• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
एजेन्सी ।

हालै गरिएको एक अध्यनले महिला पुरुष सम्बन्धि अनौठो निष्कर्ष सार्वजनिक गरेको छ । उक्त अध्यनका अनुसार कुनै पनि पुरुषले गरेको गलत ब्यवहार महिलाले सहन्छन् यदी उ आकर्षक र सुन्दर छ भने । तर त्यही कुरा कुरुप देखिने पुरुषमा लागु हुँदैन ।

अमेरिकाको इस्टर्न केन्टकी युनिभर्सिटीका जेरेमी गिबसन तथा जोनाथन गोरेले गरेको अध्यनमा पुरुषको सुन्दरता अनुसार महिलाले पुरुष प्रतिको धारणा बनाउँछन् । सुन्दर र आकर्षक पुरुषलाई नराम्रो काम गर्दा पनि नराम्रो मान्दैनन् तर औषत पुरुषलाई भने त्यही काम गर्दा सजाय दिन चाहन्छन् ।



आकर्षक पुरुषले गरेको नराम्रो ब्यवबार समेत उनीहरुले केही हद सम्म स्वीकार गर्ने अध्यनको निष्कर्ष छ ।

यदि दुई पुरुष मध्ये एक जना आकर्षक र सुन्दर छ तर अर्को त्यति आकर्षक छैन भने महिलाले पहिलो ब्यक्तिले गलत काम गर्दा पनि माफी दिन्छिन् भने दोश्रो ब्यक्तिलाई त्यस्तो माफी प्राप्त हुँदैन ।
काठमाडौं । बैशाख १२ मा गएको महाभुकम्पपछि पनि लगातार आइरहेको पराकम्पनले गर्दा यतीबेला आम नेपाली त्रासमा बाँचीरहेका छन् ।
अब के हुन्छ भन्ने विषयमा सबै अन्यौलग्रस्त त छन् नै । यस बीचमा जेष्ठ ५ गते प्रलय हुने भन्ने हल्ला चलेपछि यतीबेला थप अन्यौलता श्रृजना भएको छ ।

ज्योतिषहरुले नै नेपालमा थप प्रलय हुनसक्ने भन्ने प्रचारबाजी गर्न थालेपछि आम मानिसहरु थप त्रासमा बाँच्न बाध्य भएका छन् । यस्तोमा जेष्ठ पाचमा प्रलय हुने भन्ने हल्लाका बारेमा ज्योतिषहरु पनि मुछिएका छन् ।
सर्बसाधारणमा देखिएको त्रासका बारेमा नेपाल सन्देशसँग टेलिफोनमा कुरा गर्दै ज्योतिष पण्डित विहंगमराज तिमिलसेनाले भने प्रलयको कुनै सम्भावना नरहेको दाबी गरे ।
उनले गुरु बृहस्पती दाहीना रहेको र राशि स्वामि मंगल रहेकाले शनिको सामना गर्नसक्ने शक्ति रहेको बताए ।
उनले ग्रह र राशिको संयोजन हेर्दा मंगलले नराम्रो समयलाई पनि नियन्त्रण गर्नसक्ने देखिएकाले नआत्तिकन बस्न आम नेपालीलाई आग्रह समेत गरे ।
अब शान्ति र स्थायीत्वतर्फ मुलुक अघि बढ्ने भन्दै तिमिलसेनाले निकट भविष्यमा मुलुकका केही भुभागमा भने जल प्रकोप हुनसक्ने बताए ।
ज्योतिष तिमिलसेनाले तरलतामा गुम्सिएको पोइजनहरु कम्पन भैसकेकाले अब कुनै समस्या नहुने बताए । उनले १९९० साल देखि अहिलेसम्मको भुगर्भको अध्ययन र ज्योतिषशास्त्रीय अध्ययनले अर्को प्रलयको सम्भावना नरहेको बताए ।
तिमिलसेनाले राष्ट्रहितकालागि तान्त्रीक पुजा आवश्यक रहेको भन्दै दश महाविद्याको साधना गर्नुपर्नेमा जोड दिए ।स्रोत : नेपाल संदेश
१७ जेठ, एजेन्सी ।

पाकिस्तानका एक इस्लामिक धर्मगुरुले भूकम्प जानुको कारण महिलाले जिन्स लगाउनु रहेको भन्दै पाकिस्तानी सेनालाई महिलाविरुद्ध कारवाही थाल्न आग्रह गरेका छन् ।

इस्लामाबादस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमा जामिअत उलेमा-इ-इस्लामी फाज्लका प्रमुख मौलाना फज्लुर रहमानले यस्तो टिप्पणी गर्दै सेनालाई कारवाही गर्न आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।



महिलाहरुले गति छाडेका कारण प्राकृतिक विपत्ति आइरहेको उनको भनाइ छ । फल्जुर रहमानले खुलारुपमा हिँड्ने महिलाहरु गतिबान हतियार जस्तै रहेको टिप्पणी गर्दै पाकिस्तानका प्रमुख शहरमा यस्ता हतियार घुमिरहेको समेत बताए ।

पाकिस्तानमा भैरहेको खाद्यान्न अभाव, असुरक्षा तथा उर्जाको अभाव महिलाका कारण नै सृजना भएको आरोप समेत उनले लगाएका छन् ।

महिलाहरुलाई घरभित्रै राख्यो भने र शरिया कानून लागु गरियो भने पाकिस्तानमा तालिबानी आक्रमण नहुने पनि उनले बताए ।

तालिबानीहरु पाकिस्तानका शत्रु नभएको समेत उनले जिकिर गरे ।

उनले पाकिस्तानी सेना र प्रधानमन्त्रीलाई महिलाविरुद्ध युद्ध शुरु गर्न आग्रह पनि गरेका छन् ।www.nepaliheadlines.com
तपाईलाई स्ट्रबेरी कतिको मन पर्छ ? मन पर्दैन भने पनि अब खाने प्रयास गर्नुस् । स्वास्थ्यका हिसाबले यसका फाइदाहरू निकै धेरै छन् । यसमा हुने तत्वहरुले शरिरमा हुने विभिन्न समस्यालाई समेत निराकरण गर्न मद्धत गर्छ । निकै स्वादिलो यो फल स्वास्थ्यका दृष्टिकोणले पनि निकै उत्कृष्ट फल हो । यसले मानिसमा क्यान्सरसँग लड्ने क्षमतामा समेत बृद्धी गर्छ ।

स्ट्रबेरीका केही फाइदाहरू यस्ता छन्…
– स्ट्रबेरीले क्यान्सरसँग लड्ने क्षमताको विकास गर्छ । यसमा पाइने एन्टिओक्सिडेन्ट र एन्टी इन्फामेटरी जस्ता तत्वले शरिरमा हुने क्यान्सरसँ लड्न मद्धत गर्छ ।

– यसले आँखालाई पनि निकै फाइदा गर्छ । अध्ययनका अनुसार यसले उमेरको प्रभावका कारण आँखामा हुने कन्ट्राक्टिङको समस्यालाई पनि केही हदसम्म समाधान गर्न सक्छ ।

– स्ट्रबेरी भीटामिनको सी को महत्वपूर्ण स्रोत हो । यसले तपाईको इम्युनिटी पावर बढाउन मद्धत गर्छ ।

– स्ट्रबेरी भिटामिन सी युक्त भएकाले यसले छालालाई सफा, मुलायम र नरम राख्न समेत मद्दत गर्छ ।

– स्ट्रबेरीमा पाइने फेनोलले शरिरका विभिन्न भागमा हुने तन्तु सम्बन्धी रोगहरूसँग लड्न सहयोग गर्दछ ।
कम्तीमा ३३ हजार तिर्नैपर्ने
काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा नि:शुल्क कामदार पठाउने बताए पनि अनिवार्य तिर्नैपर्ने रकम हिसाब गर्दा एक जना व्यक्तिले कम्तिमा पनि ३३ हजार रुपैयाँ खर्च नगरी जानै नसक्ने देखिएको छ।

पर्याप्त गृहकार्यबिना नि:शुल्क भनिए पनि विदेश जाने प्रत्येक कामदारले व्यवहारमा न्यूनतम ३३ हजारदेखि अधिकतम ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। म्यानपावर कम्पनीले लिनेबाहेक पनि कामदारले विदेश जाँदा पूरा गर्नुपर्ने प्रक्रियाका लागि अन्य थुप्रै शीर्षकमा पैसा खर्च गर्नुपर्छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्रावधानअनुसार वैदेशिक रोजगारीमा जाने कामदारसँग एक रुपैयाँ पनि शुल्क लिन पाईंदैन। धेरै होस् वा थोरै शुल्क लिएपछि त्यसलाई नि:शुल्क भन्न मिल्दैन। तर, सरकार नि:शुल्क कामदार पठाउने भन्दै गृहकार्यमा जुटेको छ।

कुनै पनि व्यक्तिले वैदेशिक रोजगारी जान सबैभन्दा पहिला राहदानी बनाउनुपर्ने हुन्छ। राहदानी बनाउन पाँच हजार रुपैयाँ खर्च लाग्छ। राहदानी बनाएपछि दलाललाई बुझाउनुपर्छ। दलालले विभिन्न शीर्षकमा खर्च देखाएर पाँच हजारदेखि १० हजार रुपैयाँसम्म असुल्ने गर्छन्।

दलालले लिएको राहदानी म्यानपावर व्यवसायीलाई बुझाइन्छ। त्यसआधारमा पूर्वस्वीकृति लिइन्छ। त्यसपछि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। स्वास्थ्य परीक्षण गर्दा प्रतिव्यक्ति २६ सय २५ रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म तिर्नुपर्छ। यसपछि अभिमुखीकरण तालिम लिर्ने सरकारी प्रक्रिया पूरा गर्नुपर्छ। तालिम लिन एक हजार रुपैयाँ तिर्नुपर्छ। तालिमका नाममा हुने अनियमितता अझ ठूलो छ।

दलालले तालिम नै नलिई प्रमाणपत्र पाइने जाने भन्दै ग्रामीण क्षेत्रका सोझासाझा व्यक्तिसँग पाँच हजार रुपैयाँसम्म असुल्ने गरेका छन्। तालिममा सहभागी हुनेले पनि नियमत एक हजार तिर्नैपर्ने हुन्छ। जाने लगभग निश्चित भएपछि बिमा गर्नुपर्ने हुन्छ।

बिमा शुल्क भने उमेर अनुसार केही फरक हुन्छ। बिमा गर्दा औसतमा एक जनाले तीन हजार रुपैयाँ बुझाउनुपर्छ। यी सबै खर्च जाने कामदारले व्यहोर्नुपर्छ। सरकारले विदेसिने प्रत्येक व्यक्तिसँग एक हजार उठाएर वैदेशिक रोजगार क ल्याणकारी कोषमा जम्मा गर्ने गरेको छ। यो रकम जाने व्यक्तिले अनिवार्यरूपमा तिर्नुपर्छ।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान उपाध्यक्ष कुमुद खनाल भिसा र टिकटको पैसा नलिए पनि एक जना व्यक्तिले विदेश जान न्यूनतम ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बताउँछन्। 'नि:शुल्क सम्भव नै छैन,' उनले भने।

टिकट र भिसाबाहेक अन्य शीर्षकमा लिइने शुल्क कामदारले तिर्नुपर्ने गरी नयाँ नियम ल्याउने तयारी सरकारले गरिरहेको छ। श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले भिसा र टिकट नि:शुल्क हुने गरी कामदार पठाउने तयारी गरिएको बताए।

दक्षिण कोरियाबाहेक सरकारले वैदेशिक रोजगारीका लागि खुला गरेका सबै मुलुकमा म्यानपावर कम्पनीले कामदार पठाउने हो। म्यानपावर सेवा शुल्क लिएरमात्र काम गर्छन्। अहिले सरकारले म्यानपावर कम्पनीले कति सेवा शुल्क लिन पाउने भनेर अन्तिम निर्णय गरिसकेको छैन।
कामदारले तिर्नैपर्ने पैसा
शीर्षक               खर्च (रुपैयाँमा)
राहदानी                              ५,०००
स्वास्थ्य परीक्षण                  २,६२५
बिमा                                   ३,०००
कल्याणकारी कोष             १,०००
                 बाटो खर्च                           २,००० (औसतमा)
सेवा शुल्क                        १५,०००
दलाल खर्च                       ५,०००
टिकट                             नि:शुल्क
भिसा                             नि:शुल्क
कुल खर्च                       ३३,६२५  
श्रम तथा रोजगार मन्त्रालयसम्बद्ध स्रोतका अनुसार सरकारले म्यानपावर कम्पनीलाई प्रतिकामदार १५ हजार रुपैयाँ सेवा शुल्क लिन पाउने गरी गृहकार्य भइरहेको जानकारी गराएको छ। तर सरकारको यो प्रस्तावमा म्यानपावर व्यवसायी सहमत भएका छैनन्।

म्यानपावर कम्पनीले प्रत्येक कामदारले पाउने एक महिनाको तलब बराबर सेवा शुल्क लिन पाउनुपर्ने माग गरेका छन्। अहिले सरकारले तयारी गरेकै सेवा शुल्क तोकिएमा प्रतिकामदार थप १५ हजार रुपैयाँ म्यानपावरलाई बुझाउनुपर्ने हुन्छ।

सरकारले नि:शुल्क भनेको विधिबाट जानको लागि पनि यी शीर्षकमा मात्र तोकिएकै शुल्क बुझाउँदासमेत एक जना व्यक्तिले विदेश उड्नुअघि न्यूनतम ३० हजारदेखि ४० हजार रुपैयाँ बुझाउनुपर्ने हिसाब निस्कन्छ।

अहिले सरकारले गरेको तयारी भनेको टिकट र भिसामा मात्र पैसा नलाग्ने हो। टिकट र भिसाकै लागि म्यानपावर कम्पनीले प्रतिव्यक्ति एक लाख २० हजारदेखि एक लाख ६० हजार रुपैयाँ असुल्ने गरेका छन्।
annapurnapost.com
एजेन्सी । के तपाईं आफ्नो जीवनसाथी वा पार्टनरसँग अंगालोमा बाँधेर सुतनुहुन्छ या उसँग एक इन्च टाढा
रहेर दूरीमा रहेर सुत्नुहुन्छ ?
तपाईंको साथीका साथ सुत्ने स्थितिले तपाईंको सम्बन्ध कत्तिको बलियो हुन्छ भन्ने निर्भर हुने एक अनुसन्धानले देखाएको छ ।
सो अनुसन्धानका अनुसार जुन जोडी एक इन्चभन्दा पनि कम दूरीमा सुन्छन् उनीहरु तुलनात्मक रुपमा अरुभन्दा खुशी रहने छन् । सुखी दाम्पत्य जीवनका लागि आमनेसामने भएर स्पर्शसहित सुत्नु जरुरी रहको अनुसन्धानले खोखाएको हो ।
बेलायतको हेर्टफोर्डशायर विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक रिचर्ड वाइसम्यानले भनेका छन्, ‘एक अर्कालाई स्पर्श गरेर रात बिताउने ९० प्रतिशत दम्पतीहरु स्पर्शविना रात विताउने ६८ प्रतिशतभन्दा खुशी रहेको पाइयो र उनीहरुको सम्बन्ध पनि मजबुद देखियो ।’
११ सय मानिसमा गरिएको सो अनुसन्धानमा ४२ प्रतिशत दम्पतीले आफूहरु एक अर्कालाई पीठ फर्काएर सुत्ने गरेको बताए ।
ww.nepalsandesh.com
१७ जेठ, काठमाडौं ।

विनासकारी भूकम्पपछि खुल्न नसकेका विद्यालयहरु आज बाट खुल्दै छन् । शैक्षिक सत्र सुरु भएको साता नबित्दै विनाशकारी भूकम्प आएपछि विद्यालयहरू बन्द भएका थिए।

सरकारको निर्णयअनुसार आज आइतबारदेखि विद्यालय खोल्नुपर्ने छ ।

विद्यालय खुल्ने भएपनी अभिभावकको मुख्य चिन्ता छोराछोरी सुरक्षित रहुन् भन्ने हो। शिक्षामन्त्रालयका अनुसार विद्यालयहरुको पठनपाठन गराउने स्थान कतिको सुरक्षित छ वा छैन भन्ने कुरा सरकारले अनुगमन गरिरहेको र अभिवावक स्वयले पनि विद्यालयको अनुगमन गरेर मात्र विद्यालयमा आफ्ना नानी बाबु पठाउन अनुरोध गरि सकेको छ ।



उपत्यकामा निजी र सरकारी गरी झन्डै २ हजार विद्यालयमा साढे ५ लाख विद्यार्थी छन्। उनीहरू विद्यालय आउजाउ गर्दा जनजीवन विस्तारै सामान्य दैनिकीमा फर्कन मद्यत पुग्ने छ लगातारको पराकम्पनले अभिवावक र विद्यार्थीमा भय र तनाव छ।

यसबाट मुक्त गर्न विद्यालय खुलाउनुपर्ने मनोविद्हरुको बुझाइ रहेको छ । एक शैक्षिक सत्रमा २ सय २० दिन अनिवार्य पढाइ हुनुपर्छ। यहीअनुसार कोर्ष बनाइएको हुन्छ । शिक्षा मन्त्रालयले विद्यालय खोलिसकेपछि विद्यार्थीको मनोविज्ञान ख्याल गर्न सुझाएको छ।

आजबाट विद्यायल खुलेपनि पढाइ भने आज सुरु नहुने र विद्यार्थीहरुको मनोविज्ञान उच्च बनाउने अतिरित्त क्रियाकलाप सिकाइने बुझिएको छ ।www.nepaliheadlines.com
१७ जेठ, काठमाडौं ।

राष्ट्रिय भुकम्प मापन केन्द्रले बैशाख १२ गतेको विनासकारी भुकम्प पछि अहिलेसम्म २० हजारभन्दा बढी पराकम्पन गएको जनाएको छ । तर भुकम्पका धक्का निक्कै कम हुँदै गएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार शुरुका दिनमा दैनिक १३ सय पटकसम्म पराकम्पन जाने गरेकोमा अहिले ३ सयमा झरेको छ ।

भुकम्प मापन केन्द्रले २ रेक्टर स्केलभन्दा माथिका पराकम्पन मात्र रेकर्ड गर्ने गरेको छ भने ४ रेक्टर स्केलभन्दा माथिका पराकम्पन मात्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्ने गरेको छ ।



काठमाडौं उपत्यकामा गएराती भुकम्पको शक्तिशाली पराकम्पन गएको छ । नुवाकोट केन्द्र बिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केटको पराकम्पन गएको भएपनि उपत्यकामा ठूलै धक्का महसुश गरिएको थियो ।

राती १० बजेर १३ मिनेटको पराकम्पन पछि उपत्यकाका सर्वसाधारण आत्तिएर खुल्ला स्थानमा पुगेका थिए । भुकम्पको केन्द्र विन्दु नजिक भएको, म्याग्नेच्युड बढी भएको तथा भौगोलिक अवस्थाका कारण ठूलो धक्का महसुस गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पवीदका अनुसार जमिन भुनि कडा चट्टान भएकोमा धक्का कम महसुस हुन्छ भने बालुवा माटो भएकोमा बढी महसुस हुने गरेको छ । नेपाल भुकम्पिय हिसावले जोखिमयुक्त ठाउँ भएपनि कहिले, कति स्केलको जान्छ भनेर अनुमान गर्न नसकिने भएकाले हल्लाको पछि नलाग्न केन्द्रले आग्रह गरेको छ ।

केन्द्रका प्रमुख अधिकारीले भने, ‘जापान जस्तो विकसित मुलुकमा त भुकम्पको अनुमान गर्न सकिएन र हिजो त्यत्रो भुकम्प गयो । नेपालमा अनावश्यक हल्ला फैलाइएको छ । त्यसमा कुनै सत्यता छैन । हल्लाको पछि नलागौं, सचेत भएर बसौं ।www.nepaliheadlines.com
हामी सबैलाई थाहा छ एक ब्यक्ति अर्को भन्दा फरक हुन्छ । मानिस अनुसार रुची पनि फरक फरक हुन्छन् । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कसैलाई गुलियो खान मन पर्छ त कसैलाई नुनिलो । यसैगरी यौनिक मामलामा पनि मानिसहरुमा फरक फरक गुण र ब्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मन पर्छ । कसैलाई कामुक कुराकानी मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पुग्छ । ज्यौतिषशास्त्रका अनुसार यौनिक ब्यवहार फरक हुनुको कारण राशि हो ।



१. मेष राशिका मान्छे छिट्टै आवेशमा आउँछन् । मेष राशिका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने मन पराउँदैनन् । यो राशिका मानिसहरु कम समयमा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने वेलामा यिनीहरु आतुर हुन्छन् ।

२. वृष राशिलाई चुम्बन मन पर्छ । वृष राशिका ब्यक्ति धैर्यशाली हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निक्कै मन पर्छ । यिनीहरुले यौन सम्बन्ध लामो बनाउन चाहन्छन् र एक अर्कालाई माया गर्नु पर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।

३. मिथुन राशिलाई प्रेमालाप मन पर्छ । यो राशिको स्वामी बुध हो त्यसैकारण कामुक भावना प्रवल हुन्छ । यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु छिटै तयार हुन्छन् । यौन सम्बन्ध गरिरहँदा यिनीहरुलाई प्रेमालाप पनि गरेको मन पर्छ । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीप्रति पनि सचेत हुन्छन् ।

४. कर्कट राशिवालाहरु प्रेममा उत्साहित हुन्छन् । यो राशिका मानिस भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द त्यति लिन सक्दैनन् । यिनीहरुलाई आफ्नो पार्टनरको भन्दा पनि आफ्नो खुसी बढी महत्वपूर्ण हुन्छ । यो राशिका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा कमि महसुस भैरहन्छ ।

५. सिंह राशिले पर्खिन्छन् पार्टनरको इशारा । यो राशिका ब्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै ब्यक्त हुँदैन । तर इशाराको पर्खामा भने हुन्छन् । यौन सम्बन्धको सममया यिनीहरु निक्कै जोशसहित प्रस्तुत हुन्छन् । जोशले गर्दा पार्टनरको भावना भने त्यति बुझ्दैनन् ।

६. कन्या राशिमा यौनप्रति विशेष रुची । यो राशिका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्नीसँग प्रेम ब्यक्त गरिहाल्दैनन् । यद्यपी चासो भने निक्कै धेरै हुन्छ । यो राशिका मानिस यौन सम्बन्धको बेला समय बर्बाद गर्दैनन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।

७. तुला राशिका मानिसमा सम्बन्ध बढाउने चाहाना हुन्छ । यो राशिका ब्यक्ति आफ्नो पार्टनरको खुसीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशिको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भैहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

८. वृश्चिक राशिमा कामुक भावनाप्रवल हुन्छ । वृश्चिक राशिको स्वामी मंगल भएका कारण यो राशि भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरुको अति उत्साहका कारण पार्टनरलाई भने केही कठिन हुन्छन् । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।

९. धनु राशि जतिबेला पनि यौनका लागि तयार । यो राशिका मानिसको विशेषकता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार रहन्छन् । यिनीहरुलाई यौन क्रिडाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।

१०. मकर राशिलाई चुम्बन मन पर्छ । यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् । प्रेममा विश्वास गर्न लायक राशि मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पार्टनरको सन्तुष्टीप्रति कम सचेत हुन्छन् ।

११. कुम्भ राशिलाई प्रेममा नयाँ नयाँ प्रयोग मन पर्छ । यो राशिका ब्यक्ति यौन क्रिडाका लागि अति उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीको प्रयोग गर्न मन पराउँछन् । यौन क्रिडा गरिरहँदा अन्य कुरा गर्न मन पराउँदैनन् यिनीहरु । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीलाई बढी ध्यान दिन्छन् ।

१२. मीन राशिको सम्बन्ध सुखद र आनन्ददायक हुन्छ । यो राशिका मानिसमा भावनाको प्रवलता हुन्छ । पार्टनरको भावना बुझेर सन्तुष्टीमा ध्यान दिन्छन् । यिनीहरुमा पनि यौन चाहाना अत्याधिक हुन्छ । कुम्भ राशि जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराँउछन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
वाराणसी : बलिया जिल्लाको रासरामा बिहीबार राति एक युवतीले आफूले विवाह गर्न राखेको प्रस्ताव नमानेको निहुँमा युवकमाथि तेजाब प्रहार गरेकी छन्।

तेजाब प्रहार गर्ने युवतीलाई प्रहीले शुक्रबार गिरफ्तार गरेको छ। तेजाब प्रहारपछि घाइते युवक राजकुमार पाललाई तत्काल वाराणसीस्थित अस्पताल पठाइएको थियो। युवकको हाल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले बताएअनुसार घाइते राजकुमार रासरा थानाअन्तर्गत जमगाउँका बासिन्दा हुन्। उनी छतमा सुतिरहेका बेला छिमेकमा बस्ने युवतीले उनको अनुहारमा तेजाब प्रहार गरेर भागेका थिइन्। ती युवतीले विवाह गर्न राखेको प्रस्ताव राजकुमारले अस्वीकार गरेका थिए। यस घटनापछि ती युवती राजकुमारसँग रिसाएकी थिइन्।

तेजाबले लागेर राजकुमारको अनुहार पूरै जलेको छ। उनलाई उपचारका लागि सुरुमा जिल्ला अस्पताल लगिएको थियो। स्थिति गभीर भएका उनलाई पछि वाराणसी रेफर गरिएको थियो। शुक्रबार राजकुमारकी आमा कान्ता देवीले छिमेकमा बस्ने युवतीमाथि उजुरी दर्ता गराएकी छन्। प्रहरीले ती युवतीलाई गिरतार गरेको छ। एजेन्सी
annapurnapost.com
१६ जेठ, काठमाडौं ।

बेलुका १० बजेर १३ मिनेट जाँदा नुवाकोट केन्द्र भएर ४.५ रेक्टर स्केलको  भूकम्पको  झट्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको  छ ।  भूकम्पको धक्कापछि मानिसहरु सडकमा निस्किएका छन । गत बैशाख १२ पछि भूकम्पका धक्का आउने क्रम जारी छ ।

यसअघि शनिबार बेलुका ८ बजेर ३५ मिनेट जाँदा दोस्रो पटक भूकम्पको पराकम्पन गएको थियो । रसुवा र नुवाकोटको सिमामा केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै बिहान १ बजेर ५२ मिनेटमा काठमाडौं, धादिङ र नुवाकोट केन्द्र भएर ४ रेक्टरको भूकम्प गएको थियो
दुबई: फेसबुकको एउटा स्टाटसले एक व्यक्तिलार्इ जेलमा पुर्याएको छ । र्इश्वरको निन्दा गर्दै फेसबुकमा स्टाटस लेखेको अभियोगमा दुबर्इमा एक व्यक्तिलार्इ एक वर्षको जेल सजाय भएको हो ।

ईश्वरको निन्दा गर्दै फेसबुकमा स्टाटस लेखेकोमा दोषी ठहर गर्दै भारतीय युवालार्इ दुबर्इको अदालतले एक वर्ष जेल सजाय सुनाएको हो।

ती ४१ वर्षीय एक भारतीयलार्इ सजाय तोकिएपछि संयुक्त अरब इमिरेट्सलार्इ सुपुर्दगी गरिएको छ । उनले आर्इफोनबाट फेसबुक र ह्वाट्स एपमा र्इश्वरको निन्दा गरेको स्टाटसको तस्बिर दुबर्इ पुलिसले फेला पारेपछि कारबाहीमा परेका हुन् ।

दुबईको अदालतले ती भारतीयलार्इ ईश्वरको निन्दा गरी स्टाटसमा दोषी ठहर्‍यापछि पैसा कमाउन गएका उनी जेलको हावा खान पुगेका हुन् ।

गल्फ न्युजमा प्रकाशित समाचार अनुसार इराक युद्धबारेको समाचार पढेपछि उनले र्इश्वरको निन्दा गर्दै दुबर्इमा सेल्स म्यानका रुपमा कार्यरत उनले फेसबुक र ह्वाट्स एपमा स्टाटस पोस्ट गरेका थिए ।

जेल सजाय सुनाइएका ती भारतीयको नाम खुलाइएको छैन । तर उनले भने आफूलार्इ निर्दोष बताएका छन् ।

प्रहरीले उनले चलाएको आर्इ फोन समेत बरामद गरेको जनाएको छ । बरामद गरिएको आर्इ फोन प्राविधिक ल्याबमा परीक्षण गर्दा उनैको भएको पत्ता लागेको थियो

गल्फ न्युजको समाचार अनुसार पिठासीन न्यायाधीश इज्जत अब्दुल ल्यातले बताए अनुसार जेलको सजाय पुरा भएपछि उनलार्इ भारत फर्काइने छ । यो सजायविरुद्ध उनले १५ दिनभित्रमा उच्च अदालतमा चुनौती दिन भने पाउनेछन् । www.annapurnapost.com
एजेन्सी : जापानमा शनिबार अपरान्ह ८.५ म्याग्निच्यूडको भूकम्प गएको छ । नेपाली समयअनुसार शनिबार अपरान्ह ५ बजेर ८ मिनेट जाँदा जापानको सिमोडा सिजुओकाबाट ७७४ किलोमिटर टाढा केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्प गएको जापानको भूगर्भ विभागले जनाएको छ ।

समुद्री तट नजिकै केन्द्रबिन्दु रहेको शक्तिशाली भूकम्पको धक्काले अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएलगत्तै सोही स्थानमा अर्को शक्तिशाली धक्का महसुस भएको छ ।

दुबै भूकम्पले राजधानी टोक्यो र योकोहामा सहरसमेत हल्लाएको थियो । भूकम्पबाट कुनै भौतिक नभएको समाचार छ । भूकम्पका क्रममा केही मिनेट रेल र सडक यातायात अवरुद्ध भएपनि अन्य क्षति हुन पाएन ।

दुर्इ ठूला भूकम्पले हल्लाए पनि त्यहाँ तत्काल सुनामी आउने सम्भावना नरहेको जापानको भूगर्भ विभागले जानकारी दिएको छ ।

८.५ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको १० मिनेट नबित्दै ७.८ म्याग्निच्यूडको अर्को भूकम्पको धक्का सोही स्थानमा गएको अमेरिकन भूगर्भ विभागले उल्लेख गरेको छ । दुर्इ शक्तिशाली भूकम्पको धक्का महसुस भएपनि त्यहाँ सुनामी आउने सम्भावना नरहेको वैज्ञानिहरुले जनाएका छन् ।annapurnapost.com
काठमाडौं,जेठ १६ – भूकम्पले क्षतिग्रस्त भएका नुवाकोटका विद्यालयका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले राहतमा पठाएको जस्ता पाता बिक्री गर्न खोजेको आरोप खेपिरहेका अर्थमन्त्री रामशरण महतका स्वकीय सचिव रमेश महतले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै आफ्नो संलग्नता नभएको बताएका छन् ।
यसम्बन्धमा समाचार सार्वजनिक भएलगत्तै आफ्नो फेसबुक स्ट्याटस अपडेट गर्दै उनले आफ्नो संलग्नता नभएको स्पष्ट पारेका हुन् । उनले यति ठूलो विपत्को बेला आफूले यस्तो गैरजिम्मेवार काम गर्नै नसक्ने भन्दै चरित्र हत्या गरिएको आरोप लगाएका छन् ।
‘यत्रो विपदको अवस्थामा मेरो चरित्र हत्या गर्ने जुन खालको प्रचार गरीएको छ,यस प्रति गम्भिर आपत्ति छ’ उनले आफ्नो फेसबुकको वालमा लेखेका छन्,‘नेपाल ईन्भेष्मेन्ट बैकले यस बिपत्को घडीमा नुवाकोट जिल्लाप्रति देखाएको सहानुभूति प्रति धन्यवाद व्यक्त गदै सो राहत वितरणमा मेरो कुनै सङ्लग्नता नै नभएको स्पष्ट पार्न चाहन्छु । ’ महतले संलग्नता नै नभएको कुरामा दुष्प्रचार गर्न खोजेर बद्नाम गर्न खोजे पनि आफ्नो सामाजिक प्रतिष्ठामा कुनै कमी नआउने दाबी गरेका छन् । उनले यसलाई निन्दनीय कार्यको संज्ञासमेत दिएका छन् । ‘यस्तो निन्दनिय कार्यले मेरो सामाजिक कार्यप्रति कुनै कमी आउन दिने छैन ।/www.ratopati.com
१६ जेठ, मुगु ।

यस बर्ष जेठको दोस्रो हप्ताबाट यार्चा गुम्बा टिप्न जानेको लर्को उच्च हिमाली भेग तिर जानेको लर्को नै दखिन्छ । जेठको पहिलो हप्ताबाटै यार्चाको सिजन शुरु भएपनि यसबर्ष हिउँ धेरै भएपछि यार्चाका सिजन केहि ढिलो शुरु भएको स्थनिय पाटन क्षेत्रका सर्वसाधारण बताउँ छन् । आम्दानीको गतिलो माध्यम बनेको यार्चा गुम्बा टिप्न कै लागि जिल्ला भरका सर्वसाधारण र छिमेकी जिल्ला हुम्ला, जुम्ला, बाजुरा, जाजरकोट, दैलेख, बाजुरा लगाएतका जिल्लाबाट हप्तै दिन हिडेर मुगुका पाटन क्षेत्रमा पुग्ने गर्दछन् ।

पाटन क्षेत्र आसपासबाट विद्यालयका विद्यार्थी देखि शिक्षक कर्मचारी बालकबालिका समेत यार्चा टिप्ने जस्तो जोखिम काममा लाग्ने गरेका छन् । यति बेला मुगुका पाटन क्षेत्र रिमार, टाकया, सानो काईकि, ठूलो कोईकि, हवागंदाङ्ग खोला, लगाएत मुगु र डोल्फू गाबिसका उच्च हिमालि भेगमा पाल टागेर यार्चा संकलकहरु ब्सोबास गरेको मुगु गाबिस सचिब मकर रावलले बताए ।



गत बर्ष १५ हजार भन्दा बढि सर्वसाधारण यार्चा टिप्न संलग्न रहेका थिए भने यो बर्ष हिमाली क्षेत्रमा हिउँ अझै बाँकी रहेकोले सो संख्यामा गत बर्ष भन्दा केहि कमी आएको छ ।जिल्ला बिकास समिति मुगुले यो बर्ष प्रति यार्चा संकलकबाट जिल्ला भित्रकोलागि रु ७ सय र जिल्ला बाहिरकोलागि रु १५ सय राजस्व संकलन गर्ने काम भएको जिलला बिकास समिति मुगुले जनाएको छ । यार्चा टिप्ने काम जोखिम पूर्ण भएकोले गत बर्ष पनि आधा दर्जन सर्वसाधारणको पाटन क्षेत्रमै मृत्यु भएको थियो भने हराएकाको हालसम्म पत्ता नलागेको प्रहरी चौकि मुगुले जनाएको छ ।

यार्चाको सिजन खुलेपछि सदरमुकाम गमगढि बजारमा मात्र करोड भन्दा बढिको ब्यापार भएको ब्यापारी हरिमुन भण्डारीले बताए । यार्चा पाइने पाटन क्षेत्रका नाकामा भन्सार कार्यालय ब्यबस्थित हुन नसक्दा स्थानिय र चिनिया ब्यापारीले यार्चाको राजस्व छलेर चोरी ब्यापार गर्ने बन कार्यालयमा राजस्व सोचे जति बर्षेनी नउठने गरेको बबन कार्यालउ मुगुले जनाएको छ । मुगुका पाटन क्षेत्रमा बर्षेनी बिरामी ,चोरी र झगडाका घटना बढने हुनाले यस बर्ष केही सजगता अपनाए जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।



स्थानिय स्तरमा यौन,ग्यास्ट्रिक लगाएतका औषधिको साथै जिबन बुटिको नामले परिचित यार्चागुम्बा बेरोजगारी युवायुवती २ हप्तामै लाखै रुपैया बोकेर घर फर्किने गरेका छन भने मुगु पाटन क्षेत्र आसपासका सर्वसाधारणकालागि रोजगारीको अबसर झै बनेको छ । जिल्ला प्रशासन कार्यालय मुगुले १४ बर्ष भन्दा मुनिका बालबालिका यार्चा टिप्ने जस्तो जोखिम काममा लगाउन पाउने भन्ने निर्णय भनेपनि जिल्लाका २६ भन्दा बढि बिद्यालयका बालबालिका पाटन क्षेत्रमा यार्चा टिप्न ब्यस्त भएका छन् ।

छिमेकी जिल्ला जाजरकोट र जुम्ला बाट समेत महिला र बालबालिका यार्चा टिप्नकै लागि १ ,२ हप्ता भन्दै यार्चा टिप्न सक्रिय भई ५० हजारदेखि २ लाख सम्म कमाई हुने गरेको सम्लग्न महिला बताउँछन् । हाल पाटन क्षेत्रमा प्रतिगोटा यार्चाको रु ५ सय देखि आठसय पर्ने गरेको छ ।www.nepaliheadlines.com
१६ जेठ, एजेन्सी ।

चीनले विवादित दक्षिण चीन सागरमा बनाएको कृत्रिम टापुमा जंगी हतियार जुटाइरहेको अमेरिकाले सार्बजनिक गरेको छ । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीको हवाला दिंदै एक रिपोर्टमा यसको दाबी गरेको छ ।

अमेरिका र चीनबीच युद्ध हुन सक्ने

अमेरिकाले यस दाबीको सबुतको रुपमा एक तस्विर सार्वजनिक गरेको छ । जसमा टापुको आसपास तोपखाना देखिन्छन् । तर अधिकारीका अनुसार चीनको उक्त टापुमा मोबाइल आर्टलरी हतियार भने देखिन छाडेका छन । उनीहरु भन्छन्, यसको कि हटाए कि लुकाए ।



अचम्मको कुरा भने यो छ कि चीनले यही हप्ता आफ्नो एयरफोर्सको नीति बदल्ने घोषणा गरेको थियो । साथै दक्षिण चीनको सागरमा कृत्रिम टापु बनाउने खुलासा समेत गरेको थियो ।

अमेरिका र चीनबीच खतरनाक साइवर युद्ध शुरु

अमेरिकी सिनेटर जोन म्याक्कनले भने, चीनले विवादित क्षेत्रमा तनाब पैदा गरिरहेको छ । उनले भने, दक्षिण चीन सागरमा यसरी तोप राखिनु तनाव बढाउने कुरा हो । चीनले अन्तराष्ट्रिय नियमको उल्लंघन गरिरहेको छ । हामी चीनको साथमा झगडा चाहदैनौं ।



यस्तोमा चीनका प्रवक्ताले भने आफूलाई हतियार राखेको बारेमा थाहा नभएको बताएका छन । केही समय अगाडि देखि नै चीनको दक्षिण सागरमा अमेरिका र चीन एक आपसमा भिडेको खबरहरु आईरहेका छन । यसको पुरै भागमा चीनले दाबी गर्दै आएको छ । चिनिया एयरफोर्सले यस विवादित टापुमा घुमिरहेको अमेरिकी एयरक्राफ्टलाई त्यहाबाट हट्नको लागि भनेको थियो । यसपछि दुबै देशको बीचमा तनाव बढेको छ ।www.nepaliheadlines.com
मानिस जन्मेपछि उसले भोग्ने जीवनका सबै कुरा हातका रेखाले निर्धारण गर्ने हस्त रेखा विज्ञानको दावी छ । मानिसको विवाह देखि हरेक कुरा हातका रेखाले नै निर्धारण गर्ने समेत यो विज्ञानको दावी छ ।

कतिपय ब्यक्तिको जीवनमा बिबाहको योग नै नहुने र कतिपयको रेखाकै कारण विवाह सफल नहुने योग हुने हस्तरेखा विज्ञानको भनाइ छ ।


बैबाहिक जीवन प्रभावित पार्ने रेखा कुन कुन हुन् ?


विवाह रेखा हत्केलाको सबै भन्दा सानो औंला अर्थात कान्छी औंला नजिक हुन्छ । यो रेखा हृदय रेखा तर्फ अघी बढेको देखिन्छ । कतिपयको हातमा अगाडी गएर यो रेखा तीन भागमा बाँडिएको जस्तो देखिन्छ । यदि यो रेखा विभाजित भएको छ भने बैबाहिक जीवन सफल हुँदैन ।


बिबाह रेखा बाँढिएको छ भने यस्ता ब्यक्तिको बैबाहिक जीवन सुखी हुन सक्दैन । यस्तो रेखा हुने ब्यक्तिको जीवनमा बैबाहिक सम्बन्धमा असमझदारी हुने र प्रेमको अभाव हुने हुन्छ ।

समुद्रशास्त्रका अनुसार जुन ब्यक्तिको हत्केलामा हृदय रेखातर्फ विवाह रेखा बढी ढल्किएको हुन्छ त्यस्ता ब्यक्तिको बैबाहिक जीवन कष्टकर हुन्छ ।


यदि यस्तो रेखा केटीको हातमा छ भने त त्यस्ता स्त्री विवाह गर्नासाथ विधवा बन्ने खतरा समेत हुन्छ । केटाको हातमा यस्ता रेखा भए पत्निको साथ मिल्दैन ।

अझै विवाह रेखा कान्छी औंला सम्म नै पुगेको छ भने त यो निक्कै अशुभ मानिन्छ । यस्ता रेखा कमै मान्छेको हातमा हुने गर्छ । कतिपय यस्तो रेखा हुने ब्यक्तिको त विवाह नै नहुने समेत हुन सक्छ । विवाह गर्न नचाहने वा चाहेर पनि नहुने समस्या देखिन सक्छ ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home