• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौँ, ११ मंसिर । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले ३ महिना भन्दा लामो बन्द हड्ताल गरिएको भन्दै अब अत्ति भएको बताएको छ । चुरेभावरले हिजो चन्द्रनिगाहपुरमा भारतीय नाकाबन्दीको बिरोध गर्दै विशाल प्रर्दशन गर्यो ।

प्रर्दशनपछिको सभामा पार्टीका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जातीय सद्भाव भड्काउन खोज्नेहरु देखि सचेत हुन आग्रह गर्दै मधेशी मोर्चालाई राजमार्गमा धर्ना र आन्दोलन नर्गन चेतावनी दिए । यदि राजेन्द्र महतो जस्ता अराजक तत्वहरु सडकमा निस्किए प्रतिकार गर्न आफुहरु तयार रहेको समेत उद्घोष गरे ।

प्रर्दशनमा चन्द्रपुर नगरपालिकाको बिभिन्न गाँउहरुबाट चन्द्रनिगाहपुरमा जम्मा भएका मानिसले राष्ट्रिय झण्डा बोकेर र्यालीमा सहभागी भएका थिए । उनीहरुले जातीय सद्भाव कायम गरौ, नाकाबन्दी फिर्ता गर, चुरेभावर प्रदेश कायम गर लगाएतका नारा लगाएका थिए ।

etajakhabar
हेल्लो शुभ बिहानी सबैलाई आज वि .सं. २०७२ साल मंसिर ११ गते। शुक्रबार। इश्वी सन् २०१५ नोभेम्बर २७ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– द्वितीया, २५:२६ बजेउप्रान्त तृतीया हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसोचेको फाइदा नहुन सक्छ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकेही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerव्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअवसरका लागि जोखिमपूर्ण वा तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई पनि समय चुनौतीपूर्ण नै देखिन्छ। अरूको विश्वास जिते पनि आफन्तबाट धोका पाइएला। मानसम्मानमा आघात वा अनावश्यक ठाउँमा खर्च हुने योग छ, सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसुन्दर पहिरनले अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विभिन्न अवसरले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। अतिथिको रूपमा सत्कार समेत पाइने सम्भावना छ। मनग्य धनलाभ हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusरचनात्मक कार्यमा रुचि बढ्नेछ। पारिवारिक भेटघाटले आनन्द प्राप्त हुनेछ। टाढिएका आफन्तहरू पनि नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। मित्रजनसँग भेटघाट होला। सरसफाइ तथा घरायसी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट पनि राम्रै लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।

काठमाडौं, १० मंसिर । विश्वलाई स्तब्ध पार्नेगरी फ्रान्सको पेरिसमा हमला गरेको आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस) भारत प्रवेश गरेको छ ।
भारतीय सीमा सुरक्षा बल (बीएसएफ)ले सार्वजनिक गरेको रिपोर्टमा ४५ औं पटक भारत छिर्न प्रयास गरेको आईएस पाकिस्तानको बाटो हुँदै भारत–पाकिस्तान सीमा क्षेत्र काश्मिर आईपुगेको जनाइएको छ ।
बीएसएफका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भारतीय च्यानल आजतकले लेखेको छ–आईएसले पाकिस्तानबाट आफ्ना आतंकवादी लडाकूलाई भारतको कश्मीर पुगाएको छ । र मद्दत पनि गरिरहेको छ ।
भारतीय गृह मन्त्रालयलाई प्राप्त खुफिया रिपोर्ट अनुसार आईएसले पाकिस्तानको पेशावरका ३० जनालाई कश्मीर पठाएको छ जसले आतंकवादी लडाकूलाई भारत छिर्न सहयोग गर्नेछन् । साथै आईएसले भारत पाकिस्तान सीमा क्षेत्रका आतंकवादी संगठन जैश–ए–मोहम्मद, लश्कर–ए–तैयबा र हिजबुल मुजाहिदीनलाई पनि सघाइरहेको खुलासा भएको छ । तीनै संगठनको बैठकले आईएसका लडाकू भारत प्रवेश गराउन नयाँ योजना बनाएको बताइएको छ । तर, उक्त योजना सार्वजनिक गरिएको छैन् ।
बीएसएफका महानिरीक्षक राकेश शर्माले जम्मू–कश्मीरमा पाकिस्तानबाट पछिल्लो वर्ष मात्रै सीज फायरको उल्लंघन गरी आतंकवादी घुसपेठ गराउने कार्यमा ४५ प्रतिशतले वृद्धि भएको बताए । आईएसलाई भारत पठाउन पाकिस्तानका नेता एवं जमात उद दावा प्रमुख हाफिज सईदले सीमा नजिकका आतंकवादी शिविरमा गएर आतंकवादी हमला भड्काइरहेको बीएसएफ अधिकारीले आशंका गरेका छन् ।
आईएस लडाकूको टोली काश्मिर प्रवेश गरेपछि भारतमा हंगामा मच्चिएको छ । दिल्लीमा विहीबार मात्रै आपतकालिन बैठक बसेर आईएसविरुद्ध सुरक्षा योजना बनाउन सुरु गरिएको समाचार जनाइएको छ । (एजेन्सीको सहयोगमा)
dainiknepal
काठमाडौं, १० मंसिर । भारतमा लोकसभा र राज्यसभाको बैठकको पूर्वसन्ध्यामा बसेको सर्वदलीय बैठकमा नेपाल मामिलाको कुरा उठेको छ ।
नयाँदिल्लीस्थित तुगलक रोडमा बुधबार बसेको सर्वदलीय बैठकमा जनता दल यूनाईटेडका अध्यक्ष शरद यादवले नेपालमा नाकाबन्दी लगाएको विषयमा कुरा उठाएका हुन् ।
उनले भारतले लगाएको अघोषित नाकाबन्दीले नेपालमा जनजीवन कष्टकर बनेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई किन नाकाबन्दी लगाएको भनि प्रश्न गरेका थिए ।
जवाफमा मोदीले नेपालको आन्तरिक मामिलाको कारण समस्या भएको भन्दै नेपालले समस्या समाधान गरे कुनै अवरोध नरहेको बताएका थिए ।
नयाँदिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष यादवले नेपालको विषय संवेदनशील भएको कुरा बैठकमा उठेको भन्दै मधेसीहरूले उठाएको माग तत्काल वार्ताबाट टुङ्ग्याउनु पर्ने बताए ।
अध्यक्ष यादवले नेपालमा लागेको अघोषित नाकाबन्दीका विषयमा बिहीबारबाट बस्ने संसदको बैठकमा कुरा उठ्न सक्ने समेत बताए ।
dainiknepal
काठमाडौँ, १० मङ्सिर । भारतीय जनता पार्टीका नेता विजय जोलीले भारतले नाकाबन्दी नगरेको भन्दै नेपालको आन्तरिक समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।
“भारत सधैँ नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकास होस् भन्ने चाहन्छ, भारतले घोषित वा अघोषित नाकाबन्दी गरेको छैन, त्यसैले नेपालमा देखिएको पछिल्लो सङ्कटको समाधान भारतसँग छैन, नेपालसँगै छ”– नेता जोलीले भन्नुभयो ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भारतले नाकाबन्दी गर्नुभन्दा पनि तराईमा असुरक्षा भएका कारण आपूर्ति सहज हुन नसकेको जिकिर गर्नुभयो । उहाँले भारतले तराईमा देखिएको समस्यालाई राजनीतिक दलका नेताले वार्ता र संवादमार्फत सहमतिका आधारमा समाधान गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएको देख्न चाहेको बताउनुभयो ।
एक फरक प्रसङ्गमा उहाँले भारतका नेताले कुनै पनि समयमा नेपालको विरूद्धमा अभिव्यक्ति नदिएको र यदि कसैले दिएको भए पनि त्यो उसको व्यक्तिगत अभिव्यक्ति हुने दाबी गर्नुभयो । उहाँले भारत र नेपालबीचको सम्बन्ध निकै पुरानो, ऐतिहासिक र सुमधुर भएको हुँदा त्यसलाई कायम राख्ने बताउनुभयो ।
पछिल्लोपटक नेपालमा देखिएका समस्याबारे भारतको केन्द्रीय सरकारसमक्ष राख्ने उहाँको भनाइ छ । उहाँले नेपालमा देखिएका समस्या जतिसक्दो चाँडो समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । रासस
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
स्वार्थले एउटा पार्टी १३ वटा पार्टी भयो
राजविराज : सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसीको शत्रु मधेसी नै रहेको बताएका छन् । राजविराजमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले सो कुरा पटकपटक दोहोर्या‍ए ।


‘स्वार्थका कारण एउटाबाट १३ वटा पार्टी बन्छ, मोर्चामा सँगै गएपनि पछि धोखा दिन्छ’, मधेसीका लागि गजेन्द्र नारायण सिंहले खोलेको एउटा पार्टी हुँदाहुँदै मधेसका नाममा फोरम, तमलोपा हुँदै १३ वटा पार्टी खुलेको सन्दर्भ जोड्दै महतोले भने, ‘आन्दोलनको विपक्षमा रहन्छ, त्यसैले मधेसीको शत्रु नै मधेसी ।’

पत्रकारहरुले एउटै मोर्चा बनाएर संयुक्त आन्दोलन गर्न दिएको सुझावमा उनले यसो भनेका हुन् । उनले मधेस आन्दोलनका लागि एउटै मोर्चा बन्न आवश्यक छैन भने । एउटा मोर्चा बनाउनु वा प्रश्न उठाउनुको अर्थ नरहेको उनले बताए ।

‘स्वार्थका लागि मन्त्री बन्न पार्टी विखण्डन गर्नेहरुलाई जम्मा गरेर केही हुँदैन’, उनले भने, ‘सही गलतको पहिचान गर्नुपर्छ ।’ अलग अलग मोर्चा भएपनि इमान्दारीपूर्वक आन्दोलन गरे पुग्ने महतोले बताए ।

पत्रकारहरुको एउटै मोर्चा बनाउन दिएको सुझावमा महतोले आन्दोलन निर्णायक मोडमा भएका बेला यस्ता बखेडा झिक्न नहुने र पत्रकारहरु धेरै क्रान्तिकारी बन्न जरुरी नरहेको पनि बताए ।

छठपछि भएको आन्दोलनमा घुसपैठ भएको र सरकारले नै आन्दोलनलाई बदनाम गर्न एम्बुलेन्स र औषधी बोकेको सवारी साधन तोडफोड र आगजनी गरेको महतोले बताए ।

एम्बुलेन्सलगायतका आकस्मिक सेवा सञ्चालन हुनुपर्ने भन्दै उनले ठाउँठाउँमा एम्बुलेन्स रोकिएकाले बालकको मृत्यु भएको समाचार आएपनि पेटोल तस्करी भइरहेको समाचार नआएको बताए ।

सुनसरीको हरीपुरमा भारतिय प्रहरीले चार नेपालीमाथि गोली प्रहार गरेको घटनाको यथार्थ जानकारी माग्दै पत्रकारले गरेको प्रश्नमा महतोले घटनाबारे नबताई सरकारी स्तरबाट छानबिन र कुटनीतिक तरिकाले समस्या समाधान गर्नुपर्ने भन्दै राजनीतिक जवाफ दिए ।

केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिनका लागि संसदमा भएको मतदानमा सहभागी भएको बताउँदै उनले संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय नमान्दा मोर्चा फुटने भयले भाग लिनुपरेको वाध्यता सुनाए ।

उनले मधेस थरुहट प्रदेशको मागमा पुनर्लेखन वा संशोधन नभएसम्म आन्दोलन नरोकिने दृढता व्यक्त गरे । उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको र सरकारले मधेशमा साम्प्रदायिकता फैलाउन सुरु गरेको आरोप पनि लगाए ।

प्रहरीे दमनलाई राज्य आतंकको संज्ञा दिँदै उनले यो मुद्दा अन्तराष्ट्रियकरण गर्न न्यायिक छानवीन गरी दोषीमाथि कारबाहीको माग गरे ।

कुर्सी टिकाउन वर्तमान सरकार खोक्रो राष्ट्रवाद देखाएर देशमा गृहयुद्ध मच्चाउन लागेको भन्दै अध्यक्ष महतोले मोर्चाको नाकाबन्दीलाई भारतको नाकाबन्दी भनेर आन्दोलनलाई दवाउन खोजेको आरोप लगाए ।

सरकारले भारतको बदनाम गर्न नाकाबन्दीको झुठो प्रचार गरेकोले कुटनीतिक सम्बन्ध पनि विगारेको बताए ।

महतोले मोर्चाको आह्वानमा जनताले आन्दोलन गरिरहेकाले मधेसको जनआन्दोलन भएको बताए । संविधानमा मधेसीको हकअधिकारका लागि आन्दोलन भइरहेकाले आन्दोलनलाई आरपारको बनाउन हजार दुई हजार मात्रै हैन सबै मधेशी जनतालाई सडकमा आउन उनले आग्रह गरे ।

संविधानमा हस्ताक्षर गर्ने सांसदहरुलाई सामाजिक बहिष्कार गरेर मधेश आन्दोलनलाई उचाईमा पुर्या‍उन उनले आह्वान गरे । सो अवसरमा पार्टीका उपाध्यक्ष नवलकिशोर साहसहित पार्टीका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसअघि बुधबार अध्यक्ष महतोले प्रहरीसँगको झडपका क्रममा मृत्यु भएका परिवारसँग भेटेका थिए भने बिहीबार विहान घाइते तथा अस्पताल, स्वास्थ्य संस्था ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सक, स्वास्थ्कर्मीहरुलाई भेटेका थिए । साँझमा मधेसी मोर्चा सप्तरीको वैठकमा सहभागी हुँदै उनले आन्दोलनलाई सशक्त बनाउन निर्देशन दिए ।
annapurnapost
काठमाडौ: उत्तरी छिमेकी चीनले आगामी दुई साता पछि नेपालबाट आफ्नो मुलुकमा भित्रिने ९७ प्रतिशत बस्तूहरुमा शुन्य भन्सार (जिरो ट्यारिफ) उपलब्ध गराउने घोषणा गरेको छ ।

चिनियाँ मन्त्रिपरिषद् (स्टेट काउन्सिल) अन्तर्गतको कस्टम्स ट्यारिफ कमिसनले डिसेम्बर ७ बाट लागू हुने गरी त्यस्तो ब्यबस्था गर्न लागेको चिनियाँ सरकारी दैनिक पिपुल्स डेलीको अनलाइन संस्करणले समाचारमा जनाएको छ ।

नेपालले बिगतमा चीनलाई पटक पटक शुन्य भन्सारको ब्यबस्था मिलाइदिन अनुरोध गर्दै आएको थियो ।

चिनियाँ पक्ष विगतमा सैद्दान्तिकरुपमा सहमत भएपनि उक्त ब्यबस्थाको कार्यान्वयन हुन सकिरहेको थिएन । यो घोषणाबाट चीनतर्फ निर्यात हुने ९७ प्रतिशत नेपाली बस्तुहरुमा भन्सार लाग्ने छैन ।

यसका कारण नेपाली बस्तुहरु चीनमा सस्तोमा उपलब्ध भई नेपाललाई फाइदा हुनेछ । जसका कारण नेपालको ब्यापार चीनमा बढ्नेछ ।

नेपालको चीनसंगको ब्यापार घाटा घटाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । नेपालसँगै दक्षिण अफ्रिकाका ७ मुलुकहरु कोमोरोस, मौरिटानिया, टोगो, लाइबेरिया, रुवान्डा, अंगोला र जाम्बियाबाट चीनमा निर्यात हुने ९७ प्रतिशत बस्तुहरुमा समेत चीनले सोही मितिबाट लागू हुने गरी शुन्य भन्सारको घोषणा गरेको पिपुल्स डेलीले जनाएको छ ।

डिसेम्बर २ देखि ५ सम्म दक्षिण अफ्रिकाको जोहानेशबर्गमा हुन लागेको चीन-अफ्रिका कोअपरेशन फोरमको पूर्वसन्ध्यामा चीनले उक्त घोषणा गरेको हो । उक्त फोरमको बैठकमा चिनियाँ राष्ट्रपति सि जिनपिङ् सहभागी हुने भएका छन् । annapurnapost
रौतहट । मधेसमा दुई वटा राज्य हुनेगरी सीमांकन गर्नुपर्ने मागसहित आन्दोलन गरेर देश नै अस्तव्यस्त भइरहेका बेला चुरेभावर पार्टीले पनि चुरेभावर प्रदेश कायम गरिनुपर्ने माग सहित रौतहटको चन्द्रनिगाहापुरमा प्रदर्शन गरेको छ ।
चुरे भावर राष्ट्रिय एकता पार्टीले तत्कालीन गिरिजा प्रसाद कोइराला नेतृत्वको सकारसँग २०६४ सालमा भएको सहमति कार्यन्वयनको माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा ‘भारतीय नाकाबन्दी खारेज गर’, ‘जातीय सद्भाव कायम गर’, ‘चुरे भावर प्रदेश कायम गर’ लगायतका नारा लगाएका थिए । महोत्तरीको बर्दिबासदेखि बाराको पथलैयासम्म आन्दोलन गर्ने सो पार्टीले जनाएको छ ।
चेरे भावर क्षेत्रलाई समेटेर छुट्टै प्रदेश दिने पूर्व सहमति कार्यन्वयन गर्नुपर्ने र संविधान संशोधनमार्फत आफूहरुको माग सम्बोधन गर्नुपर्ने सो पार्टीका अध्यक्ष बद्री न्यौपानेले बताए ।
nepalsandesh
मंसिर १०, २०७२- इन्धन नपाएको झोंकमा साइकल चढ्ने भनियो । कुदाइयो । अलि दिन कुदाएपछि बल्ल चेत खुल्यो साइकल चलाउन हाम्रामा न लेन बनेको छ, न साइकल कुदाउनेको सुरक्षाका लागि कुनै किसिमको प्रबन्ध नै । पार्किङमा साइकल राख्नेले धेरै सास्ती भोग्नु परेको छ । साइकल चोरको बिगबिगी छ । त्यसैले जहाँ जाउँ आफैंसँग साइकल घिसार, अफिस जाउँ आफ्नै तलासम्म साइकल बोक । चिया कफि खाउँ साइकलमै आँखा तर्स्याइरहौं । सपिङमा जाउँ कहिले साइकल रुखमा बाँध्नुपर्ने कि त पसलको सटरमा ।   त्यतिमात्रै कहाँ हो र, मोटरसाइकलसँगैको नियमित पार्किङमा साइकल राखेपनि मोटरसाइकलवालाले साइकललाई टपक्क टिप्छन् र रुख वा भित्तामा अड्याइदिन्छन् । कहिलेकाहिँ त भूइँमै लडाएर जान्छन् । यी यावत कुराले पनि देखाउँछ कि साइकल चढ्न पनि सजिलो छैन । तर यहाँ चर्चा गर्न खोजिएको विषय साइकल अधिकारका लागि नभई त्यो सँग जोडिएको राष्ट्रियताको हो । भूकम्पको परकम्प निरन्तर आइ राख्दा हामीलाई चर्किएका घर मात्र नभई सग्ला घरमा समेत बस्न डर भो, अहिले अलि दिन आउन कम हुने बित्तिकै मन्दिरका जीर्ण टेको दिएको ठाउँ मै बसेर हाम्रा तन्नेरी पुस्ता प्रेमालापमा रम्न थालिकसकेो छ ।
काठमाडौं र पाटन दरबार स्क्वायर क्षेत्रमा यस्ता दृश्य सहजै देखिन थालिसकियो । वैशाख जेष्ठमा भोलि नै छैन जसरी निस्सासिएको मनमा आज अनेक कुरा आउनु त स्वभाविक हो सँगसँगै आगामी दिनमा भूइँचालोबाट बच्न यसो गर्छु तेसो गर्छु भनेर उबेला सोचेका कुरा पनि पाखा लागिसके । साइकलमा चढेर यात्रा गर्नु वातावरणीय हिसावले वा स्वास्थ्यको दृष्टिले र केही हदसम्म इन्धनको किफायत गर्न उपयुक्त हो । यसले इन्धनमा परनिर्भरता कम गर्दछ । फेरि वास्तविकता यो पनि हो कि साइकल गुड्ने सडकमा दुई तिरै कहिले नसकिने ठूला गाडीका लाइन छन् । बीचको भाग बनेको छ- साँघुरो सडक । यस्ता सडक हुँदै साइकलमा गन्तव्य छिचोल्नु राष्ट्रियता, स्वास्थ्य लाभ, वातावरणमैत्रीका लागि अभियान भन्दा बढी जोखिम र साहसिक खेल हुन पुगेको छ । पैदलयात्री प्रथम भन्ने सर्वमान्य बुझाइलाई पुरै 'डिलिट' गरिसकेका हामी चालकहरुले साइकलेलाई भाउ दिने सवालै भएन । बेलाबखत सुनिने दुर्घटनाका दु:खद समाचारले हाम्रो यही मनस्थिति प्रमाणित गर्छ । राष्ट्रियताका विषय भनेको तरंग मात्र पनि त हैन नि जुन कुनै बेला ठूलो होस् अनि कहिले सानो । नाकाबन्दीका कारण हाम्रा भोगाइ कष्टकर भए पश्चात रिसले मुर्मुरिएर २ दिन त साइकल चलाइन्छ अनि तेस्रो दिनदेखि उही बसका धक्का बिचको दैनिकी सुरु हुन्छ वा तेलका लाइनमा दिन सकिन्छ अथवा कालोबजारको तेल पाउनमा परिश्रम सकिन्छ । हाम्रा साइकल चढ्नुपर्छ भन्ने अभियानले ढंगको साइकल लेन बनाउन सरकारलाई झक्झक्याउन सकेन जसको कारण साइकल यात्रा सधैँ 'साहसिक खेल' जस्तो मात्रै बन्न पुग्यो। हाम्रो देश भूपरिवेष्ठित । नाकाबन्दीको बेला मात्रै होइन प्रायजसो महिना इन्धन अभावको समस्याहरु आइनैरहन्छन्, चाहे त्यो कृत्रिम अभाव हुन् वा ट्याङ्करवालाको आन्दोलन वा आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पैसा तिर्न नसकेर नै किन नहोस् । पेट्रोलियम पदार्थमा हामी बारम्बार पीडित भएको परिप्रेक्ष्यमा साइकल यात्रालाई प्रबर्द्धन गर्न ती गुड्ने ट्रयाकहरु पनि बनाइनुपर्थ्यो । जबजब हामीलाई पेट्रोलियम पदार्थकफ अभाव हुन थाल्छ तबतब हामी साइकल लेन र साइकल सिटीको मन्त्र जपिरहन्छौं । पेट्रोलियम पदार्थ सहज हुनेवित्तिकै हामी साइकल होइन मोटरसाइकल र लक्जरियस गाडीका सपना बुन्न थाल्छौं । त्यसैले अहिलेको नाकाबन्दीलाई अवसरको रुपमा बदल्ने हो भने सबैले साइकल लेन र साइकल सिटीको कुरालाई पनि अगाडि बढाउन सरकारलाई दबाब दिनै पर्छ । अन्यथा हामीले पेट्रोल नपाउन्जेल 'राष्ट्रियता' को नाममा साइकल चढ्नुको कुनै तुक हुँदैन । साइकल लेन एक इन्च नबनाइ साइकलयात्रा गर भन्नु हिमाल आरोहण सबैका लागि खुल्ला छ भन्नु जस्तै न भयो । हिमाल आरोहण गर्ने त ज्यान हत्केलामा राखेर आफ्नो लक्ष्य पूरा गर्ने साहसी हुन् र आज साइकल दैनिकरुपमा चलाउने पनि यस्तै साइकलयात्रामा बढी लगाव भएका साहसी नै हुन् । यहाँ साइकल चलाउने भनेर घरमा साइकल राखेर हप्तामा एक पटक वा बिदामा रमाइलोका लागि यात्रा गर्ने व्यक्ति वा समूहलाई भन्न खाजिएको होइन । साँच्चिकै साइकलयात्रा बढोस् भन्ने चाहने हो भने सडकमा साइकललाई प्राथमिकता दिनैपर्छ । पार्किङका समस्या जटिल हुँदै गएको समयमा साइकलले कम ठाउँ ओगट्ने कुरा प्रचारित हुनुपर्छ । सबै सार्बजनिक निकायहरुले साइकल पार्किङ अनिवार्य निर्माण गर्न लगाएमा साइकलयात्राको दिगो विकासका लागि सहयोगी हुन सक्नेछ । इटालीको पिसा नजिकको एक सहरले उसका बासिन्दाहरुले जति साइकल यात्रा गर्छन् त्यसबापत पैसा पाउने व्यवस्था लागु गरे पश्चात एक व्यक्तिले वर्षमा ६ सय युरो साइकल चलाएरै पाउँछन् । हाम्रामा यस्ता क्रान्तिकारी छलाङ् नभए पनि साइकल लेनको क्रमश: निर्माण अनि बिस्तार गर्न पहल त गर्न सकिन्छ । अन्धो राष्ट्रियताले कहिँ नपुर्‍याउने बरु स्थिति अझ जटिल बनाउने वर्तमानका भोगाइहरुले सिकाएका छन् । यी अप्ठेराहरुका सामना गर्दा व्यवहारिक परिवर्तनमा जोड दिनुपर्छ नभए पीडा सहजतामा परिवर्तन हुने बित्तिकै यी कुराहरु ओझेल हुन्छन् अर्को अप्ठ्यारो नआउँदासम्म ।

kantipur.ekantipur
दोलखा । दोलखाका विभिन्न गाविसका भूकम्पपीडित स्थानीयवासीले सरकारले दिने भनिएको रु १५ हजार रकम अझै पाउन सकेका छैनन् ।
भूकम्पपीडित जनताका लागि सरकारले दिने भनेको रु १५ हजार रकम नपाएका स्थानीयवासीले न्यानो कपडाका रुपमा पाउने रु १० हजारको आस नभएको बताएका छन् ।
दोलखाको ताम्चेतदुधपोखरी गाविस, घ्याङसुकाठोकर लगायतका केही गाविसका जनताले हालसम्म पनि रु १५ हजार नपाएका हुन् ।
भूकम्प गएको आठ महिना बितिसक्दा पनि सरकारले दिने भनेको रकम नपाउँदा स्थानीयवासीमा निरासा पैदा भएको हो ।
भूकम्पपीडित स्थानीयवासीले रकम किन नपाएको भन्ने प्रश्नमा घ्याङसुकाठोकर गाविस–३ की स्थानीय महिला लक्ष्मी खड्काले पैसा किन नपाएको त्यो दिने निकाय राज्यलाई सोध्न आग्रह गर्छिन ।
हालसम्म पनि दोलखाका स्थानीयवासीले रकम नपाउँदा उनीहरुको दैनिकीमा समस्या आएको छ । केही गाविसमा भने आधा गाविसका स्थानीय परिवारले मात्रै रकम पाएका छन् ।
जिल्लाको ४८ गाविसमध्ये दुई गाविसमा अहिलेसम्म पनि रकम वितरण भएको छैन भने मेलुङका केही वडा, सुस्पाक्षमावति, बाबरे सुन्द्रावतीलगायतका ४६ गाविसमा आधाजसो स्थानीयवासीले रकम पाउन सकेका छैैनन् ।
गाविस सचिवले भने गाविसको खातामा अपुग रकम आएको हुँदा वितरण हुन नसकेको बताउँछन् । रकम वितरण हुन नसकेको गाविस घ्याङसुकाठोकरका सचिव केशरबहादुर विश्वकर्माले पीडित परिवार सङ्ख्याभन्दा रकम कम आएकाले रकम वितरण गर्न नसकिएको बताए ।
यता जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले अपुग रकम गृहमन्त्रालयलाई माग गरिरहेको र रकम आउने बित्तिकै सबैलाई वितरण गरिने बताए ।
nepalsandesh
काठमाडौं, मंसिर १० । संसदको नियमावली तयार गर्न गठित मस्यौदा समितिमा सत्तापक्ष र प्रतिपक्षीले दाबी गरेपछि पटक–पटकको बैठकले सभापति चयन गर्न सकेको छैन ।

समितिको सभापतिका लागि सत्तारुढ दलहरुले एकीकृत माओवादीका सांसद रामनारायण विडारी र प्रमुख प्रतिपक्षी दलले सांसद राधेश्याम अधिकारीलाई प्रस्ताव गरेका छन् ।

विहीबार सिंहदरबारमा डाकिएको बैठकमा सत्ताधारी दलका सांसदले सभापति सत्तापक्षको हुँदा संसद चलाउन सजिलो हुने दाबी गरेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले संसदप्रति प्रतिपक्षीलाई अझ बढी जवाफदेही बनाउन सभापति पाउनुपर्ने दाबी गरेका थिए । imagekhabar
काठमाडौं । नेकपा क्रान्तिकारि माओवादीले भारतसँग जोडीएको सीमा शील गर्न माग गरेको छ । बिहीबार विज्ञप्ती निकाल्दै मोहन बैद्य नेतृत्वको माओवादीले भारतीय सीमा सुरक्षा बलको नाममा नेपालीमाथि एको ज्यादतीले मर्माहत तुल्लाएको उल्लेख छ ।
राष्ट्रिय स्वाधिनता नै खतरामा परेको भन्दै पार्टीले भारतीय सीमा सुरक्षामा विशेष निगरानी राख्न पनि माग गरेको छ ।
आम नेपालीले शान्ति सुरक्षा महसुस गर्नकालागि भारतसँग सीमा जोडीएको स्थानमा छेकबार लगाउनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
माओवादीले भारतीय नाकाबन्दीको मार खेपीरहेका जनतालाई भारतकै सीमा सुरक्षा बलले दिएको पीडा थप समस्या परेको बताएको छ ।
उस्ले नेपाली भुमिमा गैरकानुनी रुपमा प्रवेश गरेर भारतले नांगो हस्तक्षेप गर्न खोजेको आरे लगाएको छ । विज्ञप्तीमा तराई मधेसमा जारी आन्दोलनको राजनीतिक समाधान खोज्न पनि माग गरिएको छ ।
nepalsandesh
मंसिर १०, २०७२- बबलु राजवंशीले आफ्नै चिनेजानका र सधैं हाँसीमजाक गर्ने साथीहरुले नै मधेस आन्दोलनको नाममा आफैंलाई पेट्रोल खन्याएर आगो नै लगाइदेलान् भन्ने कल्पना पनि गरेका थिएनन् । तर उनले सोचे विपरित मधेस आन्दोलनमा लागेका साथीहरुबाटै बिहीबार बिहान १० बजे आफैंले भारतको सीमा बजारबाट ल्याएको पेट्रोल खन्याएर आगो लगाइ दिए । उनको दायाँ हात र खुट्टाका औंलाहरु जलेर काम नलाग्ने भएका छन् । अनुहार जोगिएपनि पेट, हात खुट्टा, तिघ्रा ढाड जलेका छन् ।

मोरङको खोर्सानेस्थित दाजुको ग्यारेजका लागि उनले को१५प २४५० नम्बरको मोटरसाइकलमा ३० लिटर जति पेट्रोल लिएर फर्किरहेका थिए । वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत बबलुले भने, ‘नाकाबन्दी, बन्द हड्तालपछि पेट्रोलको हाहाकार भएकाले मोटरसाइकलमा पेट्रोलको ग्यालेन लिएर फर्किरहेको थिएँ । अचानक भाथिगछ–२ रामजानकी चोकमा रोकेर आगो लगाए ।’

शरीरको अधिकांश भाग जलेर मरणसन्न हुन पुगेका बबलुका अनुसार पेट्रोल लिएर फर्कँदा बाटोमा रोक्ने साथीहरुले ‘आज बन्दको बेला किन पेट्रोल ल्याएको’ भनेर सोधेका थिए । उनले जवाफमा ‘मेरो दाजु हिराकाजी राजवंशीको आफ्नै ग्यारेजका लागि पेट्रोल ल्याएको साथी हो । मलाइ त छाडि देउन यार’ भनेका थिए । त्यति भन्दा सबै साथीहरु चुपचाप लागे । उनी मोटरसाइकलसँगै उभिएका थिए त्यसबेला । तर एकजनाले मोटरसाइकलको दुइ तिर झुण्ड्याएर राखेको ग्यालेन निकालेर खुकुरीले हाने । उनले भने, ‘ग्यालेन फुटे पछि सबै तेल जताततै पोखियो । मेरो शरीर भरी पेट्रोल पर्‍यो । त्यस लगतै एकजनाले सलाई कोरेर आगो लगायो ।’

आगो दन्दनी बल्न थालेपछि बबलु पनि जल्न थाले । उनले होसमा भएसम्म ऐssssया अथ्था भन्दै लगाएको ज्याकेट र पेन्ट फुकाल्न भ्याए । तर पेट्रोलले उनको शरीर सबै भिजेकाले आगो निझाउन सम्भव थिएन । ग्यालेन फुटाएर तेल छर्कनेहरु अरुबेला चिनेजानेका भएपनि तिनीहरु बबलुको शरीरमा लागेको आगो निभाउन छाडेर भागेका थिए । उनले भने, ‘मेरो शरीर जलिरहेको थियो तर उनीहरु आगो निभाउने दयासम्म देखाएनन् । बरु नजिकै उभिएकी एकजना महिलाले मेरो शरीरमा पानी खन्याइदिएपछि मात्र आगो निभ्यो । तर शरीर निकै जलि सकेको थियो ।’ उनले ती साथीहरु चिनेको बताए पनि नाम भने सबैको भुलेको बताए ।

उनका दाजु हिराकाजी राजवंशीले भने, ‘मैले आफ्नो ग्यारेजका लागि भाइलाई पेट्रोल लिन पठाएको थिएँ । तर भाईमाथि नै यस्तो दुर्घटना आइपर्ला भनेर सोचेको थिइनँ । मेरो भाइमाथि यस्तो गर्छन् भन्ने सोचेको थिइना ।’ उनको ग्यारेजमा बबलु पनि काम गर्दै आएका छन् । घट्ना बिहानको भएपनि वीपि प्रतिष्ठानमा भने अपरान्ह साढे ३ बजे मात्र ल्याइएका थिए । उपचारका लागि स्थानीय अस्पतालहरुमा घुम्दा घुम्दै दिनभर लागेको थियो । तर ती अस्पतालहरुमा उपचार हुन नसक्ने भएपछि प्रतिष्ठानमा रिफर भएका थिए ।

बबलुको उपचारमा संलग्न चिकित्सक डा सोनाई चौधरीले प्रारम्भिक रिपोर्ट अनुसार शरीरको हात १० प्रतिशत, खुट्ट १० प्रतिशत र शरीरका अन्यभागमा २० प्रतिशत जलेको बताइन् । उनले बाँकी उपचार भइरहेको बताइन्       kantipur.ekantipur


काठमाडौं, १० मंसिर । सरकारले निजी विद्यालय सञ्चालक र विद्यार्थी संगठनहरूले राजधानीमा बालबालिकाको प्रयोग गरेर गर्न लागेको मानव साङ्लोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै कुनै पनि धर्ना, प्रदर्शन वा आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रवक्ता नारायणप्रसाद काफ्लेले आज (बिहीबार) विज्ञप्ति जारी गरेर भोलि शुक्रबार राजधानीको चक्रपथमा गर्ने भनिएको मानव साङ्लोमा बाललबालिकाको प्रयोग नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले मानव साङ्लोका नाममा बालबालिकाको प्रयोग गरिए त्यसले बालबालिकाको मावन अधिकार हनन हुनेभन्दै कानुन विपरितका कुनै पनि कार्य नगर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
बालबालिकाले पढ्न पाउनु पर्ने माग गर्दै निजी विद्यालय सञ्चालक र विद्यार्थी संगठनहरूसहितका संस्थाले शुक्रबार राजधानीको चक्रपथमा मानव साङ्लो बनाइ दबाव दिने जनाएका छन् ।
तर यो मावन साङ्लोलाई लिएर सरकारले गम्भीर आपत्ति जनाएपछि आयोजक झस्किएका छन् ।
dainiknepal
परासी, १० मङ्सिर । नवलपरासीमा रहेको सामुदायिक रेडियो ‘परासी’मा गए राति पेट्रोल बम प्रहार गरिएको छ ।
राति करिब दश बजेको समयमा अज्ञात समूहले रेडियो स्टेसनमा पेट्रोल बम प्रहार गरेको उक्त रेडियोले जनाएको छ । बम प्रहारबाट कार्यालय परिसरमा रहेको लु१८प ४००१ नम्बरको मोटरसाइकल जलेको छ । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा ध्वस्त भएको छ ।
बम प्रहार गर्नुअघि ९८५७०४५८९४ नम्बरको मोबाइलबाट रेडियोमा फोन गरी धम्की पनि दिइएको थियो ।
रेडियोका अध्यक्ष सुमनगोपाल आचार्यले घटनाको भत्र्सना गर्नुभएको छ ।
यसैबीच रेडियो परासीले आजदेखि अनिश्चितकालका लागि आफ्नो प्रसारण बन्द गरेको छ । रेडियो स्टेसनको सुरक्षा नभएको तथा पटकपटक धम्की आउने क्रम जारी रहेको पृष्ठभूमिमा आज बिहानदेखि अनिश्चितकालका लागि प्रसारण बन्द गरिएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो ।
dainiknepal
काठमाडौँ, १० मङ्सिर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्स र पाकिस्तानका राजदूत असरद साउद खोसासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालको निजी निवास कोटेश्वरमा भएका भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल तथा सम्बन्धित देशको द्विपक्षीय सम्बन्ध तथा सहयोगका विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले देश र नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गरी संविधान बनाएकोमा सम्पूर्ण मित्रहरु खुसी हुनुपर्ने र नेपालभित्रका समस्याहरु आन्तरिक रुपमा हल गर्न नेपाल सरकार र यहाँका राजनीतिक दलहरुलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सङ्कटको सामना गर्न नेपालमा आन्तरिक प्रयास जारी रहेको र यसमा अन्तर्राष्ट्रिय मित्रहरुको समर्थन एवम् सहयोग रहोस् भन्ने नेपाल र नेपाली जनताको चाहना उल्लेख गर्नुभयो ।
भेटमा दुवै देशका राजदूतहरुले नेपालको संविधान निर्माण तथा कार्यान्वयन गर्ने कुरा नेपालको आन्तरिक विषय भएको एवम् नेपाल र नेपाली जनताको प्रगति नै आफ्नो देशको चाहना रहेको कुरा उल्लेख गर्नुभयो ।
संविधान जारी एवम् कार्यान्वयन गर्ने समयमा नेपालका कतिपय स्थानमा देखिएको आन्दोलन एवम् अशान्तिलाई संवाद र वार्ताको माध्यमबाट हल गर्न नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई सफलता मिल्ने विश्वास राजदूतहरुले व्यक्त गर्नुभएको थियो ।
पारवहन अवरोधका कारण नेपालका जनताले अहिले भोगिरहेको इन्धन, औषधिलगायतका अत्यावश्यक वस्तुहरुको अभाव एवम् उत्पन्न मानवीय समस्याप्रति दुवै देश संवेदनशील रहेको र सक्दो सहयोग गर्नसमेत दुवै देश तयार रहेको भन्दै वर्तमान परिस्थितिको छिट्टै सहज निकास होस् भन्ने दुवै देशको धारणा रहेको उल्लेख गर्नुभयो ।
पाकिस्तानी राजदूत खोसाले भौगोलिक अवस्थितिका कारण वाञ्छित सहयोग उपलब्ध गराउन कठिनाइ हुने कुरा व्यक्त गर्नुभयो भने बङ्गलादेशी राजदूत साम्सले सार्क शिखर सम्मेलनमा प्रस्तुत भएको सार्कस्तरीय पारवहन प्रस्तावको चर्चा गर्दै बङ्गलादेश, भुटान, भारत र नेपालबीच निर्वाध पारवहनका लागि उक्त सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव गौतमले जानकारी दिनुभयो ।
dainiknepal
बिहीबार, १० मंसिर
काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नेपाली सर्वसाधारणलाई गाली हानेको नेपाल सरकारले पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै भारतीय एसएसबी नेपालको सीमानाकाबाट करिब एक सय मिटर भित्र पसेर चार नेपाली नागरिकमाथि गोली हानेर फरार भएको उल्लेख गरेको छ । सरकारले घटनाको सत्य तथ्य अनुसन्धान गरि नेपाललाई जानकारी गराउन पनि भारत सरकारलाई आग्रह गरेको छ ।
सरकारले घटनामा संलग्न एसएसबीका जवानहरुलाई कारबाही गरि नेपाललाई जानकारी गराउन आग्रह गर्दै विज्ञप्ती निकालेको हो ।
रिराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा सुनसरी जिल्लाको हरिपुर ७ को पुवी टोलमा नेपाल भारत सीमाको दशगजाबाट १०० मिटर भित्र बुधबार बिहान ६ः२० बजे भारतीय सीमा सुरक्षा बलले हानेको गोली लागेर चार नेपालीहरु घाइते भएका छन्, एसएसवीले नेपालको भूमिमा पसेर नेपालीमाथि गोली हानेको विषयमा भारतीय दूतावासमार्फत भारत सरकारलाई ध्यानाकर्षण गराएका छौं भनिएको छ ।
सरकारले आगामि दिनमा यस्तो घटना हुन नदिन भारतीय सुरक्षाकर्मी र अधिकारीहरुलाई सचेत समेत गराएको छ ।
सरकारले दोषिलाई कडा कारबाही नगरिएसम्म पीडितले न्याय नपाउने उल्लेख गरेको छ । तर, बुधबार नै भारतीय दुतावासले विज्ञप्ती निकालेर नेपालीहरुमाथि गोली नहानीएको दाबी गरेको थियो ।
nepalsandesh
काठमाडौँ, १० मङ्सिर । आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकार प्राप्तिको लडाइँलाई सरकारले दबाएर मात्रै समाधान गर्न खोजेको आरोप लगाउनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसी, जनजाति र खस क्षेत्रीसमेतले अधिकारको माग गरिरहेको तर सत्तारुढ पक्षले ‘साम्प्रदायिक नश्लवादी’ सोचले काम गरिरहेको टिप्पणी गर्नुभयो ।
उहाँले विगतमा भएको सम्झौताको पालना गरी संविधानमा सम्बोधन हुनुपर्ने माग गर्नुभयो । भारतका एक सांसद्ले तराईका १५ जिल्ला आफूसँग गाभ्नुपर्ने विचार दिएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उहाँले सरकारका उपप्रधानमन्त्रीहरुले नै गैह्रजिम्मेवार अभिव्यक्ति दिने गरेको भन्दै जवाफ दिनुभयो, ‘‘नेपाली भूमि कसैले गाभ्न खोजेको हो भने या त सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग ।’’
भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आई नेपालीमाथि गोली प्रहार गरेको सम्बन्धमा पहिले परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा आउनुपर्ने भन्दै उहाँले गोली प्रहार हुनु र मान्छे मर्नु कुनै पनि देशको नागरिकका लागि गलत कुरा भएको प्रतिक्रिया दिनुभयो ।
‘काँग्रेसको असली चरित्र देखियो’
यादवले पत्रकारलाई प्रतिक्रिया दिँदै गर्दा छेउमा रहनुभएका नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले मधेसी दलले आफ्नो सत्ता मात्र खोसेको नभई प्रमुख प्रतिपक्षी दलको हैसियत पनि खोस्न खोजेको भनी टिप्पणी गर्नुभयो । जवाफमा यादवले भन्नुभयो, “आज काँग्रेसको असली चरित्र देखियो ।”
ती दुई दलबीच संसद्को आजको बैठकमा को पहिले बोल्ने भन्नेमा विवाद भएको थियो ।
dainiknepal
काठमाडौं । भारतीय संस्थापन पक्षले नेपालको संविधानमा धर्म निरपेक्षता लेखिएको निहुँमा नाकाबन्दी लागेको आरोप लागिरहेका बेला त्यसको पुष्टि हुने रबैया भारतीय जनता पार्टीले गरेको छ ।
हिन्दु अतिबादीहरुको संगठन आरएसएसको गनिनी संस्थाका रुपमा उदाएको भारतीय जनता पार्टीले धर्मनिरपेक्ष शब्दको प्रयोगमा प्रतिवन्ध लगाउनुपर्ने माग राखेको छ ।
तर, भारतीय कांग्रेसले भने भाजपाको यो माग करोडौं भारतीय जनताको अपमान गर्ने हेतुले ल्याइएको आरोप लगाएको छ । भारतीय संसदको शीतकालीन सत्रको पहिलो दिन गृहमन्त्री राजनाथ सिंहले धर्मनिरपेक्ष शब्द प्रयोग गर्न रोक्नु पर्ने बताएपछि विवाद सुरु भएको हो ।
मन्त्री सिंहले अंग्रेजी शब्द सेकुलरको औपचारिक रुपान्तरण धर्मनिरपेक्षता नभएको बताएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा संसदमा मन्त्री सिंहले पन्थनिरपेक्ष भएको बताएका थिए ।
भारतीय संविधान निर्माणताका संवैधानिक समितिका अध्यक्ष स्वर्गिय भीमराव अम्बेडकरले पनि सेकुलरको अर्थ धर्मनिरपेक्षता नभएको स्विकार गरेको सिंहको जीकीर थियो ।
गृहमन्त्री सिंहले अभिनेता अमिर खानप्रति लक्षीत गर्दै यस्तो बुझेका डा अम्बेडकरले त्यसबेला उपेक्षा र अपमान सहेर पनि भारत छाड्ने अभिव्यक्ति कहिल्यै नदिएको बताएका थिए ।
कहिदिन अघि अभिनेता खानले भारतमा धार्मिक असहिष्णुता बढेको भन्दै देशमा बस्ने नबस्ने भन्ने बारेमा निर्णय लिन बाँकी रहेको अभिव्यक्ति दिएका थिए ।
मन्त्री सिंहको भनाईपछि संसदमा बोल्दै भारतीय कांग्रेसकी अध्यक्ष सोनीया गान्धीले चर्को विरोध गरेकी छिन् । गान्धीले धर्मको नाममा वर्तमान सरकारले संसद र देशमा भाँडभैलो मच्चाउन खोजेको आरोप लगाएकी थिइन् ।
गान्धीले देशको कुनै धर्म नहुने र सबै धर्मका नागरिकको समान अधिकार रहने भएकाले यस्तो योजना नबुन्न मोदीलाई चुनौति दिएकी थिइन् । भारतीय संसदमा मोदीको दल भाजपाको अत्याधिक बहुमत रहेको छ ।
nepalsandesh
बारा, १० मंसिर । नेकपा एमाले निकटको युवा संघ नेपाल बाराले नेपालको सुनसरी जिल्लामा हतियार सहित प्रवेश गरी बुधबार बिहानको समयमा गोली चलाउने भारतीय सशस्त्र सीमा बल एसएसबीको कार्यको घोरभत्र्सना गर्दै त्यसको अन्तर्राष्ट्रिय रुपमै छानबिन गरी कारवाही प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसंग जोडदार माग गरेको छ ।
बिहीबार युवा संघ नेपाल बाराका प्रचार बिभाग प्रमुख अनिता साहले जारी गरेको एक बिज्ञप्तिमा यस्तो माग गरिएको छ । एसएसबीको गोली लागि घाईते भएकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारको व्यवस्था मिलाउँन सरकारसंग अनुरोध समेत गरिएको छ ।
सिमावर्ती जिल्ला सुनसरीको हरिपुरमा भारतीय सीमा सुरक्षा वल एसएसबीले हतियार सहित प्रबेश गरि गोली चलाएको थियो । एसएसवीको गोली लागि स्थानीय चार जना युवाहरु घाईते भएका छन् ।
स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव एसएसवीको गोलि प्रहारबाट घाईते भएका छन् । उनीहरुको धरान स्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भईरहेको छ ।
dainiknepal
बारा, १० मंसिर । नेकपा एमाले निकटको युवा संघ नेपाल बाराले नेपालको सुनसरी जिल्लामा हतियार सहित प्रवेश गरी बुधबार बिहानको समयमा गोली चलाउने भारतीय सशस्त्र सीमा बल एसएसबीको कार्यको घोरभत्र्सना गर्दै त्यसको अन्तर्राष्ट्रिय रुपमै छानबिन गरी कारवाही प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसंग जोडदार माग गरेको छ ।
बिहीबार युवा संघ नेपाल बाराका प्रचार बिभाग प्रमुख अनिता साहले जारी गरेको एक बिज्ञप्तिमा यस्तो माग गरिएको छ । एसएसबीको गोली लागि घाईते भएकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारको व्यवस्था मिलाउँन सरकारसंग अनुरोध समेत गरिएको छ ।
सिमावर्ती जिल्ला सुनसरीको हरिपुरमा भारतीय सीमा सुरक्षा वल एसएसबीले हतियार सहित प्रबेश गरि गोली चलाएको थियो । एसएसवीको गोली लागि स्थानीय चार जना युवाहरु घाईते भएका छन् ।
स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव एसएसवीको गोलि प्रहारबाट घाईते भएका छन् । उनीहरुको धरान स्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भईरहेको छ ।
dainiknepal
लहान, १० मंसिर । सिरहाको लहान नपा ३ स्थित एक विद्यालयबाट डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले निकाल्न लागेको शान्तिपूूर्ण र्यालीमा प्रहरीले बल प्रयोग गरेर कार्यक्रम विथोलेको छ ।
प्रहरीले बल प्रयोग गर्दा दर्जनौं कार्यकर्ता घाईते भएका छन् । सोही क्रममा प्रहरीले गठबन्धनका सिरहा संयोजक केदारनाथ यादब, नेता विष्णुु चौधरी लगायतका दर्जनौं कार्यकर्तालाई पक्राउ गरे । शान्तिपूूर्ण जुलुुस निकाल्न लाग्दा पनि प्रहरीले माइक, स्पिकर र पर्चा पम्पलेट खोस्नुुका साथै एकाएक लाठी प्रहार गरेको गठबन्धनका नेता संयज यादबले बताए ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राम केसीले कार्यक्रम गर्न भनेपनि राजमार्गमा जुुलुुस ननिकाल्न आग्रह गरेका थिए । तरपनि र्याली अगाडी बढाउन खोज्दा बल प्रयोग गर्नुुपरेको प्रहरीले जनाएको छ ।
जुुलुुसमा राउतका कार्यकर्ताहरुले स्वतन्त्र मधेस, आजाद देश, रंगभेद अन्त्य गर, मधेसबाट नेपाली सेना तथा प्रहरी पिर्ता गर लगायतका नारा लगाएका थिए ।
dainiknepal
इलाम, १० मङ्सिर । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नाकाबन्दी तत्काल फिर्ता लिन आन्दोलनरत दलहरुसँग आग्रह गर्नुभएको छ ।
इलामको चुलाचुलीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “यो आन्तरिक समस्या हो । नाकाबन्दी फिर्ता गरेर आउनुहोस् । संविधान संशोधन गरेर भए पनि माग सम्बोधन हुन्छ ।”
संविधानसभाको निर्वाचनदेखि नै अनवरत रूपमा लागेर नयाँ संविधान जारी गरी देशलाई एक किसिमको समाधान दिइसकेकाले आफू अब विकास निर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो ।
संविधान निर्माणपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका नेम्वाङलाई मतदाता र कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
dainiknepal
काठमाडौं । चर्चित नायिका रेखा थापाविरुद्ध ठगी गरेको अभियोगमा मुद्दा परेको छ ।
खोटाङको सगरमाथा जनसेवा समाजले पैसा लिएर कार्यक्रममा नआएको भन्दै नायिका थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी अभियोगमा मुद्दा हालेको हो । सांस्कृतिक कार्यक्रमका लागि समाजले थापाको खातामा एक लाख रुपैयाँ पठाएको रसिद समेत फेला परेको छ ।

खोटाङ प्रहरी प्रमुख विद्यानन्द माझीले सगरमाथा जनसेवा समाजले आयोजना गर्ने कार्यक्रममा आउनका लागि रेखालाई दुई महिना अगाडि नै खबर गरिएको र त्यसअनुरुप नै सिद्धार्थ बैंकमा एक लाख रुपैयाँ रेखाको खातामा जम्मा गरिएको भेटिएको जानकारी दिनुभयो । तर, रेखा खोटाङ नगएपछि ठगी गरेको भन्दै उजुरी परेको उहाँले बताउनुभयो ।
यता रेखा थापाले भने पैसा पठाएर आफूलाई प्रकाश पुरी भन्ने व्यक्तिले फसाएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘त्यो मान्छे फटाहा रहेछ । कार्यक्रममा जाने सम्झौता पनि भएको थिएन । सम्झौता नभई कोही कार्यक्रममा किन जान्छ ? यो सब मलाई बदनाम गर्न गरिँदैछ ।’
कार्यक्रमका लागि सम्झौता गरौं भन्दा पहिला बैंकको खाता नम्बर मागेको र पछि सम्झौता गर्न मान्छे पठाउने कुरा प्रकाशले भनेको रेखाको भनाई छ । ‘पैसा हालिदिएको रहेछ । मलाई थाहा थिएन । पछिमात्रै थाहा पाए,’ उहाँले भन्नुभयो- ‘उसलाई म आउँदिन भन्ने थाहा थियो । कार्यक्रमको एक दिनअघि उसले मलाई फोन गर्दा भाइ म आउन सक्दिनँ भने ।’ उहाँले आफू निर्दोष भएको दाबी गर्नुभयो ।
यस्तो रेखा थापाको नाममा डिपोजिट गरिएको पैसाको बैंक रसिद:
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home