• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
महिलाका योनी बारे १० रोचक तथ्यहरु सम्भोगको सन्तुष्टि देखि,गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । योनी बारेका १० रोचक तथ्य यस्ता छन्-
१. योनीको औषत आकार ३-४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षकाबेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।-------------------www.newsabhiyan.com
काठमाडौँ, १० असार ।
छिमेकी चीनले नेपालको पुर्नस्थापना तथा पुनर्निर्माणका लागि आगामी दुई वर्षभित्र ७६ अर्ब ३६ करोड २० लाख रुपैयाँ (सात सय ५० मिलियन अमेरिकी डलर / ४.७ बिलियन युआन) सहायता उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग अलगअलग भेटी बुधबारै चिनियाँ विदेशमन्त्रीले यसबारे जानकारी गराएका हुन् । जापानले नेपालको पुनर्निर्माणका लागि २५ अर्ब ४५ करोड रुपैयाँ (दुई सय ५० मिलियन अमेरिकी डलर) सहयोग उपलब्ध गराउने प्रतिबद्धता सम्मेलनका क्रममा गर्ने भएको छ । छिमेकी भारतका तर्फबाट पनि चीनकै हाराहारीको सहयोग रकम घोषणा हुने सरकारी स्रोतले जानकारी दियो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार हुने अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा नेपालका लागि उक्त सहायता घोषणा गर्ने भएका हुन् ।
चीनका तर्फबाट नेपाललाई दिइने यो नै हालसम्मको उच्च सहयोग हुनेछ। यसअघि राष्ट्रपति डा. यादवको चैतमा सम्पन्न चीन भ्रमणका क्रममा १४ अर्ब रुपैयाँको सहायता चीनले नेपाललाई दिने घोषणा गरेको थियो ।
यसखालको सहयोग हामीले विदेशी मुलुकहरूलाई दिएको अत्यन्तै दुर्लभ छ । तर नेपाल विपत्मा रहेको अवस्थामा पुनर्निर्माणका लागि सहयोग उपलब्ध गराउन लागेका हौं, चिनियाँ विदेशमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।  उक्त सहायता ऋण र अनुदान गरी मिश्रित खालको हुने चिनियाँ पक्षले जानकारी गराएको स्रोतले जनायो । स्रोतका अनुसार चीनले उक्त सहयोग चिनियाँ मुख्य लगानी रहने एसियन इन्फ्रास्ट्रक्चर इन्भिस्टमेन्ट बैंकमार्फत गर्ने भएको छ ।  उक्त बैंकमा नेपाल भारतलगायत विश्वका ५७ देश संस्थापक सदस्य बनिसकेका छन् । हामी नेपालसँगको सम्पर्क अझै बढाउन चाहन्छौं । विदेशमन्त्री वाङले भेटहरूमा भने ‘सिल्क रोड परियोजनाअन्तर्गत उक्त सहयोग रकम खर्च गर्ने हाम्रो चाहना छ ।’
छिमेकी मुलुकहरू नेपाललगायत दक्षिण एसिया, युरोपलगायत मुलुकहरूसँग सम्पर्क बढाएर आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी जिनपिङले ४० अर्ब अमेरिकी डलरको सिल्क रोड परियोजना दुई वर्षअघि अघि सारेका थिए ।  नेपालले गत मंसिरमा सिल्क रोड इकानोमिक बेल्टमा सहभागी हुने निर्णय गरिसकेको छ ।  राष्ट्रपति डा.यादवले गत चैतमा सम्पन्न आफ्नो चीन भ्रमणमा समेत नेपाल सिल्क रोड इकोनोमिक बेल्डमा सक्रियतापूर्वक सहभागी हुने वचनबद्धता गरेका थिए ।
गत कात्तिकमा अर्थमन्त्री डा. रामशरण महतको चीन भ्रमणमा नेपाल चिनियाँ मुख्य लगानी रहने एसियन इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सदस्य हुनेगरी सम्झौता भइसकेको छ । परराष्ट्रमन्त्री पाण्डेसँगको भेटमा विदेशमन्त्री वाङ्ले नेपालको अहिलेको विपद्को घडीमा सक्दो सहयोग गर्न चीन तयार रहेको बताएको परराष्ट्र प्रवक्ता ताराप्रसाद पोख्रेलले बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
सहबास जिवन प्रक्रियाका बारेमा पनि अनिवार्य छ । मान्छेको जिवन सहबासबाटै शुरू भएको हो । यो हामी सबैलाई जानकारी छ तर सहबासका बारेमा १५ रोचक तत्थ्यहरु भने सबैलाई जानकारी नहुन सक्छ ।

१, विश्वमा दैनिक १ करोड सम्भोग हुन्छन् । तपाईंले यो शब्द पढिरहँदा ६५ हजार दम्पत्तीहरु सहबास गरिरहेका हुन्छन् ।

२, एक चम्चा वीर्यमा सात क्यालोरी हुन्छ ।

३,क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले घरमा श्रीमतीलाई सहयोग गर्ने पुरुषहरुले ५० प्रतिशत बढी सहबासको अवसर पाउने पत्ता लगाएका छन् ।

४, मूर्ति या म्यान्निक्विनप्रति हुने यौन आकर्षणलाई एजाल्माटोफिलिया भनिन्छ ।

५, अहिलेसम्मकै सबैभन्दा धेरै चरमसुख यौन भएको रेकर्ड एक महिलालाई एक घण्टामा १३४ पटक भएको छ भने पुरुषमा १६ पटक भएको पाइएको छ ।

६, सहबासप्रतिको निष्क्रियताले लिंगको आकार पनि घटाउँछ । रुसकी महिला तात्याना कोजेभ्निकोभाले योनिले १४ केजी तौल तानेर रेकर्ड बनाएकी थिइन् ।

७, वीर्यमा भएको प्रोटिनले चाउरी निको पार्छ

८, विश्वभरमा ग्रिसमा मानिसहरु सबैभन्दा सहबासमा लायक हुन्छन् रे १ उनीहरु अधिकांशले हप्तामा एकपटक सेक्स गर्ने गर्छन् ।

९, ५० जनामध्ये एक महिलामा अतिरिक्त स्तनको निप्पल हुने गर्छ ।

१०,दुईवटा कण्डम लगाउँदैंमा थप सुरक्षा दिने भन्ने हुँदैंन, बरु आपसी घर्षणले फुट्न सक्छ ।

११, इरानमा वेश्यावृत्ति कानुनी छ, जहाँ पैसा तिरेर केही घण्टाका लागि अस्थायी श्रीमती पाइन्छ ।

१२,पुरुषको दुईवटा अण्डकोषमध्ये एउटा अलि तलतिर रहेको हुन्छ । यसको कारण हो– हिड्दा तिनीहरु आपसमा नठोक्किउन् ।

१३, सन् २०१२ मा भएको एक सर्भेले ६० प्रतिशत बेलायतीहरु अध्याँरोमा सहबास गर्न मन पराउँने देखाएको थियो

१४, अहिले विश्वभर प्रचलित खाद्यपदार्थ केलोग्स कर्नफ्लेक्स एक त्यस्ता व्यक्तिले विकास गरेका थिए, जो हस्तमैथुनविरुद्धका अभियन्ता थिए । उनले मानिसबाट यौन विचार हटाउँन स्वस्थ खाना आवश्यक रहेको भन्दै कर्नफ्लेक्सको विकास गरेका थिए ।

१५, एउटा अन्तर्राष्ट्रिय अनुसन्धानबाट के देखाएको छ भने स्पेन, ब्राजिल र इटालीका महिलाहरुले उत्कृष्ट लभर उत्पादन गर्छन् । अंग्रेजहरु भने ज्यादै अल्छी हुन्छन् ।

१६, प्राचिन चीनमा सहबासपछि मक्र्युरी र सिसा खाएमा गर्भ रहँदैंन भन्ने विश्वास गरिन्थ्यो । तर, यसले मृत्युसम्म निम्त्याउथ्यो

१७ , श्रीमान श्रीमती बिचको सहबासलाई योगको रुपमा पनि लिइन्छ । एजेन्सीको सहयोगमा

www.newsabhiyan.com
 जेठ, काठमाडौं ।

अहिले गर्मीले देशका अधिकाँश स्थानमा जनजीवन प्रभावित भएको छ । तराइमा मात्र होइन पहाडी इलाकामा समेत गर्मी अत्याधिक बढेको छ । यहाँ गर्मीको समयमा गर्न हुने र नहुने २२ कुराको चर्चा गरिएको छ । यी शुत्र डा रविन्द्र समीरका हुन् । हामीले उपयोगी लागेर यी शुत्र उनको फेसबुकबाट साभार गरेका छौं ।

डाक्टर रवीन्द्र समीर

अहिले प्रकृति हाम्रो प्रतिकुल छ ! कहिल्यै नभएको गर्मीको कारण स्वास्थ्य समस्या देखा पर्न थालेका छन् ! गर्मीमा स्वास्थ्य रक्षा गर्न निम्न लिखित समीर थेरापी यहाँहरुलाई उपयोगी हुनेछ !

१. धेरै मात्रामा पानी उमालेर बोतल वा भाँडामा राख्नुहोस ! माटोको भाँडामा राखेमा सर्बोत्तम ! प्रत्येक घण्टा दुई गिलास पानी पिउनुहोस ! काममा जाँदा पानी लिएर जानुहोस ! पिशाब जति सेतो वा पानीजस्तो हुन्छ, त्यति नै स्वास्थ्य राम्रो हुन्छ !

२. कोल्ड ड्रिंक्स नखानुहोला ! कोल्ड ड्रिंक्सले शरीरमा झन् डीहाइड्रेसन् बढाउँछ ! अर्थात पानीको मात्रा घटाउँछ !

३. दही, मही, लस्सी, बेल वा घ्युकुमारीको सर्वत पाएसम्म सेवन गर्नुहोस !

४. काँक्रो, खर्बुजा लगायत पानीको मात्रा धेरै हुने फलफुल, सागपात खानुहोस ! मासुको मात्रा कम गर्नुहोस !

५. चिउरा, दाल्मोड़, जंक फुड आदिको सेवन नगर्नुहोस !

६. मदिराको सेवन नगर्नुहोस ! गर्नै परेमा बियर मात्र बढीमा १ बोतल खाँदा कम हानि हुन्छ ! सकभर बियर पनि नखानुहोस !
७. ताजा र घरकै खाना खानुहोस !

८. सकभर बिहान / बेलुका काम गरेर दिउँसो आराम गर्नुहोस !

९. लामो सास शरीर भित्र लिने र सबै सास रित्तो हुनेगरी फेर्नुहोस ! सित्कारी प्राणायाम लाभकारी हुन्छ !

१०. बाहिर निस्कदा हल्का कटनको कपडा, स्क्रिन लोसन, सन् ग्लास ( कालो चस्मा ) लगाउनुहोस !

११.पसिना आउन्जेल ब्यायाम गरेर नुहाउनुहोस् ! काम वा ब्यायाम गर्दा पानीको मात्रा कमि नहोस !

१३. झोलिलो खाना खानुहोस !

१४. मसलादार खाना नखानुहोस !

१५. राति छिटो सुत्नुहोस, बिहान सबेरै उठ्नुहोस !

१६. छालालाई ताप र एलार्जिबाट रक्षा गर्न खुकुलो लाम्बाहुले कपडा लगाउनुहोस !

१७. बालबालिका, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक तथा बिरामीलाई पानीको मात्रा पुगे नपुगेको ख्याल गर्नुहोस !

१८. सम्भब भएमा पौडी खेल्नुहोस !

१९. शरीरका कोमल अंगहरुलाई बिशेष ख्याल गर्नुहोस ! लिप केयर, आँखामा सुख्खा नहुने थोपा ( चिकित्सकको सल्लाह बमोजिम ) प्रयोग गर्नुहोस !
२०. सबैभन्दा ठूलो कुरा फुड प्वाइजनिंगबाट बच्न सरसफाइमा ध्यान दिनुहोस् !

२१. लामखुट्टे, सर्प आदिबाट होसियार रहनुहोस !

२२. छालामा काँक्रो, गोलभेडा, घ्युकुमारी, पाउडर, बोडी लोसन आदिले एलर्जीबाट बचाउनुको साथै छालालाई रक्षा गर्दछ !
काठमाडौं, असार १० -


श्रीमती, सासु ससुरा र अर्की एक महिलालाई मारेर सप्तरीका एक युवा कतार पुगेका छन् । सप्तरीको पटेवा घर भएका ३५ बर्षिय मोहम्मद सकिल हुसेन मियाँ कतारमा बसिरहेका हुन् । उनले श्रीमती १८ बर्षिय सैरुन खातुन, ससुरा ५८ बर्षका इद्रिस खालिफा, सासु ५५ बर्षकी जैतुन खातुन र अर्की एक महिला दुलारी देवी साहलाई मारेको खुलेको छ । इन्टरपोलले उनलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरेको छ । इन्टरपोलले गत सोमबार रेडकर्नर नोटिस जारी गरेको हो । सकिलले सुनसरीमा श्रीमती, सासु ससुरा, सप्तरीमा दुलारी देवीबाहेक थप तीन जनाको हत्या गरेको खुलेको छ । यिनले सप्तरीको त्रिकोलमा निर्मलादेवी साहको हत्या गरेको खुलेको छ । साहको लास गाडिएको थिएन । यस्तै सदरुल मिया र उनकी बुहारी सागिरा खातुनको सप्तरीकै बिसनपुरबाट दुई किलोमिटर दक्षिणमा रहेको कुखुरा फार्ममा मारेर गाडेका थिए । सप्तरी प्रहरीले गाडेको शव फेला पारेको छ ।

उनलाई झिकाउन नेपाल प्रहरीले कानुनी प्रक्रिया सुरु गरेको छ । सुरुमा दुलारी देवी साहको मात्र हत्या गरेको खुलेपछि प्रहरी मुख्यालयले डिफ्युजन नोटिस जारी गर्न पत्राचार गरेको थियो । डिफ्युजन नोटिस २०७१ फागुन २० मा जारी गरिएको थियो । गत बैशाखमा श्रीमती र सासु ससुरा समेत मारेर भागेको पुष्टि भएपछि इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो । रेडकर्नर नोटिस अपराधमा संलग्न भएको अदालतले प्रमाणीत गरेपछि मात्र जारी गरिन्छ । ‘सिरियल किलर हो’ इन्टरपोल शाखाकी नायब उपरिक्षक बसुन्धरा खडकाले भनिन् ‘कतारबाट अन्यत्र भाग्न नपाऊन् भनेर कतारी प्रहरीलाई समेत सचेत गराएका छौं ।’ यति धेरै अपराधमा संलग्न भएको खुलेपछि इन्टरपोलले समेत गंभिर रुपमा लिएको खडकाले बताईन् ।

प्रहरीका अनुसार दुई बर्ष अघि सकिलले श्रीमती सहित सासु सुसराको हत्या गरेका हुन् । २०७० पुसमा सासुको उपचार गराउने भन्दै ससुरालीबाट सुनसरीको इनरुवा नगरपालिका स्थित आफ्नो डेरामा बोलाएका थिए । सकिलकी सासु जैतुन खातुनको टाउको दुख्ने गरेका कारण त्यसको उपचार गरिदिने भन्दै आफ्नो डेरामा बोलाएदेखी सम्पर्कमा आएका थिएनन् । जिल्ला प्रहरी कार्यालय सुनसरीमा मृतक इद्रिसका छोरा २३ बर्षिय मोहम्मद सकिलले  जाहेरी दिएका थिए ।

उनले दिएको जाहेरीअनुसार फरार रहेका सकिल हुसेन र उनकी बहिनी सैरुन खातुन बिच २०७० मंसिरमा बिबाह भएको थियो । प्रेम बिबाह गरेका उनीहरु बिबाहपछि सुनसरीको इनरुवा नगरपालिकामा भाडामा बस्दै आएका थिए । आमा बिरामी भएपछि उपचार गराउने बहानामा उनले सप्तरीबाट सुनसरी डेरामा बोलाएका थिए । त्यसपछि सम्पर्क बिहीन भएका थिए । ‘बहिनी र आमाबुवा कसैको फोन लाग्दैन थियो’ सकिलले भनेका छन् ‘नाता गोता आफन्त सबै तिर खोजी गर्दा पनि फेला परेका थिएनन् ।’

घटनाको झण्डै एक बर्षपछि जाहेरी दिने सकिलकी दिदीले फोन गरेर कतारमा रहेका भिनाजुदे फोन गरेर आमा, बुवा र बहिनीको हत्या भइसकेको सुचना दिएको बताएकी थिईन् । उनले बताएअनुसार बहिनी र आमा बुवालाई सकिलले आफू डेरा बस्ने घरको कम्पाउण्ड भित्र हत्या गरेर गाडेको बताएपछि उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले डेरा बसेको स्थलमा गएर जमिन खोतल्दा तीन जनाको शब फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी उपरिक्षक सञ्जय शर्माले उनीहरुको घाँटीमा कपडाले पासो लगाएको अवश्थामा शब फेला परेको बताए । उनका अनुसार ति शबहरु दुई दिन लगाएर उत्खनन् गरिएको थियो ।

प्रहरीले एक परिवारका तीन जनाको हत्या सम्पत्तिका लागि भएको जनाएको छ । प्रहरीका अनुसार सासुको उपचारका लागि भनेर सकिलले ससुराको तीन कठ्ठा जमिन बन्धकी राख्ने भनेर आफ्नो नाममा पारेका थिए । प्रहरीले सकिलसंग मिलेमतो गर्ने अरु ब्यक्तिको पनि खोजी र अनुसन्धान भईरहेको जनाएको छ । तर मुख्य अभियुक्त पक्राउ नपर्दासम्म अरुलाई पक्राउ गर्न कठिन भएको शर्माले बताए ।

सकिलसहितका ब्यक्तिले २०६९ मंसिरमा दुलारीदेवी साहलाई हत्या गरेर खाल्डोमा पुरेका थिए । दुलारीदेवीका श्रीमान कर्तब्य ज्यानको अभियोगमा कारागारमा रहेका श्रीमान धिरेन्द्र साहलाई छुटाउन सकिललाई भेटेकी थिईन् । उनले ६ लाख रुपैंया दिए श्रीमानलाई कारागारबाट छुटाइदिने बताएपछि कारागारमा रहेका धिरेन्द्रलाई समेत सकिलले भेटेका थिए । उनलाई ६ लाख रुपैंया लिएर बोलाई जण्डौलको चुरे जङगलमा पुर्‍याएर हत्या गरेका थिए । उनीहरुले कारागारबाट छुटाउने बहानामा मात्र बनाएका थिए । दुलारीले आफ्नो ससुराको जमिन धितो राखेर लोग्ने छुटाउने पैसा जम्मा पारेको जनाएको छ । सकिललाई दुलारीको हत्या गर्न मदत गर्ने ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु अलाउद्धिन मियाँ, नसरुल मियाँ र हजरुन खातनुलाई जिल्ला अदालत सप्तरीले पुर्पक्षका लागि थुनामा  पठाएको छ ।  सकिल बाहेक अरु तीन जना अझै फरार छन् ।

स्रोत: नेपाल प्रहरी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्काले भाव बिभोर हुँदै पैसाको घमण्ड गर्न नहुने बताएकी छन् ।
डिसी महानगर क्षेत्रको भर्जिनियामा कोहिनूर चलचित्र प्रदर्शन गर्ने क्रममा आयोजित कार्यक्रममा यस्तो बताएकी हुन् ।
कार्यक्रममा बोल्दै स्वेश्ताले कसैले पनि पैसाको घमण्ड गर्न नहुने भन्दै बरु पैसा दुःखी गरीबहरुको हितामा प्रयोग गरिएको खण्डमा मनलाई शान्ती मिल्ने बताइन् । ‘मानिसमा पैसाको घमण्ड हुने हुन्छ तर, यदि पैसाले हुने भए म आफ्नो पतिलाई बचाउने थिए’ उनले भनिन् ।
कार्यक्रममा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको थियो।

गतवर्ष श्रीमृष्णको निमोनियाका कारण भारतमा उपचारको क्रममा निधन भएको थियो जतिबेला लामो समयको अफयेयरपछि श्रीकृष्ण–स्वेता भर्खरै वैवाहिक बन्धनमा बाँधिएका थिए ।taajaasamchaar.blogspot
हरेक दिन बिहान उठ्ने बितिकै खाली पेटमा पानि पिउने बानी जापानमा लोकप्रियछ। यस बाहेक बैज्ञानिक परिक्षणले पनि पुष्टि गरेको छ कि नियमित निम्नतरिकाले पानी पिउने हो भने केहि त्यस्ता नया पुराना रोगहरु टाउको दुख्ने, शरीर दुख्नु, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक,  मधुमेह, कब्जियत,आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउछ।


पानि पिउने विधि

१. बिहान उठ्ने बित्तिकै ब्रस गर्नु अघि खाली पेटमा ४ गिलास*१६० मिलिलिटर पानि पिउनुहोस।
२. अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस तर पानि पिएको ४५मिनेट फेरी केहि पेय पदार्थ


 नपिउनुहोस र केहि खाना पनि नखानुहोस।
३. ४५ मिनेट पछी तपाइले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।
४. नास्ता या अन्य बिहान बेलुकाको भोजन गरेको १५ मेनेट पछी २ घण्टा सम्म फेरी केहि खानपिन नगर्नुहोस।
५.  जापानिज र चाइनिजहरु आफ्नो भोजन संग तातो चिया वा तातो सुप पिउनेगर्छन। हामी पनि नक्कल गर्ने कि? हुनत खाना संग एक गिलास चिसो पेय सबैलाईमन पर्छ। तर भोजनमा भएको चिल्लो पदार्थ पचाउन तातो पेयले मदत गर्छ भने चिसोपेयले जमाउछ।
६. रोगि वा बिरामीले यदि सुरुमा ४ गिलास पानि पिउन कठिन हुन्छ भने जतिसकिन्छ त्यति बाट सुरु गर्नुहोस र बिस्तारै बढाउदै ४ गिलासमापुर्याउनुहोस्।

निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानि पिउने विधिले मदत गर्दछ..

उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन
माथिको विधि अनुसार पानि पिउदा साइड इफेक्ट केहि हुदैन निश्चिन्त हुनुहोसतर केहि बेर लगातार पिसाब लाग्ने छ। यो विधिलाई सबैले आफ्नो दैनिकी बनाउनेहो भने स्वस्थ रहन मदत पुग्ने छ।
दैनिक कति मात्रामा पानि पिउने भन्ने प्रस्नको उत्तर फरक फरक हुन सक्छ।स्वास्थ्य स्थिति, वातावरण र सारीरिक क्रियाकलाप अनुसार पिउने पानीकोमात्रा फरक होला तर सामान्य अवस्थामा स्वस्थ मानिसलाइ दैनिक ३ देखि ४ लिटरतरल पदार्थको आवस्यक्ता पर्दछ। केहि मात्रामा तरल पदार्थ फलफुल र खानाकोमाध्यम बाट पनि आपूर्ति हुन्छ। मानव सरिरका प्राय सबै प्रणालीलाई पानीचाहिन्छ। पानीले नै हो सरिरमा भएका बिकारलाई पसिना र पिसाबको माध्यमबाटबाहिर निकाल्छ, हरेक कोषहरूमा पौष्टिक आहार पुर्याउन्छ, नाक कान् र घांटीमाओसिलो पन राख्छ। त्यसैले माथिको विधि अनुसार दैनिक पानि पिउन सुरु गरौस्वस्थ रहौ।
गर्मीको महिना र सारीरिक ब्यायम गर्दा साबिकको भन्दा बेसी पानि पिउने बानी बसालौ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
यदि तपाइँले आफ्नो जीवनमा यौन इच्छा घट्दै गएको अनुभव गर्नु भएको छ भने यसबारे नयाँ तथ्य बाहिर आएको छ । डेलीमेलमा प्रकाशित शोध अनुसार महिलाहरुले आफ्नो जीवनमा यौन सम्बन्ध बरबाद गर्ने प्रमुख कारण ल्यापटप र स्मार्ट फोनलाई मान्छन् । ।
बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक शोधले ७० प्रतिशत भन्दा बढी महिला आफ्नो यौन जीवनमा ल्यापटप र स्मार्टफोनले सबै भन्दा बढी असर गरिरहेको बताएको उल्लेख छ ।




स्मार्टफोनमा भुल्ने बानीले यौन जीवनको रस हराउँदै गएको उनीहरुको भनाइ छ । कतिपय महिलाले ल्यापटप र स्मार्ट फोनकै कारण सम्बन्ध धरापमा परिरहेको समेत बताएका छन् ।


फेसबुकबाट साथीहरुसँग च्याट गर्ने बानीले परिवारमा झगडा हुने गरेको पनि शोधले देखाएको छ । जोडीहरु ओच्छ्यानमा पुगेपछि पनि स्मार्ट फोन या ल्यापटपमा ब्यस्त हुने भएकाले सम्बन्धहरु धरापमा पर्दै गएको शोधमा सहभागी महिलाहरुले बताएका थिए ।
शोधमा १ सय ४३ जना महिलाको यौन र जीवनका अन्य पाटोमा टिभी, कम्प्युटर र स्मार्टफोन जस्ता उपकरणले पारेको प्रभावबारे अध्यन गरिएको थियो ।


यो शोध साइकोलोजी अफ पपुलर मीडिया कल्चर नामक जर्नलमा प्रकाशित छ ।
nepaliheadlines.com
मृगौलालाई आघात पुर्याउने आनिबानीहरु
डॉ. हेमराज कोइराला
१. चर्को नूनको सेवन गर्ने।
२. प्रयाप्त आराम नगर्ने।
३. प्रसस्त पानी नपिउने।

४. समयमा पिसाब नफेरने।
५. पत्रु खाना (Junk Food) को सेवन गर्ने।
६. पेन किलर औषधीहरूको सेवन गर्ने।
७. मधुमेह रोगको उपचार नगर्ने।
८. धेरै माछा, माँसु अंडा खाने।
९. नियमित रक्सी सेवनगर्ने।
१०. उच्च रक्तचापलाई अनियंत्रित छाड़िदिने।
११. भारी धातूहरु मिसाइयाको औषधि सेवन गर्ने।
१२. कृतिम रंगहरु मिसिएको खाने कुरा हरु खाने।
१३. लामो समयसम्म पिसाब रोकेर राख्ने।
१४. संक्रामकरोगहरुको बेलैमा उपचार नगर्ने।
हरेक टेलिभिजन कार्यक्रम अथवा फिल्ममा देखिने महिला सेलिब्रिटीहरु हेरेर को प्रभावित नहोला र ?



विशेषतः यी सेलिब्रिटीहरुको पहिरन शैली र छालाको चमक देखेर । सेलिब्रिटीको चम्किरहेको, दाग–धब्बा बिनाको छालाले धेरै मानिसहरुलाई आकर्षित गरिरहेको हुन्छ । सेलिब्रिटीको जस्तो छाला पाउन चाहनुहुन्छ भने यहाँ दिइएको तरिका अपनाउनुहोस्ः

१. क्लिन्जिङ, टोनिङ र माइस्चुराइजिङले हाम्रो छालालाई सेलिब्रिटीको जस्तो निखार प्रदान गर्दछ । त्यसकारण यसलाई हामीले धेरैजसो गर्नुपर्ने हुन्छ । क्लिन्जिङले हाम्रो छालाबाट धुलो निकाल्न मद्दत गर्दछ र छालालाई अतिरिक्त चिल्लो प्रदान गर्दछ । टोनरले तेललाई निकालेर पोर्स बन्द गर्ने गर्दछ । गुलाब जल भन्दा राम्रो टोनर तपाईंले कहिँ पनि पाउनुहुन्न । त्यसकारण क्लिन्जिङ, टोनिंग पछि मोइस्चुराइजरको प्रयोग अवश्य गर्नुहोस् ।

२. हप्तामा एकपटक स्क्रबिङ पक्कै गर्नुहोस् । यसले अनुहारको मृत छाला अर्थात डेड स्किनलाई निकाल्ने गर्दछ । यसका लागि ओलिभ ओइलमा थोरै चिनि हालेर स्क्रब गर्नुहोस् अथवा आफ्नो छालाअनुसारको केमिकल पिलिङ गराउनुहोस् ।


३. आफ्नो छालालाई अझ बढि चमकदार बनाउनका लागि भिटामिन सी सोरमद्वारा मसाज गर्नुहोस् । यो सजिलै सँग कुनै पनि पसलमा पाइन्छ ।

४. तपाईंको छालालाई नरम बनाउनका लागि नरिवलको तेलले अनुहार मालिस गर्नुहोस् । दैनिक राती सुत्नुभन्दा अगाडि यसो गर्नाले तपाईंको छाला नरक हुने गर्दछ ।

५. सधैँ सनस्क्रिन लगाउनुहोस्। चाहे गर्मी होस् या जाडो । छालालाई सूर्यको यूभी किरणलाई बचाउनुहोस् ।

६. सन्तुलित आहार खानुहोस् र दैनिक निकै पानी पिउनुहोस् ।

७. र दैनिक सात घण्टा अनिवार्य निदाउनुहोस् ।
वैदेशिक रोजगारबाट आठ वर्षपछि फर्किएका एक युवक आफ्नी श्रीमती र छोरो खोजिदिन हुलियासहितको निवेदन लिएर प्रहरी कार्यालय आइपुगेका छन् । आफूले कतारबाट पठाएको करिब १६ लाख रुपैयाँको भौचरसहित पुगेका उनले आफन्त, नातागोतामा खोज्दा नभेटाएपछि प्रहरीको शरणमा आएको बताए ।

२०६४ सालमा एक छोरासहित श्रीमतीलाई छाडेर कतार गएका तिरिङ्गे गाविस ४ का बुद्धराज लिम्बू अघिल्लो साता आएका हुन् । काठमाडौंबाट सरासर सदरमुकाम फुङलिङ आएका उनी आफूले विदेश जाँदा डेरा राखेको सदरमुकामको घरमा परिवार खोज्न पुगेका थिए ।


‘घरधनी अमर फुरुम्बुले दुई वर्षअघि नै उनकी श्रीमतिले कोठा छाडेको बताएपछि ससुराली गएँ, सासूले दुई वर्षदेखि नआएको बताउनुभयो’ उनले भने, ‘त्यसपछि नातागोता सबैतिर सोधखोज गर्दा कतै पत्तो लागेन ।’ खोजीदिन आग्रह गर्दै उनले प्रहरीमा निवेदन दिए । २०६२ सालमा फुरुम्बु गाविस ६ की रत्नकुमारी लिम्बूसँग विवाह गरेका उनी पुत्रलाभपछि विदेशिएका थिए ।


कतारको दोहास्थित अल्बे कम्पनीमा काम गरेका उनले २०७० सालसम्म १७ लाख रुपैयाँ र तीन तोला सुन पठाएको दाबी गरे । उनले पैसा बैंकमा राख्न, कसैलाई नदिन र छोरालाई राम्रो पढाउन भनेका थिए । तर रत्नकुमारीले पैसा ब्याजमा लगाउने गरेको पत्तो पाएपछि फोनमा उनको झगडा भयो । ‘छोरीलाई सम्झाइदिन र पैसा जथाभावी खर्च नगर्न सल्लाह दिन सासूलाई फोन गरेर अनुरोध गरें,’ उनले भने, ‘सासूले सम्झाउन खोज्दा झगडा भएछ ।’ प्रहरी प्रमुख शान्तिराज कोइरालाले हराएकी महिलाको खोजी गर्ने आश्वासन दिएका छन् ।
‘उनी अन्यायमा परेका हुन् या के हो, महिला फेला परेपछि पत्तो हुन्छ, अहिले खोजी सुरु गरेका छौं,’ आइतबार निवेदन बुझेपछि कोइरालाले भने ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ९ असार । नेपालमा बुधबार फेरि भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अुनसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर ५९ मिनेटमा गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो ।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ रेक्टर स्केलको हो । यसअघि सोमबार दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का महसुस भएको थियो । आजको भूकम्प एक दिन विराएर आएको हो ।

एजेन्सी । यौन रोग पछिल्लो समयमा धेरै फैलिएको रोगमा पर्छ । असुरक्षित यौन सम्पर्क, सिरिन्जलगायतका प्रयोगले पनि यौन रोग एक चुनौती बनेको छ ।
तर अब एउटा यस्तो कण्डम बनेको छ जसको प्रयोगले सेक्सका दौरान नै यौनरोग पत्ता लगाउन सक्छ । यो स्पेशल कण्डम यौन रोगीसँगको सम्पर्कमा गएमा रंग बदल्ने गर्छ ।
दानयाल अली, मुआज नवाज र चिराग शाह नामका तीन जनाले यसको विकास गरेका हुन् । उनीहरुले यसको नाम एसटीआई नाम दिएका छन् ।
उनीहरुले सजिलै सेक्सुअल ट्रान्समिटेड इन्फेक्सन पत्ता लगाउनका लागि आफूहरुले एसटीआइ बनाएको बताएका छन् । सजिलै रोग पत्ता लगाएर छिट्टै उपचार गर्न सकियोस् भन्ने आफूहरुको अभिप्राय रहेको बताए ।
मानिसहरुलाई जिम्मेवार बनाउनु पनि यसको उद्देश्य हो । यस कण्डममा यस्तो संकेतक लगाइएको छ कि विभिन्न प्रकारका इन्फेक्सन पत्ता लगाउन सकियोस् ।
www.nepalsandesh.com
असार ०९ , नायिका करिश्मा मानन्धरको सह-संयोजनमा परम शक्तिपीठले निर्माण गरेका ७५ वटा अस्थायी घरहरु मध्ये करिब ५० वटा घर भूकम्पले पीडित बनेकाहरुलाई हस्तान्तरण गरिएको छ । यस्ता अस्थायी घरको नाम ‘वात्सल्या कुटी’ राखिएको छ ।

काठमाण्डौको धर्मस्थलीस्थित चोगाउँमा निर्माण भएका अस्थायी घर सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको उपस्थितीमा पीडितहरुलाई हस्तान्तरण गरिएको हो । घर हस्तान्तरण गर्न पुगेका दर्जन बढी कलाकार र मन्त्रीलाई स्थानियले बाजा बजाएर स्वागत मात्र गरेनन् माला र अबिर लगाएर स्वागत पनि गरेका थिए ।

मन्त्री रिजाल र नायिका करिश्मा मानन्धरलाई भने दुबोको माला तयार पारेर स्थानियले लगाइदिएका थिए । नायिका करिश्मा मानन्धर दुबोको मालामा दुलही जस्तो देखिएकी थिइन् ।
कार्यक्रममा मन्त्री रिजालले कलाकारले गरेको कामको प्रशंसा गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजुकमार राइले कलाकारले विपत्तको बेला पनि साथ दिन सक्छन् भन्ने उदाहरण प्रस्तुत भएको बताए ।

कार्यक्रममा नायिका करिश्मा मानन्धरले परम शक्तिपीठकी अधिष्ठात्री परम्पूज्या दिदी माँ साध्वी ऋतंभरालाई प्रशंसा पत्र हस्तान्तरण गरेकी थिइन् । उक्त कार्यक्रममा कलाकारहरु झरना थापा, आकाश अधिकारी, विनोद मानन्धर, दीपाश्री निरौला, दिपकराज गिरी, बाबुराम दाहाल, सरोज खनाल, बसुन्धरा भुषाल, गौरी मल्ल, रमेश उप्रेती, दीलिप रायमाझी, कोमल वली, जितु नेपाल, केदार घिमिरे, प्रकाश सुवेदी उपस्थिती थिए । अनलाइन खबरबाट
एउटी रुसी महिलाले कुकुरमाथि बलात्कार गरी उसको लिंग नै भाँचिदिएकी छन् ।


ती महिला मस्कोनिवासी ३४ वर्षीय सर्गेइ गेन्नाडीकी मित्र हुन् । उनले आफू मस्कोबाहिर जाँदा ती महिलालाई घरको र आफ्नो कुकुरको रेखदेख गर्ने जिम्मा लगाएका थिए । घर फर्किंदा कुकुर छट्पटाइरहेको थियो । उसको लिंगबाट रगत निस्किरहेको देखेपछि तत्कालै अस्पताल पु¥याए । चिकित्सकले बलात्कारक्रममा जबर्जस्ती गर्दा कुकुरको लिंगभित्रको नरम हड्डी भाँचिएको बताए । स्वास्थ्य परीक्षणपछि अस्पतालले कुकुर बलात्कृत भएको प्रमाणपत्र पनि मालिक गेन्नाडीलाई दिइसकेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
, काठमाडौँ  । के तपाई लामो समयदेखि ग्यास्ट्रिक पीडित हुनुहुन्छ ? हामी नेपाली खाने कुरामा त्यति ध्यान दिदैनौ फलस्वरुप हामी प्राय यसबाट पीडित हुन पुग्छौ | हाम्रो अव्यस्थित खानपान र अन्य असावधानीका कारण यसले हामीलाई जिन्दगीभरी दुःख दिइरहन्छ । तर केही यस्ता सजिला तरिकाहरु छन्, जसबाट हामीले ग्यास्ट्रिकबाट केही राहत महसुस गर्न सक्छौं र लामो सयमसम्म ध्यान दिएमा निको समेत बनाउन सक्छौं । यसका लागि तलका केही उपायबारे अवश्य सोच्नुहोला :

१) ग्यास्ट्रिकका कारण पेटमा समस्या छ भने स्ट्रबेरीको एक दुई दाना सेवन गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

२) एक गिलास पानीमा एक चम्चा वेकिङ सोडा मिलाएर त्यसमा थोरै नुन र कागती फिटेर सेवन गर्दा त्यसले नसोचेको फाइदा पुग्दछ ।

३) हाम्रो वरिपरि पाइने घिउकुमारीको सेवन गर्नाले पनि ग्यास्ट्रिकबाट राहत महसुस गर्न सकिन्छ ।

४) पुदिना र दालचिनी राखेको चियाले पनि पेटको समस्या ठिक गर्न मद्दत गर्दछ ।

५) ग्यास्ट्रिकले सताएको छ भने सुकुमेल, जीरा, दालचिनी, लसुन तथा अदुवाको सेवनले फाइदा पुग्दछ ।

६) कागतीमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले पाचन प्रक्रियालाई सघाउँदछ । यसको सेवनले पनि ग्यास्ट्रिकबाट राहत महसुस गर्न सकिन्छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :
काठमाडौं : १३ दिनअघि खोलिएको प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।

पत्रकार प्रतीक प्रधान प्रेस सल्लाकार भएपछि खोलिएको प्रम कोइरालाको ट्वीटर एकाउन्ट ह्याक भएको पुष्टि बुधबार बिहान भएको हो

ट्विटरमार्फत आफ्ना गतिविधि र देशविदेशका विकसित घटनाबारे धारणा सार्वनजिक गर्दै आएका प्रम कोइरालाको ट्विटर एकाउन्ट ह्याक भएपछि नयाँ एकाउन्ट बुधबारै खोलिएको छ ।

११ हजार बढीले फलो गरिसकेको ट्विटर ह्यान्डिल ह्याक भएपछि प्रम कोइरालाको नाममा नयाँ ह्यान्डिल खोलिएको छ ।

नयाँ ह्यान्डिलबाट ट्विट गर्दै प्रम कोइरालाले पुरानो ह्यान्डिल ह्यक भएको पुष्टि गरेका छन् । 'हाम्रो पुरानो ह्याण्डिल गलत व्यक्तिबाट ह्याक हुन् गएकोले, नयाँ खाता संचालनमा ल्याएका छौ', नयाँ ह्यान्डिलमा भनिएको छ, 'हजुरहरुलाई परेको अप्ठेरो र अल्झन प्रति क्षमाप्राथी छु ।'

प्रम कोइरालाको ह्यान्डिल ह्याक गर्ने समूहको खोजी भइरहेपनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । पुरानो ह्यान्डिल ह्याक भएपनि फलो गर्ने क्रम भने जारी छ ।www.annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home