• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, २० सउन । काठमाडौंको सिनामंगलस्थित जिरी ओभरसिजले वैदेशिक रोजगारीमा पठाउने बहानामा अहिले पनि नेपाली कामदार युवकहरूसँग रकम ठगी गरेको तथ्य बाहिर सार्वजनिक भएको छ । ओभरसिजका सञ्चालकहरूले खाडी मुलुकहरूमा कामका लागि पठाउने बहानामा रकम ठगी गरेका हुन् । जिरी

ओभरसिजबाट पीडित बनेका युवाहरूले आज (बुधबार) बिहान दैनिक नेपालको ल्याण्डलाइन फोनमा सम्पर्क गरी ओभरसिजले गरेको ठगीका विषयमा गुनासो सुनाए । उनीहरूले जिरी ओभरसिजका व्यवसायीहरूलाई कारबाहीको माग गरेका छन् । ‘हाम्रो नाम नलेखी दिनु होला । होइन भने विदेश नपठाउलान । उनीहरूको ठगीका बारेमा लेखिदिनु प¥यो’, पीडित एक युवकले भने, ‘मसहितका युवासँग जिरी ओभरसिजले खाडी मुलुकमा रोजगारीमा जानका लागि साढे तीनलासम्म रकम माग गरेको छ ।’ सरकारी दरअनुसार एक महिनाअघिको डिमान्डमा जुनसुकै कामका लागि विदेश जानुपरे न्यूनतम २० हजारदेखि ८० हजारसम्म मात्रै म्यानपावरहरूले लिन पाउने व्यवस्था छ । तर म्यानपावर व्यवसायीहरूले गाउँबाट आएका सर्वसाधारण युवासँग मनपरी रकम असुल्ने गरेका छन् । उता, सरकारले दुईसाता यता मलेसियासहित खाडी मुलुकहरूका लागि अधिकतम १८ हजारसम्म मात्रै रकम लिन पाउने निर्णय गरेको छ । व्यवसायीहरूले अब खाडी मुलुक र मलेसियका लागि बढीमा १८ हजारभन्दा धेरै रकम लिन पाउने छैनन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
लोक तथा दोहोरी गायिका ज्योति मगरको चर्चा गीत भन्दा पनि उनको शरिर र उनले लाउने गरेका पहिरनबाट हुने गरेका छन्। सम्भवत: उनी जति विवादित लोकगायिका अरु कोही छैन्। लोक गायिका भएर फिल्मका हिरोइनले भन्दा पनि छोटा लुगा लगाएको भन्दै उनको आलोचना हुने गरेको छ। त्यस्तै 'गाएर' भन्दा पनि 'देखाएर' चर्चामा आउने गरेको टिप्पणी पनि उनीमाथि हुने गरेको छ। यस्ता आरोपहरुको फेहरिस्त अरु धेरै छन्। तर, स्वयमं ज्योति यी सबलाई सत्य मान्दिनन्। उनी आफ्नै 'कला' र 'गला' अगाडी बढिरहेको ठान्छिन्। उनलाई लाग्छ मान्छेले वास्तविक ज्योतिलाई चिन्नै बाँकी छ। सेतोपाटीसँगको एक साक्षात्कार उनले त्यसलाई चिर्ने प्रयास गरेकी छन्।
तपार्इंलाई अब त कसैले सोध्ने प्रश्न नै सकिए जस्तो लाग्छ?
सही कुरा गर्नु भो । पत्रकारले सोध्ने प्रश्न नै सकिएजस्तो लाग्छ । उही प्रश्न अनि उनै उत्तर, अलि झ्याउ भयो। कहिले त पत्रकारले सोध्ने प्रश्नको अनुमान नै लगाउन सकिन्छ तर, कहिले फेल हुन्छ ।
ज्योती मगरको बारेमा निकाल्नुपर्ने नयाँ कुरा छन् या थाहा भएका कुरालाई फरक कोणबाट हेर्नुपर्ने हो ?
नयाँ पनि छन् र यसैलाई फरक तरिकाले पनि हेर्न सकिन्छ ।
फरक तरिका चाहिँ कस्तो ?
अलि ‘एक्स्क्लुसिव’ र ‘पोजिटिभ’। जहिले पनि ‘एक्स्पोज’, ‘भल्गर’ का कुरा मात्र आउँछन् । केटी मान्छेको अदा राम्रो हुनैपर्छ र एउटा-एउटा अंग राम्रो हुन्छ पनि । यसैलाई सुन्दर तरिकाले लेख्न सकिन्छ नि।
स्वरको कुरा गर्दा सबैको एक किसिमको मिठो ‘टोन’ हुन्छ । ज्योती मगरको पनि आफ्नैखाले स्वर छ, त्यो कसैले कपि गर्न सक्दैन । अझै पनि मभित्र भएको प्रतिभाको खोजी भएको छैन । राम्रो मन भएको ‘गुड ह्युमन’ भन्छन् नि, त्यो पनि छ ममा । कतिलाई म हाउडे मान्छे लाग्छ होला तर, म एकदमै संवेदनशिल नारी हूँ । जे मान्छेलाई लाग्छ त्यो म हैन् । म एकदमै ‘रियालिटी’ मा बाँच्ने मान्छे हो ।

ज्योती मगरको यथार्थ के हो?
आममानिस हूँ म । एउटा हाइटमा पुगें भनेर दुधले मुख धुने कुरा आउँदैन । मलाई त्यही पोल्ने घाम चाहिन्छ । मलाई पनि भोक लाग्छ, चामल, तरकारी किन्न बजार जान्छु । प्यास लाग्छ, पानी पिउँछु ।
श्रोता र मिडियाले माया गरेर नै म यो ठाउँमा छु भन्नुहुन्छ । के साँच्चिकै माया गरेका हुन् त ?
केही हदसम्म हो । श्रोतालाई नाच्दा, हाँस्दा, रुँदा चाहिने गीत हामीले दियौं भने उहाँहरुले माया गर्नुहुन्छ । मैले त्यही दिएको भएर नै उहाँहरुले माया गर्नुभएको हो । मिडियाको कुरा गर्दा चैं कहिलेकाहीँ समाचारको ‘टाइटल’ त्यस्तै किसिमको बनाइदिँदा चित्त दुख्छ । तर, म सकारात्मक सोच राख्ने भएकाले सोच्छु, दुध दिने गाईको लात पनि सहनुपर्छ ।
आफ्ना एकदमै नीजि कुरा भन्न सक्नुहुन्छ ?
आफ्नो एकदमै नीजि कुरा त भन्न भएन नि । समय आएपछि भनिहाल्छु ।
अलिकति क्लु ?
हिहिहि...अहिले नै भन्दा त्यसको भ्यालु घट्छ । अहिलेलाई यति मात्र भन्छु, मलाई आफ्नो भोगाइमा सर्ट फिल्म बनाउन मन छ ।

तपाईंलाई सार्‍है उकुसमुकुस लागेको कुरा सुनौं न, हुन्छ ?
हाहाहा...त्यस्तो उकुसमुकुस हुने गरेरै त बसिरहेको छैन । मलाई मान्छेले जहिले पनि ‘एक्स्पोज’ गरेको भरमा ज्योती हिट भइ भन्छन् । जो मान्छेमा कला या सृजना हुँदैन त्यो मान्छे ग्ल्यामर भएको भरमै संगीत जस्तो क्षेत्रमा हिट हुँनै सक्दैन् । सरस्वतीको ‘तथास्तु’ नपाइ संगीतमा कोही पनि हिट हुँदैन ।
स्टेजमा मान्छेहरु यत्तिकै ज्योती मगरको शरिर हेर्नै आउने होइन नि। गीत सुनेर,  अदा हेरेर तालि बजाउने हुन् । शरिर देखाको भरमा हिट हुने भए त जोकोहीलाई छोटा लुगा लगाएर स्टेजमा पठाए भैगो नि। मलाई ‘एक्स्पोजर’ भन्छन् तर, म आफूलाई राम्रो ‘पर्फमर’ हूँ भन्छु । मान्छेहरुले ज्योती मगर देखाको भरमा हिट भइ भन्छन् तर, मलाई त्यो कुरा गलत सावित गर्नुछ ।
 आफ्नो गीत गवाई र लवाई ठ्याक्कै मिलेजस्तो लाग्छ त ?
प्रायः गीत म आफैं बनाउँछु । मेरो गीतमा वेस्टर्न फ्युजन हुन्छ, त्यसैले मिल्छ । बिमाकुमारी दुराले गाउनेजस्तो गीतमा छोटा कपडा लगाउँदा मिल्थेन । मेरोमा चैं मिल्छ ।
अरु गायिकाहरुको नाम सुन्दा स्वरको झल्को आउँछ तर, ज्योती मगर भन्ने नाम सुन्दा चैं शरिर अगाडी गायकी पछाडी भन्नेहरु छन् । तपाईंले ‘ज्योती मगर’ लाई बनाउन खोजेको त्यस्तै हो ?
एकदमै राम्रो देखियोस् भन्ने चाहना सबैको हुन्छ । अहिले भिडियोबिनाको गीत निकाल्नुस्, पत्तासाफ भइहाल्छ । सुन्दा कानलाई र हेर्दा आँखालाई मजा आउनुपर्‍यो । सहरिया भनाउँदाहरुले लोकगीत गाउनेहरुलाई जुन ‘लोके’ भन्छन्, उनीहरुलाई लोकगायिका सबै साडीमै हुँदैनन्, राम्रो अदा भएका पनि हुन्छन्, लोकगीत यसरी पनि पर्फम गर्न सक्छन् है भन्ने नै मैले बनाउन खोजेको हो ।
तपाईं आफूले आफैंलाई हेर्दा कसरी हेर्नुहुन्छ ?
मगर्नी हो, चिम्साचिम्सा आँखा छन् । एकदमै आकर्षक, सेक्सी त होइन । सामान्य हिसाबले हेर्दा मोटीमोटी ज्योतीभित्र पनि केही राम्रो कुरा चैं छ है भन्ने लाग्छ । शरिर मात्र हेर्दा चैं आफ्नो आँखा राम्रो लाग्छ ।
एउटा काल्पनिक प्रश्न गर्छु, तपाईंले हार्नै नसक्ने मान्छेले तपाईंको शरिर र स्वरमध्ये कुनै एउटा उपहार माग्यो भने तपाईं के दिनुहुन्छ ?
ज्योतीको स्वर र शरिर एक–अर्काका परिपुरक हुन् । शिव भगवान नै आएपनि यो दिन्छु यो दिन्न भन्ने कुरा आउँदैन । त्यसमाथि मैले हार्नै नसक्ने मान्छे आउला जस्तो लाग्दैन ।
हार्नै नसक्ने मान्छे अझै पाइएको छैन र ?
तपाईंले ‘सपनाको राजकुमार’ टाइपको कुरा गर्नुभएको होला ! राजकुमारको इन्ट्री त भइरहन्छ नि हैन ? सपनाको राजकुमार भन्ने चाहीँ छैन । प्रेम नगरेको होइन । मैले भोगाइबाट बुझेको, प्रेममा सम्झौता गर्नैपर्छ । आडभरोसा हुन्छ तर, स्वतन्त्रता हुँदैन । प्रेमको मामिलामा मेरो कमजोरी भनेको म चाँडै माफि दिने रैछु । फूलैफूलमा हनिमुन मनाउने कुरा पनि प्रेममै हुन्छन् तर, ति काल्पनिक हुन् । मैले माथि नै भनें म रियालिटीमा बाँच्छु ।
हाम्रो समाजमा अलिकति छाडाजस्तो देखियो भने यसका बाउआमा कस्ता होलान् ? भन्ने चलन छ । तपाईंका बाआमा कस्ता हुनुहुन्छ ?
खुल्लापन त अझै पनि छैन । घरमा जाँदा सबैसँग दुरी बनाएर बस्नुपर्छ । छोटा लुगा लगाउन पाइँदैन । फतरफतर बोल्न पाईंदैन । त्यति पढेलेखेको हुनुहुन्न । कतै खुम्चिएजस्तो लाग्छ । तर, त्यो बालापन, ती मान्छे र मनसँग खेल्न पाएजस्तो लाग्छ । त्यो बेला बाँच्नुको अर्को अर्थ पनि भेटिए जस्तो लाग्छ ।
परिवारबाट कस्तो शिक्षा लिनुभयो भन्न खोजेको ?
एकदमै द्वन्द भएको परिवारमा हुर्केको हूँ । बुवा एकदमै रक्सी पिउनुहुन्थ्यो । अन्य महिलाहरुसँग पनि उहाँको सम्बन्ध रहन्थ्यो । साथीका असल बाहरु देख्दा मेरा बा पनि त्यस्तै भइदिए भन्ने लाग्थ्यो । तर, त्यही कुराले नै मलाई बलियो बनाएको मान्छु । किनकी त्यस्तो अवस्थामा ममी एक्लैले परिवार सम्हाल्नुभयो । बच्चाबच्ची पढाउनुभयो । मैले ममीबाटै पाठ सिकेको हूँ । हरेक युवतीहरु आफ्नो लोग्ने आफ्नो बाउजस्तो होस् भन्ने सोच्छन् । म सोच्छु, मेरो लोग्ने मेरो बा जस्तो नहोस् । तर, मेरो बाआमालाई म माया गर्छु ।

तपाईं जुन क्षेत्रमा हुनुहुन्छ, त्यो विद्रोह हो ?
गाउँमा कार्यक्रम हुँदा नचाहेर पनि लामै कपडा लगाउनुपर्छ । लोकगायिका भएर पनि फ्युजन बनाएर लोकगीत नसुन्नेहरुलाई पनि सुनाउँ भन्ने चाहीँ मेरो विद्रोह हो । मेरो बज्यैलाई कसैले तपाईंको नातिनीले छोटो लुगा मात्र लगाउँछ भनेर कुरा लगाइदिएछ । त्यसलाई हेर्दा पनि मैले विद्रोह गरेछु जस्तो लाग्छ ।
तपाईंको फेसबुकमा कतिले तपाईंलाई ‘सन्नी लियोन’ भन्दा रैछन् । कस्तो लाग्छ ?
चित्त दुख्छ । आ–आफ्नो हेराई हो । कमेन्ट गर्नेहरु पनि नराम्रा होइनन् । त्यही कमेन्टबाट उनीहरुको लेभल थाहा हुन्छ । अर्को कुरा, जसले सन्नी लियोन हेरेको हुन्छ उनीहरुले नै सन्नी लियोन भन्ने हो । राम्रो भन्न त माधुरी दिक्षित मात्र हेरेको हुनुपर्‍यो नि। उनीहरुले एकछिनको लागि भडास निकालेको हो कि जस्तो लाग्छ । तर, अन्तिममा माया गर्ने उनीहरु नै हुन् । टिकट काटेर आउने उनीहरु नै हुन् । हाम्रोमा भन्ने एउटा हुन्छ, ‘थट’ अर्कैतिर हुन्छ ।
तपाईंलाई कस्ता कमेन्टहरु गर्दा असह्य हुन्छ ?
भन्नै नमिल्ने अश्लिल शब्द हुन्छन् । म पनि कोमल मन भएको छोरी मान्छे हो, चित्त दुखिहाल्छ । अनि त्यो भन्दा बढी अगाडी ज्योती तिमी राम्री, तिम्रो गीत राम्रो भन्ने अनि पछाडी ज्योति त यस्तो या त्यस्तो भन्दा धेरै चित्त दुख्छ ।
प्रशंसा गर्नेहरुले चाहीँ कस्तो शब्द प्रयोग गर्छन् ?
मलाई हत्तपत्त प्रशंसा नै गर्दैनन् । गरिहाले पनि ज्योती म तिम्रो शुभचिन्तक, यसो गर उसो नगर भन्ने सुझाव आउँछन् । प्रशंसा भएका ठाउँमा भने केटी मान्छे भएर पनि लोकगीतमा ‘रकिङ’ गर्‍यौ भन्छन् ।
अहिलेसम्म सबैभन्दा बढी चित्त दुखेको कुनै प्रसंग छ ?

अँ, एउटा पत्रिकाले मैले अन्तरवार्ता नदिँदा नै  यौन र मेरो विहे भएको भन्ने झुटो अन्तरवार्ता छापेछ । त्यसपछि संगीत क्षेत्रकै एउटा मान्छेले पछिसम्म त्यही कुराले घोचिरहे ।
अनि, एउटा नयाँ अनलाइनमा अन्तरवार्तामा मलाई सेक्सका बारेमा सोधियो । मैले १५/१६ वर्षमा पहिलोपटक सेक्स भएको बताएँ । पछि टाइटल नै ज्योतीले १६ वर्षमा सेक्सको गरेको भन्ने बन्यो । मैले आफ्नो निजि कुरा भन्न् भनेर केटी मान्छेहरु पनि अब खुल्ला हुनुपर्छ भन्ने अभिप्रायले हो । कति मान्छेहरु सेक्समै कुण्ठित भएर आत्महत्या गरेका पनि छन् । त्यस्तो नहोस् भनेर म खुल्ला हुन खोजेको हूँ ।
ज्योती मगरको नीजि कुरा भन्ने बित्तिकै ‘सेक्स’ सँग नै किन जोडिएको होला त ?
त्यो मेरो गल्ती होइन । मिडियाको पनि गल्ती होइन । म एउटा उदाहरण दिन्छु, मेरो ‘पिरतीमा दम छ’ भन्ने गीतमा पाँच लाख लाख भ्यु छ, त्यही गीतको ‘सेक्सी भिडियो बाइ ज्योती मगर’ भन्नेमा तेब्बर भ्यु छ । अब भन्नुस् कसको गल्ती हो ?
तपाईंको मनमा कस्ता कुराहरु धेरै खेल्छन् ?
मैले अब कस्तो गीत बनाउने होला, पैसा मात्र डुब्ला कि, गीत हिट होला कि नहोला, कस्तो मान्छेसँग कस्तो सम्बन्ध बनाउने होला भन्ने हुन्छ । फ्ल्याट भाडामा लिएर बस्छु । महँगी बढ्दैछ । भोली फ्ल्याटबाट एउटा कोठामा खुम्चिनु पर्‍यो भने के होला भन्ने पनि चल्छ र भोली परिवार, बच्चा भएपछि मैले निभाउनुपर्ने दायित्व पुरा गर्न सक्छु कि सक्दिन होला जस्ता कुराहरु पनि दिमागमा चल्छन् ।setopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं – २३ वर्षको उमेरमा गाविस अध्यक्ष भएका महेश बस्नेत युवा उमेरमै मन्त्री समेत बनिसकेका छन् । सुरुमा गुण्डाका संरक्षकलाई मन्त्री बनाइएको भन्दै उनको निकै आलोचना भयो, तर यतिबेला क्याबिनेटका स्वच्छ छवीका थोरैमध्येमा उनको पहिचान बनेको छ ।

यूथफोर्सका इन्चार्जका रुपमा ७ वर्षअघि मात्र चर्चामा आएका बस्नेतले छोटो अवधिमै राजनीतिमा निकै छलाङ मारिसकेका छन् । मन्त्री बस्नेतले हालै ‘म महेश बस्नेत’ नामक आत्मकथा लेखेका छन् । जसमा उनले आफ्नो आरोह अवरोहको बारेमा खुलाएका छन् । साथै विभिन्न घटनाक्रमको खुलासासमेत गरेका छन् ।
आफूसँग नाम जोडिएका डनहरुको बारेमा पनि उनले पुस्तकमा खुलाएका छन् । गत वर्ष प्रहरी इन्काउन्टर मारिएका डन दिनेश अधिकारी ‘चरी’ लाई बाईसिएलको आतंकविरुद्द प्रयोग गर्न पार्टीमा भित्राएको उनले उल्लेख गरेका छन् । अखिल नेता ऐन महरले चरीलाई भित्राउने बारेमा प्रस्ताव ल्याएको उल्लेख गरेका छन् । ‘तपाईंले एउटा मौका दिनूस् दाइ, हामी सुध्रिएर देखाउँछौं’ भनेपछि आफूले युथफोर्समा प्रवेश गराएको बस्नेतले आफ्नो पुस्तकमा लेखेका छन् । बुटवल अधिवेशन चलिरहेका बेला एक व्यक्तिलाई गोली हानेर चरीले बस्नेतलाई फोन गरेका थिए । चरीसँगको सम्बन्धका बारेमा उनले आफ्नो किताबमा लामो लेख लेखेका छन्, आजको दृष्टि साप्ताहिकमा खबर छ ।

काठमाडौं, साउन २० । सीमांकनसहितको संविधान जारी गर्न एमाले बाधकजस्तो गरी प्रधानमन्त्री सुशील कोइराला र अन्य दलका केही नेताबाट अभिव्यक्ति आएपछि एमाले अध्यक्ष केपी ओली रुष्ट बनेका छन् । उनले सीमांकनको विषयमा एमाले बाधक नरहेको तर यसका नाममा संविधान जारी हुने प्रक्रिया रोक्न नमिल्ने प्रस्टयाएका छन् ।

केही दिनअघि प्रधानमन्त्रीसहित अन्य दलका नेताले आफूहरू सीमांकनसहित संविधान जारी गर्ने पक्षमा रहेको तर एमाले नेताहरूले नमानेको भनी सार्वजनिक टिप्पणी गरेका थिए ।

ओलीले मंगलबार दिउँसो सामाजिक सन्जालमार्फत संविधान बन्न नदिने खेलअन्तर्गत यस्तो अभिव्यक्ति आएको टिप्पणी गरेका छन् । उनले टविटरमा भनेका छन्, ‘संविधान बन्न नदिने खेल मात्र होइन, ओलम्पिक खेल नै भइरहेको छ, तर यसलाई एमालेले असफल पार्छ, असफल पार्न नेतृत्व गर्छ ।’

१६ बुँदे सहमतिभन्दा विपरीत गएर संविधान नै जारी हुन नदिने प्रयास भइरहेको ओलीले संकेत गरे । ‘मैले प्रधानमन्त्रीलाई हिजो (सोमबार) बिहानै भनिदिएको थिएँ, सीमांकन गर्ने कुरामा एमाले बाधक बन्दैन,’ ओलीले अर्को टविटमा भनेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

स्विजरल्यान्ड : सन् २०१५ मा भूमध्यसागरको बाटो हुँदै युरोप जाने क्रममा करिब दुई हजार प्रवासी यात्रीको मृत्यु भएको अन्तर्राष्ट्रिय प्रवारी सङ्गठन (आईओएम) ले मङ्गलबार जनाएको छ ।

दुर्भाग्यबस, हामीले सन् २०१५ मा मात्रै दुई हजार जनाभन्दा बढी प्रवासी तथा शरणार्थी आफ्नो युरोप यात्राका क्रममा अहिलेसम्म मृत्यु भएको आँकडा पाएका छौँ, आईओएमका प्रवक्ता इटायी भिरीले पत्रकारसँगको भेटमा बताए ।
आईओएमले जनाएअनुसार, यस अवधिमा करिब एक लाख ८८ हजार मानिस भूमध्यसागर पार गरी युरोप जाने क्रममा उद्धार गरिएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, १९ साउन । बलात्कारपछि ‘एसिड’ खुवाएर अपराधीकै नियन्त्रणमा ३७ दिन बिताएकी एक किशोरीको यही साउन १६ गते आइतबार मृत्यु भएको महिला पुनःस्थापना केन्द्र (ओरेक)ले जनाएको छ ।
सिरहाको लहानस्थित ‘राकेश होटल एन्ड लज लहान’मा भाँडा माझ्ने काम गर्दै आएकी किशोरीलाई वैशाख १२ गते बलात्कारपछि शौचालय सफा गर्न प्रयोग गरिने ‘हार्पिक’ खुवाइएको बताइएको छ ।

ओरेकले आज यहाँ गरेको पत्रकार सम्मेलनमा सिरहास्थित महिला मानवअधिकार रक्षक सञ्जालका संयोजक रेणु कर्णले भन्नुभयो, “हामीले त्यो घटना थाहा पाउनेबित्तिकै प्रहरीमा बलात्कार, बन्धक र ज्यान मार्ने उद्योगसहितको उजुरी दर्ता गराउन खोज्दा प्रहरीले लिन मानेन् । बलात्कारको उजुरी गर्ने म्याद सकिइसकेको र बन्धकका लागि प्रमाण नपुगेको भन्दै ज्यान मार्ने उद्योगको मात्र उजुरी लेखेर ल्याउनू भनेपछि त्यसै ग¥यौँ ।”

उक्त होटलका मालिक नथुनी साहलाई समेत किटान गरेर उजुरी दिइएको भए पनि प्रहरीले उजुरी लिन नमानेको उहाँले आरोप लगाउनुभयो ।

“त्यहाँ उपचार नहुने देखेपछि हामीले उनलाई काठमाडाँै ल्यायौँ, वीर अस्पतालमा असार १५ गतेदेखि उपचार सुरु भयो, तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताए, हामीसँग पैसा नहुँदा व्यक्तिगत रुपमा उठाएर उपचार थाल्यौँ, शल्यक्रियापछि उनको अवस्थामा सुधार आउँदै थियो तर साउन १६ गते मृत्यु भयो”, उहाँले भन्नुभयो ।

उनको उपचारमा संलग्न चिकित्सकले हर्पिकमा प्रयोग हुने एसिडले बिस्तारै फोक्सो, कलेजलगायतमा सङ्क्रमण गरेको शल्यक्रियापछि ठोस खानेकुरा खुवाएका कारण उनको मृत्यु भएको बताएको ओरेकले जनाएको छ ।

लहानबाट पीडितको बयानका लागि प्रहरी आएको भए पनि बयान लिनुअघि नै किशोरीको मृत्यु भएकाले बयान लिन समेत नसकिएको ओरेकका कार्यक्रम संयोजक प्रतिमा शर्माले बताउनुभयो ।

अभियुक्त विनोद बस्नेत अहिले प्रहरी नियन्त्रण छन् । उनीविरुद्वको मुद्दा फिर्ता लिन स्थानीय राजनीतिकर्मीले आफूलाई निकै प्रलोभन तथा दबाब दिने गरेको सञ्जालका संयोजक कर्णले पत्रकारलाई बताउनुभयो ।

www.etajakhabar.com
मुम्बई । भारत सरकारले ८ सय ५७ पोर्नसाइट बन्द गराएपछि धेरै तिर बाट यसको विरोध भएको छ । भारतमा पोर्न साइटहरु बन्द भए पछि राजनीतिक कार्यकर्तादेखि कलाकारसम्मले आफ्नो प्रतिक्रिया दिएका छन् ।
बलिउड अभिनेत्री सोनाम कपुरले पनि भारत सरकारको यस कदमको बारेमा ट्विट गर्दै आक्रोश पोखेकी छिन् । ‘बन्द गर्ने मुर्खहरु, जसले सोच्दै होलान् कि भारतीयको दिमाग अब फरक हुन्छ ।’ सोनमले ट्विट गर्दै भनेकी छिन् । सोनाम कपुर लगायत अन्य थुप्रै सेलिब्रेटीहरुले पनि सरकारको यस कदमको विरोध गरेका छन् । भारत सरकारले शनिबार ८ सय ५७ साइटमाथि प्रतिबन्ध लगाएको थियो । एजेन्सी। /www.etajakhabar.com
पूर्व पोर्नस्टार सन्नी लियोन बलिउड क्षेत्रमा पनि निकै चर्चितै छिन् । विभिन्न हर्कत बाट उनि चर्चामा आइ रहेकी हुन्छिन । हालै मात्र अर्को खबर बाट उनि चर्चाको विषय बनेकी छिन् । हो, सन्नी लियोनले आफ्नो पारिश्रमीक धेरैनै बढाएकी छिन् ।
उनले एक बिज्ञापनको लागि मागेको पारिश्रमीक बलिउडका ‘ए’ लेवलमा रहेका स्टारहरुले मात्र लिने गरेका छन् । बताईए अनुसार उनले घाँटीको समस्यासँग सम्बन्धित औषधिको विज्ञापनमा अभिनय गरे बापत आठ करोड रुपैँया पारिश्रमिक लिएकी छिन् । सन्नीले एउटा बिज्ञापनको लागि आठ
करोड रुपैँयाको लिएपछि तीनछक पर्नेहरु थुप्रै छन् । उनले एक दिनको दुई करोडको हिसाबले पैसा मागेकी हुन् । उक्त विज्ञापनको उनले चार दिनमा सुटिङ सकाईन् । सन्नी लियोनले गिनी एम एम एस २, एक पहेली लिला, कुछ कुछ लोछा है जस्ता थुप्रै बलिउडका फ्लिमहरुमा अबिनाया गरिसकेकी छिन् । www.etajakhabar.com
बार्सिलोना: अवैध रूपमा युरोप छिर्दै गरेका मोरक्कोका एक व्यक्तिको सुटकेसमा निसासिएर मृत्यु भएको छ।

उनी मोरक्कोबाट स्पेन जाने व्यक्तिको सुटकेसमा थुनिएर मरेका हुन्। उनका दाजुले आफ्नो सुटकेसमा थुनेर भाइलाई युरोप छिराउन खोजेका थिए।
स्पेनी अधिकारीले कारभित्र थुनिएर मरेको अवस्थामा उनी मृत अवस्थामा फेला परेको जानकारी दिएका छन्।२७ वर्षीय मोरक्कोका ती नागरिक आफ्नो देशबाट डुंगा प्रयोग गरी स्पेन आइपुगेका थिए।

उनी बन्दरगाहबाट स्पेनको सहर अल्मेरिया जाँदै थिए। दाजुको भने फ्रान्सेली राहदानी रहेको छ। उनलाई अवैध रूपमा मानिसको ओसारपसार र मानव हत्याको अभियोग लगाइएको छ।
यसैगरी स्पेनमा प्रवेश गर्न खोज्ने थप चारजना व्यक्तिको मृत्यु भएको थियो। उनीहरू बन्दरगाहनजिकै डुबेर मरेका थिए।

अफ्रिकी महादेशका बासिन्दाहरू मोरक्कोबाट पौडेर स्पेन छिर्न प्रयास गर्ने गरेका छन्। अवैध रूपमा युरोप छिर्न खोजेका तीनजना व्यक्तिलाई आइतबार उद्धार गरेको मोरक्कोको आन्तरिक विदेश मन्त्रालयले जानकारी दिएको छ।

मे महिनामा आइभरी कोस्टबाट स्पेनी अध्यागमन अधिकारीले सिउतामा एक आठ वर्षीय बालकलाई पनि सुटकेसमा थुनिएको अवस्थामा पक्राउ गरेका थिए।

अधिकारीले ती बालकलाई उनकी आमालाई भेटेर जिम्मा लगाएका थिए। बालककी आमा स्पेनमा कानुनी रूपमा बस्दै आएकी थिइन्। स्पेनले ती बालकलाई स्थायी बसोवासको अनुमति दिएको थियो।

मानव अधिकारवादी संस्थाले मोरक्कोबाट अवैध रूपमा स्पेन छिर्नेको सन् २०१४ मा दुई हजार आठ सय चार र सन् २०१३ मा चार हजार तीन सय रहेको बताएको छ। गत फेब्रुअरीमा गैरकानुनी रूपमा युरोप आउँदै गरेका सयौं अफ्रिकीको डुंगा डुब्दा मृत्यु भएको थियो। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, १९ साउन । विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते हुनुभएको छ ।

दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते हुनुभएको छ ।

उहाँहरु अधिकांशको टाउकामा चोट लागेको र हातखुट्टा भाँचिएको छ । अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उहाँहरुको उपचार भइरहेको छ । नेकपा (एमाले)का नेता एवम् सभासद् जितु गौतमले दोस्रो जनआन्दोलनपछि स्थापित भएका दलितका अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएकाले त्यसलाई सच्याउन दबाब सिर्जना गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गरिएकोमा प्रहरी ज्यादती भएकाले त्यसको छानबिन गर्न माग गर्नुभयो ।

उहाँले लोकतन्त्रमा अधिकार प्राप्तिका लागि शान्तिपूर्ण विरोध तथा सभा गर्न पाइने राजनीतिक अधिकार भएको भएपनि आफूहरुमाथि भएको प्रहरी दमनको निन्दा गर्नुभयो । अधिकारकर्मी सरु सुनारले घाइतेको स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गर्दै दलितमैत्री संविधानका लागि आफूहरुले विभिन्न चरणबद्ध आन्दोलन सञ्चालन गरेको र सोही अन्तर्गत आज विरोध प्रदर्शन गरिएको बताउनुभयो ।www.etajakhabar.com

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home