । नेपालको पश्चिमी भूभागमा जलप्रभाव पर्ने सम्भावना छ । नेपालमा अनावृष्टि, खण्डवृष्टि, अतिवृष्टि लगायतका विपत्ति आउँन सक्छन् । तर नेपालमा फेरि पनि ठूलो भूकम्प आउँछ भनेर हल्ला फिजाएका छन् । अब नेपालमा ८६ वर्ष तीन महिना ठूलो भूकम्पको सम्भावना म देख्दिन । साना आउँन सक्छन् । त्यसले त्यस्तो भयावह क्षति गर्दैन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन ।


केटामा केही गुण हुनु पर्छ जुन हरेक महिलाले मन पराउँछन् । यदि कुनै पनि केटीले तपाइँलाई हेर्दिने भने पनि पिर नगर्नुस् बानीमा केही सुधार गर्न मात्र जरुरी छ । यहाँ केटाका त्यस्ता बानीको चर्चा गरिएको छ जुन हरेक केटीलाई मन पर्छ ।

१ सिधा सादा
सोझो खालका देखिने र जेन्टल स्वभावका केटा हरेक केटीलाई मन पर्छ । सामान्यतः सिधा सादा र परेको बेला आक्रामक पनि बन्न सक्छन् त्यस्ता केटाको खोजिमा हुन्छन् हरेक महिला । सिधा देखिने केटा हरेक केटीलाई मन पर्छ ।



२ रुखो ब्यवहार देखाउने केटा
कतिपय केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो धुनमा काम गरिरहने र आफूलाई कम ध्यान दिएको जस्तो गर्ने केटा हरेक केटीलाई मन पर्छ । कुनै पनि केटी देख्ने वित्तिकै प्रतिक्रिया दिने बानी छ भने छोड्नुस् वेवास्ता गर्ने केटा केटीलाई बढी मन पर्छ ।




३ आत्मविश्वासी
कुनै पनि केटीलाई उच्च आत्म विश्वास भएको केटा मन पर्छ । अलिकति चल्ता पुर्जा र आत्म विश्वास भएका केटाको नजरमा केटीहरु पग्लिहाल्छन् । आफ्ना कुरा खुलेर राख्न सक्ने केटा केटीको नजरमा परिहाल्छन् ।


४ गम्भिर
कुनै पनि कुरालाई उडन्ते पारामा कुरा गर्ने भन्दा गम्भिर प्रकृति भएका केटा केटीहरुलाई मन पर्छ । पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।


५ ख्याल गर्ने केटा
आफूलाई अलिक ख्याल गर्ने र चासो दिने केटाहरुको खोजिमा हुन्छन् केटीहरु । हरेक समस्यामा साथ दिने र समाधानको बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् । आफूले नजिक बनाउन चाहेको केटीको विषयमा सँधै हेरविचार गर्नुस् ।


६ खुशमिजास
धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ । तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव थाहा पाउँछन् । हँसिलो अनुहार र फरासिलो स्वभावका केटा केटीको नजरमा परिहाल्छन् ।
नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरुले भूकम्पबाट प्रभावित जिल्लाका अस्थायी शिविरमा निःशुल्क वाईफाई जोन राख्ने भएका छन् ।

भूकम्पबाट बढी प्रभावित १४ जिल्लालाई लक्षित गरी कम्पनीहरुले वाईफाईमार्फत इन्टरनेट सेवा दिन लागेका हुन् । सञ्चारका साथै आफन्तसँग नजिक हुने माध्याम इन्टरनेट सुविधा अभावले भूकम्प प्रभावित क्षेत्रमा थप सास्ती भएको छ । कतिपय जिल्लामा सरकारी कामकाजसमेत ठप्प छ भने इन्टरनेटकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।
नेपाल टेलिकमले दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोटलगायत १४ जिल्लालाई वाईफाई सेवा दिने कार्यक्रम स्वीकृत गरेको छ । भूकम्प गएलगत्तै एक सातासम्म उसले आन्तरिक तथा बाहृय टेलिफोन/इन्टरनेट निःशुल्क गरेको थियो ।
कम्पनीले बढी प्रभावित जिल्लामा पीडितले इन्टरनेट सुविधाबाट बञ्चित हुनु नपरोस् र आफन्तसँग पहिलेजस्तो सम्पर्क कायम होस् भनेर यस्तो सुविधा ल्याइएको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन् । वाईफाई सेवा लिन सम्बन्धित स्थानमा कम्तीमा ५० घर परिवार वा १५० जनसंख्या हुनुपर्ने सर्त उनले सुनाइन् । कारोबार दैनिकमा खबर छ
dainiknepal.com
तपाईंले चाहने हो भने तपाईंको अर्बपति छोराले सायद संसारको जुनसुकै कुनामा राखेर पनि ऐशआरामसँग राख्न सक्नुहुन्थ्यो होला । तर, तपाईंले आफ्नै पाखापखेरा अनि परिवेश रोज्नुभयो । आफ्नै माटोमा मर्न चाहनुभयो । परदेशमा पजरो चढन् भन्दा आफ्नै पतिले सिर्जना गरेको पाखापखेरामा पैदलै हिँडन चाहनुभयो । तपाईँको प्रशंसाको लागि जतिनै अक्षर पोखे पनि अपुग हुन्छ ।
पूज्यनीय आमा नमस्कार !
आमा ! सन्चै हुनुहन्छ कि बिसन्चो, त्यो त थाहा छैन् । ८६ बर्षको उमेरमा पनि एक्लै बस्दै आउनुभएको छ भन्नेसम्म थाहा पाएँ । बुढेशकालको जिन्दगी एक्लै गुजार्नु पर्दा नरमाइलो त पक्कै लाग्दो हो । कति निश्चल मन तपाईको, छोराले सुःख सुबिधासँग राख्न खोज्दा खोज्दै पनि लोभिनु भएन । देश, बिदेश चहारेर संसार देख्नुभो । तर, पनि आफ्नै जन्मथलो छाड्न मान्नु भएन ।
तपाईबारेको खोजमुलक समाचार दैनिक नेपाल डटकममा पढेँ । अति मार्मिक लाग्यो । त्यसैले चिठी लेख्न थालेँ । मलाई थाहा छ आमा, तपाईँले आफै त यो चिठी पढ्न सक्नुहुन्न । तपाईँको एउटा फुलो छ । बुढ्यौलीले आँखा पनि राम्रोसँग देख्न सक्नुहुन्न होला । तर, दैनिक नेपालमा प्रकाशित भएको समाचार पढेर नसक्दै मेरो हातले कलम समाउने पुगे र चिठी लेख्न थालेँ । कसैले पढेर तपाईंलाई बेलीविस्तार लगाइदिन्छ भन्नेमा विश्वस्त छु ।

शारदा गैरै
आमा ! यो उमेरमा पनि तपाईंको सक्रियता देख्दा साह्रै खुसी लाग्यो । दुनियाँलाई चक्मा दिने जोश छ तपाईँसँग । उस्तै जाँगर । यो उमेरमा पनि गाउँकै उकालीओराली गर्न मन पराउनु हुन्छ । नेपालीहरु देश छोड्न हतारिँदा तपाईँ भने गाउँलाई माया गरेर सतिसालझैँ उभिनुहुन्छ । समाजसेवाको काममा सक्रिय हुनुहुन्छ । यो थाहा पाउँदा म तपाईसँग नतमस्तक छु ।
तपाईँका छोराछोरी कति भाग्यमानी ! तपाईँ जस्ती महान आमाको कोखबाट जन्मिन पाए । अनि तपाई पनि उस्तै भाग्यमानी हुनुन्छ । बिश्वले आदर गर्ने शेष घलेजस्ता सपुतलाई जन्मदिनुभयो । शेष घले तपाईंको मात्र छोरा होइन्, धेरै नेपाली आमाको छोरा हो । बैशाख १२ गतेको महाभूकम्पपछि अष्ट्रेलियादेखि नेपाल आएर गाउँ गाउँका आमाहरुलाई सेवा गर्नुभयो, कयौँ दिनसम्म अन्न देख्न नपाएका दाजुभाइ, दिदीबहिनीलाई राहत दिनुभयो । हो, तपाईंलाई भेट्न आउन पाउनु भएन होला । त्यसैले तपाईँले आफूलाई अभागी नसम्झनु आमा ! झन् तपाईंले आँखाबाट आँशु झार्ने त कुरै भएन ।
हुन त हरेक आमा आफैमा महान हुन्छिन । उनीहरु भएभरको पीडा आफै बोकेर आफ्नो सन्तानलाई खुसी पार्न हतारिन्छन् । नौ महिनासम्म कोखको पीडा सहेर पनि सन्तानको खुसीका लागि आफ्नो हर खुशीहरुलाइ बलस् चढाउँछन् । आमा शब्दनै महान छ । तर, पनि तपाईँको महानताको उचाई निकै अग्लो छ । सिंगो नेपालीले गर्व गर्न लायक छ । तपाईँ विदेशीहरुसमक्ष शिर झुकाउन चाहनुभएन । तपाईंले चाहने हो भने तपाईंको अर्बपति छोराले सायद संसारको जुनसुकै कुनामा राखेर पनि ऐशआरामसँग राख्न सक्नुहुन्थ्यो होला । तर, तपाईंले आफ्नै पाखापखेरा अनि परिवेश रोज्नुभयो । आफ्नै माटोमा मर्न चाहनुभयो । परदेशमा पजरो चढन् भन्दा आफ्नै पतिले सिर्जना गरेको पाखापखेरामा पैदलै हिँडन चाहनुभयो । तपाईँको प्रशंसाको लागि जतिनै अक्षर पोखे पनि अपुग हुन्छ । किनकी तपाईँको देशप्रेम र मातृभूमिप्रतिको माया अक्षरमा वर्णण गर्न सम्भव छैन् ।
श्रीमानप्रति कति अगाढ माया तपाईको ! दिनरात उहाँकै सम्झनामा डुब्नु हुँदोरहेछ । हुन त आमाको आँखामा आफ्नो सन्तान सँधै सानै हुन्छ । तर, आज तपाईँलाई शेषको आमा भनेर देशले चिनेको छ । शेष जस्तो सपुत दिने आमालाई देशले माया गर्छ, आँशु नखसालिदिनु होला । तपाईँ जस्तो साहसी आमाको आँखामा आँशु सुहाउँदैन ।
हुन त मानिसलाई धन र दौलतले कहिल्यै पुग्दैन् । अष्ट्रेलियाको अर्बौ सम्पत्ति भन्दा तपाईँलाई नायुको भेडाबाख्रा र खेतको मुल्य नै बढी छ । तर, तपाईँको छोरा धनले मात्र होइन्, मनले पनि सम्पन्नशील हुनुहुन्छ । अस्ति भर्खर एक अर्ब रुपैँयाको कल्याणकारी कोष स्थापना गरेको थाहा पाउनु भो ? त्यो विकट गाउँमा जन्मेको छोरालाई आज संसारले चर्चा गर्छ । यो नभुल्नु, शेष जस्ता छोराको आमा बन्ने शौभाग्य कमैले मात्र पाउँछन् ।
हो, तपाईले भोग्नु भएको पहिलेका ती पीडा गनिसाध्य छैनन् । तर, अब ती दुःख तपाईँबाट टाढा भागिसकेका छन् । सुखसयलसँग जीवन बिताउन सक्नुहुन्छ । संसारको जुनकुनै ठाउँमा पनि तपार्इँ सानको साथ आफ्नो जीवन जिउन सक्नुहुन्छ । तपाईको छोराले त्यो हैसियत कायम गरिसकेका छन् । अब दाउराको धुवाँमा पिरोलिनु पर्दैन, बिहानै उठेर पानी बोक्न पनि पर्दैन । हिँड्नु पर्दैन । घरको सिँडी ओर्लनु पर्दैन, लिफ्टबाट सरर झरे पुग्छ । तर, यी सबै सुविधा तपाईँका लागि मुल्यहीन छन् । मानिसहरु धर र दौलतको पछाडि दौडिरहेको बेला तपाईँ भने सारा सुख सम्पत्तिबाट टाढा हुनुहुन्छ, गाउँको सामान्य आमा हुनुमै गर्व गर्नुहुन्छ यो नै तपाईंको महानता हो ।
आमा मानिस रहरले को परदेशी हुन्छ र ? तपाईँ जस्तो कथा लाखौँ नेपाली आमाको कथा हो । किनकी शेषजस्ता लाखौँ नेपाली सपुतहरु यतिबेला परदेशी माटोमा श्रम र सीप बेचिरहेका छन् । त्यसैले तपाईँको कथा व्यथा पढेर धेरैले आफ्ना आमा सम्झेका छन्, धेरैले आँशु पनि खसाले होलान् । आफ्नो प्रिय परिवारलाई छाडेर परदेशमा बस्न कस्लाई मनलाग्छ र आमा ? त्यसैले आफूलाई कहिल्यै पनि अभागी नठान्नु होला आमा । बरु आफ्नो स्वास्थ्यको ख्याल राख्नु । दिर्घायूको कामना ।

अर्बपति शेष घलेको आमाले रुँदै भनिन्, ‘सबैभन्दा अभागी रहेछु’

केटीहरुलाई बचपन देखि नै मान मर्यादा र इज्जतको बारेमा धेरै कुरा सिकाइन्छ । केटीहरुलाई सँधै घरको इज्जत तेरै हातमा छ । केटी जस्तो हुनु पर्छ इत्यादी कुरा भन्ने गरिन्छ । तर जमाना बदलिएको छ । त्यसरी नै बानी ब्यवहार पनि । केटीहरु आजकल बदलिएका छन् । उनीहरु आफ्नो निर्णय आफै गर्न सक्ने भएका छन् । तर पनि अधिकाँश सम्बन्धमा धोका दिएकोरुपमा महिलालाई नै प्रस्तुत गरिन्छन् । महिलाहरुले किन दिन्छन् त धोका ?

एक जर्नलले गरेको अध्यनमा यस्तो देखियोः


१ ध्यान नदिनु
कुनै पनि सम्बन्धमा आपसी प्रेम र हेरचाह महत्वपूर्ण हुन्छ । यस्ता कुरामा ध्यान दिन छोडेपछि सम्बन्ध धरापमा पर्छ । महिलाहरु बढी भावुक हुने हुँदा यसको असर उनीहरुमा छिटो पर्छ । घरमा निरन्तर प्रेम र हेरचाहको अनुभव भएन भने महिलाले विवाहइत्तरमा सम्बन्धमा जान्छन् ।

२ बदलाको भावना

सम्बन्धमा धोका पाएको अनुभव भयो भने त्यसलाई भुल्न गाह्रो हुन्छ । खासगरी पार्टनरलाई दुःख लाग्ने गरी गरिएका यस्ता गल्तीले भावना समेत जगाउँछन् । पुरुषले आफूलाई धोका दिएको छ भन्ने लागिरहेको छ भने महिलाहरु बदला चुकाउनका लागि पनि अन्य पुरुषसँग सम्बन्ध राख्न पुग्छन् ।



३ आपसी सम्बन्ध राम्रो नहुनु
आपसी सम्बन्ध राम्रो भएन भने पनि महिलाहरुले फरक सम्बन्ध खोजी गर्छन् । महिलाले आफ्नो पुरुषले केवल यौनिक सम्बन्धमा मात्र ध्यान दिन्छ भन्ने लाग्यो भने प्रेमको पार्टनर खोज्छन् । पुरुषहरु आफू आफिसमा थाकेको वा तनावमा रहेको भन्दै यस्ता कुरामा ध्यान दिँदैनन तर महिलाहरुलाई यस्ता कुराको ठूलो महत्व हुन्छ ।

४ आकर्षक नहुनु

विवाह गरेको शुरु शुरुमा पुरुषहरुले आफ्ना र पत्निका हरेक कुरामा ध्यान दिन्छन् । तर विस्तारै यो कुरा हराउँदै जान्छ । महिलामा भने उनीहरुलाई आकर्षक हुनु पर्छ भन्ने चेत रहेको हुन्छ । उनीहरुलाई आफू सुन्दरी नभएकोमा पिर पनि हुन्छ । महिलाहरुलाई आफ्नो पार्टनरले सुन्दर भनोस् र प्रसंसा गरोस भन्ने चाहाना हुन्छ तर पुरुषहरु यस्ता कुरामा ध्यान दिँदैनन् । यसकै कारण महिलाहरु अन्य सम्बन्ध तिर मोडिन्छन् ।



५ आर्थिकरुपमा परनिर्भर

यदि कुनै पनि महिला पति वा प्रेमीसँग आर्थिकरुपमा निर्भर छिन भने उनले चाहेको कुरा गर्न सक्दिनन् । उनलाई सँधै आर्थिक जीवनको पिरले सताइरहन्छ । यसै कारणले कहिले काँहि महिलाहरु परपुरुषसँगको सम्बन्धमा पुग्छन् ।

६ असुरक्षा
भावनात्मकरुपमा वा शारीरिकरुपमा असुरक्षा महसुस गर्ने महिलाले कुनै पनि सम्बन्धलाई नाजायज मान्दैनन् । उनीहरुलाई मानसिक र शारीरिक सपोर्ट भयो भन उनीहरु सम्बन्ध राख्न चाहन्छन् चाहे त्यो परपुरुष नै किन नहोस् । असुरक्षित महसुस गरेका महिलाले सम्बन्धमा धोका पनि सहजै दिन्छन् ।



७ श्रेय नदिने

कुनै पनि पुरुषले आफ्नी स्त्रीलाई प्रशंसा पनि चाहिन्छ भन्ने सोंच्दैनन् । उनीहरु जति नै सिंगार पटार गरे वा राम्रो काम गर्दा समेत प्रशंसा दिनु पर्छ भन्ने हेक्का अधिकाँश पुरुषलाई हुँदैन । जसका कारण महिलाहरु प्रंशसा गर्ने पुरुषसँग नजिकिन्छन् । आफ्नी स्त्रीलाई प्रशंसा गर्न नभुल्नुस् ।

८ दिक्क लाग्ने सम्बन्ध
पुरुष अफिसबाट आउँछन् उनीहरुलाई चासो हुन्छ के खानेकुरा तयार छ ।अफिसमा हाकिमसँग झोंक चलेको विषयमा पनि उनीहरुलाई दिक्क लागिरहेको हुन्छ । उनीहरुले त्यही टेन्सन घरमा पनि देखाउँछन् जसका कारण महिलालाई भने विरक्त लाग्छ । अनि उनलाई पनि चाहिन्छ अलि फ्रेस गराउने साथी ।
प्रकृतिले हरेक मानिसलाई फरक फरक बनाएको छ । सबैको कद र अनुहारको बनौट फरक छ । कसैको अग्लो कद छ त कसैको होँचो । कसैको अनुहार गोरो छ भने कसैको कालो ।


समुन्द्र शास्त्र अनुसार मानिसको अनुहार हेरेकै भरमा पनि उसको विषयमा धेरै कुरा बताउन सकिन्छ । आनी बानी मात्र होइन अनुहारबाटै आयुको विषयमा समेत अनुमान लगाउन सम्भव रहेको समुन्द्र शास्त्रको दावी छ ।

यसै कारण शरीर लक्षण विजानले निधारमा देखिने साना साना रेखालाई पनि महत्वपूर्ण मानेको छ । निधारमा देखिने रेखाका आधारमा मानिसको उमेर र आयु अनुमान गर्न सकिन्छ ।
कुनै पनि ब्यक्तिको निधारमा रहेको शुभ रेखाले २५ प्रतिशत आयु वृद्धी गर्छ । अशुभ रेखाले त्यति नै आयु कम गर्ने बताइन्छ । तपाइँको निधारमा हेरेर आफै आफ्नो अनुहार अनुमान गर्न सक्नु हुन्छ ।

ज्योतिषका अनुसार जुन ब्यक्तिको निधारमा २ पूर्ण रेखा हुन्छ त्यस्तो ब्यक्तिको आयु ६० वर्ष हुन्छ । यदि रेखा एकदम स्पष्ट छ भने यस्ता ब्यक्तिले जीवनमा धन र सुख प्राप्त गर्छन् ।
तर रेखा काटिएको छ भने चाँहि यस्ता ब्यक्तिको जीवनमा दुःख आइ लाग्छ । आर्थिकरुपमा पनि यिनीहरुको जीवन कठिन नै हुन्छ ।
यदि कुनै ब्यक्तिको निधारमा ३ रेखा छन् भने यस्ता ब्यक्तिको आयु ७५ वर्ष जति हुन्छ । यदी निधार उस्केको छ भने यस्ता ब्यक्तिले नाती पनाती समेत देख्छन् । यस्ता ब्यक्तिको जीवन सुखमय हुन्छ ।


निधारमा ४ रेखा हुने ब्यक्तिको आयु पनि ७५ वर्ष जति नै हुन्छ र ५ रेखा हुने ब्यक्ति भने १०० वर्ष सम्म जिउँछन् ।
यदि कुनै ब्यक्तिको निधारमा ५ भन्दा पनि बढी रेखा हुन्छ भने त्यस्ता ब्यक्तिको आयु मध्यम हुन्छ । रेखा नै नहुने ब्यक्तिको अल्पायु हुन्छ ।
nepaliheadlines.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस
इन्डोनेशियाको दक्षिण सुमात्रा स्थित सिनावुङ पहाडबाट शुक्रबार ज्वालामुखी निस्कदै । सिनावुङमा ४ सय बर्ष
निष्कृय रहेको ज्वालामुखी सन् २०१० बाट निस्किन सुरु भएको थियो । ww.annapurnapost.com
ल्यापटप अव हरेक ब्यक्तिका लागि अभिन्न अंग जस्तै भैसक्यो । मानिसहरु नियमितरुपमा ल्यापटपमा बस्छन् । तपाइँ पनि त्यस मध्ये एक हो भने तपाइँका लागि अलिक डरलाग्दो खवर छ । अझ तपाइँ तपाइँ एचपी वा कम्प्याक ल्यापटप चलाउनु हुन्छ भने त सुन्दै झसंग हुनु होला । खासमा तपाइँको ल्यापटपको केवलमा जुनसुकै बेला पनि आगो लाग्न सक्छ ।


एचपी र कम्प्याक ल्यापटपमा केवल जल्ने समस्या बढ्दै गएपछि यी २ कम्पनीले ६० लाख भन्दा बढी विक्री भैसेका ल्यापटप बजारबाट फिर्ता मगाएका छन् ।

अमेरिकामा मात्र ५६ लाख ल्यापटप फिर्चा मगाइएको छ भने क्यानडामा ४ लाख ।
सन् २०१० देखि २०१२को बीचमा उत्पादन भएका यी २ कम्पनीका ल्यापटपमा केवल जल्ने समस्या देखिएपछि कम्पनिले ल्यापटप साट्ने सुविधा समेत दिएका छन् ।

यस्तो साट्ने सुविधा वेवसाइटबाट पनि लिन सकिन्छ ।
अहिले सम्म २९ वटा ल्यापटपमा केवल जल्ने समस्या देखिएको छ । बजारमा केवल जल्ने समस्या देखिएपछि एचपीले आफ्नो कम्पनीको केवल प्रयोग नगर्न समेत आग्रह गरेको छ ।
nepaliheadlines.com
हाम्रो शरीर स्वस्थ रहन निरन्तर पानी पिउनु जरुरी हुन्छ । तर कतिपय मानिसलाई पानी पिउन खासै जाँगर लाग्दैन । गर्मीको समयमा पानीको कमी हुँदा शरीरमा अनेक स्वास्थ्य समस्या आउन सक्छन् ।

यदि तपाइँको पनि पानी कम पिउने बानी छ भने याद गर्नुस् यी खानेकुरा । यहाँ त्यस्ता केही खानेकुराको बारेमा चर्चा गरिएको जसले पानी नपिउँदा पनि शरीरमा पानी कम हुन दिँदैन ।
१ नरिवलको पानी

काँचो नरिवल गर्मीमा निक्कै राम्रो मानिन्छ । नरिवलमा ९५ प्रतिशत पानी हुन्छ । यो सेवन गर्दा शरीरमा पानीको कमी हुन पाउँदैन ।



दही लगायतका अन्य दुग्ध पदार्थमा पनि अत्याधिक मात्रामा पानी हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन । दुग्ध पदार्थमा ८५ देखि ९० प्रतिशत सम्म पानीको मात्रा हुने हुँदा गर्मी मौषममा दुग्ध पदार्थको सेवन गर्नु राम्रो हुन्छ ।



३ ब्रोकाउली

गर्मीमा ब्रोकाउली सेवन गर्नु असाध्यै राम्रो मानिन्छ । किन भने गर्मीमा शरीरलाई अत्याधिक पानी आवश्यक पर्छ र ब्रोकाउलीमा ९१ प्रतिशत पानी हुन्छ ।



४ पालक

गर्मी मौषममा पालकको साग निक्कै राम्रो मानिन्छ । यसमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ ।


५ फूलगोभी

गर्मीमा फूल गोभीको सेवन राम्रो मानिन्छ । फूल गोभीले पनि शरीरमा पानीको कमि हुन दिँदैन । यसमा ९२ प्रतिशत सम्म पानी हुन्छ ।



६ टमाटर
टमाटर अर्थात गोलभेँडा पनि गर्मीमा खानै पर्ने तरकारी हो । यसमा ९४ प्रतिशत सम्म पानी हुने विज्ञहरु बताउँछन् ।





७ काँक्रो

काँक्रो पनि गर्मीमा राम्रो फल हो । यसलमा ९६ प्रतिशत सम्म पानी हुने हुँदा शरीरमा पानीको कमी हुन दिँदैन ।



८ सलाद

जुन सुकै फलको सलाद पनि गर्मीमा राम्रो मानिन्छ । काँचो फलको सलाद सेवन गर्मीमा शरीरमा पानी कमी हुन नदिने तरिका हो ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home