• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं । अश्लील फिल्म हेर्ने हरेक चार मानिसमा १ जना महिला हुन्छन् । हालै भएको एक सर्भेमा सबैभन्दा ठूलो पोर्नोग्राफी साइट लग इन गर्ने मध्ये चौथो महिला हुने गरेको पत्ता लागेको छ ।
त्यसमा पनि पोर्न साइड हेर्ने ठूलो संख्या ३५ वर्षभन्दा कम उमेरकी महिलाहरु रहेको पनि अध्ययनले देखाएको छ । पोर्नहब साइटस् खोलेर हेर्नेमध्ये २४ प्रतिशत महिलाहरु रहेका छन् ।
रिसर्चमा स्मार्टफोन यसको सबैभन्दा ठूलो कारण रहेको पनि पत्ता लागेको छ । यो डाटा वेबसाइट्सको ट्राफिक र एनालाइटिक्सको आधारमा तयार गरिएको हो ।

अध्ययनमा ६० प्रतिशत प्रयोगकर्ता मोबाइलवाला भएको र ७ प्रतिशत ट्याबलेट र ३३ प्रतिशत प्रयोगकर्ता कम्प्युटरवाला रहेका छन् ।
सोही तथ्यांकका आधारमा सोमबारका दिन महिला प्रयोगकर्ताहरु धेरै भएको र शनिबार सबैभन्दा कम हुने गरेको पत्ता लागेको छ ।
त्यस्तै पोर्न साइटका ६० प्रतिशत प्रयोगकर्ताहरु ३५ वर्षसम्मका हुने र रातिको समयमा अधिक प्रयोगकर्ताहरु हुने गरेको पनि अध्ययनले देखाएको छ ।

भिडियो हेर्न तल किल्क गर्नुहोस:
इलाम, ३० असार– बालिका बलात्कार आरोपमा पक्राउ परेका इलाम चुलाचुली–१ का भुपेश भनिने राजेन्द्र फागो लिम्बूलाई जिल्ला अदालत इलामले मङ्गलबार १२ वर्ष कैद र ३० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको १ र ३ ९१० बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ ९१० बमोजिम लिम्बूलाई १२ वर्ष कैद र पीडित बालिकालाई रु ३० हजार क्षतिपूर्ति दिलाई दिने फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए ।
लिम्बूले गत असारमा १० वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै असार १३ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । रासस


भिडियो हेर्न तल किल्क गर्नुहोस:
काठमाडौं ३० असार ।
ओएनएस बजेटका विषयमा धारणा बनाउन नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । बिहान सिंहदरबारमा बोलाइएको बैठकमा बजेटका एमाले भनेका कार्यक्रम परे नपरेको विषयमा समिक्षा गरेर त्यसको धारणा बनाउने छ । प्रारम्भिक रुपमा एमालेले विरोध जनाइसकेको छ । सत्तारुढ प्रमुख घटक नेकपा एमालेले कांग्रेसले एकपक्षीय रूपमा बजेट ल्याएको बताएको छ ।
यसले कांग्रेस र एमालेबीचको सम्बन्धमा थप चिसोपना उत्पन्न भएको छ। कांग्रेसले बजेट तयार गर्ने क्रममा छलफल नै नगरेको, नीति तथा कार्यक्रम तयार गर्दासमेत कुनै सुइँको नदिएको जस्ता आरोप एमालेले लगाएको छ।

एमालेले यसअघि पनि १६ बुँदे सहमतिमा हस्ताक्षर गरेका राजनीतिक दलबीच नीति तथा कार्यक्रम र बजेटमा छलफल गरेर सहमति कायम गर्नुपर्ने धारणा राख्दै आएको थियो। बजेट पेस भएको केहीबेरमै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई संविधानसभा भवन नयाँबानेश्वरमै भेटेर कांग्रेसले एकपक्षीय रूपमा बजेट ल्याएको भन्दै पारित नगर्ने चेतावनी दिएका हुन्। ‘बजेट सन्तुलित छैन, एकपक्षीय रूपमा ल्याउनुभयो, बजेटमा हाम्रो समर्थन हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। प्रमुख सचेतक अग्नि
खरेलले बजेटप्रति एमालेको गम्भीर आपत्ति रहेको प्रतिक्रिया दिए। उनले असन्तुलित, एकपक्षीय भएकाले छलफल गर्न बुधबार बिहान संसदीय दलको बैठक बोलाइएको जानकारी दिए। ‘कांग्रेसले एकपक्षीय रूपमा बजेट पेस गरेको छ,’ खरेलले भने, ‘बजेट असन्तुलित र गैरजिम्मेवार छ, यसमा हाम्रो तीव्र असन्तुष्टि छ। यस विषयमा छलफल गर्न  बिहान संसदीय दलको बैठक बोलाएका छौं।’
खरेलले पनि प्रधानमन्त्रीलाई नै भेटेर बजेट असन्तुलित रहेको जानकारी गराएको बताए तर अन्य विषयमा संसदीय दलको बैठकमा नै छलफल हुने उनको भनाइ छ। मन्त्रिपरिषद स्रोतका अनुसार एमालेले कांग्रेसका स्वर्गीय सभासद हरि खड्काको नाममा बाग्लुङमा ट्रमा सेन्टर खोल्ने विषयसहित धेरै कार्यक्रम एकलौटी ल्याएको भन्दै असन्तुष्टि जनाएको छ।
भिडियो हेर्न तल किल्क गर्नुहोस:
३० असार, काठमाडौं । टर्कीमा बस्ने २८ वर्षकी सिलेम दोगनले पुलिसलाई दिएको बयानमा आफूले श्रीमानको हत्या गरेकोमा केही पनि पछुतो नभएको बताएकी छिन् । उनका अनुसार उनका श्रीमानले श्रीमानको धर्म निभाउनुको सट्टा उनलाई शारिरिक र मानसिक प्रताडना दिए र उनलाई देह व्यापारामा धकेल्ने कोसिस गरेका थिए ।
श्रीमानद्वारा निकै प्रताडितः


पुलिसलाई दिएको बयानमा दोगनले उनका श्रीमान काराबुलुतले विवाह गरेदेखि नै उनलाई प्रताडित गरिरहेको बताएकी छिन् ।

दोगनले भनिन्, ‘एक दिन बिहानै काराबुलतले मलाई ब्याग प्याक गर्न आदेश दिए । मैले किन भनेर प्रश्न गर्दा उनले मलाई अंतालिया शहरमा लग्ने बताए । उनी मलाई त्यहाँ लगेर देह व्यापारमा संलग्न गराई आफू पैसा कमाउन चाहन्थे ।’
‘जब मैले यो कुराको विरोध गरें तब उनले मलाई निकै कुटपिट गरेर मलाई ओछ्यानमा फालिदिए । त्यतिबेला मैले अचानक तकिया मुनी बन्दुक भएको सम्झिएँ । मैले बन्दुक उठाएर काराबुलुतमाथि एक पछि अर्को गर्दै थुप्रै फायर गरें । त्यसपछि मैले आफ्नी छोरीलाई लिएर घर छोडिदिएँ ,’ उनले भनिन् । ‘यो घटनाले मेरो शारिरिक र मानसिक प्रताडनाको लामो यात्रा सिद्धिएको छ ।’
हरेक विषयमा महिला मात्र किन मर्ने ?
दोगनले पुलिसलाई दिएको बयानमा भनिन्, ‘मैले हत्या बाध्यताबस गर्नुपरेको हो । तर आखिर हरेक विषयमा महिला मात्र किन मर्ने ? केही खराब पुरुषलाई पनि त मर्न देउ ? मैले आफ्नो आत्मसम्मानको रक्षाको लागि उनको हत्या गरेकी हुँ ।’
टर्कीको पुलिसले दोगनका विरुद्ध हत्याको केस दर्ता गरेको छ ।
एक छोरीकी आमा दोगनलाई जब दुबै हातमा हतकडी लगाएर जेल लगिँदै थियो तब श्रीमानको हत्या आरोप खेपिरहेकी उनले क्यामरातर्फ ‘थम्स–अप’ गरेर आफ्नो हात उठाइन् । यसबाट यो स्पष्ट हुन्छ कि उनलाई आफ्ना ३३ वर्षीय श्रीमान हसन काराबुलुतको हत्या गरेकोमा केही अपसोच छैन । जेल जाने बेलामा जुन टिसर्ट  उनले लगाएकी थिइन्, त्यसमा लेखिएको थियो, ‘मेरो बितिसकेको समय, सबै शिक्षाको लागि धन्यवाद । प्रिय भविष्य, म तयार छु ।’
सोसल मिडयामा छाइन् दोगनः
पक्राउ पछि  नै दोगनको कथा सोसल मिडियामा छायो । टर्की र अन्य देशका महिलाहरुले घरेलु हिंसाका शिकार महिलाहरुको समर्थनमा ठूलो संख्यामा ट्वीट गर्न सुरु गरे ।
थुप्रै मानिसहरु दोगनको कदमलाई समर्थन गर्दै ट्वीट गरेका छन्, ‘यदि उनका श्रीमादे उनलाई धेरै दुख र तनाव दिइरहेको थियो भने उनले आफ्नो रक्षा गर्नको लागि पूरा अधिकार छ ।’
टर्कीमा ४० प्रतिशत महिलाहरु घरेलु हिंसाको शिकार भएको विभिन्न रिपोर्टले निष्कर्ष निकालेको छ । सन् २०१३ मा लगभग २८ हजार महिलाहरुलाई हिंसाको शिकार हुनुपर्यो । यस्ता करिब २ सय महिलाहरुको हत्या गरियो र अधिकांस घटनामा महिलाका श्रीमान र प्रेमी हत्यारा ठहरिए । यो वर्ष पुरुषद्वारा अहिलेसम्म करिब १ सय महिलाको हत्या भइसकेको छ ।



भिडियो हेर्न तल किल्क गर्नुहोस:
काठमाण्डु, ३० असार– सरकारले आगामी आर्थिक वर्षमा ‘पुरातात्विक क्षेको पुनर्निर्माणका लागि दूरसञ्चार सेवा दस्तुर लगाउने भएको छ । पुनर्निर्माण र अन्य कोषभन्दा बाहेक छुट्टै सम्पदा कोष स्थापना गरेर दूर सञ्चार दस्तुर लगाउने भएको हो । उक्त रकम भूकम्पले क्षति पु¥याएका सम्पदाको पुनर्निर्माणमा लगाउने बजेट भाषणमा जानकारी दिइयो ।
हाल दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत छ । ‘यो कोषमा स्वदेश तथा विदेशमा बसेका नेपालीले रकम जम्मा गर्न सक्नेछन्’ बजेटमा भनिएको छ । भूकम्पद्वारा क्षति पुगेको पुरातात्विक संरचनालाई तिनको मौलिक स्वरुप कायम राख्ने गरी आधुनिक प्रविधिको सहयोगमा निर्माण गर्ने सम्पदा कोषको रकम प्रयोग हुनेछ ।
यसका साथै सरकारले आगामी वर्ष काठमाण्डु, उपात्यका, लुम्बिनी र निजगढमा स्र्मा सिटीको विकास गर्ने घोषणा गरेको छ । यसका लागि आगामी वर्ष गुरुयोजना तयार हुने अर्थमन्त्री महतले बताए ।
–कान्तिपुर दैनिकबाट


भिडियो हेर्न तल किल्क गर्नुहोस:
३० असार, फलेवास (पर्वत)।

पर्वतको नाङलिबाङ गाविस–४ मा गएराति पहिरोले घर पुरिएको छ । घर माथिबाट आएको पहिरोले भर पुरिँदा घरभित्रै पुरिएको अवस्थामा दुईको जीवितै उद्धार गरिएको छ।

घरभित्र पुरिएको अवस्थामा ६० वर्षीया बेलमती परियार र उनका ८ वर्षीय नाति अनिश परियारलाई जीवितै उद्धार गरिएको हो । घरपछाडिको भित्तो भत्केर घर पुरेपछि भित्र रहेका हजुरआमा र नातिलाई स्थानीयवासीले उद्धार गरेका छन् । घरभित्र सुतिरहेको अवस्थामा पुरिएपछि घाइते भएका दुवैको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट उद्धार टोली पुगेको छ । पहिरोले अन्य मानवीय क्षति नभएको र घरभित्र रहेको अन्नपात, कुखुरा र लत्ताकपडा पुरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए। राससnepaliheadlines.com
८० प्रतिशत बजेट तलबमै
काठमाडौं: सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा सबैभन्दा बढी शिक्षा क्षेत्रमा ९८ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ। यो गत आवको तुलनामा १२ अर्ब ६४ करोड रुपैयाँ बढी हो।


शिक्षा क्षेत्रमा विनियोजित बजेटमध्ये शिक्षकको तलबभत्तामा मात्र ८० प्रतिशत खर्च हुन्छ। देशभर अस्थायी र स्थायी गरी एक लाखभन्दा बढी शिक्षक छन् भने करिब २७ हजार सामुदायिक विद्यालय छन्।

यसबाहेक राहत कोटाअन्तर्गतका ४९ हजार, उच्च माविमा पढाउने ६ हजार र मासिक तीन हजार खाने ‘सहयोगी कार्यकर्ता’ का रूपमा ३३ हजार शिक्षक कार्यरत छन्।

शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षा क्षेत्रमा सरकारले ल्याएको कार्यक्रममा केही नयाँंपन देखिए पनि लामो समयदेखि बहसमा रहेका विषय भने छुटेका छन्।

शिक्षामा सुधारका थुप्रै कार्यक्रम नयाँ देखिएको तर कार्यान्वयन पक्ष प्रभावकारी हुनेमा भने ढुक्क हुन नसकिने शिक्षाविद तथा यस क्षेत्रका अधिकारीहरूको भनाइ छ।

लामो समयदेखि विद्यालय शिक्षामा समस्याका रूपमा रहेको अस्थायी शिक्षकका समस्या समाधानका लागि मन्त्री महतले अवकास योजना प्रस्तुत गरेका छन्। स्थायी दरवन्दीमा पाँच वर्षभन्दा बढी समयदेखि काम गरिरहेका शिक्षकलाई सरकारी नियम अनुसार अवकास दिइने सरकारी योजना छ।

शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारी योजनाले अस्थायी शिक्षकका समस्या समाधान भएमा विद्यालय शिक्षामा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे।

सरकारले ल्याएको अवकास योजनाबाट विद्यालय तहका करिब दस हजार शिक्षक लाभान्वित हुनेछन्। घरपायक जागिर भएका कारण शिक्षक विद्यालयप्रति भन्दा सामाजिक संस्था, स्थानीय क्लब, सहकारी तथा उपभोक्ता समितिमा रहेर राजनितिक गतिविधी गर्दै आएका छन्।

शिक्षा विभागका एक निर्देशकले भने, 'अहिले मुलुकमा कति वटा शिक्षकका संगठन क्रियाशिल छन् भन्ने जानकारी हामीलाई छैन। दलैपिच्छे संगठन खुलेका छन्। शिक्षक त्यस्ता दलको नजिक रहेर संगठनमा बस्न पाइयो भने पढाउन नपर्ने र राजनीतिक गर्न पाइने हुनाले संगठन खोल्न पे्ररित भएका छ्न।'

विद्यार्थी स्थापनाका लागि म्यापिङ गर्नुपर्ने, निजी विद्यालयलाई पनि आवश्यकता अनुसार मर्ज गर्नुपर्ने, उच्च शिक्षा प्रदान गर्न खोलिएका कलेजले भोगिरेहको समस्या र त्यस्ता कलेजको ग्यारेण्टीलगायतका विषयलाई बजेटले सम्बोधन गर्न नसकेको शिक्षाविद् कोइारालाको भनाइ छ।

सरकारले विद्यालय शिक्षाको स्तर उकास्न पाँचवटै विकास क्षेत्रमा तालिम प्राप्त शिक्षकसहितको आवासीय विद्यालय स्थापना गर्ने भएको छ। मानव विकास सूचकांक थोरै भएका जिल्लाका सीमान्तीकृत समसदायका बालबालिकाको शिक्षाका लागि पनि आवासीय विद्यालय स्थापना गरिने सरकारी योजना छ।

विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत ८ अर्ब ७ करोड रुपैंया उपलब्ध गराइने बजेट वक्तव्यमा उल्लेख छ। शिक्षाविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्राध्यापक डा. तीर्थ खनियाले भूकम्पबाट क्षतिग्रस्त विश्वविद्यालयलाई सरकारी यो कार्यक्रमले राहत प्रदान गर्ने बताए।

भर्नादर दुई प्रतिशत बढाइने
हाल प्राथमिक तहको शिक्षामा भर्ना दर ९६ प्रतिशत रहेकोमा त्यसलाई दुई प्रतिशत बढाइने भएको छ। आगामी आर्थिक वर्षको अन्त्यमा भर्नादर ९८ प्रतिशत पुर्‍याउने सरकारी लक्ष्य छ।

हाल कक्षा एकदेखि पाँचसम्म विद्यालय छाड्ने दर ४ दशमलव २ प्रतिशत तथा ६ देखि आठसम्म र नौदेखि दससम्म विद्यालय छाड्ने दर पाँच दसमलव तीन प्रतिशत छ। आगामी आर्थिक वर्षको अन्त्यसम्ममा कक्षा एकदेखि पाँचसम्मको कक्षा छाड्ने दर घटाएर तीन दशमलव पाँच तथा कक्षा छदेखि आठसम्म र नौदेखि दससम्मको कक्षा छाड्ने दर चार दसमलव पाँच प्रतिशतमा झार्ने सरकारी लक्ष्य छ।

हाल छ वर्ष माथिको साक्षरता दर ८८ प्रतिशत रहेकोमा आउँदो आर्थिक वर्षको अन्त्यसम्ममा ९० प्रतिशत पुर्‍याइने भएको छ। कक्षा एकदेखि १२ सम्म पढ्ने छात्राको संख्या ३५ लाख ११ हजार ६ सय ६ रहेकोमा आगामी आर्थिक वर्षको अन्त्यसम्ममा ३७ लाख ६० हजार चार सय ७६ पुर्‍याइने भएको छ।

चालु आर्थिक वर्षभित्रमा मुलुकभरका विद्यालयमा दुई हजार पाँच सय शौचालय निर्माण भएका छन्। आउने आर्थिक वर्षमा थप तीन हजार दुई सय शौचालय निर्माण हुनेछन्। छात्रा शौचालयको संख्या १२ हजार रहेकोमा त्यसमा सात सय थप्ने योजना छ।

चालु आर्थिक वर्षसम्ममा मुलुकभरका विद्यालयमा २७ लाख तीन हजार तीन सय ८८ वटा कक्षाकोठा रहेकोमा आउने आर्थिक वर्षको अन्त्यसम्ममा ६ हजार तीन सय ५० कक्षाकोठा थप्ने योजना छ। मुलुकभरका सात हजार ४८ सामूदायिक विद्यालयमा इन्टरनेट पुगेकोमा आउँदो वर्षभित्र थप दुई सय विद्यालयमा यो सुविधा पुर्‍याइनेछ।
www.annapurnapost.com
काठमाडौं: अब विदेशी नागरिकले पनि नेपालमा आवास एकाई खरिद गर्न पाउने भएका छन्। मंगलबार सार्वजनिक आर्थिक वर्ष २०७२/७३ को बजेटमा आगामी आर्थिक वर्षदेखि विदेशी नागरिकले सहज प्रक्रियाबाट नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

हाल नेपालमा विदेशी नागरिकले घरजग्गा खदिर गर्न नपाउने कानुनी व्यवस्था छ। संयुक्त आवास ऐन २०५४ अनुसार एउटै जग्गामा बहुस्वामित्व कायमा रहने अपार्टमेन्ट विल्डिगको फ्ल्याट विदेशी नागरिकलाई खरिद गर्न दिने यो व्यवस्थाले देशमा वैदेशिक लगानी भित्रन सक्ने अपार्टमेन्ट व्यवसायी बताउँछन्।


यसले स्वदेशमा धेरै नेपालीले रोजगारी पाउनसक्ने अवस्थाबाट नेपाली बञ्चित हुनु परेको अवस्थामा अहिले अन्त्य भएको छ। नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ उपाध्यक्ष ओमराज राजभण्डारीले बजेट वक्तव्यप्रति आफूहरू उत्साहित रहेको बताए।

भूकम्पले थिचिएको अपार्टमेन्ट व्यवसाय बजेटको यो व्यवस्थाले माथि उठ्ने उनको विश्वास छ। बजेटमा काठमाडौंसहित तीन ठाउँंमा स्मार्ट सिटीको विकास गर्ने उल्लेख छ। काठमाडौं उपत्यका, लुम्बिनी क्षेत्र र निजगढका एकएक ठाउँलाई स्मार्ट सिटीका रूपमा विकास गर्न गुरुयोजना तयार गरी कार्यान्वयन गरिने बजेटमा उल्लेख छ।

मध्येपहाडी लोकमार्गमा १० वटा आधुनिक सहरको पूर्वाधार निर्माणका लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ। विकासको लहर, सुविधा सम्पन्न सहरको नारासहित आधुनिक सुविधा सम्पन्न सरह निर्माण गर्ने अभियान सुरु गरिने बजेटमा उल्लेख छ।

सहरी पूर्वाधार अन्तर्गत सहरी विकासको २० वर्षे दीर्घकालीन कार्ययोजना बनाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा लगिने भएको छ। बजेटले यसअघि जस्तो अब जहाँं पायो त्यहाँं घर बनाउन नपाइने व्यवस्था गरेको छ।

बजेट वक्तत्यले अब आवासका लागि छुट्याइएको जमिनमा मात्रै वस्ती विकास गर्न सकिने जनाएको छ । भूउपयोग नीतिको प्रभावकारी कार्यान्वयन गरी आवासका लागि छुट्याइएको जमिनमा मात्रै बस्ती विकास गरिने बजेटमा उल्लेख छ।

व्यक्ति वा कम्पनीले आवासका लागि जग्गा प्लटिङ गर्दा स्थानीय निकायको पूर्वस्वीकृति लिनुपर्ने अनिवार्य गरिएको छ । आधारभूत पूर्वाधारको सहज पहुँंचको सुनिश्चितता गरेर मात्रै वस्ती विकास गर्न अनुमति दिइने जनाएको छ।

विदेशी लगानी आकर्षित गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा समयअनुकुल सुधार गरिने, लगानी प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षमा लगानी सम्मेनल आयोजना गरिने, ठूला पूर्वाधारका अतिरिक्त सम्भाव्य अन्य क्षेत्रमा सार्वजनिक निजी साझेदारीमा लगानी गरिने बजेटमा उल्लेख छ।
annapurnapost.com
काठमाडौं: तलब नबढाएकोमा सरकारी कर्मचारी तीव्र असन्तुष्ट भएका छन्। तलब नबढाइएको प्रति उच्च सरकारी कर्मचारीले सोसल मिडियामार्फत आक्रोश व्यक्त गरेका छन्।

अर्थमन्त्री डा. रामशरण महतले संसद्मा बजेट भाषण गरेलगत्तै शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहसचिव भीम उपाध्यायले फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘सांसदले मनखुसी बाँड्न पाउने बजेट ५० प्रतिशतले बढ्यो तर कर्मचारीको तलब भने बढेन।'


नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले अर्थमन्त्री महतप्रति कडा टिप्पणी गर्दै फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘अनुदार रामशरणबाट के आशा गर्ने ? '

महासचिव घिमिरेको फेसबुक स्ट्याटसमा कमेन्ट गर्दै कर्मचारी फणिन्द्र न्यौपानेले लेखेका छन्, ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात् जस्तो भो आर्थिक वर्षको बजेट कर्मचारीलाई।'

भूकम्पपछि मुलुक संकटमा रहेको भन्दै सरकारले कर्मचारीको तलबभत्ता नढाएको हो। सामान्य प्रसाशन मन्त्रालयका प्रवक्ता सुरेशकुमार अधिकारीले तलब बढाउन सिफारिस नै नगरिएको बताएका छन्। मुलुकमा करिब ८० हजार निजामती कर्मचारी छन्।

‘तलब होइन भत्ता बढाउन सिफारिस गरिएको थियो । भूकम्पपछिको अप्ठ्यारो अवस्थामा तलबभत्ता बढ्ने अपेक्षामा कर्मचारी थिएनन् । कर्मचारी संगठनले पनि तलब बढाउन सरकारलाई दबाब दिएका थिएनन्', अधिकारीले भने।

प्रवक्ता अधिकारीका अनुसार मुख्यसचिव लीलामणि पौड्यालको अध्यक्षतामा रहेको उच्चस्तरीय तलबभत्ता पुनरावलोकन समितिले महँगीभत्ता ७५ प्रतिशत बढाउन सिफारिस गरेको थियो।

महँगी बढेअनुसार महँगीभत्ता बढाइनुपर्ने सुझाव मुख्यसचिव अध्यक्षताको समितिले सरकारलाई दिएको थियो । सरकारले गत वर्ष सरकारी कर्मचारीको तलब १० प्रतिशत बढाएको थियो।

अर्थमन्त्री डा.महतले भूकम्पपश्चात् स्रोत परिचालनमा परेको दबाबका कारण अहिलेकै अवस्थामा राष्ट्रसेवकको सुविधा वृद्धि गर्न नसकिए पनि आगामी दिनमा राष्ट्रसेवकको मनोबल उच्च राख्न तलबसुविधा समयानुकूल बनाउँदै लैजानेतर्फ सकारात्मक सोच राखिएको बताए।

दूतावासलाई जग्गा र भवन किन्न दुई अर्ब
विदेशस्थित नेपाली नियोगको जग्गा तथा भवन किन्ने प्रयोजनका लागि दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

सरकारले आगामी आर्थिक वर्षभित्र हस्तलिखित राहदानीलाई पूर्ण रूपमा विस्थापन गरी मेसिनले पढ्न सक्ने राहदानी लागू गरिसक्ने लक्ष्य लिएको छ।

विदेशस्थित नेपाली नियोगलाई वैदेशिक लगानी पर्यटन निर्यात व्यापार प्रवद्र्धनमा योगदान पुर्‍याउने गरी आर्थिक कूटनीति परिचालन गर्न सक्षम तुल्याउने मन्त्री महतले बताए।
www.annapurnapost.com
अब मोबाइलमा सय रुपैयाँ रिचार्ज गर्दा एक रुपैयाँ कम ब्यालेन्स आउने भएको छ। त्यो एक रुपैयाँ भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा खर्च गर्ने व्यवस्था बजेटले गरेको छ।अन्नपुर्ण पोस्टमा खबर छ ।

सम्पदा पुनर्निर्माणका लागि खडा गरिएको सम्पदा कोषमा रकम जम्मा गर्न सरकारले बजेटमार्फत दूरसञ्चार सेवा दस्तुरमा एक प्रतिशत कर लगाउने निर्णय गरेपछि टेलिफोन कल महँगो हुने भएको हो।

 ल्यान्डलाइन फोनको शुल्कमा पनि एक प्रतिशत वृद्धि हुनेछ । दूरसञ्चार क्षेत्रमा २७ प्रतिशत कर लाग्दै आएकोमा अब बढेर २८ प्रतिशत पुगेको छ। अर्थ मन्त्रालयका अनुसार यस्तो शुल्कबाट वार्षिक ६० करोड रुपैयाँं कोषमा जम्मा हुने अनुमान छ।
वि.सं.२०७२ साल आषाढ २९ गते मंगलबार,
इ स २०१५ जुलाई १४ तारिख,
नेपाल संवत् ११३५ अनलागा,,
अधिक आषाढ कृष्णपक्षको त्रयोदशी तिथि प्रात: ०६:५१ बजेसम्म उप्रान्त चतुर्दशी,
मृगशिरा नक्षत्र  दिवा ०१:४८ बजेसम्म उप्रान्त आद्रा,
ध्रुब योग रात्रि १२:२६ बजेसम्म उप्रान्त ब्याघात,
वब करण बिहान ०६:५१ बजेसम्म,भद्रा साँझ ०६ :३२  बजेसम्म उप्रान्त शकुनी,
आनन्दादियोगमा रक्ष योग,
चन्द्रमा मिथुन राशिमा,
काठमाडौंमा सूर्योदय५:१७ बजे सूर्यास्त ७:०० बजे,
दिनमान ३४ घडी १८ पला।

 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
घुमफिर र मनोरंजनमा समय बित्नेछ,नंया साथि संगको चिनजान र सहकार्यले सफल्लता दिलाउनेछ,दाजु भाइको सम्बन्धमा केहि कमजोरी आउने देखिएता पनि सामाजिक अबस्था मजबुत बन्नेछ,आजको दिन मान सम्मान प्रशस्त पाइनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
संचित धनको नोक्सानी हुन सक्छ भने लगानी गरेको धनले प्रतिफल नदिन सक्ने हुदा बिचार पुर्याउनु पर्ला, बहुमुल्य रत्न तथा धातुको कारोबार फस्टाउनेछ,मनमा आनन्दको अनुभूति हुनेछ,बिदेशमा रहनु हुनेहरुको लागि घर परिवारको समस्याले चिन्ता दिलाउनेछ।




मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
शरीरमा स्फूर्ति बढेसगै काम गर्ने उर्जाको बृध्दि हुनेछ,आफन्त तथा साथीभाई संगको सम्बन्धले नंया उचाई लिनेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ,मांगलिक कार्यहरुमा सरिक हुने अवसर मिल्नेछ,आजको दिन निकै रमाइलो रहनेछ।




कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
काममा रुची घट्ने देखिन्छ,आम्दानि र खर्चको तालमेल नमिल्दा असहज पारिस्थितिको सामना गर्नु पर्ला,कष्टकर यात्राको सम्भाबना रहनाले अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु नै बुध्दिमानी हुने देखिन्छ,चोटपटक र दुर्घटनाको भय देखिन्छ।





सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
मनग्य आम्दानि गर्ने अवसर जुट्नेछ,सरकारी काममा बढी समय खर्चिनु पर्ला,ठुला र प्रतिष्ठित व्यक्ति संगको सामिप्यता बढ्नाले मन प्रफुल्लित रहनेछ,मिष्ठान्न भोजन र मनोरन्जनात्मक भेटघाट गर्ने अवसर मिल्नेछ।





कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
आफ्नै लगानीमा गरेको ब्यबसाय आज निकै फष्टाउनेछ,राजनैतिक र सामाजिक मान प्रतिष्ठा प्रशस्त मिल्नेछ,नेतृत्वदायी भूमिका निर्बाह गर्नुपर्ने अवसर मिल्नेछ,पशु पंक्षी र कृषि जन्य व्यवसायमा सुधार देखिनेछ,नोकरीमा बिशेष पद प्राप्ति हुन सक्ने देखिन्छ।



तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
धर्म कर्ममा र सेवामुलक काममा अधिक समय व्यतित हुनेछ,गुरु तथा मान्यजनको सहयोग मिल्नाले काममा लाग्ने प्रेरणा मिल्नेछ,अप्रत्यासित आरोप प्रत्यारोपको सामना गर्नु पर्ने हुनसक्छ जरीवानामा परिने वा संचित धनको क्षति हुने सम्भाबना रहेकोछ।



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आफन्त संगको सुमधुर सम्बन्धमा आकस्मिक खटपट उत्पन्न हुन सक्छ,रिस बढ्नाले सल्लाह र सहकार्यमा कमि आउने देखिन्छ,आर्थिक अबस्थामा नकारात्मक परिणाम हात लाग्नेछ,नंया कामको सुरुवात गर्नको लागि त्यति राम्रो समय देखिन्न।




धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
बिपरित लिंगी संगको सम्बन्धमा सुमधुरता छाउनेछ,नोकरिमा खासै उन्नति नदेखिएता पनि व्यक्तिगत लगानीमा गरिएका व्यवसायमा निकै सफलता हात लाग्ने देखिन्छ,वाहन तथा मनोरन्जनात्मक क्षेत्रबाट सुख मिल्नेछ,पढाइमा सुधारको संकेत देखिनेछ ।



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
आफ्नी भन्दा अरुको लागि समय खर्चिनु परेता पनि तपाइको सहयोगको उचित मुल्यांकन हुनेछ,शत्रु पक्ष सबल रहेता पनि परास्त गर्न सकिनेछ,खोइरो खन्ने व्यक्तिहरु प्रशस्त देखिनेछन्,कम्मर मुनिको भागमा चोट पटकाको भय देखिन्छ।




कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सन्तान पक्ष खर्चिलो बन्नेछन,खेलकुदमा रुची बढे संगै प्रतिफल पनि राम्रै हात लाग्ने देखिन्छ, कलाकारिता र मनोरन्जनको क्षेत्रमा रहनुहुनेहरुका लागी भने खासै उन्नति प्रद समय नहोला,पढाई लेखाइमा खासै समय मिल्नेछैन, पेटमा समस्या आउन सक्छ ।





मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
अरुको सल्लाह सुझाब व्यर्थ भएको अनुभूति हुनेछ,पारिवारिक अल्झनमै दिन बित्नेछ,टाढाको मित्रले गरेको सहयोगले दिर्घकालिन असर दिलाउन सहायता गर्नेछ,हतारको निर्णय आफ्नै लागि घातक हुन सक्छ,सवारी साधन घातक बन्नसक्छ चनाखो रहनुपर्ला।onlinejyotishnepal.blogspot.co.il
वि.सं.२०७२ साल आषाढ ३० गते बुधबार,
इ स २०१५ जुलाई १५ तारिख,
नेपाल संवत् ११३५ अनलागा,
अधिक आषाढ कृष्णपक्षको चतुर्दशी तिथि प्रात: ०६:२१ बजेसम्म उप्रान्त अमाबस्या,
आर्द्रा नक्षत्र  दिवा ०२:१३ बजेसम्म उप्रान्त पुनर्बसु,
ब्याघात योग रात्रि ११:२१ बजेसम्म उप्रान्त ब्याघात,
शकुनी करण बिहान ०६:२१ बजेसम्म,चतुष्पद साझ ०६:१७ बजेसम्म उप्रान्त नाग:,
आनन्दादियोगमा मुसल योग,
चन्द्रमा मिथुन राशिमा,
काठमाडौंमा सूर्योदय५:१९ बजे सूर्यास्त ७:०० बजे,
दिनमान ३४ घडी १३ पला

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
साथि भाईको सहयोगमा बृध्दि हुनेछ,मनको डर हटेर जानेछ भने काम गर्ने जागर र अठोट बढेर जानेछ, नया कामको थालनी गरिनेछ,माया पिरताका कुराले मनमा आनन्दको आभास दिलाउनेछ,निकै परिश्रम पश्चात मात्र अरुको बिस्वास जित्न सकिनेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
पारिवारिक र सामाजिक अभिभारा बढ्नेछ,तपाईमा आश्रीत हुनेको संख्या बढ्नेछ,अरुको गुनासो समाधनमै समय बित्न सक्छ,बोलीको प्रभाब भने बढ्नेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,आर्थिक कारोबारमा सुधार आउनेछ।




मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
शरीरमा आलस्यता बढ्नेछ,काम गर्ने शक्तिमा कमि आउनेछ भने काम अनुरुप जश पाउन कठिन हुनेछ,परिवारको लागि बिशेष भूमिका निर्बाह गर्नुपर्नेछ,नया काम सुरुवात गर्न खासै उत्तम समय देखिन्न,आफन्तसंगको सम्बन्धमा भने सन्तोषजनक सुधार आउनेछ।




कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
आर्थिक नोक्सानी संगै झुटा आरोपहरु आइलाग्न सक्ने समय छ,चोटपटकको भय देखिन्छ, लेनदेनमा बादबिबाद उत्पन्न हुन सक्छ, आखा सम्बन्धि समस्या आउने सम्भावना छ,उपलब्धि मुलक यात्रा हुन सक्ने देखिन्छ,बैदेशिक यात्रामा भने  झन्झट आउनेछ।





सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
मिष्ठान्न भोजन र मनोरन्जनात्मक भेटघाट गर्ने अवसर मिल्नेछ,आज निकै उपलब्धि मुलक भेटघाटहरु हुनेछन,आम्दानीको श्रोत भेटिएता पनि सहि उपभोग गर्न नसकिएला,पठन पाठनमा केहि सुधारको संकेत देखिन्छ,प्रेममय रुपमा आजको दिन बित्नेछ  ।





कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
आजको दिनमा राजनैतिक र सामाजिक मान प्रतिष्ठा प्रशस्त मिल्नेछ,नोकरी र व्यवसायमा खासै ठुलो उपलब्धि हात लाग्ने देखिन्न,माता पिता र विशिष्ट व्यक्तिहरुको सहयोगमा बिसेष काम पुरा गरिनेछ,कृषि जन्य व्यवसायमा भने मनग्य लाभ मिल्ने देखिन्छ ।



तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
दान धर्ममा आजको दिन बित्नेछ,तिर्थयात्र गर्ने सु-अवसर मिल्नेछ भने यात्रा सफल र रोमान्चक बन्नेछ,स-साना चोटपटकको भय देखिन्छ, सामान्य किसिमका मुद्दा मामिलाको झमेला आइलाग्न सक्नेछ,नाचगान र खेलकुदजस्ता कार्यमा सहाभागी बनिनेछ।



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
मनमा अनेक प्रकारको खराब बिचारले सताउनाले निर्णयहरु कमजोर बन्न सक्छन,सत्रु पक्षले तपाईको कमजोरी औल्याउन सक्ने हुदा चनाखो रहनु होला,गुप्त रोगको भय देखिन्छ,पारिवारिक र प्रेम सम्बन्धमा कमजोरी आउन सक्ने समय ।




धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
प्रणय सुत्र आज निकै दरिलो रहनेछ,रमाइलो भेटघाट संगै मनपरेको बस्तु हात लाग्न सक्ने समय छ,बैदेशिक वा लामो यात्राको सम्भाबना देखिन्छ,गृहिणीहरुको लागि भने खासै उत्साहप्रद समय नरहला,सवारी साधनको प्रयोग खर्चिलो हुनेछ।



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
शत्रु पक्ष कमजोर रहनेछन,विपक्षीलाई सजिलै परास्त गर्न सकिनेछ,रोगबाट केहि छुटकारा मिल्नेछ भने काममा लगनशीलता बढ्नेछ,व्यक्तिगत प्रयासमा सामाजिक हित हुने कामकोलागि समय बिशेषरुपमा सफल साबित हुनेछ।




कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सन्तान र अनुयायीहरुबाट सन्तोष मिल्नेछ,साहित्यिक र कलाकारिता क्षेत्रमा ठुलो छलांग मार्न सकिनेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,खानपानमा आउने असाबधानिले पेटमा केहि समस्या आउन सक्ने देखिन्छ।





मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
पारवारिक असमझदारी बढ्नेछ,मातृसुखमा कमि आउने देखिन्छ,सवारी साधनको प्रयोग आज निकै घातक बन्नसक्छ चनाखो रहनुपर्ला,निर्णयमा हतारोपन हाबी हुनेछ,शारीरिक र मानसिक रुपमा दौडधुप बढ्नेछ,कमाम सफलता पाउनको लागि गोपनियता आबस्यक देखिन्छ।onlinejyotishnepal.blogspot.co.il
जाडो महिना सुरु भइसकेको छ । विशेषगरी आज राजधानी लगायतका विभिन्न स्थानहरुमा वर्षा भएसँगै चिसो अत्यधिक बढेको छ । यस्तो अवस्थामा हामीले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु आवश्यक छ ।

जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरुले सताउने गर्दछ । जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरु तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ ।

 जाडो महिनामा लाग्ने रोगबाट बच्नका लागि तपाईंले यस्तो आहार खानु आवश्यक छ जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न मद्दत गर्दछ । प्रतिरक्षा प्रणाली हरेक जीवको शरिर भित्र हुने त्यस्तो जैविक प्रक्रियाको एउटा संग्रह हो जसले कुनै पनि रोगको कोशिकाहरुलाई चिनेर मार्ने काम गर्दछ र उक्त जीवलाई रोग लाग्नबाट बचाउने गर्दछ ।

 चिसो मौसममा तपाईंले अदुवा, लसुन, च्याउ, चिया, दही, माछा र गाजरजस्ता आहाराको सेवन गर्नुपर्ने हुन्छ । यी आहाराको सेवनले तपाईंको शरिरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ ।

 १. च्याउः च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।

 २. लसुनः चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।

३. चिकन सुपः चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।

 ४. पालुङ्गोः पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।

 ५. गाजरः चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । यसले शरिरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।

 ६. कोकोः काँचो कोको विन्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ । यदि तपाईं यसको सट्टा कोको फ्लेभरको चकलेट खानुहुन्छ भने यसले केहि काम गर्दैन ।

७. मरिचः चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।

८. अदुवाः चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् ।

 ९. दहीः दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला ।

१०. चियाः चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरु चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।
पिनास भनेको साइनसहरुको संक्रमण हो ।

साइनस भनेका टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरुको माध्यमबाट नाकको श्वासमार्गसंग जोडिएका हुन्छन् ।

लक्षणहरु

१. नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने
२. नाक बन्द भइरहने
३. टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहन
४. सुघ्ने शक्तिमा कमि आउने
५.कसैकसैमा ज्वरो आउने जीउ दुख्ने पनि हुन्छ ।
६. विशेष गरी टाउको अगाडी झुक्दा दुख्ने भारी भएको जस्तो लाग्ने हुन्छ ।
७. साधारण रुघाबाट शुरु भएर पछि पिनास हुनसक्छ


यस्ता लक्षणहरु देखिएमा आफ्नो डाक्टरलाई भेटेर परामर्श लिएर घरेलु पद्दति अपनाउनु वा औषधि सेवन गर्नु उचित हुन्छ । पिनास चिकित्सकले समान्यतया लक्षण् हेर्दा नै थाहा पाए पनि कुनै अवस्थामा पत्ता लगाउनका लागि एक्सरे, सिटि स्क्यान, रगतको जाँच, साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच कल्चर आदी गर्नुपर्ने हुनसक्छ ।

यसको उपचारमा घरेलु औषधिहरु पनि प्रभावकारी हुने गर्छन ।

१. प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ ।
२. पानी मात्रको वाफ वा पानीसँग भिक्स, सन्चो आदी मिसाएर वाफ लिने गर्नाले बन्द नाक र श्वासनलीहरु केहि खुल्न गई आराम महसुस हुन्छ ।
३. मनतातो पानी वा नुनपानीले नाक सफा गर्ने गरेमा पनि केहि राहत मिल्छ ।

४. मनतातो पानीमा कपडा वा रुमाल भिजाएर निचोरी अनुहारमा राख्नाले पनि यसको दुखाइ कम हुन्छ ।

साइनोसाइटिस हुनबाट कसरी बच्न सकिन्छ

१) पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
२. नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ ।
३. धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ ।
४. चुरोटको धुँवा प्रदुषण रसायनहरु एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ ।
किड्नीमा भएको पत्थरीबाट हप्ता दिनमैै छुटकारा पाउन सकिने प्राकृतिक उपचार

किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक उपचार पद्धतीद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी रु

आज हामी किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार पद्धती अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं । तर यदि किडनीको पत्थरी ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ ।

आज हामीले जानकारी गराउन लागेको यो घरेलु प्राक्रितिक ओखतीले तपाईको किडनीमा भएको पत्थरीलाई प्राक्रितिक रुपले एक हप्तामै बिदा गर्ने छ । यसले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ ।

ूगहुँको दाना भन्दा ठूलो पत्थरीलाई मैले कसरी बाहिर निकाले भन्ने बारेमा यहाँ म जानकारी गराउँदै छुंू, किडनीमा पत्थरी भएका एक जना बिरामी जसले यो प्रबिधि अपनाएर समस्याबाट छुटकारा पाउन सफल भए उनको अनुभव यस्तो रहेको छ ।

आवश्यक सरदामहरु:

१.  १०० मिलीलिटर कागतीको जुस

२.  १०० मिलीलिटर शुद्ध ओलिभ (जैतुन) को तेल

३.  १०० मिलीलिटर बीयर

ओखती तयार पार्ने बिधि:

सबै सरदामलाई एउटा ग्लास बोटल तथा जगमा खन्याउनुहोस् । अनि मीश्रण घोलिने गरि यसलाई केही बेर सम्म हल्लाउनुहोस् ।

ओखती सेवन गर्ने बिधि:

प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण (ओखती) सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । किडनीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चाँही चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ ।

यो ओखती सेवन गरेपछि मात्र तपाईले यसको शक्तिका बारेमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।

सुझाव : कागती जैबिक (अरग्यानिक) हुनुपर्छ । बजारमा पाइने बनाबटी अशुद्ध कागतीको रस नकिन्नुहोस् । यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि ठूलो पत्थरी बाहिर निस्किने बेलामा च्यानेल (बाटो) मा घाउ हुन सक्छ ।
हिन्दु शास्त्रका अनुसार नमस्कार गर्नुले मानिसको मर्यादा पालन, अनुशासन, व्यवहार र विचारलाई दर्शाउँछ । तर, नमस्कारका पनि आफ्नै केही मर्यादा हुन्छन् जसका बिना नमस्कारको प्रभाव अधुरो हुन्छ । यी मर्यादा पालन गर्न सके नमस्कार जीवनका लागी हितकर हुन्छ ।




सामान्यतया नमस्कारले सम्मान वा स्नेह प्रकट गर्ने गर्छ । नमस्कारले मानिसमानिसबीचको सम्बन्धलाई गहिरो बनाउने मात्र होइन् मानिसको व्यक्तित्व, चरित्र र व्यवहारलाई पनि दर्शाउँछ । मानिसले थोरै झुकेर नमस्कार गर्दा मानिसको अंहकार हट्छ भने मानसिक र व्यवहारिक दोषलाई पनि हटाउन सहयोग गर्छ ।



नमस्कारले धेरै सकारात्मक असर गर्छ । तर, कहिले काही केही यस्ता व्यक्ति हुन्छन् जसलाइ नमस्कार गर्दा नमस्कारले सकारात्मक भन्दा नकरात्मक असर गर्छ । अर्थात् केही व्यक्तिलाइ नमस्कार गर्नु फाइदा नभइ बेफाइदा हुन सक्छन् ।



ती कस्ता व्यक्ति हन् जसलाई नमस्कार गर्नु राम्रो मानिदैन...
- जुठो परेको व्यक्तिः यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।



- नुहाइरहेको व्यक्तिः नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन । किनकी यसले नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई अप्ठ्यारो हुन सक्छ ।



- मुर्ख मानिसः आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार गर्दा उसले दिन सक्ने प्रतिक्रियाले झन् आफैलाई नराम्रो असर गर्न सक्छ । उसले गर्न सक्ने व्यवहार आफूप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।



- टाढा रहेको व्यक्तिः आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो । किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ ।



- धनको अंहकार गर्ने व्यक्तिः यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुन सक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।



- दौडिरहेको व्यक्तिः दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न । दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ । यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।



- पानीमा रहेको व्यक्तिः पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।
विमानमा सवार गर्ने गर्नु भएको छ भने तपाइँलाई थाहा होला विमान चढेपछि तपाइँलाई फोन अफ गर्न लगाइन्छ । विमानमा फोन लगायतका उपकरण प्रयोग गर्न पाइँदैन जस्को बाहिरी नेटवर्क सँग सम्बन्ध छ ।

तर के विमानमा फोन अन भयो भने विमानमा अन्य विद्युतीय प्रणालीमा असर गर्छ ? होइन भने किन लगाइन्छ विमानमा ?

एक यात्रु अनुभव सुनाउँछन् -'म एक पटक बेलायतको हिथ्रो विमानस्थलबाट विमानमा चढेको बेला फोन अफ गर्ने आग्रह गरियो तर मैले उनीहरुलाई झुक्क्यार खल्तीमा आइफोन राखें अफ नगरी ।



मैले गलत गरेको कुरा अहिले खोल्दैछु । मलाई मेरो काम सम्बन्धि महत्वपूर्व सन्देश हेरिरहनु पर्ने भएकाले मैले फोन अफ गरिन तर उनीहरुले चाल पाएनन् । अनि मलाई के थाहा थियो भने एक फोनले उडिरहेको विमानलाई दुर्घटना गराउने वा जमिनमा पछारिने अवस्थामा पुर्‍याउन सक्दैन ।'

 हालै गरिएको एक सर्वेक्षणले हरेक १० मध्ये ४ अमेरिकी हवाइ यात्रुले विमान यात्राको समयमा फोन अफ गर्दैनन् भन्ने तथ्य बाहिर ल्याएको छ । संसारभरी नै ३००० मिटर अर्थात १० हजार फिट भन्दा मुनी उड्ने विमानमा मोबाइल वा अन्य नेटवर्कमा आधारित उपकरण बन्द गर्नै पर्छ । यो बाध्यकारी नियममा पर्छ । नियम अनुसार कुनै पनि यात्रुले फ्लाइट मोडमा समेत फोन राख्न पाउँदैन ।


फ्लाइट मोडमा समेत फोनले पनि विमानको अन्य प्रणालीमा असर गर्ने बताइन्छ । यद्यपी उचाइमा विमान उडिरहँदा ल्यापटप वा म्यूजिक प्लेयर भने प्रयोग गर्न पाइन्छ ।

हामीलाई अहिले सम्म भनिएको कुरा के हो भने मोबाइल वा अन्य उपकरणमा आउने सिग्नलले विमानको इलेक्ट्रोनिक प्रणालीमा असर गर्छ र विमान खतरामा पर्छ । खासमा यो सिद्धान्त इन्टरनेटसँग जोडिएका विभिन्न ग्याजेट्स वा मोबाइल नेटवर्क रेडियो तरंगको प्रयोग गर्छ र विमान पनि जमिनबाट सूचना प्राप्त गर्नका लागि सयौं यस्तै इलेक्ट्रोनिक प्रणालीमा आधारित हुन्छ जसलाई एभिएनिक्स भनिन्छ । यसले ककपिटमा भएका ब्यक्तिहरुबीच सञ्चारको काम गर्छ

सिग्नलमा अवरोध

यो कुरा केवल मोबाइल सँग मात्र जोडिएको विषय होइन । यसमा किन्डल्स, आइप्याड, ल्यापटप, हातले खेलिने भिडियो गेम लगायतका उपकरणले पनि रेडियो तरंग छोड्छन् । यस्ता उपकरणको फ्रिक्वेन्सी विमानको एभिएसनिक्समा प्रभाव पार्ने स्तरमा भयो भने यस्ले राडारसँगको सम्बन्ध र अन्य प्रणालीमा असर गर्ने बताइन्छ ।

अहिले सम्म कुनै पनि विमान विमानमा फोन चलाएको कारण वा अन्य उपकरण चलाएका कारण दुर्घटनामा परेको इतिहास छैन । तर यो पनि विमान दुर्घटनाका कारण मध्ये हुन सक्छ । अहिले सम्मको प्रविधीले विमानमा समस्या ल्याउन यस्ता उपकरणको कति भूमिका हुन्छ भन्ने पत्ता लगाउन पनि सक्दैन । यस्ता कहानी धेरै छन् जसले विमानमा उपकरणहरु चलाउँदा विमानमा असर पर्छ भन्ने पुष्टी गर्छ ।


सन् २०१३ मा प्रकाशित एक रिपोर्टका अनुसार अमेरिकी विमान सुरक्षा प्रणालीका अनुसार ५० यस्ता घटना भएका छन् जहाँ विमानभित्र यात्रुले उपकरण चलाएका कारण विमानको सूचना प्रणालीमा असर परेको थियो । अधिकाँश अवस्थामा विमानको कम्पासमा असर परेको थियो ।

सन् २००६ सम्मको रेकर्डमा १२५ यस्ता घटना भएका थिए जसमा उपकरणकै कारण विमानको सिग्नलमा समस्या भएको थियो । र ७७ घटना जोखिमपूर्ण नै थिए । त्यस्तै सन् २००३ र २००९ मा पनि यस्ता घटना सार्वजनिक भएका थिए । खासमा विमानको प्रणाली ट्रान्समिसनको एक प्रक्रियामा आधारित हुन्छ । जुन मोबाइल लगायतका उपकरणहरुको इलेक्ट्रोनिक नेटवर्क जस्तै हुन्छ ।

विमानमा प्रयोग भएको सुचना प्रणाली र यस्ता उपकरणको सूचना प्रणालीको सिग्नल एकै खालको हुने हुँदा यसले गर्ने असरबारे स्पष्ट डाटा निकाल्न समेत कठिन हुन्छ । त्यसै कारण नै विमानमा फोन अफ गर्न लगाइन्छ ।

एजेन्सीको सहयोगमा ।
एजेन्सी ।

तपाइँलाई अण्डा मन पर्छ कि पर्दैन ? पर्छ भने राम्रो खवर छ । तर यदि पर्दैन भने पनि आजै देखि खान शुरु गर्नुस् ।

हालै गरिएको एक अध्यनले दिनको एउटा अण्डा खाने ब्यक्तिमा मधुमेह रोगको खतरा ४० प्रतिशतले कमी हुने देखाएको छ । टाइप टूको मधुमेहलाई अण्डाले रोक्न सक्ने अध्यनकर्ताहरुको दावी छ ।



अमेरिकी जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित शोधका अनुसार हप्तामा कम्तिमा ४ वटा अण्डा खाने ब्यक्तिलाई टाइप टू मधुमेहको खतरा ४० प्रतिशतले कम हुन्छ ।

यूनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डमा १९ वर्ष लगाएर गरिएको अध्यनबाट शोधकर्ताहरुले यो निष्कर्ष निकालेका हुन् ।



अध्यनकर्ताहरुले ४२ देखि ६० वर्षका ब्यक्तिमा यो अध्यन गरेका थिए । जसमा सहभागी मध्ये ४३२ जना मधुमेहको शिकार भएका ब्यक्ति थिए ।



शोधकर्ताहरुले रगतमा ग्लूकोजको स्तर नियन्त्रणमा अण्डामा हुने तत्वले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अण्डाले ब्याड कोलेष्ट्रोल नियन्त्रण गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने बताइन्छ ।
तपाईँहरूले महशुस गर्नुभएको छ? कुनै व्यक्तिलाई धेरै जसो एउटै किसिमको रोग अथवा शारीरिक समस्याले पिरोलिरहेको हुन्छ। कसैलाई सँधै भरि टाउको दुख्ने, कसैलाई खोकी लागिरहने वा कसैलाई सानैदेखि हाड जोर्नीको दुखाइ हुने हुन्छ। यी सबै शारीरिक समस्याहरूको कारण वंशाणुगतको कारणले पनि हुन सक्छ तर नयाँ अनुसन्धानबाट के पत्ता लगाएको छ भने यस्तो किसिमको समस्या व्यक्ति जन्मने महिनामा पनि निर्भर गर्दछ।

अनुसन्धान अनुसार कुनै पनि व्यक्तिलाई ५५ वटा भिन्न रोगहरूमध्ये कुनै एक अथवा धेरै रोगहरू लाग्ने तथ्य र उसको जन्म महिनामा अन्तर्सम्बन्ध रहेको हुन्छ। अनुसन्धानमा संलग्न भएका व्यक्तिहरू मध्ये धेरै जसो मे महिनामा जन्मिनेहरूलाई महिना अनुसारको रोग लाग्ने सम्भावना कमि भएको देखिएको थियो भने अक्टोबरमा जन्मिनेहरूलाई यो समस्याले धेरै सताउने देखिएको थियो।

“यो अनुसन्धानबाट वैज्ञानिकहरूलाई नयाँ रोगहरूको बारेमा जान्न धेरै नै टेवा पुग्दछ।“- कोलम्बिया युनिभर्सिटिका एक अनुसन्धानकर्ताले बताएका थिए।

जाडो मौसममा जन्मिने मानिसहरूमा छोटो दिन र सूर्यको किरणको कमी हुने कारणले गर्दा उनिहरूलाई चाहिने मात्रामा भिटामीन-डी पुगेको हुँदैन र अन्ततः उनीहरूलाई हृदयरोगले सताउने बढी सम्भावना रहेको पुरानो अनुसन्धानले पुष्टि गरेको थियो। त्यसपछि अरू शारीरिक समस्याहरू पनि जन्मने महिनामा निर्भर हुन्छ वा हुँदैन भन्ने कुराको खोजीको क्रममा अनुसन्धानकर्ताहरूले न्यू योर्कको युनिभर्सिटिको मेडिकल सेन्टरमा रहेको करिब १७ लाख बिरामीहरूको मेडिकल रेकर्डहरू पनि हेरेका थिए। उक्त रेकर्डअनुसार सन् १९०० र २००० सालको बिचमा जन्मिएका र सन् १९८५ र २०१३ को बिचमा उपचार गराइएका मानिसहरूको रेकर्डलाई धेरै ध्यान दिइएको थियो।

उक्त रेकर्डअनुसार १० जना बिरामीहरू जो जाडो महिनामा जन्मेका थिए, उनीहरूलाई हृदय रोगले सताएको रहेछ भने जनवरी महिनामा जन्मेका मानिसहरूलाई मुटुको मांसपेशीको समस्या र उच्च रक्तचापले सताएको रहेछ। तर सेप्टेम्बर र अक्टोबर महिनामा जन्मेका मानिसहरूलाई भने उक्त समस्याले कमै सताएको अनुसन्धानले जनाएको छ।

जाडो मौसममा जन्मिएका बालकहरूमा किन हृदय रोगले बढी सताउँछ भन्ने कुरा भने विवादास्पद नै रहेको छ तर गर्भवती आमाहरूलाई जाडो मौसममा धेरै जसो संक्रमण हुने र यसले गर्दा उक्त महिनामा जन्मेका बालकहरूलाई हृदय रोगले सताउन सक्ने सम्भावना रहेको हुन्छ।

तर सबै रोगहरू जन्मने महिनाको कारणले नै हुन्छ भन्ने कुरामा विश्वास गर्न भने पक्कै पनि हुँदैन। कतिपय रोगहरू तपाईँ-हामीहरूले आफ्नो दैनिक जीवनमा लापरवाही र शारीरिक स्वास्थ्यमा ध्यान नदिएर पनि हुने गर्दछ।
एजेन्सी । स्कुलमा युवतीहरुलाई जबरजस्ती देहव्यापारमा लगाउने र यातना दिने गरेको सेक्स स्क्याण्डलको पर्दाफाश भएपछि हलचल मच्चिएको छ ।
यसका काममा नामी व्यापारी समेत सामेल भएको र भर्जिन युवतीलाई करोडौं रुपैयामा खरिद गर्ने गरेको खुलेको हो ।

चीनको शानक्सी प्रान्तको प्रहरीका अनुसार स्कुले छात्रालाई करोडौं दिएर कारोबारीको समूहले यौन धन्दामा जबरजस्ती लगाउने गरेको खुलासा भएको हो ।
उक्त घटनामा प्रहरीले ११ कक्षामा पढ्ने ६ जना युवतीहरुलाई गिरफ्तार गरेको छ । १६ वर्षभन्दा कम उमेर भएका कारण एक युवतीलाई भने रिहा गरिएको छ ।


यस्ता छात्राहरुले सोझा सिधा युवतीहरुलाई फसाएर लाने गरेको र एक जनालाई करिब साढे २ करोड दिने गरेको खुलेको छ ।
पक्राउ परेकी एक छात्राले १० जना युवतीलाई फसाएर कारोबारीकोमा पु¥याएको र उनीहरुको साथमा केही मानिसहरुले जबरजस्ती सेक्स गर्नुका साथै मानसिक यातना दिएका थिए ।
प्रहरीका अनुसार ७ सिनियर छात्राले ५ जुनियर छात्रालाई धम्क्याएर नांगो तस्वीर खिचाएर ब्ल्याकमेल गरेका थिए । उनीहरुको यस्तो हर्कतविरुद्ध दुई युवतीहरुले आवाज उठाएपछि उक्त घटना पर्दाफास भएको हो ।
पीडित युवतीका बाबुले १० कक्षामा पढ्ने पाँच युवतीले सेक्स गर्न नमानेपछि उनीहरुमाथि चरम यातना दिएर यौन सम्बन्ध बनाउन बाध्य बनाएको बताए । उक्त घटनामा सम्लग्न एक अधिकारीपलाई प्रहरीले पक्राउ गर्नुका साथै अन्य कारोबारीको खोजी कार्य जारी राखेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कि जागिर छाड, कि डिभी-पिआर छाड !
काठमाडौँ, २९ असार । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवा ऐन चौथो संशोधन विधेयक राष्ट्रपतिबाट आज प्रमाणीकरण भएकाले अब निजामती सेवालाई प्रभावकारी बनाउन सहज भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले डिभी र पिआर लिएका निजामती तथा सरकारी स्वामित्वका संस्थानका कर्मचारीले अबको ३० दिनभित्र स्वघोषणा गरी खारेज गर्नुपर्ने अन्यथा तीन महिनाभित्र कारबाही गरिने चेतावनी दिनुभयो ।
उहाँले नयाँ संविधान जारी भएपछि राजनीतिक दलसम्बन्धी ऐनमा समेत संशोधन गरिने र डिभी तथा पिआर लिएका राजनीतिकर्मीलाई समेत कारबाही गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । मन्त्री पण्डितले भन्नुभयो, “नेपाल सरकारको लगानी भएको जुनसुकै संस्थामा काम गर्नेलाई पनि अब डिभी र पिआर लिने मात्रै होइन त्यसका लागि आवेदन दिनेलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ ।”
उहाँले ऐनअनुसार विदेश भ्रमणमा जाने कर्मचारी ३० दिनभित्र स्वदेश नफर्किए उनीहरू स्वतः निलम्बनमा पर्ने र उनीहरूले सरकारी सेवासहित निजी क्षेत्रमा पनि काम गर्न पाउने छैनन् भन्नुभयो ।

अहिलेसम्म आफूसँग झन्डै ६०० कर्मचारीको विषयमा उजुरी आएको बताउँदै उहाँले डिभी र पिआरबाहक कर्मचारीको सूचना दिन सार्वजनिक आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सबै सेवामा गरेर १० हजारभन्दा बढी डिभी र पिआर लिएका कर्मचारी छन् ।www.dainiknepal.com

भिडियो हेर्न तल किल्क गर्नुहोस:
काठमाडौं २९, असार । काठमाडौंबाट इस्तानबुलका लागि उडेको विमानमा नेपाली विरामी परेपछि तुर्केमिनिस्तान डाइभर्ट गरिएको छ ।
मंगलबार विहान ७.४५ मा उडेको बिमानमा
नेपाली यात्रु मोहनबहादुर ब्रजाचार्य अचेत भएपछि विमान डाइभर्ट गरिएको हो ।



डाइभर्ट गरिएको विमान नेपाली समयअनुसार विहान ११.४५ बजे तुर्केमिनिस्तानमा ल्याण्ड गरिएको थियो । उनलाई विमान अवतरण  गरेलगतै अस्पताल लगिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २९ असार । नेपाली कांग्रेसका युवा नेता गगन थापाविरुद्ध मुद्दा दायर भएको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष तथा संविधानसभाका सदस्य रञ्जित कर्णमाथि भएको आक्रमणमा गगन थापाको संलग्नता भएको आरोपमा नेता थापा समुहका कुन्दनराज काफ्ले सहित ११ जना विरुद्ध मुद्दा परेको हो ।
नेपाल विद्यार्थी संघ कार्यालय सचिव शिव लम्सालका अनुसार सांगठनिक विवादमा गगन थापा र कुन्दन राज काफ्लेको टिमले अध्यक्ष कर्णमाथि आज बिहानै घरमै गएर आक्रमण गरेका थिए ।
अध्यक्षमाथि आक्रमण गर्ने कुन्दन काफ्ले र गगन थापा समुहका नवराज त्रिपाठीसहित ११ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको सचिव लम्सालले दैनिक नेपाललाई टेलिफोनमा बताए । हतियार बोकेको १०/१२जनाको समूहले मंगलबार बिहान हाँडीगाउँस्थित निवासमा अध्यक्ष कर्णमाथि आक्रमण गरी कालोमोसो दलेका थिए ।
dainiknepal.com
काठमाडौं, २९ असार । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
आगामी आर्थिक बर्ष २०७२/२०७३ को ८ खर्ब १९ अर्ब रुपैयाँको बजेट सरकारले मंगलबार सार्वजनिक गरेको हो । बजेट संसदबाट अहिले अर्थमन्त्री राहशरण महतले प्रस्तुत गरिरहेका छन् ।
आगामी बर्षको बजेटलाई भूकम्पपछिको पुनर्निर्माणका साथै स्थानीय निकायको निर्वाचन केन्द्रित गरिएको छ । त्यसको स्रोत भने विदेशी सहायता र विदेशी ऋण हो ।
एक खर्ब १० अर्ब रुपैंया विदेशी सहायता र ९५ अर्ब विदेशी ऋणबाट स्रोत जुटाउने लक्ष्य सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।
dainiknepal.com
२९ असार, काठमाडौं ।

वार्ता वहिस्कार गरेर आन्दोलनमा उत्रेका बैदेशिक रोजगार व्यवशायी आफ्नो अडानबाट पछि हटेका छन् । सरकारले आब्हान गरेको वार्ता प्रस्तावलाई वहिस्कार गरेर आन्दोलन र कानूनी बाटोले पार लाग्न नसकेपछि व्यवशायीहरु वार्ताबाट सहमती खोज्न सकारात्मक भएका हुन् ।

सरकार र व्यवशायीबीच अहिले वार्ता भइरहेको छ । श्रम मन्त्रालय सिंहदरवारमा वार्ता भइरहेको बैदेशिक रोजगार व्यवशायीका संघका अध्यक्ष बिमल ढकालले जानकारी दिए । पुनरावेदन अदालतले बैदेशीक रोजगार व्यबसायीको आन्दोलनमा अन्तरीम आदेश जारी गर्न अस्वीकार गरेपछि उनीहरु वार्ताका लागि तयार भएका हुन् ।



बैदेशीक रोजगारीमा निशुल्क भिषा र हवाई टिकेटको निर्णय तत्काल कार्यान्वयन नगर्न माग गर्दै व्यबसायीले श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ बिरुद्ध पुनराबेदन अदालत पाटनमा मुद्धा दायर गरेका थिए । तर अदालतले भने सरकारको निर्णयमा समर्थन जनाउँदै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।

सरकारले असार २१ गतेदेखि मेलेसिया सहित सात खाँडी मुलुकमा निशुलक भिषा र हवाई टिकेटको निर्णय लागु गरेको थियो । त्यस यता व्यबसायिहरु देशभरका सबै म्यानपावर कम्पनि बन्द गरी आन्दोलनमा छन् ।

उनीहरुले वैदेशिक रोजगार विभागको श्रम स्विकृती समेत रोकेका छन । दैनिक १५ सय देखि २ हजार सम्म श्रम स्विकृत हुने विभागमा अहिले काम ठप्प छ । व्यवसायीले आफुहरु सरकारले गरेको फ्रि भिषा फ्रि टिकटको विपक्षमा नरहे पनि आफुहरुसँंग सल्लाह नगरी एकलौटी रुपमा निर्णय लादिएकोले यसको विरोध गरेका बताएका छन ।nepaliheadlines.com
कपिलवस्तु, २९ असार । कपिलबस्तुमा एक बालिकामाथि उखुबारीमै बलात्कार भएको छ ।
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भवानपुर–७ ठाकुरापुर बस्ने २६ बर्षीय ओम प्रकाश कोइरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोइरीले सोमबार सोही ठाउँ बस्ने १२ बर्षीया बालिकालाई घरदेखि २ सय मिटर टाढा उखुबारीमा शौचालय गर्न गएको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ ।
पीडित बालिकालाई स्वास्थ्य परिक्षण तथा उपचारको लागि तौलिहवा पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ । यसअघि उनले आधा दर्जन युवतीलाई जिस्क्याएका थिए । जसका कारण उनलाई नियन्त्रणमा लिएर छाडिएको थियो ।
dainiknepal.com
एजेन्सी ।

सलमानले आफ्नी पछिल्ली प्रेमिका लुलिया बन्तुरसँग सम्बन्ध तोडेको चर्चा सेलाउन नपाउँदै उनी पुराना प्रेमिकासँग नजिकिन थालेको चर्चा बलिउडमा शुरु भएको छ ।

उनी क्याट्रिना कैफसँग नभएर पुरानी प्रेमिका संगीता विजलानीसँग नजिकिइरहेको बलिउड सञ्चार माध्यमले जनाएका छन् ।



पर्दाफास डटकमका अनुसार रोमानियाली प्रेमिकासँग सम्बन्ध तोडेका सलमान संगीतासँग पुनः नजिक भएका छन् । दक्षिणको चलचित्र बाहुबलीको विशेष स्क्रिनिङका क्रममा संगीता र सलमान एउटै कारमा देखिएपछि उनीहरु पुनः नजिकिको भन्ने हल्लालाई बल पुगेको छ ।



सलमानले संगीताको घर सम्मै गएर उनकै घरमा खाना खाएको समेत समाचारमा जनाइएको छ । यस अघि सलमानको घरमा संगीतालाई देखिएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सुनसरी, २९ असार । सुनसरीको प्रकाशपुर-५ स्थित कोशी नदीमा डुंगा डुब्दा १६ जना बेपत्ता भएका छन् ।
नदीमा तैरिरहेको डुंगामा ५ महिलासहित १६ जना सवार थिए । नदीमा तैरिरहेका बेला एक्कासी आएको भेलले डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार डुंगा नदी पारीको श्रीलंका टापु नामको गाउँतिर जादै थियो । डुबेको डुंगा खोज्न कोशी वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएका नेपाली सेना, आरक्षका कर्मचारी र प्रहरी जुटेका छन् ।
dainiknepal.com
लिवाङ: १० बर्से माओवादी सशस्त्र द्वन्द्वकालमा धेरै रोल्पालीहरू छापामार बने र सरकारी सुरक्षा फौजसँग भरुवा बन्दुकले लडे। तीमध्ये थोरैले मात्रै शान्ति प्रक्रियाका बेला नेपाली सेनामा समायोजन रोजे। अधिकांश लडाकु स्वेच्छिक अवकाश लिएर घर फर्किए। त्यसबेलाका रोल्पाली छापामार शान्ति प्रक्रियापछि कहाँ के गर्दैछन् भन्ने अत्तोपत्तो पूर्वकमान्डरलाई समेत छैन।

 धरैजसो महिला लडाकु बिहे गरेर घरजमपछि छोराछोरी हुर्काउन व्यस्त छन्। धेरैजसो पुरुष वैदेशिक रोजगारीमा गएकाले कहाँ के काम गर्दैछन् भन्ने पत्तो नभएको त्यसबेला मिसाइल भनेर चिनिने पूर्वलडाकु घनबहादुर गिरीले बताए। स्वेच्छिक अवकाशको पैसाले धेरैजसोले गाउँ छाडेर तराई झरेकाले पनि रोल्पामा पूर्वछापामार थोरै भेटिने उनले बताए।



पाँच पार्टीमा विभाजित भएका माओवादी पार्टीमा स्वेच्छिक रूपमा फर्किका पूर्वछापामारको एकीन तथ्यांक छैन। को, कहाँ, के गरेर बसेका छन् भन्ने जानकारीसमेत पाउन सकिँदैन। जिल्लाका केही पूर्वछापामारले भने आआफ्नो गच्छेअनुसारको पेसा गरेर जीवनयापन गरिरहेका छन्।

धबाङ-९ भुमका ३९ वर्षीय घनबहादुर गिरी स्वेच्छिकमा घर फर्किएका पूर्वलडाकु हुन्। लडाकु हुँदा उनी मिसाइल नामबाट परिचित थिए। पूर्वछापामार मिसाइलले अहिले रोल्पाको सदरमुकाम लिबाङ बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन्।

तेस्रो डिभिजन चितवन शक्तिखोरबाट स्वेच्छिकमा फर्किएका घनबहादुरले सुरुमा ढुंगा फोड्ने कामसमेत गरे। 'स्वेच्छिकमा फर्किएपछि कारागारनजिकै ढुंगा फोड्ने, हम्बर हान्ने मजदुरी काम थालेको थिएँ।

महिनाको नौ हजारसम्म पनि कमाएँ,' पूर्वछापामार धनबहादुरले विगत प्रष्ट्याए, ‘धेरै माओवादी साथीहरूले ढुंगा फोड्ने, मजदुरी गर्ने अवस्थासम्म पुगिछस्। यो त सुहाएन भनेपछि पसल सुरु गरेको हुँ।'

पूर्व छापामारले सञ्‍चालन गरेको उपहार पसल। तस्बिर:  अन्‍नपूर्ण
श्रमको सम्मानको लडाइँ लडेका उनलाई उनकै सहकर्मीले मजदुरी गरेको सुहाएनभन्दा अचम्मसमेत लाग्यो। यसले नेता र कार्यकर्तामा बदलिँदै गरेको दृष्टिकोणको उनले पनि भेउ पाए। शिविरमै बस्दादेखि पार्टी, नेता र जनमुक्ति सेनामा विचलन आएको अनुभूतिपछि उनी स्वेचिछकमा फर्किएका हुन्।

युद्धका बेला कम्पनी कमान्डर रहेका उनी आक्रमणका बेला घाइतेसमेत भएका थिए। ढाडको समस्य भोगिरहेका उनले सजिलोको लागि व्यवसाय रोजेका हुन्। उनकी पत्नी आशा राना पनि पूर्व लडाकु नै हुन्।

छापामार हुँदा उनी भाइस कमान्डर थिइन्। अस्थायी शिविरमै उनीहरूबीच जनवादी विवाह भएको थियो। उनीहरू दुवैले सल्लाहमा स्वेच्छिक रोजेका थिए । फेन्सी स्टोर चलाउँदै उनीहरूले चार वर्षीय छोरा पनि हुर्काउँदैछन्।

स्वेच्छिक आउँदा पाएको रकमबाट उनीहरूले पसल खोलेका हुन्। 'करिब नौ लाख लगानीमा फेन्सी पसल चलाएका छौं,' पूर्वछापामार आशा भन्छिन्।

पाछाबाङ २ रोल्पाका दिनेश बुढामगर पनि पूर्वकमान्डर हुन्। पाँचौं डिभिजन दहबन रोल्पाबाट स्वेच्छिकमा आएका उनी पनि हार्डवेयर एन्ड सप्लायर्समा लागेका छन्। इरिबाङको बागमारामा उनको ठूलो पसल छ।

पूर्वबिगे्रड भाइस कमान्डर दिनेश लडाइँमा अब्बल मानिन्थे। स्वेच्छिकमा आएपछि उनी प्रत्यक्ष राजनीतिमा संलग्न छैनन् । जिनाबाङका ओमप्रकाश डाँगी 'विकर्षण' ले पनि दाङमा गाई पालन गर्दै आएका छन्।

थबाङ २ का बिनप्रसाद पुन 'टार्जन' पनि दाङमै इलोक्ट्रिोनिक्स सम्बन्धी व्यापारमा छन् । मिरुलका पूर्वकमान्डर रामलाल रोका वैद्य माओवादीमा थिए । चन्द विभाजन भएपछि उनी पार्टीमा सक्रिय छैनन्।

पाँचौ डिभिजन दहबनमा स्वास्थ्य विभाग प्रमुखबाट फर्किएका कोर्चाबाङका पूर्वकमान्डर दीपेन्द्र घर्ती ‘प्रभाकर’ ले दाङ घोराहीमा क्लिनिक सञ्चालन गरिरहेका छन्। पूर्वलडाकु फबिन्द्र आचार्य राजनीति र व्यवसायमा सक्रिय छन्। नेकपा-माओवादीमा उनी सक्रिय नै छन् । भाबाङका केशबहादुर बाठा ‘सुवास’ पनि पूर्वछापामार नै हुन्।

उनी अहिले विप्लव नेतृत्वको नेकपा माओवादी जिल्ला इन्चार्ज छन्। पाँचौं डिभिजन दहबनमा सहायक कमान्डर रहेका कुरेलीका राजबहादु बुढा 'अविनास' स्वेच्छिकबाट फर्केपछि एमाओवादीका जिल्ला इन्चार्जसमेत भए। अहिले उनी चितवनमा छन्।

बच्‍चा हुर्काउँदै पूर्वछापामार महिला। तस्बिर: अन्‍नपूर्ण
जनमुक्ति सेनाका कमान्डर राङ्सीका नन्दकिशोर पुन 'पासाङ' एमाओवादीको केन्द्रीय राजनीतिमै सक्रिय छन् । इरिबाङमा जन्मिएका नेत्रविक्रम चन्द ‘विप्लव’ पनि अब्बल लडाकु नै हुन्। उनी अहिले नेकपा माओवादीको प्रमुख छन्।

कोटगाउँका युवा लडाकु कुलप्रसाद केसी 'सोनाम' नेकपा-माओवादीमा सक्रिय छन्। जंकोटका वर्षमान पुन 'अनन्त' पनि छापामार नै थिए। उनी अर्थमन्त्रीसमेत भइसके। माओवादीको केन्द्रीय राजनीतिमा सक्रिय रोल्पाका सबै नेता लडाकु पृष्ठभूमिकै हुन्।

उनीहरू शान्ति प्रक्रियासँगै खुला राजनीतिमा उत्रिए। धेरै रोल्पाली लडाकु शिविरमा लामो समय बसेर स्वेच्छिकमा बाहिरिएका अधिकांश छापामार गुमनाम जस्तै बन्दै गएका छन्।

एमाओवादीका जिल्ला अध्यक्ष धु्रवका अनुसार केही पूर्वलडाकु तराईतिर बसाइ सरेका छन भने केही व्यवसायमा लागेका छन् । कतिपय त विदेश गएका छन्। केही गाउँमै खेतीपाती गर्दै गुजारा गर्दैछन्।

पूर्वछापामार गाउँमा फर्किएपछि कतिपयले गाविसस्तरको राजनीतिक अगुवाको जिम्मेवारी पाएका छन् । वैद्य र विप्लव माओवादीनिकट कतिपय पूर्वछापामार सक्रिय राजनीतिमा पनि छन् । तर अधिकांश पूर्वछापामार गुमनाम जस्तै छन्।

रोल्पाली छापामार कति थिए र कतिजना कहाँ के गर्दै छन भन्ने तथ्यांक भने कसैसँग छैन। एमाओवादी, नेकपा-माओवादी र विप्लव माओवादी कसैसँग पनि पूर्ण तथ्यांक छैन। 'सबै पूर्वछापामार सम्पर्कमा नभएकाले कसले के गर्दैछन् भन्ने एकीन छैन,' पूर्वलडाकु मिसाइल भन्छन्।

पूर्वलडाकु घनबहादुरका अनुसार धेरै रोल्पाली छापामार विदेश पलायन भएका छन्। पार्टी विभाजन हुँदै गएपछि निराश बनेका उनीहरू विदेशिन बाध्य भएको गुनासो गर्छन्।

पूर्वछापामारका अनुसार जिल्लाबाट मात्र युद्धका बेला करिब आठ हजार छापामार थिए। अनमिनले दुई हजारलाई अयोग्य भनेपछि करिब ६ हजार रोल्पाली छापामार विभिन्न शिविरमा थिए। तीमध्ये ५० जना पनि समायोजनमा गएनन्। युद्धका अनुभव संगालेका उनीहरू भनेजस्तो परिवर्तन नभएपछि निराश बनेका छन् ।
annapurnapost.com
ताप्लेजुङ, असार २९ - फुङलिङ बस्तै आएकी विनीता लिम्बू निधारको आलो घाउ लिएर सोमबार जिल्ला प्रहरी कार्यालय पुगिन्। दिदीको सहारामा पुगेकी उनले व्यथा सुनाउँदै भनिन्, ‘माघमा विवाह गरेयता तीनपटक यस्तै कुटाइ खाइसकें, कसरी बाचूँ?

आइतबार कुटाइ खाएपछि आफन्तको सहयोगमा जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएकी उनी घाउकेस फाराम भर्न प्रहरी कार्यालय आएकी थिइन्। त्यहीबेला अन्तरक्रिया हुँदै गरेको सुनेपछि हलमा प्रवेश गरिन्, पीडा देखाइन् र सुनाइन्। छ महिनाअघि मात्रै विवाह गरेको बताउने उनले पहिला छाती र मुटुमा कुट्ने गरेको र पछिल्लो पटक निधारमा हानिएको बताइन्। श्रीमान् दिनेश श्रेष्ठ

पक्राउ नपरेकोमा उनको प्रहरीप्रति आक्रोश थियो।

सदरमुकाम फुङलिङबाट एक दिनको पैदलमा रहेको साँवा गाविस ५ की फुपु डोमा शेर्पाले बाँकी उपचार गर्नै नसक्ने अवस्था रहेको बताइन। घरायसी विवादपछि जेठाजु वाङदी शेर्पाको प्रहारबाट गम्भीर घाइते उनको एउटा हात पुरै चल्दैन। मुठी परेको पञ्जा फुक्दैन।

उपचारका लागि हाङदेवा गाविसको बुङकुलुङ माइतीबाट चार लाख बढी खर्च गरिसकेको बताउने उनको पछिल्लो पटकको अप्रेसन खर्च माइतीगाउँका दुर्गा पतंवाले बेहोरेका छन्। शरीरमा ४५ टाँका सिलाइ गरेको पीडा सुनाउँदै भनिन्, ‘जेठाजु (अभियुक्त) भारत सिक्किममा छन् रे, जेठानी र उसका छोराहरू यतै छन् अहिलेसम्म कोही भेट्न आएको छैन।’

पीडितको गुनासो सुन्नकै लागि जिल्ला प्रहरी कार्यालयले पहिलो पटक आयोजना गरेको ‘पीडितसँग प्रहरी’ अन्तरक्रियामा सहभागी हुन सदरमुकाम फुङलिङबाट दुई दिन टाढाको गाविसदेखिका

आएका थिए। पापुङ, साँवा, मेहेले, सुरुमखिम गाविसका पीडितहरू आएका थिए।

खुला रूपमा प्रहरीका कमजोरी औंल्याइदिन र गर्नुपर्ने काम र आफ्नो समस्या खुलेर राखिदिन गरिएको आग्रहमा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइराला र सरकारी वकिल जुद्धबहादुर आले मगर छलफलमा थिए। उनीहरूले पीडितको मुद्दाको अवस्था र त्यसको प्रक्रियाबारे जानकारी गराएका थिए।

दल, नागरिक समाजका प्रतिनिधि, कानुन व्यवसायी एवं सञ्चारकर्मी समेत उपस्थित कार्यक्रममा अधिकांशले पक्राउपछि छोडिएका व्यक्तिले समाजमा फर्किएर फेरि हिंसा मच्चाउने र त्यसैका कारण आफूहरू असुरक्षित रहेको गुनासो गरेका थिए। २०६६ सालमा नै व्यक्ति हत्या गरेर गाउँमै रहेका मण्डेला नामले परिचित व्यक्तिलाई पक्राउ गर्न नसक्दा

गाउँमा त्रासको अवस्था रहेको गुनासो गरेका थिए।

कोइरालाले हालसम्म पक्राउ नपरेकालाई देश विदेश जहाँ भए पनि हरसम्भव छिटो पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे।www.ekantipur.com

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home