• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं । अभिनेत्री रेखा थापा अचेल बिहान पाँच बजे उठिसक्छिन् । साढे चार बजे आँखा खुल्ने भए पनि आधा घन्टा भने उनी गहिरो सोचमा डुब्ने गर्छिन् रे । ‘आज कहाँकहाँ केके काम गर्ने भन्नेबारे योजना बनाउँछु,’ उनी भन्छिन्, ‘योजना माइन्डमा सेट गरेपछि मात्रै ओछ्यान छोड्छु ।’ फ्रेस भएपछि उनी एक ठूलो ग्लास मनतातो पानी पिउँदिरहिछिन् ।

त्यसपछि सुरु हुन्छ उनको यात्रा । यात्रा, तर कहाँको रु मर्निङवाक रु ‘होइन, म जिम गर्न जान्छु,’ उनी भन्छिन्, ‘गौशालाको इन्द्रेणी फिटनेस सेन्टरमा जिम गर्न जान्छु ।’ खासमा रेखाले रामप्यारी फिल्मका लागि बिहानै उठेर जिम जाने गरेको बताइन् । ‘रामप्यारीको क्यारेक्टरअनुसार फिट हुन मैले जिम सुरु गरेकी हुँ,’ उनले खुलाइन्, ‘रामप्यारीका लागि मेरो डेली रुटिन बदलिएको छ । नत्र म त्यति सबेरै उठ्ने गर्दिनँ ।’ पाँच बजे उठ्ने बानी रामप्यारीका लागि मात्र भएको बताउने रेखा अरू वेलामा भने सात बजे मात्रै उठ्ने गर्छिन् । ‘अरू वेलामा यो रुटिन लागू हुन्न,’ उनले भनिन्, ‘अहिले खानपिन, एक्सरसाइज, निद्रा सबैमा सन्तुलन मिलाएकी छु ।’
भूकम्पअघि उनले घरमै योगा टिचर राखेर योगा सिक्ने, गर्ने गरेकी रहिछिन् । तर, भूकम्पपछि भने उनी करिब दुई महिना अमेरिका बसिन् । गत सोमबार मात्रै स्वदेश फर्किएकी उनी अचेल भने जिम सकेर आएपछि मात्रै आफैँ एक घन्टा योगा गर्ने गर्छिन् । ‘पहिला गुरुले सिकाएअनुसार आफैँ योगा गर्ने गरेकी छु,’ उनले भनिन् । अमेरिकामा रहँदा पनि नियमित रूपमा योगा र जिम गरेको उनले दाबी गरिन् । ‘त्यहाँ पनि मैले योगा र जिम गरेँ । किनभने, मलाई रामप्यारीका लागि अलिकति मोटाइ घटाउनु थियो,’ अमेरिका बसाइका क्रममा आफैँ पाँच किलो तौल घटाएको बताउँदै उनले भनिन्, ‘अहिले म ५७ किलो छु । मलाई मेरो तौलभन्दा पनि मोटोपन अलि कम गर्ने इच्छा छ ।’ उनी दैनिक करिब साढे दुई घन्टा जिम गर्ने गरेको बताउँछिन् । जिमपछि भने प्रोटिनयुक्त खानेकुरा खाने गर्छिन् ।
सधैँ फिट र फुर्तिलो रहन एक्सरसाइज गर्ने गरेको बताउने रेखा आफ्नो अनुहारको चमकलाई भने ‘गड गिफ्टेड’ भन्छिन् । ‘यो सारा सृष्टि नै सुन्दर छ,’ दार्शनिक पारा ल्याइन् उनले, ‘यहाँका हरेक वस्तु, जीव सुन्दर छन् । सबैको आ–आफ्नै विशेषतायुक्त सुन्दरता छ । तर, यो सब हेर्ने नजरमा भर पर्छ ।’ आफूचाहिँ सानैदेखि सुन्दर भएको दाबी गर्दै उनले भनिन्, ‘बच्चामा उस्तै टाइपको, किशोर अवस्थामा आफ्नै टाइपको र अहिले मेरो आफ्नै पाराको सुन्दरता कायम छ भन्ने लाग्छ ।’ रेखा आफू तनभन्दा मनको सुन्दरताको पक्षमा रहेको बताउँछिन् । ‘तनभन्दा मन सुन्दर हुनुपर्छ । जसको मन सुन्दर छैन, ऊ सधैँ दुस्खी र असन्तुष्ट हुन्छ । त्यो कुरा उसको अनुहारमा देखिन्छ । त्यसैले तनभन्दा मनको सुन्दरता निखार्नमा ध्यान दिनुपर्छ ।’
कसरी निखारिँदोरहेछ त मनको सुन्दरता रु ‘सकारात्मक सोच, कर्म र सर्कल,’ एक सासमा उनले भनिन्, ‘सधैँ सकारात्मक सोच्ने, सत्कर्म गर्ने र सकारात्मक सोचधारीको सर्कलमा रहने गर्नाले मनको सुन्दरता अटोम्याटिक रूपमा निखारिँदै जान्छ । ’ आफू तनको मात्र होइन, मनको पनि उत्तिकै सुन्दर रहेको दाबी उनको छ । ‘म कसैको निन्दा गर्दिनँ, कसैलाई दुर्वचन लगाउँदिनँ, असहाय, अशक्तको सेवामा गर्छु । अन्याय सहँदिनँ, अन्याय हुन पनि दिन्नँ,’ उनी भन्दै जान्छिन्, ‘म सधैँ सत्यको मार्गमा छु । सधैँ सत्कर्म गर्छु । त्यसैले म सधैँ खुसी र सुखी छु ।’ कस्मेटिक प्रोडक्टप्रति उनको लगाव छैन रे । त्यसैले प्रायस् उनी मेकअपविनै हिँड्ने गर्छिन् । ‘म नेचुरल ब्युटीमा विश्वास गर्छु । सौन्दर्य प्रसाधन प्रयोग गरेर सुन्दरी भइन्छ भन्ने मलाई लाग्दैन ।
फिल्मबाहेक बाहिर म प्रायस् विनामेकअपमै हिँड्ने गरेकी छु ।’ गाजल भने उनलाई मन पर्दोरहेछ । त्यसैले प्रायस् गाजल लगाउने गरेको उनले बताइन् । राति भने उनी नौ बजे सुतिसक्दिरहिछिन् । ‘बिहान छिट्टै उठ्नुपर्ने भएकाले राति भने म नौ बजे नै सुतिसक्छु,’ उनले भनिन्, ‘निद्रा पर्याप्त भएन भने शरीरमा फुर्ती आउँदैन । अनेक रोग लाग्न सक्छ । त्यसकारण समयमै सुत्ने र बिहानै उठ्ने गर्नुपर्छ ।’ टिभी हेर्न उनलाई उत्ति साह्रो मन लाग्दोरहेनछ । किताब भने निकै पढ्ने गरेकी छिन् । फिल्मचाहिँ मायाप्रेमजन्य निर्माण, अभिनय गर्ने गरेको भए पनि जीवनोपयोगी, क्रान्तिकारी तथा दर्शनका किताबमा आफ्नो विशेष लगाव रहेको उनी बताउँछिन्। अनुहार चम्किन्छ भनेर सकिनसकी पानी पिउने बानी छैन रे उनको । ‘अनुहारको चमकका लागि कतिपयले पेटमै नअटाउने गरी पानी पिउने गरेको देखेकी छु । तर, शरीरले मागेको भन्दा बढी पानी पिउनु हानिकारक हुन्छ, यो कुरामा म सजग छु ।’ उनी दिनमा बढीमा दुई लिटरसम्म पानी पिउने गर्दिरहिछिन् । ‘तिर्खा लागे मात्र पानी पिउँछु, नलागे त किन पिउनु रु’ उनी भन्छिन् । नयाँ पत्रिकामा खबर छ ।
dainiknepal.com
फेसबुकले मानिसलाई धेरै सजिलो बनाइदिएको छ । मानिसहरुले यसको सही हिसाबले पनि प्रयोग गरेका छन् र दुरुपयोग पनि गरिरहेका छन् ।फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने मानिसहरु सावधान हुन जरुरी छ । सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका र अपराध पनि बढ्दै गएकाले यसबारे विभिन्न कानुन बन्दै गएका छन् । केही समय पहिले भन्दा अहिले मानिसहरु सचेत पनि भएका देखिन्छन् । नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने, आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले । आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ ।

पासवर्ड बाढ्ने काम नगर्नुहोस :
आफ्नो फेसबुकको पासवर्ड सधै गोप्य राख्नु पर्छ। कसैल्ले पनि तपाई संग फेसबुकको पासवर्ड मागेमा नदिनुहोला ।पासवर्ड कै कारणले गर्दा धेरै मानिसहरुले ठुलो समस्या झेल्नु परेको हुन्छ । त्यसैल्ले आफ्नो फेसबुकको पासवर्ड सधै गोप्य राख्नुहोस ।

जोशमा होश नगुमाउनुस् :
कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।

नक्कली अकाण्टबाट बँच्नुस् :
कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।

अनावश्यक लिंकहरु क्लिक नगर्नुहोस :
आजकल फेसबुक ह्याकरहरुले फेसबुकमा अनावश्यक लिंक हरु फैल्याई रहेका हुन्छन ।यस्ता लिंक हरुलाई झुक्किएर पनि क्लिक गर्नुहुदैन ।यस्ता लिंक हरुमा क्लिक गर्नाले तपाइको फेसबुक अकाउन्ट ह्याक हुन पनि सक्छ ।त्यसैले सधै यस्ता लिंकहरु बाट टाढा रहनुहोस ।
जनचेतनाका लागि साभार गरिएको

गजुरी (धादिङ), १७ साउन । भूकम्प र त्यसपछिको परकम्पनबाट धनजनको क्षति भएको कल्लेरी गाविस वडा नं २ सुनटारका अपाङ्गता भएकाहरुलाई लक्ष्य गरेर ‘घरेलु तथा साना उद्योग तथा घरेलु विकास समिति’ धादिङले अपाङ्गमैत्री टहरो निर्माण गरेको छ ।
सुनटारमा सञ्चालित डकर्मी तथा सिकर्मी तालिमका क्रममा अपाङ्गमैत्री टहरोको निर्माण गरिएको समितिका वरिष्ठ उद्योग अधिकृत विजयकुमार भट्टराईले जानकारी दिनुभयो । सहभागीले एक महिनाको तालिमपछि अपाङ्गता भएकाहरुको घर निर्माण गरिदिएका हुन् ।
भूकम्पले बस्दै आएको घर भत्किएपछि घर न घाट भएको सुनटारका अपाङ्गता भएकाहरु घरेलुले टहरो निर्माण गरिदिएपछि खुसी भएका छन् । “म त टहरो बनाउन सक्दिन थिएँ, आफ्नो हातगोडा पनि चल्दैन, भूकम्पपछि कैयौँ रात आकाशमुनि नै रात बिताएँ, अब मजासँग निदाउन सक्छु”, तेज गिरीले भन्नुभयो । रासस
dainiknepal.com
भारत । प्रहरीले शहरको एक यस्तो गिरोहलाई पक्राउ गरेको छ जसले व्ल्याकमेल गरेर रकमको माग गर्दै आएका थिए ।
उक्त गिरोहको ३ सदस्यलाई प्रहरीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
जसमा एक युवती पनि पक्राउ परेकी छिन् । जानकारीका अनुसार गिरोहले बिजनेशम्यान प्रवीण दांतरेसँग मित्रता कामय गर्दै उनलाई घरमा बोलाइयो । युवतीले बोलाए पछि पुगेका उनलाई युवतीलाई जबरजस्ति गर्न खोजको भन्ने आरोप लगाउदै थप दुई युवा तथा युवतीले फसाउने धम्की दिनै रकम असुल्न खोजे ।
व्यपारीले आफ्ना साथीसँग रकम माग गरे र आफ्नो अवस्था बारे जानकारी दिए । उनका साथीले भने घटनाबारे प्रहरीलाई खवर गरे । प्रहरीले तत्काल कारबाही गर्दे युवती तथा दुई युवालाई नियन्त्रणमा लियो ।
प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरुले अन्य ६ व्यपारीलाई युवतीको प्रयोग गर्दै रकम माग गरेको स्विकार गरेका छन् । प्रहरीे पीडितलाई बोलाउदै ठगी गर्ने विरुद्ध केस दर्ता गर्ने तयारी गरेको छ ।
www.nepalsandesh.com
आज वि.सं. २०७२ श्रावण १७ गते आइतबार तदनुसार ई. सं. २०१५ अगस्ट ०२ तारिख
श्रावण कृष्ण द्वितीया, धनिष्ठा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, सौभाग्य योग, गर करण
आजको व्रत/पर्व : द्विपुष्कर योग बिहानको ८ बजेर ३२ मिनेट सम्म,
आजको मूहुर्त : अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी),

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सानातिना र झिनामसिना काममा तल्लीन हुनुपर्ने भएकाले आज तपाईंले दिन बितेको पत्तो पाउनु हुन्न, तर सोचेजस्तो लाभ प्राप्त गर्न अनुभवीको राय लिनु पर्नेछ । श्रमिक, पशुपालक र कृषकले आज कामबाट फुर्सद नपाउनाले बढी थाकेको अनुभूति गर्नेछन् । बेलुकाको वास वा खानपीनमा तलबितल पर्नसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन पारिवारिक समस्या हल गर्ने दिन हो । घरबाहिर हुनुहुन्छ भने पनि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदारसित राम्रो व्यवहार गर्नुहोला । आफ्ना व्यक्तिगत महत्वाकांक्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साथीभाइ टाढिने र व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ । विवादले अझ धेरै तनावको सिर्जना हुनसक्छ । मुद्दामामिला र अड्डाअदालतको काममा बिलम्ब हुने सम्भावना छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन, पढाइलेखाइमा ध्यानकेन्द्रित हुँदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । अध्ययन, अध्यापन र लेखनकार्यमा आज गरिएको मिहिनेतले पछि काम गर्नसक्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ । भाइबहिनी र छोराछोरीका समस्यामा केन्द्रित हुने दिन छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ, अन्यथा नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । मित्र र सहयोगीको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । परिवारमा कलह, विवाद र झगडाको वातावरण सिर्जना हुनसक्छ । मित्र र सहयोगीले सहयोग गर्न सक्ने छैनन् । समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । साथीभाइ टाढिने छन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (ज्योतिष कृष्णप्रसाद कोइराला बाट)


एजेन्सी)– बदलिएको जीवनशैली, प्रदुषण र खानपानमा परिवर्तनका कारण धेरैजसो महिलाहरुलाई महिनावारी भएका बेला अत्यधिक पीडाको समस्या हुनु अहिले साधारण भइसकेको छ । महिनावारीमा अनियमितता हुने भएका कारण कुनै पनि महिलाका लागि महिनाका ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ । कहिले महिनामा दुईपटक वा दुई महिनामा एकपटक हुने गर्दछ । कहिलेकाँही निकै चिसो खाना खानाले महिनावारी नियमित हुने गर्दैन भने कहिले निकै गर्मी कुराहरु खानाले महिनावारी हुने गर्दछ । पेट, कम्मर र ढाडमा हुने पीडा महिनावारी अनियमित हुँदा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो हुने गर्दछ । यस्तोमा महिनावारी हुँदा हुने पीडाबाट राहत दिने केहि घरेलु उपचारहरु यहाँ दिइएका छन् जुन कुरालाई तपाईंले खानुपर्ने

हुन्छ । १. दुध दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले तपाईंको क्याल्सियमको कमीलाई पूरा गरिदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईंलाई दुध मिठो लाग्दैन भने तपाईंले क्याल्सियमको चक्की पनि खानसक्नुहुन्छ । २. मेवाः महिनावारी भएको बेला मेवा खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पिडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ । ३. गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले माहिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ । ४. घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ । ५. तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्ने गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् । ६. तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ । ७. अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ । ८. व्यायामः हुुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ । ९. जंक फुडहरुबाट टाढै रहनुहोस्ः मासिक धर्मको बेला आफ्नो खाने व्यवहारमा पनि ध्यान राख्नुहोस् । जति सक्नुहुन्छ जंक फुड नखानुहोस् र रक्सीबाट टाढै रहनुहोस् । www.ratopati.com

चीनको झेजियाङ प्रान्तमा बस्ने एक ब्यक्ति त्यतिबेला अचम्मित भए जव चिकित्सकले उनलाई ‘तपाइँ पुरुष होइन महिला हो’ भने । पेटमा सामान्य दुखाइ अनुभव हुनुका साथै पिसावमा समेत रगत देखिएपछि उनी चिकित्सकलाई भेट्न गएका थिए ।

४४ वर्षीय चेन नामका ती ब्यक्तिले १० वर्ष अघि विवाह गरेका थिए । पेट दुखेपछि उनी स्थानीय चिकित्सककोमा पुगे र त्यहाँ आएको परिणामले उनलाई चकित तुल्यायो । ४४ वर्ष सम्म पुरुषकोरुपमा रहेका चेनको शरीर महिलाको शरीर भएको निष्कर्षमा चिकित्सकहरु पुगेपछि सबै छक्क परे । चेनको शरीरमा पुरुषको जनेन्द्रीय छ भने उनको बैबाहिक र यौन जीवन पनि सन्तुष्टीपूर्ण रहेको बताउँछन् ।

चिकित्सकहरुले पुरा जाँचगरेपछि उनको शरीरमा सबै प्रजनन अंगहरु महिलाको जस्तो रहेको तर लिङ्ग भने पुरुषको रहेको तथ्य पत्ता लगाए । उनलाई पूर्ण महिला र पुरुष दुवै भन्न नसकिने चिकित्सकको भनाइ छ ।
चेनले भने आफूलाई आफू अस्वस्त रहेको अनुभव भैरहेको भएपनि यस्तो कल्पना पनि नगरेको बताए ।

सिटी स्कानबाट चेनको शरीरमा गर्भासय र ओबरी समेत भएको देखिन्छ ।
nepaliheadlines.com

आफ्नो यौनांग चलाई यौन आनन्द लिने क्रियालाई हस्तमैथुन भनिन्छ । प्रायः हातको प्रयोग गरिए पनि यसका लागि विभिन्न वस्तु, साधन वा खेलौना (सेक्स टोइज) पनि प्रयोग गर्न थालिएको छ । चाँडै र सजिलै सिक्ने भएकाले किशोरहरूलाई हस्तमैथुनको लत लाग्छ ।कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।तर, पटक–पटकको हस्तमैथुनले हीनताबोध वा आफूलाई दोषी ठान्ने मानसिक समस्या आउने कुरामा सजग हुनुपर्छ ।

हस्तमैथुनको बानी कसरी हटाउने ?

यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ ।
(जनचेतनाका लागि साभार गरिएको )

धनुषा, १६ साउन । धनुषामा एक वयस्क महिला बलात्कृत भएकी छिन् । त्यो पनि छोराजत्रो १९ वर्षीय युवकबाट ।
धनुषा क्षिरेश्वर नगरपालिका–९ बस्ने ४० बर्षीया महिलालाई बिहिबार सोही ठाउँस्थित नर्सरी जंगलमा लगेर १९ वर्षीय लिलाबहादुर बलामपाकी मगरले बलात्कार गरेका हुन् । घाँस काट्न जाउँ आन्टी भन्दै फकाएर उनले नर्सरीमा पुगेपछि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा बलामपाकी मगरलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी दोलखा गौरीमुदी–३ बस्ने २६ वर्षीया महिलालाई जंगलमा वस्तु चराउन गएको अवस्थामा शुक्रबार जबरजस्ती करणी गरेको अभियोगमा धुरे–८ बस्ने ३४ वर्षीय रमेशबहादुर बि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।
घटना सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी । महिलाको सबैभन्दा ठूलो सत्रु ‘सौता’लाई मान्ने गरिन्छ । अहिलेसम्म महिलाले जस्तोसुकै हिंसा र पीडा सहेकी छन् । तर सौता सहन नसकेर श्रीमान छाडेका धेरै उदाहरण छन् ।


तर, यहाँ एक महिलाले कान्छी ल्याएको भन्दै आफ्नै श्रीमानको रामधुलाई गरेकी छिन् । कानपुरको नौबस्तामा लुकिछिपी दोस्रो विवाह गरेको भन्दै महिला अधिकारकर्मीसँग घर आएका पत्नीले पतिलाई कालोमोसो दलेर कुच्चोले कुटपिट गरेकी छिन् । पत्नीसँग आएका अधिकारकर्मीहरुले पनि त्यो मौकामा उनलाई चप्पलले कुटपिट गरेका छन् । आधा शरीरमा कपडा नै नभएको अवस्थामा महिलाहरुले यस्तो सजायँ दिएका हुन् ।

कुटपिट गरिरहेको बेला घटनास्थलमा प्रहरी पुगेपछि उनी महिलाको थप कुटाईबाट बचेका छन् । महिला पुलिसले यो घटनालाई दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । उनीविरुद्ध वहुविवाहको मुद्धा दर्ता भएको हो । कुटपिटपछि कान्छी श्रीमती भने भागेर माइत गएकी छिन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बाथरुमको सानो झ्यालबाट चुहिएर बाहिरिएका आँखा पारिपट्टिको घरको एउटा झ्यालमा अचेल नराम्ररी ठोक्किने गरेका छन्। आँखा के ठोक्किनु, झ्यालमा देखिने दृश्यमा आँखा अडिने गरेका छन् भनौं।

निद्रा खुलेपछि महसुस हुने मानसिक हल्कापनले बिहानै बाथरुम जाँदाको मन अक्सर निर्विचार हुने गर्थ्‍यो। तर, आजभोलि बाथरुम छिर्नुुअघि नै पारिपट्टिको झ्यालमा देखिने दृश्य हेर्न मन एक किसिमले हतारिएको हुन्छ।

भूकम्पले हल्लाएको मन पुरानै ठेगानामा फर्किएपछि मैले पहिलोपटक बाथरुमबाट छिमेकी झ्यालमा एक वृद्धालाई देखेको थिएँ। काष्ठमण्डपको पुुरानो शिल्पकारले काठ जोडजाड गरेर बनाएजस्तै लाग्ने उनका दुई पाखुराको गोलाकार घेराभित्र एउटा धुतुमुने बालक थियो।


गहिरा आँखा तिखारेर उनी बालकलाई क्षितिजतिर औंल्याउँदै देखाइरहेकी थिइन्। बालक झटारिन खोज्दा उनी ढल्नढल्न लागेको रूखजस्तै देखिन्थिन् तर, एकदमै दृढतासाथ बालकलाई सम्हाल्थिन्। नजाने, बालक केही माग गर्थ्यो, त्यसबेला वृद्धा र बालक बाहिरबाट नदेखिनेगरी कोठभित्रै हराउँथे।

वियोगान्त सिनेमा उत्कर्षमा पुग्ने बेला झ्याप्प बिजुली गएर बेचैन बनेका गृहिणी दर्शकझैं म रन्थनिएर बाथरुमबाहिर निस्कन्थेँ। देशमा ठूलो भूकम्प गएपछि छिमेकी झ्यालमा बिहानै देखिन थालेको त्यो दृश्य हेर्ने र त्यसबारे मनमा नानाथरी काल्पनिक घटना घटाएर घायल हुने अम्मली बनिसकेको अहिले आएर मात्रै थाहा
पाइरहेको छु।

भूकम्प जानुअघि कहाँ थिइन् ती वृद्धा? बालक कहाँ थियो? परिवारमा को को छन्? कतै पहाडतिरको घर भत्केर यता टाउको लुकाउने ठाउँ फेला पारेर बसेका पो हुन् कि? बालकका आमा-बाबु कता होलान्? मनमा प्रश्‍नहरू आउँथे, मनले नै फरक-फरक वनावटी उत्तर दिन्थ्यो।

मनोगत उत्तरहरूबाट कहिले घायल र कहिले सन्तुष्टिले तृप्त हुँदै म आफ्नो कामतिर लाग्थेँ। वैशाख १२ गते काठमाडौंमा भूकम्प जानुअघि त्यो झ्यालतिर फर्केर हेरेको रहेनछु। कहिलेकाहीँ आँखा त्यता जान्थे।

मसिनो हावाले झ्यालको पर्दा थर्थराएको देख्थेँ। आक्कलझुक्कल पर्दा च्यातेर बाहिर चिहाउँदै गरेकी तन्नेरीको टाउकोबाट कपाल गुडेर तल्तिर बगेको देख्थेँ। हरेकजसो झ्याल र बरण्डामा सुलभ त्यो दृश्यले मलाई तान्न सकेको थिएन।

पराकम्प सधैंजसो आउँथ्यो। त्यस्तै सानो एउटा पराकम्पले सधैंझैं काठमाडौं हल्लायो। साँझको समयमा खुुरुरु घरबाट निस्कने मान्छेको हुलमा बालक च्यापेर वृद्धा पनि मिसिइन्।

‘बाँकीलाई पनि मार्छ कि क्या हो?' भित्रैदेखि कामेको उनको स्वरमा वेदना थियो।
‘तपाईंको घरमा अरू कोही छैन? ' मैले सोधेँ।
‘छ’ एक अक्षरको उनको छोटो उत्तर।

आफैं प्रश्न गर्ने र आफैं उत्तर दिएर व्यथित हुनबाट मुक्त हुन मौका छोपेर वृद्धालाई प्रश्न सोधेको थिएँ। तर, उनले आफूलाई भित्रैदेखि उदांगो पार्न रुचि राखिनन्।

बल गरेर उनलाई कोट्याउन खोजेँ, ‘को को हुनुहुन्छ?'
'सबै छौं।'
'सबै भनेको? '
'नाति।'
वृद्धाले भन्न मन गरिनन्, म अवाक् भएँ। अक्सर अचेल मान्छे सुख दुःख बाँड्न चाहँदैनन्। बाँडेर दुःख बाँडिने पनि होइन। त्यसपछिको अर्को परकम्पनमा बाहिर निस्केर फर्कंदा थाहा पाएँ, उनको 'सबै' नातिमात्रै हो।

बेलुकीको परकम्पन थामिएपछि ओच्छ्यानमा पल्टेका बेला भूकम्पभन्दा वृद्धा र उनको नाति घुम्न थाले मनमा।पीडा देखाएर लाभान्वित हुने आजको मनोवृत्तमाथि प्रहार गरिन् उनले। र म ब्युँझेँ। अनि आफ्नो मनोवृत्ति चिन्न बाध्य पार्ने अर्को एउटा घटनामाथि मन दौडिन थाल्यो।


दाहिने काखीमा च्यापेको छालाको ठूलो ब्यागबाट एक मुठो कागजपत्र झिकेर सात्तो फुजिकोले हाम्रा अघिल्तिर फिँजारिन्। मैलिएर पुराना भइसकेका कागजमा सिकारुले लेखेजस्ता लाग्ने नेपाली अक्षर टाँसिएका थिए। केही कागजमा सिसाकलमले कोरेका चित्रमा रङ पोतिएका थिए।

सेतै फुलेको उनको कपाल ज्यादै अररो देखिन्थ्यो। कपाल टाउकोमा उम्रिएको थिएन, बरु कपालको सहारामा टाउको अडेको हो कि झैं लाग्नेगरी घना थियो। उमेर ८३ वर्ष पुगिसक्दा पनि छालामा चाउरी थिएन बरु आँखामुुनि गाला सोहोरिएर पुक्क उठेका कसिला लुंदाले युवतीको संग्रेलो मेटाउँथ्यो।

गालाको सेतो छालामा टिठ लगाएर हेर्दामात्रै देखिने मसिनामसिना नीला दाग थिए। हिरोसिमा नजिकैको रेल स्टेसनबाट हामीलाई पछि पार्दै लौरो बिना नै रेस्टुरेन्टसम्म हिडेर पुग्दा उनमा प्रेमीसँगको डेटिङमा आतुर युवतीमा जस्तै लाक्षणिक आतुरता देखिएको थियो।

दोभासेको मद्दतमा उनलाई मैले एउटा प्रश्न सोधेँ, ‘कागजको यति ठूलो मुठो किन बोकेर हिँड्नुभएको?' ‘छोरीहरूले पठाएका चिठी हुन्, एकदमै मायालु छन् र हलुका पनि छन्।'
‘छोरीहरू कहाँ छन् तपाईंका? '
'तिम्रै देशमा।'
'नेपालमा? '
'हो नेपालमा।उनीहरूले नै पठाएका चिठी हुन्।'

संवादपछि उनले कागजको मुठो फुकाइन्। अक्षरहरू एकदमै बांगाटिंगा थिए, दाहिने हातले लेख्ने आदत बसेको मानिसले देब्रे हातले लेखेजस्ता।

पुुरानिएर पहेँलो भइसकेको एउटा पानामा लेखिएको थियो, 'आमा! पढ्न एकदम नै मन छ। तपाईंको साथ पाएर चिठी लेख्न सक्ने भएकी छु। अर्कोपटक तपाईं नेपाल आउँदा कथा र कविता पनि सुनाउन सक्छु। तर, तपाईंको मायाँ पाइरहौं!'

यत्तिमै टुंगिएको थियो, लामो थिएन चिठी। रेस्टुरेन्टमा हामी पलेँटी कसेर बसेका थियौं। उनी मेरो छेउमै भएकाले सामूहिक बसाइमा पनि छुट्टै कुरा गर्न मलाई सजिलो थियो। सात्तोले हाम्रा लागि सुसी (जापानमा प्रसिद्ध खाना) अर्डर गरेकी थिइन्।

सुसीको प्रतीक्षा गर्दै हामी उनका चिठी पढ्दै थियौं। दोभाषेले चिठीमा लेखिएको अर्थ फुकाएपछि उनका आँखाका छेउ रसिला देखिए। त्यसपछि उति साह्रो बोलिनन्। मौन सुरु भयो। मौन संवादको संवेदनशीलता मनभित्र स्वाट्टै पस्दो रहेछ। केही नभने पनि धेरै बुझिने।

मौनता तोड्दै मैले प्रश्न गरेँ, ‘कस्तो लाग्यो चिठी?'
एउटा कर्मीले पालैपालो मन्दिरका टुँडालमा प्राचीन मुद्रासन कुँद्छ र उही कर्मी ओम मेने पेमे हुँ भन्दै स्तूपामा प्रार्थना गर्छ। मन्दिरको शंखनाद तिम्रा सहरका हरेक गुम्बा र मस्जिदहरूमा सुनिन्छ। स्वयम्भूको थुम्कोबाट आउने धोद्रो आवाजको प्रार्थनाले मन्दिरका पथिकहरू वशीभूत हुन्छन्। देवालयमा कैद धर्मको तिमीहरूलाई वास्ता छैन', सात्तो फुजिकोको अनुहारमा मुस्कान दौडियो।
अझै बोलिनन् सात्तो।
'बालिकाहरूले चिठीमा पोखेको वेदनावाट दु:ख लाग्यो? '
'होइन।'
‘बोल्नुभएन त? '
'खुसीले बोल्ने कुरा हरायो।'
दुःख वा खुसी चित्तको दशा रहेछ। जब त्यो हृदयबाटै आउँछ, तब शब्दहरू सबै नाकाम हुन्छन्। गहिरो दुःखलाई शब्दले बोक्न नसकेरै मान्छेका आँखाबाट आँसु झर्छन्। नत्र मान्छे शब्दबाटै हरेक दुःखलाई सम्बोधन गरेर काटिदिन्थ्यो।

खुसीको पनि यही दशा हो। हाँस्नु केबल मुखको अभ्यास र रुनु केवल आँखाको अभ्यास साबित भएका बेला हा“सो र मुुस्कानबीचको भिन्नता बुुझेँ मैले । उनी बोल्न सकिनन्, भावदशावाट पराजित शब्दहरू उनी भित्रै अड्किए।

‘यो कस्तो खुसी हो?' फेरि मेरो प्रश्न सात्तोलाई।
'खुसी शब्दमा भन्न सकिँदैन।'
'तुलना गरेर भन्न सक्नुहुन्न?'

‘प्रसूतिपछि आमाले पाउने सुखजस्तै', सरल मुद्रामा फर्केर उनले प्रष्ट्याइन्।
तर, सात्तोले भनेजस्तो प्रसव सुखको अनुभव मसँग छैन। र सोधेँ, 'खुसीको यो अनुभूति कहिलेसम्म रहन्छ? '

'जतिबेला अर्को दुःखको तयारी पूरा हुँदैन', बडो दार्शनिक पाराले उत्तर दिइन् उनले।हरेक दु:खबाटै सुखको ढोका खुल्छ र सुख फेरि अर्को दुःखको तयारी हो।

साधनामा बसेको तपस्वीले तत्‍वबोध गरेजस्तै भएँ म एकछिन् । त्यसो भए सात्तोलाई हृदय थर्थराउने यो खुसीमा पुर्‍याउने दुःख कुन थियो? मेरो मनमा प्रश्न उब्जियो।

सोधेँ, 'कुन दुःखले तपाईंलाई यो खुसीसम्म पुर्‍यायो?' 'दुःखले मलाई तिम्रो देश र अहिलेको यो खुसीसम्म एकैपटक पुर्‍यायो।'

उनको रहस्यमय दुःखमा पस्ने रुचि ममा जाग्यो र सोधेँ, 'त्यो रहस्यमय दुःखबारे भनिदिन सक्नुहुन्छ?' उनी भन्न थालिन्-'रियोको फुजिको २५ वर्षकी थिई।ऊ मैले जन्माएकी छोरी हो। उसलाई जन्माउँदाको प्रसव सम्झेर म अहिले भावविह्वल भएकी हुँ।

उसले जन्म लिएका बेला जब म होसमा फर्केकी थिएँ, काखमा मेरा दुई हातको घेराभित्र ऊ सुनौला खुट्टा हल्लाउँदै थिई। २५ वर्षभन्दा अगाडि ऊ जान सकिन।'

यसोभन्दा सात्तोका आँखा बाटुला देखिएका थिए। लालीमा हराएर अनुहार फुस्रो बन्दै गएको थियो। बितेका दिन बताउँदा मान्छेको रङ यस्तै फुस्रो हुन्छ। हिँड्दै गएको बाटो नरोकिएसम्म मान्छे पछि फर्केर हेर्दैन।बाटो रोकिएपछि मान्छेले काटिसकेको बाटोतिर आँखा फर्काउँछ। सात्तो आफूले हिँडिसकेको बाटो देखाइदिँदै थिइन्।

अर्को एक च्याप्टरमा उनले छोरीबारे बताइन्, 'जवान भएपछि रियोको पत्रकारिता गर्न चीनतिर लागी। पत्रकारिता कति गाह्रो काम हो मलाई थाहा छैन।पत्रकार जीवन बिताउँदा चीनमा उसको ज्यान गयो।मरेको शरीर नदेखेसम्म ऊ जिउँदै छ भन्ने लागिरहँदो रहेछ।'
अनि के गरिन् सात्तोले?  
   
'वियोगको नशाबाट मुक्त हुन म तिम्रो हिमाली देशमा गएँ।'
'त्यसपछि !'
'त्यसपछि कोख बाहिरबाटै छोरी पाएँ, जुन छोरीले लेखेको चिठी भर्खरै तिमीले पढ्यौ।' भक्तपुरमा बालगृह खोलेर असहाय बालबालिकालाई पढ्न सहयोग गरेकी रहिछन् उनले। धेरैजसो चिठी र बेलाबेला उनी आफैं नेपाल-जापान ओहोरदोहोर गर्दिंरहिछन्।

नेपालका हिमालहरूले चोटको दर्द भुल्न सात्तोलाई मद्दत गरे?      
'हिमाल मात्र होइन।'
'के रहेछ हाम्रो देशमा? '
'धर्म।'
'कुन धर्म? '
'मान्छेभित्रको धर्म।'
'कहाँ पाइन्छ त्यस्तो धर्म?'
'मन्दिर, गुम्बा, मस्जिद र चर्चबाहिर, तिम्रो देशका पाखा कन्दरामा त्यस्तो धर्म पाइन्छ।'
'कसरी अनुभूत गर्नुहुन्छ त्यस्तो धर्मलाई?'

'तिम्रो देशका भन्ज्याङ चौतारीहरूमा गाडिएका माटोका घ्याम्पामा एकाबिहानै तिम्रा दाजुभाइ र दिदीबहिनी पानी भरेर फर्कन्छन्।दिउँसो टन्टलापुर घाममा बटुवा आई कलकल पानी खाँदा तिमीहरू आफू स्वर्ग पुगेको अनुभूत गर्छौ।'

‘विभिन्न धर्मका मन्दिरहरू पनि देख्‍नुभएन?' 'मन्दिर, स्तूपा, मस्जिदहरू पनि देखेँ तर, मन्दिरभित्रको धर्ममा तिमीहरू अल्झेका छैनौं। एउटा कर्मीले पालैपालो मन्दिरका टुँडालमा प्राचीन मुद्रासन कुँद्छ र उही कर्मी ओम मेने पेमे हुँ भन्दै स्तूपामा प्रार्थना गर्छ।

मन्दिरको शंखनाद तिम्रा सहरका हरेक गुम्बा र मस्जिदहरूमा सुनिन्छ। स्वयम्भूको थुम्कोबाट आउने धोद्रो आवाजको प्रार्थनाले मन्दिरका पथिकहरू वशीभूत हुन्छन्। देवालयमा कैद धर्मको तिमीहरूलाई वास्ता छैन।'

भन्न मन लागेको थियो सात्तोलाई, 'सात्तो! धर्मको हाम्रो देशमा अभाव छैन। अहिले त चर्च, मस्जिद, मन्दिर र गुम्बा मान्छेका घरघरमै आइपुग्छन् र मानिसलाई तिनीहरूभित्र निर्मित स्वार्थमा कैद गर्न खोज्छन्।' तर, भनिनँ, मौन बसेँ।

आफ्ना प्रतिक्रियामाथिको मेरो मौनताले उनी खुम्चिइन्। भनिन्, 'तिम्रो समाजसँग दुःख सुख निर्धक्क बाँड्ने क्षमता छ। जहाँ हजुरबा हजुरआमादेखि नातिपनातिसम्मको पुस्ता एउटै छानामुनि खुसी भएर बस्न सक्छन्।'

ओहो ! सात्तोले वर्णन गरेको हाम्रो समाजको दृश्य त समयको माटोले पुरिँदै छोपिँदै र थिचिँदै गइसक्यो। बाथरुमको झ्यालबाट देखिएकी ती वृद्धा आफ्नो वेदना र कष्टसँगै जोडिएको घरमा बस्नेसँग बाँड्न सक्दिनन्।
 ?
भुइँचालोपछि गाउँबाट बालबालिका हराएका र किशोरीहरू सिमानापारि पुगेका अखबारी खबर ती वृद्धाले पनि सुनेकी थिइन् कि! आफूलाई सम्भावित दलाल कल्पना गर्दै म आधा रातमा निदाएँ।
www.annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home