• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, २९ असार । गाउँ मोखरामा छोराले आफ्नै पिताको हत्या गरेका छन् । कारण आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध । जसलाई देखेर उनले आफूलाई सम्हाल्न सकेनन् । र पिताको हत्या गरे ।
यो कुराको खुलासा आरोपी छोराले पुलिस सोधपुछमा गरेका छन् । पुलिसले आरोपीलाई अदालतमा पेश गरेको छ । जहाँ प्रहरीले उनीसँग लिएको २ दिनको बयान पनि बुझाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गाउँ मोखरामा गएको विहीबार विहान ५८ वर्षीय बलराजको आफ्नै छोरा बिजेन्द्रको धारिलो हतियार प्रहारबाट हत्या भएको छ ।

पुलिसले मृतक की पत्नीको उजुरीमा आरोपी छोराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । पुलिसले आरोपी छोरालाई गिरफ्तार गरेर अदालतमा बुझाइसकेको छ । पुलिस सोधपुछमा आरोपीले बताए कि उनका पिताको उनकी पत्नीसँग अवैध सम्बन्ध थियो, उनले पटकपटक त्यो नगर्न आग्रह गरेपनि बाबुले मानेनन् । जब उनका पिताले नै मानेनन् त्यसपछि उनले हत्या गर्ने योजना बनाए ।
विहीबार विहान जब पिता सुतिरहेका थिए, तब छोराले धारिलो हतियारले आफ्ना पितामाथि आक्रमण गरे । एकपछि अर्काे गरी उनले धारिलो हतियार पिताको शरीरमा प्रहार गर्दै गए जबसम्म पिता मरेका थिएनन् । मरेपछि उनले हतियारलाई नजिकैको कोठामा लुकाए । पुलिसले हत्यामा प्रयोग गरिएको धारिलो हतियार बरामद गरेको छ । उनलाई कम्पतीमा पनि १० वर्ष जेल सजायँ हुन सक्ने समाचारमा जनाइएको छ । एजेन्सी

भिडियो हेर्न तल किल्क गर्नुहोस:
काठमाडौं: विनाशकारी भूकम्पमा परेर पनि मृत्युलाई जितेका केही नेपालीको कथालाई समेटेर सञ्चारकर्मी गणेश पाण्डेले ‘मिराकल सर्भाइभल इन नेपाल अर्थक्वेक'(भाग्यले बाँचेकाहरू) नामक वृत्तचित्र तयार पारेका छन् । ५५ मिनेटको सो वृत्तचित्रमा भूकम्पमा परेर पनि बाँच्न सफल केही पात्रका कथा समेटिएको छ।

सम्राट् मुभिजले पोस्ट प्रोडक्सनको ब्यानरमा शारदा गैरेको निर्माण, विनोद विष्टको छायांकन, कुमार शाहको सम्पादन, जुगल डंगोलको संगीत रहेको यस वृत्तचित्रमा दीपक कोइरालाको लेखन र विकास बस्नेतको अंग्रेजी अनुवाद छ।
वैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रूपमा नयाँ जीवन पाएका सातजना नेपालीको कथा समेटिएको छ; जसमा काठमाडौंको सुन्धारास्थित काठमाडौं मलअगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई

बचाउने हीरामाया नेपाली, पाँचतले घरले पुरिएर २२ घन्टापछि जीवितै उद्धार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्धार गर्ने नेपाली सेनाका सुबेदार दीपक राईका साथै आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हुँदासमेत सोनिसको उद्धारमा खटिएका सिपाही विकास केसीको कथा मन छुने खाले छ।

यसैगरी धरहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाई, काठमाडौंको नयाँ बसपार्कबाट एक सय १२ घन्टापछि सकुशल उद्धार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौंको बसपार्कमै साततले घरले थिचिँदा ८२ घन्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनाल, काठमाडौंको बसपार्कमै होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्री, भूकम्प आएपछि आफ्नै घरको आँगनको इनारमा पुरिएपछि जीवितै उद्धार गरिएकी भक्तपुरकी ७५ वर्षीया शिवकुमारी खागीलगायतका कथा वृत्तचित्रमा समेटिएको छ।
annapurnapost.com
ललितपुुर, २९ असार– मलेसियासहित ६ खाडी मुलुकमा नेपाली कामदारका लागि फ्रि भिसा र टिकट उपलब्ध गराउने सरकारी निर्णयको विराधमा परेको रिट अदालतले खारेज गरेको छ ।

पुनरावेदन अदालत पाटनले सरकारी निर्णयको पक्षमा फैसला सुनाएको हो ।

न्यायाधीशद्वय मोहनबहादुर कार्की र बाबुराम रेग्मीको संयुक्त इजलासले नेपाली कामदारलाई फ्रि भिसा र टिकट उपलब्ध गराउनुपर्ने सरकारी लविङको विपक्षमा अन्तरिम आदेश दिनुनपर्ने फैसला सुनाएको हो ।
फ्रि भिसा र टिकटको निर्णय खारेजीको माग गर्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले पुनरावेदनमा रिट हालेका थिए ।
फैसलामा निवेदकले जिकिर गरेअनुसार कामदारलाई फ्रि भिसा र टिकट उपलब्ध गराउने सरकारी निर्णय गैरकानुनी नरहेको ठहर गरिएको छ ।

भिडियो हेर्न तल किल्क गर्नुहोस:
आबुधाबी—फेसबुकमा 'फोहोर' शब्द लेखेको अभियोगमा एक अष्ट्रेलियन महिलालाई युनाइटेड अरब इमिरेट्सले देश निकाला गर्ने भएको छ। अदालतले जोडी मगी, ३९लाई 'सामाजिक सञ्जालमा खराब शब्द' लेखेको अभियोगमो यस्तो सजाय तोकेको हो।


 विवाद गत फेब्रुअरीदेखि सुरु भएको थियो। मगीले अाफू बस्ने अपार्टमेन्टको पार्किंग स्थलमा अपाङ्ग स्टिर नभएका कार अपाङ्गका कार पार्किङ गर्ने स्थानमा पार्क गरेको फोटो खिचेर फेसबुकमा पोस्ट गरेकी थिइन्। कार पार्किङमा हुने अव्यवस्थाविरुदद्ध उनले फेसबुकमा गरेको सोही पोस्टसम्बन्धी विवाद लम्बिँदै जाँदा देश निकालाको आदेश भएको हो। अपाङ्ग स्टिकर नभएका गाडीलाई अपाङ्ग क्षेत्रमा पार्किङ गर्नेहरुलाई उनले स्वार्थी ड्राइभरको संज्ञा दिएकी थिइन्।


जुनमा उनीविरुद्ध आबुधाबी अदालतमा मुद्दा दायर भएको थियो। सो मुद्दाको फैसला गर्दै अदालतले ‘व्यक्तिविरुद्ध सामाजिक सञ्जालमा खराब शब्द’ प्रयोग गरेकोमा मगीलाई दोषी ठहर गरेर सजाय सुनाएको हो। उनलाई अदालतले ३६०० अष्ट्रेलियन डलर जरिवाना र देश निकाला आदेश सुनाएको छ।

आइतबारदेखि उनलाई जेलमा राखिएको छ। कति समय जेलमा राखिने हो स्पष्ट नभएको अष्ट्रेलियन रेडियो एबीसीले उल्लेख गरेको छ। ‘म मेरो जीवनलाई अनिश्ति पाइरहेकी छु’, उनले भनेकी छन्, ‘कोही मसँग कुरा गरिरहेका छैनन्। के हुँदैछ कसैले मलाई केही भनिएको छैन।’

मगी अबुधाबीमा सन् २०१२ देखि इमिरेट्स महिलालाई ग्राफिक डिजाइन पाठ्यक्रम पढाउँदै आएकी थिइन्। उनको फेसबुक पेजमा साथीहरुले उनीमाथि गहिरो साहनुभूति देखाएका छन्।
‘बलियो बन जोडी तिमी एक्लै छैनौं। हामी सबै तिम्राबारेमा सोचिरहेका छौं’, एक साथीले उनको फेसबुक पेजमा लेखका छन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २९ असार । मध्यप्रदेशको देवास जिल्लाको सिदनी विजयपुर गाउँमा सोमबार विहान त्यो समयमा सनसनी फैलियो जब ५ फीट गहिरो खाल्डोमा एक युवतीको पुरिएको अवस्थामा लास भेटियो ।

गाउँले शंका छ कि अज्ञात व्यक्तिले हत्या गरेर युवतीलाई खाल्डोमा गाँडेका थिए । गाउँलेको सूचना पाएपछि पुलिसले लगभग १ घण्टापछि शवलाई खाल्डोबाट बाहिर निकाल्यो र पोस्टमार्टमका लागि सिविल अस्पताल पठायो । मृतक युवतीको पहिचान अहिलेसम्म हुन सकेको छैन् ।
पहिला युवतीको साडि देखियो, त्यसपछि हात
घटना देवास जिल्लाबाट करिब १२ किलोमीटर टाढा गाउँको हो । भारतीय सञ्चारमाध्यमको खबर अनुसार सोमबार विहान करिब १० बजे गाउँलेहरु तालको किनारबाट अगाडि बढिरहेका थिए । त्यही बेला उनीहरुले एक ठाउँमा टूटेका चूडि देखे । अचानक उनीहरुले एउटा खाल्डो पनि देखे जो भर्खरै खनेको जस्तो देखियो । त्यसपछि उनीहरुले अनौठो बस्तुको आशंका गरी गाउँ चौकीदारलाई सूचना दिए । चौकीदारले पुलिसलाई खबर गरे । त्यसपछि प्रहरी घटनास्थल पुग्यो । खाल्डोको बरीपरी निरीक्षण गरेर माथिको माटो हटायो । केही बेरमा खाल्डोमा एउटा साडिको टुक्रा भेटियो । त्यसपछि एक युवतीको हात भेटियो ।
हातमा विष्णु संग रजनी लेखिएको थियो

अहिलेसम्म युवतीको सनाखत हुन सकेको छैन् । उनको उमेर २० देखि २२ वर्षको बीचमा छ । उनले सिन्दुर पनि लगाएकी छिन् । यसबाट उनी विवाहित महिला भएको पुष्टि भएको छ । उनको बायाँ हातमा विष्णु संग रजनी लेखिएको थियो । एजेन्सी
dainiknepal.com
 असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिक अवस्था बुझ्न पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका लागि आमन्त्रण गरेका छन्।
कांग्रेस,एमाले,एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वीचमा जेठ २५ गते राती १६ बुँदे सहमति गर्ने वेलामा भारतीय जनता पार्टीका नेता दिनेश उपाध्यायको टेलिफोनलाई ‘रेस्पोन्स’ नगरेपछि मोदीले दाहाललाई भारत भ्रमणको निमन्त्रणा गरेको स्रोतले बतायो।
स्रोतका अनुसार मोदीका बिशेष सहयोगीका रुपमा उपाध्यायले प्रधानमन्त्री सुशील कोइराला,एमाले अध्यक्ष केपी शर्मा ओली र दाहाललाई १६ बुदे सहमतिका बारेमा बुझन टेलिफोन गरेका थिए । कोइराला बाहेक ओली र दाहालले उपाध्यायको टेलिफोन ‘रेस्पोन्स’ नगरेको स्रोतले बतायो ।

स्रोतका अनुसार १६ बुदे सहमतिपछि मोदीले आफनो विदेशबिभागसँग सम्बद्ध अधिकारीहरुको बैठक राखेर नेपालको परिवर्तित राजनीतिक अवस्थाका बारेमा समीक्षा गरेका थिए । नेपाल मामिलामा पश्चिमा शक्ति राष्ट्र र चीन हावी हुँदै गएको बिश्लेषणपछि नेपाली राजनीतिका बारेमा‘यथार्थ बुझन’ मोदीले दाहालसँग छलफल गर्न चाहेको स्रोतले बतायो ।
भारत,चीन र नेपालका वीचमा त्रिदेशीय समझदारी र १६ बुदे सहमतिपछिको राजनीतिक परिस्थितिलाई एजेण्डा बनाएर छलफल गर्न मोदीको निमन्त्रणालाई स्वागत गर्दै दाहाल असारको अन्तिम साता भारत भ्रमणमा जान तयार भएका हुन ।
दाहालले भने १६ बुदे सहमतिपछि अघि बढेको संविधान निर्माण प्रक्रियाले नेपालमा राजनीतिक स्थिरता आउने बिश्वास दिलाउदै मोदीलाई भारत,चीन र नेपालका वीचमा त्रिदेशीय समझदारी बनाएर अघि बढन उपयुक्त हुने तर्क राख्ने एमाओवादीका एक नेताले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भिडियो हेर्न तल किल्क गर्नुहोस:
भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

तपाई हामीले देख्ने केही सपनाहरू यस्ता हुन्छन्, जुन सपना सधै देखिदैन र त्यसले जीवनमा झन् धेरै संकेत गर्ने गर्छन् । हामीले कहिलेकाँही मात्र देख्ने सपनाहरूले हाम्रो जीवनमा विषेश महत्व राख्ने गर्छ । केही यस्ता सपनाहरूबारे केही थाहा पाऔँ जुन हामीले निकै कम देख्ने गर्छौ:

– नदी या समुन्द्रमा पौडिरहेको, आकाशमा उडिरहेको, सुर्योदय, बलिरहेको आगो, सूर्य आदी देख्नु घर, मन्दिर या पहाड चढेको सपना देख्नुले तपाईको काम सफल हुने संकेत गर्छ ।

– सपनामा रक्सी पिउने, मासु खाने, किरा खाने, दही भात खाने सपना देख्नुलाई पनि राम्रो मानिन्छ ।

– यदी सपनामा नालीमा या फोहोरमा गडेको देखे तपाई बिरामी हुन सक्ने वा एक महिना भित्र कनै ठूलो मुस्किलमा पर्न सक्ने संकेत गर्छ ।

– सपनामा सेतो चन्दन लगाउनु, गहना लगाउनुले शुभ संकेत गर्छ ।

– सूर्य वा चन्द्रमा निकै मधुरो देखीनु, तारा खसेको देख्नु कसैको मृत्यु या शोकको समाचार प्राप्त हुने संकेत हो ।

– सपनामा आफूलाई डुङ्गामा बसेर कुनै नदी पार गरिरहेको देख्नु टाढाको यात्राको योग भन्ने बुझिन्छ ।

– सपनामा दाँत खसेको देखे आयु बढ्छ ।

– सपनामा सर्प देख्नु त्यति राम्रो मानिँदैन ।

– सपनामा आफूले थुकेको सपनाले पनि अनिष्ठ फलको संकेत गर्छ ।

– सपनामा घरको ढोका खसेको देख्नुले कुलको नाश हुने संकेत गर्छ ।

– आफूलाई सपनामा कनै पहाड चढ्दै गरेको देखे उच्च पद प्राप्त हुने गर्छ ।nepaliheadlines.com
विकाश श्रेष्ठ ।
२९ असार, सोल ।
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको निधन भएको छ । अचानक स्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा उपचारका क्रममा कास्की लेखनाथका भविश्वर गुरुङको निधन भएको दुइ दिन वित्न नपाउदै औद्योगिक दुर्घटनामा परी हिजो दिउसो मोरङ हात्तिमुडा गा. वि.सका गान्धीराज खतिवडा निधन भएको हो ।

करिव चार वर्ष अघि इपिएस मार्फत‘कोरिया आएका खतिवडाको कम्पनीमा काम गर्दै गर्दा माथिबाट खसेको फलामको विमले च्याँपिएर घटनास्थलमै मृत्यु भएको ह्वासङ प्रहरीलाई उद्धृत गर्दै कोरियाका लागि नेपाली श्रम सहचारी अनिल गुरुङले जानकारी दिएका छन् । मृतक खतिवडा हवासङस्थित एक फलाम कम्पनीका कार्यरत थिए ।

मृतक खतिवडाको शवको पोष्टमार्टम भइरहेको हवासङ प्रहरीले जनाएको छ । मृत्युको वारेमा नेपालीस्थित उनका परिवारलाई पत्र मार्फत जानकारी गराइएको श्रम सहचारी गुरुङले बताए । शव नेपाल झिकाउन मृतकका परिवारले पत्र मार्फत छिटो पहल गरे एक साता भित्र शव पठाउन सकिने दुतावासले जनाएको छ ।

पछिल्लो समयमा कोरियामा आत्महत्या, अचानाक स्वास्थ्यमा समस्या देखिएर तथा विभिन्न खाले दुर्घटनामा परी नेपाली कामदारको मृत्यु हुने क्रम बढेको छ । सन् दुइ हजार सात रोजगार अनुमति प्रणली इपिएस लागु भएयता कोरियामा असी भन्दा बढी नेपाली कामदारको मृत्य भइसकेको छ ।nepaliheadlines.com


पृथ्वीमा ठूलो संकट आउन सक्ने चेतावनी बेलायती बैज्ञानिकहरुले दिएका छन् । पृथ्वीमा महाद्वीपीय परतहरु पातलो बन्दै गएको र दीर्घकालमा यी परतहरु पुरै पानीमा डुब्न सक्ने सम्भावना रहेको उनीहरुको भनाइ छ ।

यदि उनीहरुले भनेको जस्तै गरी पृथ्वीको सतही परत पातलो हुँदै गयो भने कुनै बेला यस्तो आउने छ जतिबेला पृथ्वीमा जमिन नभएर पानी पानी मात्र हुनेछ ।




‘न्यू साइन्टिस्ट’ नामक म्यागजिनमा प्रकाशित यो दावी अनुसार पृथ्वीका सतही परतहरु तीव्र गतिमा पातलिँदै गएका छन् ।



यस्तो प्रक्रिया लामो समय सम्म चलेमा पृथ्वी समुन्द्रमा डुब्ने छ । बेलायतको युनिभर्सिटी अफ ब्रिष्टलका ब्रुनो धुइमे र उनका साथीहरुले १३००० चट्टानमा नमूना परीक्षण गरेर लामो अध्यनपछि यस्तो निष्कर्ष निकालेका हुन् ।nepaliheadlines.com
काठमाडौं, असार २८ –  एसिड आक्रमणमा परेपछि घाइते भएकी संगीता पुलामी मगर अर्थात वास्तविक नाम खड्गमाया पुलामी प्राक्टिकल बाहेक अन्य सबै विषयमा शुन्य नम्बरमै समेटिएकी थिइन् ।

 पहिले प्रकाशीत रिजल्ट
सँगिताको पहिले प्रकाशीत रिजल्ट
आक्रमणपछि उपचारका क्रममा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको शैयाबाटै एसएलसी दिएकी खड्गमायाले अहिले फस्ट डिभिजनको मार्कसिट पाएकी छिन् ।



 उनले पाएको मार्कसिट ई जनता न्युज लाई प्राप्त भएको छ । उनले ६५ प्रतिशत ल्याएको मार्कसिटमा उल्लेख छ । यसअघि नतिजा सार्वजनिक हुदाँ उनी फेल भएकी थिइन् ।

अहिले को मार्क सिट
अहिले को मार्क सिट
त्यसमा पनि प्राक्टिकल बाहेक अन्य सबै विषयमा अंक शुन्य थियो ।

परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीका कारण उनको नम्बर शुन्य देखिएको हो वा अन्य कुनै कारण हो यस सम्बन्धि सम्बन्धित निकायका व्यक्तिहरुले कुनै जवाफ दिएका छैनन् ।www.ejanata.com
काठमाडौं । चर्चित कलाकारहरुले आफुलाई मनपर्ने टाटु खोपाउने चलन धेरै अघि देखि चल्दै आएको छ । नायिका सुष्मा कार्कीले आफ्नो छातीमा सुर्यको टाटु खोपाएर चर्चामा आएकी थिइन् ।


यस पश्चात् कलाकारहरुले आफ्नो शरीरका विभिन्न अंगमा विभिन्न संकेतका टाटु खोपाउँदै आएका छन् । पछिल्लो समय नायिका सुभेच्छा थापाले पनि टाटु खोपाएकी छिन् ।
उनले आफ्नो स्तथको माथिल्लो भागमा नेपालको क्रस झण्डाको टाटु खोपाएकी हुन् । केही समय पहिल्यै उनले टाटु खोपाए पनि हालै मात्र उनको टाटुको चर्चा हुन थालेको छ ।
उनी अभिनित चलचित्र मखमली र विन्दास ३ मा उनले टाटु देखाएकी छिन् । उनले आफ्ना दुवै चलचित्रमा टाटुले न्याय पाउने भुमीका निभाएको बताएकी छिन । उनले आफ्नो स्तनमा खोपीएको टाटुले देश प्रतिको मायाँ झल्काएको दाबी गरेकी छिन् ।
www.nepalsandesh.com
बुलेटप्रुफ रोग निरोधक क्षमताका लागि यी आठ प्रकारका खानेकुरा नियमित प्रयोग गर्नुहोस्

हामीले नियमित रुपमा आफ्ना पाठकहरुलाई सके सम्म उचित सुचना प्रसारण गरेर उनीहरुमा स्वस्थ जीवन तथा खुशियाली ल्याउने प्रयास गरिरहेका छौं । त्यसका लागि हामी प्रत्येक दिन मानव स्वास्थलाई कसरी तन्दु्रस्त राख्न सकिन्छ भन्ने सत्य र  तथ्यमा आधिरित सुचना प्रसारणका लागि कटिबद्ध छौं ।

धेरै जस्तो अवस्थामा हामीले विज्ञहरुबाट प्राप्त गरेका तथ्य र सत्य जानकारी पस्किने गरेका छौं । यसका लागि हामी आफ्ना विज्ञहरु प्रति सधै आभारी छौं र आफ्ना पाठकहरुलाई पनि हामीले पस्केको जानकारी पढेर आफुले स्वास्थ लाभ गर्न सफल हुनु भएकोमा धेरै खुशी छौं ।

कतिपय अवस्थामा तपाईलाई रुघाखोकीले सताइ रहेको हुन्छ र त्यसबाट छुटकारा पाउन तपाई आफ्नो रोग निरोधक क्षमतामा सुधार ल्याउन चाहिरहेको हुन सक्छ । उचित भिटामीन र मिनरल आबद्ध खोराक नियमित रुपमा प्रयोग गर्ने गरेमा तपाईले आफ्नो स्वास्थ तन्दु्रस्त रहेको पाउनुहुनेछ ।

अन्य रोगबेथा लगायत यो शक्तिशाली मेथड अपनाउनाले साधारण रुघाखोकी लगायत अन्य शारीरिक बेथाहरु तपाई छेउ कहिल्यै पर्ने छैन ।

तसर्थ आज हामी तपाईहरुलाई रोग निरोधक क्षमतामा अपुट विकाश गर्नका लागि यी प्राक्रितिक र भरपर्दो सरदाम प्रयोग गरेर आफ्नो स्वास्थलाई तन्द्रुस्त पार्नहुन सल्लाह दिदै छौं ।

यी ८ प्रकारका खानेकुराले इम्युन सिस्टमलाई बलियो बनाउन मद्धत पुर्याउँछ

१. भेडे खुर्सानी

यसमा भीटामिन सी को मात्रा अन्य फलफुलमा भन्दा दुई गुणा बढी  मात्रामा हुन्छ । यसका साथै भेडे खोर्सानी बेटा क्यारोटिनको प्रमुख स्रोतको रुपमा लिइन्छ जुन छालालाई स्वस्थ बनाउनुका साथै आखालाई पनि राम्रो गर्छ ।

२. कागती तथा सुन्तला

यी फलमा भीटामीन सी पाइन्छ । यसको प्रयोग गर्नाले सेतो रक्त कोशिकामा संक्रमण हुन पाउँदैन ।

३. अदुवा

अदुवामा भीटामीन सी को मात्रा पनि भएकाले यसको सेवन गर्नाले रुघाखोकीले आक्रमण गर्न सक्तैन । अदुवामा जिन्जेरोल भन्ने तत्व पाइन्छ जसका कारण अदुवा पीरो र तातो पनि हुन्छ । अनि यो तत्वमा रोगसँग लड्न सक्ने क्षमता अत्यधिक मात्रामा हुन्छ ।

४. बेसार

यसको सेवन गर्नाले जोर्नी दर्दमा अत्यधिक फाइदा मिल्ने कुरा हालै गरिएको एक अनुसन्धानबाट पुष्टी भैसकेको छ । ज्वरो आएको बेलामा बेसार पानी उमालेर सेवन गर्नाले रोगबाट छुटकारा पाइन्छ ।

५. पालुंगो

यसमा भीटामिन सी, बेटा कारोटीन र विषाणु नासकको मात्रा अत्यधिक मात्रामा आवद्ध हुन्छ जसले तपाईको रोग सँग लड्न सक्ने क्षमतालाई सदैब बलियो बनाइ राख्छ । सक्नुहुन्छ भने पालंगोको सागलाई थोरैमात्र पकाएर अथवा झ्वाईक मात्र पारेर खानाले अझै फाइदा प्राप्त गर्न सकिन्छ । तसर्थ भए सम्म र पाए सम्म दैनिक रुपमा पालुंगोको साथ प्रयोग गर्नुहोस् ।

६. ब्रोकाउली

पालुंगो जस्तै ब्रोकाउलीलाई पनि सब्जीहरुको राजाको रुपमा लिने गरिएको छ । यसमा पनि विषादी नाशक गुण र भिटामीनको मात्रा अत्यधिक मात्रामा आबद्ध रहन्छ । यसमा भीटामिन ए, सी र इ हुने भएकाले यसको सेवन गर्न अति आवश्यक छ । पालंगो जस्तै ब्रोकाउलीलाई पनि थोरै समय सम्म मात्र पकाउनुहोस् नत्र यसमा भएको पोषण तत्व हराएर जान्छ ।

७. दही

यदि तपाई दहीको प्रशंसक हुनुहुन्छ र दही तपाईलाई मन पर्ने खोराक मध्य पर्छ भने तपाईको निम्ती यो सुखद समाचार हो । हालै गरिएको एक अनुसन्धानका क्रममा अनुसन्धान कर्ताहरुले दही सेवन गर्नाले मानिसको रोग सँग लड्ने क्षमता बलियो हुने पत्तो लगाएका छन् । यसमा भिटामीन डी को मात्रा यथेस्ट मात्रामा पाइने भएकोले यसले इम्युन सिस्टम बिलियो बनाउँछ ।

८. बदाम

बदाममा भिटामीन इ पाइन्छ । अनि भिटामीन इ ले शरीरमा जम्मा भएको बोसोलाई सजिलै पगाल्ने काम गर्छ ।  दैनिक रुपमा बदामका केही गेडाहरु खाने गर्नाले शरीरमा अनावश्यक रुपमा बोसोले घर बनाउन पाउँदैन ।
नेपालगन्ज: नेपालगन्जको ब्यस्त धम्बोजी चोक नजिक धारिलो हतियार प्रयोग  एक युवकको हत्या भएको छ ।

धारिलो हतियार खुकुरी प्रहार गर्दा हात छुट्टिएका नेपालगन्ज उपमहानगरपालिका ८ का २५ वर्षीय चेतन मानन्धरको अत्याधिक रक्तश्राव भई मृत्यु भएको प्रहरीले जनाएको छ  ।


सुर्खेत रोडमा एक्लै हिडिरहेका मानन्धर माथि खुकुरी प्रहार गरिएको थियो । खुकुरी प्रहारपछि तत्कालै अस्पताल पुर्‍याइएका मानन्धरलाई अस्पतालले काठमाडौं रेफर गरेको केही क्षणमै उनको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

मानन्धरको काठमाण्डौ लाने क्रममा विमानस्थल नपुर्‍याउदै बाटा मै मृत्यु भएको  वडा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक दिपेन्द्र पालले जानकारी दिएका छन् ।

साव दुई बजेतिर भएको सो घटना पछि हत्यामा संलग्न व्यक्तिहरुलाई बाँकेका विभिन्न ठाउमा छापामारी ५ जना युवाहरुलाई पक्राउ गरिसकेको र अन्यको खोजी भैरहेको  प्रहरी निरीक्षक पालले जानकारी दिए  ।

सात जनाको समहुले मानन्धरलाई लखेटेर खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।  प्रहरीले आक्रमणकारीबाट एक थान खुडा र एक थान खुकुरी बरामत गरेका छ ।  

पक्राउ परेका युवाहरुले नाम नखुलाएपनि प्रहरीको बयान आफुहरु रिगल समूहको भएको बयान दिएको प्रहरी निरीक्षक पालले बताए । रिगल ढकाल तरुण दल बाँके क्षेत्र न ३ का सभापति समेत हुन ।

ठेक्का पट्टा लगायतका धेरै अपराधी गतिविधिमा   सो समुहको संलग्नता रहदै आएको छ । युवकको हत्या पछि नेपालगन्जको सुरक्षा गतिबिधि कडा बनाइएको छ ।
www.annapurnapost.com
एजेन्सी । रसियाको सिबेरिया राज्यको ओमस्क सहरमा रहेको एक सैनिक ब्यारेक भत्किँदा २३ रसियाली सैनिकको मृत्यु भएको छ ।
रसियाली प्रतिरक्षा मन्त्रालयका प्रवक्ताले सोमबार दिएको जानकारीमा अन्य तीन सैनिक बेपत्ता भएको जनाइएको छ ।

सो भवन भत्किएका भग्नावशेषबाट ३९ व्यक्तिलाई उद्धार गरिएको र ती मध्येकै २३ जनाको मृत्यु भएको प्रवक्ता आइगार कोनासेन्कोभले बताए । बाँकी १९ जनाको उपचार भइरहेको बताइएको छ ।
सोमबार बिहान सबेरै सो भवनको भग्नावेशषमा पाँच सैनिक बेपत्ता हुृनुको साथै भग्नावेशेषबाट उद्धार गरिएका १९ जना उपचारार्थ अस्पतालमा भर्ना गरिएको थियो ।
तालीमकालागी ३०० सैनिक रहेको उक्त भवन भत्कनुका कारणा स्पस्ट हुन  सकेको छैन ।
बेपत्ता सैनिकहरुको खोजीकार्य भइरहेको बताइएको छ । पूर्वी मस्काबाट करिब दुई हजार २०० किलोमिटर टाढा पर्ने ओमस्क सहरमा रहेको चारतले सो सैनिक भवन भत्किएको बताइएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । पछिल्लो समय प्रविधिको विकाससँगै फ्रिज प्रयोगकर्ताहरु धेरै छन् । हरेक खानेकुरालाई ताजा राख्न फ्रिजको प्रयोग गर्ने गरिन्छ । तर, एक स्वास्थ्य रिपोर्टअनुसार सबै खानेकुरा फ्रिजमा ताजा नरहने कुरा पत्ता लागेको छ ।
झन ति खानेकुरा खाँदा मानिसमा विभिन्न प्रकारका रोगहरु लाग्ने बताइको छ । हाम्रो समाजमा अधिकांशले खानेकुरा ताजा राख्न फ्रिज प्रयोग गर्ने गर्छन् । तर यी सात बस्तुलाई फ्रिजमा राख्न नहुने चिकित्सकहरुले बताएका छन् । थाहा पाउनुहोस् :
टमाटर : टमाटरलाई फ्रिजमा राख्नाले यसको स्वाद बिग्रिन्छ । फ्रिजको चिसोले टमाटरको भित्री झिल्ली टुट्छ । जसका कारण यो मुलायम हुन जान्छ ।
तुलसी : तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ । जसले गर्दा अरुको समेत स्वाद हराउँछ । तुलसी पानीमा राख्नुपर्छ ।
आलु : चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा बदलिन्छ । आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ ।
लसुन र प्याज : आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ । लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ ।
जैतुनको तेल : जैतुनको तेल फ्रिजमा राख्नुहुँदैन । कम तापमानमा यो संघनित भएर मही जस्तै गाढा हुन्छ ।
रोटी : धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन् । फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ ।
कफी : कफी कहिल्यै फ्रिजमा नराखौँ । यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ ।
मह : यसको डब्बालाई पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ । मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ ।
अचार : अचारमा भिनेगार धेरै हुन्छ । यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ । एजेन्सी
dainiknepal.com
धरान, असार २८
आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल हिमाल लिम्बूको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।


हिजो राति म्युजिक भिडियो सकेर झापाको जलथल जाँदै गरेको अवस्थामा दमक पूर्व केर्खा नजिकै नम्बर नखुलेको एक ट्रकको ठक्करबाट मृत्यु भएको हो। तेह्रथुम छातेढुंगा स्थायी घर भएका लिम्बूसँगै मोटरसाइकलमा सवार पेम्बा शेर्पाकोसमेत मृत्यु भएको छ। सुटिङकै क्रममा धरानमा रहेका उनी बुबा बिरामी भएको खबर प्राप्त भएपछि बुबालाई हेर्न झापाकेा जलथल जाँदै थिए। त्यही समयमा उनको मृत्यु भएको हो। उनले राम्रीमा राम्री तरुनी, किन किनलगायतका म्युजिक भिडियोमा अभियन गरेका छन्। उनको मृत्युले पूर्वका मोडलहरु स्तब्ध बनेका छन्। मृत्यु भएको पुष्टि निर्देशक लोकन साँवाले गरेका छन्।

यसैबीच धरानमा आइतबार पिकअपले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने सवार घाइते भएका छन्। को. ५ प ६९९३ नम्बरको मोटरसाइकलका चालक धरान १० का ४५ वर्षिय गोबिन्द बिसंखेको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। त्यस्तै पछाडी सवार सशस्त्र प्रहरी हवल्दार मिन बहादुर नेपाली घाइते भएका छन्। धरान उपमहानगरपालिका ५  स्थित छाताचोकमा ना. १. प. १५१० नं. को पिकअपले ठक्कर दिएको थियो।kala.setopati.com/

भिडियो हेर्न तल किल्क गर्नुहोस:
काठमाडौं, २८ असार । नेपालमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रसुवा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो । आज अपराह्न ४ बजेर १ मिनेटमा रसुवालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार रसुवा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ रेक्टर स्केलको हो । रसुवामा भूकम्पको धक्का राम्रैसँग महसुस भएको छ । यसअघि शनिवार दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
dainiknepal.com
काठमाडौँ, २८ असार । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पहिलोपटक भूकम्प पूर्व सूचना यन्त्र जडान कार्य सुरु गरेको छ ।

इन्स्टिच्युट अफ केयर लाइफ नामक चाइनिज संस्थाको सहयोगमा नाष्टले आफ्नै कार्यालय परिसर खुमलटार, काभ्रेको बनेपा र धादिङको धार्केमा यन्त्र जडान गरिसकेको छ ।

भूकम्पको पूर्ण धक्का आउनुभन्दा करिब २० सेकेन्ड अघि (प्रारम्भिक तरङ्ग) को सूचना दिने सो यन्त्र करिब १५ किलोमिटरदेखि २० किमी दूरीभित्र राख्न सकिने नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले जानकारी दिनुभयो ।

चीन, जापानलगायतका विकसित राष्ट्रमा यो यन्त्रको प्रयोग भएको धेरै भइसकेको छ । नेपालमा भने गत वैशाखको ७.६ रेक्टर स्केलको भूकम्प आएपछि मात्रै यो यन्त्रको आवश्यकता बढी महसुस गरिएको हो । यही असारदेखि सो यन्त्र जडानको प्रक्रिया थालिएको हो ।

उपकुलपति पोखरेलका अनुसार यन्त्र जडान गर्न इन्स्टिच्युट अफ केयर लाइफसँग यसअघि ८० यन्त्र जडान गर्न सम्झौता भएको हो । नाष्टको आग्रहमा केयर लाइफले थप ४० यन्त्र जडानका लागि सम्झौता गर्न सहमत भएको छ ।

यस्तो प्रविधियुक्त यन्त्र नेपालमा पहिलो पटक भित्र्याइएको हो । भूकम्पप्रति चनाखो भई मानवीय क्षति कम गर्न यो प्रविधि उपयोगी हुने नाष्टले जनाएको छ ।

यो प्रविधिलाई सर्वसाधारण जनतासामु पु¥याउन एफएम रेडियो, मोबाइल एप्स, अस्पताल र सार्वजनिक ठाउँमा साइरन प्रयोग गर्न सकिने उपकुलपति पोखरेलले बताउनुभयो ।

“नेपालको भौगोलक अवस्थितिका आधारमा यस्ता ३२० यन्त्र क्रमशः देशभर जोड्ने सोचमा छौँ” – उहाँले भन्नुभयो । पूर्व सूचना यन्त्र जडान गर्न प्रतियन्त्र करिब रु २० लाख लाग्छ ।

सो यन्त्रको स्थापनाले मानवीय क्षति न्यून गर्न प्रभावकारी भएको विज्ञको धारणा छ । तर भूकम्पबाट हुने क्षति कम गर्न बलियो भौतिक संरचनाको निर्माण नै पहिलो आवश्यकता हो ।

भूकम्पको जोखिम कम गर्न भौतिक संरचना नै भूकम्प प्रतिरोधी हुनुपर्ने राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीको भनाइ छ ।

“भूकम्पको केन्द्रसँगको दूरी, भौतिक संरचना आदिमा पूर्व सूचना यन्त्रको प्रभावकारिता कति रहने भन्ने निर्भर गर्छ तर भूकम्पीय जोखिम कम गर्ने किसिमको भौतिक संरचना निर्माण नै पहिलो सर्त हो” – उहाँले भन्नुभयो ।

भूकम्प प्रविधि राष्ट्रिय समाजका सञ्चार संयोजक खड्गसेन ओली प्रारम्भिक तरङ्ग आउनासाथ सूचना दिने उक्त यन्त्र जडानले भूकम्पको केन्द्र भएको स्थानभन्दा टाढाका व्यक्ति तथा समुदायलाई विशेष लाभदायक हुने बताउनुहुन्छ । “त्यसका लागि सूचना प्रवाह गर्ने संयन्त्र अत्यन्त प्रभावकारी हुनुपर्छ” – उहाँ भन्नुहुन्छ ।

“बीस सेकेन्डअघि सूचना दिने यो यन्त्रको सङ्केतले मानिसलाई सुरक्षित स्थानमा पुग्न सहज हुने भएकाले मानवीय क्षति घटाउँछ तर भूकम्पबाट हुने नोक्सानी कम गर्न बलियो भौतिक संरचना नै चाहिन्छ” – उहाँले भन्नुभयो ।

भूकम्पविद् डा रमेश गुरागाईंले यन्त्र जडान सकारात्मक भएको बताउनुहुन्छ । “तर त्यसले प्रवाह गर्ने सूचना कुन रुपमा सर्वसाधारणसमक्ष पुग्छ भन्ने कुरा विशेष महत्वपूर्ण छ” – डा गुरागाईंले भन्नुभयो ।

वैशाख १२ को र त्यसपछिका लगातारका परकम्पले करिब नौ हजार मानिसको निधन भइसकेको छ । करिब २२ हजार ५०० घाइते भए भने आठ लाख घरमा क्षति पुग्यो ।

यसअघि १९९० सालमा गएको भूकम्पमा पनि नेपालमा धेरै धनजनको क्षति भएको थियो ।tajakhbar.blogspot.co.i
एजेन्सी । पृथ्वीको महाद्विपीय क्षेत्रमा हामी बसेका छौं । पृथ्वीको दुई तिहाई भूभाग अहिले पनि पानीले घेरिएको छ ।
तर अहिले तिनै महाद्विपीय क्षेत्र पातलो हँुदै गएको र एक दिन पृथ्वी पानी नै पानी हुने चेतावनी दिएका छन् ।
वैज्ञानिकहरुका अनुसार दुई अरब वर्षमा पृथ्वी पूर्ण रुपमा गायब हुन्छ र पूरै पानी नै पानी हुन सक्छ ।
‘न्यु साइन्टिस्ट’ को समाचार अनुसार एक नयाँ वैज्ञानिक अनुमानमा बताइएको छ की पृथ्वीको महाद्विपीय क्षेत्र क्षण बन्दै गइरहेको छ र यही गति कायम रहने हो भने सम्पूर्ण जमीन पानीमा डुब्न सक्छ ।
बेलायतको युनिभरसिटी अफ ब्रिस्टलका ब्रुनो धुइमे र उनका साथीहरुले संसारभरका १३ हजार चट्टानको नमुना संकलन गरेर नमुना परीक्षण गरी पृथ्वीको पत्रीय इतिहासको तुलना गरेका हुन् ।
www.nepalsandesh.com
बास्तोला, १५ वर्षे कोलकाता बसाइँ पछि आफ्ना श्रीमान् र छोरीसँगै अबका दिन नेपालमा नै बिताउन सोच बनाएर फर्केकी छिन् । कोलकातामा रहँदा आफूले गर्न चाहेको कुनै पनि कुरामा सफलता नमिल्दा तनावमा परेकी उनले यसको कारण जान्न इच्छा जाहेर गरिन् । कसैले उनलाई वास्तुशास्त्रको प्रभावले यस्तो भएको बताए । कसैले भनेको भरमा केहि पनि विश्वास नगर्ने उनले वास्तुशास्त्र नै पढी यसको ठाँटी कुरा पत्ता लगाउन सोच बनाइन् । उनी भन्छिन्, ‘सुरुका दिनमा वास्तुशास्त्रप्रति विश्वास नभए पनि यसले मानिसहरुको दैनिकीमा पुर्याउने असरको बारेमा जान्न निकै मन थियो ।

 त्यसकारण यसको अध्ययन नै गर्ने सोच बनाएँ । अध्ययनपश्चात् यसको प्रभावको बारेमा थाहा पाउँदा र स्वयंमले भोग्दा म यसप्रति निकै प्रभावित भएँ ।’ कोलकातामा ज्योतिष र वास्तु विशेषज्ञ भएर काम गरेकी उनले नेपाल आएपछि भने आफ्नै व्यापारका कारण यसमा संलग्न हुन नसकेको बताइन् । उनै ज्योतिष र वास्तु विशेषज्ञ सुमा बास्तोलाले रातापाटीलाई वास्तुशास्त्रसँग सम्बन्धित केहि उपयोगी टिप्स दिएकी छिन् ।

१. पढ्दा के गर्ने ? – पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ – यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ । – घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मनलाग्छ । – परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने ।

२. घरमा के गर्ने के नगर्ने ? – घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ । – पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला । – पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनु होला ।

 वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ । – दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ । – गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख्नुहोला । यसले परिवारमा मनमुटाव पैदा गर्ने गर्दछ । यस्ता तस्बिरहरुको सट्टामा कमलको फूल, महालक्ष्मी, गणेशजस्ता भगवानको तस्बिर राख्नुहोला । –

 घरमा पिपल, बर र अरु जंगली बोट कहिले पनि नरोप्नुहोला । यदि आफैँ उम्रेको खण्डमा त्यसलाई तत्काल उखेलेर फाल्नुहोला । यस्तो बोटबिरुवा घरभन्दा २०० मिटर टाढा हुनुपर्छ । – हात्तिसँग सम्बन्धित केहि पनि वस्तुहरु घरमा नराख्ने । यस्तो सामानहरु घरमा भएमा आयमा कमी हुने, व्यापार डामाडोल हुने, बदनामी भएर जागीर छुट्नजस्ता नकारात्मक असर पर्ने गर्दछ । हात्तीको पुच्छरमा सुनचाँदी मोडेर लगाउनाले ९९ प्रतिशत मानिसहरुलाई नोक्सानी हुन्छ ।

– घरको उत्तर–पूर्वी कोठा सधैँ खुल्ला र सफा राख्नपर्ने हुन्छ । यस कोठाको झ्यालहरु बिहान उठ्ने बित्तिकै खोल्ने गर्नुपर्छ । – क्याकटसजस्ता काँडा भएका बोटहरु घरमा भरसक नरोप्ने । यदि रोप्नै परे पश्चिम तिर रोप्नुहोस् । – ठूला–ठूला बोटहरु रोप्नु छ भने दक्षिणमा रोप्नुहोस् ।

 ३. आमाबुवासँग छोराछोरीको कुरा नमिलेमाः उत्तरपूर्वी कुनामा पहेँलो रङको चिम राख्नाले आमाबुवासँग छोराछोरीको कुरा मिल्ने गर्दछ ।

४. विवाह हुन नसकेको छोरी घरमा भएः – अविवाहित महिला सधैँ उत्तर–पूर्वमा सुत्नुपर्छ । – यदि लामो प्रयासपछि पनि विवाह हुन नसकेको खण्डमा सकिन्छ भने दिनदिनै नभए प्रत्येक बिहिबार केराको जरालाई दुध चढाएर पाकेको केराले नै पूजा गर्नुपर्दछ ।

५. आयमा बढोत्तरीका निम्तिः – घरको मूल व्यक्ति (जसले परिवारको लागि कमाउने गर्दछन्), दक्षिणमा शिर र उत्तरमा खुट्टा राखेर सुत्नुपर्ने हुन्छ । – घरको भर्याङ दाहिने घुमेको हुनुपर्छ ।

६. नवविवाहित जोडिको कोठाः – श्रीमान–श्रीमतीको कोठा दक्षिण पश्चिममा फर्केको हुनुपर्छ । यदि पूर्व–दक्षिण कुनामा नवविवाहित जोडिको कोठा छ भने कोठा परिवर्तन गर्नु नै राम्रो मानिन्छ नभएर सम्बन्ध विच्छेद हुने पक्का छ । वास्तुशास्त्रसँग विस्तृत रुपमा जानकारी लिन चाहनुहुन्छ भने सुमा बस्तोलालाई ९८४३६८८७९५ मा सम्पर्क गर्न सक्नुहुन्छ । www.ratopati.com
काठमाडौं : वैशाख १२ को शक्तिशाली भूकम्पपछि चीनको सिमाना खासामा रोकिएका सयौं कन्टेनर सोमबार बिहान काठमाडौं आइपुगेका छन् ।

गर्मी मौसमका लागि चीनबाट ल्याइएका सामानसहित खासामै रोकिएकामध्ये करिब एक सय कन्टेनर शनिबार काठमाडौं भित्रेका थिए ।


दुर्इ महिनापछि कन्टेनर एकै पटक काठमाडौं आउँदा काठमाडौंको तीन कुनेदेखि सिनामंगलसम्मको सडक सोमबार बिहान १० बजेदेखि १ बजेसम्म ठप्प भयो ।

ती कन्टेनरमा भूकम्प अगाडि नै बच्चाका खेलौना, लुगा, जुत्ता, चप्पल र कस्मेटिक सामान लोड गरिएको छ । एकै पटक कन्टेनर आएपछि एयरपोर्ट भन्सार कार्यालय पनि भरिभराउ भएको छ ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले कन्टेनर आउने क्रम जारी रहेको जनाउँदै अब खासा भन्सारबाट हुने जाँचपास एयरपोर्ट भन्सारको कार्यालयबाट हुने जानकारी दिए ।


‘अर्को विकल्प नभएसम्म एयरपोर्ट भन्सारबाटै जाँच पासको व्यवस्था मिलाएका छौं’, ढुंगानाले भने, ‘खासामा रोकिएका कन्टेनर आउने क्रम केही जारी रहनेछ ।’

भूकम्पअघि सामान लिन पुगेका ५ सय बढी कन्टेनर खासामा रोकिएका थिए । त्यसैगरी लोड नगरिएको करिब ५ सय कन्टेनर सामान पनि भन्सारमा रोकिएको थियो ।
annapurnapost.com
काठमाडौं: कृषि तथा जलस्रोत संसदीय समितिका सभापति गगन थापाले कृषि विकास मन्त्रालय सबैभन्दा बढी भ्रष्ट भएको बताएका छन्। भ्रष्टाचार गर्नकै लागि उक्त मन्त्रालयले कनिका छरेजस्तो प्रत्येक कार्यक्रममा अनुदान, तालिम, कार्यालय सञ्चालन खर्च, गोष्ठीजस्ता योजना कार्यान्वयनमा ल्याएको बताए।

'कृषि मन्त्रालय सर्वाधिक भ्रष्टाचार गर्ने अखडा हो। भ्रष्टाचार गर्नकै लागि मन्त्रालयले हरेक कार्यक्रममा अनुदान, तालिम, गोष्ठी, कार्यालय सञ्चालनको नाममा रकम छर्ने गरेको छ', उनले भने।


खाद्यका लागि कृषि अभियानको सहकार्यमा नेपाल कृषि पत्रकार प्रतिष्ठानले आइतबार राजधानीमा आयोजना गरेको अन्तत्र्रिmयामा थापाले भ्रष्टाचार र अधिकारको दुरुपयोगले गर्दा कृषि कार्यक्रमले लक्षित उपलब्धि हासिल गर्न नसकेको बताए।

'गत वर्ष युवालक्षित कृषि कार्यक्रममा ब्याज अनुदान दिन एक अर्ब बजेट ल्याइएको थियो', उनले भने, ‘तर जम्मा एक लाख १७ हजारमात्र खर्च भएछ । यो वर्ष दुई अर्ब नै बजेट आए पनि के गर्ने ? त्यसको सदुपयोग र उपयोगिता के हुन्छ? '
कृषि मन्त्रालय सर्वाधिक भ्रष्टाचार गर्ने अखडा हो। भ्रष्टाचार गर्नकै लागि मन्त्रालयले हरेक कार्यक्रममा अनुदान, तालिम, गोष्ठी, कार्यालय सञ्चालनको नाममा रकम छर्ने गरेको छ।
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले गरिब किसानका लागि विदेशीसँग पैसा मागिने तर तिनै किसानले सुविधा नपाएको बताए । ‘भूमिहीनलाई बेवास्ता गर्न पाइँदैन', अधिकारीले भने, ‘म अर्थमन्त्रीसमक्ष कुरा राख्छु।'

किसान लक्षित सहुलियत ऋण, अनुदान र बिमा कार्यक्रम ग्रामीण तहमा कार्यरत बैंक, सहकारी तथा सामाजिक संस्थामार्फत नलगेसम्म सफल हुन नसक्ने उनको विश्लेषण थियो।

पूर्वअर्थमन्त्री वर्षमान पुनले बिचौलियाको चलखेलले अनुदान तथा सहुलियत कार्यक्रमले आशातीत नतिजा प्राप्त हुन नसकेको बताए । राष्ट्रिय साना कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले किसानको वर्गीकरण जरुरी भएको बताए।

'नत्र किसानको नाममा उद्योगी विनोद चौधरीले पनि राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाए आश्चर्य नमाने हुन्छ', उनले भने। ललितपुरकी किसान सीता नेपालीले साना किसानले एक पोका बीउमात्र पाउने तर ठूला किसानले करोडौं अनुदान पाउने गरेको गुनासो गरिन्।
www.annapurnapost.com
मलेसिया बाट घर  फर्कन थालेका पाल्पाको कोलडाँडाका दिपक मगर आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
उनलाई झुन्डिएको अवस्थामा देख्दा उनका साथीहरु पनि हेरेकोहेर्रेइ भएका थिय । आफूलार्इ गम्भीर रोग लागे पनि डाक्टर र साथीहरुले आफुलाई ढाँटेको भन्दै केही दिनदेखि मानसिक चिन्तामा परेका उनले अकस्मात झुन्डिएर आत्महत्या गरेका खुलेको छ  । इपोको मेनसिटीस्थित मेरी ब्राउन रेस्टुरेन्टमा काम गरिरहेका उनि मलेशिया गएको मात्र ३ वर्ष भएको थियो। घर फर्कने भन्दै दिपकले आइतबार बजारमा सामान किनमेल पनि गरिसकेका थिए । त्यहिक्रममा उनि बिरामी परेका थिए त्यसपछि उनलाई उपचारका लागि अस्पतालसमेत लगिएको थियो । एक्सरे र ल्याब परीक्षण गर्दा रोग पत्ता नलागे पनि मगरले आफूमा गम्भीर रोग लागेको बताउँदै आएका थिए ।दिपकको शव नेपाल पठाउने प्रकृया थालिएको छ ।
तस्विर - अन्नपुर्ण पोस्ट
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आम्दानि भन्दा खर्चको मात्रा बढ्नाले असंतुलता आउनेछ,बहुमुल्य बस्तु हराउन सक्छ,मनमा खराब बिचारले जरा गाढ्नाले प्रतिकुल अबस्था आउन सक्छ,बोलीको शक्ति बढे संगै मनग्य फाइदा उठाउन सक्ने देखिन्छ ।




वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
रमाइलो दिन रहनेछ,मन पारेका बस्तु उपभोग गर्न पाइनेछ,सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ,रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ,महत्वाकांक्षी सोच बढ्नाले पुरा गर्न भने केहि कठिनाइ हुनेछ मिष्ठान्न भोजनको सु-अवसर पनि प्राप्त हुनेछ।





मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
पारिवारिक स्वास्थ्यमा खर्च बढ्नेछ,दाम्पत्य सम्बन्धमा नि:रसता छाउन सक्छ,निर्णय क्षमतामा ह्रास आउनाले निर्णयहरु बिबादित हुन सक्छन्,बाहन तथा मेसेनेरी बस्तुबाट चोट-पटकको भय देखिन्छ, निकै साबधानी अपनाउनु होला।





कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  


शरीरमा स्फूर्ति बढ्नेछ,नंया ठाउमा घुमघाम गर्ने अवसर मिल्नेछ,धनार्जन गर्ने अवसर मिल्नुका साथै नंया मित्र संगको भेटघाटमा समय बित्नेछ,नोकरीमा आएको अनाबस्यक तनाब बिस्तारै घट्नेछन्,मन प्रशन्नता बढ्नेछ।




   
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
ब्यबसायिक पाटो सबल रहनेछ,लामो यात्राको आरम्भ हुनेछ,सहयोगको आदान प्रदान गरिनेछ,देश बाहिरका व्यक्ति हरुबाट सहायतामा वृद्धि हुनेछ,प्रतिष्ठित व्यक्ति सग भेटघाटको अवसर मिल्नेछ सामाजिक र राजनैतिक रुपमा सफलता हात लाग्नेछ।





कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
धर्म कर्ममा समय व्यतित हुनेछ,व्यक्तिगत भन्दा सामाजिक समस्याको चिन्ताले सताउनेछ, मान्यजनको सहयोग र सद्भावमा बढोत्तरी हुनेछ,मुद्दामामिला बाट छुटकारा मिल्नेछ, लामो र रमाइलो यात्रा गर्ने अवसर मिल्न सक्छ।





तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
दुर्घटना हुन सक्ने सम्भावाना ज्यादा देखिन्छ,सकभर लामो यात्रामा ननिस्कनु बुद्धिमानी हुनेछ, रिस बढ्ने हुदा असहज परिस्थितिको सिर्जना हुन सक्छ,आफन्तको सहयोगमा कमि आउनेछ गणेश भगवानको दर्शन पूजा गरेरमात्र अगाडी बढ्नु होला ।





वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
पारिवारिक सम्बन्धमा सुधारको संकेत देखिनेछ,पढाइ लेखाइ तथा शैक्षिक कार्यक्रममा कमि आउनेछ, बैदेशिक तथा लामो यात्राको सम्भाबना देखिन्छ,नंया सवारी साधनको प्राप्ति हुन सक्नेछ, प्रेम प्रशंगमा मिथासता थपिनेछन।





धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
तपाइको कामको मुल्यांकन हुनेछ,उपहार तथा पुरस्कार पाउने समय छ,स्वास्थ्यमा सुधार आउनेछ, शत्रु पक्ष बलियो रहेता पनि मुकाबिला गर्ने शक्ति बढ्नाले खासै नोक्सानी गर्न सक्ने छैनन्,मावली संगको सम्बन्धमा भने केहि तिक्तता आउनसक्ने देखिन्छ ।





मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
कलाकारिता र खेलकुद क्षेत्रमा पदक र प्रतिष्ठा मिल्नेछ,सन्तानको प्रगतिले मनमा बिशेष सुखको अनुभूति हुनेछ,नोकर तथा सहयोगीको साथमा परिपक्कता आउनेछ, खानपानमा खराबी आउनाले पेट सम्बन्धि समस्याले सताउन सक्छ,सन्तान सुख मिल्नेछ।





कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मानसिक चिन्ता बढ्नेछ भने भौतिक तथा आध्यात्मिक सुखमा कमि आउनेछ,स्वास्थ्यमा प्रतिकुलता आउन सक्ने देखिन्छ, निर्णय शक्तिमा कमजोरी देखिनुको साथै आफन्त संग मनमुटाब हुन सक्ने देखिन्छ,सफलता प्राप्तिको लागि गोपनियता आबस्यक देखिन्छ।





मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
साथिभाइ संगको भेटघाटमा समय बित्नेछ,उपहार तथा पुरस्कार पाइनेछ,बहुमुल्य बस्तुको प्राप्तिले मन प्रफुल्लित रहनेछ,भोज भतेर र मनोरन्जनात्मक भेटघाटको अवसर मिल्नेछ,पढाइ लेखाइमा सामान्य प्रगति हुने देखिन्छ।onlinepatrika.com

मुम्बई । बलिउडका सुपरस्टार अभिनेता सलमान खान अहिले चर्चामा छन् । फिल्म ‘बजरंगी भाईजान’ प्रदर्शन मिति नजिकिँदै जाँदा सलमान प्रमोशन व्यस्त हुँदा बलिउड बजारमा उनको चर्चा भइरहेको छ ।
फिल्म ‘बजरंगी भाईजान’ आउँदो शुक्रबार प्रर्दशनमा आउँदैछ । त्यसैगरी सलमानले एक नयाँ फिल्म निर्माण गरेका छन् । नाम हो ‘हिरो’ । जसलाई सुभाष घईसँग मिलेर सलमानले संयुक्त रुपमा निर्माण गरेका हुन् । निर्देशन निखिल आडवाणीले गरेका छन् ।
फिल्ममा सलमानले बलिउडका अर्का अभिनेता सुनिल सेट्टीकी छोरी अतिया शेट्टीलाई डेब्यु गराएका छन् । यसअघि दबंग फिल्मबाट अभिनेता शत्रुधन सिन्हाकी छोरी सोनाक्षी सिन्हालाई बलिउडमा भित्र्याएका सलमानले नै सुनिलकी छोरी अतिया शेट्टीलाई भित्र्याएका हुन् । अतियासँगै फिल्म ‘हिरो’मार्फत अभिनेता आदित्य पन्चोलीका छोरा सुरज पन्चोलीलाई पनि सलमानले बलिउडमा प्रवेश गराएका छन् ।
फिल्म ‘बजरंगी भाईजान’को रिलिजपछि सलमान ‘हिरो’ को प्रमोशनमा जुट्ने भएका छन् । फिल्म ‘हिरो’ आगामी ४ सेप्टेम्बरमा रिलिज हुँदैछ । एजेन्सी
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home