• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौँ, १ साउन - आज शुक्रबार साउन १ अर्थात साउने संक्रान्ति पर्व मनाईंदै छ। सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यस दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ।

कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन्।

बेलुका लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन छ। असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादि रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो।

प्राचीन प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधिय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ। लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ। तर केही वर्षदेखि भने लुतो फ्याँक्ने प्रचलन बिस्तारै हराउन थालेको छ।

यस्तै महिलाहरु शुक्रबारदेखि साउन महिनाभर सौभाग्यको प्रतीक हरियो चुरा र  मेहन्दी लगाउनाका साथै शिवलाई खुशी पार्न सोमबारे व्रत बस्छन्। साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको घुईंचो लाग्ने गर्छ।dcnepal.com
कावासोती, १ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा केहीबेर अगाडि भएको सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट दाङतर्फ गुडिरहेको ना४ख ५१४३ नम्बरको रात्रि बस र विपरीत दिशातर्फ गुडिरहेको युपी३२डिएन ८५४ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खाँदा घटनास्थलमै ६ जनाको मुत्यु भएको हो । दुर्घटनामा घाइते भएकाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म आठ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले जानकारी दिए। दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्ने सक्ने आशङ्का गरिएको छ । दुर्घटनामा मृत्यु हुनेको नाम, ठेगाना खुल्न सकेको छैन । उकालोमा दुर्घटना भएकाले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ । रासस
काठमाडौं, १ साउन । सत्तारूढ दल एमालेले बजेटको विरोध गर्ने चेतावनी मंगलबारकै मन्त्रिपरिषद् बैठकमा दिइसकेको थियो। संसद् बैठकमा आफ्नो दलका सभासद्ले बजेटको विरोध गर्ने औपचारिक जानकारी उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अघिल्लै दिनको मन्त्रिपरिषद् बैठकमा दिएका थिए ।

पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरेका मन्त्री गौतमले संसद्मा प्रस्तुत हुनुअघि बसेको मन्त्रिपरिषद् बैठकमा बजेटबारे चर्को असन्तुष्टि पोखेका थिए। बजेट बिनाछलफल प्रस्तुत गरिएको भन्दै मन्त्री गौतमले एमाले सभासद्हरू यसको विरोधमा रहेको र उनीहरू विपक्षमा प्रस्तुत भए त्यसको जिम्मेवारी आफूले नलिने जानकारी मन्त्रिपरिषद् बैठकलाई गराएका थिए।

अर्थमन्त्री डा. रामशरण महतले बजेटका मुख्य बुँदाबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेपछि गौतमले एकतर्फी रूपमा कांग्रेसको मात्रै बजेट आएको भन्दै आफ्नो पार्टीका तर्फबाट विरोध रहेको बताएका थिए । राष्ट्रिय बजेटजस्तो विषयमा सत्तासहयात्री दलसँग छलफल नै नगरेको, विगतमा एमालेले ल्याएका चर्चित कार्यक्रम कटौती गरेको भन्दै गौतमले आपत्ति प्रकट गरेको मन्त्रिपरिषद् स्रोतले बतायो ।

मदन भण्डारीका नाममा कार्यक्रम ल्याएको उदाहरण दिँदै अर्थमन्त्री महतले एकतर्फी नभएको जबाफ दिएपछि गौतम केही उत्तेजितसमेत भएका थिए। उनले कांग्रेसका हरि खड्का (सडक दुर्घटनामा ज्यान गुमाएका बागलुङका कांग्रेस सभासद्) सँग मदन भण्डारीलाई दाँजेर अपमान गरेको आरोप लगाएका थिए। मन्त्रीपरिषद् बैठमा प्रधानमन्त्री सुशील कोइराला समेत उपस्थित थिए । अन्नपूर्ण पोस्टमा खबर छ
पाँचथर, १ साउन । जङ्गली च्याउ खाँदा जिल्लाको फाक्तेप गाविसका एकै परिवारका सातजना सिकिस्त बिरामी परेका छन् ।
फाक्तेप–६ का सातको परिवार भएका हेमबहादुर चेम्जोङसहित उनकी श्रीमती, तीन छोरा र दुई छोरी बिरामी परेका हुन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा सिकिस्त बिरामी भएका उनीहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्थानीयवासी सुन्दर चेम्जोङले जानकारी दिनुभयो । रासस
धरान : धारिलो हतियार प्रयोग गरी धरान उपमहानगरपालीका ८ का २३ बर्षीय भेसु मगरको हत्या गरिएको छ। बिहीबार मध्यरातमा स्थानीय युवाहरुको समुहले धरान ८ अरुण टोलका मगरलाई घरदेखि लखेट्दै नजिकैको मकैबारीमा लगेर हत्या गरिएको स्थानीयले बताएका छन्।

हत्या गरिएका मगरको अनुहार र शरिरका विभन्न भागमा काटिएको गम्भीर चोट देखिएको छ। मगरको आन्तरिक झगडाको कारण स्थानीय युवाहरुको समुहले उनको हत्या गरिएको प्रहरीको  अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले बताए। उनका अनुसार यसअघि पनि ती यूवा समूहको कुटाई खाएका मगरले अ‍ैषधी उपचार खर्च मागेका कारण उनको हत्या गरिएको बताइएको छ।


भेसुकी आमा रामकुमारीले छोराको हत्या गर्नेहरुको नाम प्रहरीलाई बुजएकी छन्। उनले छोराको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छिन्।

डिएसपी सिजापतीले भेसुका हत्याराको पहिचान भइ सकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिसकिएको जानकारी दिए। भेसुको शव पोष्ट मार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ।

भेसुको हत्या गरिएपछि धरानको अरुण टोल सुकम्बासी बस्तीका बासिन्दा आतंकित भएका छन। उनीहरुले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही नगरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
www.annapurnapost.com
बिहान सबेरै उठ्नु
आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन । बिहान चाडो उठ्ने मानिस धेरै स्वस्थ हुने गर्छन ।

पानी पिउनु
हामि साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले उक्त समयमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ । खाली पेटमा पानि पिउदा ग्यास्ट्रिक बाट बच्न सकिन्छ ।

बिहानै नुहाउनु
 आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ । बिहानै उनाउने मानिस धेरै स्वस्थ हुन्छन  ।

योग गर्नुपर्छ
योग स्वस्थ जीवनका लागि एक नभई नहुने कुरो हो । बिहान योग गर्दा फिट रहने मात्र नभै मोटोपन पनि घट्छ । ध्यान तथा लामो समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय रहन्छ ।

खुसि रहनुस 
'मर्निङ्ग शो द डे' भन्ने गरिन्छ तेसैए बिहान पख सधै खुशी रहन अति आवस्यक हुन्छ । बिहान बिहानै धेरै रिसाउदा वा दुखि हुदा दिउस पख पनि मुड अफ हुन्छ सक्छ । त्यसैले बिहान पख सदै खुसि रहन आवस्यक हुन्छ ।
शुक्रबार बिहानै ४ म्याग्निच्युडको परकम्पको धक्काले राजधानीबासीलाई ब्युझाएको छ। गोरखा केन्द्रविन्दू भएको सो परकम्पको धक्का गोरखा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यका सहितका स्थानमा अनुभव
गरिएको छ। वैशाख १२ गतेको गएको ७.८ म्याग्निच्युडको भूकम्पकै परकम्पको रुपमा यो गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार असार २८ यता ४ म्याग्निच्युडको परकम्प गएको थिएन।


विहीबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।


विहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर विहीबार केही काम गर्न भने निषेध गरिएको छ । यहाँ विहीबार गर्न नहुने भनेर उल्लेख ५ कुराको चर्चा गरिएको छ ।


१ कपाल नुहाउनु हूँदैन

शास्त्रा विहीबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले विहीबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । विहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।


२ रौं काट्नु हुँदैन

विहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । विहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

३ भारी कपडा धुनु र फोहोर हुँदैन

विहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । विहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । विहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म विहीबार नगर्नु नै राम्रो हुन्छ ।


४ लक्ष्मीको मात्र पुजा

विहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

५ दारी काट्ने वा नङ काट्ने

विहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।


विहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शास्त्रमा सपनाका अर्थबारे चर्चा गरिएको छ । कुन सपना देखे कस्तो हुन्छ भन्ने ब्याख्या गरिएको छ ।
यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला ? यहाँ सपनामा चरा देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

सपनामा हात्ति देख्नु भो भने यो निक्कै राम्रो मानिन्छ । हात्तिमा लक्ष्मी सवार हुने हुँदा हात्ति सपनामा देख्नु शुभ भएको ज्योतिष शास्त्रको भनाइ छ ।
सपनामा भै‌सी देख्नु भो भने मिश्रित फल मिल्छ । यो निक्कै अशुभ पनि होइन तर शुभ पनि होइन ।
सपनामा घोडा देख्नु भो भने यसको सुख सम्पति हात लाग्न संकेत ग

र्छ ।

गिद्ध सपनामा देख्नु भो भने तपाइँलाई समस्या पर्न सक्छ । शोख वा नकारात्मक समाचार सुन्ने समयमा यस्ता सपना देखिन्छन् ।

मयुर देख्नु भो भने पनि तपाइँलाई शुभ फल मिल्छ । मयुरमा शनि सवार भएको देख्नु अझै राम्रो मानिन्छ ।


त्यस्तै सपनामा कौवा देख्नु भो भने यसले तपाइँलाई सुख शान्ति हरण हुने संकेत दिन्छ । ज्योतिष शास्त्रमा सपनामा कौवा देख्दा परिवारमा वादविवाद हुने र अपमान आइलाग्ने उल्लेख छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस
durga_jyotish वि.सं.२०७२ साल श्रावण १ गते शुक्रबार,
इ स २०१५ जुलाई १७ तारिख,
नेपाल संवत् ११३५ अनलागा,
आषाढ शुल्क पक्षको प्रतिपदा तिथि प्रात: ०६:५३ बजेसम्म उप्रान्त द्वितीया,
तिष्य नक्षत्र  दिवा ०४:२९  बजेसम्म उप्रान्त अश्लेषा,
बज्र योग रात्रि १०:२४ बजेसम्म उप्रान्त 
बब करण बिहान ०६:५३ बजेसम्म बालब साझ ०७:१९ बजेसम्म उप्रान्त कौलब,
आनन्दादियोगमा सिध्दी उत्पात योग,
चन्द्रमा  कर्कट राशिमा,
काठमाडौंमा सूर्योदय५:१९ बजे सूर्यास्त ७:०० बजे,
दिनमान ३४ घडी १३ पला
कर्कट संक्रान्ति।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
पारिवारिक काममा समय बित्नेछ,समाजका विशिष्ट व्यक्ति संगको निकटता बढ्नेछ,कामकाजमा निकै खटिनु पर्नेछ भने कामको सहि मुल्यांकन नहुन सक्ने अबस्था छ,सवारी साधन र जग्गा जमिन जस्ता ब्यबसायमा नोक्सानी व्यहोर्नु पर्ने हुन सक्छ,यात्राको लागि समय खासै उचित छैन।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
प्रियजन संगको निकटता बढ्नेछ,काम गरे अनुरुप समाजमा मान प्रतिष्ठा पाइनेछ,पुराना साथी संगी संगको भेटघाटले आनन्दित महसुस गराउनेछ,कठिन र साहसिक कार्यमा लाग्ने रुची बढ्नेछ भने सफलता पनि मनग्य हात लाग्ने समय छ,दाजु भाइको सम्बन्धमा भने कमजोरी आउन सक्छ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
आकस्मिक धन लाभ हुने समय देखिएता पनि संचिति हुन नसक्ला,उल्टै जोगावट गरेको धन क्षति हुन सक्ने देखिन्छ,चनाखो रहनु होला,पारिवारिक अल्झनले आगाडी बढ्ने बाटोमा तगारो लाग्न सक्छ,प्रगतिको लागि गोपनियता आबस्यक देखिन्छ,फलदायी यात्राको सम्भाबना पनि देखिन्छ।


कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
शरीरमा स्फूर्ति बढ्नेछ भने कम गर्ने शक्तिको बिकाश हुनेछ,रोकिएका काममा क्रमश सुधारको संकेत देखिनेछ,टाढिएका साथि संगी सगको सम्बन्ध निकटतम बन्नेछ,मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ,शिरका आसपासमा चोटपटक लाग्न सक्ने देखिन्छ,बोलीको प्रभाब अत्यन्त बलियो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
प्रतिफल रहित काममा समय व्यतित हुन सक्ने देखिन्छ,पारिवारिक सम्बन्धमा कमजोरी देखिएता पनि घर बाहिर रहेर गरिने काममा सन्तोषजनक सफलता हात लाग्नेछ,लेनदेन बिबादित रहन सक्छ,बिस्वास गरेका व्यक्तिबाट बिस्वास घात हुन सक्ने देखिन्छ,निरर्थक यात्रा हुन सक्ने देखिन्छ साबधानी अपनाउनु होला।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
नया काम पाइनेछ भने गरि रहेको काममा पदोन्नती वा विशिष्ट जिम्मेवारी पाउने समय छ,विशिष्ट व्यक्तित्व सगको भेटघाट संगै नया कुराको जनाकारी लिने अवसर मिल्नेछ,सभा सम्मेलनमा सरिक भई मन परेका बस्तु भोजन गर्न पाइनेछ,आर्थिक पाटो सफल र दरिलो बन्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
शरीरको आलस्यता हटेर जानेछ,व्यवसायमा नया साझेदारी गर्नको लागि उचित समय रहेकोछ, बैदेशिक सहयोगमा बृध्दि आउनुको साथै राजनैतिक र सामाजिक पद प्रतिष्ठामा उच्चतम सुधार आउनेछ,कृषि तथा पशु चौपाय सम्बन्धि व्यवसायमा ठुलो सफलता हात लाग्ने समय रहेकोछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
धर्म कर्ममा निकै रुची बढ्नेछ,आइलागेका विभिन्न जटिलता र झैँ-झमेलामा समाधानको उपाय भेटिनेछ,मान्यजनको सहयोगले अगाडी बढ्ने बाटो खोज्न सहायता गर्नेछ,बहुमुल्य बस्तु हराउनुको साथै आकस्मिक जरिवाना समेत तिर्नु पर्ने हुन सक्छ,कर्ममा दृढ भएर लागे आज भाग्यको राम्रो साथ मिल्नेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
आजको दिन विभिन्न किसिमका झमेलामा फसेर नै बित्न सक्ने देखिन्छ,शारीरिक अस्वस्थता बढ्नाले काममा निरन्तरता दिन नसकिएला,आफ्नै कमजोरीले आफन्त ताथा साथिभाइ संगको साथ छुट्न सक्छ,सवारी साधनको प्रयोग निकै महँगो साबित हुन सक्छ इष्टदेबको दर्शन पूजा गरेर मात्र नया कममा लाग्नुहोला।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
प्रेमी जोडीहरुको लागि निकै सुखद समय रहनेछ भने सम्बंध निकै सुमधुर रहनेछ,मिठा मिठा खानेकुरा हात लाग्नेछन,नया बाहन तथा पहिरन प्राप्तिको योग देखिन्छ,लामो यात्राको प्रारम्भ गरिएला,व्यापारिक साझेदारी अझै कसिलो बन्नेछ,अपरिचितलाई छिटो बिस्वास नगर्नु होला घात हुन सक्छ,कलाकारिता क्षेत्रमा फड्को मर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
बहुमुल्य बस्तु हराउन वा टुटफुट हुन सक्छ,शत्रु पक्ष बलावान रहनेछन तथापि मुकाबिला गर्न सक्ने शक्ति बढ्नाले शत्रु पक्ष झस्किने छन्,स्वास्थमा देखिएका नकारात्मक प्रभाब बिस्तारै हटेर जानेछ,पढाइ लेखाइको पाटो भने खासै उभो लाग्ने देखिन्न,बिपरित लिंगीको सहयोग निकै फलदायी रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
पढाइ लेखाइमा केहि सुधारको आभास हुनेछ,मनमा सु-बिचारको आगमन हुनेछ भने आफन्त संगको किचलो क्रमश घटेर जानेछ,साहित्यिक र खेलकुदको क्षेत्रमा पद प्रतिष्ठा हात लाग्नेछ,आज धर्म कर्ममा समय बित्नेछ भने सन्तान तथा अनुयायीहरुको प्रशस्त सहयोग पाइनेछ,खानपानमा आउने असाबधानिले पेट सम्बन्धि समस्या देखिन सक्छ। onlinejyotishnepal.blogspot.co.
राशि अनुसार फरक फरक हुन्छ मानिसको ब्यवहार । यसै भन्छ ज्योतिष शास्त्र ।
यदि तपाइँको नामको पहिलो अक्षर ई, उ, ए, ओ, वा, वि, वू, वे र वो बाट शुरु हुन्छ भने तपाइँको राशि हो वृष । ज्योतिषका अनुसार यो राशिका ब्यक्ति उत्तम श्रेणीका प्रेमी हुन्छन् ।

वृष राशि हुने ब्यक्ति स्त्री या पुरुष जे भएपनि जीवन साथीप्रति ईमानदार रहन्छन् । यिनीहरु प्रेममा भावुक हुन्छन् । जीवनमा उतार-चढावको अवस्था आइरहन्छ ।

यदि यो राशिका ब्यक्तिको कुण्डलीमा मंगल-सूर्यको युति छ भने यस्ता ब्यक्तिको शरीर दुब्लो र पातलो हुन्छ । यो राशिका ब्यक्ति घमण्डी र रिसाहा समेत हुन्छन् ।

वृष राशिका ब्यक्तिसँगको सम्बन्ध भने मजबूत हुन्छ किन भने यिनीहरु जीवनभर सम्बन्धप्रति इमान्दार हुन्छन् । वैवाहिक जीवन राम्रो हुन्छन् ।
यिनीहरु दिलदार, निर्मल हृदय, हंसमुख स्वभावका हुन्छन् ।

यिनीहरुलाई कम्प्यूटर क्षेत्रको काम मन पर्छ वृष राशिको चिन्ह बहर हो यो राशिका ब्यक्ति पारिश्रमी हुन्छन् । सामान्यतया शान्त रहने यिनीहरु रिसाएभने उग्र रूप धारण गर्न बेर लाउँदैनन् ।

पिता-पुत्र कलह

यो राशिका ब्यक्तिको जीवनमा पिता-पुत्रबीच कलह हुने सम्भावना हुन्छ । आमासँग समेत यिनीहरुको सम्बन्ध तनावपूर्ण हुने हुन्छ ।
यो राशिका ब्यक्ति सौन्दर्य प्रेमी र कला प्रिय हुन्छन् ।
बैबाहिक जीवन खुसीको शुरुवात कि दुःखको जन्जाल भन्ने विषयमा वादविवाद सदियौं देखि चलिरहेको छ । तर अधिकाँश पुरुष महिला विवाहलाई सुखद् शुरुवातको रुपमा मान्छन् । यहाँ विवाहलाई दुःखको जन्जालमा परिणत गरिदिने सात झुट बारे चर्चा गरिएको छ ।

एक्लै हुने डरः

मानिसहरु भन्छन् विवाह जीवनमा साथीको आवश्यक्ता पुर्तिका लागि जरुरी छ । तर वास्तविकता के हो भने विवाह पछि पनि धेरै मानिसले एक्लो महसुस गर्छन् ।
खासगरी बच्चा बच्ची भैसकेपछि पुरुष र महिलाबीच दुरी पैदा हुन्छ जस्ले उनीहरु दुवैलाई एक्लो महसुस गराउँछ । जोडीहरुको गुनासो हुन्छ आफूले बोलेको कुरा कसैले सुन्दैन । पीडा भोग्नेलाई मात्र थाहा हुन्छ ।

सँधै सेक्सः

विवाह नगरेका ब्यक्तिहरुलाई लाग्छ विवाह पछि जतिबेला पनि सेक्स गर्न पाहिन्छ । तर जोडीहरु जव विवाहपछि लामो समय सँगै विताउँछन् उनीहरुमा सेक्सको चाहाना घट्छ । आफ्नै पति वा पति भन्दा अन्य ब्यक्तिसँग सेक्स गर्न रहर लाग्न थाल्छ । खासमा मानिसको सेक्सको चाहाना विवाहले तृप्त पार्दैन ।

सुरक्षाको अनुभुतिः

अधिकाँश मानिसलाई लाग्छ विवाह गरेपछी आपसी सुरक्षाको अनुभुति बढ्छ । तर बास्तवममा असुरक्षाको भावना बढ्दै जान्छ । खासमा विवाहितहरुमा आर्थिकरुपमा असुरक्षित गर्छन् ।


खुसी सुखी परिवारः

विवाहपछि सुखी र खुसी परिवार बन्ने धेरैको अपेक्षा हुन्छ । सबैले आफ्ना नयाँ नातेदारहरुको मायाँ पाउने चाहा हुन्छ । तर विवाह पछि अन्य धेरै कुराको परीक्षणबाट पास हुनु माया पाउनु भन्दा बढि जटिल हुन्छ । नातेदारहरुले सामाजिक र आर्थिक हैसियतलाई बढी ध्यान दिने कुरा थाहा पाउँदा सुखी र खुसी परिवारको कल्पना गर्नेहरु निराश हुन्छन् ।

बच्चा जन्माउनु खुसीको श्रोतः

जोडीहरु बैबाहिक जीवनमा उत्पन्न दिकदारी बच्चा जन्मेपछी समाधान हुने विश्वासमा हुन्छन् । तर बच्चा जन्मेपछि समाधान भन्दा बढि समस्या आउँछन् ।
खासमा विवाह गर्नु भन्दा बच्चा जन्माउने निर्णय जटिल हो भन्ने कुरा बच्चा जन्मेपछि मात्र अनुभुत हुन्छ ।
बर्षापछि आएको बाढीले पोखराको बिजयपुर खोला थुनिएर ढुवानमा परेको भगवती हाईड्रो पावर ।
ढुवानले ४५ सय किलोवाड क्षमताको पावर हाउसमा १६ करोड बराबरको क्षती पुर्‍याएको छ ।/annapurnapost.com
घर भनेको सबैभन्दा सुरक्षित ठाउँ मानिन्छ । तर सँधै यस्तो हुँदैन । शास्त्रमा आफ्नै घरपनि विभिन्न कारणले असुरक्षित हुने उल्लेख छ ।

नीति अनुसार शुभ घर यस्तोलाई मानिन्छ जहाँ मायाँ गर्ने पत्नि, दुःख पर्दा साथ दिने साथी, इमान्दार नोकर हुन्छ । यति कुरा भएको ब्यक्ति संसारमा सुखी हुन्छ । तर यी सबै कुरा जीवनमा पाउनु मुस्किको कुरा हो । खासमा अधिकाँश मानिसलाई यस विपरितको अवस्था प्राप्त हुन्छ ।

गरुण पुराणका अनुसार खराव स्वभाव भएकी पत्नि, बाद विवाद गरिरहने नोकर र सर्प बसेको घरमा बस्नु सँधै खतरनाक हुन्छ ।

१ खराव पत्नि

हिन्दु धर्ममा पत्निलाई सम्मानीय मानिएको छ । परिवार कस्तो हुन्छ भन्ने कुरा पत्निमा भर पर्छ । पत्निसँग नराम्रो ब्यवहार गर्नु पनि गलत मानिन्छ । पत्निलाई त्यसैकारण अर्धाङ्गिनी भनिएको हो । तर पत्निको स्वभाव खराव छ भने त्यस्तो पत्निको पतिले दुःख पाउने निश्चित छ । अझ परपुरुषसँग संगत भएकी ब्यविचारिणी पत्नि भएमा यस्ता पुरुष सँधै खतरामा हुन्छ । त्यसकारण खराव पत्निसँग बस्नु खतरनाक भनिएको छ ।

२ दुष्ट मित्र

जीवनमा सच्चा साथी हुनु दुर्लभ कुरा हो । अझ दुखमा समेत साथ दिने साथी त जीवनमा कमै पाइन्छ । हामीले साथीको विषयमा विभिन्न कथा सुनेका छौं । कतिपय अवस्थामा हामीले सच्चा साथी ठानेर विश्वास गरेको मानिस सबैभन्दा घातक भएर निस्कन्छ । यदि तपाइँले त्यस्तो साथीलाई विश्वास गरिरहनु भएको छ भने तपाइँ सँधै खतरामा हुनु हुन्छ । दुष्ट मित्र रहेको घरमा बस्नु सँधै खतरनाक हुन सक्छ ।



३ झगडा गर्ने नोकर
घरमा नोकर राख्ने चलन पुरानो हो । काम गर्नका लागि मानिसहरुले अहिले पनि घरमा मानिस राख्छन् ।



तर मालिक र नोकरको सम्बन्ध सुमधुर हुन कठिन हुन्छ । त्यसैले बादविवाद गरिरहने र झगडा गर्न तम्सिने नोकरलाई शास्त्रले खतरनाक भनेको छ । मालिकसँग झगडा गरिरहने नोकरलाई तत्काल कामबाट निकाल्नु उपयुक्त हुन्छ । किन भने त्यस्तो नोकर खतराको घर हो ।

४ सर्प
घरमा वा घर नजिकै सर्प बस्छ भने तपाइँको जीवन सँधै खतरामा हुन्छ । यस्तो ठाउँमा नबस्नु नै बेस । सर्पले डसेर जुनसुकै बेला पनि ज्यान जान सक्छ ।nepaliheadlines.com
जव हामी कसैलाई ‘किस’ अर्थात चुम्बन गर्दा ८ करोड ब्यक्टेरिया आदान प्रदान हुन्छन् । तर यि सबै ब्याक्टेरिया घाटा गर्ने हुँदैनन् ।

तर पनि मानिसहरु किस गर्न छोड्दैनन् । खासमा रोमान्टिक जीवनको अभिन्न अंग हो किस । पश्चिमी समाजमा त एक अर्कालाई भेट्दा मानिहरु किस गरेर नै अभिवादन गर्छन् ।



तर हालै गरिएको एक अध्यनले चुम्बनबारे नयाँ तथ्य बाहिर ल्याएको छ । चुम्बन गर्ने चलन सबै समुदायमा नभएको यो अध्यनले पाहिएको हो । खासमा भन्दा संसारभरीका आधा भन्दा कम सभ्यतामा मात्र चुम्बनको चलन रहेको अध्यनको निष्कर्ष छ ।

जनावरमा त किस गर्ने चलन निक्कै दुर्लभ छ ।  खासमा किस किन महत्वपूर्ण छ ? यदि यो साँच्चिकै प्राकृतिक भएको भए जनावरबीच पनि यो हुनु पर्ने ।



यही विषयमा हालै गरिएको अध्यनले संसारभरीका १६८ संस्कृतिको अध्यन गरिएको थियो । जस मध्ये केवल ४६ प्रतिशत संस्कृतिमा मात्र मानिसहरुबीच रोमान्टिक समयमा चुम्बनको चलन रहेको पाहियो ।


यस अघी संसारका ९० प्रतिशत समुदायमा चुम्बनको चलन रहेको अनुमान गरिएको थियो । तर यो अनुमान गलत सावित भएको छ । यो अध्यन केवल ओंठले ओंठमा गरिने चुम्बन ‘लिप किस’ को अध्यन गरिएको थियो । बाबु आमाले छोरा छोरीलाई गर्ने चुम्बनलाई यसमा समावेश गरिएको थिएन ।

कतिपय समुदायमा चुम्बन गर्नुलाई असभ्य मानिन्छ । ब्राजीलको मेहिनाकू जनजातीय समुदायमा चुम्बन गर्नु अशिष्ठ र असभ्य मानिन्छ ।


यो अध्यन दलका प्रमुख अमेरिकाको लास भेगास विश्वविद्यालयका प्राध्यापक विलियम जानकोबायकका अनुसार सामान्यतः आम मानिसहरुमा रोमान्टिक बन्दा चुम्बन गर्ने बताउँछन् ।

बेलायतको यूनिभर्सिटी अफ अक्सफोर्डका प्राध्यापक राफेल वलोडारस्कीका अनुसार ‘किस’ नयाँ चलन हो । तर पूर्वीय धार्मिक कथाहरुका अनुसार चुम्बन ३५०० वर्ष पुरानो बैदिक कालमा पनि चुम्बनको प्रचलन थियो ।

मानिसपछि चुम्बन गर्ने प्राणीमा चिम्पाञ्जी देखिएको छ । चिम्पाञ्जी पनि लडाइँ र झगडापछि चुम्बन र अंकमाल गर्ने गर्छन् ।nepaliheadlines.com
काठमाडौ, असार ३१ - पूर्व युवराजज्ञी हिमानी शाह बिहीबार दिउँसो ३ बजे घरको मोडल खोज्दै पुल्चोक इन्जिनियरिङ क्याम्पस पुगिन् । तर, यो डिजाइन भने उनले आफ्नो घरका लागि खोजेकी होइनन् । पति पारस जीवनकुञ्जमा बसे पनि हिमानी निर्मल निवासमा बस्दै आएकी छन् । यसैले उनले आफ्ना लागि घर खोज्नु पर्ने आवश्यकता छैन ।




उनी घरको मोडल खोज्दै थिइन्, गोरखाका भूकम्पपीडितका लागि । उनको ट्रष्टले गोरखामा बनाउन लागेका भूकम्प प्रतिरोधात्मक घरका डिजाइन खोज्न उनी इन्जिनियरिङ क्याम्पस पुगेकी हुन् । क्याम्पस परिसरमा राखिएका जाइकाले बनाएका केही घरका डिजाइन बारे बुझेर उनी फर्किइन् ।

शब्द/तस्विर : प्रकाश तिमिल्सेनाwww.ekantipur.com/
पोखरा, ३१ असार । हिजोबाट आएको अबिरल वर्षका कारण पोखराको छोरेपाटनमा रहेको भूपु सैनिक उच्च माध्यमिक विद्यालय पहिरोले पुरिएको छ ।
पहिरोमा पुरियर कक्षा ९ मा पढ्ने मोहन गायकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । परिक्षा चरिरहेको विद्यालयमा एक्कासी पहिरो गएपछि बिद्यार्थीहरुको भागाभाग भएको थियो  । पहिरोमा पुरीएका ७ जना बिद्यार्थीलाई उद्धार गरिएको छ भने अझै पुरीएको हुन सक्ने अनुमान गरिएको छ । यस घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
धनगढी, ३१ असार । पर्स/वालेट कहिल्यै नछुट्ने सामग्री हुन् । पुरुषहरु प्राय: यसलाई पाइन्टको पछाडिको गोजीमा बोक्ने गर्छन ।  यो सुरक्षाका लागि मात्र होइन स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो होइन ।

भारतको नेशनल इन्स्टिच्यूट अफ आक्यूपेशनल हेल्थ अध्ययन अनुसार पछाडिको खल्तीमा पर्स राख्ने दसमा आठ युवा सियाटिकाको समस्याबाट ग्रस्त छन् । डाक्टर अनुसार पछाडिको खल्तीमा धेरै बाक्लो पर्स वा सामान्य पर्सले मेरुदण्ड र हिपको दुवै तिरको हड्डी बीचको सामान्जस्य बिगार्छ र लामो समयसम्म यस्तो अवस्थाले सियाटिकाको नसामा प्रेसर पर्छ ।

घर/कार्यलय कुर्सीमा बस्दा पर्स निकालेर बस्नु उपयुक्त हुन्छ । यसका साथै लामो समय ड्राइभिङ् गर्नेहरुले पनि पर्स अगाडिको खल्तीमा राख्नु उपयुक्त हुन्छ ।
मुबई । चर्चित टेलिभिजन धारावाहिक ‘उड़ान’मा मुख्य भुमिका निभाउने अभिनेता साईं विठ्ठललाई मुम्बई पुलिसले गिरफ्तार गरेको छ । उनीमाथि साथी महिला कलाकारसँग जबरजस्ती अश्लील हर्कत गरेको आरोप छ ।

भारतको कलर्स टेलिभिजनमा प्रशारण हुने यो धारावाहिकका मुख्य अभिनेता साईं विठ्ठल (५२)माथि एक महिलालाई अश्लील भिडियो क्लिप पठाएर यौन सम्बन्ध राख्न दबाब दिएको आरोप छ । खबरका अनुसार विठ्ठलले आफ्नी साथी महिला कलाकारलाई सोशल मीडिया म्यासेञ्जर र व्हाट्सऐपबाट पोर्न भिडियो क्लिप र अश्लील सन्देश पठाउँथे ।

महिलाले यस्तो हर्कत गरेपछि मुम्बईको बोरीवली पुलिसमा उजुरी दिईन् । त्यसपछि बोरीवली पुलिसले महिलाका आरोपीका अनुसन्धान गरि सबै सन्देश र पोर्न क्लिप्स बारे जानकारी पाएपछि अभिनेतालाई गिरफ्तार गरेको हो । उनलाई आजै अदालतमा उपस्थित गराउने तयारी भइरहको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अदालतबाट दोषी ठहरिएमा अभिनेतालाई कम्पतीमा पाँच वर्ष जेल सजायँ हुनसक्छ ।
dainiknepal.com
एजेन्सी ।

चर्चित भिडियो कलिङ साइट स्काइपले आफ्नो सेवामा नयाँ फिचर थपेको छ । स्काइपले एन्ड्रोइड एपमा प्रयोग हुने नयाँ अपडेटेड भर्सन लञ्च गरेको हो ।

नयाँ भर्सनमा स्काइप प्रयोगकर्ताले एक पटक लगइन गरेपछि पुनः पासवर्ड सम्झिराख्ने झण्झट पर्दैन । यसका साथै प्रयोगकर्ताहरुले च्याट लिङ्क नखोलेपनि थप जानकारी पाउने छ ।



स्काइपको आइडी र पासवर्ड भुलिरहनेहरुका लागि पनि यो समाधान हुने छ । यसमा एउटा चिन्ह दिइएको हुन्छ जहाँ क्लिक गर्ना साथ च्याट बक्समा पुग्ने सुविधा छ ।



पासवर्ड र आइडी मेमरीमा नबसोस् भन्ने चाहनेहरुका लागि पनि स्काइपले पुरानै भर्सन प्रयोग गर्ने सुविधा दिएको छ । शुरुमा आइओएस र म्याक डिभाइसहरुका लागि दिइएको यो सुविधा अव एन्ड्रोइडका लागि पनि उपलब्ध गराएको हो ।nepaliheadlines.com
३१ असार, काठमाडौं । साउन महिनालाई हिन्दु नारीले चाडकै रुपमा मनाउँदै आएका छन् । हत्केलाभरी बुट्टेदार मेहेन्दी लगाउनु, दुबै हातमा हरियो, रातो पहेंलो चुरा, हरियो पहिरन साउन महिनामा महिलाहरुले लगाउने विशेष सामग्री हुन्  ।
यसका साथै यो महिनाले आफ्नै धार्मिक महत्व बोकेको छ । पौराणिक मान्यता अनुसार साउन महिना  शिव भगवानको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरी निराहार रही कठोर ब्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिना बिशेष हुन गएको हो ।
विवाहित होस् वा अविवाहित, यो महिना सबै नारीहरुको लागि विशेष बन्ने गरेको छ । विवाहित भए श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति, अविवाहित भए असल श्रीमान पाउने उद्देश्यले साउनभरी भगवान शिवको पूजा – आरधना गरि ब्रत बस्ने गरिन्छ । साउने सोमबार बिद्याका लागि पनि राम्रो मानिन्छ । शिवजीको पूजा–आराधना गर्दा महिलाहरुलाई असल श्रीमान प्राप्त हुने, व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ । यो समयमा रोगहरु लाग्ने बढी सम्भावना भएकाले मासु,  लसुन एवं उत्तेजित हुने खाना खाँदैनन् ।
हुन त साउन महिनामा हरियो चुरा, हरियो बस्त्र लगाउने कुरालाई प्रमाणित गर्न सकिएको छैन तरपनि यो परम्परालाई हाम्रा पिता पुर्खादेखि मान्दै आइएको छ । यो महिनाभरी धेरै महिलाहरुलाई हरियो चुरा, हरियो लुगा र हत्केलाभरी मेहेन्दीले सजिएको देख्न सकिन्छ जसले हिन्दु संस्कृति, संस्कार र विश्वास अझ गाढा हुँदै गरेको बुझ्न सकिन्छ ।
बिबाहित महिलाहरुका लागि चुरा पोते र टीकाको महत्व बढी नै छ । एक त विवाहित भएपछि हरेक महिला एउटा भएपनि चुरा लगाएर हिड्छन् । आफ्नो सौभाग्यका लागी चुरा लगाउने चलन त छदैछ साथमा चुराले महिलाको हातलाई पनि सुन्दर बनाइदिन्छ । पहिरनको रंगसंग मिल्ने काँचका दर्जनौ चुरा लगाउदा हातको सौन्दर्यमा आर्कषण थपिन्छ ।
त्यसकारण आफ्नी श्रीमती वा प्रेमिकालाई यदि साउन महिनामा खुसी पार्नु छ भने उनीहरुलाई उनीहरुको हातमा मिल्ने हरियो रङको चुरा उपहारमा दिन सक्नुहुन्छ । विवाहित पुरुषहरुले आफ्ना श्रीमतीलाई हरियो चुरासँगै रातो र पहेंलो रङको चुरा पनि मिक्स गरेर उपहारस्वरुप दिन सक्नुहुन्छ । यसका साथै हरियो रङको कुर्ता अथवा टप्स पनि तपाईंले उपहारमा दिन सक्नुहुन्छ । यससँगै हरियै रङको टिका र हरियाे, राताे वा पहेंलाे पाेतेले तपाईंकी श्रीमतीको सुन्दरतालाई थप निखार्न मद्दत गर्दछ । आफ्नी महिलालाई तपाईंले हरियो नङ पालिस पनि उपहारमा दिन सक्नुहुन्छ । यदि श्रीमती अथवा प्रेमिकालाई मेहेन्दीप्रति रुची छ भने उनलाई मेहेन्दीको कोन पनि उपहारस्वरुप दिन सक्नुहुन्छ ।
बजारमा प्रतिदर्जन ३० देखि १ हजार रुपैयाँसम्मका चुरा उपलब्ध छन् भने काबेरी, खुश्बु, सहेली, राजस्थानीलगायत ब्राण्डका मेहेन्दी पाइन्छन् । यी मेहेन्दीको मूल्य प्रतिप्याकेट १५ देखि ३० रुपैयाँसम्म पर्छ ।
एजेन्सी । तपाईले पुरुषले महिलामाथि यौन शोषण गरेको त धेरै सुन्नु भएको होला तर महिलाले पुरुषमाथि यौन शोषण गरेको खबर भने कमै सुन्नुभएको होला ।
तर हालै भारतको नयाँ दिल्लीमा यस्तै घटना भएको छ । दिल्लीका दुई युवतीमाथि एक अटो ड्राइभरले यौन शोषणको आरोप लगाएका छन् ।
आफूले घरको माथिल्लो तलाबाट हामफालेर ज्यान जोगाएको सोहीक्रममा आफ्ना दुवै खुट्टा भाँचिएको उनले बताएका छन् । प्रहरीले आरोपी एक महिलालाई पक्राउ गरेका छन् भने अर्की एक फरार रहेकी छन् ।

उनीहरुले मंगलबार राति इग्नुरोडमा एक युवतीले सफदरजंग जानका लागि उनको अटो भाडामा लिएकी थिइन् । त्यहाँ पुगेपछि उनले सामान किन्न भन्दै अटोड्राइभरसँग ३०० रुपैयाँ सापट मागेकी थिइन् ।
तर रातको साढे १२ बजे युवतीले उनलाई सो रकम लिन बोलाएर कोठा बन्द गरी रक्सी खान र खुवाउन थालिन् र केहीबेरमा उनकी अर्की साथी पनि आएपछि दुवै जनाले उनको कपडा जबरजस्ती फुकालेर बलात्कारको प्रयास गरेका थिए ।
विरोध गर्न थालेपछि युवतीहरुले भिडियो बनाउने कोशिस गरेपछि अटाड्राइभरले पहिलो तल्लाबाट हामफालेर आफ्नो ज्यान बचाए ।
त्यहाँबाट भागेर ज्यान बचाएपछि ती व्यक्तिले प्रहरीमा खबर गरेका थिए । प्रहरीले त्यसलगत्तै ति युवतीलाई पक्राउ गरेको छ भने उनकी साथी तान्जानिया मुलकी उनकी साथी भने फरार रहेकी छन् ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home