• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
२४ जेठ, काठमाडौं ।

अहिले गर्मीले देशका अधिकाँश स्थानमा जनजीवन प्रभावित भएको छ । तराइमा मात्र होइन पहाडी इलाकामा समेत गर्मी अत्याधिक बढेको छ । यहाँ गर्मीको समयमा गर्न हुने र नहुने २२ कुराको चर्चा गरिएको छ । यी शुत्र डा रविन्द्र समीरका हुन् । हामीले उपयोगी लागेर यी शुत्र उनको फेसबुकबाट साभार गरेका छौं ।

डाक्टर रवीन्द्र समीर 

अहिले प्रकृति हाम्रो प्रतिकुल छ ! कहिल्यै नभएको गर्मीको कारण स्वास्थ्य समस्या देखा पर्न थालेका छन् ! गर्मीमा स्वास्थ्य रक्षा गर्न निम्न लिखित समीर थेरापी यहाँहरुलाई उपयोगी हुनेछ !

१. धेरै मात्रामा पानी उमालेर बोतल वा भाँडामा राख्नुहोस ! माटोको भाँडामा राखेमा सर्बोत्तम ! प्रत्येक घण्टा दुई गिलास पानी पिउनुहोस ! काममा जाँदा पानी लिएर जानुहोस ! पिशाब जति सेतो वा पानीजस्तो हुन्छ, त्यति नै स्वास्थ्य राम्रो हुन्छ !

२. कोल्ड ड्रिंक्स नखानुहोला ! कोल्ड ड्रिंक्सले शरीरमा झन् डीहाइड्रेसन् बढाउँछ ! अर्थात पानीको मात्रा घटाउँछ !

३. दही, मही, लस्सी, बेल वा घ्युकुमारीको सर्वत पाएसम्म सेवन गर्नुहोस !

४. काँक्रो, खर्बुजा लगायत पानीको मात्रा धेरै हुने फलफुल, सागपात खानुहोस ! मासुको मात्रा कम गर्नुहोस !

५. चिउरा, दाल्मोड़, जंक फुड आदिको सेवन नगर्नुहोस !

६. मदिराको सेवन नगर्नुहोस ! गर्नै परेमा बियर मात्र बढीमा १ बोतल खाँदा कम हानि हुन्छ ! सकभर बियर पनि नखानुहोस !
७. ताजा र घरकै खाना खानुहोस !

८. सकभर बिहान / बेलुका काम गरेर दिउँसो आराम गर्नुहोस !

९. लामो सास शरीर भित्र लिने र सबै सास रित्तो हुनेगरी फेर्नुहोस ! सित्कारी प्राणायाम लाभकारी हुन्छ !

१०. बाहिर निस्कदा हल्का कटनको कपडा, स्क्रिन लोसन, सन् ग्लास ( कालो चस्मा ) लगाउनुहोस !

११.पसिना आउन्जेल ब्यायाम गरेर नुहाउनुहोस् ! काम वा ब्यायाम गर्दा पानीको मात्रा कमि नहोस !

१३. झोलिलो खाना खानुहोस !

१४. मसलादार खाना नखानुहोस !

१५. राति छिटो सुत्नुहोस, बिहान सबेरै उठ्नुहोस !

१६. छालालाई ताप र एलार्जिबाट रक्षा गर्न खुकुलो लाम्बाहुले कपडा लगाउनुहोस !

१७. बालबालिका, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक तथा बिरामीलाई पानीको मात्रा पुगे नपुगेको ख्याल गर्नुहोस !

१८. सम्भब भएमा पौडी खेल्नुहोस !

१९. शरीरका कोमल अंगहरुलाई बिशेष ख्याल गर्नुहोस ! लिप केयर, आँखामा सुख्खा नहुने थोपा ( चिकित्सकको सल्लाह बमोजिम ) प्रयोग गर्नुहोस !
२०. सबैभन्दा ठूलो कुरा फुड प्वाइजनिंगबाट बच्न सरसफाइमा ध्यान दिनुहोस् !

२१. लामखुट्टे, सर्प आदिबाट होसियार रहनुहोस !

२२. छालामा काँक्रो, गोलभेडा, घ्युकुमारी, पाउडर, बोडी लोसन आदिले एलर्जीबाट बचाउनुको साथै छालालाई रक्षा गर्दछ !www.nepaliheadlines.com
२४ जेठ, काठमाडौं ।

विनाशकारी भूकम्पको डेढ महिना पुग्न लाग्दा पनि पराकम्पन रोकिएका छैनन् । आज विहान ११ बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघी गए राति पौने ११ मा पनि भूकम्पको पराकम्पन महसुस गरिएको थियो ।
टेबल हे्नुस्


बैशाख १२ को विनाशकारी भूकम्पछि नेपालमा हजारौं पराकम्पन महसुस गरिएको छ । यस्ता धक्का ठूलो भूकम्पपछि महिनौं सम्म गैरहन सक्ने उनीहरुको भनाइ छ ।
यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा  हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले  लेखेर दिन्छ ।

भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए ।

इतिहासदेखि भुगोलसम्म,गणितदेखि विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र अंग्रेजी मात्रै होइन,चाइनिज कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् ।

 आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो । आदित्यले मधुमाता लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए । मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द गरौं ।

’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’ आदित्यको जवाफ यस्तो थियो,ध्यान गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् ।

 नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’ नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम गर्दैनन् ।
’ उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल ?’ नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२ भित्र ।

’सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् ।

 एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो
प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।
- नयाँ पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी पौडेलको विशेष सामग्री प्रकाशित छ ।source naulo-khabar
काठमाडौं । बैशाख १२ मा गएको महाभुकम्पपछि पनि लगातार आइरहेको पराकम्पनले गर्दा यतीबेला आम नेपाली त्रासमा बाँचीरहेका छन् ।

अब के हुन्छ भन्ने विषयमा सबै अन्यौलग्रस्त त छन् नै । यस बीचमा जेष्ठ ५ गते प्रलय हुने भन्ने हल्ला चलेपछि यतीबेला थप अन्यौलता श्रृजना भएको छ ।

ज्योतिषहरुले नै नेपालमा थप प्रलय हुनसक्ने भन्ने प्रचारबाजी गर्न थालेपछि आम मानिसहरु थप त्रासमा बाँच्न बाध्य भएका छन् । यस्तोमा जेष्ठ पाचमा प्रलय हुने भन्ने हल्लाका बारेमा ज्योतिषहरु पनि मुछिएका छन् ।
सर्बसाधारणमा देखिएको त्रासका बारेमा नेपाल सन्देशसँग टेलिफोनमा कुरा गर्दै ज्योतिष पण्डित विहंगमराज तिमिलसेनाले भने प्रलयको कुनै सम्भावना नरहेको दाबी गरे ।

उनले गुरु बृहस्पती दाहीना रहेको र राशि स्वामि मंगल रहेकाले शनिको सामना गर्नसक्ने शक्ति रहेको बताए ।
उनले ग्रह र राशिको संयोजन हेर्दा मंगलले नराम्रो समयलाई पनि नियन्त्रण गर्नसक्ने देखिएकाले नआत्तिकन बस्न आम नेपालीलाई आग्रह समेत गरे ।

अब शान्ति र स्थायीत्वतर्फ मुलुक अघि बढ्ने भन्दै तिमिलसेनाले निकट भविष्यमा मुलुकका केही भुभागमा भने जल प्रकोप हुनसक्ने बताए ।

ज्योतिष तिमिलसेनाले तरलतामा गुम्सिएको पोइजनहरु कम्पन भैसकेकाले अब कुनै समस्या नहुने बताए । उनले १९९० साल देखि अहिलेसम्मको भुगर्भको अध्ययन र ज्योतिषशास्त्रीय अध्ययनले अर्को प्रलयको सम्भावना नरहेको बताए ।
तिमिलसेनाले राष्ट्रहितकालागि तान्त्रीक पुजा आवश्यक रहेको भन्दै दश महाविद्याको साधना गर्नुपर्नेमा जोड दिए ।source nepali aawaj
काठमाडौं, २४ जेठ । वैशाख १२ देखि जेठ २३ सम्मको ४३ दिनमा झन्डै साढे २० हजार वटा भूकम्पका धक्का गएका छन् ।
वैशाख १२ गते ११ः५६ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि शनिवार (२३ जेठ) सम्म ४ रेक्टर स्केलभन्दा माथिका ३ सय २ वटा पराकम्प गएका छन् ।
३ सय २ मध्ये ६ रेक्टर भन्दा माथिका ४ वटा पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
६ रेक्टरमाथिका पराकम्प गोरखा र दोलखारसिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका थिए । तीनले थप क्षति निम्त्याए ।
४३ दिनमा सबभन्दा बढी दोलखा केन्द्रविन्दु बनाएर पराकम्पन गएका छन् ।
त्यस्तै, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, काभ्रे र काठमाडौंमा पनि बढी केन्द्रविन्दु बनेर पराकम्प गएको जानकारी भट्टराईले दिए ।


भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।
१ श्रृंगार गरेकी स्त्री

विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।



२ धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।
३ गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।
४ आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।


५ कुकुर
शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।
हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ ।

१ हसाउँने कुराहरु हेर्नुस्
हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाइँलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।

२ बाहिर निस्कनुस्
तपाइँ गाउँमा बस्नु हुन्छ कि ठूलो शहरमा त्यसले खास फरक पार्दैन । तपाइँ बाहिर निस्कनुस् दुनियाँ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवन उर्जा दिन्छ । यदि नजिकै बगैचा वा पार्क छ भने त्यहाँ केहीबेर बस्नुस् । बाहिर निस्किँदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाहिने भिटामिन डीले निराशा र दिक्कपनबाट मुक्ति दिन्छ ।

३ नियमित ब्यायाम गर्नुस्
विहान उठेपछि वा साँझको समयमा यस्तो केही काम गर्नुस् जसले तपाइँको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउँछ । प्रत्येक दिन ब्यायामको लागि समय निकाल्नुस् ।

४ शरीरमा मालिस गर्नुस्
समय समयमा शरीर मालिस गर्नु स्वास्थ्य र आराम दुवै दृष्टीले राम्रो हुन्छ । दिनमा एक पटक शरीरमा हल्का मालिस गर्दा पनि तपाइँलाई चुस्त र फुर्तिलो बनाउँछ ।

५ सुगन्धित तेलको प्रयोग गर्नुस्
स्प्रे वा सुगन्धित तेल लगाउने बानीले तपाइँलाई स्फुर्त बनाउँछ । यसले तपाइँको ब्यक्तित्व पनि आकर्षक बनाउँछ ।

६ सकारात्मक सोंच
सकारात्मक सोंच सुखी जीवनका लागि सबैभन्दा आवश्यक पर्ने कुरा हो । यदि तपाइँ खुसी रहन चाहनु हुन्छ भने हरेक परिस्थितिमा सकारात्मक सोंच राख्नु पर्छ । सकारात्मक सोंच राख्ने क्षमताले प्रतिकुल परिस्थितिमा पनि सुखी राख्छ ।
काठमाडौं, बदलिँदो जीवनशैलीमा बिबाह गर्ने उमेर दिनदिनै बढ्दै गैरहेको छ । यस्तोमा यदि २० देखि ३० बर्षको उमेरका बिचमा बिबाह गरियो भने यसले बैबाहित जोडीलाइ धेरै कारणबाट फाइदा पुर्याउँदछ । एक-अर्काका लागी पुरा समय दिन सकिने बिबाह गर्दा यदि २० देखि २५ बर्षको उमेर रहेमा यतिबेला बच्चाका लागी त्यति धेरै दबाव हुँदैन ।
यस्तोमा एक अर्कालाइ बुझ्नका लागी पर्याप्त समय प्राप्त हुन्छ । यति मात्र हैन, यस उमेरमा बिबाह गर्नेहरूसंग आफ्नो भविष्य, करिअर र परिवार को प्लानिङ गर्नका लागी पनि पर्याप्त समय हुन्छ । सम्बन्धमा प्रेम बढ्दछ हुन त कम उमेरमा बिबाह गरेपछि एक अर्काका लागी दिने समय धेरै हुन्छ यस्तोमा एक अर्कोप्रति आफ्नो मायालाइ व्यक्त गर्ने र रोमान्सको अबसर पनि धेरै हुने गर्दछ । केही अनुसन्धानहरूमा भने यो पनि भनिएको छ कि बच्चा भएपछि लाइफबाट रोमान्स अपेक्षाकृत कम हुन थाल्दछ । यसैले बिबाह अघि पनि लाइफमा रोमान्सका लागी धेरै अबसरहरू हुन्छन । स्व्स्थ्य पनि फिट हुन्छ कयौं अनुसन्धानका क्रममा ...

काठमाडौं । विवाह दुई व्यक्तिबीचको प्रेम, विश्वास र परस्पर तालमेलको सम्बन्ध हो । यस कारण विवाह अघि केही महत्वपूर्ण सवालका बारेमा जानकारी हुनु अति आवश्यक छ । तपाईको आफ्नो हुनेवाला जीवन साथीको स्वभावका बारेमा जानकारी हुनु पर्दछ । तपाईंलाई यो पनि थाहा हुनु आवश्यक छ कि तपाईंको हुने वाला पार्टनर विवाहका लागि तयार हो ? उसलाई विवाहको के महत्व हो ? साथै तपाईंसँग विवाह हुनेवाला सँग केही महत्वपूर्ण सवालको जवाफ माग्नु आवश्यक पर्छ, ताकी विवाह पछि कुनै कुरामा पछुताउनु नपरोस् । आउनुहोस् विवाह अघि जान्नुपर्ने केही सवाल
विवाहको महत्व
हिजोआज विवाह अघि केटा र केटीबीच कुराकानी गर्ने अवसर मिल्ने गरेको छ । यस कारण विवाह अघि नै सबै सवालका बारेमा जान्नु बुद्धिमानी हुन्छ । यसले तपाईंको वैवाहिक जीवन मजबुद गर्छ । यसका लागि तपाईं सबै भन्दा पहिले तपाईंको हुनेवाला जीवन साथीसँग यो सोध्नुहोस् कि, ‘किन विवाह गर्न खोजिएको हो ?, विवाहले उसको जीवनमा के महत्व राख्छ ?’
कतैबाट दबाब छ की 
के तपाईंको हुने वाला जीवन साथीको ईच्छा र मञ्जुरीमा विवाह गर्न लागेको हो या उसमाथि कसैको दबाब छ की ? यस विषयमा स्पष्ट हुनु आवश्यक छ । यस्तै ऊ तपाईंसँगको विवाहमा खुशी हुन्छ नी ? साथै विवाहपछि आउने जिम्मेवारीको निर्वाह गर्न मानसिक रुपमा तयारी छ या छैन ? यि र यस्ता सवालको अवश्य जानकारी लिनुहोस् ।
अतितका बारेमा जानकारी
विवाहको जिम्मेवारी निर्वाह गर्नका लागि आपसी सम्बन्ध राम्रो हुनु आवश्यक छ । यसका लागि आफ्नोबारेमा पछि उठ्न सक्ने सवालका सम्बन्धमा आफ्नो हुनेवाला साथीसँग पहिले नै जवाफ माग्नु पर्दछ । सामान्यतया विवाह पूर्व एक अर्काको विगतका बारेमा जान्नु आवश्यक छ । यस्तै आफ्नो ब्याइफ्रेण्ड र गर्लफ्रेण्ड छ की छैन ? यो जान्नु झनै आवश्यक छ ।
आर्थिक अवस्था
राम्रो लाइफस्टाइलका लागि पैसा एकदमै आवश्यक बस्तु हो, यसलाई इन्कार गर्न सकिँदैन पनि । यसर्थ आफ्नो भावी जीवन साथीसँग उसको आर्थिक स्थितिका सम्बन्ध कुरा गर्नु र जान्नु आवश्यक छ । साथै यो पनि सोध्नुहोस्, ‘ऊ भविश्यमा आर्थिक जिम्मेवारी कसरी पूरा गर्छ ? जसले विवाह पछि कुनै समस्या नआओस ।
घर–गृहस्थीका सम्बन्धमा
हुनेवाला साथीसँग यसबारेमा सवाल गर्नुहोस् कि, ‘ऊ घर–गृहस्थी कसरी सम्भाल्छ ?’ यस सम्बन्धमा उसको धारणा के हो ? यसको अलवा परिवार नियोजनका विषयमा कस्तो विचार छ ? हनीमून र भविश्यमा बच्चाका सम्बन्धमा कस्तो योजना छ ? यी विषयमा पनि विवाह अघि नै स्पष्ट हुनु आवश्यक छ ।
विवाह र रोमान्समा जोडिएको सवाल
विवाह र रोमान्समा जोडिएको सवाल पनि विवाह अघि जान्नु आवश्यक छ कि ताकी भविश्यमा कुनै समस्या नआओस् । तपाईं भावी जीवन साथीसँग सोध्नुहोस् कि, ‘विवाह अघिको सेक्स र रोमान्सका बारेमा कस्तो धारणा छ ?’ यसको अलवा उसको मित्रहरुसँग कस्तो सम्बन्ध छ ? विवाह पछि पनि मित्रहरुसँग पूर्ववत सम्बन्ध जारी राख्छ ? के मित्रहरु विवाह अघि कै जस्तो घर आउन जान पाउने छन् ? यी सवाल विवाह अघि जान्नु आवश्यक छ ।
के के छन् रुचीका विषय
विवाह अघि भावी जीवन साथीको रुचीका बारेमा पनि जान्नु आवश्यक छ । मानौं उसलाई कस्ता कुरा मन पर्छन ? कुन–कुन कुरामा रुची छ ? उसलाई घुमाउन मन पर्छ ? के उसलाई डेटिङ र रोमान्समा मन जान्छ ? कि ऊ गम्भीर स्वभावका हुन ? यी कुरा जान्नु तपाईंका लागि अति नै जरुरी विषय हो ।
के हो लक्ष्य
यो एक महत्वपूर्ण सवाल हो की जुन विवाह अघि जान्नै पर्ने, ‘तपाईंको भावी जीवन साथीको जीवन लक्ष्य के हो ? विवाह अघि एक अर्काको जीवन लक्ष्यका बारेमा कुराकानी गर्नुहोस् र एक अर्काको जीवन लक्ष्यको सम्मान पनि गर्नुहोस् । आफ्नो साथीको बारेमा जानकारी लिइसकेपछि आफ्नो बारेमा पनि बताउनुहोस् भलै खराबै किन नहोस् ।
घरेलु भूमिकाका सम्बन्धमा
भावी घरका बारेमा रहने आफ्नो भूमिकाका सम्बन्धमा कुराकानी गर्नुहोस् । बच्चा लगायतको जिम्मेवारी कुन तरिकाले निर्वाह गर्ने हो ? विवाह अघि तपाईं आफ्नो भविश्य कस्तो देख्नु भएको छ र चाहानु हुन्छ ? यस विषयमा अवश्यक कुराकानी गर्नुहोस् ।
स्वभावका विषयमा 
विवाह अघि आफ्नो भावी जीवन साथीको स्वभाव र विचारका बारेमा जानकारी लिनु अति आवश्यक हो । किन कि एक अर्काको विचार नमिल्दा भविश्यमा कुनै न कुनै प्रकार दिग्दारी आउन सक्छ । यसैको कारण भविश्यमा वैवाहिक सम्बन्ध टुट्न पनि सक्छ । यस कारण एकअर्काको विचार जान्नु र सहमत हुनु विवाह अघि निकै महत्वपूर्ण कुरा हो ।
medianp.com
एजेन्सी । भारतको दिल्लीस्थित करावल नगर इलाकाबाट एक गर्भवती महिलाको अपहरण गरी उनको पेटबाट बच्चा चोरेको सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ । एक कम्प्यूटर इन्जिनियरकी गर्भवती पत्नीलार्इ अपहरण गरेर उनको पेटमा हुर्कँदै गरेको शिशु नै निकालेर लगिएको हो ।

बुधवार घर नजिकैबाट पहिचान नखुलेका युवाहरुको समूहले उनलार्इ नशालु पदार्थ सुँघार्इ अपहरण गरेका थिए । साँझको समयमा जब ती महिलाको होस खुल्यो, उनी उत्तर प्रदेशको बडौतस्थित जंगलमा आफूलार्इ पाएकी थिइन् । ती महिलाको होस खुल्दा उनको पेटबाट शिशु गायब भइसकेको थियो । पेटबाट बच्चा गायब भएपछि उनी सहयोग माग्दै पुन दिल्ली पुगेकी थिइन् ।

उनले दिल्ली पुगेर बिहीबार घटनाबारे करावल नगर प्रहरी थानामा उजुरी दिइन् । पुलिस महिलालार्इ स्थानीय जिटीबी अस्पतालमा भर्ना गरी छानबिन अघि बढाइरहेको छ । पुलिसका अनुसार ३२ वर्षीया सपना उनको परिवारको साथमा प्रेम विहार, करावल नगरमा बस्दै आएकी थिइन् । उनको परिवारमा पति र ६ वर्षकी छोरी छन् । सपना नौ महिनाकी गर्भवती थिइन् । बुधवार बिहान करिब साढे ९ बजे सपना केही कामका लागि घर बाहिर निक्लेकी थिइन् ।


यसबीच सुनसान ठाउँमा उनी पुगेको मौका पारेर वदमाशहरुले नशालु पदार्थ सुँघार्इ सपनालार्इ अपहरण गरे । साँझ करिब पाँच बजे सपना खुल्दा उनले आफूलार्इ जंगलमा पाएकी थिइन् । जंगलबाट सडकमा निस्केपछि उनले आफू उत्तर प्रदेशमा रहेको पत्ता लगएकी थिइन् । सपनाले प्रहरीलार्इ दिएको बयानमा उनको नौ महिनाको गर्भमा रहेको बच्चा पनि गाय भइसकेको थियो ।

उनले आफूमाथि आइपरेको आपतबारे राहगिर नामका मानिसलार्इ बताएपछि उनैले दिल्ली पु्र्याएका थिए । घटनाबारे सपनाले आफ्ना पतिलार्इ खबर गरे । यता सपनाका पतिले करावल नगर थानामा पत्नी हराएको सूचना दर्ता गराइसकेका थिए ।

पेटबाट बच्चा निकालिएपछि गम्भीर हालतकी उनलार्इ अस्पताल भर्ना गरिएको छ । बिहीबार पतिसँगै गएर सपनाले प्रहरीलार्इ घटनाबारे बताएकी छन् । जानकारी पाएपछि पुलिस अधिकारीले घटनाको जाँच थालिएको जानकारी दिएको छ ।- अन्नपूर्ण पोष्टमा प्रकाशित
प्रकृतिले नै ठगेको भन्नुपर्छ मुत्रांगको आकारकै कारण महिलाहरुका लागि उठेर पिसाब फेर्नु सहज हुँदैन । पुरुषहरु पिसाब लागेको बेला अलिक एकान्त ठाउँ देख्यो की केहीको ओत लागेर तुक्र्याइहाल्छन् तर महिलाहरुका लागि भने बसेरै केही बेर लगाएर पिसाब फेर्नुपर्ने भएकाले कि त झाडी जंगल वा खोल्साखाल्सी खोज्नुपर्यो कि त ट्वाइलेट नै ।
अझ पुरुषका लागि उठीउठी पिसाब फेर्नका लागि बनाइएका ट्वाइलेट त महिलाका लागि कामै नलाग्ने । यस्तोमा महिलाहरुका लागि दुइवटा विकल्प हुन्छन्- या त लामो समयसम्म पिसाब चेँपेरै बस्ने, या त उठेरै पिसाब फेर्ने पुरुषकै ट्वाइलेटमा जसोतसो पिसाब फेरेर शंक्रमणको खतरा झेल्ने ।
तर अब भने महिलाहरुको सामु तेश्रो विकल्प पनि उपलब्ध छ । त्यो हो पी बडी । अर्थात् पिसाब फेर्ने भाँडो ।
यो एउटा यस्तो किट हो जसको प्रयोग गरेर महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् ।
भारतमा पहिलोपटक यो उपकरण बनाउने व्यवसायी दीप बजाजले बीबीसीलाई बताए अनुसार यो एक नली जस्तै किट हो जसको प्रयोग गरी महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् । पिसाब फेरेपछि महिलाहरुले यसलाई फ्याँक्न सक्छन् । अर्थात् महिलाहरुलाई दुर्गन्धित ट्वाइलेट सिटमा बसिरहनुपर्ने बाध्यता हुनेछैन ।
दुर्गन्धित ट्वाइलेटका कारण हुने यौनांग सम्बन्धि विभिन्न संक्रमण तथा गर्भवती लगायतका बाथ र जोर्नी सम्बन्धि रोगका कारण बस्नै अप्ठेरो हुने महिलाका लागि यो किट उपयोगी हुने दाबी उनको छ ।
कामकाजी महिलाहरुले आफु पुगेको ठाउँमा पिसाब फेर्दा त्यहाँको ट्वाइलेट सिटमा बस्नुपर्दा त्यो फोहोर भएमा रोगको संक्रमण हुने जोखिम उच्च रहने भएकाले यो उपकरण घुमफिर गरिरहनुपर्ने तथा कामकाजी र व्यस्त महिलाका लागि निकै उपयोगी हुने देखिएको छ ।
पश्चिमा देशहरुमा पि बडी जस्ता उपकरण सजिलैसँग पाइने भएपनि भारतमा भने यस्तो उपकरण पहिलोपटक उत्पादन गरिएको हो र यो अहिले केही पसल तथा अनलाइनमा समेत उपलब्ध छ ।
बीबीसी लेख्छ- अब उठेरै पिसाब फेर्ने स्वतन्त्रता केवल पुरुषहरुसँग मात्र होइन महिलासँग पनि उपलब्ध छ । तर फरक यत्ति हो की यो स्वतन्त्रताको उपभोग गर्ने क्रममा केही पुरुषहरु शौचालयमा मात्र होइन कहिलेकाहीँ भित्तो तथा पर्खाललाई पनि सिकार बनाउँछन् ।’
www.onlinekhabar.com
काभ्रे । जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी जन्म दिने आमा र जन्म भूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने सन्देश ठ्याक्कै मिलेको छ शर्मिला चौधरीमा । १४ वर्षकै उमेरमा प्रेम विवाह गरेकी शर्मिला १५ वर्ष लाग्दा गर्भमा सात महिनाको बच्चा छ । १६ वर्ष नपुग्दै आमा बन्ने सपना बुनेकी शर्मिलाको सपनामा विनाशकारी भूकम्पले तगारो हालेको छ । भगवान्प्रति भरोशा राख्नु बाहेकको अर्को विकल्प छैन यतिबेला उनीसँग ।

दाङबाट काठमाडौं घुम्न आएकी शर्मिलाको दर्दनाक पीडा हो यो । १६ वर्षीया श्रीमानको खर्चले नभ्याएपछि केही समय भए पनि काम गरेर सुन्दर भविष्यको कल्पना गरेकी शर्मिला निर्माणधिन नक्सालको घरमा मजदुरी गर्दै थिइन् ।

१२ वैशाखको भूकम्पमा उनी त्यही थिइन् । भूकम्प आउँदा भाग्ने क्रममा उनको घाँटी र खुट्टाको हाड भाँचियो । जसका कारण उनलाई मेरुदण्डको पक्षघात भएको छ । सात महिनाको गर्भ रहेकी युवतीलाई आफ्नोभन्दा पेटभित्रकै बच्चाको चिन्ता छ यतिबेला ।

उनी भन्छिन्, ‘म जे होउ, मेरो बच्चा सुरक्षित होस् र उसलाई सकुशल जन्म दिन चाहन्छु ’ शिक्षण अस्पतालको उपचारपछि काभ्रे जिल्लाको भैँसेपाटीस्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा उपचारार्थ दाङ सदवरिया गाविस–२ बनगुज्रीकी १५ वर्षीया शर्मिलालाई हाल बच्चाको चिन्ताले सताएको छ ।

१६ वर्षिय रविन चौधरीसँग ०७१ साल असोज अन्तिममा विवाह गरेकी शर्मिलालाई अहिले आफ्नोभन्दा बढी गर्भको चिन्ताले सताइरहेको छ । प्रेम विवाह गरेर भागेकी शर्मिला मंसिर महिनामै गर्भवती भइन् ।

दाङबाट केही समय काठमाडौं घुम्न जाने भन्दै चैत १४ गते काठमाडौं छिरेका शर्मिला र रविनको जोडी फुर्सदको समयमा केही काम गर्ने, त्यही पैसाले खर्च पुर्‍याउने र वैशाखको अन्तिम साता घर फर्कने योजनामा रहेको सुनाउँछन् । तर, विडम्बना भन्नुपर्छ उनीहरूको त्यो सपना पनि अधुरै रह्यो ।

काठमाडौंको नक्सालमा रहेका आफन्तहरूको समूहमा बस्दै आएको यो जोडी वैशाख १२ गते गएको भूकम्पका बेला घर निर्माण गर्ने ठाउँमा मजदुरी गरिरहेका थिए । भूकम्प आउँदा अन्य ९र१० जना साथीहरू भाग्न सफल भए । पेटको बच्चालाई असर पर्ने डरले शर्मिला बिस्तारै एक हातले पेटको बच्चा छाम्दै भाग्दै गरेकी शर्मिला एक्कासी लडिन् । उनको गर्धन र खुट्टा भाँचियो । त्यही कारण मेरुदण्डमा असर पुग्यो ।

शर्मिलालाई शिक्षण अस्पतालमा उपचारपछि जेठको पहिलो साता स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र भैँसेपाटीमा रिफर गरिएको थियो । कलिलै उमेरमा विवाह गरी गर्भवतीसमेत भएकी शर्मिलाको चिन्ता पहिलाकै अवस्थामा फर्कन सक्छु कि सक्दिनँ भन्ने पनि छ । उनलाई त्यसमाथि अर्को चिन्ता थपिएको छ, बच्चालाई सकुशल धर्तीमा पाइला टेकाउन सक्छु कि सक्दिनँ भन्ने ।

श्रीमानलाई पाँच सय र उनलाई तीन सय ५० दैनिक ज्याला दिने सहमतिमा काममा जाने निधो गरेका उनीहरू त्यस दिन पनि ९र१० जनाको समूहमा काम गर्दै थिए । नक्सालमा भएको उक्त घटनापछि उनलाई हेर्न उनकी सासू सीता चौधरी आएकी छिन् ।

उनी भन्छिन्, ‘म जे होउ, मेरो बच्चा सुरक्षित होस् र उसलाई सकुशल जन्म दिन चाहन्छु ’ शिक्षण अस्पतालको उपचारपछि काभ्रे जिल्लाको भैँसेपाटीस्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा उपचारार्थ दाङ सदवरिया गाविस–२ बनगुज्रीकी १५ वर्षीया शर्मिलालाई हाल बच्चाको चिन्ताले सताएको छ ।

कक्षा ६ पढ्दै गर्दा पढ्नै छाडेकी शर्मिला सुत्केरी हुने समय गाउँ नै जाने योजनामा थिइन् । घर र माइती एकै ठाउँमा भएकाले शर्मिला र रविन पारिवारिक सल्लाहमै काठमाडौं घुम्न आएका थिए । उपचारमै रहेकी शर्मिलाले भनिन्, ‘मलाई चाँडो गाउँ जान मन छ ।’
विनाशकारी महाभूकम्पले कतिपयलाई मृत्युको मुखमा पुर्‍यायो भने कतिलाई अपांग बनाइदिएको छ । अशक्त, अपाङ्ग र शारीरिक रूपमा कमजोर व्यक्तिलाई अझ धेरै अपांग बनाइदिएको छ ।

विशेषगरी गर्भवती महिलाहरूलाई महाभूकम्पले थप सन्त्रास दिएको थियो । केही गर्भवती गम्भीर घाइते भए भने केहीले गर्भ त्याग्नुपर्‍यो ।
काभ्रेको भैँसेपाटीमा रहेको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा उपचार गराइरहेकी शर्मिला मेरुदण्डको पक्षघात भएपछि उनलाई अस्पतालले बच्चा जन्माउनका लागि धुलिखेल अस्पताल पठाएको छ ।

सोही पुनस्र्थापना केन्द्रका प्रशासकीय प्रमुख दीपेश प्रधानले भने, ‘केन्द्रमा दुई गर्भवती महिला मेरुदण्डको पक्षघात भएर उपचारमा छन्’ । मेरुदण्डको पक्षघातको उपचार गराइरहँदा बच्चालाई जोगाउन र आमाको ख्याल गर्न कठिन हुने अस्पतालले जानकारी दिएको छ ।

उनी जस्तै सोही अस्पतालमा उपचारार्थ अवस्थामा दर्जनौँ बिरामीे रहेको समाचार सौर्य दैनिकमा काभ्रेबाट शुकदेव थपलियाले लेखेका छन् ।

www.newsabhiyan.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home