• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
झापा धुलाबारीका मनिषा र अनिशा कोइराला तीन मिनेटको फरकमा जन्मिए । तीन मिनेट अघि जन्मिएका कारण अनिशा दिदी भइन् । तर, पढाइमा दुबै सधैं समान हुँदै आएका छन् ।
यसपटक एसएलसी परीक्षामा पनि उनीहरुले समान अंक ल्याउने अपेक्षा गरेका थिए । तर, मनिषाले गणितमा ८८ नम्बरमात्र पाउँदा १० नम्बरले अनिशा अगाडि भइन् ।

काठमाडौंको रामहिटीस्थित ज्ञानमाला इङलिस हाइस्कूलबाट एसएलसी दिएका जुम्ल्यहा दिदी बहिनीमध्ये अनिषाले ९२ दशमलब ७ प्रतिशत ल्याइन् भने मनिषाले ९१ दशमलब २५ प्रतिशत ल्याइन् ।
गणितमा चित्त नबुझेपछि मनिषाले पुनर्योगका लागि परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएकी छन् । ‘साउन १९ गते नतिजा आउदा मेरो ९८ नै आउनेछ,अनि हामी दुवैजनाको अंक बराबर होला’ मनिषा विश्वस्त छिन् ।
बढाइमा तेज यी जुम्ल्याहाले अब उच्च शिक्षाको गन्तव्य बनाएका छन् विज्ञान विषयलाई । अनि उनीहरु दुबैले रोजेका छन् जेभियर इन्टरनेशनल कलेज ।

जेभियरको छात्रवृत्ति

कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा प्रवेश परीक्षा दिन पुगेका यी जुम्ल्याहाको व्यक्तिगत र पारिवारिक अवस्था बुझ्नेवित्तिकै कलेजले उनीहरुलाई निःशुल्क पढाउने घोषणा गरिसकेको छ ।
‘उनीहरुको पढाइको स्तर र पारिवारिक अवस्था तथा रुचीलाई ध्यान दिएर हामीले छात्रवृत्ति प्रदान गर्दैछौं’ जेभियरका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले भने ‘जुम्ल्याहा त धेरै हुन्छन् तर यिनीहरु अरु भन्दा फरक पायौं’ ।

अनिषा र मनिषाको पारिवारिक आर्थिक अवस्था सामान्यस्तरको छ । बुबा कुमार वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा छन् । आमाको रेखदेखमा हुर्किएका यी जुम्ल्याहाले पढाइमा भने झण्डै नेपाल टप गरे ।
ज्ञानमाला स्कूलका पि्रन्सिपल अनिलकुमार राईका अनुसार यी जुम्ल्याहा दिदी बहिनी १३ वर्षअघि एकै दिन नर्सरीमा भर्ना भएका थिए । पढाइमा असाधारण तेज भएकाले ३ कक्षाबाट एकैचोटि ५ कक्षामा लगियो ।
कक्षामा पहिलो र दोस्रो स्थान सधैं यिनै जुम्ल्याहाको कब्जामा रहृयो । नम्बर बराबरी हुँदा पनि गोला प्रथाबाट यिनै पहिलो दोस्रो हुन्थे । तर, एसएलसीमा नम्बर बराबरी नआउँदा उनीहरु दुबै चिन्तित छन् ।


सामान्यतः विद्यार्थीमा एउटै दिदीबहिनी भए पनि आफू पहिलो हुँ भन्ने चाहाना हुन्छ । तर, यिनीहरु फरक छन् । बहिनी आफूभन्दा पछि परेकोमा दिदी अनिषा चिन्तित छिन् । भन्छिन्-सायद रिटोटलिङ गर्दा उसको मेरो बराबरी नम्बर हुन्छ, किनकि हामीले गणितमा एउटै उत्तर लेखेका हौं, मेरो बढी उसको घटी हुनै सक्दैन ।
रुची एउटै, रोग पनि एउटै

आमा तारा कोइरालाका अनुसार उनीहरुको खानपिन, पढाइलेखाइ सबै सँगै हुन्छ । रुची दुबैको एउटै छ । ‘एउटीलाई कुनै रोगले भेट्यो भने लगत्तै अर्कीलाई पनि त्यही रोगले छोइहाल्छ’ तारा भन्छिन् ‘एकैपटक दुवैको उपचार गर्ने पूर्वतयारी हुनुपर्छ’ ।
अहिलेसम्म सबै रुची एउटै भए पनि अबको बाटो भने उनीहरुले केही फरक फरक रोजेका छन् । अनिषा डाक्टर बन्न चाहान्छिन् भने मनिषा फार्मेसिष्ट बन्न चाहान्छिन् । घरबाट खर्च तिरेर पढाउने अवस्था नभएकाले पढाइमा अब्बल भएरै छात्रबृत्ति पाउनुपर्छ भन्नेमा उनीहरु प्रष्ट छन् ।

दुबैजनाले जेभियर इन्टरनेशनलमा बायोलोजी लिएर पढ्दैछन् । कपन सिमलटारदेखि जेभियर धाउने तयारीमा रहेका जुम्ल्याहा भन्छन्-पढाइका लागि नो कम्प्रोमाइज, जेभियरमा राम्रो छ भनेपछि हामीले नै कर गरेका हौं । पढाइमा दूरीको अर्थ हुँदैन ।
स्कूल बनाएर फर्किए

नृत्य दुबैको साझा सोख हो । धेरै नृत्य प्रतियोगितामा यी जुम्ल्याहाले जितिसकेका छन् । उमेरले १६ काट्न बाँकी छ । तर, यी जुम्ल्याहाले समाजसेवामा पनि हात हालिसकेछन् ।
एसएलसी दिएर खाली बसेका बेला भूकम्पले नराम्ररी हल्लाएपछि उनीहरुले सल्लाह गरे, यो विपतको बेला हामीले केही गर्न सक्दैनौं ? त्यसपछि उनीहरुले एउटा सामाजिक संस्थासँग मिलेर नुवाकोट र नगरकोटमा स्कूल भवन बनाउन श्रमदान गरे ।
भूकम्पका बेला सानो सहयोग भने पनि गर्न पाएकोमा उनीहरु दंग छन् । भन्छन्- हामी जुम्ल्याहा दिदी बहिनी भन्दा पनि साथीजस्तै छौं । दुवैको रोजाइ एउटै छन्, सायद विहे एउटैसँग नहोला, बाँकी काममा हामी अलग हुन सक्दैनौं ।
www.onlinekhabar.com
२०७२ असार २१ गते


काठमाडौं, २१ असार । नेपालमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अुनसार दोलखा केन्द्रविन्दु भएर आज विहान १० बजेर ४८ मिनेटमा गएको भूकम्पको नेपालमा धक्का महसुस गरिएको हो ।
दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ दशमलब ३ रेक्टर स्केलको हो । केन्द्रका अनुसार हिजो पनि दोलखामा भूकम्पको धक्का महसुस गरिएको थियो ।


स्रोत - दैनिक नेपाल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
 काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीको अवस्था बुझ्न मलेसिया र कतार गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जम्भो टोलीका सदस्यहरु मदिरा मस्त भएको प्रमाण फेला परेको छ ।

 मदिरासहितको भोजमा मस्ती गरेको तस्वीर फेसबुकमा राखि सार्वजनिक गरेपछि अख्तियारको छविमै आँच पुर्‍याएको दाबी सोमबार प्रकाशित साँघु साप्ताहिकले उजागर गरेको छ ।

अख्तियारका प्रहरी महाशाखाका प्रमूख डीआईजी पशुपति उपाध्याय, एसएसपी केदार रिजालसहितको अख्तियारको टोली मलेसियामा अति कष्टसाध्य काम गर्न विवश नेपालीको अवस्था बुझ्न भन्दापनि घुमघाम र मस्ती गर्न गएको मदिरामा मस्त भएको फोटो सामाजिक सञ्जालमा राखेपछि पुष्टि भएको छ ।
्र
साँघु साप्ताहिकमा अनुसार अख्तियारको टोलीले सिंगापुरमा मदिरासहितको रमझम देखाएको छ । पहिला अख्तियारको कार्यालय सहयोगी र पछि करारमा कम्प्यूटर अपरेटरमा राखिएकी आकृति रायमाझीलाई पनि अनुसन्धान विज्ञका रुपमा मलेसिया लगिएको छ । उनै आकृतिको बिषयलाई लिएर बेला बेलामा बिभिन्न समाचारहरु प्रकाशित हुँदै आएको छ ।
काठमाडौं, २१ असार । स्वामी कमलनयनाचार्य बाबाले भक्तपुर, छालिङ–९ मा वनक्षेत्र कब्जा गरी आलिसान आश्रम बनाए ।
रूखजति मासेर सुविधा सम्पन्न निवास, प्रवचन कक्ष र मन्दिर बनाइएको थाहा पाउँदा पनि जिल्ला वन कार्यालयले वास्ता गरेन ।
सुरुमा श्रीवन सामुदायिक वनका उपभोक्तालाई प्रलोभनमा पारी स्वामी त्यहाँ प्रवेश गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
विभिन्न शक्ति केन्द्रको सहयोगमा उनले रातारात आलिसान आश्रम खडा गरे ।
आश्रममा प्रधानमन्त्री भइसकेका नेता, संवैधानिक अंगका पदाधिकारीहरू, प्रहरीका हाकिमदेखि व्यापारीसम्मको ओइरो लाग्न थालेपछि तालुकदार वन कार्यालय बोल्न सकेन ।
बरु आश्रमले आगेटेको वनक्षेत्र उक्त कार्यालयले पछि तिनै बाबालाई नै सुम्पियो ।
कार्यालयले २०६९ कात्तिक २७ गते तत्कालीन छालिङ–९ ९अहिले चाँगुनारायण नगरपालिका० स्थित ५।४४ हेक्टर वन पञ्च महालक्ष्मी अखण्डज्योति धार्मिक वनका नाममा हस्तान्तरण गरेको हो ।
‘स्वामीजी पहुँचवाला मान्छे रहेछन्,’ भक्तपुरका डीएफओ सूर्यकान्त सिग्देलले आइतबार भने, ‘वन कार्यालयले के कारबाही गर्न सक्नु रु’ सिग्देल भक्तपुर डीएफओ हुनुअघि नै स्वामीलाई वन हस्तान्तरण गरिएको हो ।
धार्मिक वनले अनुसरण गर्नुपर्ने नियम पालना गरेरनगरेको पनि वन कार्यालयलाई थाहा छैन । ‘हामीले उहाँलाई केही प्रश्न गर्न सक्दैनौं,’ सिग्देल स्विकार्छन्, ‘हामीलाई टेरपुच्छर लगाए पो कारबाही गर्नु ।’
धार्मिक वन भनी हस्तान्तरित जग्गामा सरोकारवाला पक्ष कसैले बोटबिरुवा मास्न र ठूला भौतिक संरचना बनाउन पाइँदैन ।
२१ असार, काठमाडौं । उपत्यकामा भूकम्पपछि आत्महत्याका घटना बढेका छन् । फागुन र चैतको तुलनामा वैशाख र जेठमा आत्महत्या गर्ने बढेको महानगरीय प्रहरी कार्यालयको विवरण छ ।
प्रहरीका अनुसार उपत्यकामा फागुनमा २६ जना तथा चैतमा २८ जनाले आत्महत्या गरेका थिए । १२ वैशाखको भूकम्पयता वैशाखमा ३६ जना तथा जेठमा ३१ जनाले आत्महत्या गरेको नयाँ पत्रिकामा खबर छ ।
गाली गर्दा छोराछोरी गुम्ने खतरा
छोराछोरीलाई सँधै गाली गर्ने अभिभावकको बानीले छोराछोरी गुम्ने खतरा रहेको प्रहरीको अध्ययनले जनाएको छ । प्रहरीका अनुसार वैशाख र जेठमा उपत्यकामा आत्महत्या गर्ने ६७ मध्ये पाँचजनाले अभिभावककै गालीका कारण आत्महत्या गरेका छन् ।
किशोर अवस्थामा छोराछोरीलाई गाली गर्दा उनीहरुले आत्महत्या गर्ने प्रवृत्ति देखिएको प्रहरी अनुसन्धानमा उल्लेख छ । अभिभावकले राम्रो उद्देश्यले गाली गरे पनि छोराछोरीमा त्यसकै आवेगमा आत्महत्या गर्ने मनोविज्ञान देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
www.onlinekhabar.com
चर्चित गायिका अञ्जु पन्तले आफूले आत्महत्याको प्रयास गरेको केही समयअघि एक अन्तवार्तमा वताएकी थिइन् । मनोज सेवासँग सम्बन्धविच्छेद भएपछि उनले आत्महत्या प्रयास गरेको उनैले वताएकी हुन् ।
तर, के साँच्चै अन्जुले आत्महत्या प्रयास गरेकी नै होलिन् त ? उनका फ्यानहरुलाई यो निकै चासोको विषय बनेको छ ।
वियागान्त गीतमा जमेकी गायिका अन्जु अहिले अलि बढी तनाबमा छिन् । अब बिहे नगरेर एक्लो जीवन विताउँने निष्कर्षमा पुगेकी अन्जु बेलाबेला चर्चामा आइरहने र रुचाउने गायिका हुन् ।yeskathmandu.com
काठमाडौं, २१ असार । जीवनकुञ्जमा दैनिकी जीवन बिताइरहेका पूर्व युवराज पारस शाह र पत्नी हिमानी छुट्टै बस्ने गरेका छन् ।
करिब चार वर्ष लामो थाइल्यान्ड बसाइपछि नेपाल आएका पारससँग छोरी पूर्णिका,कीर्तिका र छोरा हृदयन्द्र बस्ने गरेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
पत्नी हिमानी भने निर्मल निवासमा बस्ने गरेकी छिन् । धर्मकर्ममा अधिक विश्वास गर्ने हिमानीलाई कपन पञ्चकन्या बस्दै आएकी माता सविता सरु शर्मा आचार्यले तत्काल श्रीमान् पारससँग नबस्न आग्रह गरेपछि उनी अहिलेसम्म छुट्टै बसेकी छिन् ।
निर्मल निवास स्रोतका अनुसार माताकै आग्रहपछि पारस र हिमानीसँगै बस्ने सम्भावना रहेको छ ।
dainiknepal.com
विकाश श्रेष्ठ । २१ असार, सोल ।
दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । आइतबार साँझ छाङवनमा भएको उक्त दुर्घटनामा स्याङजा विरुवा अर्चलका त्रिचालीस वर्षीय भिमसेन के.सी र नवलपरासी सुनवलका त्रिपन्न वर्षीय राम बहादुर सिंजालीको ज्यान गएको हो ।

आइतबारे विदाको दिन घुमेर कम्पनीमा फर्कदै गर्दा सडकको पर्खालमा ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको जनाइएको छ । के.सीको दुर्घटनास्थलमै र सिंजालीको उपचारका लागि अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको बताइएको छ ।

मृतक के.सी शरणार्थी भिषामा र सिंजाली लामो समय देखि अबैधानिक रुपमा बस्दै आएको बुझिएको छ । मृतकहरुको शव सामसंग अस्पतालमा राखिएको छ ।
यसैबीच सोलस्थित नेपाली दुतावासले आधिकारिकरुपमा घटनाको जानकारी नआएको बताएको छ । तर केही नेपालीहरुले घटनाको बारेमा जानकारी गराएको र त्यसका बारेमा जानकारी लिने प्रयास भइरहेको दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले बताए ।
नयाँ आइफोन सेप्टेम्बरमा लञ्च हुने

एजेन्सी ।

एप्पल iPhone मन पर्छ भने तपाइँका लागि खुसीको खवर छ । एप्पलले आफ्नो नयाँ आइफोन आगामी सेप्टेम्बर १८ मा लञ्च गर्न लागेको समाचार श्रोतहरुले जनाएका छन् ।



Apple iPhone 6s र Apple iPhone 6s Plus भर्सन १८ सेप्टेम्बरमा लञ्च गर्ने तयारी एप्पलले गरेको जानकारी सञ्चार माध्यमहरुले दिएका छन् ।

गत वर्ष १९ सेप्टेम्बरमा एप्पलले नयाँ आइफोन लञ्च गरेको थियो । यि दुवै फोन बजारमा नपुग्दै सकिएका थिए ।

एप्पलले ल्याउन लागेको नयाँ आइफोनमा iOS9 अपरेटिङ सिष्टम हुने अपेक्षा गरिएको छ । यद्यपी यस विषयमा एप्पलले आधिकारिक पुष्टी गरेको छैन ।

नयाँ आइफोनमा नयाँ फिचर सहित पुराना फिचरलाई पनि प्रभावकारी बनाउने एप्पलले जनाएको छ ।
मानव तस्करीको 'हब' बन्यो जोगवनी नाका
२०७२ असार २० गते


२० असार, बिराटनगर । मोरङको बिराटनगर एवं रानी भन्सारसँग सीमा जोडिएको जोगवनी नाका मानव तस्करहरुका लागि सुरक्षित नाकाका रुपमा प्रयोग हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
मानव बेचबिखनमा संलग्न रहेको भन्दै प्रहरीले आइतबार एक महिलालाई सार्वजनिक गरेको छ । ती महिलाले भारत लैजान लागेका पाँच युवतीलाई प्रहरीले उद्धार गरेको छ ।
डरलाग्दो तथ्यांक
मोरङका प्रहरी प्रमुख तारणीप्रसाद लम्सालका अनुसार भारत तथा तेश्रो मुलुकमा रोजगारीको आश्वासनमा यही मार्ग भएर महिला एवं वालवालिकाहरु ओसार्ने गरिएको छ । उनीहरुलाई अरबसम्म लैजाने भनिए पनि भारतमा बेच्ने गरिएको प्रहरीको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार अपरान्ह आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक लम्सालले एक वर्षको अवधिमा १ सय ४६ जनालाई जोगवनी नाकाबाट उद्धार गरिएको तथ्यांक सार्वजनिक गरे ।
यसरी उद्धार गरिएका मध्ये बढीजसो महिला र वालिकाहरु छन् भने केही वालकहरु छन् । उद्धार गरिएका मध्ये १२ देखि १८ वर्षका ४२ जना वालिका छन् । त्यस्तै १२ देखि १५ वर्षका १७ जना वालकको उद्धार गरिएको छ । तस्करहरुको पञ्जाबाट १८ देखि ३८ वर्षका ८८ जना महिलाको उद्धार गरिएको छ । वर्ष दिनमा यतिठूलो संख्यामा महिला र वालवालिका बेचबिखनमा पर्नु चानचुने घटना नभएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सो एक वर्षको अवधिमा मानव ओसार प्रसार तथा बेचबिखन तथा ओसार पसारमा संलग्न १५ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
सातदोबाटोबाट उठाएर नाइट बसमा बिराटनगर
वैदेशिक रोजगारमा पठाइदिने बहानामा पाँच युवतीलाई बिराटनगर हुँदै जोगवनी नाकाबाट भारत लाने क्रममा पथरी शनिश्चरे नगरपालिका ८ की मोटी भनिने शान्ता लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिराटनगरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
मोरङ घर भई ललितपुरको ठेचोमा बस्दै आएकी ३२ वर्षीया लिम्बुलाई पाँचजना युवतीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङ वयरवन-८ की २१ वर्षीया दुर्गा जोगी, कञ्चनपुर त्रिभुवन वस्तिकी २१ वर्षीया कोपिला तामाङ, म्याग्दी सिंहकी ३८ वर्षीया मनमाया विक, उदयपुर राजावास गाईघाटकी २३ वर्षीय सुकिका दनुवार र सप्तरी ढकली वथनाहाकी २५ वर्षीया मंगलीदेवी रामलाई भारत लैजाने क्रममा लिम्बू पक्राउ परेकी हुन् ।
उनीहरुलाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै कुवेत पठाइदिने बाहनामा जोगवनी नाका पुर्‍याइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगाप्रसाद पाण्डेले जानकारी दिए ।
शान्तिले पाँच युवतीहरुलाई ललितपुरको सात दोबाटोबाट स्थल मार्गको प्रयोग गरी जोगवनी ल्याएकी थिइन् । शान्तिले आफुलाई जोगवनीको बाटो प्रयोग गरी भारत लान एजेन्टले अह्राएको पत्रकार सम्मेलनमा बताइन् ।
भक्तपुरका प्रदीप तामाङ र काभ्रेकी कविता सेवाले आफूलाई जोगवनी पठाएको शान्तिले जानकारी दिइन् । जोगवनीमा रेल सेवाको सहजता भएकाले घुम्न जाने बहानामा तस्करहरुले रानी नाका प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार मानव तस्करहरुले मुलुकका अन्य नाका पनि प्रयोग गर्ने गरेका छन् तर, जोगवनी नाका भने उनीहरुको मुख्य मार्ग भएको पाइएको छ ।
प्रहरीले शान्तिलाई मानव वेचविखन तथा ओसार प्रसारमा मुद्दा चलाइएको जनाएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
हुन त प्रेम अभिब्यक्त गर्नका लागि ‘आइ लभ यू’अर्थात म तिमीलाई प्रेम गर्छु भन्नु जति प्रभावकारी केही पनि हुँदैन । यो साधारण तर सबैभन्दा प्रभावकारी तरिका हो । यो पुरानो जमाना देखि चलेको भाषा र तरिका पनि हो । तर जमाना बदलिँदै जाँदा ‘आइ लभ यू’ को अर्थ भन्दा अझै फरक भाषामा मानिसहरु प्रेम ब्यक्त गर्न मन पराउन थालेका छन् ।

यहाँ ‘आइ लभ यू’ नभनिकन प्रेम ब्यक्त गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ । कसैलाई प्रस्ताव गर्दा वा प्रेम ब्यक्त गर्दा ‘आइ लभ यू’ नभनीकन पनि कसरी भन्ने त ? थाहा पाइराख्नुस् १० बैकल्पिक भाषा र अभिब्यक्ति ।



१ म तिमीलाई भित्र देखि सम्मान गर्छु

कसैलाई आफूले मन पराउने कुरा बताउनु छ वा प्रेम ब्यक्त गर्नु छ भने ‘आइ लभ यू’ को सट्टा आइ अडोर यू अर्थात म तिमीलाई कदर गर्छु वा सम्मान गर्छु भन्न सकिन्छ । यसले पनि प्रेम ब्यक्त गर्छ र उस्तै भावना जगाउँछ ।

२ म तिमीप्रति नतमस्तक छु

कुनै ब्यक्तिलाई प्रेम ब्यक्त गर्दा ‘आइ लभ यू’को सट्टा आइ इन्फ्याचुएटेड विद यू पनि भन्न सकिन्छ । यसको अर्थ म तिम्रा हरेक कुरामा नतमस्तक छु । भन्ने हो यसले प्रेमको अवस्थालाई नै बुझाउँछ । यसले ‘आइ लभ यू’ भन्नु भन्दा फरकपन पनि महसुस गराउँछ ।

३ म तिम्रै हुँ
‘आइ लभ यू’ को साटो अझै मिठो भाषामा आफूलाई अरुको प्रेममा परेको बुझाउन चाहनु हुन्छ भने आइएम योर्स अर्थात म तिम्रै हुँ पनि भन्न सक्नु हुन्छ ।

४ म तिम्रो सपना देख्छु

तपाइँलाई प्रेम ब्यक्त गर्न मन छ र अझै प्रेमिल भाषामा ‘आइ लभ यू’ भन्न चाहनु हुन्छ भने आई ड्रिम अफ यू पनि भन्न सक्नु हुन्छ । यसले म तिम्रो सपना देख्छु भन्ने अर्थबाट तिम्रो प्रेममा परेको छु र तिम्रैबारेमा मात्र सोंच्छु भन्ने अभिब्यक्त गर्छ ।

५ म हाम्रो प्रेममा जिउँछु

यदि तपाइँ नयाँ तरिकाले प्रेम प्रस्ताव गर्न चाहनु हुन्छ भने आइ लिभ फर आवर लभ अर्थात म हाम्रो प्रेमका लागि जिउँछु भन्न सक्नु हुन्छ ।



६ मलाई तिम्रो नजिक भैरहन मन पर्छ

‘आइ लभ यू’ भन्नुको साटो आइ लभ विइङ अराउण्ड यू अर्थात मलाई तिम्रो नजिक भैरहन मन पर्छ भन्दा पनि प्रेमको अभिब्यक्ति उत्तिकै बलियो हुन्छ ।

७ म निशर्त प्रेम गर्छु
तपाइँलाई म तिमीलाई प्रेम गर्छु ‘आइ लभ यू’ मात्र भन्न मन लाग्दैन भने माइ लभ इज अनकण्डिसनल अर्थात मेरो प्रेम निशर्त छ भन्ने कुरा बुझाउन सक्नु हुन्छ ।

८ म तिमी बिना केही होइन
आइएम नथिङ विदआउट यू भन्नु पनि ‘आइ लभ यू’ भन्नु भन्दा प्रभावकारी बन्न सक्छ । यसले सुन्ने मानिसलाई फरक र विशेष अनुभव गराउँछ ।


९ मलाई तिमी मेरो छेउँमा चाहिन्छ

‘आइ लभ यू’ भन्नुको साटो कहिले काँहि आई नीड यू बाई माई साइड अर्थात म तिमी मेरै छेउँ छाउ होउ भन्ने चाहन्छु भनेर पनि प्रेम ब्यक्त गर्न सकिन्छ । यसले तपाइँले उक्त ब्यक्तिप्रति अनुभव गर्ने विशेष भावना झल्किन्छ ।

१० तिमी र म सदाका लागि

‘आइ लभ यू’ भन्नुको साटो यू एण्ड मी अलवेज अर्थात म र तिमी सदाका लागि भन्ने अभिब्यक्तिबाट पनि प्रेमिल अनुभव गराउन सक्नु हुन्छ ।
काठमाडौं । एक वर्षसम्म प्रेम । त्यसपछि विवाह । हाम्रो समाजको मान्यता अनुसार युवकको सबै खुसी पुरा भयो तर, सुहागरातको समयमा ती युवकका सबै सपना छताछुल्ल भए । विवाहको खुशी पलभरमै सकियो ।
जसलाई उनी आफ्नी जीवन संगिनी बनाएर ल्याएका थिए, यद्यपी उनी समलिङ्गी रहेछिन् । पोल खुलेपछि पनि सहलिङ्गीले ती युवकसँग पति पत्नीका रुपमा बस्छु भनेर जिद्दी गरिन् । युवकले सँगै नराख्ने निर्णय लिए ।
घटना भारतको मुरादनगर थाना क्षेत्रको एक गाउँको हो । गाउँ निवासी एक युवक झांसीको एक कम्पनीमा जागिर गर्ने । एक वर्षपहिले उनको भेट कम्पनीमा कार्यरत एक युवतीसँग भयो ।
दुबैबीच विस्तारै विस्तारै प्रेम बस्यो । वर्षभरी दुबै जना एकअर्कासँग भेटघाट डेटिङ गरिरहे । प्रेमको चरम उत्कर्षमा पुगेपछि युवकले ती युवतीलाई विवाहको प्रस्ताव राखे । र युवती सहर्ष स्वीकार गरिन् । दुबैले पहिला अदालतमा विवाह गरे र त्यसपछि घरमा दुबैका परिवार सहभागी भएर परम्परा अनुसार धुमधामका साथ विवाह गरे ।
युवकका अनुसार त्यसपछि जब सुहागरातको मनाउने कार्यक्रम सुरु भयो । त्यो बेला ती युवती समलिङ्गी भएको पोल खुल्यो त्यसपछि युवतीका माइतीले भने कि उनी जन्मे देखि नै समलिङ्गी थिईन् ।
दुबै पक्षका व्यक्तिले सम्बाद छलफल गरे । अन्तिममा युवतीका परिवारजनले उनलाई माइत फिर्ता लगे । यो घटनाको प्रहरीले भने सुइको सम्म पाएन् । ती युवकको पैसा र जवानी समलिङ्गीका कारण फोकटमा खर्च भयो । एजेन्सी
dainiknepal.com
पोखराः प्रेमिकासँग झगडा परेपछि तनावमा रहेका मणिपाल शिक्षण अस्पताल पोखराका एक डाक्टरको शनिबार राति घरको छतबाट खसेर ज्यान गएको छ ।

प्रेमिकासँगको खटपटपछि तनावमा रहेका २६ वर्षीय इन्र्टन डाक्टर अनिमेश ठाकुरको शनिबार राति मणिपाल अस्पताल नजिकैको फुलबारीमार्ग सेक्टर २ स्थित घर नं ४६ को तेस्रो तलामाथिबाट राति पौने दश बजे खसेका ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनापछि प्रेमिकासँगको मनमुटावका कारण ‘आत्महत्या’ गरेको या दुर्घटनामा परेको आंशकामा अनुसन्धान शुरु गरेको छ । उनको परिवारले भने अनिमेशको मृत्यु ‘शंकास्पद’ भन्दै छानबिनको माग गरेका छन् ।

‘सँगै पढ्ने प्रेमिकाले पहिला जे भएपनि अब आफ्नो बाटो हिड्नुपर्छ भनेपछि ठाकुर केही दिनदेखि उनी तनावमा रहेछन्,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक हरिबहादुर पालले भने, ‘मनमुटावपछि मदिरा पिएर प्रेमिकाको कोठामा पुगेका ठाकुरले धोका पाएको भन्दै छतबाट हामफालेका वा नसाले सन्तुलन गुमाइ आफैँ खसेको हुन सक्छ ।’

ठाकुर शनिबार राति मृत्यु हुनुअघि युवतीको कोठामा अर्का इन्टर्न डाक्टर आयुस अर्यालसँगै रहेका थिए । डा. अर्याल प्रहरी महानिरीक्षक उपेन्द्रकान्तका छोरा हुन् ।

प्रहरीले रेलिङ्गमा झुन्डिएका ठाकुरलाई सँगैका साथीले बचाउन खोज्दाखोज्दै खसेका बताएको छ । ‘रक्सीले मातेका साथी रेलिङ्गमा झुन्डिएपछि उनीसँगैका केटा र केटी साथीले तानेर बचाउने प्रयास गरेछन,’ प्रउ पालले भने ‘तर ७२ किलोका ठाकुरलाई माथि तान्न नसकेकाले भुइँमा खसेछन ।’

राति पौने दशबजेतिर ठूलो आवाजसँगै युवती चिच्याएको आवाज आएपछि स्थानीबासी घटनास्थलमा पुगेका थिए ।

‘ठोक्किएको ठूलो आवाजसँगै केटी कराएको सुनेर हामी हेर्न जाँदा ठाकुर रगतको आहालमा पल्टिरहेका थिए,’ घटनास्थल रहेको घरको भूइँतलामा बस्दै आएका सुशीलप्रसाद साहले भने ‘सधैँ देखिरहेको मान्छे रगताम्मे भएको देखेपछि एकैछिनमा अस्पताल पुर्‍यायौं तर उनलाई बचाउन सकिएन ।’

ठाकुर र काठमाडौं घर भइ मणिपालमै इन्र्टनसिप गर्दै आएकी एक चिकित्सक युवतीबीच तीन वर्ष अघिबाट प्रेम सम्बन्ध रहँदै आएको ठाकुरका एक साथीले भने ।

‘ठाकुर र  युवती केही वर्ष पहिलेदेखि नै प्रायः सँगसँगै हुन्थे,’ उनले भने ‘केटी बसेको कोठामा उनी गइरहेका हुन्थे । तर अहिले यस्तो दुःखद् क्षण देख्नुप¥यो ।’

छोराको निधनको खबर सुनेपछि स्वास्थ्य मन्त्रालयका सहसचिव समेत रहेका डा. गरिबदास ठाकुर बिहानै आफन्तसहित पोखरामा आइपुगेका थिए । उनले छोराको मृत्युलाई ‘शंकास्पद’ भन्दै छानविन गर्न माग गरेका छन् ।

‘लेखपढ गर्न पनि सिपालु भएकाले आत्महत्या गर्ने कमजोर मनोबलको स्वभाव उसमा थिएन’, पुत्र वियोगमा भक्कानिदै उनले भने ‘मृत्यु शंकास्पद देखिन्छ, प्रहरी र अस्पताल सबैले घटनाको छानबिन गरी मलाई न्याय दिलाउन आग्रह गर्छु ।’ www.annapurnapost.com
काठमाडौँ, २० असार ।
अर्थमन्त्री डा रामशरण महतले आगामी आर्थिक वर्षको बजेटमा भूकम्पपछिको पुनःनिर्माणका लागि छुट्टै शीर्षकअन्तर्गत बजेट छुट्याइने जानकारी दिएका छन् ।
व्यवस्थापिका संसद्को अर्थ समितिको बैठकमा डा महतले यसको जानकारी दिएका हुन् । ‘विनियोजन विधेयक २०७२ को सिद्धान्त र प्राथमिकता’ सम्बन्धमा भएको छलफलमा मन्त्री महतले छुट्टै शीर्षकमा रहने उक्त बजेट अब बन्ने ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’ले परिचालन गर्ने बताए ।

पुनःनिर्माणको काम पाँच वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले बजेट र योजना तर्जुमा गरेको छ । तालिमयुक्त जनशक्ति निर्माण गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रमार्फत ५० हजार युवालाई पुनःनिर्माणमा आवश्यक पर्ने तालिम दिने तयारी सरकारले गरेको छ ।

भूकम्पले भत्केका घरको पुनःनिर्माण गर्न दुईदेखि तीन वर्ष लाग्ने र अन्य सरकारी भवन, मठ, मन्दिर, दरबार, पुरातात्विक सम्पदाको पुनःनिर्माण सम्पन्न गर्न पाँच वर्षसम्मको समय लाग्ने सरकारको आकलन छ ।
मन्त्री महतले खर्च गर्ने सरकारी प्रशासनिक क्षमता कमजोर भएकाले बजेट समयमै खर्च हुन नसकेको अवगत गराउँदै बजेट कार्यान्वयन सम्बन्धमा सभासद्लाई आ–आफ्ना क्षेत्रमा अनुगमन गर्न आग्रह गरे ।


एक आर्थिक वर्षमा मन्त्रालय तथा विभागमा हुने कर्मचारीहरुको पटक–पटकको सरुवाले पनि प्रशासनिक अस्थिरता उत्पन्न भई समयमै विकास खर्च गर्न कठिनाइ भएको मन्त्री महतको भनाए थियो ।
मेधावी र विज्ञ व्यक्तिलाई कर्मचारीतन्त्रमा प्राथमिकता दिनुपर्ने बताउँदै मन्त्री महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताले प्रशासनिक क्षेत्रमा अनियमितता र भ्रष्टाचार कम भई अर्बांै रकम जोगिएको जानकारी दिए ।

वर्षको अन्तमा खर्च हुने परिपाटीलाई नियन्त्रण गर्न यसपालिदेखि मन्त्रालयले आर्थिक वर्षको सुरुमै सबै मन्त्रालयलाई अख्तियारी दिने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार यस वर्षको साधारण बजेट पाँच प्रतिशतले बढ्ने र विकास खर्च २२ प्रतिशत बढ्ने बताएको छ ।

समितिका सभापति प्रकाश ज्वालाको सभापतित्वमा भएको बैठकमा सभासद्हरुले प्रत्येक वर्ष बजेट बढाउन माग गर्ने तर खर्च गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न र पुँजीगत खर्च गर्ने क्षमताका लागि सुशासन कायम गर्न सुझाव दिए ।
सभासद्हरुले कृषि, वन, स्वास्थ्य, खानेपानी, सरसफाइलगायतका क्षेत्रमा बजेट बढाउनुपर्ने माग गरेका थिए । उनीहरुले भूकम्पपछि वर्षायाममा पहाडमा पहिरो र तराईमा बाढीको खतरा रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
माता कसलाई भनिन्छ ? त्यो त सबैलाई थाहा होला नै । हामी तपाइलाई आज १ माताले गरेको भविष्य वाडी उल्लेख गर्दैछौ । धनकुटा, ताङ्खुवा गाविस, सिँधुवाकी २४ बर्षिय आचार्यलाई देशका धेरैजसो ठूला नेता, पूर्वराजपरिवारदेखि राष्ट्रिय जीवनमा ख्याती कमाएका अनेकन व्यक्तिसँग भेट्ने गरेको छ ।


 पूर्वयुवराज पारससँग पत्नी हिमानी र पिता ज्ञानेन्द्र बस्नु उचित हुँदैन, सँगै बस्ने योग पनि छैन भनेर भबिष्यबाणी गरेकी थिईन् । यसै साता पारस बैंककबाट नेपाल फर्किए । उनले भनेजस्तै पारस निर्मल निवास गएनन् र हिमानी पनि लागिन् दिल्लीतिर । उनलाई ८ वर्षकै उमेरमा भगवान शिव र सरस्वती प्रकट भएर अलौकिक शक्ति प्राप्त भएको दाबी गरिन्छ ।

प्रस्तुत छ, उनीसँगको वार्ता :
० अब देशको अवस्था के हुने देखिन्छ ? – २०७२ सालमा शान्ति छैन । जेठ–असारमा रक्तपात नै हुने योग छ । सबैले जोगिएर हिँड्नुपर्छ, त्यसमा पनि नेतृत्वमा रहनेले झन् बढी सजग हुने बेला छ । ०७३ साल लागेपछि बल्ल केही न केही शान्ति होला, त्यो पनि पूर्ण शान्ति हुँदैन । जस्तो कि, ०७१ सालमा ठूलै नेता गुमाउनुपर्ने कुरा मैले एक वर्षदेखि भन्दै आएकी थिएँ । दुई–तीन महिना पहिले चितवनका विभिन्न एफएम र पत्रिकाहरुमा पनि भनेकी थिएँ । घटना अहिले भएको छ । ० निर्मल निवासतिर गइरहनुहुन्छ । पूर्वराजाको खबर के छ ? – पोहोर जेठ २६ गते भेटेकी हुँ । त्यतिबेलै भनेकी थिएँ, ०७१ साल स्वास्थ्यको हिसाबले पनि राम्रो छैन, सतर्क भइबक्सेला । नभन्दै हर्टअट्याक भएछ ।

० त्यहाँको वातावरण के पाउनुभयो ? – म छिर्नेबित्तिकै चराहरुले मसँग कुराकानी गर्न थाले । ती चरारुपी राजसंस्थाका दिवंगत परिवार रहेछन् । उनीहरुले भने, ‘देशमा ठूलो क्रान्ति हुँदैछ, शान्ति हुने देखिँदैन ।’
० दरबार हत्याकाण्डबारे पनि केही कुरा आयो कि ? – ती चराहरुसँग बात मार्दा त्यो हत्याकाण्डमा केही विदेशी शक्तिहरुको हात छ भन्यो । नेपालमा पनि केही समस्या परेको थियो, त्यो समस्याले पनि सहयोग गर्‍यो । चराहरुले भने, ‘शान्तिका लागि आशीर्वाद दिनुहोला । हाम्रो हत्यापछि अशान्ति छाएको हो ।’ देखिँदा चराजस्तो, तर मोटो–मोटो मान्छे थियो त्यो ।

० त्यसबेला तपाईंसँग को–को थिए ? – म पूर्वराजाको वेटिङमा थिएँ । उहाँका सचिवहरु थिए । माथिबाट एउटा काग सेल रोटी बोकेर झार्यो । उनीहरु मोटा–मोटा थिए । हरियो–नीलो कपडा लगाएको एउटा आइमाईले ‘मलाई नमार–मलाई नमार भन्दै मारे’ भनिरहेको सुनिन्थ्यो । विधुवाजस्ती थिइन् उनी । यस्तो दृष्यबाट मेरो आँखामा आँशु बग्न थाल्यो । यत्तिकैमा पूर्वराजा आउनुभयो । मैले चराहरुसँग बात मारेको कुरा सुनाएँ । उहाँले भन्नुभयो, ‘म जहाँ जान्छु, यी चराहरु पनि सँगै आउँछन् । नारायणहिटी बसे त्यहीँ पुग्छन्, निर्मल निवासमा छु, यहीँ आए, नागार्जुन गएँ भने त्यहाँ पनि पुग्छन् ।’ मैले आजभोलिमै यहाँभित्र केही घटना हुन्छ भनेकी थिएँ । त्यसै दिन (जेठ २६ मा) निर्मल निवासभित्रै एउटा गाडी जलेछ ।

० निर्मल निवासका समस्या के रहेछन् ? – अशान्ति हुनु, तनाव आइरहनु र सबै रोगी हुनुमा त्यहाँ घनघोर अशान्ति दोष भएको पाएँ ।
० हिमानीको कुरा के रहेछ ? – दुई हप्ताअघि मैले नै भेट्न चाहेकी थिएँ । भेट भयो । पूर्वराजा ज्ञानेन्द्रको तीनपल्ट राजा बन्ने योग छ । योग हुँदैमा त्यही कुरा भइहाल्छ भन्ने छैन । तर, उहाँका लागि केही समय अनुकूल छ । उहाँको मनमा अशान्ति भएको पाएँ । छोरा पारसको कान्छी छोरी जन्मिएपछिको अवस्था बाबु–छोरालाई टाढा गराउने योग थियो ।

० हिमानी र पारसमा समस्या कोसँग रहेछ ? – हिमानी सरकारबाट त म एकदमै प्रभावित भएँ । आजसम्म मैले उहाँजस्तै नेपाली नारी कोही पनि भेटेकी छैन । उहाँलाई सहयोग नगर्ने कोही छैनन् । उहाँ देशका लागि चिन्ता गर्ने मान्छे । महारानी बन्नुछैन, देशकै मान्छेलाई सेवा गर्न पाऊँ भन्नुहुन्थ्यो । आफू दुःखी भएर पनि अरुका लागि केही गरौँ भन्ने भावना पाएँ । पारस सरकार नेपाल आएपनि सँगै बस्न राम्रो छैन भनेकी थिएँ । मैले त शक्तिले देखेको कुरा भनेकी हुँ ।

 कुनै धामी–झाँक्री बसेर भनेको होइन । यस्तो हुनुमा निर्मल निवासको दोष हो । पुरोहितलाई पढाएर ग्रहशान्ति गर्ने हो भने उहाँहरुको परिवारमा केही शान्ति हुनसक्छ । अर्कोकुरा, त्यहाँ कूल–पितृहरुलाई राम्रोसँग पुजिएको छैन । पितृले सधैँभरि सताइरहन्छ । जसलाई पितृले सताउँछ, त्यस्तो परिवारमा कतिबेला के हुन्छ भन्ने कुराको पत्तो नै हुँदैन । अहिले निर्मल निवासमा पनि पितृले सताएका छन् । त्यसैले त अनपेक्षित घटनाहरु हुँदै जान्छन् । यस्तोमा सोचेका कामहरु पनि तत्काल नहुने हुन्छ ।

० नेपालका नेताहरुको दशा–ग्रह के पाइन्छ ? – माधव नेपाल फेरि प्रधानमन्त्री बन्नुहुन्छ । तर, उहाँको पार्टीमा अझै समस्या रहन्छ । तत्कालै सहमतिमा पार्टी चल्नेजस्तो देखिँदैन । हाम्रो देशका कतिपय नेताहरु नराम्रो कुरा सुन्नै चाहनुहुन्न । तर, माधव नेपाल नराम्रो कुरा पनि राम्रोसँग सुन्नुहुन्छ । मैले पूर्वगृहमन्त्री माधव घिमिरेलाई भनेकी थिएँ, ‘संविधानसभा भवनको प्रवेशद्वार उत्तरतिर फर्किएकोले राम्रो छैन ।’ तर, मैले बोलेर के हुन्छ र ? कसैले सुनेनन्, फलतः त्यही संविधानसभाले झन्झन् विकराल समस्या ल्याउँदैछ ।
० युवतीमाथि एसिड हान्ने, बलात्कृत बालिका मारिनेजस्ता घटनाका कारण के हुन्जस्तो लाग्छ ? – म गृहमन्त्रीलाई भेट्न गएँ, मन्त्रालयमा । तर, भेट भएन । त्यहाँ बास्तुदोष पाएँ । मलाई लाग्छ, गृहमन्त्रीको योगमा केही समस्या छ । उहाँको ग्रहदशाले होला, उहाँ गृहमन्त्री भएदेखि नसोचे–नसोचेका घटना भइरहेका छन् ।

० विदेशमा बस्नेहरु के भन्छन् ? – राजनीतिक दलको चालामाला देखेर विदेशमा बस्ने नेपालीहरु बढी चिन्तित भएको देख्छु । उहाँहरु मलाई सोध्नुहुन्छ, ‘अब राजसंस्था कहिले आउँछ ?’ पूर्वराजा, उहाँका नाती हृदयेन्द्रको योग त राम्रो छ, तर योग हुँदैमा त्यस्तै हुन्छ भन्ने पनि छैन ।

० हेराउने काममा कत्तिको व्यस्त रहनुहुन्छ ? – हेराएर रातारात करोडपति हुन्छ भन्ने होइन । कर्म पनि गर्नुपर्छ । कर्मसँगसँगै भाग्यको कुरा हुन्छ । स्रोत : OS NEPAL
काठमाडौं, २० असार । मध्य प्रदेशको खरगोन जिल्लामा एक युवतीले लभ म्यारिज गरेको १५ दिनपछि विष सेवन गरेर आत्महत्या गरेकी छिन् । माइती पक्षको आरोप छ कि दीपिकालाई हात–खुट्टा बाधेर विष सेवन गराइएको थियो ।
उनीहरुले भनेका छन् कि धेरै दिनदेखि दीपिकालाई यातना दिइँदै थियो । घटना पछि पोस्टमार्टम रूमको बाहिर ससुराल र माइती पक्षबीच भनाभन भएको थियो ।
ससुराल पक्षले भनेका छन् कि विषादी औषधी सेवन गरेपछि दीपिकाले घरको ढोका बन्द गरेकी थिईन् । जब धेरै समयसम्म ढोका खुलेन तब हामीलाई शंका भयो । जब ढोका फोडेर भित्र हेर्दा दीपिका विष सेवन गरेर बेहोस थिईन् ।
त्यसपछि ससुराल परिवाले दीपिकालाई उपचारका लागि अस्पताल लगेका थिए जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए । घटनाको कारण यातना नै भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
दीपिकाका माइती पक्षले यो घटनामा उनका पति रवि, सासु रमतीबाईसहित अन्य व्यक्तिलाई दोषी मानेर उनीहरुविरुद्ध मुद्दा हालेका छन् । प्रहरीले मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । एजेन्सी
dainiknepal.com
मलेसिया:  मलेसियामा एक नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।

शनिवार राती भएको मोटरसाइकल दुर्घटनामा मलेसियाको जोहर राज्यको वातु पहातमा होटल रेष्टुरेन्ट व्यवसाय गर्ने मोरङ्ग हरौचाका गोपाल कोइरालाको मृत्यु भएको हो ।


होटलबाट कोठा फर्कने क्रममा उनले चलाएको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको उनका भाई योगेन्द्र कोइरालाले जानकारी दिए ।

उनको शव जोहरको सुल्तान अस्पतालमा राखीएको छ । वातु पहातकै एक फर्निचर कम्पनीमा श्रमीकका रुपमा १० वर्ष कार्यरत रहेका उनी कम्पनीले भिषा नलाइदिए पछि उनी २ वर्ष देखी अवौधानीक वनेका थिए ।  मृतकको शव नेपाल पठाउने कार्य थालिएको भाई योगेन्द्रले जानकारी दिए ।
annapurnapost.com
ज्योत‌िषशास्‍त्रमा चन्द्रमालाई ग्रहकी रानी तथा मनको प्रमुख प्रभावकोरुपमा चर्चा गरिएको छ ।

यो यस्तो शुभ ग्रह हो जो कहिले पनि उल्टो चाल चल्दैन । प्रकृतिको नियम अनुसार औंसीको रातमा चन्द्रमा देखिँदैन भने विस्तारै बढेर पूर्णीमाको रातमा पूर्ण बनेर   उदाउँछ ।





केही समय यता आकाशमा २ वटा चन्द्रमा देखिने भनेर सामाजिक सञ्जालमा भाइरल बनेको देखिन्छ । कतिपयले यसले अनिष्ट हुने समेत अफवाह फैलाएका छन् ।



यसरी चलेका छन् हल्ला 



सामान्यतः औंशी र पूर्णिमाको क्रम १ महिनामा १ पटक हुन्छ अर्थात औंशी र पूर्णीमा महिनामा १-१ पटक पर्छन् । तर यो जुलाइ महिनामा भने अनौठो हुँदैछ । किन भने आकाशमा ब्लू मुन देखिँदैछ । खासमा ब्लू मुन भनेको निलो चन्द्रमा भने होइन ।



खासमा के हो त २ चन्द्रमा देखिने र ब्लू मूनको हल्ला ?

अंग्रेजीमा एक भनाइ छः -‘वन्स इन ए ब्लू मून।’ कतिपय मनिसले यसलाई आकाशमा नीलो चन्द्रमा देखिने भनेर लगाउँछन् । तर त्यो वास्तविकता होइन । खासमा जव चन्द्रमा पूर्णिमा १ महिनामा दुई पटक पर्छ तव यो समयलाई ब्लू मुन भनिन्छ । यस्तो अवस्था असार १६ देखि साउन १६ अर्थात १ महिनाको अवधी अर्थात अंग्रेजी जुलाइ महिनामा हुँदैछ । जुलाई १ अर्थात असार १६ गते र ३१ जुलाई अर्थात साउन १६ गते १ महिना भित्र २ पू्र्णीमा परेका छन् ।



यस्तो संयोग ३ वर्षमा १ पटक हुन्छ । यस अघि सन् २०१२ को अगष्टमा पनि यस्तो संयोग परेको थियो । पू्र्ण चन्द्रमा देखिनका लागि ३० दिनको अवधी चाहिने हुँदा सँधै यस्तो संयोग पर्दैन । अव सन् २०१८ मा मात्र यस्तो संयोग हुनेछ ।

यो महिना अधिक मास समेत परेको छ । त्यति मात्र नभएर वृहस्पति र शुक्र कर्कट राशिको निक्कै नजिक आएका छन् । शुक्रको यस्तो संयोग पनि शताब्दी पछि परेको मानिएएको छ । इसाइहरुका अनुसार जिसस क्राइष्टको जन्म हुने बेलामा मात्र यस्तो संयोग परेको थियो ।nepaliheadlines.com
संविधानको मस्यौदा १५ असारमा संविधानसभामा बुझाइयो ।

यस्तो लाग्छ, यो संविधान नेपाली जनताको हितमा होइन, नेपाललाई सधैं अस्थिर रोखर आफ्नो गुप्त रजाइँ चलाइरहन चाहनेहरूको बन्दोबस्तबमोजिम बनाइँदै छ ।

एकपटक पढ्दा पनि के स्पष्ट देखिन्छ भने यस्तो संविधानले नेपालमा कदापि स्थिर सरकार दिन सक्दैन । हाम्रो अस्थिरताको दुर्दशा हेर्नुस्— छिमेकी भारतमा जुन समय मनमोहन सिंह एकजना प्रधानमन्त्री भए, त्यही समय नेपालमा दसजना प्रधानमन्त्री भए ।

 मनमोहन सिंह भारतमा २२ मे २००४ (२०६१ जेठ १९) मा प्रधानमन्त्री हुँदा नेपालमा सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । तर त्यसको तेह्र दिनपछि सूर्यबहादुर प्रधानमन्त्री पदबाट हटाइए र शेरबहादुर देउवा प्रधानमन्त्री बनाइए । शेरबहादुरलाई हटाएर महाराज ज्ञानेन्द्रले आफैं प्रत्यक्ष शासन चलाए । त्यसपछि गिरिजाप्रसाद कोइराला, प्रचण्ड, (दस महिना) माधव नेपाल, झलनाथ खनाल (सात महिना) बाबुराम भट्टराई, खिलराज रेग्मी र भारतमा मनमोहन सिंह प्रधानमन्त्री रहँदै सुशील कोइराला पनि प्रधानमन्त्री भए ।


यो संयोग मात्र हो जस्तो लाग्दैन । किन नयाँदिल्लीमा बाह्रबुँदे स्वीकृत गराउन सबैभन्दा बढी भूमिका प्रदान गरिएका व्यक्तिले नै दस वर्षपछि मस्यौदा समितिको संयोजकका रूपमा संविधान मस्यौदालाई अन्तिम रूप दिएर संविधानसभामा बुझाए ।

बाह्रबुँदे समझदारी नयाँदिल्लीमा कसरी र कसले नेपालका विभिन्न राजनीतिक दलका नेतालाई ओसारेर सम्पन्न गरायो, त्यो त्यसबेलाकै काठमाडौंका साप्ताहिक पत्रिकामा पढ््न पाइन्छ । थुनामा सिलिगुढीमा रहेका मोहन वैद्य र चेन्नईमा थुनामा रहेका सीपी गजुरेललाई पनि नयाँदिल्ली पुर्‍याइएको बन्दोबस्तका पछाडि को थियो त्यो सहज ज्ञानको कुरा हो ।

२०६२ सालमा नयाँदिल्लीमा सही भएको बाह्रबुँदेपछि नेपालको राजनीति र शासनमा कसको गुप्त र खुला व्यवस्थामा चलिरहेको छ, त्यसबारे नेपालका पत्रकारले लेखहरूबाट मात्र होइन, पुस्तक नै प्रकाशित गरेर जानकारी गराएका छन् । अरू त अरू स्वयं प्रधानमन्त्री भइसकेका डा. बाबुरामका भनाइ नै प्रकाशित छन्् कि नारायणहिटीको शक्ति लैनचौर सरेको छ र नेपाली राजनीतिको चाबी अन्यत्रै छ ।

नेपालको राजनीतिक स्थिति कस्तो छ भने प्रधानमन्त्रीले भोलि बोल्ने भाषणको मस्यौदा भारतीय दूतावासमा पहिले पुग्छ । क्याबिनेटमा भोलि कुन मन्त्रीले के प्रस्ताव लैजाँदै छ भन्ने मात्र होइन, भारत जाँदा त्यहाँका प्रधानमन्त्रीसँग अरूलाई नराखी एक्लाएक्लै हुनेमा नेपालका प्रधानमन्त्रीले के प्रस्ताव गर्नेछन््, त्यसको पनि पूर्वजानकारी पुगेका परिबन्दका प्रमाण पहिलेदेखि नै देखिएका हुन् ।

संविधान बहुमतका आधारमा होइन, सहमतिका आधारमा बनाऊ भनी सार्क सम्मेलनताका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भनेको कुरा नेपालका वर्तमान नेताहरूका लागि धर्मादेशभन्दा पनि उच्च सम्मानका साथ पालन नगरे शासन सत्ताको सिँढी चढ्न नपाइने त्रासले ग्रस्त छन् ।

त्यसैले उनीहरू २०१५ सालको संसदीय प्रजातन्त्रको वा २०४७ को संसदीय शासन संविधानजस्तो पनि नदिई नेपाली जनताको शासनमा सर्वोच्चतालाई स्थापना हुन नदिने जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रतिनिधि मात्र भएको ०१५ को र ०४७ र छिमेकी भारतकै पनि प्रत्यक्ष निर्वाचित लोकसभा सदस्यले अरूले सरकार बनाउन र हटाउन नपाउने लोकतान्त्रिक संविधान नबनाई समानुपातिक सञ्जाल रचेर आफूहरूले मनोनीत एक सय १० सांसदलाई पनि जनताद्वारा निर्वाचित वा जनताका प्रतिनिधिबराबर शक्ति दिने संसद् बनाउँदै छन् ।

सार्क देशहरूमा नै हेरौं, भारतमा ५४५ जना प्रत्यक्ष निर्वाचित लोकसभा सदस्य छोडी कसैलाई प्रधानमन्त्री बनाउने र हटाउने अधिकार छैन । जनताद्वारा निर्वाचित प्रतिनिधिहरूलाई मात्र दुइटा विशेषाधिकार भारतमा र बेलायतमा पनि छ । एउटा हो, एउटा प्रधानमन्त्री चुन्ने र अर्को बजेट बनाउने ।

प्रधानमन्त्री संसदीय दलको नेता हुन्छ, जसले आफ्नो क्याबिनेट बनाउँछ र सरकार चलाउँछ । भारतमा बजेट वा करको प्रस्तावको उत्पत्ति केवल जनताद्वारा प्रत्यक्ष निर्वाचित लोकसभामा मात्र हुन सक्छ । समानुपातिक रूपले निर्वाचित र मनोनीत सांसद् भएको राजसभाले १४ दिनभित्र कुनै सुझावका साथ लोकसभामा फर्काएन भने त्यो बजेट स्वतः पास भएको मानिन्छ ।



१४ दिनभित्र राजसभाले कुनै सुझाव दियो भने त्यो मान्न वा नमान्ने विशेषाधिकार पनि केवल लोकसभालाई हुन्छ । यो लोकतान्त्रिक सिद्धान्तको मूलमा के छ भने लोकतन्त्र भनेको जनताद्वारा आफूमाथि शासन गर्ने पद्धति हो ।

त्यसैले जनतामाथि जनताले प्रत्यक्ष छानेका उनका प्रतिनिधिले बनाएको छोडी अन्य एकैजनाको पनि त्यस्तो भूमिका हुनु लोकतन्त्रको सिद्धान्तविपरीत हुन्छ । त्यसैले भारतमा लोकसभाका ५४५ प्रत्यक्ष निर्वाचितका साथ जम्माजम्मी दुईजना मनोनीत सदस्य भए पनि यी दुवैजनालाई भोट दिने, सरकार बनाउने, बजेट पास गर्ने इत्यादि विषयमा मत दिने अधिकार पनि हुँदैन । उनीहरूले केवल बोल्न आफ््नो कुरा राख्न र छलफलमा भाग लिन पाउँछन् ।

मनमोहन सिंह भारतमा १० वर्ष प्रधानमन्त्री भए । तर उनी समानुपातिकबाट निर्वाचित सांसद हुँदा कहिल्यै पनि सरकारमा विश्वास वा अविश्वासको प्रस्ताव आउँदा भोट दिन पाउँदैनथे । प्रधानमन्त्री सांसद त छ, तर जनताद्वारा प्रत्यक्ष निर्वाचित छैन भने उसलाई समेत सरकार बनाउने र हटाउने विषयमा मत दिने अधिकार हुँदैन ।

बेलायतमा पनि प्रधानमन्त्रीमाथि विश्वास र अविश्वासको प्रस्ताव हाउस अफ कमन्सले मात्र पास गर्न सक्छ, जसको सबैका सबै सदस्य जनताद्वारा प्रत्यक्ष निर्वाचित हुन्छन् । कहीं नभएको जात्रा हाँडीगाउँमा भनेझं कहीं नभएको प्रतिनिधिसभा नेपालमा बनाइँदै छ, जसमा केवल जनताद्वारा प्रत्यक्ष निर्वाचित मात्र नभएर समानुपातिकका नाममा दलद्वारा मनोनीत व्यक्तिहरूसमेत जनताद्वारा निर्वाचितजत्तिकै शक्तिवान् बनाइँदै छ ।

 बंगलादेश र पाकिस्तानमा पुरुषले समानुपातिकका नाममा मनोनीत हुन पाउँंदैन, महिला मात्र समानुपातिकमा दलहरूद्वारा मनोनीत हुन पाउँछन् । तर नेपालमा पहाडे बाहुन होस् वा मधेसे बाहुन होस्, चाहे मारबाडी सेठ हुन् सबै समानुपातिक भन्दै मनोनीत हुन पाउँछन् ।

पूर्व प्रशासक श्रीकान्त रेमीले ८ असारको राजधानीमा लेख्नुभएको छ । लेखमा भनिएको छ— मुलुक लामो समयदेखि राजनीतिक अस्थिरताको चक्रव्युहमा छ । मुलुक विकासमा पछि पर्नुको एउटा प्रमुख कारण यसैलाई मान्ने गरिएको छ ।

हुन पनि वर्षैपिच्छे सरकार परिवर्तनको खेल हुने भएपछि अरू काम के नै गर्न सकिन्छ र ? त्यसैले अबको संविधानमा सबल र स्थिर सरकार बनाउन सहायक निर्वाचन प्रणाली अंगीकार गर्नुपर्ने बेला भएको छ । बिल्कुल फरक ४० प्रतिशत सांसद समानुपातिक कायम गर्न खोजिएको छ । जनताका मत पाउन अक्षम भए पनि राजनीतिक चलखेल गर्न सिपालु र चाटुकार व्यक्ति न यही प्रणालीअन्तर्गत सांसद् बन्नेछन् ।

आफूले चुनेर पठाएका प्रतिनिधिद्वारा होइन, पार्टी प्रतिनिधिद्वारा शासित हुनुपर्ने अवस्था बेहोर्नुपर्ने छ सार्वभौम जनताले । कुनै राजनीतिक दलले संसद्मा बहुमत ल्याउन नसक्ने हुँदा अस्वस्थ लेनदेनमा आधारित गठबन्धन सरकार बेहोर्नुपर्ने नियति बन्ने छ । यो सहमतिले तलदेखि माथिसम्म गलत भागबन्डालाई निरन्तरता दिने र मुलुकलाई हरिकंगाल बनाउने निश्चित छ ।
www.annapurnapost.com
भारतको मदुरैमा आफनो १२ वर्षिय छोरीलाईं श्रीमती भन्दै लगातार बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
उक्त व्यक्तिले छोरीको घाटिमा मंगलसूत्र बाधेर दोस्रो पत्नी भन्दै १ वर्ष अघि देखी बलत्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
बालिकाको नातदारले यस घटनालाई चाइल्ड हेल्पलाइनमा जानकारी गराएपछि व्यक्तिको यस्तो हर्कत सार्वनजिक भएको हो ।
बालिकामाथी बलत्कार भएको चेकजाँचबाट चिकित्सकहरुले बताएका छन् ।
मदुरैका एसपी विजयेद्र बिडारीका अनुसार सबै प्रमाण प्रात्त भएकोले यस व्यक्तिलाई कानुनीकारवाही सुरु गरिसकेको जनाएको छ ।
भने बालिकालाई चाइल्ड वेलफेयरकमिटीको रोहबरमा राखिएको छ ।
www.nepalsandesh.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home