• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भरतपुर । पेसाले उनी पढाउने काम गर्छन् । उनी सबैलाई राम्रो बाटोमा हिँड्न सिकाउने गुरूभित्रका एक हुन् । तर ती गुरू नै कुबाटोमा हिँडेपछि कसको के लाग्दो रहेछ र ! शिक्षक डायमण्ड श्रेष्ठ नक्कली डाक्टर बनेर अस्पतालभित्र आफ्नो हर्कत देखाए ।आजको चितवन पोस्टमा दिपेन्द्र अधिकारीले खबर लेख्नु भएको छ । अस्पतालभित्र गर्भवती महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक श्रेष्ठ समातिए । अहिले उनी प्रहरी हिरासतमा छन् । बालकुमारी कलेज नारायणगढका लेखा विषयका शिक्षक श्रेष्ठले दुई वटा अस्पतालमा गएर गर्भवती महिलामाथि यौन दुव्र्यवहार गरेको चितवन प्रहरीले बताएको छ ।
घटना साउन ५ गते रातिको हो । भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलमा शिक्षक श्रेष्ठ रातको समयमा पुगे । त्यहाँका कर्मचारीसँग एप्रोन पनि मागे । एप्रोन लगाए । अनि हस्पिटलमा रहेको प्रसूति वार्डमा छिरेर आफ्नो असली रुप देखाए । शिक्षक श्रेष्ठ एकजना चौधरी थरकी गर्भवती महिलाको बेडमा डाक्टर बनेर पुगे । ‘म डाक्टर हुँ’ भन्दै उनले बिरामीको शरीरमा छामछुम गर्न थाले । सामान्य रुपमा चिकित्सकले प्रसूतिको उपचारमा पञ्जाको प्रयोग गर्छन् । तर मापसे गरी डाक्टरको नक्कली रुप धारण गरेका श्रेष्ठले पञ्जाबिना ती गर्भवती महिलाको यौनांगमा हात छिराए । बिरामी कुरूवा महिलाले आत्तिदै सोधिन् पञ्जा किन प्रयोग नगरेको ? नक्कली डाक्टरले भने, ‘बिरामीले अप्ठेरो मानिन् तपाइँ कुरूवा बाहिर जानुहोस् ।’ नक्कली डाक्टरले बाहिर जान भनेपछि उनी कोठाबाट बाहिर आइन् । त्यस समयको मौका छोपी श्रेष्ठले महिलाको योनी र स्तनमा हात पु¥याएको प्रहरीको भनाइ छ । नारायणी सामुदायिकमा त्यति हर्कत गरेपछि उनी ढोका खोलेर भागे । बाहिर निस्केर बसेका कुरूवा बिरामी भएको ठाउँमा पुगेपछि घटनाको पर्दाफास भयो । प्रहरीलाई खबर गरी नक्कली डाक्टरको खोजी भयो । तर नक्कली डाक्टर त्यहाँबाट भागेर अर्को हर्कत अपनाउन सरकारी अस्पताल पुगेछन् । त्यहाँ पनि सीधै प्रसूति वार्डमा छिरेर उनले अर्की गर्भवती महिलामाथि खराब आचरण देखाए । प्रसूति वार्डमा रहेकी महिलामाथि जथाभावी रुपमा शरीरमा स्पर्श गर्न थालेपछि बिरामी चिच्याउन थालिन् । घटना भएपछि सबै जना चिच्याउन कराउन थाले । दोस्रो पटकको हर्कतमा नक्कली डाक्टर फन्दामा परे । उनी प्रहरीको नियन्त्रणमा छन् । श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आइतबार जबरर्जस्ती करणी प्रयास भएको आरोपमा मुद्दा दर्ता भएको छ । पीडितहरुले आइतबार जाहेरी दिएका छन् । चितवन प्रहरी प्रवक्ता डिएसपी राजन अधिकारीले घटनाको बारेमा सत्यतथ्य बुझ्ने काम भइरहेको बताए । साउन ५ गते दिउँसोको समयमा कृष्णपुरमा पनि एक महिला र युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोप श्रेष्ठलाई लागेको छ । अस्पतालको लापरबाही अपरिचित व्यक्ति अस्पतालको प्रसूति वार्डजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गर्नुले अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको देखिन्छ । अपरिचित व्यक्तिलाई अस्पतालभित्र डाक्टरले प्रयोग गर्ने कपडा (एप्रोन) दिनु, वार्डभित्र कुनै नर्स तथा डाक्टर नहुनुजस्ता कारणले पनि अस्पतालको लापरबाही भएको प्रष्ट हुन्छ । अपरिचित व्यक्तिलाई कुनै पनि सोधखोज र जानकारी नलिई प्रसूति वार्डभित्र छिराउने, एप्रोन कपडा दिने, कुन समयमा कुन नर्सिङ या कुन इन्चार्ज थिए तिनलाई समेत कडा कारबाही हुन आवश्यक छ । घटनामा नारायणी सामुदायिक हस्पिटल र भरतपुर अस्पतालको ठूलो गल्ती देखिन्छ । www.etajakhabar.com
काठमाडाैं, साउन ११ ।  हास्य कलाकार दिपकराज गिरिले जनताबाट निर्वाचित कार्यकारी प्रमुख हुनु नहुने निर्णय गरेर कांग्रेसले राम्रो गरेको भन्दै ब्यङ्ग्य गरेका छन् । गिरिले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसप्रति ब्यङ्ग्यपूर्ण टिप्पणी सार्वजनिक गरेका हुन् ।

गिरिले जनताबाट निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने आशयसहितको आफ्नो भनाइ राखेका हुन् । गिरिले लेखेको फेसबुक स्टाटस यस्तो छ :-
आज म लेख्दैछु..

कांग्रेसले प्रत्यक्ष निर्वाचनबाट कार्यकारी छानिने जनताको चाहनाबिरूद्द जाने निर्णय गर्यो ।  सहि गर्यो ।  कांग्रेस सहि छ यसमा ।

१) संवैधानिक राजतन्त्रको माला चुडियो
२)हिन्दू धर्ममा अडिग रहन सकेन
३) माओबादीका एजेन्डामा गिरिजाबाबुले आफ्ना बिचार बिलय गराए ।

कांग्रेस अहिले भर्खर गॉऊबाट शहर पसेर पिज्जा खान नजानेर गिजा पोलेको एउटा केटोको अबस्थामा पुगेको छ । आफ्ना सबै सिद्धान्त त अरूमा बिलय भैसक्यो ।  एउटा यो प्रतक्क्ष निर्वाचित कार्यकारी चाहि उस्ले मान्नु हुन्न ।  १,२ जना गगनबाहेक सबै कोहि बाउका नाममा नेता भाका छन् । कोहि बिपिसंगै हिडेका भरमा नेता भएका छन् ।  कोहि गॉठ खर्च गरेर नेता भएका छन् ।

कोहि दक्षिण तिरको आशीर्वाद बाट नेता भएका छन् । फ्याट्ट यो प्रणाली राखियो भने त कांग्रेसका यस्ता नेताले ज़िन्दगीभर प्रधानमंन्ति हुने मौक़ा पाउदैनन् । त्यसैले कांग्रेसको यो निर्णय उस्का लागि १००% सहि छ । जयनेपाल ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
पर्यटन प्रवर्द्धनका अनेक तरिका हुँदा रहेछन् । एउटा गाउँ गाउँले महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् ।
खबर हो चीनको । गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म छ । महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् ।
यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । महिलाहरु प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित हुन्छन् ।

यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।
रोचक कुरा त के भने यो गाउँमा सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो । कपाल नुहाउँदा समेत निलो स्कार्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ ।
www.onlinekhabar.com
काठमाडौं, ११ साउन । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको विशेष सक्रियतामा निजामति ऐन २०४९ लाई संसोधन गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा १० रेक्टरबराबरको भूकम्प गएको गएको चर्चा कांग्रेसहरुबीच छ ।
प्रधानमन्त्री सुशील कोइरालाको निजी सचिवालयमा कार्यरत भान्जाभान्जी, पीएहरु प्रायः सबैले अमेरिका लगायत मुलुकको पिआर, ग्रिनकार्ड लिइसकेकोले प्रधानमन्त्री कोइराला नैतिक संकटमा परेको स्रोतको दाबी छ । कोइारालाको निजी सचिवालयमा कार्यरत भान्जा रमेश भण्डारी, भान्जीबुहारी प्रभा भण्डारी, जनसम्पर्क सल्लाहककार मृदुला कोइराला पिआरधारी हुन् ।
निजामति ऐन २०७२ संसोधितले बालुवाटार दरबारमासमेत आतंक सिर्जना भएको बताइन्छ । प्रधानमन्त्रीको निजी सचिवालयमा पिआरधारीको जत्था डेरा जमाएर बसेकाले यो ऐन कार्यान्वयनमा शंका उत्पन्न हुन थालेको छ ।
स्रोत भन्छ प्रधानमन्त्रीका स्वकीय सविच अतुल कोइारालासमेत पिआरका लागि खुट्टा उचालेर बसेका छन् । पीआरधारीको सफाई बालुवाटारबाटै प्रारम्भ नगरेमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री कोइरालाको समेत नैतिक धरातलमा पराकम्पन जाने निश्चित छ । साँघु साप्ताहिकमा खबर छ ।
dainiknepal.com
पछिल्लो समयमा मोबाइल मानिसको जिवनको हिस्सा नै बनिसकेको छ । मानिसहरुलाई मोबाइल बिना अब जिउन गाह्रो हुने भान परिसकेको छ । हुन पनि मोबाइलले गर्दा हाम्रो जिवन धेरै नै सहज भएको छ । तर,
आजकल मानिसहरुलाई यति मोबाइलको लत लागेको छ कि कोही मानिस फुर्सदको समयमात्र नभई व्यस्तता भएपनि कामै छोडेर मोबाइलमा अल्झिएका हुन्छन् । र कोही भने राति राति अवेर सम्म स्मार्ट फोन चलाएर बस्छन् ।  राति राति सम्म मोबाइल चलाएर बस्ने मानिसमा विहान उठ्दा नोक्सानी पुग्न सक्ने वैज्ञानिकहरुलेबताएका छन् ।
शोधकर्ताहरुले राति ९ बजेपछि स्मार्टफोन चलाउने ब्यक्तिलाई अर्को दिन विहान उठेपछि कार्यक्षमता र रचनात्मकतामा नकारात्मक प्रभाव पर्ने बताएका छन् । यूनिभर्सिटी अफ वाशिंगटन फोस्टर स्कूल अफ बिजनेसका शोधकर्ता क्रिस्टोफर बेन्सले राति अवरेसम्म स्मार्टफोन प्रयोग गर्नेहरुको अर्को दिन कार्यक्षमता घट्ने दावी गरेका छन् ।

स्मार्टफोनमा रातिअवेर सम्मअफिसको काम या अरु कुनै काम गर्नेहरुको दिमागमा अधिक बोझ हुने र अर्को दिन कार्यक्षमता कम हुने उनको भनाई छ ।

शोधकर्ताहरुका अनुसार रातिअवेर सम्म स्मार्टफोन प्रयोग गर्नेहरुमा निर्दामा पनि समस्या देखिन सक्छ ।

–एजेन्सी
११ साउन, काठमाडौं । एमाले र एमाओवादीले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दामा सहमति जनाउन कांग्रेसमाथि निक्कै ठूलो दबाब परेको छ ।
आजको तरुण साप्ताहिकमा खबर छ खासगरी छिमेकी मुलुक भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुबाट कांग्रेसमाथि यस्तो दबाब आउनुलाई रहस्यपूर्ण मानिएको छ । भाजपा दुई पिलर र गणतन्त्रको धारमा विभाजित भएको बुझिन्छ ।
समाचार स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको केही समय अघिको तारन्तार भारत भ्रमण र भारतको एउटा लबीद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत संयोगमात्र होइन । केही समय अघि पूर्व राजालाई भाजपका नेताहरुले पुनर्वहालीको लागि तत्कालै जनमत नभएको र जनमत जुट्न अझै केही वर्ष लाग्न सक्ने जवाफ दिएको समाचार आएको थियो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका व्यवस्था संविधानमा राख्ने र पूर्वराजा शाहलाई राष्ट्रपतिको उम्मेदवार बनाएर चुनाव जिताउने रणनीति नेताहरुले बनाएको बुझिएको छ ।
पूर्व राजा शाह र पूर्व युवराज्ञी हिमानी शाहमध्ये जसलाई अघि बढाउँदा चुनाव जित्न सजिलो हुन्छ उसैलाई अघि बढाउने रणनीति उनीहरुले बनाएको समाचार स्रोतले जनाएको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रावधान संविधानमा राखिए ज्ञानेन्द्रलाई चुनाव लडाउने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिए हिमानीलाई उम्मेदवार बनाउने रणनीति तय गरिए उनी नै अन्य उम्मेदवारभन्दा पपुलर हुने एकथरीको विश्लेषण छ ।
khabardabali बाट
आज वि.सं. २०७२ श्रावण ११ गते सोमबार तदनुसार ई. सं. २०१५ जुलाई २७ तारिख
आषाढ शुक्ल एकादशी, अनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, ब्रह्म योग, बब करण
आजको व्रत/पर्व : हरिशयनी एकादशी व्रत, तुलसी रोप्ने दिन, चतुर्मासा व्रत प्रारम्भ,
आजको मूहुर्त : गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, पुरानो घर वा डेरा सर्ने, पुराणश्रवण, दीक्षाग्रहण,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शरीरमा आलस्यले डेरा जमाउने छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
एकाबिहानै मनमा चिन्ता शंका र छटपटी सिर्जना हुनसक्छ, कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना समेत छ । बन्दव्यापारमा सोचेजस्तो लाभ प्राप्त हुन गाह्रो छ । मानसिक दबाब बढेको महसुस हुनसक्छ । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । स्वास्थ्य सबल छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । कुटुम्बले सहयोग गर्नेछन् । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । मिठो भोजनको अनुकूलता देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मिहिनेत, परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । पारिवारिक र घरायसी काममा धेरू समय व्यतीत हुनसक्छ । अध्ययन—अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन, त्यस्तै न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा भने जस्तो सफलता नमिल्ला । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवाद वा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । व्यवसायिक जीवन यथावत रहने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
एकाबिहानै मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग र सुझाव प्राप्त होला । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सामान्यतया  करेला, जामुन, भिंडीहरुलाई  मधुमेह नियन्त्रण गर्नको लागि घरेलु औषधीको रुपमा प्रयोग गर्ने गरिएको छ।

तर यी बाहेक चिजहरुलाई पनि मधुमेह नियन्त्रणका लागि घरेलु औषधीहरुको रुपमा प्रयोग गर्न सकिन्छ।

आफ्नो शरिरको अवस्था र मात्रा पुर्‍याएर खानाले  यिनीहरुको वेफाइदा नहुने चिकित्सकहरु बताउँछन्।

मधमेह नियन्त्रणका लागि तल उल्लेखित चिजहरुलाई प्रयोग गर्न सकिन्छ।

–रातभरी पानीमा भिजाइएका मेथीका केही दानाहरुलाई बिहान एक गिलास पानीसँग मिसाएर खाने

–अमलाको जुस, तुलसीको पात वा रस

–आलसको धुलोलाई बिहान खाली पेटमा खाने

–प्रत्येक दिन खानासँग १ ग्राम दालचिनी खाने

–खाली पेट नीमको पात वा रस kinmel.setopati.com
 विश्व हिन्दू महासङ्घले आज आयोजना गरेको कार्यक्रममा वक्ताहरुले राजतन्त्र र हिन्दू धर्मको निर्णय जनमत सङ्ग्रहको माध्यमबाट गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालको प्रस्तावित संविधान र हिन्दू अधिराज्य विषयक विचारगोष्ठीमा महासङ्घका पूर्व अध्यक्ष भरतकेशर सिंहले हिन्दूले कसैको धर्ममाथि हस्तक्षेप नगर्ने भन्दै संविधानबाट हिन्दू धर्म र राजतन्त्र हटाउनुका कारणको खोजी हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले कांग्रेसले २००७ सालदेखि नै राजतन्त्र र हिन्दू वर्ण व्यवस्थाको पक्षमा रहेको बताउँदै २०६३ को आन्दोलनमा पनि कम्युनिष्टसँग हिन्दू धर्मको पक्षमा अडान लिएको बताए ।

राप्रपाका महामन्त्री दीपक बोहराले आफ्नो पार्टी धर्मनिरपेक्षताको विरोधमा उत्रिएको जानकारी दिँदै यस विषयमा निर्णय लिन जनमतसङ्ग्रह गर्नुपर्नेमा जोड दिए ।
नेकपा–माओवादी नेता ध्रुव रुपाखेतीले सोह्रबुँदे सहमतिको आधारमा बनेको संविधानको नाटकजस्तो मस्यौदालाई आफ्नो पार्टीले मान्यता नदिने बताउँदै सर्वपक्षीय राजनीतिक सम्मेलनबाट राजनीतिक गतिरोधको अन्त्य गर्दै अग्रगामी संविधान निर्माण गर्नुपर्ने बताए ।
स्वामी कमलानयनाचार्यले हिन्दू धर्मले धैर्य र सहिष्णुताको सन्देश दिने भन्दै अरु कुनै धर्ममाथि दुःख दिने काम नगर्ने बताए ।
राजसंस्था जनता पार्टीका अध्यक्ष किशोरी महतोले राजतन्त्रको पुनःस्थापना र हिन्दू धर्मको पुनःस्थापनापछि मात्र देशमा शान्ति आउने धारणा राखे ।
काठमाडौं : मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका छोरा पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र आइतबार साँझ नर्भिक अस्पताल पुगेका छन् ।

अचानक मुटुमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरेर पेस मेकर राखिएका पारसलाई भेट्न ज्ञानेन्द्र खाना लिएर अस्पताल पुगेका हुन् ।


पारसको मुटुको अप्रेशन गरी नर्भिकका चिकित्सक रमेश रावतसहितले पेस मेकर राखेपछि उनी खतरामुक्त भइसकेका छन् ।

विरामी छोरालाई भेट्न यसअघि आइतबार दिउँसै आमा कोमल नर्भिक पुगिसकेकी थिइन् । उनी अप्रेशनपछि आराम गरिरहेका छोरालाई रुँघेर नर्भिकमै दिनभरी बसिन् ।

पत्नी हिमानी पनि कोमलसँगै पतिलाई भेट्न दिउँसै नर्भिक पुगेकी थिइन् । उनी पनि सासु कोमलसँगै पतिलाई रुँघेर दिनभर नर्भिकमै बसिन् ।

परिवारका सबै सदस्य नर्भिक पुगेपछि राति आठ बजे ज्ञानेन्द्र आफैं कार हाँकेर नर्भिक पुगेका हुन् । यसअघि पारस आइतबार मध्यान्ह १२ बजे छोरा हृदयन्द्रलाई साथमा लिएर आफैं कार हाँकी नर्भिक पुगेका थिए ।

नर्भिकका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेपछि मुटुलाई सामान्य अवस्थामा चल्न दिनका लागि पेस मेकर राख्नुपर्ने जनाएपछि आजै सानो शल्यक्रिया गरी पारसको मुटुमा पेस मेकर राखिएको हो ।

तीन वर्ष थाइल्यान्डमा बसेर नेपाल फर्केका पारसलाई पूर्वराज परिवारले पहिलो पटक भेटेका हुन् । यसअघि पारससँग उनका छोराछोरीले मात्र भेट्दै आएका थिए ।

पूर्वराज परिवारले पारस र थाई युवतीबीचको सम्बन्धलाई लिएर शंका जनाएपछि पारसले निर्मल निवासमा समेत प्रवेश पाएका थिएनन् ।

यसअघि थाइल्यान्डमा बस्ने क्रममा पनि पारसलाई हृदयघात भएको थियो । हृदयघातको लामो उपचारपछि मात्रै पारस सन्चो भएका थिए ।
annapurnapost.com
काठमाडौं, १० साउन । सुनमा घटिरहेको भाउ देखेर यदि सुन किन्ने योजनामा हुनुहुन्छ भने केही समय अझै धर्य गर्नुहोस् । विशेषज्ञहरु भन्छन्- सुनको भाउ एक महिनाभित्र तोलको २३ हजारमा झर्न सक्छ । विश्लेषकहरुले यो धारणा सार्वजनिक गरेका हुन् । जसमा व्यापारीहरु पनि भन्छन् कि सुनको भाउ अझै घट्छ । उनीहरु भन्छन्-फेडरल रिजर्व ब्याजको दर बढ्ने सम्भावना बोलियो भएकाले भएकाले अमेरिकी डलरका कारण सुनको भाउ अझै घट्छ ।

सुनचाँदीका गहनाबारे चाँसो राख्ने कमट्रेंड्ज रिसर्चका डायरेक्टर ज्ञानशेखर त्यागराजनले भने-‘सुनको भाउ सुस्त छ । यो दर एक हप्तादेखि एक महिनाभित्र घटेर तोलाको २३ हजार देखि २३ हजार ५०० रुपैयाँ सम्म पुग्छ । उनको भनाई अनुसार भदौ महिना सुनको २३ देखि २५ हजारसम्म पुग्ने छ । तर, त्यसका लागि फेडरल रिजर्व बैंकले ब्याजको दर बढाउनुपर्छ । जुन एकदमै सम्भावनायुक्त छ । व्याजदर जति बढाएपनि सुनलाई केही असर गर्नेछैन् ।’
फेडरल रिजर्व बैंकको निर्णयसँगै नेपालमा पनि सुनको भाउ २५ देखि ३० हजारसम्म पुग्ने उनले बताए । अमेरिकी फेडरल रिजर्वद्वारा ब्याजको दरमा बढ़ोत्तरी गर्ने तयारी भइरहेको छ । यसमा अन्तिम निर्णय आउनेवित्तिकै बाजारमा भारती गिरावट आउने छ । त्यागराजन भन्छन्-‘यो एक हप्तादेखि आउँदो महिनासम्म अन्तर्राट्रिय बजारमा सुनको भाउ तोलाको १ हजार २० डलर हुनेछ । यो एक हजार डलर भन्दा तल पनि झर्न सक्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव दियेशरन्त शाक्यले पनि अन्तर्राष्ट्रिय बजारको भाउ घटेमा नेपालमा भदौं महिनासम्म सुनको भाउ ३० हजारमा झर्न सक्ने सम्भावना रहेको बताउँछन् ।
उनका अनुसार शनिवार नेपालमा सुन ४७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । यो पाँच वर्ष यताकै सस्तो हो ।
उनका अनुसार चीनमा आर्थिक संकटबाट माथि उठ्न आफ्नो भण्डारबाट सुन बेचिरहेको छ । जसले पनि सुनको भाउ अझै घटेर तोलाको ३० हजारमा झर्न सक्छ ।
एजेन्सी । यौनजीवनमा बढीभन्दा बढी आनन्द लिन मानिसहरु खोजिरहेका हुन्छन् । तर, धेरै कुरा थाहा नहुँदा त्यो पाउन सकिराखेका छैनन् । जीवनमा यौन सम्पर्क राख्ने धेरै प्रकारका तरिका छन् जसले सेक्सलाई ‘सुपर सेक्स’ बनाउछ । तर त्यसबारेमा थाहा पाउन जरुरी हुन्छ ।
एक अनुसन्धानअनुसार यौनको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक छ । ‘क्यानेडियन जर्नल अफ ह्युमेन सेक्सुवालिटी’मा प्रकाशित अनुसन्धानअनुसार ग्रेट सेक्स’ का लागि यौनपार्टनरसँग मानसिक रुपमा तालमेलको जरुरी छ । दुवैबीच संवादको समेत एकरुपता आवश्यक पर्छ । एक आपसमा आ–आफ्नो उपस्थिति दर्ज गराउनु सुपर सेक्सका अर्को सूत्र हो ।
अनुसन्धानमा भनिएको छ, ‘सँगै हुँदा हरेक क्षण पूर्ण रूपमा रमाइलो तरिकाले जिउने प्रयास गर्नुपर्छ ।’ दुबैले आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यानोपनलाई कायम राख्नु आवश्यक हुन्छ । अन्तरंगता अर्को मुख्य सूत्र हो । अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीब्र वृद्धि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव समेत जाग्रित हुन्छ । सँगै एक–अर्काप्रति वास्तविक र स्वाभाविक यौन चाहना उत्पन्न हुन्छ । अनुसन्धानअनुसार यौन क्रियाका लागि एक–अर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्वपूर्ण हुँदैन ।
यद्यपि यौन क्रियाक्लपामा जुट्नुअघि अतिरिक्त संवाद र एक–अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ । संवाद बोली वा सांकेतिक रुपमा हुन सक्छ । सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै एक–अर्काप्रतिको समर्पण अझ महत्वपूर्ण कुरा हो । यदि जोडीहरू मानसिक र शारीरिक रूपमा यसका लागि तयार हुन्छन् भने उनीहरू राम्रो यौनको अनुभव गर्छन् । जोडीहरूले यो कोसिस गर्नुपर्छ कि आफ्नो साथीलाई परमानन्दको सुख दिने होइन, दुइटैले कसरी आनन्द लिने । अनुसन्धानले ‘स्वस्थ यौन’ एक प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई विवाहित दम्पती, प्रेमजोडीले अनुभव गर्न सक्छन् । बुझ्नैपर्ने कुरा के हो भने यौनका लागि तयार हुनु युद्ध लड्नु होइन, यो समर्पण हो ।
दुवैलाई एकअर्कालाईै पूर्ण रुपमा सुम्पिनुपर्छ, जसले गर्दा अनुकुल तरिका र आसल अपनाएर साथीले दोहोरो यौन सन्तुष्टि सिर्जना गर्न सकोस् । बिहे भएका ६० वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा सहभागी थिए । अनुसन्धानमा भाग लिएका जोडीलाई भावनात्मक रूपले मुक्त गरिएको थियो । अनुसन्धानको समय यो देखियो कि जसले निःस्वार्थ रूपले अनुसन्धानमा भाग लिए उनीहरूमध्ये यौनको समय कुनै पनि सम्बन्ध तोड्नेजस्तो स्थिति उत्पन्न भएन । उनीहरूले अति आनन्ददायक यौनको अनुभव गरे ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
हत्या अभियोगमा तीनजना पक्राउ
गुल्मी : गुल्मीको पिपलधारा गाविसमा दुई व्यक्तिको हत्या अभियोगमा तीनजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पिपलधारा गाविस–८ निवासी ४४ वर्षीय नारायण मुखिया, २१ वर्षीय बासुदेव जिसी र सोही गाविस ५ निवासी ४० वर्षीय बिष्णुबहादुर मुखिया रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरुले  गत बिहीबार सोही गाविस–८ निवासी ३८ वर्षीय बेलवहादुर मुखिया र १८ वर्षीया सीता मुखियालाई हत्या गरेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले युवाहरुसहित आइतबार घटना विवरण सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पतिसँग अलग भएर माइत बस्दै आएकी सीतासँग सुतिरहेका बेलवहादुरलाई उनका दाजु नारायणले चिर्पटले हानी हत्या गरेका खुलेको छ ।

त्यसपछि सीतालाई मुख छोपी उनकै चुन्नीले घाँटी थिचेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

दुबैको एकै ठाउँमा हत्या गरेपछि घटना लुकाउन सीतालाई खनियाँको रुखमा चुन्नीको पासो लगाई झुण्डाइएको थियो । बेलबहादुरको शव भने सोही रुखमुनि फालिएको अवस्थामा फेला पारिएको थियो ।

प्रहरीले घटनाका मुख्य अभियुक्त मृतक बेलबहादुरका सहोदर दाजु नारायण मुखिया रहेको हुनसक्ने जनाएको छ  ।
दाजुभाइबीच सम्वन्ध राम्रो नभएकाले पटक पटक झगडा हुने गरेको बताइएको छ । पक्राउ परेका तीनै अभियुक्तलाई हिरासतमा राखी घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताए ।
www.annapurnapost.com
काठमाडौं, १० साउन । गुगल व्वाइको उपाधि पाएका आदित्य दाहाल अहिले उपचारका क्रममा अमेरिकामा छन् ।
शारीरिक रुपमा अशक्त आदित्य नेपाल र भारतमा उपचार हुन नसकेपछि आफैले रोजको क्यालिफोर्नियाको स्टेनफोर्ड हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका विहीबार अमेरिका उडेका हुन् ।
अमेरिका जानुअघि उनले उपचारका लागि नेपालीहरुबाट टाढा जाँदा दुःख लागेको भन्दै फर्की आउँदा देशमा दिगो शान्ति सहित क्रान्तिकारी अमूल परिवर्तन हुने विश्वास लिएको आफ्ना शुभचिन्तकलाई सन्देश लेखेका थिए । उनी रुँदै अमेरिका उडेका थिए ।
बोल्न, हिँड्न नसक्ने उनले लेखेरै शुभचिन्तकलाई सन्देश दिए । आदित्यको जन्म २०६७ साउन ७ गते भएको थियो । जन्मिएको तीन वर्षसम्म स्वस्थ अरु बच्चा जस्तै हुर्कीबढिरहेका आदित्यले त्यसपछि आफ्नो बोली र स्वस्थ शरीर गुमाए । उनी बोल्न र हिडडुल गर्न नसक्ने भए ।

बोल्न र हिडडुल गर्न नसक्ने भएपछि घरमा हेरचाह गरी राखिएका आदित्यमा २०७१ साल असार २५ गते ११ महिनापछि असाधारण शक्ति प्रकट भयो । जसरी भगवानमा प्रकट हुन्छ । आधारण शक्ति पाएका आदित्यले त्यो दिनलाई निंद्राबाट ब्यूझिउन सफल भएको आफैले भनेका छन् ।
मानव चोलामा ५ वर्षसम्म बालकले न राम्रोसंग बोल्न सकेको हुन्छ, न त खान नै तर, आदित्य पाँच वर्षकै उमेरमा भगवान गौतम बुद्ध जस्तै विद्धान छन् । जसरी एउटा ऋषिमुनीले तपस्या गरी भगवानबाट आर्जन गरेको शक्ति हुन्छ त्यसरी नै आदित्यको शक्ति कुनै भगवान भन्दा कम छैन् भन्ने कुरा उनका स्वभावले देखाइसकेको छ ।
स्कुलमा क पनि नपढेका पाँच वर्षिय बालक आदित्य विश्वका जुनसुकै भाषामा पनि जवाफ फर्काउने, भूत, वर्तमान र भविष्यबारे विश्वसनीय ढंगले बताउने आसाधारण शक्ति उनमा छ ।
के उनी भगवान हुन् त ?
असाधारण शक्ति पाएको एक वर्षमै आदित्यले भगवानको जस्तै थुप्रै अर्ति उपदेश दिएका छन् । नेताहरुलाई मार्गदर्शन बाटोमा लाग्न सुझाव दिएका छन् । उनले दिएका उपदेशहरु यस्ता छन् ।

कुकर्म गरि याचनाका लागि ईश्वर खोज्दै हिंडेको देख्दा दया जाग्छ, सत्कर्म गरी परमात्मालाई आफ्नै हृदयमा सजाउन सकिन्छ ।
धन प्राप्तीमा भन्दा ज्ञान प्राप्तीमा समय व्यतित गरौं ।
लोभ र मोह त्याग, मेरो होइन हाम्रो भन, प्राप्तीमा होइन कर्ममा बिश्वास गर, दया र धर्म नछोड ।
अरुको सेवामा आफूलाई समर्पित गर ।
भक्ति गरौ, श्रद्धा गरौं,हृदयमा करुणामय प्रेम श्रृजना गरी एकचोटी आफ्नो मुल्यांकन आफैं गरी हेरौं, आफूलाइ परमात्माको सानिध्यमा अवश्य पाउने छौं ।
बाध्यताभित्र लुकेको यथार्थ सत्य नबुझी मनोभावनाका भरमा कोही कसैलाई कहिल्यै शंका नगर्नु । हिड्ँन र बोल्न नसक्ने आदित्यले लेखेर दिएका यी सुझाव कुनै विद्धानले दिएको भन्दा कम छैन् । यसले पनि आदित्यलाई भगवानको रुपमा चित्रण गर्न सक्छ ।
उनले देशमा जारी घटनाक्रमबारे पनि लेखेरै थुप्रै उपदेश दिएका छन् । यस्ता छन् देशका लागि दिएका उपदेश :

देशको विडम्बना स्रोत र साधनको अभावमा मुकदर्शक बनेको राज्यको लाचारता देख्दा मन रुन्छ नेपालीको ।
दाताहरुबाट प्राप्त सहयोगलाइ सही सदुपयोग गरि असहाय जनतालाइ न्याय दिने चुनौति सहितको जिम्मेवारी राज्यको काँधमा आएको छ । ध्यान पुगोस ।
आर्थिक प्रगतीका सम्भावनालार्इ पहिचान गरी सदुपयोग नगर्दा राष्ट्र गरिबीको चक्रभित्र झन झन रुमल्लिदै छ । ध्यान पुगोस ।
गाँस बास र कपासबाट वन्चित बालबालिकाको हक अधिकार सुनिश्चित गरी व्यवहारिक कार्यान्वयन गरे राष्ट्र र नयाँ पिडीका साथ परिवर्तनतिर उन्मुख बन्न सक्छ ।
उनले केही नेताहरुलाई अचम्म पार्नेगरी पनि उपदेश दिएका छन् ।
आफ्नो घरमा भेट्न आएका नेतालाई आदित्यले आश्चर्यचकित जवाफ समेत दिए । उनले एक बर्ष अघि नै नेपालको संबिधान २०७२ मा बन्ने र नयाँ सरकारको प्रधानमन्त्री केपी ओली बन्ने आश्चर्यजनक कुरा बोलेका थिए । जून अहिले भइरहेको छ ।

त्यस्तै आदित्यले २०७१ श्रावणमै दीप कुमार उपाध्याय भारतको राजदूत बन्ने भविष्यवाणी गरेका थिए । सरकारका मुख्यसचिवदेखि प्रधानमन्त्री सम्मलाई उनले सुहाउँदो जवाफ दिएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले परिवारलाई नै बालुवाटार बोलाएर भेट्दा आदित्यले भने थिए-नआत्तिनू । यो अनिष्ट केही समयमा टर्नेछ, अनि मुलुकले काँचुली फेर्नेछ, हजूरका इच्छा पूरा हुने छ, पीएम ज्यू ।’
उनले भेट्न आउने अन्य अतिथिको पनि सजिलै जिज्ञासा मेटाउने गर्छन् । यी सबै गुणले उनलाई भगवानको रुपमा मान्न सकिने ज्योतिष वाशुदेव अधिकारी बताउँछन् । ‘बालक आफैमा शक्तिवान होइन् । यो त भगवानले आफ्ना दुतलाई दिने अद्भुत शक्ति हो । तसर्थ भगवानले आदित्यलाई आफ्नो दूतका रुपमा शक्ति दिएको जस्तो मलाई लाग्छ ।’dainiknepal.com

१० आइतबार
काठमाण्डौ । नायिका करिश्मा मानन्धर शुक्रबार प्रहरी कारबाहिमा परेकी छिन । उनलाई चावहिल चोकमा ड्युटिमा रहेको ट्राफिक प्रहरीले गाडि चलाउदै फोनमा बोलेको भन्दै कारबाही गरेको हो ।


सो क्रममा करिश्माको टीम र प्रहरीबीच केहि विवादसमेत भएको थियो । प्रहरीले करिश्माको लाइसेन्स् खोसेको बताइएको छ । करिश्माले भने आफु फोनमा कुरा नगरेको बताइन ।

सँगै रहेकी निर्देशक सम्झना रौनियारले आफुलाई हातमा फोन दिदै गर्दा प्रहरीले रोकेको उनको भनाई छ । करिस्मा एनएफडिसी अवार्डको प्रमाण पत्र बितरण समारोहमा भाग लिन त्यसतर्फ जादै थिइन् खबर नमस्ते फिल्मीले लेखेको छ
दुधले हाम्रो स्वास्थ्यमा धेरै नै फाइदा पुर्याउने गर्दछ । र यसले मष्तिष्कलाई पनि निकै फाइदा गर्दछ । यदी हामी दैनिक रुपले एक गिलास दुध पिउछौ भने यसले हाम्रो मष्तिष्कलाई निकै फाइदा पुर्याउछ ।

तर, यदी दुधको दुरुपयोग अर्थात् दुधको प्रयोग गर्दा केहि कुरामा ध्यान दिईएन भने दुधले फाइदा भन्दा बेफाइदा धेरै गर्ने सम्भावना बढी हुन्छ । दुधको प्रयोग कुन–कुन अबस्थामा गर्नुहुदैन त्यो तलका बुदाहरुमा खुलाइएको छ ।

दुध खान नहुने केहि अवस्थाहरु यस प्रकार छन् –

– दुधसँग नुन र करेला कहिल्यै पनि खानु हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्ने गर्दछ ।

– दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थहरु पनि सेवन गर्नु हुँदैन । यी चीजहरु दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर गर्ने गर्दछ । यसरी दुध सेवन गर्दा छालामा समस्या देखिन सक्छ ।

– दुध खान साथ दहि कहिल्यै पनि पिउनु हुदिन । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुने गर्दछ ।

– दुधसँग कागती लिनु पनि निकै हानिकारक नै हन्छ । त्यसैले दुधसँग कागती भुलेर पनि नखाऔ ।
–दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले पनि छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

–सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो–तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।
एजेन्सी : जापानको राजधानी टोक्योमा आइतबार बिहानै एउटा सानो हवाइजहाज दुर्घटनामा परेको छ । टोक्योको बाक्लो बस्तीमाझ पाँच सिटे जहाज खसेर भएको दुर्घटनामा कम्तिमा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा जहाजका तथा बस्तीमा थप ५ जना मानिस गम्भीर घाइते भए । स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज खसेको स्थानमा तीनवटा घर र कारमा पनि आगो लागेको थियो ।


जापानस्थित पब्लिक ब्रोडकास्टर एनएचकेको रिपोर्ट अनुसार पाँच सिटे जहाज दुर्घटना हुनुअघि टोक्योको चोफु एयरपोर्टबाट उडेको थियो ।

दुर्घटना एयरपोर्टबाट ५ सय मिटरको दुरीमा भएको हो । टोक्यो फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा तीन यात्रुको निधन भएको छ ।

दुर्घटनामा दुर्इजना जहाजका यात्रु र एक जमिनमा रहेकी महिला रहेकी छन् । पाँचजना घाइतेहरुको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनामा परेको जहाजमा कति यात्रु थिए भन्ने अझै एकिन भएको छैन । दुर्घटनाको कारण पनि खुल्न नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँदिल्ली, श्रावण १० - दिल्ली विमानस्थल हुँदै खाडी मुलुकको दुबई लगायत सहरमा लैजान लागिएका २१ नेपाली युवतीलाई महिपालपुर क्षेत्रका होटलबाट छापा मारेर पक्राउ गरिएको छ ।

अनाधिकृत कागजातका भरमा गत सोमबार र मंगलबार दुबई उड्न लागेका ७ जना नेपाली युवतीले दिएको सूचनाका आधारमा थप २१ जनालाई शनिबार पक्राउ गरिएको हो ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले पक्राउ गरिएका युवतीलाई तत्काल अध्यागमन थुनामा राखिएको र उनीहरुलाई दिल्लीस्थित नारी निकेतन केन्द्रको जिम्मा लगाइने जनाएको छ । पक्राउ पर्नेमा केहीको दुबईको टुरिस्ट भिसा रहेको र केहीको कामदार भिसा भएपनि श्रम स्टिकर नलगाइएकै अवस्थामा ‘सेटिङ’बाट बाहिर लैजान लागिएको स्रोतले जनाएको छ ।

२१ मध्ये अधिकांशलाई महिपालपुरको श्रीराम होटलबाट र केहीलाई निजी फ्ल्याटजस्तो सुरक्षित केन्द्रबाट प्रहरीले छापा मारेर पक्राउ गरेको थियो । युवतीसँगै विष्णु तामाङ र दयाराम भन्ने नेपाली एजेन्ट समेत पक्राउ गरिएको र उनीहरुलाई अनुसन्धानका लागि थुनामा राखिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलका डिपुटी कमिनसर(डीसीपी) एमआइ हैदरले मिडियालाई दिएको जानकारीमा २५ देखि ३३ वर्षबीचका नेपाली युवतीहरु मानव तस्करीको फन्दामा परेर दुबई लैजाने अन्तिम तयारीका लागि महिपालपुर क्षेत्रमा राखिएका थिए । यअसघि अघिल्लो साता पक्राउ परेका ७ जना नेपाली युवतीबाट थप गिरोहबारे सूचना मिलेको र पक्राउ परेका युवतीको ‘एफआइआर’ दर्ता भइसकेको जनाइएको छ ।

पक्राउ परेका युवती ओसारपसारमा संलग्न एजेन्टले नक्कली यात्रा अनुमती पत्र र कागजातका भरमा धेरै युवतीलाई खाडी मुलुकमा पठाइ सकिएको बयान प्रहरीलाई दिएको समाचारमा उल्लेख छ । उनीहरुले जनही युवतीबापत कमिसन स्वरुप कम्तीमा ५ हजार भारु लिने गरेको स्वीकारेका छन् ।

दिल्लीमा पक्राउ परेका युवतीमध्ये अधिकांश नेपाल–भारतका विभिन्न रुटमा चल्ने बससेवाबाट दिल्ली उत्रिएको प्रमाण पाइएको छ । नेपाल–भारत सीमावर्ती नाका कृष्णनगरस्थित शान्ती पुनर्स्थापना गृहका संयोजक भुमीराज भट्टराईका अनुसार पछिल्लो एक महिनामा कुबेत, दुबई, तुर्किस्तान, कुर्दिस्तान(इराक) लैजाने भनेर नियमित बस सेवाबाट दिल्ली लगिँदै गरेका एक दर्जनभन्दा बढी युवतीलाई नाकामा पक्राउ गरिएको थियो ।

स्थानीय केआइ नेपाल, पुनर्स्थापना गृहलगायतका संस्थाले प्रहरी–प्रशासनको सहयोगमा पक्राउ गरिएका ती युवतीहरु मानव तस्करीको फन्दामा परेको प्रमाण आफूले पाएर अहिले जिल्लामा एजेन्टहरु बिरुद्ध मुद्धा चलिरहेको जानकारी गराए । उनका अनुसार गत शुक्रबार बुटवलबाट आएको सिता ट्राभल्समा कुवेत लैजाने भन्दै अनाधिकृत कागजातका भरमा दुई युवतीलाई दिल्ली लैजाँदै गरेको र गत असार २८ मा मोडवेज ट्राभल्सबाट आएका तीन युवतीलाई पनि कुवेत र तुर्किस्तान लगिँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । 'बस सेवामा हुन नसकेको नियमित निगरानी र स्पष्ट पहिचान पत्रको आधारबिनै आवातजावत गर्न दिइने प्रावधानले आँखै सामु भैरहेको महिला ओसारपसारमा पनि सधैँ रोकथाम वा कारबाहीमा जान सकिएको स्थिति छैन,’ भट्टराईले भने ।

टुरिष्ट भिसाबाहेकको हकमा दिल्ली वा भारतको कुनै विमानस्थलबाट बाहिरी मुलुकमा उड्नुपर्दा नेपाली दुतावासको ‘नो अब्जेक्सन लेटर’ आवश्यक पर्ने नियम रहेपनि यो प्रबन्धबाहेक सेटिङका भरमा युवती ओसारपसार भैरहेको गुनासो दूतावासमा आउने गरेको छ । तर, दूतावासले पनि दिल्ली केन्द्रमा दोहोरिँदै भइरहेका नेपाली युवती ओसारपसार एवं मानव तस्करीका घटनाहरुमा निगरानी तथा अनुगमनको संयन्त्र स्थापना गर्न सकेको छैन ।

शनिबार पक्राउ परेका २१ नेपाली युवतीको स्थिति र कारबाहीको प्रक्रियाबारे दूतावासले जानकारी लिने सक्रियता देखाएपनि थप विवरण आउन सकेको छैन । दिल्लीको पहाडगन्ज र महिपालपुर क्षेत्रमा रहेका अधिकांश होटलहरुमा हुने संदिग्ध गतिविधि र यही क्षेत्र हुँदै हुने गरेको मानव बेचबिखन तथा ओसारपसारका घटनाका कारण स्थानीय प्रहरीले कडा निगरानी बढाएको छ ।

गत साता दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जान लागेका ७ नेपाली युवतीलाई उनीहरुसँग भेटिएको नक्कली राहदानी तथा कागजातका आधारमा पक्राउ गर्दै अध्यागमन विभागलाई जिम्मा लगाइएको थियो ।

एयर इन्डियाको नियमित उडानबाट अहमदाबाद हुँदै गत सोमबार बिहान दिल्ली उत्रिएका तीन युवतीको संदिग्ध चहलपहलबाट स्थानीय प्रहरीले सोधपुछ अघि बढाएको थियो । सोधपुछमा परेका युवतीको बयानबाट मंगलबार बिहान अरु ४ युवती पक्राउ परेका थिए ।

नेपाल घर बताउने पुजा तामाङ(२०), मालती राई(२६), लक्ष्मी राई(४१), कृष्णादेवी(२९), उमा भुजेल(३१), शर्मिला थापा(२३) र शोभाकुमारी परियार(२८) छन् । प्रहरी स्रोतका अनुसार एयर इन्डियाका ड्युटी म्यानेजर कपिल र ग्राहक सेवा प्रदायक मनिषको सहयोगमा नेपाली युवतीलाई दुबई उड्ने प्रबन्ध मिलाइएकाले यी दुबै कर्मचारी समेत पक्राउ परेका छन् ।www.ekantipur.com
काठमाडौं, साउन १० - ललितपुरको पुल्चोकमा भएको  दुर्घटनामा एक जनाको ज्यान गएको छ । आइतबार बिहान स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा काठमाडौं कालिधारा घर भै कुपण्डोल बस्ने इभान अमात्यको ज्यान गएको प्रहरीले जनाएको छ ।

बा १ ख ३०५० नम्बरको ज्ञानोदय स्कुलको बसले बा ५६ प ९५९ नम्बरको स्कुटीलाई आइतबार बिहान साढे ७ बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका अमात्यको उपचारका क्रममा अल्का अस्पताल जावलाखेलमा ज्यान गएको प्रहरीले जनाएको छ ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home