• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
बुधावर तनहुँको दामौलिबाट मध्यान्ह तिर देखिएको सूर्य र सूर्यको बरीपरी पहेलो घेरा ।
यस्तो घेरा देखिए पछि सर्वसधाहरुले अचम्मित हुदै हेरेका थिए । तस्वीरः काठमाण्डु टुडे kathmandutoday.com
बुद्धबार 23 आषाढ, 2072


काठमाडौं, आषाढ २३ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।

बुधबार मात्रै बिहान साढे १० बजेसम्म ४ म्याग्निच्यूडमाथिको दुईओटा पराकम्पन मापन भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ९ बजेर ५५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन आएको थियो । त्यसको २४ मिनेटपछि पुनः दोलखा केन्द्रबिन्दू भएर बिहान १० बजेर १९ मिनेटमा ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको छ ।

यसअघि, मंगलबार ४ म्याग्निच्यूडमाथिको पराकम्पन मापन भएन भने सोमबार दुईओटा पराकम्पन मापन भएका थिए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मेरो नाम गेनु रेस्मी थापामगर हो । मेरो स्थायी घर बुटवल शंकरनगर–३ हो । हाल म मर्नु र बाँच्नुको दोधारमा अति कष्टपूर्ण देश सिरियामा छु । घरमा मेरो वृद्ध अवस्थाका बाबुआमा हुनुहुन्छ ।


त्यसैले बाँच्नका लागि मेरी बहिनी र म मिलेर बुटवल बजारमा ऋण गरेर सानो ब्युटी पार्लर चलाएका थियौँ । त्यही पसल सञ्चालनको सिलसिलामा मेरो चिनजान बुटवल प्रगतिनगर निवासी शोभाकान्त भट्टराईसँग भयो । उसले ‘म राम्रो म्यानपावरको एजेन्ट हुँ । मसँग दुबईको राम्रो कम्पनीको भिसा छ । तिमी पनि दुबई जाऊ । राम्रो पैसा कमाउन सक्छ्यौ’ भनेर प्रलोभन देखायो ।

आफ्नो आर्थिक स्थिति केही हदसम्म सुधार्न र पसल सुरु गर्दाको साहुको ऋण तिर्न सक्ने आशमा बहिनीलाई पसल जिम्मा लगाएर शोभाकान्तमार्फत दुबई जाने निर्णय गरेँ । मैले मेरा सबै कागजात उसैलाई जिम्मा लगाएँ । दिन बित्दै गए । अर्को महिना शोभाकान्तले ‘ल भिसा आयो, तिमीहरू चारजना एउटै कम्पनीमा जानुपर्छ’ भनेर अरू तीनजना पनि लिएर आयो । पछि, अनेकौँ बहाना बनाएर ‘नेपालबाट उडाउन नसक्ने’ भन्यो ।

०७१ वैशाख १८ गते हामीलाई भारतको दिल्ली जान बाध्य बनायो । त्यहाँ हामीले अर्को दलाल पन्चु लामालाई भेट्यौँ । त्यो पनि शोभाकान्तजस्तै दलाल रहेछ । सन् २०१४ मे ८ मा हामीलाई दुबईका लागि भनेर दिल्लीबाट उडाइयो । तर, हाम्रो सोझोपनको फाइदा उठाउँदै हामीलाई झुक्याएर दुबई नपठाई मे १२ मा सिरिया पुर्‍याइयो । मलाई यहाँको एजेन्सीलाई ६ हजार डलरमा बेचेको रहेछ । म अहिले सिरियनको घरमा बिहान ४ बजेदेखि रातिको १२ बजेसम्म अनेकौँ पीडा, दुव्र्यवहार सहेर बाँचेकी छु ।

छातीमा घाउ भएर दुईचोटि अप्रेसन गर्दा पनि निको भएको छैन । हरेक दिन खुन र पिप बगिरहेछ । नदुख्ने र घाउ सुकाउने औषधिको भरमा मृत्युको दिन कुरिरहेकी छु । ‘घर जान्छु, घर पठाइदे’ भन्दा ‘६ हजार डलरमा किनेको हुँ, जान पाइँदैन’ भन्दै अनेक यातना दिन्छन् । आजसम्म मोबाइलको सिम पाएको छैन । आफूले ल्याएको मोबाइलबाट वाइफाईको मद्दतले यो मेरो चित्कार यहाँसम्म पुर्‍याएकी छु ।

म नेपाल सरकार, सम्पूर्ण राजनीतिक पार्टीका नेताज्यूहरू, सम्पूर्ण समाजसेवी संस्था, मानवअधिकार आयोग, पत्रकार र सम्पूर्ण नेपालीमा यो अनुरोध गर्छु कि म नेपाल फर्किन चाहन्छु । म बाँच्न चाहन्छु । यो नर्क सिरियामा मर्न चाहन्नँ । र, चेलिबेटी बेचबिखन गर्ने ती दुई दलाललाई कडाभन्दा कडा सजाय चाहन्छु । कृपया, मलाई नेपाल झिकाइदिन हार्दिक अनुरोध गर्छु । नयपत्रिका
रौतहट, २३ असार– कुनै भाकल तथा मनको इच्छा पूरा गर्न पशुको बलि दिइने गरिन्छ । तर, रौतहटमा बोक्सीको सिद्धि प्राप्त गर्न भन्दै नाबालकलाई नै बलि चढाइएको घटना सार्वजनिक भएको छ ।
सुन्दै आङ सिरिङ हुने यो घटनामा बोक्सीको ज्ञान प्राप्त गर्न तीन वर्षको बालकलाई काटेर पुजा गरिएको छ ।
बोक्सीको पाठ सिक्न भन्दै बालकलाई काटेर बलि दिने रौतहटक समनपुर–८ बस्ने महादेवी भन्ने महावादेवी यादव र सोही ठाउँ बस्ने बोक्सीका गुरु मानिएका छविलाल राय हुन् ।  छविलाले बोक्सीको ज्ञान दिन नाबालकको बलि दिनुपर्ने भनेपछि महादेवीले तीन वर्षको भान्जाको हपहरण गरेर काटेको जनाइएको छ । नाबाकलको टाउको छिनाएर बलि दिने दुई जनालाई पुनरावेदन अदालत हेटौडाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । झाँक्रीबाट बोक्सीको सबै पाठ सिक्न भन्दै तीन वर्षको बालबलाई बलि दिनेलाई अदालतले सोमबार जन्मकैदको फैसला गरेको हो ।
–राजधानी दैनिकबाट
२३ असार ।


कोरिया सरकारले आफ्नो देशमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीलाई लक्षित गरी लचिलो निति सार्वजानिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा शिक्षा मन्त्रालयले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको र विदेशी मैत्री बनाउने प्रतिबद्धता ब्यक्त गर्दै नयाँ निति सार्वजानिक गरेको हो ।


सन् २०२३ सम्म विदेशी विद्यार्थीको संख्यामा वृद्धि गरी दुइ लाख पुर्याउने महत्वकांक्षी निति शिक्षा मन्त्रालयको छ । हाल कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीको संख्या झण्डै चौरासी हजारको हाराहारीमा छ ।

सन् दुइ हजार एघार यता अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या घट्दै गएपछि कोरिया सरकारले विदेशी विद्यार्थी वृद्धि गर्ने लक्ष्य सहित खुकुलो निति ल्याएको हो । मन्त्रालयले कलेजहरुलाई विदेशी विद्यार्थीका लागि छुट्टै विभाग खोल्न अनुमति दिने सहितको निति परिमार्जन गर्ने बताएको छ ।

त्यस्तै विदेशी विद्यार्थीले श्रम बजारमा रोजगारीको अवसर सहज तवरले पाउन भनेर मन्त्रालयले विज्ञान र इन्जिनियरिङ पाठ्यक्रम अग्रेजी माध्यमबाट अध्यापन गराउन कलेजहरुलाई आवश्यक सहयोग गर्ने योजना बनाएको छ । कोरिया अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुले अध्ययन पुरा गरेपछि त्यसले कोरियामा रोजगारी अवसर पाउन कठिन हुने गरेको र रोजगारीको अवसर अप्रर्याप्त रहेको गुनासो गर्दै आएका छन् ।

गएको तीन वर्ष यता कोरियामा अध्ययन गर्न आउने संख्यामा कमि आएको छ । सन् दुइ हजार एघारमा अध्ययन गर्न आएका विदेशी विद्यार्थीको संख्या उनानब्बे हजार पाँच सय सैतीस रहेको थियो । सो संख्या घटेर सन् दुइ हजार चौधमा चौरासी हजार आठ सय एकानब्बे सिमित भएको छ ।

त्यस्तै राजधानी सोल बाहिरका कलेज तथा विश्वविद्यालयको अवश्था नाजूक रहेका कारण विदेशी विद्यार्थीको रोजाइमा कमि आएको अनुमान छ । यसैबीच सरकारले अन्र्तराष्ट्रिय विद्यार्थीको चाँप बढाउन एशियाका विभिन्न मुलुकका झण्डै एक सय विद्यार्थीलाई छ हप्ताका लागि कोरियाका विभिन्न विश्वविद्यालयको भ्रमण गराउने भएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
असार २३ – तस्बिरका देखिएका व्यक्ति शम्भु बुढाथोकी । उमेरले ५० वर्ष पुगेका शम्भुको यो अवस्था विदेश जाने क्रममा भयो । २०७० सालमा कुवेत हिँडेका उहाँलाई कुवेत पुगिसकेपछि पक्षघात भयो । ‘पहिलो पटक विदेश गएर घर परिवारका लागि सम्पत्ति जोड्नुभयो । जेठी छोरीको विहे पनि गर्‍यौं । त्यसपछि घर परिवारको गुजारा चलाउन भन्दै जानुभएको यस्तो भयो’ श्रीमान स्याहार्दै आउनुभएकी गोमाले भन्नुभयो ।
विदेश जाँदा प्रक्रिया सबै पुगेकै थियो । प्राइम लाइफ इन्सुरेन्समा गरेको बिमा दाबी पनि गर्नुभयो गोमाले । तर झण्डै ३ महिना बित्नै लाग्दा पनि बिमा बापतको रकम हात परेको छैन । ‘सुरुमा पाइन्छ भनेर कागज जुटाएँ, त्यसपछि यो कागज पुगेन, त्यो कागज पुगेन भने’ रामेछापको मन्थलीमा रहेको चारघरे सेवा समितिद्घारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनामा आएकी गोमा प्रश्न गर्नुहुन्छ ‘यदि पीडितले नपाउने भए किन गर्नु विदेश जानेले बिमा ?’ सुरुमा कागज नपुगेको भन्दै आएको इन्स्योरेन्स कम्पनीले अहिले भने बिमाको नीतिमा पर्दैन भन्न थालेको छ ।


नवलपरासीकी राधिका नेपाली घरेलु कामदारका रुपमा कुवेत पुग्नुभयो । यहाँबाट जे सोचेर विदेश जानुभयो त्यहाँ पुगिसकेपछि सोचे जस्तो केही भएन । घरधनीको व्यावहार सहिनसक्नु भएपछि राधिका काम गर्दै गरेको घरबाट भाग्नुभयो । ‘दशा बाजा बजाएर आउँदैन’ राधिकाको जीवनमा भयो । घरबाट भाग्ने क्रममा उहाँ दुर्घटनामा पर्नुभयो, अनि हात भाँचियो । उहाँले विदेश जानुअघि नै बिमा गर्नुभएको थियो । आशा थियो बिमा रकम पाए केही राहत हुन्छ । तर राधिकाको सोचाई ठ्याक्कै उल्टो भयो । भाँचिएको हातको उपचार गर्न उहाँले प्राईम लाईफ कम्पनीमा बिमा दाबी गर्नुभयो । बिमा रकम लिन प्रक्रिया गर्दागर्दै विदेशमा उपचार गराएको कागजपत्र पुगेन भन्दै कम्पनीले बिमाको रकम दिएन ।

यस्तै नवलपरासी-९ देवचुलीका छविलाल थापाको मलेसियामा बिल्डीङ्ग कन्सट्रक्सनमा काम गर्ने क्रममा छतबाट खसेर कम्मर भाँचियो । उहाँले पनि विमा रकम पाउनुभएन । छविलालका बुबा पदमबहादुर भन्नुहुन्छ, ‘छोरो अपाङग भएको रिपोर्ट नै देखायौं, भएको सबै देखाउँदा पनि कहिले के पुगेन भन्यो कहिले के । सरकारको तर्फबाट ७५ हजार पाइयो तर प्राईम लाईफबाट त त्यतिकै भयो ।’ यस्तै धौवादी–२ जुकेपानीका खेमबहादुर घर्तीको कथा पनि उस्तै छ । रोजगारीका लागि मलेसिया पुगेको घर्ती गाडी दुर्घटनामा पर्नुभयो । उहाँलाई उद्धार त गरियो, तर टाउको बाहेक केही चल्दैन । उहाँलाई झन दिन मिल्दैन भन्दै भनेन प्राइम लाइफले । त्यसैले परिवारले पनि उपचार गरेर कागज पेश गरे, तर अहिले आएर भने बिमाको दायरामा नपर्ने भन्दै रकम दिएन ।
सूचना तथा परामर्श केन्दले विदेश जाँदा बिमा गर्न सल्लाह दिने गर्छ । त्यसैले बिमा नपाएपछि पनि धेरैजसो गुनासो लिएर पनि सूचना केन्द्रमै पुग्ने गरेका छन । तर प्राईम लाइफ ईन्सुरेन्सबाट रकम पाउन निकै झन्झटिलो भएको परामर्श केन्द्रका संयोजक रीतुराम सोतीको अनुभव छ । ‘अब त विदेश जानुअघि बिमा गर्नुहोस भन्न हामीलाई नै अप्ठेरो लागिसक्यो ।’

Source: Ujyaalo Online

काठमाडौं :  १७ दिनपछि बाल्लुङ र बाजुरा केन्द्रविन्दु भएर नेपालमा आज दुई भूकम्प गएको छ ।

दिउँसो ३: ११ बजे बाजुरा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

त्यस्तै बेलुका ९: ०६ बजे बाग्लुङ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि रुकुम केन्द्रविन्दु भएर ५.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
annapurnapost.com
गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछि पराकम्पन आउनेक्रम जारी रहँदा मंगलबार दिउँसो बाजुरामा भूकम्प गएको छ ।
मंगलबार दिउँसो ३ बजेर १६ मिनेटमा बाजुराको आँटिचौर र मानाकोट गाविसको सीमाना केन्द्रबिन्दू भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।www.canadanepal.net
मलेसिया : मलेसियामा रहेका अवैद्यानिक नेपालीलाई घर पठाउन नेपाली दुतावास मलेसियाले खोलेको बोलपत्र आव्हान गरे पनि मंगलबारसम्म कुनै पनि संस्था वा फर्मले प्रस्ताव दर्ता गराएका छैनन्।

दुतावासले मंगलबारसम्म समय सिमा तोकेर हाल नेपाल पठाइ रहेको कोपरासी बार्हाड भन्दा सस्तो दरमा अवैधानिक नेपाली लाई घर फर्काउन सक्ने संस्थाले दर्खास्त हाल्न आवहान गरेर १५ दिने सूचना जारी गरेको थियो ।


नेपाली दुताबासका अनुसार मलेसियाको अध्यागमनसँग हाल चली आएको १२८० रिङेट भन्दा कम दरमा नेपाल पठाउन सबै सरोकारवाला संग आव्हान गरेको थियो ।

मलेसिया दुताबासले घर जान लाग्ने यात्रा अनुमतिपत्र एक द्वार नीति अन्तर्गत वितरण गरेको र एउटा संस्थालाई मात्र नेपाल पठाउने काम दिएको भन्दै अधिबक्ता नबराज थपलियाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिट जारी भएको केही समय पछि नै दुताबासले बोलपत्र द्वारा नेपाली घर पठाउन सक्ने फर्म वा संस्था को खोजी गरेको थियो।

नेपाली दुताबास मलेसियाले केही दिन अघि बाट यात्रा अनुमती पत्र कोपरासीमा बुझाएको भरपाइ नभए पनि नेपालीलाई दिने बताएको छ ।मलेसियामा अझै १ हजार भन्दा बढी नेपाली अबैधानिक रुपमा काम गर्दै आएको दुतबास श्रोत ले बताएको हो ।

मलेसिया सरकारले अवैधानिक बिदेशी कामदार लाई घर फर्किन जरिमाना तिरेर अवसर दिएको छ। गत वर्षबाट मलेसिया सरकारले अवैधानिक रुपमा काम गर्दै आएका विदेशी कामदारलाई घर फर्क अभियान सुरु गरेको हो ।
annapurnapost.com
काठमाडौँ, २२ असार ।
 सन् १९७० को दशकमा बेश्यावृत्तिमा लाग्दा ब्रेन्डा मायर्स पावेल सानै थिइन्। यहाँ उनले आफू सानै उमेरमा कसरी गल्लीमा पुगेर यौनकर्म बन्न बाध्य भइन् र त्यसको तीन दशकपछि अरु त्यस्तै साना केटीहरु यो पेशामा फस्नु नपरोस् भनेर आफ्नो जीवन समर्पण गरिन् भन्नेबारे चर्चा गरिँदैछ । उनको जीवन केही मानिसको लागि टिठ लाग्दो हुनसक्छ। मेरो जीवन सुरु देखिनै कष्टकर थियो तर मैले सधैँ त्यसलाई आफूले सके जति राम्रो बनाउने कोशिस गरेँ।

म सन् १९६० मा सिकागोको पश्चिमी क्षेत्रमा हुर्किएँ। म जम्मा ६ महिनाको मात्रै थिए मेरी आमाले यो संसार छोड्दा। मेरी आमा त्यतिबेला जम्मा १६ वर्षकी थिइन् । र, मैले उनको के कारणले मृत्यू भयो कहिल्यै पनि थाहा पाइनँ । अत्यधिक रक्सी पिउने मेरी हजुरआमाले मलाई मेरी आमाको मृत्यूको कारण त्यसपछि कहिल्यै भनिन्न् । औपचारिक जानकारीमा चाहिँ मेरी आमाले प्राकृतिक कारणबाटै ज्यान गुमाएकी हुन्। तर म त्यसलाई विश्वास गर्दिनँ । प्राकृतिक कारणले १६ वर्षको उमेरमा को मर्छ?
बाल्यकाल
मलाई सधैँ भगवान त्यतिबेला मेरी आमालाई लैजान तयार रहेछ भन्ने लाग्छ। मेरी आमा निकै राम्री र धेरै हाँसो ठट्टा गर्न जान्ने थिइन् रे। त्यो मलाई सत्य हो भन्ने लाग्छ किनभने म पनि त्यस्तै छु। आमाको मृत्यू पछि म हजुरआमासँग हुर्किए। उनी खराब मानिस होइनन्। खासमा उनका केही बानी निकै गज्जबका थिए। जस्तै मेरा लागि कथाहरु पढ्नु, सखरखण्डा र अरु मिठामिठा खानेकुराहरु बनाउनु। धेरै पियक्कड हुनु उनको मुख्य समस्या थियो।
बारबाट उनी घरमा पिउने साथीहरु ल्याउथिन् जसले हजुरआमा मात्तिएर ढलेपछि ममाथि यौन दुराचार गर्थे। म जम्मा चार वा पाँच वर्षको हुँदा ममाथि यस्ता क्रियाकलाप सुरु भएका थिए। र, त्यो निरन्तर चलिरह्यो। म विश्वस्त छु, ममाथि भएका यस्ता अपराधबारे मेरी हजुरआमा अनभिज्ञ थिइन्। उनी सहरबाट अलि टाढाको ठाउँमा घरेलु काम गर्थिन्। उनलाई काममा जान र घर फर्किन दुइ-दुइ घन्टा लाग्थ्यो। त्यसैले म आफ्नो घाँटीमा सधैँ साँचो झुन्डाएर बस्थेँ। हजुरआमा नआउँदासम्म घरपछाडिको खुल्ला ठाउँमा खेलेर बस्थेँ। र, ममाथि यौन दुराचार गर्नेहरु यसबारे जानकार थिए र त्यसको फाइदा उठाउँथे।

लामो लामो कपाल भएका र निकै चम्किलो लुगा लगाउने महिलाहरु सडकमा उभिइरहेको म घरबाट हेरिरहन्थेँ। उनीहरु के गर्छन् मलाई थाहा थिएन तर उनीहरु निकै चम्किला छन् भन्ने मलाई थाहा थियो। एउटी सानी बच्चीको हिसाबले मलाई सधैँ उनीहरु जत्तिकै चम्किलो देखिन मन लाग्थ्यो। एकदिन मैले मेरी हजुरआमालाई सोधेँ, “ती महिलाहरू के गर्छन्?” उनले जवाफ दिइन, “तिनीहरु आफ्नो कट्टु फुकाल्छन् र उनीहरुलाई केटाहरुले पैसा दिन्छन्।” र, मैले मनमनै सोचेँ, “सायद म पनि त्यही गर्छु होला, मेरो त पहिला देखि नै केटाहरुले कट्टु खोल्न थालिसकेका छन्।”

अवोध

अहिले पछाडि फर्किएर हेर्दा, मैले यस्ता सबै कुराहरूलाइ निकै राम्रोसँग सम्हालेँ। त्यो घरमा एक्लै मलाई नाच्न र गाउनको लागि साथ दिन एल्भिस प्रस्ले, डायना रोस र सुप्रिम नाम गरेका काल्पनिक साथीहरु थिए। मलाई लाग्छ त्यसले मलाई कुराहरुसँग झुझ्न धेरै मद्दत गर्यो। म धेरै नै रमाइलो गर्नुपर्ने केटी थिएँ र निकै धेरै हाँस्ने गर्थेँ।  र, त्यति नै बेला म निकै डराउँथे। डराइरहन्थेँ। मलाई थाहा थिएन जे भइरहेको थियो त्यो सही थियो वा गलत। मलाई लाग्थ्यो केही कुरा मसँग नराम्रो थियो सायद। म निकै चलाख भए पनि मैले स्कुल छोडेँ। सन् १९७० को ताका मलाई थाहा थिएन कसरी केटाहरुलाई नाइ भन्नुपर्छ।
छरछिमेकका केटाहरुले मलाई तिमी मनपर्छौ भनेर राम्रो व्यवहार गर्दा मलाई उनीहरुलाई के भन्नुपर्छ भन्ने थाहा थिएन। १४ वर्षको हुँदा छिमेककै केटाहरुबाट मेरा दुईवटा छोरीहरु जन्मिइसकेका थिए। यी दुई छोरीलाई पाल्नका लागि मैले पैसा ल्याउनुपर्ने कुरा मेरी हजुरआमाले भन्नथालिन्। हामीसँग खानको लागि घरमा केही हुँदैनथ्यो। त्यसैले शुक्रबारको एक रमाइलो साँझ म मार्क ट्वाइन होटलको अगाडि उभिएँ।

करिब ४ डलर जतिको लुगा, सस्तो प्लास्टिकको जुत्ता र सुन्तला रंगको लिपिस्टिक लगाएको थिएँ। मलाई लाग्छ त्यो पहिरनमा मलाई अलि उमेरदार देखिनेछ। म जम्मा १४ वर्षको थिएँ र ममाथि त्यो रात जे भयो त्यो सबैमा म खुब रोएँ। तर मैले जे गर्नुपर्थ्यो त्यो सबै गरेँ। मलाई मन परेको थिएन तर मैले रात बिताएका पाँच पुरुषले मलाई त्यो राति मैले के के गर्नुपर्ने सबै सिकाए। उनीहरुले म भर्खरकी भएको थाहा पाए र उनीहरु यसैबाट हौसिए जस्तो लाग्थ्यो।

मैले त्यो रात ४ सय डलर कमाएँ। मैले कमाएको सबै रुपैँया हजुरआमालाई दिएँ तर त्यतिका पैसा कहाँबाट आयो भनेर उनले सोधिनन्। त्यसपछिको हप्ता पनि म त्यही होटल छेउ गएँ र मैले पैसा लिएर घर गएपछि हजुरआमा खुशी भएको मैले चाल पाएँ। तर म तेस्रोपटक त्यही ठाउँमा पुग्दा पेस्तोल बोकेका केही केटाहरुले मलाई उनीहरुको कारभित्र हालेर लगे। उनीहरुकै शब्दमा म सडकमा एक्लो देखिएकोले उनीहरुले त्यसअघि नै ममाथि हमला गर्न खोजेका थिए। पहिला तिनीहरुले मलाई अनकन्टार मकैबारीको बीचमा लगे र त्यसपछि बलत्कार गरे।
त्यसपछि उनीहरुले मलाई एक होटलको कोठामा लगेर बन्द गरिदिए। उनीहरुले ६ महिनासम्म मेरो दलालि गरे। मैले भाग्ने कोशिस पनि गरें। तर, उनीहरुले मलाई पक्रिए मलाई धेरै पीडा दिए। मलाई पाँच पटक गोलि हानियो। १३ पटक चक्कु प्रहार गरियो। मलाई थाहा छैन कि ती व्यक्तिहरुले ममाथि यति ठूलो आक्रमण किन गरे। मलाई यति मात्र थाहा छ कि समाजमा उनीहरुलाई आरामसँग यो सब गर्ने अधिकार दिइएको छ।

यातना
दलालहरु यातना दिन निकै सिपालु हुँदा रहेछन्। त्यसमध्ये केही मध्यरात शीररमा बन्दुक पनि तेर्स्याउँछन्। र, मेरा लागि यस्तो गरिस् भने यति हिस्सा पाउँछेस् भनेर पनि भन्छन्। तर, कहिल्यै दिँदैनन्। केही मानिसहरु वेश्यावृत्तिलाई ग्लामरस तथा सहज काम मान्छन्। तर, यहाँ त्यस्तो केही छैन। एक यौनकर्मीलाई एक दिनमा पाँच जना अपरिचित व्यक्तिसँग सुत्नुपर्छ। त्यो हिसाबले वर्षमा १८ सय भन्दाबढी व्यक्तिसँग सुत्नुपर्छ।  मलाई विश्वास गर्नुस् मसँग सम्बन्ध राख्नेले फूल लिएर आउँदैनन्, केवल मेरो शरिरलाई शौचालयको रुपमा प्रयोग गर्छन्।
यौनकर्मीको रुपमा २५ वर्षसम्म मैले बाहिर निस्कने बाटो नै पाउन सकिनँ। १ अप्रिल १९९७ मा म ४० वर्षकी हुँदा एक ग्राहकले मलाई आफ्नो कारबाट बाहिर फ्याकिदियो। मेरो कपडा उसको कारको ढोकामा अड्कियो। ऊ म जमीनमा घिस्रिरहँदा कार चलाइरहेको थियो। मेरो अनुहार र जिउको सबै छाला खुइलियो। म शिकागोको काउन्टी अस्पताल पुगें। मलाई आकस्मिक कक्षमा लगियो। उनीहरुले एक प्रहरी अधिकारीलाई बोलाए। उनले मलाई देख्नासाथ भने- ‘यो केटीलाई म चिन्छु। यो त वेश्या हो। सायद यसले कसैलाई पिटी होला वा कसैको पैसा चोरी होला।
यसलाई जे गर्नु पर्ने थियो त्यही भएको जस्तो छ।’ उसको कुरा सुनेर नर्सहरु हाँसिरहेको आवाज मैले सुनें। उनीहरुले मलाई प्रतिक्षा कक्षमा धकेलिदिए। अचानक लाग्यो कि मसँग कोही छैन। मैले माथि हेरें र भगवानसँग भनें, ‘यी मान्छेलाई मेरो कुनै मतलव नै छैन। भगवान के तिमी मलाई सहयोग गर्छौ?’ भगवानले मेरो गुहार सुने। एक डाक्टरले मेरो रेखदेख र उपचार गरे। उनले मलाई अस्पतालको सामाजिक सेवामा जान भने।  उनले मलाई जेनेसिस हाउस नामको ठाउँसम्म जाने बससम्म पुर्याए। त्यहाँ एडविना गैटली नामकी अंग्रेज महिला भेटिइन्, तिनी मेरो जीवनकी आदर्श नै बनिन्।

यो एक सुरक्षित ठाउँ थियो, जहाँ मेरो आवश्यकताका हर सामान उपलब्ध थिए। म त्यहाँ दुई वर्ष बसें। मेरो अनुहार र आत्माको घाउ पुरियो। मैले आफूलाई पुन: पाएँ। एडविनाबाट मैले महिलाहरुको समूहले कसरी एक अर्कालाई माया र सहयोग गर्न सक्छन् भन्ने सिकेँ। सामान्य रुपमा कुनै पनि महिला वेश्यावृत्तिबाट बाहिर आएपछि त्यसबारे कुरा गर्न चाहनन्।  त्यतिबेला मलाई एक जागिरको खोजी थियो। मैले यौनकर्मीका बारेमा अध्ययन गरिरहेका एक विश्वविद्यालयका शोधकर्तालाई सघाउने काम शुरु गरेँ। र, मलाई थाहा भयो कि कसैले उनीहरुलाई सहयोग गरिरहेको थिएन। त्यसपछि स्टिफन डेनिल्स विल्सनका साथ सन् २००८ मा मैले ड्रिमक्याचर फाउण्डेशन बनाएँ। म महिला र केटीहरुको जीवनका खराब सपनाहरु भगाउन चाहन्थेँ। हालै बनाइएको बृत्तचित्र ‘ड्रिमक्याचर’मा हाम्रो कामलाई देखाइएको छ।

अहिलेसम्म हामीले १३ छात्रालाई उच्च शिक्षा दिलाइसकेका छौं। उनीहरु हामीकहाँ आउँदा ११, १२, १३ वर्षका थिए र निकै विक्षिप्त अवस्थामा थिए। अहिले उनीहरु तारा चुम्न खोज्दै छन्। यसबाहेक म विभिन्न सम्मेलनमा भाग लिएर यौनकर्मीहरुको बारेमा गरिने अध्ययन र खोजका विषयमा योगदान दिइरहेको छु। मेरा छोरीहरु जसलाई मेरी सानीमाले हुर्काइ बढाइ गरिन्, उनीहरु गज्जबको जीवन बाँचिरहेका छन्। उनीहरु मध्ये एक डाक्टर छिन् भने अर्की फौजदारी न्यायमा काम गरिरहेकी छिन्। मलाई आफ्नो जीवनका सबै उतारचढावपछि अर्को कोही मानिससँग विहे गर्छु भन्ने लागेको थिएन।

 तर मेरो जीवनमा एउटा असाधारण व्यक्ति भेटिए जसले मेरो विगतको जीवनलाई देखेनन्। मात्रै भने, “म तिम्रो मुहारमा एउटी केटीको हाँसो देखिरहेको छु र म उसलाई आफ्नो जीवनको हिस्सा बनाउन चाहन्छु।” म पनि त्यही चाहन्थे र अघिल्लो वर्ष हामीले विवाहको १० औं वर्षगाँठ मनायौं। मेरा श्रीमान् र मैले हाम्रो भतिजालाई धर्मपुत्र पालेका छौं। म अहिले ५८ बर्षकी भएँ। त्यसैले म तपाईंलाई भन्न सक्छु, ‘तमाम बर्बादी र नोक्सानपछि पनि जीवन बाँकी रहन्छ।’ कसैले तिम्रो जीवनको कुनै अर्थ र मूल्य छैन भनेर भने पनि जिन्दगी त हुन्छ नै। मैले जिन्दगीको एउटा सानो हिस्साको मात्रै कुरा गरिरहेको छैन, एउटा सम्पूर्णता सहितको जीवनका बारेमा भनिरहेको छु। बिबिसीवाट
एजेन्सी ।

संसारका अधिकाँश ठाउँमा महिलालाई विवाह पछि परपुरुषसँग सम्बन्ध राख्नु अनुचित मानिन्छ । परपुरुषसँग सम्बन्ध राख्नु भनेको विवाह धरापमा पर्नु हो । तर तपाइँलाई सुन्दा पनि अचम्म लाग्ला अफ्रिकामा एक यस्तो देश छ जहाँ महिलाहरुलाई विवाह पछि पतिबाहेक अन्य पुरुषसँग मन लागेको कुरा गर्न छुट छ ।



नाइजरको यो प्रान्तमा केटीहरुले जे पनि गर्न सक्छन् तर त्यसो गर्ने छुट छैन । यहाँ मुस्लिम समुदायमा केटीहरु जस्तै केटाहरु घरमा बस्ने चलन छ ।

तुआरेग नामको जातिमा यस्तो चलन छ जुन संसारमा अन्यत्र कतै पनि छैन । यहाँ महिलाहरुले विवाहपछि पनि पतिबाहेक अन्य पुरुषसँग शारीरक सम्बन्ध राख्न सक्छन् ।

तर केटाहरुले भने अनुहार लुकाएर राख्नु पर्छ । महिलाले चाहेमा पुरुषलाई छोड्न सक्छन् पुरुषले भने महिला छोड्ने छुट छैन ।

यहाँ ठूला ठूला निर्णय गर्नु परे महिलाले नै लिन्छन् ,,nepaliheadlines.com
साँच्‍चैको संविधानसभा भए हरेक युवाको गलामा अड्किएका यी प्रश्‍नको उत्तर दिन सक्नुपर्छ

विख्यात भारतीय वैज्ञानिक, चिन्तक तथा भारतका पूर्वराष्ट्रपति (२००२—२००७) एपिजे अब्दुल कलाम चेन्नईको अन्ना विश्वविद्यालयमा सामाजिक परिवर्तनका लागि प्रविधिको प्रयोगसम्बन्धी विषय पढाउने गर्दथे।



उनलाई चेन्नईकै प्रेसिडेन्सी कलेजले आफ्ना विद्यार्थीहरूसँग एउटा अन्तरक्रियाको लागि बोलायो। एक हजार पाँच सय विद्यार्थीहरूले खचाखच भरिएको हलमा उनले राष्ट्रको लागि भविष्य दृष्टि (भिजन) को अपरिहार्यताबारे प्रवचन दिए।

प्रवचनपछि विद्यार्थीहरूले राष्ट्रिय विकास, राजनीतिक नेतृत्व, विज्ञान र प्रविधिको देन, शिक्षा र सिकाइ
प्रक्रिया जस्तै विविध विषयमा उनलाई प्रश्नहरू सोधे ।

एउटा उत्प्रेरक वातावरणमा प्रवचन र प्रश्नोत्तर सत्र समाप्त भएपछि अब्दुल कलाम हलबाट बाहिर निस्कँदै गर्दा एकजना विद्यार्थी हस्याङफस्याङ गर्दै भीड छिचोलेर उनको सामु आए र एउटा कागज उनको हातमा दिए।

फर्कंदा गाडीमा कलामले त्यो कागज झिकेर पढे । कागजमा लेखिएको थियो-
‘आदरणीय कलाम महोदय,
एउटा ठूलो वटवृक्षको सम्पूर्ण शक्ति र त्यो वृक्षको फलमा हुने दानाभित्रका वीजहरूमा हुने शक्ति बराबर हुन्छ । त्यस हिसाबले तपाईं र म समान हौं, तर तपाईंको र मेरो क्षमताको प्रदर्शन अलग स्वरूपमा हुन्छ।

जस्तो- त्यो वटवृक्षका अत्यन्त थोरै वीजहरूले मात्र बिरुवा हुने र एकादुईले मात्र वृक्ष हुने अवसर पाउँछन्।

वातावरणीय र अन्य धेरै कारणले बाँकी असंख्य वीज र बिरुवा वृक्ष बन्नै नपाई नष्ट भएर माटोमा मिल्छन् र अर्को बिरुवालाई ठूलो वृक्ष बन्न मलखादको रूपमा आफ्नो अस्तित्वको समाप्ति रोज्न बाध्य हुन्छन्।

तपाईंले राष्ट्रको लागि धेरै ठूलो योगदान गर्नुभएको छ।

धेरै वैज्ञानिक, इन्जिनियर र ज्ञानविज्ञानको क्षेत्रमा काम गर्नेहरूलाई सहयोग गर्नुभएको छ, तर उनीहरूमध्ये धेरैधेरैको प्रतिभा विशाल वटवृक्षका अनगिन्ती वीज र बिरुवाजस्तै खेर गएको वा तिनको प्रतिभाले आकार पनि लिन नपाउँदै सधैंसधैंका लागि बिलाएर गएनन्् भनेर के तपाईं निश्चितरूपमा भन्न सक्नुहुन्छ ? '

कलामलाई उक्त पत्र लेख्ने मानिस प्रेसिडेन्सी कलेजकै जीव विज्ञानका एमफिलमा अध्ययन गर्दै गरेका छात्र टी सरभनन थिए।

टी सरभननले अब्दुल कलामलाई जे सोधे, त्यो हरेक नेपाली युवाको प्रतिनिधि प्रश्न हो ! त्यो प्रश्न नेपालका हरेक शिक्षक, प्राध्यापक, शिक्षाविद्, शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीहरूका लागि पनि प्रश्न हो —किन कुनै वीज र बिरुवाले वृक्ष बन्ने अवसर पाउँछन् र अन्य हजारौंहजार माटोमा मिलेर अर्को आफूजस्तै अन्य बिरुवाको लागि पोषकतत्व भएर समाप्त हुनुपर्ने नियति रोज्न बाध्य छन्?

प्रश्न सुशील कोइराला, खड्गप्रसाद ओली र पुष्पकमल दाहालहरूलाई पनि हो-किन उनीहरूलाई ठूला वृक्ष बनाउन हजारौं युवाले आफ्नो रगत, पसिना, जीवनका सबै आशा, अपेक्षा, सपना, चाहना, ऊर्जा र प्रतिभालाई उर्वरकको रूपमा माटोमा बिलाइदिनुपरेको हो ? उनीहरूको त्यो महत्‍वकांक्षाको लागि हजारौंले किन प्राणकै आहुति दिनुपरेको हो ?
           
अनि त्यही प्रश्न मुलुकको भाग्य र भविष्य कोर्ने हैसियतमा संविधानसभामा पुगेका ६०१ जनालाई पनि हो-हजारौंहजारको त्यो नियति बदल्न उनीहरू के गरिरहेका छन्?

अब्दुल कलाम आफ्नो एउटा पुस्तकमा सरभननको प्रश्नको सन्दर्भमा लेख्छन्- मुलुकका हरेक नागरिक वटवृक्षका वीजजस्तै हुन्।

प्रजातन्त्र र सुशासनले मुलुकमा निर्माण गर्ने शक्तिले सबै नागरिकलाई उन्नति गर्ने, आफ्नो क्षमता प्रदर्शन गर्ने र आफ्नै बलमा वृक्ष बन्ने समान अवसर उपलब्ध गराउँछ।

यसको अर्थ हरेक नागरिक आफूमा अन्तर्निहित क्षमताको बलमा आफ्नो भविष्य दृष्टिअनुरूप मुलुकको उन्नतिमा सशक्त भूमिका निर्वाह गर्न समर्थ हुन्छ।

यो प्रक्रियामा उनीहरू कसैले आफूभन्दा योग्य कसैलाई अघि बढ्न र सफलता हासिल गर्न सघाउन सक्छन्् र यसबाट उत्पन्न हुने हजारौं गुणा बढी ऊर्जाले समग्र मुलुकको विशाल उन्नति, प्रगति र सफलताको रूपमा रूपान्तरण हुन पुग्छ।

त्यसकारण हरेक नागरिकरूपी वीजलाई वृक्ष बन्ने र हुर्कने राम्रो अवसर उपलब्ध गराइनु पर्दछ। जुन वीज र बिरुवा वृक्ष बन्न सक्दैन, जुन वीज र बिरुवा उर्वरकमा रूपान्तरण भएका हुन्छन्, तिनले पनि आफ्नो योगदानको कदर र सम्मान भएको देख्ने, अनुभव र सन्तोष गर्ने अवसर पाउनै पर्दछ ।
त्यसैले प्रश्न हो ! संविधानसभाले त्यो अवसर निर्माण गर्ने संविधान बनाउँदै छ ?


गरिबी र समृद्धि दुवैको कारण नियति होइन, नीति हो
माथि सरभननले कलामलाई जे प्रश्न सोधे र त्योबारे कलमले जे लेखे, त्यसको अन्तर्यमा मुलुकका हरेक व्यक्तिलाई विकास प्राप्त गर्ने, उपभोग गर्ने र विकासमा साझेदारी गर्ने अधिकारको सुनिश्चित हो।

विकाससम्बन्धी अधिकारबिना अन्य कुनै पनि मानव अधिकार असान्दर्भिक र अर्थहीन हुन्छन्।

तान्जानियाका राष्ट्रपति जुलियस न्येरेरेले आफ्नो अध्यक्षतामा तयार पारेको एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनमा विकासलाई मानिसमा अन्तर्निहित शक्ति अनुभूत गराउने, आत्मविश्वास बढाउने र मर्यादित र पूर्ण जीवन जिउन सामथ्र्य प्रदान गर्ने प्रक्रियाको रूपमा उल्लेख गरेका छन्।

मानिसलाई गरिबी, अभाव तथा राजनीतिक, आर्थिक र सामाजिक शोषण तथा दमनबाट मुक्ति दिने प्रक्रिया नै विकास हो भन्ने न्येरेरेको परिभाषालाई संसारका बहुसंख्यक विकासविद्‌हरूले श्रेष्ठ परिभाषाको रूपमा स्वीकार गरेका छन्।

हो, विकासको चरित्रको एउटा स्तरले नै राजनीतिक स्वतन्त्रतालाई अर्थ र शक्ति दिन्छ। विज्ञान र प्रविधिको क्षेत्रमा भएको महाविकास, विस्तार र प्रगतिले सबैका लागि समृद्धि सम्भव गराएको छ।

गरिबी र समृद्धि दुवैको कारण नियति होइन, नीति हो भन्ने साबित भएको छ। त्यसैले अघिल्ला दुई हजार वर्षमा नभएको समृद्धि विश्वले गएको सय वर्षको अवधिमा हासिल गरेको छ।

त्यो सय वर्षमध्ये पनि पछिल्ला चार दशक महानतम् साबित भएका छन् र विश्वमा गरिबी निवारण र समृद्धि निर्माणका विराट कीर्तिमान स्थापना भएका छन््।

भूमण्डलीकरणले समृद्ध र विकसित मुलुकलाई ऊर्जा, यातायात, सञ्चार, कृषि, उद्योग, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा जुन स्तरमा विज्ञान र प्रविधि उपयोग गर्ने सुविधा उपलब्ध गराएको छ, गरिब राष्ट्रहरूलाई पनि त्यो सुविधा त्यसरी नै उपलब्ध छ।

 त्यसैले २०औ-५० वर्षअघि हामीजस्तै वा हामीभन्दा धेरै प्रतिकूल अवस्थाका मुलुक हामीले हेर्दाहेर्दै धेरै समृद्ध र शक्तिशाली भएका छन्।

आजको युगमा ज्ञान, विज्ञान, सूचना र प्रविधिमाथि कुनै व्यक्ति, वर्ग, समूह वा राष्ट्रको एकाधिकार छैन। त्यस्तो एकाधिकारको अनुपस्थितिले नै ज्ञान र विज्ञान तथा प्रविधिमार्फत सबै व्यक्ति र राष्ट्रलाई उन्नति र समृद्धि सजिलै सम्भव गराएको हो।

आर्थिक र सामाजिक जीवनमा विज्ञान र प्रविधिको सफल उपयोगद्वारा विश्वले आर्जन गरेको सम्पत्ति र समृद्धि अकल्पनीय छ। आज को धनी हो र को गरिब हो ? त्यसको सन्दर्भ र परिभाषा नै बदलिएको छ।

आर्थिक विकास र समृद्धिका लागि भूगोल वाधक हैन र प्राकृतिक सम्पदाको प्रचुरता पनि विकास र समृद्धिको आधार होइन भन्ने हामी आफैंले र दुनियाँले साबित गरिसकेका छन्।

भूगोलका सीमा र अभावलाई सम्भावना र अवसरमा रूपान्तरण गर्ने दृष्टि, सोच, नीति र कार्यक्रमहरूको अभाव पक्कै बाधक हो।

मुख्य कुरा, उपलब्ध प्राकृतिक साधनको उत्तम र दिगो उपयोग गर्न आवश्यक ज्ञान, सीप र प्रविधि निर्माण, विकास, संयोजन र हस्तान्तरण कौशल तथा त्योसँग जोडिएर आउने राज्य नीति र नेतृत्व हो।
गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको झ्याम्टा बजाएर भजन (बालुन र देउसी) गाउँदै आउने संविधानले श्रीमान् गम्भीर नेपालीको राजनीतिक संस्कृतिलाई रामवरण, सुशील, ओली र प्रचण्ड संस्कृतिले रूपान्तरण मात्र गर्ने हो, मुलुकलाई उर्जायुक्त जीवन र गति दिने होइन !
वर्षौंदेखि हामी अर्थहीन विवादमा रुमलिएका छौं । हाम्रा राजाहरू किन बेलायत, जापान र नर्वेका जसैगरी संवैधानिक मर्यादाभित्र बस्न सकेनन्?

हाम्रा नेताहरू किन लि क्वान यु, देङ स्याओ पिङ, पाक चुङ ही, नरसिंह राव र नरेन्द्र मोदी हुन सकेनन्?

टाढा नजाऊँ रे लौ, हाम्रा विश्वविद्यालयहरू किन बनारस हिन्दु विश्वविद्यालय र दिल्ली विश्वविद्यालयसम्म हुन सकेनन्?

 हामीकहाँ किन मेदान्त र अपोलो अस्पतालहरू छैनन्् ? किन नेपालमा जमशेदजी टाटा, धिरुभाइ अम्बानी र नन्दन निलेकनीहरू जन्मिएनन्।

किन कुनै निर्विवाद निष्ठा तथा इमानदार छवि र क्षमताका मन्त्री र सांसद हामीले पाउन सकेनौं ?

के छेक्ने राजा मात्र हुन् ? के रोक्ने भारत मात्र हो ? के राज्यको एकात्मकताले खोसेको हो ?

के हिन्दु धर्मले अवरोध पुर्‍याएर हो ? छेकेको, खोसेको र रोकेको हाम्रो राजनीतिको चरित्रले हो ! अझै छेक्दै, रोक्दै र खोस्दै छ !

सबाल केवल राजनीतिक इच्छाशक्तिको हो

हाम्रो राजनीतिक र सामाजिक नेतृत्वको सोच र संस्कृतिमा जनता अटाएकै छैनन्। राजनीति दिशाहीन र दृष्टिहीन छ। राजनीतिक नेतृत्वमा मुलुकको लागि इच्छाशक्ति नै छैन।

हाम्रो अर्थतन्त्रको आकार सानो छ, अराजक औद्योगिक वातावरण छ, स्कुल, अस्पताल, विश्वविद्यालय, न्यायालय र मन्दिरसम्ममा पनि खपिनसक्नु दलीय राजनीतिको दुर्गन्ध छ।

राजनीति भनेको दल खोल्नु, दल चलाउनु र दलको झोला बोकेर जीविका धान्नु हुँदै होइन। राज्यकोषको दुरुपयोगद्वारा राजनीतिक सौखमा मग्न हुनु र कार्यकर्तालाई त्यही सौखमा पाल्नु त झन् होइन।

प्रजातन्त्रको पुनस्र्थापना भएको अढाई दशक भयो, मुलुक लोकतान्त्रिक गणतन्त्र भनिएको पनि एकदशक हुन लाग्यो तर राजनीति मुलुकको विकास र समृद्धिको मार्गचित्र कोर्ने र सबैका लागि विकास, न्याय, समृद्धि र सुरक्षा उपलब्ध गराउने स्तरको सोचमा पुगेकै छैन।

आधुनिक ज्ञान र प्रविधिहरूको उत्तम उपयोगद्वारा विश्व बजारमा प्रतिस्पर्धायोग्य र हरेक उपभोक्ताले गर्व गर्नलायक वस्तु र सेवा उत्पादन गर्न हामी किन सकिरहेका छैनौं ?

यो अभावलाई हटाएर देशभित्र र बाहिरका निजी क्षेत्रसँगको गहन र बृहत् सहकार्यद्वारा आधुनिक विज्ञान र प्रविधिलाई कुशलतापूर्वक उपयोग गरेर अन्तर्राष्ट्रिय बजारमा माग हुने सेवा र वस्तु उत्पादन गर्ने क्षमता आर्जन नगरी कसरी देश उठ्छ?  
         
यसका लागि ठूलो धनराशि हैन, ठूलो सोच र इच्छाशक्ति चाहिन्छ। मुलुकका औद्योगिक-व्यावसायिक र शैक्षिक प्रतिष्ठानहरूलाई सोअनुरूप नीति र कार्ययोजनाहरूमा संलग्न गराई विकसित देशका त्यस्तै प्रतिष्ठानहरूसँग सहकार्य र साझेदारी गर्न मुलुकको प्रतिबद्धता सुनिश्चित गराउने राज्य नीतिको ढोका संविधानसभाले खोल्न सक्छ ?
           
निर्बाध ऊर्जा, यातायात, सञ्चार, वित्तीय सुविधा, पर्याप्त जलआपूर्तिद्वारा उद्योग र बजार विकासका भरपर्दा संरचना विकास नगरी आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरेर लगानी सुरक्षाका निश्चित संवैधानिक प्रत्याभूति गरेर औद्योगिक शान्ति र व्यवस्था कायम गर्ने सामर्थ्य विकास नगरी, श्रम गतिशीलता र उत्प्रेरणाका नीति अवलम्बन नगरी र पर्याप्त उत्पादन वृद्धि गरेर राज्य कोष भर्ने कुन नीतिलाई अवलम्बन गरेर सबैका लागि रोजगार र बेरोजगार भत्ताको व्यवस्था गर्ने हिम्मत संविधानसभाले गरेको हो?

हामी त्रासदीय चुनौतीहरूको माझमा छौं। हाम्रो अत्यन्त अराजक राजनीतिक संस्कृति र अभ्यासको चरित्रले प्राकृतिक र वातावरणीय संकट, विश्वव्यापी आतंकवाद, अत्यन्त अस्थिर विश्व व्यवस्था र क्षेत्रीय परिवेश मात्र होइन, हाम्रा अत्यन्त महत्वकांक्षी र शक्तिशाली ठूला छिमेकीहरूसँग पनि सन्तुलित सम्बन्ध कायम गर्ने क्षमता विकास गर्न दिँदैन।

उपरोक्त चुनौतीहरूलाई सम्बोधन गर्न पहिला आम नेपाली जनतामा आशा जगाउनुपर्ने हो, राज्य अंग र मुलुकको राजनीतिक नेतृत्वप्रति विश्वास र भरोसा बढाउनुपर्ने हो। आमजनतालाई सपना देख्न सघाउनुपर्ने र सबैभन्दा ठूलो कुरा राजनीतिप्रति जनताको विश्वास र सम्मान निर्माण गर्नुपर्ने हो।

राजनीतिलाई पेसा, उद्योग, व्यापार तथा कमाउधन्दाको रूपमा रहन दिउन्जेल त्यसो गर्न सकिँदैन।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको झ्याम्टा बजाएर भजन (बालुन र देउसी) गाउँदै आउने संविधानले श्रीमान् गम्भीर नेपालीको राजनीतिक संस्कृतिलाई रामवरण, सुशील, ओली र प्रचण्ड संस्कृतिले रूपान्तरण मात्र गर्ने हो, मुलुकलाई उर्जायुक्त जीवन र गति दिने होइन !

कथित नेताका कृतदास बनेर उनीहरूकै गुटबाट आरक्षणको थाङनामा बेरिएर राजनीतिको कालो बजार चलाइरहेका समूहको निजी महत्वाकांक्षाको लागि होइन, सबै पिछडिएका समूह र वर्गलाई समृद्धि, स्वाभिमानका साथ जिउने सामथ्र्यको अवसर र सम्भावनाको ढोका संविधानसभाले बनाउने नयाँ संविधानले खोलिदिन सक्छ?

संसारको सबैभन्दा पुरानोमध्येको देश नेपालले (एक्काइसौं शताब्दीको विश्वको सबैभन्दा नयाँ संविधानसभा (साँच्चैको संविधानसभा हो भने उसले लेख्ने भनिएको संविधानले माथिका प्रश्नलाई सम्बोधन गरेकै हुनुपर्दछ।

संविधान कुनै दल, जाति, वर्ग र क्षेत्रको टोपी, गम्छा भिरेर वा मजेत्रोको सप्को हालेर मुलुकमा उपलब्ध सबै अवसर लुँड्याउनेहरूको लागि होइन, पाखुरा बजाएर खाने तथा सिर्जना र उद्यमशीलताले नेपाली अर्थतन्त्रमा प्राण भर्न सक्नेहरूका लागि हुनुपर्दछ !
annapurnapost.com
प्रेम अभिव्यक्त गर्ने सबैको आ–आफ्नो तरिका हुन्छ । प्रायले अभिव्यक्ति गर्ने तरिका भनेको ‘आइ लभ यु’ नै हो । यो जति प्रभावकारी केही पनि हुँदैन । यो पहिलेदेखि नै चल्दै आएको तरिका पनि हो ।
आइ लभ यु’ नभनिकन प्रेम प्रस्ताव गर्ने तरिकाको बारेमा अहिले धेरै नै चर्चा हुने गर्छ । कसैलाई लाग्ला प्रस्ताव गर्दा ‘आइ लभ यु’ नभनीकन कसरी भन्ने त ?
थाहा पाइराख्नुस् ८ प्रस्ताव यस्ता पनि छन्, जुन ‘आइ लभ यु’ बिना नै प्रेम प्रस्ताव गर्न सकिन्छ ।
म तिमीलाई भित्रदेखि सम्मान गर्छु
म तिम्रो सपना देख्छु
म तिम्रै हुँ
म तिमीप्रति नतमस्तक छु
तिमी र म सदाका लागि
म निशर्त प्रेम गर्छु
मलाई तिम्रो नजिक भैक्ष्रहन मनपर्छ
म हाम्रो प्रेममा जिउँछु
www.ratopati.com
काठमाडौं, २२ असार । कुरिल टापुमा आज बिहान ६.३ म्याग्न्च्यिूडको भूकम्प गएको छ ।

जापानबाट ५४६ र रसियाबाट १०४ किलोमिटर पुर्वमा पर्ने सो टापुमा नेपाली समय अनुसार बिहान ११ बजेको समयमा भूकम्प गएको हो ।

३० किलोमिटर गरिराइबाट भूकम्प गएको भूकम्पको जानकारी गराउने बेवसाइट सिएसइमले जनाएको छ ।

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home