• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
मलेसिया, ९ मंसिर । केही यस्ता कारण छन् जस्ले नेपालसंग मलेसिया रुष्ट बनेको पुष्टी गर्छ । भलै मलेसियाले मुख खोलेर भने यो कुरा प्रष्ट पारेको छैन् । गत असारबाट नेपाल सरकारले एकतर्फी रुपमा लागु गरेको फ्रि-भिजा, फ्रि-टिकट कार्यक्रमदेखि नै मलेसिया मौन बनेको हो ।
फ्रि-भिजा , फ्रि-टिकटको रटान लगाउंदै नेपाल सरकारले कामदार नदिने, मलेसिया सरकारले पनि फ्रि मा कामदार लेउ नभन्ने गर्दा नेपाली कामदार मलेसिया आउने क्रम अहिले न्युन बनेको छ । यसैबाट थाह हुन्छकी नेपालको कदम प्रति मलेसिया असहमत छ भन्ने ।
कामदार ल्याउने सन्दर्भमा नेपालसंगको सम्बन्ध चाहे जस्तो नबनेपछि मलेसिया बंगलादेशतर्फ मोडीएको हो । बंगलादेश पनि मलेसिया र नेपाल बिचको सहकार्य अन्त्यको पर्खाईमा थियो । हिजो चाहेर पनि पाउन नसकेको उपलब्धी अहिले बंगलादेशलाई मिल्न लागेको छ ।
बंगलादेशबाट ल्याउन लागीएका १५ लाख कामदार ब्यबस्थापनका लागी मलेसियाले यतिबेला आन्तरिक गृहकार्य तीब्र पारेको छ ।
अझै अचम्मको कुरा सन २०२० भित्र बिदेशी कामदार २ प्रतिशत कटौती गर्ने मलेसियाले बताई सकेको छ । बिदेशी कामदार कटौती गर्ने बताईरहेको मलेसियाले १५ लाख बंगालादेशी कामदार ल्याउने तयारी तीब्र पार्नुले  नेपालप्रति रुची घटेको स्पष्ट देखिन्छ ।
बंगलादेशी कामदार संगसंगै मलेसियाले म्यानमारबाट बिस्थापित बनेका रोहीङ्ग्या शरणार्थीलाई पनि रोजगारी दिने तयारी थालेको छ । हाल मलेसियामा शरणार्थी अबस्थामा रहेका १ लाख ३५ हजार रोहीड्ग्यालाई बैधानिक कामदारको हैसीयतमा स्वीकार गर्ने तयारी भैरहेको उपप्रधानमन्त्री अहमद जाहीद हमीदीलाई उध्रित गर्दै यहाँका पत्रपत्रिकाले खबर छापेका छन् ।
यस बाहेक अन्य कामदार ल्याउने मुलुकसंगको सम्बन्ध यथावत हुनु । बैधानिक होस या अबैधानिक घर फर्किन चाहने कामदार तुरुन्त्तै घर फर्किन पाउनु, कुनै  रोकतोक  नगर्नु ।  अबैधानिक कामदार बैधानिक बन्न पाउने सीक्स पीको कार्यक्रम घोषणा नगर्नु यि सबै कारणबाट मलेसियाको नेपाली कामदार प्रतिको रुची र आबश्यकता घटेको बुझ्न सकिन्छ । यो प्रक्रियाले मलेसियामा रहेका धेरै नेपाली कामदार विस्थापित भइसकेका छन् । हाल ८ लाख कामदार मलेसियामा कार्यरत छन् ।
यी कुराहरुले प्रष्ट पार्छ मलेसियाको नेपाल विकर्षण:
१. बंगलादेशबाट १५ लाख कामदार ल्याउने तयारी ।
२. म्यानमारबाट बिस्थापित १ लाख ३५ हजार रोहीङ्ग्या शरणार्थीलाई बैधानिक कामदार बनाउने तयारी ।
३. सन २०२० भित्र २ प्रतिशत बिदेशी कामदार कटौती गर्ने तयारी ।
४. बैधानिक होस या अबैधानिक कामदार घर फर्किन चाहे तुरुन्त फर्कन सक्ने ब्यबस्था
५. नेपाल सरकारले गत असारबाट लागु गरेको फ्रि-भिजा ,फ्रि -टिकट कार्यक्रममा सहकार्य नगर्नु
६.  नेपाल बाहेकका मुलुकसंगको सहकार्य यथावत हुनु ।
७. अबैधानिक कामदार बैधानिक बन्न पाउने सीक्स-पीको प्रक्रिया घोषणा हुन नसक्नु ।
dainiknepal
९ मंसिर, सुनसरी । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा पसेर गोली चलाउँदा चार जना घाइते भएका छन् ।
बुधबार बिहान साढे ६ बजे तिरको समयमा एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली चलाएको स्थानीयबासीले बताएका छन् । १० जना एसएसबीको समूहले गोली चलाएको स्थानीयबासीले आरोप लगाएका छन् ।
गोली लागेर सुनसरीको हरिपुर गाविस वडा नम्बर सातका अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले जानकारी दिए । उनीहरु भारतीय बजारबाट खाद्य सामान लिएर नेपाल आएको बताइएको छ ।
अशोकको दायाँ छातीमा गोली लागेको छ भने, नरेशको बायाँ कम्मरमा गोली लागेको छ । घाइते चारै जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
गोली कसले र किन हानेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
onlinekhabar
बुधबार, ९ मंसिर
एजेन्सी । पेरूमा ७.५ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ ।
अमेरिकी जियोलजिकलका अनुसार स्थानीय समय साँझ ५ बजेर ४५ मिनेटमा राजधानी लीमामबाट ६८१ किमी पूर्वी क्षेत्रमा केन्द्रबिन्दु भएर भुकम्प गएको जनाएको छ ।
स्थानीय समाचार एजेन्सीका अनुसार पेरूका कुजको, ताकना, पुकाल्पा, अरेक्विपा, उत्तरी चिली, अर्जेटीना र बोलीविया लगायतको स्थान भुकम्पको अनुभव भएको थियो ।
भुकम्प पछिकाे  भौतिक तथा मानविय क्षतीको विवरण आएको छैन ।
मौसम बिज्ञहरुले भुकम्पको कारणले सुनामी आउने खतरा भने नहरेको जनाएको छ ।
nepalsandesh
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा सरकार संचालन संयन्त्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो हप्ता आफ्नो आन्तरिक मामला सल्ट्याउन अहोरात्र मेहनत गरिरहेका छन् ।




प्रचण्डले मधेस आन्दोलनको सम्बोधन र नाकाबन्दी खुल्ला गराउन प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका नेताहरु, कांग्रेस शीर्ष नेताहरु, मधेसवादी दल लगायतका सरोकार सबै पक्षसँग आन्तरिक छलफल चलाए । मुख्यतः प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाएर अघिल्लो हप्तामात्रै मधेस आन्दोलनलाई सम्बोधन गर्न सिमाकंनमा केही विकल्पसहितका प्रस्ताव समेत ल्याए । उनले ल्याएको प्रस्तावमा पश्चिमका २ जिल्ला र पूर्वका २ जिल्लालाई विवादित जिल्लाका रुपमा राख्दै पश्चिमका बाँके र कैलालीसमेत राखेर थारु मागको सम्बोधन र पूर्वका सुनसरीको तल्लो भूगोल मधेसपट्टी राखेर उपल्लो भूगोल टुक्र्याउने प्रस्ताव थियो । मधेसवादी दल प्रचण्डको उक्त प्रस्तावप्रति सकारात्मक थिए । तर, नेपाली कांग्रेस र एमालेकै केही नेता उक्त प्रस्ताव मान्न तयार नभएपछि छलफल अघि बढेन ।

मंगलबार मात्रै पनि प्रचण्डले मधेसवादी नेता महन्थ ठाकुर, उपेन्द्र यादव र लक्ष्मणलाल कर्ण लगायतकासँग गम्भीर छलफल गरी देश बर्बाद हुनबाट जोगाउन अपीलसहित प्याकेजमा सामाधान खोज्ने गर्ने निष्कर्षमा मधेसी नेताहरुलाई सहमत गराएका छन् । तर प्रचण्डको यो योजना पनि तुहाउने खेलमा भारतीय पक्ष रहेको खबरडबलीलाई भारतीय दूतावास स्रोतले बतायो ।
स्रोतका अनुसार भारतीय सरोकार मधेसी मुद्दामा भन्दा पनि संविधान संशोधन गराएर नेपाललाई हिन्दू राष्ट्र बनाउनेमा केन्द्रित छ । भारतीय पक्षको यस्तो कुटील उद्देश्य पूरा नभएसम्म उ सामाधान हुन दिने पक्षमा छैन । पछिल्लोपटक मधेस आन्दोलनलाई समाधान गर्न प्रधानमन्त्री ओली पनि सकारात्मक छन् तर एमालेकै केही नेता  र कांग्रेस समस्या समाधानमा वाधक बन्ने देखिन्छ ।


स्रोत भन्छ– ‘मधेसवादी दल प्रचण्डको प्रस्तावमा सहमत भएपनि कांग्रेस र पूर्वी जिल्लाका स्थानीय उचालेर उक्त प्रस्ताव पारित हुन नदिने योजना भारतीय दूतावास अहिले लागिरहेको छ । भारतीय सरोकार हिन्दु राष्ट्रसँग हो । त्यो नहोउन्जेल उसले मधेस हल गरिए अखण्डवालालाई उचाल्ने छ र अर्को समस्या खडा गर्नेछ ।’

भारतीय पक्षको यस्तो षड्यन्त्र रहेको बुझेका प्रचण्ड र ओलीबीचमा मधेस समस्या राजनीतिक रुपमा सम्बोधन गर्ने र अझै नमाने या नटेरे सेना परिचालन गरेर भएपनि राजमार्गहरु संचालन गर्ने  योजनामा एमाले कांग्रेसकै केही नेताहरु वाधक रहेकाले यो योजना पनि सफल हुनेमा भने उनीहरु आफैं विश्वस्त हुन सकिरहेका छैनन् ।

तर पछिल्लोपटक सकेसम्म राजनीतिक रुपमा समस्या सामाधान गर्ने र नसके सरकारका तर्फबाट एकतर्फी सम्बोधन गर्ने  र सुरक्षाकर्मी परिचालन गरेर भएपनि नाका खुल्ला गर्ने योजनामा प्रधानमन्त्री ओलीले मनस्थिति बनाएको बताइन्छ ।
khabardabali भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडाैं । पटकपटक विवादित अभिव्यक्ति दिएर चर्चामा आइरहने सद्भावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतोले पुनः विवादित अभिव्यक्ति दिएका छन् । मधेस आन्दोलनका क्रममा भारतमा खाना खाने र उतैबाट नेपालमा नाकाबन्दी गरेको, ढुंगा हानेको स्वीकार गरेका छन् । आजको कान्तिपुर दैनिकको अन्तर्वार्तामा उनले यस्तो भनेका छन्

अब यो आन्दोलन कहाँ गएर टुंगिन्छ ?
अधिकार पाएर टुङ्गिन्छ । संशोधन गरेर संविधान कार्यान्वयन गर्नुपर्छ ।

मोर्चाको आन्दोलनमा भारतको समर्थन छ ?
आन्दोलनमा सारा दुनियाँको समर्थन छ ।

त्यो दुनियाँमा भारत पनि पर्छ ?
हाहा।।।परिहाल्छ नि भारत त झन् छिमेकी पनि हो । शान्तिपूर्ण आन्दोलन विरुद्ध कोही छैन । अधिकार पाउनुपर्छ भनेर त सबैले भनेका छन् ।

तपाईलाई व्यक्तिगत रूपमा भारतसँग जोडिएर अलि बढी हेरिन्छ, किन होला ?
म यहाँ नाकामा बसिराको छु । उतै खाना खाइरहेको छु, त्यही भएर होला ।

किन, यतै खाना खाने अवस्था छैन र ?
हैन, उतै सजिलो छ । यता प्रहरीले दमन गर्छ । उता नाकाबाट नजिक पनि पर्छ । उता प्रहरी जान सक्दैन ।
उताको खाना खाएर, उताबाट ढुंगा हानेर यताको आन्दोलन सफल हुन्छ र ?
एकदम हुन्छ । ढुंगा त हामीले हानेको हो नि । दसगजामा बसेर हामीले हानेको हो ।
त्यो त कूटनीतिक संहिताले नदिने कुरा होइन ?
हैन, मिल्छ । हाम्रो त भिसा लाग्दैन नि ।
तपाईलाई लाग्दैन, यस्ता गतिविधिले मधेस आन्दोलनप्रति अरू समुदायको समेत समर्थन घट्दैन ?
हैन, घट्नु हुँदैन । यसमा सबैको सहयोग चाहिन्छ । हामी मात्र हैन, विगतमा कांग्रेस, एमाले, माओवादीका नेताले पनि भारतमा बसेर नेपालका लागि आन्दोलन गरेका छन् । हामी किन बस्न नपाउने ?
सीमानाकामा धर्ना कस्नुको साटो बरु राजधानी, सिंहदरबार अगाडि कसे भइहाल्यो नि ?
हाम्रो त्यहाँ बस्ने शक्ति पुग्दैन । हामी त मधेसका शक्ति हौं । हिमाल र पहाडका दाजुभाइ—दिदीबहिनीलाई आन्दोलनलाई साथ दिएर सरकारमाथि दबाब दिन आग्रह गर्छु । यसबाट सबैको पीडा कम हुन्छ ।
अब समाधान कसरी हुन्छ त ?
कांग्रेस, एमाले, एमाओवादी संविधान बनाउने दलले सीमांकन लगायत ११ बुँदे माग प्याकेजमा धारणा, रोडम्याप ल्याउनुपर्छ । अनि त्यसपछि बुँदागत कुरा हुन्छ । सीमांकन लगायतका मुद्दामा हाम्रो त प्रस्टै छ नि ।
वार्ताको माहोल अब कसरी बन्छ ?
सरकार सुरक्षाफौज लगाएर दमन गर्न अगाडि बढेको छ । यसरी वार्ता हुँदैन । वार्ताको लागि वातावरण बनाउने काम सरकार र ठूला दलको हो । उनीहरू बनाएर देखाउन् ।
हामी वार्ता विरोधी होइनौं । हामी त हरेक पटकका वार्तामा गएकै छौं । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सप्तरी, ९ मंसिर । जिल्ला प्रशासन कार्यालय सप्तरीले आज बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
भारदह, रुपनी र सदरमुकाम राजविराजमा आज बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
गत शनिबार राति राजमार्ग खुलाउने क्रममा प्रहरी र आन्दोलकारीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा भारदहमा डढा गाविस–९ का १८ वर्षीय वीरेन्द्र राम र रुपनीमा जोमनी मधेपुरा गाविस–४ का २२ वर्षीय नागेश्वर यादव तथा राजविराज नगरपालिकामा ४५ वर्षीय दिलीप साहको मृत्यु भएको थियो ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home