• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
दाङ । सशस्त्र प्रहरी हवल्दार शान्त बहादुर खत्रीले आफनो श्रीमतीलाई कुटपिट गरेका छन् ।
उग्रतारा गण कैलालीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार खत्रीले आफ्नै श्रीमती पवित्रा खत्रीलाई घर देखी नजिकै रहेको जंगलमा लगेर कुटपिट निर्घात कुट्पिट गरेका हुन् ।
श्रीमतीलाई कुटपिट गरी हत्या प्रयास गरेको अभियोगमा हवल्दार शान्त बहादुर लाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित पवित्रालाई नजिकेको जंगलमा लगेर कुटपिट गरेको अवस्थामा स्थानीयले देखेपछि बचाएका थिए।
अनुहारमा गम्भीर चोट लागेकी पवित्राको जिल्ला अस्पताल बदिर्यामा उपचार भईरहेको छ।
यस सम्बन्धमा प्रहरीले हवल्दार खत्रीलाई  प्रहरीले पक्राउ  गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
काठमाडौं, १६ असार । नेपालमा बुधबार फेरि भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ९ बजेर १२ मिनेटमा दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको छ ।
केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ दशमलब २ रेक्टर स्केलको हो । यसअघि हिजो दिउँसो सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का महसुस गरिएको थियो ।

काठमाण्डु, १६ असार– ‘तिमी यो दूनियाँको सबभन्दा बेबकुफ ! तिम्रो त मुख पनि हेर्न मन थिएन । तर दुर्भाग्य आजै हेर्नु पर्यो ।’ हुँदाहुँदै ती अधवैशेलाई मुखै छाडे,‘तिमी के को आसमा त्यो….को तलुवा चाट्न पुग्यौं ?
मध्यरात मदिराले झुम भएपछि सञ्चारमन्त्री मीनेन्द्र रिजालले यस्तो तमासा देखाएका हुन्, धुलिखेलमा । सबको सामु उनको गाली खाँदै थिए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पीताम्बर शर्मा ।
धुलिखेल रिसोर्टमा केही साता अघि स्थानीय विकास मन्त्रालयले एउटा कार्यक्रमको  आयोजना गरेको थियो, ‘संघीयतापछिको स्थानीय संरचना’ सम्बन्धि । विभागीय मन्त्री प्रकाशमान स्रिंंह अनुपस्ति भएपछि सञ्चारमन्त्री प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । उनीसँगै अतिथिका रुमा एमाले मुख्य सचेतक अग्नी खरेल थिए ।
त्यो कार्यक्रममा पीताम्बरले स्थानीय निकाय पहिचानसहितको हुनु पर्नेभन्दै आफ्नो कुरा राखेका थिए । एमाले छाडेर एमाओवादीमा प्रवेश गरेर योजना आयोगको उपाध्यक्ष हत्याएपछि पहिचानको कुरा झिकेर भएको सहमति भाडँड्न खोजेको भन्दै मीनेन्द्र रिजालले उनलाई हप्काएका थिए ।
–जनआश्था साप्ताहिकबाट
kathmandutoday.com
गर्मी सँग सँगै घामको ताप पनि बढेको छ। घामले छाला डढाउने हुदाँ त्यसलाई रोक्ने भन्दै बजारमा विभिन्न सनब्लक क्रिमहरु छ्यापछ्याप्ति पाइन्छ। घामबाट आउने हानिकारक किरणहरुबाट बच्नका लागि सनब्लकको प्रयोग अति आवश्यक मानिन्छ। घरबाट बाहिर निस्किदा मात्र होइन घर भित्र बस्दा समेत सनब्लक प्रयोग गर्न जरुरी रहेको चिकित्सकहरु बताउँछन्।



नियमित रुपमा सनब्लकको प्रयोग गर्नाले मुहारमा आउने अनावश्यक चाउरीपनालाई हटाउने उनीहरुको दाबी छ। धुलोमा हिडँदा अनुहार चिलाउने समस्या छ भने पनि त्यसलाइ सन ब्लकले हटाउने चिकित्सकहरुको तर्क छ।
उमेर अनुसार प्रयोग गर्ने विभिन्न कम्पनीका सनब्लकहरु अहिले बजारमा उपलब्ध छन्। विशेषगरी नेपालमा भारतीयसाथै चाइनिज फिलिपियन्स,कोरियन सन ब्लक पाइने व्यापारीहरुले जानकारी दिएका छन् ।
नेपालमा पनि सनब्लक बन्ने कम्पनीहरु छन्। नेपालमै बनेका सनब्लकहरु अन्यको तुलनामा सस्तो हुने लगनखेलका व्यापारी दिपेन्द्र कुशवाहले बताए। नेपाली कम्पनीले १ सय ५० देखि ४ सयसम्म पर्ने सनब्लक उत्पादन गर्छन। हाल बजारमा ७० रुपैँया देखि ३५ सयसम्मका सनब्लकहरु आएका छन्।

पपैया, एलोभेरा, विभिन्न फलफुल र हर्र्बका सनब्लकहरुले छालालाई क्यान्सरबाट बचाउँन सहयोग गर्छन। सनब्लकको एसपिएफ प्लस जति बढी भयो त्यति महँगो हुने चिकित्सकहरुले बताए ।  विशेषगरी कोरियन र भारतीय  सनब्लकहरु नेपालमा बढी बिक्रि हुने गर्छन।

धेरै मानिसहरुको रोजाइमा हर्बलका उत्पादनहरु पर्ने गरेको व्यापारीहरु बताउँछन्। आफूहरुले छालाको प्रकार हेरेर सन ब्लक बेच्ने गरेको व्यापारीले बताए। किन्न आउनेहरु पनि आफ्नो छाला चिल्लो,सुख्खा र सामान्य के छ त्यही अनुसार माग्ने गरेको न्युरोडका अर्का व्यापारी संजय शाहले बताए।

सनब्लक किन्नु अघि त्यसको अन्तिम मिति हेरेर मात्र किन्नु पर्छ।  प्रयोग गर्ने मिति सकिएको सनबल्क प्रयोग गर्दा छालामा बिभिन्न प्रकारका रोगहरु देखा पर्न सक्छन्।  सस्ता खालका सनब्लकहरुले केही घन्टा मात्र काम गर्छन।

महँगो सनब्लकले धेरै समयसम्म मुहारलाई मुलायम र चम्किलो बनाइ राख्ने चिकित्सकहरु बताउँछन् ।  छालामा देखिने अनावश्यक समस्याहरुबाट बच्नको लागि सनब्लक निकै प्रभावकारी मानिन्छ ।

जुनसुकै केमिकल प्रयोग गरेको फेसियल क्रिम(सनब्लक) प्रयोग गर्दा छालामा भने केही नै केही साईड असर भने गरेको नै हुन्छ।  तर बजारमा बाहिर आएको हल्ला जस्तो छालामा क्यान्सर भने विरानै मात्रामा हुने वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर सञ्जु बाबु श्रेष्ठले बताए।

सनब्लकको प्रयोग गर्दा घामले गर्दा हुने एलर्जी, चायाँपोतो, कालो दाग, तिलकोठीबाट बच्नको लागि यसको प्रयोग गर्नुपर्छ। यसको प्रयोग गर्दा यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ।
कालोपनको नियन्त्रणको लागि पनि यसको प्रयोग गर्न मिल्ने श्रेष्ठले बताए।

साथै यसको प्रयोगबाट अनुहार रातो हुने, फोका उठ्ने, एलर्जी हुने, आगोले पालेको जस्तो हुने र अनुहारले सनब्लकको म्याच गरेन भने डन्डीफोर बढी आउने र अनुहार नै बिग्रन सक्ने श्रेष्ठले बताए।

त्यसैले चिकित्सकको सुझावका आधारमा मात्र सन ब्लक प्रयोग गर्न पनि डाक्टर श्रेष्ठले सुझाव दिएका छन्।
१६ असार, काठमाडौं । यो कुनै चलचित्रको सुटिङ होइन । तस्वीरमा देखिएका हिलाम्मे ह्याट लगाएर महिलालाई अंगालो हाल्ने ब्यक्ति कुनै भिलेन पनि होइन् ।





उनी त नेपाल सरकारको कृषि मन्त्री हरिप्रसाद पराजुली हुन् । कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएका हुन् ।
बिहान ११ बजे उद्घाटनका लागि बोलाए पनि मन्त्री पराजुली ३ बजे पुगेका थिए । झण्डै १५ मिनेट भाषण गरेपछि मन्त्री हिलो खेतमा परे । धान दिवसको अबसरमा मन्त्री नै हिलोमा पसेर रोपाइँ गर्नु राम्रो हो ।

तर, मन्त्री पुराजुलीले सबै सीमा नाघे । रोपाइँमा रमाइलो गर्ने नाममा उनी कार्यक्रममा सहभागी महिलाहरूलार्इ जबरजस्ती अंगालो हाल्न पुगे । उनी अगाडि देख्ने महिलालार्इ जबरजस्ती अंगालो हाल्थे र पूर्व चिनजान भएको दाबी गर्थे ।
मन्त्रीले अश्लिल हर्कत गरेपछि महिलाहरू भने रिसाए । अनिच्छापूर्बक अंगालो मारिरहेपछि एक महिलाले फुत्किएर धारे हात लगाउँदै कस्तो सोमत नभएको भन्दै गाली समेत गरेका छन् ।तस्वीरः शब्भु दंगालको फेसबुकबाट साभार
www.onlinekhabar.com
काठमाडौँ, १५ असार । नेपालको नयाँ संविधानको मस्यौदा पेश गरिएको छ ।
संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मंगलबार राति बसेको बैठकमा ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा प्रतिवेदन, पेस गर्नुभएको हो ।
संविधानसभाको बैठकमा उहाँले केही दलको फरक मतसहितको मस्यौदा पेस गर्नुभएको हो । दलहरुबीच मस्यौदामा सहमति जुट्न नसक्दा अपराह्न ३ बजेका लागि निर्धारित बैठक राति ८ बजे सुरु भएको थियोे ।
के-के छन् विशेषता ?

संविधानसभाको आजको बैठकमा प्रस्तुत संविधानको प्रारम्भिक मस्यौदामा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने’ लक्ष्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।
संविधानसभाको मस्यौदा समितिले ३७ भाग, २९६ धारा र सात अनुसूची समेटिएको मस्यौदा तयार पारेको हो । नयाँ संविधानको मस्यौदाको प्रस्तावनामा ‘सार्वभौमसत्ता सम्पन्न नेपाली जनतास नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरिएको’ उल्लेख छ ।

यस्तै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं सहिद तथा बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्ने उल्लेख गरिएको छ ।
मस्यौदाको प्रस्तावनामा भनिएको छ, “सामन्ती, निरङ्कुश, केन्द्रीकृत, एकात्मक र राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दैस बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको” छ ।
नागरिकता
नागरिकताबाट कुनै पनि नागरिक वञ्चित नगरिने प्रस्ताव गर्दै मस्यौदामा ‘वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता’ व्यवस्था गएिको छ । प्रत्येक नागरिकलाई निजको आमा वा बाबुको वंशको आधारमा लैङ्गिक पहिचानसहितको नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिनेछ ।
शासकीय स्वरुप
देशको शासकीय स्वरुप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ ।
नेपालको कार्यकारिणी अधिकार संविधान र कानुनबमोजिम मन्त्रिपरिषद्मा निहित हुनेछ नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा मन्त्रिपरिषद्मा हुनेछ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक व्यवस्थापिका हुनेछ जसलाई सङ्घीय संसद भनिने छ ।
राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ । नेपालको राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले यस संविधानबमोजिम गर्नेछन् ।
पहिचानका जातीय/समुदाय, भाषिक, सांस्कृतिक, भौगोलिक÷क्षेत्रगत निरन्तरता एवं ऐतिहासिक निरन्तरता र सामाथ्र्यका आर्थिक अन्तरसम्बन्ध र सामथ्र्यता, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक साधन र स्रोतको उपलब्धता र प्रशासनिक सुगमताका आधारमा नेपालमा आठ प्रदेश रहने छन् । प्रदेशको सीमाङ्कन सम्बन्धी सुझाव दिन नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्नेछ । त्यस्तो आयोगको कार्यकाल छ महिनाको हुनेछ ।
न्याय प्रणाली
संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका सर्वोच्च अदालत, संविधानसभा अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतहरू यस संविधानबमोजिमको न्यायपालिकाको संरचना तयार नभएसम्म कायम रहने छन् । यो संविधान प्रारम्भ हुनु अघि दायर भएका मुद्दाहरू र यो संविधान प्रारम्भ भएपछि दायर हुने मुद्दाहरू तत्तत्अदालतबाट निरूपण गर्न नयाँ संविधानले बाधा पु¥याएको मान्ने छैन ।
धार्मिक स्वतन्त्रता
प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने तथा कुनै धर्मबाट अलग रहने स्वतन्त्रता हुनेछ । प्रत्येक धार्मिक सम्प्रदायलाई कानुनबमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिकस्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । रासस
dainiknepal.com
काठमाडौं, १५ असार । भूकम्पपछि सुनको भाउमा निरन्तर गिरावट आएको छ । मंगलबार छापावाल सुन तोलाको ५१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार सुनको भाउ तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने ५१ हजार १ सय ५० रुपैयाँमा पुगेको छ । सोमबार छापावाल सुन तोलाको ५१ हजार ७ सय र तेजाबी सुन तोलाको ५१ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी प्रति तोलामा ५ रुपैयाँ घटेर मंगलबार ६ सय ८५ रुपैयाँमा  कारोवार भैरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रति तोला ६ सय ९० रुपैयाँ थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं:  हावाहुरीसहित भारी वर्षा भएपछि काठमाडौं एयरपोर्ट केही समयको लागि बन्द गरिएको छ ।

उडान र अवतरण दुवै बन्द गरिएको विमानस्थलले जनाएको छ ।  मौसम सामान्य भएपछि उडान सुचारु हुने जनाइएको छ ।

काठमाडौं अवतरण हुनुपर्ने केही जहाजलाई खराब मौसमका कारण होल्डमा राखिएको छ । कतार, इतिहाद र फ्लाई दुबई एयरलाइन्स लगायतका विमान आकासमै होल्ड गरिरहेका छन् ।
annapurnapost.com
२०७२ असार १५ मंगलवार


इस्लामाबाद: पूर्वी र उत्तरपश्चिमी पाकिस्तानमा मङ्गलबार भूकम्प गएको अधिकारीले जानकारी दिएका छन् ।

सो भूकम्प ५.७ रेक्टर स्केलको मापन गरिएको बताइएको छ ।

सो भूकम्प स्थानीय समयाअनुसार मङ्गलबार बिहान ३:०७ मा गएको जनाइएको छ ।

पाकिस्तानको मौसम विज्ञान सम्बन्धी विभाग  पीएमडी का अनसुार सो भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजीकिस्तानको सीमाक्षेत्रमा रहेको जनाइएको छ ।

स्थानीय टेलिभिजन च्यानल जिओकाअनुसार सो भूकम्पको कारण पूर्वी पञ्जाव, उत्तरपश्चिमी खैबर पाख्तुन्ख्वा प्रान्त र प्रान्तीय राजधानी इस्लामाबाद प्रभावित भएका छन् ।

 भूकम्पको कारण नागरिकहरूमा त्रास उत्पन्न भएको जनाइएको छ । यद्यपि सो भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको भने कुनै समाचार प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।
काठमाण्डु, १५ असार– पत्रकार ऋषि धमला यसबेला निकै तनाबमा देखिन्छन् । एक्कासि आएको विनाशकारी भूकम्पको प्रभावले छट्पटिरहेका नेपालीजस्तै उनलाई पनि तनाव बढेको छ । करिब डेढ दशकभन्दा बढी समयदेखि पुतलीसडकमा कार्यालय राखेर सञ्चालन गर्दै आएको रिपोटर्स क्लबको घर समेत क्षतिग्रस्त भएपछि उनले दुई महिनाभन्दा बढी समय सो कार्यालय त्रिपालभित्र राखेर सञ्चालन गरे ।
अहिले उनी सो कार्यालयको व्यवस्थापनमा आफै भौतारिरहेको भृकुटीमण्डपको चौरमा देख्न पाइन्छ । उनले पछिल्लो समयमा समाजकल्याण परिषदका अधिकारीहरुसँग अनुनय–विनय गर्दै सोही परिषद अन्तर्गत पर्ने भृकुटी मण्डपकै एउटा भवनमा कार्यालय राख्ने तयारी गरिरहेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डुको कार्यालयको ठिक पछाडिको भवनमा उनले रिपोर्टस क्लबको कार्यालय राख्ने तयारी गरेपनि उनले अफिसका कर्मचारीलाई तलब समेत नखुवाएको बताइएको छ ।

कार्यालयका कर्मचारीहरुले व्यपस्थापनमा राम्रो काम नगरेका भन्दै उनले केही समय अघि स्टाफ समेत हेरफेर गरेको बताइएको छ । उनले पछिल्लो समय आफुले राखेका कर्मचारीहरुलाई विदा दिएर पत्नीको सल्लाहमा कर्मचारीहरु राखेको पनि उनी निकट श्रोतले बताएको छ ।  atkathmandutoday.com


१५ असार, पोखरा । यातायात कार्यालय पोखराका दुई कर्मचारी मंगलबार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।
सवारी साधन नविकरण गर्न लाग्ने रकम भन्दा बढी रकम लिन खोज्ने यातायात कार्यालय पोखराका लेखा अधिकृतद्वय गोविन्दप्रसाद वराल र लेखापाल नारायणहरी अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको हो ।
निजी कारको विलबुक नविकरणका लागि यातायात कार्यालय पुगेका सेवाग्राही टेकबहादुर बरुवालसँग उनीहरुले १० हजार घुस लिएका थिए ।
नविकरणका लागि २४ हजार रुपैयाँ लाग्ने भएपनि लेखा अधिकृत द्वय वराल र अधिकारीले ३४ हजार मागेपछि पीडित बरुवाल अख्तियार कार्यालय पोखरा पुगेका थिए ।
लगत्तै यातायात कार्यालय पुगेको अख्तियारको टोलीले आरोपी दुबैलाई पक्राउ गरेको अख्तियार कार्यालय पोखराका सूचना अधिकृत नरेन्द्र भट्टले बताए ।

तस्वीरः सुर्दशन रन्जित/अनलाइनखबर www.onlinekhabar.com

रामप्रसाद ढुंगेल
युएई, १५ असार– रोजगारीको सिलसिलामा १४ वर्षघि यूएई आएका बर्दिबास–४, गौरीडाँडा, महोत्तरीका ४१ वर्षिय विमल विष्टको हृदयधातका कारण मृत्यु भएको छ ।
रास अल खेमाको राक मलमा सुपरभाइजरका रुपमा कार्यरत विष्टको सुतेकै ठाउँमा २९ जुन, सोमबार बिहान निधन भएको सहकर्मी टिएन शर्माले जानकारी दिएका छन् । अघिल्लो दिन सामान्य अवस्थामा सुतेका विष्ट रातको समयमा अलि ठूलो आवाजमा घुरेको सोही कोठामा रहेका सहकर्मी नेपालीहरुले बताए ।

बिहान असहज अवस्थामा भेटिएका विष्टको उपचारका लागि आएको एम्बुलेन्सले प्राथमिक उपचार गर्ने क्रममा मृत घोषित गरेको सहयोगी शर्माले जानकारी दिए । विष्टको शवलाई स्थानीय सैफ अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । शर्माका अनुसार कम्पनीले आवश्यक कागजात तयार पारी एक हप्ताभित्रै विष्टको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ ।
विष्टका तीन छोरीमध्ये जेठी छोरीले भर्खरै एसएलसी पास गरेको र उनका एक छोरा तीन वर्षका रहेको यूएईमै सेक्युरिटीमा काम गर्ने मृतकका भाइ विराट विष्टले जानकारी दिएका छन् । कमजोर आर्थिक अवस्थाका कारण लामो समय युएईमा बसेका विष्ट उच्च रक्तचापले पीडित भए पनि खानपिनमा विशेष ध्यान दिने गरेको सहकर्मीहरुले बताए ।
सबैसँग मिल्न सक्ने, हाँसखेल गर्न सदा अग्रसर बन्ने रसिक स्वभावका विष्टको असामयिक निधनले रास अल खेमाको नेपाली समुदाय स्तब्ध भएको सोही एरियामा बसोबास गर्ने नेपाल पत्रकार महासंघ, यूएईका कोषाध्यक्ष मेघराज सापकोटाले बताएका छन् । विष्टको निधनले परिवारमा पर्न गएको तत्कालको समस्या सभाधान गर्न राख अल खेमाबाट सहयोग अभियान चलाउने सहयोगी शर्माले जानकारी दिएका छन ।kathmandutoday.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home