• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
इलाम : सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राईले मुख्य तीन दलका नेताले आन्दोलनरत दलका कुरा नसुनेका कारण वार्ताको वातावरण बन्न नसकेको धारणा राख्नु भएको छ।

सङ्घीय प्रेस फोरम इलामले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, मधेस आन्दोलनमा मृत्यु भएकालाई उचित क्षतिपूर्ति दिइनुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने र दङ्गाग्रस्त क्षेत्रबाट सेनालाई फिर्ता बोलाउन सम्बोधन गरेमा पूरै समस्या समाधान हुने उल्लेख गरे।


उनले अन्तरिम संविधानको मर्म र भावना विपरित जारी भएको संविधानले निकास दिन नसक्ने बताए।भारतीय पक्षलाई नाकाबन्दी गर्न तपाईहरूको दलले उक्साएको हो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले आफूहरूले आन्दोलनको स्वरूप परिवर्तन गरेर सीमा नाकामा पलेंटी मारेर नाकाबन्दी गरेको बताउँदै भारतबाट आफूहरूलाई सहयोग भईरहेको र त्यसको स्वागत गर्छौं भने। रासस
annapurnapost.com
१० असोज, काठमाडौं । एमाओवादी परित्यागको घोषणा गरेका डा. बाबुराम भट्टराई र प्रचण्डबीच आइतबार टेलिफोन सम्वाद भएको छ ।
भट्टराईले एमाओवादी परित्यागको घोषणा गरेको भोलिपल्ट प्रचण्ड र बाबुरामबीच फोन सम्वाद भएको हो । भट्टराईले शनिबार पत्रकार सम्मेलन गरेर एमाओवादी र संसद सदस्यसमेत परित्यागको घोषणा गरेका थिए ।
आइतबार प्रचण्डले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बोलाए । बैठक अघि बाबुरामले प्रचण्डले फोन गरेका थिए ।
स्रोतका अनुसार फोन सम्वादमा बाबुरामले एक चरणको कार्यभार पूरा भएकाले राजीनामा दिएको भन्दै पार्टी बाहिरै बसेर वैचारिक आन्दोलनलाई योगदान दिने बताए । उनले अब आफू केही समय बैचारिक काम गर्ने बताएका छन् ।
जवाफमा प्रचण्डले यो त सरप्राइज नै भो नि भनेका थिए । जवाफमा भट्टराईले सरप्राइज जस्तै भयो भनेको स्रोतले बतायो ।
फोन सम्वादका क्रममा प्रचण्डले भट्टराईलाई तपाईको तरंगित हुने बानी छ, तरंगित नहुनुस् भनेर सम्झाएका थिए ।
www.onlinekhabar.com
काठमाडौं: संविधानसभामा सहभागि दुई दर्जनभन्दा बढि दलले भारतले नेपाल आउने मालवहाक सवारी साधनको आगमनमा राके लगाएर घोषित रुपमै नाकावन्दीनै गरेके ठहर गर्दै कुटनीतिक तवरबाट समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्ब दलिय बैठकले सुरक्षाको कारण देखाएर भारले नाका बन्द गरेपनि त्यो एक प्रकारको नाकावन्दीनै भएको निष्कर्ष निकालेको हो ।


‘भारतबाट सवारी साधन नेपाल नभित्रिनु एक प्रकारको नाकावन्दीनै भएकाले त्यसको कुटनीतिक तवरबाट समाधान खोज्न सरकारलाई आग्रह गर्ने निष्कर्ष निस्किएको छ’ बैठकपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्नपूर्णसँग भने, ‘पारवहान सन्धी सम्झौता हेरेर त्यसमा सरकारले भारतसँग औपचारिक कुरा गर्नुपर्ने हामीले सुझाव दिएका छौ ।’


बैठकले तराईमा जारी आन्दोलनलाई आधारमा बनाएर भारतबाट अत्यावस्यक वस्तुहरुको समेत आपुर्ति नहुदा उपत्यका लगायत देशभरको अवस्था दयनिय हुदै गएको भन्दै त्यसको छिटो समाधान खोज्न प्रमुख दल र सरकारलाई आग्रह समेत गरेको छ ।

‘तराईको आन्दोलन जतिसक्दो छिटो वार्ताको माध्यामबाट समाधान खोज्न हामीले सुझाव दिएका छौ’ नेकपा मालेका महासचिव सिपी मैनालीले भने, ‘जसरी पनि मधेसी दललाई वार्तामा ल्याउनु पर्छ भन्ने सबैको धारणा थियो ।’

बैठकले लामो समय हुदा पनि आपुर्ति व्यवस्था सुचारु गर्न नसक्नु सरकारको कमजोरी भएको भन्दै छिटो कुटनीतिक पहल गर्न पनि सुझाव दिएको छ । ‘यो दुई देशबीचको समस्या भएकाले सरकारले कुटनीतिकप पहल गरेर समाधान गर्नुपर्छ भन्ने सुझाव सबैको थियो’ मैनालीले भने ।

बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले मुलुक संकटमा परेका वेला संविधान निर्माण र घोषणमा जस्तै सबै दलबीच एकता हुनुपर्ने धारणा राखेका थिए । उनले सबै दलले मुलुकको संकट समाधान गर्न आआफ्नो ठाउँबाट पहल गर्न पनि आग्रह गरेका थिए । ‘संविधान जारी भएपछि झनै मुलुकमा भाडभैलो भएको छ, यसलाई समाधान गर्न पनि हामी सबै संविधान घोषण गर्दौ जस्तै एक हुनुपर्छ’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै केसीले भने ।

तराईको समस्या समाधान नगरी नाका खुला नहुने भएकाले जसरी पनि मधेसी दलसाग वार्ता गरेर समाधान गर्न साना दलका नेताहरुलाई तीन दललाई आग्रह गरेका थिए । उनीहरुले अहिले प्रधानमन्त्री, राष्ट्रपति जस्ता पदको लोभ नगरी मुलुकको समस्या समाधान गर्नतर्फ अघि बढ्न शिर्ष नेताहरुलाई आग्रह गरेका थिए ।

संविधानलाई तीन दलका शिर्ष नेताहरुलेनै अपरिवर्तनिय दस्तावेज नभएको धारणा राख्दै आएकाले केही विषयमा लचक भएर भएपनि मधेसी दलसँग वार्ता अघि बढाउन आग्रह गरेका थिए । संविधान घोषणा जत्तिकै यसको कार्यन्वयन पनि महत्वपूर्ण भएको भन्दै त्यसका लागि सबै लचक हुनुपर्ने सुझाव साना दलहरुले राखेका थिए ।

केही दलहरुले भारतसँगको परनिर्भरता क मगर्नेगरी सरकारले अन्य छिमेकी मुलुकसँग पनि द्धिपक्षिय व्यापार सुरु गरेर दिर्घकालिन समधानतर्फ लाग्नु पर्ने सुझाव पनि बैठकमा राखेका थिए ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बैठकमा सहभागि भएपनि उनले केही पनि बोलेनन् । एमाओवादीबाट महासचिव कृष्णबहादुर महराले धारणा राखेका थिए ।
बैठकमा संविधानसभमा सहभागि आन्दोलनरत मधेसवादी दलहरु बाहेक दुई दर्जन दलहरु सहभागि थिए ।
annapurnapost.com
बीरगन्ज, १० असोज । नेपाल सद्‌भावान पार्टीका अध्यक्ष राजेन्द्र महतोले शीर्ष ३ दलका नेताहरूलाई मधेसमा उपस्थित मात्रै हुन चुनौती दिएका छन्।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको धर्ना कार्यक्रममा दशगजामा बोल्दै महतोले भने बोलीको गोली ठोक्ने ओली हिम्मत छ भने मधेस आउन म चुनौती दिन्छु, आएर देखाउ, छैन भने मधेसका आफ्ना सभासदलाई पठाऊ, मधेसी जनता खोजिरहेका छन्।’

सो अवसरमा उनले शीर्ष ३ दलका नेतालाई समेत चुनौती दिन बाँकी राखेनन् ।

सो अवसरमा उनले भारत नेपालबीचको सम्बन्ध सदिऔँदेखि प्रगाढ रहेको भन्दै त्यसलाई तोड्ने वा खलल हाल्न खोज्ने आफैं समाप्त भएर जाने दाबी गरे। उनले राजधानीको दाना पानी बन्द गर्ने सम्मको चेतावनी दिएका छन् ।

मुम्बई । तीस दिनको छुट्टी सकाएर श्रीमति मान्यतालाई रुवाउँदै अभिनेता सञ्जय दत्त जेल फर्किएका छन् । पूर्णेमा रहेको येरवाडा जेलमा रहेका सञ्जय एक महिना अघि छुट्टी लिएर घर आएका थिए ।
उनी जेल फर्किन लाग्दा श्रीमति मान्यताले आँखावाट आँशु झारेकी थिईन् भने दुई सन्तान भावुक भएका थिए । छोरी इकराको नाकको अप्रेशन गर्न भन्दै सञ्जयले २६ अगस्तमा जेलवाट विदा स्वीकृत गराएर घर आएका थिए ।
सन १९९३ मा मुम्बईमा भएको बम विष्फोटमा दोषी ठहर गर्दै टाडा अदालतले सञ्जयलाई पाँच वर्ष जेल सजाय तोकेको थियो ।
गत वर्ष पनि उनी छुट्टीमा घर आएका थिए । छुट्टीमा घर आएका सञ्जय चार दिन ढिला जेल गएपछि उनले थप चार दिन जेल बस्नुपर्ने भएको छ ।
महाराष्ट्रको गृह राज्य मन्त्रीले उनलाई थप चार दिन जेल अवधि बढाउन जेल प्रशासनलाई निर्देशन दिएका थिए ।
बलिउड फिल्म उद्योगका चर्चित खलनायक सञ्जयले आगामी दिनमा खल चरित्र निर्वाह नगर्ने बताएका छन् । पछिल्लो पटक राजकुमार हिरानी निर्देशित चलचित्र ‘पिके’ मा उनले ब्याण्डमाष्टरको भुमिका निर्वाह गरेका थिए ।
www.onlinekhabar.com
काठमाडौँ, १० असोज । भारतीय संचारकर्मीले नेपालको सन्र्दभमा गलत समाचार सम्प्रेसण गरेको भन्दै उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।

तराइमा जारी आन्दोलन र संविधान जारी भइसकेको अवस्थामा पनि भारतीय मिडियाले अफवाह फैलाएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरंगका प्रमुख जिल्ला अधिकारी गणेश राज कार्किको निर्देशनमा नेपाल प्रहरीले प्रवेशमा रोक लागाएको मोरंगका संचारकर्मी विरेन्द्र झाले जनाएका छन् ।

झाका अनुसार भारतको जीन्यूज टेलिभिजन , आजतक टेलीभिजन , इन्डिया टेलिभिजन , एण्डी टेलिभिजन, इटिभि बिहार टेलिभिजन, हिन्दुस्तान टाइमस् लगायतका दुइ दर्जन बढि संञ्चारकर्मीहरुले प्रत्यक्ष प्रसारणका लागी ओभि भ्यानसहित बिराटनगर प्रवेश गर्न खोज्दा उनीहरुलाइ नेपालका ससस्त्र प्रहरीहरुले रोकेका थिए ।

जसरी भारतमा तेल भर्न गएका नेपाली ट्यांकरलाई माथिको आदेश भन्दै हिस्स पारीएको थियो त्यही शैलीमा नेपाली प्रहरीले पनि माथिको आदेश भन्दै नेपाल छिर्न नदिएपछि भारतीय संचारकर्मीहरु जिल्ल परेर नाकामा नै उभिइरहे ।

www.etajakhabar.com
काठमाडौं: राजनीतिमा झट्ट सुन्दा पत्याउन पनि गाह्रो लाग्ने खालका संयोगहरू आउँछन्।

लोकतान्त्रिक गणतन्त्र तथा संविधानसभाको राजनीतिक लाइन आफ्नो भएको दाबी गर्दै आएका एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफैंले कल्पना गरेको संविधानसभामार्फत नयाँ संविधान घोषणा भएको साता दिनपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्।


संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषित गरेको एक सातामा नारायणहिटी दरबारमा पत्रकार सम्मेलन आयोजना गरेर राजा ज्ञानेन्द्रले दरबार छाड्ने घोषणा गरे।

झन्डै त्यही शैलीमा राजतन्त्र फ्याली गणतन्त्र ल्याउने प्रमुख योजनाकार भएको दाबी गर्दै आएका भट्टराईले गणतन्त्र स्थापित भएको एक सातामा पार्टी र संसद् त्याग गरेको घोषणा गरेका छन्।

उनले राजनीतिमा एउटा नयाँ चक्र निर्माण गरेका हुन् या चक्रव्यूह ? आशंका मडारिन थालेको छ।एमाआवादीको उद्भव, विकास र पतनको कोणबाट वर्तमान समयमा बाबुरामको पार्टी परित्यागले धेरै ठूलो अर्थ राख्दैन। किनकि यसभन्दा अघि नै एमाओवादीभित्र आधा दर्जनभन्दा बढी चिराहरू परिसकेका छन्।


एमाओवादीको आन्तरिक सांगठनिक क्षतिको दृष्टिले यसभन्दा अघि विभाजित मोहन वैद्य समूहले बढी अर्थ राख्थ्यो।

तर राजनीतिमा अंकगणितभन्दा बीजगणितले बढी अर्थ राख्ने भट्टराई स्वयंले धेरैपटक दोहोर्‍याएका छन्। त्यसैले अहिलेको बाबुराम प्रकरण एमाओवादीको थप विभाजनको अंकगणितबाट कम र मुलुकको आसन्न संकटको कोणबाट विश्लेषण गर्नुपर्ने विषय बनेको छ।


बाबुरामको पार्टी परित्याग एमाओवादी विघटनको अन्तिम किस्ता त हुँदै हो, त्योभन्दा बढी समग्र मुलुकको राजनीतिक संकट कता मोड्न खोजिँदैछ भनेर शंका गर्ने परिस्थिति पनि हो। जातीय र क्षेत्रीय पहिचानका नाममा मुलुक ध्रुवीकृत भइरहेको मात्र होइन, त्यसको बहानामा भारतको नाकाबन्दी र विखण्डनको समानान्तर त्रास आएको छ।

बाबुरामको पार्टी परित्यागपछि उनको भूमिका कस्तो होला? उनले अब बनाउन खोजेको राजनीतिक बाटो के हो? यी सबैले वर्तमान राजनीतिमा गहिरो अर्थ राख्छ।राजनीतिबाट अवकाश लिएर सामान्य नागरिक बन्‍न बाबुरामले एमाओवादी परित्याग गरेका होइनन्।

बरू अझ बढी सक्रियतापूर्वक राजनीति गर्न पार्टी परित्याग गरेका हुन्। तर उग्र कम्युनिस्ट क्रान्तिकारी विरासत बोकेका बाबुरामले आगामी राजनीतिका लागि कस्तो शक्तिमा भर परेर संगठन निर्माण गर्लान्, त्यो महत्वपूर्ण छ।

अधिकांश राजनीतिज्ञहरू पार्टी परित्याग गरेर नयाँ पार्टी निर्माण गर्दा आफू लोकप्रिय रहेको तथा अन्य हिसाबले पनि अनुकूल अवस्था रोज्छन्। तर भट्टराईले आफ्नो राजनीतिक 'करिअर' कै सबैभन्दा आलोचित र अलोकप्रिय समय रोजेका छन्।

एकातिर आफैंले नयाँ संविधानमा हस्ताक्षर गरेको साता दिन पनि बित्न नपाउँदै त्यसैको विपक्षमा मोर्चा खोलेका छन् भने अर्कोतिर मुलुकमा असामान्य अवस्था छ। सामान्यतया जोखिम उठाउन नचाहने बाबुरामले यस्तो प्रतिकूल समयमा निर्णय गरेकाले यो कदम रहस्यपूर्ण बनेको छ।

संविधानको विपक्षमा संगठित हुँदै गएको मधेस, थारू र अन्य जनजाति समुदायको आकार बढेको देखेर त्यसको नेतृत्व लिने अभिप्रायले मात्र बाबुरामले पार्टी परित्याग गरेका पक्कै होइनन्। एमाओवादीभित्र बाबुरामको राजनीतिक भविष्य अन्धकारमय हुँदै जाँदा त्यसले पनि निर्णयलाई प्रभावित गरेको हुनसक्छ।

मोहन वैद्यको पार्टी बहिर्गमनपछि नेतृत्व लिने बाबुरामको चाहनालाई पुष्पकमल दाहालले समाप्त प्रायः पारिदिएपछि उनको सपनाको दुःखद अन्त्य भएको थियो। त्यति मात्र होइन, पार्टीभित्र संविधानसभाको सैद्धान्तिक लाइन आफैंले कोरेको दाबी गर्ने बाबुरामलाई नयाँ संविधान निर्माणमा पनि दाहालले भूमिकाहीन बनाइदिए र मुख्य जस आफैं लिए।

त्यस अवस्थामा बाबुरामले आफ्नो राजनीतिक भविष्यको दोस्रो विकल्पका रूपमा संविधान निर्माणको जस लिँदै नयाँ राजनीतिक शक्तिको निर्माण गर्ने रणनीति तयार गरेका थिए । तर नयाँ संविधान निर्माण अन्त्यतिर आउँदा उनको कुनै पनि भूमिका स्थापित हुन सकेन।

दोस्रो विकल्पको पनि त्यही हबिगत भयो। उनको उग्र क्रान्तिकारी पृष्ठभूमिका कारण विरासतको कारणले लोकतान्त्रिक शक्ति उनको नेतृत्वमा संगठित हुन तयार देखिएनन्। पार्टीभित्रको कमजोर अवस्थाले गर्दा पार्टी विभाजन गरेर नेतृत्व गर्ने आँट पनि उनले देखाएनन्। पार्टी परित्याग गरेर विभिन्न बिजातीय समूहको नेता बन्ने अन्तिम विकल्प उनले रोजे।

तर बाबुरामलाई नयाँ संविधानको असफलताको भागीदार बनाउने रणनीतिमा लागेका शक्तिहरूले उनको राजनीतिक भविष्य थप अनिश्चित बनाएका छन्। किनकि अध्यक्ष दाहाल ढिलोचाँडो बाबुराम पार्टीमा रहन्नन् भन्नेमा प्रस्ट थिए। संविधान जारी हुनुभन्दा केही दिनअघि दाहालले आफ्ना निकटस्थ नेताहरूलाई बोलाएर बाबुराम चाँडोभन्दा चाँडो पार्टीबाट बाहिरिए हुन्थ्यो भन्ने अभिव्यक्ति दिएका थिए।

शुक्रबार बेलुकी दाहाल निवासमा भएको बाबुराम र दाहालको लामो कुराकानीमा पनि दाहालले 'ठिकै छ, तपाईंले मलाई र मैले तपाईंलाई झेल्न सकैनौं, अब अलग होऊँ’ भनेका थिए । अन्ततः बाबुरामले त्यो आग्रह स्वीकारे।

पार्टी परित्याग गर्नुअगाडि बाबुरामले जातीय र क्षेत्रीय कथित पहिचानको नेतृत्व लिने चाहना खुलेरै राखेका थिए। त्यसैले उनले नयाँ संविधान घोषणा निश्चित भएपछि लगत्तै मगरात, थारू र मधेस बाहुल्य इलाकामा ठूला आमसभा गरेर उनीहरूको समर्थन लिने योजना बनाए।

 विकसित राजनीतिक घटनाक्रममा नयाँ संविधानप्रति भारतको उग्र विरोध र मधेसको आन्दोलनमा उसको खुला समर्थनले बाबुरामलाई हौस्यायो। उनले मधेसको आन्दोलनबाट आफ्नो विगतको कुण्ठा मेटाउने बाटो देखे।

मधेस, जाति-जनजाति र भारतको आँकलनले बाबुरामलाई मधेस र जनजातिको नेता बन्ने रहर त पैदा गरायो तर बाबुरामले के बुझेनन् भने जातीयता र क्षेत्रीयताको राजनीतिमा उनको 'पहाडे बाहुन' पृष्ठभूमि फेरि बाधक बन्‍ने निश्चित छ।

तत्कालका लागि रामचन्द्र झालाई कुशको बाहुन बनाएर राजनीति गर्न बाध्य भएका छन् उनी। जतिसुकै प्रभावशाली होस्, जातीय र क्षेत्रीय राजनीतिले आगन्तुक चेहरा कहिल्यै स्वीकार गर्दैन। बाबुरामले त्यो बुझ्दासम्म सम्भवतः धेरै ढिला भइसकेको हुनेछ।
annapurnapost.com
वि.सं. २०७२ साल असोज १० गते। आइतबार। इश्वी सन् २०१५ सेप्टेम्बर २७ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– चतुर्दशी, ११:१७ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– पूर्वभाद्रपदा, २१:४२ बजेउप्रान्त उत्तरभाद्रपदा।



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ। तापनि, लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साँझपछि केही बाध्यतापूर्ण काममा समय बित्नेछ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ।



सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा फाइदै हुनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।



कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ। केही चुनौतीहरू देखिनेछन्। अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। गरी आएका काम र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च भए पनि मौकाको फाइदा लिन सकिनेछ। साँझपछि विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। साँझदेखि शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा फजुल खर्च बढ्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढे पनि मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ। साँझतिर पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। साँझतिर सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। साँझतिर नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा अलि पछि परिने सम्भावना छ।

नाकाबन्दी चिर्न प्रत्येक नेपालीले पटुका कसाैं
भक्तपुर  : उद्योग मन्त्री महेश बस्नेतले नेपालको राष्ट्रियता जोगाउन प्रत्येक नेपालीले कम्मरमा पटुका कस्ने बेला आएको बताएका छन् ।

शङ्खधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठाैं वार्षिक साधारणसभामा आज बोल्दै उनले दलका नेतादेखि जनतासम्म राष्ट्रियताका लागि आवाज उठाउने बेला आएको बताए ।

भारतले नेपाललाई घुँडा टेकाउने अवस्थामा पुर्याउन नसक्ने उनले दाबी गरे । 'भारतले गरेको अघोषित नाकाबन्दीको समस्या समाधान गर्नुपर्छ', उनले भने, 'गरेन भने प्रत्येक नेपालीले कम्मरमा पटुकी बाँधेर भए पनि सङ्कटको सामना गर्न तयार हुनुपर्छ ।'

आफ्नै देशलाई सङ्कटमा राखेर एक मधेस एक प्रदेशको माग गर्ने मधेसी मोर्चाको सर्त कुनै हालतमा स्वीकार्य नहुने बताउँदै मन्त्री बस्नेतले नेपालमा केही उच्छृङ्खल र अराजक व्यक्तिको कुरा सुनेर भारतले नेपालमाथि गलत कदम चालेको बताए ।

भारत र नेपालको सहयोग आदानप्रदान सदियाैं पुरानो रहेको र भारतको स्वतन्त्रताका लागि धेरै नेपालीले रगत बगाएको उनले चर्चा गरे । 'भारतले मात्रै नेपाललाई सहयोग गरेको छैन, भारतको हरेक समस्या, स्वतन्त्रताको हरेक आन्दोलनमा नेपाली लडेका छन्', उनले भने, 'भारतको कयौँ भूमिमा नेपालीको रगत बगेको छ, यसलाई भारतले बिर्सनु हुँदैन ।'

कार्यक्रममा मन्त्री बस्नेतले यस वर्ष एसएलसी उत्तीर्ण गर्ने संस्थाका सेयर सदस्यका छोराछोरी र ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए ।  रासस
annapurnapost.com
काठमाडौं, ९ असोज । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले आजैदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गरेका छन् ।
शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको सबै जिम्मेवारी परित्याग गरेको र व्यवस्थापिका–संसद्को सदस्यसमेत नरहेको घोषणा बाबुरामले गरेका हुन् ।
विगत ४० वर्षदेखि नेपालको राजनीतिमा आफू क्रियाशील रहेको र सधैँ सक्रिय राजनीतिमा रहनुपर्छ भन्ने नलागेर तत्कालका लागि स्वतन्त्र नागरिकको रुपमा रहने र आगामी दिनमा सबै पक्षसँग छलफल गरेर अगाडि बढ्ने बताए ।
बाबुरामले पार्टी परित्याग गरेसँगै उनको विरोध सुरु भएको छ । सामाजिक सञ्जाल, चोक चोकमा बाबुरामको अलोचना र विरोध सुरु भएको छ । भारतपरस्तको आरोप खेप्दै आएका बाबुरामलाई अधिकांशले सामाजिक सञ्जालमा देश छाड्न समेत आग्रह गरेका छन् । ‘पार्टी छाड्यौ, संसद छाड्यौ अब नागरिकता पनि परित्याग गर’ भन्ने सन्देश लेख्दै धेरैले बाबुराममाथि नकारात्मक टिप्पणी गरिरहेका छन् ।
फेसबुकमा गणेश आचार्य लेख्छन्- ‘कमरेड बाबुराम पार्टी र संसद मात्रै होइन, अब तत्काल नेपाली नागरिकता पनि त्याग्नुस् । भारतीय नागरिकता लिनुस् र ‘रअ’को स्थायी कर्मचारी बनेर काठमाडौ बस्नुस् । किनकि तपाइ अब नेपाली रहिरहनुको अर्थ छैन् ।’
एकीन्द्र कुँवर लेख्छन्- ‘डा बाबुराम भट्टराईले भारत भक्ति प्रदर्शन गर्दै एमाओबादी पार्टी परित्याग गरे । अझ भन्नु पर्दा बाबुरामले ओढेको बाघको छाला कुहिएर आफ्नै स्याल स्वरुपमा फर्केका छन । बाबुरामको बास्तविक चरित्र उदाङ्गो हुन अनाहकमा १७ हजार मान्छेले बली चढ्नु पर्‍यो ।’
कलाकार दिपकराज गिरी लेख्छन्- ‘रावण सहि थिए वा गलत तर अत्यन्त बिषम परिस्थितिमा उनका भाइ बिभिषणले उनलाइ त्यागेकोले इतिहासमा सधै आलोचित बने । सन्दर्भः बाबुराम पार्टी परित्याग ।’
बसन्त भाट राई लेख्छन्- ‘बाबुराम एउटा पढे लेखेको मूर्ख बिद्वान हो, जस्ले अब धेरै दुख पाउछन । राधा कृष्ण मैनालीको दशा हुन्छ अब बाबुराम जी को । एक दिन यिनै बाबुराम नेपालमा राजा चाहिन्छ भन्छन ।’
केशवराज जोशी लेख्छन्- ‘बाबुराम पार्टी छोडेर भारत पो जाने होकी ? तर ख्याल गर्नु भविष्यमा नेपालमा राजनिति गर्छु भन्ने नेता यसको पछाडि नलाग्नु होला ।’
संगीतकार चेतन सापकोटा लेख्छन्- ‘आया राम गया राम बाबुराम जवाहरलाल नेरु स्कुलींग अन्ततः भारतकै पक्षमा बोल्दो रहेछ ।’
फेसबुकमा एमाओवादीकै नेता सरल भाट लेख्छन्- ‘एमाओवादी र भारतको लडाई । नतिजा एमाओवादीमा बिभाजन । तिमी चाहे जति पटक फोड्ने कोसिस गर तर माओवादी भारतसँग कदापी झुक्ने छैन ।’
कलाकार मनोज गजुरेल लेख्छन्- ‘भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ, बाबुराम भन्न सकिन्न ।’ यी केही प्रतिक्रिया मात्रै हुन् । उसो त भारतपरस्तको आरोप खेप्दै आएका बाबुरामले भारतकै संकेतका आधारमा पार्टी छाडेको आरोप पनि लागेको छ । पार्टी छाडेर अहिले बाबुराम एक्ला भएका छन् । सबैले उनलाई गालि मात्रै गरिरहेका छन् ।
एक समय हाइ हाइ कमाएका बाबुराम अहिले राजनीतिमा ‘नाङ्गो’ भएका छन् । भोली दिनमा के गर्नेहुन् त्यो भने हेर्न बाँकी नै छ ।
dainiknepal.com
काठमाडौं, ९ असोज । मधेसवादी नेताहरूको आग्रहमा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको सामना गर्न सरकारले नयाँ योजना घोषणा गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थको अभावलाई केही भए पनि सहज बनाउन जोर बिजोर प्रणाली लागू गर्ने जनाएको छ । यो प्रणाली भोलि आइतबारदेखि लागू हुनेछ । गृह मन्त्रालयले आइतबारबाट लागू हुने गरी जोर बिजोर प्रणालीको व्यवस्था गरेको छ ।
‘भोलि आइतबारदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्न पाउने निर्णय गरेका छौं’, गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भन्नुभयो ।
पेट्रोलियम पदार्थको अभाव चर्कदै जाँदा यो निर्णय गर्नु परेको गृहको भनाइ छ । गृह मन्त्रालयले अहिलेको अवस्था सामान्य नहुञ्जेल जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको ढकालले जानकारी दिनुभयो ।
यो प्रणाली लागु भएपछि सरकारले कडाइका साथ कार्यान्वयन गराउनेछ । नेपाल आयल निगमसँग अहिले देशभर २१ हजार किलोलिटर पेट्रोलियम पदार्थ छ ।
भारतीय आयल निगमले पेट्रोलियम पदार्थ दिन छोडेपछि आयल निगमको भण्डारण घट्दै गइरहेको छ । सरकारले पछिल्लो पटक गत सार्क सम्मेलनमा जोर बिजोर प्रणाली लागू गरेको थियो । अत्यावस्यक सेवामा भने जोर बिजोर प्रणाली लागू हुने छैन ।
dainiknepal.com
काठमाडौं, ९ असोज । आफूलाई एकीकृत नेकपा माओवादीबाट अलग भएको घोषणा गर्नुभएका नेता बाबुराम भट्टराईले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एक्लै देखिनुभयो । उहाँले आफू निकट नेताहरूलाई पत्रकार सम्मेलनमा देखाउनु भएन ।
के उहाँले शनिबार अकस्मात एकीकृत माओवादी पार्टी त्याग्नु भएको हो ? यो प्रश्न चौतर्फी उठ्न थालेको छ । भारतको सबैभन्दा नजिकको प्रियको उपाधि पाउनु भएका भट्टराईले अहिलेको चरम राजनीतिक संकट र भारतले नेपाललाई नाकाबन्दी लगाइरहेका बेला किन एकीकृत माओवादी फुटाउनुभयो ? सबैलाई चासो उठेको छ ।
भारतको नाकाबन्दीको सबै मिलेर सामना गर्नुपर्ने बेला बाबुरामले एकस्मात एकीकृत माओवादी त्याग्नु र मधेस आन्दोलनलाई समर्थन गर्नुले धेरै प्रश्नहरू उब्जाइदिएको छ । बाबुराममाथि लाग्दै आएको भारत परस्तको आरोप पनि कताकता थप पुष्टि पनि गराई दिएको छ ।
बहुमत हुँदाहुँदै अघिल्लो संविधान सभा विघठन गर्ने, दोस्रो संविधानसभामा संवैधानिक तथा राजनीतिक सहमति तथा सम्वाद समितिको सभापति हुने, संविधानको विवादित विषयमा सहमति जुटाउने, पछिल्लो समयमा आएर आफैले समथर्न नगर्ने व्यवहारले बाबुरामको दोधार चरित्रको सबैले आलोचना गरेका थिए । उहाँले मधेसी नेताहरू र भारतकै शैली नेपालको संविधान २०७२ को पनि विरोध गर्दै आउनुभएको छ ।
एकीकृत माओवादीका केन्द्रीय नेता तथा भट्टराईका भक्तहरू टोपबहादुर रायमाझी, देबेन्द्र पौडेल, प्रभु साहआदि नेताहरू पत्रकार सम्मेलनमा देखिएनन् । तर उनीहरूलाई बाबुरामले पत्रकार सम्मेलन गर्न लागेको थाहा नभएर नआएको बताइएको छ । नेता टोपबहादुर रायमाझीले आफूहरूलाई बाबुरामले पत्रकार सम्मेलन र पार्टी परित्याग गर्न लागेको विषयमा कुनै जानकारी नदिएको बताउनुभएको छ । रायमाझीले बाबुरामले पार्टी परित्याग गरेपनि आफूहरू एकीकृत माओवादीमै रहेको प्रतिक्रिया दिनुभएको छ ।
तर, बाबुरामले पूर्वयोजनामै पार्टी छाड्नु भएको आरोप पनि छ । एकीकृत माओवादीका केन्द्रीय सदस्य गंगा श्रेष्ठले पनि बाबुरामले आफ्नो पूर्वयोजनामा पार्टी विभाजन गरेको आरोप लगाउनुभएको छ ।
एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महरालाले बाबुरामको अहिलेको पलायनले विभिन्न प्रश्न उठेको बताउनुभएको छ । पार्टी कामले सिन्धुपाल्चोकमा रहनुभएका महराले भन्नुभयो, ‘बाबुरामजीले पार्टी परित्याग गरेको सूचना पाएको छु । काठमाडौं गएर के भएको रहेछ बुझ्नेछु ।’
स्रोतका अनुसार बाबुरामले आफू निकटका टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, पत्नी हिसिला यमी, प्रभु साह, रामकुमार शर्मा, रामचन्द्र झा, रामरिझन यादवलगायतका दर्जन बढी केन्द्रीय नेताहरूले समर्थन गर्ने छन् । र उनीहरूलाई लिएर बाबुरामले अर्को नयाँ शक्तिका लागि पहल गर्ने बुझिएको छ ।
त्यसका लागि विभिन्न दलहरूमा असन्तुष्ट भइ बसेका नेताहरूलाई पनि ल्याउने बाबुरामको पहल हुने स्रोतको भनाइ छ । बाबुरामले भारतको नयाँदिल्लीमा अरविन्द केजरीवालले बनाएको जस्तो पार्टी बनाउने योजनामा रहेको उहाँका पूराना भाषण र दस्तावेजबाट केही अनुमान लगाउन सकिन्छ ।
बाबुरामले स्पष्ट केही नबताए पनि उहाँले भारतीयको योजनाअनुसार नै एकीकृत माओवादी फुटाएर केही मधेसवादी नेताहरूलाई लिएर मधेसमा आन्दोलन गरी स्थापित हुने पक्षमा देखिनुभएको छ । र उहाँले मधेसलाई आधार बनाइ आन्दोलन गर्न जाने योजना पनि बनाइ सक्नुभएको छ ।
dainiknepal.com
नेपालको संविधानलाई स्वागत गर्न भारतले अब ढिलो गर्नु हुँदैन'
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारतबीचका नाकामा भइरहेको अवरोधका कारण प्रभावित भएको आपूर्ति व्यवस्था छिटै सहज हुने विश्वास व्यक्त गरेका छन्।


एमाले शनिबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा ओलीले भने, 'यसबारेमा भारतसँग हाम्रो गम्भीरतापूर्वक कुरा भइरहेको छ। नाकामा भइरहेको अवरोध र आपूर्तिमा देखिएको समस्या छिटै टुगिन्छ, आपूर्ति सहज हुन्छ ।'


भारतसँग नेपालको सुमधुर सम्बन्ध रहँदै आएको र त्यो सम्बन्ध भविष्यमा पनि कायम हुने विश्वास राख्दै भने, अहिले केही असमझदारी देखिएका छन् । दुई पक्षीय सम्वादबाट त्यो छिटै टुंगिन्छ । उनले व्यापक छलफल र वहसपछि लोकतान्त्रिक विधिबाट बनाइएको संविधानमा भारत बेखुसी हुनुपर्ने कुनै कारण नरहेको बताउँदै भने, 'लोकतान्त्रिक भारतले नेपालको संविधानलाई सकारात्मक छ भन्न ढिलाइ गर्नु हुँदैन भनेर म आग्रह गर्न चाहान्छु ।'

उनले छिमेकी भारतका जायज सरोकार र चासोलाई सम्बोधन गर्दै आएको बताउँदै भने, भारतीय प्रधानमन्त्री मोदीजी नेपाल आउँदा सुरक्षामा केन्द्रित भारतीय चसो र सरोकारको आयम अब फेरिने बताउनु भएको थियो। अबको सरोकार विकासमा केन्द्रित हुने बताउनु भएको थियो ।

ओलीले प्रमुख तीन दलको एकता संविधान जारी गर्न मात्र नभएर यसको कार्यान्वयन र सिंगो मुलुकलाई एकतावद्ध गरेर अघि बढाउँदा पनि त्यो एकता कायम रहने विश्वास व्यक्त गर्दै भने, हरेक समस्यालाई हामी सम्वादबाट समाधान गर्न चाहान्छौं ।

उनले तराई मधेसमा देखिएको समस्याप्रति आफूहरु गम्भीर र सचेत रहेको बताउँदै यसलाई वार्तामा बसेर मिलाउन सकिने बताए । कुनै पनि आवरणमा हिंसा समस्याको समाधान हुननसक्ने बताए ।
annapurnapost.com
काठमाडौं: राष्ट्रपति डा यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच शनिबार भेटवार्ता भएको छ।

राष्ट्रपति डा यादवले तराई मधेसको समस्या समाधान गर्न तत्काल वार्ता र संवादको प्रक्रियामा सहभागी हुन सुझाव दिएका छन्। ठाकुरले वार्ताका लागि आफूहरु तयार भए पनि सरकारले वार्ताको वातावरण नबनाएको बताउँदै सार्थक वार्ताका लागि पहल गरिदिन आग्रह गरेका थिए।


ठाकूरले तीन दलले वार्ताको अपिल गरे पनि त्यसका लागि गम्भीरता नदेखाएको भन्दै सार्थक वार्ताका लागि तीन दललाई सम्झाइदिन आग्रह गरेका थिए।


भेटमा संविधान जारी भएपछिको अवस्था, तराई मधेसको आन्दोलन, भारतीय प्रतिक्रियाबारे छलफल भएको थियो।
annapurnapost.com

एजेन्सी । राष्ट्र संघको मुख्यालयमा विश्व विकासको ठुला र चर्का भाषण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध मुख्यालय अघि नै प्रदर्शन गरिएको छ ।
उनको विरोध नेपालमा नाकाबन्दी गरेको आरोपमा भएको हैन, आफ्नै देशका नागरिकमाथि दमन गरेको आरोपमा नाराबाजी भएको हो । उनका विरुद्ध भारतका पटेल र सिख समुदायले नै गरेका हुन् । उनीहरुले राष्ट्र संघको मुख्यालय अगाडी नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले सिक्स फर जस्टीज नामको व्यानरमा भेला भएर उनको विरोध गरेका हुन् । करिब दुई सयको संख्यामा रहेका प्रदर्शनकारीले मोदीको मुखुण्डो लगाएका थिए भने मुखुण्डोमा थप्पड हान्दै मोदीलाई सजाय दिएको संकेत गरेका थिए ।
उनीहरुले मोदीको टाउको लगाएर उभिएका युवालाई थप्पड हानेर मोथिमाथि झाप्पड हानेको संकेत गर्दै अधिकारकालागि आफुहरु मोदीलाई झाप्पड हान्न पनि तयार रहेको नाराबाजी गरेका थिए ।
उनीहरुले खालिस्तान राज्य यिनर्माणकालागि जनमत संग्रह गराउन पनि माग गरेका थिए । उनीहरुले मोदीले सिख, मुसलमान, खासकर इसाई लगायतका अल्पसंख्याक भारतीय जनतालाई दमन गरेकाले विश्वमाझ मोदिको चरित्र उदांगो पार्न प्रदर्शन गरिएको बताए ।

त्यस्तै न्युयोकर्मा रहेका पटेल समुदायका मानिसहरुले पनि मोदीलाई कालोझण्डा देखाएका थिए । उनीहरुले मोदी मुर्दाबाद लगायतका चर्का भाषण लेखिएका ब्यानर बोकेका थिए ।
उनीहरूले कालाे भफणडा बाेकेर माेदीकाे सवारी रूटमा उभीएर विरोध मात्रै गरेनन्,  न्युयोर्क भिरनै कालो भफणडा बोकेर दौडीरहे । उनीहरूले महासभाको सिचवालयमा पिन मोदीलाइर् उपहार भन्दै कालो भफणडा पठाइिदरएका छन्र ।
गुजरातमा रैथाने पटेल समुदायलाई अधिकार दिन कञ्जुस्याईं गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । अमेरिका पुगेका मोदीलाई भारतीयले नै विरोध गरेको भन्दै अमेरिकी सञ्चार माध्यमले प्राथमिकताकासाथ समाचार लेखेका छन् ।
www.nepalsandesh.com
असोज९, काठमाडौं : एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेका छन् ।

डा. भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर साधरण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।

संविधान जारी भएयता पार्टी अध्यक्ष प्रचण्डसँग गम्भीर मतभेद जनाउँदै आएका भट्टराई शनिबार काठमाडौंको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् । उनले सांसद् पदबाट पनि परित्याग गरेका छन्।


बाबुरामले पत्रकार सम्मेलन अघि नै साधरण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा एमाअाेवादी अध्यक्ष प्रचण्डलार्इ जानकारी गराइसकेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै बाबुरामले आफूले अहिले नै नयाँ शक्ति निर्माणबारे केही नसोचेको जानकारी दिए । 'अहिले नै नयाँ शक्तिबारे केही सोचेको छैन', उनले भने,'केही समय स्वतन्त्र व्यक्तिकारुपमा क्रियाशिल हुनेछु ।'

बाबुरामको यो घोषणापछि उनी र प्रचण्डबीचको तीन दशक लामो सहयात्रा पनि टुंगिएको छ । यसअघि संविधानको विजयोत्सव मनाउने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाबुरामलर्इ ३० वर्षदेखि झेलिरहेको जनाउँदै एक वर्ष उनलार्इ झेल्न भन्दै ब्यंग्यात्मक मन्तब्य दिएका थिए ।

उनले आइतबार बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेर मधेसतिर लाग्ने योजना यसअघि नै बनाइसकेका थिए ।

पत्रकार सम्मेलनमा पार्टीभित्रको आन्तरिक विवाद र संविधान घोषणाप्रतिको असन्तुष्टी पोख्दै सभासद् र पार्टीको साधरण सदस्यसमेत नरहने गरी भट्टारार्इले राजीनामा दिएका हुन् ।

गोरखा निर्वाचन क्षेत्र नं १ बाट दोस्रो संविधानसभामा विजयी नेता भट्टरार्इ सभासद्‍बाट पनि राजीनामा दिँदै राजीनामा पत्र सभामुख सुबास नेम्बाङलार्इ बझाइसकेका छन् ।

वैकल्पिक वा नयाँ राजनीतिक शक्तिको स्थापनाको चर्चा गर्दै आएका उनले केही दिनअघि मधेस आन्दोलनमा समर्थन र एेकेबद्धता जनाएक थिए ।

आइतबारदेखि पेरिस डाँडामा बोलाइएको केन्द्रीय समितिको बैठकलाई बहिष्कार गरेर मधेसतिर जाने तयारी बाबुराम पक्षले यसअघि नै गरिसकेको छ ।

मधेसलाई प्रतिनिधित्व गर्ने एमाओवादीका नेता तथा सभासद्हरुले तराईका विभिन्न भागमा आयोजना गर्ने सभालाई बाबुरामलाई लैजाने कार्यक्रम बनाइसकेका छन् । - अन्नपूर्ण पोस्ट
video हेर्नु तल बाकसको बीचमा थिच्नुसः
बाबुराम दाई नमस्कार, फोन लागेन र मोबाइल फेसबुक चलाउँदै छु । दुःखी बनेर भए पनि आज दिनभरिको रिपोर्ट तपाईंलाई यो सोसल मिडियाबाट गर्दैछु ।
बिदाको दिन सोचें आज कसैसँग भेटु । संयोग मिल्यो त्यस्तै भनेजस्तो साथी पाए हल्का सोच मिल्ने । अनि निस्कियौं दुईभाई । यस्तो रह्यो यात्रा दाई कतै भेट्दिन तपाईंको प्रशंसक । म पनि तपाईको प्रशंसकमा पर्छु कि पर्दिन थाहा छैन र तपाईंले पनि सायदै चिन्नुहोला मलाई ।
हजारौं पटक भेटेका छौं हामी । सँगै खाएका पनि छौं । तर तपाईंको र मेरो सम्बन्ध के छ यो उत्तर न तपाई न मसँग । खै के हो ? यस्तै सुनें आज धेरै बाबुरामका आफ्ना छैनन् रे । तपाईंलाई खोज्ने बढी थिए रे । बबुराम बबुरा रोगी छन् । विद्वान छन् तर पीडित छन् । आफनो समर्थक र समर्थित कार्यकर्ता समेत बिर्सेर एक्लै बहकाऊ पारामा प्रस्तुति दिइहाल्छन् । यी नै कुराहरूले मलाई पनि छोयो । दाई मैले सत्य सुनेको लेख्दैछु । संविधानपछि ‘रअ’ का एजेन्टबाहेक अरू सबैले देशभक्तिका नारा लगाए रे । दबअप या क्ष्लमष्ब को प्लेकार्ड लिई चोक र गल्लीमा केही समूह देखिएका पनि थिए ।
प्रचण्ड, काँग्रेस र एमालेको समेत लिडर बने रे । हामी कसैका ‘एसमेन’ बन्न चाहँदैनौं र परे साईकल चढ्न तयार । भन्ने वाक्य उहाँको लागि सर्वमान्य सिद्ध भयो र बाबुराम सडका आइपुगे भन्नेको भिडबाट जबरजस्ती यो दुई हार प्रेसित गर्दै छु । के यो सत्य हो बवुराम दाई ? म के बोलुँ या नबोलुँ म सक्दिन थिएँ । तपाईंको विरोध सुन्न र अनि सोसल मिडियाको गालीगलौज यही बीचबाट मैले सुन्न थालेको छु ।
अब तपाइँलाई विरोध गरेको र गाली गलौजको सोसल मिडिया हेर्न पनि म बाध्य छु । आफ्नो ब्लड कुलो झैं भएको हेर्नलाई र सोध्न पनि चाहान्छु दाई तपाई के सोच्दै हुनुहुन्छ ? भारतको नाकाबन्दीविरूद्ध बोल्नु पर्ने बवुराम चुपको रहस्य खेज्दैछन् जनता ।
सौभाग्यले ५ जना विद्वान भेटेको थिएँ आज । जो लेखक काँग्रेसका सिद्धन्तको फलो गर्थे । एक जना एमालेका एकजना स्वतन्त्र रे वामपन्थी भन्न रूचाउने कम्युनिष्ट होइन रे । एकजना प्रोफेसनल डाक्टर थिए र एकजना प्राध्यापक ।
छुट्टाछुट्टै त्यो भेटमा सबैले रूचाएको बाबुरामको विरोधमा तर्क गरी मलाई नाजवाफ पारे । र बाबुराम नै एक दुरदर्शी नेता भन्न पनि भ्याए । बीपी, पुष्पलाल, मदन भण्डारी र हाल नेपाली जनताको एउटा हिस्साले भरतले नेपालमा गरेको नाकाबन्दीविरुद्ध स्वत स्फुर्त रूपको बढ्दो चासो र सजग जनतालाई नयाँ बाटो देखाउन र त्यसलाई सम्बोधन गर्दै किन अब पनि यो समयानुकुल परिवेशम बीपी र बाबुरामको विकल्पमा बहस नगर्ने ? सारसहित को रिपोर्टमा मेरो समेतको यो सारांश व्यक्त गरेको छु ।
अन्तमा बावुराम दाई नयाँ केही बेल्नुस् र नेपाली जनताको मनोभावलाई ‘स्यालुट दिनुस्’ मेरो शुभकामना छ ।
(घिमिरेको फेसबुकबाट)
kathmandutoday.com
काठमाडौँ : राष्ट्रपति डा रामवरण यादवले तराई मधेसमा देखिएको असन्तुष्टिलाई तत्काल वार्ता र संवादको माध्यमबाट हल गर्न एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति डा यादवले अध्यक्ष दाहाललाई सो आग्रह गरेको अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले बताए। भेटमा संविधान घोषणापछिको अवस्था, भारतीय पक्षको प्रतिक्रिया, मधेस आन्दोलन र नाकाहरुमा भइरहेको अवरोधबारे छलफल भएको थियो।

राष्ट्रपतिले आन्दोलनरत दलहरुलाई  सम्वादमा ल्याउन ढिलाइ हुँदा समस्या झन् जटिल हुँदै जाने बताउँदै प्रभावकारी पहल गर्न सुझाव दिएका छन्। भेटवार्तामा संविधान जारी भइसकेपछिको मुलुकको पछिल्लो राजनीतिक अवस्था र समाधानको उपायका बारेमा छलफल भएको थियो ।


अध्यक्ष दाहालले प्रमुख तीन दल वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न प्रयत्नशील रहेको र सोही दिशामा संवादको प्रक्रिया अगाडि बढाइएको राष्ट्रपति डा यादवलाई जानकारी गराएका थिए।
annapurnapost.com
काठमाडौं  : एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेका छन् ।

डा. भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर साधरण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।

संविधान जारी भएयता पार्टी अध्यक्ष प्रचण्डसँग गम्भीर मतभेद जनाउँदै आएका भट्टराई शनिबार काठमाडौंको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् । उनले सांसद् पदबाट पनि परित्याग गरेका छन्।

बाबुरामले पत्रकार सम्मेलन अघि नै साधरण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा एमाअाेवादी अध्यक्ष प्रचण्डलार्इ जानकारी गराइसकेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै बाबुरामले आफूले अहिले नै नयाँ शक्ति निर्माणबारे केही नसोचेको जानकारी दिए । 'अहिले नै नयाँ शक्तिबारे केही सोचेको छैन', उनले भने,'केही समय स्वतन्त्र व्यक्तिकारुपमा क्रियाशिल हुनेछु ।'

बाबुरामको यो घोषणापछि उनी र प्रचण्डबीचको तीन दशक लामो सहयात्रा पनि टुंगिएको छ । यसअघि संविधानको विजयोत्सव मनाउने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाबुरामलर्इ ३० वर्षदेखि झेलिरहेको जनाउँदै एक वर्ष उनलार्इ झेल्न भन्दै ब्यंग्यात्मक मन्तब्य दिएका थिए ।

उनले आइतबार बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेर मधेसतिर लाग्ने योजना यसअघि नै बनाइसकेका थिए ।

पत्रकार सम्मेलनमा पार्टीभित्रको आन्तरिक विवाद र संविधान घोषणाप्रतिको असन्तुष्टी पोख्दै सभासद् र पार्टीको साधरण सदस्यसमेत नरहने गरी भट्टारार्इले राजीनामा दिएका हुन् ।

गोरखा निर्वाचन क्षेत्र नं १ बाट दोस्रो संविधानसभामा विजयी नेता भट्टरार्इ सभासद्‍बाट पनि राजीनामा दिँदै राजीनामा पत्र सभामुख सुबास नेम्बाङलार्इ बझाइसकेका छन् ।

वैकल्पिक वा नयाँ राजनीतिक शक्तिको स्थापनाको चर्चा गर्दै आएका उनले केही दिनअघि मधेस आन्दोलनमा समर्थन र एेकेबद्धता जनाएक थिए ।

आइतबारदेखि पेरिस डाँडामा बोलाइएको केन्द्रीय समितिको बैठकलाई बहिष्कार गरेर मधेसतिर जाने तयारी बाबुराम पक्षले यसअघि नै गरिसकेको छ ।

मधेसलाई प्रतिनिधित्व गर्ने एमाओवादीका नेता तथा सभासद्हरुले तराईका विभिन्न भागमा आयोजना गर्ने सभालाई बाबुरामलाई लैजाने कार्यक्रम बनाइसकेका छन् । www.annapurnapost.com
शनिबार, ९ असोज
काठमाडौं । संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि भारतको सपना भताभुंग हुने अवस्थामा पुगेको हो ।
विश्वभर आदर्श बाँड्दै हिड्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका प्रति विश्वले नै आशंका गरिरहेको छ । छिमेकीप्रति उनको भुमिकालाई लिएर अहिले विश्वभर विरोध भैरहेको छ ।
स्थायी सदस्यताकालागि भारतले लामो समयदेखि पहल गरिरहेको छ । भारतले नेपाललाई समेत मतदानकालागि सहयोग मागेको थियो भने नेपालले पनि बचन दिइसकेको थियो । तर, भारतको पछिल्लो हर्कतका कारण नेपालले उसलाई सहयोग गर्ने कि नगर्ने भन्नेमा बहस चलिरहेको छ ।
अर्को छिमेकी मुलुक चिनले भने भारतलाई स्थायी समिति सदस्य बनाउन नहुने भन्दै लविङ गरिरहेको छ । अझ रुसले लिखित रुपमै भारतको विरोध गरेको छ ।
रुसले दुई तिहाइ मतका आधारमा सदस्य छान्न नहुने बताउँदै सर्वसम्मतीकालागि आग्रह गरेको छ । भारतले जी ४ को नाममा अनावश्यक गुटबन्दी गर्न खोजेको रुसको आरोप छ ।
www.nepalsandesh.com
काठमाण्डु, ९ असोज– संविधानको विरोधमा आन्दोलनरत मधेस केन्द्रित दलले हिन्दू नेपालीको दुई ठूला चाड दसैं र तिहारमा समेत भारतबाट दैनिक उपभोग्य बस्तु आयात गर्ने नदिने भएको छ ।

केही दिनयता भारतीय सिमा नाकामा ढुवानीका साधन आवत जावतमा रोक लगाएको मोर्चाले दसैं र तिहारका लागिसमेत सामान आउन नदिने भएको हो ।
मोर्चा घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई–मधेसका जनताका लागि दसैं र तिहारभन्दा आफ्नो अधिकार ठूलो भएको बताए ।
सिंहदरबार र काठमाण्डुलाई झुकाउन आफूहरुसँग नाकाबन्दीबाहेक अरु विकल्प बाँकी नरहेको भनाइ उनको छ ।
‘हामीलाई अधिकार चाहिएको छ’, महतोले भने, ‘दसैं आओस् कि तिहार आओस् मधेसी जनताको माग पुरा नभएसम्म भारतबाट एक छटाक सामान पनि भित्रँन दिँदैनौं ।’
उनले दसैैं र तिहारको बहानामा सामान लिन आउनेलाई आगो लगाइदिने धम्कीसमेत दिए । ‘मधेसका जनता अधिकारका लागि लडिरहेका बेला पहाडमा दसैं र तिहारको खुसीयाली किन चाहियो ?’, महतोले भने, ‘कोही सामान लिने आयो भने हामी आगो लगाउन बसेका छौं ।’
महतोले शनिबारबाट मुख्य भन्सार नाका वीरगञ्जमा भइरहेको नाकाबन्दीको नेतृत्व आफूले गर्न लागेको जानकारी पनि दिए । प्रमुख दलले माग सम्बोधन नगरेसम्म नाकामै बस्ने र नाकामै खाने बताए ।
महतोले तराईका जनता आफ्नो अधिकारका लागि सडकमा आउँदा भारतीय उक्साहट देख्ने काठमाण्डुसहित पहाडका बासिन्दाको आँखाको पट्टी खुलाउन पनि दसैं र तिहारमा समेत नाका नखोल्ने निर्णय भएको बताए ।
उनले नाकाबन्दी भारतले नभई मधेसी जनताले गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतीय झण्डा जलाउने काम बन्द गर्न भने ।
भारतविरोधी गतिविधिको घाटा नेपाललाई नै हुने भन्दै उनले पहाडे राष्ट्रवादको नारा नलगाउन चेतावनीसमेत दिए ।
‘जुन रुपमा भारतविरोधी गतिविधि बढेको छ, त्यसले नेपालको हित गर्दैन’, महतोले भने, ‘मधेसी जनतालाई भारतीय देख्ने पहाडी राष्ट्रवाद घातक छ ।’
kathmandutoday.com
शनिबार, ९ असोज
काठमाडौं । नेपालमाथि अघोषित नाकाबन्दी गरेको भारतले मधेसका आन्दोलनकारीहरुलाई संरक्षण दिएको पुष्टि भएको छ ।
भारतीय प्रहरीको सहयोगमा बाँकेको जमुना नाकामा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपाल प्रहरीमाथि आक्रमण गरेका छन् ।
आनदोलनकारीले बाँकेको नेपालगञ्ज जमुना नाका अवरुद्ध गर्दै नेपाल प्रहरीमाथि आक्रमण गरेका हुन् ।
दशगजा क्षेत्र भन्दा पर भारतीय भुमिमा बसेर उनीहरुले नाका ठप्प पारेका छन् । भारतीय भुमिबाट नेपाली प्रहरीमाथि भएको आक्रमणमा चार जना प्रहरी घाइते भएका छन् ।
आन्दोलनकारीको आक्रमणबाट प्रहरी हवल्दारहरु दिलबहादुर घर्तीमगर, सुरेस बस्याल, प्रहरी जवानहरु कमल खनाल र कमल विक घाइते भएका छन् ।
उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
www.nepalsandesh.com
भारतीय प्रहरीले प्रर्दशनकारीलाई लखेट्यो
नेपालगन्ज : बाँकेको नेपालगञ्जस्थित नेपाल–भारतको सीमा दशगजामा प्रहरी र मधेसी मोर्चाका प्रर्दशनकारीबीच झडप भएको छ ।

रुपेडिस्थित जनुनाहा नाकामा धर्ना बसेका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी र प्रर्दशनकारीसहित १० जना घाइते भएका छन् ।

प्रर्दशनकारीले सीमाको गेटैमुनि  बसेर चेकजाँच गर्न थालेपछि प्रहरी त्यसो नगर्न आग्रह गर्दा झडप भएको हो ।

प्रर्दशनकारीहरुले प्रहरीमाथि दशगजा क्षेत्रबाट ढुङगा प्रहार गरेका थिए । एक प्रहरी अधिकृतले भने, ‘पुलिसले जस्तै सर्वसाधरणले चेक जाँच गर्न थाले त्यसो नगर्न भन्दा हामीमाथि जाइलागे ।’

प्रर्दशनकारीको ढुङ्गा प्रहारबाट प्रहरी नायब निरीक्षक दिलबहादुर घर्ती, हवाल्दार सुरेश बस्याल लगायत ४ जना प्रहरी घाइते भएका छन् ।

प्रर्दनकारीतर्फ संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य जगदीशबहादुर सिंहलगायत ६ जना दर्जन घाइते भएका छन ।

भारतीय भूमिबाट नेपालका प्रहरीलाई ढुङ्गा प्रहार गर्न थालेपछि भारतीय भारतीय प्रहरीले प्रदर्शनकारी लखेटेको थियो । भारतीय प्रहरी आएर प्रर्दशनकारीलाई लखेटेका थिए ।

अहिले अवस्था समान्य बन्दै गएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए ।
www.annapurnapost.com
भैरहवा  — प्रधानमन्त्री रुपन्देहीको सुरक्षा ब्यावस्थाबारे जानकारी लिन भैरहवा आउन लागेको दिन रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको शवयात्रा निकालेका छन् ।
मर्चवारका स्थानियले प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री बामदेव गौतम, एमाले अध्यक्ष केपी ओली र एमाआवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको शवयात्रा निकालेका हुन् ।


मर्चवारको सिलौटिया गाविस वडा नं. ८ वोडवलिया चोकका स्थानियहरुले जारी नेपालको संविधान २०७२ मधेश बिरोधी रहेको बताउदै शिर्ष नेताहरुको शवयात्रा निकालेको बताए ।
मधेशमा रहेको रीतिरिवाज अनुसार नै शीर्ष नेताहरुको शवयात्रामा स्थानीय महिलाहरुले रुदै शवहरुलाई अन्तिम बिदाई समेत गरेका थिए ।
“रामनाम सत्य है”, “मधेशबिरोधी संविधान चाहिँदैन” लगायतका नारासहित शीर्ष नेताहरुको प्रतिकात्मक शवहरुलाई मर्चवारका बिभिन्न स्थान परिक्रमा गराई स्थानीय चण्डी घाटमा पुर्याई बिधिवत रुपमा दाह संस्कार गरेका छन् ।

www.ratopati.com/
कपिलवस्तु – शुक्रबार राती संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक तथा फोरम अध्यक्ष सतिश गुप्तासहित ६ जना बन्दकर्ता कुटिएका छन् ।
कपिलवस्तुको कृष्णनगरमा शुक्रबार राती १२ बजे गुप्ता सहितको टोलीले बन्दको अवज्ञा गर्दै ग्यास सिलन्डर बोकेको ट्रक स्कटिङ गरेपछि स्थानियबासीले रोकेका थिए । आफै आन्दोलनको अगुवा भएर बन्दको अवज्ञा गरेको भन्दै स्थानियबासीले उनी सहित ६ जनालाई कुटपिट गरेका थिए । नेपालगंजबाट ग्यास लिएर आएको भे १ क १७० नम्बरको ट्रक स्र्कटिङ् गर्न व्यापारीबाट रकम लिएको भन्दै स्थानियले शतिश गुप्ता, अजित सिंह, राजु कोरी, शेखर बर्मा, लालमन पासी र संजय गिरीलाई कुटपिट गरेका थिए । घटना लगत्तै पुगेको नेपाल प्रहरी र शशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए । आफुहरु घटनास्थल पुग्दा सर्वसाधारले मोर्चाका नेता सहित केहिलाई घेरा हालेर आक्रमण प्रयास गरेकोमा स्थिति नियन्त्रणमा लिई उनीहरुलाई सुरक्षित स्थानमा लगिएको कृष्णनगरका प्रहरी निरिक्षक नमराज भट्टराईले जानकारी दिए । ‘कुटपिट भएको कुरा आएको छ तर कोहि घाइते हुनुभएको छैन’ उनले भने । लगातारको बन्दले पीडित बनेका गाँउले आन्दोलनकारीले आफै स्र्कटिङ गरेर गाडी ल्याएको देखेपछि आक्रोशित बनेका थिए । ‘आफुहरुको जनजिवन अस्तव्यस्त बनेको छ, स्कुल बन्द छ, अस्पतालमा औषधी छैन, आम्दानी ठप्प छ, कसैले हेर्दैनन् आफुहरु चाहि बन्दको नाउमा कमाउ धन्दामा लाग्न मिल्छ ।’ स्थानीय धिरज चौधरीले भने, ‘आन्दोलनको माग जायज होला तर आफै बन्दको अवज्ञा गर्न पाइन्छ ?’ यता मोर्चाले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । मोर्चाका नेता तथा तमलोपा उपाध्यक्ष धर्मबहादुरलाल श्रीवास्तवले घटनाबारे कुनै जानकारी नभएको बताए । घटनाबारे मोर्चा संयोजक गुप्ताले सर्वसाधारणको व्यापक दबाबका कारण आफुहरुले ग्यास आपूर्तिका लागि सहयोग मात्र गरेको बताए । ‘समान्य विवाद हो, कुटपिट भएको होइन’ उनले भने । केहि दिन अघि पनि भिल्मीमा आन्दोलनकारी आफैले गाडी चलाएको भन्दै स्थानीयले उनको पिकअप तथा मोटरसाइकलमा आगजनी गरेका थिए । लागतारको ४५ दिनको बन्दका कारण जिल्लाको दक्षिणी क्षेत्रको जनजिवन अस्त व्यस्त बन्दै गएपछि आन्दोलनकारीहरुलाई बन्द खुकुलो बनाउन व्यापक दबाब आएको छ । केहि दिन अघि मात्र सभासद अभिषेक प्रताप शाहले बन्द फिर्ता गरेको स्वघोषणा गरेपनि मोर्चाले पुन दबाब दिदै बन्द गराएको थियो । आन्दोलनका क्रममा मोर्चा भित्रै विवाद बढ्दै गएपछि जिल्लाको आन्दोलनको नेतृत्व विस्तारै नियन्त्रण बाहिर गएको देखिन्छ । फोरमले गरेको आन्दोलनमा तमलोपा र सदभावनाका कार्यकर्ता को न्यून उपस्थिती र तमलोपा र सदभावनाको कार्यक्रममा फोरमको कम सहभागिताले पनि भित्रको विवाद चुलिदै गएको प्रष्ट हुन्छ । यसमा पनि जिल्लाका मुस्लिम तथा थारु नेता कार्यकर्ता समेत आन्दोलनमा सहभागी नहुदा मोर्चाको आमहडताल फितलो बन्दै गएको छ । www.ratopati.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home