• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
 २२ जेठ, काठमाडौं । मलेसियामा ६ म्याग्निच्यूड क्षमताको भूकम्प गएको छ ।

स्थानिय समय अनुसार आज बिहान ७ बजे माउन्ड किनाबालु केन्द्रविन्दु भूकम्प गएको भूकम्प मापन गर्ने साइट युएसजिएसले जनाएको छ ।

भूकम्पले के कति क्षती पुरायो भन्ने यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

दशंैको लगत्तै काठमाण्डौं फर्किनु पर्ने । बल्ल बल्ल तोकिएको भाडा दर भन्दा पाँच सय रुपैया बढी तिरेर भनिएकै स्थानमा एउटा सिट भेटियो । त्यो सिट बस स्टाफका लागि छुट्याईएको हुँदो रहेछ । मेरै जस्तो केशमा बढी भाडा खाँदै आफू क्याविनमा बसी टिकेट बेच्दा रैछन ।

पर्खाईको घडि त्यसै पनि लामो र कष्टकर हुन्छ मेरा लागि । यहाँ त झन सिङ्गो घण्टा, त्यो पनि बसको प्रतिक्षा । प्रतिक्षालय भरी यात्रुहरु प्रतिक्षारत नै थिए तर म स्वंयम ढुक्क भएर बस्नै सकेन । त्यो पर्खाईको समयमा मोवाईलमा ब्यालेन्स रिचार्ज गरे, पानी किने, शौचालय गएँ तै पनि समय त जम्मा बीस मिनेट मात्रै सकिएको हुन्छ । प्रतिक्षालयको एउटा कुनामा गएर मोवाईल चलाउँदै बस्छु । मन भने एउटै पिरले पोलेको हुन्छ, “अठार घण्टा सँगै बस्नु पर्ने साथी कस्तो पर्छ होला ?” मलाई राम्रो सँग थाहा छ । धेरै लामो दुरीको रात्रीबसको यात्रामा सँगैको साथी राम्रो परेन भने त्यो यात्रा निकै कष्टकर र आतंकित हुन्छ । के सोच्छन पुरुषहरुले कुन्नी ? सकेसम्म फाईदा उठाउने मेसो हेर्छन । त्यहि प्रतिक्षालयमा पनि अरु सबै पुरुष र म एक्लै महिला थिए । एउटा झ्याप्ले केटो मलाई अंकित गर्दै अर्को साथिलाई भनिरहेको थियो “के छ यार तेरो त यात्रा सप्रे जस्तो छ नि । तैले सोचे जस्तै लैनो भैसी नै भेटिएछ कि क्याहो ?” सवै गलल हाँस्छन् ।  तिनीहरुसंग मेरो केहि पनि मिल्दैन न उमेर नत चिनजान नै छ । काम छैन केटाहरुलाई उडाईदिए पुग्यो । मलाई खपि नसक्नु हुन्छ र काउन्टरतिर लाग्छु । यिनीहरुको यो क्रियाले मन झन डराउँछ ।
   घडि हेरे दुई बजेछ । तोकिएको समय भन्दा एक घण्टा ढिलो ठेलमठेल मान्छेलाई भरेर बस पनि आईपुग्यो । बस काउन्टर अगाडि रोकिन्छ । एकछिनका लागि बस भित्रका यात्री बाहिर निस्कन्छन र बाहिरका यात्री आफ्नो सिट खोज्दै भित्रिन्छन् । मेरो हातमा टिकट छ, ‘बी साइड दुई नं. सिट । झ्यालतिरको सिटमा गएर बस्छु म । अहिले सँगैको सिट रित्तो छ । “शायद साथी भर्खर बाहिर गएको हुनुपर्छ”  मन मनै सोच्छु ।
   जहिले पनि यात्रामा एक्लै हिड्दा किताव पढ्ने पहिले देखिको बानी छ मेरो । त्यत्तिकै चुप लागेर बस्नै सक्तैन । यस पाली पनि ब्यागमा पढ्न चाहेर पनि पढ्न नभ्याएका दुई तीन थान किताव बोकेरै हिडेकी छु । एक्लै टोलाएर के बस्नु ? निकाले मैले ब्यागबाट जया राईको कथा सँग्रह “बेकर स्ट्रिटका दुई आँखा” । भुमिका नियाल्दै शीर्षकथा तिर आँखा तानिन्छन् । घोत्लिन्छु केहि समयका लागि त्यसैमा । आधा घण्टा भन्दा बढी नै भै सक्छ बस हिड्दैन । बस बाहिर यात्री र बस स्टाफ बीचको खलबलले मेरो एकाग्रता भंग हुन्छ, ध्यानलाई त्यहि खलवलतिर मोड्छु म ।
 ढोकातिरको सिट बाहिर हेर्न खोजेको त बिना रोकटोक छयाङ्ग पोखियो हेराई त्यो ढोका बाहिरको दृष्यमा । ढोका सामुन्ने एउटा खाइलाग्दो, सभ्य जस्तो देखिने युवक अघि देखि नै मलाई हेरि रहेको थियो क्यार ! मेरा आँखा ठोक्किदा पनि कुनै प्रतिक्रिया जनाएन । छोटो समयमा धेरै पटक त्यसै गरि झोस्सिए मेरो आँखाहरु । अन्ततः त्यहि व्यक्ति नै परेछ मेरो सँगैको सहयात्री । त्यसैले हेरेको हुनपर्छ, मैले त्यहि बुझें ।
 बस स्टार्ट भयो । यात्री भित्रिए सवै । मेरो निकटमा त्यहि अघि कै युवक छ । त्यतिखेर सम्झिन पुग्छु, भर्खरैको कथा “बेकर स्ट्रिटका दुई आँखा” की पात्र हिसीको यु.केको ट्रेन यात्रा अनि मेरो यो बसयात्रा । बेकर स्ट्रिटका ठोक्किएका ती दुई आँखा अनि मेरा निकटका यि दुई आँखा । कस्तो संयोग ? उस्तै उस्तै लाग्छ मलाई ।
काउन्टरलाई एक फन्को लगाएर बस हाई वे तिर सोझियो । तराईका फाँटहरुलाई छिचोल्दै अजिङ्गर झै लमजतन्न तेर्सिएको सडकमा तिव्र रफ्तारका साथ बस गुड्छ । घरिघरि बाहिरका दृष्यमा आँखा दौडिन्छन र फेरि फिर्ता हुन्छन् तिनै एकजोर आँखासँग ठोक्किन । यसपालि भने उसको मुखाकृति अलि फेरिन्छ । बनावटी मुस्कान ओठमा दल्दै म पनि ऊ सँगै फिस्स हाँसिदिन्छु । सवै तिर आँखा दौडिए पनि तर अह ! मन भने कतै अलिबेर अडिदैन, नत किताबमा न ती दृष्यमा नै ।
निकटको त्यो अनुहार कता–कता देखे जस्तो परिचित झैँ लाग्छ, तर ठयाक्कै एकिन भने गर्नै सक्तैन । भर्खरै मात्र भेट भएको व्यक्ति सोधि हाल्न र बोलि हाल्न अप्ठ्यारो लाग्छ । मनमनै चाहन्छु –उसले एक शब्द बोलि दिए पनि त हुन्थ्यो नि । उसको क्रियाकलापलाई पनि म  नजानिदो पाराले हेरिरहेकी थिए । उसलाई पनि मेरै जस्तो भएको हुनुपर्छ शायद, र त छटपटिदै थियो ऊ पनि ।
हातको किताब भारी थिचे जस्तो लाग्छ आफैलाई । थन्काए त्यसलाई पनि ब्यागभित्र । एकोहोरो झ्यालबाहिर हेर्दै फर्किए बिगतका केस्राहरु उधिन्नतिर । आफ्नैै आयतनलाई ओगटदै बसेका हामी मन भित्रै बाट खै, किन हो ? एक किसिमको आत्मियताको बाडि उर्लिन्छ मेरो । त्यसै त्यसै माया लाग्छ त्यो अनुहारको । मनले भनिरहेको थियो, “सन्ध्या तेरो निकटको अनुहार परिचित नै हो ।” सम्झिने प्रयत्न गर्छु दुई दशक अघि देखि मानसपटलको भित्तोमा मक्किन लागेका, रङ उडिसकेका क्यानभास जस्ता चिरपरिचित मित्रहरुको मुखाकृतिलाई ।
 मेरा आँखा झ्याल बाहिरका दृष्यमा थिए तर उसका आँखा भने मेरो गालाको कालो कोठीमा टाँसिएका हुन्छन् । बोल्न मन दुवैलाई लागेको हुन्छ तर बोल्ने कसरी ? एउटा निहु त हुनु प¥यो नि ! अड लाग्छ । बर्तमान माहोलसँग अनभिज्ञ दुवै जव चेक पोष्टमा बस एक्कासी रोकिन्छ तब अवतरण हुन्छौं यथार्थको धरातलमा । त्यतिखेर पनि बोल्ने मेसो नै मिल्दैन । पन्ध्र बीस मिनेट पछि बस फेरि पुरानै गतिमा दगुर्न थाल्छ । पुराना हिन्दी गीत गुन्जिहेका हुन्छन् बसमा, म पनि गीत सँगै हराउँछु ।
   खाजा खाने ठाउँ आयो । एउटा होटेल अगाडि बस तेर्सियो । यात्रीहरु खाजा खान एक–एक गरी बाहिरिन्छन् । बाटो तिरको सिटमा ऊ बसेको भए पनि हतार गर्दैन बाहिर जानलाई । मलाई उठ्न मन अघि नै लागेको थियो तर बस रित्ति सके पछि मात्रै ऊ उठ्ने सुर गर्छ । औपचारिकताका लागि भए पनि अब त बोल्नै कर लाग्यो । उसको पहिलो वाक्य फुट्छ – “खाजा खाने होइन ? जाऊ बाहिर ।” बाहिरियौ हामी । सम्मुख भएर बसेका हामी बीचमा टेवल छ, मैले गेस गरिसकेकि छु । ऊ प्रभात नै हो । “के खाने ?” फेरी सोध्छ ऊ । “जे छ त्यहि खाउन” म छोटो उत्तर दिन्छु । खाजा अर्डर गरेर सँगै आएर बस्दै गम्भिर भावमा भन्छ – “सन्ध्या ! तिम्रो यो सजिलो बानी त उस्तै छ नि । मलाई चिन्यौ ? म तिम्रो उहि प्रभात हुँ ।”
   म अवाक भएँ । डबडबाए आँखा दुवैका । घाँटी नै अवरुद्ध हुन्छ, बोलि फुटदैन मेरो । ऊ भनि रहेको थियो– “ सन्ध्या ! सम्हाल आफूलाई ।” तर अह ! सक्तिन । लाज पचाएरै अंकामाल गर्न पुगे म त । आत्मिएताले भरिएको अंगालोमा हरायौ दुवै एकछिन । हिड्ने बेला भएछ क्यारे, गाडिको हर्नले झस्कायो । सवै यात्री उठि सकेछन् तर हाम्रो भने टेवलको खाजाले हामीलाई गिज्याई रहेको थियो । खाजालाई जहाँको तहि यथावत छोडि हामी पनि बस भएतिर हिड्यौं ।
   बढ्दो अंधकार सँगै चिप्लो सडकमा उसै गरी चिप्लिन्छ बस । अघिको भन्दा बातावरण निकै सहज भएको थियो तर पनि गाडीको आवाजले एउटै शव्द बारम्बार दोहराउनु पर्ने हुंदा कुरा गर्नै झ्याउ लाग्छ । गाडिभित्रको धिमा प्रकाशमा म उसलाई धेरैबेर सम्म पढ्छु । उसका अतृप्त आँखाको दहमा रिक्तताको गहिरो खाडल म पाउँछु । लाग्छ, ऊ भित्र पनि रिक्तता जरुर छ तर लुकाउन खोजिरहेछ । निकै कौतुहलता जाग्छ मनमा, उसका बारेमा जान्नलाई ।
 खाना खाने ठाउ आयो । हामी पनि ओर्लियौ । यहि आधि घण्टामा उसले आफ्ना बारेमा धेरै कुरो सुनायो । उसलाई भेट्दा खुशीले हरङ भएकोे मन उसका कुरा सुन्दा उत्ति नै दुखी भएको थियो । यो बीस बर्षको मेहनत र लगनशीलताले उसलाई अहिले जुन उचाईमा पर्याएको छ त्यति नै उ भित्रको रिक्तताले उसलाई खोक्रो बनाएको पनि छ । मान्छे जहिले पनि हुन र नहुनुको पिडाले थिचिएको हुदो रहेछ क्यार, यहां पनि भएको छ त्यस्तै । धन सम्पत्ति, मान सम्मान, ईज्जत उ संग सबैथोक छ अहिले तर पनि अह, खुशी छैन आफैमा । मन मिल्ने साथिको प्रेमिल साथ नहुदाको पिडाले खड्किएको छ उसको जीन्दगी पनि ।
 खाना खाई सके पछि गाडि फेरिे पुरानै रफ्तारमा दौडियो । बाक्लिदा रातका प्रहर संगै बस भित्रका यात्री प्राय सबै निदाईसकेका थिए । जति जति गाडि मुग्लिन नजिकिदै थियो उति नै छुट्टिनु पर्ने पिडादायी समय सम्झिदै मन भारी हुदै थियो मेरो । समय न हो किन रोकिन्थ्यो र रोकेर पनि । अन्तत छट्टिनु नै पर्यो । यतिखेरको उसको गन्तब्य पोखरा अनि मेरो काठमाण्डौं सम्मको । हेलियौ दुबै आ आफ्नो गन्तब्य तिर । उसको भिजीटिङ कार्ड ब्यागमा थन्काउदै सोचमग्न हुन्छु म त्यहि एकोहोरो शुसाएको त्रिशुली झैं । टलपल–टलपल गर्दै जून बगिरहेथ्यो, कन्चन त्रिशुलीको पानीमा । मनमनै गमे– हाम्रो प्रेम पनि यहि निर्मल पानी जस्तो न हो, आज सम्म त्यहाँ सधै त्यसैगरि कति जूनका तस्बिर बने र बगे । कसैले तिनलाई कहिल्यै समाउन सकेको छ र । यस्तै सोच्दा सोच्दै कतिबेला निदाएछु पत्तो नै पाईन । झिसमिसेमा जब थानकोटको चेक पोष्टमा  गाडि रोकियो तब झल्यास्स ब्यँझिए ।
 बिहान सबेरै काठमाण्डौं डेरामा पुगेकि म, यात्रा भरीका थकित यी एकजोर अनिदा आँखालाई बिश्राम गराउने प्रयत्न गर्छु  तर सक्तिन, मेरो प्रयास बिफल हुन्छ । प्रभातको झझल्को आई नै रहन्छ मनमा । यो पल्टको यात्राले गर्दा उसको बारेमा थोरै भए पनि जान्ने मौका त पाएँ तर मेरो बारेमा अनभिज्ञ उ, मलाई पनि मैले ब्यतित गरेको समयबारे अबगत गराउने मन लाग्यो । त्यसैले चार्जमा लगाई राखेको ल्यापटप समाते र प्रभातलाई मेल टाइप गर्न लागे  ।

प्रिय प्रभात,

   सुदुर बस्तीबाट बर्षाै पछि मुठाका मुठा चाङ लगाउँदै एक बिटो सदाबहार प्रेमिल सम्झना बोकेर यो सन्ध्या तिमीलाई स्पर्श गर्न आउँदैछे । पक्कै पनि सन्ध्याको स्पर्शले निरवतालाई निम्त्याउँछ, प्रभातको पहिलो किरणले प्रभाकरलाई चुमेको जस्तो निश्चय नै नहोला । तर, आत्मिक स्पर्श अवश्य पनि शीतल र कोमल नै हुनेछ ।
  तिमी र म असरल्ल वारिपारि पोखिएको बीष बर्ष भई सकेछ । बीस बर्षको लामो अन्तराल पछि अनायासै भएको यो जम्काभेट रिक्ततालाई जोड्ने सेतु त बन्ला तर अलग–अलग किनारा धस्काउँदै बगेका हामी एकाकार हुन सकौला र ? के नदिका दुई किनारालाई जोड्न सम्भव छ ? कति मुस्किल अनि जटील छ हैन ? घायल जीन्दगी जिउन अनि चोखो पहिलो प्रेम भुल्न । हो प्रभात ! बषौं देखि अन्तस्करणमा तिम्रो प्रेमको मुनालाई मलजल गरि हुर्काइरहेकि म । बैश नपोतितै यौवनको पूर्वाधमा अङकुराएको प्रेमको बीजलाई तिम्रो अनुपस्थितीमा पनि मैले गोडमेल गरि नै रहे, केवल मेरै आत्मसन्तुष्टिका लागि मात्र ।
   विभिन्न सामाजिक दायराका सङकुचित घेराभित्र बर्षौ बर्षसम्म आफूलाई खुम्च्याएर तिम्रो प्रेमको अस्तित्वलाई निश्चित आयतनमा सुरक्षित राखेकी छु, बिना कुनै सर्त बिना कुनै स्वार्थमा । प्रेम प्राप्ती होइन, जुनसुकै परिस्थितिमा पनि पाउनै पर्छ भन्ने संकिर्णताको साघुरो घेरामा सिमित नहोस् । स्वार्थ भन्दा माथि रहेर गरिएको प्रेम, जुन कसैले निचोर्न खोज्दा निचोरिदैन र दबाबमा फुलाउन खोज्दा मौलाउँदैन पनि । आधुनिकताले उब्जाएको फिका भौतिक प्रेम अहिलेका आम युवाको यौन पर्याय बन्न सक्ला तर त्यो मेरो रोजाई होइन ।
   बिवाहको प्रारम्भिक परिभाषा पनि बुझ्न नपाउदै अन्माईएको थियो मलाई “मारे पाप पाले पुण्य” भन्दै । मेरो सुखद भविष्यको कल्पना गर्दै तिमीबाट चुडाएर बैवाहिक पासोमा फसाउने मेरा अभिभाबकलाई म यतिवेला सम्मान गरु या घृणा गरु ? तिमी आफै भन ।
   प्रभात ! रोजाई र भोगाई फरक कुरा रहेछन् । चाहेको कुरा कहिल्यै भोग्न नपाइने र जुन भोगिन्छ त्यो कहिल्यै पनि रोजाई बन्न नसक्दो रैछ । भविष्यका बारेमा ब्लु प्रिन्ट पनि तयार गर्न नपाउँदै परिस्थितिले मलाई समय भन्दा अगाडि नै सामाजिक मर्यादाका गरुङ्गा बोझहरुको बुई लगाई दियो । सुरुवातिमा दिनमा त्यो बोझ उचाल्न निकै नै कठिनाई भयो । कयौ आरोह अवरोह बीच पौठेजोरी खेल्दै, अनगिन्ति तगाराहरुको सामना गरे । आफुलाई गृहस्थीका विभिन्न भुमिकामा उभ्याएर तिमीले झै मैले पनि पढाईलाई निरन्तरता दिई नै रहे फलस्वरुप आज आफ्नैै खुट्टामा उभिन सफल भएकि छु ।
   बिवाह पश्चात सबैको झैं मेरो पनि चाहना थियो तिमी जस्तै दिलदार लोग्ने होस् तर अह ! चाहना त चाहना मै सिमित हुन पुग्यो । त्यहि चेतनाले मलाई यो उमेरको भर्याङ चढ्ढासम्म डसिरहेको पनि छ । रिक्ततालाई आत्मसात गरि अतृप्त जीन्दगी बाँचिरहेकि छु । लोग्ने सँगको सम्बन्धमा मैले कहिल्यै आफू प्रति अनुरक्ति अनुभव गरिन । केवल नितान्त कर्तव्य सम्पादन कै लागि आफूलाई  समर्पित गरिरहे । मेरा ईच्छाको ख्यालै नगरि ठूलै उपकार गरेको ठान्ने लोग्नेलाई यहाँ लोग्ने मान्छेको उपमा दिन रुचाउँदिन म किनकि तिमी पनि त लोग्ने मान्छे नै त हौ नि । आफ्ना सपना, लक्ष्य सवै भुलेर स्वास्नी हुनुको पिडा दवाउँदै मर्यादित दाम्पत्ते जीवनको वकालत गर्ने पक्षमा पनि म छैन । जीन्दगीमा एउटा तिमीलाई प्रेम गरे, तर पाउन सकिन र जसलाई पाएँ उसलाई प्रेम गर्न सकिन । भद्रगोल यौनसँग यौवन साट्दै लोग्ने हुनुको अधिकार खोज्नेलाई म कसरी प्रेम गर्न सक्छु ?
   प्रभात ! यो कस्तो संयोग हो ? तिमी आएकै बसमा मैले चढ्नु । त्यसमा पनि तिमी सँगैको सिट मेरो हुनु । यो दैवले नै जुराएको संयोग हुनुपर्छ शायद । जीन्दगी त्यहि बसको यात्रा जस्तो न हो । सँग–सँगै हिडिरहेका यात्री, कति बीच बाटो मै छुट्छन् त कति बीच बाटो बाटै सहयात्री बन्न टप्किन्छन् । केहि समय सँगै व्यतित गरे पनि गन्तव्य सवैको आफ्नै हुन्छ । कोहि कसैको यात्रा भरि चाहेर पनि साथ दिन सक्तैन । हामीले जस्तो चाहेर पनि एक अकार्को जीन्दगीको यात्रा न त मैले सुगम बनाउन सके न त तिमीले नै । यस्तै नै हो, यात्राको रित ।  
   जीन्दगीको यात्राको दौरानमा सामना गरेका जटिलता तिम्रा स्थितिमा भन्दा मेरा स्थितिमा निश्चय नै बिकराल थिए होलान् जुन स्वाभाविक पनि छ । तिमी अबिवाहित हुनु र म आमा हुनाको कारण यस्तो भएको हुन सक्छ । सन्ध्या अव सन्ध्या मात्रै रहिन प्रभात ! ममतामयी आमा पनि भईसकेकि छे । उत्तरदायित्व र जिम्मेवारीलाई आत्मसात गर्दै आफूलाई सन्ततिमा समर्पित गर्दैछु किनकी एउटी आमा आफ्ना सन्तानप्रति सदा कर्तव्यनिष्ट हुन्छे नै चाहे जस्तो सुकै समस्याको पहाड उचाल्न किन नपरोस् । त्यसैले सम्झौता गरीसके मैले पनि आफ्नै जीन्दगीसँग र अबको बाँकि यात्रा म एक्लै पनि उषाको किरण सँगै लुकामारी खेल्दै बिताउन सक्छु ।
   बास्तविकताले मलाई केहि कुरामा आवश्यकता भन्दा बढी नै कठोर बनाएको जरुर हुनसक्छ त्यसैले म बाध्य छु यतिबेला तिम्रो प्रस्ताबको ठाडो इन्कार गर्न । हो, तिमीले मान्नै पर्छ प्रभात ! मैले आफुलाई जति नै पगाल्न खोजे पनि तिम्रा कुमार आकांक्षाहरुका साथ साथै म चल्न सक्तिन कि ! किनकी आमा बनि सकेका आइमाईहरुको प्रेममा कुमारी केटीको जस्तो जागृत ज्वालामुखी हुदैन । आफु भित्रैबाट फुट्न खोज्ने ज्वालामुखीलाई दबाएर सहने क्षमता हरेक आमालाई मातृत्वले दिएको हुन्छ । बिचार गर त, त्यस्तो यात्रा कति भारी र कष्टकर होला हामी दुबैका लागि जब हामी एक अर्काबाट असन्तुष्ट भएर घृणा गरौंला । यस अबस्थामा कुन्नि कति दुरीसम्म हामी खुशीले साथसाथै हिड्न सकौंला ! जबकि तिमीले भन्दा मैले भोगाईका जटीलता छिचोल्दै आधि बाटो त्यसै पनि तय गरि सकेकी छु ।
   अब अन्तमा, परिवर्तनको छलाङ जस्तो हामीले पनि बुझाईको दायरालाई सकय सापेक्ष फराकिलो बनाउनु जरुरी छ । जीन्दगीमा अतित र प्रेम सवैको हुन्छ । फरक यति हो ढीलो चाँडो र आकर्षण बिकर्षणको अन्तर मात्रै । त्यसैले प्रभात यो निर्णय गर्ने जिम्मा तिमीलाई सुम्पिदै अहिलेलाई ओझेल पर्छु    ।
                                                                                                                                                                                                      उहितिम्री                                                                                                                                                                           सन्ध्या !
 प्रभातलाई मेल सेन्ड गर्दै प्रतिउत्तरको झिनो आशा मनमा सँगालेर जबरजस्त निदाएँ ।

पार्बती शाही
onsnews.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२२ जेठ, काठमाडौं ।

शुक्रबार बिहान १० बजेर २ मिनेट जाँदा आजको भूकम्पको झट्का महसुस भएको छ ।



सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गइको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सज्जन कुमार सिंह
सउल । कोरियामा कार्यरत सबिन मादेङ्वा लिम्बू पाँच दिनदेखि सम्पर्क बिहिन भएका छन् ।
फेसबुकमा स्टाटस लेखेर उनी ५ दिनदेखि सम्पर्क बिहिन भएको उनकी दिदी सीता मादेङ्वाले जानकारी दिएकी छिन् । दिदीले फेसबुकमा स्टाटस लेखी कोरियाको सउलबाट भार्इ हराएकोले खोजी गरिदिन आग्रह गरेकी छिन् ।
इपिएस मार्फत १० महिनाअघि कोरिया आएका तेह्रथुम ओयाक्जुङका लिम्बु गत आइतबार बिहानदेखि सम्पर्क बिहीन भएका हुन । उनले अन्तिम पटक फेसबुकमा बा आमा र नेपाली बुबाआमा दाजुभाइ माफ पाउ भन्ने स्टाटस लेखेका थिए ।
आनसङ स्थित हाङगेल नामक बंगुर फर्ममा बिगत २ महिनादेखि काम गर्दै आएका लिम्बु हराएपछि उक्त क्षेत्रमा दैनिक ४० प्रहरीले तालिम प्राप्त कुकुरसहित खोजी गरिरहेका छन् ।
फर्म नजिकैको जंगलमा उनले प्रयोग गर्ने केही सामान भेटिएको छ ।
dainiknepal.com
काठमाडौं, जेठ २२ । आज विश्व वातावरण दिवस नेपालमा पनि प्रकृति संरक्षणको क्षेत्रमा लागेकाले विभिन्न कार्यक्रम गरी मनाइदैछ । एउटै पृथ्वी, सात अर्ब सपना: दिगो उपभोग, हाम्रो चाहना भन्ने नारा सहित विश्वभर दिवस मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ तारिखदेखि यो दिवस मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना सन्देश दिनुभएको छ । उहाँले बैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनका कारण वातावरणमा निकै ठूलो समस्या आएकोमा दुःख व्यक्त गर्नुभएको छ । यसले प्राकृतिक वातावरण एवं स्रोतहरुमा भविष्यमा गम्भिर असर पर्ने भएकाले सबैलाई सचेत हुन उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री कोइरालाले एकको असल प्रयासले प्रकृति संरक्षण हुने भएपनि गलत अभ्यासले विनास निम्त्याउने भन्दै पृथ्वीलाई माया गर्नुपर्ने बताउनुभयो ।

वैशाख १२ गतेको भूकम्पका कारण नेपाललाई सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने योजनामा चुनौती थपिएको उहाँको भनाई छ । त्यसैले अबका दिनमा सबैले आफ्नो ठाउँबाट वातावरणको संरक्षण, प्राकृतिक स्रोतहरुको बुद्धिमतापूर्ण उपयोग, खाद्य पदार्थ, पानी र उर्जाको बचत, फोहोरमैलाको उत्सर्जनमा कमी, स्रोत साधनको पुनः प्रशोधन र प्रयोग लगायतका वातावरण संरक्षण हुने काम गर्नुपर्नेमा प्रधानमन्त्री कोइरालाको जोड छ ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले भूकम्पका कारण भविष्यमा हिमताल फुट्ने, भूस्खलन, बाढी र रोगव्याधीको खतरा हुने देखिएकाले सतर्क हुन आग्रह गर्नुभयो । त्यसबाट बच्न अहिले देखि नै बाटो, पानी, हावा, उर्जा तथा कृषि, वनजंगल र जैविक विविधताको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । वातावरण र विकास एकआपसमा पर्यायवाची र परिपूरक भएकाले वातावरण मैत्री विकास अपरिहार्य भएको उहाँको भनाई छ ।

सचिव पौडेलले अहिलेको आवश्यकतासँगै हाम्रा सन्ततिको स्वच्छ र सुरक्षित वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न आजैदेखि वातावरण संरक्षणमा अग्रहर हुन सबैलाई आग्रह गर्नुभएको छ । दिवसको अवसरमा प्रकृति संरक्षण कोष सदर चिडियाखाना तथा हरियो वन कार्यक्रमले आज प्रकृति र भूकम्प शीर्षकमा चित्रकला कार्यशाला तथा प्रदर्शनीको आयोजना गरेको छ ।-उज्यालो अनलाइन बाट
एजेन्सी । अमेरिकाको टेक्सासमा बस्ने एक व्यक्तिले श्रीमतीले छोडने त्रासले मोटी बनाउन खोज्दा श्रीमतीको तौल ३०० किलो भन्दा बढी पुगेको छ ।

जोश नाम गरेका ती व्यक्तिले श्रीमती बेट्टोले छोडने डरले मोटो हुने खाद्यपदार्थ खुवाउँदा उनको तौल ३०० किलो पुगेको छ । तर उनका पति जोशलाई भने श्रीमती मोटो भएकोमा खुसी लागेको छ । किनभने अब उनी ढुक्क छन् उनकी श्रीमतीले छोडदैनन् भनेर ।

उनले श्रीमतीलाई सानो भन्दा सानो काममा पनि सघाउँछन् । उनकी श्रीमती अत्यधिक मोटी भएका कारण ट्वाइलेट जानेदेखि कपडा चेन्ज गर्नका लागि समेत उनले श्रीमतीलाई सघाउने गरेका छन् । उनी अहिले पनि श्रीमती दुब्ली भएमा आफ्नो सहयोग आवश्यक नपर्ने भएकाले छोडने चिन्ताले सताउँछ ।

 त्यसैले अहिले पनि उनी श्रीमतीलाई अझ मोटी बनाउन चाहन्छन् । उनले श्रीमतीलाई पोसीलो खाद्य पदार्थ खुवाउँछन् ।

बढी मोटी भएपछि गत वर्ष बेट्टीको तौल सर्जरी गरेर केही कम गरिएको थियो । तर अहिले उनका श्रीमान उनलाई दुब्लो बनाउने कुनै पनि काम गर्न तयार हुँदैनन् ।
महिलाहरुलाई बुझ्न प्रत्येक पुरुषहरुलाई केही गाह्रै हुन्छ, तर यदि तपाई उनीसँग अफ्नो सम्बन्धलाई राम्रो, बलियो र लामो समयसम्म टिकाइरहन चाहानुहुन्छ भने तपाईले उनलाई बुझ्न आवश्यक छ । पढ्नुहोस्, तपाईका लागि आफ्नो महिला साथीलाई बुझ्नका लागि केही तरिका छन् ।


१. दुवै जनाबिच कुराकानी चलिरहन आवश्यक छ । बिशेषगरी, महिलाहरुलाई उनीहरुको कुरा सुन्ने पुरुष एकदमै मनपराउँछन् । त्यस्तै तपाई पनि आफ्नो प्रेमिकासँग केही कुरा गर्न चाहानुहुन्छ भने आमुने सामुने भएर कुराकानी गर्नुहोस् ।

२. महिलाहरुलाई प्रशंसा गर्नु पुरानो तर प्रभावकारी तरिका हो । तपाई मान्नुस् वा नमान्नुस्, महिलाहरुलाई आफ्नो तारिफ सुन्न एकदमै राम्रो लाग्छ, तर आवश्यकभन्दा बढी प्रशंसा पनि नगर्नुहोस्, यस्तो गर्नाले उनलाई तपाईप्रति शंका उत्पन्न हुन सक्छ ।


३. कञ्जुस पुरुषसँग महिलाहरु टाढा रहन्छन् । पहिलो भेटपछि यदि तपाई उनीसँग फेरी भेट्न चाहानुहुन्छ भने बिल आफैँ तिर्नुहोस् ।
४. आफ्नो सामाजिक जीवनलाई संगठित बनाउँनुहोस् । महिलाहरुलाई उपहार एकदमै मन पर्छ । त्यसैले कहिले काही उनीहरुलाई उपहार दिनुहोस् । यदि धेरैजासो तपाई दिनुहुन्छ भने उनलाई पनि उपहार दिने मौका दिनुहोस् ।
५. तपाई उनीलाई जुनसुकै उपहार दिएपनि त्यसको उद्देश्य स्पष्ट हुनुपर्छ, यसबाट उनी प्रभावित हुन सक्छिन् ।
६. पुरुषहरुलाई थोरै स्टाइलिश हुने कोशिस गर्नुपर्छ । यसका लागि जिन्स र टिसर्ट राम्रो विकल्प हो । यसका साथमा छालाको जुत्ता लगाउँन सक्नुहुन्छ ।

७. यदि तपाई कुनै पनि बिषयमा पर्याप्त जानकारी छैन भने जानकार बन्ने कोशिस नगर्नुहोस् । उनलाई स्पष्टसँग भन्नुहोस् कि तपाईलाई त्यसबारे केही थाहा छैन ।
ज्योतिष शास्त्र यो आफैमा एउटा ठुलो शास्त्र हो । यो कसैले बिश्वास गर्छन त कसैले गर्दैनन्  त्यो आ आफ्नो विचारको कुरा हो  । बिकशित मुलुकमा पनि  यसलाई मान्यता दिएको पाइन्छ  । यो मान्न पर्छ नै भन्ने पनि छैन तर सपनाको बारेमा पनि  यस शास्त्रले बर्णन गरेको पाइन्छ  । तेस्तै सपनामा देखिने हरेक कुराको शुभ र अशुभ फल हुन्छ जस अनुशार बिशेष गरि महिलाको बारेमा देखिने सपनाको कुरा यहाँ उल्लेख गरिएको छ ।



१.यदी  सपनामा परि देखियामा उसलाई अतुल्य धन प्राप्त हुन्छ
२. सपनामा प्रेमीकाको साथमा  यात्रा गरिरहेको देखियमा  उसको दाम्पत्य जीवन अत्यन्त  सुखद रहन्छ  ।
३.सपनामा बुर्का लगाएको महिला देखिएमा उसको मित्रले उसलाई धोका दिएको हुन्छ  । एदी कुनै पनि मानिसले सपनामा कुनै स्त्री को चुम्बन या उसको साथ् यौन सम्पर्क गरेको देखेमा उसलाई अचानाक धन प्राप्ति हुन्छ ।
४.यदि सपनामा महिलाले पछौरी सग खेलिरहेको देखेमा राज्यबाट सम्मान र धन सम्पतिको वृद्धि हुन्छ  ।
५.यदि कोहि पुरुसको सपनामा सुनौलो कपाल भएको महिला देखियमा उसको बिबाह कुनै धनि परिवारको युवती सग हुन जान्छ ।
६.सपनामा  आफ्नो प्रेमीकाको कपला रातो देखेमा आउने समयमा उसको प्रेमिकालाई  दुराचारको आरोप लाग्न सक्छ  ।
७.जुन पुरुषको सपनामा गहु गोरो रंगको सुन्दरीस्त्रीले अँगालो मारेको देखेमा  उसलाई  तुरुन्तै धनी हुने योग मिल्छ  ।
८.जुन पुरुषको सपनामा प्रेमीकाले  छोडेको देखिन्छ  , उसलाई आफ्नो जीवन कालमा धेरै धन प्राप्ती हुन्छ  ।
९.यदि कोहि मानिसको  सपनामा कुनै युवतीको कानमा टप, झुम्का लगाएको देखेमा उसलाई छिटै शुखद समाचार मिल्न जान्छ र सपनामा कुनै महिलाले सेतो घुम्टो  निकालिरहेको देखेमा उसको दाम्पत्य जीवन सुखमय ब्यतित  हुन्छ  ।
सपनामा कुनै युवती सजियर साथिहरुको साथमा आफूतिर फुलको हार लियर आएको देखेमा उसको जीवनमा सफलता हाशिल हुन्छ ।
अदुवा हालेको चिया सबैले खान्छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ । जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ ।


अदुवामा भिटामिन सीको मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ ।

अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।

किन खाने अदुवाको चिया ?

१ बान्त हुने र विरामी पर्ने हुँदैन
कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।२ पाचन प्रणालीमा सुधार
अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

३ दुखाइमा पनि औषधी
अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

४ श्वासप्रश्वासको समस्यामा औषधी
अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।

५ रक्त सञ्चारमा सुधार
अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

६ महिनाबारीको समाधान
अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।

७ रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

८ दिकदारी कम गर्छ
अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
चाणक्य नीतिमा जीवनका विभिन्न शुत्र उल्लेख गरिएको छ । नीति शास्त्रमा मानिसहरु सुतेको समयमा विभिन्न कुरामा ध्यान दिनु पर्ने उल्लेख छ । चाणक्यले ७ लाई कहिल्यै पनि निद्राबाट जगाउन नहुने भनेका छन् ।

१ मुर्ख ब्यक्ति


यदि कोही मुर्ख ब्यक्ति सुतेको छ भने उसलाई उठाउने धृष्ठता नगर्नुसे । जगाउनु भनेको आफूलाई समस्यामा पार्नु हो । मुर्ख ब्यक्ति ब्युँझिएपछि तपाइँलाई कुनै नै कुनै समस्यामा पार्छ । मुर्खहरु सुतेको समयमा नै तपाइँलाई शान्ति हुन्छ ।



२ सर्प
सर्प सुतिरहेको छ भने उसलाई कहिल्यै पनि जिस्काउने र जगाउन काम नगर्नुस् । साँपलाई ब्युँझाउनु भनेको आफ्नो मृत्यु निम्त्याउनु जस्तै हो । किन भने सुतिरहेको साँप ब्युँझियो भने तपाइँलाई टोक्ने निश्चित हुन्छ ।

३ राजा या मालिक

यदी तपाइँले अति आदर गर्नु पर्ने मन्त्री वा राजा जस्ता ब्यक्ति सुतेका छन् भने उनीहरुलाई नबिउँझाउनुस् । यस्ता ब्यक्तिलाई सुतेको बेलामा बिउँझाउँदा उनीहरु रिसाउन सक्छन् । कहिले काँही विनाकारण जागिर गुम्ने वा सजाय समेत पाउन सकिन्छ ।



५ सिंह

यदि जंगलमा वा चिडियाघरमा सिंह सुतिरहेको छ भने यसलाई नजिस्काउनुस् । सिंह बिउँझिएपछि आक्रामक हुन्छ र मानिसलाई नै आक्रमण गर्न सक्छ । सुतिरहेको सिंहलाई विउँझाउने धृष्ठता नगर्नुस् ।



५ सानो बच्चा

सानो बच्चालाई पनि सुतिरहेको समयमा जगाउनु हुँदैन । साना बच्चा जाग्नासाथ रुन थाल्छन र उनीहरुलाई चुप लगाउन निक्कै कठिन हुन्छ । बच्चा उठ्ने वित्तिकै रोयो भने फकाउन निक्कै कठिन हुन्छ । बच्चालाई कहिल्यै पनि नबिउँझाउनुस् आफै विउँझिन दिनुस् ।



६ पराइ कुकुर

यदि कसैको घरमा कुकुर पालेका छन् र कुकुर सुतिरहेको छ भने उसलाई नचलाउनुस् । कुकुरलाई चलाएर बिउँझाउन खोज्नु भो भने भुक्ने मात्र होइन तपाइँले टोकाइकै पनि सामना गर्नु पर्ने हुन सक्छ ।



७ हिंस्रक पशु
कुनै पनि जंगली वा घरपालुवा हिंस्रक जनावरलाई सुतिरहेको समयमा चलाउनु हुँदैन । हिंस्रक पशुले विउँझिएपछि मानिसमाथि आक्रमण गर्छन् । र सम्हाल्न मुस्किल पर्छ ।
विराटनगर : प्रहरीले विराटनगरबाट भारतको जोगबनी हुँदै गैरकानुनी रूपमा कुवेत लैजान खोजिएका पाँचजना नेपाली युवतीको उद्धार गरेको छ। झुक्याएर कुवेतमा लगेर रोजगारीमा लगाइदिने भनेर गैरकानुनी रूपमा लगिएका उनीहरूलाई विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट उद्धार गरिएको हो। उनीहरूलाई केआई नेपालको संरक्षणमा राखेर प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

कुवेत लान भनेर काठमाडौंबाट एकै साथ ल्याइएका १४ जनामध्ये म्याग्दीकी ३८ वर्षीया मनमाया कामी, कैलालीकी २१ वर्षीया कोपिला तामाङ, उदयपुरकी २१ वर्षीया सुमिका दनुवार, सप्तरीकी २५ वर्षीया मंगलीदेवी राम र मोरङको पथरी-शनिश्चरे नगरपालिका ८ की दुर्गा राई (जोगी) लाई उद्धार गरिएको जानकारी इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरीनिरीक्षक गंगाप्रसाद पौडेलले दिए।

पौडेलका अनुसार उद्धार गरिएकामध्ये कोपिलालाई जोगबनी घुम्न र दुर्गालाई दुबई लैजान भनेर ल्याइएको खुलेको छ तर उनीहरू सबैलाई कुवेत पठाउन खोजिएको देखिन्छ। उनीसँगै कुवेत लैजान भनेर ल्याइएका नौजना कहाँ छन् भन्नेबारेमा अझै खुल्न सकेको छैन।

'रोजगारीमा लगाइदिने भन्दै झुक्याएर भारतको बाटो हुँदै १४ जनालाई कुवेत लैजान खोजिएको रहेछ', प्रनि पौडेलले भने, 'जोगबनी पार हुन लाग्दा पाँचजनाको उद्धार गर्न सफल भइयो तर अरू कहाँ छन् भन्नेबारेमा खुल्न सकेको छैन।'

शंका लागेपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा उद्धार गरिएकामध्ये केहीले भारतको पानीट्यांकीमा सब्जी किन्न गएको र केहीले आफन्त भेट्न गएको भनेर प्रहरीलाई समेत झुक्याउन खोजेको जानकारी पौडेलले दिए।

उनका अनुसार पानीट्यांकी जोगबनीबाट जान नसकिने र झापाको काँकडभित्ता हुँदै जानुपर्ने भएकाले पनि उद्धार गरिएकाले भनेको कुरा विश्वास गर्न सक्ने अवस्था भएन।

उनीहरूलाई उद्धार गर्नासाथ कोपिलाको मोबाइलमा गोविन्द तामाङको नामबाट सबै कुरा प्रहरीलाई नखोल्नु भन्ने एउटा म्यासेजसमेत आएको छ।

कोपिलाले गोविन्द आफ्नो मामाको छोरा भएको र गोविन्दसँगै सल्लाह गरेर जोगवनी घुम्न आफू निस्किएको बयान प्रहरीलाई दिएपछि प्रहरीले गोविन्दलाई पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।

'मंगलबार उद्धार गरेपछि सबै कुरा बुझ्दा झुक्याएर भारतको नयाँदिल्ली हुँदै कुवेत लैजान खोजिएको पाइयो', प्रनि पौडेलले भने, 'गलत बाटो प्रयोग गरेर लग्न खोजिएको पाइएपछि उद्धार गरेर यस विषयमा अनुसन्धान अघि बढाइएको छ।'

यसको अनुसन्धानका लागि प्रनि पौडेल आफैं खटिएका छन्। उद्धार गरिएकाले कुवेतमा गएमा राम्रो पैसा कमाउन सकिने भन्दै आफूहरूलाई लान खोजिएको र बीचबाटोमा प्रहरीले सोधपुछ गरेमा भारतको पानीट्यांकी गएको भनेर भन्न सिकाएर यहाँसम्म ल्याएको बयान प्रहरीलाई दिएका छन्।

उद्धार गरिएकामध्ये दुर्गाबाहेक अन्य चेली राम्ररी आफ्नो ठेगाना पनि भन्न सक्ने अवस्थामा छैनन्। तीमध्ये मंगलीदेवी र मनमाया राम्ररी नेपाली बोल्न पनि जान्दैनन्।

उनीहरूले काठमाडौंमा विशाल भन्ने पुरुष र मोटी भन्ने महिलाले विभिन्न प्रलोभन देखाएर कुवेत जानुपर्छ र त्यसको खर्च पनि नलाग्ने भनेर ल्याएको बताएका छन्।

उनीहरूले राहदानी बनाउँदा लाग्ने खर्च पनि आफैं लगाइदिने भनेर ल्याइएको बताए। 'एउटा टोलीमा हामी १४ जना थियौं।

हामीलाई ललितपुरको सातदोबाटोबाट गाडी रिजर्भ गरेर ल्याइयो', उद्धार गरिएकीमध्ये दुर्गाले भनिन्, 'हामीसँगै गाडीमा आफूलाई मोटी भनेर चिनाउने दिदी पनि हुनुहुन्थ्यो तर विराटनगर ल्याएर जोगबनीको बस चढाएपछि उहाँ हराउनुभयो।'

दुर्गाका अनुसार विराटनगरबाट जोगबनीसम्म सञ्चालन हुने अलगअलग बसमा १४ जनालाई चढाएर मोटी भन्ने महिला त्यहाँबाट जोगबनीतर्फ लागेकी थिइन्।

'मोटी दिदीले यो बसमा चढेर आउनु अनि जहाँ ओराल्छ त्यहाँबाट पारिपट्टी (जोगबनी) आउनु हामी त्यहाँ हुन्छौं भन्नुहुन्थ्यो', दुर्गाले प्रहरीसँगको बयानमा
भनेकी छन्, 'हामी पारिपट्टि पुग्नै नपाईकन प्रहरीले नियन्त्रणमा लियो।'

उद्धार गरिएकाहरूले तत्काल सही बयान नदिएका कारण पनि उनीहरूसँगै गएका अन्य नौजना चेलीको त्यहीबेला उद्धार गर्न नसकिएको र उनीहरू कहाँ छन् भन्नेबारेमा अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

'उद्धार गर्नासाथ सही बयान दिएका भए हामी अन्य चेलीहरूको उद्धार गर्न पनि सफल हुने थियौं। उनीहरूलाई लिएर जानेलाई पनि पक्राउ गर्न सक्ने थियौं', प्रनि पौडेलले भने, 'उनीहरूको उद्धार मंगलबार गरियो तर कुबेत लैजान खोजिएको भन्ने कुरा बुधबार मात्र खुल्यो।'

शंका लागेकै कारण उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएर केआई नेपालमा राखिएको जानकारी उनले दिए।

उनीहरूलाई लिएर जाने गिरोह भारतपट्टिको भूमिमा बसेर हेरिरहेको र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिनासाथ त्यहाँबाट भागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीले अन्य नौजनालाई भारत कटाइसकेको हुन सक्ने पनि बताएको छ।
annapurnapost.com
काठमाडौं, २१ जेठ । गत वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पपछि नेपालमा विहीबार फेरि भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहीबार अपराह्न ४ बजेर १५ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको हो ।
दोलखा केन्द्रविन्दु भएर गएको भूकम्प ४ रेक्टर स्केलको हो । यसअघि बुधबार दिनभरी पाँच वटा भूकम्प गएका थिए । पछिल्लो भूकम्प दोलखामै ४ दशमलब ५ रेक्टरको गएको थियो ।
अहिले दोलखामा गएको भूकम्प विहीबार नेपालमा महसुस गरिएको पहिलो धक्का हो ।

सामाजिक सञ्जाल हाम्रो जीवनको एक अभिन्न पाटो बनिसकेको छ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालका फेसबुक ट्वीटर प्रयोग गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । तर मानिसहरुले सामाजिक सञ्जाललाई दुरुपयोग पनि गरिरहेका छन् ।

फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने गर्नु भएको छ भने सावधान ! सामाजिक सञ्जालकै कारण जेल जानु पर्ला । अव समाजिक सञ्जालको प्रयोगमा संयमता अपनाउने समय आएको छ ।


नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने, आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले । आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ ।

कमेन्ट गर्दा ध्यान दिनुस्

सामाजिक सञ्जालमा कुनै पनि पोष्ट देख्नु भो भने त्यसलाई लाइक गर्नु वा कमेन्ट गर्नु अघि एक पटक राम्ररी पढ्नुस् । कुनै पनि कन्टेन्ट आपत्तिजनक छ भने त्यसलाई लाइक वा कमेन्ट नगर्नुस् । कुनै पनि ब्यक्तिले राखेको आपत्तिजनक पोष्ट वा सामग्रीमा तपाइँले लाइक वा कमेन्ट गर्नु भो भने साइवर कानूनले तपाइँलाई समेत जेलको हावा खुवाउन सक्छ ।



पोष्ट गर्नु अघि सोंच्नुस्

कुनै पनि सामग्री वा स्ट्याटस फेसबुकमा वा ट्वीटरमा राख्नु अघि एक पटक विचार गर्नुस् । तपाइँको पोष्ट अश्लिल वा भडकाउ अथवा मानहानी गर्ने खालको छ वा कसैको मानमर्दन र निजि कुराको खुलासा गर्ने किसिमको छ भने तपाइँ समस्यामा पर्न सक्नु हुन्छ । त्यसैगरी कसैको पोष्टमा अश्लिल सामग्री राखिदिनु वा अश्लिल कमेन्ट गर्दा पनि समस्या आउन सक्छ ।



जोशमा होश नगुमाउनुस्

कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।


नक्कली अकाण्टबाट बँच्नुस्

कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।



अश्लिल सामग्रीबाट बँच्नुस्

सामाजिक सञ्जालमा अश्लिल सामग्री आदान प्रदान गर्ने वा कुनै अश्लिल कमेन्ट वा कुराकानी गर्ने बानी छ भने आजै देखि छोड्नुस् । अझ कुनै केटा केटीलाई यस्तो गर्नै हुँदैन । यसो गर्दा अनलाइन यौन दुर्व्यवहार वा शोषणको मुद्धामा जेल जान सक्ने खतरा हुन्छ ।



पछिल्लो समयमा सामाजिक सञ्जालमा सामान्य सोंचेर पोष्ट वा सन्देशकोरुपमा पठाइएका गरिएका कतिपय सामग्रीका कारण मानिसहरु प्रहरीको फन्दामा परिरहेका छन् । प्रयोगकर्ताको सबै विवरण पत्ता लगाउने प्रविधीका कारण सामाजिक सञ्जालबाट झुक्याउन खोज्नेहरु मुर्ख सावित भैरहेका छन् । www.nepaliheadlines.com
काठमाडौं । हाम्रो समाज मात्रै होइन, विश्वका विभिन्न समाजमा पुरुषले युवती भन्दा विवाहित परस्त्रीसँग सम्भोग गर्न मनपराउँछन् । यो मनोवैज्ञानिक स्वाभाव पनि हो ।तर, परस्त्रीले पुरुषलाई कसरी आकर्षित गर्छ भन्ने कुरामा भरपर्छ । कुनै कुनै परस्त्री यस्ता हुन्छन् । जसलाई देख्नेवित्तिकै पुरुषको उत्तेजना १८० डिग्रीसम्म पुग्छ । परस्त्रीसँग आकर्षित हुने कारणहरु यसप्रकार छन् :
जहिले पनि यौवनपूर्ण अवस्थालाई महिलाको आकर्षणसँग जोडिन्छ । पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश तथा कसिलो शरीर भएका महिलालाई आकर्षक मानिन्छ । त्यसैगरी विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ । विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ ।

प्रायः सबै समाजमा महिलाको आकर्षणमा कम्मर–नितम्ब अनुपातको महत्त्वपूर्ण भूमिका देखिन्छ ।
स्तन महिलाको अङ्ग भए पनि पुरुषले पनि यौन आनन्द प्राप्त गर्ने भएकाले नै होला, उनीहरू यसप्रति आकषिर्त हुन्छन् । स्तनलाई महिलाको सुन्दरतासँग जोडिन्छ । प्रायः पुरुषले आफूभन्दा केही होचा महिलालाई रुचाएको पाइन्छ।

केही अपवादलाई छोडेर प्रायः व्यक्तिले आफ्नो अनुहारसँग मिल्दोजुल्दो अनुहारमा विशेष आकर्षक पाउन सक्छ । दायाँबायाँ मिलेको हुनुका साथै अनुहारको माथिल्लो भाग (निधार भएको भाग), मध्यभाग (आँखा, नाक, गाला) अनि तल्लो भाग (ओठ, चिउँडो) समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ । सम्भवत : तपाईं आकषिर्त हुनुभएको महिलामा पनि यी कुरा पक्कै होलान् ।
विवाहित महिलाप्रति किन आकर्षित हुन्छन् पुरुष ?
कतिपय अविवाहित महिला विवाहित पुरुषप्रति आकषिर्त भएजस्तै अविवाहित पुरुषहरू पनि विवाहित महिलाप्रति आकषिर्त हुन्छन् । पक्का भन्न नसकिए पनि यसका केही सम्भावित कारणमध्ये केहीको चर्चा गरौं ।
पुरुष स्वभावले नै यौनसम्पर्क राख्न लालायित हुन्छ । यौनसम्पर्कका लागि यौन साथीसँगको सम्बन्धप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । विवाहित महिलासँगको सम्बन्धमा प्रतिबद्धताको आवश्यकता नपर्ने हुनाले सजिलो हुन्छ ।
अर्को तर्क पुरुष स्वभावले नै चुनौतीपूर्ण कार्य गर्न चाहन्छ र विवाहित महिलासँगको सम्बन्धमा एक किसिमको विजयबोध गर्छ ।
त्यसैगरी विवाहित महिला अनुभवी हुने आफ्ना चाहना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनीहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरुषहरू उनीहरूप्रति आकषिर्त हुन्छन् ।
विवाहित महिलाहरू यस्ता सम्बन्धका सन्दर्भमा कम तनावमा हुन्छन्, किनभने उनीहरू भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरूका लागि खर्च गर्नुपर्ने बाध्यता पनि हुँदैन ।
विवाहित महिलाले त्यस्ता पुरुषसँग सामाजिक, आर्थिक भार उठाउन सहयोग गरोस् भन्ने अपेक्षा गरेका हुँदैनन् र सम्बन्धमा प्रतिबद्धता पनि खोजेका हुँदैनन् । उनीहरूको उद्देश्य यौन सम्पर्क राख्नु मात्र हुन्छ ।
यस्तो समस्याबाट छुटकारा पाउने उपाय :
तपाईं अहिले किशोरावस्थामै हुनुहुन्छ । यो उमेरमा यौन भावनाको विकाससँगै विभिन्न किसिमका यौन परिकल्पना पनि गरिन्छ । यसै क्रममा विवाहित महिलाप्रति यौन रूपमा आकषिर्त हुन पुगिन्छ ।
तपाईं विवाहित महिलाप्रति आकषिर्त भए पनि उमेरको हकमा अझै पनि बढ्ने क्रममै हुनुहुन्छ । उपरोक्त कुराका आधारमा तपाईंले आफू यसरी विवाहित महिलाप्रति आकषिर्त भएको कुरालाई विश्लेषण गरेर कारण पत्ता लगाउनुभयो भने समाधानमा सहयोग पुग्न सक्छ ।
माथि गरिएका आकर्षणका कुरा हुँदाहुँदै पनि विवाहित व्यक्तिका लागि यो विवाहेत्तर सम्बन्ध हो । यसबाट श्रीमानलाई धोका दिएको नै मानिन्छ र सबन्ध–विच्छेदसम्म पनि हुन सक्छ । ————एजेन्सी

www.newsabhiyan.com
सप्तरी, जेठ २१ । ऊ मरेको ११ वर्ष भइसकेको थियो। मृत्युपछिका हरेक संस्कार पनि उसका परिवारले गर्दै आएका थिए। मरेको भनी उनकी श्रीमतिले सेता कपडा लगाइन्, चुरा फुटाइन्, सिउँदो पुछिन्। गाविस कार्यालयमा गएर उनको मृत्यु दर्ता पनि गरियो। उनकी श्रीमतिले एकल महिलाको भत्ता समेत थाप्दै आएकी थिइन्। तर सप्तरीको पिप्रा पूर्व गाविस २ पन्द्रह कठ्ठेका ४८ वर्षीय दलबहादुर परियार अचानक घरको दैलोमा उभिन आइपुग्दा उसका परिवारको होसहवास मात्र उडेन खुशीको सिमाना नै रहेन।

 एक श्रीमति, दुई छोरा, एक छोरी, दुई नाती र दुई नातिनीका धनी परियारको काजक्रिया गरेको ११ वर्षपछि उनी घर फर्कदा गाउँ र परिवारमा खुसीयाली छाएको हो। ०६१ साउन १३ गते मृत्यु भएको भनेर गाविसबाट ०६५ माघ १२ गते दलबहादुर परियारको मृत्यु दर्ता प्रमाण पत्र समेत बनाइएको थियो। छिमेकी गाउँ हर्दिया ५ का श्याम कोइराला परियारले ०५३ चैत ५ गते भारतमा मासिक ६ हजारको रोजगारी लगाइदिने भनेर घरवाट लिएर गऐपछि उनी बेपत्ता भएका थिए।

दलबहादुरलाई ११ वर्ष पहिले रोजगारीको लोभ देखाएर बेपत्ता बनाउने श्याम कोइराला परियार घरवाट गएपछि वेपत्ता भएका दलबहादुर लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि लैजाने श्यामलाई सोध्दा भारतमै मृत्यू भएको भनेपछि विश्वासमा परी काजक्रिया गर्नुका साथै गाविस कार्यालयमा गएर मृत्यु दर्तासमेत बनाएको श्रीमति सीता परियारले बताइन्। सीताले एकल महिलालाई दिइदै आएको भत्तासमेत बुझ्दै आएकी थिइन्। श्यामले खेतीपाती नभएको, तीनजना नाबालक छोराछोरी भएकोले घरमा त्यसै बस्नुभन्दा राम्रो रोजगारीमा लगाइदिने भन्दै श्यामलाई भारतको पञ्जाब लगेका थिए।

पञ्जाब हरियाणाको शितल होटलका सञ्चालक गोपाल सरदारलाई उनले तीन लाखमा बिक्री गरेका रहेछन्। एक-दुई महिनापछि तलब माग्दा होटल मालिकले तीन लाखमा श्यामसँग किनेको भन्दै तलब नदिएपछि आफू बिक्री भएको थाहा पाएको दलबहादुरले प्रहरी समक्ष बताएको प्रहरी निरीक्षक लालध्वज सुवेदीले बताए। हरियाणाको होटलमा ११ बर्षसम्म बन्धक बनाई जुठो भाँडा माझेर बसेका दलबहादुरलाई कालाज्वरो र मलेरियाले निकै च्यापेपछि होटल मालिकले रु. पाँच सय थमाई निकालेपछि आफू घर फर्किन पाएको दलबहादुरले जानकारी दिए।

 सप्तरी र उदयपुरबाट रोजगारीका लागि श्यामले एक दर्जनभन्दा बढी मानिस लगेर बिक्री गरेको श्यामको कथन छ। उनकै भान्जा नाताका शेर्पा परियार, मादे परियार, उदयपुर मोतिगढाका श्रवण विश्वकर्मा र बगहाका चौधरी थरका युवकलाई पनि लगेर श्यामले बिक्री गरेको उनको दाबी छ। काजक्रिया समेत गरेर मरिसकेको भनिएका आफ्ना श्रीमान् एक्कासी घर फर्कंदा आफूलाई विश्वास गर्नै गाह्रो परेको उनको श्रीमती सीताले बताइन्।

मृत्यु भएको भनेर मृत्यु संस्कार समेत गरिसकिएका श्रीमान् ज्युँदै होलान भनेर कल्पनासम्म पनि गरेको थिइन, उनले खुसी साट्दै भनिन्, सोच्दै नसोचेको कुरा हुँदा पत्याउनै मुस्किल परेको छ। उनले घरमा श्रीमान् नहुँदा छोराछोरीहरुले बुवा खैु भनेर पीडा दिने गरेको स्मरण गर्दै आफ्ना बाबुलाई पाएपछि छोराछोरी, परिवारका साथै गाउँमा नै खुसीयाली छाएको बताइन्।

वि.सं २०५३ चैत ५ गतेदेखि बेपत्ता भई मरेको भनिएका दलबहादुर १८ वर्षपछि घर फर्कंदा सारा गाउँनै अचम्ममा परेको छ। प्रहरीले भारतमा लगी बिक्री गर्ने श्यामलाई मंगलबार पक्राउ गरी जीउ मास्ने बेच्ने अपराधअन्तर्गत मुद्दा दर्ता गरेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक शिशिरकुमार कर्माचार्यले बताए। स्रोत:अन्नपूर्ण पोस्ट
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home