• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भदौ ३, काठमाडौँ । काठमाडौँ, २७ साउन । पछिल्लो समयमा लगातार रुपमा घटी रहेको सुनको भाउ उकालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
हिजो प्रति तोला ४९ हजार ७ सयमा कारोबार भएको सुन आज ५ सयले बढेपछि सुनको मूल्य प्रतितोला ५० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीमा पनि हिजोको तुलनामा १५ रुपैयाँले बढेर तोलाको ७ सय ५ मा कारोबार भइरहेको छ ।
एजेन्सी–पाकिस्तानमा एक अज्ञात समूहले एक अभिनेतृलाई गोली हानी हत्या गरेका छन् । उक्त समूहले खाइबर पख्तुनख्वा प्रान्तमा अभिनेतृ मुसरत शाहिनलाई उनकै आमाको अगाडि गोली हानी हत्या गरेका हुन् ।
शाहिन आफ्नी आमासँग सामान किन्नका लागि नौसेरा जिल्लाको प्रमुख शहरमा जाँदै गर्दा मोटरसाइकलमा आएको एक समूहले गोली चलाएको थियो । गोली लागेर घाइते भएकी शाहिनलाई नजिकैको एक अस्पतालमा पु¥याइएको थियो । अस्पताल पुग्नसाथ उनको मृत्यु भएको डाक्टरहरुले जनाएका छन् । गोली चलाउनेको हुन भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । प्रहरीमा यस सम्बन्धमा उजुरी दर्ता भए पनि कसैलाई पक्रिएको छैन् ।kathmandutoday.com
शेराको त्रासले रातभर जाग्राम : इटहरी डुबानको खतरा
इटहरी ३ भदौ – बुधबार साझ देखी लगातार परेको बर्षा बिहीबार पनि जारी रहदा इटहरी उपमहानगरपालीकाले लाखौ लगानी गरी थुनेको शेरा खोलाको बाध भत्कने खतरा बढेको छ । उत्तरी क्षेत्रको पहाडी भेगमा परेको लगातार वर्षाका कारण चारकोशे झाडी अन्तरगत शेरा खोलामा पानीको सतह उच्च भई बाध भत्कने खतरा बढेको हो । शेराको बाधले धान्नै नसक्ने पानीको बहाव बढेर बिस्तारै इटहरीको टेंग्रा खोलामा मिसिन पुगेको छ ।
शेरा खोला थुन्नकै लागि इटहरी उपमहानगरपालीकाले गत आर्थिक वर्षमा मात्रै ३० लाख बढी खर्च गरीसकेको छ । लगातारको वर्षाले शेराखोलाको पुर्वि तटबन्धन भत्काउदै बाढीको रुपमा इटहरी टेंग्रा खोलामा मिसिन थालेको स्थानीयहरुले बताएका छन । शेराको बाध केही कारणवस फुटिहाले इटहरी उपमहानगका साथसाथै नेपाली शेनाको पूर्वि पृतना मुख्यालय र बजार क्षेत्र पुर्ण प्रभावित हुने सम्बन्धित सरोकारवालाहरुले बताएका छन
यता इटहरी उपमहानगपालीका स्थित बजारलाइनका बासिहरु शेराखोलाको पिरले बुधबार रातभर जाग्राम बसेका छन । खोला फुटिहाले सबैभन्दा पहिले खतरा बजार क्षेत्रमा पर्ने हुदा बाढी आउनुअघीनै सचेतना अपनाइएको त्यस क्षेत्रका स्थानीयवासी साइला तामाङले बताए । उनि मात्र नभएर केही स्थानीयवासीहरुले रातभरी टेंग्रा पुलमा च्याउदै बसेको उनले बताए ।

इटहरी क्षेत्रमा उचित ढल ब्यवस्थापन नहुदा उपमहानगरबासीहरु बर्खाको समयमा बर्सेनी डुबानको समस्या झेल्दै आएका छन । यस बिषयमा थप जानकारी लिन इटहरी उपमहानगरपालीकाका कार्यकारी अधिकृत पशुपति खतिवडासंग फोन सम्पर्क गर्दा फोन नउठेको कारण कुनै संवाद हुन सकेन ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं: जारी आन्दोलनका मागलाई सम्बोधन गर्ने प्रयासस्वरूप विकल्पका रूपमा ल्याइएको सात प्रदेशको प्रस्तावलाई प्रधानमन्त्री सुशील कोइरालाले ठाडै अस्वीकार गरेपछि शीर्ष नेताहरूको बैठक अनिर्णीत टुंगिएको छ।
मध्यपश्चिम र थारू बहुल क्षेत्रको छुट्टाछुट्टै प्रदेश बनाउँदै ७ प्रदेशमा जान सकिने विकल्प शीर्ष नेतृत्वको बैठकमा ल्याइए पनि प्रधानमन्त्री कोइरालाले अस्वीकार गरेका थिए। विगतमा कांग्रेस र एमालेले ९ बुँदे सहमति गर्दै सात प्रदेशको साझा प्रस्ताव संवाद समितिमा पेस गरेको र त्यसअनुसार अघि बढ्न सकिने विकल्प बैठकमा आएको थियो। तर प्रधानमन्त्री कोइराला त्यसलाई अस्वीकार गरी हिँडेपछि सहमति हुन नसकेको स्रोतले बतायो।


‘केको सात प्रदेश, कहिलेको सात प्रदेश, कहाँको सात प्रदेश भन्दै प्रधानमन्त्री हिँडेपछि सहमतिको प्रयास अघि बढ्न सकेन,' स्रोतले भन्यो। चार दलका शीर्ष नेताहरूले गरेको ६ प्रदेशको सीमांकनमा देशव्यापी विरोध र आन्दोलन चर्किएपछि नेताहरू केही दिनयता उपायको खोजीमा निरन्तर छलफलमा छन्।


'सात प्रदेशको कुरा विगतको हो,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकपछि भने, ‘सकेसम्म कम प्रदेश बनाऔं भन्ने कांग्रेसको मान्यता हो।' बैठकमा पाँचदेखि सात प्रदेशका विभिन्न विकल्प अघि आएको पौडेलले जानकारी दिए। मध्यपश्चिम र सुदूरपश्चिमलाई एक प्रदेश बनाएर ६ प्रदेशमै सहमति गर्न सकिने पौडेलले बताए।

'केको सात प्रदेश, कहिलेको सात प्रदेश, कहाँको सात प्रदेश?' -सुशील कोइराला, प्रधानमन्त्री

६ प्रदेशको सीमांकनमा राप्ती, भेरी, कर्णाली र सुदूरपश्चिमका विषयमा समस्या देखिए पनि सहमतिनिकट पुगिएको नेताहरूले बताएका छन्। 'प्रसव वेदना भइरहेको छ, भोलि परिणाम निस्कन्छ,' एमाओवादी नेता डा.बाबुराम भट्टराईले भने। एमाले उपमहासचिव विष्णु पौडेलले बिहीबार सहमति हुने दाबी गर्दै भने, ‘भोलिबाट अर्को भोलि आउँदैन। भोलि सहमति हुन्छ ।'

शीर्ष बैठकपछि नेताहरू सीमांकनका विकल्पमा पार्टीका आन्तरिक छलफलमा जुटेका थिए। एमाले अध्यक्ष केपी ओली, उपाध्यक्षदद्वय वामदेव गौतम र विद्यादेवी भण्डारी तथा उपमहासचिव पौडेलले शीर्ष नेताहरूको बैठकपछि संविधानसभा सचिवालयमा लामै छलफल गरेका थिए। त्यस क्रममा ६ प्रदेशको सीमांकनका विरुद्ध देशव्यापी जारी आन्दोलनका विषयमा पनि समीक्षा गरिएको स्रोतले बतायो।

६ प्रदेशको सीमांकनमा कहाँ के गर्न सकिन्छ भन्नेमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि आफ्नो पार्टीमा छलफल गरेका थिए। कैलालीको आधा भाग थारू बहुल प्रदेशमा राख्नुपर्ने अडान राख्दै आएका गच्छदारले कैलालीलगायत अन्य क्षेत्रमा कसरी जाने भन्ने विषयमा पार्टीका नेताहरूसँग सिंहदरबारमा छलफल गरेको स्रोतले बतायो।

मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले भने शीर्ष नेताहरूबीच सहमति नजुटे पुरानै सहमतिअनुसारको विधेयक संविधानसभामा पेस गर्ने जानकारी नेताहरूलाई गराएका छन्। ‘अब सहमति नभए विधेयक रोकिँदैन', सिटौलाले अन्नपूर्णसँग भने, 'सहमति भए परिमार्जन गर्छौं, नभए पुरानै सहमतिअनुसारको विधेयक जान्छ,' सिटौलाले भने।

शीर्ष नेताहरूलाई पनि यस विषयमा जानकारी गराइसकेको सिटौलाले बताए। मस्यौदा समितिले पुराना सहमतिअनुसार संविधानको विधेयक अन्तिम चरणमा पुर्‍याएको छ। मस्यौदालाई शुक्रबारसम्मको समयसीमा छ।
/www.annapurnapost.com
प्रचण्डको प्रस्ताव :
सीमांकन विवाद लम्बिएपछि एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेले १० महिनाअघि प्रस्तुत गरेको सात प्रदेशको प्रस्तावमा सहमति गर्न आफू तयार भएको बताए । ‘हामीले संविधान बनाउन धेरै विषयमा सम्झौता गर्दै छोड्दै पनि आएका छौँ, संक्रमणकाल अब लम्ब्याउनु भएन, अब तपाईंहरूकै सात प्रदेशको प्रस्तावमा आजै सहमति गरेर जाऔँ,’ स्रोतका अनुसार प्रचण्डले बैठकमा भने ।
प्रधानमन्त्रीको प्रतिक्रिया :
प्रचण्डको प्रस्तावलाई कांग्रेस वरिष्ठ नेता देउवाले समर्थन गरे भने प्रधानमन्त्री कोइरालाले अस्वीकार गरे । ‘प्रचण्डले प्रस्ताव राख्नेबित्तिकै प्रधानमन्त्री कोइरालाले आक्रोशित मुद्रामा असहमति जनाए,’ बैठक स्रोतले भन्यो, ‘त्यसपछि उहाँ विशेष समितिको बैठक छोडेर बाहिरिनुभयो ।’ कोइरालाले आफ्नै पार्टीका नेतातर्फ इंगित गर्दै बैठकमा भनेका थिए, ‘तपाईंहरूले मलाई के–केमा सही गराउनुभयो के–केमा ।’
थ्रेसहोल्ड राखे साना दलका सभासद् संविधान– सभामा सुत्ने

दुईदेखि पाँच प्रतिशत मत नल्याउने दललाई समानुपातिकमा सिट नदिने विषयमा ठूला दलबीच छलफल भइरहेको छ, तर त्यस्तो प्रावधान राखे साना दलले संविधानसभामै सुतेर बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । बलमिच्याइा गरे संविधानका हरेक धारा मत विभाजनबाट मात्र पारित गर्ने अवस्था सिर्जना गर्ने पनि उनीहरूको भनाइ छ । संविधानत: संविधानसभाका १० प्रतिशत सभासद्ले माग गरेमा मतविभाजनबाट मात्र धारा पारित गर्नुपर्ने प्रावधान छ । यसो गर्न ६१ सभासद् चाहिनेमा साना दलसाग ६३ सभासद् छन् । सबै धारामा मत विभाजन गर्नुपरे संविधानसभालाई दुई–तीन महिना लाग्न सक्छ ।
– नयाँ पत्रिका दैनिकबाट

काठमाडौ । मानव तस्करीमा संलग्न समूहहरूले नेपाललाई अनएराइभल भिसा दिने देशहरूलाई ट्रान्जिट बनाई मानव तस्करी गर्न थालेका छन् । क्यारेबियन तथा अफ्रिकी देशहरूमा भिजिट भिसामार्फत मानव तस्करी धन्दा भइरहेको छ ।
क्यारेबियन मुलुक सेन्ट लुसियाको नाम धेरै नेपालीलाई थाहा नहुन सक्छ । नयाँ पत्रिकामा खबर छ । तर, त्यो देशमा घुम्ने नाममा भिजिट भिसामा जाने नेपालीको संख्या ठूलो छ । भिजिट भिसामा घुम्न जाने भए पनि नेपालीले अमेरिका छिर्न सेन्ट लुसियालाई ट्रान्जिट देशका रूपमा प्रयोग गर्ने गरेका छन् । सेन्ट लुसियामा जान पहिले नै भिसा लिनुपर्दैन । सोही देशमा एयरपोर्ट तथा सीमामा नेपालीले भिसा लिन सक्छन् । मानव तस्कर गिरोहले बारम्बार अमेरिका छिर्ने ट्रान्जिट देशका रूपमा सेन्ट लुसियालाई प्रयोग गर्न थालेको छ । www.etajakhabar.com
भदौ ३, काठमाडौँ । बुधबार बेलुकी करिब ९ः१५ बजे बबरमहलबाट माइती घरतर्फ आइरहेको बा ३ ख ६८३२
नं.को मिनिट्रक विपरित दिसामा गई बा ५६ प ४५२० नं.को पहेलो स्कुटरलाई किच्दै र सोही ट्रकमा पछाडिबाट ठोकिंदै बा १२ च ९२९३ को निजी कार । यो तस्विर राससका रत्न श्रेष्ठले खिच्नु भएको हो । तस्बिर : रत्न श्रेष्ठ, रासस
काठमाडौं, भदौं ३ । मुलुकमा शैक्षिक युवा बेरोजगारको संख्या दिनानुदिन बढीरहेका बेला राम्रा भनिएका देशबाट पनि नेपाली कामदारको माग आउन थालेको छ । पछिल्लो समय मात्रै क्यानडा, ब्राजिल, जोर्डनलगायतका देशहरुबाट नेपाली कामदारको माग आएको श्रम विभागले जनाएको छ । श्रम विभागका अनुसार ती देशहरुले श्रम सम्झौता गर्न लागि नेपाल सरकारसँग पत्राचार गरेका छन् ।

यस अघि इजरायल, कोरीया लगायतका देशहरुले सरकारी कोटाबाट नेपाली कामदारहरु लगीरहेका र नेपाली कामदारहरु सबै काममा फिट हुने भएकाले पछिल्लो समय नेपाली कामदारको माग बढ्न थालेको श्रम विभागका महानिर्दैशक भरत सुवेदी बताउँछन् । यसैबिच महानिर्देशक सुवेदीले जोर्डनको टोली आज नेपाल आइपुग्ने बताए ।

क्यानडा र ब्राजिलबाट कृषिका लागि नेपाली कामदारको माग आएको र केही दिनमा नै क्यानडाको टोली पनि नेपाल आउने उनले बताए । साथै उनले समयमै ध्यान नदिदाँ न्युजिल्याण्डबाट आएको नेपाली कामदारको कोटा गुमेको समेत रहस्य खुलाए । २ सय जनाका लागि न्युजिल्याण्डले नेपाली कामदार माग गरेको थियो, म्यानपावर कम्पनीहरुले पनि त्यता ध्यान दिएनन् उनले भने सरकारी निकाय पनि मौन बस्दा कोटा गुम्यो।

इजरायलसँग कामदार लैजाने विषयमा सम्झौता भएको भन्दै उनले १ वर्षभित्र २० वटा देशसँग श्रम सम्झौता गर्ने जानकारी दिए। सरकारले गत असार २१ गतेदेखि न्युनतम लागतमा नेपाली कामदार विदेश पठाउने निर्णय लागू गरेको छ।

www.etajakhabar.com
पानीले हाम्रो तिर्खा मेटाउन मात्र नभई हाम्रो शरिरमा जमेको बोसोहरुलाई नष्ट गर्न पनि सहयोग गर्दछ । दिनमा कम्तीमा पनि तीन लिटर पानी पिउनाले शरिरको मेटाबोलिजम बढ्नुका साथै शरिरको क्यालोरी पनि बर्न हुने गर्दछ । तौल घटाउनका लागि तपाईं जीम गएर पसिना बगाउनुहुन्छ होला तर के तपाईंलाई तौल घटाउनका लागि पानी पनि निकै महत्वपूर्ण तत्व हो भन्ने थाहा छ ?

तौल घटाउनका लागि व्यायाम र डाइटिङका साथै पानीको सेवन धेरैभन्दा धेरै गर्नुपर्ने हुन्छ । प्यास लाग्दा मात्र पानी पिउने होइन । पानीलाई दिनभरी थोरै समयको अन्तरालमा पिइरहनुपर्ने हुन्छ । आज हामी तपाईंलाई तौल घटाउनका लागि पानी पिउने तरिकाको बारेमा जानकारी दिँदैछौँ ।

 १. खाना खानुभन्दा अघि पिउनुहोस् पानीः खाना खानुअघि दुई कप पानी पिउँदा खानामा कम रुची हुने हुँदा तपाईंको तौल घट्ने विज्ञानको मान्यता रहेको छ ।

२. भोक मेटाउने पानीः यदि तपाईंलाई निकै भोक लागेको छ र तपाईं हाई क्यालोरी भएको खाना खानबाट बच्न चाहनुहुन्छ भने पानी पिउनुहोस् ।

३. पेय पदार्थको सट्टा पानी पिउनुहोस्ः सोड वा कोल्डड्रिङ्क्सको सट्टा एक ग्लास पानी पिउनुहोस् । यदि यसमा कागती निचोरेर हाल्नु हुन्छ भने यो निकै पौष्टिक बन्ने गर्दछ ।

 ४. रक्सी पिउँदा पानीः रक्सी पिउँदा यसमा अवश्य पनि पानी हाल्नुहोस् ।

 ५. सलाद सँगै पानीः एक कचौरा स्वस्थ सलादसँग कोल्डड्रिङ्क्स पिउनुका सट्टा एक ग्लास पानी पिउनुहोस् । तपाईं जति धेरै पानी पिउनुहुन्छ त्यति नै तौल कम गर्नुहुन्छ ।

 ६. ग्रीन टिको सेवनः तौललाई छिट्टै घटाउनमा ग्रीन टि निकै लाभदायक हुन्छ । यसले शरिरको इम्युनिटि पावरलाई बढाउनुका साथै मेटाबोलिजम पनि बढाउँछ ।

 ७. पानी र व्यायामः व्यायाम गर्नुभन्दा पहिले निकै धेरै पानी पिउनु आवश्यक छ । यदि तपाईं जीममा वर्कआउट गर्नुहुन्छ भने बीच–बीचमा पानी पिउनुहोस् ।

८. तातो पानीको सेवनः तातो पानीको सेवनले शरिरको तौल निकै चाँडै कम हुने गर्दछ । तातो पानीलाई बिहान उठ्ने बित्तिकै पिउनुहोस् । तातो पानीमा कागती हाल्दा स्वाद बढ्ने र बोसो पनि घटाउने गर्दछ ।

९. दिनभरी गर्नुहोस् पानीको सेवनः दिनभरी पानी पिइरहँदा शरिर हाइड्रेट हुनुका साथै शरिरमा ऊर्जा कायम रहने गर्दछ र तौल पनि चाँडै घट्ने गर्दछ । (एजेन्सी)
मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा छन् । खानामा मसलाकोरुपमा प्रयोग हुने मेथीका १० फाइदाको चर्चा यहाँ गरिएको छ । यो पढिसकेपछि मेथीको स्वाद वा बासना मन नपर्नेहरुको धारणा समेत बदलिने छ ।

१ कपाल झर्न रोक्छ

मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।

२ चायाँबाट मुक्ति
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।

३ डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।

४ मोटोपनको नियन्त्रण
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।

५ चम्किलो त्वाचा
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।
गर्मी होस् या जाडो कपालको हेरचाह हर मौसममा गर्नुपर्ने हुन्छ। सानो लापरवाहीले पनि कपाल झर्ने, टुक्रने र कपालको चमक हराउने हुन्छ। अधिकांसको त युवा अवस्थामै कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ।

कपालको लागि सबैभन्दा राम्रो उपचार तेलले गर्छ। नुहाँउदा प्रयोग गरिने स्याम्पु अर्को कारण हो कपालको स्वास्थ्यको। सदियौं देखि कपालको सुन्दरताको लागि तेल प्रयोग गरिदैआएको छ। तेलले कपाल बाक्लो, कालो अनि लामो बनाउने गर्छ। तर तेलको प्रकार अनुसार त्यसका प्रभाव पनि फरक फरक नै छन्।

तिलको तेल
यसले कपालको रुखोपन र चाँया कम गर्छ। यसमा हुने भिटामिन बी, भिटामिन ई, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र प्रोटीनले टाउको को छालालाइ पनि राम्रो गर्छ। कपाल झर्ने समस्यामा पनि कमि ल्याउछ यसले।हप्तामा ३ पटक २० मिनेट यो तेल कपालमा लगाइसकेपछि स्याम्पुले कपाल धुने गर्दा कपालमा आएको फरक महसुस गर्न सकिन्छ।

जैतुनको तेल
 कपालको लट्टा र हाँगा फाट्ने समस्या कम गर्छ जैतुनको तेलले। यो तेलमा हुने ओसिलोपनाले कपाल एक अर्कामा टाँसिन दिदैन। यसको नियमित प्रयोगले कपाल कोमल हुन्छ।

बदमको तेल
यो तेलले कपाल झर्ने र टुक्रने क्रम कम गर्छ। यसले खराब पानी, तनाब, चाँया अनि प्रदुषण आदि जस्ता कारणले अधिकांस मानिसमा देखिएको कपाल झर्ने समस्यामा कमी ल्याउछँ। यसमा म्याग्नेशियमको भरपुर पाइन्छ। केही बेर तताएर यो तेल लगाइएको १०-१५ मिनेटमा स्याम्पुले पखाल्नाले यसको राम्रो असर पर्ने हुन्छ।

वास्नादार तेल

बजारमा पाइने विभिन्न वास्नादार तेलहरु मध्ये केही बास्नादार तेलहरुले कपालको चमक बढाउँछन्। यस्तो तेल विशेषतः बास्नाकै लागि प्रयोग गरिन्छ। यस्तो तेलहरुमा कयौ प्रकारका फुल अनि फलका गुणहरु समावेश गरिएको हुन्छ।
इटहरी । ‘मलाई १० बर्षसम्म शोषण गर्यो । मेरो लाइफ ड्यामेज गर्यो, मेरो चोखो मायामा बिष घोल्यो र मैले सपनामा पनि नसोचेको धोका दिई मलाई एक्लै बनायो।’ पीडायुक्त कहानी भनिरहँदा सुमित्रा रोका एकाएक भक्कानिइन् र बलिन्द्र आँसुका धारा बहिरहे । गला अवरुद्ध भए र एकछिन सन्नाटा छायो । उनको पीडा सुनिरहेका र अनुहारमा पढिरहेकाहरु पनि एकाएक स्तब्ध बने । दृश्य, शनिवार बिहान इटहरी नगरपालिका हलको हो । जहाँ यूकेमा धोका पाएकी एक नेपाली चेली न्याय खोज्दै इटहरी आइपुगेकी थिइन र आफ्ना पीडायुक्त कथा आँसुको धारासँगै सुनाउँदै थिइन ।

प्यूठान जिल्ला खैरा गाविस वडानं. २ की बासिन्दा रोका विद्यार्थी भिसामा १० बर्षअघि सुन्दर सपना बोकेर यूके गएकी थिइन् । छोटो समयमै त्यहाँ उनी ‘सेटल’ भइन । यूकेमै भेट भएका सुनसरीको इटहरी–४ का अमर पोखरेलले उनीसँग प्रेमको नाटक गरे र उनकै आडमा यूकेको पिआर पाई १० बर्षसम्म उनलाई शारिरीक, आर्थिक र मानसिक शोषण गरी हाल अर्कीसँग विवाह गरेपछि उनी न्याय खोज्दै छोटो विदा लिएर यूकेबाट इटहरी आएकी हुन् । उनलाई १० बर्षसम्म मूसो झै खेलाएर अनेक रंगीन सपना देखाई नसोचेको धोका दिने व्यक्ति अमर पोखरेल अरु कोही नभएर इटहरीमा चलिरहेको हिन्दूवादी आन्दोलनको अगुवाई गरिरहेका भनिएका र इटहरीमा समाजसेवीको रुपमा चिनिएका राजेन्द्र पोखरेलका छोरा हुन् । प्रोत्साहन नेपाल लगायतका सामाजिक संघसंस्थाहरुको पहलमा अमरविरुद्ध सुमित्राले दिएको बहुविवाहसम्बन्धी जाहेरी इलाका प्रहरी कार्यालय इटहरीले अनेक आनाकानीपछि दर्ता गरिदिए पनि अमर चाहि फरार छन् । सुमित्राले चाहि विभिन्न निकायमा हारगुहार गर्दै आफ्नो जिन्दगी र सपना भताभुंग पारिदिने र आफ्नो सम्पत्ति समेत हडप्ने अमरविरुद्ध कडा कारबाहीको माग गरेकी छिन् ।

यसरी पाइन् धोका सन् २००७ देखि अमरसँग सुमित्राको यूकेमै साथीभाईमार्फत चिनजान भएको थियो । अमर पनि विद्यार्थी भिसामै त्यहाँ पुगेका थिए । अमर विद्यार्थी भिसामा त्यहाँ पुगेकाले पूरा समय काम गर्ने स्वीकृति थिएन । सुमित्राले स्टाफ नर्सको रुपमा यूकेको सरकारी जागिर सुरु गरिन् र छोटो समयमै पीआर पाइन । सुमित्राको लोभलाग्दो करिअर र कमाई देखेर अमरले एक स्थानीय वकिलसँग मिली उनीसँग नजिक हुने, विवाह गर्ने, सुमित्राकै आडमा पीआरधारी हुने र सुमित्राको लोग्ने भई उनको सम्पत्ति समेत हडप्ने योजना बनाए । सोही योजना अनुसार अमरले सुमित्रासँग मायाको नाटक गरे । सुमित्राले अन्य केटीहरुसँग विवाह गर्न भन्दा पनि मानेनन् र सुमित्रालाई नै रोजे । अमरकी आमा पनि मगर भएको नाताबाट सुरु भएको चिनजान गहिरो प्रेममा परिणत भयो । ‘त्यसपछि अमरले मलाई मन परायो, तिमीसँगै जीवन बिताउने भन्यो ।’ सुमित्राले आफ्नो कथा सुनाउँदै भनिन्–‘सन् २०१० मा हामी दुवै नेपाल आयौ । मेरो बुबाका पनि दुईवटा पत्नी छन्, मगरलाई विवाह गर्यो भन्दा रिसाउन सक्छन् भनेर उसले आफ्ना बुबा राजेन्द्र पोखरेल र अन्य आफन्तसँग खासै चिनजान पनि गराएन । त्यो बेला हामी इटहरी घुम्यौ, भेडेटार गयौ । र केही दिन घुमेपछि यूके फर्कियौ ।’ त्यतिबेलासम्म सुमित्राको वर्क परमिट भइसकेको थियो, भिसाको कुनै समस्या थिएन । आफूहरु दुईबीच सबै कुरा मिल्दै गएको र बिस्तारै विवाह गर्ने सम्झौता समेत भएको थियो । सुमित्रा अमरको मायाजालमा फस्दै गइन । सर्वश्व नै अमर ठानेर उसलाई अन्धो बनेर सहयोग गर्दै गइन । त्यहाँको पीआर सुमित्राले पाएपछि थप सहज अवस्था भयो । सुमित्रा फूल टाइम काम गर्थिन, तर अमर चाहि २० घण्टा मात्र काम गर्न पाउथे । सुमित्राले जीवनसाथी भनेर धेरै सहयोग गरिन् । स्टाफ नर्सको कमाई समेत राम्रो भएकोले सन् २०१३ मा सुमित्राले घर किनिन् । घर किनिसकेपछि चाहि अमरले विवाहको कुरा उठाउन थाल्यो । सुमित्रालाई विवाहको गुलिया कुरा गरेर घर नै हडप्ने अमरको योजनाको बिषयमा कुनै शंका हुने कुरा भएन । ‘५–७ बर्षसम्म चिनिसकेको थिएँ, अमरले धोका देला भनेर मैले कहिल्यै सोचिँन । धेरै बाचा कसम खुवाउने कुरा पनि भएन, अन्धो भएर विवाह गर्यौ ।’ सुमित्राले भनिन्–‘हामी सँगै बस्ने र अगाडि बढ्ने सम्झौता भयो । मैले दायाँबायाँ नसोचिकन अमरको प्रस्तावलाई स्वीकार गरिदिएँ । मेरो स्टाट्सबाट डिपेन्डेट भिसामा बस्यो । फूल टाइम काम गर्न थाल्यो उसले पनि । ४० घण्टा काम गर्ने अवसर पायो, जब सेटल भयो ।’


विवाह गरे पनि अमरले नेपालस्थित आफ्नो घरमा नभन्नु भनेर कसम खुवाएको थियो । विश्वासमा परेर अमरले जे जे भन्यो सुमित्राले त्यही त्यही मान्दै गइन । ‘त्यसपछि अमरले यूकेमा मेरो पनि केही होस् भन्यो, बच्चाबच्ची भएपछि मात्र बुबासँग एक्सपोज हुने कुरा गर्यो । त्यसपछि मेरो सम्पत्तिमा नाम जोड्ने काम भयो, साढे ३ लाख पाउण्डको घरमा उसलाई समेत आधा हिस्सेदार बनाएँ ।’ सुमित्राले भनिन्–‘मेरै कमाईबाट उसको ३० हजार पाउण्ड ऋण पनि तिरियो ।’ गएको अप्रिलमा सबै प्रोसेस सकियो र सुमित्राको सम्पत्तिको हिस्सेदार अमर पनि भए । त्यसपछि चाहि अमरको असली रुप सुमित्राले देख्न थालिन्, महसुस गर्न थालिन् । अमरको कपटपूर्ण मायाको पर्दा उघ्रिन थाल्यो । सन् २०१५ मेको पहिलो सातादेखि अमर सुमित्राबाट टाढिन थाले । घर नै नआउने गर्न थालेको अमरले एकदिन सुमित्रालाई फोन गर्यो र ‘मलाई तिम्रो जरुरी छैन, मेरो पीआर पनि भयो, त्यो घर पनि मेरो हो, वकिलले त्यो केटीसँग बसिरहन आवश्यक छैन भन्यो भनेर मलाई भन्यो ।’ बलिन्द्र आँसुका धारासँगै सुमित्राले भनिन्–‘त्यसपछि म एकाएक छाँगाबाट खसेझै भएँ । उसको त प्रि प्लान पो रहेछ मलाई बर्बाद गर्ने । पछि उसको वकिललाई बुझेँ, वकिलले पनि उसको पहिलादेखि नै योजना थियो भनेर कुरा गर्यो । म पूरै सक भएँ, १०–१५ दिनसम्म काममा पनि जान सकिँन ।’

सुमित्रासँग कोर्ट म्यारिज गरेको केही समयमै अमर नेपाल गई त्यहाँ अर्को विवाह गरेका कुरा समेत ढिलो गरी सुमित्राले थाहा पाइन् । पछि अमरले समेत दादागिरी शैलीमा अब तसँग मेरो सम्बन्ध सकियो, नेपालमा रहेकी बुढीलाई लिएर आउँछु भन्दै धम्क्याएको पनि सुमित्राले बताइन । मेरो बुबा पहुँचवाला हो, इटहरीमा सबै मेरा आफन्त छन्, तैले केही ख्यास्न सक्दिनस भनेर भाइबरबाट धम्कीपूर्ण म्यासेज पठायो। सुमित्राले भनिन् ।

अगस्ट ७ तारिखका दिन अमर नेपाल गएको थाहा पाएपछि सुमित्रा समेत न्यायको लडाई लड्ने अठोटका साथ यूकेबाट यहाँ आएकी हुन् । ‘मैले पति भनेर सम्पत्ति दिएँ, जीवन दिएँ, सर्वश्व दिएँ ।’ सुमित्राले भनिन्–‘मलाई नै यसरी धोका हुन्छ भने मैले पनि न्याय पाउनुपर्छ ।’
नेपाल आएपछि मात्र अमरले अर्कीसँग विवाह गरेको सुमित्राले प्रमाण नै भेटिन । विराटनगरबाट अर्की पत्नी भित्र्याएका अमर अहिले फरार छन् । अमर फरार भएपछि यूकेमा कोर्ट म्यारिज गरेको कागजसहित सुमित्रा राजेन्द्र पोखरेलको इटहरीस्थित घरमा गइन । ‘तर अमरका दाजु र आमाले उल्टै उनलाई गाली गरेर फर्काइदिए । बाबुआमा र दाई अशोकले घर प्रवेश गर्न पनि दिएनन् ।’–उनले भनिन् ।

 सुमित्राले आफू सोझी मान्छे भएको उल्लेख गर्दै इटहरीका समाजसेवी, बुद्धिजीवी, राजनीतिक दल तथा अन्य सबैसँग न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । सुमित्राले दिएको बहुविवाहसम्बन्धी उजुरी निकै धेरै आनाकानीपछि इटहरी प्रहरीले दर्ता गरिदिए पनि अमर यो समाचार तयार पार्दासम्म पक्राउ पर्न सकेको छैनन्।

इटहरीका महिला अधिकारवादीहरुले समेत सोझी नेपाली चेलीको जीवन बर्बाद गर्ने अमरलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका छन् । प्रोत्साहन नेपालकी अध्यक्ष योशा गुरागाईंले सुमित्रालाई शोषण गर्ने अमरलाई तत्काल पक्राउन गर्न आग्रह गरेकी छिन् । उनले सुमित्राको न्यायका लागि इटहरीका महिला अधिकारवादीहरु एक रहेका र अन्य क्षेत्रबाट समेत सहयोग खाँचो रहेको औंल्याइन ।

 सुमित्राको न्यायका लागि पहल गर्न काठमाण्डौबाट इटहरी आएकी नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले सुमित्रालाई न्याय दिलाउने बिषयमा पहल गरिदिन इटहरीका सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा महिला अधिकारवादीहरुलाई अपील गरेकी छिन् । सुमित्रा एक प्रतिनिधि पात्र भए पनि यूके र यस्तै आकर्षक कमाई हुने देशमा रहेका नेपाली चेलीहरुलाई धोका दिने र उनीहरुको जीवन बर्बाद पार्ने थुप्रै घटना भएकोले अन्यले समेत आउँदा दिनमा सचेत हुनुपर्नेमा जोड दिइन । योजनाबद्ध ढंगले सुमित्राको जीवन बर्बाद पार्ने अमरमाथि कडा कारबाही हुनुपर्छ । उनले भनिन् ।

पोखरेल परिवारका कुनै पनि सदस्यले यो बिषयमा प्रतिक्रिया दिन मानेनन् ।www.nayakhabar.com
एजेन्सी |
२०७२ भाद्र २ बुधवार

एजेन्सी : भारतीय वान डे क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीले बुधवार दिउँसो आगरामा १२ हजार ५ सय फिटमाथि उडिरहेको वायुसेनाको विमानबाट हामफालेका छन् ।

धोनीले आफूलार्इ प्राप्त हुने मानार्थ लेफ्टिनेन्ट कर्नेलको पदका लागि तालिमका क्रममा विमानबाट हामफालेका हुन् ।


भारतीय कप्तानले मलपुरा ड्रपिङ्गक्षेत्रको मैदानमा बिहान साढे सात बजे एएन-३२ विमानबाट हामफालेका हुन् । उनी प्यारासुटको मद्दतले विस्तारी जमीनमा अवतरण गरे ।

धोनीले अझै अलग अलग दिनमा चारवटा छलाङ लगाउन बाँकी छ । यीमध्ये तीनवटा छलाङ्ग दिनमा र एउटा छलाङ रातमा लाउनुपर्नेछ ।

धोनीको साथमा १४ जना अन्य सैनिकले पनि हामफालेका थिए । धोनी छ अगस्टदेखि आगरामा रहेका छन् । उनी त्यहाँ बसेर प्यारा जम्पिङको तालिम लिइरहेका छन् ।

उनले बुधबार छलाङ लगाउन एक मिनेटको समय लगाएका थिए । उनले जमीनमा राम्रोसँग अवतरण गरे । बुधवार छलाङ लगाउने उनको समूहमा १४ जना मानिस सामेल थिए ।

धोलीले छलाङ लगाएको बारेमा अहिलेसम्म भारतीय सैनिक अधिकारिले केही बोलेका छैनन् । तर एयर फोर्सको सूत्रले बिबिसीलार्इ दिएको जानकारी अनुसार उनले मानार्थ लेफ्टिनेन्ट कर्णेल हुन अझै चारवटा छलाङ लाउनुपर्ने हु्न्छ ।

यीनमा एक रातमा र एक भारीले भरिएको ब्यागसहित छलाङ लगाउनुपर्नेछ । यी छलाङमा सफल भएपछि धोनीको प्यारा ड्रपिङ्गको तालिम पुरा हुनेछ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : मधेस केन्द्रित दलहरुको बुधबार बसेको बैठकले आन्दोलनका क्रममा मधेसमा कसैले ज्यान गुमाए सहिद घोषणा गरेर प्रादेशिकक सरकार बनेपछि पचास लाख क्षतिपूर्ति निर्णय गरेको छ ।


मधेस केन्द्रित दलहरु संलग्न संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बुधबार बसेको बैठकले यस्तो विवादास्पद निर्णय गरेको हो। मधेसमा आन्दोलन उचाल्न र जनतालाई भड्काउनका लागि पहिले नै ज्यानको मूल्य पचास लाख तोकेर सहिदको अपमान गर्न खोजेको भन्दै यो निर्णयको सबैतिरबाट आलोचना गरिएको छ। आन्दोलनमा उत्रन जनतालाई लोभ्याउने मनसायले मृतकका परिवारका एक सदस्यलाई रोजगारी र निशुल्क शिक्षा दिने हचुवापूर्ण निर्णय पनि उनीहरुले सार्वजनिक गरेका छन्।
मोर्चाका नेताहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ, थरुहट र मधेशलगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रादेशिक सरकारले वहन गर्नेछ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ।’
विज्ञप्तीमा राजेन्द्र महतो, उपेनद्र यादव, महन्थ ठाकूर र रामनरेश यादवले हस्ताक्षर गरेका छन्।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
५ विकास क्षेत्रलाई नै ५ प्रदेश बनाउने भन्ने हल्लामात्रै


काठमाडौं, भदौ २– एमाओवादी नेता डा बाबुराम भट्टराईले प्राप्त उपलब्धीलाई संस्थागत गर्ने क्रममा आफ्नो पार्टीले केहि सम्झौता गर्नुपरेको स्वीकार गर्दै त्यसबाट आफूलाई पीडाको अनुभूति हुनु स्वाभाविक भएको टिप्पणी गरेका छन् ।

‘प्राप्त उपलब्धीलाई संस्थागत गर्ने क्रमा हाम्रो पार्टीले केहि सम्झौता गर्नुपर्यो’, बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित जनयुद्धका सहिद रामबृक्ष यादवको स्मृति सभामा आयोजित कार्यक्रममा भट्टराईले भने, ‘गणतन्त्र धर्म निरपेक्षता, समावेशीतालगायतका मुद्धालाई जोगाएर पहिचान र सामथ्र्यको आधारमा ६ संघीय प्रदेश आएपनि केहि सम्झौता भएकै हो यसमा हाम्रो पनि पनि दुखेको छ ।’
उनले गणतन्त्र धर्म निरपेक्षता, समावेशतालगायतका मुद्धालाई जोगाएर पहिचान र सामथ्र्यको आधारमा ६ प्रदेशको निर्माण हुनु पनि ठूलो उपलब्धी हो भन्दै त्यसमा पनि जनस्थरबाट केहि सुधारको आवाज उठेकाले पुर्नविचार गर्न सकिने बताए ।
विशेषगरी कर्णाली र थारुहटमा केहि समस्या देखिएको भन्दै त्यस विषयमा दलहरुबीच छलफल चलिरहेको र चाँडै निश्कर्षमा पुगिने भट्टराईले बताए ।
चार दलले ल्याएको सीमांकनसहितको ६ प्रदशेमध्ये २ नम्ब्र प्रदेश सबै रुपमा उत्कृष्ट प्रदेश रहेको भन्दै यसमा कसैले पनि चित्त दुखाउने ठाउँ नरहेको भटट्राईले दाबी गरे । उनले संघीयताका विषयमा दलहरुबीच गहन छलफल भएको र अहिले ६ प्रदेशमा टुंगोमा पुगेको स्मरण गर्दै देशले धेरै प्रदेश थेप्न नसक्ने र ६ प्रदेश नै उत्तम भएको तर्क समेत गरे । भट्टराईले केहि नेताहरुले ५ विकास क्षेत्रलाई नै ५ प्रदेशको रुप दिने विषयमा दलहरुबीच छलफल चलिरहेको सार्वजनिक गरेपछि त्यसलाई हावादारी भएको टिप्पणी गर्दै कसैले भन्दैमा पुरानै संरचनालाई संघीयताको रुप दिन नसकिने स्पष्ट पारे । फरक प्रसंगमा उनले देश धर्म निरपेक्ष भइसकेको अवस्थामा फेरि हिन्दु राष्ट्र बनाउने भन्ने कुनै नआउने बताए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २ भदौ - पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ । लामो बसाइपछि नेपाल फर्किएका पारस अहिले पनि कन्निकालाई थाइल्याण्डमा पैसा पठाउने गरेको र पूर्व युवराज पारसका त्यहाँ रहेका साथी लगायत थाइल्याण्डमा रहेका नेपालीहरुको सहयोगमा हिमानीको चरित्र हत्या गर्ने खालको तस्वीर फेसबुक स्टाटसमा जथाभावी राखेको रहस्य बाहिर आएको हो ।

थाइल्याण्डबाट नेपाल आएपछि पारसले आफ्नी प्रेमिका कन्निकालाई पैसा पठाउँदै आएका छन्। प्रेमिकालाई पठाउने पैसा पारसले कहाँबाट पाउँछन् भन्ने कुरा चाहि रहस्यमयपूर्ण छ । समाचारपत्रले लेखेको छः कन्निकाले केही दिन हिमानीले नाइटोमा मुन्द्री लगाएको फोटो फेसबुकमा पोष्ट गर्दै पारस र हिमानीले आफूलाई दुःखी तुल्याएको बताएकी थिइन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ २ गते
मुम्बई । बलिउडका स्टार अभिनेता अक्षयकुमारकी पत्नि हुन ट्विंकल खन्ना ।
उसो त ट्विंकल खन्ना एक सफल कलाकार पनि थिइन्, तर अहिले अक्षयसँग घरजम गरेर बसिरहेकी छिन् । उनी बलिउडका पुराना सुपरस्टार राजेश खन्नाकी छोरी पनि हुन् ।

उनकै जीवनीमा आधारिक एक पुस्तकको आज मुम्बईमा विमोचन गरिएको छ । विमोचन कार्यक्रममा उनले एउटा यस्तो दुःखद घटनाको खुलासा गरिन कि त्यो घटनालाई मानिसले विश्वासै गर्न सक्दैनन्, तर यो सत्य हो । कार्यक्रममा उनले पहिलो पटक यो घटना स्वीकार की उनी पनि यौन शोषणको शिकार भएकी थिईन् । अर्थात उनी आम युवतीजस्तै बलात्कारको सिकार भएकी थिईन् ।
ट्विंकल खन्ना जब किशोरावस्थामा थिईन, तब उनको इज्जत लुटिएको थियो । हैंगिग गार्डेन्स घुम्न गएको बेला गार्डेनमै केही व्यक्रिले उनीमाथि सामुहिक बलात्कार गरेका थिए । यो घटनाको बारेमा उनले यो भन्दा बढी बोल्न सकिनन् ।
पत्रकारको प्रश्नमा पुरानो घाउ कोट्याउँदा कार्यक्रममै आँसु पनि उनले झारिन् । यो घटना सुनाउँदा अक्षयकुमार पनि कार्यक्रममै थिए । उनले केही प्रतिक्रिया दिएनन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं: दक्षिण कोरियामा काम गरेर फर्केकाहरूले अबदेखि नेपालबाटै दुर्घटना बिमाको लागि दाबी गर्न पाउने भएका छन्।

कोरियमा काम गरेर फर्किएको लामो समयपछि पनि कामसम्बन्धी रोग देखा परेमा बिमा रकम दाबी गर्न पाउने व्यवस्था कोरियाले गरेको हो। काम गर्दाका क्रममा भएको दुर्घटनाको पुनः रोग वा समस्य देखिएमा समेत बिमा रकम दाबी गर्न पाउने व्यवस्था गरिएको छ।


नयाँ व्यवस्थाबाट कोरिया गएका कामदारले कामसँग सम्बन्धित रोग लागेमा बिमा तथा क्षतिपूर्ति पाउन कोरिया नै धाउनुपर्ने झन्झटिलो प्रणालीको अन्त्य भएको छ।यसअघि नेपाल फर्किएपछि कामसँग सम्बन्धित विषयमा रोग लागेमा वा दुर्घटनाका कारण थप रोग उत्पन्न भएमा नेपालमै आवेदन दिन पाइने व्यवस्था थिएन।


नयाँ व्यवस्थाबाट कोरियामा काम गर्न जाने र यसअघि गइसकेका कामदारको आत्मविश्वास थप बढ्ने रोजगारदाता मुलुकको ठम्याईं छ। आफ्ना मुलुकमा काम गरेकाप्रति कोरिया सरकार थप जिम्मेवार र बढी संवेदनशील बनेको यसले थप पुष्टि गरेको छ।

एचआरडी कोरिया अन्तर्गत ईपीएस सेन्टर नेपालका निर्देशक ली दोङ सिर्कले नयाँ व्यवस्थाबाट कोरियामा काम गर्न गएका विदेशी कामदारको हकहित सुरक्षामा थप सहयोग पुग्ने बताए। 'स्वेदशमा फर्किसकेपछि दुर्घटना र कामसँग सम्बन्धित् रोगको बिमा दाबी गर्न पाउने व्यवस्थाले कामदारलाई निकै सहयोग पुग्नेछ’, निर्देशक ली दोङ सिर्कले मंगलबार आयोजित कार्यक्रममा भने।

काम गर्दागर्दै कामदार घाइते भएमा वा कामका कारणले रोग लागि चार दिनभन्दा बढी उपचार गर्नुपर्ने भएमा कम्पनीले नै उपचार गरिदिने व्यवस्था गरिएको हो। कामदारले मासिक तलबको ७० प्रतिशतसम्म उपचार खर्च व्यहोर्ने कोरिया सरकारले जानकारी दिएको छ।

कामदारको सामाजिक सुरक्षा प्रणाली प्रभावकारी बनाउन कोरियाले औद्योगिक दुर्घटना वा रोग लाग्दा उपचार गर्ने, कुनै कारणबश कामदारको मृत्यु भएमा परिवारलाई तलब तथा क्षतिपूर्ति उपलब्ध गराउनेलगायतका चार प्रकारका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दैआएको छ।



नयाँ व्यवस्थाबाट कोरिया गएका कामदारले कामसँग सम्बन्धित रोग लागेमा बिमा तथा क्षतिपूर्ति पाउन कोरिया नै धाउनुपर्ने झन्झटिलो प्रणालीको अन्त्य भएको छ।


विगतमा कामका क्रममा घाइते भएमा वा रोग लागेमा त्यसबापत बिमा सुविधा पाउने भए पनि नेपाल फर्किसकेका व्यक्तिलाई आवेदन दिन अप्ठेरो थियो। नेपालबाट आवेदन गर्न नपाउने भएकाले फर्किएकाले सामान्यतयः स्वास्थ्य बिमा दाबी गर्न सक्दैनथे।

बिमा दाबी गर्न फर्किएका कामदारले एचआरडी कोरियाको ईपीएस सेन्टरमार्फत श्रम कल्याण परिषद्मा आवेदन गर्नुपर्नेछ। कामदारले बिमाबापत रकम दाबी गरिसकेपछि श्रम कल्याण परिषद्ले दुर्घनासम्बन्धी वास्तविकता,कामको विवरण र औद्योगिक दुर्घटनासम्बन्धी अनुसन्धान गरी वास्तविकता पत्ता लगाउनेछ। सोही आधारमा बिमा पाउने वा नपाउने भने अन्तिम निर्णय हुनेछ।

कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक हो। हाल करिब २७ हजार नेपालीले त्यहाँ काम गरिरहेका छन्। उद्योग तथा कृषि क्षेत्रमा काम गर्ने नेपाली धेरै छ।

नेपालले सन् २००८ देखि सरकारी तवरबाट कोरियामा कामदार पठाउन थालेको हो। हाल कोरियामा गएका नेपालीमा मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ कमाउन सक्छन्।
annapurnapost.com
ताप्लेजुङ : बाटोमा हिँडिरहेको समयमा झरेको पहिरोले पुरेर ताप्लेजुङमा बुधबार एक बालिकाको ज्यान गएको छ ।

बिहान घरबाट नजिकैका आफन्तकहाँ जाने क्रममा पहिरो खस्दा सान्थाक्रा-७ निवासी मनिस चोङ्वाङ लिम्बूकी चार वर्षीया छोरी बिर्सिला चोङ्वाङ लिम्बूको ज्यान गएको इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए ।

बिहान करिब ९ बजेतिर बाटोमा हिँडिरहेको समयमा माथिबाट एक्कासि झरेको पहिरोले बालिकालाई पुरेको थियो ।

पहिरो जानासाथ स्थानीयले देखेपछि पहिरो खनेर बालिकाको शव निकालिएको थियो । रातितबाट निरन्तर परेको पानीका कारण पहिरो खसेको स्थानीय विष्णु केदेमले बताए ।

घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षक फागोको नेतृत्वमा प्रहरीको टोली गएको छ । बालिकाको शव घटनास्थलमै रहेको स्थानीय केदेमले बताए । रासस annapurnapost.com
मलेसिया : रोजगारीका लागि मलेसिया आएका बर्दियाका एक युवाको होस्टलमै मृत्यु भएको छ । बर्दियाको डेउटा गाविस-९ का चन्द्रप्रकाश बिकको शब बुधबार उनी सुतेकै होस्टलमा फेला परेको हो ।
जोहोर राज्यको बातु पहात स्थित रामाटेक्स कम्पनीमा कार्यरत बिकको मृत्यु के कारण भएको खुल्न सकेको छैन । उनका साथी दाङका कुल खड्काका अनुसार बेलुका सकुशल सुतेका उनी बुधबार बिहान मृत फेला परेका थिए । मृतक बिक एक वर्षअघि रोजगारिका सिलसिलामा मलेसिया आइपुगेका हुन्  । उनको शब हाल जोहरको सुल्तान अस्पतालमा राखिएको छ । annapurnapost.com
काठमाडौं : राजेन्द्र महतो नेतृत्वको नेपाल सद्‍भावना पार्टीले पत्रकार सम्मेलन गरेर संविधानसभा छोड्ने  घोषणा गरे पनि त्यसको औपचारिक जानकारी संविधानसभा सचिवालय वा व्यवस्थापिका संसद् सचिवालयमा अहिलेसम्म पुगेको छैन।

सचिवालयसम्वद्ध स्रोतका अनुसार यसबारेमा औपचारिक सूचना वा पत्र नआएकोले यसलाई राजनीतिक घोषणा वा चेतावनीका रुपमा मात्र लिइएको छ। सद्‍भावनाका पाँचैजना सभासद्ले राजीनामा दिने घोषणा मंगलबार बेलुका गरे पनि राजीनामापत्र बुधबार मध्यान्हसम्म पनि संसद् वा संविधानसभा सचिवालयमा बुझाएका छैनन् ।


राजीनामा आइहाले पनि यसमा कानुनी समाधानको अर्थ नहुने संविधानसभा सचिवालय स्रोतले बतायो। 'यो राजनीतिक विषय भएकोले राजनीतिक ढंगबाटै समाधान खोजिएला। राजीनामालाई स्वीकृत वा अस्वीकृत गर्नुको कुनै अर्थ हुँदैन, स्रोतले भन्यो, 'यो राजनीतिक दबाब मात्र पनि हुनसक्छ ।'


संविधानसभा छोडे भने पनि सद्‍भावना पार्टीले व्यवस्थापिका संसद् छोडेको घोषणा गरेको छैन। अहिले संविधानसभा नै व्यवस्थापिका संसद्को हैसियतमा काम गरिरहेको छ। त्यसैले सद्भावनाको यो घोषणालाई सभाध्यक्ष सुवास नेम्वाङले पनि राजनीतिक घोषणाका रुपमा मात्रै लिएको दाबी स्रोतले गरेको छ।

संविधानसभा छोड्ने घोषणाबारे सद्‍भावनाका अध्यक्ष महतो र संसदीय दलका नेता लक्ष्मर्णलाल कर्णसँग सभाध्यक्ष र चार दलको तर्फबाट अनौपचारिक रुपमा  बुझ्ने पहल भइरहेको छ।
annapurnapost.com
मेष राशि

मेष राशिका केटीहरुलाई उनिहरुको हरेक कुरामा ओके भन्ने केटाहरु मन पर्छ भन्ने पनि छैन । उनिरुलाई मनाउनको लागि ट्रिक चाहिन्छ । यसको मतलब मेष राशिका केटिहरुलाई आफ्नो प्रेममा पार्न आईडिया चाहिन्छ । त्यति सजिलो छैन ।

बृष राशि
बृष राशिका केटिहरु सुन्दर हुन्छन् । यस राशिका केटिहरु साथमा रहन कुरा गर्न मन पराउँछन् र अनुभवी पनि हुन्छन् । तर उनिहरुलाई बुझ्न भने गार्हो पर्छ । यस राशिका केटिहरुलाई प्रेममा पार्न अलि मुस्किल हुन्छ ।

मिथुन राशि
मिथुन राशिका केटीहरु खुला ह्रृदयका हुन्छन् । यिनिहरुको कुरा गर्ने तरिका निकै नै राम्रो हुन्छ । यो राशिका केटिहरुलाई सबैले मन पराउँछन् । तपाँई मिथुन राशि भएकी केटिलाई मन पराउँदै हुनुहुन्छ वा प्रपोज गर्दै हुनुहुन्छ भने तपाँई पनि खुला मन भएको हुनुपर्छ ।

कर्कट राशि
कर्कट राशिका केटिहरु धेरैजसो घुलमिल गर्दैनन् । यिनीहरु आफैँ अनुमान लगाउने खालका हुन्छन । यदि आफुलाई मन पर्ने कुनै कर्कट राशिका केटी भए तपाईले होसियारी अपनाउनुपर्ने हुन्छ, यदि यसो भएन भने कुरो बिग्रिन सक्छ ।

सिंह राशि
सिंह राशिका केटीहरु जहिलेपनि अरुमाथि आफ्नो शासन चलाउन चाहान्छन् । यिनीहरु अरुभन्दा अलि घमण्डी हुन्छन् । यिनीहरु हरेक ठाँउमा आफ्नो छुट्टै पहिचान बनाउँछन् र सबैको नजरमा परेका हुन्छन् । सिंह राशिका केटीहरुलाई ईम्प्रेस पार्न त्यति सजिलो छैन, यदि सिंह राशिका केटी तपाईको प्रेममा छन् भने उनिहरु सधैँ डिमान्डिङ्ग हुन्छन् ।

कन्या राशि
कन्या राशिका केटीहरु बढि सिद्धान्तबादी हुन्छन् । यस राशिका केटीहरु धेरै घरेलु हुन्छन्, यिनीहरुलाई साथी बनाउन सजिलो छैन र यिनीहरुलाई बुझ्न पनि समय लाग्छ ।

तुला राशि
तुला राशिका केटीहरु सर्बगुण सम्पन्न हुन्छन् । ज्योतिषका अनुसार यिनीहरुलाई एक फरक किसिमको केटाहरु चाहिन्छ । यिनीहरुलाई तारिफ गरेको मनपर्छ । यो राशिका केटीमाथी प्रभाव पार्न तपाई एकदम समझदार हुनुपर्छ ।


बृश्चिक राशि
बृश्चिक राशिका केटीहरु त्यति रिसाहा हुदैनन् तर भावुक पनि हुदैनन् । यदि तपाई कोही बृश्चिक राशिको केटीलाई मनपराउनु हुन्छ भने उसलाई कहिल्यै बेवास्ता गर्नुहुदैन ।

धनु राशि
धनु राशिका केटीहरुलाई घुम्न एकदमै मनपर्छ । यस राशिका केटीहरुलाई हिम्मतवाला केटाहरु एकदम मनपर्छ र दिक्कलाग्दो मान्छेहरुसँग टाढा नै रहन चाहान्छन् । धनु राशिका केटीहरुमाथी प्रभाव पार्नको लागी तपाईको गोजीमा पैसैपैसा हुनुपर्छ ।

मकर राशि
मकर राशिका केटीहरु एकदमै स्वाभिमानी हुन्छन् । यिनीहरु आफ्नो काम आफैँ गर्न मन पराउँछन् । मकर राशिका केटीहरु सामान्यतया शान्त स्वभाबका हुन्छन् तर मायाप्रेमको मामलामा खासै चासो राख्दैनन् । उनीहरु कुनै प्रेमसम्बन्धमा पर्नुभन्दा पहिला आफ्नो र आफ्नो हुनेवालाको बारेमा एकदमै सोच्दछन् ।

कुम्भ राशि
कुम्भ राशिका केटीहरु समझदार हुन्छन् । यदि तपाई अलिकति समझदार हुनुभयो भने तपाईलाई कुम्भ राशिको केटीलाई ईम्पे्रस पार्न कुनै अप्ठ्यारो हुने छैन ।

मीन राशि
मीन राशिका केटीहरु एकदम रोमान्टिक हुन्छन् र छिट्टै मायापे्रममा पर्छन् । यस राशिका केटीहरुलाई ईम्पे्रस गर्न त्यति गाह्रो पर्दैन । मीन राशिका केटीहरुलाई सपनाजस्तो मायापे्रम मनपर्छ र केटाको लागी यस्तो मायाप्रेम कुनै ठुलो कुरै भएन होईन त ।

(एजेन्सीको सहयोगमा)
काठमाडौं, २ भदौ । आज सनुचाँदीको मुल्यमा कुनै परिवर्तन भएको छैन ।

छापावाला सुनको मुल्य प्रतितोला हजार ७ सय रहेको छ भने तेजाबी सुनको मुल्य ४९ हजार ४ सय ५० कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्यमा पनि कुनै परिवर्तन भएको छैन । प्रतितोला ७ सय नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

काठमाडौँ, २ भदौ । अनिमेष हत्या काण्डको छानविन गर्न गृहमन्त्री बामदेव गौतमले लिखित आदेश दिएपछि हत्या अभियुक्त छोरा आयुषलाई बचाउन नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले प्रधानमन्त्री सुशील कोइरालाको सहारा लिएका छन् । प्रधानमन्त्रीको आडमा गृहमन्त्री बामदेव गौतमसँग जुहारी खेल्दै आएका आइजीपी अर्यालले हत्या अभियुक्त छोरामाथी छानविन प्रक्रिया रोक्न पनि कोइरालाकै सहारा लिएका छन् ।
मृतक अनिमेषका बाबु आमाले छानविनको माग गर्दै गृहमन्त्री गौतमसंग आग्रह गरेका थिए । पीडित परिवारको गुनासो सुन्दै गृहमन्त्री गौतमले आइजीपी पुत्र आयुषबिरुद्ध जाहेरी लिन र छानविन प्रक्रिया अघि बढाउन मध्यमाञ्चल प्रहरी प्रमुखलाई लिखित आदेश दिएका थिए । आइजीपीलाई जानकारी नै नगरी गृहमन्त्रीले मध्यमाञ्चल प्रहरी प्रमुखलाई आदेश दिएपछि दुई साताअघि अर्याल प्रधानमन्त्री कोइरालाको सरकारी निवास बालुवाटार पुगेका थिए । ‘मलाई गृहमन्त्रीले सास्ती दिन थाल्नु भयो, नभएको दोष लगाएर मेरो परिवारलाई बद्नाम गराउँदै हुनुहुन्छ हजुर’, प्रधानमन्त्री कोइरालासँग आइजीपी अर्यालले भने ‘प्रहरीले उजुरी लिएर छानविन पनि गरिसक्यो तर पनि मलाई बद्नाम गर्न गृहमन्त्रीज्यूले पीडित परिवारलाई उचाल्दै हुनुहुन्छ ।’
अर्यालको आग्रहपछि प्रधानमन्त्री कोइरालाले छानविन भइसकेको बिषयलाई फेरी नदोहरयाउन मध्यमाञ्चल प्रहरी प्रमुखका नाममा अर्काे निर्दशन जारी गरेका छन् । प्रधानमन्त्री कोइरालाले छानविन भइ किनारा लागि सकेको बिषयलाई फेरी नउठाउन र त्यसबाट थप झण्झट नवाउन निर्देशनमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीको निर्देशन पछि थप बलियो बनेका आइजीपी अर्यालले सार्वजनिकरुपमै आफु निकटका डीआइजीहरु परिचालित गरि गृहमन्त्रीबिरुद्ध बोल्न समेत लगाएका छन् । केही दिनअघि भएको एक प्रहरी कार्यक्रममा आइजीपी अर्यालबाट परिचालित डीआईजी नवराज सिलवालले गृहमन्त्रीको आलोचना गरे । ‘तपाईका कारण हाम्रो शिर झुकेको छ गृहमन्त्रीज्यू’ भन्दै आक्रोस समेत पोखेका थिए । नेपाल प्रहरीको अधिकार कटौति गरी सशस्त्र प्रहरीलाई दिएको भन्दै डीआइजी सिलवालले गृहमन्त्रीको आलोचना गरेका थिए । यसअघि गृहमन्त्रीले एक प्रहरी कार्यक्रममा दिएको अभिब्यक्तिलाई रेकर्ड गरी आइजीपी अर्यालले प्रधानमन्त्री कोइरालासँग पठाएका थिए । जसमा आइजीपीले आफुलाई प्रहरीबाटै डर लाग्ने गरेको अभिब्यक्ति दिएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, भदौ २ – प्रमुख चार राजनीतिक दल संविधान निर्माणको निर्णायक कसरतमा रहेकै बेला संविधानसभालाई चौतर्फी घेराबन्दी हुँदै गएको छ । आफुलाई कट्टर हिन्दुवादी ठान्नेहरुदेखि क्रान्तिकारी ठान्नेहरु अहिले संविधानसभालाई घेराबन्दी गर्दे संविधान निर्माणको कोर्स ‘डिफ्युज’ गर्ने योजनामा छन् ।
वर्षौं आफै लडेर थाकेका प्रमुख दलहरुले संविधान जनताको लागि भन्दा पनि आफुलाई केन्द्रमा राखेर बनाउन लागेको अनुभूति आन्दोलनमा उत्रेकाहरुले गरेका छन् । राष्ट्रिय राजनीति (संविधानसभाभित्र र बाहिर) को शक्तिसन्तुलन भन्दा पनि देशलाई ‘निकास दिने’ एक सुत्रीय एजेन्डामा प्रमुख दलहरु संविधान बनाउनमा केन्द्रित भए, जसको सिधा असर सडकमा देखिन थाल्यो ।


संविधानको मस्यौदालगत्तै त्यसलाई च्यात्ने र जलाउने गरेका संविधानसभाकै शक्तिहरु समेत ६ प्रदेशको सिमाङ्कनको निर्णयपछि थप कडा आन्दोलनमा उत्रेका छन् । संविधानसभाभित्र बसेर संविधान बनाउन भूमिका निभाउनुपर्ने सभासद्हरु अहिले ठाँउ–ठाँउमा आन्दोलनको नेतृत्व गरिरहेको अवस्थामा देखिन थालेका छन् ।
संविधानसभाको बाहिरको शक्ति सन्तुलनमा ध्यान दिइएन भने संविधान जारी भएपछि पनि लागु गर्न कठिन हुने संकेत अहिले नै देखा पर्न थालेका छन् ।
संविधानसभामै रहेका कतिपय शक्तिहरुले संविधानसभा छाडेको घोषणा गरिसकेका छन् भने केही शक्तिहरु त्यहिबाटोमा हिडने मुडमा छन् । यसले संविधानसभाको र आन्दोलनको समीकरण नै बदलिने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
चार दलका शीर्ष नेता जसरी पनि संविधान ल्याउने मुडमा छन् भने संविधानसभाको अहिलेको काम कारवाही चित्त नबुझाउनेहरु जसरी पनि रोक्ने पक्षमा छन् । यसले देशलाई सिधा–सिधा थप तनाव र मुठभेडमा लैजाने निश्चत प्राय छ ।
आठ प्रदेशको संघीय संचरनामा जाने सहमतिबाट पछि हटेर अचानक ६ प्रदेशको सीमाङ्कनमा सहमति जुटाएपछि शीर्ष नेतृत्व ‘रिमोट’ बाट चलेको आन्दोलनमा उत्रेका तथा संविधानसभालाई घेराबन्दी गरिरहेका शक्तिहरुको बुझाई छ । त्यतिमात्र होइन चार दलकै नेताहरुबाट अखण्डको मुद्दा उठाउन थालिएपछि संविधानसभालाई घेराबन्दी गर्नेहरुलाई हौसला मिलेको छ ।
तयसबाहेक सविधान मस्यौदा समितिलाई नयाँ संविधानको सम्पूर्ण मस्यौदाको विधेयक तयार गर्न पटक–पटक म्याद थप भएपनि सडकका आवाज सम्बोधन गर्नेतिर ध्यान दिइएको छैन । पछिल्लो पटक यो समितिलाई पुनः चारदिनको समय थप गरिएको छ । यसअघि संवैधानिक राजनीतिक संवाद समितिले संविधानसभामा पेश गरेको मस्यौदा सभाले स्वीकृत गरी पाँचदिनको समय दिई मस्यौदा समितिमा पठाइएको थियो, त्यसको म्याद सकिएपछि समय थप गरिएको हो । यस्तो ढिलाईले संविधानसभालाई घेराबन्दी गर्नेहरुलाई नै फाइदा पुगिरहेको छ ।
संविधान लेखनलाई अघि बढाउन प्रमुख चार पक्षबीच खासगरी अझै पनि धर्म, प्रदेशको सीमा, राष्ट्रिय दलको मान्यता प्राप्त गर्न निश्चित मत प्रतिशत कायम राख्नेलगायतका विषयमा मतभेद टुंगिएको छैन । चारदलमै मतभेद टुंगिएपनि यतिले मात्र सडकको आन्दोलन मथ्थर हुने अबस्था देखिदैन ।
संविधानसभा घेराबन्दीमा कुन–कुन शक्ति ?
१– मधेशी मोर्चा : संविधानसभाभित्रै रहेका दलका नेता उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोको मोर्चा अहिले संविधानसभाको गेटबाहिर छ, जसले संविधानसभालाई घेराबन्दी गरिरहेको छ । प्रमुख चार दलवीच १६ बुँदै सहमति भएकै दिनदेखि विरोधमा उत्रेको यो मोर्चा संविधान निर्माणको बहसमा केन्द्रित नभई आन्दोलनमा लागेको छ ।
यो मोर्चामा रहेका राजेन्द्र महतोले आफ्नो पार्टीले संविधानसभा छाडेको घोषणा नै गरेका छन् । त्यति मात्र होइन मोर्चाले पूर्व देखि पश्चिमसम्म तराईका जिल्लामा अनिश्तकालीन आमहडताल गरिरहेको छ । चार मधेशवादी दलको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेकपा–माआवादीसहित ११ दलको मोर्चा नै बनेको छ, संविधानसभालाई घेराबन्दी गर्ने विषयमा ।
२–वैद्य–विप्लव : संविधानसभाको दोस्रो चुनाव वहिस्कार गरेका मोहन वैद्य र नेत्रविक्रम चन्दले शुरु देखि नै संविधानसभाको विघटन गर्दे सर्वपक्षीय राजनीतिकसभाको माग गर्दे आएका छन् । उनीहरुले अहिलेको संविधानसभाबाट जनताको पक्षमा संविधान नबन्ने निश्कर्ष नै निकालेका छन् ।
भारतीय गुरुयोजना अनुसार अहिलेको संविधानसभा गठन भएको वैद्यको निश्र्कष छ । उता विप्लवले भने संविधान जारी भएकै दिनदेखि त्यसलाई जलाएर आबश्यक परे सशस्त्र संघर्षमा जाने तयारी गरेका छन् ।
चार दलको सिन्डिकेटमा देच चल्न नसक्ने भन्दै वैद्य–विप्लवले संविधानसभाको घेराबन्दी कायम राख्ने नीति तय गरेका छन् । यहि बेलामा यि दुई शक्तिले राष्ट्रियताको मुद्दामा पनि आन्दोलन चर्काईरहेका छन् ।
३–पूर्व राजा ज्ञानेन्द्र : संविधान आउने करिव–करिव निश्चित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह पनि संविधानसभाको घेराबन्दी गर्ने मोर्चामा खटेका छन् । शीतल निवास वाहिर उनको ‘चलखेल’ शुरु भैसकेको छ । उनी अहिले नयाँ संविधानमा राजसंस्थाको भूमिका स्थापित गराउन र नेपाललाई हिन्दु राष्ट्र बनाउन मिसनमा छन् । यसै क्रममा उनी २७ साउनमा गोप्य भेटघाटका लागि बैंकक पुगेका थिए । दरवार निटक स्रोतहरुले जनाए अनुसार त्यहाँ उनले दक्षिणी छिमेकीका प्रतिनीधिहरुसँग छलफल गरेका छन् ।
साथमा सहयोगी सागर तिमिल्सनालाई लिएर बंैकक गएका ज्ञानेन्द्रले नयाँ संविधान बन्न थालेको र त्यसमा आफ्नो भूमिका सुनिश्चत गर्ने विषयमा छलफल गरेका छन् । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले १२ बुँदेका दक्षिणी सूत्रधारहरुलाई अहिले भेटघाटमा प्राथामिकता दिएका छन् ।
पूर्वराजा शाहले नेपालमा तीन शक्ति (आफु, माओवादी र संसदवादी) रहेका आफु निकटहरुलाई बताउँने गरेका छन् । नयाँ संविधानमा पनि राजसंस्थाको भूमिका नदेखिने गरि मस्यौदा तयार भएको छ ।
४–हिन्दुवादी : कट्टर हिन्दुवादी शक्तिहरु पनि अहिले संविधानसभाको घेराबन्दी गर्न अग्रभागमा छन् । भारतीय हिन्दुवादीहरुको समेत सहयोग पाएका नेपालका हिन्दुवादीहरु हिन्दु राष्ट्रको मागमा अडिग छन् ।
यसकारण चाहियो हिन्दु राष्ट्र
स्वामी कमलनयनाचार्यदेखि कालीबावासम्मको दौडधुप, इटहरिमा हिन्दुवादीको शक्ति प्रर्दशनले संविधानसभा घेराबन्दीकै रुप रहेको जानकारहरु बताउँछन् । कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्रको मागलाई राजनीतिक मुद्दा बनाएर संविधानसभा र बाहिर आन्दोलन जारी राखेको छ ।
५–अमरेस–सिके : काग्रेसकै आधिकारिक निर्णयमा असन्तुष्टि राख्दै आएका काग्रेस सभासद् अमरेश सिंहदेखि देश टुक्राउने धम्की दिने सिके राउतसम्मका नेताहरु पनि संविधानसभा विरोधी मोर्चामा खटेका छन् । सिंहले चार दलवीच भएको १६ बुँदे, संविधानको मस्यौदा र ६ प्रदेशको सिमाङ्कनमा आफ्नो फरक मत राखेका छन् ।

उता राउतले मधेशका जनतलाई अधिकार नदिए भिन्दै राष्ट्र बन्ने सम्मको चेतावनी दिएका छन् । सिंह काठमाडौंमा संविधान निर्माणमा नभई मधेशको आन्दोलनमा केन्द्रित छन् । प्रहरीको फन्दा पर्दे छुटदै गर्ने राउतले त पहिला देखि नै आन्दोलन चलाईरहेका छन् । संविधानसभालाई घेराबन्दी गर्नेगरि तराई–मधेशमा आन्दोलन चर्काउन लागिपरेका छन् । तराई–मधेशको आमहडतालमा सक्रिय भएर लागेका छन् ।
६–दिल्ली : नेपालको संविधान निर्माणमा बाह् चासो पनि उत्तिकै छ । नेपालको संविधान निर्माणमा भारतीय दुई चासो देखा परेका छन्, एउटा राजनीतितहबाट र अर्को कर्मचारी–गुप्तचर तहबाट । स्रोतहरुले जनाए अनुसार अहिले भारतीय गुप्तचर संस्था ‘र’ नेपालको संविधान निर्माणको कोर्समा सकरात्मक छैन ।
मधेशमा बढ्दो आन्दोलनलाई यसको प्रभाव रहेको बताउँनेहरु पनि छन्, यद्यपी यसको स्वतन्त्र पुष्टी गर्ने आधारहरु भने छैनन् । नेपालमा अस्थिरत कायम राख्ने ‘रअ’ को खेल छ । यसमा नेपालमा प्रमुख दलका शीर्ष नेताहरु पनि जानकार छन् । १६ बुँदे सहमति हुँदा आफ्नो चासोलाईसम्बोधन नगरेकोमा भारतले असन्तुष्टि जनाउँदै आएको छ । त्यसबाहेक मधेशी दल–जनताको समर्थननलिइ संविधान बनाउदा त्यसले भविष्यमा अफ्ठारो पार्न सक्ने चेतावनी भारतीय राजनीति तहबाट आईसकेको छ ।
जस्तो की केही समय अगाडि भारत भ्रमण गरेका पूर्व प्रधानमन्त्रीद्धय प्रचण्ड र शेरबहादुर देउवासँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सवैलाई समेटेर संविधान जारी गर्न सुझाएका थिए, त्यसमा पनि मधेश–तराईका शक्तिहरुलाई नछाडन प्रष्टै भनेका थिए । भारतको संस्थापन नेपाल हिन्दु राष्ट्र भएको हेर्न चाहन्छ । भविष्यमा हिन्दुवादीहरुको आन्दोलन थप चर्कदै गए त्यसलाई अन्यथा मान्नुपर्ने हुनेछैन ।
७ पश्चिमा : दिल्लीको जस्तै पश्चिमा शक्तिहरु पनि नेपालको संविधानसभालाई धेराबन्दी गर्ने शक्तिका रुपमा देखिएका छन् । उनीहरुले धर्म र नागरिकता जस्ता विषयमा आफ्नो चासो संविधानमा समेटन चाहेका छन् । पहिलादेखि नै जनजातीको मुद्दामा सहयोग गर्दे आएका पश्चिमा देशहरु नेपालमा हिन्दुवादीहरुको बढ्दो आन्दोलन र चासोबाट भयभीत छन् ।
पश्चिमाहरु धर्मको विषयमा जतिसक्दो उदार संविधान बनाउन चाहेका छन् । एजनजिओ–आइएनजिओको कभरमा क्रिष्यिन धर्ममा बढाउन उनीहरुले गुप्त लगानी पनि गर्दे आएका छन् ।
एक उच्च राजनीति स्रोतका अनुसार आफ्नो अनुकुलकोसंविधान नबन्ने अबस्थामा पश्चिमा देशहरु नेपालमा अस्थिरता मच्चाउन चाहेका छन् । उनीहरुको त्यस्तो डिजाइनमा देशकै केही राजनीति शक्ति र व्यत्तिहरु परेको स्रोतको भनाई छ ।
८–शितलनिवास : काग्रेसको सक्रिय राजनीतिमा रहँदै सेरमोनियर राष्ट्रपतिको पद ग्रहण गर्ने अवसर पाएका राष्ट्रपति रामबरण यादव पनि दुत्र गतिमा भैरहेको संविधान निर्माणको कामप्रतिसन्तुष्ट छैनन् ।
अहिले १६ बुँदे, कहिले मस्यौदा त कहिले ६ प्रदेशका विषयमा उनले आफ्नो चासो व्यक्त गर्दे आएका छन् । यसका लागि अन्तराष्ट्रिय शक्तिकेन्द्रका प्रतिनीधिसँगको भेटघाट र आफ्नै निवासमा बोलाएर शीर्ष नेतासँगको परामर्श उनले कायम राखेका छन् ।
नयाँ संविधानसँगै आफ्नो पदको समाप्ती हुने बुझेका उनले यस अघि दलहरुलाई अदालतको आदेश पालना गर्न सम्झाएका थिए ।
९–बन्दकर्ताहरु : विभिन्न नाम र मागमा देशका विभिन्न ठाँउमा भएका बन्दकर्ताहरुले पनि संविधानसभालाई घेराबन्दी गरेका छन् । कसैले जायज माग उठाएर बन्द आव्हान गरेका छन् भने कसैले यो मौकामा घुसपैठ गरेको नेताहरुको भनाई रहँदै आएको छ । विभिन्न क्षेत्रमा भएका बन्द, त्यसमा भएको सरकारी धरपकडले संविधानसभा घेर्नेहरुलाई नै मद्धत पु¥याएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
केन्द्रलाई घेर्ने मधेशको नयाँ रणनीति : भन्सारका गाडी रोक्न बाटोमै खाना, बाटोमै बास (फोटोफिचर)
र के हुन्छ ?
चौतर्फी घेराबन्दीको योजना सफल बनाउन राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय शक्तिकेन्द्रहरु लागेको प्रमुख दलका शीर्ष नेताहरुको बुझाई छ । पूर्व राजा ज्ञानेन्द्र शाहको अचानक बढ्दो सक्रियता, विप्लवको संविधान जारीपछि अगाडि बढ्ने रोडम्याप, तराई–मधेशमा बढ्दै गएको आन्दोलन र अन्तराष्ट्रिय शक्तिकेन्द्रको चलखेलले स्पष्ट सन्देश दिएका छन्–पहिला त संविधान जारी गर्न नै कठिन छ र दोस्रो, जारी भएपछि पनि उठने आन्दोलनको आगोले त्यो संविधान लागु गर्न सहज हुनेछैन ।
www.ratopati.com
August 19, 2015
दानदास श्रेष्ठ
तीक्ष्ण बुद्धिका धनी युवराज दीपेन्द्र मुलुकमा शाहवंशीय पहिलो विद्यावारिधि (डा.) पदवीले सुसज्जित हुन करिब ६ महिना मात्रै बाँकी थियो, बीचैमा संसारभर सनसनी फैलिने गरी नेपालमा दरबार हत्याकाण्ड भयो । युवराजले पाउने डा.पदवीलाई कुन स्थानमा राख्ने भनेर पंक्तिकार पनि घोत्लिएको थियो । डा.श्री ५ युवराजधिराज दीपेन्द्र भन्ने कि श्री ५ युवराजधिराज डा.दीपेन्द्र भन्ने कि, श्री ५ डा.युवराजधिराज दीपेन्द्र भन्ने वा श्री ५ युवराजधिराज दीपेन्द्र वीरविक्रम शाहदेव (डा.) भन्ने अनेक विकल्प थिए ।

चारवटा विकल्प महाराजधिराज (वीरेन्द्र) लाई नजर लगाउन ठीक पारिएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नै भूगोल विषयमा विद्यावारिधिको अध्ययनको रफ्तार जारी थियो । युवराज दीपेन्द्रको विद्यावारिधिका लागि शोधनिर्देशनमा खटिनुभएका प्राडा बालकुमार केसीको नेतृत्वमा टिम नै खडा थियो । प्राडा. मंगलसिद्धि मानन्धर, प्रा.नन्दगोपाल रञ्जितलगायतका गुरुहरुबाट युवराज दीपेन्द्रको विद्यावारिधि पढाई चालू थियो । उहाँहरु दरबारमै पढाउनुहुन्थ्यो ।
युवराजको पढाई, जाँगर, गहिरो, जिज्ञासा, भित्री पिँधसम्म पुगेर उत्तर खोज्ने बानी, विलक्षणताप्रति सारा गुरु नतमस्तक बन्नुहुन्थ्यो । राजाको छोरा भएर मात्र होइन व्यक्तिगत रुपमा तीक्ष्ण प्रतिभाका धनी भएकैले परीक्षामा हरेकपटक टपर हुने दीपेन्द्रको विशेषता थियो । बुढानिलकन्ठ स्कुलबाट एसएलसी उत्तीर्ण दीपेन्द्रको उच्च शिक्षा बेलायतको इटन कलेजमा भए पनि स्नातक र स्नातकोत्तर तहहरु भने त्रिभुवन विश्वविद्यालयअन्तर्गत नै भएको थियो ।
इटन कलेजबाट फर्किनुभएका दीपेन्द्रको स्नातक तहको पढाई त्रिभुवन विश्वविद्यालयअन्तर्गत गर्ने दरबारकाृ निधोअनुसार स्नातक कक्षामा भर्नाका लागि फोटोसहितको फारम लिएर पंक्तिकार त्रिचन्द्र कलेज पुगेको क्षण ताजा छ । त्यहाँ पुग्दा त्यतिखेर भर्नाकै लागि लामबद्ध विद्यार्थीले फर्ममा टाँसिएको युवराज दीपेन्द्रको फोटो देख्नासाथ बाटो छोड्दै अगाडि पठाएका थिए ।
उपस्थित विद्यार्थीहरुले अभिभावक कोलममा महाराजधिराजको दरखास्त कस्तो होला भनेर हेर्न उत्सुक भएर पंक्तिकारलाई विस्तारै अनुरो गरेको पनि आजैजस्तो लाग्छ । देखाउन नहुने कुरै थिएन । देखाएँ । तर अभिभावक कोलममा भने राजाको नाम होइन तत्कालीन संवाद सचिव धनमणि आचार्यको नाम र दस्तखत थियो ।
संवाद सचिवलाई राजाबाट फारममा दस्तखत गर्ने अख्तियारी दिइएअनुसार गर्नुभएको भन्ने सबैले बुझे । फाराममा आम सर्वसाधारणको जस्तै दीपेन्द्रको पासपोर्ट साइजको फोटो टाँसेको देखेपछि सबै ट्वाल्ल परेर हेरेको हेर्‍यै भए । पंक्तिकार दौरा सुरुवालमै थियो । त्यत्रो लाममा बसेका विद्यार्थी भाइबहिनीले बाटो छोड्दै अगाडि पठाएर सम्मान गरेको भएपनि एक्लो अगाडि पंक्तिमा पुग्दा कस्तो अनुभूति भयो ।
तर के गर्नु त्यतिखेरको त्यस्तै चलन । भर्नाका लागि विद्यार्थी अध्यक्षले दस्तखत गर्नुपर्ने चलन थियो । त्यसबेलाका अध्यक्ष शंकर पोखरेलले फर्म देख्नासाथ सिफारिस गरिदिनुभयो । आवश्यक तस्तुर तिरेर युवराज दीपेन्द्रलाई स्नातक तहमा भर्ना गर्ने कार्य सम्पन्न भयो । परीक्षामा युवराज दीपेन्द्र टपर हुनुभयो ।
त्रिचन्द्र कलेजको प्रागणमै आयोजित विशेष समारोहमा प्रमुख अतिथि तत्कालीन श्री ५ वीरेन्द्र वीरविक्रम शाहदेवबाट पुत्र तत्कालीन श्री ५ युवराजधिराज दीपेन्द्रलाई पेडलसहित पुरस्कृत गरिँदाको क्षण पनि पंक्तिकारको मानसपटलमा घुमिरहेको छ । त्यस समयमा वर्तमान उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि सो विशेष समारोहमा सहभागीका रुपमा दर्शकदीर्घामा बस्नुभएको थियो ।
स्नातक टपर भएपछि बुबाज्यु महाराजधिराजबाट मेडलसहित सम्मानित युवराज दीपेन्द्रको सफलताकै खुसियालीमा दरबारमा तत्कालीन श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहबाट विशेष जलपान समारोहको आयोजना भएको थियो । सहभागीलाई बडामहारानीबाट प्लेटमा फरफूल सर्भ भएको दुर्लभ दृश्य देखिएको थियो ।
गत आइतबारको बन्दका क्रममा प्रहरीले नियन्त्रणमा दिएका संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ तत्कालीन मन्त्रीको हैसियतमा उपस्थित हुनुहुन्थ्यो । समयले कहाँको कहाँ पु¥याउदो रहेछ । अध्ययनका क्षेत्रमा गहिरो अभिरुची, एकाग्रता, बिहंगम ज्ञान, स्मरण शक्तिलगायत हरेक तत्व विद्यमान रहेका युवराज दीपेन्द्रको भूगोल विषयक विद्यावारिधिको भाइभा मात्र बाँकी थियो ।
२०५८ को मंसिर महिनासम्ममा युवराज दीपेन्द्रको पीएचडी डाक्टर हुने तय थियो । तर विडम्बना, जेठ १९ गतेको भयानक शाही हत्याकाण्डले ती सबै योजना पानीमा मिलाइदियो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, २ भदौ । तपार्इलाई नियमित जसो नै रुघाखोकीले सताइरहन्छ ? यदी तपाईको नाकबाट प्राय पातलो पानी बगीरहने र सार्वजनिक ठाउँमा बोल्न वा बसेर काम गर्न गाह्रो भइरहेको छ भने तपाइका लागी खुशीको खबर छ । तर तपाइको समस्या समाधान गर्न औषधी सेवन गर्नुपर्ने भने होइन ।

तपाइले अपनाउने एक मात्र अस्त्र हो  ।अमेरीकामा गरिएको एक अध्ययन अनुसार नियमित सम्भोग गर्ने मानिसहरुमा रुघाखोकीको समस्या कम हुने समाचार हालै प्रकाशनमा आएपछि यो समस्याका रोगीहरुलेलाई औषधी भन्दा पनि सहवासका लागी उनीहरुले सुझाएका छन् ।

उक्त अध्ययन अनुसार हप्तामा कम्तिमा एक वा दुइपटक सम्भोग गर्दा म्युनोग्लोबुलिनको मात्रा बढ्दछ । यो र्याल तथा नाकमा हुने महत्वपूर्ण एन्टीबडी हो । जसका कारण पटक पटकको चरम आनन्दले युवामा तापको मात्रा बढ्न पुग्छ र टाउको दुखाइ पनि निको पार्छ । चरम आनन्दका क्रममा उत्सर्जन हुने रिल्याक्सिङ हमोर्नले तनाव कम गर्ने तथा टाउको दुखाइ घटाउने शोधकर्ताहरु बताउँछन् ।

www.etajakhabar.com
अझैपनि कयौं मान्छेहरु ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडि बढाउँछन् । धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । तर, मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिको हिसाबमा मान्छे जन्मेको महिनाले पनि धेरै फरक पार्छ । जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस् ।

बैसाख : यो महिनामा जन्मिएका महिला प्राय धनवान, राम्रो चित्त र बिचार भएका,कम खर्च गर्ने, क्रोधवान, सुन्दर आँखा भएका हुन्छन । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेठ : जेठ महिनामा जन्मिएका मिहिलाहरु प्राय विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यो महिनामा जन्मिने महिलाहरु विशेषगरी नया ठाउँहरु घुम्न मनपराउने हुन्छन ।

असार : असार मा जन्मिएका महिलाहरूको प्राय नरम र मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

साउन : साउन महिनामा जन्मिएका महिलाहरुले प्राय राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । विशेषगरी यो महिनामा जन्मिएका नारीहरु सहयोगी भावनाका हुन्छन । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ ।

भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यो महिनामा जन्मिएका महिलाहरु प्राय धेरै बोल्ने स्वभावका हुन्छन ।

असोज : असोज महिनामा जन्मिएका नारीहरु प्राय चञ्चल स्वभावका हुने गर्छन । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । यो महिनामा जन्मिएका नारीहरु अत्यन्त पवित्र र गुणवान हुने गर्छन ।

कार्तिक : यो महिनामा जन्मिएका महिलाहरु निकै बुद्धिमानी हुन्छन् ।मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । यो महिनामा जन्मिएका महिलाहरु अलिकति बढी रिसाउने स्वभावका पनि हुन्छन ।

मंसीर : यो महिनामा जन्मिएका माहिलााहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, झुटो कुरा गरेको मन नपराउने र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

पुष : पुष महिनामा जन्मिने महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यो महिनामा जन्मिने महिलाहरु निडर र सामान्यतय अत्यन्तै क्रोधी स्वभावका पनि हुने गर्छन ।

माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यो महिनामा जन्मिएका महिलाहरु निकै बुद्धिमानी र चञ्चल स्वभावका पनि हुने गर्छन ।

फागुन : यो महिनामा जन्मिने महिलाहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् ।

चैत : यो महिनामा जन्मिएका महिला निकै चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । प्राय यो महिनामा जन्मिएका महिलाहरु राम्रो कर्म गर्ने रुचाउने स्वभावका हुन्छन ।कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ । एजेन्सी ।

www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home