• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
गर्मी महिनामा धेरै मानिस पिरो तथा मसलेदार खानेकुराबाट टाढै रहन खोज्दछन् । पेट पोल्ने, छाला सम्बन्धी समस्या तथा खाना अपच हुने जस्ता समस्याका कारण गर्मीयाममा स्पाइसी खानेकुराहरु रोजाइमा पर्दैनन् । वास्तवमा गर्मी महिना खानेकुरामा निकै सावधानी अपनाउनुपर्ने मौसम पनि हो । यो समयमा संक्रमणको जोखिम उच्च हुने, खाद्यपदार्थहरु सड्ने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर हुन्छ । गर्मी याममा सरीरको पाचन क्रियामा पनि दखल पुग्नजान्छ ।
गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ । गर्मीमा दहीका फाइदा यस्ता छन्-
· खानासँगै दही पिउँदा खानेकुरा सजिलैसँग पच्छ, र अपचको समस्या कम हुन्छ ।
· दहीको सेवनले सरीरमा बोसाको मात्रा पनि नियन्त्रण गर्न सहयोग गछ ।
· सरीरको तापक्रमलाई सन्तुलनमा राख्ने तथा आँतको गर्मी हटाउने काममा पनि दही लाभदायक हुन्छ ।
· गर्मीयाममा भोक नलाग्ने तथा खानेकुरा नरुच्ने समस्या धेरैलाई हुन्छ । यस्तोमा दहीको सेवनले भोक जगाउँछ ।
· गर्मीको समयमा अनुहारमा चायाँ निस्कने, छालाको पत्र उप्किने जस्ता समस्या देखिन्छन् । अनुहारमा दहीको लेपन गरी केही समय राखेर राम्रोसँग गुलाब जलले धुनाले अनुहारको छाला मुलायम हुनुका साथै चिरा पर्ने वा छालाको पत्र उप्किने समस्या हट्दछ ।
· गर्मीमा घामले डढेर कालो भएको छालामा दही र कागतीको रस मिलाएको लेप लगाउँदा डढेर अँध्यारो बनेको छाला चम्किलो बन्दछ ।
· दुध चुस्ने बच्चाहरुलाई दुध अपच भएर वान्ता हुने वा पखाला लाग्ने भएको छ भने दहीमा मह मिलाएर खुवाउँदा फाइदा पुग्छ ।

जुम्ल्याहा बच्चा तर पिता फरक-फरक ! यो सुन्दै असम्भव लाग्छ । तर यो सम्भव भएको छ अमेरिकामा । एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् र ती दुइ जुम्ल्याहा बच्चाका पिता भने फरक फरक हुन् ।
छोटकरी नाम टि एम बताइएकी तर अन्य विवरण गोप्य राखिएकी ती महिलाले सुरुमा आफ्नो नयाँ ब्वायफ्रेण्ड नै दुबै बच्चाको बाउ भएको बताएकी थिइन् । तर पछि मातृत्वको लिखतमा दस्तखत गर्ने क्रममा उनले आफु नयाँ ब्वायफ्रेण्डसँग सम्भोग गर्नुअघि अरु कुनै पुरुषसँग सुतेको खुलासा गरिन् । त्यसपछि बच्चाहरुको पितृत्व परीक्षण गर्दा जुम्ल्याहा दुइ बच्चाको पिता एउटै नभएर फरक फरक रहेको प्रमाणित भयो ।
यो खुलासा भएसँगै अदालतले ती महिलाको पहिलो पार्टनरले एउटा बच्चाको खर्च भर्नुपर्ने फैसला गरेको छ । प्यासेक काउन्टी अदालतका न्यायाधीशले जुम्ल्याहा बच्चाका पिता फरक फरक रहेको हुँदा ती महिलाको हालका पतिले मात्र दुबै बच्चाको पालनपोषणमा खर्च गर्न बाध्य नरहेको र महिलासँग सुरुमा यौन सम्पर्क गरेर एक बच्चाको गर्भाधारण गराउने पुरुषले उनका जैविक सन्तानको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने फैसला गरे । महिलाको पहिलो ब्वायफ्रेण्डले अब बच्चाको पालनपोषणका लागि प्रतिहप्ता २८ डलर तिर्नुपर्नेछ ।
न्यायाधीशले आफुले जुम्ल्याहा बच्चाको पिता फरक फरक रहेको घटना पहिलोपटक देखेको बताए । तर विज्ञानले भने यस्तो कुरा सम्भव हुनसक्ने र हरेक १३ हजार जुम्ल्याहामा एउटा यस्तो भेटिने बताएको छ । जुम्ल्याहा सन्तानको जैविक पिता फरक फरक हुने यो प्रक्रियालाई हेट्रोप्याटर्नल सुपरफिकन्डेसन भनिन्छ । जब महिलाको एक पटकको महिनावारी चक्रमा दुइवटा डिम्ब तयार हुन्छन् र ती डिम्ब यौन सम्पर्कको क्रममा फरक फरक पुरुषको शुक्रकिटबाट फर्टिलाइजेसन हुन्छन् तब जुम्ल्याहा बच्चाका पिता फरक फरक हुन्छन् ।
www.onlinekhabar.com
काठमाडौं, वैशाख २८ । गएको वैशाख १२ गते आएको भूकम्पबाट मृत्यु भएका, भवनहरू पूर्णरुपमा भत्केका र आंशिकरुपमा क्षतिग्रस्त भएका संरचनाको क्षतिपूर्ति दिन राहत कार्डको ब्यवस्था गर्ने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यलय र जिल्ला विकास समितिको संयोजनमा काठमाडौंका १० वटा नयाँ नगरपालिकामा सो ब्यवस्था गर्न लागेको हो। आवश्यकताभन्दा अनावश्यक परिवारले विभिन्न निकायको दबाबमा राहत लैजान थालेको गुनासो बढ्न थालेपछि वास्तविक पीडित पहिचान गरी समानुपातिक रूपमा राहत उपलब्ध गराउने उद्देश्यले कार्डको ब्यवस्था गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए।


उनले काठमाडौं महानगरपालिकालाई पनि ब्यवस्थितरुपमा राहत वितरण गराउन कार्ड उपलब्ध गर्न अनुरोध गर्ने बताए । तारकेश्वर नगरपालिकाले आफ्ना सवै वडामा वितरण सुरु गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत विजय सुवेदीले महाभूकम्पले क्षति भएका २१ वटै वडामा कार्डमार्फत राहत वितरण गर्ने जानकारी दिँदै केही वडामा सुरु गरिसकेको बताए ।

 सो नगरपालिकाले मृतकको परिवारलाई राता, पूर्ण घर क्षति भएका परिवारलाई सुन्तला रंग र आंशिक घर क्षति भएको परिवारलाई पहेंलो कार्ड वितरण सुरु गरेको छ। ‘अब देखि राहतका रुपमा एक किलो चामलदेखि टेन्ट, पाललगाएत जस्तोसुकै राहत सामग्री उपलब्ध गराउँदा कार्डमा उल्लेख मात्रै दिने व्यवस्था गरेका छौँ ।’ कार्यकारी अधिकृत सुवेदिले भने । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
त्यसो त पितृसत्तात्मक समाजमा महिलालाई पुजनीय स्थानमा राखेपनि पुरुषमाथि निर्भर हुने रहने जातका रुपमा औंल्याइन्छ । विवाह अगाडी पिताको, विवाह पछाडी श्रीमानको र बृद्धावस्थामा छोराको सहारामा स्त्री बाँच्छन् भन्ने धारणा पनि पाइन्छ । तर कतिपय यस्ता आधारहरु छन् जसले सोच्न बाध्य नै बनाउँछ, पुरुषहरु पो महिलामाथि बढी आश्रित छन् की ?


के हुन् त ती आधारहरु ?
१. स्त्रीले पुरुषको जीवनमा क्रमबद्धता ल्याँउछिन्
महिलाहरु पुरुषको जीवनमा अनुशासन, क्रमबद्धता र सहजता ल्याउन ठूलो भूमिका खेल्छन् । अस्तव्यस्त कोठालाई सही राख्न होस् वा सामानहरुलाई यथास्थान समेटेर राख्ने काममा होस् महिलालाई यस्तो काममा अगाडी देख्न सकिन्छ । तर पुरुषहरु यस्तो कुरामा लापरबाही गर्छन्, त्यसैले घरको शान्ति, अनुशासन र जिन्दगीमा सन्तुलन ल्याउन महिलाको भर पर्छन् प्रायः पुरुष ।
२.घरको खानामा महिलाको योगदान
जीवनमा घरको खानाको महत्व निकै हुन्छ । किनकी पैसा मात्र भएर पनि हामीले स्वस्थ खाना बाहिर किनेर खान सक्दैंनौं । स्वादका हिसाबले बाहिरी खाना अब्बल भएपनि स्वास्थ्यका दृष्टिकोणले घरको खाना सबैभन्दा उत्तम हुन्छ । महिला घरको एक असल इन्टिरियर डिजाइनर मात्र होईन कुक पनि हुन्छिन् र तपाईको स्वास्थ्यको चाबी पनि उनैसंग हुन्छ ।
३.बालबच्चाको हेरचाहमा महिला अगाडी
बच्चालाई जन्म दिनका लागि मात्रै नभई बालबच्चाको हेरचाह गर्नमा पनि महिलामा प्रकृतिप्रदत्त स्वाभाविक गुण हुन्छ । चाहे कामकाजी महिला हुन् या एक गृहिणी, महिलाले सन्तानको हेरचार र लालनपालनमा देखाउने उर्जा र समर्पणको कुनै जवाफ छैन । बच्चाको जीवनमा पिताको भूमिका महत्वपूर्ण भएपनि आमासंगको भावानात्मक बन्धन अतुलनीय हुन्छ ।
४. मातापिताको हेरचाह गर्न दत्तचित्त
विवाहभन्दा अगाडी महिलाले एक छोरीका रुपमा मातापिताको सेवा गर्छिन् भने विवाह पश्चात पनि आफ्नो श्रीमानको मातापितालाई आफ्नो गुण, प्रेम र स्नेहले आफ्नो बनाउँछिन् । नेपाली समाजमा पुरुषले पनि आफ्नी श्रीमतीका मातापितालाई उत्तिकै स्नेह र आदर त दर्शाउँछन् नै तर पनि आफ्नो जन्मघर छोडेर श्रीमानको घरपरिवार सम्हाल्ने महिलाको त्याग र समर्पणसंग तुलना गर्न सकिंदैन ।
५. फेशन प्रकोपबाट बचाउँछन् महिलाले
प्रकृतिबाट नै सुन्दर रुपमा सृजित महिला, सजिन पनि उत्तिकै रुचाउँछन् । सज्न, श्रृंगार गर्न र फेशनअनुसारका पहिरन लगाउनमा पनि महिला निकै अगाडी हुन्छन् । पुरुषले आफ्नी बहिनी, भाउजु, श्रीमती वा प्रेमिकासंग फेशन सल्लाह पनि लिन सक्छन्, आवश्यक परेको बेला ।
६. महिला आकस्मिक कोष बन्न सक्छिन्
महिलाहरुमा बुद्धिमत्तापूर्वक खर्च गर्ने र बचत गर्ने बानी हुन्छ । हुन त घण्टौं विण्डो शपिङ र पसल पसल बार्गेनिङ गरेर हैरान नहुने कमै पुरुष होलान् तर महिलाको यो बानी आफ्नै परिवारको लागि हो । मितव्ययीता अपनाउने महिलाहरुले बचत पनि राम्रैसंग गर्ने गर्दछन्, जुन भविष्यमा कुनै पनि बेला काम लाग्न सक्छ ।
७. अन्ततः महिला तपाईको सफलताको कुञ्जी पनि त हुन्
पुरानो भनाई छ, “एक सफल पुरुषको पछाडी महिलाको हात हुन्छ” । आफ्नो सपना विर्सिएर सदैव श्रीमानलाई हौसला दिने, जीवनको उतारचढावमा साथ दिने महिला केही हदसम्म पुरुषको सफलताको क्रेडिटहोल्डर पनि हुन् ।
तर नबिर्सिऔं है, जीवनको रथमा महिला पुरुष दुबैको भूमिका चाँही बराबरी हुन्छ है ?
रातोपाटीडटकमबाट
गर्मीको मौसम शुरु भइसकेको छ । यो मौसममा भुल्नै नहुने कु्रामा पर्छन् छाता, रेनकोट, सजिलो स्लीपर अनि पानी । असिनपसिन भएर काम गर्नु, यात्रा गर्नु गर्मीको विशेषता हो, तर यो मौसम जत्ति रोमाञ्चकारी हुन्छ त्यत्ति नै शरिरमा पानीको अभाव पनि देखापर्छ ।
पानी मात्रै पिएर भन्दा पनि शरिरमा अन्य खाद्यपदार्थको सेवनबाट पानीको पूर्ति गर्नु बुद्धिमानी हुने फिटनेस एक्सपर्ट र न्यट्रिशनिष्ट नीरज मेहताको सुझाव छ । गर्मीमा प्रशस्त पानी पिउनु त राम्रो नै हो तर ठोस खाद्यपदार्थले एकातर्फ शरिरमा पोषणको मात्रा पु¥याउँछ भने आश्चर्यचकित रुपमा पानीको मात्रालाई पनि सन्तुलित बनाईराख्छ । शरिरमा पानीको मात्र सन्तुलन गर्न कुन कुन खाद्यपदार्थ उपयुक्त हुन्छन्  त  ?


१. सलाद साग  सलाद सागमा ९५ प्रतिशत पानी पाइन्छ । यसमा प्रोटीनको उपयुक्त मात्रा पाइनुका साथै शून्य घृतांश र थोरै मात्र क्यालोरी हुन्छ । ओमेगा थ्री फ्याट्टी एशिड, उच्च फाइबर, आइरन र क्याल्शियम पनि पाइने हुनाले सलाद सागको पोषण मूल्य उच्च छ । यसमा पाइने पर्याप्त पानीले हाम्रो शरिरलाई हाइड्रेट त गराईहाल्छ नै ।
२.ब्रोकोली एन्टी इन्फ्लेमेन्टोरी गुणका कारण गर्मीमा हुने एलर्जीहरुबाट ब्रोकोलीले त बचाउँछ नै साथै यसमा ८९ प्रतिशत पानी पाईने हुनाले यसले शरिरलाई पर्याप्त पानी पनि उपलव्ध गराउँछ ।

३. भात मोटोपना र मधुमेहबाट ग्रसित व्यक्तिका लागि भात खासै राम्रो नमानिए पनि आइरन, कार्बोहाइड्रेट र अन्य तत्वका लागि भात सर्वआहार हुन सक्छ । पाकेको भातमा ७० प्रतिशत पानी पाइने हुनाले शरिरमा भएको पानीको कमीलाई पूर्ति गर्न भातले अवश्य मद्दत गर्छ ।

४. स्याउ स्याउको बारेमा एउटा प्रचलित भनाई छ, “स्याउ खाउ, डाक्टर भगाऊ ।” फाइबर, भिटामिन सी र शरिरलाई अन्य आवश्यक तत्वका लागि स्याउ अत्यन्तै राम्रो श्रोत हो भने यसमा पाइने ८६ प्रतिशत पानीले यसलाई गर्मीको लागि उचित आहार मान्न सकिन्छ ।

५.दही ८५ प्रतिशत पानीको मात्रा बोक्ने दही गर्मीको लागि उत्तम रोजाई हुन सक्छ । दहीमा शरिरलाई आवश्यक पर्ने प्रो बायोटिक जस्ता सुक्ष्म जीवहरु पाइन्छ जसले स्वास्थ्यमा सकारात्मक असर त पार्छ नै साथै गर्मीमा हुने एलर्जीसंग लड्न मद्धत गर्दछ । दही प्रोटीन, भिटामिन डी र क्याल्शियमको पनि राम्रो श्रोत हो । रातोपाटी
महिला पुरुषबीचको सम्बन्धमा एक अर्कालाई बुझ्ने विषय सदियौं देखि बहसको विषय हो । विपरित लिङ्गीका कुरा बुझ्न कठिन हुने हुँदा महिलाले पुरुषलाई र पुरुषले महिलालाई बुझ्न नसक्ने बनेको आरोप लगाउँछन् ।
हालै गरिएको एक अध्ययनले महिलाले पुरुषबाट १० कुरा चाहने देखाएको छ ।


के हुन् त यस्ता १० कुराः
१ महिला पुरुषले आफूलाई सुनुन् भन्ने चाहन्छन् । ध्यान दिएर सुन्यो भने उनीहरु प्रेम पाएको अनुभव गर्छन् ।
२ आफ्नो मुड बुझ्ने पति पार्टनर होस् भन्ने महिलाको चाहाना हुन्छ । तसर्थ पुरुषले महिलाको मुड बुझेर ब्यवहार गर्नु पर्छ ।
३ महिलाहरु रुन्चे हुन्छन् । उनीहरु पुरुषहरु पनि रोउन् भन्ने त चाहनन्न तर आफू रुँदा वा दुःखी हुँदा बुझोस् भन्ने चाहाना हुन्छ ।
४ महिलाहरु पुरुषले कुरा बुझुन् र निरन्तर कुरा गरिरहुन् भन्ने चाहन्छन् । यसो गर्दा एक अर्कामा समझदारी पनि बढ्ने हुन्छ ।
५ महिलाले पुरुषमा अलिकति शाहस र लगाव बढी होस् भन्ने भित्री चाहाना हुन्छ । उनीहरु अफ्नो प्रेमी वा पति परिवारमा पनि ‘हिरो’ देखियोस् भन्ने चाहन्छन् ।
६ महिलाहरु पुरुषले सँधै नभएपनि कहिलेकाँहि भान्सामा पनि साथ देओस् भन्ने चाहन्छन् । कहिलेकाँहि उनीहरुलाई नयाँ नयाँ खाना पकाएर दिए रमााइलो मान्छन् ।
७ तपाइँ साहसी भएपनि सबै ठाउँमा साहस देखाएको भने महिलालाई मन पर्दैन । गाडी चलाउँदा वा त्यस्तै सावधानीपूर्वक गर्नु पर्ने काममा पनि सासह देखाउन थाल्नु भो भने तपाइँ स्त्रीको नजरमा गिर्दै जानु हुन्छ ।

८ महिलाहरु पुरुषले आफूलाई सुरक्षा देओस् भन्ने चाहन्छन् । तर सबै कुरामा हस्तक्षेप गर्ने चाहिने भन्दा बढी चासो राख्ने गरेको मन पराउँदैनन् ।
९ महिलाहरु पुरुषले प्रेम ब्यक्त गरिरहोस् भन्ने चाहन्छन् । उनीहरुलाई कुनै न कुनैरुपमा प्रेम ब्यक्त गरेको मन पर्छ ।

१० महिलासँगको सम्बन्धमा सबै भन्दा संवेदनशील विषय इमान्दारिता हो । यदि तपाइँ झुट बोल्न थाल्नु भो र झुट बोलेको पत्ता लाग्यो भने चाँहि तपाइँ गिर्नु भो ।
काठमाडौं । पहिलोपटकको यौनसम्पर्क तपाईंले सोचेसरह राम्रो नहुन सक्छ । वास्तवमा भन्नुपर्दा यसलाई लिएर धेरै नै डर हुने गर्दछ । डा. महिन्दर वात्साले पहिलो पटक कसैसँग शारिरिक रुपमा नजिक हुँदा के कुरा आशा गर्ने र नगर्ने भन्ने कुरा बताएका छन्

१. धेरैपटक स्लिप हुन सक्छः

सबैजनाले आफ्नो पहिलो सम्पर्क गल्तीरहित होस् भन्ने चाहन्छन् । अझ कसैले त यसलाई कथाको पात्रसँग दाँज्नेसमेत गर्दछन् । यस्तो सोच्नु गलत भने होइन तर गल्ती नै हुनुहुँदैन भन्ने सोच्नु चाँहि गलत हो । पुरुषहरुले यौन सम्पर्कको समय लम्बियोस् भन्ने चाहन्छन्, तर, यदि उनीहरु चरमोत्कर्षमा चाँडै नै पुगेको खण्डमा गल्ती नै भयो भनेर सोच्नु हुँदैन ।


कसैको लिङ्ग उत्तेजनामा पनि समस्या आउनसक्छ तर त्यतिबेला आफू सेक्सको लागि योग्य छैन भन्ने भ्रम मनमा आउनसक्छ । यदि तपाईंले यस्तो सोच्नुहुन्छ भने यो तपाईंको गल्ती हो । यस्तो अवस्थामा तपाईंले आफ्नो पार्टनरसँग प्रशस्त पाक्क्रिडा गरेर अन्त्य गर्नसक्नुहुन्छ । यदि कुनै कारणले तपाईं आफ्नो पहिलो सम्पर्कमा असफल हुनुभयो भने त्यहाँ जहिले पनि दोस्रो मौका हुन्छ । यदि कुनै पुरुषले हस्तमैथुनद्वारा आफ्नो लिङ्ग उत्तेजित गर्नसक्छ, उक्त मानिस सामान्य अवस्थामा भएको बुझ्नुपर्दछ ।

२. हो, यो पीडादायी हुनसक्छ, तर पर्खनुहोस् :

महिलाका लागि पहिलो पटकको यौनसम्पर्क अलिकति पीडादायी हुनसक्छ, तर पर्खनुहोस्, यो डराउनुपर्ने पीडा भने होइन । धेरैजस्तो अवस्थामा यस्तो पीडा औंला पड्काउँदाको पीडासरह हुन्छ । यद्यपि, पीडाको डरले नै यौनसम्पर्कको प्रक्रियालाई पुरै खराब गर्दछ । यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले आफ्नो पार्टनरले आफूसँगको सामिप्यतालाई सहज रुपमा लिइरहेको छ कि छैन त्यो याद गर्नुहोस् अनि मात्र प्रक्रियालाई बिस्तारै अगाडि बढानुहोस् ।

३. रगत आउनसक्छ र नआउन पनि सक्छः

पहिलो सम्पर्कमा महिलाको योनीबाट रगत बग्नै पर्छ भन्ने कुरालाई सम्भवतः अन्धबिश्वासको रुपमा खडा भएको छ । योनीमा भएको पातलो झिल्ली टुटिसकेपछि रगत बग्ने गर्दछ, तर, पुरुषहरुले किन त्यो पातलो झिल्लीलाई कुमारीत्वको संज्ञा दिन्छन् ? कडा व्यायाम, साइक्लिङ गर्दा यो पातलो झिल्ली टुट्न सक्छ, कोही महिलाको जन्मजात नै यस्तो झिल्लीको विकाश नभएको हुनसक्छ । यदि यस्तो विषयमा आफ्नो पार्टनरमाथि कुनै शंका छ भने पहिले नै कुरा गर्नुहोस् बेडमा भएको बेला होइन ।

४. गर्भनिरोधकः

एक गलत पाइलाले गर्भ बस्न सक्ने खतरा हुनसक्छ । सम्पर्कको बेला लिङ्ग निकाल्ने प्रक्रिया वा महिलाको महिनावारीमा पूर्ण रुपमा भर नपर्दा राम्रो हुन्छ । अविवाहित जोडिहरुले कण्डमको प्रयोग गर्नुपर्ने हुन्छ ।
 ५. पहिलो पटकको सम्पर्क अव्यवस्थित हुनसक्छः

जब एक अर्काको शरिरको तरल पदार्थ साटिन्छ, त्यस्तो अवस्थामा वातावरण अव्यवस्थित हुनसक्छ । यसको लागि कुनै दोस्रो उपाय छैन । चाहे तपाईं गर्नुस् या नगर्नुस् । यस्तो कुराको धेरै चिन्ता नलिनुहोस्npnewsline.blogspot.comबाट
कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको अर्थ भने आ-आफ्नै तरिकाले लगाउने गरिन्छ । यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरेका छन् ।


१ जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् । यिनीहरु सहयोगी पनि हुन्छन् ।

२ औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।

३ चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।

४ दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन् ।

५ माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ ।

६ जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन् । यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।

७ यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता ब्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ ।

८ जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन् ।

९ बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।

१० दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन् । यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।

११ नाकको बायाँ पट्टी कोठी भएमा यस्ता ब्यक्ति कलात्मक हुन्छन् । यस्ता ब्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन् ।

१२ दायाँ ओंठमा कोठी भएमा त्यस्ता ब्यक्तिको स्वभाव मौलिक हुन्छ । यिनीहरुको कल्पना शक्ति उत्तम हुन्छ ।

१३ बायाँ गालामा कोठी हुने ब्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।

१४ जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलि परंपरावादी सोंचका हुन्छन् ।

१५ बायाँ ओंठमा कोठी हुने ब्यक्ति बढी कामुक हुन्छन् । कामुकताकै कारण यस्ता ब्यक्तिलले जीवनमा समस्या पनि झेल्नु पर्ने हुन्छ ।

१६ दाहिने खुट्टामा कोठी हुने ब्यक्ति बुद्धीमान हुन्छन् तर खर्चालु स्वभाव हुन्छ् ।

१७ गर्धनमा कोठी हुने ब्यक्तिलाई बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।

१८ नाकमा कोठी हुने ब्यक्तिले यात्रा धेरै गर्छन् ।

१९ दाहिने हत्केलामा कोठी हुने ब्यक्ति बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ ।

२० दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन् । तर बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ । दाम्पत्य जीवन पनि सुखद् हुँदैन ।

२१ दायाँ गालामा कोठी हुने ब्यक्ति धनी हुन्छन् । यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । तर बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन् ।

२२ ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम बासनामा केन्द्रित हुन्छ । कानमा कोठी हुने ब्यक्ति अल्पायुका हुन्छन् ।

२३ कान्छी औंलामा कोठी हुने ब्यक्ति दुःखी हुन्छन् ।

२४ दायाँ हातमा कोठी हुने ब्यक्ति झगडालु हुन्छन् ।

२५ दायँ छातीमा कोठी हुने ब्यक्ति स्त्रीसँग नजिकिन्छन् । पत्निलाई पनि अधिक प्रेम गर्छन् । बायाँ छातीमा कोठी हुने ब्यक्तिको भने कसै न कसैसँग झवडा भैरहन्छ ।
गोर्खा, बैशाख २७ । पर्यटकीय नगरी सौराहामा रहेको २ समाजिक संस्थामा अगुवाई गोर्खा र काभ्रे जिल्लाको विकट गाउंमा राहत वितरण गरिएको छ । लायन्स क्लब सौराहा र सपना भिलेजसगैं सहकार्य गर्दै चर्चीत संगितकार एवं गायक रमेशराज भटराई पनि राहत बड्न गोर्खाको हिलेर्खक पुगेको थिए ।

लायन्स क्लब अफ चितवन सौराहा र सपना भिलेज सोसल ईम्फ्याक्टले गोर्खाको फिनाम हिलेर्खक गाउं, मिरकोट गाउ र काभ्रेपलाञ्चोक पाँचखाल टाँके गाउँमा पहिलो पटक राहत बाडेको लायन्स कलब अफ चितवन सौराहाका अध्यक्ष दामोदर रेग्मीले बताए । गोर्खाको फिनाम हिलेर्खक गाउंमा लायन्स क्लब सौराहामा पूर्व अध्यक्ष दिपेन्द्र खतिवडाको संयोजकत्वमा ३५ परिवार, मिरकोट गाउमा क्लबका सदस्य विक्रम चौधरीको संयोजकत्वमा ३० घर परिवार र काभ्रेपलाञ्चोक पाँचखाल टाँके गाउँमा क्लबका कोषाध्यक्ष शिरलाल परियारको संयोजकत्वमा ६० परिवारमा गरि ५ लाख ५५ हजार रुपैया बराबरको राहत बाडिएको थियो ।

राहतको पर्खाईमा आहत बन्न पुगेका भुकम्प पिडितहरुमा सौराहाका समाजसेवी र व्यवसायी समिलित २ संस्थाले राहत पु¥याउदा उनीहरुमा एकाएक खुसी छाएको थियो । गाउमा ३० घर थिए हिलेर्खक गोर्खाकी ५० बर्षिय मैया थापाले भनिन् भुकम्प आउदा गोठाला गएको थिए, अन्न झिक्न समेत पाएको थिएईन्, बस्न जनतन जोहो गरे पनि खानालाई मुस्कील थियो राहत पायौ खुसी लागेको छ ।

 उनी मात्रै होईन् काभ्रेकी भुकम्प पिडित स्थानिय फुलमति रमतेल जिल्ला सदरमुकाम धुलिखेलबाट झन् नजिक भएर पनि आफुहरु बत्तिमुनिको अँध्यारो बन्न पुगेको दुखेसो गर्दै । पहिलो पटक राहत सामाग्री पाएकोमा गाउँले खुसी छन् । स्थानिय पिडित रामु रम्तेलले चितवन जस्तो टाढाबाट सहयोग आउनु भुकम्प पिडितकालागि खुसीको कुरा भएको बताए ।

दुई संस्था ३ ठाउंमा गरि प्रति परिवार ४० केजीको एक बोरा चिरा मसिना चामल, १ थान त्रिपाल, ३ किलो दाल, साबुन, नुनतेल लगायतका खाद्य सामाग्रीहरु सहयोग गरेको लायन्स कलब चितवन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए । राहत वितरणमा नेपाल परिवार होल्यान, होल्यानको रोटरी क्लव र पिपुल फ्रम होल्यानले पनि सहयोग गरेका थिए ।

टोलीमा चर्चीत संगितकार एवं गायक रमेशराज भटराई, लायन्स कलब अफ चितवन सौराहाका बर्ष २०१५÷१६का निर्वाचित अध्यक्ष प्रकाशचन्द्र भटराई, कोषाध्यक्ष अन्जन कुमार पाण्डे, निर्देशक राजेन्द्र भण्डारी, सदस्य रामजित चौधरी, सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेत, सन्तोष भट र मुरली ढकाल र नेपाल परिवार होल्यानका संयोजक रामु रिजाल लगायतको सहभागी थियो ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home