• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
नायिका गौरी मल्ललाई यतिबेला नेपालको प्रथम महिला प्रधानमन्त्री बनाएर एक टेलिश्रृङ्खलाको छायांकन भैरहेको छ । २ महिनापछि प्रशारणमा ल्याउने तयारीका साथ यो श्रृङ्खलाको छायांकन अहिले धमाधम भैरहेको छ ।
१३ भागको यो सिरियलमा गौरी मल्लले सुशासन, नेतृत्व र उत्तरदायित्वको कुरा गर्नेछिन् । महिला प्रधानमन्त्री बन्दा हुने दुख र उसले पाउने चुनौतीको कथालाई यो सिरियलमा उतारिनेछ ।
नेपालको केन्दि्रय राजनीतिमा महिलालाई माथि आउने नदिने प्रचलन छदैछ । यो श्रृङ्खलामा यो बिषयले बढी स्थान पाउनेछ । यसको निर्देशन छिरिङरितार शेर्पाले गरिरहेका छन् ।
संविधान बनेपछि नेपालको राजनीति कसरी अगाडि बढ्छ भन्ने बिषयमा यो श्रृङ्खला तयार गरिएको निर्देशकको भनाई छ । निर्माता यूवकर राज राजकणिर्कारका अनुसार यो श्रृङ्खलाले जनतालाई सरकारप्रति उनीहरुको दायित्व र भूमिकाको बिषयमा जानकारी गराउनेछ ।
यो श्रृङ्खलाको मुख्य पात्रको रुपमा अभिनय गरिरहेकी नायिका गौरी मल्लले ‘सिंहदरबार’ले देशको विभिन्न बिषय, सरकारले भोग्ने चुनौती र जनताले दैनिक भोग्दै आएका समस्यालाई उठान गरेको बताइन् ।
www.onlinekhabar.com
खोटाङ, ३१ जेठ । भूगर्भविद्ले भूकम्पका कारण उच्च जोखिममा परेका खोटाङका मानववस्ती पहिचानको काम थालेका छन् ।
खानी तथा भूगर्भ विभागले पठाएका दुईजना भूगर्भविद्को टोलीले पश्चिमी गाविस बाहुनीडाँडा पुगेर भूकम्पबाट उच्च जोखिममा परेका बस्ती तथा आवास पहिचानको काम थालेको हो ।
गत वैशाख–१२, १३ र २९ गतेका भूकम्प र पराकम्पनका कारण अत्यन्त जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई अन्यत्र लगेर अस्थायी आवासको व्यवस्थापन गर्न स्थलगत अध्ययन थालेको विभागले जनाएको छ ।
भूकम्पका कारण क्षतविक्षत बनेको बाहुनीडाँडा–५ ट्याम्टुकमा पुनः ‘मानववस्ती बनाउन सकिने सम्भावना भए–नभएको’ अध्ययन गर्न भूगर्भविद् त्यहाँ पुगेका जिल्ला दैविप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो ।
भूकम्पका कारण सबै घर ढलेको बाहुनीडाँडाको ट्याम्टुकमा पुनः मानवबस्ती बसाल्न ‘योग्य वा अयोग्य’ रहेको पत्ता लगाउने काम गरिने भूगर्भविद नरेश महर्जनले बताउनुभयो ।
भूगर्भविद्को टोलीले उच्च जोखिममा परेका बस्तीको एकीकृत तथ्याङ्क तयार गरी अस्थायी वस्ती बसाउन सकिने ठाउँ वा आवासयोग्य क्षेत्रको समेत पहिचान गर्ने जनाइएको छ । रासस
dainiknepal.com
के तपाइँले यस्तो गाउँको बारेमा सुन्नुभएको छ ? जहाँ छोराहरुलाई अभागी मानिन्छ ? सायद छैन होला । महिलाहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा बाँच्न बाध्य बनाउने परम्परागत समाजमा छोराहरुको स्थान सधै उच्च रहने गरेको देखे भोगेकाहरुका लागि यो पत्याउनै नसकिने कुरा हो । तर हाम्रै छिमेकी देश भारतको एउटा गाउँ यस्तो छ जहाँ छोराहरुलाई अभागी मानिन्छ ।
भारतको मेघालयस्थित मावलीनग गाउँ यस्तो अनौठो सभ्यतायुक्त गाउँ हो । आदिम खासी जनजातीको बसोबास रहेको यो गाउँको जनसंख्या ५ सय जति छ ।
यो गाउँमा मातृसत्तात्मक व्यवस्था छ र महिलाहरुले राज गर्दछन् यहाँ । पुरुषहरुको प्रभुत्व नामेट छ । छोराछोरीहरुको थर बुवाको होइन आमाको राखिन्छ ।
यो गाउँ एसियाको सबैभन्दा सफा गाउँ पनि हो र यसलाई भारतको गौरव तथा इश्वरको बगैँचा पनि भनिन्छ । यहाँका बालिका, किशोरी तथा महिलाहरु तलाउ तथा झरनाहरुमा खेलिरहेका भेटिन्छन्, परी जस्तै ।
यहाँ पुरुषहरुको हैकम शुन्य छ, त्यसैले यहाँका पुरुषलाई अभागी मानिन्छ ।  महिलाहरुलाई कुनैपनि कुरामा रोकतोक छैन र परम्पराको बन्देज पनि छैन । यो गाउँका हरेक महिलाहरु कामकाजी छन् र परिवारको आयमा आफ्नो योगदान पूराइरहेका हुन्छन् ।
यो गाउँमा परिवारकी कान्छी छोरी सबैभन्दा पुज्य, महत्वपूर्ण तथा पि्रय हुन्छिन् र कान्छी छोरीलाई नै धन तथा सम्पत्तिको हकदार मानिन्छ । बाबुबाट छोरामा सम्पत्तिको हकमा सर्नुको साटो आमाबाट छोरीमा पैत्रिक सम्पत्तिको हक हस्तान्तरण हुन्छ । अधिकांस भूमिमा महिलाकै हक रहेको छ ।
यो समुदायका युवतीहरुलाई आफुलाई मन परेको केटा रोजेर बिहे गर्ने पूर्ण छुट छ । हिलाहरुलाई आफुखुसी सम्बन्ध विच्छेद गर्ने तथा एक्लै बस्न पाउने हक पनि छ ।
यो गाउँको साक्षरता दर शत प्रतिशत रहेको छ । तर यो गाउँका पुरुषहरु भने बेखुस छन् । परिवार तथा समाजमा आफ्नो भूमिकाको अवमूल्यन भएको, महिलाहरुले हेप्ने गरेको भन्दै यहाँका युवा तथा प्रौढ पुरुषहरु जाँडरक्सी खाने तथा कुलततर्फ पनि लाग्ने गरेको पाइएको छ । यो गाउँमा पुरुषहरुको मृत्युदर पनि महिलाको भन्दा उच्च छ ।
यहाँ पुरुषको अधिकार खोज्दै विभिन्न पुरुष समूहहरु पनि गठन भएका छन् । मेघालयको राजधानी सिलोंगमा मुख्यालय रहेको पुरुष अधिकारवादी संस्था सिंगखोङ रिम्पेइ थेमाइको अभियानप्रति यो गाउाका धेरै युवाहरुले एक्येबद्धता जनाउन थालेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
हंसराज वाग्ले, अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
काठमाडौं, ३१ जेठ । श्रम तथा रोजगार मन्त्रालयले लागू गर्ने भनिएको शून्य लागतको मेनपावर व्यवसायीहरूले विरोध गरेका छन् ।
मन्त्रालयले ६ वटा खाडीमुलुक र मलेसियामा लागू गर्ने भनिएको शून्य लागतले रोजगारीका लागि विदेश जाने कामदार व्यवसायीलाई असर पर्ने भएकाले त्यसको विरोध गरेको सौर्य दैनिकमा सोभित बस्नेत समाचार लेखेका छन् ।
मन्त्रालयले शून्य लागत लागू गर्दा सम्बन्धित देश र मेनपावर व्यवसायीहरूसँग छलफल नै नगरी लागू गरेका कारण यसको विरोध गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तिलक रानाभाटले बताए ।
‘मन्त्रालयले लागू गर्नुअघि व्यवसायी र सम्बन्धित देशका अधिकारीसँग छलफल गर्नुपर्ने हो त्यो हुन सकेन’, रानाभाटले भने, ‘यो कानुन मात्र बन्ने हो भने, ठीकै छ । होइन भने यस विषयमा छलफल गर्नु पर्दथ्यो ।’ सरकारले नै कामदार पठाउँदा लगभग एक लाख रुपैयाँ लिने गरेको उनले बताए ।
यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्लेले शून्य लागतले कामदार र व्यवसायी दुवैलाई फाइदा हुने बताए । शून्य लागतको माग व्यवसायीले ल्याउन सक्ने उनको भनाइ छ ।
मन्त्रालयले गरेको निर्णयमा व्यवसायीले कामदारसँग एक महिनाको सेवा शुल्क लिने वा १० हजार रुपैयाँ लिने भन्ने विषयमा स्पष्ट उल्लेख हुनुपर्ने वाग्लेले बताए ।
मन्त्रीले व्यवसायीसँग छलफल गर्नुपर्नेमा छलफल नगरेको प्रति वाग्लेले असन्तुष्टि जनाउँदै गरिब कामदार निःशुल्क जान पाउनु पर्ने संघको माग भएकाले तत्काल सम्बन्धित देशका प्रतिनिधि राखेर छलफल गर्न समेत आग्रह गरे ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले मन्त्रीको निर्णयप्रति फोरमले घोर भत्सना गर्ने बताए ।
‘शून्य लागत आफैँमा नराम्रो होइन तर यसका लागि सरकारले सम्बन्धित देशसँग श्रम सम्झौता र पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ’, न्यौपानेले भने, ‘आफ्नैं देशका नागरिकलाई पाँच हजारमा राहदानी बेच्ने देशले शून्य लागतमा अरूको देशमा कामदार पठाउँछु भन्न कत्तिको सुहाउँछ ?’ ‘सरकारको बायोमेस्ट्रिक लागू गर्न चाहेको हो । यदि, होइन भने राज्यमन्त्री टेकबहादुर गुरुङले किन आफैँले कामदार पठाउने देश पोर्चुगलमा शून्य लागत लगाउन सक्दैनन् ?’ उनले प्रश्न गरे ।
‘शून्य लागत आफैँमा नराम्रो होइन तर यसका लागि सरकारले सम्बन्धित देशसँग श्रम सम्झौता र पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ’, न्यौपानेले भने
नेपाली कामदार खाडीमुलुक, मलेसिया मात्र नजाने भएकाले पहिला दक्षिण कोरिया, पोर्चुगल, युरोपलगायतका देशबाट शून्य लागत लगाउनुपर्ने उनको भनाइ छ । मन्त्रालयका कर्मचारीको लहैलहैमा लागेर राज्यमन्त्रीले शून्य लागत लागू गरेको न्यौपानेको दाबी छ ।
‘सबै मेनपावर व्यवसायी इमानदार हुन्छन् भन्ने छैन । यसअघि व्यवसायीले मलेसिया जानेलाई अधिकतम ८० हजार, कतार २० हजार र अन्य खाडीमुलुक कतार, बहराइन, ओमान, युएई, कुवेत पठाउँदा ७० हजारको बिल भौचर दिने गरेका थिए । अब त्यो पनि नदिने भएपछि कामदार ठगिने क्रम बढछ ।’
उनले भने, ‘विभागका कर्मचारीले पीडितको मौखिक बयानका आधारमा मेनपावरलाई कारबाही गर्ने बहानामा आम्दानी गर्नेछन् ।’
कतारमा जाने अदक्ष कामदारबाहेक अन्य कामदार पठाउँदा शून्य लागत सम्भव नभएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका वरिष्ठ उपाध्यक्ष हरि पाण्डे क्षत्रीको भनाइ छ ।
‘शून्य लागत लगाउने हो भने हामी यसको विरोध गर्छौं’, उनले भने, ‘यो निर्णयले अब पैसा हुनेले मात्र व्यवसाय गर्ने समय आयो ।
dainiknepal.com
काठमाडौं: आइतबार बिहान नुवाकोट केन्द्रबिन्दु भएको भूकम्पको धक्‍का महसुस भएको छ। बिहान ५ बजेर ५९ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौं उपत्यकासम्म महसुस भएको थियो ।

शनिबार बिहान ७ बजेर ३ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ५.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । त्यसअघि शुक्रबार पनि भूकम्प गएको थियो ।

वैशाख १२ को विनाशकारी भूकम्पपछि निरन्तर परकम्पन जाने क्रम जारी छ । अहिले सिन्धुपाल्चोक, नुवाकोट र दोलखालार्इ केन्द्रबिन्दु बनाएर धेरै भूकम्प गइरहेका छन् ।

अहिलेको एक्काइसौँ शताब्दिमा पनि छोरा र छोरीमाथिको भेदभाव विद्यमान रहेको छ । छोरा भए एउटा सन्तान भए पुग्छ भन्नेहरु छोरी जन्मेमा वंश धान्ने छोरा त चाहिन्छ नै भन्न पछि पर्दैैनन् ।




धेरै छोरीहरु जन्मेको घरमा एउटा छोरा जन्माउनै पर्छ भनेर महिलामाथि दबाब दिने गरिन्छ ।
जसले महिलालाई निकै तनावमा पारेको हुन्छ ।


यस्तै कुराहरुलाई मध्यनजर गर्दै चीनका वैज्ञानिकहरुले एउटा यस्तो तालिकाको निर्माण गरेका छन् जसले थुप्रै मानिसहरुलाई आफूले चाहेको अनुरुप छोरा–छोरी जन्माउन सहयोग गर्नेछन् ।

 उक्त तालिकालाई उपयोग गर्नेहरु यो शत प्रतिशत सत्य भएको दाबी गर्दछन् तर विशेषज्ञहरु यसलाई ९९ प्रतिशत सत्य भएको बताउँछन् ।

चार्टको माथिल्लो पंक्तिमा महिलाको उमेर दिइएको छ र अर्कोतर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ ।


 यहाँ ‘X’  भनेको छोरालाई अंकित गरिएको छ भने ‘O’ को प्रयोग छोरीको लागि गरिएको छ । यदि तपाईंलाई पनि आफूले चाहेको अनुरुप छोरा वा छोरी जन्माउन मन लागेको छ भने तल दिइएको चार्टलाई प्रयोग गर्नुहोस् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
खुसी के हो भन्ने विषयमा छलफल गर्ने हो भने, यसको टुङ्गो सायद कहिले लाग्दैन । खुसी एक महसुस गर्ने विषय हो । तर के, खुसी हुनका लागि हामीले केहि नियम पालना गर्नुपर्छ ?हो, खुसी रहन केहि नियम पालना गर्नुपर्छ र वैज्ञानिकहरुले सधैँ खुसी रहने तरिका पत्ता लगाएका छन् ।
१. तपाईंले जे सोच्नुहुन्छ त्यहि व्यवहारमा उत्रने गर्दछः सकारात्मक सोचले तपाईंको व्यवहारमा पनि प्रभाव पार्ने गर्दछ । विशेषज्ञ सन एक्हरले मानिसको व्यवहारमा वातावरणले १० प्रतिशत मात्र प्रभाव पार्ने गर्दछ । बाँकी ९० प्रतिशत तपाईंले कस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यसमा भर पर्छ ।


यदि तपाईंले सहि निर्णय लिनुभयो भने, नतिजा सधैँ सकारात्मक नै हुने गर्दछ । सहि निर्णय लिनका लागि तपाईंको सोच्ने तरिका पनि सकारात्मक हुन जरुरी छ । आफ्नो खुसी आफ्नो दिमागमार्फत आफैँ निर्माण गर्नुहोस् । नकारात्मक सोचले तपाईंलाई भित्री रुपमा ध्वस्त पार्नुका साथै तपाईंको बाहिरी दुनियाँलाई पनि प्रभाव पार्ने गर्दछ । रचनात्मक सोचले तपाईंको उत्पादकत्व र उर्जालाई ३० प्रतिशतले वृद्धि गर्ने ग



र्दछ । आफ्नो दिमागको शक्तिलाई प्रयोग गर्नुहोस् ।
 २. नकारात्मक सोचलाई फ्याँकिदिनुहोस्ः सबै मानिसहरु भिन्न हुन्छन् र उनीहरुको सोच्ने शैली पनि उस्तै । हामीमध्ये धेरैले हाम्रो दिमागमा नकारात्मक सोचाईलाई हाबी हुन दिन्छौँ । यसले तपाईंको वास्तविक जीवनमा समस्या ल्याइदिने गर्दछ । आफ्नो दिमागलाई नकारात्मक सोचबाट मुक्त गर्ने थुप्रै तरिकामध्ये स्पेनको युनिभर्सिटीमा विकास गरिएको एउटा तरिका निकै लोकप्रिय छ । उनीहरुका अनुसार आफ्ना सबै नकारात्मक सोचाईहरु एउटा पानामा लेखेर कि त त्यो कागजको टुक्रालाई जलाइदिने वा च्यात्ने गरेमा यसले तपाईंमा भएको नकारात्मक सोचाई कम गर्ने गर्दछ ।




३. सकारात्मक कुराहरुको नोट बनाउनेः आफ्नो जीवनमा जे जति पाइरहनु भएको छ त्यसमा खुसी हुन सिक्नुहोस् । सबैको जीवनमा केहि न केहि राम्रो पक्ष पक्कै हुने गर्दछ । आफूलाई खुसी बनाउने कुराहरुमा मात्र ध्यान दिनुहोस् । आफ्नो जीवनमा पाएको र हाँसिल गरेको सकारात्मक कुराहरुको नोट बनाउनुहोस् । एउटा कुरा साँचो हो कि हाम्रो दिमागले नकारात्मक सोचाइलाई चाँडै बिर्सन सक्दैन यद्यपी अनुसन्धानकर्ताहरुले नकारात्मक सोचाईभन्दा सकारात्मक कुरामा बढि ध्यान दिने गर्नाले यसलाई चाँडै नै बिर्सन सकिने बताएका छन् ।
 ४.
 दिमागलाई फ्रेस बनाउने तरिका अपनाउनुः हार्भाड युनिभर्सिटीमका अनुसन्धानकर्ता म्याट किलिङ्सवर्थले खुसी रहनका लागि आफ्नो जीवनको प्रत्येक मिनेटलाई याद गर्नुपर्ने बताउँछन् । आफू खुसी हुँदाको क्षणलाई कहिले पनि बिर्सन नहुने उनी बताउँछन् । यदि हामीले हाम्रो दिमागलाई फ्रेस बनाउँछौँ, हाम्रो खुसी पनि त्यति नै बढ्ने गर्दछ । विगतका दिनमा गरेका रमाइला घटनाहरुलाई सधैँ दिमागमा ताजा राखिरहनु पर्ने बताउँदै म्याटले बिगतका काला दिनहरुलाई बिस्तारै बिर्सदैँ लैजानु पर्ने बताउँछन् ।
 ५. अरुलाई सहयोग गर्नुहोस्ः 
आफ्नो जीवनको केहि समय अरुको लागि पनि छुट्याउनुहोस् । हामी धेरैजसो अवस्थामा स्वार्थी हुने गर्दछौँ । हुन त हामीले आफ्नो आवश्यकता र इच्छाको बारेमा सोच्नु पर्छ । दोस्रो व्यक्तिलाई तपाईंको आवश्यकता भएको थाहा पाउँदा तपाईंलाई साँच्चैको खुसी लाग्छ । आफ्नो केहि समय र पैसा अरुलाई सहयोग गर्नका लागि खर्च गर्नुहोस् ।
अरुलाई सहयोग गर्दा तपाईलाई एउटा सकारात्मक उर्जा प्राप्त हुने गर्दछ जसले तपाईंलाई अन्ततः खुसी हुन मद्दत गर्दछ ।
 ६. उज्वल भविष्यको आशा गर्नुहोस्ः 
आफ्नो जीवनबाट के कुराको आशा गर्नुहुन्छ त्यसलाई सोच्नुहोस् र ध्यानमा राख्नुहोस् । यथार्थपरक हुनुहोस् र सपना देख्न नहिच्किचाउनुहोस् । आफ्नो जीवन आउने ५ वा १० वर्षम कस्तो होला भनेर कल्पना गर्नुहोस् । यसले तपाईंलाई तपाईंको जीवनको महत्वपूर्ण भाग के हो भन्ने सिकाउँछ र यसमा नै ध्यान केन्द्रित गर्न सिकाउँछ । आफ्ना प्राथमिकताहरुलाई आफै व्याख्या गर्नुहोस् र सपनालाई साकार बनाउन तल्लिन हुनुहोस् ।
तपाई सुन्दर र चम्किलो छाला बनाई आफ्नो सौन्दर्य बढाउन चाहानुहुन्छ ? तर, तपाईको डन्डीफोरले तपाईलाई तनाव दिइरहेको छ । अनुहारमा आउने डन्डीफोरले तपाईंको सुन्दरतामा दाग लगाइदिन्छ। डन्डीफोर छिटै निको पनि हुँदैन। केही घरेलु उपाय अपनाएर डन्डीफोरबाट छुटकारा पाउन सकिन्छ।
ल्वाङ

डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ गुणकारी छ। यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। एक कप पानीमा ल्वाङ उमाल्ने। पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र अनुहारमा डन्डीफोर भएको ठाउँमा लगाउने। आधी घण्टासम्म राख्ने। सुखेपछि चिसो पानीले अनुहार धुने। यसो गर्दा डन्डीफोर हटेर जान्छन्।

मह
धेरै कम मानिसलाई थाहा छ कि महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने। १५ मिनेटपछि चिसो पानीले धुने। चिसो दूधले पनि अनुहार धुन सकिन्छ। यसले डन्डीफोरको समस्याबाट छुटकारा त दिलाउँछ नै तपाईंको छाला चम्किलो पनि बनाउँछ।

केराको बोक्रा
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

गोलभेँडा
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्दा यसले छिट्टै फाइदा दिन्छ।

काठमाडौं, ३० जेठ । विनाशकारी भूकम्पबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।
विनाशकारी भूकम्पपछि परकम्पन आउने क्रम नरोकिरहेका बेला अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको मृत्यु हुने क्रम जारी छ ।
त्यही क्रममा बैशाख १२ गतेको बिनाशकारी भूकम्पमा परी घाइते भएका ललितपुर उपमहानगरपालिका-२३ धापाखेल बस्ने ४६ वर्षीय डम्बरबहादुर सारुको आज काठमाडौं स्थित न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
भूकम्पमा घर भत्किएर गम्भीर घाइते भएका डम्बरबहादुरको मस्तिष्कमा गहिरो चोट लागेको थियो । घाइते भएकै दिन अस्पताल भर्ना गरिएका डम्बरको डेढ महिनापछि मृत्यु भएको हो । उनको शवलाई परिवारको जिम्मा लगाइएको छ ।
dainiknepal.com
एजेन्सी । प्यार अन्धो हुन्छ भन्ने भनाई यो घटनाबाट पुष्टि हुन्छ । प्यार अन्धो मात्र नभई अपराधी र हत्यारा समेत हुन जान्छ कहिलेकाही ।
भारतको मध्यय प्रदेशमा एक शिल्पा रेड्डीले आफ्नै भाई सँगको माया प्रेमका कारण ब्लाङलोरमा एक कम्पनीमा सफ्टवेयर इन्जिनियर रहेका पतिको हत्या गरिन् । उनले आफ्नो इन्जिनियर पतिलाई जुसमा विष मिसाएर खुवाएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धान अनुसार उनको नातेदार भाई सागको प्रेमका कारण उनी आफ्नो २२ बषिय प्रेमी सँग विबाह गरेर बस्न चाहन्थिन् ।
उनले आफूहरु बीच शारिरीक सम्वन्ध समेत बनेको प्रहरी बयानमा बताइन् । उनीहरु बिचको सम्वन्ध पारिवारीक रुपमा थाह भएपछि उनीहरुलाई सक्झाई बुझाई समेत पारिएको थियो ।
तर उनीहरु एक आपसबाट टाढा हुनुको साटो झन नजिक पुगे रेड्डी आफ्नै पतिको हत्या गर्न पनि पछि परिनन् । प्रहरीका अनुसार उनले उनका पतिले बजार नलगेको नघुमाएको मा पति देखी उनी रिसाएकी थिइन् ।
www.nepalsandesh.com
टिप्स : के तपाईको श्रीमती माईत जानुभएको छ । यात त तपाई श्रीमान् छाडेर माईत जाँदै हुनुहुन्छ । श्रीमती माईत गएकाबेला तपाई के गर्नुहुन्छ ? कतै तपाईकी श्रीमती माईत गएकाबेला तपाईले गरेको गलत कामले तपाईहरुको सम्बन्ध बिग्रेको त छैन ।

यदी त्यसो हो भने ख्याल गर्नुस् है । तपाईको वैवाहीक सम्बन्धले तपाईको जीवनमा धेरै अर्थ राखेको हुन्छ । त्यसैले श्रीमती माईत गएकाबेला तपाईले आफ्नो सम्बन्ध सुमधुर बनाईराख्नका लागि के नगर्ने त ? यही विषयमा आज हामी तपाईलाई केही कुरा भन्दै छौँ । यसले तपाईको जीवनमा सकारात्मक प्रभाव पार्नेछ भन्ने आशा छ ।

१. पर–स्त्रीसँग नलाग्नेः यदी तपाईको श्रीमती माइत जानुभएको छ भने तपाई पर–स्त्रीसँग नलाग्नुहोस् । यसले तपाईको सम्बन्धमा नकारात्मक असर पार्न सक्छ । यसरी तपाई पर–स्त्रीसँग लाग्दा तपाईको त्यतैप्रति ध्यान जानसक्छ । अनि तपाईकी श्रीमती माईतबाट आएपछि पनि तपाईलाई श्रीमतीप्रति पहिलेकोभन्दा कम आकर्षण हुनसक्छ । त्यसैले यसतर्फ तपाईको ध्यान जानु आवश्यक छ ।

२. ढीला घर नआउनेः श्रीमती नभएको मौका यही हो भनि तपाई ढीला घर नआउनुहोस् । यदी घरमा परिवार हुनुहुनछ भने पहिलेभन्दा छिटै घर आउनुहोस् । उनीहरुलाई हेरचाह र सहयोग गर्नुहोस् । कोही छैन भने पनि यताउता बरालिएर नहिड्नुहोस् । जुनपछि तपाईको बानि बन्न सक्छ । आज त श्रीमती छैन किन घर जानु या जतिबेला गएपनि भयो, भन्ने नसोच्नुहोस् । यदी तपाईलाई यस्तो बानि बस्यो भने त्यसलेपछि पनि नकारात्मक असर पार्न सक्छ ।

३. अरुसँग धेरै समय नबिताउनेः तपाईलाई एक्लो महसुश हुन सक्छ त्यस बखत । तर, एक्लै भए भन्दैमा बाहिर गएर साथीभाई सँग समय धेरै नबिताउँदा नै राम्रो हुन्छ । एक्लो महसुश भए टी.भि. हेर्ने, कुनै किताब पढ्ने, गेम खेल्ने, पुराना फोटाहरु हेर्ने जस्ता कुराहरु गर्नु पर्छ । यसो गर्दा श्रीमती आएपछि तपाईको माया छन् बढेर जान्छ र एक्लोपनि हटेको महसुश हुन्छ । श्रीमतीलाई पनि तिमी नभएकाबेला साथीसँग रमाइलो गरे भन्दा यसरी दिनहरु बिताएभन्दा खुसी लाग्नेछ ।

४. श्रीमतीलाई सम्पर्क गर्नेः श्रीमती माईत गएकाबेला उहाँ घरपरिवारका सदस्यसँग व्यस्त हुन सक्नुहुन्छ । उहाँसँग तपाईलाई फोन गर्ने समय पनि नमिलन सक्छ सबैका अगाडी तर तपाईले गरेपछि फोन नउठाउने त कुरै हुदैन । त्यसैले उसले सम्पर्क गर्नुपर्छ भन्ने मानसिकताबाट हटेर मैले गर्दा अझ राम्रो भन्ने भावना राख्नु पर्छ । समय मिले च्याट गर्ने या म्यासेज गरिरहनु पर्छ । यसले तपाईको सम्बन्धलाइृ साच्चि मधुर र सदा राम्रो बनाउन सहयोग गर्नेछ ।

५.आजै हो भन्ने नसोच्नेः कतिपयले भन्ने गरेको सुनिन्छ, ‘बल्ल माईत गई ।’ कहिले माईत जाली र मैले मोज, मस्ती गर्न पाउँला । यस्ता भावना राख्नु गलत हो । तपाई उहाँसँग सयौँ जुनी जीउने कसम खाएर वैवाहीक जीवनमा बाँधिनुभएको छ । त्यसैले सम्बन्ध राम्रो बनाउनु तपाईको महत्वपूर्ण भूमिका हुने गर्छ । यस समयमा तपाईले आफ्नो सम्बन्ध विग्रने खालका त्यस्ता कुनै पनि गलत काम गर्नु हुदैन । आफ्नो भविष्य र परिवारलाई हरपल सम्झनु पर्छ तपाईले । आजै त हो भनेर आज गरेको कुनै कामले तपाईको सम्बन्ध विग्रने अवस्था आउनु हुदैन ।
तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ तर हाम्रो कपालको वास्तविक रङ्ग सेतो हुन्छ । 
त्यसो भए हाम्रो कपाल रङ्ग कसरी विभिन्न प्रकारका हुन्छन् त ?
के तपाईँले कसैले कपाल डाइ गरेर वा कपालमा रङ्ग लगाएर आफ्नो फुलको कपाललाई लुकाउन खोजेको देख्नुभएको छ ? या आफ्नो हजुरबुबाको फुलेर सेतै भएको कपाल देख्नु भएको छ ? अवश्य पनि देख्नु भएको छ होला । यो त हाम्रो लागि सामान्य कुरा नै हो । हामी सबैलाई थाहा नै छ, हाम्रो उमेर बढ्दै गएपछि हाम्रो कपालको रंग पनि आफैं बद्लिन्छ । पहिले कालो रङ्ग भएको कपाल पछि फुलेर सेतै हुने गर्छ । आखिर यस्तो किन हुन्छ ? के हाम्रो उमेरकै कारणले हाम्रो कपाल फुल्छ त ? यो प्रश्नको उत्तर जान्नुभन्दा पहिले हाम्रो कपालको बारेमा केही कुरा जान्न जरुरी छ ।


हाम्रो टाउकोमा रहको कपाललाई साफ्ट (पाइप) र जरा गरेर दुई भागमा बाँड्न सकिन्छ । साफ्ट भनेको हाम्रो टाउकोको बाहिरी भागमा देखिने कपालको रङ्गिन भाग हो । कपालको जरा चाहिँ हाम्रो टाउकोको भित्री भागमा रहेको हुन्छ । यसले कपाललाई अडाए राख्ने काम गर्छ । कपालको जरालाई फलिकल (follicle) ले घेरेको हुन्छ । तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ तर हाम्रो कपालको वास्तविक रङ्ग सेतो हुन्छ । त्यसो भए हाम्रो कपाल रङ्ग कसरी विभिन्न प्रकारका हुन्छन् त ? हाम्रो कपालको जरामा रहेको हरेक फलिकलमा निश्चित मात्रामा पिग्मेन्टहरु हुन्छन् । यस्ता पिग्मेन्टहरु मुख्य रुपमा दुई प्रकारका हुन्छन् ः गाढा (eumelanin) र हल्का (phaeomelanin) ।

यी पिग्मेन्टहरुले मेलानिन नामक रसायन पैदा गर्छ । यही रसायनकै कारणले गर्दा हाम्रो कपालको रङ्ग सेतो नभएर विभिन्न खाले रङ्गको हुने गर्छ । यो रसायन हामी जन्मेदेखि नै बनिन थाल्छ । कपालको रङ्ग कस्तो हुन्छ भन्ने कुरा चाहिँ हाम्रो कपालको साफ्टमा मेलालिनको फैलावटको मात्रामा भर पर्छ । साफ्टमा जति धेरै मेलानिन हुन्छ, त्यति नै हाम्रो कपालको रङ्ग गाढा हुन्छ । यसको मात्रा कम भयो भने हाम्रो कपालको रङ्ग खैरो अथवा हल्का रङ्ग भएको हुन्छ । मेलानिनले नै घाममा परेपछि हाम्रो छालाको रङ्ग पनि निर्धारण गर्ने काम गर्छ । मेलानिन मेलानोसाइट नामक विशेष पिग्मेन्टबाट बनेका हुन्छन् । तिनीहरु हाम्रो छालाको कपाल निक्लने भाग (फलिकल) मा रहेका हुन्छन् । एउटा फलिकलबाट एउटैमात्र कपाल बढ्ने गर्छ । हाम्रो कपाल मुख्य रुपमा तीन चरण गरेर बढ्ने गर्छ । ती निम्न रहेका छन् ः

१) एनाजिन ः यो सबैभन्दा सुरुको चरण हो । यो २ देखि ७ वर्षको अवधिसम्म चलिरन्छ । यो चरणमा हाम्रो कपाल निकै छिटो गतिको साथ बढ्ने गर्छ । हाम्रो कपालको ८०–८५ प्रतिशत कपाल यही चरणमा पलाउने गर्छ । २) क्याटाजिन ः यो चरणमा भने हाम्रो कपालको बढ्ने प्रक्रिया रोकिने गर्छ । यो चरण १० देखि २० दिनको छाटो समयको मात्र हुन्छ ।
३) टेलोजिन ः यो चरणपछि हाम्रो कपालको बढ्ने प्रक्रिया पूर्ण रुपमा बन्द हुन्छ । यही चरणमा हाम्रो कपालको फाइबर पनि झरेर जान्छ । यो चरण १०० दिनसम्म चल्छ । यो चरण पछि फेरि सुरु कै एनाजिन चरण दोहोरिन्छ । टाउकोमा कपाल बनेपछि मेलानोसाइटले केराटिन नामक प्रोटिन हाम्रो छालामा पठाउँछ । यही केराटिन प्रोटिन कै कारणले नै हाम्रो नङ्ग, छाला र कपाल बनिन्छ । वर्षैभरि मेलानोसाइटले हाम्रो कपालमा केराटिन पठाउँछ । यसैले गर्दा पनि हाम्रो कपालमा रङ्ग आउन थाल्छ । हामी बुढो भएपछि हाम्रो कपालको फलिकलमा रहेको पिग्मेन्ट विस्तारै मर्दै जान्छ । जब त्यहाँ पिग्मेन्टको मात्रा घटेर निकै कम हुन्छ, हाम्रो कपालममा मेलानिनको मात्रा पनि कम हुन्छ । अनि विस्तारै हाम्रो कपालको रङ्ग हल्का हुँदै खैरो हुन्छ ।

 जति धेरै बुढो भयो कपालमा मेलानिनको मात्रा त्यति नै कम हुँदै जान्छ । धेरै बुढो भएपछि हाम्रो कपालको रङ्ग पुरै सेतो हुन्छ । यसलाई नै हामी हाम्रो कपाल फुल्यो भनेर भन्छौँ । कपाल फुल्ने विभिन्न कारणहरु सन् २००५ को फेब्रुवरीमा हवार्ड विश्वविद्यालयका वैज्ञानिकहरुले कपाल फुल्ने विभिन्न कारणहरुका बारेमा एउटा लेख प्रकाशित गरेका थिए । जसमा उनीहरुले हाम्रो जीन (Gene) ले पनि हाम्रो कपाल कहिले फुल्छ भन्ने कुराको निर्धारण गर्छ भनेर उल्लेख गरेका थिए ।

कोही मानिसको कपाल छिटै फुल्छ छ त कसैको धेरै ढिलो फुल्ने गर्छ । हजुरबुबा वा हजुरआमाको कपाल फुल्ने समयको अध्ययन गरेर छोराछोरी वा नातानातिनाहरुको कपाल फुल्ने उमेरको अनुमान गर्न सकिन्छ । किनभने बाबु बाजेको जीन उनीहरुको सन्ततिमा भेटाउन सकिन्छ । उदाहरणका लागि क्वकासियन समूहका महिलाहरुको कपाल ३५ वर्षको उमेरमा फुल्छ । कपाल फुल्ने प्रक्रिया निकै लामो हुन्छ । हामीले पहिलो सेतो कपाल भेटेको धेरै वर्षपछि मात्र पुरै कपाल फुल्ने गर्छ । जीनको साथसाथै अन्य थुप्रै कारणहरुले हाम्रो कपाल फुल्ने कुराको निर्धारण गर्छ ।

कपालमा भिटामिन बीको कमी भयो भने पनि त्यो चाँडै फुल्ने गर्छ । रगतमा आइरनको कमी वा थाइरोड ग्ल्यान्डमा खराबी भयो भने पनि कपाल फुल्छ । चुरोट खानेहरुको कपाल पनि चुरोट नखाने मानिसकोभन्दा चाँडै फुल्छ । चुरोट खाने मानिसको शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । त्यही भएर तिनीहरुको कपाल अलिक चाँडै फुल्ने गर्छ । क्यान्सर, एड्स जस्ता रोग लाग्यो भने तथा कलेजो तथा पेटका रोगहरुका कारण पनि कहिलेकाहीँ हाम्रो कपाल फुल्ने गर्छ । त्यसबाहेक, प्रदुषणका कारण पनि चाँडै कपाल फुल्ने गर्छ । पहिले मानिस तर्सियो भने पनि कपाल फुल्छ भनेर विश्वास गरिन्थ्यो । तर यो अन्धविश्वास मात्र हो । यसमा कुनै वैज्ञानिक सत्यता छैन । rato pati बाट
भनिन्छ,एउटा सफल व्यक्तिको जीवन पछाडि उसको जीवनसाथीको महत्वपुर्ण भुमिका रहेको हुन्छ । जीवनसाथीकै उत्कृष्ट सल्लाह र सहयोगमा सफल बनेका उदाहरणहरु दुनियाँमा प्रसस्तै सुन्न र पढ्न पाइन्छ । अनि जीवनसाथी झुर पर्दा दुःख पाएका र जीवनबाट नै पलायन भएका घटना पनि हामीले देखे सुनेका नै छौं । एउटा भनाइ नै छ,‘महान जीवनसाथी आफ्नो श्रीमानको दास बनेर उसलाई राजा बनाउँछे र आफु पनि रानी


बन्छे । तर खराव जीवनसाथी आफ्नो श्रीमानमाथि शासन चलाउँछे र उसलाई नोकर बनाउँछे ।’
विज्ञहरुले गहिरो अध्ययन गरेर काम नै नलाग्ने खराव महिलाहरुको ९ आनीबानीहरु प्रकाशमा ल्याएका छन् । उनीहरुले पत्ता लगाएका यि ९तथ्य सार्वजनिक गर्दै तत्काल यस्ता केटी र महिलाहरुबाट टाढा रहन सुझाव समेत दिएका छन् ।
दुई दम्पतीबीचको सम्बन्ध सुमधुर हुनबाट रोक्ने महिलाका यस्ता सात आनीबानीहरु टाइम्स अफ इन्डियाको सहयोगमा यहाँ प्रस्तुत गरेका छौं ।

१.आफुले भनेको सबै ठिक अरुले भनेको बेठिक भन्ने प्रवृतिः–

केही महिलाहरु यस्ता हुन्छन्,जो अरुको कुरा सुन्न नै चाहँदैनन् । यस्ता बर्गका केटीहरुलाई के लाग्छ भने उनीहरुलाई दुनियाँमा थाहा नभएको कुरा केही छैन र उ जस्तो सर्बज्ञ दोस्रो व्यक्ति यो समाजमा छैन । उनीहरुको यही सोचाइको कारण उनीहरु सधै अरुमाथि राज्य गर्न अग्रसर हुन्छन् ।
विज्ञहरुका अनुसार सुरुवातमै विना हिच्किचावट कुनै पुरुषमाथि एउटा महिला हाबी हुने तरिकाले प्रस्तुत भइन भने उनीबाट तत्काल सतर्क हुनु पर्छ,किनकी यस्ता केटीहरु अरुलाई भेडा ठान्छन् र आफुलाई महान सम्झेर आफ्नो केटासाथीमाथि शासन गर्न तम्सिहाल्छन् ।

२. शंकालु केटीः

 कतिपय केटीहरु अत्यन्तै शंकालु हुन्छन् । यस्ता प्रकृतिका केटीहरु के चाहन्छन् भने उसको केटा साथीले सबै खालका गतिविधी उसामु छर्लङ्ग पार्नु पर्छ । कतिसम्म भने उसको केटा साथीले हरेक गतिविधि उसका अगाडि दुरुस्त राखेन भने यस्ता खालका केटीहरु फायर हुन पुग्छन् र वमलाई विर्साउने गरी विष्पोट हुन्छन् ।
यस्ता केटीसँगको सम्बन्ध कतिसम्म घाडो बन्न जान्छ भने तपाईले आफ्ना चिनेको साथीहरुसँग पनि निर्धक्क कुरा गर्न पाउनु हुन्न । कुनै केटीसाथीहरुसँग कुरा गर्नु भयो भने यस्ता केटीहरुले तत्काल तपाइलाई स्पष्टिकरण दिन बाध्य पारिहाल्छन्–उ को हो र किन उसँग कुरा गरेको भनेर । यति भनेर मात्र उनीहरुले तपाईलाई छाड्ने छैनन्,तपाइले उसलाई कहाँ, के को सिलसिलामा चिनेकोलगायत सबै कुरा सविस्तार भन्न हिच्किचाउनु भयो भने उसको असह्य प्रहार तपाईमाथि पर्ने निश्चित छ ।

३.बुझ्नै नसकिने खालका केटीहरुः

कतिपय केटीहरु यस्ता हुन्छन् कि उनीहरको बारेमा बुझ्न अत्यन्तै कठिन हुन्छ । उनीहरु केही विषयमा राखेको जिज्ञासामा ‘हो’ भन्ने जवाफ दिइरहेका हुन्छन् । तर बास्तवमा उनीहरुलाई भित्र भित्रै ति कुराहरु ‘होइन’ भन्ने लागिरहेको हुन्छ । असमझदार केटीहरुसँगको सम्बन्ध पनि तत्काल पुर्णविराम लगाउनु बुद्धिमानीपुर्ण हुन जान्छ किनकी भविश्यमा यस्ताको पछि लागियो भने पछुताउनुको विकल्प नै हुँदैन ।

४. म जे गर्छु ठिक गर्छु प्रवृतिः

 यस्ता प्रकृतिका केटीहरु कति सम्म घाडा हुन्छन् भने उनीहरुलाई मन परेको कुरा सबैलाई मन पर्छ भन्ने ठान्छन् । अनि सुरु भइहाल्छ उनीहरुको अतिचार । उसलाई मन परेको खाना,कामलगायत सबै उसका रोजाइहरु तपाइलाई मन पर्नै पर्ने भए पछि अनि पर्दैन त फसाद । यही कारण हो धेरैको जीवनमा असमझदारी बढ्दै गएर घरबार विग्रिएको छ । त्यसैले यस्ता स्वभावका केटीसँगको चक्करमा हुनु हुन्छ, या जोडि सक्नु भएको छ भने अहिले नै यिनलाई बाइबाई गर्नुस् । अन्यथा भविश्यमा पछुताउने ड्युटी बाहेक तपाईसँग अरु केही बाँकी रहने छैन ।

५.डाढे केटीहरुः

यदि तपाईको संगतमा रहेकी केटी साथी कसैको इष्र्या बढी गरिरहेकी हुन्छीन् भने तपाईले अहिले नै सोच्नुस् कि उनी खतरनाक किसिमकी केटी हुन् । यस्ता केटीसँग तपाईको जीवन चलाउन निकै नै कठिन हुनेछ,किनकी यस्ता प्रकृतिका केटीहरु आफुले केही गर्नु भन्दा पनि अरुको आलोचना र इष्र्या गर्नमा नै बढी रमाउँछन् । भनाइ नै छ नि,‘अरुको इष्र्या गर्नेहरु सधै इष्र्या नै गरिहेका हुन्छन् ।’यस्ता केटीहरु आफ्नो केटा साथीले कुनै केटी साथीसँग कुरा मात्र गरे पनि डाहले भुतुक्कै हुन्छन् । तिनलाई लाग्छ–अव उसले मलाई छाडेर उसँग लाग्यो भने त म समाप्त नै हुन्छु ।

६.परनिर्भर तथा आत्मविश्वासविहिन केटीहरुः

कतिपय केटीहरु केटा साथी वा श्रीमानले नै सबै कुरा गरिहाल्छन्,मैले केही जिम्वेवारी नलिए पनि हुन्छ भन्ने खालका हुन्छन् । यस्ता केटीहरु पुर्ण रुपमा अरुमा परनिर्भर हुन्छन् र सानो दुःखमा पनि आकासै खसे जस्तो गरी आत्तिन्छन् । यस्ता केटीहरुले आफ्नो श्रीमान बाहेक जीवनमा अरु केही नै सोचेका नै हुँदैनन् । उनीहरुलाई आफुले जीवनमा केही गर्नु पर्छ भन्ने पनि लागेको हुँदैन । बस् श्रीमान र उसको प्रमीबाट मुखबाट–म तिमीलाई माया गर्छु’ भन्ने बाक्य आए पुग्छ । यति मात्र होइन,यस्ता केटीहरुले तपाईको हरेक गतिविधीमाथि पनि उत्तिकै निगरानी राखिरहेका हुन्छन्,प्रहरीले चोर र डाँकाको गस्ती गरेजस्तै गरी ।
यदि त्यस्तासँग तपाईको सम्बन्ध जोडिन पुग्यो भने भुलेर पनि यस्तासँग सम्बन्ध अगाडि नबढाउनु किनकी यस्तासँगको दिर्घकालिन सम्बन्ध सुमधुर हुने सम्भावना अत्यन्त क्षिण हुन्छ ।

७.आमाबाबु भन्दा माथि उठेर सोच्न नसक्ने केटीः

 कोही केटीहरु आफ्ना आमाबाबुको खटन पटन भन्दा बाहिर आउन नै सक्दैनन् । उनीहरुलाई सानो निर्णय लिन पनि बाबु आमाविना कठिन प्रायः जस्तै हुन्छ । ‘मेरो त ड्याड र ममले नै सबै कुरा गर्नु हुन्छ,यो त मलाई थाहा छैन बुबा आमासँग नै एक पटक सोध्नु पर्छ’ जस्ता कुरा गर्ने केटीहरु पनि झुर नै हुन्छन्,व्यवस्थापकिय क्षेत्रमा । उनीहरुमा आफैले केही गर्नु पर्छ भन्ने बानीको साथै व्यवहारिक र व्यवस्थापकिय क्षमता पनि विकास भएको हुँदैन । त्यसैले यस्ता केटी पनि तपाईको रोजाइमा नपरेकै बेस हुन्छ ।

८.अरु सबै सुखी छन्,म मात्र दुःखी छु ः

 कतिपय केटीहरु कति असन्तोसी प्रकृतिका हुन्छन् भने उनीहरु कहिल्यै पनि खुसी रहन नै सक्दैनन् । अरु सबै सुखी छन् तर म भने दुःखी छु भन्ने भावना त्यस्ता केटीहरुमा आइरहन्छ । फलानोले त्यत्रो पैसा कमायो ,फस्ट डिभिजनमा डिग्रि पास गर्यो ,उसको छोरोले यस्तो गर्यो तर मैले केही गर्न सकिन,उ कति धेरै खुसीपुर्वक बाँचेको छ तर मैले भने कहिल्यै खुसीपुर्वक बाच्न सकिन भन्ने असन्तोकी प्रकृतिका केटीहरुसँगको सम्बन्ध पनि सुमधुुर हुन सक्दैन किनकी असन्तोकी सधै दुःखी रहने त प्रकृतिको नियम नै हो ।

९.मनको कुरा खुलेर नगर्ने केटीः

कतिपय केटीहरु मनका कुरा खुलेर गर्दैनन् । उनीहरु आफ्ना सबै क्रियाकलाप आफ्नो केटा साथीलाई जानकारी नै नहोस् जस्तो सोचाइ राख्छन् । आफ्नो मोवाइलमा आएको फोन,मेसेज,भेटघाट ,खर्च जस्ता कुराहरुमा यदि कुनै केटी पारदर्शी छैनन् भने त्यस्ता केटीलाई अहिले नै विदाई गरिहाल्नोस् किनकी यस्ता केटीले तपाईको जीवनमा कहिल्यै खुसी ल्याउन सक्दिनन् ।यस्ता प्रकृतिका केटीबाट बढी खर्च गर्ने,परपुरुषहरुसँग लाग्ने जस्ता धेरै सम्भावना रहने विज्ञहरुको ठहर छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home