• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
मुम्बई । रणबीर कपुर र कट्रिना कैफ एउटै घरमा बस्न थालेको कुरो सामान्य भैसक्यो । उनीहरुले स्वीकारुन् वा नस्वीकारुन, रणबीर-कट्रिनाको माया प्रेम झन-झन गढा हुँदै आएको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ ।
पछिल्लो समय रणवीरले शरीरको वेवास्ता गरेको भन्दै कट्रिनाले रणबीरकै लागि भनेर विदेशवाटै प्रशिक्षक झिकाएकी छिन् । अब तिनै प्रशिक्षकले रणबीरलाई प्रशिक्षण दिने भएका छन् । र, रणबीर पुरै फिट हुनेछन् ।
रणवीरले आफ्नो शरीर मेन्टन नगरेकोमा चिन्तित कट्रिनाले चिनजानकै प्रशिक्षण झिकाएकी हुन् । जोसँग बिगतमा उनले प्रशिक्षण लिएकी थिईन् ।
अहिले पनि बलिउडमा कामुक नायिका भनेर चिनिने कटि्रना नियमित ब्यायाम कै कारण यति चुस्त भएको बताईन्छ । यस अघि ‘जग्गा जाशुस’ भन्ने फिल्ममा दुबैले साथसाथ फिटनेस प्रशिक्षण लिएका थिए ।

तसर्पु (धादिङ) : विद्यार्थी र तिनका अविभावकलाई नि:शुल्क भोजन गराउँदै आएको प्रेम सागर फाउन्डेसनले एक वर्ष यता एक लाख नौ हजार जनाभन्दा बढीलाई भोजन गराएको छ। तसर्पु गाविसको दामेचौरमा सञ्चालित जनभोजनमा दैनिक करिब पाँच सय जनाले नि:शुल्क भोजन गर्दै आएका छन्।

जनभोजनको वार्षिकोत्सव समारोहमा उक्त संस्थाका उपाध्यक्ष प्रेमराज ढुंगेलले दिएको जानकारी अनुसार, एक वर्षभर खाना खुवाएबापत ५५ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ। त्यसमध्ये १६ लाख ३१ हजार रुपैयाँ नेपालीको सहयोगबाट उठेको हो। बाँकी २८ लाख रुपैयाँ भने प्रेम रावत फाउन्डेसनबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए।


उपाध्यक्ष ढुंगेलका अनुसार, एक छाक खानाका लागि दैनिक २५ हजारजति खर्च हुने उक्त संस्थामा ९० जना नेपालीले वर्षको एक दिन खाना खुवाउन सहयोग गर्दै आएका छन्। यस्ता सहयोगी हातहरू ३ सय ६५ जना भएमा तसर्पुको जनभोजन आफैं सञ्चालित हुने र तराईका पिछडिएको समुदायलाई लक्षित गरी अर्को ठाउँमा पनि जनभोजन खोल्ने लक्ष्य रहेको उनले बताए।

नौबीसे बजारबाट १६ किलोमिटर दक्षिण त्रिभुवन राजपथमा पर्ने उक्त ठाउँमा वर्षको ३ सय ६५ दिन नै स्कुले विद्यार्थीका लागि बिहानको भोजन गराउँदै आएको छ। २०६५ चैत २८ गते प्रेम रावतले उद्घाटन गरेको उक्त संस्थामा ६ वर्षदेखि नियमित भोजन गराउँदै आएको छ।

शनिबार ६ वर्ष पूरा गरेको जनभोजनले अहिलेसम्म ६ लाख २८ हजारलाई भोजन गराइसकेको छ। दुईवटा माध्यमिक र तीनवटा प्राविमा पढ्ने विद्यार्थी नियमित भोजन गरी विद्यालय जान्छन्।

 १८ रोपनी क्षेत्रफलमा फैलिएको फाउन्डेसनमा दैनिक ७० किलो चामल र त्यत्तिकै परिमाणमा तरकारी खपत हुने गरेको छ। तामाङ बाहुल्यता रहेको उक्त गाविसमा केही चेपाङ र दलितको पनि बसोबास छ। विद्यालयमा खस-आर्य समुदायका विद्यार्थी एक प्रतिशतभन्दा पनि कम छन्।

वार्षिकोत्सव समारोहमा करिब एक हजार अविभावक, शिक्षक र विद्यार्थी सहभागी थिए। अधिकांशले त्यस क्षेत्रको शिक्षा, कृषि र स्वास्थ्यमा फाउन्डेसनले योगदान गरेको बताएका थिए।

संस्थाका महासचिव डोरनाथ न्यौपानेका अनुसार, खानाको गुणस्तरमा एक रुपताका लागि संस्थाले जिन्सी सहयोग लिने गरेको छैन। संस्थामा काठमाडौं, पोखरा, हेटौंडालगायतका स्वयंसेवी आएर सहयोग गर्ने गरेका छन्।

मानव जीवनमा शान्तिका लागि संसारका विभिन्न स्थानमा गएर प्रवचन दिने प्रेम रावतको सहयोगमा सञ्चालन हुँदै आएको यस्तै भोजनगृह नेपालबाहेक भारतको राँची र घानामा सञ्चालित छन्।

काठमाण्डौं/काभ्रे, चैत्र २९ - पनौतीको सडकमा हिडिरहेका दुई किशोरीमाथि प्रहरीले बलात्कार गरेको खुलासा भएको छ । सिविन बालिका शान्तीगृहबाट भागेका १५ र १७ बर्षीया किशोरीलाई पनौती बसपार्कको प्रहरी बिट छेउमा प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले बलत्कार गरेका हुन् ।

काभ्रे प्रहरीले हवल्दार राउत र जवान साहलाई शुक्रबार पक्राउ गरी हिरासतमा राखेको छ । काभ्रे प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) पूजा सिंहले आइतबार जबरजस्ती करणी मुद्दामा म्याद थप पश्चात अनुसन्धान गरिने बताइन् ।

गत चैत २५ गते राती प्रहरी साढे १० बजे राति सिविनको शान्ति गृहबाट तीन किशोरी भागेका थिए ।  उनीहरु भाग्दै पनौती बसपार्क पुगे । सडकमा लठ्ठी बोकेर बसेका प्रहरीले तीन किशोरीलाई रोकेर सोधपुछ गर्न थाले । उनीहरुले किशोरीलाई पक्राउ गरेर प्रहरी चौकी लैजाने भन्दै धम्क्याएको स्रोतले बतायो । स्रोतका अनुसार यौनसम्पर्क राख्न दिने भए नपक्रिने भन्दै प्रहरीले ति किशोरीलाई धम्क्याएका थिए । 'बालिकाले जे सुकै गर्नु तर प्रहरी चौकी नलैजानु भनेका थिए' एक प्रहरी अधिकारीले भने 'तीनमध्ये एक जनालाई छाडेर बाँकी दुई जनालाई बलात्कार गरेछन् ।' भागेकी अर्की किशोरी सडक किनारमा उभ्याइएकी थिईन् । यस्ता सुधार गृहमा आमा बाबु नभएका, असहाया र हिंसामा परेको स्थलबाट उद्धार गरिएका किशोरी र बालिका राखिन्छ ।

काभ्रे प्रहरीका अनुसार उनीहरुले दुई किशोरीलाई बसपार्क छेउको खाली र सुनसान चौरमा लगेर बलात्कार गरेपछि छाडिदिएका थिए । आधारातमा त्यहाँबाट निस्किएका किशोरीहरु काठमाडौं आईपुगे । यता आफ्नो शान्तीगृहबाट हराएका किशोरीहरु सीवीनले खोजी गरिरहेको थियो ।

शुक्रबार बिहान ति किशोरी ठमेलमा फेला परेका थिए । ठमेलबाट उनीहरुलाई सीवीनले लिएर गएको थियो । उनीहरुसंगको सोधपुछका क्रममा भागेकै दिन प्रहरीले बलात्कार गरेको रहस्य खुलेको थियो । सीवीनले महिला बालबालिका सेवा केन्द्र कालिमाटीमा ति किशोरीलाई लिएर गई अनुसन्धानको माग गरेको थियो ।

काभ्रे प्रहरीमा खबर गरेपछि त्यहाँका प्रहरी नायब उपरिक्षक राजकुमार केसीको संयोजनमा छानबीन समिती गठन गरियो । प्रारम्भिक छानबीनबाट प्रहरी दोषी देखिएपछि निलम्बन गरेर कारबाही सुरु गरिएको एसपी सिंहले बताइन् । स्रोतका अुनसार किशोरीहरुले प्रहरी नै हुन् या होईनन् यकिन नगरी हातमा लठ्ठी बोकेका ब्यक्तिले बलात्कार गरेको बताएका थिए ।

क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका प्रमुख नायब महानिरीक्षक -डीआईजी) देबेन्द्र सुवेदीले दुई जना प्रहरीले अत्यन्तै निन्दनिय अपराध गरेको बताए । 'अत्यन्तै लज्जास्पद घृणित अपराध हो, रक्षक नै भक्षक भएकोमा पिडा बोध भएको छ' उनले भने 'दोषीलाई कडा कारबाही गरी यस्ता घटना दोहोरीन नदिन कोसिस गर्नेछौं ।'

उनले आरोपीद्धयलाई जबरजस्ती करणीका साथै प्रहरी सेवा ऐन अनुसार समेत कारबाही गरिने बताए । पर्सा घर भएका हवल्दार २०५४ सालमा प्रहरीमा भर्ना भएका थिए । रौतहट घर भएका साह २०६४ मा प्रहरीमा भर्ना भएका थिए । मुलुकी ऐन जबरजस्ती करणीको महल अनुसार १४ बर्षदेखि माथी १६ बर्षभन्दा कम उमेरका किशोरीलाई बलत्कार गरेमा ६ बर्ष देखी १० बर्षसम्मको कैद सजाय तोकिएको छ । १६ बर्षभन्दा माथी २० भन्दा कम उमेरकी युवतीलाई बलत्कार गरे ५ बर्षदेखी ८ बर्षसम्म कैद सजाय तोकिएको छ ।
कतार । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै विदेशिने महिलाहरुको संख्या पनि उल्लेख्य रहेको छ ।
पतिलाई स्वदेशमै छाडेर विदेशिने महिलाहरु पनि कम छैनन् । तर स्वदेशमा भएको पति र परिवार छाडेर विदेश जाने महिलाहरु अर्केसँग प्रेममा परेको र त्यसकै कारण प्राणै त्यागेको घटना भने कम छन् ।
तर वैदेशिक रोजगारीका लागि कतार पुगेकी मकवानपुरकी रिना थापामगर भने कतारमै काम गर्ने कास्कीका श्याम थापासँग प्रेममा परेर दुवै जनाले आत्महत्या गरेकी छन् ।
घरमा फोन गरेर उनले श्रीमान्लाई आफूले गल्ती गरेको र आत्महत्या गर्न लागेको सुनाएकी थिइन् । तर पतिले भने आत्महत्या नगर्न र उसैसँग विवाह गरेर खुसीसाथ बस्न आग्रह गरेपनि उनीहरु एक होटलमा मृत भेटिएको जनाइएको छ ।
कतारको होटलमा काम गर्ने रिना र सेक्युरिटी गार्ड रहेका श्याम दुवैको शब अस्पतालमा राखेर अनुसन्धान जारी राखिएको छ ।

२९ चैत, काठमाडौ । राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवले आफू संविधानको प्रतीक्षामा रहेको बताएकी छन् । उनले संविधान आएपछि आफूले वर पाउने आशा गरेकी छन् ।
नयाँ पत्रिकासँगको कुराकानीमा राष्ट्रपतिकी छोरी अनिताले आफू कसैसँग प्रेममा नपरेको बताइन् । विवाहका लागि अनुकूल समय मिल्नुपर्ने भन्दै उनले यो संयोग भएको बताइन् । आफ्नो भाग्यले नै मागी विवाह वा प्रेम विवाह हुने भन्नेबारे निर्धारण गर्ने उनको भनाइ छ ।
आमाको निधनपछि विचलित भएका बुबालाई आफैले सम्हालेको भन्दै उनले भनिन् ‘आमाको निधनपछि बुबा धेरै विचलित हुनुहुन्थ्यो । अहिले पनि भन्नुहुन्छ मलाई क्लिनिकबाट घर र्फकन मन लाग्दैनथ्यो । तिमीलाई सम्झेर घर फर्कन्थे ।’
बुबाले अहिलेसम्म नकुटेको भन्दै अनिताले भनिन् ‘म बच्चा छँदा उहाँले घरका ठूलालाई गाली गर्दा म सुरुमै रोइसकेकी हुन्थेँ । अब मेरो पालो आउँछ भन्ने लाग्यो ।’
बुबाका लागि मीठो, चोखो खाना पकाउने अनिताले पाहुना आएको बेला भान्साको काम पनि आफैं गर्ने गरेकी छन् । अनिता भन्छिन् ‘कहिलेकाहीँ म आफैं भान्सा हेर्छु । पाहुना आउँदा प्रायः आफैं जुट्छु । आफैं जुट्न पाइन भने चिल्लो पिरो कम गर्न भन्छु । सबैका लागि नसके पनि बुबाका लागि मीठो र चोखो पकाउँछु ।’
आफ्नो गार्डेनमा आधा घन्टा घुमघाम गर्ने उनी स्वास्थ्यलाई ख्याल गर्दै योगा गर्ने गर्दछिन् । घुमघाममा उनको विशेष रुची रहेको छ ।

काठमाडौं : बहराइनले नेपाली कामदारलाई क्षमता र सीपअनुसार मासिक डेढ लाख रुपैयाँसम्म तलब दिने भएको छ।

नेपाली कामदार इमान्दार भएकाले उनीहरूलाई बहराइनमा रोजगारीमा जान उत्प्रेरित गर्ने उद्देश्यले आकर्षक तलब सुविधा दिन बहराइन तयार भएको हो।


दक्ष कामदारलाई मासिक डेढ लाख तलब दिन बहराइनले लिखित समझदारी गरेको छ।

बहराइनका श्रम बजार नियामक निकायका प्रमुख असमान अब्दुल्ला अलवासीले केही दिनअघि गरेको नेपाल भ्रमणका बेला दुवै देशबीच त्यहाँ जाने नेपाली कामदारलाई न्यूनतम तलबसुविधा दिने सहमतिमा हस्ताक्षर गरेका हुन्।

यसअघि बहराइन जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको भए पनि कार्यान्वयन हुन सकेको थिएन।

बहराइनले अबदेखि आफ्ना मुलुकका रोजगारदाताले तोकिएको तलब र सुविधा दिएनदिएका बारेमा सूक्ष्म अनुगमन गर्ने विश्वाससमेत नेपाललाई गराएको छ।

अब अर्धदक्ष कामदारले पनि मासिक ४० हजार रुपैयाँ कमाउन सक्ने श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ

काठमाडौं : जुवा खेलाइरहेका बेला कोटेश्वरस्थित एक घरमा प्रहरीले छापा मारेपछि उम्किन खोज्दा एक जनाको ज्यान गएको छ।

प्रहरले शनिबार छापा मारेपछि आफ्नै घरमा जुवा खेलाइरहेका ५९ वर्र्षीय झपटबहादुर शाहीले तीन तलामाथिबाट हाम फालेका थिए।

प्युठान । आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्यूठानमा एक जना पक्राउ परेका छन्। १२ वर्षकी छोरीलाई बलात्कार गरेको भन्दै स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।

 अभियोग लागेका हंशपुर-८, का रमेश सुनारलाई अस्थायी प्रहरी पोष्ट बड्डाँडाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो। आमाले दोस्रो बिहे गरेपछि पिडीत बालीका आफ्नो बुबा र हजुरआमासँग बस्दै आएकी थिइन् । अभियुक्त सुनारले आफ्नै १२ वर्षीय छोरीलाई यसअघि पनि करणी गरेको अभियोग लागेको छ।


बुधबार बेलुका जबरजस्ती करणी गर्न खोज्दा छोरीले नमानेपछि बुबाले उनलाई कुटपिट गरेपछि यो घटना बाहिर आएको हो। अहिले जिल्ला प्रहरीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान थालेको प्यूठान प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले बताए।

 पिडित बालिकालाई जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षणका लागि लगिएको छ। अभियुक्तलाई अभियोग पुष्टि भएमा ८ वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने अधिवक्ता एवं जिल्ला बालकल्याण समितिका अध्यक्ष मेघराज भट्टले जानकारी दिए।

अभियुक्त पीडीत बालिकाको सहोदर बुबा भएकाले हाडनाता र जबरस्ती करणीसम्बन्धी मुद्दा लाग्ने कानुनी प्रावधान छ।
काठमाडौं । घट्नाका पीडित किशोरीहरुलाई ५० हजार रुपैंया छात्रवृत्ति नयाँ वर्षको अवसर पारेर मोबाइल हबको रुपमा चिनिएको पाको न्यूरोड क्षेत्रमा शनिबारदेखि मोबाइल कार्निभल २०१५ औपचारिक रुपमा शुरु भएको छ।

 पाको युथ क्लबको आयोजनामा शुरु भएको कार्निभलको उद्घाटनकार्यक्रमकी प्रमुख अतिथि एसिड घट्नाकी पीडित किशोरी सिमा बस्नेतले थिईन्। कार्निभलको उद्घाटन गर्दै किशोरी सिमा बस्नेतले एसिडबाट आफू पिडित भएपनि आगामी दिनमा अझै ससक्तरुपमा जिवन शुरु गर्ने बताईन्।


उनले पाको यूथ क्लबको नेतृत्वमा दिएको सहयोग रकम भविश्यमा उच्च शिक्षामा सदुपयोग गर्ने बताइन्। मोबाइल कार्निभल २०१५ को उदघाटनको अवसर पारेर कार्निभल आयोजकको तर्फबाट एसिड घट्नामा पीडित किशोरीहरु संगीता मगर तथा सीमा बस्नेतलाई उच्च शिक्षाको लागि छात्रवृत्ति रकम अन्तर्गत ५० हजार रुपैंया नगद सहयोग हस्तान्तरण गरेको छ।

 क्लबका अध्यक्ष अमृत मानन्धर तथा टेलि टू प्रा लिका अध्यक्ष पुरुषोत्तम बस्नेतद्धारा सिमा बस्नेत तथा संगिता मगरका आमालाई प्रतिव्यक्ति २५ हजार रुपैंया तथा हुवावेको स्मार्टफोन प्रदान गरियो। संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मगर र बस्नेतलाई कुल ५० हजार रुपैंया संयुक्त रुपमा प्रदान गरिएको हो।

 उदघाट्न कार्यक्रममा टेलि टूका अध्यक्ष पुरुषोत्तम बस्नेतले कार्निभलमा व्यवसायका साथै सामाजिक कार्यअन्तरगत एसिड घट्नका पीडित दुईजना किशोरीहरुलाई सहयोग समेत बताएका थिए ।
काठमडौं,चैत २९ – वैदेशिक रोजगारीका लागि इजरायल पुनः खुला भएको छ। लामो समयको स्थगनपछि अब त्यहाँ सरकार आफैले निःशुल्क कामदार पठाउने भएको हो ।

वार्षिक १४ हजार डलर भन्दा बढी कमाइ हुने र कामदार सुरक्षीत रहने हुनाले इजरायल नेपालीहरूको रोजाइमा परेको हो। यसका लागि उनीहरूले सरकारले स्वीकृति दिएका प्रशिक्षण केन्द्रबाट घरेलु कामदारको तालिम लिएको हुनुपर्नेछ। कामदारको अन्तिम छनोट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ। छनोटमा कामदारको अंग्रेजी भाषा, उमेर,उचाइ, स्वास्थ्य, तौल सबै हेरिनेछ ।
नेपाली कामदार सरकारी स्तरमा पठाउन इजरायलले पठाएको सहमतिको अन्तिम पत्र शुक्रबार परराष्ट्र हुँदै श्रम मन्त्रालयमा पुगेको छ। इजरायलले वार्षिक १ हजार ५ सय जना लिने जानकारी दिएको छ ।
नेपाली म्यानपारव कम्पनीले कामदारबाट १० लाख रुपैयाँभन्दा बढी असुलेको भन्दै ७ वर्षअघि इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । पछिल्लो समय इजरायलले सरकारीस्तरमा निःशुल्क कामदार लिने प्रस्ताव गरेअनुसार सहमति हुन लागेको हो ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
एजेन्सी)– शेक्सपियरले एकपटक भनेका थिए, ‘नाममा के राखेको छ’ ? तर हाम्रो जिन्दगीमा नामले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । तपाईंको नामले तपाईंको व्यक्तित्वलाई परिभाषित गर्ने गर्दछ
। कहिले काँही त तपाईंको नामले तपाईंको भाग्यलाई प्रतिबिम्बित समेत गर्ने गर्दछ । नामले निकै प्रभावशाली ढङ्गले तपाईंको व्यक्तित्वलाई प्रभावित गर्ने गर्दछ । तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के – कस्ता कुराको सामना गर्नसक्नुहुन्छ । नाममा त्यो शक्ति हुन्छ जसले तपाईंको जीवनलाई आकार लिनमा मद्दत गर्दछ । आउनुहोस्, तपाईंको नामको पहिलो अक्षरको के अर्थ हुन्छ थाहा पाऔँ ।




 A यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष स्थानमा पुग्ने गर्दछन् ।



  B B अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन् त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् । यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् । उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर बस्ने गर्दछन् ।


 C यस्ता व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनिहरुलाई स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन् । यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ । हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै सफल हुने गर्दछन् ।

  D यी व्यक्तिहरु आफैँ बनेका मानिसमा गनिन्छन् । यिनीहरुमा सरस्वती र लक्ष्मी दुबैको कृपा परेको हुन्छ । यिनिहरुसँग यदि तपाईं बस्नुहुन्छ भने तपाईंले केहि नयाँ कुरा सिक्ने मौका पाउनुहुन्छ । तर आफ्नो जिद्दी प्रकृतिका कारण मानिसहरु यिनीहरुलाई घमण्डी भन्ने गर्दछन् ।



    E यस्ता व्यक्तिहरु निकै बोल्ने गर्दछन् र निकै रमाइलो व्यक्तित्वका हुन्छन् । जिन्दगीलाई निकै सजिलो तरिकाले जिउने मन पराउने यिनीहरु धेरै चिन्ता गर्दैनन् । यस्ता व्यक्तिहरुसँग आफूले चाहेको जत्तिकै शिक्षा, व्यवसाय र पैसा हुने गर्दछ । यिनिहरु सधैँ खुसी हुने गर्दछन् ।


   F नामको अगाडि यो अक्षर भएका मानिसहरु निकै दयालु हुने गर्दछन् । यिनीहरु आफ्नो सबै काम निकै मन लगाएर गर्ने गर्छन् । यिनिहरु निकै सहयोगी, आकर्षक र रोमान्टिक हुने गर्दछन् ।


   G यस्ता मानिसहरु सफा मनका र सिधा बिचारका हुने गर्दछन् त्यसकारण यिनीहरुलाई धेरै मानिसहरुले धोका दिने गर्दछन् । यिनिहरु कहिले पनि आफ्नो गल्ती दोहोराउँदैनन् बरु यसलाई लिएर अगाडि बढ्ने गर्दछन् र यसमा उनीहरु सफल पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुको धेरै साथी हुँदैनन् र यिनीहरुलाई शान्त ठाउँमा बस्न मनपर्छ । निकै आत्मविश्वासी हुने यिनिहरुलाई जब रिस उठ्छ तब उनीहरु के गर्छन्, उनीहरुलाई नै थाहा हुँदैन । यिनीहरुलाई कम बोल्ने मानिसहरु मनपर्छ ।

  H यस्ता व्यक्तिहरु संकोची र संवेदनशील हुने गर्दछन् । यिनीहरुलाई रहस्यमयी पनि भन्ने गरिन्छ किनभने यिनीहरु आफ्नो कुरा कसैलाई पनि बताउँदैनन् । यिनीहरुलाई आत्मसम्मानको निकै चिन्ता हुने गर्दछ र दिमाग निकै तेज हुने गर्दछ । यिनीहरु राजनितिक वा प्रशासनिक क्षेत्रमा देखा पर्ने गर्दछन् । यिनीहरु आफ्नो पैसा आफ्ना लागि मात्र खर्च गर्ने गर्दछन् ।

 I यस्ता व्यक्तिहरु निकै हिम्मती हुने गर्दछन् र साँचो कुरा भन्नलाई यिनीहरु कहिले पनि डराउँदैनन् । यिनीहरु निकै स्टाइलिस पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुले फेसन र रचनात्मक क्षेत्रमा निकै राम्रो काम गर्ने गर्दछन् ।

 J यस्ता व्यक्तिहरु बाहिर जति राम्रा देखिन्छन् भित्रि रुपमा पनि त्यति नै राम्रा हुन्छन् । यिनीहरु आफ्ना पार्टनरसँग निकै इमान्दार हुने गर्दछन् । आफूले भनेको कुरालाई जसरी पनि हाँसिल गर्ने यिनीहरुसँग पैसा, मायाजस्ता चिजहरु निकै धेरै मात्रामा हुने गर्दछ । जसले यी व्यक्तिहरुलाई जीवनसाथीको रुपमा पाउँछ, पाउने व्यक्तिले आफूलाई भाग्यमानी सम्झिँदा पनि हुन्छ किनभने ती व्यक्तिले यस्तो व्यक्ति पाउँदैछ जोसँग सबै कुरा छ ।

               K बोल्दा नसोची बोल्ने यिनिहरु आफ्नो फाइदाको लागि कुनै पनि हदसम्म जान सक्छन् । मानिसहरु यिनिहरुसँग डराउँछन् र आफ्नो कुरा भन्न डराउँछन् । यिनिहरुलाई जीवनमा जोखिम लिन आउँछ । हेर्दा यिनीहरु निकै राम्रा हुने गर्दछन् ।

                          L यस्ता व्यक्तिहरु कसैलाई पनि नराम्रो सोच्दैनन् । यिनीहरुलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । सानो सानो कुराहरुले नै यिनीहरुलाई खुसी बनाएको हुन्छ र यिनीहरु धेरैजसो खुसी नै हुने गर्दछन् । पैसाको कमी कहिले पनि नहुने यी व्यक्तिहरुलाई विशेष व्यक्तिको धड्कन बन्न मनपर्छ ।                        
    M यस्ता व्यक्तिहरु निकै जिद्दी हुने गर्दछन् । केहि कुरालाई यिनीहरुले समातेको छ भने कहिले पनि छोड्दैनन् । साधारणतया यस्ता व्यक्तिहरु राजनितिमा बढि देखिन्छन् । यिनीहरु राम्रो वक्ता र राम्रो लेखक हुन् । सधैँ गहिरो चिन्तनमा डुबिरहेने यस्ता व्यक्तिहरु र निकै भावुक हुने गर्दछन् ।
           
            N यिनीहरु कुनै पनि कुरासँग चाँडै नै बोर हुने गर्दछन् । स्वतन्त्र विचारधाराका यी व्यक्तिहरु सधैँ आफ्नो बारेमा मात्र सोच्ने गर्दछन् । संसारका सबै कुरा पाउने इच्छा भएका यस्ता व्यक्तिहरु निकै स्वार्थी पनि हुने गर्छन् ।
                            O यस्ता व्यक्तिहरु निकै धूर्त हुने गर्दछन् । यो नाम भएका व्यक्तिहरु निकै आकर्षक पनि हुने गर्दछन् । निकै उर्जावान् यी व्यक्तिहरुलाई धेरै मानिसहरुले मन पराउने गर्दछन् । प्रेम, भावना र सम्बन्धले यिनीहरुको जीवनमा निकै महत्वपूर्ण स्थान ओगटेको हुन्छ त्यसकारण यी व्यक्तिहरु धेरैजसो प्रेम विवाह नै गर्ने गर्दछन् ।
   
                          P यी व्यक्तिहरुलाई आफ्नो इज्जत र मानसम्मानको निकै ख्याल हुने गर्दछ । यिनीहरु निकै विवेकशील र रचनात्मक हुने गर्दछन् । यिनीहरु आफ्नो जीवनमा छुट्टै नियम लागु गर्दछन् र यसमा कुनै सम्झौता गर्दैनन् ।          

                 Q यी व्यक्तिहरु कहिले खाली बस्न सक्दैनन् । उनीहरुलाई केहि न केहि गर्नै पर्ने हुन्छ । सानो सानो कुराबाट खुसी हुने यी व्यक्तिहरु आफ्नो छुट्टै संसारमा रमाउने गर्दछन् । यिनीहरु राम्रो जीवनसाथी पनि हुन् । कहिलेकाँही मात्र रिसाउने यी व्यक्तिहरुलाई रिस उठ्यो भने निकै नराम्रो तरिकाले रिसाउने गर्दछन् ।                        
    R यो अक्षरबाट सुरु हुने नामका व्यक्तिहरु दिमागमा निकै तेज, मनका राम्रा र अरु मानिसहरुको मतलब नराख्ने र कम बोल्ने स्वभावका हुन्छन् । कसले के भनिरहेको छ, के गरिरहेको छ उनीहरुलाई यसमा केहि पनि मतलब हुँदैन त्यसैले यहि कुराले नै उनीहरुको वैवाहिक जीवनमा खटपट ल्याउने गर्दछ ।


                     
    S यस्ता व्यक्तिहरु बहुमुखी प्रतिभाका धनी हुन्छन् । धेरै बोल्ने यी व्यक्तिहरु धेरै आलोचना पनि झेल्ने गर्दछन् । यिनीहरु रहस्यमयी हुने गर्दछन् र आफ्नो कुराहरुलाई स्पष्ट तरिकाले भन्ने गर्दैनन् । आफ्नो माया प्रति निकै सचेत हुने यिनीहरु केहि ठट्टा पनि गर्ने गर्दछन् । आफूसँग भएको पैसा र आफ्नो कुनैपनि सामानहरु कसैलाई पनि सजिलै सँग दिँदैनन् । यिनिहरु निकै कन्जुस हुने गर्दछन् र देखावटी उनीहरुलाई निकै मनपर्छ ।    
                 T यस्ता मानिसहरु बुद्धिमान हुने गर्दछन् र आफूले माया गर्ने व्यक्तिलाई माया देखाउन सक्दैनन् । आफू खुसी र दुखी भएको कुरा यिनीहरु कसैसँग पनि व्यक्त गर्दैनन् । यिनीहरुले नाम र दाम दुबै कमाउने गर्दछन् ।
                          U यी व्यक्तिहरु निकै होसियार र असल स्वभावका हुन्छन् जो अरुलाई खुसी दिने कुरामा विश्वास राख्छन् । यिनीहरु सधैँ हाँसिरहने स्वभावका हुन्छन् तर सफलता ढिलो पाउने गर्दछन् । यिनीहरु बिन्दास स्वभावका हुने गर्दछन् र बच्चाहरु यिनिहरुलाई निकै मनपर्छ ।



                             V कसैको रोक–टोक मन नपराउने यस्ता व्यक्तिहरु निकै स्वतन्त्र स्वभावका हुन्छन् । यिनीहरुको मन निकै सफा हुने गर्दछ र सबैको भावनालाई सम्मान पनि गर्ने गर्दछन् । आफ्नो कुराहरु हत्तपत्त यिनीहरु कसैलाई पनि बाँड्ने गर्दैनन् ।    



                         W यस्ता व्यक्तिहरु मनको सफा भएपनि मानिसहरुले यिनीहरुलाई चिन्न ढिलो गर्दछन् । धन सम्पत्ति धेरै हुने भएका कारण उनीहरुलाई मानिसहरुले घमण्डीको संज्ञा दिने गर्दछन् ।
                         
    X यिनीहरुलाई धैर्य गर्न मनपर्दैन त्यसकारण आफ्नो काम निकै हतारमा गर्ने गर्दछन् । यिनीहरु जे कुरा छिटो पाउन चाहन्छन् त्यति नै छिटो त्यो कुराबाट उनीहरुको मन हट्छ ।

यिनीहरुले कहिले के गर्छन् भन्ने कुराहरु उनीहरु आफैँलाई थाहा हुँदैन । आफूलाई मन परेको र चाहिएको कुरा जसरी पनि पाएरै छोड्छन् यिनीहरु त्यसकारण जीवनमा निकै सफल पनि हुने गर्दछन् ।                        

  Y यी व्यक्तिहरु धेरै बोल्दैनन् र एक्लै बस्न मन पराउँछन् । यिनीहरु स्पष्टवक्ता हुन्छन् त्यसकारण कसैसँग केहि बोल्न पनि डराउँदैनन् । यिनीहरु कुनै पनि कुरासँग सम्झौता गर्न सक्दैनन् । सम्झनाशक्ति र कल्पना गर्ने शक्ति उनहिरुको निकै तेज हुन्छ ।

                             Z यस्ता व्यक्तिहरुलाई देखावटी मनपर्दैन । यिनीहरु निकै सोझा र गम्भीर प्रकृतिका हुने गर्दछन् । आफ्नो कुरालाई स्पष्टसँग भन्ने यी व्यक्तिहरु कसैलाई पनि धोका दिन सक्दैनन् । देख्दा सोझा लाग्ने यी व्यक्तिहरु मूर्ख भने हुँदैनन् । यिनीहरु जहाँ पनि बस्छन् आफ्नो सरल छवीका लागि प्रख्यात हुने गर्दछन् ।
राशि अनुसार प्रेमका लागि विभिन्न बार अनुकुल हुने ज्योतिषशास्त्रीहरु बताउँछन् । यहाँ विभिन्न राशिलाई आइतबार प्रेम प्रसंग कस्तो हुन्छ भनेर चर्चा गरिएको छ ।

मेष राशि
आइतबार मेष राशिका ब्यक्तिलाई प्रेमको दृष्टिकोणबाट राम्रो मानिँदैन । आइतबार मेश राशिका ब्यक्तिको प्रेममा झगडाको योग छ । आइतबार प्रेम प्रसंग अघि बढाउँदा सम्बन्ध जोडिने भन्दा टुट्ने सम्भावना बढी हुन्छ ।



वृष राशि
वृष राशिका ब्यक्तिका लागि आइतबार सामान्य मानिन्छ । प्रेम प्रसंगमा पनि मध्यम नै हुन्छ । तपाइँको कुरा प्रेमि वा प्रेमिकालाई बुझाउन कठिन हुन्छ । मनलाई शान्त राखेको राम्रो ।



मिथुन राशि
आइतबार मिथुन राशि भएकाहरुलाई प्रेमको दृष्टिले राम्रो मानिँदैन । प्रेम प्रसंग आइतबार भन्दा अन्यबार नै गर्नुस् । आइतबारको दिन प्रेमी प्रेमिकाबीच उल्टो मनमुटावको योग देखिन्छ ।

कर्कट राशि
प्रेमको दृष्टिले कर्कट राशिका लागि राम्रो छ आइतबार । तपाइँका प्रेमि वा प्रमिका भाग्यशाली सावित हुन सक्छन् । प्रेमी प्रेमिकाले आइतबारलाई मधुर बनाउन सक्छन् । सके सम्म प्रेम ब्यक्त गर्नुस् ।



सिंह राशि
सिंह राशिलाई प्रेमको दृष्टिले आइतबार सबै भन्दा उत्तम हुन्छ । यो राशिका ब्यक्तिले प्रेम नै प्रेमको अनुभव गर्न सक्छन् । आफ्नो तरिकाले प्रेम ब्यक्त गर्नुस् महौल तपाइँको पक्षमा छ । प्रेम जीवनको आनन्द लिनुस् ।

कन्या राशि
कन्या राशिका लागि प्रेमको दृष्टिले आइतबार राम्रो छैन । आइतबार प्रेम प्रसंग गर्नु भो भने तपाइँको विछोड हुन पनि सक्छ । खासगरी आइतबार प्रेम भन्दा पनि विवाहेत्तरको सम्बन्ध भएकाहरु समस्यामा पर्न सक्छन् ।

तुला राशि
आइतबार तुला राशिका लागि प्रेमको दृष्टिले मध्यम छ । तपाइँहरुको बीचमा मतभेद आउन सक्छ । आइतबारको दिन प्रेम ब्यक्त गर्नका लागि सही छैन । विचार पुर्‍याएर मात्र गर्नुस् ।

वृश्चिक राशि
प्रेम देखाउने बस्तु होइन भन्ने कुरा विचार गर्नुस् । दिलको कुरा बुझ्ने कोशिस गर्नुस् । यदि तपाइँलाई प्रेम देखाउने चिज हो भन्ने लाग्छ भने मात्र ब्यक्त गर्नुस् । अन्यथा अघि नबढ्नुस् । प्रेमलाई भोग गर्ने बस्तु पनि नठान्नुस् ।

धनु राशि
धनु राशिका लागि पनि प्रेमको दृष्टिमा आइतबार प्रतिकुल छ । तपाइँले समयलाई आफ्नो पक्षमा राम्रो बनाउन नसक्ने पनि हुन सक्छ । तपाइँको जिद्धी स्वभाव घातक हुन सक्छ । अरुका कुरा सुन्नुस् ।

मकर राशि
प्रेम जीवनमा पारदर्शी बन्नुस् । साथीत्वलाई बढी जोड दिनुस् । आफ्नो कुरा भन्नुस् आइतबार तपाइँका लागि शुभ हुन सक्छ । विग्रिएका सम्बन्ध पनि बन्न सक्छन् ।

कुम्भ राशि
आइतबार कुम्भ राशिलाई खासै उत्साहजनक मानिँदैन । प्रेम ब्यक्त गर्नका लागि तपाइँको बोली कठोर बन्न सक्छ । तसर्थ सके सम्म कम बोल्नु राम्रो ।
बोल्नै परे अलि संयमित भएर बोल्नुस् ।

मीन राशि
मीन राशिका लागि प्रेम ब्यक्त गर्न आइतबार नराम्रो मानिँदैन । यद्यपी प्रेममा एक्कासी अघी बढ्न खोज्नु भो भने आँधी पनि आउन सक्छ । केही समय लिएर प्रेममा अघि बढ्नुस् ।
गर्भावस्थाको क्रममा धेरैलाई बान्ता हुने गर्दछ तर यसको अहिलेसम्म सहि कारण पत्ता लागेको छैन । भनिन्छ, गर्भावस्थामा शारिरिक र मानसिक रुपमा थुप्रै प्रकारको संवेदनात्मक र भावनात्मक परिवर्तन हुने गर्दछ । यसका साथै शरिर भित्र हर्मोन पनि तेज रुपमा बढ्ने गर्दछ जसले शरिरको अंगमा तनाव पैदा गर्दछ र बान्ता हुन थाल्दछ ।


गर्भावस्थामा विशेषतः बान्ता बिहान हुने गर्दछ र जति दिन बढ्दै जान्छ त्यति नै बान्ता हुने सम्भावना पनि न्यून हुँदै जान्छ । हुन त डाक्टरहरुले यसलाई राम्रो संकेत मान्छन् । गर्भावस्थामा बान्ता भएमा बच्चाको राम्रो विकास भएको डाक्टरहरुको बुझाई छ । तर अत्यधिक रुपमा बान्ता भइरहेको खण्डमा यसलाई राम्रोको संकेत नमानि तुरुन्त डाक्टरको सम्पर्कमा आउनुपर्ने थुप्रै मानिसहरु बताउने गर्दछन् । आज हामी तपाईंलाई यस्तो बान्ताबाट बच्ने घरेलु तरिका बताउँदैछौँ ।

१. थोरै थोरै गरेर पानी पिउनुहोस्ः गर्भावस्थामा हुने बान्तालाई कन्ट्रोल गर्ने सबैभन्दा राम्रो उपाय पानी हो । हरेक घण्टामा एक गिलास पानी पिउनुहोस् । यसले तपाईंको शरिरमा पानीको कमी हुनबाट बचाउँछ जुन गर्भवती महिलाको लागि अत्यन्त जरुरी हुने गर्दछ । सुत्नुभन्दा अगाडि आफ्नो बेडको साइडमा एक ग्लास पानी राख्नुहोस् र पानी पिउन मनलागेको जस्तो हुनासाथ पिउनुहोस् । बिहान उठ्ने बित्तिकै पनि पानी पिउनुहोस्, यसले तपाईंलाई बान्ता हुनबाट रोक्छ ।

२. अदुवाः गर्भावस्थाको बान्तालाई रोक्न अदुवा पनि प्रभावकारी घरेलु उपाय हो । खानामा अदुवाको प्रयोग गर्नाले यसले पाचन प्रणालीलाई ठिक गर्ने गर्दछ र पेटमा भएको अम्लीय पदार्थलाई शान्त गर्ने गर्दछ । यदि तपाईं गर्भवती हुनुहुन्छ र तपाईंलाई बान्ता हुने गर्दछ भने, बान्ता आउला जस्तो हुनेबित्तिकै अदुवा सुँध्नुहोस् । यसको बास्नाले उल्टी हुनबाट बचाउँछ ।

३. कागतीः कागती आफ्नो गुणकारी प्रभावको लागि मानिसहरु बिच चिरपरिचित छ र यसले गर्भवती महिलाहरुलाई पनि निकै फाइदा पुर्याएको हुन्छ विशेषगरि बान्ता हुने समस्याको लागि । बान्ता हुनबाट बच्नका लागि गर्भवती महिलाले हरेक दिन बिहाज एक ग्लास पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाएर खाने गर्नुपर्दछ । यसका साथै कागतीमा पाइने ‘भिटामिन सी’ले गर्भवती महिला र उनको बच्चालाई निकै फाइदा पुर्याउने गर्दछ ।

४. बढाउनुहोस् भिटामिन बी–सिक्सका सेवनः भिटामिन बी–सीक्स गर्भवती महिलाहरुका लागि निकै लाभदायक मानिन्छ । यसको प्रयोगले गर्भावस्थामा हुने बान्ताबाट छुटकारा पाउन सकिन्छ । भिटामिन बी–सीक्स थुप्रै फल र खानेकुराहरुमा पाइने गरिन्छ जस्तै अबोकेडो, केरा, माछा, बदाम आदि । यसका साथै तपाईंले केहि सप्लिमेन्ट पनि लिन सक्नुहुन्छ जुन तपाईं २५ मिलिग्राम एक दिनमा तीन पटक प्रयोग गर्न सक्नुहुनेछ । यसका लागि तपाईंले स्त्री रोग विशेषज्ञको पनि सल्लाह लिन सक्नुहुनेछ ।
काठमाडौं, चैत्र २८ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित शुक्रबार भारतको नयाँदिल्ली गएका छन् ।

बेलुकी पौने पाँच बजे उडेका उनले नातिनी पूर्णिका र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई पनि सँगै लगेका छन् । नयाँदिल्लीमा पूर्वराजाले उच्चस्तरीय भेटवार्ताका साथै पत्नी कोमलको स्वास्थ्योपचार गराउनेछन् ।


दरबार हत्याकाण्डका वेला कोमलको शरीरमा लागेको छर्रा शल्यक्रिया गरेर निकालिनेछ । यता,थाइल्यान्डबाट फर्केलगत्तै मठमन्दिरमा पूजापाठमा सक्रिय भएका पूर्वयुवराज पारस शाह अहिले अस्पताल धाइरहेका छन् ।

नर्भिक अस्पतालका डाक्टरले तीन दिनदेखि उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । नर्भिकका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भरत रावत र स्नायुरोग विशेषज्ञ डा. पंकज जलानको टोलीले उनको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

स्रोतका अनुसार स्वास्थ्य परीक्षणका लागि पारस बुधबार बिहान पौने ६ बजे नै सहयोगीका साथ नर्भिक अस्पताल पुगेका थिए । बिहीबार र शुक्रबार भने उनी बेलुका ५ बजे अस्पताल गएका थिए ।

परीक्षणका क्रममा उनी डेढदेखि २ घन्टा बस्ने गरेका छन् । अस्पतालमा पारसको मुटु र मस्तिस्कको विशेष परीक्षण गरिएको छ
काठमाडौं, चैत्र २८ । बागमति सफाई अभियान सुरु भएको एक सय हप्ता पुगेको अवसरमा शनिवार बाग्मतीमा मानव साङलो बनाइयो । मानव साङ्लोमा सहभागी हुन थुप्रै कलाकार बागमति नदी किनारमा भेला भए ।गायिका कोमल वली शनिवार बिहानै ललितपुरस्थित बागमति किनारमा पुगिन् ।

संयोग एमाले अध्यक्ष केपी ओलीसहितको टोली पनि त्यहि थियो । मौकामा चौका हान्दै कोमलले केपीनेरै पुगेर खासखुस कुरा गरिन् । उनका कुरा सुनेर केपी ओली मुसुक्क हाँसे । अनलाइनखबरले कोमललाई सोध्यो- ओली कमरेडसित के खासखुस हो तपाईको ? वलीले भनिन्- मैले त ओली कमरेडलाई गजब प्रस्ताव गरेँ ।’ नदी किरानमा रुख रोपेर नयाँ पुस्ताका केटाकेटीलाई डेटिङ जान सजिलो बनाइदिउँ भन्ने प्रस्ताव कोमलले केपीसँग राखेकी छन् ।


बागमति नदीलाई एउटा प्रतिक मानेर यहि प्रतिकको आधारमा आफ्नो मति पनि सुधार्नुपर्छ भन्ने हाँस्य कलाकार मनोज गजुरेल पनि शनिवार बिहान दलबल सहित तीलगंगा पुगे । दलबल भन्नुको अर्थ सिस्नुपानी नेपालमा आबद्ध धेरै साहित्यकार त्यही पुगेका थिए । कार्यक्रममा गजुरेलले यहि रफ्तारमा काम भए सुन्दरीजलदखि टेकु दोभानसम्म मोटरबोट चढन धेरै दिनु कुर्नु नपर्ने बताए ।

बागमतिमा कलकल पानी बगेको दृष्य र नदी किनारमा हरियो रुख र ठाउँ-ठाउँका चौतारीमा काठमाडौका रैथाने बृद्धले कुराकानी गरेका दृष्य देख्न पाउने बातावरण तय गर्न सरोकारवालासंग अनुरोध गरे । रेडियो नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएका संगीतकार टिका भण्डारीले देश बनाउन पनि यसैगरि जुटन आग्रह गरे । कलाकार सुशिल पोखरेलले बागमति सफा भए काठमाडौको संस्कार जोगिने कुरा गरे । कलाकार संघका अध्यक्ष नवल खड्काले बागमती उपत्यका मात्रै नभएर मुलुककै सभ्यता भएको कुरा गरे ।

 त्यस्तै अभिनेता सरोज खनाल पनि वामती सफाइमा सहभागी भए । लामो समयपछि यस्तो काममा सहभागी हुन पाएकोमा खुसी लागेको उनले बताएका छन् । सबै एकजुट भएर काम गरे वागमतीलार्इ पहिलेकै अवस्थामा पुर्याउन सकिने उनको भनाइ छ । नायक आयुष रिजालले सामाजिक काममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । अर्की गायिका रमिला भण्डारीले सरसफाईको कार्यक्रममा महत्वपूर्ण मुुद्धा भएको बताईन् ।
हामीले शास्त्रमा उल्लेखित दैनिक ब्यवहारहरु पालना गर्दैनौं । तर यस्ता ब्यबहारमा ख्याल गर्दा जीवनमा सुखी हुन सकिने शास्त्रविदहरु बताउँछन् । शास्त्रमा उल्लेख भए अनुसार कतिपय यस्ता कुरा छन् जुन कुरामा ध्यान नदिँदा हामी दुःखी, विरामी र दरिद्र हुन्छौं ।

कुन काम गर्नु हुँदैनः

वारि खलु काय्याणि सन्ध्याकाले विवर्जयेत्।
आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम्॥

यो श्लोकको अर्थ हो विशेष रूपमा पति-पत्नीले साँझको समयमा मर्यादा पालना गर्नु पर्छ । सूर्य अस्ताउने समयमा पति पत्नीले संसर्ग गर्नु हुँदैन ।

not to do in the evening



पहिलो कामः

पति र पत्निले साँझको समयमा अत्याधिक सावधानी अपनाउनु पर्छ । यो समयमा प्रेम क्रिडा र प्रेमालाप राम्रो मानिँदैन । साँझको समयमा लक्ष्मी पृथ्वीको भ्रमणमा आउने विश्वास गरिन्छ तसर्थ साँझको समयमा यौन क्रियालाप गर्नु राम्रो मानिँदैन । यो समयमा पुजा पाठ वा धुप दीप गर्नु सबैभन्दा उत्तम रहेको शास्त्रमा उल्लेख छ ।




दोश्रो कामः

हामीले साँझको समयमा भोजन ग्रहण गर्नु हुँदैन । खाना खानका लागि खराव मानिन्छ यो समय । यो समयमा भोजन गर्दा पेट सम्बन्धी विरीमी हुने र कब्जियत हुने बताइन्छ । यदि कुनै पनि ब्यक्तिलाई साँझको समयमा अत्याधिक भोक लागेमा पनि जुस खानु राम्रो हुन्छ ।

तेश्रो कामः

साँझको समयमा कहिले पनि सुत्नु हुँदैन । सूर्यास्तको समय सुत्नै नहुने शास्त्रमा उल्लेख छ । यो समयमा सुत्दा अनिद्रा हुने र तनाव बढ्ने बताइन्छ । यो समयमा सुत्दा शरीरमा उर्जा असन्तुलनको समस्या हुने शास्त्रमा उल्लेख छ । यस कारण चक्कर लाग्ने वा टाउको दुख्ने हुन सक्छ ।


चौथो कामः

साँझको समयमा बेद वा अन्य शास्त्र पाठ गर्नु पनि अशुभ मानिन्छ । यतिबेला ध्यान वा पुजा गर्नु राम्रो भएपनि बेद पाठ साँझमा गर्नु हुँदैन । बेदपाठ विहानको समयमा गर्नु उत्तम मानिन्छ ।

यसर्थः साँझको समयमा भोजन, यौन क्रिडा, निद्रा र बेद पाठ गर्नु हुँदैन ।
काठमाडौं, चैत्र २८ । दुई वर्षअघि बनेको चर्चित चलचित्र ‘चपली हाईट’ को सिक्वेल बन्ने भएको छ । तर, अघिल्लो फिल्ममा मुख्य भुमिका निर्वाह गरेकी विनिता बराल दोहोरिने छैनन् ।

‘चपली हाईट’ मा मुख्य भुमिका निर्वाह गरेकी विनिता बरालको सुटिङ सुरु हुँदै गर्दा निर्देशक दीपेन्द्र के खनालसँग मन मुटाव भएको थियो । पछि फिल्मको पोष्टर र होडिङ बोर्ड बनाउने बेलामा पनि नायिका बराल र निर्माता अर्जुन कुमार विच विवाद देखियो ।


विनितासँग काम गर्न गार्‍हो हुने भन्दै निर्देशक खनालले दोस्रो हिरोईन खोज्ने सुझाव निर्माता अर्जुन कुमारलाइ दिएका थिए । निर्माता अर्जुन कुमार पनि विनिताप्रति खुसी छैनन् ।

विनिताले भने आफैंले फिल्म नखेलेको बताएकी छिन् । पछिल्लो समय तरकारी खेतीमा लागेकी विनिता अहिले उपन्यास बजारमा ल्याउने तयारीमा छिन् ।

हाल उनको उपन्यासको पाण्डुलिपी फाइनल भइसकेको छ भने केही महिनाभित्र बजारमा आउने तयारीमा छ ।
काठमाडौं । नायिका श्वेता खड्काले आफ्नो बिवाह पछिका केहि कुरा खुलेर बोलेकी छिन् । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको महिना दिनमै नायक श्री कृष्णको निधन भएपछि त्यति खुलेर बोल्न सकेकी थिइनन् ।

यसैक्रममा उनले मंगलबारको नयाँ पत्रिकासँग कुरा गर्दै आफ्नो पीडा साटेकी छिन । नयाँ पत्रिकाले उनीसँगको कुराकानीलाई प्रथामिकताका साथ प्रकाशन गरेको छ । हामीले सोहि सामाग्री जस्ताको तस्तै साभार गरेका छौ । बिहेको अघिल्लो दिन ज्वरोले उहाँ (श्रीकृष्ण श्रेष्ठ) ओछ्यानबाट उठ्न सक्नु भएको थिएन।


 भोलिपल्ट बिहेभरि जग्गेमा बस्दा उहाँलाई कम्ती गाह्रो भएन होला। हाम्रो सुहागरात बेदनामय भयो। उहाँले हामी उपचारका लागि भारत जान लागेको कुरा गोप्य राख्न चाहनु भएको थियो। मिडियासित हनिमुनका लागि जान लागेको भनिदिनुभयो। बिहेलगत्तै उपचार गर्न जाँदा नानाथरी कुरा हुन्छन् भनेर चिन्ति हुनुहुन्थ्यो । अस्पतालमा भर्ना गर्दा पनि हामीले पहिचान खुलाइनौँ ।

उहाँलाई अर्कै नाममा भर्ना गरेका थियौँ । आफ्नो पीडा लुकाउन म हरसम्भव प्रयास गर्थे। वार्डभित्र पस्दा मुखमा माक्स लगाउँथे। तर बेला बेलामा असह्य हुन्थ्यो। बेस्सरी रुन चिच्याउन मन लाग्थ्यो। भक्कानो फुट्न खोजेपछि मुख छोपेर बाहिर निस्किन्थेँ र मैदानमा गएर पागलजसरी चिच्याउँथेँ।

उहाँले छोडेपछि चार महिना त मैले मरेतुल्य भएर बिताएँ। मलाई दिन र रातको समेत भेद भएन। थला परेको बिरामीलाई जसरी अरुले स्याहारेर राखे। दुई महिना डिप्रेसनको औषधि खानुप¥यो ।
एजेन्सी । प्रेममा परेपछि मानिस अन्धो हुन्छ भनिन्छ । चीनका एक युवालाई त्यस्तै भएको छ, उनले लाखौंको विज्ञापन नै छपाए । चिनियाँ युवा स्कट झुकी आफ्नी गर्लफ्रेन्डसँग झगडा पर्यो ।


उनले लर्गफ्रेन्डसँग त्यसबारे अनौठो तरिकाले माफी माग्ने निर्णय गरे । उनले छोटो चिठी लेखे र त्यसलाई बेइजिङको सबैभन्दा लोकप्रिय पत्रिका ‘बेइजिङ युथ डेली’मा छपाए । त्यसका लागि उनले एक पेजको एक कुनो, चौथाइ वा पूरा पेज मात्र होइन, चार चार पेज नै रिर्जभ गरे ।

अप्रिल २ मा छापिएको विज्ञापनको पहिलो पेजमा उनले आफ्नी प्रेमिकाले लिएको उनीसहितको सेल्फी भएको फोटो राखेका छन् । दोस्रो पेजमा आफ्नी प्रेमिकाको नामसहित सम्बोधन गर्दै तिम्रो प्रेम धेरै विशेष र अनुपम छ, जुन अरुले गर्न सक्दैनन्’ भन्दै माफी मागेका छन् ।

तेस्रो र चौथो पेजमा चाहिँ ‘यी पेज मैले खाली नै छोडेँ, किनकि अचानक मलाई केही लेख्न आएन’ मात्र उल्लेख गरेका छन् ।

चिनियाँ सञ्चारमाध्यम सांगाइइस्टका अनुसार यस्तो विज्ञापनका लागि ६ लाख युआनसम्म पर्छ, जुन नेपाली एक करोडबराबरको हो ।
एजेन्सी । एक अध्ययनले महिलाको यौन जीवन बारे गहन तथ्य सार्वजनिक गरेको छ । उक्त अध्ययन अनुसार धेरै समय सुत्ने महिलाले धेरै सेक्स चाहन्छन् ।
अध्ययन अनुसार एक घण्टा अतिरिक्त नीदाउने महिलामा पछिल्लो दिन यौन इच्छा १४ प्रतिशत बृद्धि हुन जान्छ ।
उक्त कुरा सम्वन्धि तथ्य मिशिगन यूनिभर्सिटीले रिसर्चबाट पत्ता लगाएको हो ।
अध्ययन १७१ युवा महिलाबारे उनीहरुको सुताई तथा सेक्स पार्टनरबारे लगातार दुइहप्ता अध्ययन गरेर गरिएको हो ।
धेरे बेर सुत्नाले महिलालाई धेरै यौन इच्छा मात्र नभई यौन आनन्दमा समेत बृद्धिहुने अध्ययनले देखाएको छ ।

एजेन्सी । एक प्रतिष्ठित कार कम्पनीका मेनेजरले आफ्नै कर्मचारीले शारीरिक संवन्ध स्थापना गर्न अस्विकार गरेको भन्दै जागीरबाट निकालिदिएका छन् ।
न्यूयोर्कका रेमंड टाउनसेडलाई महिला कर्मचारीमाथि यौन जन्य हिंसा गरेको आरोप लागेको हो । मेनेजरले बार बार शारीस्रिक संवन्ध स्थापना गर्न अनुरोध गर्दा अफुले नमानेपछि जागीरबाट हात धुन परेको बताइन् ।
उनले त्यसपछि पनि कम्पनिका मेनेजरले अश्लिल म्यासेज गर्ने गरेको बताइन् ।
उनको दावी छ अफिसको बास रुममा केहि दिन अघि रेमडले ति महिला कर्मचारीको स्तनमा हात लगाउने गोप्य अंगमा हात लाने जस्ता हर्कत गरेको भन्दे पीडित महिलाले प्रहरीमा उजुरी गरेकि छिन

(एजेन्सी) जापानमा एक सयभन्दा बढी महिला रेल यात्रुहरुमाथि लुकेर वीर्य स्खलन गर्ने एक अधवैंसे पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय तेत्सुया फुकुडाले पछिल्ला चार वर्षदेखि विशेष गरेर युवतीहरुमाथि जापानको जेआर सोबु रेल लाइन क्षेत्रमा यस्तो कुकृत्य गर्दै आइरहेका थिए ।

एक १८ वर्षीय स्कुलकी छात्राले आफ्नो स्कर्ट वीर्य लागेको भन्दै प्रहरीमा उजुरी गर्न गएपछि डिएनए टेस्टको आधारमा फुकडा पक्राउ परेका हुन् ।
फुकुडाले आफ्नो ज्याकेटमा दुलो बनाएर किन्सिचो र अकियाबारा रेल स्टेसनको बीचमा युवतीहरुमाथि पछाडिबाट वीर्य स्खलित गर्ने गर्ने गरेक ाथिए ।
यस घटनाको सिकार बनिसकेकी २६ वर्षीय रिया योनाडेले फुकुडाको मानसिक उपचार गर्नुपर्ने माग गरेकी छिन् ।
फुकुडाले सन् २०११ देखि एकसय पटकभन्दा बढी ‘वीर्य हमला’ स्वीकार गरेका छन् ।
www.ratopati.com
विराटनगर, २८ चैत– मैले फोहोर उठाउन थालेको उहिल्यैबाट हो । हामीले काम गर्दा नगरपालिकामा गाडी थिएन । हामी त गोरुगाडामा फोहोर उठाउँथ्यो । ट्रयाक्टर आएपछि धेरै छिटो भयो फोहोर उठाउन सायद २५ साल तिर होला ट्रयाक्टर आएको ।

पहिले अहिलेको जस्तो फोहोर कहाँ हुन्थ्यो र ? प्लास्टिक पनि यति धेरै थिएन । मान्छेको बस्ती पनि पातलो थियो । अहिले त जता पनि मान्छे नै मान्छे छन् । कहिलेदेखि म नगरपालिकामा काम गर्न थाले त्यो साल त याद छैन, तर त्यो वेला नगरपालिका भर्खर बनेको थियो । अमरबाबु प्रधानपञ्च थियो । उसैले हो नगरपालिका बनाएको । त्यही बेलादेखि काम गर्न थालेको हो । ५५ वर्ष काम गरेँ मैले ।पहिले हामी महिनाको ३५ रुपैयाँमा फोहोर उठाउँथ्यो । रिटायर्ड हुने वेलामा तीन हजार तलब थियो । जागिर छाड्दा ५५ हजार पेन्सन लिएको थिए ।
हामी नभए त यो विराटनगरको मान्छे सबै मरिसक्ने थिए । रक्सी खाने कुलतमा धेरै मरिक छन् । रक्सी नखाए त फोहोर उठाउनै सक्दैनन् नि । फोहोर सफा गर्दा रोग लाग्छ भन्न्ो त थाहा छ नि तर खोइ जुत्ता, पन्जा मुखमा लगाउने माक्स कसले दिन्छ ? हामी गरिब छौँ । यसैले धेरैजना हाम्रो बस्तीमा हामीलाई हेर्न आउँछन् । कहिले पत्रकार आउँछन् । कहिले संस्थाको मान्छे भन्दै आउँछन् । कहिले भाषण गर्छन् । कोहीले भोज पनि खुवाउँछन् । त्यसपछि लामो समय हराउँछन् ।
नयाँ पत्रिका दैनिकबाट
एजेन्सी । भारतको पश्चिम बंगालको जलपाईगुडीमा एउटा सर्मनाक घटना सार्वजनिक भएको छ ।
एक १६ वर्षकी युवतीमाथि बाबु, काका र आफ्नै भाईले सामूहिक बलात्कार गरेको आरोप लागेको छ । पीडित युवतीले आफूमाथि पछिल्ला दुई वर्षदेखि बलात्का हुँदै आएको र दुई पटक गर्भवती भएको बताएकी छन् ।
सोही कारण उनले आत्महत्याको प्रयास समेत गरेकी थिइन् । घटना भन्दा पनि उनकी आमाको बयान सुनेर भने तपाई तीनछक्क पर्नुहुन्छ ।
युवतीले सबै घटनाबारे आमालाई भनेर सहयोग माग्दा आमाले झनै ‘तिम्रा आफ्नै बाबु, काका र भाई त हुन नी, अरु त हैनन नी’ भन्ने उत्तर दिएकी थिइन् ।
आमाको समेत यस्तो भनाई आएपछि उनले घटनाबारे आफ्ना शिक्षकलाई भनेपछि प्रिन्सिपल र शिक्षक मिलेर प्रहरी थानामा उजुरी दर्ता गराएका थिए । उजुरी परेपछि प्रहरीले तीनै जना बलात्कारीलाई पक्राउ गरेको छ भने आमा फरार रहेकी छन् ।

संयुक्त अरब एमिरेट्स यूएईमा २०७१ मा ६० नेपालीले ज्यान गुमाएका छन । आबुधाबीस्थित यूएईका लागि नेपाली दूतावासले दिएको तथ्याङक अनुसार बि।स। २०७१ मा ६० जना नेपाली कामदारको ज्यान गएको हो ।

यो सख्या अघिल्लो बर्षमा भन्दा ३ जनाले थोरै हो । अघिल्लो वर्ष ६३ जना नेपाली कामदारको यूएईमा ज्यान गएको थियो । तथ्याङक अनुसार मृत्युमा सबैभन्दा बढि ‘सडेन कार्डियक एरेस्ट’ ९सुतेको सुत्यै भएर ज्यान गएको०, आत्महत्या तथा सडक दुर्घटनाका कारण छन । यसका साथै कार्यस्थलमा दुर्घटना, मस्तिष्क पक्षघात, र प्राकृतिक मृत्यु पनि यो संख्यामा समेटिएको छ । मृत्यु हुनेहरुको संख्या अघिल्लो बर्ष २०७० मा भन्दा यस बर्ष  ०७१ मा ३ जनाले घटेको छ ।
बिस २०७१ मा ज्यान गुमाउने ६० जनामध्ये ४ महिला र बाँकी ५६ जना पुरुष छन । ज्यान गुमाउनेमध्ये धेरैको सुतेकै अवस्थामा मृत्‍यु भएकाले प्राकृतिक कारण भनिएको छ । १० जना नेपालीले ‘आत्महत्या’ गरेको र १२ जनाको सडक दुर्घटनामा परेर ज्यान गएको हो । स्याङ्जा आरुखर्क ४ का सुरज सेवा दमाइको अज्ञात समुहको लौरो प्रहारबाट र बाँकीको हृदयघात , ब्रेन क्यान्सर तथा अन्य अन्य बिबिध कारणले ज्यान गएको दुतावासले जनाएको छ ।
दूतावासले दिएको तथ्याँक अनुसार ०७१ सालको पहिलो महिना बैशाखमै ४ जनाले ज्यान गुमाएका थिए भने असारमा सबैभन्दा कम १ जना र माघमा सबैभन्दा धेरै ८ जना नेपालीको यूएईमा ज्यान गएको थियो ।
सन २०६० देखि २०७१ सम्ममा युएमा करीब १ हजार बढी नेपालीले ज्यान गुमाइ सकेका छन् । गएको ४ वर्षमा २ सय ५० भन्दा धेरै नेपालीले युएईमा आत्महत्या गरिसकेको दुतावासको तथ्यांकले देखाएको छ । आत्महत्याका घटना वार्षिक बढीरहेकोमा सरोकारवाला संघसस्था चिन्तित छन ।  त्यस्तै सडक दुर्घटनामा परेर यूएईमा ज्यान गुमाउनेको सँख्या पनि बढेको छ । यसरी ज्यान गुमाउनेहरु मध्ये धेरैजना  पहिलो पटक बिदेशिएका नेपालीमध्ये छन ।
औसतमा ज्यान गुमाउने नेपालीको सँख्या घटेको छ । दुतावास एक्लैबाट सबै काम सम्भव नहुने र यसकालागि यहाँ रहेका सबैले सचेत भई जानकारी लिने दिने र खानपीनमा ध्यान दिएर काम गरे मृत्युदरलाई न्युन मात्र होइन शुन्यमा लैजान सम्भव रहेको दुतावासका द्धितिय सचिव कृष्ण अर्यालले बताउनुभयो ।
यूएईमा कतिपय नेपालीहरु विभिन्न अभियोगमा अझैसम्म जेल सजाय भोगिरहेका छन । जेलजीवन बिताई पर्वतका दुर्गाबहादुर सुनार आफ्नो अभियोगबाट मुत्त भई गएको वर्ष नेपाल फर्किए । स्याङ्जाका थम बहादुर कुवर परीबन्धनमा परेर हत्या अभियोगमा अदालती प्रकृयामा मुद्दा लडिरहेको एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिए ।
यस वर्ष कुनै नेपालीले आममाफी भने पाउन सकेनन । जेलमा परेका मध्ये अमरबहादुर बम, अनिश खालिङ राई अझै जेल मुक्त हुन सकेका छैनन ।source:osnepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home