• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
२०७२ जेठ १ गते


काठमाडौँ, १ जेठ । नेपालमा गएको महाभूकम्पले निम्त्याएको विपत्तिको सामना गर्न अमेरिका जस्तोसुकै सहयोग गर्न तयार रहेको अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ ।
मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँसँग सन्देश पठाउँदै राष्ट्रपति ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।
मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँग भेटी ओबामाको सन्देश सुनाउनुभएको हो । सन्देशमा ओबामाले ‘नेपाललाई चाहिएजति सहयोग अमेरिका हृदयदेखि गर्न तयार रहेको छ । भूकम्प पीडितहरुको घर बनाउने, पुनर्स्थापनामा पनि हातेमालो गर्न तयार छ ।’ भन्नुभएको छ ।
देसाइँले अबको निर्माणलाई कसरी बलियो बनाउने भन्नेबारेमा आफूसँग भएका अनुभवका आधारमा सहयोग गर्ने र यस काममा नेपाललाई सफलता मिलोस् भनी कामना गर्नुभएको थियो ।
सो अवसरमा तीन दिनदेखि हराइरहेको अमेरिकी हेलिकोप्टरको खोजीका विषयमा पनि कुराकानी भएको र खोजीका लागि भएका सबै प्रयासका बारेमा अवगत गराइएको थियो । भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी पनि उपस्थित हुनुहुन्थ्यो ।
कुनै समयकी चलेकी कलाकार पल्लवी भट्टले भूकम्पबाट प्रभावितहरुलाई नगद १ लाख सहयोग गरेकी छिन् । उनले भूकम्प प्रभावितहरु भएको स्थानमा पुगेर प्रत्यक्ष रुपमा उनीहरुलाई नै नगद सहयोग गरेकी हुन् ।
काठमाण्डौ छेउको तारकेश्वर नगरपालिका स्थित साङ्ले गाविसमा भूकम्पबाट ज्यान गुमाउने १९ व्यक्तिका १५ परिवारलाई उनले प्रत्यक्ष रुपमा नगद सहयोग गरेकी हुन् ।
उक्त गाविसका १, २ र ३ वडाका १५ परिवारलाई प्रत्यक्ष भेटेर आफूले सकेको सहयोग गरेको जानकारी उनले दिएकी छिन् । प्रत्येक परिवारले नगद ५ हजारदेखि ७ हजारसम्म प्राप्त गरेका छन् ।
पल्लवीले भनिन्-‘अहिले म व्यक्तिगत सिलसिलामा नेपाल आएकाले ठूलो सहयोग गर्न पाइन । अब फेरि सिंगापुर पुगेर दोश्रो चरणको राहतका सामाग्री लिएर आउनेछु ।’
भूकम्प प्रभावितहरुले आफ्नो आवश्यकता अनुसारका सामान किन्न सक्ने भएकाले नगद दिएको उनले जानकारी गराइन् । पल्लवीले ६ महिना अगाडि नेपाल आएको समयमा चलचित्र ‘अलबिदा’मा एक आइटम नृत्य गरेकी थिइन् ।
www.onlinekhabar.com
काठमाडौं, जेठ ३ । शनिबार र मंगलबार ठूलो भूकम्पन जान्छ भनेर अड्कल गर्ने भविष्यवेत्ताहरु गलत सावित भएका छन् ।

हल्लाखोरहरुले ग्रह, नक्षत्रहरु नराम्रो रहेकाले शनिबार ठूलै भूकम्पीय विपत्ति आउनसक्ने बताए पनि अन्नतः उनीहरुको भनाइ गलत सावित बनेको कारण हल्लाको पछाडि नलाग्र्न भूगर्भविद्हरुले सर्वसाधारणलाई सुझाएका छन् । यद्यपि, सतर्कता अपनाउनु बुद्धिमानी हुने उहाँहरुको भनाइ छ ।


राष्ट्रिय भूकम्पमापन केन्द्रका भूगर्भविद् मुकुन्द भट्टराई अनावश्यक प्रचारबाजीका कारण सर्वसाधारणलाई फोविया नै भइसकेकोले त्यस्ता भविष्यवाणीलाई प्रचारमा नलैजान मिडियालाई आग्रह गर्छन् । विभिन्न अनलाईन पत्रिकासँग सम्बन्धित ज्योतिषीले दिएको खतराको अभिव्यक्तिलाई उनहरुले खण्डन गरेका छन् ।

 भूकम्प कहिले र कति क्षमताको जान्छ भन्ने कुरा कसैलाई पनि पूर्वजानकारी नहुने भएकोले भविष्यवाणी निरधार रहेको वरिष्ठ भूगर्भविद् एवं प्रध्यापाक डा. तारानिधि भट्टराईले बताए । यो खबर गोरखापत्र दैनिकमा छापेको छ ।
२०७२ जेष्ठ ३ आईतवार


काठमाडौं : नेपालमा आइतबार बिहानै फेरि अर्को भूकम्पको धक्‍का महसुस भएको छ।बिहान ५ बजे दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

दोलखालार्इ केन्द्रविन्दु बनाएर लगातार तीनपटक भूकम्पको धक्‍का महसुस भएको छ।यसअघि शनिबार पौनै ९ बजे दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्प गएको थियो।

शनिबार अपरान्ह गएको ५.५ म्याग्निच्यूटको भूकम्पको केन्द्रविन्दु पनि दोलखा नै थियो।शनिबार मात्रै नेपालमा नौ पटक भूकम्पको धक्‍का महसुस भएको छ।शनिबार  पनि दुईपटक केन्द्रविन्दु भएर भूकम्प गएको थियो।
तस्वीरहरु हेर्दा महिलाका लत्ताकपडा बेच्ने पसलमा विभिन्न पहिरनमा सिँगारिएका प्लास्टिकका महिला मूर्ति जस्ता लाग्छन् । तर यी कुनै प्लास्टिकका मूर्ति होइनन्, साँच्चीकै युवतीका तस्वीर हुन् । हेर्दा ठ्याक्कै खेलौना वा पुतली जस्तो लाग्ने जिउडाल भएकी यी विश्वचर्चित युक्रेनी मोडेलको नाम हो भ्यालेरिया लुक्यानोभा । उनको अनौठो स्वरुपकै कारण उनले ह्युमन बार्बीको उपमा पाएकी छिन् ।


यी मानव पुतलीले केही दिनअघि फेसबुकमा शेयर गरेका उनका कामुक तथा विछट्ट सुन्दर तस्वीरहरुले खुबै चर्चा पाए । निकै नै पातलो र अग्लो सरीर तर अति नै पुष्ट सिक्स प्याक सहितको वक्षस्थलका साथमा पोज दिएकी भ्यालेरियाको जिउ हेर्दा नै अनौठो लाग्छ । तर उनलाई आफ्नो यस्तो अद्वितीय जिउ मन पर्न छाडिसकेछ । मैले मेरो जिउ मन पराउन छाडिसकेँ, अब जिउमा केही मासु चाहियो’, फेसबुकमा उनले आफ्नो इच्छा सार्वजनिक गरेकी छिन् ।



आफुले साँच्चीकै लडाकु महिलाको जस्तो जिउ बनाउन चाहेको भन्दै उनले आफ्नो जिउ ‘अमेजन वुमन’ कै जस्तो बनोस् भन्ने आफ्नो चाहना रहेको बताइन् । गएको वर्ष आफ्नो घर बाहिर दुइजना पुरुषले आक्रमण गरेपछि उनलाई दुब्लोपातलो जिउ भएर काम नलाग्ने रहेछ भन्ने लागेछ क्यारे । सोही बेलादेखि यी २९ वर्षे मोडेलले जिउ बनाउने सोँच बनाएकी हुन् । उनका केही तस्वीर यस्ता छन् ।
महोत्तरी, जेष्ठ २ - भूकम्पका कारण विद्यालय बन्द भएपछि काठमाडौं बल्खुको एक बोर्डिङ स्कुलमा पढ्दै गरेका कोल्हुवावगिया ३ स्थित बहेडाका १० वर्षीय शिवप्रकाश महतो अहिले घर फर्किएका छन् । तर उनको मानसिक अवस्था ठीक छैन । उनी आजकाल सधैं तनावमा रहने गरेका छन् । परिवारका अनुसार कुनै कारणले बसेको कुर्सी अथवा खाट हल्लिँदा पनि भुइँचालो आएको भन्दै भाग्ने र रुने कराउने गर्छन् । काका कामेश्वरका अनुसार शुक्रबार बिहान साढे सात बजेतिर भुइँचालोको पराकम्पन आएपछि उनी थप डराए । अपराह्नतिर घर छेउकै सडकबाट मालवाहक ट्रक गुड्दा घरमा सामान्य कम्पन आयो । भूकम्प आएको भनेर भाग्न खोज्दा लडेर देब्रे हात नै भाँचियो ।

जलेश्वर अस्पतालका अनुसार शिवप्रकाशको पाखुराको हाड भाँचिनुका साथै कुहिनो ‘डिस्लकेट’ भएको छ । चिकित्सकको सिफारिसमा शुक्रबारै उनलाई भारतको सीतामढी लगिएको छ ।

पारिवारिक स्रोतका अनुसार काठमाडौंबाट फर्केदेखि भुइँचालोको त्रासले उनी राति पनि राम्ररी सुत्दैनन् । ओछ्यानमा पल्टे पनि आँखा लोलाइरहन्छ । दिउँसो पनि टोलाइरहन्छन् । बालसुलभ चञ्चलता हराएको छ । खाना पनि छाडेका छन् ।

अस्पतालका चिकित्सक सतिसकुमार साहका अनुसार महाभूकम्प र त्यसपछिका पराकम्पनले सबैभन्दा बढी असर सर्वसाधारणको मनस्थितिमा पारेको छ । यही कारण अहिले अस्पतालमा दैनिक २० देखि ३५ जनासम्म भुइँचालोबाट प्रभावित बिरामी आउने गरेका छन् । शुक्रबार पनि त्यस्ता २० भन्दा बढी बिरामी आएको उनले बताए ।

‘भूकम्पको कम्पनले मान्छेको मनस्थितिमा बढी प्रभाव पार्छ,’ शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै डा. साहले भने, ‘यसले मस्तिष्कमा रहेको ‘डोपुमिन’ सक्रिय हुन्छ र त्यसपछि निस्कने रसायनले मानसिक तनाव बढाउँछ ।’

डा. साहका अनुसार मानसिक तनावको सीधा प्रभाव मुटुको गति, रक्तचाप र कतिपय अवस्थामा श्वासप्रश्वासमा समेत पर्ने गर्छ । यसबाट भुइँचालोलगत्तै रिंगटा लाग्ने, बेहोस हुने, जीउ काम्ने, निद्रा नपर्ने, त्रासमा रहने, खिन्नता बढ्ने, घबराहट हुनेजस्ता ‘सिस्मो फोबिया’ देखा परेको उनले बताए । ‘यस्तो अवस्थामा बेहोस हुने र उपचारमा नल्याए हृदय गति बन्द भई मृत्युसमेत हुन सक्ने खतरा रहन्छ,’ डा. साहले भने ।

स्वास्थ्यकर्मी जयनारायण मण्डलका अनुसार भूकम्पको कम्पनपछि जलेश्वर अस्पतालको आकस्मिक कक्ष यस्ता बिरामीले भरिने गरेका छन् । शुक्रबारको पराकम्पनबाट त्रस्त सुगा गाविसकी ३५ वर्षीया कौशल्यादेवीलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । आगेपुर १ की मोकिमा खातुन र रतवाराका ६० वर्षीया धनवन्ती देवीलाई चक्कर आउने समस्या बढेपछि उपचारका लागि भर्ना गरिएको छ । अस्पतालकी आकस्मिक कक्षकी अनमी शेहनाज खातुनका अनुसार लडेर अंगभंग भएर उपचार गर्न आउनेको संख्यासमेत भुइँचालोपछि बढ्ने गरेको छ ।

‘सिस्मो फोबिया’ बाट पीडित ग्रामीण भेगका स्वास्थ्य संस्थामा समेत बिरामी बढेको स्थानीय स्वास्थ्यकर्मीले जनाएका छन् । चिकित्सकले यस्ता बिरामीलाई उपचारपछि परामर्शसमेत गर्ने गरेका छन् । डा. साहले बिरामीलाई नडराउन, होहल्लाको पछि नलाग्न, सजग र सतर्क रहन तथा भुइँचालोपछि स्वास्थ्य समस्या बढे अस्पताल तथा चिकित्सकको सम्पर्कमा जान सल्लाह दिने गरेको उनले बताए ।

‘महाभूकम्पपछि मुलुकको ध्यान हताहत, भौतिक संरचना क्षति, उद्धार तथा राहत वितरणमा केन्द्रित भएका बेला भुइँचालोले आम नागरिकको स्वास्थ्यमा पारेको समस्या ओझेलमा छ,’ सामाजिक अभियन्ता तथा रतौली युवा क्लबका अध्यक्ष बैधनाथ चौधरीले भने, ‘आम नागरिकको यस्ता पीडाप्रति राज्य संवेदनशील नहुनु थप पीडा हो ।’
२ जेठ, काठमाडौं ।
खानी तथा भूगर्भ विभागले भूकम्पबारे तत्काल सूचना प्रदान गर्न मोवाइल एप्स र टोल–फ्री नम्वर सार्वजनिक गरेको छ । विभागमा आयोजित कार्यक्रममा उद्योगमन्त्री महेश वस्नेतले नेपाल अर्थक्वेक अपडेट्स नामक मोवाइल एप्स र टोल–फ्री नम्वर सार्वजनिक गरेका हुन् । उनले भूकम्प सम्वन्धी सवै जानकारी प्राप्त गर्न दुबै माध्यम उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभागका उपमहानिर्देशक डा. सोमनाथ सापकोटाले पछिल्ला पराकम्पनको प्रवृत्ति हेर्दा त्रसित हुन नपर्ने बताए । उनले अहिलेसम्म पराकम्पन मात्रै भएको भन्दै ठूलो भूकम्प हुने सम्भावना कम रहेको औल्याए ।

खानी तथा भूगर्भ विभागका अनुसार ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जाने वित्तिकै भूकम्पको सबै सूचना मोबाइल एप्समा अपडेट हुनेछ ।

कल गर्दा पैसा नलाग्ने नम्बर (टोल फ्री नम्बर) १६१८०१४४१०१४१

खानी तथा भूगर्भ विभागले भूकम्पबारे सर्वसाधारणलाई जानकारी दिन शनिवार ल्याएको एप्सwww.nepaliheadlines.com
हिमालय क्षेत्रमा जाने भूकम्पीय जोखिमका वारेमा फ्रान्सबाट बिद्यवारिदी गरेका भूःगर्भ विभागका उपमहानिर्देशक डा.सोमनाथ सापकोटा भन्छन् ‘मंगलबारको भूकम्पले संसारभरका बैज्ञानिकको अनुमान र अनुसन्धानलाई फेल गरिदियो । बैशाख १२ मा गएको विनाशकारी भूकम्प होस या २९ बैशाखमा गएको शक्तिशाली भूकम्प होस त्यसपछि नेपाली जनजिवन त्रसित छ । अव के होला ? सवैको प्रश्न यही छ । हामीले पनि सापकोटासँग यही प्रश्न गरेका छौ ।


भर्खरै आएका दुई ठुलो भूकम्पले तत्काल नेपाल भूकम्पीय ठुलो जोखिमबाट बचेको छ या छैन ?
जब मंगलबार दिउसो करिव १ बजे ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो । त्यो भूकम्प हामीले अनुमान गरेभन्दा फरक भूकम्प गयो । किनभन्दा हामीले ६ को हाराहारीमा भूकम्प जाने अनुमान गरेका थियौँ । हामीले गरेको अहिलेसम्मको अध्ययन अनुसन्धानले त्यही देखाएको थियो तर मंगलबार ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो । जुन हाम्रो अनुमानभन्दा फरक थियो ।
बैशाख १२ मा गोरखाको वारपाकमा जुन शक्तिशाली भूकम्प गयो, मंगलबार गएको भूकम्प पनि त्यसको पराकम्पन नै हो भन्छु म । यो क्षेत्रमा भूकम्पको जुन शक्ति थियो मंगलबारको भूकम्पले त्यसलाई स्खलन गराएको छ ।
तपाईको भनाईमा अव ठुलो भूकम्प जाने संभावना अहिलेलाई कम भएको हो ?
हो तत्काललाई फेरी ठुलो भूकम्प जाने संभावना एकदम न्यूनछ । पराकम्पनहरु मुख्य कम्पनभन्दा ठुला कहिले हुँदैन । तर यहाँ ७ भन्दामाथी ८, ९ रेक्टर स्केलको भूकम्प जान्छ भन्ने हल्लाहरु आएका थिए । ७ दशमलव ६ रेक्टर स्केलको भन्दा ठुलो भूकम्प वारपाक या यो क्षेत्रमा जान सक्दैन । मंगलबार मैले मात्र हैन संसारभरका बैज्ञानिकहरुले गरेको अनुमान भन्दा अलि फरक र ठुलो पक्कै पनि गएको हो । यो अर्काे भूकम्प गएको अहिले नै भनिहाल्न मिल्दैन यो पहिलो भूकम्पको पाराकम्पन हो । त्यहाँ केही बढि शक्ति थियो । मंगलबारको भूकम्पले त्यसलाई स्खलन गरिदिएको छ । अब फेरी मेजर भूकम्प जान्छ की भन्ने संभावनालाई अहिले न्यून गरिदिएको छ ।


कतिपय बैज्ञानिकहरुका अध्ययनलाई उर्दृध गर्दै काठमाडौं उपत्यका मुनी पनि केही दरारह फल्टलाईन पनि छन् । अझै पनि काठमाडौ उपत्यकामा ठुलो भूकम्प जान सक्छ भन्ने छ नी ?
काठमाडौंको मुनी मात्र हैन उच्च हिम श्रंखलाको भेदमा ३ हजार मिटर उचाई छ जुन हाम्रो सतहमा त्यसको करिव १८ किलोमिटर गहिराईमा ठुलठुला भूकम्पहरु जाने गर्दछन् । २०९० सालको भूकम्प होस या १२५५ सालको भूकम्प होस या राजा अभय मल्ल मरेको भूकम्प होस अथवा १८३० भूकम्प होस सवै भूकम्प जाने हाम्रो एउटै स्रोत हो उच्च हिमाली हिमश्रंखला । उच्च हिमाली हिमश्रंखलाको फेदमा ३ हजार मिटरदेखि चुरेको फेदसम्म कतै ८० किलोमिटर होला कतै सय किलोमिटर होला चौडाई अनुसार फरक फरक छ । यो क्षेत्रमा के हुन्छ भन्दा खेरी प्रत्येक पटक भूकम्प जाँदा दक्षिणतिरको भाग धस्सिएको हुन्छ । काठमाडौं उपत्यका मुनीको १२ देखि १५ किलोमिटरको गहिराईमा सरफेस छ । जुन चुरेसम्म फैलिएको छ । तर केही समयपछि काठमाडौं मुनी नै केन्द्रविन्दु बनाएर भूकम्प जाने भन्दापनि माथीका भूकम्पहरु जव छिन हुन्छन् तब  दक्षिणतिरको जुन जमिन विस्थापित गरेको छ त्यहीबाट काठमाडौं वरपर केन्द्रविन्द बनाएर साना साना भूकम्पहरु जान सक्छन
अब फेरी ठुलो स्तरको भुकम्प जानलाई केही दशक लाग्न सक्छ भन्ने एउटा तर्क पनि छ । त्यो तर्कमा बल छ ?
छ  किन भने इस्वीसम्वत १८३३ मा जुन दरार भाँचियो, संचय भएको शक्ति क्षण भयो, त्यही दरारमा १८२ बर्षपछि अहिले भाँचिएको अवस्था हो । अहिलेको भूकम्पीय अवस्थाको क्राइसिस कसरी अन्त्य हुन्छ ? कहिँ कतै गएर अन्त्य त हुनु परयो । तर   मंगलबारको भूकम्पले हामीलाई नयाँ तरिकाले सोच्न बाध्य पारेको छ । पहिलो भूकम्पपछि हामीले जनतालाई अन्तरापनि घट्यो, भुलो भूकम्प जाँदैन तर पराकम्पनहरु आइरहन्छन् । होसियार त हुनुहोस तर ठुलो पराकम्पन आउँदैन भन्दा भन्दै फेरी अर्काे ठुलो पराकम्पन गएपछि दुनिँयाभरका बैज्ञानिकलाई सोच्न बाँध्य बनाएको छ ।
विश्वका अन्यदेशहरुमा पनि एक पटक भूकम्प गएपछि लगभग त्यही बरावरका भूकम्पहरु गएका इतिहासँ पनि त रहेछन नी  तर तपाईहरुले किन संभावन कम भनेको त ?
हामीले मात्र हैन संसारभरका बैज्ञानिकले १५, २० दिन भइसक्यो, पराकम्पनहरु बिस्तारै डिले भइसक्ये, हाइटीमा पनि १२ दिनपछि अर्काे पराकम्पन आएको थियो । संभावना न्यून देखेको तर नकारेको भने होइन । ७ दशमलव ६ भन्दा ठुलो आउने संभावनालाई हामीले नकारेको हो, तर त्यो भन्दा सानो आउने संभावनालाई हामीले न्यून मात्र  भनेको हो नकारेको होइन फेरी ।
पहिलो भूकम्प जुन ठुलो प्रकारको आउनु पथ्यो त्यो आएन अझै आउने संभावना छ भन्ने तर्क पनि छ त्यसमा बल छ ?
यसमा पनि बल छ । किनभन्दा खेरी नेपाल भूकम्पीय जोखिममा पर्ने मुलुक हो । यसमा केही बल छैन भन्दापनि बारपाक र दोलखालाई केन्द्र बिन्दु बनाएर फेरी अर्काे ठुलो भूकम्प आउन भन्नेमा कुनै तुक छैन । पूर्वतिर पनि मलाई लाग्छ ९० सालको भूकम्पले चिरा पारेको शक्तिपनि क्षण भइसकेको छ । त्यो क्षेत्रमा संभावन न्यून छ । तर हिमालयको संभावना त यथावत नै छन् नी ।
त्यसो भए काठमाडौं उपत्यकाभन्दा उत्तरपश्चिमतिर संभावना छ ?
अझै पनि त्यो क्षेत्रमा केही चिराहरु छन् । त्यो हाम्रा लागि ठुलो जोखिम छ । किनभन्दा खेरी ति चिराहरु एकै पटक भाँचिन्छन या खण्ड खण्डमा भाँचिन्छन अथवा ति भाँचिन हजार बर्ष लाग्छ अथवा ५ सय बर्षमा भाँचिने हुन त्यसको बारेमा अध्ययन अनुसन्धान धेरै सिमित छ । वारपाकपछि नेपालको भूकम्पीय खोजिमका बारेमा नयाँ सोचबाट अध्ययन गर्न जरुरी छ ।
काठमाडौं, जेठ २- राजधानी काठमाडौं लगायतका ठाउँमा भर्खरै केही बेर अगाडी भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्टिय भूकम्प मापन केन्द्रका अनुसार केही समय अगाडी ५: १९ मिनेटमा ५.५ रेक्टर स्केलको भूकम्प दोलखा केन्द्र बनाई गएको हो ।

बैशाख १२ गते गएको ७.८ रेक्टर स्केल, त्यस पछिका कम्पनहरु र बैशाख २९ गतेको ६.८ रेक्टर स्केलका पराकम्पनका कारण राजधानी काठमाडौं लगायतका बासिन्दाहरु त्रसित भइरहेका बेला अघि आएको कम्पनले थप त्राही पैदा गरेको छ । भूकम्प आउँकि भन्ने त्राशमा घर बाहिर बसिरहेका काठमाडौंका बासिन्दाहरु आज आएको कम्पनबाट थप त्रशित भएका छन् ।

यसका साथै अहिले सम्म आज करिव पाँचवटा भूकम्पका धक्काहरु महशुस गरिसकिएको छ । आज महशुस गरिएका भूकम्पका धक्काहरु बिहान ६:११, ६:३१, ९:२४, ९:३५ मा क्रमश ४, ४, ४.२, ४.२ रेक्टर स्केलका पराकम्पनहरु मापन गरिएको जानकारी मापन केन्द्रले गराएको छ ।
२ जेठ, काठमाडौं ।
अहिले भर्खर भूकम्पको ठूलै झट्का महसुस भएको छ । भूकम्प आएसँगै मानिसहरु खुला ठाउँमा निस्किएका छन ।


यसअघि आज मात्र ७ पटक भूकम्प गईसकेको छ ।
२०७२ जेठ २ गते


काठमाडौँ, २ जेठ । नेपालमा शक्तिशाली महाभूकम्पछि ज्योतिषीहरुले समेत विभिन्न भविष्यवाणी गरिदिँदा सर्वसाधारणहरुमा त्रास फैलिएको छ ।
जेठ ५ गतेभित्र अनिष्ट हुन्छ भन्ने हल्ला फैलिएपछि यतिबेला नेपालका ज्योतिषीहरुबीच तर्क–वितर्कहरु हुन थालेको छ ।
सर्वसाधारणहरुमाझ त्रास फैलिरहेका बेला दैनिक नेपालसँग कुरा गर्दै ज्योतिष विज्ञान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टेकराज ढुंगेल शास्त्रीले जेठ ५ भित्र अनिष्टको योग छ भन्नु हावादारी तर्कमात्रै भएको बताउनुभयो ।
‘यो प्राकृतिक प्रकोप तथा भवितव्य हो, यस्को विश्लेषण कसैले गर्न सक्दैन । मंगल, सूर्य, शनिको कुरा उठाएर सस्तो लोकप्रियताका लागि जुन भ्रामक प्रचार गरेका छन्, त्यो गलत छ । किनभने भूगर्वशास्त्रीहरुले पनि यस्ता विपद्को सत्यतथ्य पत्ता लगाउन सकेका छैनन् ।’, उहाँले भन्नुभयो, ‘ज्योतिष भनेको केवल नवग्रह र २७ नक्षत्रलाई गणना गरेर विश्लेषण गर्ने व्यक्तित्वमा पर्छ ।’
उहाँले ज्योतिषशास्त्रमा त्यस्तो नदेखिएको भन्दै हावादारी तर्क र हल्लाका पछि नलाग्न तथा कुनै चिन्ता नलिन सर्वसाधारणलाई आग्रह गर्नुभयो । सस्तो लोकप्रियताका लागि भ्रामक प्रचारमा नलाग्न उहाँले ज्योतिषहरुलाई पनि आह्वान गर्नुभयो ।
दैनिक नेपालबाट
धुलिखेल : भूकम्पमा घर भत्किएपछि गाउँ जान हिंडेकी युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा जान काटेश्वरबाट टाटा मोबाइल चढेकी युवतीलाई काभे्रको पनौतीमा पु¥याएर सामूहिक बलात्कार भएको खुलासा भएको छ ।

भूकम्पपछि बैशाख २१ गते सिन्धुपाल्चोकको साँगा चोक घर जान हिडेकी २० वर्षिया युवती सामूहिक बलात्कारमा परेकी हुन् । सामूहिक बलात्कारको आरोपमा प्रहरीले काभ्रेको खहरेपाँगु २ का २८ वर्षिय श्याम लामा, पनौती १२ का २० वर्षिय किरण पहरी, काभ्रे च्याम्राङबेसी ४ का सुनिल भन्ने सुजन घिमिरे र पनौती नगरपालिका १० का २६ वर्षिय राजन थापालाई पक्राउ गरेको छ ।

उनीहरुले घर जानका लागि काठमाडौँको कोटेश्वरमा बैशाख २१ गते साँझ गाडी कुरेर बसेकी युवतीलाई काभ्रेको पनौतीमा ल्याएर विभिन्न प्रलोभन, डर त्रास देखाई  बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कोटेश्वरमा बस कुरेर बसिरहेकी युवतीले सामान बोक्ने टाटामोबाइल गाडीलाई हात दिएर रोकेकी थिइन् । युवतीले रोक्नका लागि हात दिएपछि उनीहरुले कहाँ जाने भन्दै सोधेका थिए ।

युवतीले चौतारा जाने भनेपछि ती युवकहरुले आफुहरु पनि चौतारा जान लागेको बताउँदै युवतीलाई चढाएका थिए। कोटेश्वरबाट अघि बढेको गाडी पनौतीमा लगेर रोकिएको थियो । पनौतीमा लगेर गाडी रोकिएपछि युवतीले यो चौतारा जाने बाटो नै होइन भनेपछि ती उनीहरुले खाजा खाएर चौतारा जाने भन्दै ढाँटेका थिए।

उनीहरुले पनौती बसपार्कमा रहेको एक होटलमा मःम खाएका थिए । मःम खाएपछि ती युवतीलाई स्थानीय गोरखनाथ सामुदायिक बनमा लगेर चारै जनाले पालैपाले बलात्कार गरेका थिए । चारैजना युवाले बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरुले युवतीलाई नाजुक अवस्थामा बनेपामा ल्याएर छोडिदिएका थिए ।

स्थानीयको सहयोगमा युवतीले बैशाख २२ गते ईलाका प्रहरी कार्यालय बनेपामा गएर आफुमाथि भएको घटनाको बारेमा जानकारी गराएकी थिइन्।  युवतीले दिएको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनााएको छ । उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बैशाख १२ गते महाभुकम्प गएपछि काभ्रेमा चार वटा बलात्कारका घटना भएका छन् । भुकम्पपछि बैशाख १५ गते जिल्लाको भिमखोरी ७ का स्थानीय ५९ वर्षीय दिलबहादुर थिङले घाँस काटेर फर्कदै गरेकी ६० वर्षिया बृद्धालाई यता आउ भन्दै डर, त्रास देखाई बलात्कारको प्रयास गरेका थिए ।

यस्तै बैशाख १६ गते पनौती नगरपालिका १ चौकोटमा सुस्तमनस्थित भएकी युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा स्थानीय २८ वर्षिय मधुकर श्रेष्ठ पक्राउ परेका थिए ।

यसैगरि बैशाख २१ गते पनौती नगरपालिका ११ की युवतीलाई कोठामा बसिरहेको अवस्थामा बलात्कार गर्न खोजेको आरोपमा सर्लाही जिल्ला गौरीशंकर गाविस ८ का २५ वर्षिय बिमल शाह सोनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोनारले ती युवतीको कोठमा गई डर, धम्की देखाई बलात्कारको प्रयास गरेका थिए ।
annapurnapost.com
सन्दिप भट्ट
चितवन, जेठ २ – ०७२ बैशाख १२ नेपालीका लागी बिर्सनै नसक्ने दिन । विनाशकारी भूकम्पमा परी कतिले ज्यान गुमाउनु प¥यो, कति अंगभंग भए । चौतर्फी परेको भुकम्पको असर कृषि क्षेत्रले पनि भोग्नु परेको छ ।

भूकम्पपछि दुग्ध उत्पादनमा अग्रणी जिल्लाका रुपमा परिचित चितवनमा दुधको खपत यतिवेला लगभग न्युन छ । किसानले उत्पादन गरपनि निर्यात भएको छैन ।
भूकम्पकै कारण दुग्ध उद्योगहरुले दुध नउठाएपछि पूर्वी चितवनको कठार गाविसमा रहेको नन्दिनी दुग्ध चिस्यान केन्द्रमा संकलन गरिएको दुध फाल्नु परेको छ । दुग्ध उद्योगले दुध नउठाउँदा चिस्यान केन्द्रमै दुध फाटेपछि किसानले दुध खोलामा फालेका छन् ।
शुक्रवार मात्रै किसानहरुले २ हजार लिटरभन्दा बढी दुध खोलामा फालेका छन् । स्थानिय खोलामा २ हजार २ सय ८० लिटर दुध फालिएको केन्द्रका व्यवस्थापक लिलावहादुर थपलियाले बताए ।
‘किसानले उत्पादन गरेर दुग्ध ल्याए, उद्योगले दुध लिएन,’ केन्द्रका व्यावस्थापक थपलियाले भने । उनले १ लाख १४ हजार बराबरको दुध खोलामा बगाइएको वताए ।
उनले भने, ‘दुग्ध उद्योगहरुले दुध नउठाउने हो भने किसानहरु लगातार मारमा पर्ने देखिन्छ ।’ यही वैशाख ३० र ३१ गते देखि संकलन गरिएकोे दुध खोलामा फालिएको हो ।
www.ratopati.com
मुम्बई । हिन्दु जनजागृति समाज (एजचेएस)ले नायिका सन्नी लियोनीलाई भारतवाट देश निकाला गर्नुपर्ने र भविष्यमा भारत प्रवेश रोक लगाउनुपर्ने माग गरेको छ ।
वेभसाईटमा अश्लिलता फैलाएको र महिलाको गरिमाको अपमान गरेको अभियोगमा उनलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । एचजेएसका प्रवत्ता उदय धुरीले ठाणे डोबीवलीस्थित रामनगर प्रहरी प्रमुख प्रमुख सुनील शिवडकरसंग उजुरी दर्तार् गराएका छन् ।
एजचेएसका स्थानिय प्रतिनिधी अञ्जली पालनले उजुरी दर्ता गराएकी थिईन् । यसको अतिरिक्त यो संस्थाले पछिल्लो एकहप्ता यता यस्तै किसिमका दर्जन बढी उजुरी दर्ता गराएको छ । महाराष्ट्र र गोवाको विभिन्न जिल्लामा उजुरी दर्ता गरिएको धुरीको भनाई रहेको छ ।
सन्नी लियोनीको अश्लिल तस्विरको कारण भारतीय युवा बिग्रिएको र महिलाहरुको अपमान भएको धुरीको भनाई छ । ‘वेभसाईट त वालवालिकाले पनि हेर्न सक्छन् त्यसकारण यस्ता सामग्री बन्द गरिनुपर्छ ।’ धुरीले भने ।
पछिल्लो समय गुगल सर्च इन्जिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भन्दा सन्नी लियोनीको बढी खोजी भएकोमा धुरीले चीन्ता ब्यक्त गरे ।
www.onlinekhabar.com
एजेन्सी : चीन र भारतबीच २२ अर्ब अमेरिकन डलरको २१ वटा व्यापारिक सम्झौता भएको छ ।


यो समझौता अक्षय ऊर्जा, बन्दरगाहको विकास, वित्त र औद्योगिक पार्कसमेत अन्य कयौं क्षेत्रको विकासका लागि भएको हो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिवसीय चीन भ्रमणको अन्तिम दिन शनिबार चीनको व्यावसायिक राजधानीका रुपमा परिचित संघाई रहेका बेला यो सम्झौता भएको हो ।

मोदीले शनिबार संघाईमा भारत-चीन व्यापार फोरमको बैठकलार्इ सम्बोधन गर्दै दुबै देश एकसाथ मिले आफ्ना जनताको जीवनमा अझ बढी खुसीयाली ल्याउन सक्ने बताए ।

यो फोरममा दुबै देशका दुर्इ सयबढी उद्योगपतिले सहभागिता जनाएका छन् । 'हामी भारतमा सजिलो ढंगले व्यापार व्यवसाय गर्नका लागि औद्योगिक वातावरणलार्इ अझै राम्रो बनाउने कोशिस गरिरहेका छौं,' फोरमलार्इ सम्बोधन गर्दै मोदीले भने, 'भारतमा चीनको उद्योग जगतका लागि अहिले गतिलो ऐतिहासिक मौका छ ।'

मोदीले चीनलार्इ विश्वको फ्याक्ट्री र भारतलार्इ बैंकको संज्ञा दिए । दुबै देश मिलेर आफ्ना जनताका लागि प्रगति र समृद्धि ल्याउन सक्ने उनको भनाइ थियो । यसअघि बेइजिङमा भारत र चीनबीच २४ बुँदे सम्झौता भएको थियो ।
www.annapurnapost.com
काठमाडौं । लाजिम्पाटस्थित एलपी अपार्टमेन्ट चर्किएपछि कलाकार हरिवंश आचार्य परिवार सहित बाल्कोटस्थित रोज भिलामा सरेका छन्। भूकम्पपीडितलाई राहत वितरणमा व्यस्त उनी बस्दै आएको अपार्टमेन्टलाई शहरी विकास तथा भवन निर्माण विभागले पहेंलो स्टिकर लगाइदिएपछि बाल्कोट सरेका हुन्।

‘अपार्टमेन्टका भित्ताहरु चर्किएपछि बाल्कोटस्थित मेरो पहिलेको घरमा सरेका छौं। तत्काल अपार्टमेन्ट फर्किने अवस्था छैन,’ हरिवंशका छोरा मोहित आचार्यले भने, ‘हाल बसिरहेको अपार्टमेन्ट बढी सुरक्षित छ।’ मोहितले कुपण्डोलमा सञ्चालन गरिरहेको ब्रिक्स क्याफेको छानो र पर्खाल पनि ढलेको छ। छुट्टीको दिन परिवारसँग कुपन्डोलस्थित घरमा बसिरहेका संगीतकार सुरेश अधिकारी भने भूकम्पको बेला एक तल्लामाथिबाट झरेको गमलाले लागेर घाइते भएका छन्।


उनको देब्रे हल्केलामा टाँका लगाइएको छ। भूकम्पले काभ्रेको कुसादेवीस्थित उनका दुई घर भत्काइदिएको छ। ‘भूकम्पले घाइते त बनाएको थियो नै घर पनि भत्किएपछि थप तनाव भएको छ। काभ्रे र राजधानीको यात्रा गर्दागर्दै आराम गर्ने समय समेत मिलाउन पाएको छैन,’ उनले भने। अभिनेता आयुष रिजालको धादिङको कसरपुरस्थित घर भत्किएको छ। ‘हिफाजत’, ‘गुरु दक्षिणा’, ‘मेरो मनको साथी’ लगायत फिल्मका नायक रिजालको पुर्ख्यौली घर भत्किएको हो। तर परिवारका सदस्य सकुसल भएकोमा सन्तोष मानेका छन्। ‘दुइटा घर थिए, दुवै भत्किए। घर भत्किए पनि परिवारका सदस्यहरुलाई केही भएको छैन भनेर चित्त बुझाएको छु।

 भूकम्प गएका धेरै ठाउँमा राहत वितरण भइरहे पनि हाम्रातिर कोही आएका छैनन्। घर भत्किएपछि झरीले थप दुःख दिइरहेको छ। त्यसैले राहत जुटाउन राजधानी आएको हुँ,’ उनले भने। अभिनेत्री निता ढुंगाना बस्दै आएको बालकुमारीस्थित वेस्टर अपार्टमेन्ट वैशाख १२ मा आएको भूकम्पले चर्किएको छ। त्यस्तै अभिनेत्री करिश्मा मानन्धरको गोदावरीको घर पनि केही चर्किएको छ। राहत वितरणमा व्यस्त करिश्मा तत्काल चर्किएकै घरमा बसिरहेकी छिन्। नेपाली फिल्ममा काम गरिरहेका एक सय १० जना प्राविधिक घरबहारविहीन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले जानकारी दिएका छन्।

 ‘मेलम्ची, धादिङ, सिन्धुपाल्चोक र नुवाकोटमा घर भएका अधिकांश प्राविधिकहरुका घर बस्नै नहुने गरी क्षतिग्रस्त भएका छन्। उनीहरुका लागि तत्कालै केही न केही गर्नुपर्ने आवश्यकता छ। प्राविधिकहरुको राहतका लागि विभिन्न संस्थासँग सहयोग मागिरहेका छौं,’ अध्यक्ष मनोज केसीले भने। मण्डला थियटरका कलाकारहरु बुद्धि तामाङको काभ्रे, उमेश तामाङको भक्तपुर र सुलक्षण भारतीको सिनामंगलस्थित घरहरु भत्किएको कलाकार राजन खतिवडाले बताएका छन्। त्यस्तै अर्का रंगकर्मी रामबाबु रेग्मीको पनि गोरखामा रहेको घर भत्किएको छ। गाउँमा राहत सामग्रीको अभाव रहेको रेग्मीले बताए।

‘हामीसँग आवद्ध र अरु केही कलाकारहरुका घर भत्किएको जानकारी पाएका छौं। तत्काल छलफल गरेर कलाकारहरुलाई राहतको व्यवस्था गर्न हामी लागि परेका छौं,’ मण्डला थियटरका क्रियटिभ डाइरेक्टर राजन खतिवडाले भने। त्यस्तै निर्देशक मदन घिमिरेको भक्तपुर र सिनेमाटोग्राफर रामशरण उप्रेतीको पनि काभ्रेस्थित घर भत्किएको छ।npnewsline.blogspot.com
काठमाडौं  जेठ २ (एजेन्सी)– भूकम्पपीडितका लागि सहयोग गर्न आएको अमेरिकी सेनाको हेलिकोप्टर युएच–१ ह्युई दुर्घटनामा पर्यो । गत मंगलबार हराएको हलिकप्टर शुक्रबार भेटियो । हेलिकप्टरमा ६ अमेरिकी र दुई नेपाली सैनिक थिए । सबैले ज्यान गुमाए । हेलिकप्टरमा पाइलट थिए, क्रिस नर्गेन । यो दुःखद खबर सुनेपछि नर्गेनकी आमा केरीले अमेरिकन मिडियालाई भनिन्, ‘मेरो छोरो मेरो नजरमा हिरो छ, ऊ मसँगै छ र सधैँ रहिरहनेछ ।’
स्वर्गीय क्रिस अमेरिकाको विचितामा जन्मिएका हुन् । उनले विसप क्यारोल क्याथोलिक हाइस्कुल, विचिता स्टेट युनिभर्सिटी र युनिभर्सिटी अफ मिसुरी–रोलामा अध्ययन गरेका थिए । क्रिसका बाबु रोन धेरैपटक बिरामी परेका थिए, तीन पटकसम्म त मृत्युको मुखमा पुगेका थिए । रोन रोगका कारण नै ३० दिनसम्म कोमामा परेका थिए । रोनले नर्गेनकी आमाको रेखदेखका लागि नै भगवानले आफूलाई बचाएको बताएका छन् । उनले आउँदा दिनमा श्रीमतीलाई सहयोग गर्ने र छोराको सम्झनामा केही काम गर्ने बताएका छन् । रोन भन्छन्, ‘म बिरामी भई हस्पिटलको बेडमा हुँदा क्रिसले बिदा लिएरै लामो समय मलाई साथ दिएको थियो ।’ राहत र उद्धारका लागि नेपाल आएका क्रिस अस्थायी बसोबास बनाउन भूकम्प प्रभावित ग्रामीण भेगमा खटिएका थिए । आमा केरीले क्रिस बहादुर तर भावुक भएको बताएकी छिन् । उनी भन्छिन्, ‘ऊ भन्थ्यो, आमा कसै न कसैले त पीडितहरूका लागि सहयोग गर्नुपर्छ । ऊ बहादुरसँगै भावुक थियो ।’ अहिले अमेरिकास्थित क्रिसको कार्यालयमा क्रिसको सम्झना गरिएको छ । कार्यालयका भित्तामा सम्झनास्वरुप क्रिसका तस्बिर टाँगिएका छन् ।www.ratopati.com
राजविराज : डेढ वर्षभन्दा लामो समयदेखि हराएकी दुलारीदेवी साहको कंकाल सप्तरीको जन्डौल ८ मा फेला परेको छ।  हत्या, बलात्कारका घटनामा संलग्न आरोपितहरूको समूह आपसमा विभाजित भएपछि उनीहरूबाटै प्रहरीले पाएको सूचनाका आधारमा उत्खनन गर्दा मानव कंकाल फेला पर्न थालेको हो। तीन महिनाअघि पनि सुनसरीको इनरुवामा एकै परिवारका तीन सदस्यको कंकाल फेला परेको थियो।

२०७० मंसिरको अन्तिम सातादेखि हराएकी जन्डौल ६ की दुलारीदेवी साहको कंकाल उत्खनन गरी फेला पारिएको प्रहरीले जनाएको छ। सुराकीको कथनअनुसार कंकालको हातमा घडी, चाँदी र काँचका राता चुरा, खुट्टामा मोजा, कपालमा चिम्टी भेटिएकोले दुलारीदेवीकै कंकाल रहेको आधार बलियो भएको प्रहरी उपरीक्षक शिशिरकुमार कर्माचार्यले बताए।

प्रहरी उपरीक्षक कर्माचार्यका अनुसार कंकालको पहिचान पुष्टि गर्न डीएनएलगायतको परीक्षण गरिनेछ। डीएनए परीक्षणका लागि उक्त कंकाल धरान पठाइने उनले जनाए। जन्डौल गाविस-८ मा करिब अढाइ वर्षअघि भएको भट्टराई दम्पती हत्याको आरोपमा जिल्ला अदालतले साहलाई दुई वर्ष कैदको फैसला गरेको थियो।

२०६९ पुस १६ गते राति ३६ वर्षीय डम्बरप्रसाद भट्टराई र उनकी पत्नी ३१ वर्षीया कौशिला भट्टराईको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले २०७१ जेठ २८ गते साहलाई दुई वर्ष कैद सजाय गर्नुका साथै उनका पति धीरेन्द्र साह र प्रेमी हरिहरपुर गाविस-६ घर भई बकधुवा गाविस-७ बस्ने रामचलितर यादवलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

धीरेन्द्रसँग विवाह गर्नुअघि सकरपुरा ९ माइत भएकी दुलारीदेवीको डिमन ४ मा विवाह भएको थियो। जिल्ला प्रहरी कार्यालयले २०६९ पुस २८ गते हत्याका आरोपित यादवलाई गिरफ्तार गरेकोमा तत्कालीन जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलाशले २०६९ माघ २६ गतेदेखि पुर्पक्षका लागि थुनामा पठाएको थियो।

फरार आरोपित धीरेन्द्र साह भने तत्कालीन जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलाशले २०७० जेठ ६ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए।

आरोपित दुलारीदेवीलाई तत्कालीन न्यायाधीश आचार्यको इजलाशले २०६९ फागुन ३० गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाएकोमा पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टेकराज नेपालको संयुक्त आदेशले २०७० जेठ २३ गते साधारण तारेखमा रिहा गरेको थियो।

दुलारीदेवीले जिल्ला अदालतबाट २०७० मंसिर २० गतेसम्म तारेख लिएको देखिन्छ, त्यसपछि उनी सम्पर्कविहीन रहेकी थिइन्। जंगलछेउमा रहेको बकधुवा गाविस-७ स्थित ब्रह्मनारायणथान मन्दिर नजिकै झाडीमा ज्यान मार्ने धम्की दिई दुलारीलाई बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले यादवलाई २०६९ साउन १७ गते पक्राउ गरेको थियो।

२०६८ सालमा पनि छिमेकीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एमाओवादी कार्यकर्ता यादव उ बेला उम्किएका थिए। पछि एमाओवादीले उनलाई कारबाही गरी पार्टीबाट निष्काशन गरेको थियो।

बलात्कार मुद्दामा दुलारीदेवीका तर्फबाट साक्षी रहेका डम्बरप्रसाद भट्टराई दम्पतीको हत्यामा यादवसँगै दुर्भाग्यवश बलात्कारपीडित भनिएकी दुलारीदेवी र उनका पति धीरेन्द्र साहको पनि संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

दुलारीदेवीले अदालतमा रामचलितरविरुद्ध जबरजस्ती करणीको मुद्दा दिए पनि पछि आरोपितसँग मेलमिलाप गरेकी थिइन्। जसको न्यायका लागि भट्टराई दम्पतीले पहल गरी उनीहरूले नै बलात्कारीसँग मिलेर हत्या गरे।

हत्या घटनामा संलग्नमध्ये रामचलितर र धीरेन्द्र हाल कारागारमा छन् भने दुलारीको पनि हत्या भएको रहस्य सार्वजनिक भएको छ।

हत्या घटनामा संलग्न बाँकी अपराधीहरूले उनको हत्या गरी माटोमा गाडेको प्रहरीले जनाएको छ। यिनी संलग्न रहेको अपराधीहरूको समूहले जन्डौललगायत त्रिकोल, टिकुलिया र सुनसरीको इनरुवामा हत्या गरेको आशंका गरिएको छ।

यसैगरी २०७० सालको पुसमा हराएका जन्डौल गाविसका ५० वर्षीय इद्रिस नट मिया, उनकी ४५ वर्षीया पत्नी जैतुन खातुन र १७ वर्षीया छोरी सेरुन खातुन मियाको हत्यामा यही अपराधी समूहको संलग्नता रहेको बताइएको छ।

गत फागुन २ गते सुनसरीको इनरुवा-७ स्थित सकिल अन्सारी डेरामा बसेको सियाराम यादवको घरबाट प्रहरीले मिया परिवारका तीनजना सदस्यको कंकाल उत्खनन गरी फेला पारेको थियो।

इद्रिसका छोरी-ज्वाइँ सप्तरी बकधुवाका सकिल अन्सारीले ससुरासँग भएको पाँच कट्ठा जग्गा हडप्न सासू जैतुन, ससुरा इद्रिस र पत्नी सेरुनको हत्या गरी शव गाडेको अनुसन्धानमा खुल्न आएको छ।

त्रिकोल गाविस-५ की संविधानसभाको पछिल्लो निर्वाचनमा जनतान्त्रिक तराईमधेस मुक्ति टाइगर्स पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार एवं टाइगर्सका जिल्ला सदस्य ३९ वर्षीया निर्मला साहको २०७० चैत १ गते राति भएको हत्यामा समेत यही समूहको संलग्नता रहेको छ।

 निर्मलाका पति जयनारायण साहको समेत २०६७ जेठ १ गते रहस्यमय ढंगले मृत्यु भएको थियो। प्रहरीका लागि चुनौती बनेको निर्मला हत्याकाण्डको अनुसन्धानका सिलसिलामा थुप्रै हत्या घटनाको कडी एउटै रहेको प्रहरीले पत्ता लगाएको छ।

गत २०६९ असोज १० गतेदेखि हराइरहेका टिकुलियाका सबुद मिया र उनकी बुहारी सगिरा खातुनको समेत यही समूहले हत्या गरी माटोमा गाडेको आशंका गरिएको छ। अनुसन्धानका लागि प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।
annapurnapost.com
काठमाडौ, जेष्ठ २ - नापी विभागले उपत्यकाका ३ जिल्लाको भूकम्पपछिको नक्सा तयार पारेको छ । विभागले बाँकी क्षतिग्रस्त जिल्लाको विवरण समेटिएको नक्साको पनि तयारी गरिरहेको छ ।

विभागले भूकम्पपछि जिल्लाका कुन स्थानमा क्षति भएको छ, त्यहाँका राजमार्ग कस्ता छन्, अन्य सडक कस्ता छन्, हिंडेर जाने अवस्था कस्तो छ भन्ने जानकारीसहित गाविस र नगरपालिकाका सीमा क्षेत्र, विमानस्थल, निर्माण क्षेत्र, जंगल, बालुवा र पानीबारेको जानकारीसहितको नक्सा तयार पारेको हो ।

‘कुन ठाउँमा जान ठिक छ र कहाँबाट जानु उचित हुन्छ भनेर क्षति पछिका नक्सा तयार पारेका हौं,’ विभागका महानिर्देशक मधुसुदन अधिकारीले भने,‘कहाँ बढी भूकम्पले प्रभाव पारेको छ भनेर पनि थाहा हुन्छ ।’

विभागले विभिन्न संस्थासँग मिलेर तत्कालका लागि तीन जिल्लाको मात्र क्षतिपछिको नक्सा तयार पारेको छ । ति नक्सा विभागको वेवसाइट एनजीआईआईपी डट जीओभी डट एनपीमा राखिएको छ । ‘बाँकी प्रभावित जिल्लाको पनि नक्सा तयार हुँदैछ,’ अधिकारीले भने ।

उनले सहजताका लागि अन्य संस्थाहरुसँग मिलेर स्याटेलाइट दृष्यबाट नक्सा तयार पारिएको जानकारी दिए ।

भूकम्पले भूगोलमा पारेको असर १५ दिनभित्र थाहा हुने

भूकम्पपछि मुलुकको भूभाग केही तलमाथि भएको छ । काठमाडौं माथि उठेको छ भने लाङटाङ, गणेश हिमालयलगायतका क्षेत्रमाथि बढेका छन् ।

‘ति कुरा सत्य हुन्,’ महानिर्देशक अधिकारीले भने,‘देशकै भूभाग सरेको हल्ला पनि आएको छ । तर त्यस बारेमा अनुसन्धान हुन बाँकी छ ।’

अधिकारीले १५ दिन भित्रमा नेपालको भूभाग कहाँ, कति, कसरी सरेको बारेमा पूर्ण जानकारी आउने बताए । भूकम्पछिका पराकम्पनले गर्दा काम गर्न गाह्रो भइरहेको पनि उनले बताए ।

‘अध्ययनका लागि हामी विभिन्न २० देखि २५ केन्द्रमा जान्छौं । हामीले सहज स्थानमा गएर अध्ययन गर्ने होइन, त्यसैले समय लाग्छ,’ उनले भने ।
२ जेठ, माउन्टेन भ्यु ।

गुगल संस्थाको दुई यात्रु रहने तथा ‘ग्यास पेडल’ तथा ‘स्टेरिङ ह्विल’ नभएको स्वचालित गाडी यसै गृष्मदेखि सार्वजनिक बाटोमा देखिने भएको छ । गुगलले आउँदो पाँच वर्षमा उपभोक्ताका लागि चालकविहीन गाडी बजारमा ल्याउने भनी राखेको लक्ष्यमा यो ठूलो प्राविधिक पाइला भएको ठानिएको छ ।

यो गाडी स्वचालनका लागि पहिलो प्रयास भएको गुगलले जानकारी दिएको छ । हाल यसका ‘सेन्सर’ लाई पनि लुकाइएको छ र यो मानिसको सहयोग नलिइकनै आफै सञ्चालन हुनसक्छ, रोकिन सकिन्छ र यसले सडकका कठिनाइको बारेमा जानकारी प्राप्त गर्नसक्छ । गत मे महिनामा गुगलले प्रयोग गरेको गाडीमा भन्दा यसमा धेरै सुविधा रहेको बताइएको छ ।


यसलाई लामो दूरीका लागि तयार गरिएको भने छैन । यसमा ‘एयर ब्याग’ तथा सुरक्षाका लागि सङ्घीय सरकारले उल्लेख गरेका सुविधा हालसम्म राखिएको छैन । हाल यसलाई प्रति घण्टा २५ माइलभन्दा बढी गतिमा चलाउन अनुमति दिइएको छैन । यो विद्युतीय गाडी हो र यसलाई ८० माइलपछि पुनः चार्ज गर्नुपर्छ । यसलाई गुगलले हालसम्म विस्तृत नक्सा तयार गरेको क्षेत्रमा मात्र सञ्चालन गर्न सकिन्छ ।

क्यालिफोर्नियाको कानुन अनुसार यसमा ‘स्टिरिङ ह्विल’ तथा ‘ग्यास पेडल’ र चालकले चाहेमा त्यसमा नियन्त्रण कायम गर्नसक्ने व्यवस्था गर्नु आवश्यक छ । गुगलले यी कुरामा छुट पाउन आग्रह गरेको छ ।

गुगलले आरम्भमा यस्ता २५ गाडी तयार गरी माउन्टेन भ्युस्थित आफ्नो मुख्यालयको वरपर यसलाई सञ्चालन गर्न चाहेको छ । रासस/एपीwww.nepaliheadlines.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home