• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, जेष्ठ २ । आदित्य दाहाल अर्थात गुगल ब्याइले महाभूकम्पबारे भविष्यबाणी गरेको भन्दै भ्रामक खबर दिएकामा उनको परिवारजनले आपत्ति जनाएका छन् ।

 गत बैशाख १२ गतेको महाभूकम्प र पराकम्पनपछि आउने भूकम्पबारे आदित्यले त्यस्तो कुनै भविष्यबाणी नगरेको उनको परिवारजनले जनाएका छन्भ्रामक खबर फैलाई आदित्यलाई बदनाम गर्न खोजेको भन्दै उनका परिवारले आपत्ती जनाएका हुन् ।


बैशाख १२ गते र त्यसपछिका भूकम्पबारे कुनै भविष्यबाणी नगरेपनि सबै मिलेर अहिलेको विपत्तीबाट बाहिर निस्कन सक्ने सन्देश भने दिएको उनको परिवारको भनाई छ ।

भूकम्प गएको केही दिनमा मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो । जिम्मेवारी सम्झी पीडितको सेवामा समर्पित भई लागौं, जुटौं सहयोग गरौं ।

धर्तीमातासँग एकतासहितको शान्ति स्थापना गर्ने छौ भनी सपथ खाऔं, प्रतीज्ञा गरौ, अवश्य यो अनिष्ट टर्नेछ । त्रास हट्ने छ । ताण्डव रोकिनेछ जस्ता सन्देश आदित्यले लेखेका छन् ।

भूकम्पग्रस्त क्षेत्र घुम्ने इच्छा ब्यक्त गरेअनुसार उनलाई केही भूकम्प प्रभावित क्षेत्र पनि देखाएपछि यस महाप्रलयमा पनि मृत्युलाई जितेर आएका छौं जस्ता सन्देश लेखेको परिवारजनको भनाइ छ ।

आफ्ना छोरालाई भूकम्पको भविष्यबाणी गर्न कुनै प्रश्न नसोधिएको र आदित्य स्वयंले पनि कुनै सन्देश लेख्न नचाहेको परिवारजनले प्रष्ट गरेका हुन् । Source:Imagekhabr.com
२ जेठ, काठमाडौं ।

भूकम्प जाने क्रम आज पनि जारी छ । अहिलेसम्म ७ पटक भूकम्पका पराकम्पन गईसकेका छन । आज नै  ललितपुर केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको छ ।

आज ९ बजेर ३५ मिनेट जाँदा ललितपुर र मकवानपुर केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान ९ बजेर २४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको अर्को भूकम्प पनि गएको छ ।



यस्तै ६ बजेर ३१ मिनेटमा ४ रेक्टर स्केल, ६ बजेर ११ मिनेटमा ४ रेक्टर, ४ बजेर ३८ मिनेटमा ४.१ रेक्टर, ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर र २ बजेर १५ मा ४ रेक्टर स्केलका भूकम्पका पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ  ।

ललितपुर, मकवानपुर नुवाकोट, धादिङ, दोलखा र गोरखा केन्द्रबिन्दु बनाएर चार रेक्टरमाथिका सात पराकम्पन गईसकेका छन ।

स–साना पराकम्पन जाने क्रम जारी रहेको र यसबाट नअतालिन भूकम्पविद्हरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

अघिल्ला दिनका तुलनामा पराकम्पन पनि कम हुँदै गएपछि उपत्यकामा चहलपहल बढेको छ भने पसलहरु क्रमशः खुल्न थालेका छन् ।
२ जेठ, बेइजिङ ।

चीनको मध्यउत्तरी सान्सी प्रान्तमा एक बस एक पहरोबाट खस्दा त्यसमा रहेका ३० व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् ।

चुनहुवा प्रशासकीय क्षेत्रको सूचना कार्यालयले अनलाइन विज्ञप्ति प्रकाशन गरी २५ व्यक्तिको घटनास्थलमै मृत्यु भएको तथा अन्य पाँच व्यक्तिको अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ । दुर्घटनाका कारणका विषयमा तत्कालै थाहा हुननसकेको र अधिकारीहरूले त्यसमा अनुसन्धान गरिरहेको बताइएको छ ।

सरकारी समाचार प्रसारक चाइना सेन्ट्रल टेलिभिजनले यसअघि उक्त बसमा ४० यात्रु रहेको जानकारी दिएको थियो । उक्त बस ३० मिटर तल नालीमा खसेको बताइएको थियो । रासस/एपीwww.nepaliheadlines.com
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीक्षाको फरिक्षाफल असार दोस्रो साता प्रकाशित गर्ने तयारी गरेको छ ।


परीक्षा सञ्चालन भएको तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने परम्पराअन्तर्गत गत चैत ५–१३ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा असार दोस्रो सातासम्म प्रकाशन गरिसक्नुपर्नेछ ।

 तर, सानोठिमीस्थित कार्यालयको भवन निकै चर्किएकाले तत्काल यहाँ बसेर काम गर्न सक्ने अवस्था छैन ।

यसले विगत वर्षभन्दा यस वर्ष परीक्षाफल प्रकाशनमा केही ढिलाइ हुनेछ ।
काठमाडौं, वैशाख २ । दुई छिमेकी चीन र भारतबीच महाभूकम्पमा परेको मुलुक नेपाललाई सहयोग गर्ने विषयमा बेइजिङमा समेत छलफल सुरु भएको छ ।

 चिन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच नेपालबारेमा छलफल भएको हो । दुई नेताबीच भूकम्पपीडित नेपालको उद्धारमा चीन र भारतले मिलेर काम गरिरहेको चीन भ्रमणमा रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

उनले नेपाल दुवै मुलुकको छिमेकी राष्ट्र भएकाले उसको पीडामा दुवैले साथ दिएको उल्लेख गरेका छन् । सिंघुवा विश्वविद्यालयमा प्रवचन दिने क्रममा पनि मोदीले नेपालका बारेमा बोलेका थिए ।

उनले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई अर्को मुलुकको चासोको विषय बन्न दिन नहुने उल्लेख गर्दै यसमा दुवै देश मिलेर अघि बढ्नुपर्ने समेत पटकपटक बताएका छन् ।

‘सम्भव भएसम्म हामीले सँगै मिलेर काम गर्नुपर्छ । जसरी हामीले मिलेर नेपालमा भूकम्पपीडितको उद्धारमा काम गरेका छौं’, मोदीको भाषणमा उक्त कुरा उल्लेख छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
एजेन्सी । दुबइका गगनचुम्बी महलहरु माथिको आकाशमा दुइजना मानिसहरु चरा जस्तै गरी उडिरहेका थिए । १२५ माइल प्रतिघण्टाको तिब्र गतिमा उडिरहेका उनीहरुको जिउमा विमानको जस्तै इन्जिनयुक्त पखेटाहरु जडान गरिएका थिए ।निकै अनौठो तथा डरलाग्दो यस्तो साहसी कार्य गर्नेहरु स्विजरल्याण्डका लडाकु जहाजका पूर्व पाइलट एभ्स रोसी र उनका फ्रेन्च सहकर्मी भाइन रेफेट हुन् ।

एभ्स रोसी जेटम्यानको नामले पनि परिचित छन् । दुइजना यी साहसी उडन्तेहरु विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइ लगायतका चर्चित संरचनाहरुकेा फन्को लगाए ।उनीहरुले आफ्नो उडानका क्रममा एकअर्कामा खुट्टा जोडाएर गोलाकार आकृति समेत बनाए ।
उनीहरुको साहसिक उडानका क्रममा तयार गरिएको भिडियोमा दुबैजनाले दुबइ आफुहरुको क्रेजी खेलमैदान भएको बताएका छन् । npnewsline.blogspot.com
काठमाडौं, जेठ २  । भूकम्पबाट अति प्रभावित धादिङको तसर्पुमा जस्तापाता वितरण गर्न पूर्वयुवराज्ञी हिमानी शाह शनिबार त्यसतर्फ जाने भएकी छिन् ।

हिमानीले शनिबार तसर्पुका अतिप्रभावित पाँचसय परिवारलाई जस्तापाता वितरण गर्ने यूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फणि पाठकले जानकारी दिए ।

‘शनिबार हिमानी ट्रस्टमार्फत पूर्वयुवराज्ञी हिमानी शाहले भूकम्पबाट अति प्रभाविता पाँ सय परिवारलाई जस्तापाता वितरण गरिबस्क्दैछ’ पाठकले भने ।

जस्ता पाता लिएर आफैँ शनिबार बिहान मात बजे हिमानी धादिङ प्रस्थान गर्दैछिन । उनले तसर्पुका पाँचसय परिवारलाई एक बन्डलका दरले जस्तापाता उपलब्ध गराउँनेछिन् । आजको सौर्य दैनिकमा खबर छ ।
२ जेठ, काठमाडौं ।

आज बिहान विभिन्न समयमा भूकम्पका पाँच पराकम्पन गएका छन् ।

नुवाकोट, धादिङ, दोलखा र गोरखा केन्द्रबिन्दु बनाएर चार रिक्टरमाथिका पाँच पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान ६ बजेर ३१ मिनेट जाँदा धादिङ र गोरखाको सिमाना क्षेत्र केन्द्र बिन्दु भएर ४.० रिक्टर स्केलको भूकम्प गएको छ ।

यस्तै बिहान ६ बजेर ११ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.०, ४ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.१, सोही केन्द्रबिन्दु भएर ४ बजेर २८ मिनेट जाँदा ४.१ र २ बजेर १५ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भई ४.० रिक्टर स्केलका पराकम्पन गएका केन्द्रले जनाएको छ ।

स–साना पराकम्पन जाने क्रम जारी रहेको र यसबाट नअतालिन भूकम्पविद्हरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

मृगौला हाम्रो शरीरको निक्कै संवेदनशील अंग हो । यो अंगमा खरावी आयो भने ज्यान नै जाने खतरा पनि हुन्छ । कैयौं मानिसले किड्नी फेल अर्थात मृगौलाले काम गर्न छोडेर ज्यान गुमाउँछन् । यहाँ मृगौला स्वस्थ राख्न खानै पर्ने ७ खानाको विषयमा चर्चा गरिएको छ ।




मृगौला जोगाउन के खाने ?

१ रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी 6 उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।



२ बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।


३ फूल गोभी 
फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।



४ लसुन
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।



५ स्याउ 
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।



६ स्ट्रबेरी 
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।



७ अण्डाको सेतो भाग
अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।
मिडिया एनपी, न्यूयोर्क । मानसिक रोगहरूबाट पिडित मानिसहरूले यदि पर्याप्त मात्रामा समुद्री माछाको सेवन गर्ने गरेमा तथा बाहिरी गतिविधिका लागी दैनिक रूपमा समय निकाल्ने गरेमा उनीहरूको स्थितिमा सुधार हुन सक्ने देखिएको छ । किनभने यसले मस्तिष्कमा रहेको रसायन सेरोटोनिन को स्तरलाइ प्रभावित गर्दछ ।

हालै गरिएको एक नयाँ अध्ययनबाट यो कुराको खुलासा भएको हो । अर्थात यस अध्ययनबाट यो निष्‍कर्ष निस्किएको छ कि माछाको सेवनबाट मस्तिष्‍क स्‍वस्‍थ राख्न निकै मद्दत पुग्दछ । यसका साथै घाममा बसेर शरिर सेक्नाले पनि मस्तिष्कलाइ निकै राम्रो हुने देखिएको छ ।


मस्तिष्क सम्बन्धी कयौं रोगहरू जस्तै अस्टिन स्पेक्ट्रम डिसअर्डर (एएसडी), इटेन्शन हाइपर एक्टिभिटी डिसअर्डर (एडीएचडी), बाइपोलर डिसअर्डर, सिजोफ्रेनिया तथा डिप्रेशनमा सेरोटोनिनको स्तर मस्तिष्कमा कम हुन थाल्दछ । चिल्ड्रेन्स हस्पिटल अकल्याण्ड रिसर्च इन्स्टीट्यूट (सीएचओआरआई) की रोन्डा पेट्रिकका अनुसार अहिले गरिएको नयाँ अध्ययनबाट के कुरा पाइयो भने सेरोटोनिन कसरी आवेग नियन्त्रण, सेन्सरी गेटिङ तथा व्यक्तिको व्यवहारलाइ नियन्त्रित गर्नमा महत्वपूर्ण भूमिका निभाउँदछ भन्ने देखिएको छ ।

पेट्रिकका अनुसार यस अध्ययनबाट उनीहरूले सेरोटोनिनको उत्पादन तथा कार्यलाइ भिटामिन डी तथा ओमेगा-3 फेट्टी एसिडबाट सम्बद्ध गरिएको छ । यी सूक्ष्म पोषक तत्व मस्तिष्कलाइ कार्य गर्नमा त्यसको मद्दत गर्दछन र यस प्रकारले हाम्रो स्वभाव नियन्त्रित हुने गर्दछ । भिटामिन डी को निर्माण शरीर को त्वचामा सूर्यको प्रकाशमा स्वाभाविक रूपमा हुने गर्दछ । यसैले केही समय घाम ताप्नाले पनि मस्तिष्कका लागी निकै फाइदा पुर्याउँदछ ।
हामी सानै हुँदा अनि देखि त्यस्ता धेरै धेरै भनाइ वा उखान सुन्दै आएका हुन्छौं। कतिले हामीलाई बिस्वासमा पार्छन् भने कति बेकारका लाग्छन्।


 तर कतिपय यस्ता पुराना भनाइहरु बिज्ञानले पनि सत्य हुन्छ भनेर साबित गरेको छ। हामीले सुन्दै आएका कुराहरु जस्तै:खुर्सानि ओसिएमा पानी पर्छ,भ्यागुति चलाए छाला चिलाउंछ, गर्भवति हुंदा टन्न केरा खए छोरा हुन्छ,दुध धेरै खाएमा बच्चा गोरो जन्मिन्छ आदि र अन्य धेरै। यस्ता भनाइहरु केहिमा सत्यता नभए पनि केहि भने सत्य हुने बिज्ञानले पनि मानेको छ।

के गर्भवति हुँदा टन्न केरा खाए छोरा नै हुन्छ त? अक्स्फोर्ड बिस्वबिध्यालयका बिद्वानहरुले बर्षौंदेखि मानिदै आएको अन्धबिस्वासलाई तोड्ने नियतले एक समुह बनाई अध्ययन गरेका थिए र नतिजामा उनिहरुले के पाए भने अधिकांस अब्सथामा धेरै केरा खाँदा छोरा नै हुन्छ।


 यसको लागि उनिहरुले ७४० गर्भवति महिलाहरुलाई सहव्हागि गराएका थिए। सहभाइहरु मध्ये जसले धेरै क्यालोरि युक्त खाना वा केरा खाएका थिए उनिहरुको छोरा भएको थियो भने थोरै क्यालोरियुक्त खाना खने र थोरै केरा खानेको छोरि भएको थियो। अनुसन्धानकर्ताहरु के बिस्वास गर्छन् भने केरामा पोटासियमको मात्र धेरै हुन्छ ।

 जसले लिङ्गको लम्बाइ बढाउन मदत गर्छ। तर उनिहरु यो पनि बिस्वास गर्छन् कि केरा खाअँदा छोरा हुने सम्भावना केबल ५५ प्रतिशत मात्रै हुन्छ। सम्भावना बढि हुने बहेकोले नै गर्दा हुन सक्छ अनतदेखि यो भनाइ भनिदै आएको छ।

 त्यस्तै यदि महिला गर्भवति हुँदा छतिमा बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक रुपमा सिद्ध भैसकेको छ।
दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछलगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन ।
पायल्स हुनुको कारण



पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा चीज जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढी खाने, अनियमित खानपान, अनिद्रा,  धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तिको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु, पायल्स रोगको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
पाइल्सका लागि खानुपर्ने
पानी प्रशस्त पिउने, हरियो सागपात काँचै खाने, फलफुल खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने ।
खानासंग मुला, काँक्रो, गाँजर खाने, नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौका खानु राम्रो हुन्छ ।  कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने, आफ्नो पिसाबले गद्द्वार धुने, एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् । नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।
 कसैलाई मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउँदा निको हुन्छ । कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ । नियमित रुपमा योग गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।
पायल्सका बिरामीले के नगर्ने के नखाने ?
पिरो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, भन्टा, आलु, बोतलबन्द कुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ ।  भइसकेपछि पनि छिटो निको हुन्छ ।
 विशेष गर्नुपर्ने कुराहरु
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम रामंो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि  बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर  नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा बिस्तारै सुक्दै जान्छ ।

काठमाडौं, जेठ १ – नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चेक, ललितपुर, भक्तपुर, काठमाडौं आसपासका प्रभावित क्षेत्रहरुमा पहिलो चरणको राहत वितरण कार्यक्रम समापन गरी दोेस्रो चरणको कार्यक्रम शौचालय निर्माण र आवश्यकताअनुसार अस्थायी टहरा निर्माणमा धुर्मुस–सुन्तलीको नेतृत्वमा मेरी बास्सै, भद्रगोल र सगुन डटकम जुटिसकेका छन् ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकको धेरै प्रभावितमध्येको एक पिपलडाँडाको दलित वस्तीमा शौचालय निर्माणमा जुटेका हुन् । काम पुरा नहुन्जेलसम्म दलित वस्तीमा नै रहेर शौचालय निर्माण गर्ने सगुन डटकमका प्रतिनिधि माधव चौलागाईंले भने, ‘काठमाडौंबाट यो विपतिमा यहाँ आएर शौचालय निर्माण गरेर राहतसँगै धुर्मुस–सुन्तलीको साथमा काम गर्दा खुसी लागेको छ ।’ यो अभियानलाई सिन्धुपाल्चो खानेपानी विभागले समेत सहयोग गरेको छ । सिन्धुपाल्चोक खानेपानी विभागका प्रमुख अरुण सिंखडाले फिल्डमै आएर भने, ‘कलाकार भएर पनि पीडितको पीडामा मलम लगाउने यो अभियानलाई सक्दो सहयोग गर्ने बताए ।’ यसैबीच सगुन डटकमका अर्का प्रतिनिधि अखिल सिटौलाले भने, ‘राष्ट्रको लागि र पीडितको दुःखमा हातेमालो गर्न जसरी धुर्मुस–सुन्तलीको नेतृत्वमा सहयोग गर्ने अवसर पाएको छ । यसमा सगुन डटकम हरपल लागिरहने समेत उनले बताए । वैशाख १२ को विनाशकारी भूकम्पमा परी यस क्षेत्रबाट धेरैले ज्यान गुमाएका थिए भने सयौं घाइते भएका थिए । www.ratopati.com
‘दोस्रो धक्का आउँदा भने सबै रोएको उल्लेख गरे । लगत्तै फेरि भूकम्प आयो, अनि सबै टिमका सदस्य रोए । तर एक घन्टासुम्म कसैले ओटी छाडेनन् शल्यक्रिया नसकिँदासम्म ।’
काठमाण्डु, १ जेठ– गत मंगलबार गएको भूकम्पका बेला गंगालाल हृदय केन्द्रका दुई वटा शल्यक्रिया कक्षमा विरामीको मुटुको अपरेसन चलिरहेको थियो । अचानक फेरि भूकम्प गयो । त्यसपछि के भयो होला ? नागरिक दैनिकमा यस्तो समाचार छः
गंगालाल हृदय केन्द्रका दुई वटा शल्यक्रिया कक्ष मै दुई विरामीको मुटु खोलिएको थियो । बिरामीको शल्यक्रिया सकाएर हार्टलङ मेसिनबाट निकाल्ने तयारी हुँदै थियो । अर्को बिरामीको मुटु भर्खरै बन्द गराएर मुटु र फोक्सो सञ्चालन गराउने कृत्रिम सर्कुलेटर मेसिनमा जोडिएको थियो । शल्यक्रियामा संलग्न मुटु सर्जन डा. रवीन्द्र तिम्लाको टिम मुटुभित्रको भल्ब फेर्ने प्रक्रियामा थियो । पूरै भवन हल्लिन थाल्यो । शल्यक्रिया कक्षमा जडान गरिएको लाइट, ओटी टेबल पूरै हल्लिन थाल्यो ।
मंगलबार १२ः५० को शक्तिशाली धक्का आउँदा मुटुरोग उपचारको प्रमुख अस्पताल गंगालाल र चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिस एवं ट्रान्सपलान्ट सेन्टरमा चार वटा प्रमुख शल्यक्रिया जारी थियो । गंगालालमा डा. ज्योतिन्द्र शर्मा नेतृत्वको टिमले दुई वटै शल्यक्रियामा मुटुको प्रमुख शल्यक्रिया ओपन हार्ट सर्जरी गर्दै थियो । शर्मा नेतृत्वको टिमले गरेको शल्यक्रिया सकिएर मुटु नर्मल सञ्चालनको तयारी हुँदै थियो ।
अर्को शल्यकक्षमा डा. तिम्लाको टिम थियो । ती विबरामीको मुटुको कृत्रिम सञ्चालको अवस्थामा लागेर भल्व फेर्ने क्रम चल्दै थियो ।
मनमोहन कार्डियोथोरासिसमा डा. भगवान कोइराला नेतृत्वको टिमले ओपन हार्ट सर्जरी गर्दै थियो भने अर्को शल्य कक्षमा डा. प्रकाश सायमीको टिम थोरासिस सर्जरीमा थियो ।
मानिस जीवित रहनका लागि एक मिनेट पनि रोकिन नहनुे महत्वपूर्ण अंग मुटु र फौक्साको कृत्रिम रुपमा सञ्चालन भइरहेको अवस्थामा भूकम्पपछि केहीबेर मात्र पनि शल्यक्रिया टोलीले साथ छाडेको भए ज्यान जाने अवस्था थियो । दुवै अस्पतालका जिम्मेवार चिककित्सकले त्यो कहालीलाग्दोे क्षणलाई सामना गरेर शल्यक्रिया सके ।
डा. कोइरालाले बुधबार आफनो फेसबुक वालमा त्यो भयावह क्षण व्याख्या गर्दै लेखेका छन् ‘भूकम्पले पाँच तले भवन हल्लिन थाल्यो । शल्यक्रिया हँदै थियो, हाम्रो खुट्टले टेकिरहेको थिएन, ओटीका लाइटहरू हल्लिन थाल्यो । प्यासेन्ट भुँइमा खस्न लागे । टबेल सबै हल्लिन थाल्यो । चेस्ट र्यिाक्टरको सहयोगले मैले बिरामीलाई खस्नबाट जोगाएँ ।
डा. शर्माका अनुसार कृत्रिम मेसिनमा जोडिरहेको मुटुलाई छाडेर गएको भए मुटु चलाउन हालेको क्यनुला फुत्किएर छाछुल्ल भएर एकै छिनमा बिरामीको मृत्यु हुन सक्थ्यो । उनले भने भल्बहरु बाँधेको धागो फुत्कएर सबै रगत जान सक्थ्यो ।
चिकित्सकहरुका अनुसार वयष्कमा एक मिनटेमा पाँच लिटर रगत मुलुले पम्प गर्छ । केहीबेर मात्र क्यानुलाले छाडे वा धागो खुस्किए बिरामीको ज्यान जान सक्छ ।
मंगलबारको पहिलो ठूलो धक्कापछि पनि क्रमिक रुपमा आएका तीन धक्कामा पनि दुवै शल्यक्रिया टोलीले ओटी छाडेन । दोस्रो पल्ट पनि उत्तिकै ठूलो लाग्ने धक्का आउँदा चाहिँ शल्यक्रिया कक्षमा केही नर्स रुन थाले अन्य केही कराउँन थाले । तर कसैले पनि ओटी छाडेनन् डा. कोइरालाले भने ।
त्यो क्षण सम्झदै डा. कोइरालाले भने फलामको वसतुहरु एक अर्कामा ठोक्किँदाजस्तो आवाज आइरहेको थियो । मलाई लाग्यो मैले शल्यक्रिया गर्ने आज अन्तिम दिन हो । कृत्रिम तरिकाले चलाइरहेको मुटु छामेर हेर्दा ठीक थियो । मैले विरामीको मुटु छामे ठीकै थियो । तर हार्टलङ मेसिन अफ भएको थिएन ।
डाक्टर जोत्न्द्रि शर्माले चिकित्सकले त्यस्तो विपत्तिको समयमा इमान्दार भएर धर्म छोड्न नहुने दायित्व पुरा गरेको बताए । आफ्नो धर्म नै त्यही हो, बिल्डिङ नै कोल्याप्स भएको भए के हुन्थ्यो, भन्न सक्दिन तर अघिपछि ओटीबाट भाग्न मिल्दैन, उनले परिवार , आफन्त र घर गुमाएका सैनिक प्रहरी पनि उद्धारमा खटिरहेको भन्दै चिकित्सकले पनि आफनो दायित्व निर्वाह गरेको बताए ।
kathmandutoday.com
डा. दीपकराज भाट
भूकम्प के हो ?
भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा सातवटा मुख्य प्लेट हुन्छ । सातैवटा प्लेट सँगै हिंडिरहेका हुन्छन् । जब तिनीहरु एक आपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । यो तीनथरिको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमी माथिको दूरीबाट आउनेलाई स्यालो, ३० देखि ७० किमीसम्मकोलाई मिडियम र ३० देखि ३ सय किमीसम्मकोलाई डिप भनिन्छ ।
बढी क्षति गर्ने ३० किमीसम्मकोले हो । नेपालमा १२ वैशाख २०७२ मा गएको भूकम्प स्यालो हो । भूकम्प जति माथिबाट आयो, त्यसले त्यत्ति नै बढी असर गर्छ । भूकम्पको दुईवटा वेभ हुन्छ । एउटा बडी वेभ र अर्को सर्फिस वेभ । बडी वेभमा प्राइमरी र सेकेण्डरी तथा सर्फिस वेभमा रेली र लव भन्ने दुई फरकफरक प्रकार हुन्छ । बडी वेभले कम र सर्फिसले बढी क्षति गर्छ । सिद्धान्ततः भूकम्प होरिजेण्टल र भर्टिकल वेमा जान्छ । तर कहिले काहीँ दुवै मिलेर आइदियो भने खतरनाक हुन्छ, नेपालमा अहिले भएको त्यही हो ।
भूकम्प दैनिकजसो गइरहेको हुन्छ । तर हामीले पत्तो पाउँदैनौं । १ देखि ४ रेक्टर स्केलसम्मको भूकम्पले क्षति गर्दैन । ५ रेक्टर स्केलभन्दा माथिको भूकम्पले माग क्षति हुन्छ । सामान्य भूकम्पको मापन गरिँदैन । भूकम्प दुई तरिकाले मापन हुन्छ, त्यो हो रेक्टर स्केल र अर्को इन्टेन्सिटी ।
स्केलको विकास भइसकेपछि इन्टेन्सिटीको प्रयोग कम हुन थालेको छ । स्केलले भूकम्पको क्षमता नाप्छ । इन्टेन्सिटीले क्षतिको मापन गरेर मात्र कत्रो भूकम्प आएको हो भन्ने अनुमान गर्छ । यो धेरै आधिकारिक र विश्वशनीय हुँदैन । रेक्टर स्केलमा ० देखि १० सम्मको भूकम्पको मात्र मापन हुन्छ ।
हालसम्म संसारमा सर्वाधिक ९.५ रेक्टर स्केलको भूकम्प गएको छ । चिलीमा गएको बिनासकारी भूकम्प नै अहिलेसम्मको ठूलो हो । यस्तै इण्डोनेसियामा ९.३ र जापानमा सन् २०११ मा ९.५ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा विक्रम सम्वत १९९० मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको इतिहास हेर्दा हरेक ८० देखि १ सय वर्षमा ठूलो भूकम्प आउने गरेको छ । ९० सालपछि अहिलेको भूकम्प सबैभन्दा ठूलो हो ।
यसलाई रिटर्न पिरियड भनिन्छ ।
भूकम्पको भविष्यबाणी हुँदैन
अहिलेसम्म संसारमा भूकम्पकोभविष्यबाणी कसैले गर्न सकेको छैन । यो गर्न पनि सकिँदैन । सिद्धान्ततः विज्ञानले भविष्यबाणीलाई अस्वीकार गर्छ । भूकम्पको भविष्यबाणी गर्ने कुनै प्रविधिको विकास भएको छैन ।
सायद अब हुन पनि कठिन छ । अनुमानसम्म गर्न सकिएला । जापान र चीनमा सर्पहरु एकैपटक दुलाबाहिर आए भने, आकाशमा ठूलो संख्यामा चरा उडे भने, कुकुर भुक्यो भने, गाइवस्तु करायो भने भूकम्प आउन लागेको अन्ुमान गरिन्छ । तर विज्ञानले ती घटनालाई भूकम्प आउने संकेतका रुपमा स्वीकार गर्न सक्दैन र होइन पनि । कुनैबेला संयोग परेको भए बेग्लै कुरा हो ।
अहिले जसरी भूकम्पका विभिन्न भविष्यबाणी भइरहेका छन्, ती सबै निराधार हल्ला हुन् । यस्तो गलत हल्लाको पछि लाग्न जरुरी छैन । भूकम्प कहिले आउँछ र कति क्षमताको आउँछ भन्ने कुरा संसारमा मै हुँ भन्ने वैज्ञानिकले समेत गर्न सकेका छैनन् । भूकम्प तीन चरणमा आउँछ । पहिला पूर्वसंकेतका रुपमा सानो आउँछ । त्यसको झड्का महसुस गर्न सकिँदैन ।
दोश्रो चरणमा आउने मुख्य झड्का हो । शनिबार आएको ७. ६ रेक्टर स्केलको भूकम्प मुख्य झड्का थियो । त्यसपछि आउने सहायक भूकम्प हो । अहिले पटकपटक आइरहेको भूकम्प सहायक भूकम्प हो । यसलाई आफ्टर सक भनिन्छ । मुख्य धक्का महसुस भएको ७२ घण्टासम्म सहायक धक्का आइरहन सक्छन् । तर एउटा कुरा के पक्का हो भने सहायक धक्का मुख्य धक्का जत्रो वा त्यो भन्दा ठूलो कहिल्यै आएको पनि छैन र आउन पनि सक्दैन ।
मैले भूकम्प विषयमा जापानबाट पिएचडी गरेको छु । मेरो अध्ययनका आधारमा शतप्रतिशत दाबीका साथ भन्न सक्छु कि अब ७. ६ रेक्टर स्केल वा त्योभन्दा बढी क्षमताको भूकम्प आउँदैन । अहिले क्रमसः भूकम्पको संख्या र क्षमता घट्दै गएको छ । भएको त्यही नै हो । अब आउने भूकम्पले त्यति क्षति पनि गर्न सक्दैन । तर सुरुआती झड्काले कमजोर भएका भौतिक संरचना भत्किन सक्छन् ।
धेरै नै क्षति भएको घरमा नबस्नु ठीकै हो । तर सामान्य क्षति पुगेको घर छ भने मज्जाले घरमै सुते केही फरक पर्दैन । किन भने भूकम्प आफैंले मानिस मार्दैन । भूकम्प जाँदा भत्किने मानव निर्मित भौतिक संरचनाले गर्दा मानिसको ज्यान जाने हो । बरु सचेत के मा हुन जरुरी छ भने स्वास्थ्यका बारेमा । मरेका मानिसका शवहरु अझै घटनास्थल वा अस्पतालहरुमा बेवारिसे अवस्थामा छन् ।
तिनीहरु गन्हाउन थालेका छन् । हजारौं मानिस घरबाहिर बस्दा वातावरण प्रदूषित भएको छ । मानिसहरुमा रुघा, खोकी, ज्वरो, निमोनिया जस्ता रोगका संक्रमण फैलन सक्छ ।
नेपालमा ज्वालामुखी विस्फोट हुँदैन, काठमाण्डु भासिँदैन
नेपालमा ज्वालामुखी विस्फोट हुँदैछ भन्ने हल्ला चलाइएको छ । त्यसको सम्भावना शून्य प्रतिशत मात्र छ । ज्वालामुखी विस्फोट र सुनामी सामुन्द्रिक मुलुकहरुमा मात्र हुने घटना हुन् । हाम्रोजस्तो पहाडी मुलुकमा त्यस्तो हुनै सक्दैन । नेपाल ७२ देखि ८ हजार ८ सय ४८ मिटरसम्म उचाइ भएको मुलुक हो । यति उचाई भएको स्थानमा ज्वालामुखी विस्फोट हुँदैन ।
यी सबै हावा कुरा हुन् । खास गरी विदेशमा बसेका नेपालीले त्यस्तो हल्ला चलाइरहेका छन् । इण्डोनेसिया र चिलीमा गएको भूकम्पको दृश्य मिक्स गरेर युट्युबमा अपलोड गर्ने र नेपालमा पनि यस्तै हुँदैछ भन्ने हल्ला फिँजाएको पनि देखियो । मेरो बिनम्र अनुरोध छ कृपया ती सबै निरनधार हल्ला हुन् । हल्लाका पछि दर्गुन जरुरी छ्रैन । संसारमा ज्वालामुखी विस्फोटनको अधिक खतरा रहेका मुलुक अमेरिका, इण्डोनेसिया र ब्राजिल हुन् ।
अर्को हल्ला काठमाण्डु भासिँदैछ भन्ने पनि चलेको छ । त्यो पनि हावादारी नै हो । भूकम्कले केही मिटर जमिन भासिन सक्छ । जस्तो सातदोबाटो, अन्तर्राष्ट्यि विमानस्थल आसपास, सल्लाघारी कोटेश्वर सडक खण्डमा केही जमिन भासिएको छ । भासियो भने कतैकतै त्यति नै भासिएला । तर त्यो भन्दा तल सबका सब काठमाण्डु भासिन्छ भन्ने निराधार हल्ला हो ।
(लेखकले जापानबाट भूकम्प विषयमा विद्यावारिधि गरेका छन् )
kathmandutoday.com
जापानको फुकुसीमा लाई केन्द्रविन्दु बनाई भुकम्प गएको छ ।
५.१ रेक्टर स्केलको धक्काले फूकुसीमाको समुन्द्रमा ५० किलोमिटरमा केन्द्र बनाएकोले सुनामी को खतरा भने नरहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
शुक्रबार १२ः ३०मा गएको भूकम्पका कारण कुनै क्षती नभएको प्रहरीले जनाएको छ । फुकुसीमामा रहेको अणविक भट्टीमा समेत भूकम्पले कुनै असर नगरेको जनाइएको छ ।
यस सँगै अन्य ४ फुकुसीमामा तथा ३ भूकम्पका धक्का मियागी क्षेत्रमा मापन गरिएको जापानी भूकम्प मापन केनद्रले जनाएको छ । जापानमा भूकम्पका कारण सुनामी आउने खतरा रहने गरेको छ ।
www.nepalsandesh.com
पोखराः पोखराको न्यूरोडमा दिउँसै चक्कु देखाएर लुटपाट गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत बैशाख २७ गते दिउँसो चक्कु देखाएर ४७ वर्षीया तार्साङ लामाको साथमा रहेको दुई लाख रुपैयाँ लुट्ने गिरोहका चारजनालाई पक्राउ गरी प्रहरीले डाँकाचोरी मुद्दा दर्ता गरेको छ ।

अभियुक्तहरुले न्यूरोडको सिटी एक्सप्रेस मनी ट्रान्र्सफरबाट पतिले विदेशवाट पठाएको रकम निकालेर लिएर हिड्दै गरेकी तामाङलाई धारिलो हतियार देखाई रकमसहितको ब्याग लुटेर भागेका थिए ।

पक्राउ पर्नेमा सोलुखुम्बुको सल्लेरी–५ का २५ वर्षीय फुर्बा शेर्पा, सिन्धुली हसाई–९ का ३६ वर्षीय गणेश शाह भन्ने गंगाबहादुर शाह, भोजपुरको कोट–५ का २६ वर्षीय सञ्जय श्रेष्ठ र मकवानपुरको छतिवन–९ का २२ वर्षीय सोम थोकर छन् ।
www.annapurnapost.com
१ जेठ, काठमाडौं ।

भूकम्प पीडितको उद्दार तथा राहतका लागि गएको समयमा हराइरहेको अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोको घोर्थलीमा फेला परेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति प्रकाशित गर्दै हेलिकप्टर भेटिएपछि सेनाको स्थल टोली र हवाइ टोली त्यता लागेको जानकारी दिएको हो ।

दोलखाको कालिञ्चोकबाट उत्तरपूर्वी क्षेत्रमा पर्ने घोर्थली गाविसमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर भेटिएको विज्ञप्तिमा उल्लेख छ ।



दुर्घटनामा परेको हेलिकप्टरमा नेपाली सेनाका २ अधिकारी र ६ जना अमेरिकी सैनिक थिए।www.nepaliheadlines.com
१ जेठ, काठमाडौं ।

बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पन जाने क्रम २० दिन वितिसक्दा पनि जारी छ ।

विहान देखि अहिले सम्म ५ वटा पराकम्पन महसुस भएका छन् । पछिल्लो पराकम्पन दिउसो २ बजेर ६ मिनेटमा भएको हो । यसको मापन कति हो त्यसको विवरण आउन बाँकी छ ।



आज विहान १० बजेर ५१ मा ४ रेक्टरको भूकम्प भएको थियो । त्यसैगरी आज विहान मात्र अहिले बिहान ७ बजेर २८ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।

यसअघि बिहान ४ बजेर ६ मिनेज जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टरको भूकम्प गएको थियो । त्यस्तै दोलखा नै केन्द्र भएर ३ बजेर ३८ मिनेट जाँदा अर्को भूकम्प गएको थियो ।www.nepaliheadlines.com
मनको इच्छा र अठोटलाई उमेरले छेक्दैन भन्ने कुराको उदाहरण पेश गरेका छन् अमेरिकाका एक ९४ वर्षीय वृद्धले । उनले ९४ वर्षको उमेरमा स्नातक पढाइ पूरा गरेका छन् ।
अमेरिकाको वेष्ट भर्जिनिया विश्विद्यालयबाट गएको आइतबार उनले डिप्लोमा डिग्री प्राप्त गरे ।
९४ वर्षका एन्थोनी ब्रुट्टोले पछिल्लो ७५ वर्षसम्म बीचबीचमा रोक्दै आफ्नो पढाइलाई अघि बढाएका र अन्ततः उनलाई आइतबार आयोजित दिक्षान्त समारोहमा मानविकी संकायबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।
ब्रुट्टो सर्बप्रथम सन् १९३९ मा उक्त विश्वविद्यालयमा भर्ना भएका थिए । तर दोश्रो विश्वयुद्धका बेला अमेरिकी सेनामा भर्ना भएपछि सन् १९४२ देखि विश्वयुद्ध समाप्त नहुँदासम्म पढाइ छाडे ।
उनी पुनः १९४६ मा कलेज भर्ना भए । तर आफ्नी बिरामी श्रीमतीको स्याहार पनि गर्नुपर्ने भएकाले पढाइ पूरा गर्न सकेनन् ।
पेशाले औजार व्यापारी रहेका ब्रुट्टो आफ्ना लागि स्तानक डिग्री पूरा गर्नु निकै महत्वपूर्ण कुरा रहेको बताउँछन् । उमेरमा डाँडो काटिसकेपनि उनमा अझै धेरै पढ्ने धोको छ । मजाक गर्दै उनी भन्छन्, ‘अब स्नातकोत्तरको पढाइ सुरु गर्नुअघि केही समय आराम लिन्छु ।’
www.onlinekhabar.com
सिलिकन भ्यालीको सबैभन्दा तिव्र प्रगति गरिरहेको भेन्चर क्यापिटल र्फम हो एन्ड्रेसेन होरोविज र त्यसका सहसस्थापक हुन् मार्क एन्ड्रेसेन । मार्क एन्ड्रेसेनका लागि फेसबुक विशेष छ । किनकी उनल गरेको सबैभन्दा ठूलो लगानी मध्येको एक फेसबुक पनि हो ।
फेसबुकसँग उनको सम्पतिको नाता मात्र छैन, भावनात्मक नाता पनि छ । किनी एन्ड्रेसेन उनै व्यक्ति हुन् जसले फेसबुकलाई बेचिनबाट जोगाएका थिए ।
न्युर्योकरले हालै प्रकाशित गरेको प्रोफाइल अनुसार मार्क एन्ड्रेसेन अन्ततः फेसबुक सस्थापक मार्क जुकरबर्गका भाग्य विधातानै सावित भए ।
सन् २००६ मा याहुले १ अर्ब डलरमा फेसबुक खरीद गर्ने प्रस्ताव राखेको थियो । स्थापनाको दुइ वर्षकै अवधिमा निकै मोटो रकमको प्रस्ताव आएपछि त्यतिबेला फेसबुकमा सबैभन्दा धेरै लगानी रहेका एसेल पार्टनर्सले २२ वर्षे जुकरबर्गलाई याहुको प्रस्ताव स्विकार गरी फेसबुक बेच्न सल्लाह दिए । जुकरबर्ग पनि एसेलकै सल्लाह अनुसार फेसबुक बेच्ने मनस्थितिमा पुगेका थिए । तर एन्ड्रेसेनले भने जुकरबर्गलाई फरक सल्लाह दिए र फेसबुक नबेच्न आग्रह गरे ।
एन्ड्रेसेनले भनेका छन्, ‘फेसबुकसँग आबद्ध हरेक मानिसले जुकरबर्गलाई याहुको अफर स्विकार गर्न आग्रह गरेका थिए । २२ वर्षे ठिटोमाथि सबैले सिर्जना गरेको मनोवैज्ञानिक दबाब निकै ठूलो थियो । मार्क र म त्यसबेला एकट्ठा भयौँ किनकी मैले उनलाई भनिरहेँ, नबेच, नबेच, बेच्दै नबेच ।’
अन्ततः जुकरबर्गले एन्ड्रेसेनकै सल्लाह माने अनि फेसबुक याहुलाई बेच्न अस्विकार गरे ।
आफुलाई सही समयमा सही सल्लाह दिने एन्ड्रेसेनप्रति जुकरबर्ग नतमस्तक छन् । उनी भन्छन्, ‘जब कुनै कम्पनीहरु आफ्नो भिजन अनुसार राम्रोसँग काम गरिरहेका छन् भने त्यस्ता कम्पनीहरुले मानिसले सोचेभन्दा बढि प्रभाव पार्नसक्छन्, केवल व्यवसायमा मात्र होइन मानवीयताको प्रवर्धनमा भन्ने कुरामा एन्ड्रेसेनको निकै गहन विश्वास थियो ।’
सन् २००६ मा एक अर्ब डलरमा झण्डै बेचिसकेको फेसबुक अहिले २ खर्ब डलरको बनिसकेको छ । जुकरबर्गलाई निकै हितकारी सल्लाह दिने एन्ड्रेसेन सन् २००८ मै फेसबुकको बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका थिए । सायद जुकरबर्गले उनको गुन कहिल्यै बिर्सने छैनन् ।
www.onlinekhabar.com
कट्रिना कैफसँगको सम्बन्धलाई गुपचुपमै राख्दै आएका बलिउड नायक रणवीर कपुर अचेल उनकै प्रसंसामा रमाउन थालेका छन् । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै रणवीरले भनेका छन्- ‘कट्रिनाको संगत गरेपछि म आफैं पनि जिम्मेवार हुँदै गएको छु ।’
परिवारसँग छुटि्टएर अलग्गै बसेका रणवीरले बुबा आमासँग बस्दा घरको काम आमाले मात्रै गरेको देखेका थिए । घरमा कुन-कुन सामग्री चाहिन्छ र के काममा पैसा चाहिन्छ, उनलाई केही थाह थिएन ।
रणवीर भन्छन्-‘मेरो बुबालाई जस्तै मलाई पनि यस बिषयमा केही पनि थाह थिएन । तर, कट्रिनाले धेरै कुरा सिकाइन् ।’ कट्रिनाकै कारण घरमा आवश्यक पर्ने दाल, चामल, तरकारी लगायतका बस्तुका उनी जानकार हुन थालेका छन् ।
यो वर्षको अन्त्यमा बिबाह गर्ने योजनामा रहेका यो जोडी अहिले सुटिङमा ब्यस्त छन् । आ-आफ्नै चलचित्रको काममा ब्यस्त भएकाले भेटघाट कम भएको बताउने रणवीरले कट्रिना सहयोगी भएको बताए ।
www.onlinekhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home