• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, २४ कात्तिक । गृहमन्त्री शक्ति बस्नेतले वार्तामा नआउने र आन्दोलन गरिरहनेका गतिविधिविरुद्ध सरकारले हात बाँधेर नहेर्ने चेतावनी दिनुभएको छ ।
गृहमन्त्री बस्नेतले सरकार वार्ता र सम्वादका लागि गम्भीर रहेको भन्दै सकारात्मक र परिणामुखी वार्तामा आउन आन्दोलनकारी मधेसी मोर्चालाई आग्रह गर्नुभयो ।
‘सरकार जिम्मेवार रुपमा वार्तामा प्रस्तुत भएको छ’, उहाँले भन्नुभयो, ‘वार्ताका बेला आन्दोलनको स्वरुप परिवर्तन गर्नुस् भन्दा नमान्ने । झन् कडा आन्दोलन गर्ने । त्यस्तो बेला सरकार हात बाँधेर बस्न सक्दैन ।’
मुलुकमा शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार र सुरक्षा निकाय सधै तयार रहेको भन्दै उहाँले वार्ताका क्रममा केही स्थानमा भएका घटना मधेसी मोर्चा कै कारण भएको संकेत गर्नुभयो ।
‘सरकारले नचाहँदा नचाहँदै पनि शान्ति सुरक्षा बनाउन खोज्दा केही घटना भएका छन्’, नेपालवाणी रेडियो नेटवर्कमा आज (मंगलबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुभयो ।
‘आन्दोलन दमन गर्नेभन्दा पनि हामी सम्वादबाट समाधान चाहन्छौँ’, गृहमन्त्री बस्नेतले भन्नुभयो, ‘मधेसमा आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनुपर्छ । मधेसी जनताले अधिकारका लागि कुरा गरिरहनुभएको छ । हामीलाई थाहा छ ।’
वार्ता चलिरहको बेला कस्तो खालको आन्दोलन गर्ने आन्दोलनकारीले सोँच्नु पर्ने गृहमन्त्री बस्नेतको भनाइ थियो । ‘वार्तामा आउनुसभन्दा नआउने आन्दोलन गरेर बसिरहने’, उहाँले भन्नुभयो, ‘त्यस्तो बेलामा सरकार हात बाँधेर बस्दैन ।’
गृहमन्त्री बस्नेतले मधेसी मोर्चाले उठाएका सबै कुरा पूरा नहुने पनि बताउनुभएको छ । ‘उहाँहरूले उठाएका सबै माग पूरा हुँदैनन्’, उहाँले भन्नुभयो, ‘उहाँहरूको मागको सम्मान गर्दै अरुका कुरा पनि सुन्नुपर्छ ।’
आन्दोलनकारीले जनतालाई दुःख दिने गरी आन्दोलन गरेको भन्दै गृहमन्त्री बस्नेतले आक्रोश व्यक्त गर्नुभएको छ ।
‘आन्दोलनको स्वरुप बदल्नभन्दा नमान्ने’, उहाँले भन्नुभयो, ‘आन्दोलनका क्रममा मृत्यु भएकाको आफन्तलाई सरकारले दश लाख दिएको छ । घाइतेलाई उपचार खर्च दिएको छ ।’
उहाँले उपचार खर्च नपाएकाहरूका सम्बन्धमा उपचारको बिल भरपाई बुझाए तत्काल भुक्तानी दिने बताउनुभयो ।
‘उपचार खर्च र मृत्यु भएकाहरूका सम्बन्धमा सरकारले रकम दिइसकेको छ’, गृहमन्त्री बस्नेतले भन्नुभयो, ‘क्षतिपूर्ति र उपचार खर्च लिन केही निश्चित प्रक्रिया छन् । पैसा देउभन्दैमा दिने हो र ?’
dainiknepal
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू,
अभिवादन !
बाहिर बाट हेर्दा आराम र बिल्कुल शान्त छु तर अन्तर्यमा अति विचलित र अशान्त छु । तपाईँ पनि यस्तै अवस्थाबाट गुज्रिरहनुभएको होला भनी अनुमान गर्दछु । तपाईँलाई यो पत्र एक भारतीय गोर्खा सेनाको तर्फबाट कोर्दै छु ।
तर यतिबेला बाबाको अस्वस्थताका कारण आफ्नै  प्यारो मातृभूमि नेपालमा घर विदामा आएको छु । आफ्नो प्राणको बाजी राखेर विदेशी भूमिमा लडेको मैले नेपालमा आउनासाथ भारतका कारण थुप्रै किसिमका दुःख पाउन थालेँ । बिरामी बाबुलाई अस्पतालसम्म लैजाने गाडी छैन, बलै अस्पताल लगियो, औषधि छैन । यातायातका कारण डाक्टरको समय प्रभावित भएको छ । बाबाको केस जटिल छ, अस्पतालमा अक्सिजन ग्याँस समेत छैन, आइ सि यु बन्द छ । जुन बाबाले तपाईँको सेनामा संगठित हुने छोरो जन्माए, छोरो विदेशी भूमिमा लड्दै गर्दा छोराले सम्हालेको मोर्चाको विजय कामना गर्दै एक्लै कसला काटे आज ती बाउ तपाईँहरूकै कारण असमयमै मर्ने भए भन्नुस् म कसरी पुनः भारतीय सेनामा फिर्ता होऊँ?
गुन्द्रुकको मोलमा नेपालबाट जडिबुटी लगेर लाखौँमा पुनः हामीलाई नै बेचिन्थ्यो । तर सिङ्गो देशलाई अफ्ठ्यारोमा पार्ने गरी हाम्रै जडिबुटीबाट बनेका महङ्गा औषधि पनि रोकिएको छ । के यो सब मानवियता विरुद्धको अपराध होइन? यत्रो वर्ष नेपाली भएर भारत, भारतीय जनता र भारतीय भूमिको लागि दिलोज्यान दिई लडेको म अब भने पुनः भारतीय सेनामा हाजिर हुन नगई विस्तारवादको विरुद्ध राष्ट्रिय मोर्चाको कमाण्ड समाल्ने इदमित्थंमा पुगेपछि यो प्रतिवद्धता पत्र लेखेको हुँ । यसपटक धर्मको नुन होइन आफ्नो घरमा नभएको नुनको लागि लड्ने सोचमा छु ।

अहिलेसम्मको लडाइँ तपाईँहरूले लडाइदिनु भयो । हामी सिपाही माथिको आदेश पर्खन्छौँ र अर्काको लागि लड्छौँ । तर यसपटक चाहिँ विवेकले निर्देशित भएर राष्ट्रियताको पक्षमा लड्ने निष्कर्षमा पुगेको छु । गौरव पनि छ किनभने यो लडाइमा न्यायको लागि र आफ्नो जातिलाई आत्मनिर्भर बनाउनको खातिर लामबद्ध हुँदै छु । जीवनभर एउटा सिपाहीले बटुलेको ज्ञान भनेको अन्यायका विरुद्ध लड्न सिक्नु र राष्ट्रियतालाई सर्वोपरी ठान्न सक्नु न हो ।

अहिलेसम्म हारे यसै हार भइहाल्यो जिते पनि आफ्नो देशले नजित्ने लडाइँ तपाइँ र तपाइँको देशका निम्ति पटकपटक लड्यौँ । यसको बदला के पायौँ? रोजी रोटी ? अहँ होइन, आफ्नै आर्जनले पाउनुपर्ने रोजी रोटी अब कसैको खोसी रोटी भएको छ । अब भन्नोस् भोको पेटमा विदेशीको निम्ति कसरी लडाईं लड्न सक्छु? जसका कारण घरमा बुढी आमा भोकै र बाबा अन्तिम अवस्थामा छटपटाइरहेका छन् त्यही कारक राष्ट्रको सीमा रक्षाको लागि मेरा गोडा कसरी कास्मीर तर्पm लम्कन सक्छन्?
तपाईँलाई चिया पसलेदेखि कार्यकारी प्रधानमन्त्री सम्मको दुःख, सुख थाहा छ । नेपालका चोकचोकमा चिया बेचेर गुजारा गर्ने नेपाली र भारतीय मूलका दाजुभाइ थुप्रै छन् । चिया उमालेर बेच्ने इन्धन नपाउँदा तिनका मन आक्रोशको आगोले कति उम्लिरहेकोहोला ? नेपाली भूमिमा भारतीय मूलका मानिस भनेको सुन्दा तपाईँलाई चिन्ता लाग्यो होला । चिन्ता नलिनुहोस्, गोरखालीहरूमा मानवता हराएको छैन । ती चिया बेच्ने, कपाल काट्ने, तरकारी र फलफुल व्यवसायी सम्पूर्ण भारतीय मूलका मानिसहरू नेपाली भूमिमा सुरक्षित रहनेछन् । सयौँ वर्ष अघि देखि भारतीय थुप्रै माग्नेहरूलाई त्यत्तिकै पनि त पालिरहेकै छौँ, हुन त तपाईँ गुन सम्झने मानिस हुँदै होइन ।
मानवताको कुनै साँध सिमाना र भूगोल हुँदैन भन्ने हामीलाई थाहा छ । मानवताको दृष्टिकोणले हाम्रो नजरमा मोदी मोडेलमा जस्तो विहार र विराटनगर, अनि गुजरात र गोँगवु काठमाडौँमा फरक पर्दैन । जे होस्, यो क्रियाकलापले पुष्टि गर्छ कि यो अन्तराष्ट्रिय नेता बन्ने तर्पmको यात्रा भने यो कदापि होइन । सानो छिमेकी मित्र राष्ट्रको मन नजित्नेले कसरी विश्वको मन जित्न सक्लान्?

आफ्नो आङ कन्याएर के को छारो उडाउँ र तैपनि यो अघोषित नाकाबन्दीको कारण हाम्रा नेताहरूको कर्मदोष पनि जिम्मेवार छ । गरिब हुनुमा हाम्रा नेताहरुका अदूरदर्शिता र तुच्छ स्वार्थ जिम्मेवार छन् । उदाहरणको लागि चार हजार मेगावट मात्र विजुली भारतलाई बेच्न पाएको भए अहिले यो अवस्था झेल्नु पर्ने थिएन । महङ्गो गरी पाठ सिक्दै छौँ कि अब कुनै हालतमा आत्मनिर्भर बन्नै पर्ने हुन्छ । सिपाही नै भएपनि यति थाहा छ कि हाम्रो देश गरिब भएकाले छिमेकीले हेपेका हुन् । हाम्रो देशमा शत्रुको आँखा प्राकृतिकरुपमा देश धनी र आर्थिक हिसावले जनता गरिब भएकाले लागेको हो । के गफ गरौँ, कति खानी छन् खनिएकै छैनन्, कति शिखर छन् गनिएकै छैनन् अनि कति गाथा छन् भनिएकै छैनन् । सोचिरहेछु, भारतीय सेनामा पुन गएर लडाइँ लड्नु भन्दा त गोलभेडा खेती गरुँ । यसो गर्दा बरु स्वाभिमान जोगिएला । अर्कोतिर कम्तिमा तरकारीमा मात्र भने पनि आत्मनिर्भर भइयो भने पनि जलविद्युतमा लगानी गर्न, खानीहरू खन्न केही रुपिया बचाउन सकिन्थ्यो । अबको लडाइँ कास्मिरमा बसेर लेनादेना नभएका पाकिस्तानी सेनाका विरुद्ध होइन हिमाली भूमिमा उभिएर विस्तारवादको विरुद्ध लडूँ । सबै लडाइँ भौतिक हतियारले नै लडिन्छ भन्ने छैन, उसो त यी अक्षरहरू पनि हतियार नै हुन् जुन पढेपछि शत्रुहरू केही न केही कमजोर हुनेछौ ।
नेपाली हुनुको नाताले मेरो राष्ट्रियता भारत भक्तिमा होइन नेपाल प्रेममा छचल्किएर प्रकट हुने हो । नेपालीहरू भिरमा पनि फुल्न सक्ने, पिरमा पनि चोट भुल्न सक्ने अचम्मका जीव हुन् । यति कुरा सहजै थाहा पाउन सकिन्छ कि यस नाकाबन्दी भित्र अनेकौँ रहस्य लुकेका छन् । भुपरिवेष्टित राष्ट्रले उपभोग गर्न पाउने अधिकार एवम् पटकपटक आपैmले हस्ताक्षर गरिएको पारवहन सन्धिको ठाडो उल्लङ्घन त हो नै एक राष्ट्रले अर्को राष्ट्रलाई गरिएको बाह्य हस्तक्षेप हो यो । विज्ञहरू त तराइतिरको पेट्रोलियम खानीहरूको उत्खनन गरी उपयोगमा लेराउँदा दीर्घकालीन रूपमा सीमा नजिकै भारतीय खानीमा समेत प्रभाव पर्न सक्ने कुरा औँल्याउँछन् । स्पष्ट छ, नेपालका थुप्रै प्राकृतिक स्रोत साधनप्रति भारतका आँखा गडेकै छन् ।
नेपालको सर्वाभौमिकता एवम् राष्ट्रिय अखण्डता विरुद्ध यो नाकाबन्दी लक्षित छ भन्ने जानकारी पाउँदा रगत त्यसै त्यसै उम्लिएर आउँछ । तराइका केही नेता र सर्वसाधरणलाई सिमाङ्कन र नागरिकताका सम्बन्धी भ्रम पैmलाएर भड्काउँदै प्रदेश हुँदै अन्तमा छुट्टै देशको माग गराउन लगाउने र त्यस भित्र अर्को देशको आन्तरिक कलहमा खेल्ने दाउपेच थाहा पाउँदा कुन चाहिँ देशभक्तको रगत नतात्ला र?

समग्रमा यो नाकाबन्दीले नेपालीहरूले महङ्गो गरी कष्टसाध्य रूपमा ठूलो पाठ सिकेका छन् । नेपालीजनहरूमा राष्ट्रिय एकता बलियो र देख्न मिल्ने गरी प्रकट भएको छ भने भइभइकन गरिब हुनुको असह्य पीडाबोध । आफ्नै राष्ट्रमा भएका अनेकौँ स्रोतसाधनको उत्खनन, प्रयोग र उपयोग गर्ने, सकेसम्म नेपालमा उत्पादित बस्तुको प्रयोग गर्ने, मितव्ययिताको संस्कार अबलम्बन गर्ने जस्ता थुप्रै पाठ सिकेका छौँ । अवश्य नेताहरूले पनि विकासमा राजनीति गर्नु हुँदैन भन्ने पाठ सिकेका होलान् । तसर्थ, आफ्नै राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा सरिक हुनुपर्ने र आवश्यक परे दशगजानेरको नेपाली सीमामा उभिएर विस्तारवादको विरुद्ध लड्नु पर्ने स्थिति उत्पन्न भएकाले यसै पत्र मार्फत भारतीय सेनाबाट आजकै मितिदेखि लागुहुने गरी स्वेच्छिक राजिनामा गर्दछु । राष्ट्रिय स्वाधीनताको मोर्चामा भेट हुने नै छ ।
धन्यवाद ।

उहि वीर बहादुर गोर्खाली

ratopati
मंगलबार, २४ कार्तिक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीकाे लागि सम्बोधन गर्ने भनिएको विषेश कार्यक्रम रोकिएको छ ।
आफू निर्वाचित भएको एक महिना पुगेका अवसरमा ओलीले गर्ने भनिएको विशेष सम्बोधन आज नहुने भएको बालुवाटार स्रोतले जनाएको छ ।
अब सम्बोधन तिहारपछि तर यही हप्ताभित्र सम्बोधन आउने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन्
nepalsandesh
काठमाडौं, २४ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका वार्ता टोली सदस्य एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण वर्तमान सरकारमा केही तत्व वार्ता विरोधी रहेको आरोप लगाउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (मंगलबार) बिहान कुरागर्दै नेता कर्णले वार्ता सकारात्मक रुपमा अगाडि बढ्दै गर्दै सरकारभित्र रहेका केही तत्वले विथोल्ने गरेको बताउनुभयो ।
‘सरकारभित्र केही मन्त्री र तत्व वार्ता विरोधी छन् । जसले वार्ता नै चाहँदैन । नाकाबन्दी खोल्न चाहँदैनन्’, उहाँले भन्नुभयो, ‘वार्ता हुन थाल्दा आन्दोलनमा दमन गरेर वार्ता विथोलिदिन्छन् । यस्ता तत्वको खोजी गर्नुपर्छ ।’
वार्ता विथोल्ने गतिविधि केही मन्त्रीले सरकारी पक्षबाट हुने गरेको भन्दै सहअध्यक्ष कर्णले भन्नुभयो, ‘सप्तरीमा आइतबार राति आन्दोनलमा दमन गरेर वार्ता विथोलिएको छ ।’
सद्भावनाका सहअध्यक्ष कर्णले भन्नुभयो, ‘वार्ता कसले विगारिरहेको छ ? खोज्नु पर्ने भएको छ ।’
वार्ता विथोलेको आरोप लगाए पनि सद्भावना पार्टीका सहअध्यक्ष कर्णले नाकाबन्दी खोल्न को–कोले अबरोध गरेका हुन् त्यसको नाम भन्नुभएन ।
उहाँले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री शक्ति बस्नेतले वार्ता र सम्वाद नचाहेको संकेत भने गर्नुभएको थियो ।
dainiknepal
भारतीय नाकाबन्दीविरुद्ध बिरोध प्रदर्शन गर्ने तयारी
वाशिंगटन डिसी । भारतीय नाकाबन्दीविरुद्ध अमेरिकाका नेपालीले अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यालय ह्वाइट हाउस अगाडि प्रदर्शनको तयारी गरेको छन् ।
डिसी महानगर क्षेत्र सेरोफेरोमा बसोबास गर्ने नागरिक समाजको बिशेष पहलमा भारतले लगाएको अमानवीय तथा अब्यबहारिक नाकाबन्दीलाई विश्वको ध्यानाकर्षण गर्दै बिरोध गर्न आगामी नोवेम्बर १५ तारिख वाशिंगटनस्थित राष्ट्रपति भवन व्हाइट हाउस अगाडि हजारौको संख्यामा जम्मा हुने भएका हुन् ।
यस बिरोध तथा खबरदारी कार्यक्रमको लागि पहलकर्ता मध्येका समाज सेवी तथा ब्यबसायी लोकनाथ तिवारीले आगामी नोभेम्बर १५ तारिख मध्यान्ह १२ बजे वाशिंगटन डिसीस्थित मेमोरिएल मोनुमेन्ट (धरहरा स्मारक)मा जम्मा भएर व्हाइट हाउस अगाडि व्यापक प्रदर्शन गरि भारतीय दूताबासमा पुग्ने योजना रहेको बताए ।

प्रदर्शनीमा व्यापक सहभागिता जुटाउन डिसी महानगर क्षेत्रमा रहेका सम्पूर्ण संघ तथा संस्था, ब्यबसायी, बुद्धिजीवी वर्ग, बिद्यार्थी, विभिन्न पेसामा संलग्न व्यक्तिहरु, साहित्यकार, शिक्षक, प्राध्यापक तथा सबै पेसामा आबद्ध सबैलाई समेत समेटिने जनाईएको छ । र यसको लागि पहल गर्न थालिएको जनाएका छन् ।
बिरोध प्रदर्शनको लागि वाशिंगटन डिसीमा रहेका र सूचना दिनुपर्ने निकायलाई जानकारी दिई सकेको छ भने बिरोध कार्यक्रमको लागि अनुमति पनि लिई सकेको आयोजकले जनाएका छन् । डिसी महानगर क्षेत्र नागरिक समाजले कार्यक्रमलाई सफल बनाउन सबैलाई सहभागी भै दिनहुन् आग्रह गर्ने भएको छ ।dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २४ कात्तिक । विहार विधानसभा चुनावमा पराजित भएसँगै भारतमा चर्काे आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई अर्काे झट्का लागेको छ ।

केन्द्रीय सरकारको नेतृत्व गरिरहेका मोदीले आफ्नै महिला नेतृलाई सुरक्षा दिन नसकेपछि उनलाई झट्का लागेको हो । भारतको छत्तीसगढको बलोदा बजार जिल्लमा भारतीय जनता पार्टीको महिला मोर्चाकी जिल्ला उपाध्यक्षको बलात्कारपछि निर्मम हत्या भएको छ ।
सारा देशका जनतालाई शान्ति सुरक्षा दिने कसम खाएका मोदीले आफ्नै पार्टीका नेतालाई बचाउन सकेन् । जसका कारण उनको सरकारमाथि प्रश्न उठ्न थालेको छ । घटना शनिवार मध्यरातिको हो । घटनाको प्रारम्भिक अनुसन्धानमा छत्तीसगढ प्रहरीले बीजेपी नेत्री मालती बञ्जारेको एक स्कुलभित्र पहिला बलात्कार भएको त्यसपछि हत्या गरिएको तथ्य पत्ता लगाएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार, बलोदा बजारका एसपी अभिषेक शांडिल्यले मालती बञ्जारेको मध्यराति हत्या भएको र घटनाको थप विवरण अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने बताए । (एजेन्सीको सहयोगमा)dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बनेपा, २४ कात्तिक । प्रमुख सत्तारुढ दल नेकपा एमाले काभ्रेको ९ औँ जिल्ला अधिवेशनको सरगर्मी बढेको छ ।
अधिवेशनको मिति नजिकिदै गर्दा नेता तथा कार्यकर्ताहरुमा चुनावी सरगर्मी बढेको हो । मंसिर २६ र २७ गते हुन लागेको अधिवेशनको एक महिना बाँकि रहदा एमाले काभ्रेमा समुहगत विभाजन देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका नेताहरु यतिबेला समुह नै बनाएर मैदानमा देखिएका हुन् ।
ओली समुहबाट नेता भीम न्यौपाने, नारायण पाण्डे र अशोक व्याञ्जु अध्यक्षमा आकांक्षी देखिएका छन् भने नेपाल समुहबाट केन्द्रीय सदस्यमा पराजित टोकबहादुर वाइवा, मुकुन्द गौतम र कुमार थापा आकांक्षी देखिएका छन् ।
त्यस्तै, उपाध्यक्षमा ओली समुहका संग्रामजित लामा, बसुन्धरा हुमागाइ र विमला शर्माको नाम चर्चामा रहेको छ । उता नेपाल समुहबाट किशोर थापाले मात्रै उपाध्यक्ष पदका लागि दावी गरेका छन् । ओली समुहबाट कञ्चन अधिकारी, युवा संघका केन्द्रीय उपाध्यक्ष चन्द्र लामा, राजन भुर्तेल, सुरेश हुमागाई र रामशरण दाहाल सचिवको आ–आफ्नै दावी गरिरहेका छन् । रघुवर चौ–प्रधान, लेखराज गौतम र हरिशरण दाहालले सचिवका लागि नेपाल निवास मै पुगेर टिकट मागेका छन् ।
ओली निकट मानिएका सभासद एव एमाले नेता विदुर सापकोटाले जिल्लामा नेपाल समुहमा सहयोग गरिरहेका ओली निकट कार्यकर्ताहरुको बुझाई छ । अन्तरघातको आरोपमा कारवाहीमा परेका पूर्व सभाषद कृष्णप्रसाद सापकोटाले नेपाल समुहलाइ भोट माग्न थालेका छन् ।
उता निर्वमान जिल्ला अध्यक्ष गोकुल बास्कोटा र सभासद एव अध्यक्ष रामहरी सुवेदी ओली समुहलाई जिताउन लागि परेका छन् । अध्यक्ष सुवेदीले पार्टीका एकता र समृद्धीका लागि भन्दै आफू यो अधिवेशनमा उम्मेदवार नबन्ने बताए । लामो समयदेखि ओली समुहको बर्चस्व रहेको काभ्रेको यसपटकको अधिवेशनमा आफ्नो वर्चस्व जोगाउन ओली निकट कार्यकर्ता समुह नै बनाएर लागि परेका छन् भने, नेपाल पक्षका केन्द्रीय नेताहरुले समेत यस अधिवेशनबाट ओली समुहलाई काभ्रेमा पछि पार्न अभियान थालेको बुझिएको छ ।
यस अगाडी मिनी जिल्ला अधिवेशनको रुपमा हेरिएको पाचखाल नगरअधिवेशनमा दुवै समुह प्यानल नै बनाएर चुनावमा होमिएका थिए । सो अधिवेशनमा ओली समुह विजयी भएपछि ओली समुह उत्साहित देखिएको छ भने नेपाल समुह रक्षात्मक देखिएको छ । यता विश्लेषकहरु ओली समुहबाट नेता भीम न्यौपाने र नेपाल समुहबाट टोकबहादुर वाइवा चुनावी मैदानमा टिम बनाएर आउने बताउँछन् ।
dainiknepal
काठमाडौं, २४ कात्तिक । नेपाल सरकारले सीमामा पारवहन तथा आपूर्तिमा लगाएको अवरोध हटाउन भारत सरकारलाई आग्रह गरेको छ ।
तर, आन्दोलनरत मधेसी दलका मागको सम्बोधन गरेपछि मात्र नाकाबन्दी खुकुलो गर्ने अडान भारतको छ ।
मन्त्रिपरिषद्को निर्णयबारे भारत सरकारलाई लिखित जानकारी गराइएको छैन भने दिल्लीस्थित नेपाली दूतावासलाई पनि औपचारिक जानकारी छैन
‘सरकारले भारतलाई आह्वान गरेको भन्ने निर्णय पत्रपत्रिकाबाट थाहा पाइयो,’ नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले सोमबार साँझ टेलिफोनमा भने, ‘तर त्यसबारे औपचारिक च्यानलमार्फत हामीलाई नै जानकारी आएको छैन ।’
अनौपचारिक रूपमा भने जानकारी गराइएको दूतावास स्रोतले बताएको नयाँ पत्रिकाले छापेको छ ।
‘भारत आफ्नो मुद्दामा टसमस छैन, मधेसीहरूको माग सम्बोधन नभएसम्म नाकाबन्दी हट्ने सम्भावना छैन,’ नेपाली दूतावासका एक अधिकारीले भने ।
dainiknepal
काठमाण्डु, २४ कात्तिक– नेपालमाथि नाकाबन्दी गरेका भारतीय प्रधानमन्त्रीले नेपालसँगको राजनीतिक लडाईमा हार स्वीकार गर्दै बन्द नाका सुचारु गर्न ‘सुरक्षित अवतरण’को मार्ग खोजीमा भौतारिन थालेको परराष्ट्रविदहरुले बताउन थालेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नेताहरुको भेटवार्तामा यसपटक जति गरे पनि नसकिने गरी नेपालसँगको सम्बन्धमा फसेको र यसबाट निस्कने उपयुक्त मार्गको लागि सुझाव माग्ने गरेको स्रोतले बताएको छ । मोदीले नाकाबन्दीले यस्तो अवस्था आउला भन्ने समेत नसोचेको र अन्तर्राष्ट्रिय दबाबको सामना गर्न निकै चर्को मूल्य चुकाउनु पर्ने अवस्था सिर्जना भएपछि भारतले नाकाबन्दीको विकल्पमा सुरक्षित अवतरणको खोजीमा जुटेको सूत्रहरु बताउँछन् । स्रोतका अनुसार नेपाली कांग्रेसले सरकारले पेश गरेको संविधान संशोधनको प्रस्तावमा मधेशवादी र सरकारले मिलन गराएर सहमति भएको बहानामा भारतले नाकाबन्दी खुल्ला गर्ने योजना अघि सारेको छ । –जनसवाल दैनिकबाट kathmandutoday
वि.सं. २०७२ साल कात्तिक २४ गते। मंगलबार। इश्वी सन् २०१५ नोभेम्बर १० तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्दशी, २०:४७ बजेउप्रान्त औंसी। नक्षत्र– चित्रा, ११:३४ बजेउप्रान्त स्वाती।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइने सम्भावना छ। मनग्य धनलाभ हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त हुनेछन् भने सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्य एवं निरन्तरको प्रयत्नले फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्। काममा सचेत रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्न सक्छ। सेवामूलक कामबाट मात्र प्रतिष्ठा मिल्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काम सुरु गर्न समय पर्खंनुहोला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सजग रहनुहोला।

मंगलबार, २४ कार्तिक
काठमाडौं । भारतीय नाकाबन्दीको मारमा परेका नेपालीलाई राहतका साथै विकल्प दिन चीनले यसअघि सहमति भएका नाकाहरूलाई तत्काल मर्मत गर्दै अन्तर्रा्ष्ट्रिय स्तरीकरण गर्ने भएको छ ।
नेपालसँग भन्सार सहजीकरण र सञ्चालनसम्बन्धी २० बुँदे सहमति गरे लगत्तै तिब्बत सरकार प्रमुख लोपस्याङ ग्याल्जेले नेपालतर्फका नाकालाई स्तरोन्नति गर्दै सुचारु गर्न कुनै कसुर बाँकी नराख्ने बताएको सन्देश पठाएका छन् ।
लोपस्याङ पाँच वर्षे मूल्यांकन समीक्षा बैठकमा सहभागी हुन बेइजिङ पुगेका छन् ।उनले त्यहाँ नेपालमा बैठक बसेर फर्केका टोलीसँग भेटेका छन् ।
टोलीको निर्णयलाई उनले चिनियाँ वाणिज्य मन्त्रालय पुर्‍याउँदै सहयोग प्रक्रिया अघि बढाएको परराष्ट्र अधिकारीले जानकारी दिए । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
काठमाडौं: यमपञ्चकको दोस्रो दिन आज घरघरमा कुकुरको पूजा गरी मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। आजै कुकुर तिहारका साथै नरक चर्तुदशी पनि मनाउने गरिएको छ।

नरक चर्तुदर्शीमा बिहान घाम उदाउनुभन्दा अगाडि र तारा नअस्ताउँदै शरीरमा तेल घस्ने र अपामार्गको काँडा, पात, जरा र माटोसहितको बिरुवालाई आफ्नो टाउको वरिपरि घुमाएर नरक पन्छ्याएर फाली नुहाएपछि पाप र रोगव्याधी नास हुने धार्मिक ग्रन्थमा उल्लेख रहेको ज्योतिष डा. सुनिल सिटौलाले बताए। उनका अनुसार यसलाई नरक चर्तुदशी गर्ने भनिन्छ।

कुकुर घर पालुवा जनावर हो। घर पालुवा जनावरमध्ये कुकुरलाई मानिसको परम मित्रका रूपमा पनि लिने गरिन्छ।

हरेक प्राणीले चौरासी जुनी फेर्नुपर्छ भन्ने धार्मिक कथन छ। जस अनुरूप कुकुर अन्तिम जुनी हो र त्यसपछि मान्छेको हंश लिन्छ भन्ने मान्यता रहिआएको छ।

तन्त्रशास्त्रमा ६४ वटा भैरव हुन्छन्। भैरवको वाहनको रूपमा कुकुरलाई लिइन्छ।

भैरवको अर्थ भयरहित अर्थात् डर नभएको भन्ने बुझिन्छ। यस्ता देवताको वहान भएकाले पनि कुकुरलाई पुज्ने गरिएको हो।

सनातन धर्ममा वैदिक प्रणाली, पौराणिक प्रणाली र तान्त्रिक प्रणाली गरी तीन प्रकारको जीवन प्रणाली हुन्छन्।

कुकुरको पौराणिक र तान्त्रिक प्रणालीमा व्याख्या गरिएको डा. सिटौलाले बताए ।
annapurnapost
काठमाडौं, २४ कात्तिक । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव जटिल बन्दै गएपछि सरकारले विश्वका अन्य मुलुकबाट इन्धन भित्र्याउन सकिने सम्भावनाका विषयमा कूटनीतिक संवाद थालेको छ ।
परराष्ट्र मन्त्रालयले बंगलादेश, रूस र साउदी अरेबियाका काठमाडौंस्थित राजदूत एवं कूटनीतिक प्रतिनिधिसँग यसबारे परामर्श गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
तत्कालीन इन्धन संकट टार्न कूटनीतिक तहमा छलफल भए पनि ठोस निष्कर्ष भने निस्कने नसकेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए ।
‘भारत र चीनबाहेक अन्य मुलुकबाट दीर्घकालीन रूपमा इन्धन ल्याउन अहिलेकै पूर्वाधारले सम्भव छैन’, मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘इन्धन संकट टार्न के गर्न सकिन्छ भन्ने हिसाबमा कूटनीतिक तहमा कुराकानी भएको हो ।’
परराष्ट्रका अधिकारीले पेट्रोल, ग्यास र हवाई इन्धन विमानबाट आयात गर्ने विषयमा कूटनीतिक प्रतिनिधिसँग राय मागेका थिए ।
बंगलादेशबाट पेट्रोल र हवाई इन्धन आयात गर्न सकिनेबारे सकारात्मक कुरा भएको ती अधिकारीले बताए ।
dainiknepal
हेटौँडा, २३ कात्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकका लागि नयाँ शक्ति निर्माण गर्न लागेको बताउनुभएको छ ।
प्रगतिशील लेखक सङ्घ मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ‘नयाँ शक्ति किन ?’ विषयक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि नयाँ शक्ति निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
नयाँ शक्तिको बहसको देश दौडाहाका क्रममा हेटौँडा आइपुगेका भट्टराईले नयाँ शक्ति २१औँ शताब्दीको माक्र्सवादमा आधारित हुने बताउनुभयो । पुरानो शक्ति, पुराना सोचका कारण मुलुक निर्माण नभएकाले नयाँ शक्तिको आवश्यकता परेको भट्टराईले उल्लेख गर्नुभयो ।
अहिलेको मुलुकको मागअनुसार नयाँ शक्तिको आवश्यकता परेको भन्दै आफू पार्टीबाट अलग भएर नयाँ शक्तिको अभियानमा लागेको जानकारी दिनुभयो ।
अहिलेको अवस्थामा नयाँ शक्ति निर्माण नगरेमा देश खतरामा पर्ने भएकाले यसको अभियानमा आफू लागेको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री डा भट्टराईले काठमाडौँ र दिल्लीका शासकका कारण सर्वसाधारण नाकाबन्दीको मारमा परेको बताउनुभयो ।
दुई देशको शासकका कारण सर्वसाधारण मारमा परेकाले यसलाई चाँडोभन्दा चाँडो निकास दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भारतको नाकाबन्दी गलत भएकाले सबैले विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले तराईमा आन्दोलनरत दलसँग वार्ताको औपचारिकतामात्र प्रस्तुत गरेको भट्टराईको भनाइ छ ।
वर्षांैदेखि एक जातिलेमात्र सत्तामा एकाधिकार कायम गरिरहेकाले तराईमा लामो आन्दोलन चलेको उहाँको दाबी छ । तराईमा रहेका मधेसी, थारु, मगरातलगायत जातिकोे समस्या समाधान गर्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– “पहाडीया सोच बनाएकाले गर्दा दुई पक्षबीचको द्वन्द्वलाई झन् चर्काउने काम भएको छ, यसलाई बन्द गर्नुपर्छ ।” रासस
dainiknepal
काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दी खोल्न सरकारले भारत सरकारलाई आग्रह गरे लगत्तै सद्भावना अध्यक्ष राजेन्द्र महतो सरकारविरुद्ध खनिएका छन् ।
उनले सरकार मुलुकको समस्या समाधानका लागि गम्भीर नभएको आरोप लगाएका हुन् ।  सोमबार एक विज्ञप्ती जारी गर्दै नाकाबन्दी खोल्न गरेको आग्रहप्रति आपत्ति जनाएका हुन् ।
उनले नाकाबन्दी भारतले नभई आफूहरुले गरेको भन्दै नाकाबन्दीको ४६ औं दिन भईसक्दा पनि सरकारले भारतले नाकाबन्दी गरेको भनेर मधेस आन्दोलनको बद्नाम गर्न खोजेको आरोप लगाएका हुन् ।
नाकाबन्दी आफूहरुले गरेको भनेर राजेन्द्र महतोले भनेपनि केहीदिनअघि वीरगञ्ज नाका खुलाउने क्रममा गरेको प्रहरी हस्तक्षेपमा अधिकांश भारतीय नागरिक पक्राउ परेका थिए भने एक भारतीयको प्रहरी कारबाहीमा मृत्यु भएको थियो ।
उनले मधेसको माग सम्बोधन नभएसम्म नाकाबन्दी नखुल्ने दावी समेत गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मधेसको समस्या समाधानका लागि विशेष प्रस्ताव ल्याएपनि महतोले मन्त्रिपरिषद बैठकले आन्दोलन र नाकाबन्दीको विषयमा नकारात्मक टिप्पणी गरेको र तर माग सम्बोधन हुने कुनै ठोष प्रस्ताव नल्याएको आरोप लगाएका छन् ।
मोर्चाले विगतदेखि उठाउँदै आएका शर्त पुरा नगरेसम्म वार्ताको वातावरण बन्न नसक्ने महतोले जनाए ।
nepalsandesh
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार फेरि मन्त्रिमण्डल बिस्तार गरेका छन् । प्रम ओलीले मन्त्रिमण्डलमा दुर्इ राज्य र दुर्इ सहयाकमन्त्री थपेका हुन् ।

थपिएका स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही, भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापा र सहयाकमन्त्री दिनेश श्रेष्ठलार्इ प्रम ओलीले सोमबारै सपथ खुवाएका छन् ।

कुन्ती शाहीसँगै नियुक्त स्थानीय विकास सहयाकमन्त्री विराज विष्टलार्इ पनि पद तथा गोपनीयताको सपथ खुवाइएको छ । यो विस्तारसँगै ओली मन्त्रिपरिषद् ३२ सदसस्यीय भएको छ ।

मन्त्रिमण्डलमा नेपालकै इतिहासमा सबैभन्दा धेरै ६ जना उपप्रधानमन्त्री र १७ जना मन्त्रीहरु यसअघि नै नियुक्त भइसकेका छन् । राज्यमन्त्रीको संख्या चार पुगेको छ भने सहायकमन्त्री दुर्इजना भएका छन् ।annapurnapost
२३ कार्तिक, काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीले नेपाली जनजीवन जति आक्रान्त बनेको छ, भारतलाई नाकाबन्दी खोल्नैपर्ने त्यो भन्दा चर्को दबाब छ । केहीदिनअघि नेपाल प्रहरीले वीरगञ्जमा धर्नामा बसेर नाका अवरुद्ध गरिरहेका आन्दोलनकारीलाई हटाएर एकतर्फी नाका सुचारु गराएपनि भारतीय पक्षको असहयोगका कारण केही घन्टामा बन्द भएको थियो भने वीरगञ्जमा प्रदर्शनले उग्ररुप लिँदा कफर््यू समेत लगाउनु परेको थियो ।
वीरगञ्ज घटनामा धर्नामा बसेकाहरुलाई हटाउने क्रममा मृत्यु भएका एक आन्दोलनकारी भारतीय हुनु र पक्राउ परेकाहरु समेत भारतीय पर्नुले मधेस आन्दोलनमा भारतीय घुसपैठ उदांगिएको थियो । तर बिहारको निर्वाचन समेत सकिएपछि अब नाकाबन्दी खोल्न भारतीय सरकामाथि नै दबाब पर्न थालेको छ ।
यो अवस्थामा भारत संविधान संशोधनको प्रक्रिया अघि बढाए तत्काल नाकाबन्दी खोल्ने संकेत गरेको छ । भारतीय नाकाबन्दीको विभिन्न क्षेत्रबाट विरोध हुनुका साथै गत साता राष्ट्रसंघमा समेत भारतीय नाकाबन्दीले प्रवेश पाएपछि भारत नाकाबन्दी खुलाउन बाध्य बन्दै गएको हो । मधेसवादी दलहरु समेत संविधानलाई स्वीकार गर्दै संसद बैठकमा सहभागी भएको र विहारको निर्वाचनको परिणाम समेत आइसकेको अवस्थामा मोदी सरकारमाथि थप दबाब पर्ने भएका कारण पनि संविधान संशोधनको प्रक्रिया सुरु गरे भारतले नाकाबन्दी तत्कालै हटाउने संकेत दिएको हो ।
भारतीय अधिकारीहरुले नाकाबन्दी हटाउने विषयमा नेपालको संविधान संशोधनको प्रक्रियालाई चाँसो दिने गरेको स्रोत बताउँछ । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायसँग भएको भेटमा पनि मोदीका सुरक्षा सल्लाहकार अजितकुमार डोभलले संविधान संशोधनको बिषयमा चासो राखेका थिए ।
उपाध्यायलाई संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पारित भए नाकाबन्दी खोल्ने भारतीय पक्षले संकेत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘नाकाबन्दी केहि खुकुलो हुने संकेत आएको’ बताएका थिए ।  ।
purbelinews
काठमाडौँ : व्यवस्थापिका–संसद्, विकास समितिले सम्मानपूर्वक बाँच्न पाउने संविधान प्रदत्तअधिकार घोषित–अघोषित नाकाबन्दी खुलाउन गम्भीरताका साथ लाग्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले विश्वव्यापीकरणको अवस्थामा स्वतन्त्र व्यापारमा घोषित–अघोषित नाकाबन्दीले नेपालजस्तो भूपरिवेष्टित मुलुकको समग्र जनजीविका र विकासमा नकारात्मक असर पार्ने भएकाले अविलम्ब त्यसतर्फ सरकारको ध्यान जानुपर्ने ठहर गरेको हो ।

समितिका सभापति रवीन्द्र अधिकारीले नाकाबन्दी विभिन्न तहमा नेपाल, बङ्गलादेश, भुटान र भारतबीच भएको सहमति र समझदारीको भावना प्रतिकूल भएको बैठकले ठहर गरेकाले त्यस्ता सम्झौता कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको बताए।

सभापति अधिकारीका अनुसार बैठकले उत्तरी सीमा जोड्ने प्रमुख नाका जोड्ने सडकको गुणस्तर सुधार एवम् दिगोपना कायम गर्न तत्कालै कार्य प्रारम्भ गर्न र त्यसका लागि बजेट अभाव हुन नदिन निर्देशन दिएको छ ।

सोही सन्दर्भमा सरकारका सबै निकायबीच समन्वय कायम गरी कार्यसम्पादन गर्न गराउन बैठकले भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, अर्थ मन्त्रालयलगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपाल–चीनबीचको व्यापारलाई सहज बनाउन दुई देशबीच रेल मार्गले जोड्न अत्यावश्यक भएकाले सो सम्बन्धमा सम्भाव्यता अध्ययन गरी समिति समक्ष पेस गर्न सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै बैठकले त्यसलाई पुनः स्मरणसमेत गराएको छ ।

इन्धन अभावका कारण विकासका महत्वपूर्ण योजना निर्माणमा पर्न गएको नकारात्मक असर तुरुन्त सम्बोधन गर्न तथा सार्वजनिक यातायातलाई प्राथमिकताका साथ सहज रुपमा इन्धन व्यवस्थापन गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

त्यसैगरी बैठकले सर्वसाधारण जनताका लागि ठूलो यातायातका साधन ट्रलिबस र विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्न र रसुवागढी र तातोपानी नाकाको वर्तमान अवस्थाको स्थलगत निरीक्षणका लागि आवश्यक व्यवस्था मिलाउन समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ ।

मधेसमा भइरहेको आन्दोलनका विषयमा छिटोभन्दा छिटो निष्कर्षमा पुग्न, जनजीविकालाई तत्काल सहज बनाउन र संविधान प्रदत्त अधिकारअनुसार सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि आन्दोलनरत दललाई आग्रह गरिएको छ ।

बैठकमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राजनीतिक अस्थिरताका कारण विकासका कार्यक्रम अगाडि नबढेकै कारण परनिर्भरता बढेको उल्लेख गर्दै घरमा आगो लागेपछि कुवा खन्ने अवस्था आएकाले यस्तो कमजोरीलाई सुधार गरिन्छ भने। । भौतिक पूर्वाधारमन्त्री गच्छदारले भने, “अहिलेको समस्या राजनीतिक हो, यसको समाधान राजनीतिबाटै खोजिनुपर्छ ।”

उपप्रधानमन्त्री गच्छदारले भारtसँगको सम्बन्धमा चिसोपना आउनु दु:खद भएको उल्लेख गर्दै भारत–चीनबीचको सम्बन्धलाई समान रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

बैठकमा सहभागी सभासद्ले विकास निर्माणका योजनालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिँदै चीनतर्फका सम्भाव्य सबै नाकासम्म पुग्ने सडकको गुणात्मक विस्तार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै पछिल्लो समयमा भारतले गरेको अवरोधका कारण भएको समस्याको साधानका लागि कूटनीतिक पहल गर्न ढिलाइ गर्न नहुने बताएका थिए।

मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र सडक विभागका महानिर्देशक माधवकुमार कार्कीले उत्तर र दक्षिणको नाकालाई सन्तुलन मिलाएर सञ्चालन गरिने उल्लेख गर्दै मन्त्रालयले रसुवागढी, तातोपानी र मुस्ताङको कोरला नाकालाई प्राथमिकताका साथ सञ्चालनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
annapurnapost
सप्तरी, २३ कात्तिक । मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका २५ जना केन्द्रीय नेताहरु पक्राउ परेका छन् ।
मधेस आन्दोलन सुरु भएको ३ महिना पुग्दा पहिलोपटक नेपाल प्रहरीले २५ जना नेतालाई एक साथ पक्राउ गरेको छ । जसमा पूर्वमन्त्री समेत प्रहरी खोरमा पुगेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी सडकखण्डमा पनि गएराति धर्नामा बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा पूर्व मन्त्री एवम् फोरम लोकतान्त्रिकका पूर्व महासचिव मृगेन्द्र सिंह यादव, फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, सद्भावना पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र चौधरी, युवा नेता दिनेशकुमार यादव, विद्यार्थी मञ्च केन्द्रीय अध्यक्ष किशोरकुमार यादवलगायत दर्जनौँ आन्दोलकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले सडक अवरोध गर्न खोज्ने पूर्वमन्त्रीसहित २५ नेतालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
Morchaयसैबीच गएराति सप्तरी प्रहरीले राजमार्गमा सुरक्षा दिई करिब एक हजार २५० सवारी साधनलाई गन्तव्यसम्म पु¥याउन सफल भएको प्रहरी उपरीक्षक भीम ढकालले बताउनुभयो ।  पूर्वबाट पश्चिमतर्फ ६०० र पश्चिमबाट पूर्वसम्ममा ६५० साना ठूलो गरी एक हजार २५० सवारी साधनलाई गन्तव्यमा पु¥याएको प्रहरीले जनाएको छ ।
यसैगरी पूर्वपश्चिम राजमार्ग सडकखण्डमा गएराति राजमार्ग अवरोध गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
सो झडपमा परी दुई दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने करिब दुई दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् ।
सप्तरीको भारदहस्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोर्चाका कार्यकर्ताले सडक अवरोध गर्न धर्नामा बसेका बेला प्रहरीले बन्द खुलाउन लाठी चार्ज गर्दा दुई दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएको आन्दोलन परिचालन समितिका जिल्ला संयोजक सुनिल झाले बताउनुभयो । घाइतेहरुको टाउको फुटेको र घाइते सबैको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको बताइएको छ ।dainiknepal

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कार्तिक २३, २०७२- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दक्षिणपन्थीहरु मिलेर चीनसँगको उत्तरी नाका खोल्न नदिने प्रयास गरेको बताएका छन् । नेपाल प्राध्यापक समाजले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले नेपालले भारतलाई दिँदै आएको बिजु्ली रोक्नुपर्ने सुझाव दिँदै अहिलेको अवस्थामा बङ्गलादेशबाट ग्यास ल्याउन सकिने र पाकिस्तानसँग बिजुली उत्पादनबारे सल्लाह गर्नुपर्ने धारणा राखे ।

बिजुक्छेले भने, 'भारतमा प्रगतिशील सरकार नआएसम्म नेपाललाई दुःख हुन्छ, दक्षिण एसियालाई एउटै सुरक्षा छातामा ल्याई आफैं कमान्डर इन चिफ बन्न भारत खोज्दैछ, त्यसको विरोध हुनुपर्छ ।' बिजुक्छेले नाकाबन्दीविरुद्ध नेपाली जनताले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्नुपर्ने बताउँदै भारतको सामान कम प्रयोग गर्ने अभियान नेपालीले थाल्नुपर्नेमा जोड दिए ।
kantipur.ekantipur
काठमाडौं : मन्त्रिपरिषद्को सोमबारको बैठकमा भारतले लगाएको अघोषित नाकाबन्दी र त्यसले आपूर्ति व्यवस्थामा परेको गम्भीर असरबारे छलफल गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।

नेपाल भारतका सीमा नाकाहरुमा भइरहेको पारवहन तथा आपूर्ति व्यवस्थामा देखिएको अवरोधको स्थिति समाप्त गरी अत्यावश्यक वस्तुहरुको आयातनिर्यात नियमित गर्न एवं दुई देश वीचको सम्बन्धलाई सुमधुर तथा सुदृढ तुल्याउने कार्यमा योगदान गर्न मन्त्रिपरिषद्ले भारतसँग आग्रह गरेको छ ।


मन्त्रिपरिषद्ले पारित गरेको विशेष प्रस्तावमा विद्यमान समस्या समाधानको लागि अधिकतम लचकताका साथ सम्वादको बाटोबाट शान्तिपूर्ण ढंगले अघि बढ्न तत्पर रहेको उल्लेख छ ।

तराई मधेशमा आन्दोलनरत दलका मागलाई ध्यानमा राखी वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रयास भइरहेका बताउँदै बन्द र सीमा–भन्सार धर्ना कार्य बन्द गरी जनताको जीवन सामान्य तुल्याउन तथा वार्ताको सहज वातावरण सिर्जना गर्न आन्दोलनरत दलहरुलाई सरकारले आग्रह गरेको छ ।
annapurnapost
सोमबार, २३ कार्तिक
। भारतले गरेको अघोषित नाकाबन्दीले नेपाली जनजीवन जति आक्रान्त बनेको छ, भारतलाई नाकाबन्दी खोल्नैपर्ने त्यो भन्दा चर्को दबाब छ ।
केहीदिनअघि नेपाल प्रहरीले वीरगञ्जमा धर्नामा बसेर नाका अवरुद्ध गरिरहेका आन्दोलनकारीलाई हटाएर एकतर्फी नाका सुचारु गराएपनि भारतीय पक्षको असहयोगका कारण केही घन्टामा बन्द भएको थियो भने वीरगञ्जमा प्रदर्शनले उग्ररुप लिँदा कफर््यू समेत लगाउनु परेको थियो ।
वीरगञ्ज घटनामा धर्नामा बसेकाहरुलाई हटाउने क्रममा मृत्यु भएका एक आन्दोलनकारी भारतीय हुनु र पक्राउ परेकाहरु समेत भारतीय पर्नुले मधेस आन्दोलनमा भारतीय घुसपैठ उदांगिएको थियो । तर बिहारको निर्वाचन समेत सकिएपछि अब नाकाबन्दी खोल्न भारतीय सरकामाथि नै दबाब पर्न थालेको छ ।
यो अवस्थामा भारत संविधान संशोधनको प्रक्रिया अघि बढाए तत्काल नाकाबन्दी खोल्ने संकेत गरेको छ । भारतीय नाकाबन्दीको विभिन्न क्षेत्रबाट विरोध हुनुका साथै गत साता राष्ट्रसंघमा समेत भारतीय नाकाबन्दीले प्रवेश पाएपछि भारत नाकाबन्दी खुलाउन बाध्य बन्दै गएको हो ।
मधेसवादी दलहरु समेत संविधानलाई स्वीकार गर्दै संसद बैठकमा सहभागी भएको र विहारको निर्वाचनको परिणाम समेत आइसकेको अवस्थामा मोदी सरकारमाथि थप दबाब पर्ने भएका कारण पनि संविधान संशोधनको प्रक्रिया सुरु गरे भारतले नाकाबन्दी तत्कालै हटाउने संकेत दिएको हो ।
भारतीय अधिकारीहरुले नाकाबन्दी हटाउने विषयमा नेपालको संविधान संशोधनको प्रक्रियालाई चाँसो दिने गरेको स्रोत बताउँछ । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायसँग भएको भेटमा पनि मोदीका सुरक्षा सल्लाहकार अजितकुमार डोभलले संविधान संशोधनको बिषयमा चासो राखेका थिए ।
उपाध्यायलाई संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पारित भए नाकाबन्दी खोल्ने भारतीय पक्षले संकेत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘नाकाबन्दी केहि खुकुलो हुने संकेत आएको’ बताएका थिए ।
nepalsandesh.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home